بِسْمِ ٱللَّهِ ٱلرَّحْمَـٰنِ ٱلرَّحِيمِ
    Al-Quran Multilingual
    The Holy Quran
    Nepali
    Translation: nep-ahlalhadithcent
    Author: Ahl Al Hadith Central Society Of Nepal
    Source:
    Generated on February 14, 2026
    Free • Open Source • Ad-Free
    About Al-Quran Multilingual

    Our Mission: We're on a mission to make the Holy Quran accessible to every Muslim worldwide, regardless of their native language, technical expertise, or economic situation.

    Al-Quran Multilingual is a free, open-source, and ad-free application offering 470+ editions in 90+ languages from verified Islamic scholars and institutions.

    Core Values:

    • ✓ Free Forever - No premium features or paywalls
    • ✓ Ad-Free Experience - Your spiritual journey uninterrupted
    • ✓ Open Source - Complete transparency and community contributions
    • ✓ Privacy & Respect - No data collection, no tracking
    Support This Project

    This app is maintained by volunteers dedicated to serving the Muslim community. If you find this helpful, please consider supporting our mission to keep it free and accessible for everyone.

    UPI Payment (India)
    8870358783@ybl
    Every contribution, no matter how small, helps us serve the Muslim Ummah better. May Allah reward you.
    Table of Contents
    1.फातिहा
    2.अल–बकरह
    3.आले–इमरान
    4.अन–निसा
    5.अल–माइदह
    6.अल–अनाम
    7.अल–अ’राफ
    8.अल–अनफाल
    9.अत–तौबह
    10.यूनुस
    11.हूद
    12.यूसुफ
    13.अर–रअ’द
    14.इब्राहीम
    15.अल–हिज्र
    16.अन–नहल
    17.अल–इस्रा
    18.अल–कहफ
    19.मरियम
    20.ता–हा
    21.अल–अम्बिया
    22.अल–हज्ज
    23.अल–मोमिनून
    24.अन–नूर
    25.अल–फुरकान
    26.अश–शुअरा
    27.अन–नम्ल
    28.अल–कसस
    29.अल–अन्कबूत
    30.अर–रूम
    31.लुकमान
    32.अस–सजदह
    33.अल–अहजाब
    34.सबा
    35.फातिर
    36.या–सीन
    37.अस–साफ्फात
    38.साद
    39.अज–जुमर
    40.गाफिर
    41.फुस्सिलत
    42.अश–शूरा
    43.अज–जुखरूफ
    44.अद–दुखान
    45.अल–जासिया
    46.अल–अहकाफ
    47.मुहम्मद
    48.अल–फतह
    49.अल–हुजुरात
    50.काफ
    51.अज–जारियात
    52.अत–तूर
    53.अन–नज्म
    54.अल–कमर
    55.अर–रहमान
    56.अल–वाकिआ
    57.अल–हदीद
    58.अल–मुजादिला
    59.अल–हश्र
    60.अल–मुम्तहिना
    61.अस–सफ
    62.अल–जुमुआ
    63.अल–मुनाफिकून
    64.अत–तगाबुन
    65.अत–तलाक
    66.अत–तहरीम
    67.अल–मुल्क
    68.अल–कलम
    69.अल–हाक्का
    70.अल–मआरिज
    71.नूह
    72.अल–जिन्न
    73.अल–मुज्जम्मिल
    74.अल–मुद्दस्सिर
    75.अल–कियामह
    76.अद–दहर
    77.अल–मुर्सलात
    78.अन–नबा
    79.अन–नाजिआत
    80.अबस
    81.अत–तकवीर
    82.अल–इन्फितार
    83.अल–मुतफ्फिफीन
    84.अल–इन्शिकाक
    85.अल–बुरूज
    86.अत–तारिक
    87.अल–अला
    88.अल–गाशिया
    89.अल–फज्र
    90.अल–बलद
    91.अश–शम्स
    92.अल–लैल
    93.अद–दुहा
    94.अल–इन्शिराह
    95.अत–तीन
    96.अल–अलक
    97.अल–कद्र
    98.अल–बय्यिनह
    99.अज–जलजलह
    100.अल–आदियात
    101.अल–कारिआ
    102.अत–तकासुर
    103.अल–अस्र
    104.अल–हुमजह
    105.अल–फील
    106.कुरैश
    107.अल–माऊन
    108.अल–कौसर
    109.अल–काफिरून
    110.अन–नस्र
    111.अल–लहब
    112.अल–इख्लास
    113.अल–फलक
    114.अन–नास
    Surah 1
    फातिहा

    [1] शुर गर्दछु अल्लाहको नामबाट जो अत्यन्त दयालु र अति कृपालु छ ।

    [2] समस्त प्रशंसा अल्लाहकै लागि छन्, जो सम्पूर्ण ब्रह्माण्डको पालनकर्ता हो ।

    [3] अत्यन्त दयालु अति कृपालु हो ।

    [4] प्रतिफल (कयामत)को दिनका स्वामी हो ।

    [5] हामी तिम्रै उपासना गर्दछौं र तिमीसंग मात्र मद्दत चाहन्छौं ।

    [6] हामीलाई सोझो (सच्चा) बाटो देखाऊ ।

    [7] उनीहरूको बाटो जसलाई तिमीले पुरस्कृत गर्यौ तिनीहरूको होइन जसमाथि तिम्रो क्रोध भयो, र न पथभ्रष्टहरूको (बाटो) ।

    Surah 2
    अल–बकरह

    [1] अलिफ्–लाम्–मीम् ।

    [2] यस किताब (कुरआनलाई अल्लाहको ग्रन्थ हुनु) मा कुनै संदेह छैन । अल्लाहसंग डर मान्नेहरूका लागि मार्गदर्शन हो ।

    [3] जो गैब (अदृश्य)मा ईमान राख्दछन र सही ढंगले नमाज पढ्दछन् र हामीले प्रदान गरेकोबाट खर्च गर्दछन् ।

    [4] र जसले तपाईमाथि अवतरित (किताब) र तपाईभन्दा पहिलेका अवतरित (किताबहरू) माथि ईमान राख्दछन् साथै परलोकमाथि पनि विश्वास राख्दछन् ।

    [5] तिनीहरू नै आफ्नो पालनकर्ताको तर्फबाट मार्गदर्शित छन्, र तिनी नै मुक्ति पाउनेहरूहुन् ।

    [6] काफिरहरूलाई तपाईले डर देखाउनु वा डर नदेखाउनु बराबर छ, तिनीहरूले ईमान ल्याउने छैनन् ।

    [7] अल्लाहले तिनीहरूका हृदय र कानहरूलाई सीलबन्दी गरिदिएको छ र तिनको आँखा अगाडी पर्दा छ, र तिनको लागि ठूलो सजाय छ ।

    [8] केही यस्ता मानिस छन् जसले अल्लाह र आखिरतमाथि ईमान भएको कुरा गर्दछन् तर वास्तवमा उनीहरू ईमानवाला होइनन् ।

    [9] तिनीहरू अल्लाह र आस्थावानहरूलाई धोखा दिईरहेका छन्, तर यथार्थमा आफूलाई नै धोका दिइरहेका छन्, तर तिनीहरूले बुझ्दैनन् ।

    [10] तिनीहरूको हृदयमा रोग छ, अल्लाहले तिनको रोग झन् वृद्धि गरिदियो, र तिनकै झुठको कारणले तिनीहरूलाई कष्टदायक सजाय छ ।

    [11] जब तिनीहरूलाई भनिन्छ, कि पृथ्वीमा उपद्रव नगर, त भन्दछन् कि हामी त सुधारवादी हौं ।

    [12] खबरदार रहनु, यिनीहरू निःसन्देह उपद्रवीहरू हुन् तर बुझ्दैनन् ।

    [13] जब यिनीहरूलाई भनिन्छः कि अन्य मानिसहरूले ईमान ल्याए जस्तै तिमीहरू पनि आस्थावान बन । तब भन्दछन् के हामीले पनि ती मूर्खहरू जस्तै आस्था राखौं ? खबरदार ! यी नै मूर्ख हुन् तर यिनीहरूलाई थाहा छैन ।

    [14] र, जब यिनीहरूको भेट, ईमानवालाहरूसँग हुन्छ त भन्दछन् हामी पनि आस्थावान हौं र जब आफ्ना ठूला बडाहरू कहाँ पुग्दछन् त भन्दछन् कि हामी त तिम्रो साथमा छौं, हामी त उनीहरूसँग मात्र ठट्टा गर्दछौं ।

    [15] अल्लाहले पनि तिनीहरूको (कपटीहरूको) उपहास गर्दछ र तिनीहरूलाई छुट दिइराखेको हुन्छ, जसलेगर्दा तिनीहरूको अट्टेरिपन र बहकावट अरु बढाइदिन्छ ।

    [16] यी त्यस्ता मानिस हुन् जसले सत्य मार्गको सट्टा पथभ्रष्टतालाई किनेका छन्, यिनीहरूको व्यापारमा नकेही नाफा भयो, न त उनीहरूलाई सत्यमार्गको प्राप्ति भयो ।

    [17] यिनीहरूको उदाहरण त्यस मानिस जस्तै छ, जसले आगो बाल्यो र आगोको प्रकाश वरिपरि फैलिने बित्तिकै अल्लाहले तिनीहरूबाट प्रकाशलाई खोसिहाल्यो र तिनलाई अँध्यारोमा छाडिदियो, जसलेगर्दा तिनीहरूले केही देख्दैनन् ।

    [18] बहिरा, लाटा र अन्धा छन्, तसर्थ तिनीहरू (सत्मार्गतिर) फर्कन सक्दैनन् ।

    [19] अथवा तिनीहरूको उदाहरण आकाशबाट हुने त्यो बर्षा जस्तो छ, जसमा अँध्यारो, गर्जन र चट्याङ्ग हुन्छ, बिजुली गर्जनुको कारण मृत्युको भयले कानमा औंला हाल्दछन् । र अल्लाहले काफिरहरलाई घेर्ने छ ।

    [20] (लाग्दछ) चट्याङ्गले तिनीहरूको आँखाको (ज्योति) तुरुन्तै खोस्दै छ । जब चट्याङ्गले तिनीहरूमाथि प्रकाश छर्दछ तब तिनीहरू हिंड्डुल गर्दछन्, र जब अँध्यारो हुन्छ तब उभिरहन्छन् । र यदि अल्लाहले चाहेमा तिनीहरूका कान र आँखालाई निष्कृय गरिदिन्छ । निःसन्देह अल्लाह हरेक कुरामाथि सर्वशक्ति सम्पन्न छ ।

    [21] हे मानिसहरू! आफ्ना पालनकर्ताको उपासना गर जसले तिमी र तिमीभन्दा पहिलाका मानिसहरूको सृष्टि गर्यो ताकि तिमीहरू सदाचारी बन्न सक ।

    [22] जसले तिम्रो लागि पृथ्वीलाई ओछ्यान र आकाशलाई छत बनायो र आकाशबाट वर्षा गराएर त्यसद्वारा तिम्रो आहारको निम्ति थरि–थरिका फल–फूल उत्पादन गर्यो । खबरदार ! जानी–जानी कसैलाई अल्लाहको साझेदार नबनाऊ ।

    [23] हामीले आफ्ना सेवकमाथि जे उतार्यौं, त्यसमा तिमीलाई यदि शंका छ र तिमी साँचो भए त्यस्तै एउटै (सूरह) बनाएर देखाऊ, र तिमीले अल्लाह बाहेकका आफूलाई मद्दत गर्नेहरूलाई बोलाइल्याऊ ।

    [24] तर यदि तिमी गर्न सकेनौं भने र तिमी कहिल्यै पनि गर्न सक्दैनौं (तसर्थ) त्यस आगोसंग डराऊ जसको इन्धन मानिस र ढुङ्गाहरू हुन् । जुन नास्तिकहरूका लागि तयार गरिएको हो ।

    [25] र, आस्था राख्ने र असल काम गर्ने मानिसहरूलाई स्वर्गको शुभसमाचार दिनु जसमुनि नहरहरू बगिराखेका छन् । जब तिनीहरूलाई फलको आहार दिइने छ । तब तिनले भन्नेछन्, यी त तिनै हुन् जुन हामीलाई पहिला दिइएको थियो । ती मिल्दो जुल्दो फल हुनेछन् र त्यहाँ तिनीहरूका लागि पाक–पवित्र पत्नीहरू हुनेछिन् र तिनीहरू सधैं त्यहीं बस्नेछन् ।

    [26] निःसन्देह अल्लाहले कुनै उदाहरणको वर्णनबाट लाज मान्दैन चाहे त्यो लामखुट्टेको होस् अथवा त्यो भन्दा सानो चीजको नै किन नहोस् । आस्थावानहरूले त यसलाई आफ्ना पालनकर्ताको तर्फबाट सम्झन्छन् र काफिरहरूले भन्दछन् कि यस उदाहरणबाट अल्लाहको के प्रयोजन छ ? यसद्वारा धेरैलाई पथविचलित गर्दछ र अनेकौंलाई सत्यको बाटोमा ल्याउँछ र पथविचलित त उसले अवज्ञाकारीहरूलाई मात्र गर्दछ ।

    [27] जिन मानिसहरूले अल्लाहसँग गरेको दृढ प्रतिज्ञालाई भंग गर्दछन् र जसलाई (नाता) अल्लाहले जोडिराख्ने आदेश गरेको छ, त्यसलाई बिच्छेद गर्दछन्, र पृथ्वीमा उपद्रव गर्दछन्, यिनीहरूले नै हानि भोग्ने छन् ।

    [28] तिमीले अल्लाहलाई कसरी नकार्दछौ ? जबकि तिमी मृत थियौ, त उसले तिमीलाई जीवित पार्यो फेरि उसैले मार्नेछ, फेरि जीवित पार्ने छ, अनि मरेपछि उसैतिर फर्काइनेछौ ।

    [29] उही नै हो जसले तिम्रो लागि पृथ्वीमा भएका सारा कुराको सृष्टि गर्यो । अनि आकाशतिर ध्यान दियो, र ठीक ठाक सातवटा आकाश बनायो र ऊ सबै कुराको ज्ञाता हो ।

    [30] र जब तिम्रो पालनकर्ताले फरिश्ताहरूसंग (स्वर्गदूतहरूसंग) भन्यो म पृथ्वीमा खलिफा (अर्को प्राणी) नियुक्त गर्नेवाला छु, त तिनीहरूले भने, के तिमी यस्तोलाई (मानिस) सृजना गर्नेछौ, जसले पृथ्वीमा उपद्रव र रक्तपात गर्नेछ ? जबकि हामी तिम्रो स्तुति र पवित्रताका गुणगान गरिराख्दछौं । (अल्लाहले) भन्योः जे म जान्दछु, तिमी जान्दैनौ ।

    [31] र, उसले आदमलाई सबै (वस्तुहरूको) नाम सिकाई ती कुराहरूलाई फरिश्ताहरू समक्ष प्रस्तुत गरेर भन्योः तिमी सत्य छौं भने मलाई यी कुराहरूको नाम भन ।

    [32] तिनीहरू सबैले भनेः हे अल्लाह तिमी पवित्र छौ । तिमीले जेजति ज्ञान हामीलाई प्रदान गरेका छौ, त्यस बाहेक हामीलाई केही थाहा छैन । निःसन्देह तिमी सर्वज्ञाता र तत्वदर्शी छौ ।

    [33] अल्लाहले आदमलाई आदेश दियो, ‘‘तिमीले ती कुराहरूको नाम भन । जब उनले ती कुराहरूको नाम भनिसके तब अल्लाहले भन्यो, के मैले तिमीहरूसित (पहिलानै) भनेको थिएन कि आकाशहरू र पृथ्वीका सारा अदृश्य कुराहरूलाई म नै जान्दछु र जे तिमी प्रकट गर्दछौ, अथवा लुकाई राख्दछौ (सबै) मलाई थाहा छ ।

    [34] र जब हामीले फरिश्ताहरूलाई, आदमलाई ढोग्न आदेश दियौं, तब इब्लीस बाहेक सबैले ढोगिहाले, उसले इन्कार र घमण्ड गर्यो, र ऊ काफिरमध्येको नै थियो ।

    [35] र हामीले भन्यौं, हे आदम ! तिमी र तिम्रो पत्नी (हव्वा) स्वर्गमा बस र जे जहाँबाट इच्छा भए खाऊ तर यस रुख नजिक पनि नजानु अन्यथा तिमी अत्याचारी हुनेछौ ।

    [36] तर शैतानले तिनीहरूलाई विचलित गराएर त्यहाँबाट निष्कासित गराई नै हाल्यो, र हामीले भन्यौं स्वर्गबाट झरिहाल तिमी एक अर्काको शत्रु हौ, र तिमीहरूलाई पृथ्वीमा एक निश्चित समयसम्म बस्नु र फाइदा लिनु छ ।

    [37] (अनि) आदमले आफ्नो पालनकर्ताबाट केही कुरा सिक्नुभयो अनि अल्लाहले उहाँको तौबा (प्रयाश्चित)लाई स्वीकार गर्यो । निःसन्देह उही क्षमादाता (र) असीम दयालु हो ।

    [38] हामीले भन्यौं तिमी सबै यहाँबाट गइहाल, जब तिमीहरूसम्म मेरा मार्गदर्शन आउनेछ त जसले त्यसको पालना गर्यो तिनीहरूको लागि कुनै भय र चिन्ता हुनेछैन् ।

    [39] र, जसले इन्कार गरे, र हाम्रा आयातहरूलाई मिथ्या ठाने, ती जहन्नमी (नर्कीय) हुन् र त्यसैमा सधैं रहनेछन् ।

    [40] हे यअ्कूबका सन्तति ! मेरो त्यस वरदानको सम्झना गर, जुन मैले तिमीहरूलाई प्रदान गरें र मेरो संकल्पलाई पूरा गर । म तिम्रो वाचा पूरा गर्नेछु र मसित मात्र डर मान ।

    [41] र, जुन किताबलाई मैले तिम्रा ग्रन्थहरूको पुष्ट्याईको लागि उतारेको छु त्यसलाई सत्यमान यसका साथै तिमी नै प्रथम काफिर नबन र मेरा आयतहरूलाई तुच्छ मोलमा नबेच र मसंग मात्र डर मान ।

    [42] र, सत्यलाई असत्यसँग नमिसाऊ र साँचो कुरा नलुकाऊ तिमीलाई त स्वयम् यसको जानकारी छ ।

    [43] र, नमाज पढ्ने गर र जकात (दान) दिने गर र ढोग्नेहरसँग ढोग्ने गर ।

    [44] के (तिमीहरू) अर्कालाई असल काम गर्न आदेश दिन्छौ र आफू स्वयम्लाई बिर्सिदिन्छौ, जबकि तिमीहरू किताब पढ्छौ, के तिमीहरू यतिपनि बुझ्दैनौं

    [45] एवं, धैर्य र नमाज पढेर मद्दत माग्ने गर, निश्चय नै यो (नमाज), डर मान्नेहरू बाहेक अरुका लागि गाह्रो कुरा हो ।

    [46] जो जान्दछन् कि आफ्ना पालनकर्तालाई भेट्नुछ र निश्चय उनैतिर फर्केर जानु छ ।

    [47] हे यअ्कूबका सन्तति ! मेरा ती उपकारहरूलाई स्मरण गर, जुन मैले तिमीहरूमाथि गरेको छु । र मैले तिमीहरूलाई संसारका अन्य मानिसहरूमाथि श्रेष्ठता प्रदान गरेको छु ।

    [48] त्यस दिनसित डर मान्ने गर, जब कसैले कसैलाई फाइदा पुर्याउन सक्तैन र न कसैको सिफारिस स्वीकारिने छ र न कुनै बदला लिइनेछ र न उनीहरूलाई (कसैको) मद्दत प्राप्त हुनेछ ।

    [49] र, जब हामीले तिमीहरूलाई फिरऔनीहरूबाट मुक्त गरायौं, जसले तिमीहरूरूलाई क्रुर यातना दिन्थे, तिम्रा छोराहरूलाई मारिदिन्थे र छोरीहरूलाई जीवित छाडिदिन्थे, यस मुक्तिलाई प्रदान गर्नुमा तिम्रो पालनकर्ताको ठूलो कृपा थियो ।

    [50] र, जब हामीले तिम्रा लागि समुन्द्रलाई चीरेर तिमीलाई पारी पुर्यायौं र फिरऔनीहरूलाई तिम्रा आँखा अगाडि त्यसमा डुबाइदियौं ।

    [51] र, जब हामीले मसासित चालिस रातको वाचा गर्यौं, अनि तिमीले उनको अनुपस्थितिमा बाछोलाई पूज्न थाल्यौ र अपराधी बन्यौ ।

    [52] तर हामीले तिमीलाई त्यसपछि पनि क्षमा गरिदियौं, ताकि तिमी कृतज्ञ बन ।

    [53] र, जब हामीले मूसालाई तिम्रो मार्गदर्शनको लागि किताब (तौरेत) र चमत्कारहरू प्रदान गर्यौं, ताकि तिमीहरू सत्य मार्गमा हिंडन सक ।

    [54] र जब मूसाले आफ्ना जातिका मानिसहरूसित भने हे मेरा जाति वालाहरू तिमीहरूले बाछोलाई पूजेर आफूमाथि अत्याचार गरेका छौ तसर्थ आफ्नो स्रष्टातिर फर्क आफ्ना ज्यान (अपराधीका ज्यान) लाई आफनै हाथले हत्यागर । अल्लाह सामु तिम्रो भलो यसैमा छ, अनि उसले तिम्रो गल्ती माफ गरिदियो । ऊ निःसन्देह क्षमाशील र अत्यन्त दयालु छ ।

    [55] र, जब तिमीहरूले मसासित भन्यौ, कि ! हामी आफ्नो अगाडि प्रत्यक्ष रूपमा अल्लाहलाई नदेखुन्जेल कदापि विश्वास गर्दैनौं, त तिमीले हेर्दा हेर्दै तिनीहरूमाथि चट्याङ्ग खस्यो ।

    [56] तर फेरि त्यस मृत्युपछि पनि हामीले तिमीहरलाई पुनर्जीवित गर्यौं ताकि तिमी आभारी हुनसक ।

    [57] र, तिमीहरूमाथि हामीले बादलको छायाँ गरिदिएँ र तिम्रा लागि मन्न व सल्वा उतार्यौं । हामीले दिएको पवित्र कुराहरू खाऊ, र उनीहरूले हामीमाथि कुनै अन्याय गरेनन् बरु आफ्नै जिउमाथि अन्याय गर्दथे ।

    [58] र, यादगर जब हामीले भन्यौं कि यस बस्तीमा जाऊ र यसमा जे थोक जहाँ कही छ इच्छाअनुसार खानु, पिउनु र ढोकामा नतमस्तक हुँदै प्रवेश गर्नु र ‘‘हित्ततुन’’ (हामी क्षमा चाहान्छौं) भन्नु, हामीले तिम्रा गल्तीहरूलाई क्षमा गरिदिनेछौं, र असल काम गर्नेहरूलाई अझ बढी प्रदान गर्नेछौं ।

    [59] अनि अन्यायीहरूले, तिनीहरूलाई दिइएको आदेशका शब्दलाई परिवर्तन गरिहाले, त हामीले पनि ती अन्यायीहरूमाथि उनको अवज्ञताको कारणले दैवी सजाय गर्यौं ।

    [60] र, जब मूसाले आफ्नो समुदायका लागि पानी माँगे तब हामीले भन्यौं कि आफ्नो लठ्ठीले ढुङ्गामाथि हान, त्यसबाट बाह्रवटा मूल फूटे र सबै समूहले आ–आफ्नो घाट थाहा पाइहाले । अल्लाहले (प्रदान गरेको) कुरा खाऊ र पिऊ तर पृथ्वीमा उपद्रव गर्दै नहिंड ।

    [61] र, जब तिमीले भन्यौ कि हे मूसा ! हामी एउटै प्रकारको आहारमा सन्तुष्ट हुन सक्तैनौं । तसर्थ आफ्नो पालनहारसँग प्रार्थना गर्नुस् कि उनीले हाम्रो निम्ति साग–सब्जी, काँक्रा, गहुँ, मसुरो र प्याज (आदि) जो जमिनबाट उम्रन्छन्, हामीलाई देउन् । उनले भने कि ठुलो कुराको सट्टा सानो कुरा किन चाहन्छौ ? ठीक छ ! शहरतिर लाग, तिमीले चाहेको यी सबै कुरा पाउनेछौ । र, उनीहरूमाथि अपमान र अभाव लादियो र तिनीहरू अल्लाहका क्रोधका पात्र भए । यो यस कारणले भयो कि तिनीहरूले अल्लाहका आयतहरूलाई इन्कार गर्दथे र दूतहरूलाई अकारण मार्दथे । यो उनीहरूको अवज्ञा र ज्यादतीको परिणाम हो ।

    [62] निःसंदेह मुसलमान होऊन्, यहूदी होऊन्, ईसाई होऊन् या पारसी जो अल्लाह र अन्तिम दिनमाथि आस्था राख्यो र असल काम गर्यो त्यस्ता व्यक्तिहरूलाई तिनका फल, अल्लाहकहाँ प्राप्त हुनेछ । र तिनीहरूलाई नत कुनै प्रकारको भयत्रास हुनेछ र न उदासी नै ।

    [63] र यादगर जब हामीले तिमीसित वाचा लियौं र तूर पर्वतलाई तिमीमाथि ठड्यायौं कि जुन (पुस्तक) हामीले तिमीलाई प्रदान गरेका छौं, त्यसलाई बलपूर्वक समातिराख र त्यसमा जे छ, त्यो याद राख ताकि तिमी बाँच्न सक ।

    [64] तर त्यसपछि पनि तिमीहरू त्यस वाचाबाट विमुख भइहाल्यौ, र यदि तिमीमाथि अल्लाहको वरदान र कृपा नभएको भए, तिमी ठूलो हानिमा पर्ने थियौ ।

    [65] र तिमीलाई निःसन्देह ती मानिसहरूको जानकारी छ, जो तिमीमध्ये, शनिवारको दिनमा सीमा नाघिसकेका थिए र हामीले पनि उनीहरूलाई भनिदियौं, तिमीहरू अपमानित बाँदरहरू भइहाल ।

    [66] यसलाई हामीले पहिला आएका र पछि आउने मानिसहरूको लागि दृष्टान्त र आस्थावानहरूका लागि उपदेश र नसीहत बनायौं ।

    [67] र यादगर जब मूसाले आफ्नो समुदायसित भने कि अल्लाहले तिमीलाई आदेश दिंदाछ कि एउटा गाई बलिदेऊ । तिनीहरूले भने, के तिमी हामीसँग ठट्टा गर्दछौ ? उहाँले भन्नुभयो कि यस्तो मूर्ख हुनुभन्दा म अल्लाहको शरणमा जान्छु ।

    [68] तिनीहरले भने, हे मूसा आफ्नो पालनकर्तासित प्रार्थना गर्नुस् कि उहाँले हामीलाई स्पष्ट पारोस् कि त्यो (गाई) कस्तो हुनु पर्छः उहाँले (मूसा) भन्नुभयो, पालनकर्ताको भनाई छ कि त्यो गाई नत बूढी होस् नत बाछी बरु दुईटैको बीचको होस् । तसर्थ तिमीहरू आदेश अनुसार गर ।

    [69] तिनीहरूले फेरि भनेः आफ्नो पालनहारसँग प्रार्थना गर्नुस् कि हामीलाई यो पनि बताओस् कि त्यसको रङ्ग कस्तो हुनुपर्दछ । मूसाले भने, अल्लाहको भनाई छ कि त्यसको रङ्ग गहिरो पहेंलो होस् ताकि हेर्नेहरूलाई प्रसन्न गरोस् ।

    [70] तिनीहरूले भने पालनकर्तासँग एकचोटी फेरि विन्ती गर्नुस् कि त्यो कस्तो हुनुपर्दछ । किनकि हामीलाई धेरै गाईहरू उस्तै–उस्तै देखिएका छन् । हामीलाई थाहा हुँदैन, अल्लाहले चाह्यो भने हामी सही बाटो लाग्ने छौं ।

    [71] मूसाले भने, अल्लाहले भनिरहेछन् कि त्यो गाई खेत जोत्न र सिंचाईमा प्रयोग नगरिएको र हिष्ट–पुष्ट र बेदाग होस् । उनीहरूले भन्न थाले अब तिमीले सबै कुरा ठीक–ठीक भनिहालेका छौ । अर्थात् त्यो गाईलाई बलि दिए, यद्यपि तिनीहरू त्यस्तो गर्नेवाला थिएनन् ।

    [72] र यादगर जब तिमीले एउटा मानिसको हत्या गर्यौ, अनि त्यसको (बारेमा) झगडा गर्न थाल्यौ, तर जुन कुरो तिमीले लुकाउन चाहन्थ्यौ, त्यो कुरा अल्लाहले प्रकट गर्न चाहन्थ्यो ।

    [73] अनि हामीले भन्यौं कि यस गाईको एउटा टुक्राले हत्या गरिएको मान्छेलाई हानिदेऊ, (ऊ जीवित भइहाल्नेछ) यसरी नै अल्लाहले मुर्दाहरूलाई जीवित पारी तिमीलाई तिम्रा बुद्धिमानीका लागि आफ्ना चिन्हहरू देखाइरहेछ ।

    [74] फेरि त्यसपछि तिम्रा हृदयहरू ढुङ्गाजस्तो बरु त्यो भन्दा पनि कठोर भइहाले किन भने केही ढुङ्गा त यस्ता हुन्छन् कि फुटेर तिनबाट नहरहरू बग्न थाल्छन् । र केही यस्ता हुन्छन् कि फुटी हाल्छन् र तिनबाट पानी निस्कन्छ । र कुनै यस्ता हुन्छन् कि अल्लाहको भयले खसिहाल्छन् । र अल्लाह तिम्रा क्रियाकलापबाट अनभिज्ञ छैन ।

    [75] (मुस्लिमहरू हो !) के तिमी आशा गर्दछौ कि यिनीहरू तिमीहरूप्रति आस्थावान बनुन् ? हुन त तीमध्ये केहीले अल्लाहका कुरा सुनेर, जानीबुझी पनि त्यसलाई परिवर्तन गर्ने गर्दछन् ।

    [76] जब यिनीहरू मोमिनहरूसंग भेट्दछन्ः त आफू आस्थावान भएको कुरा गर्दछन् । र जुनबेला आपसमा एक अर्कालाई भेट्दछन्, त्यतिखेर भन्दछन् कि जुन कुरा अल्लाहले तिमीलाई प्रकट गरेको छ, त्यो तिमीले तिनीहरूलाई (मुस्लिमहरूलाई) किन भनिहाल्छौ ? कि (अन्तिम दिन) त्यसैको सन्दर्भले तिम्रो पालनहारको अगाडि तिमीलाई दोषी ठहराइनेछ के तिमी बुझ्दैनौ

    [77] के यिनलाई थाहा छैन कि, अल्लाहलाई यिनको भित्री र बाहिरी कुरा (सबै) थाहा छ ।

    [78] र तिनीहरूमध्ये केही यस्ता अनपढ छन्, जो आशाहरू बाहेक (अल्लाहको) किताब जान्दैनन् र तिनीहरूले अनुमान र अटकलबाजी मात्र गर्दछन् ।

    [79] उनीहरूलाई अनिष्ट छ, जो आफ्ना हातले किताब लेख्दछन् अनि भन्दछन् कि यो अल्लाहको तर्फबाट हो ताकि त्यसद्वारा तुच्छ साँसारिक लाभ प्राप्त गर्नसकुन् । तिनीहरूलाई आफ्नो हातबाट लेख्नुको कारण अनिष्ट छ र तिनीहरूलाई तिनको अनैतिक कमाइको कारण अनिष्ट छ ।

    [80] र यिनी भन्दछन् कि हामी त केही दिन मात्र नर्कमा बस्ने छौं । तिनीहरूसित भनः के तिमीहरूले अल्लाहसँग कुनै वचन लिएका छौ ? यदि छ भने निःसन्देह अल्लाह आफ्नो वचनको उल्लंघन कहिल्यै गर्दैन, बरु तिमीले त अल्लाहको बारेमा यस्ता कुरा भन्दछौ जसको सम्बन्धमा तिमीलाई केही ज्ञान छैन ।

    [81] हो, जसले पनि नराम्रो काम गर्यो र त्यसको पापले त्यसलाई घेरिहाल्यो, त्यस्ता मानिसहरू सधैंका लागि दोजखमा (नर्कमा) रहिरहने छन् ।

    [82] र जो आस्थावान भएर धर्मको काम गरे, तिनी स्वर्गमा जानेहरू हुन् र सधैं त्यसमा रहने छन् ।

    [83] र जब हामीले बनी इस्राईलसित वाचा गरायौं कि अल्लाह बाहेक अरु कसैको पूजा नगर्नु, र आमा–बाबुसित राम्रो व्यवहार गर्नु यस्तै नातेदार, अनाथ र गरिबहरूसंग पनि, र मानिसहरूसंग राम्रा कुरा गर्नु, र नमाज पढ्दै गर्नु, र जकात (दान) दिंदै गर्नु । तर केही व्यक्तिहरू बाहेक तिमी (सबै) यस वचनबाट पछि फर्कयौ र मुख फेर्यौ ।

    [84] र जब हामीले तिमीहरूसित वचन लियौं कि आपसमा रक्तपात नगर्नु र आफन्तहरूलाई आफ्नो घरबाट न निकाल्नु, त तिमीले वचन दियौ र तिमी यसको साक्षी पनि बन्यौ ।

    [85] फेरि पनि तिमीले आफन्तहरूको हत्या गर्यौ र आफूमध्येकै एक समूहमाथि अत्याचार गरी तिनलाई घरबाट निकाला गर्यौ, र दुराचार र पापमा उनीहरूका विरुद्ध अत्याचारीहरूको मद्दत गर्यौ । तथा तिनीहरू तिमीकहाँ यदि बन्दी भएर आउँदा बदलामा धन तिरेर छुटाउछौ अतः तिनलाई घर–निकाला गरेको कुरा तिमीहरूकालागी वर्जित थियो । के तिमी कुनै आदेशमाथि आस्था राखदछौ र केहीलाई नकारदछौ ? तिमीहरूमध्ये जसले यस्तो काम गर्दछन् उनको लागि यस संसारमा अपमान र कयामतको दिन कठोर सजायको भोगाई बहेक अरु के हुन सक्छ । र तिम्रो आचरणसंग अल्लाह बेखबर छैन ।

    [86] यी ती मानिसहरू नै हुन् । जसले कि परलोकको सट्टा संसारको जीवन किनेका छन् । न तिनको सजायमा कमी हुनेछ र नत तिनलाई मद्दत दिइने छ ।

    [87] हामीले मूसालाई ग्रन्थ प्रदान गर्यौं र उनको पछाडि अन्य रसूल पठाउँदै गर्यौं, र ईसा बिन मरियमलाई स्पष्ट तर्कहरू प्रदान गर्यौं र रूहुलकुदस (जिब्राइल) द्वारा उनको पुष्टि गर्यौं । तर जब कुनै अल्लाहको दूत तिमीहरूतिर यस्ता कुराहरू लिएर आए जुन कि तिमीहरूलाई रुच्दैनथ्यो तब तिमीहरू अहंकारी हुन पुग्थे र केहीलाई झूठा भने र केहीको हत्या पनि गरे ।

    [88] तिनीहरू भन्दछन्ः हाम्रो हृदय पर्दामा छन् । होइन, बरु अल्लाहले तिनको नास्तिकताको कारणले तिनीलाई अभिशप्त गरेको छ, तसर्थ तिनीहरूमा आस्थावान अत्यन्त थोरै छन् ।

    [89] र, जब तिनीतिर अल्लाहको तर्फबाट एउटा किताब (कुरआन) जो उनको किताबलाई सत्य बताउने आयो, जबकि पहिला यिनी स्वय्म त्यसको माध्यमबाट अनास्थावानहरूमाथि विजय हासिल गर्न चाहन्थे, तर जब त्यो आयो त त्यसलाई चिन्हिसकेपछि त्यसलाई फेरि इन्कार गर्न थाले अतः अल्लाहको अभिशाप हुनेछ अनास्थावानहरूमाथि ।

    [90] त्यो चीज साह्रै नराम्रो छ, जसको सट्टा तिनीहरूले आफूलाई बेचिहाले, त्यो तिनीहरूको अनास्था हो, अल्लाहको तर्फबाट आएको चीजसंग मात्र यस डाहको कारण कि अल्लाहले आफ्ना भक्तहरूमध्ये जसमाथि चाह्यो आफ्नो कृपा गर्यो, यसकारण तिनीहरू एक क्रोध पछि अर्को क्रोधका पात्र भए । र अनास्थावानहरूका लागि अपमानजनक सजाय छ ।

    [91] र, जब तिनीहरूसित भनिन्छ कि अल्लाहले प्रदान गरेको किताबमाथि आस्था राख, त भन्दछन् कि जुन ग्रन्थ हामीमाथि उतारिसकिएको छ, त्यसमाथि हाम्रो आस्था छ । जबकि त्यसभन्दा पछिल्लो (किताब) जुन कि सत्य हो र तिनको (किताब तौरातको) पुष्टि गर्दछ, त्योसंग अनास्था राख्दछन् । तिनीहरूसित यो सोध कि यदि तिमी अघिल्ला किताबहरूमाथि आस्था राख्दछौ त फेरि तिमीले अल्लाहका दूतहरूलाई किन मारिदिन्थ्यौ

    [92] मूसाले तिम्रा नजिक यही तर्क लिएर आए तैपनि तिमीले बाच्छोलाई पूज्न थाल्यौ, तिमी अन्यायी नै हौ ।

    [93] जब हामीले तिमीबाट वाचा लियौं र तूर पर्वतलाई तिमीमाथि उभ्यायौं । (र आदेश दियौं) कि जुन (किताब) हामीले तिमीलाई दिएका छौं त्यसलाई बेस्सरी समात र (आदेशलाई) सुन, त तिनीहरूले भने कि हामीले सुन्यौं तर मान्दैनौं, र तिनको नास्तिकताको कारणले तिनको हृदयमा बाछोको माया पलाइहाल्यो । (हे मुहम्मद) तिनीहरूलाई भनिदिनु कि तिम्रो ईमानले तिमीलाई नराम्रो आदेश गरिरहेको छ यदि तिमी आस्थावान हौ ।

    [94] (हे मुहम्मद) भनिदिनु कि यदि परलोकको घर अरु मानिस बाहेक तिम्रा निम्ति नै निर्धारित छ, त आऊ आफ्नो सत्यताको प्रमाणमा मृत्युको प्रार्थना गर ।

    [95] तर आफ्ना अघिका कार्यहरू हेरेर तिनीहरू कदापि मृत्युको कामना गर्दैनन् । अल्लाह अत्याचारीहरूलाई राम्रोसंग जान्दछ ।

    [96] बरु हे नबी ! तिनीहरू सबभन्दा बढी जीवनप्रति मोह राख्नेहरू हुन् । र यो मोह तिनीहरूमा अल्लाहसँग अरुको साझेदारी ठहराउनेहरूभन्दा पनि बढी हुन्छ । तिनीहरूमध्ये हरेकले एक–एक हजार वर्षसम्म बाँच्ने इच्छा राख्दछ । तर यो लामो उमेरले पनि तिनलाई सजायबाट मुक्त गराउन सक्दैन, र जुन काम यिनीहरू गर्दछन् त्यसलाई अल्लाहले राम्रोसित देखिरहेको छ ।

    [97] हे मुहम्मद (स.अ.) भनिदिनुः कि जो जिब्राइलको शत्रु हो, जसले अल्लाहको सन्देशलाई उसको आदेशानुसार तपाईको हृदयमा उतारेको हो, जुन सन्देशले उनीहरूको (अघिका) ग्रन्थहरूलाई प्रमाणित गर्दछ र आस्थावानहरूका निम्ति मार्गदर्शक र शुभसन्देश हो । (त अल्लाह पनि तिनीहरूको शत्रु हो)

    [98] (हे पैगम्बर !) जुन व्यक्ति अल्लाहको र उसका दूतहरूको, र जिब्राईल र मिकाईलको शत्रु हो र त्यस्ता नास्तिकहरूको अल्लाह स्वयम् दुश्मन हो ।

    [99] र, निःसदेह हामीले तपाईको नजिकमा ठोस तर्कहरू पठाएका छौं जसलाई पापीहरू बाहेक अरु कोही नकार्न सक्दैन ।

    [100] तिनीहरूले जब–जब कुनै वाचा गर्दछन् तब–तब तिनीहरूमध्ये एक वा अर्को समूहले त्यसलाई भङ्ग गरिदिन्छ । वास्तविकता यो हो कि तिनीहरूमध्ये धेरैजसो आस्था नभएका हुन् ।

    [101] तिनीहरूतिर जहिलेसुकै अल्लाहबाट कुनै पैगम्बर (सन्देशवाहक) तिनीहरूको ग्रन्थको पुष्टि गर्ने गरी आयो, त ग्रन्थ मान्नेहरूको एउटा समूहले अल्लाहको किताबतिर यसरी पिठ्यँ पछाडि फर्कायो, कि मानौ तिनीहरूलाई केही थाहा नै थिएन ।

    [102] र त्यस चीजको पछि लागे जसलाई सुलैमानको राज्यकालमा शैतानहरूले पढ्ने गर्दथे । तर सुलैमानले बिल्कुलै कुफ्र गरेनन् बरु शैतानहरूले नै कुफ्र गर्दथे, तिनीहरूले मानिसहरूलाई जादू सिकाउँदथे जुन ‘‘बाबुल’’ शहरमा दुईजना फरिश्ता (अर्थात) हारुत र मारुतमाथि उतरेको थियो । ती दुवैले पनि कसैलाई तबसम्म केही सिकाउन्नथे जबसम्म यो भन्दैन्थे कि हामी त एउटा परीक्षणमा छौं, तिमी कुफ्रमा नलाग । फेरि पनि मानिसहले तिनीहरसित यस्तो (जाद) सिक्दथे जसबाट पति–पत्नीबीच सम्बन्ध–बिच्छेद भइहालोस् र वास्तवमा अल्लाहको इच्छा न भई, तिनीहरूले त्यसबाट कसैको केही बिगार्न सक्दैनन् । र यिनीहरूले यस्ता (मन्त्र) सिक्दथे जसले तिनलाई हानि पुर्याओस् र लाभ पुर्याउन नसकोस् । र तिनीहरू विश्वासका साथ जान्दछन् कि यस्ता कुराहरू लिनेहरूको परलोकमा केही अंश हुँदैन र त्यो निकृष्ट चीज हो जसको बदलामा तिनीहरूले आफ्ना ज्यान बेचिहाले । कति राम्रो हुन्थ्यो, यदि तिनीहरू यो कुरो जानेको भए ।

    [103] यदि तिनीहरू आस्थावान र संयमी बन्न सकेको भए अल्लाहको तर्फबाट तिनीहरूलाई सर्वोत्तम प्रतिफल मिल्ने थियो । यदि तिनीहरूलाई ज्ञान भएको भए ।

    [104] हे आस्थावानहरू ! तिमीहरू अल्लाहको पैगम्बरको (लागि) ‘‘राएना’’ नभन बरु ‘‘उन्जुर्ना’’ भन अर्थात हाम्रोतर्फ हेर्दै र सुन्दै गर्नु र काफिरहरूको लागि कष्टदायक सजाय छ

    [105] न त अहले किताबका काफिरहरू र न त ‘‘मुश्रिक’’हरू चाहन्छन् कि तिमीमाथि पालनकर्ताबाट कुनै राम्रो कुरा उत्रोस्, तर अल्लाहले जसलाई रुचाउँछ, आफ्नो विशेष दयाको पात्र बनाउँछ र अल्लाह ठूलो कृपाको स्वामी छ ।

    [106] हामी जुन आयतलाई (श्लोक) रद्द गरिदिन्छौं वा त्यसलाई बिर्सिदिन्छौं । त्योभन्दा राम्रो वा त्यस्तै अन्य आयतहरू ल्याउँछौं । के तिमीलाई थाहा छैन कि अल्लाह प्रत्येक कुरामाथि सर्वशक्तिमान छ

    [107] के तिमीलाई थाहा छैन कि आकाशहरू र पृथ्वीको स्वामी अल्लाह नै हो र अल्लाह बाहेक तिम्रो कोही मित्र र सहायता प्रदान गर्नेवाला छैन

    [108] के तिमी आफ्ना रसुलबाट त्यही सोध्न चाहन्छौ । जुन यसभन्दा पहिला मसासंग सोधिएको थियो ? र जुन व्यक्तिले ईमानको सट्टा कुफ्र ग्रहण गर्यो त्यो सोझो बाटोबाट विचलित भइहाल्यो ।

    [109] धेरै जसो अहले किताबहरू (यहुदी ईसाईले) सत्य प्रकट भइसकेपछि पनि आफ्ना हृदयमा ईष्र्या भएको कारण तिमीलाई पनि ईमानबाट विचलित गराउन चाहन्छन् । तिमी पनि क्षमा गर र बेवास्ता गरिदेऊ, यहाँसम्म कि अल्लाहले आफ्नो (अर्को) आदेश पठाओस्, निःसन्देह अल्लाह हरेक कुरामाथि सामर्थवान छ ।

    [110] नमाज पढ्दै गर र जकात दिंदै गर र जुन सत्यकर्म आफ्नो लागि अगाडि पठाउनेछौ, ती सबै अल्लाहकहाँ पाउने छौ, कुनै सन्देह छैन कि अल्लाह तिम्रा क्रियाकलापहरूलाई हेरिराखेको छ ।

    [111] यिनीहरू भन्दछन् कि यहूदी र ईसाईहरू बाहेक अरु कोही स्वर्गमा जाने छैन । यी यिनीहरूका कल्पना मात्र हुन् । (हे पैगम्बर !) यिनीहरूलाई भनिदिनु कि यदि (तिमी) सत्य छौ भने कुनै प्रमाण त पेश गर ।

    [112] सुन ! जो पनि अल्लाहको अगाडि असल नीयतले आफ्नो टाउको निहुराउँनेछ त निःसन्देह उसलाई त्यसको पुरस्कार उसको पालनकर्ताले दिनेछ । उसको लागि न कुनै प्रकारको भय रहनेछ, न दुःख र उदासी ।

    [113] यहूदीहरू भन्दछन् कि ईसाईहरू सत्य बाटोमा छैनन् र ईसाईहरू भन्दछन् कि यहूदीहरू सत्य मार्गमा छैनन्, जबकि यिनीहरू तौरेत पढ्छन् । यसरी नै ठीक यस्तै कुरा अज्ञानीहरूले पनि गर्दछन् । अल्लाहले कियामतको दिन तिनीहरूको यस विवादको फैसला तिनीहरूबीच गर्नेछ ।

    [114] त्यसभन्दा ठूलो अन्यायी को हुनसक्छ जसले अल्लाहका मस्जिदहरूमा अल्लाहकै नामको चर्चा गर्न मनाही गर्दछ र तिनलाई बरबाद बनाउने प्रयास गर्दछ ? त्यस्ता मानिसले डर मान्दै त्यसमा लाग्नु पर्छ । तिनीहरूका लागि संसारमा अपमान र आखिरतमा ठूलो सजाय छ ।

    [115] पूर्व र पश्चिमको स्वामी अल्लाह नै हो । तिमी जतातिर फर्के पनि अल्लाहको अनुहारलाई पाउने छौ । निःसन्देह अल्लाह सर्वव्यापी, सर्वत्र र सर्वज्ञानी छ ।

    [116] यिनीहरू भन्दछन् कि अल्लाहका सन्तान छन् । (होइन) बरु अल्लाह पवित्र छ, आकाश र जमिनका सबै सृजनाहरू उसैका सम्पत्ति हुन् र प्रत्येक उसैको आज्ञाकारी छन् ।

    [117] ऊ आकाशहरू र जमिनको स्रष्टा हो । जब कुनै काम गर्न चाहन्छ तब त्यसलाई आदेश दिन्छ कि भइहाल, अनि त्यो भइहाल्छ ।

    [118] यस्तै नबुझ्ने मानिसहरू भन्दछन् कि अल्लाह हामीसँग वार्तालाप, किन गर्दैन अथवा हाम्रो लागि कुनै चिनो किन आउँदैन ? यस्तै यस प्रकारको कुरा उनीभन्दा अघिकाले पनि गरेका थिए । उनीहरूका र यिनीहरूका हृदयहरू एक जस्ता भइसके र हामीले त आस्थावानहरूका लागि चिनोको वर्णन गरिसकेका छौं ।

    [119] (हे मुहम्मद !) हामीले तपाईलाई सत्यको साथमा शुभसन्देश सुनाउने र डर देखाउनेवाला बनाएर पठाएका छौं र नर्कमा जानेहरूको सम्बन्धमा तपाईसँग केही जवाफदेही हुने छैन ।

    [120] तपाईसँग यहूदी र ईसाई कहिले पनि सहमत हुने छैनन्, जबसम्म तपाई तिनीहरूको धर्मको अनुयायी बन्नु हुन्न । (हे पैगम्बर !) भनिदिनु कि अल्लाहको मार्गदर्शन नै मार्ग दर्शन हो र तपाईसंग ज्ञान आइसके पछि पनि यदि तपाईले उनीहरूको इच्छाको वकालत गर्नुभयो भने अल्लाहसंग तिम्रो न कुनै पक्षधर हुनेछ नकोही सहायता गर्नेवाला ।

    [121] जसलाई हामीले किताब प्रदान गरेका छौं र उनीहरूले त्यसलाई निष्ठाका साथ पढ्छन् भने उनीहरू यस किताबमाथि पनि आस्था राख्दछन् र जो यसको अवज्ञा गर्दछ ऊ नोक्सान उठाउनेछ ।

    [122] हे इस्राईलको सन्तति ! मेरा ती उपकारहरू स्मरण गर, जुन कि मैले तिमीलाई प्रदान गरेको छु, मैले त तिमीलाई सबै विश्वमाथि श्रेष्ठता प्रदान गरें ।

    [123] त्यस दिनसित भयभीत होऊ जुन दिन कुनै प्राणी अर्को प्राणीलाई कुनै फाइदा पुर्याउन सक्ने छैन न कसैबाट कुनै बदला स्वीकार्ने छ र उसको सम्बन्धमा कुनै सिफारिश पनि स्वीकार्ने छैन र कुनै मद्दत प्राप्त हुनेछैन ।

    [124] जब पालनहारले अनेक कुराहरूबाट इब्राहीमको परीक्षा लियो र उनी ती सबैमा उत्तीर्ण भए । त अल्लाहले भन्यो कि म तिमीलाई संसारभरिका मानिसहरूको पथप्रदर्शक बनाउनेछु । उनले भने कि (पालनकर्ता) मेरा सन्ततिलाई पनि, अल्लाहले भन्नु भयो, हाम्रो वाचा अन्यायीहरूको लागि हुनेछैन ।

    [125] र हामीले खान–ए–कअ्बा–लाई मानिसहरूका पुण्य र शान्तिको ठाउँ बनायौं, तपाईले इब्राहीम उभेको स्थानलाई नमाज पढ्ने ठाउँ बनाउनु । र हामीले इब्राहीम तथा इस्माईलबाट वाचा लियौं कि तिमीहरू मेरो घर (कअ्बा)लाई परिक्रमा गर्ने, र रुकअ् र सजदा (ढोग) गर्नेहरूको निम्ति सफा र पवित्र राख्ने गर ।

    [126] र जब इब्राहीमले प्रार्थना गरे कि हे पालनहार ! यस ठाउँलाई शान्तिको नगर बनाइदेऊ र यसका वासिन्दाहरू जो अल्लाहमाथि र आखिरतको दिनमाथि आस्था राख्ने छन्, तिनीहरूलाई खानको निम्ति फलफूलको आहार प्रदान गर, तब अल्लाहले भन्यो कि मैले अनास्थावानहरूलाई पनि केही लाभ प्रदान गर्नेछु, फेरि तिनलाई आगोको सजाय भोग्नका लागि विवश गरिदिन्छु, जानुपर्ने यो अत्यन्त नराम्रो ठाउँ हो ।

    [127] इब्राहीम र इस्माईल कअ्बाको जग र पर्खाल उठाउँदै जानु हुन्थ्यो र प्रार्थना गर्दै जानु हुन्थ्यो कि हे पालनहार ! हामीबाट यो सेवा स्वीकार गर । निःसन्देह तिमी नै सबै सुन्ने र जान्नेवाला हौ ।

    [128] हे हाम्रो पालनहार ! हामीलाई आफ्नो आज्ञापालक बनाइराख र हाम्रा सन्ततिमध्येबाट एउटा समूहलाई पनि आफ्नो ताबेअ्दार बनाइराख र हामीलाई आफ्नो पूजा गर्ने तरिका सिकाउ र हाम्रो तौबा स्वीकार गर । निःसन्देह तिमी क्षमा दिने दयावान र कृपालु हौ ।

    [129] हे हाम्रो पालनहार ! यिनीहरूका निम्ति यिनैमध्येबाट पैगम्बर पठाउनु जसले उनीहरूलाई तिम्रा आयतहरू पढेर सुनाओस्, र यिनलाई किताब र कौशल सिकाउँदै गरोस् र यिनीहरूका (हृदयलाई) पवित्र गर्दै गरोस् । निःसन्देह तिमी अपार शक्तिशाली र अति तत्वदर्शी हौ ।

    [130] बुद्धिहीन बाहेक इब्राहीमको धर्मबाट कोही विमुख हुनसक्दैन ? र हामीले उनलाई संसारमा पनि रोज्यौं र आखिरतमा पनि उनी सत्कर्म गर्नेहरूमा हुनेछन् ।

    [131] जब उनीसित उनको पालनकर्ताले भन्यो कि आज्ञाकारी बन, तब उनले भने कि म सारा संसारको पालनकर्ता अगाडि नतमस्तक हुन्छु ।

    [132] इब्राहीमले र यअ्कूबले आफ्ना सन्ततिहरूलाई यस्तै उपदेश दिए, कि हाम्रा सन्ततिहरू हो ! अल्लाहले तिम्रा निम्ति यही धर्म रोजेको हो । तसर्थ मर्नु त मुसलमान भएर नै मर्नु ।

    [133] के यअ्कूब परलोक हुने बेला तिमी त्यहाँ उपस्थित थियौ ? जब उनले आफ्ना सन्तानहरूसित सोधे कि म पछि तिमीहरू कसको भक्ति गर्नेछौं, तब तिनीहरूले भने कि तपाईको पालनहार, र तपार्ईका पुर्खा, इब्राहीम र इस्माईल र इस्हाकको पलनहारको भक्ति गर्नेछौं, जो एउटै छ र हामी उसैका आज्ञाकारी रहने छौं ।

    [134] यो पुस्ता बितिसक्यो, तिनीहरू आफ्ना कर्मका भागी छन् र तिमी आफ्ना कर्मका, र जुन कर्म उनले गरे त्यसको सोधपूछ तिमीसित हुने छैन ।

    [135] यिनीहरू (यहूदी र ईसाईहरू) भन्दछन् कि यहूदी अथवा ईसाई भइहाल, अनि सहीमार्ग पाउने छौ । (हे पैगम्बर !) भनिदिनु, बरु इब्राहीमको धर्म मान्नेहरू सही मार्गमा छन् र इब्राहीम अल्लाहका सच्चा अनुयायी थिए र मुश्रिकहरूमध्येका थिएनन् ।

    [136] हे मुस्लिमहरू ! तिमीहरू सबैले भनिदेऊ कि हामी अल्लाहमाथि, र जुन किताब हामीतिर उतारियो, र जुन (ग्रन्थहरू) इब्राहीम, इस्माईल, इस्हाक, यअ्कूब र उनका सन्ततिहरूलाई प्रदान गरियो, तिनीमाथि र जुन मूसा र ईसालाई प्रदान गरियो र जुन अन्य पैगम्बरहरूलाई तिनका पालनकर्ताबाट प्रदान गरिए, तिनीमाथि सम्पूर्ण आस्था राख्दछौं । हामीले ती पैगम्बरहरूमा कुनै भेदभाव गर्दैनौं र हामी उही एक अल्लाहका आदेश पालन गर्नेहरू हौं ।

    [137] यदि तिनीहरू पनि तिमी जस्तै आस्था राखे भने सही मार्ग पाउनेछन् । र यदि विमुख हुन्छन् भने तिनी (तिम्रा) विरोधीहरू हुन् र तिनको दाँजोमा तिमीलाई अल्लाह नै पर्याप्त छ र ऊ सबै सुन्ने जान्नेवाला हो ।

    [138] अल्लाहको रङ्ग ग्रहण गर्नु र अल्लाहको रङ्गभन्दा उत्तम रङ्ग कसको हुन सक्दछ ? हामी त उसैको पूजारी हौं ।

    [139] तपाईले भनिदिनुस्, के तिमी अल्लाहको सम्बन्धमा हामीसँग झगडा गर्दछौं, जो हाम्रो र तिम्रो पालनकर्ता हो । हामीलाई हाम्रो कर्मको र तिमीलाई तिम्रो कर्मको फल प्राप्त हुनेछ, र हामी त उसैको उपासक हौं ।

    [140] (हे यहूदी र ईसाई !) के तिमी यो भन्दछौ कि इब्राहीम, इस्माईल, इस्हाक, यअ्कूब र तिनका सन्तति यहूदी वा ईसाई थिए ? (हे मुहम्मद ! तिनीहरूसित) भनिदिनुस्, के तिमीहरू धेरै ज्ञानी छौं, कि अल्लाह ? अल्लाहको नजिक प्रमाण लुकाउने भन्दा बढी अन्यायी को हुन सक्दछ ? र तिमीहरू जे गरिराखेका छौ, त्यससित अल्लाह असावधान छैन ।

    [141] यो उम्मत (पिढी) बितिसकेको छ, तिनीहरूले जे गरे तिनीहरूको लागि छ र जे तिमीहरूले गरेका छौ तिम्रो निम्ति छ, तिनीहरूको कामको सम्बन्धमा तिमीसित सोधपूछ हुनेछैन ।

    [142] चाँडै मूर्खहरूले भन्नेछन् कि (मुसलमान) जुन किब्लासंग आबद्ध थिए, (अहिले) त्यसबाट उनीहरूलाई कुन कुराले विमुख गराएको छ ? तपाई भनिदिनुस् कि, पूर्व र पश्चिम सबैको स्वामी अल्लाह हो । उसले जसलाई चाहन्छ, सही बाटोमा हिंड्ने मार्गदर्शन दिन्छ ।

    [143] हामीले यस्तै तिमीलाई मध्यमार्गी समुदाय बनाएका हौं जसबाट अरु मानिसहरूका साक्षी बन र (मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम) पैगम्बर तिम्रा लागि साक्षी बनुन् र जुन किब्लामा तिमी पहिलादेखि लागेका थियौ, त्यसलाई हामीले यस कारण निर्धारित गरेका थियौं ताकि थाहा होस् कि, को (हाम्रो) पैगम्बरको सच्चा अनुयायी हो र को हो जो विचलित हुन्छ ? यो काम गाह्रो छ, तर जसलाई अल्लाहले मार्गदर्शित गरेको छ । (तिनीहरूलाई गाह्रो छैन) । र अल्लाहले तिम्रो आस्थालाई निरर्थक तुल्याउने छैन । अल्लाह त मानिसहरूसंग अत्यन्त कृपा र दयाको व्यवहार गर्नेवाला छ ।

    [144] (हे मुहम्मद) मैले तपाईको मुख पटक–पटक आकाशतिर उठ्दै गरेको देख्दैछु । अब हामीले तपाईलाई यस किब्लातिर, ध्यानाकर्षण गराउँदैछौ जसबाट तपाई खुशी हुनु हुनेछ । तपाईले आफ्नो मुख मस्जिदे हराम (अर्थात् खानए–कअ्बा) तिर फर्काउनुस् र तपाई जहाँ भए पनि (नमाज पढ्ने बेलामा) त्यही मस्जिदतर्फ आफ्नो अनुहार फर्काउने गर्नुस् । किताब मान्नेहरूलाई यो कुरा राम्ररी थाहा छ कि अल्लाह तर्फबाट यो नै सत्य हो । र जुन काम यिनीहरू गर्दछन्, त्यसबाट अल्लाह अनभिज्ञ छैन ।

    [145] र यदि तपाईले ग्रन्थ प्रदान भएकाहरु सामु जति तर्कहरूराखे पनि तिनीहरूले (यहुदी र ईसाई) तपाईको किब्लालाई स्वीकार्ने छैनन् र नत तपाईले उनीहरूको किब्लालाई स्वीकार्ने हो र नत उनीहरू परस्परमा एक अर्काको किब्लालाई मान्ने छन् । र यदि तिमी आफ्नो छेउ ज्ञान आइसके पछि तिनीहरूको इच्छा अनुसार हिंड्छौ भने तिमी पनि अन्यायीहरूमध्येका हुनेछौ ।

    [146] जसलाई हामीले ग्रन्थ प्रदान गरेका छौं, तिनीहरू त्यसलाई यसरी चिन्दछन्, जस्तो कि आफ्ना सन्तानहरूलाई चिन्ने गर्दछन्, (तर) यिनीमध्ये एउटा समूहले जानी–जानी सत्य कुरालाई लुकाइराख्दछन् ।

    [147] हे पैगम्बर, (यो नयाँ किब्ला) तपाईको पलनकर्ताबाट सत्य हो, खबरदार तपाईले कहिल्यै पनि शंका गर्नेहरूमध्येको नहुनु ।

    [148] हरेक व्यक्ति कुनै न कुनैतर्फ लागि रहेको छ, तर तिमी सत्य कर्मतर्फ अघि बढ्ने गर । तिमीहरू जहाँ भएतापनि अल्लाहले तिमीलाई ल्याउने छ । (निःसन्देह) अल्लाह हरेक कुराको लागि सर्वशक्तिमान छ ।

    [149] तिमी जहाँबाट निस्कदा (नमाजमा) आफ्नो अनुहार मस्जिदे हराम तिर फर्काइहाल । निःसन्देह त्यो तिम्रो पालनहारबाट सत्य हो । र, तिमीहरू जेजति गर्दछौ, अल्लाह त्यसबाट अनभिज्ञ छैन ।

    [150] र, तिमीहरू जहाँबाट निस्कदा मस्जिदे हरामतिर अनुहार फर्काइहाल र (मुसलमानहरू) तिमी जुनसुकै ठाउँमा भएपनि त्यही मस्जिदतर्फ आफनो अनुहार फर्काउने गर । यस कारणले कि मानिसहरूले तिमीलाई कुनै किसिमबाट दोषारोपण गर्न नपाउन, तर उनीहरू मात्र जो अत्याचारी छन्, दोष लगाउन सक्छन् । तिमीले तिनीहरूसित नडराउनु मसित मात्र डराउनु अनि यो पनि अभिप्राय छ कि मैले तिमीलाई आफ्ना सम्पूर्ण उपकारहरू प्रदान गरुँ र यस कारण पनि कि तिमी सही बाटोमा हिँड ।

    [151] जसरी हामीले तिमीहरूमध्येबाट तिमीहरूबीच एउटा रसूल पठाएका छौं, जसले तिम्रो सामु हाम्रा आयतहरू पढेर सुनाउँदछ, र तिमीलाई पवित्र बनाइराख्दछ र किताब (कुरआन) र कौशल सिकाइराखेको छ र यस्ता कुरा पनि जुन कि तिमी जान्दैनथ्यौ ।

    [152] तसर्थ तिमीले मेरो चर्चा गर्नु, म पनि तिमीलाई याद गर्नेगर्छु र मेरो उपकारको गुणगान गर्दै गर्नु र कृतघ्न नहुनु ।

    [153] हे आस्थावानहरू, धैर्य र नमाजसित मद्दतको आशा गर्नु । (निःसन्देह) अल्लाह धैर्यवानहरूको साथ दिन्छ ।

    [154] र अल्लाहको मार्गमा मारिएकाहरूलाई मृतक नभन । बरु तिनीहरू जीवितै छन् । तर तिमी बुझ्दैनौ ।

    [155] र, हामीले कुनै न कुनै तरिकाबाट शत्रुको त्रास, भोकबाट, धन–सम्पत्ति, ज्यान र फलहरूको कमीबाट तिम्रो परीक्षा गर्नेछौं, (तसर्थ) धैर्य गर्नेहरूलाई शुभसन्देश सुनाइदिनु ।

    [156] यिनीहरूलाई जब कुनै आपत–विपत्ति आउँछ त भन्दछन् कि हामी अल्लाहकै अधीनमा हौं र हामी उसैतिर फर्केर जानेवाला छौं ।

    [157] यिनीहरूमाथि नै उनको पालनकर्ताको कृपा र उपकारहरू छन् र यिनै सत्य बाटोमा छन् ।

    [158] (निःसन्देह) सफा र मर्वा (पर्वत) अल्लाहका निशानीमध्येका हुन् । यसर्थ जुन मानिसले खानए–कअ्बाको हज अथवा उमरः गर्दछ उसले दुवैको परिक्रमा गर्नुमा कुनै पाप हुँदैन । र आफ्नो स्वेच्छाले जो भलो गर्दछ, त अल्लाह कदर गर्नेवाला र राम्ररी जान्नेवाला छ ।

    [159] जसले हामीबाट उतारेको आदेश र निर्देशनलाई लुकाउँछन्, यसको बावजूद कि हामीले तिनीहरूलाई आफ्नो किताबमा स्पष्टरूपमा वर्णन गरेका छौ, त्यसता मानिसहरूलाई अल्लाहले र समस्त धिक्कार गर्नेहरूले धिक्कार्ने गर्दछन् ।

    [160] तर ती मानिसहरू जसले पश्चाताप गर्दछन् र आफ्नो सुधार गरिहाल्छन् र (आदेशलाई) बयान गर्दछन्, त्यस्ताको क्षमायाचना मैले स्वीकार गरिदिन्छु, म अत्यन्त क्षमादाता र दयावान् छु ।

    [161] निःसन्देह जुन काफिर आफ्नो कुफ्रको अवस्थामा मर्छ, त्यस्तामाथि अल्लाह, उसको फरिश्ताहरू र सबै मानिसको धिक्कार हुनेछ ।

    [162] (तिनीहरू) सधैं यसैमा रहनेछन् । न त उनको सजाय कम हुनेछ, नत त्यसबाट केही मोहलत पाउने छन् ।

    [163] तिमीहरू सबैको पूज्य मात्र एउटै अल्लाह हो। उस बाहेक कोही सत्य पजनीय छैन । ऊ अत्यन्त दयालु र असीम कृपालु छ ।

    [164] आकाशहरू र पृथ्वीको सृष्टिमा र रातदिनको प्रक्रियामा डुङ्गा जुन कि, मानिसहरूलाई फाइदा पुग्ने सरसामान बोकी समुद्रमा बगिरहेछन् र वर्षा जुन कि अल्लाहले आकाशबाट वृष्टि गर्छ र जसबाट पृथ्वीको मृत भू–भाग जीवित हुन्छ पृथ्वीमा प्रत्येक किसिमका जनावरहरू फैलाउनु, हावाको दिशा परिवर्तन गर्नु र बादलहरूमा, जुन कि आकाश र धर्तीको बीचमा घुम्छन्, समझदारका लागि यो सबै अल्लाहको कुदरत (शक्ति)का निशानीहरू हुन् ।

    [165] केही मानिसहरू यस्ता पनि छन्, जसले अल्लाहको शक्तिमा अरुलाई साझेदार बनाएर तिनलाई अल्लाह जस्तै मायाँ गर्दछन्, र आस्थावानहरू अल्लाहसंगको प्रेममा अत्यन्त कठोर हुन्छन् । कति राम्रो हुन्थ्यो यदि अन्यायीहरूले अल्लाहबाट हुने सजाय देखेर यो जानेको भए कि सबै प्रकारको शक्ति अल्लाहमा नै नीहित छ र यो पनि कि अल्लाह कठोर सजाय दिनेवाला छ (त कदापि कसैलाई साझेदार बनाउने थिएनन्)

    [166] जुन दिन (नास्तिक) नाइकेहरू आफ्ना अनुयायीहरूसित विमुख हुनेछन् र (दुवैले) सजाय आफ्ना आँखाले देख्नेछन् त तिनीहरूसंगको सबै नाता, सम्बन्धहरू समाप्त हुनेछन् ।

    [167] र (यो देखेर) अनुयायीहरूले भन्नेछन् कि धेरै राम्रो हुने थियो, यदि हामी संसारमा पुनः जाने सौभाग्य पाउने भए । जसरी हामीसित यिनी विमुख भइराखेका छन् त्यस्तै हामी पनि यिनीहरूसित विमुख हुनसक्ने थियौं । यसप्रकार अल्लाहले तिनको कर्म तिनीहरूलाई उनको आकांक्षाको रूपमा देखाउने छ र तिनीहरू नर्कबाट निस्कन सक्ने छैनन् ।

    [168] मानिसहरू ! जति कुराहरू धर्तीमा हलाल छन् ती खानु र पिउनु र शैतानको पद चिन्हहरूमा नहिंडनु । त्यो तिम्रो खुल्लम–खुल्ला शत्रु हो ।

    [169] त्यसले त तिमीलाई दुष्टता र निर्लज्जताको र अल्लाहको सम्बन्धमा यस्ता कुरा भन्न आदेश दिन्छ जुन कि तिमीलाई ज्ञान छैन ।

    [170] र जब तिनीहरूलाई भनिन्छ कि अल्लाहले उतारेको किताबको अनुशरण गर, त उत्तर दिन्छन् कि (होइन), बरु हामीले त्यसको अनुशरण गर्छौ, जसका हाम्रा पूर्वजहरूले अनुशरण गरेका थिए, यद्यपि तिनका पूर्वजहरू महाअज्ञानी र सही बाटोमा नहिंड्ने भएतापनि तिनीहरू उनीहरूकै अनुशरण गर्नेछन्

    [171] अनास्थावानहरूको तुलना ती जनावरहरूसंग गर्न सकिन्छ जसले आफ्नो गोठालोको आवाज र पुकार मात्र सुन्छन् र केही पनि बुझ्दैनन् । (यिनीहरू) बहिरा, लाटा र अन्धा छन्, यिनको बुद्धि छैन ।

    [172] हे आस्थावानहरू ! जुन पवित्र कुराहरू हामीले तिमीलाई प्रदान गरेका छांै, तिनको उपभोग गर, अल्लाहले प्रदान गरेका उपहारहरूको लागि आभार पनि प्रकट गर, यदि तिमी उसैको उपासना गर्दछौं ।

    [173] तिम्रो लागि मृतक जनावर, रगत, सुँगुरको मासु र जुन कुरामा अल्लाह बाहेक अरु कसैको नाम पुकारिन्छ, हराम (वर्जित) बनाइएको छ, तर जो मजबूर छ र अल्लाहको आदेशको सीमा उल्लंघन र आवश्यक्ता (प्राण बचाउन) को सीमा नाघ्दैन, त्यस निरुपाय व्यक्तिको लागि कुनै पाप हुँदैन । (निःसन्देह) अल्लाह क्षमा प्रदान गर्नेवाला, दयावान छ ।

    [174] निःसन्देह जुन मानिसहरू अल्लाहबाट उतारिएको किताबको आदेशलाई छुपाएर थोरै मूल्यमा बेच्दछन् निःसन्देह तिनले आफ्नो पेटमा आगो भरिराखेका छन् । यस्ता मानिसहरूसित अल्लाहले कियामतका दिन कुरा पनि गर्ने छैन नत उनीहरूलाई पापबाट मुक्त गर्नेछ । अपितु तिनीहरूका लागि कष्टदायक सजाय हुनेछ ।

    [175] यी त्यस्ता मानिसहरू हुन् जसले असल बाटोको सट्टा नराम्रो बाटो र मुक्तिको सट्टा सजाय किनेका छन् । यिनीहरूले नर्कको आगोलाई कति सहने छन् ।

    [176] यो सजाय यसकारण हो कि अल्लाहले सच्चा किताब उतार्यो र जुन मानिसहरूले यस किताबको सम्बन्धमा विरोध गरे, ती अट्टेरिपनामा धेरै टाढा भएका छन् ।

    [177] तिमीहरू अफनो मुहार पूर्व र पश्चिमतर्फ गर्दैमा कुनै पुण्यकार्य छैन, अपितु असल धर्मी त्यो हो जसले अल्लाह, कयामत, फरिश्ताहरू, अल्लाहको किताब र पैगम्बरहरूमाथि आस्था राख्दछन्, र जसले सम्पति प्रतिको मायाको बावजूद (त्यसबाट) नातेदार, अनाथ, निःसहाय, यात्रु र भिखारीहरूलाई प्रदान गर्दछ र दासहरूलाई मुक्त गराउनमा खर्च गर्दछ, र नियमित नमाज पढद्छ र जकात दिन्छ, र दिएको वचन पुरा गर्दछ । गरीबी दुःख र युद्धको बेला धैर्य राख्दछ । यिनै सच्चा र असल मानिसहरू हुन् ।

    [178] हे मोमिनहरू ! तिमीलाई हत्या गरिएको मानिसको सम्बन्धमा किसास (समानताको कानून) को आदेश दिइएको छ स्वतन्त्र मानिसको बदलामा स्वतन्त्र मानिस र दासको सट्टा दास र स्त्रीको बदला स्त्री हो यदि हत्यारालाई हत्या गरिएको व्यक्तिको दाजु भाइको तर्फबाट क्षमादान गरिन्छ भने त्यस उपकारलाई स्वीकार गर्नुपर्छ । हत्या गरिएको वारिसलाई चित्त बुझ्दो तरिकाले माँग गरेमा उचित रूपमा क्षतिपूर्ति गर्नु पर्दछ । यो प्रतिपालकको तर्फबाट तिमीलाई सुविधा र कृपा हो । जसले यसपछि पनि सीमाको उल्लंघन गर्दछ, त्यसलाई कष्टदायक सजाय हुनेछ ।

    [179] हे विवेकीहरू ! केसासको (आदेश) मा तिम्रो लागि जिन्दगी छ, यसलेगर्दा तिमीहरू (अनाहक हत्याबाट) सुरक्षित रहनेछौ ।

    [180] तिम्रो लागि यो अनिवार्य गरिएको छ कि जब तिमीहरूमध्ये कसैको मृत्युको समय नजिक होस्, र यदि उसले आफ्नो सम्पत्ति छाड्नेवाला छ भने आफ्नो आमा–बाबु र नातेदारहरूका लागि राम्रो हुने किसिमको इच्छापत्र गरेर जाओस् । उपासकहरूका लागि यो वास्तविकता प्रमाणित छ ।

    [181] अब यो सुने पछि कुनै व्यक्तिले यसलाई (इच्छा पत्रलाई) बदल्छ भने त्यसको पाप त्यो बदल्ने मानिसमाथि हुन्छ । निःसन्देह अल्लाह सुन्नेवाला (र) जान्नेवाला छ ।

    [182] परन्तु जसले वसीयत गर्ने मानिसको पक्षपात गर्न अथवा अनुचित वसीयत (इच्छा पत्र) बाट डर आशंका गर्छ । परस्पर (हकदारहरूबीच) समझदारी गराइदिएमा उसलाई कुनै पाप लाग्दैन । अल्लाह क्षमा प्रदान गर्नेवाला दयालु छ ।

    [183] आस्थावानहरू हो ! (मोमिनहरू) तिमीमाथि व्रत राख्नु अनिवार्य गरिएको छ जसरी तिमीभन्दा पहिलेका मानिसहरूमाथि अनिवार्य गरिएको थियो । जसबाट कि तिमी संयमी बन्न सक ।

    [184] (व्रतको समय) गणनाका केही दिनहरू हुन्, तर तिमीहरूमध्ये जुन मानिस विरामी छ अथवा यात्रामा छ, तब उसले अन्य दिनहरूमा व्रतको दिनको संख्या पूरा गरोस्, र सामर्थवानले (अति वृद्ध वा निको नहुने रोगको कारण ब्रत बस्ने क्षमता राख्दैन भने) तिनीहरूले व्रतको सट्टा एउटा गरिबलाई खाना खुवाउनु । यदि कुनै मानिस आफ्नो इच्छा अनुसार अझ बढी गर्दछ त त्यसको निम्ति झन् राम्रो हुनेछ । तर तिम्रो लागि व्रत बस्नु नै उत्तम काम हो यदि तिमी ज्ञानी छौ ।

    [185] रमाजानको महिना त्यो हो जुन महिनामा कुरआन उतारियो, जो मानिसहरूको लागि पथप्रदर्शक हो र जसमा मार्गदर्शन र सत्य र असत्यलाई छुट्टयाउने निशानीहरू छन् । तिमीहरूमध्ये जसले पनि यो महिना पाओस् त्यसले पूरा महिनाको व्रत बसोस् हो, जो बिरामी छ अथवा यात्रामा छ ऊ अन्य दिनहरूमा (व्रत बसी) त्यसको गणना पूरा गरोस् । अल्लाह तिम्रो निम्ति सुविधा चाहन्छ कठोरता चाहदैन । उसले चाहन्छ कि तिमीले गिन्ती (रोजाको) पूरा गर र अल्लाहले मार्गदर्शन गरेवापत उसको प्रशंसा वर्णन गर, ताकि उसप्रति कृतज्ञ बन्न सक ।

    [186] (हे पैगम्बर !) जब तपाईसित मेरा भक्तहरूले मेरो बारेमा प्रश्न गरुन, तपाई तब भनिदिनुस् कि म (अल्लाह) तिम्रो धेरै नजिक छु मलाई पुकार्ने प्रत्येक व्यक्ति जहिले पुकार्दछ म स्वीकार गर्दछु । तसर्थ तिनीहरूलाई पनि यो आवश्यक छ कि मेरो आदेशलाई मानुन् र ममाथि आस्था राखुन् ताकि सत्य बाटो पाउन सकुन् ।

    [187] रोजाको (व्रतको) रात्रीमा तिमीलाई आफ्नो स्वास्नीसित सहवासको अनुमति दिइएको छ । तिनीहरू तिम्रा वस्त्र हुन् र तिमीहरू उनका वस्त्र हौ । अल्लाहलाई त्यस कुराको जानकारी छ जुन कि तिमीहरूले गोप्य रूपले गर्दथ्यौ । (तसर्थ) उसले तिमीमाथि कृपा गरी तिम्रो क्षमायाचना स्वीकार गरी तिम्रो क्रियाकलापहरूलाई क्षमा गरिदियो अब तिमीलाई सहवासगर्ने र अल्लाहले जे निर्धारित गरेको छ त्यस चीजको खोजी गर्ने इजाजत छ । तिमीले तबसम्म खान पीन गर जबसम्म कि प्रातःको सेतो धर्को (रातीको) कालो धर्कोबाट स्पष्ट भई नजाओस् । (फेरि व्रतबसी) साँझसम्म रोजा पूरा गर र जब तिमी मस्जिदहरूमा एतिकाफ (एकान्तमा उपासना) को लागि बसेका हुन्छौ, तब आफ्नो स्त्रीसित सहवास नगर । यी अल्लाहबाट निर्धारित गरिएका सीमा हुन्, तिनीहरू छेउ पनि नजानु । यस्तै किसिमले अल्लाह आफ्ना श्लोकहरू मानिसहरूलाई स्पष्टरूपमा वर्णन गर्दछ, ताकि तिनीहरू आत्मसंयमी बनुन् ।

    [188] र, एक अर्काको सम्पत्ति अनुचित रूपमा उपभोग नगर, न त हाकिमहरूलाई घूस दिएर कसैको केही सम्पत्ति अन्यायपूर्वक आफ्नो बनाउनु जबकि तिमीलाई थाहा छँदैछ ।

    [189] (हे मुहम्मद !) मानिसहरूले तपाईसँग चन्द्रको (घट–बढ) बारेमा सोध्छन्, भनिदिनु कि यो मानिसहरूको (पूजा) समय र हजको समय पत्ता लगाउने माध्यम हो । र नेकी यो होइन कि तिमी घरहरूको पछाडिबाट प्रवेश गर्नेगर, बरु नेकीवाला त्यो हो जो आत्मसंयमी हुन्छ, र घरहरूमा तिमी मूल ढोकाहरूबाट प्रवेश गर्नेगर र अल्लाहसँग डर मान्ने गर ताकि तिमी सफल हुन सक ।

    [190] तिमीहरूमध्ये जो मानिसहरू तिमीसँग लडाई गर्न खोज्छन्, तिनीहरूसँग तिमी पनि अल्लाहको मार्गमा संघर्ष गर, तर सीमा ननाँघ्नु, किन भने सीमा अतिक्रमण गर्नेहरू अल्लाहलाई रुचाउँदैनन् ।

    [191] तिनीहरू जहाँ फेला पर्छन् त्यहीं मार र जहाँबाट तिनीहरूले तिमीहरूलाई निष्कासित गरेका छन् । त्यहाँबाट तिमीहरूले पनि तिनीहरूलाई निकाली हाल (र सुन) दंगा मच्चाउनु, रक्तपातभन्दा पनि गम्भीर हुन्छ र जबसम्म तिनीहरूले तिमीहरूसित मस्जिदे हराम (खानए कअ्बा) को नजिकमा आई संघर्ष गर्दैनन् तबसम्म तिमीहरूले पनि त्यहाँ तिनीहरूसँग संघर्ष नगर, तर हो ! यदि तिनीहरूले तिमीहरूसित युद्ध गर्दछन् तब तिमीहरूले पनि तिनीहरूसंग युद्ध गर । अनास्थावानहरूका लागि बदला यही हो ।

    [192] परन्तु यदि (युद्धबाट) तिनीहरू स्वयम् रोकिन्छन् भने अल्लाह क्षमा प्रदान गर्नेवाला दयावान् छ ।

    [193] तिनीहरूसँग त्यस बेलासम्म संघर्ष गर्दै गर्नु जबसम्म कि उपद्रव समाप्त हुँदैन । र धर्म अल्लाहको निम्ति (प्रतिष्ठित) नभई जाओस् । र यदि तिनीहरू संघर्षको परित्याग गर्दछन् (भने तिमी पनि परित्याग गरिहाल), किनकि अत्याचारी बाहेक अरु कसैमाथि अत्याचार गर्नु हुँदैन ।

    [194] सम्मानको (हरामको) महीना सम्मानित महीनाको साटो छ र सम्मानका कुराहरू एक अर्काको बदला सरह हुन् तसर्थ यदि कसैले तिमीमाथि अतिक्रमण गर्छ भने जुन किसिमको अतिक्रमण त्यसले गर्दछ, त्यस्तै तिमीले त्यसमाथि गर र अल्लाहसित डर, यादराख कि अल्लाह डर मान्नेहरूको साथमा छ ।

    [195] अल्लाहको मार्गमा खर्च गर र आफैले आफूलाई विनाशमा नपार र सत्कर्म गर निःसन्देह अल्लाह भलाई गर्नेहरूलाई माया गर्दछ ।

    [196] अल्लाहको लागि हज र उमरा सम्पन्न गर, हो, यदि तिमीहरूलाई रोकिहालोस् तब जस्तो किसिमको बलि गर्न सक्छौ, गरिहाल । जबसम्म बलि आफ्नो ठाउँमा पुग्दैन, तबसम्म आफ्नो कपाल नफाल तर यदि तिमीहरूमध्ये कोही बिरामी छ, अथवा त्यसको टाउकोमा कुनै प्रकारको व्यथा छ, (र मुन्डन गराइदिन्छ) त त्यसको बदलामा व्रत बसोस् वा दान गरोस् वा कुर्बानी (बलि) गरोस् । फेरि जब तिमी अमनको अवस्थामा रहँदा (तिमीहरूमध्ये) जसले उमराको बेलादेखि हजसम्म लाभान्वित हुन चाहन्छ उसमा क्षमता छ भने कुर्बानी गरोस् र जसलाई कुर्बानी गर्ने क्षमता छैन उसले तीन दिनको उपवास हजका दिनहरूमा पूरा गरोस् र सात दिनको रोजा आफ्नो घर फर्केपछि । यी पूरा दश दिन भए । यो आदेश ती मानिसका लागि हो जो मक्काका बासिन्दा होइनन् । अल्लाहसँग डर्ने गर, र यादराख कि, अल्लाह कठोर सजाय दिनेवाला छ ।

    [197] हजका महीनाहरू निर्धारित छन् । तसर्थ यदि कुनै मानिसले यी महिनाहरूमा हजको नीयत गरिसकेको छ, भने उसले (हजका दिनहरूमा) स्वास्नीहरूसँग सहवास नगरोस् र न कुनै नराम्रो काम गरोस् र न कुनै मानिससँग झगडा गरोस् । र तिमीले जुन नेक काम गर्नेछौं, त्यो अल्लाहलाई थाहा हुनेछ । र आफ्नो साथमा यात्राको खर्च लिई हिंड । किनभने सबभन्दा राम्रो बाटो खर्च त अल्लाहको डर हो, हे बुद्धिमानहरू ! मसँग डर्ने गर ।

    [198] तिमीमाथि (हजका दिनहरूमा व्यापारको माध्यमबाट) आफ्नो जीविका प्राप्त गर्नुमा केही पाप छैन । जब तिमीहरू अरफातबाट फर्कन्छौ, तब ‘‘मश्अरुल हराममा’’ (मुजदलेफामा) अल्लाहलाई स्मरण गर, र उसको स्मरण त्यसरी गर जसरी उसले तिमीहरूलाई आदेश गरेको छ यद्यपि यसभन्दा अगाडि तिमीहरू बाटो विराएका थियौ ।

    [199] फेरि जहाँबाट अरु मानिसहरू फिर्ता हुन्छन्, तिमी पनि फर्क र अल्लाहबाट क्षमाको विन्ती गर्दैगर, निःसन्देह अल्लाह क्षमा प्रदान गर्नेवाला, दयावान छ ।

    [200] फेरि जब हजका सबै आधारहरू (कार्यहरू) पूरा गरिसकेका हुन्छौ, तब (मेनामा) अल्लाहलाई स्मरण गर, जुन किसिमले तिमीहरू आफ्ना पुर्खाहरूलाई स्मरण गर्ने गर्दथ्यौ, बरु त्योभन्दा पनि बढी । केही मानिसहरू यस्ता छन् जो कि विन्ति गर्दछन् कि हे पालनकर्ता ! हामीलाई यस संसारमा (उत्तम कुराहरू) प्रदान गर, र यस्ता मानिसहरूको लागि आखिरतमा कुनै अंश हुँदैनयौ ।

    [201] र उनीहरूमध्य केही यस्ता छन् जो कि प्रार्थना गर्दछन् कि हे पालनकर्ता ! हामीलाई संसारमा पनि नेकी प्रदान गर, र आखिरतमा पनि पुण्य प्रदान गर र नर्कको कष्टबाट रक्षा गर्नु ।

    [202] यिनै ती मानिसहरू हुन् जसका लागि तिनीहरूको कर्मको (राम्रो) अंश छ र अल्लाहले छिट्टै त्यसको हिसाब लिनेवाला छ ।

    [203] र अल्लाहको स्मरण गर, गणनाका दिनहरूमा (तीन दिन) । यदि कसैले छिटो गर्दछ (र) दुई (एघार, बाह्र) दिनमै हिंडिहाल्छ भने त्यसलाई कुनै गुनाह (पाप) छैन । र जो पछि (तेह्र तारिखसम्म) बसिरहन्छन्, तिनीमाथि पनि कुनै गुनाह छैन, यी त्यो मानिसको लागि हुन् जो परहेजगार होस् । अल्लाहसित डर्दै गर, र जानिराख तिमीहरू उसैछेउ जम्मा गरिने छौ ।

    [204] केही मानिस त यस्ता पनि छन् जसका कुरा सांसारिक जीवनको बारेमा तिमीलाई आकर्षक लाग्छ र उसले आफ्नो अन्तरात्माको कुरामाथि अल्लाहलाई साक्षी बनाउँछ, तर त्यो अत्यन्त झगडालु छ ।

    [205] ऊ फर्केर जान्छ, तब धरतीमा उपद्रव गर्ने तथा खेतीलाई र नस्लको विनाशको प्रयासमा लागिरहन्छ । र अल्लाहलाई उपद्रव रुचाउँदैन ।

    [206] जब उसलाई भनिन्छ, कि अल्लाहसित डर, तब अहंकारले उसलाई गुनाह गर्न प्रेरित गरिदिन्छ । यस्ताका लागि नर्क नै छ र त्यो साह्रै नराम्रो ठाउँ हो ।

    [207] केही मानिस यस्ता पनि छन् कि अल्लाहको प्रसन्नता प्राप्त गर्नका लागि आफ्नो ज्यान सम्म बेचिदिन्छन् । र अल्लाह आफ्ना भक्तहरूप्रति अत्यन्त दयावान् छ ।

    [208] मोमिनहरू ! इस्लाममा पूर्णरूपले प्रवेश गरिहाल र शैतानको पाइलाहरूको पछि–पछि नहिंड, ऊ तिम्रो प्रत्यक्ष शत्रु हो ।

    [209] (तसर्थ) यदि तिमी स्पष्ट तर्कहरू आइसकेपछि पनि विचलित हुन्छौं त यादराख कि अल्लाह सर्वशक्तिमान र सर्वज्ञानी छ ।

    [210] के मानिसहरूलाई यस कुराको प्रतिक्षा छ कि तिनीहरू समक्ष अल्लाह आफैं बादलका छानाहरू चिरेर उतरी हालोस् र फरिश्ताहरू पनि र काम पूरा गरिहालियोस् ? र, सबै कामहरू अल्लाहकहाँ नै फर्कनेछन् ।

    [211] (हे मुहम्मद !) इस्राईलका सन्ततिसित सोध कि हामीले तिनीहरूलाई कति स्पष्ट निशानीहरू प्रदान गर्यौं । र जुन मानिस अल्लाहको उपहार आफ्नो छेउ आईपुगेपछि परिवर्तित गर्दछ, (तब जानी राखोस्) कि अल्लाह कठोर सजाय दिनेछ ।

    [212] अनास्थावानहरूको निम्ति सांसारिक जीवन अत्यन्त आकर्षण पूर्ण गरिएको छ, तिनीहरूले मोमिनहरूको उपहास गर्छन्, जबकि परहेजगारहरू कियामतका दिन तिनीहरूभन्दा श्रेष्ठ हुनेछन् । अल्लाह जसलाई चाहन्छ धेरै मात्रामा जीविका प्रदान गर्दछ ।

    [213] (सबै) मानिसहरू एउटै सम्प्रदायका थिए । अल्लाहले शुभसन्देश दिन र भय सुनाउन सन्देशवाहकहरू पठायो, र तिनीहरूमाथि सच्चा ग्रन्थहरू उतार्यो जसबाट मानिसहरूबीचका सबै विवादहरूको निर्णय हुन सकोस् ! र, यसमा विवाद पनि आपसी शत्रुता र डाहको कारणले तिनै मानिसहरूले खडा गरे जसलाई किताब प्रदान गरिएको थियो, तिनीहरूसम्म स्पष्ट तर्कहरू आइसके पछि पनि विवाद उठाए । यसको लागि अल्लाहले आफ्नो इच्छा अनुसार त्यस विवादमा पनि मोमिनहरूलाई सत्यमार्गतर्फ मार्गदर्शन गर्यो र अल्लाह जसलाई चाहन्छ सोझो बाटो देखाइदिन्छ ।

    [214] के तिमी यस भ्रममा छौ कि स्वर्गमा पुगिहाल्छौ, जबकि तिमीलाई अहिलेसम्म पहिलेका मानिसहरूको जस्तो अवस्था आएकै छैन । तिनीहरूलाई (ठूला) कठिनाई र दुःख भोग्ने भयले कंपाइयो र तिनीहरूलाई यतिसम्म सताइयो कि रसूल र उहाँका साथीहरूले भन्न थाले कि अल्लाहको मद्दत कहिले आउँला । हेर ! अल्लाहको सहायता एकदम नजिक छ ।

    [215] तपाईसंग सोध्छन् कि कुन किसिमको सम्पत्ति खर्च गरुन् । तपाई भनिदिनुस् कि जुन धन तिमी खर्च गर्नेछौं त्यो आमा–बाबु, नजिकका नातेदार, अनाथ, गरिब र मुसाफिरहरूको लागि छ । र जुन उपकार तिमीले गर्नेछौ, निःसन्देह त्यो अल्लाहलाई थाहा छ ।

    [216] तिमीहरूमाथि धर्मयुद्ध गर्नु अनिवार्य गरिएको छ, त्यो तिमीलाई कठिन लाग्न सक्छ । सम्भव छ तिमीलाई कुनै कुरा नराम्रो लागोस् तर वास्तवमा तिम्रो लागि त्यो हितकर हुनेछ, र यो पनि सम्भव छ कि तिमीले कुनै कुरालाई राम्रो सम्झ तर तिम्रो निम्ति त्यो हानिकारक हुनेछ । (यी कुराहरूको) वास्तविकताको जानकारी अल्लाहलाई छ तिमीहरू बुझ्दैनौ ।

    [217] मानिसहरू तपाईसित युद्ध निषेधित महीनाहरूमा युद्धको सम्बन्धमा सोध्छन् । तपाई भनिदिनुस् कि यिनमा युद्ध गर्नु ठूलो पाप हो । तर अल्लाहको मार्गबाट रोक्नु, त्योसित कुफ्र गर्नु र मस्जिदे हराम (खान–ए–कअ्वा) मा जानबाट मनाही गर्नु र त्यहाँ बस्नेहरूलाई त्यहाँबाट निस्कासित गर्नु अल्लाहको सामु त्यो भन्दा ठूलो पाप हो । तथा फित्ना (उपद्रव) रक्तपात भन्दा पनि ठूलो अपराध हो । यी मानिसहरू सधैं तिमीसित लडाई झगडा गर्दैरहने छन्, यहाँसम्मकि यदि क्षमता भएको खण्डमा तिमीलाई तिम्रो धर्मबाट विचलित पनि गराइदिन्छन् । र तिमीहरूमध्येबाट जुन मानिस आफ्नो धर्मबाट विचलित भई अनास्थावान हुन पुग्दछन् र सोही अवस्थामा मर्दछन, त यस्ता मानिसहरूका साँसारिक र परलौकिक सबै कर्महरू नष्ट भएर जानेछन् र यी मानिसहरू नर्कका बासी हुनेछन्, जसमा सधैं रहने छन् ।

    [218] हो आस्था ल्याउनेहरू, र अल्लाहको मार्गमा आफ्नो घर–देश छोडी जानेहरू र अल्लाहको मार्गमा जेहाद (धर्म–युद्ध) गर्नेहरू अल्लाहको कृपाको हकदार हुन् । अल्लाह अत्यन्त क्षमा गर्नेवाला दयावान हो ।

    [219] (हे पैगम्बर) मानिसहरूले मदिरा र जुवाका कानूनको सम्बन्धमा सोध्छन् । भनिदिनुस् यी ठूला पापकर्महरू हुन् र मानिसहरूका लागि यिनबाट केही सांसारिक फाइदा पनि छन्, तर तिनका हानिहरू(पाप) फाइदाभन्दा धेरै ठूला छन् । यो पनि तपाईसित सोध्छन् कि अल्लाहको मार्गमा कुन सम्पति खर्च गरुन् ? तपाई भनिदिनुस् कि (जुन माल) आवश्यकता भन्दा बढी छ । यसप्रकार, अल्लाह आफ्ना आदेशहरू स्पष्टरूपमा तिम्रो लागि वर्णन गर्दछ ताकि तिमीहरू सम्झने बुझ्ने गर ।

    [220] दुनियाँ र परलोकका कुराको सम्बन्धमा, र अनाथहरूको बारेमा पनि सोध्छन्, तपाई भनिदिनुस् कि जसमा तिनीहरूको (आर्थिक) सुधार होस्, त्यो नै राम्रो छ । तिमीहरूले उनीहरूको माल आफ्नो मालसंग भण्डारण गर्नुमा पनि केही हर्ज छैन । किनभने तिनी तिम्रा दाजुभाइहरू हुन् । असल नीयत र बदनीयतलाई अल्लाह राम्ररी बुझ्दछ । यदि अल्लाहले चाहेको भए तिमीलाई कष्टमा पार्न सक्दथ्यो । निःसन्देह अल्लाह सक्षम र सर्वशक्ति सम्पन्न छ ।

    [221] (मोमिनहरू!) अनास्थावान स्त्रीलाई पत्नी नबनाउनु (विवाह नगर्नु) जबसम्म कि तिनी आस्थावान हुँदैनन् । किनभने आस्थावान दासी पनि अनास्थावान स्वतन्त्र स्त्रीभन्दा उत्तम हुन्छे, तिमीलाई अनास्थावान स्त्री राम्री लागे पनि, र मुश्रिक लोग्ने मान्छे, जबसम्म कि अल्लाहमाथि ईमान ल्याउँदैन, उससंग आफ्ना मोमिना (मुस्लिम आइमाईहरू)को विवाह नगर्नु । किनभने मुश्रिक लोग्ने, तिमीलाई चाहे जति राम्रो लागे पनि, त्योभन्दा मोमिन दास राम्रो छ । यिनीहरू नर्कतिर निम्त्याउँछन् र अल्लाह स्वर्ग र आफ्नो उपकारतिर आफ्नो आदेशले बोलाउँदछ र आफ्नो आदेश मानिसहरूसित खुलस्त रूपमा वर्णन गर्दछ ताकि उनीहरू सही चेतना प्राप्त गर्न सकुन् ।

    [222] तपाईसित रजस्वलाबारे सोध्छन् । भनिदिनु कि त्यो अपवित्र (रक्त) हो । तसर्थ रजस्वलाको समयमा स्वास्नीबाट अलग रहनु र जबसम्म तिनीहरू पवित्र हुँदैनन्, तिनको नजिक (सम्भोगका लागी) नजानु । हो, जब तिनी पवित्र हुन्छन्, तब तिमी उनको नजिक जाऊ जुन ठाउँबाट अल्लाहले तिमीलाई जाने आदेश गरेको छ । निःसन्देह अल्लाह क्षमा याचना गर्नेलाई र पवित्र रहनेलाई प्रेम गर्दछ ।

    [223] तिम्रा स्वास्नीहरू तिम्रा खेती हुन्, तसर्थ आफ्ना खेतीमा जुन तरिकाले चाहन्छौं, जाऊ र आफ्ना निम्ति नेक कर्म अगाडि पठाऊ र अल्लाहसित डर मान्नेगर र जानिराख कि (एकदिन) तिमीहरू उसलाई भेट्ने छौ । र आस्थावानहरूलाई शुभसन्देश सुनाइदिनु ।

    [224] र अल्लाहलाई आफ्ना शपथहरूका निशाना नबनाऊ जसबाट (तिमी) भलाई, असल आचरण र मानिसहरूबीचको मेलमिलापलाई छोडी दिन्छौ । र अल्लाह प्रत्येक कुरा सुन्ने र जान्नेवाला छ ।

    [225] अल्लाह अपरिपक्व शपथको कारण तिमीहरूलाई समात्दैन तर जुन शपथ जानीबुझी खान्छौं, त्यसको पकड गर्नेछ । र अल्लाह परम् क्षमाशील अति सहनशील छ ।

    [226] जुन मानिसहरू आफ्ना स्वास्नीहरूसित तिनीहरूसंग सम्बन्ध नराख्ने शपथ खान्छन्, तिनीहरूलाई अधिकतम् चार महिनासम्मको अवधि छ, फेरि यदि अवधिपछि तिनी फर्कन्छन् भने निःसन्देह अल्लाह क्षमादान गर्ने दयावान् छ ।

    [227] र, यदि तलाक (सम्बन्ध विच्छेद) कै निश्चय गरिहाल्छन्, भने अल्लाह सुन्ने र जान्नेवाला छ ।

    [228] र तलाकप्राप्त स्वास्नी मानिसले आफूलाई तीन पटक रजस्वलासम्म रोकिराखुन् । तिनीहरूका लागि यो इजाजत छैन कि जे तिनको गर्भमा अल्लाहले सृष्टि गरेको छ त्यसलाई लुकाउन् यदि तिनीहरूलाई अल्लाह र कयामतको दिनमाथि आस्था छ र तिनका पतिहरू यस अवधिमा तिनलाई फर्काउन चाहन्छन् भने तिनीहरूले तिनलाई आफ्नो पत्नीत्वमा फिर्ता लिन पूरा हकदार छन्, यदि उनीहरू समझदारी गर्न चाहन्छन् । र, नियमानुसार स्वास्नीलाई पुरुषहरूमाथि अधिकार उस्तै छ जस्तो पुरुषहरूलाई स्वास्नीहरूमाथि छ । र, अल्लाह सर्वशक्तिमान र सर्वज्ञान सम्पन्न छ ।

    [229] यी तलाकहरू (पारपाचुके) दुई पटक गर्न सकिन्छ त्यसपश्चात या त तिनीहरूलाई (स्वास्नीलाई) राम्रो तरिकाले (पत्नीत्वमा) राख्नु अथवा सदव्यवहारको साथ विदा गर्नु र यो अनुचित छ कि जुन कुरा तिमीले तिनीहरूलाई दिसकेका छौ, त्यसमध्ये केही फिर्ता लेऊ । हो ! यो आर्कै कुरा हो कि दुवैलाई अल्लाहबाट निर्धारित गरिएका सीमाहरूको पालना नगर्न सक्ने संभावनाबाट डर होओस् यसर्थ यदि तिमीहरूलाई यो डर छ कि अल्लाहद्वारा निर्धारित सीमा कायम राख्न सक्दैनन् भने पत्नीले (पतिबाट) मुक्त हुन पाएको बदला केही दिनुमा दुवैलाई कुनै पाप लाग्दैन । यी अल्लाहबाट निर्धारित गरिएका सीमाहरू हुन्, खबरदार ! तिनीभन्दा बाहिर नजानु र जुन मानिसहरू अल्लाहका सीमाहरू उल्लंघन गर्छन्, तिनीहरू अत्याचारी हुन् ।

    [230] फेरि यदि पतिले तेस्रो पटक तलाक दिन्छ भने त्यसपछि जबसम्म ती स्वास्नी मानिसले कुनै अर्को मानिससँग विवाह नगरिहालोस् । पहिलो पतिको निम्ति स्वीकार्य हुँदैन । र यदि दोस्रो पतिले पनि (आफ्नो इच्छाले) तलाक दिन्छ भने स्वास्नी र उसको पहिलो पतिले पुनर्विवाह गर्न सक्दछन्, यसमा दुवैमाथि कुनै गुनाह छैन, यस शर्तमा कि दुवैलाई विश्वास होस् कि अल्लाहका सीमाहरू कायम राख्न सक्ने छन् । यी अल्लाहका सीमाहरू हुन्, जसलाई उसले जान्न चाहने मानिसहरूको निम्ति वर्णन गर्दछ ।

    [231] जब तिमीले स्वास्नीलाई तलाक दिइसकेका हुन्छौं र तिनीहरूको इद्दत पूरा भइसकेको छ भने तिनीहरूलाई या त न्यायोचित व्यवहारले निकाह अन्तर्गत नै रहन देऊ अथवा पूर्ण भद्रताका साथ बिदाई दिइहाल र अलमलमा पार्ने नीयतले तिनीहरूलाई निकाहमा नराख । जसले यस्तो गर्दछ, उसले आफैमाथि अन्याय गरेको हुन्छ । तिमीहरूले अल्लाहका आदेशहरूलाई हाँसो र ठट्टा नबनाऊ, र अल्लाहको तिमीहरूमाथि जुन उपकार छ, त्यसलाई स्मरण गर र तिमीलाई जे जति किताब र बुद्धिमानीका कुराहरू उसले प्रदान गरेको छ, जसबाट यस्तै तिमीलाई मार्गदर्शन गरिरहन्छ, तिनलाई पनि स्मरण गर र अल्लाहसित डर मान्नेगर, र जानिराख कि अल्लाह हरेक कुरो जान्दछ ।

    [232] र जब तिमीहरू आफ्ना पत्नीहरूलाई तलाक दिइसकेका हुन्छौं र तिनीहरूको इद्दत पूरा भइसकेको छ भने तिनीहरूलाई उनको पतिसँग, निकाह गर्नबाट नरोक यदि तिनीहरू जायज तरिकाले त्यसो गर्दछन् । यो उपदेश तिमीहरूमध्ये त्यस्तो व्यक्तिको लागि हो जसले अल्लाह र प्रलयको दिनमा विश्वास राख्दछ । यो तिम्रो निम्ति अत्यन्त राम्रो एवम् अति पवित्रताको कुरो हो । अल्लाह जान्दछ, (जुन) तिमी जान्दैनौ ।

    [233] आमाहरूले आफ्ना बच्चाहरूलाई पूरै दुई वर्षसम्म दूध ख्वाउनु पर्छ यो (आदेश) उसको लागि हो जसले कि पूरै अवधिसम्म दूध ख्वाउन चाहन्छ र दूध ख्वाउने आमाहरूको खाना र लुगाहरू दस्तूर अनुसार उसको (बाबुको) जिम्मामा हुनेछ । प्रत्येक व्यक्तिलाई त्यत्तिकै कष्ट दिइन्छ जति सहन सक्ने उसको क्षमता छ । नत आमालाई उसको बच्चाको कारण नत बाबुलाई उसको सन्तानको कारण कुनै दुःख दिइयोस् । उत्तराधिकारीमाथि पनि यस्तै किसिमको जिम्मेवारी छ र यदि आमा–बाबु दुवै आपसमा सर–सल्लाह र सहमतिबाट बच्चाहरूको दूध छोडाउन चाहन्छन्, तब तिनीहरूलाई कुनै गुनाह (पाप) छैन र यदि तिमीहरूले (आमा–बाबु) आफ्ना सन्तानहरूलाई (अरुबाट) दूध ख्वाउन चाहन्छौ भने पनि तिमीलाई कुनै पाप लाग्दैन, यदि तिमीले दूध ख्वाउनेहरूलाई दस्तूर अनुसार तिनको निर्धारित हक दिन्छौ । अल्लाहसँग डर मान्नेगर र जानिराख कि, अल्लाहले तिम्रो काम देखिराखेको छ ।

    [234] र तिमीहरूमध्ये जुन मानिसहरू मर्छन् र (आफ्ना पछाडि) स्वास्नीहरू छोड्छन् भने ती स्वास्नीहरूले चार महिना दश दिनसम्म आफूलाई रोकी राखुन् । र जब (यी) इद्दत पूरा गरिसकेका हुन्छन् तब आफ्ना हितमा जे चाहन्छन् गर्छन भने यसमा तिमीलाई कुनै गुनाह छैन र अल्लाह तिम्रा सम्पूर्ण क्रियाकलापको जानकारी राख्द्छ ।

    [235] यदि तिमी सांकेतिक तरिकाबाट ती स्वास्नीहरूलाई निकाहको सन्देश पठाउँछौं अथवा आफ्ना हृदयमा लुकाएर राख्दछौं भने तिमीलाई कुनै गुनाह छैन । अल्लाहलाई थाहा छ कि तिमीले तिनीहरूसित (निकाहको) चर्चा गर्नेछौं । तर गोप्यरूपमा कुनै वाचा नगर्नु । र तिमीले राम्रो कुरा बोल्ने गर र जबसम्म इद्दतको अवधि पूरा हुँदैन । निकाहको दृढ अठोट नगर्नु । जानिराख कि, जे जति तिम्रा हृदयहरूमा छन्, अल्लाहलाई सबै थाहा छ, तसर्थ उससँग डर मान्नेगर र यो पनि जानिराख कि अल्लाह क्षमा प्रदान गर्नेवाला दयावान छ ।

    [236] यदि तिमीले स्वास्नी मानिसहरूलाई तिनीहरूसँग समागम गर्नु र महर निर्धारित गर्नु अघि नै तलाक दिन्छौ भने तिमीमाथि कुनै गुनाह छैन, हो उनलाई केही उचित रकम अवश्य देऊ (अर्थात) सम्पन्नले आफ्नो सामर्थ अनुसार देओस् र अभावग्रस्तले आफ्नो हैसियत अनुरूप, भलाई गर्ने मानिसहरूको निम्ति यो एउटा अनिवार्यता हो ।

    [237] र, यदि तिमीले स्वास्नीहरूलाई समागम गर्नु अगाडि तलाक दिन्छौ, तर महर निश्चित गरिसकेका छौं भने निर्धारित रकमको आधा दिइहाल्नु । हो, यदि स्वास्नीहरूले महरको रकम माफ गर्दछिन् अथवा जसको हातमा विवाह बन्धन छ उसले छाडिदेओस् । र यदि तिमी पुरुषहरू नै आफ्ना अधिकार छाडिदिन्छौं, भने यो आत्मसंयमको कुरा हो । पारस्परिक सदभाव र भलो गर्न नबिर्सनु, निःसन्देह अल्लाह तिम्रा सम्पूर्ण क्रियाकलाप देखिराखेको छ ।

    [238] सबै नमाजहरू विशेष गरी बीचको नमाज सुचारु रूपले सम्पन्न गर्दै गर र अल्लाहको अगाडि आदर साथ उभिने गर ।

    [239] यदि तिमी भयको अवस्थामा छौ भने पैदल वा सवारीको अवस्थामा नै (नमाज पढिहाल) । र जब सामान्य अवस्थामा हुन्छौ तब अल्लाहको स्मरण गर, जसरी अल्लाहले तिमीलाई सिकाएको छ, जुनकि तिमी जान्दैनथ्यौ ।

    [240] तिमीहरूमध्ये जो मर्दछन् र आफ्ना पछाडि स्वास्नीहरू छाड्छन्, तिनले आफ्ना स्वास्नीहरूको लागि हकको निम्ति वसीयत (इच्छापत्र) गरेर जाउन, जसबाट तिनका स्वास्नीहरूले एक वर्षसम्म फाइदा उठाउन र घरबाट कसैले तिनलाई निस्कासित न गरोस् । हो, यदि तिनीहरू आफैं घरबाट जान्छिन् र आफ्नो हितमा चाहेको काम गर्दछिन् भने यसमा तिमीलाई कुनै गुनाह हुँदैन, अल्लाह सर्वशक्तिमान र सर्वबुद्धि सम्पन्न छ ।

    [241] तलाकप्राप्त स्वास्नीहरूलाई राम्रोसित फाइदा दिनु आत्मसंयमीहरूको निम्ति अनिवार्य छ ।

    [242] यसै प्रकार अल्लाह आफ्ना निर्देशहरू तिम्रो लागि व्यक्त गर्दैछ ताकि तिमी बुझ्नसक ।

    [243] के तिमीले तिनीहरूलाई देखेनौ जो हजारौं थिए र मृत्युको भयले आफ्ना घरहरू छाडी भागेका थिए । अल्लाहले तिनलाई मर्न आदेश दियो फेरि तिनीहरूलाई जीवित पार्यो । कुनै शकां छैन कि मानिसहरूमाथि अल्लाहले कृपाभाव राख्दछ, तर धेरै जसो कृतज्ञ हुँदैनन् ।

    [244] अल्लाहको मार्गमा जिहाद (धर्मयुद्ध) गर र जानिराख कि अल्लाह सबै सुन्दछ र जान्दछ ।

    [245] कोही यस्तो पनि छ ? जसले अल्लाहलाई राम्रो कर्जा (धर्म कार्यमा खर्च गर्ने रकम) देओस् जसको सट्टामा त्योभन्दा धेरै गुणा बढी अल्लाहले प्रदान गर्नेछ ? अल्लाहले नै जीविकालाई खुम्च्याउने र बढाउने गर्दछ र तिमी उसैतिर फर्केर जानेछौ ।

    [246] के तिमीले बनी इस्राईलको मुखियाहरूलाई देखेनौं ? जसले मूसापछि आफ्ना पैगम्बरसित भने कि तपाईँले हाम्रो लागि एउटा राजा नियुक्त गरिदिनुस् ताकि हामी अल्लाहको मार्गमा धर्मयुद्ध गरौं । पैगम्बरले भने कि यदि तिमीहरूको लागि जिहादको आदेश अनिवार्य हुन्छ भने, बेर छैन कि युद्ध गर्न अस्वीकार गरिहाल । तिनीहरूले भन्नथाले कि हामी अल्लाहको मार्गमा किन युद्ध गर्दैनौं जब कि हामी आफ्ना वतनबाट निष्कासित र सन्तानहरूबाट अलग गरिएका छौं । फेरि जब तिनीहरूमाथि युद्धको आदेश आयो तब केही मानिसहरू बाहेक सबैले इन्कार गरिहाले, अल्लाह अत्याचारीहरूलाई राम्ररी चिन्दछ ।

    [247] र तिनीहरूको, पैगम्बरले तिनीहरूसित भने कि अल्लाहले तिम्रा लागि ‘‘तालूत’’ लाई (राजा) नियुक्त गरेको छ । तिनीहरूले भने कि त्यसलाई हामीमाथि शासन गर्ने अधिकार कसरी हुन सक्दछ, राजसत्ताको अधिकारी त हामी हौं र त्योसँग त धेरै धन सम्पत्ति पनि छैन । नबीले भने कि अल्लाहले त्यसलाई तिमीहरूमाथि चुनेको छ तथा उसलाई बढी ज्ञान र शारीरिक शक्ति प्रशस्त प्रदान गरेको छ । कुरो यो छ कि अल्लाहले जसलाई चाहन्छ राजगद्दी प्रदान गर्दछ । त्यो सर्वव्यापी र सर्वज्ञाता छ ।

    [248] उनीहरूको पैगम्बरले तिनीहरूसित फेरि भने कि उसको राजसत्ताको वाह्य चिन्ह यो हो कि तिम्रो छेउमा त्यो बाकस आउने छ, जसलाई (स्वर्गदूत) फरिश्ताहरूले उचालेका हुनेछन् । त्यसमा तिम्रो पालनहारबाट तिमीलाई सन्तुष्टि प्रदान गर्ने कुरो हुनेछ, र केही अन्य कुराहरू पनि हुन्छन् जुन कि मूसा र हारूनले छाडेर गएका थिए । यदि तिमी आस्थावान छौ भने यो तिम्रो लागि एउटा प्रत्यक्ष प्रमाण हो ।

    [249] (तसर्थ) जब ‘‘तालूत’’ आफ्ना सेनाहरूलाई लिएर प्रस्थान गर्नुभयो, तब उनले भने, सुन अल्लाहले एउटा नहर (खोला)बाट तिम्रो परीक्षा गर्नेछ, जुन मानिस त्यसबाट पानी पिउँछ त्यो मेरो होइन र जसले पिउँदैन त्यो मेरो हो । हो, यदि कसैले एक अञ्जुली मात्र पिउँछ (भने त्यो क्षम्य छ) तर केही मानिसहरू बाहेक सबैले पानी पिइहाले । जब ‘‘तालूत’’ र उनको साथमा अन्य सबै नहर पारी पुगे, त तिनीहरूले भन्नथाले कि आज हामीमा जालूत र उसको सेनासंग लड्न शक्ति छैन । तर अल्लाहको अगाडि उपस्थित हुनुमा आस्था राख्नेहरूले भन्नथाले कि कहिले काहीं सानो छोटो टुक्डीले पनि अल्लाहको आदेशबाट ठूलो समूहमाथि विजय प्राप्त गर्दछन्, र अल्लाह सहनशीलहरूसँग छ ।

    [250] जब तिनीहरूको ‘‘जालूत’’ र उसको सेनासंग मुकÞाबिला भयो अनि उनिहरूले प्रार्थना गरे कि हे पालनहार ! हामीलाई सहनशीलता र दृढता प्रदान गर र हामीलाई युद्धमा अनास्थावानहरूमाथि विजय प्रदान गर ।

    [251] अनि उनीहरूले अल्लाहको आदेशबाट जालूतको सेनालाई पराजित गरे । र हजरत दाऊदले जालुतलाई मार्नु भयो र अल्लाहले दाऊदलाई राजसत्ता र ज्ञान प्रदान गर्यो र जेजति चाह्यो, सिकायो । यदि अल्लाहले मानिसहरूलाई एक अर्काको आक्रमण र अतिक्रमणबाट सुरक्षा प्रदान नगरेको भए पृथ्वीमा उपद्रव हुने थियो । तर अल्लाह संसारका (सम्पूर्ण) मानिसहरूमाथि अत्यन्त दयावान छ ।

    [252] यी अल्लाहका आयतहरू हुन् जसलाई हामीले तिमीलाई सत्यतापूर्वक पढी सुनाउँदछौं । (र हे मुहम्मद !) तिमी निःसन्देह पैगम्बरहरूमध्येकै एक हौ ।

    [253] यी पैगम्बरहरू हुन् । तिनीहरूमध्ये हामीले केहीमाथि केहीलाई प्रधानता प्रदान गरेका छौं । केही यस्ता छन् जोसित अल्लाहले कुरा गर्यो र केहीका दर्जा उच्च बनायो र मरियमको पुत्र ईसालाई चमत्कारहरू प्रदान गर्यो र रूहुल्कुद्सद्वारा (पवित्र आत्मा) उनलाई मद्दत पुर्यायो । यदि अल्लाहले चाहेको भए, तिनीभन्दा पहिलेका मानिसहरू आफ्नाछेउ निशानीहरू आइसकेपछि आपसमा कदापि युद्ध गर्दैनथे, तर तिनीहरूले मतभेदका कुरा गरे, तिनीहरूमध्ये केही त आस्तिक भइहाले र केही काफिर (नास्तिक) नै रहे । र यदि अल्लाहले चाहेको भए यी मानिसहरू आपसमा लड्ने थिएनन्, तर अल्लाहले जे चाहन्छ, गर्दछ ।

    [254] हे ईमान भएकाहरू ! जुन हामीले तिमीलाई प्रदान गरेका छौं, त्यसबाट त्यो दिन आउँदासम्म खर्च गर्नेगर जब न व्यापार हुनेछ, न मित्रता, र नत कुनै सिफारिश काम लाग्नेछ । र कुफ्र गर्नेहरू नै अत्याचारी हुन् ।

    [255] अल्लाह नै वास्तवमा सत्य पूजनीय छ, उसबाहेक अरु कोही पूज्य छैन । (ऊ) सधैं जीवित रहनेवाला र सबैलाई थाम्न सक्नेवाला छ । उसलाई न अल्छी लाग्छ न निद्रा आउँछ, जे जति आकाशमण्डलमा छन् र जे धरतीमा छ, सबै उसैको हो । को छ जसले उसको अनुमति बिना उसँग कसैको सिफारिश गर्न सकोस् । जे जति उनको अगाडि छ र जे जति तिनीहरूभन्दा अघि भइसकेको छ, उसलाई सबै थाहा छ, र तिनीहरूले उसको ज्ञानको केही अंशको पनि घेराबन्दी गर्न सक्दैनन्, हो उसले चाहेको हदसम्म मात्र । उसको कुर्सीले आकाशमण्डल र धरतीलाई घेरी राखेको छ र अल्लाहले उनको रक्षा गर्नुबाट थाक्दैन र नत दिक्क मान्छ । ऊ त सबैभन्दा ठूलो र सर्वोच्च छ ।

    [256] धर्ममा कुनै बलजफ्ती छैन । वास्तवमा कुमार्गबाट सुमार्ग प्रष्ट भइसकेको छ । यसर्थ जसले अल्लाह बाहेक अन्य मूर्तिहरूमा आस्था राख्दैन र अल्लाहमाथि आस्था राख्यो, उसले यस्तो बलियो डोरी समातिसकेको छ, जुन कि कहिल्यै चुँड्ने छैन। अल्लाह सबै कुरा सुन्नेवाला सर्वज्ञ हो।

    [257] जुन मानिसहरू आस्थावान छन् अल्लाह तिनको मित्र हो, तिनलाई अँध्यारोबाट निकाली उज्यालोतिर लग्दछ र जो काफिर छन्, तिनका साथी शैतानहरू हुन्, जसले कि तिनलाई उज्यालोबाट निकाली अँध्यारोतिर लग्छन् यिनै मानिसहरू नारकीय हुन् जुन त्यसमा सधैं रहने छन् ।

    [258] के तिमीले त्यस मान्छेलाई देखेनौं, जसले राज्यसत्ता पाएर, इब्राहीम (अलैहिस्सलाम) सित पालनकर्ताको बारेमा विवाद गर्न थाल्यो ? जब इब्राहीमले भने, मेरो पालनहार त त्यो हो जसले जीवित राख्द्छ र मार्दछ । उसले भन्यो कि जीवित राख्ने र मार्ने काम त म पनि गर्दछु । इब्राहीमले भने कि अल्लाहले त सूर्यलाई पूर्वबाट उदाउन लगाउँछ, तिमीले उसलाई पश्चिमबाट उदाउन लगाइदेऊ । (यो सुनेर) त्यो काफिर आश्चर्यचकित भयो र अल्लाह अत्याचारीहरूलाई मार्गदर्शन गर्दैन ।

    [259] वा यस्तै किसिमले (त्यो मान्छेलाई देखेनौं) जो त्यस गाउँबाट हिंड्यो जुन कि छतसमेत ध्वस्त भएको थियो, अनि त्यसले भन्यो कि अल्लाह यसलाई मारिसकेपछि कसरी जीवित पार्नेछ ?। अनि अल्लाहले सय वर्षसम्मका लागि त्यसलाई मृतक राख्यो, फेरि त्यसलाई पूनर्जिवित गर्यो र सोध्यो तिमी कति अवधिसम्म मृतक थियौ ? त्यसले जवाफ दियो कि एकदिन अथवा त्योभन्दा पनि कम । अल्लाहले भन्योः होइन, बरु सयवर्ष तिमी मृत थियौ र आफ्नो खानपिनको कुराहरू हेर कि यति लामो समयसम्म पनि अलिकति बिग्रेको छैन् र आफ्नो गदहालाई हेर (जुनकि मृतक अवस्थामा छ) । हामीले तिमीलाई मानिसहरूको निम्ति निशानी बनाउँछौं र (गदहाको) हाँडहरू हेर कि हामीले तिनलाई कसरी जोडी तिनीमाथि मासुको आवरण हालिदिन्छौं । जब यी सबै त्यसले देख्यो त भनिहाल्यो कि म विश्वास गर्दछु कि अल्लाह हरेक कुरामाथि शक्ति सम्पन्न छ ।

    [260] र, जब इब्राहीमले अल्लाहसित भने कि हे मेरो पालनहार ! मलाई देखाऊ कि तिमीले मृतकहरूलाई कसरी जीवित पार्नेछौ ? अल्लाहले भने कि के तिमीले (यो कुरालाई) विश्वास गरेनौं ? तिनले भने हो, अवश्य विश्वास गर्छु तर यस कारणले (चाहन्छु) ताकि पूर्णरूपले मलाई सन्तोष होस् । अल्लाहले भन्यो कि चारवटा चराहरू समातेर ल्याऊ र तिनलाई टुक्रा–टुक्रा गरिहाल, फेरि तिनका एक–एक टुक्रा प्रत्येक पहाडमा राखिहाल । अनि तिनलाई बोलाऊ तिनीहरू तिमीतिर दगुर्दै आउने छन् र जानीराख कि अल्लाह सर्वसामथ्र्य र सर्वबुद्धि सम्पन्न छ ।

    [261] जुन मानिसहरूले अल्लाहको मार्गमा आफ्ना सम्पत्ति खर्च गदर्छन, त्यसको उदाहरण त्यस दानाको जस्तो छ जसबाट सातवटा बालाहरू निस्कन्छन् र प्रत्येक बालामा सय–सयवटा दानाहरू हुनेछन् । र अल्लाहले जसको (सम्पतिमा) चाहन्छ, वृद्धि गर्दछ । र अल्लाह अत्यन्त सर्वव्यापी र प्रत्येक कुरोको ज्ञाता छ ।

    [262] जुन मानिसहरूले अल्लाहको बाटोमा आफ्ना धन सम्पत्ति खर्च गदर्छन् र त्यसपछि उपकार गरेको देखाउँदैनन्, नत (कसैलाई) दुःख दिन्छन्, तिनको बदला तिनको पालनहारसित छ, र नत तिनलाई भय–त्रास हुनेछ, नत तिनी दुःखी नै हुनेछन् ।

    [263] मीठो कुरा गर्नु र क्षमा गर्नु त्यस दानभन्दा उत्तम हो जसपछि दुःख दिइन्छ । र अल्लाह निस्पृह र नितान्त सहनशील छ ।

    [264] हे आस्थावानहरू! आफूले गरेको दानलाई अर्कामाथि उपकार दर्शाएर र अरुलाई कष्ट दिएर बर्बाद नगर । जसरी एउटा मानिसले अरु मानिसहरूलाई देखाउनको निम्ति आफ्नो सम्पत्ति खर्च गर्दछ र उसले अल्लाह र आखिरतको दिनमा विश्वास गर्दैन । उसको उदाहरण त्यस सफा ढुँगा जस्तो छ, जसमाथि माटोको पात्लो तह जमेको हुन्छ र त्यसमाथि ठूलो वृष्टि भई त्यसलाई एकदम सफा गरिदिन्छ । यी मानिसहरूलाई आफ्ना कर्महरूको प्रतिफल प्राप्त हुनेछैन र अल्लाहले यस्ता कृतघ्नहरूलाई मार्गनिर्देशन गर्दैन ।

    [265] जुन मानिसहरू अल्लाहको प्रसन्नता प्राप्त गर्न पवित्र हृदयले आफ्नो सम्पत्ति खर्च गर्दछन्, तिनको दृष्टान्न त्यस बगैंचाको जस्तो छ जुन अग्लो ठाउँमा अवस्थित छ । त्यसमाथि वर्षा हुन्छ, त्यसबाट त्यसले दुईगुणा फल दिन्छ र ठूलो वृष्टि न भएपनि हल्का तुषार नै पर्याप्त हुन्छ र अल्लाहले तिम्रा क्रियाकलापहरूलाई देखिराखेको छ ।

    [266] के तिमीहरूमध्ये कसैले यो इच्छा गर्दछ कि ऊसंग अँगूर र खजूरको बगैंचा होस् जसमा नहरहरू बगिराखुन् र त्यसमा हरेक किसिमका फलहरू लागिरहुन् र त्यो मानिसको वृद्धावस्था आईपुग्दछ र उसका स–साना बालबालिकाहरू पनि हुन्, अनि एक्कासी त्यो बगैंचा आगोको एउटा भूमरीमा परी भस्म भइहालोस् । यस किसिमबाट अल्लाहले तिमीसित आफ्ना आयतहरू स्पष्टरूपले वर्णन गर्छ ताकि तिमी चिन्तन मनन् गर ।

    [267] मोमिनहरू हो ! जुन पवित्र, राम्रो कुरा तिमीले कमाउँछौ र जुन कुरा हामीले तिम्रा निम्ति पृथ्वीबाट उब्जाउँछौं, त्यसबाट (धर्मको मार्गमा) खर्च गर र त्यसमध्ये नराम्रा वस्तु दिने विचार नराख्नु, जुन वस्तु तिमी स्वयम् लिन चाहँदैनौ । र, बुझिराख कि अल्लाहलाई कुनै कुराको आवश्यकता छैन र ऊ सर्वगुण सम्पन्न छ ।

    [268] (हेर) शैतानले तिमीलाई गरिबीबाट तर्साउँछ र निर्लज्जातापूर्ण काम गर्ने प्रेरणा दिन्छ । र अल्लाह तिमीसित आफ्नो उपकार र वरदानको वचन दिन्छ । र अल्लाह सर्वव्यापी र अति ज्ञानी छ ।

    [269] उसले जसलाई मनपराउँछ, बुद्धि र कौशल प्रदान गर्दछ र जसले बुद्धि र कौशल प्राप्त गर्याे, निःसन्देह उसले ठूलो वरदान प्राप्त गर्यो । र उपदेश तिनैले स्वीकार गर्दछन् जो बुद्धिमान छन् ।

    [270] तिमी (अल्लाहको मार्गमा) जे जति खर्च गर्दछौ र जे सुकै मन्नत गर्दछौ, अल्लाहलाई थाहा हुन्छ र दुष्कर्म गर्नेहरूको कोही सहायता गर्ने छैन ।

    [271] यदि तिमी दान र सहायता खुला रूपमा दिन्छौ भने पनि राम्रो छ र यदि गोप्यरूपले गरीब असहायलाई दिन्छौ त त्यो तिम्रोलागी झन् राम्रो छ । र तिम्रा पापहरूलाई समाप्त गरिदिन्छ । र अल्लाहलाई तिम्रा सबै क्रियाकलापहरूबारे थाहा छ ।

    [272] तिमी तिनीहरूको मार्गनिर्देशनको लागि जिम्मेवार छैनौ, बरु अल्लाहले नै जसलाई चाहन्छ, मार्गनिर्देशन गर्दछ । र तिमीले जुन असल माल खर्च गर्नेछौ, त्यसको फाइदा तिमीलाई नै हुनेछ । र तिमीले अल्लाहको सदिच्छा हासिल गर्न मात्र खर्च गर्नुपर्दछ । तिमीले जेजति खर्च गर्छौ, त्यसको पूरा प्रतिफल तिमीलाई दिइनेछ र तिम्रो कुनै प्रकारको हक मारिने छैन ।

    [273] (दान पुण्यका हकदार) त्यस्ता गरिब, असहाय छन् जो अल्लाहको मार्गमा रोकिएर बसेका छन् र देशको अन्य भागमा जान सक्दैनन्, र माँग्न लाज मान्दछन्, यहाँसम्म कि न माँग्नाले अनभिज्ञ मानिसले तिनलाई सम्पन्न ठान्दछ, र तिमीले तिनको अनुहारको आकारबाट उनलाई चिन सक्ने छौ । तिनीहरूले मानिसहरूसँग प्रार्थना गरी माँग्न सक्दैनन् र तिमीले जे जति धन सम्पत्ति खर्च गर्दछौ, निःसन्देह अल्लाहलाई त्यसको ज्ञान हुन्छ ।

    [274] जुन मानिसहरूले दिन वा रात, लुकाई वा प्रकट गरी आफ्ना सम्पत्ति खर्च गर्दछन्, तिनको पारितोषिक अल्लाहसँग छ र तिनलाई न कुनै भय–त्रास हुनेछ न कुनै चिन्ता ।

    [275] जुन मानिसहरू व्याज खान्छन् तिनी (चिहानहरूबाट) यस प्रकारले (भ्रमित भई) उठ्ने छन् जस्तो कि शैतानले छोएको पागल होस् । यो यस कारणले कि तिनीहरूले भन्ने गर्दथे कि व्यापार गर्नु पनि त यस्तै छ, जस्तो कि ब्याज (लिनु) । तर व्यापारलाई अल्लाहले हलाल (ग्राह्य) बनाएको छ र ब्याजलाई हराम । जुन मानिसले आफ्नो छेउ अल्लाहको निर्देशन पुगेपछि (ब्याज लिन) त्यागिदियो भने जेजति भइसकेको छ, त्यसको माफी पाउनेछ । र त्यसको निर्णय अल्लाहले गर्नेछ । र यदि फेरि (व्याज) लिन थाल्यो भने, त्यस्ता मानिसहरू नारकीय हुनेछन्, र सधैं नर्कमा रहने छन् ।

    [276] अल्लाहले ब्याजलाई खतम (समाप्त) गर्दछ र दानमा बृद्धि गर्दछ र अल्लाहले कुनै कृतघ्न र पापीलाई प्रेम गर्दैन ।

    [277] निःसन्देह जुन मानिसहरूले ईमानका साथ ‘‘सुन्नत’’को मोताबिक (अनुकूल) असल कर्म गर्दछन्, नमाज पढछन् र जकात दिंदै गर्छन्, तिनीले तिनका कर्महरूको फल अल्लाहकहाँ पाउनेछन् र (कियामतको दिन) तिनलाई न कुनै भय हुनेछ न तिनीहरू दुःखी हुनेछन् ।

    [278] हे मोमिनहरू ! अल्लाहसित डर र जति ब्याज बाँकी रहेको छ, त्यसलाई छाडिदेऊ यदि तिमी ईमानवाला छौ ।

    [279] र यदि यस्तो गर्दैनौ भने त अल्लाह र उसको सन्देष्टासँग युद्धको लागि तयार भइहाल, हो यदि पश्चाताप गर्छौ भने तिमी आफ्नो वास्तविक रकमको हकदार छौ, न तिमी अत्याचार गर नत तिमीमाथि अत्याचार गरियोस् ।

    [280] यदि कठिनाईमा छ भने उसलाई तिर्न सजिलो नहुञ्जेलसम्मको लागि समय देऊ । तर यदि तिमीले त्यसलाई दानको रपमा प्रदान गरिदिन्छौ भने तिम्रो निम्ति सबभन्दा राम्रो हुन्छ, यदि यो कुरा तिमी बुझ्दछौ भने ।

    [281] र त्यस दिनसँग डर जबकि अल्लाहको अगाडि फर्केर जानेछौ र प्रत्येक मानिसले आफ्नो कर्महरूको प्रतिफल प्राप्त गर्ने छ र तिनीहरूमाथि अन्याय हुने छैन ।

    [282] हे मोमिनहरू! जब तिमीले आपसमा कुनै निश्चित अवधिको लागि ऋणको लेनदेन व्यवहार गर्दछौ भने त्यसलाई लेखाई राख र लेख्नेले तिमीहरूमध्ये (कसैको अहित हुने गरी न लेखोस् बरु) न्यायपूर्ण तरिकाले लेखोस् साथै त्यसले, लेख्न अस्वीकार पनि नगरोस र दस्तावेज लेखिहालोस् । किनभने उसलाई अल्लाहले लेख्न सिकाएको छ र जुन मानिसले ऋण लिन्छ त्यसैले (दस्तावेजको) लिखतको व्यहोरा भनेर लेखाओस् र अल्लाहसँग जो कि उसको स्वामी हो, डरोस्, र ऋणको रकमबाट केही घटाएर नलेखाओस् र यदि ऋण लिने मान्छे मन्द बुद्धि वा निर्वल, वृद्ध, होस् अथवा व्यहोरा लेखाउने योग्यता छैन भएको अवस्थामा जुन त्यसको उत्तराधिकारी होस्, त्यसले न्यायपूर्ण ढङ्गले मज्मून भनी उसको तर्फबाट लेखाइदेओस्, र दुई पुरुषलाई साक्षी राख । यदि दुई पुरुष छैनन् भने एउटा पुरुष र दुईटा स्त्री जसलाई तिमीले साक्षीको रूपमा रुचाउँछौ, जसबाट ती स्त्रीमध्ये एउटीले बिर्सेमा अर्कीले त्यसलाई सम्झाइहालोस् र जब साक्षीहरूलाई (साक्ष्यको निम्ति) डाकिन्छ तब जान अस्वीकार नगरुन् र ऋण जसको अवधि निश्चित छ, थोरै होस् अथवा धेरै (त्यसको दस्तावेज लेख्न–लेखाउनमा अल्छी नगर) । यो कुरा अल्लाहको दृष्टिमा बडो न्यायपूर्ण छ र साक्ष्यको निम्ति पनि धेरै सही बाटो हो । यसबाट तिमीलाई कुनै प्रकारको सन्देह हुनेछैन । तर हो, यदि तिमीले कुनै हातैहात व्यवहार (लिनेदिने) गर्दछौ भने (यस्ता व्यवहारहरूको) लिखत नगरे पनि तिमीमाथि कुनै दोष आउने छैन र किनबेचगर्दा पनि साक्षी राख्ने गर । दस्तावेज लेख्ने र साक्षी हुनेहरूलाई कुनै प्रकारको हानि नपुर्याऊ । यदि तिमी यस्तो गर्दछौ भने यो तिम्रो निम्ति दुष्टतापूर्ण कर्म हुनेछ र अल्लाहसँग डर र हेर कि अल्लाहले तिमीलाई तालिम दिइरहेको छ र अल्लाह प्रत्येक कुरो जान्दछ ।

    [283] र यदि तिमी यात्रामा छौ र (दस्तावेज) लेख्ने मान्छे उपलब्ध छैन भने कुनै कुरो धितोको रूपमा राख्ने गर्नु । हो, यदि व्यवहार गर्नेहरू परस्परमा संतुष्ट छन् भने (ऋण धितो बिना पनि दिनु र ऋण लिनेले ऋणदाताको नासो (ऋणको रकम) फिर्ता दिइहालोस् र अल्लाहसँग जो कि उसको पालनकर्ता हो, डर मान्ने गरोस् साक्ष्यलाई नलुकाउनु, जसले त्यसलाई लुकाउँछ, उसको हृदय गुनहगार (पापी) हुनेछ । अल्लाह तिम्रा सम्पूर्ण क्रियाकलापहरू जान्दछ ।

    [284] जेजति आकाशहरू र जे जमीनमा छन्, सबै अल्लाहकै सम्पत्ति हुन् । तिमीले आफ्नो मनभित्रका कुरा प्रकट गरे वा लुकाए पनि, अल्लाहले तिमीसँग त्यसको हिसाब लिनेछ । अनि उसले जसलाई चाहन्छ क्षमा प्रदान गर्दछ र जसलाई चाहन्छ दण्ड दिन्छ र प्रत्येक कुरामाथि अल्लाहको शासन छ ।

    [285] (हाम्रा) रसूलले त्यस कुरामा ईमान ल्याउनु भयो जुन उनीमाथि अल्लाहको तर्फबाट उतारियो र मोमिनहरूले पनि ईमान ल्याए, यिनीहरूसबै अल्लाह, उसका फरिश्ताहरू, उसका किताबहरू र उसका पैगम्बरहरूमाथि ईमान ल्याए । हामी उसका पैगम्बरहरूमध्ये कसैको बीच भेदभावको व्यवहार गर्दैनौं, उनीहरूले भने कि हामीले सुन्यौ र मान्यौ हामीले क्षमाको लागि प्रार्थना गर्दछौं । हे पालनकर्ता ! र तिमी छेउ नै फर्केर जानु छ ।

    [286] अल्लाहले कसैलाई उसको शक्तिभन्दा बढी कष्ट दिदैन । जुन सुकार्य उसले गर्दछ त्यसको प्रतिफल पाउँछ र जो पाप कर्म गर्दछ त्यसको परिणाम भोग्ने छ । हे हाम्रो प्रतिपालक ! यदि हामीबाट कुनै भूल वा त्रुटि भएको भए हामीलाई दोषी न ठहराउनु । हे पालनकर्ता ! हामीमाथि त्यस्तो भारी नराख्नु जस्तो कि तिमीले हामीभन्दा अगाडिका मानिसहरूमाथि राखेका थियौ । हे हाम्रो प्रतिपालक ! जुन भारी बोक्न सक्ने क्षमता हामीमा छैन त्यस्तो भारी हामीमाथि नराख्नु र (हे हाम्रो प्रतिपालक !) हाम्रा भूलत्रुटिको निमित्त हामीलाई क्षमा गर र मुक्ति प्रदान गर र हामीमाथि दया गर, तिमी नै हाम्रो स्वामी हौ तसर्थ हामीलाई काफिरहरूमाथि विजय प्रदान गर ।

    Surah 3
    आले–इमरान

    [1] अलिफ्–लाम–मीम

    [2] अल्लाह, नै वास्तविक सत्य पूजनीय हो, उस बाहेक अरु कोही पज्य छैन, जो सधैं रहिरहने र सबैको रक्षक हो ।

    [3] उसले (हे मुहम्मद) तपाईमाथि सत्यताको साथ ग्रन्थ (कुरआन) उतार्यो, जसले कि आफूभन्दा पहिलाका (किताबहरूको) पुष्टि गर्दछ र उसैले तौरात र इञ्जील उतार्यो ।

    [4] यसभन्दा पहिला मानिसहरूको मार्गदर्शनको निम्ति पहिला (तौरात र इञ्जील) र पछि कुरआन पनि उसैले उतार्यो । जुन मानिसहरू अल्लाहका आयतहरू झूठो ठान्दछन्, तिनलाई कठोर सजाय हुनेछ । अल्लाह सर्वशक्तिमान र बदला लिनेवाला छ ।

    [5] निःसन्देह अल्लाहबाट पृथ्वी र आकाशको कुनै वस्तु लुकेको छैन ।

    [6] उसले आमाको गर्भमा जस्तो चाहन्छ तिम्रा रूपहरू बनाउँछ । ऊ सर्वशक्तिमान र बुद्धिमता सम्पन्न छ, उस बाहेक वास्तवमा अरु कोहि पूजा योग्य छैन ।

    [7] अल्लाहले नै तिमीलाई किताब प्रदान गर्यो, जसका केही आधारभूत आयतहरू छन्, त्यही वास्तविक किताब हो र केही सामान्य प्रकृतिका छन् । अनि जसको हृदयमा कुटिलता हुन्छ तिनले फसाद गर्ने मनसाय र गलत व्याख्याको नीयतले यिनै सामान्य आयातका पछाडि लागि पर्दछन् । तर यसको वास्तविक अर्थ अल्लाह बाहेक अरु कसैलाई थाहा छैन । जुन मानिसहरू ठोस र गहिरो ज्ञान राख्दछन्, तिनीहरू भन्दछन् कि हामीले उनीमाथि आस्था राखीसकेका छौं । यी सबै हाम्रा पालनकर्ताबाट हुन्, नसीहत (उपदेश) त बुझ्नेले मात्र ग्रहण गर्दछन् ।

    [8] हे हाम्रा रब (प्रतिपालक) ! तिमीले हामीलाई सही मार्ग निर्देशन प्रदान गरिसके पछि त्यस उपरान्त हाम्रो हृदयमा विकृति उत्पन्न नगर । र हामीलाई आफूकहाँबाट कृपा प्रदान गर, निःसन्देह तिमी नै परम् दानी हौ ।

    [9] हे पालनकर्ता ! तिमीले निःसन्देह त्यसदिन जसको आगमनमा कुनै शंका छैन, सबै मानिसहरूलाई भेला गराउने छौ । निःसन्देह अल्लाह आफ्नो वाचा विपरीत गर्दैन ।

    [10] काफिरहरूलाई तिनको धन सम्पत्ति र तिनका सन्तानले अल्लाहको (सजायबाट) तिनलाई बचाउन सक्दैनन् । र यी मानिसहरू नै नर्कको आगोका इन्धन हुनेछन् ।

    [11] यिनको अवस्था पनि आले फिरऔन र तिनीभन्दा अगाडिका मानिसहरू जस्तो हुनेछ, जसले हाम्रा आयातहरूलाई झूठ ठाने, अनि अल्लाहले पनि तिनलाई तिनका गुनाहलेगर्दा सजायको निम्ति समातिहाल्यो र अल्लाह कठोर सजाय दिनेवाला छ ।

    [12] (हे पैगम्बर !) काफिरहरूलाई भनिदिनुस् कि तिमीहरू छिटै पराजित हुनेछौ र अन्तिम दिन नर्कको बाटोमा जम्मा गरिने छौ, (जुन कि) साह्रै नराम्रो ठाउँ हो ।

    [13] तिम्रा निम्ति दुई समूह, जो कि (बद्रको युद्धको दिन) आपसमा संघर्षरत भए (अल्लाहको शक्तिको) प्रतीक थियो । एक समूह थियो, त्यो अल्लाहको मार्गमा युद्धरत थियो, र दोस्रो समूह काफिरहरूको थियो जसले तिनलाई आफ्ना आँखाले आफूभन्दा दोब्बर देखिराखेका थिए । र अल्लाह आफ्नो तर्फबाट जसलाई चाहन्छ सहयोग पुर्याउँछ । निःसन्देह यसमा आँखा भएकाहरूका लागि ठूलो पाठ छ ।

    [14] मानिसहरूमा तिनलाई मनपर्ने चीजहरूको माया समाविष्ट गराइयो अर्थात् स्वास्नीहरू, छोराहरू र सुनचाँदीको खर खजाना र शान्दार घोडाहरू, र पशुहरू र खेतीपाती यी संसारिक जिन्दगीका सरसामान हुन, र राम्रो फर्कने ठाउँ त अल्लाहकहाँ नै छ ।

    [15] (हे पैगम्बर ! तिनीहरूसित) भनिदिनुस् कि के म तिमीलाई यस्तो कुरा बताउँ जुन यी कुराहरूभन्दा धेरै राम्रो छ ? धर्मपरायण मानिसहरूका निम्ति अल्लाहकहाँ स्वर्ग छ जहाँ बगैंचाहरू छन् जसमुनि नहरहरू बगिराखेका छन् जहाँ तिनीहरू सँधै बस्ने छन्, र पवित्र स्वास्नीहरू छिन् र अल्लाहको प्रसन्नता छ । अल्लाह आफ्ना असल भक्तहरूलाई देखिरहेको छ ।

    [16] जो अल्लाहसित विन्ति गर्दछन् कि हे पालनकर्ता ! हामीले ईमान ल्यायौं, तसर्थ हाम्रा त्रुटिहरू क्षमा गर, र नर्कको यातनाबाट बचाऊ ।

    [17] यी यस्ता मानिसहरू हुन् जसले धैर्य राख्दछन् र सत्य बोल्दछन् र आज्ञा पालक हुन् र अल्लाहको मार्गमा सम्पत्ति दान गर्दछन् र प्रातःकालमा आफ्ना भूल त्रुटिका लागि क्षमायाचना गर्दछन् ।

    [18] अल्लाह, फरिश्ताहरू र ज्ञानीहरूले यस कुराको गवाही दिन्छन् कि अल्लाह बाहेक अरु कोही सत्य पूजा योग्य छैन । उही न्याय कायम राख्नेवाला हो । यस्तो सर्वशक्तिमान र सर्वबुद्धि सम्पन्न बाहेक अरु कोही आराधना योग्य छैन ।

    [19] निःसन्देह अल्लाहको नजिक इस्लाम नै (साँचो) धर्म हो र अह्ले किताबले (किताबवालाहरूले) ज्ञान प्राप्त गरिसकेपछि आपसी रिस–रागको कारण विरोध गरेका हुन् र जुन मानिसले अल्लाहका आयातहरूलाई मानेनन्, अल्लाहले उसको शीघ्र हिसाब लिने छ ।

    [20] (हे पैगम्बर !) तै पनि यदि यी मानिसहरू तपाईसँग वादविवाद गर्दछन् भने भनिदिनुस् म र मेरा अनुयायीहरूले सम्पूर्ण रूपमा अल्लाहमा समर्पित भइसकेका छौं र किताबवाला र अनपढहरूसित भनिदिनुस् कि के तिमीहरूले पनि इस्लाम मान्दछौ ? यदि यिनीहरू पनि अनुयायी बन्दछन् भने निःसन्देह मार्गदर्शन प्राप्त गर्नेछन्, र यदि मान्दैनन् भने तपाईको काम मात्र अल्लाहको सन्देश पुर्याइदिने हो । अल्लाह (आफ्ना) भक्तहरूलाई राम्री देखिराखेको छ ।

    [21] जुन मानिसहहरू अल्लाहका आयतहरूलाई मान्दैनन् र अल्लाहका संदेशबाहकहरूलाई अनाधिकार मारिदिन्छन् र जसले न्यायका कुरा गर्नेहरूलाई पनि मारिदिन्छन् त हे नबी तिनलाई कष्टपूर्ण सजायको सन्देश सुनाइदिनु ।

    [22] यिनी यस्ता मानिसहरू हुन् जसका कर्महरू यस लोक र परलोक दुवैका लागि निरर्थक छन्, र तिनीहरूलाई सहायता गर्ने कोही हुने छैन ।

    [23] के तिमीले तिनलाई देखेनौं जसलाई किताब (तौरात) को केही भाग दिइएको छ, र तिनीहरूको आपसी फैसलाको लागि अल्लाहको किताबतिर बोलाइनेछ, तैपनि तिनीहरूमध्ये एउटा समूहले अस्वीकार गरी अर्कैतिर मुख फर्काइहाल्छ ।

    [24] यसको कारण तिनीहरूको यो भनाई छ कि (नर्कको) आगोले हामीलाई केही दिन बाहेक बढी पोल्न सक्ने छैन, र यिनको यो मिथ्या कुराले यिनीहरूलाई धर्मको बारेमा भ्रममा राखेको छ ।

    [25] अनि, त्यस बेला के अवस्था हुने छ जब हामीले तिनलाई एकत्रित गर्ने छौं ?। जसको आगमनमा कुनै शंका छैन । र प्रत्येक व्यक्तिले गरेको आ–आफ्ना कर्महरूको पूर्ण प्रतिफल पाउने छ र तिनीहरूप्रति केही पनि अत्याचार गरिने छैन ।

    [26] तिमी भन कि हे अल्लाह, हे ब्रह्माण्डको स्वामी ! तिमीले जसलाई चाहन्छौ राजसत्ता प्रदान गर्दछौ र जसबाट चाहन्छौ उसको सत्ता खोसिहाल्छौ र जसलाई इच्छा गर्दछौ मर्यादित बनाउँछौ र जसलाई चाहन्छौ उसलाई अपमानित गर्छौ । तिम्रै हातमा प्रत्येक किसिमका भलाई छन् । निःसन्देह तिमी प्रत्येक कुराको लागि सर्वशक्ति सम्पन्न छौं ।

    [27] तिमीले नै रातिलाई दिनमा प्रवेश गराउँछौ र दिनलाई रातिमा प्रवेश गराउँदछौ । तिमीले नै निस्प्राणमा प्राण हाल्दछौ र तिमी नै प्राणवानबाट प्राणहीन बनाउँछौ र तिमीले नै जसलाई चाहन्छौ अत्यधिक जीविका प्रदान गर्दछौ ।

    [28] मोमिनहरूले ईमानवाला बाहेक अनास्थावानहरूलाई मित्र बनाउनु हुँदैन । र कसैले यस्तो गर्दछ भने त्यसको अल्लाहसँग कुनै सम्बन्ध हुँदैन र त्यस अवस्था बाहेक जब कि तिमीले आफूलाई त्यस नोक्सानबाट बचाउन चाहन्छौ । र अल्लाहले तिमीलाई आफ्नो डर देखाइरहेछ र अल्लाहतिरै नै फर्केर जानु छ ।

    [29] (हे पैगम्बर !) भनिदिनुस् ! कि तिमीले कुनै कुरा आफ्नो छातीभित्र लुकाई राख वा प्रकट गर, अल्लाहलाई थाहा छ । जे आकाश र पृथ्वीमा छ, सबैको बारेमा उसलाई थाहा छ । र हरेक कुरा अल्लाहको अधीनमा छ ।

    [30] जुनदिन प्रत्येक व्यक्ति आफ्ना सत्कर्मको र आफ्नो दुष्कर्मको फल आफ्नो अगाडि पाउनेछ । तब उसले कामना गर्नेछ, कि उसको र उसका पाप कर्महरूको दूरी धेरै भइदिए हुन्थ्यो । अल्लाह तिमीलाई आफ्नो डर देखाइरहेको छ र अल्लाह आफ्ना भक्तहरूप्रति अत्यन्त दयालु छ ।

    [31] (हे पैगम्बर ! मानिसहरूसित) भनिदिनुस् कि यदि तिमी अल्लाहलाई प्रेम गर्दछौ भने मेरो अनुशरण गर, अल्लाहले तिमीलाई प्रेम गर्नेछ र तिम्रा पापहरूलाई क्षमा गरिदिनेछ र अल्लाह अत्यन्त क्षमादान गर्ने दयालु छ ।

    [32] भनिदिनु ! कि अल्लाह र रसलको आदेश पालन गर । यदि मान्दैनन् भने अल्लाहले पनि काफिरहरूलाई प्रेम गर्दैन ।

    [33] निःसंदेह अल्लाहले आदम (अलै.), नूह (अलै.), इब्राहीम(अलै.)को वंश र इम्रानको वंशलाई सम्पूर्ण संसारका मानिसहरूमध्येबाट रोजी सक्यो ।

    [34] तिनी आपसमा एक अर्काको वंशबाट छन् । र अल्लाह सुन्दछ र जान्दछ ।

    [35] (स्मरणीय छ) जब इम्रानको स्वास्नीले भनिन् कि हे पालनकर्ता ! जुन (शिशु) मेरो गर्भमा छ, त्यसलाई म तिम्रो नाममा आजाद (स्वतन्त्र) गर्दछु । त्यसलाई तिमी मेरो तर्फबाट स्वीकार गर । निश्चयनै तिमी सबै सुन्ने (र) सबै जान्नेवाला हौ ।

    [36] जब तिनले छोरी जन्माइन, त तिनले भन्न थालिन कि हे पालनकर्ता ! मैले त छोरी पाएकी छु । र जे जन्मएको थियो, त्यो अल्लाहलाई थाहा नै छ । र छोरी छोरा जस्तो हुन सक्दैनथ्योे । मैले उसको नाम मरियम राखेको छु र मैले उसलाई र उसको सन्तानलाई तिरस्कृत शैतानबाट मुक्त राख्न् तिम्रो शरणमा दिन्छु ।

    [37] त पालनहारले त्यसलाई सहर्ष स्वीकार गर्याे र त्यसलाई राम्री हेर चाह प्रदान गर्यो र जकरीयालाई उसको हेरचाह गर्नेवाला बनायो । जकरीया (अलै.) जतिखेर पनि उसको कोठाभित्र जान्थे, पासमा खाना पाउँदथे । उनले मरियमसँग सोध्ने गर्दथे कि मरियम ! यो खाना तिम्रो पासमा कहाँबाट आउँछ ? उनी भन्थिन कि अल्लाहकहाँबाट आउँछ । निःसन्देह जसलाई अल्लाह चाहन्छ प्रशस्त रोजी (जीविका) प्रदान गर्दछ ।

    [38] यसैबेला जकरीयाले आफ्ना पालनकर्तासित प्रार्थना गरे, कि हे मेरो पालनकर्ता ! मलाई आफ्नोतर्फबाट पवित्र पुत्र प्रदान गर । निःसन्देह तिमी प्रार्थना सुन्नेवाला हौ ।

    [39] उनी अझै कोठामा उभिई नमाज पढिराखेका थिए कि कोठामा यत्तिकैमा फरिश्ताहरूले उहाँलाई आवाज दिए कि (जकरिया !) अल्लाहले तिमीलाई यहयाको निश्चित शुभसन्देश दिन्छ, जसले कि अल्लाहको वचनलाई प्रमाणित गर्नेछ र नायक हुनेछ र लिप्सामुक्त अल्लाहको नबी अनि सत्य निष्ठावान मानिस हुनेछ ।

    [40] जकरीयाले भनेः, हे पालनकर्ता ! मलाई पुत्रप्राप्ति कसरी हुन्छ जब कि म धेरै बुढो भइसकेको छु र मेरो स्वास्नी बाँझो छिन् । अल्लाहको आदेश भयो, यस्तै प्रकारले, अल्लाहले जे चाहदछ गर्दछ ।

    [41] जकरीयाले भने, परवरदिगार (पालनकर्ता) ! (मेरो लागि) उसको कुनै निशानी निर्धारित गर । अल्लाहले भन्यो, निशानी यो हो कि तिमी मानिसहरूसित तीन दिनसम्म संकेत बाहेक कुरा नगर्नु । (ती दिनहरूमा) तिमी बढीभन्दा बढी आफ्नो पालनकर्ताको स्मरण गर्नु र बिहान बेलुका उसैको नाम लिनेगर ।

    [42] र जब दूतहरूले (मरियमसित) भने कि मरियम अल्लाहले तिमीलाई रोजेको छ र पवित्र बनाएको छ र संसारका सबै नारीहरूमध्येबाट तिमीलाई रोजेको छ ।

    [43] हे मरियम ! तिमीले आफ्नो परवरदिगारको आदेश पालना गर्नु र ढोग गर्नु र रुकूअ् गर्नेहरूसँग रुकूअ् गरिराख्नु ।

    [44] यी कुराहरू अदृश्यमा भएका समाचारहरूमध्येका हुन्, जसलाई हामीले तिम्रो छेउमा वह्य (कुरआनका आयात)को माध्यमबाट पठाउँछौ र तिमी उनीहरूबीच थिएनौ जब तिनीहरूले आफ्ना कलमहरू हालिराखेका थिए कि मरियमलाई कसले पाल्नेछ ? र त्यस बेला पनि तिनीहरूबीच थिएनौ, जबकि तिनीहरू आपसमा झगडा गरिराखेका थिए ।

    [45] जब फरिश्ताहरूले भने कि मरियम ! अल्लाहले तिमीलाई आफ्नो एउटा शब्दद्वारा (पुत्रको) शुभसमाचार दिन्छ, जसको नाम मसीह (प्रख्यात) ईसा बिन मरियम हुनेछ । संसार र आखिरतमा मर्यादित र मेरो विशिष्टहरूमध्ये एउटा हुनेछ ।

    [46] उसले आमाको काँखमा हुर्केको अवस्थामा र ठूलो भएपछि दुवै अवस्थाहरूमा मानिसहरूसित कुरा गर्नेछ र ऊ सदाचारीहरूमध्येबाट हुनेछ ।

    [47] मरियमले भनिन् हे पालनहारः मलाई पुत्रप्राप्ति कसरी हुन्छ जब कि कुनै मनुष्यले मलाई स्पर्शसम्म पनि गरेको छैन । फरिश्ताले भने कि, अल्लाहले यस्तै जे चाहन्छ पैदा गर्दछ । जब त्यसले कुनै काम गर्न चाहन्छ त त्यसको हुकुम गर्दछ कि भइहाल, अनि त्यो भइहाल्छ ।

    [48] अल्लाहले उसलाई लेख्न (पढ्न) र बुद्धि प्रदान गर्नेछ र तौरात र इञ्जील सिकाउने छ ।

    [49] र ऊ बनी इस्राईलतिर पैगम्बर भएर जानेछ । (भन्नेछ) कि म तिमीहरू छेउ तिम्रो पालनहारको तर्फबाट निशानी लिएर आएको छु । त्यो के भने तिम्रो अगाडि माटोको पंक्षीको रूपका आकार बनाउँछु । फेरि त्यसमा फुक्छु त त्यो अल्लाहको आदेशले (साँच्चै) पंक्षी भइहाल्छ । र अल्लाहको आदेशले म जन्मैदेखिको अन्धो र महारोगीलाई स्वस्थ्य पारिदिन्छु र मुर्दामा प्राण हालिदिन्छु र जे जति तिमी खान्छौ र जेजति आफ्ना घरहरूमा थुपारेर राखेका छौ, सबै तिमीलाई बताइदिन्छु । यदि तिमी ईमान ल्याएको भए यी कुराहरूमा तिम्रा निम्ति अल्लाहको सामथ्र्यको निशानी छ ।

    [50] र म त्यसलाई पुष्टि गर्दछु जुन मेरो अगाडि तौरात छ र यस कारणले पनि म आएको छु कि केही कुराहरू जुन कि तिम्रो निम्ति वर्जित थिए, तिनलाई ग्राह्य (हलाल) बनाइदिऊँ र म त तिम्रो पालनकर्ताको तर्फबाट तिम्रो लागि निशानी लिएर आएको छु । यसर्थ तिमी अल्लाहसित डर मान र मैले भनेको मान ।

    [51] निःसन्देह अल्लाह नै मेरो र तिम्रो पालनहार हो, त्यसैले तिमी सबै उसैको उपासना गर । यही नै सत्य मार्ग हो ।

    [52] तर जब ईसाले उनीहरूको अनास्था सूचक नियतको अनुभव गर्नुभयो त भन्न थाले कि अल्लाहको मार्गमा मेरो सहायता गर्ने को–को छन् ? हवारीहरूले जवाफ दिए कि हामी अल्लाहको मार्गको पक्षधर हौं । हामी अल्लाहमाथि आस्था राख्यौं र तपाई साक्षी हुनु कि हामी आदेश पालना गर्नेवाला हौ ।

    [53] हे हाम्रो पालनकर्ता पूजनीय ! हामीले तिमीले अवतरित गरेको किताबमाथि पूर्ण विश्वास गर्दछौ र तिम्रो पैगम्बरका अनुयायी बनिसकेका छौं । तसर्थ हामीलाई साक्षीदिनेहरूमा लेखिहाल ।

    [54] तिनीहरले षडयन्त्रपर्ण योजना बनाए, र अल्लाहले पनि त्यसबाट बचाउने योजना बनायो, र अल्लाह सबैभन्दा राम्रो योजनाकार हो ।

    [55] जब अल्लाहबाट आदेश भयो कि ईसा । मैले तिम्रो संसारमा रहने अवधि परा गरी तिमीलाई आफतिर उठाउने र तिमीलाई काफिरहरबाट पवित्र गर्नेछु । र, तिम्रो अनुशरण गर्नेहरलाई काफिरहर भन्दा शक्तिशाली बनाउने छु कयामतको दिन सम्म, अनि तिमी सबै म छेउ फर्केर आउनेछौ, त जुन कुरामा तिमीहर विवाद गर्दथ्यौ, त्यस दिन त्यसको निर्णय मैले नै गर्नेछु ।

    [56] फेरि अनास्थावानहरलाई संसार र आखिरत दुवैमा कठोर सजाय दिनेछु र तिनको कोही सहायक हुँदैन ।

    [57] र जसले ईमान ल्याएर सत्कर्म गरिराखे, तिनलाई अल्लाह पूर्णरूपले त्यसको प्रतिफल प्रदान गर्नेछ र अल्लाह अन्याय गर्नेहरूलाई प्रेम गर्दैन ।

    [58] (हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम !) यो जुन हामीले तिम्रो सामु पढ़दैछौं आयतहरू हुन् र बुद्धिमतापूर्ण निर्देशनहरू हुन् ।

    [59] ईसाको हाल अल्लाह छेउ आदम जस्तै छ जसलाई माटोले तयार गरी आदेश गरे कि भइहाल अनि ऊ (मानव) भइहाल्यो ।

    [60] तिम्रो पालनकर्ताबाट सत्य यही नै हो । तसर्थ खबरदार तिमी कहिल्यै शंका गर्नेहरूमध्येको नहुनु ।

    [61] यसकारण जुन मानिसले तपाईनिर सत्य कुरा आई गएपछि पनि तपाईसित विवाद गर्छन त तपाईले तिनीसित भन्नु कि आऊ हामी र तिमी आ–आफ्ना छोराहरू र स्त्रीहरूलाई पनि र हामी आफै पनि आऔं, अनि दुवै समूहले प्रर्थाना गरौं र झूठाहरूमाथि अल्लाहको धिक्कार भनौं ।

    [62] निश्चय नै यी भनाइहरू नै सत्य हुन् र अल्लाह बाहेक अरु कोही पूजा योग्य छैन । निःसन्देह अल्लाह सामथ्र्यपूर्ण र कौशल सम्पन्न छ ।

    [63] तापनि यदि तिनीहरूले स्वीकार गर्दैनन् त अल्लाह पनि उत्पातीहरूलाई राम्ररी जान्दछ ।

    [64] भनिदिनुस् कि हे अहले किताब ! यस्तो कुरातर्फ आऊ जुन हाम्रो र तिम्रो बीचमा समान छ । त्यो यो हो कि अल्लाह बाहेक अरु कसैलाई हामी पूजा नगरौं र उससँग अरुको साझेदारी नठहराऔं र अल्लाह बाहेक हामीमध्ये कसैलाई पालनहार नबनाऔ । यदि यिनीहरू मान्दैनन् भने भनिदिनुस् कि ! तिमी साक्षी हौ कि हामी मुसलमान हौं ।

    [65] हे अहले किताब ! तिमीहर इब्राहीमको बारेमा आपसमा किन झगडा गर्दछौ, जबकि तौरात र इञ्जील उनीभन्दा पछाडि आएको हो । के तिमी फेरि पनि बुझ्दैनौ ।

    [66] हेर, यस्तो कुरामा तिमीहरूले झगडा गरिसक्यौ, जसको बारेमा तिमीलाई ज्ञान थियो, तर फेरि यस्ता कुरामा किन झगडा गर्दछौ जसको सम्बन्धमा तिमीलाई केही पनि ज्ञान छैन । अल्लाहलाई थाहा छ र तिमीलाई थाहा छैन ।

    [67] इब्राहीम न त यहूदी थिए न ईसाई बरु सबैबाट अलग एक सच्चा मुसलमान थिए र मुश्रिकहरूमध्येका थिएनन् ।

    [68] इब्राहीमसँग सबभन्दा नजिकका सम्बन्ध राख्ने ती मानिसहरू हुन् जो उनका अनुयायी भए र यिनी पैगम्बर (मुहम्मद स.) र ती मानिसहरू जसले कि आस्था राखेका हुन् । अल्लाह नै मोमिनहरूको पक्षधर र सहारा हो ।

    [69] (हे इस्लामका अनुयायीहरू !) अहले किताबको एक समूह तिमीलाई असल पथबाट विचलित गराउन चाहन्छन्, तर यिनीहरूले वास्तवमा आफैलाई पथविचलित गरिराखेका छन् तर बुझ्दैनन् ।

    [70] हे अहले किताब ! तिमीहरू गवाह भए पनि अल्लाहका आयतहरूलाई किन इन्कार गरिराखेका छौ

    [71] हे अहले किताब ! जान्दा जान्दै पनि तिमीले सत्यलाई असत्यसँग किन गुटमुट गरिराखका छौ ? र सत्यलाई किन लुकाउँछौ

    [72] र अहले किताबको एउटा समूहले एक अर्कासित भन्यो कि जुन पुस्तक मोमिनहरूको निम्ति उतारिएको हो, त्यसमाथि दिनको प्रारम्भमा विश्वास गर्दैगर साँझ पर्दा इन्कार गर्दैगर, जसलेगर्दा तिनीहरू पनि (इस्लामबाट) विमुख भइहालुन् ।

    [73] र आफ्नो धर्मका अनुयायीहरू बाहेक अरु कसैको विश्वास नगर्नु । हे पैगम्बर ! भनिदिनुस् कि पथप्रदर्शन त निःसंदेह अल्लाहको पथप्रदर्शन नै हो । तिनीहरू यो पनि भन्दछन् कि यसमा पनि विश्वास नगर्नु कि जुन कुरो तिमीलाई प्रदान गरिएको हो, त्यस्तो अरु कसैलाई प्रदान गरिन्छ । वा तिनीहरूले तिमीसँग अल्लाहको अगाडि झगडा गर्नेछन् । यो पनि भनिदिनुस् ! कि बुजुर्गि (अनुग्रह) त अल्लाहको हातमा छ । उसले जसलाई चाहन्छ, प्रदान गर्दछ र अल्लाह सर्वव्यापी (र) सर्वज्ञ छ ।

    [74] उसले आफ्नो कृपाबाट जसलाई चाहन्छ विशिष्ट स्थान प्रदान गर्दछ र अल्लाह ठूलो कृपाको स्वामी हो ।

    [75] ‘‘अहले किताब’’ मध्ये केही त यस्ता छन् कि यदि तिमीले उनलाई प्रशस्त धनराशी नासो स्वरूपमा राख्न दिन्छौ भने उनले तिमीलाई त्यो फिर्ता गरिदिन्छन् र केही यस्ता छन् कि उनीलाई एक दिनार पनि नासो राख्न दिन्छौ भने फिर्ता गर्दैनन् जबसम्म तिमीले उनको टाउकोमै बसी फिर्ता गर्न आग्रह गर्दैनौ । यो यसकारणले कि तिनीहरूले भन्दछन् कि अनपढ़हरूको सम्बन्धमा हाम्रो कुनै सोधपूछ हुनेछैन । यिनीहरूले जान्दा जान्दै अल्लाहको (विरोधमा) झूठा कुरा गर्दछन् ।

    [76] हो, जुन मानिसले आफूले गरेको करार पूरा गर्दछ र अल्लाहसँग डराउँछ भने, अवश्य अल्लाह ईमानदारहरूसित प्रेम गर्दछ ।

    [77] निःसन्देह जुन मानिसहरूले अल्लाहसँगको आफ्नो प्रतिज्ञा र शपथ सस्तो मोलमा बेच्दछन् त्यस्ताको लागि अन्तिम दिनमा कुनै भाग हुँदैन । अल्लाह तिनीहरूसित न त कुरो गर्नेछ न त कियामतका दिन तिनीहरूतिर हेर्नेछ र न त तिनलाई पवित्र पार्नेछ र तिनलाई कष्टदायक सजाय हुनेछ ।

    [78] विश्वास गर यिनीहरूमध्ये एउटा समूह यस्तो पनि छ जसले कि किताब पढदा आफ्नो जिब्रो बटारेर पढ्छ, ताकि तिमीलाई आभास होस् कि यिनीहरूले उतारिएको किताब पढी रहेका छन्, तर वास्तवमा त्यो किताबबाट हुँदैन, र भन्ने गर्दछन् कि त्यो अल्लाहबाट उतारिएको हो तर त्यो अल्लाहबाट उतारिएको हैन, र तिनीहरूले अल्लाहको विरोधमा जानाजानी असत्य बोल्दछन् ।

    [79] कुनै यस्तो मानिस जसलाई कि अल्लाहले किताब, तत्वज्ञान र ‘‘नबूवत’’ (दूतत्व) प्रदान गरेको छ यो ठिक होइन कि उसले मानिसहरूलाई भनोस् कि अल्लाहलाई छोडेर मेरो भक्त भइहाल बरु (उसले के भन्ने छ कि) तिमी सबै अल्लाहको भइहाल, यस कारण कि तिमीले उनीहरूलाई किताब सिकाउने गर्छौ र पढाउने गर्छौ ।

    [80] र कदापि हुन सक्दैन कि उसले फरिश्ता र पैगम्बरहरूलाई पूज्य बनाउने आदेश देओस् । के तिमी ‘‘मुसलमान’’ भइसकेपछि पनि उसले तिमीलाई काफिर हुन आदेश दिनेछ

    [81] जब अल्लाहले पैगम्बरहरूसँग वाचा गरायो कि जे जति मैले तिमीलाई किताब र ज्ञान प्रदान गर्दछु, अनि तिम्रो नजिकमा कुनै पैगम्बर आउँछ जसले तिम्रो किताबको पुष्टि गर्दछ त तिमीले अवश्य नै त्यसमाथि विश्वास गर्नुपर्दछ र उसको मद्दत गर्नुपर्ने छ । (वाचा लिएपछि) सोध्यो, के तिमीले वचन दियौ र यस वचनबद्धतामा मलाई संरक्षणको रूपमा ठहरायौ ? तिनीहरूले भने (हो) हामीले वाचा गर्यौं । (अल्लाहले) भन्यो तिमीहरू साक्षी भइराख र म पनि तिम्रो साथमा साक्षी रहनेछु ।

    [82] यसपछि पनि जो विमुख हुन्छन्, तिनी पथभ्रष्ट अवज्ञाकारी हुन् ।

    [83] के तिनीहरू अल्लाहको धर्म बाहेक कुनै अरु धर्मको खोजीमा छन् ? जबकि सबै आकाशहरू र पृथ्वीका सबै प्राणीहरू चाहँदा वा नचाहँदै अल्लाहको आज्ञाकारी हुन्छन् र सबै उसैतिर फर्काइनेछन् ।

    [84] हे मुहम्मद ! तपाई भनि दिनुस् कि हामीले अल्लाहमाथि ईमान ल्यायौं र जुन किताब हाम्रोलागि आकाशबाट उतारियो र जुन ग्रन्थहरू ‘‘इब्राहीम’’, ‘‘इसमाईल’’, ‘‘इस्हाक’’, ‘‘यअ्कूब’’ र तिनका सन्ततिहरूलाई प्रदान गरियो र जुन किताबहरू मूसा, ईसा र अन्य नबीहरूलाई तिनका पालनहारको तर्फबाट प्रदान गरियो ती सबैमाथि ईमान ल्यायौं । हामी यी पैगम्बरहरूमध्ये कसैको बारेमा भेदभावको व्यवहार गर्दैनौं र हामी एउटै अल्लाहको आज्ञाकारी हौं ।

    [85] जुन मानिस इस्लाम बाहेक कुनै अन्य धर्मको खोजी गर्दछ भने उसको धर्म स्वीकार गरिने छैन र उसले आखिरतमा घाटामा पर्नेहरूमध्येको हुनेछ ।

    [86] अल्लाहले त्यस्ता मानिसहरूलाई कसरी मार्गदर्शन गर्दछ जो आफूले ईमान ल्याएको, र रसूलको सच्चाईको गवाही दिएको र आफूसंग स्पष्ट प्रमाण आइसकेपछि पनि काफिर भइदिन्छन् । अल्लाहले यस्ता अन्यायीहरूलाई मार्गदर्शन गर्दैन ।

    [87] ती मानिसहरूको सजाय यो हो कि तिनीमाथि अल्लाहको र फरिश्ताहरूको र सबै मानिसहरूको धिक्कार होस् ।

    [88] सँधै धिक्कारमा नै रहनेछन् । तिनीहरूको सजाय न त कम हुनेछ न त त्यसबाट उनीहरू छुटकारा पाउने छन् ।

    [89] तर जसले त्यसपछि प्रायश्चित गरी आफ्नो अवस्था सुधार्छन् भने अल्लाह क्षमा प्रदान गर्नेवाला, दयावान छ ।

    [90] निःसन्देह जुन मानिसहरूले ईमान ल्याएपछि काफिर भइहाले, अनि अनास्थातर्फ बढ्दै गए । त्यस्ताको पश्चाताप कहिल्यै स्वीकार गरिने छैन र यी मानिसहरू नै पथभ्रष्ट हुन् ।

    [91] जुन मानिसहर कि ‘‘काफिर’’ भए र ‘‘कुफ्रकै’’ अवस्थामा मरिहाले, तिनीहरमध्ये यदि कसैले मुक्तिको लागि जमिन भरिको सुनै दिए पनि कहिल्यै स्वीकार गरिने छैन । यिनीहर नै हुन् जसको लागि कष्टदायक सजाय हुनेछ र तिनको कसैले सहायता गर्ने छैन ।

    [92] (मोमिनहरू !) जबसम्म जुन कुराहरू तिमीलाई प्रिय छन् (अल्लाहको मार्गमा) त्यसबाट खर्च गर्ने छैनौ, तबसम्म कदापि पुण्य प्राप्त गर्न सक्ने छैनौ र जुन कुरो तिमीले खर्च गर्नेछौ, त्यो अल्लाहलाई राम्ररी थाहा छ ।

    [93] सबै खानेकुरा बनी इस्राईलको निम्ति तौरात उतारिनुभन्दा अगाडि हलाल थिए । ती कुरा बाहेक जुनकि यअ्कूबले आफ्नो लागि वर्जित गरेका थिए । (हे मुहम्मद) भनिदिनुस् कि, यदि तिमी सत्य हौ भने तौरात ल्याऊ र त्यसलाई पढेर सुनाऊ ।

    [94] यस पश्चात पनि जुन मानिसहरू अल्लाहमाथि झूठा आरोप लगाउँछन् ती नै अन्यायी हुन् ।

    [95] भनिदेऊ ! कि अल्लाह सच्चा हो । तिमी सबै इब्राहीमको धर्मको पालना गर, जो मुश्रिकहरूमध्येबाट थिएनन् ।

    [96] (अल्लाहको) पहिलो घर जुन मानिसहरूको निमित्त पूजाको लागि निर्धारित गरिएको थियो, त्यहि नै हो जुन मक्कामा अवस्थित छ, कल्याणकारी र (विश्वको निम्ति) मार्गदर्शक छ ।

    [97] यसमा स्पष्ट निशानीहरू छन्, जसमध्ये एउटा इब्राहीमको उभिने स्थल हो । यसमा जो प्रवेश गर्दछ, त्यसले अमन (शान्ति) प्राप्त गर्दछ । मानिसहरूमाथि अल्लाहको हक छ कि जसले त्यस घरसम्म पुग्ने सामथ्र्य राख्दछ, त्यसले हज (धार्मिक यात्रा) गरोस् । यदि कसैले यस आदेशको पालना गर्दैन भने अल्लाह पनि उससित बरु संसारबाट निस्पृह छ ।

    [98] तपाई भन्नुस् कि हे यहुदी–ईसाई ! तिमी अल्लाहका निशानीहरूलाई किन नकारिराखेका छौ ? र अल्लाह तिम्रा सम्पूर्ण क्रियाकलापको साक्षी छ ।

    [99] भन कि हे अहले किताब ! तिमी मानिसहरूलाई अल्लाहको मार्गबाट किन रोक्ने गर्दछौ र यसमा अवगुण खोज्दैछौ, यसको बावजूद कि तिमीहरू आफै साक्षी छौ र अल्लाह तिम्रा क्रियाकलापसित असावधान छैन ।

    [100] हे मोमिनहरू ! यदि तिमी अहले किताबको कुनै समूहको कुरा मान्नेछौ भने तिनीहरूले तिमीलाई ईमान ल्याइसकेपछि पनि काफिर बनाइदिन्छन् ।

    [101] (स्पष्ट छ कि) तिमीहरूले ईमान परित्याग कसरी गर्छौ जबकि तिमीलाई अल्लाहका आयतहरू पढेर सुनाइन्छन् र तिम्रो माझमा अल्लाहका रसूल (स.) बस्दछन् र जसले अल्लाहको धर्मको डोरीलाई दृढतापूर्वक समात्यो, निःसंदेह उसलाई सोझो मार्ग प्राप्त भइसक्ने छ ।

    [102] हे मोमिनहरू ! अल्लाहसँग यति डर जति उसँग डर्नु पर्ने हो, र हेर मर्ने बेलासम्म मुसलमान नै रहनु ।

    [103] सबै मिलेर अल्लाहको डोरीलाई दृढतापूर्वक समातिराख्नु र विभाजित नहुनु र अल्लाहको त्यस अनुकम्पालाई यादगर कि जब तिमी एक अर्काको शत्रु थियौ, त उसले तिम्रा हृदयहरूमा प्रेमको सृजना गर्यो र उसको कृपाले तिमीहरू आपसमा भाइ–भाइ भइहाल्यौ, र तिमी आगोको खाल्डो छेउ पुगिसकेका थियौ, त अल्लाहले तिमीलाई त्यसबाट बचाइहाल्यो । यस प्रकार अल्लाहले तिमीलाई आफ्ना निशानीहरूको वर्णन गर्दछ ताकि तिमी मार्गदर्शन प्राप्त गर्नसक ।

    [104] तिमीमध्ये एउटा समूह यस्तो हुनुपर्छ जसले कि मानिसहरूलाई सदाचारतिर आमन्त्रित गरोस् र सत्कर्मको सन्देश देओस् र दुष्कर्मबाट रोकोस् र तिनै मानिसहरूले मुक्ति प्राप्त गर्नेहरू हुन्छन् ।

    [105] तिमी ती मानिसहरू जस्तो नहुनु जसले आफू समक्ष स्पष्ट आदेशहरू आइपुगेपछि पनि एकअर्कासँग विवाद र मतभेद गर्नथाले । यी त्यस्ता मानिसहरू हुन् जसले ठूलो सजाय भोगने छन ।

    [106] जुन दिन धेरै अनुहारहरू उज्यालो देखिने छन् र धेरै अनुहारहरू कालो हुनेछन्, त जुन मानिसहरूका अनुहार कालो हुनेछन्, (तिनीहरूसँग अल्लाहले सोध्ने छ) के तिमीहरूले ईमान ल्याएपछि फेरि कुफ्र गर्यौ, अब आफ्नो कुफ्रको कारण सजाय भोग ।

    [107] जुन मानिसहरूका अनुहार उज्यालो हुनेछन् तिनीहरू अल्लाहको अनुकम्पाभित्र हुनेछन्, र त्यसैमा सधैं बास गर्नेछन् ।

    [108] हे नबी ! यी अल्लाहका सत्य आयतहरूलाई हामीले तपाईका लागि राम्ररी पढेर सुनाउँदछौं र अल्लाहले मानिसहरूमाथि अन्याय गर्न चाहँदैन ।

    [109] जे जति आकाशहरूमा र पृथ्वीमा छन्, सबै अल्लाहकै हुन् र सबै कुरा (अन्तमा) अल्लाहतिर नै फर्कने छन् ।

    [110] (मोमिनहरू !) मानिसहरूका लागि पैदा गरिएको सबै सम्प्रदायहरूमध्ये तिमीहरू सबैभन्दा उत्तम हौ किनकि सत्कर्म गर्न भन्दछौ र दुष्कर्मबाट टाढा रहन सिकाउँदछौ र अल्लाहमाथि आस्था राख्दछौ र यदि अहले किताबले पनि आस्था राखेको भए तिनीहरूको निम्ति धेरै राम्रो हुने थियो । तिनीहरूमध्ये ईमानवालाहरू पनि छन् र धेरै जसो अवज्ञाकारीहरू छन् ।

    [111] तिनीहरूले तिमीलाई साधारण दुःख दिन बाहेक कुनै ठूलो हानि पुर्याउन सक्दैनन् र यदि तिमीसँग संघर्षको अवसर आएमा भागिहाल्ने छन्, फेरि तिनीहरूले (कतैबाट) मद्दत पनि पाउने छैनन् ।

    [112] यिनीहरूमाथि जहाँ पनि धिक्कार र अपमान भयो, अल्लाह र मानिसहरूका शरणमा गएकाहरू बाहेक । यिनीहरू अल्लाहको क्रोधको भागी भइसकेका छन् । र दरिद्रताले घेरिएका छन् । यो यसकारणले कि यिनीहरूले अल्लाहका आयतहरूलाई इन्कार गर्दथे र उसका दूतहरूलाई अकारण मारिदिन्थे, यो बदला हो यिनीहरूको अवज्ञाकारिता र अत्याचारको ।

    [113] यिनीहरू सबै एक समान छैनन् । बरु यी अहले किताबमध्ये केही मानिसहरू सत्यमार्गमा कायम रहनेहरू पनि छन् । जसले रातिको समयमा पनि अल्लाहका आयतहरू पढ्दछन् र सज्दा पनि गर्दछन् ।

    [114] यिनीहरू अल्लाहमाथि र आखिरतको दिनमा आस्था पनि राख्दछन् र सत्कर्म गर्न भन्दछन् र दुष्कर्मबाट मनाही गर्दछन् र सदाचारतिर अग्रसर हुन्छन् । यिनी सदाचारीमध्येका हुन् ।

    [115] यिनीहरूले जति सत्कर्म गर्दछन् त्यसको उपेक्षा गर्नु हुँदैन । र, अल्लाह आत्मसंयमीहरूलाई राम्ररी जान्छ ।

    [116] काफिरहरूका लागि तिनीहरूको धन–सम्पत्ति र सन्तान अल्लाहका नजिक केही काम लाग्दैनन् । यिनीहरू त नारकीय हुन्, सधै त्यसैमा रहनेछन् ।

    [117] यी अनास्थावादीले यो जीवनमा जुन धन खर्च गर्दछन् त्यसको उदाहरण त्यस हिउँले भरिएको बतास जस्तो छ, जुन अन्याय गर्ने मानिसहरूको खेतीको माथि चल्यो र त्यसलाई तहस नहस पारिदियो । अल्लाहले तिनीहरूमाथि कुनै अत्याचार गरेको छैन, बरु तिनीहरू आफैले आफूमाथि अत्याचार गरिराखेका छन् ।

    [118] हे मोमिनहरू ! ईमान ल्याएका बाहेक अरुलाई आफ्नो घनिष्ट मित्र नबनाऊ । तिमी त देख्दैनौ, यी मानिसहरूले तिमीहरूलाई बर्बाद पार्नमा कुनै कसर बाँकी राख्दैनन् र यिनीहरू चाहन्छन् कि (जसरी पनि) तिमीलाई कष्ट पुगोस् । तिनीहरूका मुखबाट त शत्रुता प्रकट भइसकेको छ र जुन (छलकपट) तिनका छातीमा लुकेको छ, त्यो त झन् धेरै छ । हामीले तिमीलाई आफ्ना आयतहरू स्पष्ट गरिदिइसकेका छौं यदि तिमी बुझदछौ ।

    [119] तिमीहरूसंग बुद्धि भए आफै हेरिहाल कि तिमी त तिनीहरूलाई चाहन्छौ तर तिनीहरू तिमीसँग मित्रता गर्दैनन् । तिमी सबै ग्रन्थहरूमा विश्वास गर्दछौ । (तिनीहरू मान्दैनन्) तिनीहरूले तिम्रा सामु ईमान ल्याएको स्वीकार गर्दछन् र जब तिमीबाट अलग हुन्छन् त तिमीसँग क्रोधको कारणले आफ्नै औंला टोक्न थाल्दछन् । भनिदेऊ ! कि तिमीहरू क्रोधमै मरिहाल, अल्लाह तिम्रा हृदयका रहस्यहरूलाई राम्ररी बुझ्दछ ।

    [120] यदि तिमीलाई भलाई प्राप्त हुन्छ भने तिनलाई नराम्रो लाग्छद, यदि तिमीलाई दुःख हुन्छ भने तिनीहरू खुशी हुन्छन् । यदि तिमीले संतोषगरी अल्लाहबाट डर मान्छौ भने, तिनका षड्यन्त्रले तिमीलाई केही पनि नोक्सान पुर्याउन सक्ने छैन । अल्लाहले तिनीहरूले गर्ने कृयाकलापको घेराबन्दी गरी सकेको छ ।

    [121] हे नबी, त्यस समयलाई पनि स्मरण गर जब बिहान–बिहानै तपाईले आफ्ना घरबाट शीघ्र प्रस्थान गरी ईमानवालाहरूलाई युद्ध क्षेत्रका मोर्चाहरूमा (जङ्गे उहुद्) सुव्यवस्थित तरिकाले खटाइराखेको थियौ । र अल्लाह सबै कुरा सुन्ने र जान्नेवाला हो ।

    [122] जुनबेला तिमीमध्येबाट दुई समूहले (बनू हारसा र बनू सल्मा) हिम्मत छोड्ने इच्छा गरेका थिए, अल्लाह नै तिनको मद्दतकर्ता हो । मोमिनहरूलाई अल्लाहमाथि नै भरोसा गर्नुपर्छ ।

    [123] अल्लाहले बद्रको युद्धमा पनि ठीक त्यस बेला तिम्रो सहायता गरेको थियो, जब तिमी धेरै कमजोर अवस्थामा पुगिसकेका थियौ । तसर्थ अल्लाहसँग मात्र डर जसबाट तिमी आभार प्रकट गर्नसक ।

    [124] जब तपाईले मोमिनहरूलाई भरोसा दिइरहनु भएको थियो । के यो पर्याप्त छैन कि पालनकर्ताले तीन हजार दूतहरू (फरिश्ता) पठाई तपाईलाई मद्दत गर्यो ।

    [125] हो, यदि तिमी संतोष र धैर्य राख्दछौ र तिनीहरू यसैबेला तिमीमाथि आइलाग्छन् भने तिम्रो रबले पाँचहजार दूतहरू, जसमाथि चिन्हहरू हुनेछन्, तिम्रो सहायताको लागि पठाउने छ ।

    [126] र त्यो मद्दतलाई त अल्लाहले तिम्रो खुशी र सन्तुष्टिको लागि गर्यो अन्यथा सहायता त अल्लाहकै तर्फबाट हुन्छ, जो सर्वशक्तिमान र कौशल सम्पन्न छ ।

    [127] (यस कारणले त्यो मद्दत गर्याे कि) काफिरहरूको एउटा समूहलाई निर्मूल वा अपमानित गरिहालोस् जसलेगर्दा ती सबै असफल भई फर्किहालुन् ।

    [128] हे पैगम्बर ! यसमा तपाईको अख्तियारमा केही छैन । अल्लाहले चाहेमा तिनीहरूको प्रायश्चित स्वीकार गर्दछ अथवा तिनीलाई सजाय दिन्छ किनभने तिनीहरू अत्याचारी हुन् ।

    [129] आकाशहरूमा र धरतीमा जे छ, सबै अल्लाहको हो । उसले आफ्नो इच्छा अनुसार जसलाई चाहन्छ क्षमा गरिदिन्छ र जसलाई चाहन्छ, दण्ड दिन्छ र अल्लाह क्षमादाता र दयावान छ ।

    [130] हे ईमानवालाहरू ! बढाई–चढाई व्याज नखाऊ, अल्लाहसँग डर ताकि मुक्ति प्राप्त गर्नसक ।

    [131] र त्यस आगोबाट डर, जुन काफिरहरूको लागि तयार गरिएको छ ।

    [132] अल्लाह र उसको रसूलको आज्ञापालन गर ताकि तिमीमाथि कृपा गरियोस् ।

    [133] र, आफ्नो रबको क्षमा र त्यस स्वर्गतर्फ अगाडि बढ जसको चौडाई आकाश र पृथ्वी जतिको छ, र जुन अल्लाहसँग डर मान्नेहरूको निम्ति बनाइएको छ ।

    [134] जसले सुख र दुःखमा (अल्लाहको मार्गमा) खर्च गर्दछन् र क्रोधलाई नियन्त्रणमा राख्दछन् र मानिसहरूका त्रुटिहरू क्षमा गरिदिन्छन्, अल्लाह ती सत्कर्म गर्नेहरूलाई प्रेम गर्दछ ।

    [135] जब तिनीहरूले खुलारूपमा कुनै गल्ती वा गुनाह गर्दछन् त तत्कालै अल्लाहलाई स्मरण गर्दछन् र आफ्ना भूलहरूका लागि क्षमायाचना गर्दछन् । तथ्य यो छ कि अल्लाह बाहेक कसले क्षमादान गर्न सक्छ ? तिनीहरू जानी जानी आफ्नो गलत कामहरूको लागि अडान लिदैनन् ।

    [136] यस्तै मानिसहरूका लागि पुरस्कार, तिनको पालनकर्ताको तर्फबाट माफी, र स्वर्ग छ, जसमुनि नहरहरू बगरिहेका छन्, तिनीहरू त्यसमा सधैं बस्नेछन् । ती असल कर्म गर्नेहरूको पुरस्कार धेरै राम्रो छ ।

    [137] तिमीहरूभन्दा अगाडि पनि यस्ता घटनाहरू घटिसकेका छन्, तसर्थ पृथ्वीमा भ्रमण गरी हेर कि अल्लाहका आदेशलाई इन्कार गर्नेहरूको परिणाम के भयो ।

    [138] सामान्य मानिसहरूको निम्ति यो (कुरआन) एउटा वक्तव्य हो र अल्लाहका सेवकहरूका लागि पथप्रदर्शन र नसीहत हो ।

    [139] हेर, तिमी न अल्छी गर न चिन्तित होऊ । यदि तिमी ईमानवाला हौ भने तिम्रै वर्चस्व कायम हुनेछ ।

    [140] यदि तिमीलाई (पराजयको) चोट पुगेको छ भने विरोधीहरू पनि घाइते भइसकेका छन् । यी दिनहरूलाई मानिसहरूमाझ हामीले परिवर्तन गरिराख्दछौ, (उहुद पराजयको) यो पनि उद्देश्य थियो कि अल्लाहले ईमान भएकाहरूलाई अलग गरिहालोस् र तिमीहरूमध्येबाट केहीलाई शहादत प्रदान गरोस् । अल्लाह अत्याचारीहरूलाई प्रेम गर्दैन ।

    [141] (र यो पनि कि) अल्लाहले ईमान भएकाहरूलाई बिल्कुल अलग गरेर काफिरहरूलाई निर्मूल पारिदेओस् ।

    [142] के तिमीले यो ठानी सकेका छौ कि (बिना परीक्षा) तिमीहरू स्वर्गमा प्रवेश पाउने छौ, यद्यपि अहिलेसम्म अल्लाहले यो स्पष्ट गरेको छैन कि तिमीहरूमध्येका जिहादी को हुन् र संतोष गर्नेहरू को हुन्

    [143] युद्ध हुनुभन्दा पहिला त तिमी शहादतको इच्छुक थियौ, अब त तिमीले त्यसलाई आफ्नै आँखाले देखिहाल्यौ ।

    [144] मुहम्मद (सल्ललाहु अलैहे वसल्लम) त मात्र अल्लाहका रसूल हुन् । उनीभन्दा पहिला पनि धेरै रसूलहरू गुज्री सकेका छन् । यदि उनको मृत्यु हुन्छ अथवा उनी शहीद भइहाले भने के तिमी इस्लामबाट तत्काल फर्किहाल्छौ ? र यदि जो कोही विचलित भइहाल्छ भने त्यसले अल्लाहको केही बिगार्न सक्तैन र अल्लाहले कृतज्ञहरूलाई छिट्टै राम्रो प्रतिफल प्रदान गर्नेछ ।

    [145] अल्लाहको अनुमति बेगैर कुनै जीवित मर्दैन, सबैको समयावधि निर्धारित गरिएको छ र जुन व्यक्ति संसारमा फल चाहन्छ, त्यसलाई हामीले दुनिया मै केही फल दिन्छौ र जो आखिरतमा फल प्राप्तिको इच्छुक छ, उसलाई हामीले त्यो पनि दिनेछौं र कृतज्ञहरूलाई हामीले राम्रो प्रतिफल प्रदान गर्नेछौं ।

    [146] धेरै नबीहरूका सहयात्री भएर अल्लाहका धेरै उपासकहरू अल्लाहका शत्रुहरूसित युद्ध गरेका छन् । तिनीहरूलाई पनि अल्लाहको मार्गमा दुःख पर्याे, तर त्यसबाट तिनीहरूले कहिल्यै न त साहस गुमाए, न अल्छी भए र न त शत्रुबाट हार माने । अल्लाह सहनशीलहरूलाई नै चाहन्छ ।

    [147] (यस्तो अवस्थामा पनि) तिनीहरूले यो भन्दै गरे कि हे पालनहारः हाम्रा पापहरू माफ गरिदेऊ र हाम्रा काममा भएका भूलहरू क्षमा गरिदेऊ र हामीलाई दृढ र अटल राख र काफिरहरूमाथि विजय प्राप्त गर्न हाम्रो सहायता गर ।

    [148] अल्लाहले तिनलाई संसारमा पनि पुरस्कृत गर्यो र आखिरतमा पनि धेरै राम्रो प्रतिफलको खूबी प्रदान गर्यो । र अल्लाह सदाचारीहरूलाई मायाँ गर्दछ ।

    [149] मोमिनहरू हो ! यदि तिमी काफिरहरूको भनाई मान्छौ भने, तिनीहरूले तिमीलाई तुरुन्तै विचलित गराइदिनेछन्, अनि तिमीलाई ठूलै हानि हुनेछ ।

    [150] अपितु अल्लाह नै तिम्रो मालिक हो र उही नै सबभन्दा राम्रो मद्दतगार हो ।

    [151] हामीले छिट्टै काफिरहरूको हृदयमा तिम्रो भयको सृजना गरिदिनेछौं, किनभने तिनीहरूले अल्लाहसित अरुहरूको साझेदारी ठहराउँछन्, जसको कि अल्लाहले कुनै प्रमाण पठाएको छैन र तिनको आश्रय नर्क हुनेछ । र त्यो अत्याचारीहरूको लागि सबैभन्दा नराम्रो बासस्थान हो ।

    [152] अल्लाहले आफ्नो वचन पूरा गरेर देखाइहाल्यो, जब तिमीले उसको आदेशले काफिरहरूलाई मरिराखेका थियौ, यहाँसम्म कि जब तिमीले आफ्नो साहस गुमाउन लागेका थियौ र काममा झगडा गर्न थाल्यौ र उसको आदेशको अवज्ञा गर्यौ, यस पश्चात पनि कि तिमीले चाहेको चीज उसले तिमीलाई देखाइदियो । तिमीहरूमध्ये केही त सांसारिक लाभ प्राप्तिको इच्छा गरिराखेका थिए र केही परलोकको आकांक्षा राख्दथे । फेरि अल्लाहले तिमीलाई तिनीहरूकोसँगबाट फर्काइहाल्यौ ताकि तिम्रो परीक्षा गरोस् र निःसंदेह उसले तिम्रा सम्पूर्ण त्रुटिहरूलाई क्षमा गरिदियो र अल्लाह आस्थावानहरूमाथि धेरै दया गर्दछ ।

    [153] जब तिमीहरू टाढा भाग्दै थियौ र कसैको वास्ता गरिराखेका थिएनौ र अल्लाहका रसूलले तिमीलाई तिम्रो पछाडिबाट आवाज दिइरहनु भएको थियो । तिमीमाथि एक कष्ट पछि अर्को दुःख पुग्यो ताकि जुन कुरो तिम्रो हातबाट हराउँदै थियो त्यसबाट दुःखी नहोऊ र नपुगेको कष्टको लागि उदास नहोऊ । अल्लाह सबै क्रियाकलापको जानकारी राख्दछ ।

    [154] अनि त्यस कष्टपछि अल्लाहले तिमीलाई सन्तुष्टि प्रदान गर्यो जसबाट तिमीहरूमध्येको एउटा समूहलाई शान्तिको निद्रा आउन लाग्यो, जबकि अर्कोतर्फ एउटा त्यो समूह पनि थियो, जसलाई आफ्नो प्राणको चिन्ता थियो उनीहरूले अल्लाहप्रति मूर्खतापूर्ण शंकाको कुरा गरिरहेका थिए र भन्दथे कि के हामीलाई पनि कुनै कुराको अधिकार छ र ? तपाई भनिदिनुस् कि सबै कुराहरू अल्लाहको अधिकार अन्तर्गत पर्दछन् । तिनीहरूले आफ्नो मनमा लुकाएर राखेका कुरा तपाई सम्मुख प्रकट गर्दैनन् । भन्दथे कि यदि हाम्रो अधिकारभित्र केही कुरा भएको भए हामी यहाँ किन मारिन्थ्यौं ?। तपाई भनिदिनुस् कि यदि मारिनु नै तिम्रो भाग्य भएको भए, तिमी आफ्नो घरहरूमा भए पनि निश्चितरूपमा आफ्ना मृत्युस्थलतिरै निस्की जाने थियौ । कि अल्लाहले तिम्रो छाती भित्रको कुराको परीक्षा गर्नु र तिम्रो हृदयमा जे छ त्यसलाई पवित्र गर्नु थियो र अल्लाह हृदयहरूमा भएका भित्री कुराहरू राम्ररी जान्दछ ।

    [155] तिमीहरूमध्ये जुन मानिसहरू भागिहाले, त्यसदिन जब दुई समूहहरूको बीच भिडन्त भएको थियो, । तिनीहरू आफ्ना केही क्रियाकलापका कारण शैतानको जालमा परिहाले, तर अल्लाहले तिनका त्रुटिहरूलाई क्षमा गरिदियो निःसन्देह अल्लाह क्षमाकर्ता र सहनकर्ता छ ।

    [156] हे मोमिनहरू ! तिमी ती मानिसहरू जस्तो न हुनु जसले ‘‘कुफ्र’’ गरे र आफ्ना भाइहरूको बारेमा जो यात्रा गरिरहेको अथवा जिहादमा संलग्न हुन्छन् भन्न थाले कि यदि तिनीहरू हाम्रो साथमा भएको भए न त मर्दथे, न त मारिन्थे, यसको कारण यो थियो कि अल्लाहले तिनीहरूको हृदयमा त्यस्तो आकांक्षाको सृजना गरिदिन्छ । र जीवन र मृत्यु त अल्लाह नै दिन्छ र अल्लाह तिम्रा सम्पूर्ण क्रियाकलापलाई हेरिराखेको छ ।

    [157] र यदि तिमीहरू अल्लाहको मार्गमा मारिन्छौ अथवा आफ्नो मृत्यु मर्दछौ भने निःसंदेह यिनीहरूले संकलन गरिरहेको (धनसम्पत्ति) भन्दा अल्लाहको क्षमादान र दया धेरै राम्रो छ ।

    [158] निश्चितरूपले यदि तिमी मर्दछौ अथवा मारिन्छौ, त याद राख कि अल्लाहको सम्मुख अवश्य नै प्रस्तुत गरिनेछौ ।

    [159] (हे मुहम्मद !) अल्लाहको कृपाले तपाईको मन यिनीहरूप्रति नरम छ र यदि तपाई कटु वचन र कठोर हृदयको भएको भए यिनीहरू तपाईबाट टाढा भागिहाल्दथे, तसर्थ तिनीहरूलाई क्षमा गरिदिनुस् र तिनीहरूको निम्ति क्षमाको लागि प्रार्थना गर्नुस् र आफ्ना कामहरूमा यिनीहरूसँग सरसल्लाह गर्ने गर्नुस्, र जब कुनै कामबारे दृढ निश्चय गर्दछौ भने अल्लाहमाथि पूर्ण भरोसा राख । निःसन्देह अल्लाह भरोसा गर्नेहरूलाई प्रेम गर्दछ ।

    [160] यदि अल्लाह तिम्रो मद्दत गर्दछ भने कसैले तिमीलाई पराजित गर्न सक्दैन । र यदि अल्लाहले तिमीलाई छोडिदिन्छ भने, को छ उसपछि जसले तिम्रो सहायता गर्न सकोस् ? तसर्थ मोमिनहरूलाई अल्लाहमाथि नै भरोसा गर्नुपर्दछ ।

    [161] यो असम्भव छ कि रसूलले बेइमानी गरुन् । र प्रत्येक बेइमानी गर्नेले कियामतको दिन बेइमानी गरिएको कुरा समेत लिएर प्रस्तुत हुनुपर्ने छ, त्यसपछि प्रत्येक मानिसलाई उसले गरेको कर्तव्यको पूरापूर प्रतिफल दिइने छ, र तिनीहरूमाथि अन्याय गरिने छैन ।

    [162] के त्यो मानिस जसले अल्लाहको सदिच्छा प्राप्तिको लागि प्रयत्नशील छ, त्यस मानिस जस्तो हुनसक्छ जसले अल्लाहको क्रोध लिएर फर्कन्छ ? र जसको बासस्थान जहन्नम छ जो अत्यन्तै नराम्रो ठाउँ हो ।

    [163] अल्लाहकहाँ तिनीहरूको भिन्न–भिन्न श्रेणीहरू छन् र अल्लाहले तिनीहरूका सम्पूर्ण क्रियाकलापलाई देखिराखेको छ ।

    [164] निःसंदेह अल्लाहको मोमिनहरूमाथि ठूलो अनुकम्पा छ कि उसले तिनीहरूको माझमा तिनीहरूमध्येबाटै एउटा रसूल पठायो जसले कि अल्लाहका आयतहरू पढेर उनीहरूलाई सुनाउँदछ र तिनलाई पवित्र गर्दछ र उनलाई किताब र बुद्धिमता सिकाउँदछ, यिनीहरू यसभन्दा पहिला खुल्लारूपमा पथविचलित थिए ।

    [165] (यस्तो किन) कि जब तिमीलाई एउटा कष्ट दिइयो, जबकि यसको दुई–गुणा कष्ट तिम्रो हातबाट तिनीहरूमाथि परिसकेको थियो, त तिमीहरू भन्नथाल्यौ कि यस्तो संकट कहाँबाट आइपर्यो ?। तपाई भनिदिनुस् कि यो तिमीहरूकै तर्फबाट आइपुगेको हो । निःसन्देह अल्लाह सम्पूर्ण कुराहरूमाथि सार्मथ्य राख्दछ ।

    [166] तिमीलाई जे जति त्यो दिन पुगे, जुनदिन दुई समूहमा भिडन्त भयो, त्यो जम्मै अल्लाहकै आदेशले भएको थियो र यसकारण कि अल्लाहले मोमिनहरूलाई राम्ररी जान्न सकोस् ।

    [167] साथै मुनाफिकहरूलाई छुट्याउनका निम्ति पनि जोसंग भनियो कि आऊ अल्लाहको मार्गमा युद्ध गर अथवा काफिरहरूको आक्रमणलाई रोक । त भन्न थाले कि यदि हामीलाई युद्धबारे थाहा भएको भए, हामी अवश्य नै तिम्रो साथ दिने थिएँ । त्यसदिन यिनीहरू ईमानको दाँजोमा कुफ्रको नजिक थिए । आफ्नो मुखले तिनीहरूले ती कुराहरू भन्दछन् जुन तिनका हृदयमा छैनन् । र यिनले जे–जति कुरा लुकाउँछन्, अल्लाहलाई त्यसबारे सबै राम्ररी थाहा छ ।

    [168] यी ती मानिस हुन जो आफू पनि बसिराखेका थिए, र आफ्ना दाजुभाइहरूको बारेमा भने कि यदि हाम्रो आग्रह तिनीहरूले मानेको भए मारिने थिएनन् । भनिदिनुस् ! कि यदि तिमी साँचो हौ भने आफूलाई मृत्युबाट बचाऊ ।

    [169] जुन मानिसहरूले अल्लाहको बाटोमा शहादत पाए, तिनलाई कदापि मुर्दा नठान्नु । बरु जीवितै छन् र तिनले आफ्ना रबबाट जीविका प्राप्त गरिराखेका छन् ।

    [170] अल्लाहले तिनलाई आफ्नो कृपाले जे जति प्रदान गरेको छ, त्यसमा तिनीहरू अति खुशी छन् र खुशीयाली मनाइरहेका छन् उनीहरूका लागि जो अहिलेसम्म तिनीहरूमा शम्मिलित हुन सकेनन् र पछाडि छन्, यस कारण हर्षित छन् कि तिनलाई पनि न त कुनै भय–त्रास हुन्छ र न त तिनी दुःखी हुनेछन् ।

    [171] र अल्लाहबाट प्रदान गरिएको पुरस्कारबाट तिनीहरू खुशी भइराखेका छन् र यस कुराबाट पनि कि अल्लाह मोमिनहरूको परिश्रम कहिल्यै खेर फाल्दैन ।

    [172] जसले घाइते भएको बावजूद पनि अल्लाह र रसूलको आदेश स्वीकार गरे, यिनिहरूमध्ये जसले पुण्यको काम गरे र सदाचार गरे उनीहरूका लागि निकै ठूलो पुरस्कार छ ।

    [173] (जब) तिनीहरूसित मानिसहरू आएर भने कि काफिरहरूले तिमीहरूभन्दा ठूलो सेना एकत्रित गरिसकेका छन्, तसर्थ उनीहरूसित डर मान त यस कुराले तिनको ईमानमा झन् बृद्धि गरिहाल्यो र भन्न थाले कि हामीलाई अल्लाह नै प्रयाप्त छ र ऊ सर्वोत्तम योजनाकार छ ।

    [174] (परिणाम यो भयो कि) अल्लाहको उपहार र कृपाका साथ फर्के, तिनीलाई कुनै हानि पुगेन र तिनीहरू अल्लाहको प्रसन्नताको निम्ति नतमस्तक रहे र अल्लाह अपार दानशील छ ।

    [175] यो समाचार दिने त शैतान नै हो; जसले कि आफ्ना मतियारहरूबाट भय सृजना गराउँदछ । तिमीहरू उसबाट नडर, तिमी यदि साँच्चै मोमिन हौ भने मसित नै डर्ने गर ।

    [176] र जुन मानिसहरू कुफ्रतिर तीव्र गतिले बढिराखेका छन्, तिनले तिमीलाई भयभीत नगरुन्, निश्चितरूपले स्वीकार गर कि यिनले अल्लाहको केही हानि नोक्सानी गर्न सक्दैनन् । अल्लाह चाहन्छ कि आखिरतका दिनमा तिनलाई अंश नदेओस् र तिनको निम्ति ठूलो सजाय तयार छ ।

    [177] ईमानको बदलामा कुफ्र किन्नेहरूले कदापि अल्लाहको केही बिगार्न सक्दैनन् र तिनकै लागि कष्टदायक सजाय हुनेछ ।

    [178] काफिरहरूले हामीले तिनलाई दिएको छूटलाई आफ्नो पक्षमा राम्रो नठानुन् । बरु हामीले तिनलाई यो छूट यसकारणले दिइराखेका छौं कि तिनीहरू बढी पाप गरिहालुन् । अन्ततः तिनलाई अपमानजनक सजाय हुनेछ ।

    [179] जबसम्म अल्लाहले अपवित्रलाई पवित्रबाट अलग गर्दैन, मोमिनहरूलाई यस अवस्थामा जसमा कि तिमी छौ, कहिल्यै रहन दिने छैन । अल्लाहले तिमीलाई अदृश्य कुराबाट पनि अवगत गराउँदैन । (तर) हो, अल्लाहले आफ्ना रसूलहरूमध्ये जसलाई चाहन्छ रोज्दछ । तसर्थ तिमीले अल्लाह र उसका रसूलहरूमाथि आस्था राख, यदि आस्था राख्दछौ र आत्मसंयमी हुन्छौ भने त्यसको ठूलो प्रतिफल प्राप्त गर्ने छौ ।

    [180] जुन मानिसहरूलाई जे जति धन सम्पत्ति अल्लाहले आफ्नो कृपाले प्रदान गरेको छ, तिनले त्यसमा कञ्जूस्यायीलाई आफ्नो हकमा राम्रो नठानुन् बरु (त्यो) तिनको निम्ति अहितकर छ । तिनीहरूले जुन धनमा कञ्जूसी गर्दछन् कियामतको दिन त्यसको तौक (पांग्रा) पहिराइने छन् । आकाशहरू र पृथ्वीको वेरासतको वास्तविक मालिक अल्लाह नै हो । र जुन क्रियाकलाप तिमीले गर्दछौ, अल्लाहलाई राम्री थाहा छ ।

    [181] निश्चय नै अल्लाहले तिनको भनाई पनि सुनिहाल्यो जसले भन्दछन् कि अल्लाह गरिब छ र हामी धनी छौं । उनको यस भनाईलाई हामीले लेखिलिने छौं र उनीहरूले पैगम्बरहरूलाई बिना दोष मारिराखेको कुरा पनि, र हामीले भन्ने छौ कि बलिरहेको आगोको सजाय भोगिराख ।

    [182] यो तिमीले गरेको कर्महरूको प्रतिफल हो, र अल्लाह आफ्ना भक्तहरूमाथि कहिल्यै अत्याचार गर्दैन ।

    [183] यी त्यस्ता मानिस हुन् जो भन्दछन् कि अल्लाहले आदेश गरे अनुसार जबसम्म कुनै पैगम्बर हामी छेउ यस्तो कुर्बानी लिएर आउँदैन जसलाई आगोले खाइदेओस् तबसम्म हामीले विश्वास गर्दैनौ । भनिदिनुस् कि यदि तिमी साँचो हौ भने मभन्दा अघि कैयौं पैगम्बरहरू तिम्रा छेउ खुल्लारूपमा अनेक चमत्कारहरूका साथ यो पनि ल्याए जुन तिमीहरूले भनिराखेका छौ । फेरि उनीहरूलाई तिमीहरूले किन मार्यौ

    [184] फेरि पनि यदि यिनीहरूले तपाईलाई साँचो मान्दैनन् भने यस्तै तपाईभन्दा अगाडि धेरै पैगम्बरहरू झुटलाइएको छन् जुन् खुला निशानी, तर्क र उज्यालो किताबहरू लिएर आइसकेका छन् ।

    [185] प्रत्येक ज्यानले मृत्युको स्वाद चाख्नु पर्नेछ र तिमीलाई कियामतको दिन तिम्रा क्रियाकलापहरूको पूरापूर प्रतिफल प्रदान गरिने छ, तसर्थ जुन मानिसलाई नर्कको आगोबाट टाढा राखिनेछ र स्वर्गमा प्रवेश गराइनेछ, निश्चय नै उही सफल हुनेछ र संसारिक जीवन त भ्रमको सामान मात्र हो ।

    [186] तिम्रा ज्यान र सम्पदाबाट तिम्रो परीक्षा गरिनेछ र तिमीले अहले किताब र ती मानिसहरूबाट जुन मुश्रिक छन्, कष्टदायक कुराहरू सुन्नु पर्नेछ । तसर्थ यदि तिमीले धैर्य र आत्मसंयम अपनाइराख्दछौ भने निःसंदेह यी ठूला साहसका काम हुन् ।

    [187] र जब अल्लाहले किताबवालासित वचन लियो, कि सबैका लागि यसको वर्णन गर्ने छौ र त्यसको कुनै कुरा लुकाउँदैनौ, (तर) त्यसपछि तिनीहरूले त्यस वचनलाई अर्कोतिर फाली बेवास्ता गरिहाले र त्यसलाई थोरै मूल्यमा बेची दिए । यिनीहरूले गरेको यो व्यापार अत्यन्त नराम्रो छ ।

    [188] जुन मानिसहरू आफ्ना कर्महरूबाट खुशी हुन्छन् र आफूले नगरेको कामको प्रशंसा पनि चाहन्छन् त्यस्ताको सम्बन्धमा यो नसोच्नु कि तिनीहरू सजायबाट मुक्त हुन सक्दछन्, तिनीहरूलाई कष्टदायक सजाय हुनेछ ।

    [189] आकाशहरू र पृथ्वीको राज्य अल्लाह कै लागि हो र अल्लाह प्रत्येक कुरो माथि सर्वशक्ति सम्पन्न छ ।

    [190] निःसन्देह आकाशमण्डल र पृथ्वीको सृष्टि र रात र दिनको चक्रमा बुद्धिमान मानिसहरूका लागि निशानीहरू छन् ।

    [191] जुन मानिसहरूले उठदा, बस्दा र पल्टिरहँदा अल्लाहको स्मरण गर्दछन् र आकाशमण्डल र पृथ्वीको सृष्टिमाथि चिन्तन गर्दछन् र भन्दछन् कि हे हाम्रो पालनकर्ता ! तिमीले यी सबै निरुद्देश्य सृष्टि गरेको होइन । तिमी पवित्र छौ, हामीलाई नर्कको आगोबाट बचाऊ ।

    [192] हे हाम्रो पालनकर्ता ! जसलाई तिमीले नर्कमा हाल्यौ, त्यसलाई तिरस्कृत गर्यौ र यस्ता अत्याचारीहरूको सहायता गर्ने कोही हुँदैन ।

    [193] हे हाम्रो पालनकर्ता ! हामीले एउटा आह्वान गर्नेको आवाज सुन्र्यौ, जसले ईमानतिर आमन्त्रित गरिराखेको छ कि मानिसहरू हो आफ्नो पालनकर्तामाथि ईमान ल्याऊ । अनि हामीले ईमान ल्यायौं । हे रब! अब त हाम्रा सम्पूर्ण पापहरू क्षमा गर र हाम्रा दुर्गुणहरू हामीबाट टाढा गरिदेऊ र हाम्रो मृत्यु असल मानिसहरूको साथ गर ।

    [194] हे हाम्रो पालनकर्ता ! तिमीले हामीलाई आफ्ना रसूलहरू मार्फत जुन वचन दिएका छौ, ती कुरा प्रदान गर र कियामतको दिन हामीलाई तिरस्कृत नगर्नु । यसमा कुनै सन्देह छैन कि तिमीले वचन विपरीत गर्दैनौ ।

    [195] तसर्थ तिनका रबले तिनको प्रार्थना स्वीकार गरिहाल्यो । कि तिमीमध्ये कर्तव्य गर्नेहरूको कामको चाहे त्यो नर होस् वा नारी, खेर फालिंदैन । धर्म र पुण्य कार्यमा तिमीहरू आपसमा एक अर्का जस्तै हौ, अतः जुन मानिसहरू मेरो निम्ति आफ्ना घरहरू परित्याग गरी बसाई सारे वा आफ्ना घरहरूबाट निष्कासित भए र उत्पीडित गरिए र जसले मेरो लागि धर्मयुद्ध गरे र शहीद भए, निश्चय नै म उनका पापहरू निर्मूल गर्ने छु र तिनलाई त्यस्तो स्वर्गमा प्रवेश दिनेछु, जसमुनिबाट नहरहरू बगिराखेका छन् । (यो) अल्लाहको तर्फबाट पुरस्कार हो र अल्लाहकहाँ नै राम्रो पुरस्कार छ ।

    [196] गाउँघरमा अनास्थावानहरूको भाग दौड तिमिहरूलाई धोकामा नपारोस् ।

    [197] यो त अत्यन्त थोरै सुख सामग्री हो, यसपछि उनीहरूको ठेगाना नर्कमा छ, र त्यो अति नराम्रो बासस्थान हो ।

    [198] तर जुन मानिसहरू आफ्नो पालनहारसँग डर मान्दछन्, तिनका निम्ति जन्नतहरू (स्वर्गहरू) छन् जसको मुनिबाट सरिताहरू प्रवाहित छन् (र) त्यसमा तिनीहरू सधैं रहनेछन् । यो अल्लाहबाट असल कर्म गर्नेहरूलाई पुरस्कार हो अल्लाहको तर्फबाट, र जे जति अल्लाहकहाँ छ, त्यो धेरै राम्रो छ ।

    [199] निःसंदेह अहले किताबमध्ये केही यस्ता पनि छन्, जो कि अल्लाहमाथि र त्यसमाथि जुन तिमीलाई प्रदान गरिएको छ, र त्यसमाथि जुन तिनीहरूलाई प्रदान गरिएको छ, आस्था राख्दछन् र अल्लाहको अगाडि नतमस्तक हुन्छन् र अल्लाहको आयतलाई सानो तिनो मूल्यमा बेच्दैनन् । यस्ता मानिसहरूको प्रतिफल अल्लाहकहाँ तयार छ र अल्लाहले शीघ्र हिसाब लिनेवाला छ ।

    [200] हे अहले ईमान ! धैर्य धारण गरिराख र कठिनाईमा दृघ रह, र धर्मयुद्धको लागि तयार रह, र अल्लाहसित डर ताकि तिमीहरू सफल हुनसक ।

    Surah 4
    अन–निसा

    [1] (हे मानिसहर ! आफ्नो पालनकर्तासित डर, जसले तिमीहरलाई एकै प्राणीबाट सृष्टि ग¥यो र त्यसैबाट त्यसको जोई बनायो, तत्पश्चात ती दुबैबाट धेरै नर र नारीहर फैलाई १) हे मानिसहरू ! आफ्नो पालनकर्तासित डर, जसले तिमीहरूलाई एकै प्राणीबाट सृष्टि गर्यो र त्यसैबाट त्यसको जोई बनायो, तत्पश्चात ती दुबैबाट धेरै नर र नारीहरू फैलाइहाल्यो । उस अल्लाहसँग डर जसको नामबाट तिमी एक–अर्कासंग माग्दछौ । र नाताको सम्बन्ध विच्छेदबाट टाढा रह । कुनै सन्देह छैन कि अल्लाह संरक्षक देखिराखेको छ ।

    [2] अनाथहरूको सम्पत्ति तिनीहरूलाई सुम्पिहाल र पवित्र कुराको बदलामा अपवित्र चीज ग्रहण नगर । न त तिनीहरूको सम्पत्ति आफ्नो सम्पत्तिमा मिसाएर खाऊ । किनभने यो ठूलो पाप हो ।

    [3] यदि तिमीलाई यस कुराको भय छ कि तिमीले अनाथ बालिकाहरूसित विवाह गरेर तिनीहरूसित न्याय गर्न सक्दैनौ भने, तिनी बाहेक तिमीले मन पराएको अन्य दुई, तीन वा चारसंग निकाह गरीहाल र यदि यस कुराको भय छ कि सबै स्वास्नीहरूसँग समान न्यायपूर्ण व्यवहार गर्न सक्दैनौ भने त एउटै स्वास्नी पर्याप्त छ । अथवा तिम्रो स्वामित्वमा रहने दासी । यो सम्भव छ यसबाट तिमीहरू अन्याय गर्नबाट बाँच्न सक्दछौ ।

    [4] र स्वास्नीहरूलाई तिनका महर राजी खुशीपूर्वक दिइहाल तर हो, यदि तिनीहरू आफ्नै राजिखुशीले केही अंश छाडि दिन्छन् भने खुशीपूर्वक त्यसलाई खान–पिन गर ।

    [5] र बुद्धिहीनहरूलाई आफ्ना माल नदेऊ जुन माललाई अल्लाहले तिम्रो जीविकाको साधन बनाएको छ । हो सोही मालबाट तिनीहरूलाई खाना कपडा दिंदै गर र उनीसित उचित कुरा गर्दैगर ।

    [6] र अनाथहरूलाई उनी बालिग नहुन्जेल हेरचाह र सुधार गर्दै गर । फेरि यदि तिनीहरूमा बुद्धिको परिपक्वता र व्यवहार कुशलता देखिन्छ भने तिनलाई तिनको सम्पत्ति सुम्पिहाल र यस भयले कि तिनीहरू वयस्क भइहाल्छन् तिनीहरूको सम्पत्ति हतारपूर्वक फजूल खर्च नगर । सम्पत्ति भएकाहरूले त्यस्तो सम्पतिबाट टाढा रहनुपर्दछ । हो, गरिब र निर्धन छ भने नियम बमोजिम न्यायोचित रूपमा केही लेओस् । र जब तिनलाई तिनको सम्पत्ति सुम्पन्छौ भने त्यतिखेर साक्षी राख्नु, वास्तवमा अल्लाह नै हिसाब लिनको लागि प्रयाप्त छ ।

    [7] जुन सम्पत्ति आमा बाबु र नातागोताले छाडी मर्दछन्, थोरै होस् अथवा धेरै, त्यसमा लोग्ने मानिसको अंश छ र आईमाईहरूको पनि । (यी अंशहरू) निर्धारित गरिएका हुन् ।

    [8] र जब भाग–बण्डाको समय नातेदार र अनाथ र निमुखाहरू उपस्थित भइहालुन् त त्यसबाट उनीहरूलाई पनि केही दिहाल र उनीहरूसित मिठो कुरा गर ।

    [9] र तिनीहरूलाई यस कुराबाट डराउनु पर्छ कि यदि आफ्नो पछाडि हानि पुग्न सक्ने अबोध केटाकेटीहरू छोडेर गएको भए (तिनीहरूको चाहना के हुने थियो) । त, आवश्यक छ कि यी मानिसहरू अल्लाहसँग डराएर संतुलित कुराहरू गरुन् ।

    [10] जुन मानिसहरू अनाथहरूको सम्पति नाजायज तरिकाले खान्छन्, तिनीहरू आफ्ना पेटमा आगो भर्दैछन् र निकट भविष्यमा नर्कमा जाने छन् ।

    [11] अल्लाहले तिम्रा सन्तानहरूको सम्बन्धमा तिमीलाई आदेश गर्दछ कि एउटा छोराको अंश दुईटा छोरीहरूको अंशको बराबर छ र यदि मृतकका छोरीहरू मात्र छिन् र दुईभन्दा बढी छिन् भने तिनलाई मृतकको सम्पत्तिबाट दुई तिहाई र यदि एउटी छोरी मात्र छिन् भने उसलाई आधा, र मृतकका आमा बाबु प्रत्येकलाई मृतकले छोडेको सम्पत्तिको छैठौं भाग अंश हो, मृतकका सन्तानहरू भएको खण्डमा । यदि मृतकको सन्तान नभए र मात्र आमा बाबु नै उसको हकवाला भएको अवस्थामा, एक तिहाई आमाको अंश र यदि मृत्तकका दाजुभाइ पनि छन् भने आमाको छैठौं अंश हो, मृतकको सम्पत्तिको यो अंशवण्डा मृतकले गरेको इच्छापत्रको कार्यान्वयन पछि मात्र वा मृतकले लिएको ऋणको भुक्तानी गरेपछि मात्र गर्नु पर्छ । तिमीलाई थाहा छैन कि तिम्रा बाबु वा छोरामध्ये तिमीलाई फाइदाको दृष्टिकोणले कुन चाहीँ धेरै नजिक छ । यी अंशभाग अल्लाहबाट निर्धारित गरिएका हुन् र निःसंदेह अल्लाह सर्वज्ञ र कौशलवाला छ ।

    [12] जुन सम्पत्ति तिम्रा स्वास्नीहरू छोडेर मर्दछिन् यदि तिनका सन्तानहरू छैनन् भने, त्यसबाट आधा भाग तिम्रो हुनेछ र यदि उनको सन्तान छन् भने छाडेर गएको सम्पत्तिबाट तिम्रो भाग एक चौथाई हुन्छ । (तर यो विभाजन) मृत्तकको त्यस इच्छा पत्रको कार्यान्वयन पश्चात हो जुन उसले गरेर गएको छ र उसले लिएकी ऋण तिरिसकेपछि गरिने छ र जुन सम्पत्ति तिमी (पुरुषले) छाडेर मर्छौ र यदि तिम्रा सन्तानहरू छैनन् भने तिम्रा स्वास्नीहरूको त्यसबाट एक चौथाई भाग छ र यदि सन्तान छ भने तिनलाई आठौं भाग छ । (यी भागहरू) तिम्रो इच्छापत्रको कार्यान्वयन पश्चात हो जुन तिमीले गरेका छौ र ऋणको (भुक्तानी पछि) बाँडिने छन् । र यदि यस्तो पुरुष अथवा स्वास्नी मान्छेको सम्पत्ति छ, जसको न बाबु छ न छोरा उसको एक दाजु वा भाइ अथवा एक दिदी वा बहिनी छन् भने त्यसबाट प्रत्येकलाई छैठौं भाग हुन्छ र एकभन्दा बढी छन् भने सबै एक तिहाईमा सहभागी हुनेछन् । (यी अंशहरू पनि) इच्छापत्र पूरा भएपछि तथा ऋण तिरेपछि यो शर्तमा कि कसैलाई हानि नोक्सानी नपुगेको होस् । यो अल्लाहको तर्फबाट निर्धारित गरिएको हो र अल्लाह सर्वज्ञ तथा सहनशील छ ।

    [13] यी सीमाहरू अल्लाहबाट निर्धारित गरिएका हुन् र जसले अल्लाह र उसको पैगम्बरको आज्ञा पालन गर्नेछ, उसलाई अल्लाहले जन्नतमा प्रवेश दिनेछ, जसमुनि नहरहरू बगिराखेका छन् । जसमा तिनीहरू सधैं बास गर्नेछन् र यो ठूलो सफलता हो ।

    [14] र जसले अल्लाह र उसको रसूल (स.) को आज्ञा उल्लघंन गर्नेछ र उसबाट निर्धारित सीमाको अतिक्रमण गर्दछ, त्यसलाई अल्लाहले नर्कमा हाल्नेछ, जसमा कि ऊ सधैं रहनेछ र त्यस्तैलाई यो अपमानजनक सजाय हो ।

    [15] यदि तिम्रा आईमाईहरूमध्ये कसैले व्यभिचार गर्दछिन भने त्यसको प्रमाणको निम्ति आफूमध्येबाट चार जनाको साक्ष्य प्रस्तुत गर । यदि तिनीहरूले गवाही दिन्छन् भने ती आईमाईहरूलाई मृत्यु नहुन्जेलसम्म घरैमा थुनिराख अथवा अल्लाहले तिनको लागि अर्को कुनै बाटो निकालोस् ।

    [16] र तिमीहरूमध्ये जुन दुईजनाले यस्तो व्यभिचार गर्दछन्, तिनलाई कष्ट देऊ यदि तिनी पश्चाताप गरी असल मानिसहरूमा परिणत हुन्छन् भने तिनलाई छाडिदेऊ । निःसन्देह अल्लाह क्षमा याचनालाई स्वीकार गर्ने र कृपा गर्नेवाला हो ।

    [17] अल्लाहले तिनको मात्र क्षमायाचना स्वीकार गर्दछ, जसले अज्ञानतावश कुनै दुष्कर्म गर्दछन् र छिट्टै त्यसलाई छोडेर पश्चाताप गरिहाल्छन् । तसर्थ यस्ता मानिसहरूको पश्चाताप अल्लाहले पनि स्वीकार गर्दछ अल्लाह सबै कुराको ज्ञानी र कौशलवाला हो ।

    [18] र, यस्ता मानिसहरूको पश्चाताप (तौबा) स्वीकार हुँदैन जसले (निरन्तर) दुष्कर्म गर्दछन्, यहाँसम्म कि जब तिनीहरूमध्ये कसैको मृत्यु भइहाल्छ, अनि भन्दछ कि म पश्चाताप गर्दछु । र न त उनको पश्चाताप स्वीकार हुनेछ जो कुफ्रको अवस्थामा मर्दछन् । यिनै मानिसहरूका लागि हामीले कष्टदायक सजाय तयार गरिसकेका छौं ।

    [19] ईमानवालाहरू हो ! तिमीहरूलाई यो उचित छैन कि जबरजस्ती स्वास्नी मानिसहरूको सम्पत्तिबाट लेऊ । जे तिमीले तिनलाई दिएका छौ, त्यसबाट केही खाने नियतले तिनलाई न रोकिराख्नु । हो यदि तिनले दुष्कर्म गर्दछिन् त कुरा अर्कै छ । तिनीहरूसित राम्रो व्यवहार गर यदि तिनीहरूलाई तिमीले मन नपराए पनि, तर धेरै सम्भव छ कि तिमीले नराम्रो मानेको कुनै कुरामा अल्लाहले धेरै भलाईको सृजना गरिदिओस् ।

    [20] र, यदि तिमीले एउटी स्वास्नीको ठाउँमा दोस्रो स्वास्नी राख्न नै चाहन्छौ र तीमध्ये कसैलाई तिमीले ठूलो सम्पत्ति दिइसकेका छौ भने पनि त्यसबाट केही नलिनु । के तिमीले अनुचितरूपले वा खुल्लारूपले पाप हुने भएर पनि त्यसबाट फिर्ता लिनेछौ ।

    [21] तिमी त्यसलाई कसरी लिने छौ ? यद्यपि तिमीहरूले एक अर्कालाई भेटिसकेका छौ र ती स्वास्नी मानिसहरूले तिमीबाट पूर्णरूपले वाचा लिइसकेका छिन् ।

    [22] र जुन स्वास्नी मानिसहरूसँग तिम्रा बाबुहरूले विवाह गरेका छन्, तिनीहरूसँग निकाह नगर्नु, तर जे बितिसकेको छ त्यो निर्लज्जतापूर्ण काम र अप्रसन्न पार्ने कुरा र सा¥है घृणित परम्परा थियो ।

    [23] तिम्रो लागि तिम्रा आमाहरू र छोरीहरू र दिदी बहिनीहरू र तिम्रा फूफूहरू र तिम्रा सानी आमा, ठूली आमाहरू र भतिजीहरू र भान्जीहरू र तिम्रा ती आमाहरू जसले कि तिमीलाई दूध ख्वाएका छिन्, र (रेजाई) दिदीबहिनीहरू र तिम्रा सासूहरू र तिमीले तिम्रो गोदमा लालन पालन गरेको छोरीहरू जुन संभोग गरेको महिलाबाट जन्मेका छिन् तिम्रो लागि वर्जित छिन् । हो यदि तिमीले तिनीहरूसँग (केटीको आमासँग) यौन सम्बन्ध गरेका छैनौ भने तिमीलाई कुनै गुनाह छैन, र तिम्रा साख्खै छोराहरूका स्वास्नीहरू पनि र दुई दिदी बहिनीहरूलाई एकैसाथ बिहे गर्नु पनि त्याज्य छ । तर विगतमा जे भयो भइसक्यो । निःसन्देह अल्लाह क्षमा गर्नेवाला र दयावान छ ।

    [24] र विवाहित स्त्रीहरू पनि (वर्जित छिन्) तर ती बाहेक जुनकि (दासीको रूपमा) तिम्रो अधिकारमा आउँछिन् । यो आदेश अल्लाहको तर्फबाट तिम्रोलागि अनिवार्य गरिएको हो र यी वर्जित स्त्रीहरू बाहेक अन्य स्त्रीहरू तिम्रो लागि हलाल छिन्, आफ्नो धनबाट महर दिएर तिनीहरूसँग विवाह गर्न चाहन्छौ भने, तर यो शर्तमा निकाहको उद्देश्य दुराचारबाट बच्नु हुनुपर्छ न कि वासनाको पूर्तिको निम्ति । तसर्थ जुन स्त्रीहरूसँग तिमीले लाभ प्राप्त गर्दछौ, तिनलाई महरमा निर्धारित गरिएको धन दिइहाल र यदि महर निर्धारित गरिसकेपछि आपसी सहमतिबाट अन्यथा तय गर्दछौ भने त्यसमा तिमीलाई कुनै पाप लाग्दैन । निःसन्देह अल्लाह सबै कुराको ज्ञाता छ (र) सम्पूर्णरूपले तत्वज्ञ छ ।

    [25] र तिमीहरूमध्ये जुन मानिससलाई स्वतन्त्र मुसलमान स्त्रीसँग निकाह गर्ने पूरा क्षमता छैन, त्यसले मुसलमान दासीसँगै, जोकी तिम्रा अधिकारमा आइसकेकाछिन्, निकाह गरिहालोस् र अल्लाहलाई तिम्रो ईमानबारे राम्ररी थाहा छ ! तिमीहरू एक आपसमा सजातीय हौ, तसर्थ ती दासीहरूसँग, तिनका मालिकहरूबाट अनुमति प्राप्त गरी निकाह गरिहाल र निर्धारित गरिए बमोजिम तिनका महर पनि दिइहाल तर यो शर्त छ कि तिनीहरू पवित्र हुनुपर्दछ न कि व्यभिचारीणी, जसले खुल्लम खुल्ला वा लुकिछिपी अन्य व्यक्तिहरूसँग सम्बन्ध स्थापित गर्दछिन् । तर यदि निकाह भइसकेपछि तिनीहरू ब्यभिचार गर्दछिन भने जुन स्वतन्त्र स्त्रीहरूलाई छ, त्यसको आधा तिनीहरूलाई सजाय दिनुपर्दछ । (दासी संग निकाह गर्ने) यो अनुमति उस व्यक्तिलाई छ जसलाई व्यभिचार गरिहाल्ने भय छ । र तिमीले धैर्य राख्नु धेरै राम्रो छ, र अल्लाह क्षमादाता र अत्यन्त दयावान छ ।

    [26] अल्लाह चाहन्छ कि (आफ्ना आयतहरू) तिम्रो सामु अति स्पष्ट रूपमा वर्णन गरोस् र तिमीलाई तिमीभन्दा अगाडिका संयमीहरूकै बाटोमा हिडाओस् र तिम्रो पश्चाताप स्वीकार गरोस् र अल्लाह सर्वज्ञ छ (र) सर्वबुद्धि सम्पन्न छ ।

    [27] र अल्लाह चाहन्छ कि तिम्रो पश्चाताप स्वीकार गरोस् र जुन मानिसहरू आफ्नै स्वार्थपूर्ण चाहनाबाट दोषित हुन्छन्, तिनीहरू चाहन्छन् कि तिमी आफ्नो सत्य मार्गबाट धेरै विचलित भइहाल ।

    [28] अल्लाह चाहन्छ कि तिमीहरूमाथिको भार हलुको पारोस्, किनभने मानिस कमजोर सृष्टि गरिएको हो ।

    [29] हे मोमिनहरू ! तिमीहरू आपसमा एक अर्काको सम्पत्ति अनुचितरूपमा नखाऊ । तर आपसी सहमतिले व्यापारको माध्यमबाट लेनदेनमा लाभ जायज हुन्छ, र आफूलाई आफै नमार । यसमा कुनै सन्देह छैन कि अल्लाह तिमीमाथि धेरै कृपालु छ ।

    [30] यदि कसैले यस्तो अटेरिपन र अत्याचार गर्छ भने हामीले त्यसलाई शीघ्र नै नर्कको आगोमा हाल्ने छौं । यो अल्लाहको लागि अति सरल काम हो ।

    [31] यदि तिमीहरू यी ठूला–ठूला पापहरू जुन तिम्रो लागि निषेधित गरिएका छन्, बच्ने गर्छौ भने हामी तिम्रा स–साना पापहरू माफ गरिदिनेछौं र तिमीलाई सम्मान र आदरको ठाउँमा प्रवेश गराउने छौं ।

    [32] र जुन कुरामा अल्लाहले तिमीहरूमध्ये केहीलाई केहीमाथि श्रेष्ठता प्रदान गरेको छ, त्यसको लागि लोभ नगर । पुरुषहरूलाई तिनीहरूले गरेको कर्म अनुसार प्रतिफल निर्धारित छ, र स्त्रीहरूलाई तिनीहरूको कर्म अनुसार फल प्रदान गरिनेछ, र अल्लाहसित उसको कृपा माँग्दै गर । निःसन्देह अल्लाह प्रत्येक कुरो जान्दछ ।

    [33] र जुन सम्पत्ति आमा–बाबु र नातेदार छोडेर मर्दछन्, त्यसबाट हामीले प्रत्येकको हक निर्धारित गरिसकेका छौं र जुन मानिसहरूसित तिमीले आफै करार गरिसकेका छौ, तिनीहरूलाई तिनको हक देऊ । निःसन्देह अल्लाह सम्पूर्ण कुराहरूको साक्षी छ ।

    [34] पुरुषहरू स्त्रीहरूका संरक्षक–संवर्धक हुन् यस कारण कि एकलाई अल्लाहले अर्काेमाथि प्रधानता प्रदान गरेको छ र यसकारणले पनि कि पुरुषहरूले आफ्ना माल खर्च गरेका छन् । अतः जो सत्यवती र आज्ञाकारिणी स्वास्नी छिन्, तिनीहरूले आफ्नो पतिको अनुपस्थितिमा अल्लाहको रक्षामा तिनको मर्यादाको रेखदेख गर्दछिन्, र जुन स्वास्नीहरूको सम्बन्धमा तिमीलाई नराम्रो व्यवहारको डर लाग्दछ भने तिनलाई सर्वप्रथम सम्झाऊ । (यदि मान्दैनन् भने) तिनीलाई सुत्ने ओछ्यानबाट अलग गरिहाल । यदि तैपनि मान्दैनन् भने उचित शारीरिक दण्ड देऊ । फेरि यदि आज्ञापालन गर्न थाल्छिन् भने तिनलाई कष्ट दिने निहु नखोज । निःसन्देह अल्लाह सर्वोच्च र महानतम प्रशंसनीय छ ।

    [35] यदि तिमीलाई लोग्ने स्वास्नीबीच वाद– विवादको भय छ, भने एउटा मध्यस्थकर्ता लोग्नेको तर्फबाट र एउटा मध्यस्थ स्वास्नीको खलकबाट नियुक्त गर । यदि यी दुवैले मेलमिलाप गराउन चाहन्छन् भने अल्लाहले दुवैमा मेलमिलाप कायम गराइदिन्छ । कुनै सन्देह छैन कि अल्लाह सर्वज्ञाता र सर्वलौकिक छ ।

    [36] र अल्लाहकै पूजा गर र उसको साथमा अरु कसैको साझेदारी नगर र आमा–बाबुसँग सम्मानपूर्ण व्यवहार गर र नजिकका नातेदार, अनाथहरू र गरिब असहायहरू र नातेदार छिमेकीहरू र गैर नातेदारी छिमेकीहरू र संगै उठ्बस् गर्ने साथीहरू र बटुवाहरू र जो तिम्रो स्वामित्वमा छन्, सबैको उपकार गर । निःसन्देह अल्लाहले घमण्डी तथा मिथ्या अभिमान गर्नेहरूलाई रुचाउँदैनन् ।

    [37] जिनीहरूले आफू स्वयं कञ्जूसी गर्दछन् र अरुलाई पनि कञ्जूसी सिकाउँछन् र जुन धन सम्पत्ति अल्लाहले आफ्नो कृपाले प्रदान गरेको छ, त्यसलाई लुकाएर राख्दछन् । हामी कृतध्नहरूका लागि अपमानजनक सजाय तयार गरेका छौं ।

    [38] र, जुन मानिस खर्च त गर्दछन् तर मानिसहरूलाई देखाउनको निम्ति, र आस्था न अल्लाहमाथि राख्दछन् न त कियामतको दिनमाथि र जुन मानिसहरूको साथी शैतान हुन्छ, र त्यो एकदमै नराम्रो साथी हो ।

    [39] साँच्चै यिनीहरूको के बिग्रन्थ्यो यदि तिनीहरूले अल्लाह र कियामतको दिनमाथि आस्था राखेको भए र अल्लाहले जे जति प्रदान गरेको छ, त्यसमध्येबाट खर्च गरेको भए ? र अल्लाहले तिनीहरूलाई राम्ररी जान्दछ ।

    [40] यसमा कुनै शंका छैन कि अल्लाह कसैसित अलिकति पनि अन्याय गर्दैन, यदि पुण्य कार्य गरिएको छ भने त्यसलाई दुई गुणा गरिदिन्छ र आफ्नो तर्फबाट ठूलो पुरस्कार प्रदान गर्दछ ।

    [41] त, त्यस दिन कस्तो दृष्य हुनेछ जब हामीले प्रत्येक समूहबाट एक–एक साक्षी बोलाउनेछौं र तपाईलाई उनीहरूको बारेमा साक्षी बनाउने छौं ।

    [42] त्यस दिन अल्लाहमाथि आस्था नराख्नेहरू र पैगम्बरका अवज्ञाकारीहरूले चाहनेछन् कि तिनीलाई धर्तीमा गाडि माटोले पुरिदिए हुन्थ्यो । किनभने अल्लाहसित कुनै कुरा लुकाउन सक्ने छैनन् ।

    [43] हे मोमिनहरू ! जब तिमी नशाको अवस्थामा हुन्छौ त नमाज छेउ पनि नजाऊ जबसम्म तिमी आफ्नो मुखबाट उच्चारित शब्दहरू बुझ्न थाल्दैनौ र अपवित्राताको अवस्थामा स्नान नगरेसम्म पनि नमाज नपढ । तर यदि यात्रा गरिराखेको भए कुरा अर्कै छ, र यदि तिमी विरामी छौ अथवा यात्रामा छौ वा तिमीमध्ये कोही शौचबाट आएको छ अथवा तिमीले स्वास्नीसँग सहवास गरेका छौ र तिमीलाई पानी उपलब्ध छैन भने पवित्र माटो लिई मुख र हातमा स्पर्श गरेर तयम्मुम गरी (नमाज पढिहाल) । निःसन्देह अल्लाह त्रुटिहरू माफ गर्नेवाला तथा क्षमादाता छ ।

    [44] के तिमीले तिनीहरूलाई देखेनौ जसलाई कि किताबको केही अंश प्रदान गरिएको छ ? तिनीहरूले पथभ्रष्टता किनिरहेका छन्, र चाहन्छन् कि तिमी पनि पथविचलित भइहाल ।

    [45] अल्लाह तिम्रा शत्रुहरूलाई राम्ररी जान्दछ, र अल्लाहको मित्रता नै प्रयाप्त छ, र अल्लाहको सहायता नै पर्याप्त छ ।

    [46] केही यहूदीहरूले (अल्लाहले भनेका) शब्दहरूलाई तिनका ठीक ठाउँबाट परिवर्तित गरिदिन्छन् र भन्दछन् कि हामीले सुन्यौ र मानेनौं र (हाम्रो) सुन ! र तिम्रो न सुनिएकै अवस्थामा । र हाम्रो ध्यान राख तर यो भन्दा आफ्नो जिब्रो बटारी धर्ममा खिसी गर्दछन् र यदि यिनीहरूले भनेको भए कि हामीले सुन्यौं र मानिहाल्यौ र तपाई सुन्नुस् र हामीलाई हेर्नुस् त यो तिनिहरूको निम्ति धेरै राम्रो र उचित पनि हुन्थ्यो । तर अल्लाह तिनीहरूको कुफ्रको कारण तिनीहरूलाई अभिशप्त गरिहालेको छ तसर्थ थोरैले मात्र आस्था राख्दछन् ।

    [47] हे किताबवालाहरू हामीले जे उतारेका छौ जसले तिम्रो पासमा जो छ त्यसको पनि पुष्टि गर्दैछ, त्यसमाथि ईमान ल्याऊ । यसभन्दा अगाडि कि हामीले मानिसहरूको अनुहार बिगारी तिनलाई पिठ्युँतिर फर्काइदिऊँ अथवा तिनीहरूलाई अभिशप्त गरौं जस्तो कि शनिबारवालाहरूलाई अभिशप्त गरेका थियौ, अल्लाहले जुन कुराको आदेश दियो त्यो भएर नै रहन्छ ।

    [48] निःसन्देह अल्लाह आफ्नो साझेदार बनाउनेलाई क्षमा गर्ने छैन र उस बाहेक अन्य जसलाई चाहन्छ माफ गरिदिन्छ र जसले उसँग कसैको साझेदारी ठहराउँछ, त्यसले जघन्य अपराध गर्दछ ।

    [49] के तिमीले तिनीहरूलाई देखेनौ जसले कि आफूलाई पवित्र ठान्दछन् । बरु अल्लाहले जसलाई चाहन्छ पवित्र गर्दछ र कसैमाथि सूत बराबर पनि अन्याय हुनेछैन ।

    [50] हेर, यिनीहरू अल्लाहमाथि कस्तो प्रकारले दोषारोपण गर्दछन् र यो क्रिया स्वयम् खुल्लारूपमा पाप हुन पर्याप्त छ ।

    [51] के तिमीले तिनीहरूलाई देखेनौ जसलाई किताबको केही अंश दिइएको छ ? जसले मूर्ति र शैतानलाई मान्दछन् र काफिरहरूको पक्षमा बोल्छन् कि यिनीहरू मोमिनहरूको दाँजोमा बढी सही मार्गमा छन् ।

    [52] यी तिनै मानिसहरू हुन् जसमाथि अल्लाहको अभिशाप छ । र जसलाई अल्लाह अभिशप्त गर्यो, उसको कसैलाई पनि सहायता गर्नेवाला पाउने छैनौ ।

    [53] के तिनीहरूको राजकाजमा केही भाग छ ? यदि त्यसो भए त तिनीहरूले कसैलाई खजूरको कोयाको खोटो जति पनि दिने छैनन् ।

    [54] अथवा अल्लाहले मानिसहरूलाई आफ्नो कृपाले जे प्रदान गरेको छ त्यसमाथि यिनीहरूले ईष्र्या गर्दछन्, तर हामीले इब्राहीमको वंशजलाई अघि नै किताब र बुद्धि प्रदान गरेका थियौं र ठूलो राज्यसत्ता पनि दिएका थियौं ।

    [55] फेरि तिनीहरूमध्ये केहीले त किताबलाई माने तर केहीले इन्कार गरेर टाढा नै रहे, र तिनीहरूलाई नर्कमा जलिरहनु नै पर्याप्त छ ।

    [56] जुन मानिसहरूले हाम्रा आयतहरूलाई नकारेका छन्, तिनलाई हामीले निश्चय नै आगोमा हाल्ने छौं । जब जब तिनका छालाहरू पोलिसक्ने छन्, हामीले अर्कै छाला फेर्नेछौं जसले कि तिनीहरू सजायको स्वाद चाखिराखुन् । निःसन्देह अल्लाह सर्वशक्तिमान र बुद्धिमत्ता सम्पन्न छ ।

    [57] र जुन मानिसहरूले ईमान ल्याएर सत्कर्म गर्दछन्, तिनीहरूलाई हामीले चाँडै वहिश्तमा (स्वर्ग) प्रवेश गराउँछौ जसको धारामुनि नहरहरू बगिराखेका हुन्छन् । तिनीहरू त्यसमा सधैंका लागि बास पाउनेछन् । त्यहाँ तिनीहरूका लागि पवित्र स्वास्नीहरू हुनेछिन् र हामीले तिनलाई छायाकुञ्ज र शीतल छहारीमा प्रवेश दिनेछौं ।

    [58] अल्लाह तिमीलाई आदेश गर्दछ कि नासोवालाहरूलाई तिनको नासो पुर्याऊ र मानिसहरूको कुरोमा निर्णय गर्दा, न्यायपूर्ण ढंगले फैसला गर । निःसन्देह त्यो राम्रो कुरा हो जसको नसीहत (उपदेश) अल्लाहले तिमीलाई गर्दैछ । निःसन्देह अल्लाह सबै कुरा सुन्दछ र सबै देख्दछ ।

    [59] हे मोमिनहरू ! अल्लाहको आदेश पालना गर र उसका रसूलका आदेशहरूको पालना गर र तिमीहरूमध्ये अधिकार भएकाहरूको । फेरि यदि तिमीहरूमा आपसी मतभेद भएको अवस्थामा, यदि तिमी अल्लाह र आखिरतको दिनमाथि ईमान राख्दछौ भने त्यस कुरालाई अल्लाह र त्यसका रसूलतिर फर्काइदेऊ यो साह्रै राम्रो कुरा हो, र यसको परिणाम पनि राम्रो हुन्छ ।

    [60] के तपाईले तिनीहरूलाई देखनु भएन ? जसले दावी त गर्दछन् कि जुन (ग्रन्थहरू) तपाईलाई प्रदान गरिएको छ र जुन ग्रन्थहरू तपाईभन्दा पहिला उतारिएका थिए ती सबैमा तिनले ईमान राख्दछन् तर वास्तवमा तिनीहरूले आफ्ना विवादका कुराहरू निसाफको लागि अल्लाह बाहेक अन्यतिर लग्न चाहन्छन्, जबकि तिनलाई आदेश गरिएको थियो कि शैतानलाई विश्वास नगरुन् र शैतानले चाहन्छ कि तिनलाई सही मार्गबाट विचलित गराइहालोस् ।

    [61] र जब तिनीहरूलाई भन्निछ कि अल्लाहले जे आदेश गरेको छ त्यतातिर र पैगम्बर (स.) तिर लाग, त तिमीले देख्नेछौ कि मुनाफिकहरूले (कपटीहरुले) आफ्ना मुख फर्काई अर्कैतिर लाग्दछन् ।

    [62] तसर्थ यो कस्तो कुरा हो कि तिनीहरूमाथि कुनै प्रकारको विपत्ति आइपरे पछि तिनीहरूले तपाई समक्ष आएर अल्लाहको शपथ खान्छन् कि हाम्रो उद्देश्य त सौहार्द र सम्झौता बाहेक अरु केही थिएन ।

    [63] यी ती मानिस हुन् कि तिनका हृदयहरूमा जे जति छ, त्यो सबै अल्लाह राम्ररी जान्दछ । तपाईले तिनीहरूलाई नदेखे जस्तो गर्नुस् र तिनलाई नसीहत दिदै गर्नुस् र यस्ता कुरा भन्नुस् जसले कि तिनका हृदयमा प्रभाव पारोस् ।

    [64] हामीले प्रत्येक सन्देष्टालाई यसकारण पठायौं कि अल्लाहको आज्ञा अनुसार उसको आज्ञापालन गरियोस् । तिनीहरूले जब आफूप्रति नै अन्याय गरिरहेका थिए, तपाईतिर आएर पश्चाताप गरेको भए र अल्लाहसँग क्षमायाचना गरेको भए र रसूलले पनि तिनीहरूको निम्ति माफीको याचना गरेको भए, अल्लाहलाई क्षमादाता र अत्यन्त दयालु पाउने थिए ।

    [65] यसर्थ तिम्रो रबको शपथ लिन्छु कि, यिनीहरू जबसम्म आफ्ना सम्पूर्ण विवादमा तपाईलाई इन्साफकर्ता स्वीकार गर्दैनन् र तपाईले गरेको निर्णयप्रति हृदयमा कुनै संकुचित विचार नराखी प्रसन्नतापूर्वक त्यसलाई अंगीकार गर्दैनन्, तबसम्म मोमिन (आस्थावान) हुन सक्दैनन् ।

    [66] र यदि हामीले तिनीहरूलाई आफ्नो जीवनको बलि दिन अथवा आफ्नो घर छोड्न आदेश दिएको भए तिनीहरूमध्ये केहीले मात्र त्यस्तो गर्ने थिए । तर यदि तिनीहरूले त्यो आदेश जुनकि तिनीहरूलाई दिइएको थियो पालन गरेको भए तिनीहरूको निम्ति यही सर्वोत्तम हुने थियो र तिनीहरूको लागि धेरै धेरै सघाउ पुग्ने थियो ।

    [67] र तब त हामीले आफ्नो तर्फबाट तिनीहरूलाई ठूलो पुरस्कार दिने थियौं ।

    [68] र निःसन्देह सही बाटो पनि देखाउने थियौं ।

    [69] जुन मानिसहरू अल्लाह र उसको रसूल(स.)को आज्ञापालन गर्दछन्, तिनीहरू ती मानिसहरूको साथमा हुनेछन् जसलाई कि अल्लाहले पुरस्कृत गरेको छ । उदाहरणको लागि नबी र सत्यनिष्ठ र शहीद र सत्यकर्मीहरू । यिनीहरू सर्वोत्तम साथी हुन् ।

    [70] यो अल्लाहको दानशीलता हो ! र यो पर्याप्त छ कि अल्लाह सबै कुराको ज्ञाता छ ।

    [71] हे मोमिनहरू ! आफ्नो रक्षाको साधन लिइहाल, अनि त्यसपछि समूह–समूहमा प्रस्थान गर अथवा सबै एकै साथमा निस्किहाल ।

    [72] र निश्चयनै तिमीमध्ये कोही यस्तो पनि छ जो जाउँ कि नजाउँ जस्तो गर्दछ, फेरि यदि तिमीमाथि कुनै कष्ट आइपर्दछ भने भन्दछ कि अल्लाहले ममाथि ठूलो कृपा गरेको छ कि म तिनीहरूको साथमा उपस्थित थिएन ।

    [73] र यदि अल्लाह तिमीमाथि कृपा गर्दछ भने यस्तो भन्दछ कि उनको र तिम्रो कुनै मित्रता नै थिएन, पश्चाताप गर्दै भन्दछ कि यदि म पनि तिनीहरूको साथमा गएको भए ठूलो सफलता प्राप्त हुने थियो ।

    [74] तसर्थ जसले संसारिक जीवनलाई आखिरतको जीवनका लागि बेचेका छन्, तिनीहरूलाई आवश्यक छ कि अल्लाहको मार्गमा युद्ध गरुन् र जो मानिस अल्लाहको मार्गमा युद्ध गर्दै शहीद हुन्छ अथवा विजयी हुन्छ निश्चय नै हामीले उसलाई बहुमूल्य पुरस्कार प्रदान गर्नेछौं ।

    [75] आखिर के कारण छ कि अल्लाहको मार्गमा, ती निःसहाय लोग्ने मानिसहरू, र स्वास्नी मानिसहरू र बच्चाहरू मुक्त गराउनका लागि तिमी युद्ध गर्दैनौ ? जसले प्रार्थना गर्ने गर्दछन् कि हे रब ! हामीलाई अत्याचारीहरूको शहरबाट निकालिहाल र हाम्रो निम्ति आफ्ना विशेष रक्षक नियुक्त गर र हाम्रो निम्ति खास आफ्नैतर्फबाट सहयोगी बनाइदेऊ ।

    [76] जुन मानिसहरूले ईमान ल्याएका छन् तिनीहरूले अल्लाहको मार्गमा युद्ध गर्दछन् र जो काफिर छन् तिनीहरूले अल्लाह बाहेक अरुको मार्गमा युद्ध गर्दछन् । तसर्थ तिमीहरू शैतानका सहयोगीहरूको विरुद्ध युद्ध गर, विश्वास गर कि शैतानको षड्यन्त्र अति कमजोर छ ।

    [77] के तिमीले तिनीहरूलाई देखेनौ जसलाई आदेश भएको थियो कि आफ्ना हात धर्मयुद्धबाट रोक र नमाज पढ्दै र जकात दिंदै गर । पछि जब धर्मयुद्ध गर्ने आदेश जारी गरियो त तिनीहरूमध्ये एउटा समूह मानिसहरूसंग यस्तो तर्सन थाले जस्तो कि अल्लाहको डर हो बरु त्यसभन्दा पनि बढ्ता र भन्न थाले कि हे हाम्रो अल्लाह तिमीले हामीमाथि जिहाद किन अनिवार्य गरिहाल्यौ ? केही समय अझै हामीलाई हाम्रो जीवन जिउन किन दिएनौ ? (हे पैगम्बर ! तिनीहरूसित) भनिदिनुस् कि संसारको लाभ बहुतै कम छ र परहेजगारको निम्ति त सबभन्दा राम्रो कुरा आखिरत नै हो र तिमीमाथि एउटा धागो जतिको पनि अन्याय गरिने छैन ।

    [78] तिमी जुन ठाउँमा भए पनि मृत्यु आएर तिमीलाई समातिहाल्छ, चाहे तिमी बलियो किल्लामा नै किन नबस । यदि तिनीहरूलाई कुनै फाइदाजनक कुरा प्राप्त हुन्छ भने भन्दछन् कि यो अल्लाहको तर्फबाट हो र यदि कुनै कष्ट पुग्दछ भने पुकारीहाल्छन् कि यो तिम्रो कारणले हो । भनिदेऊ कि सबै अल्लाहको तर्फबाट नै हो, यिनीहरूलाई के भएको छ कि कुनै कुरा बुझ्ने नजिक पनि छैनन् ।

    [79] तिमीलाई जुन भलाई प्राप्त हुन्छ, त्यो अल्लाहबाटै हो र जे नराम्रो हुन्छ त्यो तिम्रै आफ्नै कारणले आउँछ । हामीले तपाईलाई सबै मानिसहरूसम्म सन्देश पुर्याउनका लागि पैगम्बरको रूपमा पठाएका छौं र (यस कुराको) साक्षी अल्लाह नै पर्याप्त छ ।

    [80] जुन मानिसले रसूल(स.)को आज्ञापालन गर्दछ, उसैले अल्लाहको आज्ञापालन गरे सरह मानिन्छ र जसले आज्ञा उल्लंघन गर्दछन् र विमुख हुन्छन् हे पैगम्बर(स.) ! तपाईलाई यिनीहरूमाथि रक्षक बनाई पठाइएको छैन ।

    [81] यी मानिसहरू मुखले त भन्दछन् कि (तपाईको) आज्ञाकारी हौं, तर तपाईबाट अलग भएर गइसकेपछि तिनीहरूमध्ये एक समूहले रातिमा तपाईको कुराको विरोधमा सरसल्लाह गर्दछन् । र अल्लाहले उनीहरूको रातीका कुराहरू लेखिराखेको छ । तसर्थ यिनीहरूको वास्ता नगर्नुस् र अल्लाहमाथि भरोसा गर्नुस् र अल्लाह नै सबै काम पुरा गर्न सक्षम छ ।

    [82] के यिनीहरू कुरआनमा चिन्तन–मनन् गर्दैनन् ? यदि यो अल्लाह बाहेक अरु कसैको तर्फबाट भएको भए त्यसमा निःसन्देह (धेरै) विरोधाभाषपूर्ण कुराहरू पाउने थिए ।

    [83] जब तिनीहरूकहाँ अमन वा भयको कुनै समाचार आउँछ भने त्यसलाई प्रसारित गर्न थाल्छन् जब कि त्यो समाचारलाई पैगम्बर (स.) र आफ्ना बुद्धिजीविहरूकहाँ सुम्पेको भए त उनीहरूले परिाणाम निकालिएको कुराको तथ्य थाहा पाउँदथे । र यदि तिमीमाथि अल्लाहको कृपा र दया नभएको भए त केही बाहेक सबै शैतानका अनुयायी हुने थिए ।

    [84] तसर्थ (हे मुहम्मद स. !) तपाई अल्लाहको मार्गमा धर्मयुद्ध गर्नुस् । तपाई उपर आफू बाहेक अरु कसैको जिम्मेवारी छैन र मोमिनहरूलाई पनि प्रोत्साहित गर्ने गर्नु । सम्भव छ कि निकट भविष्यमै अल्लाहले काफिरहरूको युद्ध रोकिदेओस् र अल्लाह सर्वशक्ति सम्पन्न र कठोर सजाय दिनेवाला छ ।

    [85] जुन व्यक्तिले असल कामको लागि सिफारिश गर्दछ, उसले पनि त्यसबाट केही भाग प्राप्त गर्नेछ र जसले नराम्रो कुराको सिफारिश गर्नेछ उसले त्यसको केही अंश पाउनु पर्नेछ । र अल्लाह प्रत्येक कुरोमाथि सर्वशक्ति सम्पन्न छ ।

    [86] र जब कुनै व्यक्तिले तिमीलाई सलाम गरोस् त तिमीले पनि त्योभन्दा राम्रो शब्दमा जवाफ देऊ वा तिनै शब्दमा सलाम फर्काऊ । निःसन्देह अल्लाह सबै हिसाब गर्नेवाला छ ।

    [87] अल्लाह त्यो वास्तविक रब हो जस बाहेक अरु कोही पूजा योग्य छैन । उसले निःसन्देह कियामतको दिन तिमी सबैलाई एकत्रित गर्नेछ जसको आउनुमा कुनै शंका छैन । र अल्लाहभन्दा बढी सच्चा को छ

    [88] तिमीहरूलाई के भएको छ कि तिमी मुनाफिकहरूको सम्बन्धमा दुई समूहमा विभाजित भइरहेका छौ । अल्लाहले तिनीहरूलाई तिनकै क्रियाकलापले गर्दा तिरस्कृत गरिहालेको छ । के तिमीहरूले अब यो योजना बनाउँदैछौ कि जसलाई अल्लाहले वास्तविक बाटोबाट टाढा फ्याँकिसकेको छ उसलाई तिमीहरूले सही बाटोमा ल्याउने छौ ? जसलाई अल्लाहले मार्गभ्रष्ट गरिसक्यो त्यसलाई तिमीले कहिल्यै सही बाटोमा ल्याउन सक्दैनौ ।

    [89] तिनीहरूले त यो चाहन्छन् कि जुन प्रकारले तिनीहरू आफै काफिर छन्, त्यस्तै तिमी पनि अवज्ञाकारी भई सबै एकनास भइहाल, तसर्थ जबसम्म अल्लाहको मार्गमा यिनीहरू प्रवास (हिजरत) गर्दैनन तबसम्म तिनीहरूमध्ये कसैलाई वास्तविक मित्र नबनाउनु । फेरि विरोधी भएपछि जहाँ फेला पर्छन्, समातेर मारिहाल र तिनीहरूमध्ये कसैलाई आफ्नो हितैषी र साथी नबनाऊ ।

    [90] तर ती मानिसहरू बाहेक जसले कि यस्तो समूहसँग जसको र तिम्रो बीचमा सम्झौता भइसकेको छ, अथवा तिनिहरू तिमीनिर यसरी आएका छन् कि तिनीहरूका हृदय तिमीसँग अथवा आफ्नो समूहसँग युद्ध गर्न सक्दैनन् र यदि अल्लाहले चाहेको भए तिनीहरूले तिमीमाथि वर्चस्व राख्न सक्दथे र तिनीहरूले अवश्य नै युद्ध गर्दथे । तसर्थ यदि तिनीहरूले तिमीसँग युद्ध गर्नुबाट पन्छिन्छन् र तिमीकहाँ (शान्ति) सम्झौताको सन्देश पठाउँछन् भने अल्लाहले तिम्रो निम्ति तिनीहरूसँग युद्ध गर्न कुनै बाटो खोलेको छैन ।

    [91] तिमीले केही अन्य यस्ता मानिसहरू पनि पाउने छौ जो चाहन्छन् कि तिमीसित पनि शान्तिपूर्वक रहुन् र आफ्नो कौममा (जातिमा) पनि सुरक्षित रहुन् तर जब दंगा फसाद उत्पन्न गर्न बोलाइन्छन् त त्यसमा आकृष्ट भई सक्रिय भइहाल्छन् । तसर्थ यस्ता मानिसहहरू यदि तिमीसित संयम नअपनाई तिमीतिर शान्तिका लागि संवाद गर्दैनन् र आफ्ना हातलाई रोक्दैनन् भने जहाँ पाए पनि तिनलाई समातेर मार । यी तिनै हुन् जसमाथि हामीले तिम्रो अधिपत्य (वर्चस्व) निश्चित गरेका छौं ।

    [92] कुनै मोमिनले अर्को मोमिनलाई मार्नु कुनै अवस्थामा पनि उचित छैन, तर गल्तीबाट मारिहालेको छ भने अर्को कुरा हो र कसैले भूलबाट मार्दछ भने अल्लाहको आदेश छ कि त्यसले एउटा मुसलमान दासलाई मुक्त गरोस् र साथै मृतकका उत्तराधिकारीहरूलाई रगत बगाए बापतको क्षतिपूर्ति रकम दिइयोस् । तर हो, यदि तिनीहरूले माफ गरिदिन्छन् भने यो उनीहरूको आफ्नो इच्छाको कुरो हो । यदि मारिएको मानिस तिम्रा शत्रुको समूहको छ र त्यो स्वयं मोमिन छ भने एउटा मुसलमान गुलामलाई मुक्त गर्नुपर्दछ र यदि मारिएको व्यक्ति यस्ता मानिसहरूमध्येको छ जोसँग तिम्रो कुनै मैत्रि सन्धि छ भने उसको उत्तराधिकारीहरूलाई रगतको क्षतिपूर्ति रकमका साथै एउटा मुसलमान दासलाई मुक्त गर्नुपर्छ । अतः जसलाई साधन र क्षमता छैन, तिनीहरूले अनिवार्यरूपले दुई महिनाको व्रत बस्नु पर्छ । यो पश्चाताप अल्लाहबाट माफी पाउनका लागि हो र अल्लाह सर्वज्ञानी र बडो बुद्धिमत्ता सम्पन्न छ ।

    [93] यदि कुनै मानिस जानी बुझिकन कुनै मुसलमानलाई मारिदिन्छ भने उसको सजाय नर्क हो । जहाँ ऊ सधैं बास पाउने छ र अल्लाहको क्रोध र अभिशापको पात्र हुनेछ र यस्तो मानिसको लागि उसले कठोर सजाय तयार राखेको छ ।

    [94] हे मोमिनहरू ! जब तिमी अल्लाहको मार्गमा (जिहादको लागि) जान्छौ त बडो छानविनले काम गर्ने गर र जुन मानिसले तिमीसित अस्सालमुअलैकुम भन्दछ उसलाई तिमी मोमिन होइनौ भनि नभन । र, जसबाट तिम्रो उद्देश्य सांसारिक लाभ प्राप्त गर्नु छ भने अल्लाहसित यस्ता फाइदाका सामग्रीहरू थुप्रै छन् । तिमी पनि त पहिला यस्तै थियौ र पछि अल्लाहले तिमीमाथि आफ्नो कृपा गर्याे । तसर्थ तिमी राम्ररी छानबिन गर्ने गर । निःसन्देह जुन कर्महरू तिमीले गर्दछौ, सबै अल्लाहलाई थाहा छ ।

    [95] अल्लाहको मार्गमा आफ्ना सम्पत्ति र ज्यानले युद्ध गर्ने मोमिन र बिना उचित कारण बसिरहने मोमिन एक समान हुन सक्दैनन् । अल्लाहले, आफ्ना ज्यान र मालसित युद्ध गर्ने मोमिनलाई त्यसै बसिराख्ने माथि धेरै श्रेष्ठता प्रदान गरेको छ, यद्यपि अल्लाहले सबै मोमिनलाई राम्रो स्थानको वचन दिएको छ तर ठूलो पुरस्कारको दृष्टिकोणले अल्लाहले जिहाद गर्नेहरूलाई, बसिराख्नेमाथि महानता प्रदान गरेको छ ।

    [96] (अर्थात) आफ्नो तर्फबाट प्रदान गरिएका दर्जा पनि, पुरस्कार पनि र कृपा पनि छ र अल्लाह क्षमादाता दयालु छ ।

    [97] जुन मानिस आफूमाथि अत्याचार गर्नेवाला छन्, जब तिनका प्राण निकाल्ने बेलामा फरिश्ताहरूले सोध्छन् तिमी कुन अवस्थामा थियौ त भन्दछन् कि हामी आफ्नो ठाउँमा कमजोर र असहाय अवस्थामा थियौं । (अनि) फरिश्ताहरूले सोध्छन् कि त्यहाँबाट बसाई सर्न के अल्लाहको धरती फराकिलो थिएन ? त्यस्ता मानिसहरूको बासस्थान नर्क हुनेछ, र त्यो जानु पर्ने अति नराम्रो ठाउँ हो ।

    [98] तर ती पुरुष, र स्त्री र केटाकेटीहरू बाहेक जो साँच्चै कमजोर र अशक्त छन्, जोसँग न त कुनै साधन छ, न त कुनै जाने बाटोको ज्ञान ।

    [99] धेरै सम्भव छ कि यस्तालाई अल्लाहले क्षमा गरिदेओस्, अल्लाह क्षमादाता (र) माफी प्रदान गर्नेवाला छ ।

    [100] जुन मानिस आफ्नो घरबार छाडि अल्लाहको बाटोमा लाग्छ उसले धर्तीमा शरणको निम्ति प्रशस्त ठाउँ र जीविका पनि पाउने छ र जुन मानिस आफ्नो घर छाडि अल्लाह र त्यसको रसूलको मार्गमा लाग्नेछ, यदि उसको मृत्यु प्रवासमा हुन्छ भने त्यसको पुरस्कार पनि अल्लाह छेउ निश्चित भइहाल्यो र अल्लाह बडो क्षमा प्रदान गर्नेवाला दयालु छ ।

    [101] जब तिमी (घर छाडि) यात्राको निम्ति बाहिर जान्छौ त त्यसबेला नमाजमा कमी (कस्र) गरी पढे पनि कुनै गुनाह छैन, यदि तिमीलाई डर छ कि तिमीलाई काफिरबाट दुःख दिइनेछ निःसन्देह काफिरहरू तिम्रो खुल्लमखुल्ला शत्रु हुन् ।

    [102] जब तिमी तिनीहरूमा हुन्छौ र तिनीहरूलाई नमाज पढाउँदछौ भने, यो आवश्यक छ कि एउटा समूह तिम्रो साथमा हतियार सहित उभिराखोस् जब यस समूहले ढोग गरिसकोस् तब त्यहाँबाट हटेर तिम्रो पछाडी आओस् र अर्को समूह जसले नमाज पढेको छैन, त्यस ठाउँमा आओस् र (सतर्क र सशस्त्र भई) तिम्रो साथमा नमाज पढोस् । काफिरहरू चाहन्छन् कि कुनै प्रकारले तिमी आफ्नो हतियार र सामानहरूप्रति अलिकति पनि असावधान होउ, अनि तिनीहरूले तिमीमाथि एक्कासि आक्रमण गरुन् । हो, यदि तिमी वर्षाको कारण कुनै कष्टमा वा विरामी छौ भने आफूसँग भएको हतियार नबोक्नुमा कुनै गुनाह छैन, तर आफ्नो सुरक्षाको सामान साथमा राख्नु । निश्चय नै अल्लाहले काफिरहरूको निम्ति तिरस्कारपूर्ण दण्ड तयार गरेको छ ।

    [103] तिमीले नमाज पढिसकेपछि उठ्दा, बस्दा र पल्टदा प्रत्येक अवस्थामा अल्लाहलाई याद गर्ने गर । फेरि जब संतुष्ट होऊ तब नमाज पढ्दै गर । निःसन्देह मोमिनहरूलाई निर्धारित समयमा नमाज पढ्नु अनिवार्य छ ।

    [104] उनीहरूलाई पछ्याउनबाट हार मानेर नबस्नु । यदि तिमीलाई कुनै कष्ट हुन्छ भने त्यस्ता कष्टहरू तिनीहरूलाई पनि हुन्छ, तर तिमीलाई अल्लाहबाट यस्ता आशाहरू छन्, जुनकि तिनीहरूलाई छैन । र अल्लाह सबै कुराको ज्ञाता र कौशल सम्पन्न छ ।

    [105] निःसन्देह हामीले तिमीलाई सत्यताको साथ आफ्नो किताब पठाएका छौं, ताकि अल्लाहले तिमीलाई दिएको ज्ञान अनुसार तिमी मानिसहरूका मुद्दाको निसाफ गर्न सक र धोकेबाजहरूको समर्थन नगर्नु ।

    [106] र अल्लाहसँग क्षमाको लागि प्रार्थना गर । निःसन्देह अल्लाह क्षमादाता, अत्यन्त दयालु छ ।

    [107] र जुन मानिस आफूबाटै कपट राख्दछन्, त्यस्ताको तर्फबाट विवाद नगर्नु, किनभने अल्लाहले कपट गर्ने र बेईमानहरूलाई प्रेम गर्दैन ।

    [108] तिनीहरू मानिसहरूबाट त लुक्न सक्दछन् तर अल्लाहबाट लुक्न सक्दैनन् । जब यिनीहरू रातिराति आपसमा ती कुराहरूबारे छलफल गर्दछन्, जसलाई अल्लाहले रुचाउँदैनन् । त्यतिखेर पनि अल्लाह यिनीहरूको नजीक हुने गर्दछ । अल्लाहले यिनीहरूका सम्पूर्ण क्रियाकलापलाई आफ्नो घेरामा राखेको छ ।

    [109] हो तिमी त्यही नै हौ जसले सांसारिक जीवनमा त तिनीहरूको पक्ष लियौ, तर कियामतको दिन (प्रलयको दिन) तिनीहरूको तर्फबाट अल्लाहसँग कसले पक्ष लिने छ ? र त्यो को हो जसले तिनीहरूको वकालत गर्न सकोस्

    [110] जुन मानिसले कुनै गुनाह गर्छ वा आफूलाई नै नराम्रो हुने कुनै काम गर्दछ र पछि अल्लाहसँग क्षमा माँग्दछ भने त्यसले अल्लाहलाई क्षमादाता दयालु पाउनेछ ।

    [111] र यदि कसैले गुनाह गर्दछ भने त्यसको भारी उसैमाथि छ र अल्लाह सर्वज्ञाता र सर्वबुद्धि सम्पन्न छ ।

    [112] र जुन मानिसले कुनै गल्ती वा पाप गरेर त्यसको आरोप कुनै निर्दोषमाथि थोपार्दछ, उसले खुला गुनाह र झूठो आरोपको भारी आफ्नै टाउकोमा बोकिहाल्यो ।

    [113] यदि तिमीमाथि अल्लाहको कृपा र दया नभएको भए, तिनीहरूमध्ये एउटा समूहले तिमीलाई मार्गबाट विचलित गराउन प्रण नै गरिसकेको थियो तर वास्तवमा तिनीहरू आफूलाई नै कुबाटोमा लगाइरहेका छन् । र यिनीहरूले तिम्रो केही पनि बिगार्न सक्दैनन् । अल्लाह तिमीलाई ग्रन्थ र बुद्धिमत्ता प्रदान गर्याे र तिमीलाई ती कुराहरूको ज्ञान दियो जुनकि तिमीलाई थाहा थिएन र तिमीमाथि अल्लाहको ठूलो कृपा छ ।

    [114] तिनीहरूका धेरै जसो गोप्य छलफलमा भलाई छैन । तर हो, त्यस मानिसको सरसल्लाहमा छ, जसले दान वा असल काम वा आपसमा मेलमिलापको कुरा गर्दछ, जसले अल्लाहको प्रसन्ताको लागि यो काम गर्दछ भने हामीले त्यसलाई ठूलो पुरस्कार प्रदान गर्ने छौं ।

    [115] यदि कुनै मानिस सही बाटो थाहा पाइसकेपछि पनि रसूलको विरोध गर्दछ र अन्य मोमिनहरूको बाटो छाडि आर्को बाटोमा लाग्दछ भने हामीले त्यसलाई सोही बाटोमा छाडिदिन्छौं, र त्यसलाई जहन्नममा हाल्नेछौं र त्यो जानु पर्ने अति नै नराम्रो ठाउँ हो ।

    [116] अल्लाहले उसलाई क्षमा गर्दैन जसले कसैलाई अल्लाहको साझेदार बनाउँछ तर यस बाहेक अन्य जस पापलाई चाहन्छ, क्षमा गर्नेछ र जसले कसैलाई अल्लाहको साझेदार ठह्रायो, त्यसले आफ्नो सही बाटो छाडि धेरै कुबाटोमा लागिसकेको हुन्छ ।

    [117] यिनीहरूले त अल्लाहलाई छोडेर स्त्रीहरूलाई पुकार्दछन् र वास्तवमा यिनीहरू उदण्ड शैतानलाई मात्र पूज्दछन् ।

    [118] र अल्लाहले त्यसलाई धिक्कृत गर्याे तर उसले अल्लाहका सेवकहरूमध्येबाट एउटा निश्चित भाग लिने कम्मर कसेको छ ।

    [119] र (शैतानले भन्दछ) तिनीहरूलाई सही बाटोबाट विचलित गराइरहने छु र अनुचित आशा दिलाइरहने छु र तिनलाई सिकाउने छु कि जनावरहरूको कान चिर्ने गर र भन्ने गर्दछु कि अल्लाहबाट रचना गरिएको रूपलाई बिगार्ने गर । हेर जसले अल्लाहलाई छाडि शैतानलाई आफ्नो मित्र बनाउँछ, त्यो खुलारूपमा हानिमा पर्नेछ ।

    [120] त्यसले तिनीहरूलाई झूठो वचन दिंदैरहने छ र आशा दिलाइरहने छ । र शैतानले जे जति वचन तिनीहरूलाई दिन्छ, ती सबै धोका बाहेक अरु केही पनि होइन ।

    [121] यस्ता मानिसहरूको बासस्थान जहन्नम (नर्क) हो र तिनीहरूले त्यहाँबाट कुनै मुक्तिको ठाउँ पाउँने छैनन् ।

    [122] र जसले ईमान ल्याउँछन् र सत्कर्म गर्दछन्, तिनलाई हामीले ती स्वर्गमा प्रवेश दिनेछौं, जसमुनि नहरहरू बगिराखेका छन् । यिनी सधैं त्यसैमा रहनेछन् । यो अल्लाहको सत्य वाचा हो र अल्लाहभन्दा वचनको पक्का को हुनसक्दछ

    [123] वास्तविक स्थिति न त तिम्रो इच्छा अनुसार हुन्छ, न त अहले–किताबको इच्छामा निर्भर हुन्छ । जसले नराम्रो कर्म गर्नेछ, त्यसले सोही अनुसारको दण्ड पाउने छ र उसले कसैलाई पाउने छैन जसले अल्लाह समक्ष उसको सिफारिश वा मद्दत गर्न सकोस् ।

    [124] जसले सद्कर्म गर्दछ, चाहे त्यो पुरुष होस् वा स्त्री, ईमान भएको छ भने यस्ता मानिसहरूले जन्नतमा (स्वर्गमा) प्रवेश पाउने छन् र तिनीहरूप्रति खजूरको गुठलीको फाँक बराबर (अलिकति) पनि अन्याय गरिने छैन ।

    [125] त्यो मानिसभन्दा राम्रो कसको धर्म हुन सक्दछ जसले अल्लाहको आदेश स्वीकार गर्दछ र सद्कर्म पनि गर्दछ र साथै इब्राहीम (अलैहिस्सलाम)को धर्मको पनि अनुपालन गर्दछ जुन एकेश्वरवादी हुनु हुन्थियो अल्लाहले इब्राहीमलाई आफ्नो मित्र बनाएको छ ।

    [126] आकाशहरू र पृथ्वीमा जे जति छ सबै अल्लाहको हो र सम्पूर्ण ब्रह्माण्ड उसैको घेरामा छ ।

    [127] तपाईसँग स्त्रीहरूको बारेमा आदेश माँग्दछन्, भनिदिनुस् कि अल्लाह आफैले तिनीहरूको सम्बन्धमा आदेश दिइरहेको छ र कुरआनका जो आयतहरू जुन अनाथ स्त्रीहरूको बारेमा छ, जसलाई तिमीले तिनले पाउनु पर्ने हक (मेहर) दिदैनौ र तिनीहरूसँग निकाह गरिहाल्ने इच्छा राख्दछौ र साथै निःसहाय केटाकेटीहरूको बारेमा र अनाथहरूको साथ न्यायपूर्ण व्यवहार गर्ने गर । तिमीले जे जति उपकारको काम गर्दछौ, त्यो सबै अल्लाहलाई थाहा छ ।

    [128] यदि कुनै स्त्रीलाई आफ्नो लोग्नेबाट अन्याय वा लापरवाहीको भय छ भने लोग्ने स्वास्नीले आपसमा जे सम्झौता गर्दछन् दुवैलाई कुनै गुनाह छैन, समझ्दारी बहुत राम्रो कुरा हो । सबै मानिसको मनमा लोभ प्रवृत्ति भरिएको छ । यदि तिमी असल व्यवहार र आत्मसंयमी बन्दछौ भने अल्लाहलाई तिम्रा सम्पूर्ण क्रियाकलापबारे थाहा छ ।

    [129] तिमीबाट यो सम्भव छैन कि आफ्ना सबै स्वास्नीहरूसित चाहँदा चाहँदै पनि समान रूपले न्याय गर्न सक, तसर्थ एउटैतिर ढल्केर अर्कोलाई अधकल्चोमा नछोडने गर र यदि तिमी सुधार गर्दछौ र आत्मसंयमी बन्दछौ भने अल्लाह निश्चय नै ठूलो क्षमादाता र दयावान छ ।

    [130] यदि लोग्ने र स्वास्नी एक अर्काबाट छुटिन्छन् भने अल्लाहले प्रत्येकलाई आफ्नो अति दानशीलताले प्रशस्त साधन प्रदान गर्नेछ र अल्लाह अति उदारकर्ता र बुद्धिमत्ता सम्पन्न छ ।

    [131] आकाशहरू र धरतीका सबै वस्तु अल्लाहकै सम्पत्ति हुन् र वास्तवमा जसलाई तिमीभन्दा अगाडि ग्रन्थ प्रदान गरिएको थियो, तिनीहरूलाई र तिमीलाई पनि यही आदेश गरिएको छ कि अल्लाहसित डर मान्ने गर ? र यदि मान्दैनौ भने (यादराख कि) जे जति आकाशहरूमा र पृथ्वीमा छ, सबै अल्लाहकै हो । र अल्लाह सबै आवश्यकताहरूबाट मुक्त र सम्पूर्ण प्रशंसित छ ।

    [132] जे जति आकाशहरूमा र पृथ्वीमा छन्, सबै अल्लाहकै अधीनमा छन् र सम्पूर्ण कार्य सम्पन्नताको लागि अल्लाह नै पर्याप्त छ ।

    [133] हे मानिसहरू ! अल्लाहले चाहेको खण्डमा तिमीहरू सबैलाई समाप्त गर्न सक्दछ । र अरु मानिसहरूलाई सृष्टि गरी ल्याउन सक्दछ र अल्लाह यस कुरामा सर्वशक्ति सम्पन्न छ ।

    [134] यदि कुनै मानिस संसारिक लाभ प्राप्त गर्न चाहन्छ, भने अल्लाहसित संसार र परलोक (दुवै) को लागि पुरस्कार तयार छ । र अल्लाह धेरै सुन्ने र देख्नेवाला हो ।

    [135] हे मोमिनहरू ! न्यायमा ढृदताका साथ कायम रहनेवालाहरू र अल्लाहको प्रसन्नताको लागि साँचो गवाही दिनेवाला बन । त्यो तिम्रो वा तिम्रो आमा–बुवा वा नातेदारहरूको विरुद्ध नै किन नहोस् । त्यो मानिस चाहे धनी होस् अथवा निर्धन, अल्लाह दुवैको हितैषी छ । तसर्थ तिमीले आफ्नै स्वार्थको पछि लागि न्यायलाई नछाडिदिनु । यदि तिमीले कुरा बङ्ग्याएर गवाही दिन्छौ वा साक्षी दिनुबाट पन्छिन्छौ भने (यादराख) अल्लाह तिम्रो सबै क्रियाकलाप राम्ररी जान्दछ ।

    [136] हे मोमिनहरू ! अल्लाहमाथि र उसको रसूलमाथि र जुन ग्रन्थ अल्लाहले आफ्नो पैगम्बरलाई प्रदान गरेको छ, र त्यसमाथि जुन ग्रन्थहरू त्यसभन्दा अगाडि उतारेको थियो, सबैमाथि आस्था राख । र जसले अल्लाह र फरिश्ताहरू र उसका ग्रन्थहरू र उसका पैगम्बरहरू र अंतिम दिनको इनकार गर्दछ ऊ पथभ्रष्ट भई वास्तविक मार्गबाट धेरै टाढा पुगिसकेको हुन्छ ।

    [137] जुन मानिसहरूले मुसलमान भएर फेरि काफिर भए, फेरि मुसलमान भए अनि फेरि काफिर भए फेरि अनास्थातर्फ बढदै गए त्यस्तालाई अल्लाहले न क्षमा गर्ने छ न त सही बाटो देखाउने छ ।

    [138] कपटीहरूलाई यसबारे समाचार सुनाइदिनु कि तिनीहरूको निम्ति कष्टदायक सजाय निश्चित छ ।

    [139] जसले मोमिनहरूलाई छाडि काफिरहरूलाई मित्र बनाउने गर्दछन् । के तिनीहरूकहाँ सम्मान प्राप्ति गर्न जान्छन ? सम्पूर्ण सम्मान त अल्लाहकै नियन्त्रणमा छ ।

    [140] र अल्लाहले तिमीलाई प्रदान गरेको ग्रन्थमा आदेश गरिसकेको छ कि जब तिमी कुनै सभा वा बैठकमा अल्लाहका आयतहरूलाई अस्वीकार गरिराखेको वा तिनको उपहास गरिराखेको सुन, तब त्यस सभामा तिनीहरूको साथमा नबस, जबसम्म तिनीहरू अर्को कुरा गर्न थाल्दैनन् । (अन्यथा) तिमी पनि त्यसबेला तिनीहरू जस्तै भइहाल्नेछौ । यसमा कुनै सन्देह छैन कि अल्लाह सबै मुनाफिक र काफिरहरूलाई नर्कमा एकत्रित गर्नेछ ।

    [141] यिनीहरूले तिम्रो परिणाम हेरिराखेका हुन्छन्, फेरि यदि अल्लाहको तर्फबाट तिमीलाई विजय प्राप्त हुन्छ भने तिनीहरू भन्दछन कि के हामी तिम्रो साथमा थिएनौ । र यदि काफिरहरूलाई अलिकति वर्चस्व प्राप्त हुन्छ भने तिनीहरूसित भन्दछन् कि के हामीले जीत प्राप्त गर्न लागेका थिएनौ र के तिमीहरूलाई हामीले मुसलमानहरूबाट बचाएका थिएनौ ? तर अल्लाह तिनीहरूको निर्णय कियामतको दिन गर्ने छ । र अल्लाहले कहिल्यै पनि मुसलमानहरूमाथि काफिरहरूलाई विजय प्रदान गर्नेछैन ।

    [142] मुनाफिक (कप्टीहरू) अल्लाहलाई झुक्याउन खोज्छन् तर उसले तिनीहरूलाई यस झुक्यानको बदला दिनेछ । र जब नमाज पढ्न उभिन्छन् त्यतिखेर अल्छी भई उभिन्छन् अरुलाई देखाउनको लागि मात्र गर्दछन्, र अल्लाहलाई नाममात्रका लागि स्मरण गर्दछन् ।

    [143] तिनीहरू बीचमा परी झुण्डिराखेका छन् न तिनीहरूतिर पूरै हुन्छन् न यिनीहरूतिर, र जसलाई अल्लाहले मार्गबाट विचलित गर्दछ त्यसको निम्ति तिमीले कहिल्यै बाटो पाउँदैनौ ।

    [144] हे इमानवालाहरू ! मुसलमानहरूलाई छाडि काफिरहरूलाई आफ्ना मित्र नबनाऊ । के तिमी खुल्लारूपमा अल्लाहको दोषी बन्न चाहन्छौ

    [145] यसमा कुनै सन्देह छैन कि मुनाफिकहरू दोजखको (नर्कको) सबैभन्दा तल्लो भागमा ठाउँ पाउनेछन् । र तिमीले कसैलाई तिनीहरूको सहायता गरेको पाउने असम्भव छ ।

    [146] हो जसले पश्चाताप गरिहाले र आफ्नो अवस्थामा सुधार गरे र अल्लाहमाथि पूरै विश्वास गरे र खास अल्लाहकै लागि संसारमा धार्मिक कर्म गर्दछन् भने त्यस्ता मानिसहरू मोमिनहरूको साथमा हुनेछन् । र अल्लाहले मोमिनहरूलाई ठूलो पुरस्कार प्रदान गर्नेछ ।

    [147] यदि तिमी अल्लाहप्रति कृतज्ञ हुन्छौ र त्यसमा विश्वास गर्दछौ भने तिमीलाई अल्लाहले किन सजाय दिने छ ? र अल्लाह ठूलो गुणपारखी र परम् ज्ञानी छ ।

    [148] अन्याय भएको व्यक्ति बाहेक अरु (कसै) लाई नराम्रो कार्यको समर्थनमा आवाज उठाउनु अल्लाह मनपराउँदैनन् । र अल्लाह राम्ररी सुनने र जाननेवाला छ ।

    [149] चाहे तिमीहरू राम्रो काम खुलमखुल्ला वा छिपाएर गर अथवा नराम्रो कामलाई क्षमा गर्दछौ त निःसन्देह अल्लाह ठूलो क्षमा दाता, अति शक्तिशाली छ ।

    [150] जुन मानिसहरूले अल्लाह र उसका पैगम्बरहरूलाई इन्कार गर्दछन् र अल्लाह र उसको पैगम्बरहरूबीच विभाजन गर्न चाहन्छन् र भन्दछन् कि हामीले केही नबीहरूलाई मान्दछौं र केहीलाई मान्दैनौं र ईमान र कुफ्रको बीचमा एउटा बाटो निकाल्न चाहन्छन् ।

    [151] उनीहरू निःसन्देह काफिर हुन् र काफिरहरूको लागि हामीले अपमानित सजाय तयार गरिसकेका छौं ।

    [152] र जुन मानिसहरू अल्लाह र उसका सबै पैगम्बरहरूमाथि विश्वास राख्दछन् र तिनीहरूमा कुनै भेदभाव गर्दैनन्, यिनीहरू नै ती मानिस हुन जसलाई अल्लाहले छिटै तिनीहरूको (राम्रो कर्मको) फल प्रदान गर्ने छ र अल्लाह क्षमादाता र दयावान छ ।

    [153] (हे मुहम्मद) तपाईसित ‘‘अहले किताब’’ (यहूदी–ईसाई) माँग गर्दछन् कि तपाईले तिनीहरूका लागि आकाशबाट कुनै ग्रन्थ प्रदान गराउनुस् । यिनीहरू त मूसा (पैगम्बर)सँग यो भन्दा ठूला ठूला माँग गरेका थिए, कि अल्लाहलाई हाम्रो सामु ल्याऊ (अर्थात हाम्रो आँखाको अगाडि ल्याई प्रत्यक्ष देखाऊ) तसर्थ तिनीहरूको यस अत्याचारको कारण तिनीहरूमाथि ठूलो चट्याङ्ग खस्यो । अनि स्पष्टरूपले निशानीहरू आए पछि पनि तिनीहरू बाछोलाई आफ्नो पूज्य बनाए तर हामीले तिनीहरूलाई क्षमा गर्यौं र मूसालाई प्रत्यक्ष प्रमाणसहित अधिकार प्रदान गर्यौं ।

    [154] र तिनीहरूसित वाचा लिदैं हामीले तिनीहरू सामुन्ने तूर पर्वतलाई खड़ा गर्यौं र तिनीहरूलाई आदेश गर्यौं कि ढोकाभित्र ढोगदै प्रवेश गर र यो पनि आदेश दिऔं कि शनिवारको दिन आदेशको उल्लंघन नगर र तिनीहरूबाट हामीले दृढ प्रतिज्ञा लिऔं ।

    [155] यो सजाय पनि तिनीहरूको वचन भंग गर्नाले र अल्लाहका आयतहरूबाट इन्कार गर्नाले र नबीहरूको (अल्लाहकादूतको) अवज्ञा गरी बिना कारण हत्या गर्नाले र यो भन्नाले कि हाम्रो हृदय आवरणले ढाकिएका छन्, अपितु उनीहरूको कुफ्र (अवज्ञा) को कारण तिनीहरूको हृदयलाई अल्लाहले मोहरबन्द गरिदिएका छन त्यस कारण तिनीहरूले कमै ईमान ल्याउँछन् ।

    [156] र तिनीहरूको नास्तिकतालेगर्दा र मरियममाथि गम्भीर दोषारोपणको कारणले पनि ।

    [157] र यो भन्नाको कारणले कि हामीले मरियमको छोरा अल्लाहको रसूल ईसा मसीहलाई हत्या गरिसकेका छौं जबकि न तिनीहरूले ईसाको हत्या गरे न त उनलाई सूलीमा चढाए बरु तिनीहरूलाई उनीकै (ईसा मसीह) रूप जस्तो प्रतीत हुने आकार बनाइएको थियो । विश्वास गर जुन मानिसहरू उनको सम्बन्धमा मतभेद गर्दछन् तिनीहरू उनको वास्तविक स्थितिबारे शंकामा परेका छन् र भ्रम बाहेक तिनीहरूलाई अरु कुनै ज्ञान छैन, र तिनीहरूले निःसन्देह ईसाको हत्या गर्न सकेनन् ।

    [158] बरु अल्लाहले उनलाई आफूतिर उठाई लग्यो र अल्लाह सर्वशक्तिशाली तत्वदर्शी हो ।

    [159] र ‘‘अहले किताबमध्ये कोही बाँकी रहनेछैन जसले हजरत ईसाको मुत्युभन्दा अगाडि नै उनीमाथि विश्वास’’ नगरोस् र कियामतको दिन उनी तिनीहरू विरुद्ध साक्षी हुनेछन् ।

    [160] तसर्थ यहुदीहरूको अत्याचारको कारणले धेरै जसो वैध (हलाल) वस्तुहरूलाई तिनीहरूको निम्ति हराम (अवैध) बनाइदिऔं र यस कारणले पनि कि तिनीहरू धेरै मानिसहरूलाई अल्लाहको मार्गबाट रोकदैथे ।

    [161] र यस कारणले पनि कि निषेधित गरिए तापनि सूद (व्याज) लिने गर्दथे र यस कारणले पनि कि अरुको धन–सम्पत्ति गलत तरिकाले खाइदिन्थे र तिनीहरूमध्ये जो काफिर छन्, तिनका निम्ति हामीले कष्ट दायक सजाय तयार गरिसकेका छौं ।

    [162] तर तिनीहरूमध्ये जो राम्रो ज्ञानी छन् र जो मोमिन छन्, तिनीहरूले यस किताबमाथि जुन तपाईमाथि उतारियो र जुन किताब तपाईभन्दा पहिला उतारिए सबैमाथि आस्था राख्दछन् र नमाज पढ्दछन् र जकात (धर्मदाय) दिदाछन् र अल्लाह र कियामतको दिनमाथि आस्था राख्दछन्, तिनीहरूलाई हामीले (शीघ्र नै) ठूलो पुरस्कार प्रदान गर्नेछौं ।

    [163] (हे मुहम्मद !) हामीले तपाईलाई त्यस्तै प्रकारले अल्लाहको सन्देश (वह्य) पठाएका छौं, जुन किसिमले नूह (अलैहिस्सलाम) र उनीभन्दा पछिका पैगम्बरहरूतर्फ पठायौं, र हामीले अल्लाहको सन्देश इब्राहीम (अलैहिस्सलाम) इस्माईल (अलैहिस्सलाम), इस्हाक (अलैहिस्सलाम), यअ्कूब (अलैहिस्सलाम) र उनका सन्तानहरूमाथि तथा ईसा (अलैहिस्सलाम), अय्यूब (अलैहिस्सलाम), यूनुस (अलैहिस्सलाम), हारून (अलैहिस्सलाम) र सुलैमानतर्फ पठायौं र हामीले दाऊद (अलैहिस्सलाम)लाई ‘‘जबूर’’ प्रदान गर्यौं ।

    [164] र धेरै पैगम्बरहरू यस्ता छन् जसको बारेमा हामीले तपाईसित यसभन्दा अघि नै भनिसकेका छौं र धेरै यस्ता छन् जसको सम्बन्धमा तपाईलाई केही भनेका छैनौं । र मूसासित त अल्लाहले प्रत्यक्ष कुरा पनि गर्यो ।

    [165] हामीले उनीलाई रसूल बनायौं । सुसमाचार सुनाउने र सावधानकर्ता ताकि पैगम्बरहरूको आगमनपछि मानिसहरूलाई अल्लाहमाथि दोष लगाउने मौका र विवाद नहोस् र अल्लाह सर्वशक्तिमान र तत्वदर्शी छ ।

    [166] अल्लाहले जे जति तपाईतिर उतारेको छ उसको बारेमा स्वयम् गवाही दिन्छ कि उसले आफ्नो ज्ञानले उतारेको छ र फरिशताहरू पनि गवाही दिन्छन् र स्वयम् अल्लाह नै साक्षी पर्याप्त छ ।

    [167] जसले कुफ्र गरे र (मानिसहरूलाई) अल्लाहको बाटोमा जानुबाट रोके, तिनीहरू आफै विचलित भई सही मार्गबाट धेरै पर पुगे ।

    [168] जसले कुफ्र गरे र अन्याय गरिरहे, अल्लाहले निश्चय नै तिनलाई न क्षमा गर्नेछ न त तिनको मार्ग–दर्शन गर्नेछ ।

    [169] हो, नर्कको बाटो, जसमा तिनीहरू सधैं सधैं रहनेछन् र अल्लाहको लागि यो सजिलो छ ।

    [170] हे मानिसहरू ! अल्लाहको पैगम्बर तिमीहरूछेउ सत्य कुरा लिएर आएका छन् तसर्थ तिमीहरू ईमान ल्याऊ यही नै तिम्रो निम्ति हितकर छ । र यदि तिमी काफिर भयो भने (यादराख) कि जे जति आकाशहरूमा र जमिनमा छन् सबै अल्लाहकै हुन् । र अल्लाह सर्वज्ञ एवं तत्वदर्शी छ ।

    [171] हे अहले किताब ! (यहूदी–ईसाई) आफ्नो धर्मको सीमोल्लङघन नगर र अल्लाहको बारेमा सत्य बाहेक अरु केही नभन । मरियमका छोरा ईसा मसीह (न त अल्लाह थिए न अल्लाहका छोरा बरु) अल्लाहका रसूल मात्र र उसको पवित्र सन्देशवाहक मात्र थिए, जो अल्लाहको वाणीबाट सृष्टि भए जसलाई अल्लाहले मरियमलाई प्रदान गरेको थियो र उसको तर्फबाट पठाइएका एउटा रूह (आत्मा) थिए, तसर्थ तिमीहरूले अल्लाह र उसका सबै रसूलहरूमाथि आस्था राख र नभन कि अल्लाह तीनवटा छन् र यो धारणाबाट टाढा रह किनकि तिम्रो निम्ति यही नै राम्रो छ । अल्लाह एउटै मात्र पूजनीय छ र यस कुरासँग उसको कुनै सम्बन्ध छैन कि उसका सन्तान छन् । जे जति आकाशहरूमा र जमिनमा छन् सबै उसैको हुन् र अल्लाह नै संरक्षक स्वरूप पर्याप्त छ ।

    [172] मसिहले अल्लाहको भक्त हुनुमा कदापि अपमान ठान्दैनन् र नत सान्निघ्य फरिशताहरूले उसको उपासनालाई आफ्नो अपमान ठान्छन् र जसले उसको उपासनालाई आफनो अपमान ठान्छन् र घमण्ड गर्छन अल्लाह उनी सबैलाई आफूनिर एकत्रित गर्नेछ ।

    [173] यसर्थ जसले ईमान ल्याएका छन् र सत्कर्म गरेका छन्, उसले तिनलाई पूरा प्रतिफल प्रदान गर्नेछ र आफ्नो कृपाले अरु बढी नै प्रदान गर्नेछ र जसले अपमान ठाने र घमण्ड गरे, तिनलाई कष्टदायक सजाय दिनेछ र यिनीहरूले अल्लाह बाहेक कसैलाई आफ्नो समर्थक र सहयोगी पाउँने छैनन् ।

    [174] हे मानिसहरू ! तिम्रो रबबाट तिम्रो पासमा स्पष्ट प्रमाण आइसकेको छ र हामीले तिमीतिर चम्किने प्रकाश पठाइसकेका छौं ।

    [175] तसर्थ जसले अल्लाहमाथि आस्था राखे र उसलाई दृघतापुर्वक समातिराखे त त्यसले तिनलाई आफ्नो दया र कृपा छिटै प्रदान गर्नेछ र तिनलाई आफूतिर (पुग्नुको लागि) सोझो बाटो देखाउनेछ ।

    [176] (हे पैगम्बर !) मानिसहरूले तपाईसँग कलालाको सम्बन्धमा (कलाला भनेको त्यो व्यक्ति हो जसको वारिसको रूपमा बाबू र सन्तान नहोउन) अल्लाहको आदेश जान्न खोज्दै छन् । भनिदिनुस् कि अल्लाह आफैले कलालाको सम्बन्धमा यो आदेश गर्दछ कि यदि कुनै यस्तो व्यक्तिको मृत्यु हुन्छ जसको कुनै सन्तान छैन र त्यसको एउटी बहिनी अथवा दिदी छिन् भने मृतकको सम्पत्तिबाट आधा भाग पाउने छिन्, र यदि तिनको मृत्यु हुन्छ र कुनै सन्तान छैन भने तिनको (मृतक दिदी अथवा बहिनी) वारिस तिनकै भाइ हुनेछ र यदि दाजु वा भाइको मृत्यु हुन्छ र उसका दुईटा बहिनी अथवा दिदी वा दिदी बहिनी छिन् भने ती दुवैले (मृतकले छाडेर गएको सम्पत्तिको) दुई तिहाई भागको हकवाला हुनेछिन् र यदि भाइ र बहिनी अर्थात लोग्ने मान्छे र स्वास्नी मानिसहरू वारिस छन् भने लोग्ने मानिसको भाग, स्वास्नी मानिसको भागको दुईगुणा हुनेछ । अल्लाहले (यी आदेशहरू) तिमीसित यस कारणले वर्णन गर्दछ कि तिमीले भूल गर्दै नहिंड र अल्लाह हरेक कुराको ज्ञाता छ ।

    Surah 5
    अल–माइदह

    [1] हे ईमानदार मानिसहरू! आफ्ना वाचाहरूलाई पूरा गर । तिम्रा लागि चार खुट्टे जनावरहरू(घास चर्ने पशुहरू) हलाल (वैध) गरिएका छन् । (तर) ती होइनन् जसको बारेमा तिमीलाई पढेर सुनाइनेछ, परन्तु हजको एहराममा शिकार गर्ने कुरा हलाल नसम्झ्नु । निःसन्देह अल्लाहले जस्तो चाहन्छ, आदेश गर्दछ ।

    [2] हे मोमिनहरू ! अल्लाहका निशानीहरूको अपमान नगर्नु र नत पवित्र महिनाहरूको र नत कुर्बानीका जनावरहरूको जसका घाँटीहरूमा पट्टि बाँधिएका छन् । र नत तिनीहरूको अपमान गर्नु जो कि अफ्नो रबको अनुग्रह र प्रसन्नताको लागि पवित्र घर बैतुल्लाहतिर गइराखेका छन् र जब एहराम फुकाउँछौ भने इच्छा भएको खण्डमा शिकार गर्न सक्दछौ । र कुनै समूहले तिमीलाई मर्यादित मस्जिदमा जानुबाट रोकेका थिए, त तिनीहरूसंग शत्रुताको कारण तिनीहरूमाथि अन्याय गर्न नथाल र (हेर !) संयम्पूर्ण र भलाईका कामहरूमा एक अर्काको मद्दत गर्ने गर र गुनाह (अपराध) र अत्याचारका कुराहरूमा सहयोग नगर, र अल्लाहसित डर मान्ने गर । निःसन्देह अल्लाह कठोर दण्ड दिनेवाला हो ।

    [3] तिम्रो लागि मृतक जनावर र रगत र सुँगुरको मासु र जुन कुरामा अल्लाह बाहेक अरु कसैको नाम पुकारिएको छ र जुन जनावरलाई घाँटी अठ्याएर मारिन्छ र जुन कुनै चोट लागेबाट मर्छ र जुन कुनै अग्लो ठाउँबाट लडेर मर्छ र जुन कसैको सिंगको प्रहारबाट मर्दछ, यी सबै हराम (वर्जित) छन् र ती जनावरहरू पनि जसलाई कुनै हिंसक पशुले चिथोरेर मारेको हुन्छ तर जसलाई तिमीले (मर्नुभन्दा अगाडि) जब्ह (वैध) गरिहाल्छौ, भने ती जनावरहरू वर्जित हुँदैनन् । र त्यस्ता जनावर पनि हराम छन् जसलाई कुनै स्थानमा (बलि बेदीमा) जब्ह गरिएको हुन्छ र तीर चलाई भाग्यको खेल खेलेर मारिएको मासु पनि त्याज्य छ । यी सबै नराम्रा काम हुन् । आज काफिरहरू तिम्रो धर्मबाट निराश भइसकेका छन्, खबरदार तिनीहरूसित नडर र मसित मात्र डर मान्ने गर । आज हामीले तिम्रो निम्ति तिम्रो धर्मलाई पूर्ण गरिसकेका छौं र तिम्रो लागि आफ्ना कृपाहरू पूरा गरिसकेका छौं र तिम्रो लागि इस्लाम धर्म रोज्यौ, तर यदि कुनै व्यक्ति भोखले बाध्य भएर गुनाहतिर प्रवृत्त नभई खाइहाल्छ भने अल्लाह क्षमादाता र दयालु छ ।

    [4] (तिनीहरू) तपाईसित सोध्छन् कि तिनीहरूका लागि कुन कुन कुराहरू ग्रहण गर्न योग्य छन् । भनिदिनुस् कि सम्पूर्ण पवित्र कुराहरू तिम्रा लागि हलाल छन् । र ती शिकार खेल्न राखिएका पशुहरू पनि जसलाई तिमीले सिकाएर राखेका छौ जुन (तरिकाले) अल्लाहले तिमीलाई (शिकार गर्न) सिकाएको छ, (त्यो तरिकाले) तिमीले सिकाएका छौ भने यदि तिनीहरूले तिम्रो निम्ति शिकार समाति ल्याउँछन् भने त्यसलाई खान सक्छौ र त्यसमाथि अल्लाहको नाम लिने गर । र अल्लाहसित डर मान्ने गर । निःसन्देह अल्लाह छिट्टै हिसाब लिनेवाला छ ।

    [5] आज तिम्रो निम्ति सम्पूर्ण पवित्र कुराहरू हलाल गरिएका छन् र अहले किताब (यहूदि, ईसाई)ले जब्ह गरेको मासु वा खाना पनि तिमीलाई हलाल छ र तिमिले जब्ह गरेको मासु वा भोजन उनीहरूको लागी हलाल छन् । पवित्र मोमिन स्वास्नी मानिसहरू र ती मानिसहरू जसलाई तिमीभन्दा पहिला किताब प्रदान गरिएको थियो, तिनीहरूका पवित्र स्वास्नी मानिसहरू पनि हलाल छिन्, जब कि तिनको महर तिमीले दिन्छौ, यसरी कि तिनीहरूसँग पवित्र सम्बन्ध राख्ने उद्देश्यले विवाह गर्नु होस् नकि खुल्लमखुल्ला वा लुकीछिपी व्यभिचार गर्ने उद्देश्यले । यदि कसैले ईमान त्याग्छ भने त्यसका सबै कर्महरू निरर्थक छन् र आखिरतमा (अन्तिम दिनमा) तिनीहरू नोक्सानी भोग्नेहरूमा हुनेछन् ।

    [6] हे मोमिनहरू ! जब तिमीले नमाज पढ्ने विचार गर्छौ तब मुख र कुइनोसमेत हात धुनु र आफ्नो टाउकोको मसह (पानीले हात भिजाई निधारदेखि पछाडिसम्म स्पर्श) गर र आफ्ना खुट्टा गोली गाँठोदेखि छेपारीसम्म धोऊ र यदि तिमी अपवित्र छौ भने स्नान गर र यदि तिमी विरामी छौ वा यात्रामा छौ वा तिमीहरूमध्ये कोही शौचबाट (दिशाबाट निवृत भएर) आएको छ वा तिमीले स्वास्नीसँग सहवास गरेका छौ र तिमीलाई पानी उपलब्ध छैन भने पवित्र माटोलाई स्पर्श गरी हात र मुखको मसह (स्पर्श) गर । अल्लाहले तिमीलाई अप्ठ्यारोमा पार्न चाहँदैन, बरु त्यो तिमीलाई पवित्र गर्न चाहन्छ र आफ्नो असीम कृपा तिमीलाई प्रदान गर्न चाहन्छ जसबाट तिमी कृतज्ञ भई नै रह ।

    [7] र अल्लाहले तिमीमाथि जुन अनुकम्पा गरेको छ त्यसलाई सम्झी राख र त्यस वाचालाई पनि जुनकि उसले तिमीबाट लिएको थियो, जब तिमीले भनेका थियौ कि हामीले (अल्लाहको आदेश) सुनिहाल्यौं र स्वीकार गर्यौं । र अल्लाहसँग डराइराख किन भने अल्लाह तिम्रा हृदयका गोप्य कुराहरू राम्ररी जान्दछ ।

    [8] हे मोमिनहरू! अल्लाहको निम्ति सत्यमा कायम रहदै, सत्य निष्ठाका साथ साक्षी बन । र कुनै जातिको शत्रुता तिमीलाई न्यायको मार्गबाट विचलित नगरोस्, उनीहरूसित न्याय गर्ने गर, किनभने यही नै संयमको नजीक हुन्छ, र अल्लाह सित डर । विश्वास गर कि अल्लाहलाई तिम्रा सम्पूर्ण क्रयाकलापहरूबारे राम्ररी ज्ञान छ ।

    [9] जुन मानिसहरू ईमान ल्याउँछन् र असल कर्म गर्दछन्, तिनीहरूका लागि मुक्ति र ठूलो पुरस्कार प्रदान गर्ने अल्लाहको वाचा छ ।

    [10] र जसले ईमान ल्याएनन् र हाम्रा आयतहरूलाई झूठो ठहराउँदछन् । तिनीहरू नर्कीय छन् ।

    [11] मोमिनहरू हो ! अल्लाहले तिमीहरूमाथि जुन अनुकम्पा गरेको छ त्यसको स्मरण गर, जब एउटा समुदायले तिम्रो विरोधमा हात उठाउने प्रयास गरे त अल्लाहले तिनका हातलाई तिम्रो समीप पुग्नुबाट रोकिदियो र अल्लाहसित डर, र मोमिनहरूलाई अल्लाहमाथि मात्र भरोसा राख्नु पर्दछ ।

    [12] र अल्लाहले बनी इस्राईलबाट वाचा लियो र तिनीहरूमध्येबाट हामीले बाह्र जना प्रमुखहरूको नियुक्ति गर्यौं, अनि अल्लाहले भन्यो कि म अवश्य तिम्रो साथमा छु । यदि तिमीले नमाज पढ्दै गर्यौ र जकात (दान) दिंदै गर्यौ र मेरा पैगम्बरहरूलाई मान्दै गर्यौ र तिनीहरूको मद्दत गर्दै गर्यौ र अल्लाहलाई (कर्जे हसना) राम्रो ऋण दिने गर्यौ भने तिमीबाट निःसन्देह तिम्रा त्रुटिहरू अलग राखिदिनेछु र तिमीलाई त्यस्तो स्वर्गमा (बगैंचा) प्रवेश दिने छु, जसको तल नहरहरू बगिराखेका छन् । तर, यस वाचा र कबोलपछि तिमीहरूमध्ये कोही अवज्ञाकारी बन्दछ भने ऊ पक्कै सत्य मार्गबाट विचलित भई टाढा पुग्ने छ ।

    [13] फेरि तिनीहरूले वचन तोडिदिएको हुनाले हामीले तिनीहरूलाई तिरस्कृत गर्यौ, र तिनीहरूका हृदयलाई कठोर बनाइदियौं । किनभने यिनीहरूले शब्दहरूलाई (वह्यगरिएका वाणीलाई) तिनका ठाउँबाट बदलिहाल्दछन् र जुन कुराको तिनीहरूलाई निर्देश दिइएको थियो, त्यसको ठूलो भागलाई बिर्सिसकेका छन्, र केही मानिसहरू बाहेक सधै तिनीहरूको एउटा नएउटा छलकपटको कुरा तिमीहरूलाई जानकारी दिई राखिने छौं । तसर्थ तिनीहरूलाई क्षमा गरिदेऊ र तिनीको कुराको वास्ता नगर, किनकि अल्लाहले भलाई गर्नेहरूलाई मायाँ गर्दछ ।

    [14] र जुन मानिसहरूले आफूलाई ईसाई भन्दछन् हामीले तिनीहरूबाट पनि वाचा लिएका थियौं तर तिनीहरूले पनि त्यसको ठूलो भाग बिर्सिहाले, अनि हामीले पनि तिनीहरूको बीचमा कियामतको दिनसम्म शत्रुता र घृणा जागृत गराइहाल्यौ र शीघ्र नै अल्लाहले तिनीहरूलाई तिनको कर्मको जानकारी दिनेछ ।

    [15] हे अहले किताब ! तिम्रो नजीकमा निश्चय नै हाम्रो पैगम्बर आइसकेको छ । जसले कि तिमीलाई किताबको धेरै यस्ता कुराहरू स्पष्ट गर्दैछ जुन तिमीले लुकाउँदथ्यौ र तिम्रा धेरै त्रुटिहरूलाई क्षमा गर्दैछ । निःसन्देह तिम्रो नजिकमा अल्लाहबाट प्रकाश र स्पष्ट किताब (कुरआन) आइसकेको छ ।

    [16] जसको माध्यमबाट अल्लाहले त्यस्ताहरूलाई शान्तिमार्ग देखाउँछ जसले कि उसको प्रसन्नता प्राप्त गर्न चाहन्छन् र आफ्नो दैवानुग्रहद्वारा अँध्यारोबाट निकालि, उज्यालोतिर लैजान्छ र तिनीहरूलाई सोझो बाटोमा मार्गदर्शन गर्दछ ।

    [17] जति मानिसहरूले यो भन्दछन् कि अल्लाह नै ईसा बिन मरियम हुन् । तिनीहरू निःसन्देह काफिर हुन् । तपाईले भनिदिनुस् कि यदि अल्लाह, ईसा बिन मरियम र उनको आमा र पृथ्वीका सबै मानिसहरूलाई नष्ट गर्न चाहन्छ भने, उसको अगाडि कसको के लाग्न सक्छ ? र आकाश धरती र जे जति दुवैको बीचमा छन्, सबै अल्लाहकै हुन् । उसले जे चाहन्छ सृष्टि गर्दछ र अल्लाह प्रत्येक कुरामाथि शक्ति सम्पन्न छ ।

    [18] यहूदी र ईसाई भन्दछन् कि हामी अल्लाहका छोराहरू र उसका प्रिय हौं । तपाईले भनिदिनुस् कि त्यसो भए त्यसले तिमीहरूलाई तिमीहरूको अपराधको लागि सजाय किन दिन्छ ? (त्यो होइन), बरु तिमीहरू पनि अन्य सृष्टि गरिएका मनिसहरू जस्तै हौ । उसैले जसलाई चाहन्छ क्षमा प्रदान गर्छ र जसलाई चाहन्छ सजाय दिन्छ । आकाशहरू र पृथ्वी र जे जति तिनको बीचमा छन्, सबै अल्लाह कै सम्पत्ति हुन् र (सबैलाई) उसैछेउ फर्केर जानु छ ।

    [19] हे अहले किताब ! पैगम्बरहरूको आउने क्रम जुनकि केही समयसम्म बन्द थियो, अब तिम्रा छेउ हाम्रो पैगम्बर आइसकेका छन्, जसले कि तिमीसित (हाम्रा आदेशहरू) स्पष्ट गरी वर्णन गर्दछन् ताकि तिमीले यो न भन्नसक कि हामी छेउ कोही राम्रो, नराम्रो सुनाउने आउँदै आएन, हेर अब तिम्रा छेउ सुसमाचार सुनाउने र सावधान गराउने आइसकेको छ र अल्लाह प्रत्येक कुरामाथि शक्ति सम्पन्न छ ।

    [20] र यादगर जब मूसाले आफ्नो कौमलाई भने, हे मेरो कौमका मानिसहरू! अल्लाहले तिमीमाथि गरेको कृपाको स्मरण गर कि उसले तिमीहरूमध्येबाट पैगम्बर बनायो र तिमीलाई राजा बनायो र तिमीलाई त्यति प्रदान गर्यो जति संसारका अरु कसैलाई प्रदान गरेन ।

    [21] हे मेरा कौमका मानिसहरू ! तिमीहरू यस पवित्र भूभागमा (फलस्तीनको बैतुल मुकद्दसमा) प्रवेश गर जुन अल्लाहले तिम्रो निम्ति निर्धारित गरेको छ । र हेर संघर्षको समयमा पछाडि नहट्नु अन्यथा ठूलो नोक्सानीमा पर्नेछौ ।

    [22] तिनीहरूले भन्न थाले कि हे मूसा ! त्यहाँ त साह्रै बलिया र सामर्थवान मानिसहरू बस्दछन् र जबसम्म तिनीहरू त्यहाँबाट निस्केर जाँदैनन् तबसम्म हामी त त्यहाँ जान सक्तैनौ, तर हो, यदि तिनीहरू त्यहाँबाट निस्किहाल्छन् भने हामी प्रवेश गरिहाल्छौं ।

    [23] दुईजनाले जो अल्लाहसित डर मान्नेमध्येबाट थिए, जसमाथि अल्लाहको कृपा थियो, भने कि तिमीहरू मूल ढोकाबाट प्रवेश गर (आक्रमण गरिहाल) र प्रवेश गर्नु साथ विजय तिम्रो नै हुनेछ । र साँच्चिकै ईमान भएका हौ भने अल्लाहमाथि भरोसा गर्नेगर ।

    [24] तिनीहरूले भने, हे मूसा ! जबसम्म तिनीहरू त्यहाँ छन्, हामी कहिल्यै त्यहाँ जान सक्तैनौं, त्यसकारण तिमी र तिम्रो अल्लाह दुवै गएर लडाई गर, हामी यहाँ बसिरहने छौं ।

    [25] मूसाले अल्लाहसँग विन्ति गरे कि हे परवरदिगार ! मलाई आफूमाथि र मेरा साक्खै भाइ बाहेक अन्य कसैमाथि कुनै अधिकार छैन, तसर्थ तिमीले हामीलाई यी अवज्ञाकारीहरूबाट अलग गरिदेऊ ।

    [26] आदेश भयो कि अब तिनीहरूको निम्ति चालीस वर्षसम्मको लागि पृथ्वी हराम गरिएको छ, यिनीहरू जंगल क्षेत्रमा यता–उता हिंडिराख्ने छन्, तसर्थ ती अवज्ञाकारीहरूको लागि तिमीले चिन्ता नगर ।

    [27] (हे मुहम्मद !) तिनीहरूलाई आदमका दुईटा छोरा (हाबील र काबील) का कुराहरू पनि सुनाइदिनु कि जब ती दुवैले (अल्लाहलाई) केही भेंट अर्पित गरे, तब एउटाको भेंटी स्वीकार भयो र अर्कोको स्वीकार भएन । उसले (काबीलले) भन्न थाल्यो कि मैले तिमीलाई हत्या गर्नेछु । (हाबीलले) भन्यो कि अल्लाहले आत्मसंयमीहरूको कर्म स्वीकार गर्नेगर्दछ ।

    [28] यदि तिमीले मलाई मार्न हात उठाउँछौ भने म तिमीलाई मार्न हात उठाउन्न, मलाई त अल्लाह, सम्पर्ण ब्रह्माण्डको स्वामीबाट डर लाग्छ ।

    [29] म त चाहन्छु कि तिमीले मेरो पाप र आफ्नो पाप आफ्नै टाउकोमा राख जसलेगर्दा तिमी नारकीयहरूमध्ये होऊ र अत्याचारीहरूको लागि यही नै दण्ड हो ।

    [30] यसरी उसको मनले उसलाई आफ्नो भाइको हत्या गर्न उत्तेजित गर्यो अनि उसले त्यसको हत्या गरिहाल्यो र जसबाट आफू हानि भोग्नेहरूमा परिहाल्यो ।

    [31] त्यसपछि अल्लाहले एउटा काग पठायो, जसले कि माटो यसकारण खनिरहेको थियो कि त्यसलाई देखाओस् कि उसले आफ्नो भाइको मृतक शरीर कसरी लुकाओस् । उसले भन्न थाल्यो कि ज्यादै दुःखको कुरो छ कि मबाट यति पनि हुन सकेन कि म यस काग जस्तो आफ्नो भाइको शव लुकाउन सकूँ । अनि उसलाई पछुतो भयो र ऊ लज्जितहरूमध्येको भयो ।

    [32] यस कारणले हामीले इस्राईलका मानिसहरूका लागि यो आदेश गर्यौं कि यदि कुनै मानिसले कुनै मानिसको हत्या गर्दछ कसैको हत्या गरेको वा देशमा उपद्रव फैलाउने बाहेकको अवस्थामा, भने त्यसले अन्य समस्त मानिसहरूको हत्या गरे सरह हुनेछ, र यदि कसैले एउटाको जीवन बचायो भने सम्पूर्ण मानिसहरूको जीवन बचाए सरह हुन्छ । र तिनीहरूकहाँ हाम्रा धेरै पैगम्बरहरू स्पष्ट तर्कहरूलिएर पुगिसकेका छन् । अनि यसपछि पनि तिनीहरूमध्ये धेरैले मुलुकमा बलजफ्ती र ज्यादती गर्ने गर्दछन् ।

    [33] जुन मानिसहरू अल्लाह र उसको रसूलको विरोधमा युद्ध गर्दछन् र देशमा उपद्रव फैलाउँदै हिंड्दछन्, त्यस्ताको सजाय तिनीहरूको हत्या गर्नु वा फाँसी दिइनु वा एक तिरको हात र खुट्टा काटिनु वा मुलुकबाट निष्कासित गर्नु हो । यो त यस संसारमा उनको अपमानजनक (सजाय) हो र आखिरत (अन्तिम दिन) को दिनमा तिनीहरूका लागि ठूलो सजाय तयार छ ।

    [34] (तर हो) जसले तिम्रो कब्जामा आउनुभन्दा अगाडि नै प्रायश्चित गरिहाले, त यादराख कि अल्लाह ठूलो क्षमादाता र दयावान छ ।

    [35] मुस्लिमहरू हो ! अल्लाहसित डर मान्ने गर र उसको सामीप्य प्राप्त गर्ने उपायको खोजी गर र उसको बाटोमा जिहाद (धर्मयुद्ध) गर जसबाट तिम्रो भलो हुन सकोस् ।

    [36] विश्वास गर कि काफिरहरूका लागि यदि तिनीहरूसँग पृथ्वीमा भएको सम्पूर्ण धन–सम्पत्ति बरु त्यसभन्दा पनि बढी किन नहोस् र त्यसलाई कियामतको दिन सजायबाट मुक्त हुनुको लागि दिन चाहन्छन् भने पनि त्यो स्वीकार्य हुने छैन र तिनलाई कष्टदायक सजाय हुनेछ ।

    [37] तिनले इच्छा राख्नेछन् कि नर्कको आगोबाट उम्किहालुन् तर त्यसबाट यिनीहरू कदापि बाहिर निस्कन सक्तैनन् र तिनीहरूका निम्ति निरन्तर सजाय छ ।

    [38] र जसले चोरी गर्दछ, चाहे त्यो पुरुष होस् अथवा स्त्री, तिनीहरूको हात काटिहाल । यो तिनीहरूको कर्मको सजाय र अल्लाहबाट एउटा पाठ हो र अल्लाह सर्वशक्तिमान र तत्वदर्शी छ ।

    [39] जसले पाप गरेपछि तौबा (प्रायश्चित) गर्दछ र आफ्नो सुधार गरिदिन्छ भने अल्लाहले उसको तौबा स्वीकार गर्नेछ, निःसन्देह अल्लाह क्षमादाता दयावान छ ।

    [40] के तिमीलाई थाहा छैन कि आकाशहरू र पृथ्वीमा अल्लाहकै राज्य छ ? जसलाई चाहन्छ दण्डित गर्दछ र जसलाई चाहन्छ क्षमा गर्दछ । र अल्लाह प्रत्येक कुरामाथि शक्ति सम्पन्न छ ।

    [41] हे पैगम्बर ! जुन मानिसहरू आपसमा अवज्ञाकारितामा प्रतिस्पर्धा गर्ने गर्दछन् तिनीहरूको पछाडि नपर्नुस्, तिनीहरूमध्ये केही यस्ता छन् जो मुखले भन्दछन् कि हामी मोमिन हौं तर तिनको आत्माले ईमान ल्याएको हुँदैन र यहूदीहरूमध्ये केही यस्ता छन् जो गलत कुरा सुन्न अभ्यस्त छन् र तिनीहरूको जासूसी गर्दै हिंड्दछन् जुन अहिलेसम्म तपाईंकहाँ आएका छैनन् । तिनीहरूले शब्दहरू सही ठाउँबाट झिकी परिवर्तित गर्दछन् र भन्दछन् कि यदि तिमीलाई यही आदेश प्राप्त हुन्छ भने त्यसलाई स्वीकार गरिहाल्नु र यदि यो आदेश हुँदैन भने अलग्गै रहनु र यदि कसैलाई अल्लाहले बाटोबाट विचलित गर्न चाहन्छ भने त्यसको निम्ति तपाईंलाई अल्लाहबाट अलिकति पनि अधिकार छैन । यिनी त्यस्ता मानिसहरू हुन् जसका हृदयलाई अल्लाहले पवित्र गर्न चाहेन । तिनीहरूको निम्ति संसारमा पनि ठूलो तिरस्कार छ र आखिरत (परलोक)मा पनि ठूलो सजाय छ ।

    [42] यिनी कान थापेर झूठ सुन्नेहरू हुन् र पेट भरी हराम (वर्जित) कुरा खानेहरू हुन् । यदि यिनीहरू तिमीकहाँ आउँछन् भने तिमीले त्यसको फैसला गरिदिनु वा इन्कार गरिदिनु र यदि तिमीले इन्कार गर्दछौ भने तिनीहरूले तिम्रो केही बिगार्न सक्ने छैनन् । र यदि फैसला गर्न चाहन्छौ भने इन्साफका साथ न्याय गर्नु किनकि अल्लाहले निसाफ गर्नेहरूलाई माया गर्दछ ।

    [43] (आश्चर्यको कुरा छ कि) यिनीहरू तिमीबाट कसरी फैसला गराउने छन् जबकि स्वयं यिनीहरूसँग तौरात छँदैछ जसमा कि अल्लाहको आदेश छ, फेरि पनि त्यसलाई इन्कार गर्दछन् । वास्तवमा यिनीहरूमा आस्था र ईमान नै छैन ।

    [44] हामीले नै तौरात उतार्यौं जसमा मार्गदर्शन र प्रकाश थियो, त्यसै अनुसार नबी र ज्ञानीहरूले जो (अल्लाहका) आज्ञाकारी थिए, यहूदीमा यसै तौरात अनुसार फैसला गर्दथे । किनभने तिनीहरूलाई अल्लाहको किताबको रक्षा गर्ने आदेश थियो, र तिनीहरू यसको गवाह पनि थिए, तसर्थ तिमी मानिसहरूसित नडराउनु र मसँग डर मान्नु र मेरो आयतहरूलाई अलिकति मूल्यमा नबेच्नु । जसले अल्लाहले प्रदान गरेको आदेशहरू बमोजिम फैसला गर्दैनन् तिनीहरू नै काफिर हुन् ।

    [45] र हामीले तिनीहरूका लागि तौरातमा यो आदेश लेखिदिएका थियौं कि ज्यानको बदला ज्यान र आँखाको बदला आाँखा र नाकको बदला नाक र कानको बदला कान र दाँतको बदला दाँत र खास–खास घाउहरूको यस्तै किसिमबाट बदला हुनेछ, तर जुन मानिसले बदला (प्रतिशोध) नलिई माफ गरिदिन्छ भने त्यो उसको लागि कफ्फारह (प्रायश्चित) हुनेछ । र जसले अल्लाहले प्रदान गरेका आदेशहरू बमोजिम निर्णय गर्दैनन् त्यस्ता मानिसहरू नै अत्याचारी हुन् ।

    [46] र हामीले यिनीहरू(यहूदीहरू) पछि ईसा बिन मरियमलाई पठायौं, जिनले कि आफूभन्दा अगाडिको किताब तौरातलाई प्रमाणित गर्दथे र हामीले उनलाई इंजील प्रदान गर्यौं जसमा कि मार्गदर्शन र प्रकाश थियो र त्यसले पहिलाको किताब तौरातलाई प्रमाणित गर्दथ्यो र परहेजगारहरूका लागि त्यो मार्गदर्शन एवं उपदेश थियो ।

    [47] र अहले इंजीललाई (ईसाईलाई) पनि आवश्यक छ कि जो आदेश अल्लाहले इन्जीलमा जारी गरेको छ त्यसै बमोजिम निर्णयहरू गरुन् र जसले अल्लाहबाट उतारिएको आदेश अनुसार फैसला गर्दैनन्, तिनीहरू नै अवज्ञाकारी हुन् ।

    [48] र (हे पैगम्बर !) हामीले तपार्इंलाई सत्यताको साथ यो किताब (कुरआन) प्रदान गरेका छौं, जुन आफूभन्दा अगाडिका ग्रन्थहरूलाई प्रमाणित गर्दछ र ती सबैको रक्षक हो । तसर्थ यसमा जुन आदेश अल्लाहले दिएको छ, सोही अनुसार नै तिनलाई आदेश गर्नुस् र यस सत्यलाई त्यागेर उनीहरूको इच्छाको पूर्ति नगर्नु । हामीले तिमीहरूमध्येबाट प्रत्येक समुदायका एउटा विधान र एउटा तरिका (पद्धति) निर्धारित गरेका छौं र यदि अल्लाहले चाहेको भए तिमी सबैलाई एउटै समुदायमा राखिदिन्थ्यो, तर जुन आदेशहरू उसले तिमीलाई दिएको छ त्यसमा उसले तिम्रो परीक्षा गर्न चाहन्छ, तसर्थ तिमी असल कर्म गर्न छिटो गर । तिमी सबैलाई उसै छेउ फर्किजानु पर्नेछ, तसर्थ जुन कुरामा तिमीहरू विवाद गर्ने गर्दछौ उसले तिमीलाई बताइदिनेछ ।

    [49] तपाईंले यिनीहरूको व्यवहारमा जुन आदेश अल्लाहले गरेको छ, सोही अनुसार फैसला गर्ने गर्नुस् र तिनीहरूको चाहनाको पछाडि नजाऊ र तिनीहरूबाट सावधान रहनु कि कतै यिनीहरूले जुन आदेश अल्लाहले दिएको छ, त्यसमध्ये केहीबाट तपाईंलाई विचलित न गराइहालुन् । यदि तिनीहरूले मान्दैनन् भने जानिराख कि अल्लाह चाहन्छ कि तिनीहरूका केही गुनाह (पाप) को कारणले उनीहरूलाई दण्डित गरोस् । र, धेरै जसो मानिसहरू अटेरी गर्दछन् ।

    [50] के यिनीहरू फेरि अज्ञानताको युगका निर्णयहरू चाहन्छन् ?! ईमान ल्याएकाहरूका निम्ति अल्लाह बाहेक अरु कसको आदेश राम्रो हुनसक्दछ

    [51] हे ईमान ल्याएका मानिसहरू! यहूद र नसाराहरूलाई तिमी मित्र नबनाऊ । यिनीहरू त आपसमै एक अर्काको मित्र हुन् । तिमीहरूमध्ये जसले तिनीहरूलाई मित्र बनाउँछ ऊ निःसन्देह तिनीहरूमध्ये कै हुनेछ । निःसन्देह अल्लाह अत्याचारीहरूलाई असल बाटो देखाउँदैन ।

    [52] तपाईंले हेर्नुहुनेछ कि जुन मानिसहरूको हृदयमा (कपट) अर्थात रोग छ, तिनीहरूले उनीहरूको माँझमा दौडी दौडी जान्छन् र भन्दछन् कि हामीलाई खतरा छ यस्तो नहोस् कि हामीमाथि कुनै आपत्ति आइदेओस् । धेरै सम्भव छ कि अल्लाहले छिट्टै विजय प्रदान गरोस् वा आफूबाट कुनै निर्णय देओस् । अनि त्यसपछि यिनीहरूले आफ्ना हृदयमा लुकाएर राखेका कुरामा लज्जित हुन थाल्ने छन् ।

    [53] (त्यति बेला) ईमानवालाहरूले भन्ने छन् कि के यी तिनै हुन् जसले कि अल्लाहको शपथ लिदै भन्ने गर्दथे कि हामी तिम्रो साथमा छौं । तिनीहरूका कर्महरू खेर जाने छन् र तिनीहरू घाटामा पर्नेछन् ।

    [54] हे ईमान ल्याएका मानिसहरू ! यदि तिमीहरूमध्ये कोही आफ्नो धर्मबाट विमुख भइहाल्छ भने अल्लाहले यस्ता मानिसहरूको सृष्टि गर्नेछ जसलाई उसले मायाँ गर्दछ र तिनीहरूले पनि अल्लाहलाई मायाँ गर्नेछन् । तिनीहरू मोमिनहरूसँग नर्मीको व्यवहार गर्नेछन् र काफिरहरूसित कठोरताको । अल्लाहको मार्गमा जिहाद (धर्मयुद्ध) गर्नेछन् र कुनै तिरस्कृत मानिसको तिरस्कारको वास्ता पनि गर्ने छैनन् । यो अल्लाहको वरदान हो उसले जसलाई चाहन्छ प्रदान गर्दछ । अल्लाह सर्वव्यापक र सर्वज्ञाता हो ।

    [55] (मुस्लिमहरू !) तिम्रा मित्र त अल्लाह स्वयम् र उसका पैगम्बर र मोमिनहरू नै हुन् जसले नमाज पढ्दछन् र जकात (धर्मदाय) दिन्छन् र (अल्लाहको अगाडि) नतमस्तक हुन्छन् ।

    [56] र जुन मानिसले अल्लाह र उसको पैगम्बर र मोमिनहरूलाई मित्र बनाउँछ उसले विश्वास गरोस् कि अल्लाहकै समूह विजयी हुनेछ ।

    [57] हे ईमानवालाहरू ! अहले किताब र अनास्थावानहरूमध्ये त्यस्ता मानिसहरूलाई आफ्नो मित्र नबनाऊ जसले तिम्रो धर्म (आस्था) लाई हाँसो–ख्यालको कुरा ठानिराखेका छन् । यदि तिमी मोमिन हौ भने अल्लाहसँग डर मान्नेगर ।

    [58] र जब तिमीहरूले नमाजका निम्ति अजान (आह्वान) दिन्छौ, त यिनीहरूले त्यसको पनि हाँसो–ठट्टा गर्दछन् । यो यस कारणले हो कि यिनीहरू बुद्धिहीन छन् ।

    [59] तपार्इंले भनिदिनुस् कि हे यहूदी र ईसाईहरू ! के तिमीहरूले हामीसित यसकारण शत्रुता गरिरहेका छौ कि हामीले अल्लाहमाथि र जुन (किताब) हामीलाई प्रदान गरिएको छ र जुन (किताब) अघि प्रदान गरियो, त्यसमाथि आस्था राख्दछौं ? र यस कारण कि तिमीहरूमध्ये धेरै जसो उद्दण्ड र उल्लंघनकारी छन् ।

    [60] भन्नुस् कि के म तिमीलाई बताउँ कि अल्लाहकहाँ यिनीहरूभन्दा पनि नराम्रो सजाय पाउने को हुन् ? ती जसलाई अल्लाहले तिरस्कृत गर्यो र जसमाथि क्रोधित भयो र तिनीहरूमध्ये जसलाई बाँदर र सुँगुर बनाइहाल्यो र जसले शैतानको पूजा गरे । त्यस्ताहरूको लागि एकदमै नराम्रो ठाउँ हुनेछ र यिनीहरूनै सही बाटोबाट धेरै विचलित हुनेहरू हुन् ।

    [61] र जब तिनीहरू तिम्रो छेउमा आउँछन् त भन्दछन् कि हामीले ईमान ल्यायौं तर वास्तवमा नास्तिकताका साथ आउँछन् र त्यही नै लिएर फर्कन्छन्, तर तिनीहरूले जुन कुरा लुकाउँछन् त्यो सबै अल्लाहलाई राम्ररी थाहा छ ।

    [62] तपाईंले देख्नुहुनेछ कि तिनीहरूमध्ये धेरैले पाप र अन्यायतिर र त्याज्य कुरा (हराम) खानुमा हतार गरिराखेका छन् । निःसन्देह यिनीहरूले जे गरिरहेछन् त्यो अत्यन्त नराम्रो काम हो ।

    [63] तिनीहरूका सन्तहरू र धर्मगुरुहरूले तिनीहरूलाई झूठ कुरा गर्न र हराम खानाबाट किन मनाही गरिराखेका छैनन् ? तिनीहरूले जे गरिराखेका छन् त्यो निःसन्देह नराम्रो काम हो ।

    [64] र यहूदीहरूले भने कि अल्लाहका हात बाँधिएको छ, (तर वास्तवमा) तिनीहरूकै हात बाँधिएको छ । र यस भनाईको कारण तिनीहरू तिरस्कृत भए बरु अल्लाहका दुवै हात खुल्ला छन् । जुन किसिमबाट र जति चाहन्छ खर्च गर्दछ । र (हे मुहम्मद !) यो (कुरआन) जुन तिम्रो पालनकर्ताबाट तिम्रो लागि उतारिन्छ, यसको सन्दर्भमा तिनीहरूमध्ये धेरैको हठपूर्ण विद्रोह र इन्कारमा बृद्धि हुनेछ र हामीले तिनीहरूको आपसी शत्रुता र छलकपट कियामतको दिनसम्मको लागि राखिदिएका छौं । यिनीहरूले जब युद्धको ज्वाला दन्काउँछन्, तब अल्लाहले त्यसलाई निभाइदिन्छ यिनीहरूले धरतीमा उपद्रव र झगडा गर्न दगुरी रहन्छन् र अल्लाहले उपद्रवीहरूलाई प्रेम गर्दैन ।

    [65] र यदि यी अहले किताबले ईमान ल्याएको र आत्मसंयम अपनाएको भए हामीले तिनका सबै पापहरूलाई क्षमा गरिदिन्थ्यौं । र तिनीहरूलाई अवश्य आराम गरिने स्वर्गमा लान्थ्यौं ।

    [66] र यदि तिनीहरू तौरात र इन्जीललाई र जुन (किताबहरू) तिनका पालनकर्ताबाट तिनलाई प्रदान गरिएको छ तिनप्रति प्रतिवद्ध भएको भए तिनीहरूले आफ्नो माथिबाट र तलबाट पनि खाद्य सामग्रीहरू पाउने थिए, यिनीहरूमध्ये एउटा समूहले मध्यमार्ग अपनाउनेवाला छ र धेरै जसोका कर्महरू नराम्रा छन् ।

    [67] हे पैगम्बर ! जुन सन्देश अल्लाहबाट तपाईंलाई प्रदान गरिएको छ, त्यसलाई सबै मानिसहरूसम्म पुर्याइदिनुस् यदि यस्तो नगरेमा आफ्नो रसूलको कर्तव्य पालनबाट च्यूत हुनुहुने छ र अल्लाहले मानिसहरूबाट तपार्इंको रक्षा गर्नेछ । निःसन्देह अल्लाहले आस्था नराख्नेहरूलाई मार्गदर्शन गर्दैनन् ।

    [68] तपार्इंले भनिदिनुस् कि हे अहले किताब ! जबसम्म तिमीले तौरात र इंजीललाई र जुन (किताबहरू) तिम्रो पालनकर्ताबाट तिमीहरूलाई प्रदान गरियो, ती सबैलाई कायम राख्दैनौ, तबसम्म अलिकति पनि सत्य बाटोमा रहन सक्दैनौ र (यो कुरआन) जुन तिम्रो पालनकर्ताबाट तिमीलाई प्रदान गरिएको छ, यसबाट तिनीहरूमध्ये धेरैको हठधर्मीं र नास्तिकतामा झन् वृद्धि हुनेछ र तपाईंले अनास्थावानहरूका लागि दुःखी नहुनुस् ।

    [69] जो कोहिले अल्लाह र आखिरतको दिनमा विश्वास गर्दछन् र असल कर्म गर्दछन् तिनीहरू चाहे मुसलमान हुन् वा यहूदी वा पारसी वा ईसाई, तिनलाई (कयामतको दिन) न त कुनै भय–त्रास हुनेछ न त तिनीहरू दुःखी नै हुनेछन् ।

    [70] हामीले निश्चयरूपले बनी इस्राईलबाट वाचा लिऔं र तिनीहरूतर्फ पैगम्बरहरू पनि पठायौं (तर) जब कुनै पैगम्बर उनीहरूसम्म यस्तो कुरा (अल्लाहको आदेश) लिएर आउँदथ्यो जुन उनी मनले रुचाउँन्नथे त उनीहरूले (पैगम्बरहरूको) एक समूहलाई झूठा भनिहाले र अर्को समूहलाई हत्या गरिदिए ।

    [71] र यो ठाने कि कुनै जवाफदेही हुने छैन । तसर्थ तिनीहरू अन्धा र बहिरा भइहाले । अनि अल्लाहले तिनीहरूमाथि कृपा गर्यो, (तर) फेरि पनि तिनीहरूमध्ये धेरै जसो अन्धा र बहिरा भइहाले । र अल्लाहले तिनीहरूका सम्पूर्ण क्रियाकलापहरूलाई हेरिराखेको छ ।

    [72] तिनीहरू निःसन्देह काफिर हुन् जसले भन्दछन् कि मरियमका छोरा ईसा मसीह अल्लाह हुन् जबकि मसीहले यो भन्दै गर्दथे कि हे बनी इस्राईल ! अल्लाहकै उपसाना गर जो कि मेरो पनि पालनकर्ता हो र तिम्रो पनि । जानिराख कि जसले अल्लाहसँग साझेदार ठहराउँछ, अल्लाहले उसको लागि स्वर्गमा प्रवेश हराम (निषेध) गरिदिएको छ र उसको बासस्थान नर्क हुनेछ । र पापीहरूको कोही पनि सहयोगी हुनेछैन ।

    [73] निःसन्देह ती मानिसहरू पनि काफिर हुन् जसले भन्दछन् कि अल्लाह तीनमध्येको एक हो, जब कि वास्तवमा अल्लाह बाहेक अरु कोही उपासना योग्य छैन । यदि यी मानिसहरू यस्ता भनाई अथवा विश्वास परित्याग गर्दैनन् भने तिनीहरूमध्ये जो अवज्ञाकारी हुने छन् तिनीहरूलाई कष्टदायक सजाय अवश्य हुनेछ ।

    [74] (तसर्थ) यिनीहरूले अल्लाह अगाडि किन नतमस्तक हुँदैनन् र किन आफ्ना त्रुटिहरूका लागि क्षमा माँग्दैनन् । अल्लाह त ठूलो क्षमा प्रदान गर्नेवाला कृपालु छ ।

    [75] मसीह बिन मरियम त मात्र पैगम्बर (दूत) हुन् अरु केही होइनन् । उनीभन्दा अगाडि पनि धेरै पैगम्बरहरू गुज्रिसकेका छन् र उनकी आमा अल्लाहकी सत्यनिष्ठ आज्ञाकारी नारी थिइन्, दुवै खाना खान्थे । हेर, हामीले यिनीहरूका लागि तर्कहरू कसरी राख्दछौं । फेरि विचार गर्नुस् कि यिनीहरू कसरी त्यसलाई इन्कार गर्दछन् ।

    [76] भनिदिनुस् कि तिमीहरू अल्लाह बाहेक त्यस्ता कुराको पूजा गर्दछौ जोसँग तिमीलाई नाफा र नोक्सानी पुर्याउने कुनै अधिकारै छैन र अल्लाह नै (सबै कुरा) सुन्दछ र जान्दछ ।

    [77] भनिदिनुस् कि हे अहले किताब ! आफ्नो धर्मको बारेमा अनाहक थपघट गर्ने नगर र यस्ता मानिसहरूको इच्छापूर्ति पछि नलाग जो स्वयम् पनि अघि नै मार्गविचलित भए र अरु धेरैलाई पनि पथ विचलित गरिसकेका छन् । र सही बाटोलाई छोडिसकेका छन् ।

    [78] बनी इस्राईलमध्येबाट जुन मानिसहरू काफिर भइहाले, तिनीहरूमाथि दाऊद र ईसा बिन मरियमद्वारा धिक्कार गरियो, यो यस कारणले कि तिनीहरूले आज्ञा उल्लंघन गर्दथे र सीमा नाघिसकेका थिए ।

    [79] र नराम्रा कामहरूबाट जुनकि तिनीहरूले गर्दथे, रोक्दैनथे । निःसन्देह तिनीहरूले दुष्कर्म गर्दथे ।

    [80] तपाईंले तिनीहरूमध्ये धेरैलाई देख्नु हुनेछ कि तिनीहरू काफिरहरूसँग मैत्री सम्बन्ध राख्दछन् । तिनीहरूले जे जति आफ्नो निम्ति अगाडि पठाएका छन् नराम्रो छ, अल्लाह तिनीहरूसँग अप्रसन्न भयो, र तिनीहरू सधैं सजाय भोगिराख्ने छन् ।

    [81] यदि तिनीहरूले अल्लाहमाथि र उसको पैगम्बर र जुन किताब तिनीहरूलाई प्रदान गरिएका थिए तिनीमाथि विश्वास गरेको भए, तिनीहरूलाई आफ्ना मित्र बनाउने थिएनन्, तर तिनीहरूमध्ये धेरै दुष्कर्मी छन् ।

    [82] (हे पैगम्बर,) तपाईंले मोमिनहरूसँग धेरै शत्रुता गर्ने यहूदी र मुश्रिकहरूलाई पाउनुहुनेछ र मित्रताको दृष्टिकोणले मोमिनहरूको नजिकमा ती मानिसहरूलाई पाउनुहुनेछ जसले आफूलाई ‘‘नसारा (ईसाई)’’ भन्छन् । यो यसकारणले हो कि तिनीहरूमा विद्वान पनि छन् र धर्मविद् पनि र तिनीहरूले घमण्ड गर्दैनन् ।

    [83] जब उनीहरू पैगम्बरमाथि अवतरित (भएको किताबका कुराहरू) सुन्दछन् तब तिमीले देख्नेछौ कि उनीहरूको आँखा आँसुले भरिएका लाग्दछन् । यसकारण कि उनीहरू सत्यको पहिचान गरिसके, उनीहरू भन्दछन् ‘‘हे हाम्रो पालनकर्ता ! हामीले ईमान ल्यायौं ।’’ अतः तपाईं हाम्रा नाम पनि गवाही दिनेवालाहरूको नामसित लेखिहाल्नुस् ।

    [84] र हामी अल्लाह र जो जति सत्य हाम्रो नजिक पुगिसकेको छ त्यसमा विश्वास किन नगरौं जब कि हामीलाई आशा छ कि हाम्रो पालनकर्ताले हामीलाई संयमीहरूको साथ (स्वर्गमा) प्रवेश गराउनेछ ।

    [85] तसर्थ अल्लाहले उनीहरूलाई उनको यस कथनको फलस्वरूप यस्तो बगैंचा प्रदान गर्नेछ जसमुनि नहरहरू बगिरहनेछन्, जसमा उनीहरू सधैं बास गर्नेछन् । र यो नै सत्यकर्मीहरूको बदला हो ।

    [86] र जसले इन्कार गर्यो र हाम्रो आयतहरूलाई असत्य ठान्यो । उनीहरू नर्कको आगोमा पर्नेवाला छन् ।

    [87] मोमिनहरू हो ! जुन पवित्र कुराहरू तिम्रो लागि अल्लाहले हलाल बनाएको छ तिनलाई त्याज्य नबनाऊ र सीमा ननाघ किनभने सीमा नाघ्नेलाई अल्लाहले मन पराउँदैन ।

    [88] र अल्लाहले जुन कुराहरू तिमीलाई प्रदान गरेको छ, तीमध्ये हलाल र राम्रो जीविका ग्रहण गर र अल्लाहसित डर मान्ने गर जसमा तिम्रो विश्वास छ ।

    [89] अल्लाह तिम्रो अज्ञानपूर्ण कसमहरूको लागि तिमीलाई समात्ने छैन, तर जानि–जानि ठोस शपथ खाए बापत समात्ने छ । त्यसको कफ्फारा (त्यस्तोशपथको प्रयश्चित) स्वरूप दश जना गरिब व्यक्तिलाई औसत खालको खाना खुवाऊ जुन तिमीले आफ्ना सन्तानहरूलाई ख्वाउदछौ वा तिनीहरूलाई लुगाफाटा देऊ वा एउटा दास वा दासीलाई मुक्त गर र जसलाई यी कुनै पनि गर्न सामर्थ हुँदैन, उसले तीन दिनको रोजा (व्रत) राख्नु पर्दछ । यो तिम्रा शपथहरूको प्रायश्चित हो, कि जब तिमी शपथ लिन्छौ त आफ्ना शपथहरूको रक्षा गर । यस प्रकार अल्लाहले तिमीलाई आफ्ना आयतहरू वर्णन गर्दछ ताकि तिमी आभार प्रकट गर ।

    [90] हे इमानवालाहरू ! मदिरा, जुआ बलिस्थान र शगुण पासा यी सबै अपवित्र र शैतानी कुराहरूमध्येका हुन् तसर्थ यिनीबाट टाढा रहनु ताकि मुक्ति प्राप्त गर्न सक ।

    [91] शैतान त यो चाहन्छ कि रक्सी र जुआको माध्यमबाट तिमीहरूबीच शत्रुता र बैरभावको सृजना गरिहालोस् र तिमीलाई अल्लाहको स्मरण र नमाजबाट रोकिदेओस् । यसकारण अहिले पनि (यी कर्महरूबाट) अलग रहने गर ।

    [92] र तिमी अल्लाहको आदेश पालन गर्नेगर र रसूलको अनुशरण गर्नेगर र सतर्क भइराख यदि अनुहार फेर्छाै त जानिराख कि हाम्रो पैगम्बरको जिम्मामा (सन्देश) खुलस्तरूपमा पुर्याउनु मात्र हो ।

    [93] जुन मानिसहरू आस्थावान छन् र असल काम गर्दछन् तिनीहरूमाथि यस्ता कुराहरूको पाप लाग्दैन कि तिनीहरू खाइपिई रहेका छन् जब कि तिनीहरू आत्मसंयम र आस्था राख्दछन् र सत्कर्म गर्दछन् । र त्यस पश्चात पुनः संयमको साथ विश्वास गर्दछन्, भने पुनः संयमको असल कामहरू गरिरहन्छन् । अल्लाह यस्ता सत्कर्मीहरूलाई मायाँ गर्दछ ।

    [94] हे मोमिनहरू ! अल्लाह तिम्रो परीक्षा सामान्य अवस्थामा शिकारबाट लिनेछ जुनकि तिमीले हातले अथवा भालाले (अस्त्र) गर्दछौ (अर्थात् एहरामको अवस्थामा शिकारको निषेधितताबाट) जसबाट अल्लाहले थाहा पाओस् कि अदृश्य रूपमा उससँग को डराउँछ । तसर्थ जसले त्यसपछि सीमाउल्लंघन गर्नेछ त्यसको निम्ति कष्टदायक सजाय छ ।

    [95] हे मोमिनहरू ! जब तिमी एहरामको अवस्थामा हुन्छौ त्यतिखेर शिकार नगर्नु र तिमीहरूमध्ये जसले जानिजानि (त्यसलाई) हत्या गर्छ भने उसमाथि त्यसको क्षतिपूर्ति त्यस्तै खालको एउटा चौपया हुनेछ । जसलाई तिमीहरूमध्ये दुईजना न्यायप्रिय फैसला गरिदिन्छन् । त्यस्तो पशुलाई कअ्बासम्म (मक्का) पुर्याई कुर्बानी गरियोस् वा खानेकुरा गरिबहरूलाई दिइहालोस् अथवा त्यो बराबर रोजा राखोस् ताकि आफ्नो कर्मको स्वाद चाख्न सकोस् र विगतमा भएका कुरालाई अल्लाहले माफी गरेकोछ र यदि कसैले पुनः यस्तो काम गर्नेछ भने अल्लाह उसलाई दण्डित गर्नेछ र अल्लाह सर्वशक्तिमान र सजाय दिनेवाला छ ।

    [96] र तिम्रो निम्ति समुद्री जीवको शिकार गर्नु र त्यसलाई खानु हलाल गरिएको छ । तिम्रो प्रयोगको लागि र यात्रीहरूको फाइदाको लागि तर एहरामको अवस्थामा रहेसम्म सुख्खा ठाउँको शिकार तिम्रो निम्ति हराम गरिएको छ र अल्लाहसँग जसकहाँ एकत्रित गरिनेछौ, डर मान्ने गर ।

    [97] अल्लाहले पवित्र घर कअ्बालाई सम्मानित स्थान बनाउनुको साथै मानिसहरूका निम्ति सहयोग र साधनका लागि माध्यम बनाएको छ र पवित्र महिनाहरूलाई पनि र कुर्बानीको जनावरहरूलाई पनि जसका घाँटीहरूमा पट्टाहरू बाँधिएका हुन्छन् यो यसकारणले हो कि तिमीले जानिहाल कि जे–जति आकाशहरूमा छन् र जे–जति पृथ्वीमा छन् अल्लाहलाई सबैको ज्ञान छ, र यो पनि कि अल्लाह हरेक कुराको ज्ञाता छ ।

    [98] तिमी जानिराख कि अल्लाह कठोर सजाय दिनेवाला छ र यो (पनि) कि अल्लाह ठूलो क्षमादाता र कृपालु छ ।

    [99] पैगम्बरहरूको जिम्मामा त मात्र आदेश पुर्याउनु हो र जे–जति तिमीले प्रकट गर्दछौ र लुकाउँदछौ, अल्लाहलाई सबै थाहा छ ।

    [100] तपाई भनिदिनुस् कि अपवित्र र पवित्र कुराहरू बराबर हुँदैनन् यद्यपि अपवित्र कुराहरूको बाहुल्य तिमीलाई आर्कषित पार्न सक्छ । तसर्थ हे विवेक भएका मानिसहरू ! अल्लाहसँग डर मान्ने गर ताकि सफलता प्राप्त गर्न सक ।

    [101] मोमिनहरू हो ! यस्ता कुराहरूको प्रश्न नगर जसको सत्यता यदि तिमीलाई प्रकट गर्ने हो भने तिमीलाई नराम्रो लाग्नेछ र यदि कुरआन अवतरण हुने समयमा यस्ता कुरा सोध्छौ भने तिमीलाई प्रकट पनि गरिनेछन्, पहिला सोधिएका प्रश्नहरू अल्लाहले माफ गरेको छ र अल्लाह ठूलो क्षमादाता, धेरै सहनशील छ ।

    [102] यस्ता कुराहरूबारे तिमीभन्दा अघिका मानिसहरूले पनि सोधेका थिए, फेरि तिनीहरूले यसलाई नकारी हाले ।

    [103] अल्लाह नत ‘‘बहीराः’’ ठहराएको छ र नत ‘सायबा’ र नत ‘वसीला’ र ‘हाम’ (अरबको बहुते बद्दूहरूविभिन्न प्रकारका नाम राखी आफ््ना देवताको नाममा जनावर राखेका थिए) बरु काफिरहरू अल्लाहमाथि झूठा आरोप लगाउँछन् र यिनीहरूमध्ये धेरै जसो बुद्धिहीन छन् ।

    [104] र जब यिनीहरूसित भनिन्छ कि जुन आदेश अल्लाहले उतारेको छ त्यसतिर र रसूल (स.) तिर प्रवृत्त होऊ त भन्दछन् कि जुन मार्गमा हामीले आफ्ना पूर्वजहरूलाई पाएका छौं, त्यही नै हामीलाई पर्याप्त छ, चाहे तिनका पूर्वज अज्ञानी र गलत मार्गमै किन नहोऊन् ।

    [105] हे ईमानवालाहरू ! आफ्नो चिन्ता गर, यदि तिमी सही बाटोमा छौ भने, कुनै पथभ्रष्ट मानिसबाट तिम्रो केही नोक्सान छैन । तिमी सबैलाई फर्केर अल्लाह नजिकै पुग्नु छ । त्यस बेला त्यसले तिमीलाई तिम्रा सम्पूर्ण क्रियाकलापहरू बताइदिनेछ ।

    [106] हे ईमानवालाहरू ! जब तिमीहरूमध्ये कसैको मृत्यु नजिक आइपुग्छ र वसीयत (इच्छापत्र) गर्दा धार्मिक स्वभाव भएकामध्ये दुईजना मानिसहरूलाई साक्षी राख, वा तिमीहरू बाहेक अरु दुई जनालाई यदि तिमी यात्रा गरिराखेका छौ र तिम्रो मृत्यु नजिक आईपुग्छ भने ती दुवैलाई शंकाको समय नमाज पछि रोकेर अल्लाहको शपथ खुवाउनु कि तिनीहरूले साक्ष्यको बदला कुनै सांसारिक लाभ लिने छैनन्, यद्यपि कोही नजिकको नातेदार नै किन नहोस् र तिनले अल्लाहको कुरालाई लुकाउने पनि छैनन् । यदि यस्तो गरे भने ठूलो पापी हुनेछन् ।

    [107] फेरि यदि यो थाहा हुन्छ कि यी दुवैले कुनै अपराध गरेका छन् भने तिनीहरू जुन मानिसहरूको अधिकार हनन् गर्न खोजेका थिए, तिनीहरूमध्ये दुईजना तिनीहरूको ठाउँमा साक्षी बनुन्, जो कि (मृतक) नजिकको सम्बन्ध राख्दछन्, अनि त्यसपछि तिनीहरू अल्लाहको शपथ लिनु पर्नेछ कि तिनीहरूको गवाही उनीहरूको शपथभन्दा बढी सत्य छ र हामीले कुनै किसिमबाट सत्यताको उल्लंघन गरेका छैनौं, यदि यस्तो गरेको भए हामी अन्यायी हुनेछौं ।

    [108] यसबाट धेरै सम्भावना छ कि यिनीहरू वास्तविकतालाई ठीक ढंगले स्पष्ट गरुन् वा यस कुरोसित भयभीत होउन् कि हाम्रा शपथहरू यिनीहरूको शपथ लिएपछि उल्टीने छन् । र अल्लाहसित डर र सुन र अल्लाह अवज्ञाकारी व्यक्तिहरूलाई मार्गदर्शन गर्दैन ।

    [109] जुन दिन अल्लाहले सबै पैगम्बरहरूलाई जम्मा गर्नेछ, फेरि तिनीहरूसित सोध्ने छ कि तिमीलाई के जवाफ प्राप्त भएको थियो, र तिनीहरूले भन्ने छन् कि हामीलाई केही पनि थाहा छैन । निःसन्देह तिमी नै परोक्षका कुरा जान्ने अन्तर्यामी छौ ।

    [110] अल्लाहले भन्ने छ कि हे मरियम का पुत्र ईसा । मेरा ती कृपाहरू यादगर, जुन तिमी र तिम्री आमामाथि गरिएको हो । जब मैले पवित्र आत्मा (जिब्रील) द्वारा तिमीलाई मद्दत पुर्याएँ (जसबाट) तिमी (बाल्य अवस्थामा) आमाको गोदीबाटै र अधेड उमेरमा मानिसहरूसँग कुराकानी गथ्र्यौ र जब मैले तिमीलाई किताब र बुद्धिमत्ता र तौरात र इंजीलको तालिम दिएँ र जब तिमीले मेरो आदेशबाट माटोको चाराको रूप बनाई त्यसमा फुँकेपछि जीवित चरा बन्दथ्यो । र, जब जन्मजात अन्धाहरू र कुष्ठरोग सेता दाग भएका मानिसहरूलाई मेरो आदेशबाट निको पाथ्र्यौ र जब तिमी मुर्दाहरूलाई मेरो आज्ञाले (चिहानहरूबाट) निकालेर उभ्याई हाल्दथ्यौ र जब मैले बनी इस्राईललाई तिमीमाथि अत्याचार गर्नुबाट रोकिहालें, जब तिमी तिनीहरू छेउ तर्कहरूलिएर आएका थियौ फेरि तिनीहरूमध्ये जो काफिर थिए, तिनीहरूले भन्न थाले कि यो त खुल्ला जादू बाहेक अरु केही होइन ।

    [111] र जब मैले हवारीहरूलाई आदेश पठाएँ कि ममाथि र मेरा पैगम्बरमाथि आस्था राख । तिनीहरूले भन्न थाले कि हामीले ईमान ल्यायौं र तपाई साक्षी रहनुस् कि हामी आज्ञाकारी छौं ।

    [112] त्यो समय स्मरणयोग्य छ जब हवारीहरूले भनेः कि हे ईसा बिन मरियम ! के तपाईको रबले आकाशबाट हाम्रो लागि पकाएको विभिन्न प्रकारको भोजन पठाउन सक्छ ? उनले भने तिमीमा ईमान छ भने अल्लाहसित डर ।

    [113] तिनीहरूले भने कि हाम्रो यो इच्छा छ कि हामीले त्यसबाट खाऔं र हाम्रो मनको सन्तुष्टि प्राप्त गरौं र हाम्रो यो विश्वास बढोस् कि तपाई हामीसित साँचो भन्नु भएको छ र हामी साक्षी हुन सकौं ।

    [114] (अनि) ईसा बिन मरियमले प्रार्थना गरे कि हे मेरो पालनकर्ता ! हामीलाई आकाशबाट खाना प्रदान गर, जसले कि हाम्रो निम्ति र हाम्रा अघि र पछि (सबैका) लागि त्यो खुशीको कुरा भइहालोस् र तिम्रो तर्फबाट एउटा निशानी पनि होस् ! र हामीलाई जीविका प्रदान गर, तिमी सबैभन्दा राम्रो आहारदाता हौ ।

    [115] अल्लाहले भन्यो, मैले अवश्य नै त्यो खाना तिमीलाई पठाउने छु तर यसपछि तिमीहरूमध्ये यदि, कसैले कुफ्रको कुरो गर्नेछ त्यसलाई मैले यस्तो सजाय दिनेछु जुन समस्त संसारमा बस्नेहरूमध्ये अरु कसैलाई दिनेछैन ।

    [116] र त्यो समय पनि वर्णन योग्य छ जब अल्लाहले भन्ने छः हे ईसा बिन मरियम ! के तिमीले मानिसहरूसित भनेका थियौ कि अल्लाह बाहेक मलाई र मेरी आमालाई पूज्य बनाइहाल ? ईसाले भन्ने छन् कि तिमी पवित्र छौ, मलाई त्यो कुरो भन्न उचित कसरी हुन सक्दथ्यौ जुन कुराको मलाई अधिकार छैन ? मैले त्यसो भनेको भए तिमीलाई थाहा होला, (किनभने) जुन कुरो मेरो मनमा छ त्यो पनि तिमीलाई थाहा छ र जुन कुरो तिम्रो मनमा छ त्यो मलाई थाहा छैन । निःसन्देह तिमी सबै गुप्त कुराको ज्ञाता हौ ।

    [117] मैले त तिनीहरूसित अरु केही पनि भनेको होइन तर त्यो बाहेक जुनकि तिमीले मलाई भन्न आदेश गर्यौ, यो कि तिमीहरूले अल्लाहको उपासना गर, जो मेरो र तिम्रो सबैको पालनकर्ता हो र जबसम्म म तिनीहरूको बीचमा थिएँ, तिनीहरूको अवस्थाको साक्षी थिएँ, फेरि जब तिमीले मलाई उठाइहाल्यौ तब तिमी नै तिनीहरूको संरक्षक भयौ र तिमी प्रत्येक कुराको ज्ञाता हौ ।

    [118] यदि तिमीले तिनीहरूलाई दण्ड दिन्छौ भने तिनीहरू तिम्रा दास हुन् र यदि तिमीले क्षमा गरिदिन्छौ भने निःसन्देह तिमी सर्वशक्तिमान र कौशल सम्पन्न छौ ।

    [119] अल्लाह भन्ने छ कि आज त्यो दिन हो जबकि सत्यनिष्ठहरूलाई तिनीहरूको सत्यताले फाइदा पुर्याउने छ । तिनीहरूका लागि बगैंचाहरू छन् जसको सतहमा नहरहरू बगिराखेका छन् । सधैं तिनीहरू त्यसमा बास गर्ने छन् । अल्लाह तिनीहरूसित प्रसन्न छ र तिनीहरू अल्लासँग खुशी छन्, यो अत्यन्त ठूलो सफलता हो ।

    [120] आकाशहरू र जमिन र जे–जति तिनीहरूको बीचमा छ सबै अल्लाहको राज्य हो र ऊ प्रत्येक कुरामाथि शक्ति सम्पन्न छ ।

    Surah 6
    अल–अनाम

    [1] सबै प्रशंसा अल्लाहकै लागि छन् जसले आकाशहरू र पृथ्वीलाई बनायो र अँध्यारो र उज्यालोको सृष्टि गर्यो, तै पनि काफिरहरूले अरुलाई अल्लाह सरह ठान्दछन् ।

    [2] ऊ त्यही हो जसले तिमीलाई माटोबाट सृष्टि गर्यो, अनि एउटा समय निर्धारित गर्यो, र दोस्रो मुद्दत (कियामत) खास अल्लाहकहाँ नै छ तै पनि तिमी शंका गर्दछौ ।

    [3] र आकाशहरू र पृथ्वीमा उही एउटा (पूज्य) अल्लाह छ, ऊ तिम्रा अदृश्य र दृश्य सम्पूर्ण भेदका कुरा जान्दछ र तिमीले जुन कार्यहरू गर्दछौ, तिनलाई पनि ऊ जान्दछ ।

    [4] र अल्लाहका निशानीहरूमध्ये कुनै निशानी पनि तिनीहरू छेउसम्म आउँदैन, तर तिनीहरू त्यसबाट विमुख भइहाल्छन् ।

    [5] जब तिनीहरू नजिक सत्य किताब आयो, त तिनीहरू त्यसलाई पनि नकारिहाले, तसर्थ तिनीहरूलाई ती कुराहरूको परिणाम जसको कि तिनीहरूले हाँसो गर्दछन् छिट्टै थाहा भइहाल्ने छ ।

    [6] के तिनीहरू देखेनन् कि हामीले तिनीहरूभन्दा अगाडिका कैंयौ समुदायलाई समाप्त गरिहाल्यौं, जसलाई हामीले पृथ्वीमा त्यस्तो शक्ति दिएका थियौं जुन रूपमा कि तिमीलाई दिएका छैनौं र तिनीहरूका निम्ति आकाशबाट पर्याप्त पानी बर्षायौं र हामीले खोला–नालाहरू बनायौं पछि तिनीहरूलाई तिनीहरूको पापको कारण समाप्त गरिहाल्यौं र तिनीहरू पछि अन्य पुस्ताहरूको सृष्टि गर्यौं ।

    [7] र यदि हामीले तपाईमाथि कागजमा लेखिएको कुनै ग्रन्थ उतारेकोे भए र यिनीहरूले त्यसलाई आफ्नो हातले स्पर्श गरेको भए तापनि यी काफिरहरू यही भन्दथे कि यो त खुल्लारूपमा जादू हो ।

    [8] र तिनीहरू यसरी भन्दछन् कि यिनीहरू छेउ कुनेै फरिश्ता किन पठाइएन ? यदि हामीले कुनै फरिश्ता पठाएको भए सम्पूर्ण कुरा नै सिद्धिहाल्दथ्यौ, अनि तिनीहरूलाई एक छिनको समय पनि दिइदैनथ्यो ।

    [9] र यदि हामीले कुनै फरिश्ता पठाउने भए, त्यसलाई पनि मानिसैको रूपमा पठाउँथे र जुन शंका तिनीहरू अहिले गर्दछन्, त्यही शंका फेरि गर्ने थिए ।

    [10] र यर्थाथमा तपाईभन्दा अगाडिका पैगम्बरहरूसित पनि यस्तो नै हाँसो गरियो, फेरि तिनीहरूमध्ये जुन मानिसहरूले मजाक गर्ने गर्दथे, तिनलाई त्यस (उपहासको) सजायले घेरिहाल्थ्यो ।

    [11] तपाई भनिदिनुस् कि पृथ्वीमा भ्रमण गर अनि हेर कि सत्यलाई झूठ (झूट्) भन्नेहरूको परिणाम कस्तो भयो

    [12] तपाई भन्नुस् कि आकाशहरू र पृथ्वीमा जे–जति छ कसको हो ? भनिदिनुस् कि यो सबै अल्लाहकै लागि हुन् । अल्लाहले कृपा गर्न आफ्नो जिम्मा अनिवार्य गरिहालेको छ । उसले तिमी सबैलाई कियामतको दिन जम्मा गर्नेछ यस कुरामा पनि कुनै शंका छैन जसले आफूलाई नोक्सानीमा पारिसकेका छन् तिनैले ईमान ल्याउँदैनन् ।

    [13] र अल्लाहकै हुन् ती जम्मै जुन कि दिन र रातीमा बस्छन् र उही नै हो जो सबै सुन्दछ, जान्दछ ।

    [14] तपाईले भन्नुस् कि के अल्लाह बाहेक जो आकाशहरू र पृथ्वीको स्रष्टा हो, र उसैले सबैलाई आहार दिन्छ र स्वयं कसैबाट आहार लिदैन, के अरु कसैलाई पूजनीय बनाऊँ । यो पनि भनिदिनुस् कि मलाई आदेश भएको छ कि म सबभन्दा पहिला इस्लाम स्वीकार गरूँ र यो पनि कि तिमी मुश्रिकहरूमध्येको कहिले नहुनु ।

    [15] यो पनि भनिदिनुस् कि यदि म आफ्नो पालनकर्ताको आदेशको उल्लंघन गर्दछु त मलाई ठूलो दिनको सजायको भय छ ।

    [16] त्यास दिन यदि कोही सजायबाट मुक्त हुनेछ भने अल्लहको ठूलो कृपा हो । र त्यो खुल्लारूपमा सफलता हो ।

    [17] र यदि अल्लाहले तिमीलाई कुनै कष्ट पुर्याउँछ भने त्यसलाई उस बाहेक अरु कसैले हटाउन सक्तैन र यदि सुख पुर्याउँछ भने त्यो प्रत्येक कुरोमाथि सर्वशक्तिमान छ ।

    [18] र आफ्ना सेवकहरूमाथि उसैको वर्चस्व छ, र उही तत्वदर्शी सर्वज्ञ हो ।

    [19] तपाईले भन्नुस् कि गवाही दिने सबभन्दा ठूलो कुरा के हो । भन्नुस् अल्लाह नै मेरो र तिम्रो बीचमा साक्षी छ र यो कुरआन ममाथि यस कारणले उतारिएको हो कि यसबाट तिमीलाई र जुन–जुन मानिससम्म यो पुग्न सक्तछ ती सबैलाई डर देखाऊँ । के तिमी साँच्चै साक्षी बन्नेछौ कि अल्लाहको साथमा अरु कोही पूजनीय छन् ? (हे मुहम्मद) भनिदिनुस् कि म यस्तो साक्ष्य दिन्न । भनिदिनुस् कि मात्र उही नै एउटा पूजा योग्य छ र जसलाई तिमीहरूले उसको साझेदार ठहराउँछौं, तिनीहरूबाट म निःसन्देह विरक्त छु ।

    [20] जुन मानिसहरूलाई हामीले किताब प्रदान गरेका छौं तिनीहरूले पैगम्बरलाई त्यस्तै चिन्दछन् जस्तो कि आफ्नै छोराहरूलाई चिन्ने गर्दछन् । जसले आफूलाई क्षति पुर्याइसकेका छन् तिनीहरूले ईमान ल्याउने छैनन् ।

    [21] र त्योभन्दा अन्यायी को होला जसले अल्लाहमाथि झूठा आरोप लगाउँछ वा उसका आयतहरूलाई मिथ्या ठहरयाउँछ । यस्ता अन्यायीहरूले मुक्ति पाउने छैनन् ।

    [22] र स्मर्णीय छ त्योदिन जुन दिन हामीले सबै मानिसहरूलाई एकत्रित गर्नेछौं अनि मुश्रिकहरूसित सोध्नेछौं कि (आज) तिम्रा साझेदारहरू कहाँ छन्, जसलाई पूजनीय भनी तिमीहरू दावी गर्दथ्यौ

    [23] त्यसपछि तिनीहरूको यो झूठ भन्नु बाहेक अरु कुनै उपद्रव हुँदैन कि अल्लाहको कसम ! हे हाम्रो पालनकर्ता हामी कदापि बहुदेववादी थिएनौं ।

    [24] अलि हेर त, कस्तो किसिमबाट तिनीहरूले आफूमाथि नै झूठा कुरा गरे, र जसको बारेमा मनगढन्त मिथ्या कुरागर्दथे ती सबै बेपत्ता भइहाले ।

    [25] र तिनीहरूमध्ये केही यस्ता छन् जो तपाईको कुरा सुन्ने स्वाङ पार्छन् र हामीले तिनीहरूका हृदयमाथि आवरण हालिदिएका छौं, जसले कि तिनलाई बुझ्न नसकुन् र उनको कानहरूमा बहिरोपनको सृजना गरिदिएका छौं र यदि तिनीहरूले सम्पूर्ण निशानीहरू देखे तापनि, तिनमाथि कहिले ईमान ल्याउने छैनन्, यहाँसम्म कि जब तिनीहरू तपाईको नजिक आउँछन् त बिना कारण विवाद गर्न आउँछन् त जो काफिर छन्, यसरी भन्दछन् कि यो (कुरआन) त पूर्वजहरूको दन्त कथा बाहेक अरु केही होइन ।

    [26] र तिनीहरूले यसबाट अरुहरूलाई पनि रोकिराखेका छन् र स्वयं पनि टाढा रहन्छन् तर तिनीहरूले आफूलाई नै विनाश गरिरहेका छन् र तिनीहरू महसूस गरिरहेका छैनन् ।

    [27] यदि तपाईले त्यो समय हेर्नपाउने भए जब यिनीहरू नर्कछेउ उभ्याइने छन् र भन्ने छन् कि क्याराम्रो हुने थियो यदि हामीलाई फर्काइयोस् भने हामीले आफ्नो पालनकर्ताका आयतहरूलाई झूठा भन्ने थिएनौं र हामी ईमान ल्याउने थियौं ।

    [28] हो, यिनीहरूले जुन कुरा अघि लुकाउँदथे (आज) त्यो कुरा तिनीहरूका आँखाको अगाडि छर्लङ्ग भइसकेको छ र यिनलाई संसारमा फर्काइए पनि जुन कामबाट मनाही गरिएको थियो, त्यही काम फेरि गर्न थाल्नेछन् । निःसन्देह यिनीहरू एकदम झुट्ठा हुन् ।

    [29] र तिनीहरू भन्दछन् कि हाम्रो जो संसारिक जीवन छ, यही नै वास्तविक जिन्दगी हो, (मृत्यु पश्चात) फेरि हामी जीवित पारिने छैनौं ।

    [30] र तपाईले तिनीहरूलाई आफ्नो पालनकर्ताको अगाडि उभ्याइऐको बेला हेर्नु भएमा अल्लाहले सोध्नेछ, के यो कुरा सत्य होइन ? तिनीहरूले भन्ने छन्, पालनकर्ताको कसम किन नहुनु ! अल्लाहले आदेश दिनेछ अब आफ्नो कुफ्रको बदलामा सजाय चाख ।

    [31] निःसन्देह जुन मानिसहरूले अल्लाहसँगको भेटलाई झूठा ठाने, तिनीहरू घाटामा छन् यहाँसम्म कि जब कियामत एक्कासी तिनीहरूमाथि आइपुग्छ, त्यतिखेर भन्न थाल्नेछन् कि अफ्सोच हाम्रो त्यस भूलमाथि जो हामीले गर्यौं । र तिनीहरूले आफना (पापका) भारी आफ्ना पिठ्युँमा बोकिराखेका हुनेछन् । हेर, जुन भारी यिनीहरूले बोकिराखने छन् त्यो साह्रै नराम्रो छ ।

    [32] र संसारिक जीवन त एउटा खेल र मनोरञ्जन बाहेक केही पनि होइन । र अत्यन्त राम्रो घर त आखिरतको घर हो तिनीहरूको निम्ति जो अल्लाहसित डर मान्छन्, के तिमीले बुझ्दैनौ

    [33] हामीलाई राम्ररी थाहा छ यिनीहरूको कुराले तपाईलाई दुःख दिन्छ तर यिनीहरूले तपाईलाई झूठा ठान्दैनन् बरु अन्यायीहरू अल्लाहका आयतहरूलाई नकार्दछन् ।

    [34] र तपाईभन्दा अगाडिका पैगम्बरहरूलाई पनि झूठा ठहराइन्थ्यो, तिनीहरूले अल्लाहको तर्फबाट मद्दत न पुगुन्जेल, धैर्यपूर्वक इन्कार र यातना सहने गर्दथे र अल्लाहका आदेशहरू कसैले परिवर्तन गर्न सक्तैन । र तपाईले पैगम्बरहरूको सम्बन्धमा अघि नै थाहा पाइसकेका छौ ।

    [35] र यदि तिनीहरूको तिरस्कार तपाईलाई गाह्रो लाग्छ भने तपाईमा शक्ति छ त पृथ्वीमा कुनै सुरङ्ग वा आकाशसम्म कुनै सीढी (भर्याङ्ग) फेला पार, अनि तिनीहरू छेउ कुनै चमत्कार ल्याउनु । र यदि अल्लाह चाहेको भए सबैलाई सही मार्गमा एकत्रित गरिदिन्थ्यो, तसर्थ तपाई यी मूर्खहरूमध्येको नहुनु ।

    [36] सत्यलाई स्वीकार तिनैले गर्दछन् जो सुन्दछन् । र मृतकहरूलाई अल्लाहले जीवित गरी उठाउनेछ, अनि सबै उसैतिर फर्काइने छन् ।

    [37] र यिनीहरू भन्दछन् कि उसको पालनकर्ताको तर्फबाट तिनीहरूका लागि कुनै चमत्कार किन पठाइएन ? भनिदिनुस् कि अल्लाह निश्चितरूपले चमत्कार पठाउन शक्ति सम्पन्न छ, तर तिनीहरूमध्ये धेरै बेखबर छन् ।

    [38] र पृथ्वीमा जति हिंड्ने जीव छन वा उड्ने चराहरू (प्राणीहरू) छन्, तिनीहरूमा कुनै पनि किसिम यस्तो छैन जुन तिमीहरूको जस्तै समुदायहरू नहोउन् । हामीले किताबमा लेख्न कुनै कुरा छाडेका छैनौं र फेरि सबै आफ्ना पालनकर्ताको अगाडि एकत्रित हुनेछन् ।

    [39] र जसले हाम्रा आयतहरूलाई झूठा भन्दछन् तिनीहरू अनेक प्रकारको अन्धकारमा बहिरा र लाटा भइरहेका छन् । अल्लाह जसलाई चाहोस् पथविचलित गर्दछ । र जसलाई चाहोस् सही बाटोमा हिंडाइदिन्छ ।

    [40] तपाई भन्नुस् (काफिरहरू) आफ्नो मनमा विचार गर कि यदि तिमीमाथि अल्लाहको सजाय आइपरेमा वा कियामत आइपुग्छ त के तिमी अल्लाह बाहेक अरु कसैलाई गुहार्ने छौ ? यदि तिमी साँचो हौ ।

    [41] बरु, खास उसैलाई गुहार्नेछौ, अनि जसको लागि तिमी गुहार्नेछौ, यदि ऊ चाहन्छ भने त्यसलाई हटाइदिन्छ र जसलाई तिमी साझेदार ठहाराउँछौ तिनीहरूलाई बिर्सिनेछौ ।

    [42] र हामीले तिमीभन्दा अगाडि धेरै समुदायहरूतिर पैगम्बरहरू पठाएका थिएँ अनि हामीले तिनीहरूलाई दुःख र कष्टमा पारेका थिएँ कि तिनीहरू विनम्र भई विन्ती गरुन् ।

    [43] जब हामीबाट तिनीहरूलाई सजाय पुगेको थियो त त्यसबेला तिनीहरूले विनम्रता किन देखाएनन् ? उल्टै तिनका हृदयहरू कठोर भइदिए र शैतानले तिनका अपराधपूर्ण काम तिनीहरूका निम्ति झन् आकर्षणपूर्ण देखिने बनाइदियो ।

    [44] तर जब तिनीहरूले, जुन उपदेश तिनलाई दिइएको थियो त्यसलाई बिर्सिदिए, तब हामीले तिनीहरूका लागि सबै ढोकाहरू खोलिदियौं, यहाँसम्म कि जब ती कुराहरूसित जुन तिनलाई दिइएको थियो, निकै प्रसन्न भइहाले तब हामीले तिनलाई एका–एक समातिहाल्यौं र तिनीहरू त्यति बेला निराशामा डुबिहाले ।

    [45] फेरि दुष्कर्मीहरूको जरा कटिहाल्यौ र सबै प्रशंसाहरू अल्लाहकै लागि हुन्, जो सम्पूर्ण जगतको पालनकर्ता हो ।

    [46] तपाई भन्नुस् कि विचार गर, यदि अल्लाह तिम्रो श्रवण शक्ति र दृष्टि खोसिहालेको र तिम्रो हृदयमा आफ्नो छाप लगाइदिन्छ भने अल्लाह बाहेक अरु कोही पूजनीय छ जसले यी कुराहरू पुनः पल्टाउन सकोस् ? हेर हामी कसरी आफ्ना तर्कहरूलाई विभिन्न कोंणबाट प्रस्तुत गरिराखेका छौं । तैपनि यिनीहरू विमुख हुँदै गएका छन् ।

    [47] तपाई भन्नुस् कि विचार गर यदि तिमीमाथि अल्लाहको सजाय एक्कासी वा खुल्लारूपले आउँछ भने के अन्यायीहरू बाहेक अरु कोही विनष्ट हुनेछन्

    [48] र हामीले पैगम्बरहरूलाई यसकालागि पठाउँदछौ कि उनीहरूले सु–समाचार देउन् र डर देखाउन् र जसले इमान ल्याए र असल मानिस भइहाले त तिनीहरूलाई न कुनै भय हुनेछ न त तिनीहरू दुःखी हुनेछन् ।

    [49] र जसले हाम्रा आयतहरूलाई झूठा भने, तिनीहरूलाई तिनीहरूको आज्ञा उल्लंघनको कारण सजाय हुनेछ ।

    [50] तपाई भनिदिनुस् कि म तिमीसित यो भन्दिन कि मसँग अल्लाहको ढुकुटी छ र नत म अन्तर्यामी हूँ, र नत म यो भन्दछु कि म फरिश्ता हूँ । म त मात्र ती आदेशहरूको पालना गर्दछु जुन मलाई अल्लाहको तर्फबाट प्राप्त हुन्छ । तपाई भन्नुस् कि के अन्धा र आँखा देख्ने एकनास हुनसक्छर ? अनि तिमी विचार किन पुर्याउँदैनौं

    [51] र यस कुरआनद्वारा यस्ता मानिसहरूलाई डराउने गर्नुस् जो यस कुराबाट भयभीत छन् कि आफ्नो पालनकर्ताको अगाडि उपस्थित गरिनेछन् । र जान्दछन् कि उस बाहेक अरु कोही न त तिनको सहयोगी हुनेछ र न सिफारिशवाला, ताकि तिनीहरू संयमी बन्न सकुन् ।

    [52] र जो मानिसहरू विहान र साँझ आफ्नो पालनकर्तासित प्रार्थना गर्दछन् र उसको खुशीको खोजीमा हुन्छन्, तिनीहरूलाई निष्काशन नगर । तिनीहरूको (क्रियाकलापहरूको) जवाफदेहि तपाईमाथि केही पनि छैन र नत तपाईको कामको जवाफदेहि तिनीहरूमाथि छ । यदि तिनीहरूलाई निकालिदिन्छौ भने तिमी अन्यायीहरूमध्येको हुनेछौ ।

    [53] र यस्तै किसिमबाट हामीले कोहीलाई केही मानिसहरूबाट परीक्षा गरिराखेका छौं जसबाट तिनीहरू भन्दै गरुन् कि के यी नै हुन हामीमध्येका जसमाथि अल्लाहले कृपा गरेको छ ? के यस्तो छैन कि अल्लाह आभारी हुनेहरूलाई अति जान्दछ ।

    [54] र जब तिमीछेउ यस्ता मानिसहरू आउँछन् जसले हाम्रा आयतहरूमा विश्वास गर्दछन् त तिनीहरूसित (तिनीहरूको भलाईको लगि) सलामुन, अलैकुम भन्दै गर । अल्लाहले आफूमाथि कृपागर्नु अनिवार्य गरिहालेको छ । यदि तिमीहरूमध्ये कसैले अज्ञानता वश कुनै दुष्कर्म गरिहालेको छ र पछि प्रायश्चित गरिहाल्यो र आफ्नो आचरण सुधार गरिहाल्यो भने अल्लाह ठुलो मुक्तिदाता र अत्यन्त दयावान छ ।

    [55] यस्तै किसिमले हामी आफ्ना आयतहरू स्पष्टरूपले वर्णन गर्नेगर्छौ र यस कारणले कि अपराध गर्नेहरूको काम गर्ने तरिका देखियोस् ।

    [56] (हे पैगम्बर) तपाई भनिदिनुस् कि अल्लाह बाहेक जसको उपासना तिमीले गर्छौ मलाई तिनीहरूको पूजा गर्नुबाट मनाही गरिएको छ । यो पनि भन्नुस् कि म तिम्रा इच्छाहरूको पछि–पछि लाग्दिन । यदि यस्तो गर्दछु भने पथविचलित हुने छु र सही मार्गप्राप्त मानिसहरूमध्येबाट हुनेछैन ।

    [57] भनिदिनुस् कि मेरो आफ्नो पालनकर्ताको तर्फबाट एउटा प्रमाण छ र तिमीले त्यसलाई असत्य भन्दछौ जुन कुराको लागि हतार गरिराखेका छौ त्यो मसित छैन । आदेश दिन अल्लाहकै अधिकारमा छ अरु कसैको होइन । उसले सत्यकुरा बताइदिन्छ र उही सबभन्दा राम्रो इन्साफ गर्नेवाला छ ।

    [58] भनिदिनुस् कि जुन कुरोको लागि तिमीले हतार गरिराखेका छौ, यदि त्यो मसंग भएको भए, मेरो र तिम्रोबीचको कुराको टुङ्गो लागिसक्दथ्यो र अल्लाह अत्याचारीहरूलाई राम्ररी जान्दछ ।

    [59] र अदृश्य कुराको साँचो अल्लाहसँग छ जसको बारेमा उस बाहेक अरु कसैलाई थाहा छैन र जे–जति पृथ्वी र समुन्द्रमा छन् उसैलाई त्यसको ज्ञान छ । एउटा पात झर्दा पनि उसलाई थाहा हुन्छ र पृथ्वीको अँध्यारोमा कुनै दाना (गेडा) उसको जानकारी बेगैर झर्दैन कुनै हरियो, सुकेको कुरा जे–जति छन् सबै स्पष्टरूपले किताबमा (लौहेमहफूजमा) छन् ।

    [60] र उही यस्तो छ जसले कि रातीमा तिम्रो ज्यानलाई (केही अंशमा) आफ्नो नियन्त्रणमा लिन्छ र जे–जति तिमीले दिनमा गर्दछौ त्यो जान्दछ, फेरि तिमीलाई दिनमा ब्युझाइदिन्छ, ताकि निर्धारित समय पूरा गरिहालियोस्, अनि तिमीलाई उसैतिर फर्केर जानुछ । फेरि उसले तिमीलाई बताउनेछ जुन तिमीले गर्नेगरेका थियौ ।

    [61] र उही आफ्ना दासहरूमाथि अधिपत्य सम्पन्न छ श्रेष्ठछ र तिमीमाथि संरक्षक पठाएको हुन्छ, यहाँसम्म कि जब तिमीहरूमध्ये कसैको मृत्यु आउँछ, त्यतिखेर हामीले पठाएका फरिश्ताहरूले उसको प्राण झिकिहाल्छन् र आफ्नो कर्तव्य पालनमा ढिलो गर्दैनन् ।

    [62] अनि सबै मानिसहरू आफ्ना वास्तविक मालिक अल्लाहछेउ फिर्ता गराइनेछन् । सुनिहाल कि आदेश उसैको हो र उसले छिटै हिसाब लिनेछ ।

    [63] तपाई भन्नुस् तिमीलाई जंगल र समुन्द्रको बिपत्तिहरूबाट कसले मुक्ति प्रदान गर्दछ जब तिमीले उसलाई ठूलो आवाजमा वा चुपचाप विन्तीपूर्ण गुहार्छौ कि यदि तिमी हामीलाई यस संकटबाट मुक्ति प्रदान गर्दछौ भने हामी निःसन्देह धेरै आभारी हुनेवालाहरूमध्यका हुनेछौं ।

    [64] तपाई भन्नुस् कि अल्लाहले नै तिमीलाई त्यस (खतरा)बाट र हरेक संकटबाट मुक्ति प्रदान गर्दछ, र तैपनि तिमीले ऊसँग अरुलाई साझेदार ठहराउने गर्दछौ ।

    [65] तपाई भन्नुस् कि तिमीमाथि तिम्रा माथिबाट वा खुट्टा मुनिबाट कुनै सजाय पठाउन ऊ सक्षम छ । अथवा तिमीहरूलाई विभिन्न समूहमा विभाजित गरी झगडा गराइहालोस् र तिम्रो आपसको भिडन्तको स्वाद चखाइहालोस् । हेर्नुस् हामीले आफ्ना आयतहरूलाई कुन–कुन तरिकाले वर्णन गर्दछौं ताकि यिनीहरू बुझ्न सकुन् ।

    [66] र तपाईको समुदाय यस (कुरआन) लाई झूठो भन्दछ जबकि त्यो सत्य हो । भनिदिनुस् तिमीलाई संयमी बनाउने जिम्मेवारी ममाथि छैन ।

    [67] हरेक खबरको एउटा समय निर्धारित छ र तिमीलाई छिटै थाहा भइहाल्छ ।

    [68] र जब तपाईले यस्ता मानिसहरूलाई देख्नुहुन्छ जो हाम्रा आयतहरूको बारेमा अनर्गल बक्वास गरिराखेका छन् भने तिनीहरूबाट अलग भइहाल्नुस्, यहाँसम्म कि तिनीहरू अरु कुरामा व्यस्त भइहालुन् । र यदि शैतानले यो कुरा तपाइलाई विर्साइदिन्छ भने याद भए पछि अपराधीहरूको साथमा नबस्नुस् ।

    [69] र आत्मसंयमीहरूमाथि तिनीहरूको सोधपूछको कुनै जिम्मेवारी छैन, तर हो, सम्झाउने काम उनीहरूको हो, सम्भवतः तिनीहरू पनि परहेजगार बन्न सकुन् ।

    [70] र जुन मानिसहरू आफ्ना धर्मलाई खेल र तमाशा बनाएका छन्, र संसारिक जीवनले तिनीहरूलाई भ्रमजालमा पारिसकेको छ त्यस्ता मानिसहरूबाट अलग्गै रहनु । तर हो यस कुरआनको माध्यमबाट उपदेश दिंदै गर्नु, ताकि कोही आफ्नो आचरणको कारण सजायमा नफसोस्, कि अल्लाह बाहेक न त तिनीहरूको कोही सहयोगी हुनेछ न त सिफारिश गर्ने मानिस । यस्तो भइहालोस् कि यदि त्यसले प्रत्येक कुरो जुनकि धरतीमा छ क्षतिपूर्तिको रूपमा दिन खोजे पनि त्यो स्वीकार्य हुनेछैन । यिनै मानिसहरू हुन् जसले कि आफ्ना कार्यको फलस्वरूप विनाशमा फँस्न पुग्दछन् । उनीहरूको कुफ्रको कारण तिनीहरूको निम्ति पिउनको लागि उम्लिराखेको पानी र कष्टदायक सजाय हुनेछ ।

    [71] तपाई भन्नुस् कि के हामीले अल्लाह बाहेक, यस्तो कुरालाई गुहारौं जसले न हामीलाई फाइदा गर्न सक्दछ न त नोक्सान । र जब अल्लाहले हामीलाई सहीबाटो देखाइसकेको छ, त के हामी त्यसबाट विमुख भइहालौं ? त्यो मानिस जस्तो जसलाई कि शैतानहरू जंगलमा सही मार्गबाट विचलित गरीदिएका छन् उसले यताउता घुम्दै गर्छ, उसकाकेही साथीहरू पनि छन् र उनीहरू ठीकबाटोतिर बोलाउँछन् कि हाम्रो पासमा आइहाल । भनिदिनुस् कि सहीबाटो त त्यही नै हो जुन हामीलाई अल्लाहले देखाएको छ र हामीलाई त यही आदेश प्राप्त भएको छ कि हामी आफ्नो पालनकर्ताको पूर्णरूपले आज्ञाकारी बनौं ।

    [72] र यो (पनि) कि नमाज् पढ्दै गर र ऊसँग डरमान्दै गर र उही नै हो जसको समीप तिमीहरूलाई भेला गरिनेछ ।

    [73] र उही त हो जसले आकाशहरू र पृथ्वीलाई सत्यका साथ बनाएको छ, र जुन दिन उसले यतिमात्र भन्ने छ कि भइहाल त त्यो भइहाल्छ । उसको कुरा साँचो र प्रभावकारी छ र जुन दिन सूर (सिंगा) फुकिन्छ त्यस दिन उसैको राज्य हुनेछ । दृश्य र अदृश्य कुराको ऊ ज्ञाता हो र उही नै बुद्धि सम्पन्न र सर्वज्ञ छ ।

    [74] र त्यो समय पनि याद गर्ने योग्य छ जब इब्राहीमले आफ्ना पिता आजरसित भने के तिमीले मूर्तिहरूलाई पूजनीय ठान्दछौ ? निःसंदेह म देख्छु कि तिमी र तिम्रा मानिसहरू खुल्लारूपमा मार्गविचलित छौ ।

    [75] र यस प्रकार हामीले इब्राहीम (अलैहिस्सलाम) लाई आकाशहरू र पृथ्वीका अनौठा प्राणीहरू देखाउन थाल्यौं जसबाट पक्का विश्वासी भइहालुन् ।

    [76] जब रातीको अँध्यारो फैल्यो आकाशमा एउटा तारा देखियो । भन्न थाले कि यो मेरो पालनकर्ता हो । तर जब त्यो डुब्योे त भन्न थाले कि डुबीहाल्नेहरूलाई म मायाँ गर्दिन ।

    [77] अनि जब चन्द्रलाई देखे कि चम्किराखेको छ, त भन्न थाले कि यो मेरो पालनकर्ता हो, तर जब त्यो पनि डुब्यो त भन्न थाले कि, यदि मेरो पालनकर्ताले मलाई सही बाटो देखाएन भने म तिनीमध्येबाट हुनेछु जो सही बाटोबाट विचलित छन् ।

    [78] पछि जब सूर्यलाई देखे कि टल्किराखेको छ त भन्न थाले कि यो मेरो पालनकर्ता हो, यो त सबभन्दा ठूलो छ, परन्तु जब त्यो पनि अस्ताइहाल्यो, त भन्न थाले, (हे मानिसहरू) म तिमीहरूको अल्लाहसँग कसैको साझेदारी ठहाराउनेबाट मुक्त छु ।

    [79] म दृढ भएर आफूलाई उसतिर प्रवृत्त गर्दछु जसले आकाशहरू र पृथ्वीको सृष्टि गरेको छ र म मुश्रिकहरूमध्येको होइन ।

    [80] र उनको समुदायका मानिसहरूले उनीसँग विवाद गर्न थाले तब ‘‘उनले भनेकि तिमी मसँग अल्लाहको बारेमा के विवाद गर्दछौ’’ त्यसले त मलाई सही बाटो देखाइसकेको छ र जसलाई तिमीले अल्लाहको साझेदार बनाउँछौ म तिनीसँग डराउदैन । अल्लाहको इच्छा नहुन्जेल कुनै कुरा हुँदैन । सबै कुराको जानकारी मेरो पालनकर्ताकै ज्ञानको परिधिभित्र पर्दछ । के तिमीले त्यो कुराको विचार गर्दैनौ

    [81] म ती कुराहरूसँग, जसलाई कि तिमीले अल्लाहको साझेदार ठहराउँछौ, कसरी डर मान्न सक्छु, जब कि तिमीलाई यस कुरोसँग भय छैन कि अल्लाहसँग अरुको साझेदारी ठहराउँछौ जसको लागि उसले कुनै प्रमाण उतारेको छैन ? अब दुईटै समूहमध्ये कुनचाँहि सुरक्षाको हकदार छ, यदि तिमीमा ज्ञान छ भने ।

    [82] जसले आस्था गर्दछन् र आफ्नो ईमानसँग शिर्कका कुराहरू मिसाउँदैनन्, त्यस्ताहरूकोे निम्ति सुरक्षा छ र तिनैले मार्गदर्शन प्राप्त गर्दछन् ।

    [83] र यो हाम्रो तर्क थियो जुन हामीले इब्राहीमलाई उनको समुदायको विरुद्ध प्रयोग गर्न प्रदान गरेका थियौं । हामीले जसलाई चाहन्छौ उच्च दर्जा प्रदान गर्दछौं । निःसन्देह तिम्रो पालनकर्ता बुद्धि सम्पन्न र सर्वज्ञ छ ।

    [84] र हामीले तिनलाई इस्हाक र यअ्कूब दियौं र सबैलाई हामीले मार्गदर्शन प्रदान गर्यौं र अघि नूहलाई पनि शिक्षा प्रदान गरेका थियौं र उनको संततिमध्ये दाऊद र सुलैमान र अय्यूब र यूसुफ र मूसा र हारूनलाई पनि, र हामीले सदाचारीहरूलाई यस्तै किसिमले पुरस्कार दिने गर्दछौ ।

    [85] र जकरीया र यह्या र ईसा र इलियासलाई पनि, यी सबै सदाचारी थिए ।

    [86] र इस्माईल र यस्आ र यूनुस र लूतलाई पनि र ती सबैलाई संसारका मानिसहरूमाथि श्रेष्ठता प्रदान गरेका थियौं ।

    [87] र कसै–कसैलाई तिनीहरूका बाबु–बाजेलाई र सन्तति र दाजु भाइहरूमध्येबाट पनि, र हामीले तिनलाई रोजेका थियौं र सही बाटो देखाएका थियौं ।

    [88] यो अल्लाहको मार्गदर्शन नै हो जसको माध्यमबाट आफ्ना दासहरूमध्ये जसलाई चाहन्छ मार्गदर्शित गर्दछ । र यदि तिनीहरूले अल्लाहसँग अरुको साझेदारी ठहराउने भए, तिनीहरूको सबै कर्महरू बर्बाद भएर जाने थियो ।

    [89] यी त्यस्ता मानिसहरू थिए जसलाई हामीले किताब, बुद्धिमत्ता र नबूवत दिएका थियौं । यदि यिनीहरूले नबुवत (दूतत्व) मान्न इन्कार गर्दछन् भने, हामीले त्यसको लागि यस्ता मानिसहरूलाई नियुक्त गरिसकेका छौं कि तिनीहरूले ती कुराहरूबाट कहिल्यै इन्कार गर्ने छैनन् ।

    [90] यी त्यस्ता मानिसहरू थिए जसलाई अल्लाहले सही बाटो देखाएको थियो, यसर्थ तिनैको उपदेशका अनुयायी बन । तपाई भनिदिनुस् कि म तिमीसित यसबारे केही बदला माग्दिन । यो त संसारका मानिसहरूको लागि मात्र उपदेश हो ।

    [91] र तिनीहरूले अल्लाहको जुन रूपमा आदर गर्न जान्नु पर्दथ्यो, त्यो जानेनन् । जब तिनीहरूले भने कि अल्लाहले मानिसमाथि केही पनि उतारेको छैन । भन्नुस् कि जुन किताब मुसाले लिएर आएका थिए, त्यसलाई कसले प्रदान गरेको छ, यसको विशेषता हो कि यो मानिसहरूको निम्ति प्रकाश र मार्गदर्शन हो र जसलाई तिमीहरूले अलग–अलग पानामा राखिराखेका छौ, त्यसका केही भागलाई त प्रकट गर्दछौ र धेरैलाई लुकाउँछौ । तिमीहरूलाई ती धेरै कुराहरू सिकाइयो जसलाई कि न तिमी जान्दथ्यौ र न त तिम्रा ठूलाबडाले । भनिदिनुस् कि (यस किताबलाई) अल्लाहले नै उतारेको छ यसर्थ तिनीहरूलाई उनको तुच्छ कुराहरूको बक्वासमा खेलिराख्न दिनुस् ।

    [92] यो पनि यस्तै किताब हो जसलाई हामीले उतारेका छौं जो धेरै कल्याणकारी छ, पहिलाका किताबहरूलाई प्रमाणित गर्दछ र यस कारणले कि तपाईले मक्का र त्यसको छेउछाउमा बस्ने मानिसहरूलाई डराउन सक्नुहोस्, र जुन मानिसहरूले आखिरतको दिनमा विश्वास गर्दछन्, तिनीहरू जस्तैले यस किताबमा यी पनि आस्था राख्दछन् र आफ्ना नमाजहरूबारे नित्यता गर्दैछन् ।

    [93] र त्योभन्दा ठूलो अत्याचारी को होला, जस्ले अल्लाहमाथि झूठो दोषारोपण गर्दछ अथवा यो भन्दछ कि ममाथि अल्लाहको बाणी आएको छ, जबकि त्यसमाथि कुनै पनि अल्लाहको बाणी आएको हुँदैन, र जसले यो भन्दछ कि जुन प्रकारको किताब अल्लाहले प्रदान गरेको छ, त्यस्तो किताब म पनि ल्याउँछु । र यदि तपाईले ती अन्यायीहरूलाई त्यतिखेर देख्नु भयो जब यी अन्यायीहरू मृत्युका कष्टपूर्ण व्यथामा हुन्छन् र फरिश्ताहरू आफ्ना हातहरू बढाइराखेका हुन्छन् यो भन्दै कि आफ्ना प्राणहरू समर्पित गर, आज तिमीहरूलाई अपमानजनक सजाय दिइनेछ, किनभने तिमीहरूले अल्लाहको विरोधमा झूठा कुरा गर्ने गर्दथ्यौ र त्यसका आयतहरूलाई तिरस्कारपूर्ण अस्वीकार गर्ने गर्दथ्यौ ।

    [94] र हेर जस्तो हामीले तिमीलाई प्रथम पटक सृष्टि गरेका थियौं त्यस्तै तिमी आज हाम्रो समीपमा एक्ला–एक्लै आएका छौ र जुन हामीले तिमीलाई प्रदान गरेका थियौं ती सबै कुरा आफ्ना पछाडि छोडेर आयौ, र हामीले तिम्रा साथमा भएका सिफारिश गर्नेहरूलाई पनि देख्दैनौं, जसको बारेमा तिम्रो दावी थियो कि तिनीहरू तिम्रा सहभागी हुन् । निश्चय नै तिम्रा आपसी सम्बन्धहरू त समाप्त भइहाले र जुन दावी तिमीले गर्ने गर्दथ्यौ ती सबै समाप्त भए ।

    [95] निःसन्देह अल्लाहले नै बिउ र गेंडालाई चीरेर बिरुवा उमार्छ, उसैले सजीवलाई निर्जीवबाट निकाल्दछ र मृतकबाट ज्यानवालालाई निकाल्दछ । यही नै अल्लाह हो, अनि तिमी दिगभ्रान्त भई किन हिंडिराखेका छौ ।

    [96] उसले (रात्रिको अंधकारबाट) विहानीको उज्यालो च्यातेर निकाल्दछ र उसैले रातिलाई विश्रामको निम्ति र सूर्य र चन्द्रलाई प्रकृयाबद्ध बनाएको छ । यो प्रमाणित कुराहो त्यो शक्तिशाली सर्वज्ञाता (अल्लाह) को ।

    [97] र त्यही त हो जसले कि तिम्रो लागि तारामण्डललाई सृष्टि गर्याे ताकि तिमी जंगलको र पानीको र अँध्यारोमा पनि बाटो थाहा पाउन सक । र बुद्धिमानहरूको निम्ति हामीले प्रमाणहरू खुल्लारूपमा वर्णन गरिसकेका छौं ।

    [98] र उही त हो जसले तिमीलाई एक व्यक्तिबाट जन्मायो, अनि तिम्रो लागि धेरै बस्ने एउटा ठाउँ र एउटा थोरै बस्ने ठाउँ बनायो । बुझ्नेहरूको निम्ति हामीले आफ्ना आयतहरू स्पष्टरूपमा वर्णन गरेका छौं ।

    [99] र उही हो जसले आकाशबाट पानी बर्षायो अनि हामीले त्यसबाट थरी–थरीका हरिया कुराहरू उब्जाउँछौ अनि त्यसबाट हरिया हरियाकोपिलाहरू निकाल्दछौ र यी कोपिलाहरूबाट तिनैसँग एक आपसमा संलग्न दानाहरू निकाल्दछौ र खजूरका गाभासित झुण्डिराखेका झुप्पा र अंगूरका बगैंचाहरू र जैतून र अनार जुनकि आपसमा एक अर्का जस्तो पनि छन् र फरक – फरक पनि छन् । यी कुरा जब फल्दछन् त तिनका फलहरूमाथि र तिनका पाक्ने अवस्थालाई हेर । यिनीहरूमा त्यस्ता मानिसहरूका लागि जसले विश्वास गर्दछन् निशानीहरू छन् ।

    [100] र तिनीहरूले शैतानहरूलाई अल्लाहका साझेदार ठहराउँदछन् जब कि तिनीहरूलाई अल्लाहले नै सृष्टि गरेको हो र ती अज्ञानीहरूले(अल्लाहका) छोरा छोरीहरू बनाएका छन् तर ऊ (अल्लाह) यस्ता कुराहरूबाट मुक्त र पवित्र छ जुन तिनीहरूले उसको बारेमा भन्दछन् ।

    [101] त्यही नै आकाशहरू र पृथ्वीको स्रष्टा हो । उसलाई सन्तान कहाँबाट हुन्छ जबकि उसको कुनै पत्नी छैन र उसले प्रत्येक कुराको सृष्टि गरेको छ । र उसलाई हरेक कुराको जानकारी छ ।

    [102] यो अल्लाह नै तिम्रो पालनकर्ता हो उस बाहेक अरु कोही पूजनीय छैन उही नै प्रत्येक कुराको सृष्टिकर्ता हो । तसर्थ तिमी उसैको उपसना गर र उही सम्पूर्ण कुराहरूको सु–सञ्चालन गर्ने संयोजक हो ।

    [103] (त्यो यस्तो छ कि) उसलाई कसैको आँखाहरूले देख्न सक्तैनन् र उसले सबै आँखाहरूलाई देख्न सक्तछ र ऊ रहस्य जान्नेवाला सर्वज्ञ छ ।

    [104] अब निःसन्देह तिमीछेउ तिम्रो पालनकर्ताबाट सत्यताका प्रमाणहरू पुगिसकेका छन् तसर्थ जसले देख्यो, उसले आफ्नो भलो गरिहाल्यो र जो अन्धो बनिरह्यो त्यसले आफ्नो हकमा नराम्रो गरिहाल्यो र म तिमीहरूको हेर्नको लागि वाध्य छैन ।

    [105] र हामी यस्तै किसिमबाट आफ्ना आयतहरूलाई विभिन्न तरिकाले वर्णन गर्दछौ ताकि यिनीहरू यो भनुन् कि तपाईले कसैबाट सिक्नु भएको हो र ताकि बुझ्नेहरूको निम्ति हामीले त्यसको पूर्ण व्याख्या गरिहालौ ।

    [106] जुन आदेश तपाईको पालनकर्ताबाट तपाईलाई आउँछ, त्यसको पालना गर्नेगर र पालनकर्ता (अल्लाह) बाहेक अरु कोही सत्य पूजनीय छैन र मुश्रिकहरूबाट पन्छिने गर्नु ।

    [107] र यदि अल्लाहले चाहेको भए, यिनीहरूले शिर्क गर्ने थिएनन् र (हे पैगम्बर !) हामीले तपाइलाई तिनीहरूमाथि संरक्षक नियुक्त गरेको होइन र न त तपाईमाथि तिनीहरूको क्रियाकलापको सञ्चालनको जिम्मेवारी छ ।

    [108] र जसलाई यी मुश्रिकहरू अल्लाह बाहेक गुहार्छन् तिनीहरूलाई गाली नगर्नु किन भने त्यसो गरेमा यिनीहरू अज्ञानतामा अल्लाहलाई नराम्रो भन्ने छन् । यस प्रकार हामीले हरेक समूहका क्रियाकलापहरूलाई आकर्षक बनाएर देखाएका छौं । पछि तिनीहरूले आफ्नो पालनकर्ताछेउ फर्केर जानु छ । अनि उसले तिनीहरूलाई बताउने छ जे तिनीहरूले गर्ने गर्दथे ।

    [109] र यिनीहरूले जोड दिएर अल्लाहको कसम खाँदछन् कि यदि तिनीहरूको पासमा कुनै निशानी आएको भए, त त्यसलाई अवश्य नै विश्वास गर्ने थिए । तपाई भनिदिनुस् कि निशानीहरू त सबै अल्लाहकै नियन्त्रणमा छन् र तिमीलाई के थाहा छ ? निशानीहरू जब आउनेछन् तब पनि यिनीहरूले ईमान ल्याउने छैनन् ।

    [110] र हामीले पनि तिनका हृदय र आँखाहरूलाई फेरिदिन्छौं जस्तो कि यिनीहरू यस (कुरआन) मा पहिलो पटक ईमान ल्याएनन् । र तिनलाई छोडिदिने छौं, ताकि आफ्ना अट्टेरिपनामा भौतारी राखुन् ।

    [111] र यदि हामीले तिनीहरूछेउ फरिश्ताहरूलाई (स्वर्गदुतहरू) पठाइदिएको भए, र मृतकहरूले तिनीहरूसँग कुरा गर्न थालेको भए, र हामीले तिनीहरूको अगाडि संसारका सबै कुरा उपस्थित गराइदिएको भए पनि यिनीहरूले ईमान ल्याउने थिएनन् । जबसम्म अल्लाह स्वयम्ले चाँहदैन्, तर उनीहरूमध्ये अधिकांश अज्ञानी छन् ।

    [112] र यसै प्रकारले हामीले मानिस तथा जिन्नमध्येका शैतानहरूलाई हरेक पैगम्बरको शत्रु बनाएका थियौं । तिनीहरूमध्ये केहीले एक अर्काको मनमा चिल्लो चाप्लुसी कुराहरू धोखा दिने उद्देश्यले गर्दथें । यदि अल्लाहले चाहेको भए तिनीहरूले त्यस्तो काम गर्ने थिएनन् । तसर्थ तिनीहरूलाई तथा तिनीहरूले जे जति मन गढन्तरूपमा गर्दछन्, सबै छाडिदेऊ ।

    [113] र जुन मानिसले परलोकको दिनलाई विश्वास गर्दैनन् तिनीहरूको हृदय तिनीहरूको कुरा (धोखा) तिर प्रवृत होउन् र त्यसलाई रुचाउन् र तिनीहरूले गर्नेकाममा उनीहरू पनि लिप्त रहुन् ।

    [114] के म अल्लाहलाई छोडेर अरु कसैलाई न्याय गर्नको लागि खोजूँ जब कि उसले पूर्ण विस्तारकोसाथ एउटा किताब तिम्रो लागि पठाएको छ? यसका शीर्षकहरू स्पष्टसंग वर्णन गरिएका छन् । र जसलाई हामीले (पहिले) किताब प्रदान गर्यौं तिनीहरूले जान्दछन् कि त्यो सत्य किताब तिम्रो पालनकर्ताको तर्फबाट उतारिएको हो, तसर्थ तपाई शंका गर्नेमध्येको नहुनु ।

    [115] र तिम्रो पालनकर्ताको कुरा सत्यता र न्यायको दृष्टिले पूर्ण छ त्यसको आदेश कसैले परिवर्तन गर्न सक्दैन र ऊ सबै सुन्दछ र जान्दछ ।

    [116] प्रायः यस संसारमा धेरै यस्ता मानिसहरू छन् यदि तपाईले तिनीहरूले भनेको कुरा मान्न थाल्नु भयो भने, तिनीहरूले तपाईलाई अल्लाहको बाटोबाट विचलित गराइदिनेछन् । यिनीहरू अप्रमाणिक विचारमा लाग्दछन् र अटकलबाजीको कुरा गर्दछन् ।

    [117] तिम्रो पालनकर्ता तिनीहरूलाई राम्ररी जान्दछ कि को उसको बाटोबाट विचलित छ र तिनीहरूलाई पनि राम्ररी जान्दछ जो उसको बाटोमा हिंडिराखेका छन् ।

    [118] तसर्थः जुन जनावरमा अल्लाहको नाम लिइन्छ त्यसबाट खानु यदि तिमी अल्लाहका आयतहरूमाथि ईमान राख्दछौ भने ।

    [119] अनि के कारणले जुन जनावरमा अल्लाहको नाम लिइएको छ तिमीले त्यसबाट खाँदैनौ, जबकि तिम्रो लागि वर्जित गरिएका सबै जनावरहरू एक एक गरी वर्णन गरिसकिएको छ । तर त्यस अवस्था बाहेक जब कि ती कुरा खानुको निम्ति बाध्य भइहाल्छौ तर धेरै जसो मानिसहरू बिना जानी बुझी आफ्नो इच्छा पूर्तिको लागि मानिसहरूलाई ढाँटीरहेका छन् । यसमा कुनै शंका छैन कि जो सीमाभन्दा बाहिर गइहाल्छन्, तिनीहरूलाई तिम्रो पालनकर्ता राम्ररी जान्दछ ।

    [120] र तिमीले देखिने र नदेखिने हरेक प्रकारको पापलाई परित्याग गरिहाल । जुन मानिसहरूले पाप कमाउँदछन् तिनीहरू निश्चयनै निकट भविष्यमा आफ्नो यस कमाईको सजाय पाउनेछन् ।

    [121] जुन जनावरमा अल्लाहको नाम लिइन्न त्यसलाई नखाऊ किन भने निःसन्देह त्यो आज्ञाको उल्लंघन हो । र शैतानहरूले (यस्ताकुराहरू) आफ्ना साथीहरूको हृदयमा हालिदिन्छन्, जसकोकारण तिनीहरूले तिमीसंग झगडा गरुन् । यदि तिमी तिनीहरूले भने अनुसार हिंड्यौ भने निश्चय नै तिमी पनि मुश्रिक नै हुनछौ ।

    [122] के त्यो व्यक्ति जुन पहिले मृत थियो र हामीले उसलाई जीवन प्रदान गर्यौं र जसको लागि एउटा प्रकाश उपलब्ध गरायौं जसको साथमा ऊ व्यक्तिहरूबिच हिडने–डुल्ने गर्दछ । के त्यस्तो व्यक्ति, त्यो व्यक्ति सरह हुनसक्तछ जुन अन्धकारमा छ र कुनै पनि तरिकाले त्यहाँबाट बाहिर निस्कन सक्दैन ? यस्तै अधर्मीहरूको लागी उनीहरूका क्रियाकलापहरू आकर्षक लाग्ने गर्दछन् ।

    [123] यस्तै प्रकारले हामीले प्रत्येक बस्तीमा तिनीहरूका ठूला–बडालाई नै अपराध गर्न लगायौं, जसबाट ती ठाउँमा तिनीहरूले छलकपट (षड्यन्त्र) को जाल फैलाइराखुन् । वास्तवमा तिनीहरू आफ्नो छलकपटको जालमा स्वयम् फस्दैछन् तर तिनीहरू यसबारे अनभिज्ञ छन् ।

    [124] र जब तिनीहरू सामु कुनै आयत (निशानी) आउँदछ त तिनीहरूले भन्दछन् कि, ‘‘जुन किसिमको रिसालत (दूतत्व) अल्लाहका रसूलहरूलाई दिइएको छ, त्यस्तै रिसालत हामीहरूलाई नदिऊञ्जेल हामीले कदापि ईमान ल्याउने छैनौं’’ । अल्लाहले राम्ररी जान्दछ कि, आफ्नो सन्देश पुर्याउने काम कोबाट लिने र कुन प्रकारले दिने । नजिक छ त्यो समय जब यी अपराधिहरूले आफूले गरेको क्रियाकलापको बदलामा अल्लाहकहाँ अपमानित हुनेछन् र कठोर यातना भोग्नुपर्नेछ ।

    [125] तसर्थ जुन मानिसलाई अल्लाहले चाहन्छ कि, मार्गदर्शन प्राप्त गरोस्, उसको छाती इस्लामको लागि फराकिलो गरिदिन्छ र जसलाई विचलित गर्ने इच्छा राख्दछ उसको छातीलाई साँगुरो पारिदिन्छ मानौ त्यो आकाशमा चढिराखेको छ र यस्तै अल्लाहले पापको दुर्गन्ध त्यस व्यक्तिमाथि थोपारिदिन्छ, जसले ईमान ल्याउदैन ।

    [126] यही नै तिम्रो पालनकर्ताको सिधा मार्ग हो । हामीले उपदेश मान्ने व्यक्तिहरूको लागि यी आयतहरूलाई स्पष्ट वर्णन गरिदिएका छौं ।

    [127] तिनीहरूको लागि तिनीहरूको पालनकर्ताकहाँ शान्ति घर छ र तिनीहरूले राम्रो कर्मको नीति अपनाए बापत अल्लाह नै तिनीहरूको संरक्षक हो ।

    [128] जुन दिन अल्लाहले ती सबै प्राणी (जिन्न र मानिसहरू) लाई एकत्रित गर्नेछ र जिन्नहरूलाई सम्बोधित गर्दै भन्नेछ कि, ‘‘हे जिन्नहरूको समूह, तिमीहरूले त मानिसहरूबाट धेरै फाइदा लिइसक्यौ’’ । त्यसबेला मानिसमध्ये तिनका जो मित्र थिए, तिनीहरू निवेदन गर्नेछन् कि, ‘‘पालनहार ! हामीमध्ये एकले अर्काबाट धेरै फाइदा लिने गर्यौं र अब हामी त्यस म्यादमा पुगिसकेका छौं जुन तिमीले हाम्रो लागि (निर्धारित) गरिदिएका थियौ’’ अल्लाहले भन्ने छ कि, ‘‘तिमी सबैको ठेगाना अब नर्क हुनेछ । त्यसमा तिमी सदैव रहने छौ ।’’ तर जसलाई अल्लाहले बचाउन चाहन्छ, उसको कुरा अर्कैछ । निःसन्देह तिम्रो पालनकर्ता ठूलो तत्वदर्शी र सर्वज्ञ छ ।

    [129] र यसै प्रकार (परलोकमा) हामीले अत्याचारीहरूलाई, तिनीहरूका क्रियाकलापलेगर्दा जुन कि तिनीहरूले गर्दथे, एक अर्काको (नर्कको) साथी बनाइदिनेछौं ।

    [130] ‘‘हे जिन्न र मानिसहरूको समूह । के तिमीहरूनिर तिमीहरूमध्येबाटै पैगम्बरहरू आएका थिएनन्, जसले मेरा आयतहरू (नियमहरू) तिमीलाई पढेर सुनाउँदथे र तिमीलाई आजको दिनको खबर दिदैनथे ?’’ तिनीहरूले विन्ती गर्नेछन् कि, ‘‘हो आउँदथे हामी आफ्ना पाप आफै स्वीकार्दछौं ।’’ यिनीहरूलाई सांसारिक जीवनले भ्रममा पारिराखेको छ र त्यस समयमा तिनीहरू स्यवम्ले आफ्नो विरुद्ध आफै साक्षी हुनेछन कि, तिनिहरू काफिर थिए ।’’

    [131] (हे मुहम्मद ! यो यस कारण हो) कि तपाईको पालनकर्ताले कुनै बस्तीका बासिन्दाहरूलाई उनीहरूको कुफ्रको कारण यस अवस्थामा समाप्त गर्दैन कि त्यहाँका बासिन्दाहरू सत्यदेखि अपरिचित होउन् ।

    [132] र कर्मलाई दृष्टिगत गरी सबै व्यक्तिका दर्जाहरू निर्धारित छन् र जुन काम यिनीहरूले गर्दछन्, अल्लाह त्यसबाट अनभिज्ञ छैन ।

    [133] र तपाईको रब धेरै सम्पन्न र दयावान छ, उसले चाहेको खण्डमा तिमी सबैलाई (दुनियाँबाट) समाप्त गर्न सक्छ र तिम्रो ठाउँमा जसलाई चाहन्छ उपस्थित गर्न सक्छ, जस्तो कि तिमीलाई उसले अरु मानिसहरूको वंशबाट सृष्टि गरेको छ ।

    [134] कुनै सन्देह छैन कि जुन वचन तिमीलाई दिइन्छ त्यो पूरा हुनेवाला छ र तिमीमा त्यसलाई रोक्ने सामथ्र्य छैन ।

    [135] (हे नबी) भनिदिनुस् कि मानिसहरू हो तिमीहरू आफ्नो ठाउँमा कर्म गर्दै जानु र म आफ्नो ठाउँमा कर्म गर्दै रहन्छु । चाडै नै तिमीले प्रतिफल थाहा पाउनेछौ कि आखिरतमा (वहिश्तमा) कसको घर हुनेछ । निःसन्देह यो सत्य छ कि अत्याचारीहरूलाई कहिलै सफलता प्राप्त हुँदैन ।

    [136] यिनीहरूले नै सृष्टि गरेको कुराहरू कृषि र चौपायामा अल्लाहको एक भाग निर्धारित गरेका छन् र आफ्नो विचारले भन्दछन् कि यो भाग अल्लाहको र यो हाम्रो साझेदारहरूको हो (मूर्तिहरूको), तसर्थ जुन (भाग) तिनीहरूको साझेदारको हुन्छ, त्यो अल्लाहतिर पुग्दैन र जुन (भाग) अल्लाहको हुन्छ त्यो तिनका साझेदारहरूतिर पुगीहाल्छ । कति नराम्रो निर्णय यिनीहरूले गर्दछन् ।

    [137] यसै प्रकारले धेरै जसो बहुदेववादीहरूको विचारमा तिनका साझेदारहरूले आफ्ना सन्तानहरूलाई मारिदिने कुरा सुहाँउदो बनाइदिएका छन् । ताकि तिनीहरूलाई नष्ट पारिदेऊन् र तिनको लागि तिनको धर्मलाई संदिग्ध गरिदेउन् । र यदि अल्लाहले चाहेको भए तिनीहरू यस्तो गर्न सक्दैनथे । तसर्थ तिनीहरूलाई र तिनीहरूको मिथ्याकुरालाई छाडिदिनुस् ।

    [138] तिनीहरूले आफ्नो विचारमा यो पनि भन्दै छन्ः कि ‘‘यो जनावर र खेती वर्जित र सुरक्षित छन् जसको उपभोग सबैको लागि जायज छैन केवल त्यस व्यक्तिले उपभोग गर्न सक्छ जसलाई हामीले चाहनेछौं ।’’ र केही चौपाया यस्ता छन् कि तिनको पिठ्युँमा चढ्न वा केही कुरा बोकाउन रोक लगाइएको छ । र केही पशुहरू यस्ता छन् जसमाथि (काट्ने जब्ह गर्ने बेला) अल्लाहको नाम लिदैनन् । यी सबै अल्लाहमाथि यिनीहरूले रचेका असत्य कुरा हुन् । अल्लाहले तिनीहरूलाई तिनको झूठको प्रतिफल छिटै नै दिनेछ ।

    [139] यो पनि भन्छन्ः कि, जुन कुरा (बच्चा) यी चौपायहरूको पेटमा छन् त्यो विशेषरूपले हाम्रा पुरुषहरूको लागि हो र हाम्रा स्वास्नी मानिसहरूका लागि त्यो होइन । यदि त्यो बच्चा मृतक जन्मन्छ भने त्यसमा सबैको साझेदारी छ (सबैले खान सक्छन्) । छिट्टै अल्लाहले तिनीहरूलाई तिनका मनगढन्त कपोलकल्पित कुराको सजाय दिनेछ । निःसन्देह ऊ ठूलो तत्वदर्शी र सर्वज्ञ छ ।

    [140] निःसन्देह ती मानिसहरू घाटामा परीहाले जुन आफ्नो सन्तानलाई मूर्खता र अज्ञानताको कारणले हत्या गरे र अल्लाहमाथि मिथ्या कुरागर्दा उसले प्रदान गरेको जीविकालाई वर्जित बनाए । वास्तवमा तिनीहरू पथविचलित भइहाले र कहिले पनि उनीहरू सत्य मार्गदर्शन प्राप्त गर्नेमध्येका हुने छैनन् ।

    [141] र उही हो जसले धेरै बगैचाहरू उत्पन्न गरायो । टाटी, बान्नो वा थाङ्गरामा चढने लतावाला र छानामाथि नचढने बिना लतावाला पनि । र खजूर र खेती पनि जसबाट विभिन्न प्रकारका खाद्यपदार्थ प्राप्त हुन्छन्, जैतून र अनार पनि जो एक–आपसमा मिल्दछन् र फरक पनि हुन्छन् । यिनीहरूको फल खानु जुन दिन ती फल टिपिन्छ वा काटिन्छ तिनीहरूको भाग (दान) पनि दिनु र सीमाभन्दा अघि नबढ, अल्लाहले सीमादेखि अघि बढ्नेलाई मायाँ गर्दैन ।

    [142] र उसले चौपायामध्ये भारी बोक्नको लागि केही ठूलो र केही सानो जनावर सृष्टि ग¥यो । अल्लाहले तिमीलाई जुन कुरा प्रदान गरेको छ त्यसको उपभोग गर र शैतानको अनुशरण नगर किनकि त्यो तिम्रो स्पष्ट शत्रु हो ।

    [143] उसले आठ भाले–पोथी चौपायाहरू सृष्टि गर्याे दुई भेडाबाट र दुई बाख्राबाट । हे पैगम्बर ! तिनीहरूसँग भन्नुस् कि के अल्लाहले दुवैका भालेहरूलाई त्याज्य बनाएको छ वा दुवैको पोथीहरूलाई ? वा उसलाई जुन दुवै पोथीको गर्भमा हुनेछ ? यदि तिमी साँचो हौे भने कुनै तर्कको आधारमा मलाई भन ।’’

    [144] र दुई ऊँटको जातिबाट र दुई–दुई गाईको जातिबाट (तिनीहरूसित) सोध्नुस् कि, के अल्लाहले दुवैका भालेलाई त्याज्य गरेको छ वा दुवैको पोथीहरूलाई? वा त्यसलाई जुनकि दुवै पोथीको गर्भमा छ ? के तिमी त्यस समयमा उपस्थित थियौ जब अल्लाहले (अवैध हुने) आदेश तिनीहरूलाई दिएको थियो ? र त्यस मानिसभन्दा ठूलो अन्यायी अरु को हुन सक्छ जसले मानिसहरूलाई मार्गविचलित गर्नुको लागि अज्ञानतापूर्वक अल्लाहमाथि झूठो कुराको दोषारोपण गर्दछ । कुनै सन्देह छैन कि अल्लाह अत्याचारीहरूलाई सही मार्ग देखाउँदैन ।’’

    [145] हे नबी, यिनीहरूलाई भन्नुस्ः ‘‘कि, जुन आदेश ममाथि ‘‘वह्य’’ मार्फत उतारिएको छ त्यसमा मैले कुनै चिज त्यस्तो पाउँदिन जुन खानेले खान्छन् तर त्यसललाई वर्जित गरिएको होस् । त्यस बाहेक यदि त्यो मृतक पशु होस् वा बगिरहेको रगत वा सुँगुरको मासु होस् किनभने यी सबै बिल्कुल अपवित्र हुन् वा अर्को कुनै कुरा जुन मर्यादाको खिलाफ होस् । जसमा अल्लाह बाहेक अरु कसैको नाम लिएको हुन्छ, तर विवश भएको अवस्था बाहेक, यस शर्तमा कि बिवशतामा खाने मानिसले स्वादको लागि खाएको नहोस् न त ऊ सीमालाई नै नाघ्ने व्यक्ति छ । तब निश्चय नै तिम्रो पालनकर्ता क्षमादाता र दयावान छ ।

    [146] र यहूदीहरूको निम्ति हामीले नङ्ग भएका सम्पूर्ण जनावरहरूलाई वर्जित बनाएका थियौं, र गाई र बाख्राको बोसो हराम गरिदिएका थियौं, तर त्यस बाहेक जुन (बोसो) तिनीहरूको पिठ्युमा टाँसिएको हुन्छ वा आन्द्रामा लागेको हुन्छ वा हाडमै टासिएको हुन्छ । यो सजाय हामीले तिनीहरूलाई तिनीहरूको बदमाशीको कारण दिएका थियौं, हामी त साँचो भन्नेवाला हौं ।

    [147] यदि तिनीहरूले तपाईलाई झूठा भन्छन् त भनिदिनुस् कि तिम्रो पालनकर्ता अत्यन्त दयावान छ तर अत्याचारीहरूको लागि उसको सजाय अटल छ ।

    [148] यी मुश्रिकहरूले (उत्तरमा) भन्ने छन्ः कि, यदि अल्लाहले चाहेको भए हामीले अल्लाहको साझेदार ठहराउने थिएनौं र नत हाम्रा बाबु बाजेहरूले नै गर्दथे नत हामीले कुनै कुरालाई त्याज्य ठहराउदथ्यौं, यस्तै यिनीहरूका पूर्वजले पनि सत्य कुरालाई गलत भन्ने गरेका थिए, यहाँसम्म कि हाम्रो सजायको स्वाद तिनीहरूले चाखे । (तिनीहरूलाई) भन्नुस् कि, के ‘‘तिमीहरूसँग कुनै प्रमाण छ, जसलाई हाम्रो सामु प्रस्तुत गर्न सक्छौ ? तिमीहरू त मात्र अनुमानमा हिंड्दछौ र मिथ्या कुरा गर्दछौ ।’’

    [149] भन्नुस् कि, पूरै विवाद अल्लाहकै लागि रह्यो यदि उसले चाहेको भए तिमी सबैलाई मार्गदर्शन प्रदान गर्ने थियो ।

    [150] भन्नुस् कि, आफ्नो साक्षीहरूलाई ल्याऊ, जसले गवाही देउन् कि अल्लाहले यी कुराहरूलाई त्याज्य बनाएको छ । अनि यदि तिनीहरू आएर गवाही दिन्छन् भने तपाई तिनीहरूको साथ साक्षी नबस्नुस् र कदापि तिनीहरूको इच्छाको पछि नहिड्नु जसले हाम्रा आयतहरूलाई गलत भनिराखेका छन् र जो परलोकको दिनमा विश्वास गर्दैनन्, र आफ्नो पालनकर्ताको समकक्ष अरुलाई पनि ठान्दछन् ।

    [151] (हे नबी) भन्नुस् कि (हे मानिसहरू !) आऊ म तिमीहरूलाई ती कुरा सुनाउँछु जसको (विरोध गर्न) तिम्रो पालनकर्ताले तिम्रो लागि रोक लगाएको छ, ती यी हुन् कि कुनै कुरालाई अल्लाहसँग नदाँज्नु (साझेदार नबाउनु) र आमा–बुवासँग राम्रो व्यवहार गर्नु र दरिद्राताको भयले आफ्नो सन्तानहरूलाई नमार्नु । (किनभने) तिमीलाई र उनलाई हामीले नै जीविका प्रदान गर्दछौं, र हरेक प्रकारको निर्लज्ज कुराको नजिक नजानु, खुल्लारूपमा होस् वा गोप्यरूपमा । र जुन प्राणीको ज्यान मार्न अल्लाहले रोक लगाएको छ, उसको ज्यान नलिनु । तर यस नियमको पालनामा हक–इन्साफको निम्ति गरिएका बाहेक । यी कुराहरूको पालनाको लागि अल्लाहले तिमीलाई सचेत गरेको छ, कि तिमी सम्झ ।

    [152] र अनाथको सम्पत्तिको समीप पनि नजानु, तर यस्तो तरिकाले जुन कि तिनीहरूको हितमा होस्, तिनीहरू साबालक नहुन्जेलसम्म, र नाप–तौलको काम न्यायपूर्ण तरिकाले गर्नेगर । हामी हरेक व्यक्तिमा उत्तरदायित्वको भारी त्यति नै राख्दछौ जति कि उसको सामथ्र्य छ । र जब तिमी कुरा गर्छौ न्यायको गर, चाहे त्यो विषय तिम्रा नातेदार आफन्तीको नै किन नहोस् र अल्लाहसँग गरेको वाचा पूरा गर यी कुराहरूको लागि अल्लाहले तिमीलाई विशेष आदेश दिएको छ कि सदैंव तिमीले सम्झिराख ।

    [153] र आदेश यो छ कि यो धर्म मेरो सोझो बाटो हो, तिमी यसैमा हिंड्नु र अन्य मार्गमा नहिंड्नु किनभने त्यसमा हिंडे अल्लाहको मार्गबाट विचलित भैहाल्नेछौं । यसको विशेष आदेश तिमीलाई अल्लाहले दिएको छ जसबाट तिमी आत्मसंयमी बन्नसक ।

    [154] फेरि हामीले मुसालाई यस्तो किताब प्रदान गरेका थियौं, जुन राम्रोकाम गर्ने मानिसहरूका लागि पुरा उपहार होस्, र सम्पूर्ण वस्तुहरूबारे आवश्यक निर्देशन होस् र जसमा सही मार्गको सूचना र दयालुताको वर्णन गरिएको होस्, जसको कारण उनका अनुयायीहरूले आफ्नो पालनकर्तासंगको साक्षात्कारमा विश्वास गरुन् ।

    [155] र यो किताब (कुरआन) हामीले उतारेका हौं, भलाई र वरदानको रूपमा तसर्थ यसको अनुशरण गर र डर मान जसबाट तिमीमाथि दया गरियोस् ।

    [156] तिमीले यसो नभनः कि हामीभन्दा पहिला दुईवटा समूहलाई मात्र किताब उतारिएको हो र हामी यसको पाठनबाट अनभिज्ञ थियौं ।

    [157] वा यो नभन कि यदि हामीमाथि पनि किताब उतारिएको भए हामी तिनीहरूको दाँजो अझ सही बाटोमा हुने थियौं । तसर्थ तिम्रो समीपमा तिम्रो पालनकर्ताको तर्फबाट स्पष्ट, मार्गदर्शनको माध्यम र वरदान आइसकेको छ । अब त्योभन्दा ठूलो अत्याचारी को होला, जसले अल्लाहको आयतहरूलाई गलत भन्दछ र त्यसबाट अरुलाई विमुख गर्दछ । जसले हाम्रो आयतहरूबाट विमुख गर्दैछन् (त्यस विमुखताको कारण) छिटै हामीले तिनलाई कडाभन्दा कडा सजाय दिने नै छौं ।

    [158] के यिनीहरू यस कुराको मात्र प्रतिक्षा गरिराखेका छन् कि, तिनीहरू छेउ स्वर्गदूतहरू (फरिश्ता) आउन् वा स्वयम् तिम्रो पालनकर्ता नै आउन्, वा तिम्रो पालनकर्ताको कुनै ठूलो निशानी आओस् ? जुन दिन तिम्रो पालनकर्ताबाट कुनै विशिष्ट निशानी आउनेछ (त्यतीखेर) जसले पहिलादेखि आस्था राख्दैन उसको लागि कुनै फाइदा हुनेछैन, वा उसले आफ्नो ईमानको अवस्थामा कुनै असल कर्म गरेकै छैन । हे पैगम्बर ! तिनीहरूसित भनिदिनुस् कि तिमीहरूले प्रतिक्षा गर, हामीले पनि प्रतिक्षा गर्दछौं ।

    [159] निःसन्देह जुन मानिसहरूले आफ्नो धर्मलाई धेरै भागमा विभाजित गरे र स्वयं समूहमा विखण्डित भए, तिनीहरूसित तपाइको कुनै सम्बन्ध छैन । तिनीहरूको हिसाब किताब अल्लाहको जिम्मामा छ । उसैले तिनीहरूलाई बताइदिने छ, कि के कति तिनीहरूले गरेका छन् ।’’

    [160] जसले सत्कर्म गर्दछ उसले त्यसको दशगुणा प्रतिफल पाउनेछ र जसले दुष्कर्म गर्दछ उसले त्यतिनै सजाय पाउनेछ, जति उसले अपराध गरेको छ । र तिनीहरूमाथि कुनै अन्याय गरिने छैन ।

    [161] भनिदिनुस् कि मलाई मेरो पालनकर्ताले सोझो बाटो देखाइसकेको छ, त्यो एउटा सम्पूर्ण धर्म हो जुन बाटो हो इब्राहीमको जो मात्र अल्लाहको उपासक थिए र उनी मुश्रिकहरूमध्येका थिएनन् ।’’

    [162] यो पनि भनिदिनुस् कि मेरो नमाज, र मेरो सबै इबादत (उपासना) निश्चितरूपले र मेरो जीवन र मृत्यु सबै अल्लाहकै लागि हुन्, जो सम्पूर्ण ब्रह्माण्डको स्वामी हो ।

    [163] उसको कुनै साझेदार छैन । र मलाई यही कुराको आदेश भएको छ र म आज्ञापालकहरूमध्ये पहिलो हूँ ।

    [164] तपाई भन्नुस् कि के म अल्लाह बाहेक अरु पालनकर्ता खोजूँ ? जब कि उही प्रत्येक कुराको मालिक हो । र जसले जे कर्म गर्दछ, त्यसको हानि नोक्सानी त्यसैलाई नै हुन्छ । र कसैले कसैको पापको भारी बोक्ने छैन, अनि तिमी सबैलाई आफ्नो पालनकर्ताछेउ नै फर्केर जानुपर्ने छ । अनि उसले तिमीहरूले उठाएकै प्रत्येक विवादको बारेमा तिमीहरू सामु खुलस्त पार्नेछ ।

    [165] र उही यस्तो हो जसले तिमीलाई पृथ्वीको उत्तराधिकारी (नायक) बनायो र एकलाई अर्कोमाथि उच्च ओहदा प्रदान गर्यो, जसबाट जे–जति उसले तिमीलाई प्रदान गरेको छ, त्यसमा तिम्रो परीक्षा गरोस् । निःसन्देह तिम्रो रबले छिटै सजाय दिनेवाला छ, र ठूलो क्षमादाता र दयावान पनि छ ।

    Surah 7
    अल–अ’राफ

    [1] अलिफ्–लाम–मीम–साद ।

    [2] (हे मुहम्मद !) यो एउटा किताब हो, जुन तपाईमाथि उतारिएको छ, (उद्देश्य यो हो कि) यसबाट डर देखाउने गर्नुस, अतः तपाईको हृदयमा संक्रीर्णता नहोस् र यो ईमान ल्याएकाहरूको लागि उपदेश हो ।

    [3] (मानिसहरू !) जुन किताब तिमीमाथि तिम्रो पालनकर्ताबाट उतारिएको छ त्यसको अनुशरण गर र आफ्नो रबलाई छोडेर अरु मनगढ़न्ते अगुवाहरूको अनुशरण नगर । अतः तिमीहरू एकदम थोरै उपदेश स्वीकार गर्दछौ ।

    [4] र धेरै बस्तीहरूलाई हामीले नष्ट गरिदिएका छौं, जसमाथि हाम्रो सजाय (एक्कासी) रातीको बेला आयो वा दिनमा जुनबेला तिनीहरू दिउँसोको विश्राम गर्दथे ।

    [5] जुन बेला उनीहरूमाथि हाम्रो सजाय आउँदथ्यो, तिनीहरूको मुखबाट यही नै निष्कियो अफसोच ! हामी अत्याचारी थियौं ।

    [6] अतः हामीले तिनीहरूबाट सोधपूछ गर्नेछौं जो तिर हामीले पैगम्बर पठाएका थियौं, र पैगम्बरलाई पनि सोध्छौं ।

    [7] फेरि हामीसंग पूर्ण ज्ञानभएकोले (तिनका सम्पूर्ण वृतान्त) उनको सामु वर्णन गर्नेछौं र हामी कहिले पनि अज्ञान थिएनौं ।

    [8] र त्यसदिनको कर्मको तराजु साँचो हुनेछ । तसर्थ जुन मानिसहरूका कर्मको तुला ग्रहुङ्गो हुनेछ, ती नै मुक्ति प्राप्त गर्नेवाला हुनेछन् ।

    [9] र जुन मानिसको (कर्मको) तुला हलुङ्गो हुनेछ ती मानिसहरू हुन् जसले कि, आफूलाई घाटामा पारे, किनभने हाम्रो आयतहरूबारे अन्याय गर्दथे ।

    [10] र हामीले नै पृथ्वीमा तिम्रो बासस्थान बनायौं र यसबाट तिम्रो निम्ति जीविकाका साधानहरू सृजना गर्यौं (तर) तिमीले कमै आभार व्यक्त गर्दछौ ।

    [11] र हामीले तिमीलाई सृष्टि गर्यौं, अनि तिम्रो रूप आकार बनायौं तर त्यसपछि फरिश्ताहरूलाई आदेश गर्यौं कि आदमको अगाडि ढोग, र सबैले ढोगे, तर इब्लीस (शैतानहरूका नायक) ढोग्नेहरूमा शामिल भएन ।

    [12] अल्लाहले भन्यो ‘‘तिमी हौ जस्ले ढोगेनौ तिमीलाई यसबाट कुन कुराले रोक्यो जब कि मैले तिमीलाई आदेश गरें?’’ उसले भन्योः कि, ‘‘म त्यसभन्दा श्रेष्ठ छु । मलाई तपाईले आगोबाट सृष्टि गर्नु भएको हो र उसलाई माटोबाट ।’’

    [13] अल्लाहले आदेश गर्याे तँ आकाशबाट तल झरिहाल तँलाई उचित छैन कि यहाँ घमण्ड गर तसर्थ गइहाल । तँ ती व्यक्तीहरूमध्येको होस् जसले स्वयं आफ्नो अपमान चाहन्छन् ।

    [14] उसले भन्यो कि, मलाई कयामत (प्रलय)को दिनसम्म छूट प्रदान गरिदिनुस् ।

    [15] अल्लाहले भन्यो ठीक छ, ‘‘तँलाई छूट प्रदान गरिन्छ ।’’

    [16] अनि शैतानले भन्यो कि जसप्रकार तपाईले मलाई तिरस्कृत गर्नुभयो म शपथलिन्छु कि तिम्रो सोझो बाटोबाट उनीहरूलाई मार्ग विचलित गर्नुको लागि घातलगाई बसिराख्ने छु ।

    [17] अनि तिनका अगाडि र पछाडि र दायाँ र बायाँ चारैतिरबाट उनीहरूमाथी आक्रमण गर्नेछु । र तिमीले तिनीहरूमध्ये धेरैलाई कृतज्ञ पाउँने छैनौं ।

    [18] अल्लाहले आदेश गर्यो, यहाँबाट ‘‘निक्ली हाल’’ घृणित र अपमानित भएर । निःसन्देह तिनीहरूमध्ये जुन मानिसहरूले तेरो भनाई मान्नेछन् मैले तँलाई र तिनीहरूलाई नर्कमा हालेर नर्कलाई नै भरिदिनेछु ।’’

    [19] र हामीले आदेश दियौंकि हे आदम तिमी र तिम्रो श्रीमती दुबै यस वहिश्त (स्वर्ग) मा बसोबास गर जहाँ तिमीहरूलाई जुन कुरा खान मन पर्छ खाऊ तर त्यस रुखछेउ नजानु अन्यथा अन्यायी भइहाल्नेछौ ।

    [20] त्यसपछि शैतानले ती दुवैको मनमा कौतुहलको सृजन गरिदियो जसबाट तिनीहरूको गुप्ताङ्गहरू जुन एकअर्कासंग लुकाइएको थियो, तिनीहरूको अगाडि खोलिदेओस् । उसले भन्न थाल्यो कि, तिमीहरूलाई तिम्रो पालनकर्ताले यस रुखबाट मात्र यस कारणले रोकेको छ कि तिमी दुवै फरिश्ता (स्वर्गदूत) नबनिहाल वा तिमीहरूलाई शाश्वत अमरत्व प्राप्त भएर नजाओस् ।

    [21] तिनीहरूको समक्ष (शैतानले) शपथ खाएर भन्यो कि म तिम्रो हितैषी हूँ ।

    [22] यस प्रकार धोखा दिएर उसले ती दुवैलाई विस्तारै आफ्नो पापतिर आकृष्ट गरिहाल्यो । जब तिनीहरू दुवैले त्यस रुखको फलको स्वाद चाखे तब तिनीहरूका गुप्ताङ्गहरू एक अर्का अगाडि प्रकट भैहाले । र तिनीहरूले स्वर्गको पातबाट आफ्नो शरीर ढाँक्न थाले । त्यसपछि तिनको पालनकर्ताले तिनीहरूलाई सम्बोधन गर्दै भने कि, के मैले तिमीहरूलाई यस वृक्षबाट रोक लगाएको थिएन ? र भनेको थिएन कि, शैतान तिम्रो खुल्लारूपमा शत्रु हो

    [23] दुवैले भन्न थाले कि, ‘‘हे हाम्रो पालनहार हामीले आफ्नो लागि ठूलो नोक्सान गर्यौं, अब यदि तिमीले हामीलाई क्षमा गर्दैनौ र दया गर्दैनौ भने निश्चिय नै हामी घाटा पाउनेमध्येका भैहाल्छौं ।

    [24] अल्लाहले आदेश गर्नुभयो, ‘‘तिमी सबै स्वर्गबाट तल झरिहाल । तिमीहरू एक अर्काको शत्रु भयौ र तिम्रो लागि एक निश्चित समयको लागि पृथ्वीमा बास र जीवनको लागि सामग्रीको व्यवस्था गरिएको छ ।’’

    [25] अरु आदेश भयो कि, ‘‘तिमीले त्यहीं जिन्दगी गुजार्नु र मर्नु पर्नेछ र त्यसैबाट पूनः (जीवित गराई) निकालिने छौ ।

    [26] हे आदमका सन्तान ! हामीले तिम्रोलागी पोशाक बनायौं जसबाट तिम्रो गुप्ताङ्गहरू ढाकियोस् र तिम्रो शरिरको रक्षा र शोभा पनि होस् । उत्तम पोशाक सत्यनिष्ठता नै हो । यो अल्लाहका निशानीहरूमध्ये एक हो, ताकि यसबाट मानिसहरूले याद गरुन् ।

    [27] हे आदमका सन्तति ! यस्तो नहोस् कि शैतान तिमीलाई फकाएर कुनै नोक्सानीमा पारोस् जस्तो कि तिम्रो आमा बुवालाई फकाएर स्वर्गबाट निष्कासित गराइहाल्यो र तिनीहरूलाई बस्त्रहीन गरायो कि तिनका गुप्ताङ्ग एक आर्कालाई देखाइदेओस् । त्यसले र त्यसको समूहले तिमीलाई यस्तो ठाउँबाट हेरिराख्दछन् कि तिमीले देख्न सक्दैनौ । हामीले यी शैतानहरूलाई तिनका मित्र बनाइदिएका छौं जसले ईमान ल्याउँदैनन् ।

    [28] र जब यिनीहरूले कुनै निर्लज्जतापूर्ण अश्लील काम गर्दछन् तब भन्दछन् कि, हामीले आफ्ना बाबु–बाजेलाई यस्तै गरेको देखेका छौं र अल्लाहले पनि हामीलाई यही आदेश गरेको छ । भनिदिनुस् कि, अल्लाह निर्लज्जताको आदेश कहिले पनि दिंदैन । तिमीले अल्लाहको बारेमा यस्ता कुरा किन गर्दछौ जसको विषयमा कुनै ज्ञान छैन

    [29] भनिदिनुस् ‘‘कि, मेरो पालनकर्ताले न्यायको आदेश दिएको छ, र यो पनि कि प्रत्येक नमाजको बेला आफ्नो अनुहार सिधा (किब्ला तीर) राख्नेगर र अल्लाहको उपासना उसैको लागि मात्र गर्नु । अल्लाहले जुन प्रकारले तिमीलाई शुरूमा सृष्टि गरेको थियो त्यस्तै फेरि तिमी सृजना गरिनेछौ ।’’

    [30] केही समूहलाई त उसले सही मार्ग देखायो र केहीमाथि पथविचलित भएको प्रमाणित भैसक्यो । (किनकि) यिनीहरूले अल्लाहलाई छाडि शैतानलाई आफ्नो मित्र बनाए । र यो संम्झन्छन् कि तिनीहरू सही मार्गमा छन् ।

    [31] हे आदमको सन्तति प्रत्येक नमाजको बेला तिमीहरू राम्रो सँग लुगा लगाउने गर, र पर्याप्त खाने पिउने गर तर सीमाभन्दा अघि नबढ । निःसन्देह अल्लाह सीमाभन्दा अघि बढ्नेलाई मन पराउँदैन ।

    [32] तपाई भन्नुस् कि आभूषण र खाने पिउने पवित्र कुराहरू जुन अल्लाहले आफ्नो उपासकहरूको लागि बनाएको छ, तिनलाई त्याज्य कसले बनाएको छ ? भनिदिनुस्, यी कुराहरू सांसारिक जीवनमा पनि ईमान भएकाहरूका निम्ति हुन् र कियामतको दिन विशेषरूपले तिनैको भागमा हुनेछन् । यस प्रकार अल्लाहले उसका आयतहरू बुझ्नेहरूलाई स्पष्टरूपले वर्णन गर्दछ ।

    [33] भनिदिनुस् कि बरु मेरो पालनकर्ताले त निर्लज्जताका कुराहरू चाहे ती खुलारूपमा हुन् वा गोप्य, र प्रत्येक पापलाई र अकारण कसैमाथि अत्याचार गर्ने कुरालाई त्याज्य बनाएको छ । र कसैलाई अल्लाहको साझेदार ठान्ने कुरा, जसको निम्ति उसले कुनै प्रमाण प्रदान गरेको छैन र अल्लाहको बारेमा तिमीलाई कुनै ज्ञान नभएको कुरा गर्न पनि त्याज्य छ

    [34] प्रत्येक समुदायको लागि (मृत्युको) एक समय निर्धारित छ, त्यो समय आइपुगेपछि नत एकछिन ढिलो गर्न सक्दछन् र नत चाँडो ।

    [35] हे आदमको सन्तति ! जब हाम्रा पैगम्बर तिमीछेउ तिमीमध्येका आउँदछन् र हाम्रा आयतहरू तिमीलाई सुनाउँदछन्, अनि जसले आत्मसंयम राख्दछन र आफूलाई ठीक राख्दछन् त्यस्ता मानिसहरूलाई न त केही भय हुनेछ न त तिनी दुःखी नै हुनेछन् ।

    [36] र जसले हाम्रा यी आयतहरूलाई गलत, वा झूठ भनेका छन् र तिनीसित घमण्डपूर्वक व्यवहार देखाउँछन् तिनीहरू नार्कीय हुनेछन् र सधैं त्यसैमा बसिराख्नेछन् ।

    [37] योभन्दा अन्यायी को होला जसले अल्लाहमाथि मिथ्या दोषरोपण गर्यो, वा उसका आयतहरूलाई गलत भन्दछ । तिनीहरूले आफ्नो भाग्यले निर्धारित गरेको कुरा पाउनेछन् । यहाँसम्म कि जब तिनीछेउ हामीले पठाएका फरिश्ताहरू प्राण निकाल्न आउने छन् र भन्ने छन्ः कि, अल्लाह बाहेक जसलाई तिमीले पुकार्ने गर्दथ्यौ तिनीहरू अहिले कहाँ गए ? तिनीहरूले भन्ने छन्ः (थाहा छैन) तिनीहरूले हामीलाई छोडेर गइहाले र तिनीहरूले आफुलाई काफिर भएको कुरा स्वीकार गर्नेछन् ।

    [38] अल्लाहको आदेश हुने छः कि, जिन्न र मानिसहरूको जो सामूह तिमीहरूभन्दा पहिले नै गुज्री सकेका छन् । तिनको साथमा तिमी पनि नर्कमा जाऊ । जब कुनै समूह त्यसमा प्रवेश गर्नेछ आफूभन्दा पहिलेको समूहलाई धिक्कारने छ । यहाँसम्म कि जब सबै त्यसमा एकत्रित भइसक्नेछन । त हरेक पछिल्लो समूहले पहिलो समूहको बारेमा भन्ने छन्ः कि, हे रब ! यिनै मानिसहरूले हामीलाई पथभ्रष्ट गरेका थिए तसर्थ यिनलाई नर्कको सजाय दोब्बर दिनु । अल्लाहले भन्ने छः ‘‘कि, हरएकलाई दुईगुणा सजाय दिइनेछ तर तिमीलाई थाहा छैन ?’’

    [39] पहिलो समुदायले पछिल्लोसित भन्ने छ कि, तिमीलाई हामीमाथि कुनै प्रधानता प्राप्त भएन जुन कर्म तिमीले गर्ने गर्दथ्यौ त्यसको प्रतिफल स्वरूप सजायको स्वाद चाख ।

    [40] जसले हाम्रो आयतहरूलाई झूठा भने र अभिमानपूर्ण व्यवहार गरे, तिनीहरूका लागि आकाशका ढोकाहरू खोलिने छैन्, र तिनीहरू कहिले पनि स्वर्गमा जानेछैनन् जबसम्म कि, ऊँट सियोको प्वाँलबाट छिर्दैन । र पाप गर्नेहरूलाई हामीले यस्तै सजाय दिनेगर्छौं ।

    [41] यस्ता मानिसहरूका लागि नर्कको आगो बिछ्यौना (ओछ्यान) हुनेछ र माथिबाट त्यसैको ओढने पनि । र यस्ता अत्याचारीहरूलाई हामीले यस्तै सजाय दिनेगर्छौं ।

    [42] जुन मानिसहरूले हाम्रो आयतहरूमाथि आस्था राखे र सत्कर्म गरेका छन् त्यस विषयमा हामीले कुनै व्यक्तिलाई उसको क्षमताभन्दा बढी जिम्मेवारी दिने छैनौं । यस्ता मानिसहरू नै स्वर्गका निबासी हुन् जो सधैं त्यसमा बास गर्नेछन् ।

    [43] र एक अर्काको लागि छलकपट जो तिनीहरूका छातिमा थियो हामीले सबै निकालिदिनेछौं । तिनीहरूको (महलहरू) मुनि नहरहरू बगिराखेका हुनेछन् । र उनीहरूले भन्ने छन् ‘‘कि, अल्लाहको हामी धेरै कृतज्ञ छौं जसले हामीलाई यस स्थानसम्म पुर्यायो, र यदि अल्लाहले हामीलाई बाटो नदेखाएको भए हामी स्वयंले बाटो पाउन सक्ने थिएनौं । वास्तवमै हाम्रो पालनकर्ताले पठाएका रसूलले साँचो कुरा लिएर आएका थिए । उनीसित ठूलो आवाजमा भनिनेछ कि, यो जन्नत हो जसको तिमी वारिस बनाइएका छौ । यो तिमीले तिम्रो कर्मको बदलामा पाएका हौ ।’’

    [44] र जन्नतवालाहरू (स्वर्गवाला) नर्कमा बस्नेहरूलाई ठूलो स्वरमा भन्ने छन् कि, जुन वाचा हाम्रो पालनकर्ताले हामीसँग गरेको थियो, हामीले त्यसलाई सत्य पाएका छौं । के तिमीले पनि जुन वचन तिम्रो पालनकर्ताले तिमीसँग गरेको थियो त्यसलाई साँचो पायौ ?’’ तिनीहरूले उत्तर दिनेछन् हो, पायौं त्यतिखेर तिनीहरूबीच एउटा पुकार्ने मान्छेले कराएर भन्ने छ कि, अन्यायीहरूमाथि अल्लाहको धिक्कार होस् ।

    [45] जसले अल्लाहको बाटोमा हिंड्नबाट रोक्दथे र त्यसैलाई बाङ्गो बनाउन खोज्दथे र कियामतको दिनलाई अस्वीकार गर्दथे ।

    [46] ती दुवै समूहको बीचमा एउटा परदा (आवरण) हुनेछ र आराफमाथि धेरै मानिसहरू हुनेछन् । यिनीहरूले सबैलाई तिनका अनुहारबाट नै चिन्ने छन् र तिनीहरूले जन्नतवालाहरूलाई ठूलो स्वरमा पुकारेर भन्ने छन् कि, ‘‘तिमीमाथि शान्ति होस् ।’’ यी मानिसहरू अझै जन्नतमा प्रवेश पाएका हुँदैनन् तर त्यसको उम्मीदवार हुनेछन् ।

    [47] जब यिनीहरूका आँखा नर्कमा बस्नेहरूतिर पर्नेछ, त भन्ने छन् कि, ‘‘हे पालनकर्ता ! हामीलाई अत्याचारीहरूको साथमा शामिल नगर्नु ।’’

    [48] र आराफवाला व्यक्तिहरूले धेरै मानिसहरूलाई जसलाई तिनका अनुहारबाट चिनी राखेका हुन्छन् तिनीहरूलाई भन्ने छन्ः कि, आज न त तिम्रो समूह कुनै काम आयो न त तिमीले ठूलो सम्झने कार्यले नै तिम्रो काम आयो ।’’

    [49] ‘‘के यी तिनै मानिसहरू हुन् जसको बारेमा तिमीले शपथ लिने गर्दथ्यौ कि, अल्लाहले तिनीहरूमाथि कृपा गर्र्दैन । तसर्थ तिमीहरू स्वर्गमा प्रवेश गरिहाल तिमीहरूलाई कुनै भय छैन, न त तिमीलाई कुनै प्रकारको दुःख छ नकुनै शोक हुनेछ ।

    [50] र नर्कमा बस्नेहरूले स्वर्गमा बस्नेहरूसँग भन्नेछन् कि हामीमाथि थोरै जल हाल वा अल्लाहले तिमीहरूलाई दिएको छ त्यसबाट केही हामीलाई पनि देऊ । स्वर्गवालाहरूले जवाफ दनेछन्ः कि, अल्लाहले दुवैकुरा (स्वर्गको पानी र जीविका) अधर्मीहरूको निम्ति निषेधित गरेको छ ।

    [51] जसले संसारमा आफ्नो धर्मलाई खेल तामाशा बनाएका थिए र सांसारिक जीवनले तिनलाई धोखामा पारिसकेको थियो । जुन प्रकारले तिनीहरूले त्यसदिनको आगमनलाई बिर्सिदिएका थिए र हाम्रा आयतहरूलाई अस्वीकार गरेका थिए त्यस्तै आज हामीले पनि तिनीहरूलाई बिर्सिदिने छौं ।

    [52] हामीले तिनीहरू छेउ एउटा यस्तो किताब पुर्याइसकेका छौं जसलाई हामीले आफ्ना परिपक्व ज्ञानका आधारमा विस्तृत रूपमा वर्णन गरेका छौं र त्यो मोमिनहरूको लागि मार्गदर्शन र वरदान हो ।

    [53] के यिनीहरू यस प्रतीक्षामा छन, कि अन्तिम परिणाम सामुन्ने आइहालोस् । जुन दिन त्यो अन्तिम परिणाम अगाडि आउनेछ ती व्यक्ति जसले पहिले त्यसको उपेक्षा गरेका थिए भन्ने छन् ‘‘वास्तवमा हाम्रो पालनकर्ताका रसूल सत्य लिएर आएका थिए, के आज हामीलाई कोही सिफारिश गर्ने पाइन्छ जसले हाम्रो हकमा सिफारिश गरुन् ? वा के हामीलाई संसारमा फिर्ता पठाउन सकिन्छ ताकि जुन दुष्कर्म हामीले अघि गर्दथ्यौं त्यो नगरौं बरु तिनको विपरीत अन्य (असल) कर्म गरौं । निःसन्देह तिनीहरूले आफैलाई घाटामा पारेका छन् र जे–जति मनगढन्ते कुरा यिनीहरूले गर्दथे ती सबै हराइसके ।’’

    [54] कुनै सन्देह छैन कि, तिम्रो पालनकर्ता अल्लाह नै हो, जसले आकाशहरू र पृथ्वीलाई, छ (६) दिनमै सृष्टि गर्यो र त्यस पश्चात आफ्नो अर्श (सिंहसान) माथि उच्च भयो, उसैले रातीबाट दिनलाई यसरी ढाकिदिन्छ कि दिन रातीको पछि दौडेर आउँछ । र सूर्य, चन्द्र र ताराहरूको यसरी सृष्टि गर्यो कि सबै उसैको आदेशको अधीनमा हुन्छन् । हेर ! सम्पूर्ण सृष्टि उसैको हो र आदेश पनि उसैको हो । यो अल्लाह सर्वगुण सम्पन्न छ जो सबै ब्रह्माण्डको पालनकर्ता हो ।

    [55] (मानिसहरू !) आफ्नो पालनकर्तासंग विनम्र विन्ती गर्नेगर ठूलो स्वरले र एकान्तमा प्रार्थना गर । वास्तवमा अल्लाहले सीमा उल्लंघन गर्नेहरूलाई प्रेम गर्दैन ।

    [56] पृथ्वीमा सुधार भइसकेपछि उपद्रव नगर्नु र अल्लाहसँग डराउँदै र आशा राख्दै प्रार्थना गर्दैगर्नु । कुनै शंका छैन कि अल्लाहको अनुकम्पा सत्कर्म गर्नेहरूको समीपमा छ ।

    [57] र ऊ नै हो जसले आफ्नो अनुकम्पा (बर्षा) भन्दा अगाडी वायुलाई शुभसूचनाको रूपमा पठाउँदछ । यहाँसम्म कि जब त्यसले ठूला–ठूला बादलहरूलाई उचालेर ल्याउँछ तब हामीले त्यसलाई एउटा कुनै सुख्खा भू–भागतिर पठाइदिन्छौ । त्यसपछि बादलहरूबाट बृष्टि गराउँछौ, अनि त्यस बर्षाको जलबाट थरि–थरिका फल उत्पन्न गर्दछौं । यसै प्रकार हामीले मृतकहरूलाई (जीवित पारी) बाहिर निकाल्ने छौं । आशा छ कि तिमीले सदुपदेश ग्रहण गर्नेछौ ।

    [58] जुन भूमि उर्बर र राम्रो छ त्यसबाट उम्रने कुरा पनि अल्लाहको आदेशले राम्रो नै हुन्छ, र जुन भूमि नराम्रो छ त्यसबाट जे उम्रन्छ काम नलाग्ने खराब हुन्छ । यसै प्रकार हामीले आफ्नो आयतहरूलाई (तर्कहरू) कृतज्ञहरूको लागि विभिन्न प्रकारले वर्णन गर्दछौं ।

    [59] हामीले नूह (पैगÞम्बर) लाई उनको जातितिर पठायौं उनले भने कि, ‘‘हे मेरो जातिका मानिस ! अल्लाहको उपासना गर, उस बाहेक तिम्रो कोही पूजाको योग्य छैन । मलाई तिम्रो लागि एउटा ठूलो दिनको सजाय हुने डरछ ।

    [60] उनको जातिको नेताले भने कि, ‘‘हामीले तिमीलाई ठूलो दिगभ्रान्त भएको देखिराखेका छौं ।’’

    [61] उनले (नूहले) भनेः ‘‘हे मेरो जाति बन्धु ! ममा कुनै प्रकारको मार्गविचलन छैन, बरु म संसारको पालनकर्ताको पैगम्बर संदेशबाहक हूँ ।’’

    [62] तिमीछेउ आफ्नो पालनकर्ताको सन्देश पुर्याउँछु, र तिम्रो शुभेच्छुक हूँ र म अल्लाहको तर्फबाट यस्ता कुराहरूको जानकारी राख्दछु जसबारे तिमी अनभिज्ञ छौ ।

    [63] के तिमीलाई यस कुराको आश्चर्य लाग्यो कि, तिमीहरूमध्येबाटै एक व्यक्तिको हातबाट तिम्रो पालनकर्ताको तर्फबाट तिम्रो समीपमा सदुपदेश आयो जसले तिमीलाई सावधान गराओस् र तिमी डर मान (र आत्मसंयमी बन) ताकि तिमीमाथि दया गरियोस्

    [64] तर तिनीहरूले उनलाई झूठा भने, अन्ततः हामीले नूहलाई र जो उनको साथ ढुंगामा सवार थिए, बचाइहालें र जसले हाम्रो आयतहरूलाई झूठा भने तिनीहरूलाई डुबाइदियौं । निःसन्देह तिनी अन्धा मानिसहरू नै थिए ।

    [65] र आदको जातितिर उनीहरूकै दाजुभाइहरूमध्येका ‘‘हूदलाई’’ पठायौं । उनले भने कि ‘‘हे मेरा जाति बन्धुहरू ! अल्लाहको उपासना गर, त्यस बाहेक तिम्रो अरु कोही सत्य पुजनीय छैन, त के तिमीहरू डराउँदैनौ

    [66] उनको जातिका सरदार जो काफिर थिए, भन्न थालेः कि, ‘‘हामीले तिमीलाई मूर्खतामा ग्रस्त भएको सम्झिदैछौं र हामीले तिमीलाई झूठा ठान्दछौं ।’’

    [67] उनले भनेः ‘‘हे मेरा जाति बन्धुहरू ! ममा मूर्खताको कुनै कुरा छैन, बरु म विश्वको पालनकर्ताको संदेशबाहक (पैगम्बर) हूँ ।

    [68] म तिमीहरूलाई अल्लाहको सन्देश पुर्याउँछु र तिम्रो शुभेच्छुक र हितैषी हूँ ।

    [69] के तिमीलाई यस कुराबाट आश्चर्य लाग्यो कि, तिमीहरूमध्येबाट एउटा मानिसद्वारा तिम्रो पालनकर्ताको तर्फबाट तिमीछेउ सत्यउपदेश आयो ताकि उसले तिमीलाई डर देखाओस् ? र तिमी यो नभुल्नु कि तिम्रो पालनकर्ताले नूहको जाति पश्चात तिमीलाई त्यसको उत्तराधिकारी बनायो, र आकारमा तिमीलाई बढी व्यापकता प्रदान गर्यो, तसर्थ अल्लाहका अनुकम्पाहरूलाई स्मरण गर ताकि मुक्ति प्राप्त गर्न सक ।

    [70] तिनीहरूले भन्न थालेः के तपाई हामीतिर यस कारणले आउनु भएको हो कि हामीले एउटै अल्लाहको पूजा गर्न थालौं र जसलाई हाम्रा पूर्वजहरूले पूज्दै आएका थिए तिनलाई छाडिदिऔं ? तसर्थ यदि साँचो हौ भने, जुन सजायबाट हामीलाई डर देखाइराखेका छौ त्यसलाई मँगाइदेऊ ।

    [71] हूदले भनेः कि बस अब ‘‘हाम्रो पालनकर्ताको तर्फबाट तिमीमाथि सजाय र क्रोध आउने कुरा निश्चित भइसकेको छ के तिमी मसँग यस्ता नामहरूको बारेमा झगडा गरिराखेका छौ जुनकि तिमीले र तिम्रा बाबु बाजेले आफ्नै तर्फबाट नामाकरण गरेका हुन् जसको बारेमा अल्लाहले कुनै प्रमाण पठाएको छैन ? ठीकै छ तिमीले पनि प्रतीक्षा गरिराख म पनि तिम्रो साथमा प्रतीक्षा गर्दछु ।’’

    [72] त्यसछि हामीले हूदलाई र जुन मानिसहरू उनको साथमा थिए तिनीहरूलाई आफ्नो अनुकम्पाले बचायौं र जसले हाम्रा आयतहरूलाई झूठा भने तिनीहरूको जरा नै काटिदियौं । र तिनीहरू ईमान ल्याउनेवाला थिएनन् ।

    [73] र हामीले समूदको जातितिर उनका भाइ ‘‘सालेहलाई’’ पठायौं, सालेहले भने कि, ‘‘हे मेरा जाति बन्धुहरू! अल्लाहकै पूजा गर र उस बाहेक तिम्रो अरु कोही सत्य पूजनीय छैन तिमीछेउ तिम्रो पालनकर्ताबाट एउटा स्पष्ट प्रमाण आइसकेको छ । यो ऊँटनी अल्लाहको तर्फबाट हो र तिम्रो निम्ति एक (चमत्कारको रूपमा) प्रमाण हो । तसर्थ यसलाई स्वतन्त्र छाडिदेऊ कि अल्लाहको जमिनमा चरदै घुमोस् । र तिमीले यसलाई नराम्रो नीयतले छुदै नछुनु अन्यथा कष्टदायक दण्डले तिमीलाई समातिहाल्छ ।’’

    [74] र तिमी स्मरण गर त्यस समयलाई कि अल्लाहले तिमीलाई आदको जातिपछि उत्तराधिकारी बनायो र पृथ्वीमा तिमीलाई यो स्थान प्रदान गर्यो कि आज तिमीले अल्लाहको समतल भूमिमा महल बनाउँछौ र पहाडहरूलाई काटछाँट गरी घर बनाउँदछौ । अल्लाहका वरदानहरूलाई स्मरण गर र पृथ्वीमा उपद्रव गर्दै नहिंड ।

    [75] अनि उनको जातिका जो अभिमानी बनेका थिए उनीहरूले कम्जोर वर्गहरूसँग जसले कि ईमान ल्याइसकेका थिए भन्न थालेः कि, ‘‘के तिमीले विश्वास गर्दछौ कि सालेह(अलैहिस्सलाम) आफ्नो पालनकर्ताबाट पठाइएका हुन् ।’’ उनीहरूले भने, ‘‘हो जुन कुरा उनलाई दिएर पठाइएको छ हामीले त्यसमा निःसन्देह विश्वास गर्दछौ ।

    [76] त्यसपछि ती घमण्डी सरदारहरूले भन्न थालेः कि, जुन कुरामा तिमीले विश्वास गरेका छौ हामीले त त्यसलाई मान्दैनौं ।

    [77] अनन्तः तिनीहरूले त्यस ऊँटनीलाई घुँड़ा काटेर मारिदिए । र आफ्नो पालनकर्ताको आदेश पूर्णरूपमा उल्लंघन गरे र ‘‘सालेहसँग’’ भने कि, जुन कुराबाट तिमीले हामीलाई डराउँदथ्योै यदि तिमी अल्लाहको संदेशबाहक हौ भने त्यो हामीमाथि ल्याऊ ।’’

    [78] अनि तिनलाई भूकम्पले आई समात्यो र तिनीहरू आफ्ना घरहरूमा लम्पसार परिरहे ।

    [79] त्यसपछि सालेह (निराश भई) फर्के र भने कि हे मेरो जाति बन्धुहरू ! मैले त तिमीहरूलाई अल्लाहको सन्देश पुर्याइहालें, तिम्रै हितको कुरा गरें, तर तिमीहरू यस्ता हौ कि शुभेच्छुकलाई मित्र ठान्दैनौ ।

    [80] र हामीले लूतलाई पैगम्बर बनाएर पठायौं, त्यति बेला उनले आफ्नो जातिसँग भने तिमी यस्तो निर्लज्ज काम गर्दछौ कि जुन काम तिमीभन्दा अगाडि विश्वमा कसैले गरेनन् ।

    [81] तिमीहरूले स्वास्नी मानिसहरूलाई छाडि केटाहरूसंग कुकर्म गर्दछौ । वास्तवमा तिमीहरूले त सीमाको उल्लंघन नै गरिसकेका छौ ।

    [82] तर तिनीहरूबाट यस बाहेक कुनै उत्तर आउन सकेनः कि, ‘‘यिनीहरूलाई (लूत र तिनका घरवालालाई) आफ्नो गाउँबाट निकालिदिनु पर्याे (किनभने) यिनीहरू बडो पवित्र बन्न चाहन्छन् ।’’

    [83] अनि हामीले लूतलाई र उनका घरवालाहरूलाई बचाइहाल्यौं, तर तिनको स्वास्नी बच्न सकिन्न, किनभने उनी तिनीहरूमध्येकी थिइन् जो सजायभागी थिए ।

    [84] र हामीले तिनीहरूमाथि विशेष प्रकारको (ढुङ्गाको) वर्षा गर्यौं, तसर्थ हेर त ती अत्याचारीहरूको अन्त कस्तो भयो ।

    [85] र हामीले ‘‘मदयन’’ तिर उनको भाइ ‘‘शुऐबलाई’’ पठायौं । उनले भनेः कि ‘‘हे मेरा जाति बन्धुहरू ! अल्लाहकै पूजा गर, उस बाहेक तिम्रो अरु कुनै सत्य पूजनीय छैन ।’’ तिमीछेउ तिम्रो पालनकर्ताबाट स्पष्ट निशानी आइसकेको छ, तसर्थ तिमीले नापतौल पूरा–पूर गर्नेगर र मानिसहरूलाई उनीहरूका चिजको मात्रा घटाई नदिने गर र पृथ्वीमा सुधार पछि खराबी उत्पन्न नगर । यदि तिमी ईमानवाला भएका छौ भने बुझिहाल यो तिम्रो हकमा राम्रो छ ।

    [86] र प्रत्येक बाटोमा यस आसयका साथ बस्ने नगर, कि जो व्यक्ति अल्लाहमाथि आस्था राख्दछ उसलाई तिमीले धम्काऊ र अल्लाहको बाटोबाट रोक, र सिधा बाटोमा बाङ्गोपन खोज्दै गर । र त्यस बेलालाई स्मरण गर, जब तिमी अल्पसंख्यामा थियौ अनि अल्लाहले तिमीहरूलाई ठूलो समूहमा परिणत गरिदियो र हेर कि खराबी (उत्पात) सृजना गर्नेहरूको अंत कस्तो भएको छ ।

    [87] र यदि तिमीहरूमध्येबाट एउटा समूहले त्यस आदेशमाथि ईमान ल्याएका छन् जुन मलाई दिएर पठाइएको छ । र एक समूहले ईमान ल्याएको छैन भने अलि सन्तोष (संयम) गर जबसम्म कि अल्लाहले हाम्रो र तिम्रोबीच कुनै निर्णय गर्दैन र ऊ सबभन्दा राम्रो निर्णयकर्ता छ ।

    [88] (त्यसपछि) उनका जातिका मुखिया र अभिमानी मानिसहरूले भन्नथालेः कि हे शुऐब ! हामी तिमीलाई र जुन मानिसहरू तिम्रो साथमा ईमान ल्याएका छन् उनलाई आफ्नो नगरबाट निकालिदिने छौं यदि तिमीहरूले हाम्रो धर्मलाई स्वीकार गरेनौ भने । शोऐबले भने म तिम्रो धर्ममा जान घृणा गर्दछु भने तापनि ।

    [89] अल्लाहले हामीलाई त्यसबाट उद्घार गरिसकेपछि यदि हामी तिम्रो धर्ममा फक्र्यौं भने निःसन्देह हामी अल्लाहप्रति झूठको आरोप लगाएको ठहरिन्छौं, बरु हाम्रो पालनकर्ता, अल्लाहको इच्छा बिना त्यसतर्फ फर्कनु सम्भव छैन । हाम्रो रबको ज्ञान हरेक कुरालाई घेरामा लिएको छ । हामी अल्लाहमाथि नै भरोसा गर्दछौं । हे पालनकर्ता ! हामी र हाम्रो समुदायको बीचमा निश्चित न्याय निसाफ गरिदेऊ । र तिमी सबैभन्दा राम्रो न्यायकर्ता हौ ।

    [90] र उनका समूहका काफिर नाइकेहरूले भनेः ‘‘यदि तिमीहरू शुऐबको मार्गमा हिंड्छौ भने निश्चय नै ठूलो नोक्सानी बेहोर्नेछौ ।’’

    [91] अनि तिनीहरूलाई भुकम्पले आइसमात्यो । तसर्थ तिनीहरू आफ्ना घरहरूमा घोप्टो परेको परै भए ।

    [92] जसले शुऐबलाई झूठा भनेका थिए तिनीहरूको यस्तो अवस्था भइहाल्यो जस्तो कि यी घरहरूमा कहिल्यै बसेकै थिएनन् । जसले शुऐबलाई झूठो भनेका थिए तिनीहरू नै घाटामा परिहाले ।

    [93] अनि शुऐब (अलैहिस्सलाम) उनीहरूबाट विमुख भई हिंडेर भन्न थालेः कि हे मेरा जातिबन्धु ! मैले तिमीलाई आफ्नो पालनकर्ताको सन्देशहरू पुर्याएको थिएँ र मैले तिम्रो हितको कुरा गरेको थिएँ । तसर्थ म यी काफिहरूमाथि दुखप्रकट किन गरूँ

    [94] र हामीले कुनै पनि बस्तिमा कुनै नबिलाई पठाएका छैनौं परन्तु त्यहाँका मानिसहरूलाई अभाव र संकटमा पार्यौं, ताकि उनीहरू याचना विन्ति गरुन् ।

    [95] अनि हामीले त्यस दुःखको अवस्थालाई खुशियालीमा बदलिदियौं, यहाँसम्म कि उनको निकै विकास भयो, र भन्नथाले कि हाम्रा पूर्वजलाई पनि दुःख र सुख भएको थियो त हामीले उनीहरूलाई एक्कासी समातिहाल्यौं र उनीहरूलाई थाहा पनि थिएन ।

    [96] र यदि यी बस्तीहरूका मानिसहरूले ईमान ल्याएको र परहेजगारी अपनाएको भए हामीले उनीहरूमाथि आकाश र पृथ्वीका बरदानहरू खोलिदिन्थ्यौं, तर उनीहरूले झुट्ठा भने अनि हामीले उनका क्रियाकलापका कारण उनीहरूलाई समातिहाल्यौं ।

    [97] के तैपनि यस बस्तीका मानिसहरू यस कुराबाट निश्चिन्त छन् कि उनीहरूमाथि हाम्रो अजाब (यातना) रातिको समयमा आइहालोस् जबकि उनीहरू सुतिराखेका हुनेछन् ।

    [98] र के यी बस्तीका मानिसहरू यस कुराबाट निश्चिन्त भइहालेका छन् कि तिनीहरूमाथि हाम्रो प्रकोप दिउँसोमा आइहालोस, जबकि उनीहरू आफ्नो खेलहरूमा ब्यस्त हुनेछन्

    [99] तसर्थ के तिनीहरू अल्लाहको पकडबाट निश्चिन्त भइहाले ? अतः अल्लाहको पकडबाट ती बाहेक जो घाटामा पर्नेवाला छन्, अरु कोही निश्चिन्त हुँदैन ।

    [100] र के यिनीहरूलाई जो पृथ्वीका उत्तराधिकारी भए, त्यहाँका मानिसहरूको मृत्यु पश्चात (यी घटनाहरूपछि) यो कुरा भनिएन कि यदि हामीले चाह्यौं भने तिनका अपराधका कारण तिनलाई समाप्त गर्न सक्छौं र हामी तिनका हृदयमा छाप लगाउन सक्छौं अनि तिनीहरू सुन्न नसकुन् ।

    [101] यी बस्तिहरूका केही वृतान्त हामीले तपाईंलाई वर्णन गरिराखेका छौं र उनीहरूका पैगÞम्बर उनीहरूको पासमा निशानीहरू लिएर आए, तर यस्तो भएन कि उनीहरूले जुन कुरालाई प्रारम्भमा झूठा भनिसकेका थिए त्यसमा फेरि विश्वास गरुन् । अल्लाह यस्तै प्रकारले काफिरहरूको हृदयमा छाप लगाइदिन्छ ।

    [102] र कतिपय मानसिहरूमा हामीले वचन पालना गर्ने प्रतिबद्धता देखेनौं र हामीले धेरैलाई उल्लंघनकारी नै पायौं ।

    [103] अनि यिनीहरूपछि हामीले ‘‘मूसा (अलैहिस्सलाम)’’ लाई निशानीहरू दिएर फिरऔन र उसका नाइकेहरूको पासमा पठायौं तर तिनीहरूले, ती (निशानीहरूप्रति) अत्याचार गरे तसर्थ हेर्नुस्, यी उद्दण्डहरूको परिणाम के भयो

    [104] र मूसाले भने, कि हे फिरऔन ! म संसारको पालनकर्ताको तर्फबाट पैगम्बर हूँ ।

    [105] मेरो निम्ति यो अनिवार्य छ कि सत्य बाहेक अल्लाहको बारेमा केही नभनूँ । मैले तिम्रो पासमा तिम्रो पालनकर्ताको तर्फबाट एउटा ठूलो निशानी पनि ल्याएको छुँ । तसर्थ तिमीले बनी इस्राईललाई मेरो साथमा पठाइदेऊ ।

    [106] फिरऔनले भन्यो, ‘‘यदि तिमीले कुनै निशानी लिएर आएका छौ भने त्यो अब प्रस्तुत गर ! यदि तिमी सच्चा हौ भने ।

    [107] तसर्थ उहाँले (मूसाले) आफ्नो लठ्ठी खसाल्नु भयो, अनि त्यतिखेरै त्यो एकाएक एउटा अजिङ्गर बनिहाल्यो ।

    [108] र आफ्नो हात बाहिर निकाल्नु भयो अनि त्यो एक्कासी सबै हेर्नेहरूको अगाडि धेरै टल्कीलो भइहाल्यो ।

    [109] फिरऔनको समूहका नाइकेहरूले भनेः साँच्चै नै यो मान्छे ठूलो जादूगर हो ।

    [110] यसले चाहन्छ कि तिमीहरूलाई तिम्रो (भूमि) देशबाट बाहिर निकालिदिओस् । तसर्थ तिमीहरू के सल्लाह दिन्छौ

    [111] तिनीहरूले भनेः कि तपाईंले यसलाई र यसको भाइलाई केही समय दिनुस् र शहरहरूमा सन्देशवाहकहरू पठाइदिनुस् ।

    [112] ताकि उनीहरूले सबै ठूला जादूगरहरूलाई तपाईंको पासमा ल्याएर हाजिर गरुन् ।

    [113] र ती जादूगरहरू फिरऔन सामु आइपुगे र भन्नथालेः ‘‘यदि हामी विजयी भयौं त के हामीलाई कुनै ठूलो पुरस्कार प्राप्त

    [114] फिरऔनले भन्योः हो, र तिमी मेरो नजिकका (निकट्तम्) मानिसहरूमध्येका हुनेछौ ।

    [115] यी जादूगरहरूले भनेः कि हे मूसा ! या त तपाईंले पहिला चलाउनुस् या त हामीले चलाउन्छौं ।

    [116] मूसाले भनेः ‘‘तिमी नै चलाऊ’’ । अनि जब उनिहरूले (आफ्नो जादू) चलाए त मानिसहरूका आँखा बन्द गरिहाले र उनीहरूलाई भयभीत गरिदिए र एउटा ठूलो जादूको प्रदर्शन गरे ।

    [117] र हामीले मूसालाई आदेश दियौं कि आफ्नो लट्ठी खसालिहाल्नुस् तसर्थ लट्ठी खसाल्नसाथ त्यसले उनीहरूले रचेको सबै स्वाङ निल्न थाल्यो ।

    [118] यसप्रकार सत्य प्रकट भइहाल्यो र उनीहररूले जे जति बनाएका थिए मिथ्या भइहाल्यो ।

    [119] अतः उनीहरू त्यसबेला पराजित भए र अपमानित भई फर्के ।

    [120] र जादूगरहरू सजदामा (ढोगमा) गइहाले ।

    [121] भन्नथालेः कि हामीले सम्पूर्ण जगतको स्वामीमाथि ईमान ल्यायौं ।

    [122] जो मूसा र हारूनको पनि स्वामी हो ।

    [123] फिरऔनले भन्न थाल्योः के तिमीहरूले मैले अनुमति दिनुभन्दा अगाडि नै मूसामा विश्वास गरिहाल्यौ ? निःसन्देह यो एउटा षडयन्त्र थियो जसको तिमीले यस नगरमा कार्यान्वयन गर्यौ, ताकि त्यसका निवासीहरूलाई यहाँबाट निकाल्न सक । तसर्थ अब तिमीलाई वास्तविकता थाहा भइहाल्नेछ ।

    [124] म तिम्रो एकतिरको हात र आर्कोतिरको खुट्टा काटिदिनेछु अनि तिमीहरू सबैलाई झुन्ड्याइदिनेछु ।

    [125] उनीहरूले भनेः कि हामी (मरेर) पनि आफ्नो मालिकको पासमै जानेछौं ।

    [126] र तिमीले हामीमा कुन त्रुटि देखेका छौ यसबाहेक कि हामीले आफ्नो पालनकर्ताको निशानीहरूमा विश्वास गर्यौं, जब तिनी हाम्रो पासमा आए । हे पालनकर्ता ! हामीलाई धैर्य प्रदान गर र हाम्रो प्राण ईमान ल्याएकै अवस्थामा निकाल ।

    [127] र फिरऔनको समूहका नाइकेहरूले भनेः के तपाईंले मूसा र उनको जातिलाई यत्तिकै छाडिदिनुहुन्छ ताकि उनीहरू देशमा उपद्रव गर्दै हिंडुन् र तपाईंलाई र तपाईंका देवताहरूलाई परित्याग गरिहालुन् ? फिरऔनले भन्यो, ‘‘कि हामीले उनीहरूका छोराहरूलाई अहिले नै मार्न प्रारम्भ गरिहाल्नेछौं र उनीहरूका स्त्रीहरूलाई जीवित रहनदिनेछौं र हामी उनीहरूमाथि शक्ति सम्पन्न छौं ।’’

    [128] मूसा(अलैहिस्सलाम)ले आफ्नो जातिबन्धुसित भने, ‘‘अल्लाहको सहारा प्राप्त गर र धैर्य राख, यो धर्ती अल्लाहको हो, उसले आफ्ना भक्तहरूमध्ये जसलाई चाहन्छ उसको मालिक बनाइदिन्छ र अन्तिम सफलता तिनैको हुन्छ जो अल्लाहसित डर मान्छन् ।’’

    [129] मूसाको जातिका मानिसहरूले भने, ‘‘हामी त सधैं उत्पीडनमा रहयौं, तपाईं आउनुभन्दा अगाडि पनि र पछाडि पनि ।’’ मूसाले भने, ‘‘छिट्टै अल्लाहले तिम्रो शत्रुलाई नष्ट पारिदिने छ र उनीहरूको सट्टा तिमीहरूलाई यस धर्तीको खलीफा (उत्तराधिकारी) बनाइदिनेछ, र हेर्नेछ कि तिम्रो व्यवहार कस्तो हुन्छ ।’’

    [130] र हामीले फिर्औनीहरूलाई (केही समयसम्मको लागि) फलहरूको उत्पादनमा कमि गर्यौं र अनिकाल ल्यायौं, जसबाट उनीहरूले चेतुन् ।

    [131] तसर्थ जब तिनीहरूलाई सुख प्राप्त हुन्थ्यो त भन्थे कि हामी यसका हकदार हौं र कष्ट आइपर्दा मूसा र उनका साथीहरूलाई अलच्छिन् भन्थे । यादराख तिनीहरूको अलच्छिन्पना अल्लाहको पासमा छ, र उनीहरूमध्ये अधिकांश जान्दैनन् ।

    [132] र उनीहरूले भन्दथे, ‘‘तिमी हामीमाथि जादू गर्न जुनसुकै निशानी हाम्रो सामु ल्याए पनि, हामी तिमीमाथि विश्वास गर्नेवाला छैनौं ।

    [133] अन्ततः हामीले तिनीहरूमाथि हुरी, शलह, घुनको कीरा, भ्यागुता र रगत, यी सबै खुल्ला चमत्कारका निशानीहरू पठायौँ तर तिनीहरूले घमण्ड नै गरिराखे र तिनीहरू अपराधी नै थिए ।

    [134] र जब उनीहरूमाथि कुनै कष्ट हुन्थ्यो तब यस्तो भन्थे, ‘‘हे मूसा ! हाम्रो निम्ति आफ्नो पालनकर्तासित त्यस प्रतिज्ञाको आधारमा प्रार्थना गर्नुस् जुन उसले तपाईंसित गरेको छ, यदि तपाईले हामीलाई यस सजायबाट मुक्त गराइदिनु हुन्छ भने हामीले अवश्य नै तपाईले भने बमोजिम ईमान ल्याउनेछौं र इस्राईलका सन्तानलाई (छुटकारा दिएर) तपाईको साथमा जान दिनेछौं ।

    [135] फेरि जब हामीले उनीहरूबाट त्यस यातनालाई एक विशेष समयसम्म जहाँसम्म उनीहरूलाई पुग्नु थियो, हटाइदिन्थ्यौं, तब तिनीहरू तुरुन्तै आफ्नो वाचा भङ्ग गरिहाल्थे ।

    [136] अनि हामीले उनीहरूसित बदला लियौं अर्थात उनीहरूलाई समुद्रमा डुबाइदियौं, यसकारण कि उनीहरूले हाम्रा निशानीहरूलाई झूठा भन्दथे र त्यसप्रति बिल्कुलै लापरवाही गर्दथे ।

    [137] र हामीले उनीहरूलाई, जो निकै कम्जोर गनिन्थे, त्यस भू–भागको पूर्व–पश्चिमको मालिक बनाइदियौं, जसमा हामीले बरकत (कल्याण) राखेका छौं र तिम्रो पालनकर्ताको राम्रो वाचा इस्राईलको सन्तानको हकमा पूरा भयो किनभने उनीहरूले धैर्यसित काम लिए, र फिरऔनको र उसको जातिका मानिसहरू जसले कि ठूला–अग्ला कारखाना महलहरू बनाएका थिए, सबै हामीले नष्ट पारिदियौं ।

    [138] र हामीले बनी इस्राईललाई समुद्रबाट पार गरायौं । अनि तिनीहरू यस्ता मानिसहरूका समीपमा पुगे जुनकि आफ्ना केही देवताहरू छेउ बसेका थिए, भन्नथालेः ‘‘हे मूसा ! हाम्रो निम्ति पनि यस्तै एउटा देवता नियुक्त गरिदिनुस् जस्तो कि यिनीहरूका यी देवताहरू छन्’’ । उनले भने कि साँच्चै नै तिमीहरूमा ठूलो अज्ञानता छ ।

    [139] यी मानिसहरू जुन काममा लागेका छन्, त्यो निश्चय नै ध्वस्त गरिनेछ र यिनीहरूको यो काम निराधार छ ।

    [140] उनले भने कि के अल्लाह बाहेक अरु कसैलाई तिम्रो उपास्य निर्धारित गरूँ, जबकि उसैले सबै संसारवालामाथि तिमीलाई श्रेष्ठता प्रदान गरेको छ

    [141] र त्यो समय यादगर जब हामीले तिमीलाई फिरऔनका मानिसहरूबाट छुटकारा दियौं । जसले तिमीलाई गम्भीर यातना दिन्थे । तिम्रा छोराहरूलाई मारिदिन्थे र तिम्रा स्त्रीहरूलाई जीवित रहनदिन्थे । र त्यसमा तिम्रो पालनकर्ताबाट ठूलो परीक्षा थियो ।

    [142] र हामीले मूसासित ३० रातको वचन दियौं अनि हामीले १० रात अतिरिक्त बढाएर पुरा गर्यौं । यसप्रकार उनको पालनकर्ताको समय ४० रात भइहाल्यो । र मूसाले आफ्नो भाइ हारूनसित भने, ‘‘मेरो पछाडि यिनीहरूको व्यवस्था मिलाउनु र सुधार गर्दैरहनु र अव्यवस्था उत्पन्न गर्नेवालाहरूको मार्गमा नहिंड्नु ।’’

    [143] र जब मूसा, हामीले निर्धारित गरेको समयमा आए र उनको पालनकर्ताले उनीसित कुरा गर्यो त उनले विन्ति गरे कि हे मेरो पालनकर्ता ! मलाई आफ्नो साक्षात्कार गराउनुस् ताकि म तपाईलाई एक दृष्टि हेरिहालूँ । अल्लाहले भन्नुभयोः तिमीले मलाई कदापि हेर्न सक्दैनौ तर तिमी त्यस पर्वततिर हेर्दैगर, यदि त्यो आफ्नो ठाँउमा स्थिर रह्यो भने तिमीले मलाई हेर्न सक्नेछौ । अनि जब उनको रब पर्वतमाथि आफ्नो प्रकाश हाले त प्रकाशले त्यसलाई चकनाचूर (क्षतविक्षत) गरिदियो र मूसा (अलैहिस्सलाम) मूक्र्षित भई लडिहाले । अनि जब होशमा आए त भने, ‘‘पवित्रछौं तिमी!’’ म तिमी समक्ष तौबा (पश्चाताप) गर्दैछु र म सबभन्दा पहिले तपाईमाथि ईमान ल्याउने भएको छु ।

    [144] (अल्लाहले) भन्नुभयोः हे मूसा ! मैले पैगÞम्बरी र आफ्नो वाणीबाट तिमीलाई अरु मानिसहरूभन्दा विशिष्ट बनाएको छु । अतः जे मैले तिमीलाई प्रदान गरेको छु, त्यसलाई लिइहाल र कृतज्ञता प्रकट गर ।

    [145] र हामीले पाटीहरूमा हरेक प्रकारको उपदेश र हरेक कुराको विस्तृत वर्णन लेखि उनलाई दियौं । अतः तिमीले तिनलाई दृढतापूर्वक समातिहाल र आफ्नो जातिलाई आदेश गर कि तिनमा उत्तम कुराहरू छन्, तिनीहरूले त्यसलाई अपनाउन् । अब छिटै नै तिमीहरूलाई ती अवज्ञाकारीहरूको ठाउँ देखाउनेछु ।

    [146] म यस्ता मानिसहरूलाई आफ्नो निशानीहरूबाट विमुख नै राख्नेछु जो पृथ्वीमा घमण्ड गर्दछन्, जसको तिनलाई कुनै अधिकार छैन र यदि समस्त निशानीहरू देखिहाले तापनि तिनीहरू त्यसमा विश्वास गर्ने छैनन् र यदि सोझो बाटो देख्छन् भने पनि त्यसलाई आफ्नो बाटो मान्ने छैनन् र यदि पथभ्रष्टताको बाटो देख्छन् भने त्यसलाई अपनाउने छन् । यो यसकारणले हो कि उनीहरूले हाम्रा आयतहरूलाई झूठो भने र त्यसप्रति असावधान रहे ।

    [147] र यी मानिसहरू जसले हाम्रा आयतहरूलाई र प्रलोकको आउने कुरालाई झूठा ठाने, उनीहरूको सबै कर्म नष्ट भए, उनीहरूले त्यही सजाय पाउनेछन् जस्तो उनीहरूले गर्दथे ।

    [148] र मूसाको जातिले उनको अनुपस्थितिमा आफ्ना गहनाहरूको एउटा बाछोलाई पूज्य ठहराए जो एउटा ढाँचामात्र थियो, जसमा एउटा आवाज थियो । के उनीहरूले यो देखेनन् कि त्यसले उनीहरूसित न कुनै कुरा गथ्र्यो र न उनलाई कुनै बाटो देखाउन्थ्यो, त्यसलाई यिनीहरूले पूजनीय ठाने र ठूलो अन्यायको काम गरे ।

    [149] र जब तिनी लज्जित भए र थाहा भयो कि वास्तवमा उनीहरू मार्गविचलनमा परिहाले छन् तब भन्न थाले कि यदि हाम्रो प्रतिपालकले हामीमाथि दया गरेन र हामीलाई क्षमा गरेन भने हामी बर्बाद भइहाल्नेछौं ।

    [150] र जब मूसा(अलैहिस्सलाम) आफ्नो जातितिर रिस र दुःखको अवस्थामा फर्केर आए त भन्न थालेः ‘‘तिमीहरूले मेरो अनुपस्थितिमा साह्रै नराम्रो काम गर्यौ । के तिमीहरूले आफ्नो पालनहारको आदेशभन्दा पहिला नै हतार गरिहाल्यौ ?’’ अनि छिटै पाटीहरू एकातिर राखे र आफ्नो भाइको टाउको समाति आफूतिर घिसारेर तान्नथाले । हारूनले भने कि हे मेरी आमाको छोरा ! यिनीहरूले मलाई कमजोर ठानेर झण्डै मारिदिन चाहन्थे, तसर्थ तपाई शत्रुहरूबाट ममाथि उपहास नगराउनुस् र मलाई यी अत्याचारीहरूमध्येको नठान्नुस् ।

    [151] मूसाले भनेः कि हे मेरो पालनकर्ता ! मलाई र मेरो भाइलाई क्षमा गरिदेऊ र हामी दुवैलाई आफ्नो दयामा शम्मिलित गर र तिमी सबै दया गर्नेवालाहरूमध्ये सबैभन्दा बढी दयावान् छौ ।

    [152] निःसन्देह जुन मानिसहरूले बाछोलाई आफ्नो उपास्य बनाए ती छिटै आफ्नो पालनहारको रिसमा पर्नेछन् र सांसारिक जीवनमा अपमानित हुनेछन् । र झूठो कुरा बनाउनेहरूलाई हामीले त्यस्तै प्रतिफल दिने गर्दछौं ।

    [153] र जुन मानिसहरूले पापकर्म गरे, अनि त्यसपछि पश्चाताप गरे र ईमान ल्याए, त तिम्रो पालनकर्ताले यस पश्चाताप पश्चात क्षमा गरिदिन्छ ऊ दयावान छ ।

    [154] र जब मूसाको क्रोध शान्त भयो तब ती पाटीहरूलाई समाते तिनको शीर्षकहरूमा ती मानिसहरूको निम्ति मार्गदर्शन र दया थियो जो आफ्नो रब (प्रतिपालक)संग डर मान्दथे ।

    [155] र मूसा(अलैहिस्सलाम)ले आफ्नो कौममध्ये सत्तरी मानिसहरूलाई हामीले निर्धारित गरेको समयको लागि रोजे । अनि जब उनीहरूलाई एउटा भुकम्पले समात्यो तब मूसा विन्ती गर्नथालेः हे मेरो पालनकर्ता ! यदि तिमीले चाहेको भए पहिला नै यिनीहरूलाई र मलाई नष्ट गरिदिन्थ्यौ । के तिमीले हामीमध्येका केही मूर्खहरूको क्रियाकलापलेगर्दा हामी सबैलाई नष्ट गरिदिनेछौ । यो घटना त तिम्रो तर्फबाट मात्र एउटा परीक्षा हो । यस्तो परीक्षाहरूबाट जसलाई तिमी चाहन्छौ, पथभ्रष्ट गर र जसलाई चाहन्छौ असल बाटोमा कायम राख । तिमी नै हाम्रो संरक्षक छौ । अतः तिमी हमीलाई क्षमा र हामीमाथि दया गर र तिमी सबैभन्दा ठूलो क्षमादाता हौ ।

    [156] र हाम्रो निम्ति संसारमा पनि भलो लेखिदेऊ र आखिरत (परलोक)मा पनि, हामी तिमीतिर उन्मुख हुन्छौ । अल्लाहले भन्योः म आफ्नो यातनाले उसैलाई ग्रस्त गर्छु, जसलाई चाहन्छु तर मेरो दयालुताबाट सबैकुरा अच्छादित छन् । र त्यो दया ती मानिसहरूको नाममा अवश्य लेख्नेछु जो अल्लाहसित डरछन् र जकात (धर्मदाय) दिन्छन् र जो हाम्रा आयतमाथि ईमान ल्याउँछन् ।

    [157] जुन मानिसहरूले यस्ता रसूल, नबी उम्मी (निरक्षर) को अनुशरण गर्छन्, जसलाई उनीहरूले आफुकहाँ तौरात र इन्जीलमा लेखिएको पाउँछन् । उनले उनीहरूलाई असल कुराको आदेश गर्दछन् र नराम्रा कुराहरूबाट मनाही गर्दछन् र स्वच्छ कुरालाई हलाल (वैध) बताउँछन् र अपवित्र कुरालाई हराम (वर्जित) बताउँछन् र तिनीहरूमाथिबाट त्यो बोझ उतार्दछन् जुन अहिलेसम्म उनीहरूमाथि लादिएका थिए बन्धनहरूलाई फुक्का गर्दछन् जसमा उनीहरू जकडिएका थिए । अतः जो मानिसहरू त्यस नबीमा (सन्देष्टामा) विश्वास गर्दछन् र उनको समर्थन गर्दछन् र उनको सहायता गर्दछन्, र त्यस प्रकाशलाई मान्दछन् जो उनको साथमा पठाइएको छ । यस्ता मानिसहरू पूर्ण सफलता प्राप्त गर्नेवाला छन् ।

    [158] तपाईले भनिदिनुस् ः ‘‘हे मानिसहरू ! म तिमीहरू सबैको लागि त्यस अल्लाहबाट पठाइएको रसूल (सन्देष्टा) हूँ जो आकाशहरू र धर्तीको राज्यको स्वामी हो । उस बाहेक कोही सत्य पूज्य छैन, उसैले जीवन प्रदान गर्दछ र उसैले प्राण लिन्छ । तसर्थ अल्लाहमाथि ईमान ल्याऊ र उसको नबी उम्मीमा, जो स्वयं महान अल्लाह र उसका आदेशमा आस्था राख्दछन् । उनको अनुशरण गर ताकि तिमी (सही) मार्ग पाउन सक ।’’

    [159] मूसाको जातिमा एउटा समूह यस्तो पनि छ, जसले सत्यमार्ग देखाउँदछ, र त्यसै अनुरूप न्याय गर्दछ ।

    [160] र हामीले उनलाई बाह्र घरानाहरूमा विभक्त गरी, सबैको बेग्ला–बेग्लै समूह निश्चित गरिदियौं । जब उनका कौमका मानिसहरूले पानी मांगे, तब हामीले मूसालाई आदेश गर्यौं ‘‘आफ्नो लठ्ठीले एउटा खास चट्टानमा प्रहार गर । अतः तुरुन्तै त्यसबाट बाह्र मूल फुटे र हरेक समूहले आफ्नो मूल थाहा पाइहाले । र हामीले उनीमाथि बादलको छायाँ गर्यौं, र उनीमाथि ‘‘मन्न’’ र ‘‘सलवा’’ उतार्यौं हामीले तिमीलाई जे राम्रो कुरा प्रदान् गरेका छौं, त्यसलाई खाऊ’’ र उनीहरूले हाम्रो कुनै हानि गरेनन् बरु आफ्नै हानि गर्दथे ।

    [161] र यादगर जब हामीले उनलाई आदेश दियौं कि तिमीहरू त्यस बस्तीमा गई बस र यसमा जहाँबाट चाहन्छौ खाऊ, र मुखले भन्दै जानु कि तौबा (पश्चाताप) छ र ढोकामा निहुरिएर प्रवेश गर, हामीले तिम्रा त्रुटिहरूलाई क्षमा गरिदिनेछौं, र हामीले सुकर्मीहरूलाई बढी पनि दिनेछौं ।

    [162] तर अत्याचारीहरूले, जुन कुरा (कलमा) उनीहरूसित भनिएको थियो, त्यसलाई त्यसभन्दा भिन्न कुरामा बदलिदिए । अतः जुन अत्याचार उनीहरूले गरेका थिए त्यसको कारण र आदेश नष्ट गरेकाले हामीले आकाशबाट तिनीहरूमाथि एउटा यातना पठायौं ।

    [163] तपाईले उनीहरूसित त्यस बस्तीको विषयमा सोध्नुस्, जो सागरतट्मा अवस्थित थियो र जब तिनीहरूले ‘‘साताको’’ बारेमा सीमा उल्लघंन गर्दथे, जब उनका साताको दिन तिनका माछाहरू खुल्लारूपमा तिनीहरू समक्ष पानीको सतहमाथि आउन्थे, र जब उनको साताको दिन हुँदैनथ्यो तब तिनीहरू उनको सामुन्ने आउँदैनथे । यसप्रकार हामीले उनलाई अवज्ञाकारी भएको कारणले परीक्षामा पार्दथ्यौं ।

    [164] र जब तिनीहरूको एक समूहले यस्तो भन्योः कि ‘‘तिमी यस्ता मानिसहरूलाई किन उपदेश दिन्छौ, जसलाई अल्लाह नष्ट गर्नेवाला छ, वा जसलाई कठोर यातना दिनेवाला छ ?’’ उनले भनेः ‘‘तिम्रो पालनकर्ता समक्ष आफूलाई निरपराध सिद्ध गर्नुको निम्ति, र यसकारण कि कदाचित यिनीहरू डर मानुन् ।’’

    [165] अनि जब तिनीहरूले त्यो कुरा बिर्सिहाले जुन कुरा उनलाई सम्झाइएको थियो, त हामीले उनीहरूलाई त बचाइहाल्यौं जसले नराम्रो कुराबाट रोक्दथे, र अत्याचारीहरूलाई उनको अवज्ञाको कारणले कठोर यातनामा जकडिहाल्यौं ।

    [166] अर्थात जब उनीहरू त्यसमा सीमा उल्लघंन गरे, जुन कुराबाट उनीहरूलाई मनाही गरिएको थियो, त हामीले उनीहरूसित भन्यौं, तिमी अपमानित र तिरस्कृत बाँदर भइहाल ।’’

    [167] र त्यो समय स्मरण गर्नु योग्य छ जबकि तपाईको पालनकर्ताले यो कुरा भन्योः कि उसले यी यहूदीहरूमाथि कियामतसम्म यस्तो व्यक्तिलाई अवश्य नियुक्त गरिराख्ने छ, जसले उनीहरूलाई दुखद् सजाय दिई रहनेछ । निःसन्देह तिम्रो पालनहार छिटै सजाय दिइहाल्छ, र अवश्य ऊ बडो क्षमाशील, अत्यन्त दयावान छ ।

    [168] र हामीले पृथ्वीमा तिनीहरूलाई विभिन्न वर्गमा विभाजित गरी फिँजाइदियौं । यिनीमध्ये केही राम्रो काम गर्नेवाला (नेक) थिए र केही भिन्न प्रकारका, र हामीले दुःख र सुख दुवैबाट तिनीहरूको परीक्षा लिदैं गरें ताकि तिनीहरू खराब कामबाट अलग होउन् ।

    [169] अनि उनीहरूपछि यस्ता मानिसहरू उनीहरूको ठाउँ ओगटे, जो किताबका उत्तराधिकारी भई यस संसारको सम्पत्ति लिन्छन्, र भन्छन्ः ‘‘हामीलाई अवश्य क्षमा गरिने छ ।’’ र यदि यस्तै अरु सम्पत्तिहरू पनि उनको पासमा आउँछन् भने त्यसलाई पनि लिइहाल्नेछन् । के उनीहरूसित यस किताबको यो वाचा लिएको थिएन कि अल्लाहको बारेमा सत्य बाहेक अरु केही नभनुन्, र उनीहरूले यस किताबमा जे छ त्यसलाई पढिसकेका छन् । र आखिरतको घर उनीहरूकै निम्ति उत्तम छ, जो असल काम गर्दछन्, त के तिमी बुझ्दैनौं

    [170] जुन मानिसहरूले किताबलाई दृढतापूर्वक समातेका छन्, र नियमित रूपमा नमाजÞ पढिराखेका छन्, हामीले यस्ता आपूmलाई सुधार्ने सदाचारीहरूको प्रतिफल नष्ट गर्दैनौं ।

    [171] र स्मरण गर जब हामीले उनीहरूमाथि पहाड ठड्यायौं त्यो तिनीहरूमाथि छायाँ थियो (शामियाना) र उनीहरूले ठाने कि त्यो उनीहरूमाथि अब खस्न गइराखेको छ । र भन्यौं कि जुन किताब हामीले तिमीलाई दिएका छौं, त्यसलाई दृढतापूर्वक स्वीकार गर र यसमा जुन निर्देशनहरू छन् त्यसलाई यादराख, तिनीहरूबाट यो अपेक्षा छ कि तिमी असल (मुत्तकी) बन्न सक्दछौ ।

    [172] र जब तपाईको पालनकर्ताले आदमको सन्तानको ढाडबाट उनको सन्तति सृष्टि गर्यो, र उनीहरूलाई स्वयं उनकै लागि स्वीकारोक्ति लियो कि ‘‘के म तिम्रो पालनकर्ता होइन ?’’ उनीहरूले भनेः ‘‘हो, हामी सबै साक्षी छौं ।’’ यस्तो यसकारणले गर्यौं ताकि तिनीहरूले कियामतको दिन यो नभनुन, कि ‘‘हामीलाई यसको ज्ञान नै थिएन ।’’

    [173] वा यो भन कि ‘‘अघि शिर्क हाम्रा पूर्वजले गरे । हामी त उनीपछि उनका सन्तति भयौं ।’’ त के तिमीले हामीलाई मिथ्याचारीहरूले गरेको क्रियाकलापको लागि विनष्ट पार्नेछौ ।

    [174] हामी यसैप्रकार आयातलाई स्पष्ट बर्णन गर्छौं, ताकि यिनीहरू हामीतिर फर्कुन् ।

    [175] र तिनीहरूलाई त्यस मानिसको खबर सुनाइदिनुस् कि जसलाई हामीले आफ्ना आयत प्रदान गर्यौं तर ऊ त्यसबाट पूर्णतः निष्कासित भइहाल्यो, अनि शैतान उसको पछि लाग्यो । अन्ततः ऊ पथभ्रष्ट भइहाल्यो ।

    [176] र यदि हामीले चाहेको भए यी आयातबाट उसलाई उच्च दर्जा प्रदान गथ्र्यौं, तर त्यो त धर्तीतिर प्रवृत्त भयो, र आफ्नो निकृष्ट इच्छाको पछि लाग्यो, तसर्थ उसको उदाहरण कुकुर जस्तो हुन गयो कि यदि तिमीले उसमाथि बोझाहाले पनि त्यसले जिब्रो निकाली हाँप्ने गर्छ वा छाडिदिनुस् तैपनि त्यस्तै गरिरहन्छ । यही उदाहरण ती मानिसहरूको छ, जसले हाम्रा आयतहरूलाई झूठा भने । तसर्थ तपाईले यो वृत्तान्त बर्णन गरिदिनुस् शायद उनीहरूले सोचविचार गर्न सकुन् ।

    [177] उनीहरूको उदाहरण पनि नराम्रो छ, जसले हाम्रा आयतहरूलाई (श्लोकहरूर्लाइ) झूठो ठान्दछन् र तिनीहरू आफ्नो नोक्सानी नै गर्दछन् ।

    [178] जसलाई अल्लाहले (असल) मार्ग देखाउँछ, त्यही सोझो मार्ग पाउनेवाला हुन्छ, र जसलाई उसले मार्गबाट बञ्चित गर्दछ, तिनै घाटामा पर्नेवाला हुन्छन् ।

    [179] र हामीले यस्ता धेरै जिन्न (दानव) र मानिसहरू नर्कको निम्ति सृष्टि गरेका छौं, तिनीहरूको हृदय छन् तर जसबाट बुझ्दैनन्, र तिनीहरूको आँखा छन्, तर त्यसबाट देख्दैनन्, र उनीहरूको कान छन्, जसबाट सुन्दैनन् । यी मानिसहरू पशु समान छन् बरु त्यसभन्दा पनि बढी (पथभ्रष्ट) छन्, यिनीहरू नै अचेत छन् ।

    [180] र राम्रा–राम्रा नाम अल्लाहकै लागि हुन् । यसर्थ ती नामहरूद्वारा नै उसलाई पुकार र यस्ता मानिससित सम्बन्ध पनि नराख जो उसको नामको सम्बन्धमा कुटिलता गर्छन् । यिनीहरू यसका निम्ति अवश्य नै दण्ड पाउनेछन् ।

    [181] हामीले सृष्टि गरेका प्राणीहरूमध्ये एउटा यस्तो समूह पनि छ, जसले सत्य अनुसार मार्ग देखाउँछ र त्यसै बमोजिम न्याय पनि गर्दछ ।

    [182] र जसले हाम्रा आयतहरूलाई झूठो ठान्दछन्, हामीले उनीहरूलाई क्रमशः आफ्नो पकडमा लगिराखेका छौं । यस्तो तरीकाबाट जुन उनीहरू जान्दैनन् ।

    [183] (म त) उनीहरूलाई छूट दिइराखेको छु । निश्चय नै मेरो योजना अत्यन्त सुदृढ छ ।

    [184] के उनीहरूले यस कुराको विचार गरेनन् कि उनको साथीलाई उन्माद छैन । उनी त मात्र एउटा स्पष्टरूपले सचेत गराउनेवाला हुन् ।

    [185] र के उनीहरूले विचार पुर्याएनन् आकाश र धर्तीको राज्यमा, जुन कुरो अल्लाहले सृष्टि गरेको छ, र यस कुरोमाथि पनि कि सम्भव छ उनको (मृत्युको) अवधि नजिक आइपुगेको छ । फेरि कुरआन पश्चात कुन कुरोमाथि यिनीहरूले ईमान ल्याउनेछन् ।

    [186] जसलाई अल्लाहले विचलित गर्दछ, उसलाई कसैले सही बाटोमा ल्याउन सक्दैन, र अल्लाहले उनीहरूलाई मार्ग विचलनमा छाडिदिन्छन् ।

    [187] यिनीहरूले तपाईसित किÞयामतको सम्बन्धमा प्रश्न गर्दछन्ः कि ‘‘यो कहिले आउनेछ’’ ? तपाईले भनिदिनुस्ः कि ‘‘यसको ज्ञान मात्र मेरो पालनकर्तासँग छ’’ । अतः अल्लाह बाहेक अरु कसैले त्यसलाई त्यसको समय प्रकटगर्न सक्दैन । त्यो आकाश र धर्तीमा अत्यन्त ठूलो (घटना) हुनेछ र त्यो एक्कासी तिमीमाथि आइलाग्नेछ । उनीहरू तपाईसित यस प्रकार सोध्छन् जस्तो कि त्यसको बारेमा तपाईलाई राम्ररी थाहा छ । भनिदिनुस्ः यसको ज्ञान खास अल्लाहसित नै छ, तर यो कुरा धेरैले बुझ्दैनन् ।

    [188] भनिदिनुस्ः मसंग आफ्नो निम्ति पनि कुनै लाभको अधिकार छैन, र न कुनै हानिको, तर त्यति मात्र जति अल्लाहले चाहेको हुन्छ, र यदि म अदृश्यको कुरा जान्ने भए, मैले धेरै नाफा प्राप्त गरिहाल्थें र मलाई कुनै नोक्सानी हुने थिएन । म त मात्र सचेत गराउने र शुभसमाचार दिनेवाला हूँ, त्यस्ता मानिसहरूलाई जसले ईमान ल्याएका छन् ।

    [189] त्यो अल्लाह नै हो, जसले तिमीलाई एउटै शरीरबाट सृष्टि गर्यो र त्यसैबाट उसको जोडी बनायो ताकि आफ्नो जोडीबाट शान्ति प्राप्त गर्न सकोस् । अनि जब लोग्नेले स्वास्नीसित सम्पर्क गर्यो त त्यसलाई हलुका गर्भ रह्यो । यसर्थ तिनले त्यसलाई लिई हिंडडुल गरिराखिन् । अनि जब तिनी गह्रुँगो भइन् तब लोग्ने स्वास्नी दुवैले अल्लाहसित जो उनको पालनकर्ता हो, प्रार्थना गर्न थाले कि यदि तिमीले हामीलाई पूर्ण स्वस्थ्य बच्चा दिए त निश्चय नै हामी तिमी प्रति ठुलो कृतज्ञता प्रकट गर्नेछौं ।

    [190] तसर्थ अल्लाहले जब दुबैलाई पूर्ण स्वस्थ बच्चा दियो त ती दुवैले अल्लाहबाट प्रदान गरिएको कुरामा त्यसको साझेदार निर्धारित गर्न थाले । किन्तु अल्लाह पवित्र छ उनको शिर्क (साझेदारी) बाट ।

    [191] के तिनीहरू त्यस्तालाई साझेदार ठहराउँछन्, जो कुनै कुराको सृष्टि गर्न सक्दैनन्, र स्वयं नै सृष्टि गरिएका हुन् ।

    [192] र तिनीहरूले उनीहरूलाई कुनै प्रकारको सहायता गर्न सक्दैनन् र आफूलाई पनि सहायता गर्न सक्दैनन् ।

    [193] र यदि तिमीले यिनीहरूलाई कुनै कुरा बताउन पुकार्छौ भने तिनीले भनेको मान्दैनन् । तिम्रो निम्ति दुवै कुरा समान छन् चाहे तिमीले बोलाऊ वा चुप लाग ।

    [194] वास्तवमा तिमीले अल्लाहलाई छाडि जसलाई पुकार्दछौ, तिनीहरू तिमी जस्तै बन्दा (उपासक) हुन् । तसर्थ तिमी साँचो हौ भने तिमीले तिनीहरूलाई पुकार ताकि तिनीहरूले तिमीले चाहेको कुरा पूरा गरिदेउन् ।

    [195] के उनका खुट्टा छन् जसबाट हिंडछन वा हातछन् जसबाट कुनै कुरा समात्दछन् वा आँखा छन् जसबाट देख्छन् वा उनको कान छन् जसबाट सुनिराखेको छन् । तपाई भनिदिनुस् कि आफ्ना सबै सहभागीहरूलाई पुकार र मेरो नोक्सानी गर्ने उपाय गर यस प्रकार कि मलाई मोहलत नमिलोस् ।

    [196] निश्चय नै मेरो सहायक अल्लाह नै छ, जसले यो किताब उतारेको छ, र त्यसैले सदाचारीहरूको सहायता गर्दछ ।

    [197] तिमीहरूले अल्लाहलाई छाडि जसलाई पूजा गर्दछौ, त्यसले तिम्रो कुनै सहायता गर्न सक्दैनन् र न आफ्नै सहायता गर्न सक्छन् ।

    [198] र यदि उनलाई सोझो मार्गतिर बोलाउनुहुन्छ भने तिनीहरूले सुन्ने छैनन् । र तिनीहरूलाई तपाईले यसरी देख्नुहुन्छ जस्तो कि उनीहरूले तपाईलाई देखिराखेका छन्, जबकि तिनीहरूले केही पनि देख्दैनन् ।

    [199] तपाई क्षमाको नीति अपनाउनुस्, र असल कामको उपदेश दिदै गर्नुस् र अज्ञानीहरूबाट टाढा बस्नुस् ।

    [200] र यदि तपाईलाई शैतानतिरबाट कुनै असमंजस आउँछ भने अल्लाहसित शरण माग्ने गर्नुस् । निश्चय नै ऊ सबै कुरा सुन्दछ र जान्दछ ।

    [201] निश्चय नै अल्लाहसित डर मान्नेहरूलाई जब कुनै खतराको संकेत आउँछ तब उनी जिक्र गर्न थाल्छन्, तसर्थ एक्कासी उनका आँखाहरू खुलिहाल्छन् ।

    [202] र जो शैतानका मातहतमा छन्, तिनहिरूले उनीहरूलाई कुमार्गतिर तानेर लग्छन्, अनि त्यसमा कुनै कसर बाँकी राख्दैनन् ।

    [203] जब तपाईले कुनै चमत्कार उनीहरू समक्ष ल्याउनुहुन्न तब उनीहरूले भन्छन्ः कि ‘‘तपाईले स्वयं यो चमत्कार किन ल्याउनु भएन’’ ? तपाईले भनिदिनुस्ः कि म त त्यही कुराको पालना गर्दछु जुन आदेश मेरो पालनकर्ताले पठाएको छ । यी तपाईको पालनकर्ताको तर्फबाट प्रमाण हुन्, र ईमानवालाहरूको लागि मार्गदर्शन र दया हो ।

    [204] र जब कुरआन पढिन्छ तब त्यतातिर ध्यान दिएर सुन, र चुप लागेर बस, ताकि तिमीमाथि दया गरियोस् ।

    [205] र हे नबी ! आफ्नो पालनकर्तालाई आफ्नो मनमा बिहान बेलुका विनम्रतापूर्वक, डर मान्दै मसिनो आवाजमा स्मरण गर्दै गर र बेवास्ता गर्नेहरूमध्येको नहोऊ ।

    [206] निःसन्देह जो तिम्रो पालनकर्ताको समीपमा छन्, तिनीहरू उसको उपासनाबाट अभिमान गर्दैनन्, तिनीहरू त उसको महीमागान गर्दछन् र उसैलाई ढोग्दछन् ।

    Surah 8
    अल–अनफाल

    [1] यिनीहरू तपाईसित धर्मयुद्धमा प्राप्त जितिएका धनको विषयमा सोध्छन्, तपाईले भनिदिनुस्ः यी युद्घमा प्राप्त भएको धन अल्लाह र रसुलका हुन् । अतः अल्लाहसित डर र आफ्ना सम्बन्धहरू सुमधुर राख र अल्लाह र उसको रसूलको आज्ञापालन गर, यदि तिमी ईमानवाला हौ भने ।

    [2] ईमानवालाहरू ती नै हुन् जसका हृदय काम्छन्, जुनबेला अल्लाहको वर्णन हुन्छ । र जब उनका अगाडि अल्लाहका आयतहरू पढेर सुनाइन्छन् त तिनीहरूको ईमानमा झन् बृद्धि भइहाल्छ, र तिनीहरू आफ्नो पालनकर्तामा भरोसा गर्दछन् ।

    [3] यिनीहरू ती मानिस हुन् जो नमाजलाई कायम राख्दछन्, र हामीले उनीहरूलाई जे–जति दिएका छौं, त्यसबाट (राम्रो कामको लागि) खर्च गर्छन् ।

    [4] सच्चा ईमानवाला यी मानिसहरू हुन्, यिनका निम्ति यिनका पालनकर्ताकहाँ गौरवपूर्ण स्थानहरू छन् र मुक्ति र सम्मानित जीविका छ ।

    [5] (यो त्यस्तै) जस्तो तपाईको पालनकर्ताले तपाईको घरबाट हककोसाथ विदा गर्यो, किन्तु इमानवालाहरूमध्ये एक समूहलाई यो अप्रिय लाग्यो ।

    [6] उनीहरूले सत्यको बिषयमा त्यो स्पष्ट भइसकेपछि तपाईसँग यसरी झगडा गरिराखेका थिए कि तिनीहरूले आँखाले देखिएको मृत्युतिर धकेलिंदै छन् ।

    [7] र तिमीहरू त्यस समयलाई यादगर जब अल्लाह तिमीसित वाचा गरिराखेको थियो कि दुई समुहहरूमध्ये एउटा तिम्रो हाथमा आउनेछ र तिमी चाहन्थ्यौं कि निःशस्त्र समूह तिम्रो हातमा आओस् । र अल्लाह यो चाहन्थ्यो कि आफ्नो आदेशको सत्यता प्रमाणित गरोस् र ती इन्कार गर्नेहरूको जरा काटिदेओस् ।

    [8] जसबाट सत्यलाई सत्य गरेर देखाओस् र असत्यलाई असत्य गरेर, चाहे अपराधिहरूलाई जति नै अप्रिय किन नलागोस् ।

    [9] त्यो समय यादगर जब तिमीले आफ्नो पालनकर्तासित विन्ती गरिराखेका थियौ, अनि महान अल्लाहले तिम्रो पुकार सुनिहाल्यो । (उसले भन्यो) म तिमीलाई एक हजार फरिश्ताहरूबाट मद्दत गर्नेछु जो लगातार आउँदै गर्नेछन् ।

    [10] र महान अल्लाहले यो सहायता मात्र यस कारणले गर्यो, कि यो एउटा शुभसन्देश होस् र यसबाट तिम्रा हृदयहरूलाई सन्तुष्टि होस्, सहायता अल्लाहबाट नै हुन्छ, जो अल्लाह अधिपत्यशाली तत्वदर्शी छ ।

    [11] त्यस समयलाई स्मरण गर, जब उसले आफ्नो तर्फबाट शान्तिका लागि तिमीलाई निद्रा प्रदान गरिरहेको थियो, र तिमीमाथि आकाशबाट पानी बर्षाइराखेको थियो, ताकि त्यस पानीबाट तिमीलाई पवित्र गरोस् र शैतानी अपवित्रतालाई तिमीबाट टाढा राखोस्, र तिम्रा हृदयहरूलाई मजबूत बनाओस् र तिम्रा पाइलाहरूलाई सुदृढ गरोस् ।

    [12] त्यो समयलाई यादगर जबकि तपाईको पालनकर्ताले फरिश्ताहरूलाई भनिराखेको थियो ‘‘कि म तिम्रो साथमा छु । अतः तिमीले ईमानवालाहरूलाई हिम्मत बढाउँदै गर । म इन्कार गर्नेवालाहरूको हृदयमा भय उत्पन्न गराइदिन्छु । तसर्थ तिमी गर्दनमा प्रहार गर र उनका औंलाहरूको टुप्पोमा चोट पुर्याऊ ।

    [13] यो यस कुराको सजाय हो कि उनीहरूले अल्लाह र उसको रसूलको विरोध गरे, र जसले अल्लाहको र उसको रसूलको विरोध गर्दछ, त्यसलाई अल्लाहले निःसन्देह कठोर सजाय दिनेवाला छ ।

    [14] तसर्थ यो सजाय चाख, र जानिराख कि काफिरहरूको निम्ति नर्कको यातना निर्धारित नै छ ।

    [15] ईमानवालाहरू हो ! जब काफिरहरूसित तिम्रो मुकाबिला हुन्छ त तिमी पिठ्युँ नफर्काऊ ।

    [16] र जुन ब्यक्तिले तिनीहरूबाट यस अवसरमा पिठ्यु फर्काउनेछ,– तर यदि उसले युद्धचालको रूपमा वा अर्को टुकडीसँग शरण लिन आउँछ– त्यो अर्कै कुरा हो । बाँकी अरु जसले यस्तो गर्नेछ, त्यो अल्लाहको क्रोधमा पर्नेछ । र त्यसको बासस्थान नर्क हुनेछ र त्यो साह्रै नराम्रो ठाउँ हो ।

    [17] तिमीले तिनीहरूलाई मारेनौ, तर अल्लाहले नै तिनीहरूलाई मार्यो र तपाईले माटोको डल्लो फ्याँक्नु भएन बरु त्यो महान अल्लाहले फ्याँक्यो, र यस कारण कि मुसलमानहरूलाई आफ्नो तर्फबाट उनीहरूको परिश्रमको राम्रो प्रतिफल देओस् । निःसन्देह अल्लाह धेरै सुन्नेवाला, धेरै जान्नेवाला छ ।

    [18] यो भयो र (दोस्रो कुरा यो छ कि) महान अल्लाहले काफिरहरूको योजनालाई कमजोर गर्नु थियो ।

    [19] यदि तिमीहरू फैसला चाहन्छौ भने त्यो फैसला तिम्रो सामु मौजूदछ, र यदि यसबाट पन्छिनछौ भने यो साह्रै राम्रो छ, र यदि तिमीले फेरि त्यही काम गर्नेछौ भने हामीले पनि फेरि त्यही काम गर्नेछौं, र तिम्रो जत्था तिम्रो कुनै काम लाग्नेछैन, चाहे जति नै अधिक किन नहोस्, र सत्य कुरो यो छ कि अल्लाह ईमानवालाहरूको साथमा छ ।

    [20] हे ईमानवालाहरू ! अल्लाहको र उसको रसूलको आदेश मान र त्यसबाट विमुख नहोऊ जबकि तिमी सुनी जानी राखेका छौ ।

    [21] र तिमी उनीहरू जस्तो नहुनु जसले दावी गर्दछन् कि हामीले सुनें जबकि उनीहरू सुन्दैनन् ।

    [22] अल्लाहको दृष्टिमा त निकृष्ट प्राणी ती हुन जो बहिरा लाटा हुन्, जसले केहि पनि बुझ्दैनन् ।

    [23] यदि अल्लाहले उनीहरूमा कुनै गुण देखेको भए अवश्य नै उनीहरूलाई सुन्ने सौभाग्य प्रदान गथ्र्यो र यदि उसले उनीहरूलाई अहिले सुनाउँछ भने उनीहरू तर्केर विमुख भइहाल्थे ।

    [24] हे ईमानवालाहरू ! तिमी अल्लाह र रसूलको आदेश मान, जबकि रसूलले तिमीलाई त्यस कुरातिर बोलाउन्छन्, जसले तिमीलाई जीवन प्रदान गर्नेछ र जानिराख कि अल्लाह मानिस र उसको हृदयको बीचमा आड बन्ने गर्दछ । र निःसन्देह तिमी सबै अल्लाहकै पासमा एकत्रित हुनेछौ ।

    [25] त्यस फसादबाट बच, जसले कि आफ्नो चपेटामा विशेषरूपले अत्याचारीहरूलाई मात्र लिने छैन, जानिराख कि अल्लाह कठोर दण्ड दिनेवाला छ ।

    [26] र त्यस अवस्थाको स्मरण गर जब तिमी थोरै थियौ, धर्तीमा निर्बल थियौ, भयभीत अवस्थामा रहन्थ्यौ कि अरुले तिमीहरूलाई कहीं नष्ट नगरिहालुन् अनि अल्लाहले तिमीलाई शरण दियो र आफ्नो सहायताले तिमीलाई शक्ति प्रदान गर्यो र राम्रा राम्रा कुराहरू दियो जसबाट तिमीले उसको आभार प्रकट गर ।

    [27] हे ईमानवालाहरू ! जानीबुझी तिमी अल्लाह र उसको रसूलको हकको साथमा विश्वासघात नगर्नु र आफूले संरक्षण गरेको कुराहरूमा विश्वासघात नगर ।

    [28] र तिमी यस कुरोलाई राम्ररी जानीराख कि तिम्रा धनसम्पत्ति र तिम्रा सन्तानहरू एउटा परीक्षा सामग्री हुन् र यो कुरो पनि जानिराख कि अल्लाहसंग ठुलो प्रतिफल छ ।

    [29] हे ईमानवालाहरू ! यदि तिमी अल्लाहसित डर मान्ने गर्छौ भने उसले तिमीलाई एउटा निर्णायक कुरा प्रदान गर्नेछ । र तिम्रा पापहरू समाप्त गर्नेछ र तिमीलाई क्षमा गर्नेछ । अल्लाह बडो अनुग्रहवाला छ ।

    [30] र त्यस कुराको पनि चर्चा गर्नुस् जबकि काफिरहरूले तपाई विरुद्ध षडयन्त्र गरिराखेका थिए, ताकि तपाईलाई बन्दी बनाइहालुन्, वा तपाईलाई मारिदिउन् वा तपाईलाई वतनबाट निकाली निर्वासित गराइदिउन् र उनीहरू आफ्ना षडयन्त्र गरिराखेका थिए र अल्लाह आफ्नो योजना कार्यान्वयन गरिराखेको थियो र अल्लाह सबभन्दा बलियो योजनाकार छ ।

    [31] र जब उनीहरू सामु हाम्रा आयतहरू पढिन्छन् तब उनीहरू भन्छन्ः कि हामीले सुनिहाल्यौं । यदि हामीले चाह्यौं भने यस्ता कुरा हामीले पनि भन्न सक्छौं, यी त पहिलाका मानिसहरूको तर्फबाट चल्दै आएका अप्रमाणिक कुराहरू हुन् ।

    [32] र जब उनीहरूले भने कि हे अल्लाह ! यदि तपाईंको तर्फबाट आएको यो कुरआन सत्य छ भने हामीमाथि आकाशबाट ढुङ्गा बर्साइदेऊ, वा हामीमाथि कुनै कष्टदायक यातना पारिदेऊ ।

    [33] र अल्लाह यस्तो गर्नेछैन कि तपाई उनीहरूको माझमा उपस्थित हुँदा उनीहरूलाई यातना देओस्, र उनीहरूले क्षमायाचना गरिराखेको अवस्थामा अल्लाहले उनीहरूलाई यातनामा ग्रस्त गर्नेछैन ।

    [34] र उनीहरूमा के कुरा छ कि उनीहरूलाई अल्लाहले यातना नदेओस, जबकि उनीहरूले ‘‘मस्जिदे हराम’’ (कअ्बा) बाट रोक्दछन् जबकि उनीहरू त्यस मस्जिदका व्यवस्थापक होइनन्? यसको व्यवस्थापक त मात्र मुत्तकीहरू (संयमीहरू) हुन् । तर उनीमध्ये धेरैले बुझ्दैनन् ।

    [35] र उनीहरूको नमाज यस घर (कअ्बा) को पासमा सिटी बजाउने र ताली पिट्ने बाहेक अरु केही थिएन । तसर्थ त्यस इन्कारको कारण यस यातनाको स्वाद चाख ।

    [36] निश्चय नै इन्कार गर्नेहरूले आफ्नो माल अल्लाहको मार्गबाट विचलित गराउनका लागि खर्च गर्दछन् । उनीहरू त त्यसलाई खर्च गरि नै रहनेछन्, अनि यही उनको निम्ति पश्चाताप बन्ने छ । अनि उनीहरू पराजित हुनेछन् र इन्कार गर्नेहरू नर्कतिर एकत्रित गरिनेछन् ।

    [37] ताकि अल्लाहले पवित्रलाई अपवित्रबाट अलग गरोस् र अपवित्रलाई एक–अर्कासंग मिलाइदेओस्, जसबाट ती सबैलाई एकै ठाउँमा जम्मा गरी नर्कमा हालिदेओस् । यिनिहरू नै पुरै घाटामा छन् ।

    [38] तपाईले यी काफिÞरहरूसित भनिदिनुस् कि यदि उनीहरूले (आफ्ना क्रियाकलाप) त्यागीदिन्छन् भने उनीहरूका पहिलाका पापहरू क्षमा गरिदिइनेछ, र यदि उनीहरू फेरि त्यही गर्नेछन् भने पूर्ववर्ती काफिरहरूको सम्बन्धमा कानून लागू भइसकेको छ ।

    [39] उनीहरूसित यस हदसम्म युद्ध गर, कि तिनीहरूमा फितना(लडाईको कारण) बाँकी नरहोस् र धर्म अल्लाहकै भइहालोस् । अनि यदि उनीहरू आफ्ना (क्रियाकलाप) त्याग गर्छन् भने अल्लाहले उनीहरूको कर्म राम्ररी देखिराखेको छ ।

    [40] र यदि इन्कार गर्दछन् भने विश्वास राख कि अल्लाह तिम्रो संरक्षक हो । ऊ धेरै राम्रो संरक्षक हो र धेरै राम्रो सहायक हो ।

    [41] जानिराख कि गनीमतको रूपमा जे–जति माल तिमीले प्राप्त गर्दछौ, त्यसको पाँचौ भाग अल्लाहको र रसूलको र नातेदारहरूको र अनाथहरू र निमुखाहरूको र यात्रीहरूको हो, यदि तिमी अल्लाहमाथि र त्यस कुरोमाथि आस्था राख्दछौ, जुन हामीले आफ्नो भक्तमाथि त्यस दिन उतार्यौं, जुन दिन सत्य र असत्यबीच सम्बन्ध–विच्छेदको थियो, जुन दिन दुवै सेनाहरूबीच भिडन्त भयो, र अल्लाहलाई प्रत्येक कुरोमाथि सामथ्र्य प्राप्त छ ।

    [42] जबकि तिमी नजिकको किनारमा थियौ, र उनीहरू टाढाको किनारमा थिए र काफिला (मानिसहरूको समूह) तिमीभन्दा तल थियो । यदि तिमी आपसमा समय निश्चित गरेको भए, तिमी निश्चित समयमा पुग्दैनथ्यौ । तर अल्लाहले त एक काम गर्नु नै थियो जो निश्चित भइसकेको थियो, ताकि जसलाई नष्ट हुनुछ त्यो स्पष्ट प्रमाण देखेर नै विनष्ट होस् र जसलाई जीवित रहनुछ त्यो स्पष्ट प्रमाण देखेर जीवित रहोस् । निःसन्देह अल्लाह राम्ररी जान्दछ र राम्ररी सुन्दछ ।

    [43] जबकि महान अल्लाहले तिमीलाई तिम्रो स्वप्नमा उनीहरूको संख्या कम देखायो, यदि उसले उनीहरूको संखया धेरै देखाएको भए, तिमी कायर हुन सक्थ्यौ, र त्यस कामको बारेमा आपसमा विवाद गर्न सक्थयौ तर अल्लाहले बचाइहाल्यो, निःसन्देह ऊ हृदयका भेदहरूको पूर्ण ज्ञाता छ ।

    [44] त्यस बखत जब तिम्रो परस्पर भिडन्त भयो उसले तिम्रो दृष्टिमा उनीहरूलाई धेरै कम र तिमीलाई उनीहरूको दृष्टिमा कम गरी देखाइराखेको थियो, ताकि अल्लाहले त्यस कामलाई सम्पन्न गरोस् जुन हुनु निश्चित थियो, र सम्पूर्ण काम अल्लाहतिर नै फर्कन्छन् ।

    [45] हे इमानवालाहरू ! जब तिम्रो कुनै विरोधी समूहसँग भिडन्त हुन्छ त दृढ रह, र अल्लाहलाई धेरै–धेरै स्मरण गर ताकि तिमीलाई सफलता प्राप्त होस् ।

    [46] र अल्लाह र उसको रसूलको आज्ञा मानिराख, आपसमा विवाद नगर, अन्यथा कायर बन्नेछौ, र बल कम हुँदै जानेछ, र धैर्य र संयमबाट काम लिनु । निश्चय नै अल्लाह धैर्य गर्नेहरूको साथमा छ ।

    [47] र उनीहरू जस्तो नबन जो अट्टेरीपना गर्दै अरु मानिसहरूलाई देखाउनका लागि आफ्ना घरबाट निस्केका थिए, र अल्लाहको मार्गबाट रोक्दथे, र जुन क्रियाकलाप उनीहरूले गरिराखेका छन्, त्यो सबै अल्लाहले आफ्नो घेरामा लिनेवाला छ ।

    [48] र जब शैतानले उनीहरूको कर्म उनीहरूलाई आकर्षक रूपमा देखाइरहेको थियो र भनिरहेको थियो कि आज मानिसहरूमध्ये कोही पनि तिमीमाथि अधिपत्य जमाउन सक्दैन, र म स्वयं पनि तिम्रो समर्थक हूँ । किन्तु जब दुवै समूह आमुन्ने–सामुन्ने आए तब आफ्नो मुन्टो फर्काएर पछि हट्यो र भन्यो (शैतानले) म तिमीभन्दा भिन्न हूँ । मैले त्यो देखिराखेको छु जुन तिमीले देखिराखेका छैनौ । म अल्लाहसित डराउन्छु र अल्लाह कठोर यातना दिनेवाला छ ।

    [49] जबकि कपटिहरूले भनिराखेका थिए र उनीहरू पनि जसका हृदयमा रोग थियो कि उनीहरूलाई त उनीहरूकै धर्मले धोकामा पारिदिएको छ । र जसले पनि अल्लाहमाथि भरोसा गर्छ, त निश्चय नै अल्लाह अत्यन्त शक्तिशाली र तत्वदर्शी छ ।

    [50] र काश तिमीले देख्थ्यौ जब फरिश्ताहरूले काफिरहरूको प्राण निकाल्छन् । उनीहरूले तिनीहरूको मुख र पिठ्युँमा प्रहार गर्दछन् (र भन्दछन्ः) तिमी पोलिनुको यातना चाख ।

    [51] यो ती क्रियाकलापहरूको कारण हो, जुन कि तिम्रा हातले अगाडि नै पठाइसकेका छन् । निःसन्देह अल्लाह आफ्ना भक्तहरूमाथि अत्याचार गर्नेवाला छैन ।

    [52] यिनीहरूको त्यस्तै अवस्था भयो जस्तो कि फिरऔनका मानिसहरू र उनीहरूभन्दा पहिलाका मानिसहरूको भयो । उनीहरूले अल्लाहका आयातहरूलाई इन्कार गरे अनि अल्लाहले उनीहरूलाई उनीहरूका पापको कारण समातिहाल्यो । निःसन्देह अल्लाह शक्तिशाली र कठोर यातना दिनेवाला छ ।

    [53] यो यसकारण भयो कि अल्लाह यस्तो छैन कि कुनै कौममाथि कुनै अनुग्रह गरेर, फेरि त्यसलाई बदलिदेओस् जबसम्मकि आफ्नो अवस्थालाई उनीहरूले नबदलुन्, जुन तिनीहरूको आफ्नो थियो र यो कि अल्लाह सबैकुरा सुन्नेवाला सर्वज्ञ छ ।

    [54] (तिनीहरूको दशा) फिरऔनीहरू र उनीभन्दा पहिलेका मानिसहरूको जस्तो भयो । उनीहरूले आफ्नो पालनकर्ताका कुराहरूलाई भूmठ्लाए त हामीले उनीहरूलाई उनीहरूकै पापको बदलामा नष्ट गरिहाल्यौ र फिरऔनीहरूलाई डुबाइदियौं, यी सबै अत्याचारी थिए ।

    [55] निश्चय नै सबभन्दा नराम्रा प्राणी अल्लाहको दृष्टिमा ती मानिसहरू हुन्, जसले इन्कार गर्दछन् । अनि उनीहरूहले ईमान ल्याउँदैनन् ।

    [56] जसबाट तपाईले वचन लिनुभयो तैपनि उनीहरू हरेक पटक आफ्नो वचन भङ्ग गरिदिन्छन् र उनीहरू एकदमै संयम गर्दैनन् ।

    [57] तसर्थः जहिलेपनि तिमी उनीमाथि युद्धमा नियन्त्रण पाउँछौ, तब उनीहरूमाथि यस्तो प्रहार गर कि उनीहरूको पछिका पनि भागिहालुन्, हुन सक्छ (यसबाट) उनीहरूले शिक्षा ग्रहण गरुन् ।

    [58] र यदि तिमीलाई कुनै समुदायसित विश्वासघातको आशंका छ भने तिमी पनि उस्तै किसिमले त्यस्ता मानिसहरूको साथमा भएको सन्धिलाई भङ्ग गरिदेऊ । अल्लाहलाई विश्वासघात गर्नेहरू प्रिय छैनन् ।

    [59] काफिरहरूले यो नठानुन् कि उनीहरू उम्के । उनीहरू नियन्त्रणभन्दा बाहिर जान सक्दैनन् ।

    [60] तिमी आफ्नो शक्तिले भ्याएसम्म, उनीहरूको मुकाबिला निम्ति बल र घोडाहरू तयार राख, ताकि यसद्वारा तिमीहरूले अल्लाहका शत्रुहरू र आफ्ना शत्रुहरू र यिनीहरूका अतिरिक्त अन्य ती मानिसहरूलाई पनि भयभीत पार्न सक्दछौ जसलाई तिमी जान्दैनौ । अल्लाह उनीहरूलाई जान्दछ र अल्लाहको मार्गमा तिमीले जे–जति खर्च गर्नेछौ, त्यो तिमीलाई पूर्णरूपले प्रदान गरिनेछ र तिम्रो हक मारिने छैन ।

    [61] यदि उनीहरू सम्झौताको इच्छा गर्दछन् भने तिमी पनि सम्झौताका लागि तयार भइहाल र अल्लाहमाथि भरोसा गर । निःसन्देह ऊ सबैकुरा सुन्नेवाला, जान्नेवाला छ ।

    [62] यदि उनीहरू तिमीसित विश्वासघात गर्न चाहन्छन् भने अल्लाह तिमीलाई पर्याप्त छ, उसैले आफ्नो सहायताले र मोमिनहरूबाट तिम्रो समर्थन गरेको छ ।

    [63] उनीहरूका हृदयलाई आपसी प्रेमले पनि उसैले जोडेको हो । यदि तिमीले धर्तीमा भएका सबै कुरा खर्च गरेको भएपनि उनका हृदयलाई परस्पर जोड्न सक्दैनथ्यौ तर अल्लाहले नै तिनलाई आपसमा जोडिदियो । निश्चय नै त्यो सर्वशक्तिशाली, तत्वदर्शी छ ।

    [64] हे नबी ! तिम्रो लागि अल्लाह र तिम्रा ईमानवाला अनुयायीहरू नै पर्याप्त छन् ।

    [65] हे नबी ! ईमानवालाहरूलाई जिहादको निम्ति प्रेरित गर । यदि तिमीमध्ये बीसजना पनि धैर्यवान् छन् भने दुईसय जनामाथि प्रभावी हुनेछन् र यदि तिमीमध्ये एक सय हुन्छन् भने उनीहरू एक हजार काफिरहरूमाथि प्रभावी हुनेछन्, किनभने उनीहरू बुद्धिहीन छन् ।

    [66] अब अल्लाहले तिम्रो भार हल्का गर्दछ, उसलाई राम्ररी थाहा छ कि तिमीमा केही कमजोरी छ । तसर्थ यदि तिम्रा एक सयजना संयमी छन् भने उनीहरू दुईसयमाथि प्रभावी रहनेछन् र यदि तिमीमध्ये यस्ता एक हजार जना हुन्छन् भने अल्लाहको आदेशले उनीहरू दुईहजारमाथि प्रभावी रहनेछन् । र अल्लाह धैर्य गर्नेहरूको साथमा छ ।

    [67] कुनै नबीको लागि यो उचित छैन कि उसको पासमा कैदी रहुन् जबसम्मकि धर्तीमा ठूलो रक्तपात हुँदैन । तिमी त संसारको धन चाहन्छौ, जबकि अल्लाहको इच्छा आखिÞरतको छ । र अल्लाह सर्वशक्तिशाली, तत्वदर्शी छ ।

    [68] अल्लाहले लेखेको कुरो अघिदेखि नै उपस्थित नभएको भए जे–जति तिमीले लिएका छौ, त्यसबापत तिमीलाई कुनै ठूलो यातना हुने थियो ।

    [69] तसर्थः जे–जति वैध (हलाल) र पवित्र गनीमत (मालसामान) प्राप्त गरेका छौ, राम्रोसँग खाऊ र पिऊ र अल्लाहसित डराइराख । निश्चय नै अल्लाह बडो क्षमाशील, अत्यन्त दयावान् छ ।

    [70] हे नबी ! जुन कैदीहरू तिम्रो कब्जामा छन्, उनीहरूसित भनिदेऊः यदि अल्लाहले तिम्रो हृदयमा असल नीयत देख्नेछ भने, जे–जति तिमीबाट लिइएको छ, त्योभन्दा धेरै (उत्तम) कुरो तिमीलाई प्रदान गर्नेछ, अनि पाप पनि क्षमा गरिदिनेछ । र अल्लाह अत्यन्त क्षमाशील, दयावान् छँदैछ ।

    [71] र यदि उनीहरूले तिमीसंग विश्वासघातको धारणा राख्दछन् भने यिनीहरू त यसभन्दा पहिले अल्लाहकै विश्वासघात गरिसकेकाछन्, अन्ततः तिनीहरूलाई (तिम्रो अधीनमा) पक्राउ गराइदिएको छ । अल्लाह सबै कुरा जान्नेवाला, बडो तत्वदर्शी छ ।

    [72] जुन मानिसहरूले ईमान ल्याए र हिजरत(प्रवास) गरे र अल्लाहको मार्गमा आफ्ना जिउ–ज्यान र धन सम्पत्ति लगाएर धर्मयुद्ध गरे र जसले उनीहरूलाई शरण दिए, र सहायता गरे यी सबै परस्परमा एकअर्काका मित्र हुन्, र जसले ईमान त ल्याएछन् तर हिजरत गरेनन्, उनीहरूको तिमीसित मित्रताको कुनै सम्बन्ध छैन, जबसम्म उनीहरू हिजरत गर्दैनन् । किन्तु यदि उनीहरूले धर्मको कुरामा तिमीसित सहायता माँग्छन् भने तिमीलाई अनिवार्य हुन जान्छ कि सहायता गर, मात्र यसबाहेक कि यो सहायता कुनै यस्तो कौमको मुकाबिलामा छ जोसित तिम्रो कुनै सन्धि छ । र तिमी जे–जति गर्छौ, त्यसलाई अल्लाह राम्ररी देख्दछ ।

    [73] र काफिरहरू आपसमा एक–अर्काका मित्र हुन् । यदि तिमीले यस्तो गर्दैनौ भने मुलुकमा उपद्रव र ठूलो फसाद फैलिने छ ।

    [74] र जुन मानिसहरूले ईमान ल्याए र हिजरत गरे र अल्लाहको मार्गमा जेहाद (धर्मयुद्ध) गरे, र जसले शरण दिए र मद्दत पुर्याए, यिनै सच्चा मोमिन् हुन् । उनीहरूका लागि क्षमा र सम्मानित आजीविका छ ।

    [75] र जुन मानिसहरूले, यसपछि ईमान ल्याए र हिजरत गरे र तिम्रो साथमा जिहाद गरे, त यिनीहरू पनि तिमीमध्येका हुन् । परन्तु अल्लाहको हुक्ममा हर नातेदार आपसमा एक अर्काभन्दा नजिक छन् । निश्चय नै अल्लाहलाई हरेक कुराको ज्ञान छ ।

    Surah 9
    अत–तौबह

    [1] अल्लाह र उसको रसूलको तर्फबाट विरक्तिको घोषणा छ ती मुश्रिकहरूको बारेमा जोसंग तिमीले सम्झौता र सन्धि गरेका थियौ ।

    [2] (हे मुशरिकहरू !) तिमी धर्तीमा (मुलुकमा) चार महीनासम्म हिंडडुल गरिहाल र जानीराख कि तिमी अल्लाहको नियन्त्रणभन्दा बाहिर जान सक्दैनौ, र यो (पनि याद रहोस्) कि अल्लाहले काफिरहरूलाई अपमानित गर्नेवाला छ ।

    [3] र अल्लाह र उसको रसूलको तर्फबाट मानिसहरूलाई ठूलो हजको दिन स्पष्ट जानकारी छ कि अल्लाह र उसको रसूल पनि मुश्रिकहरूबाट बिरक्त छन्, र यदि अहिले पनि तिमीले प्रायश्चित गर्छौ भने तिम्रो निम्ति राम्रो हुनेछ र यदि तिमी मान्दैनौ भने जानिहाल कि तिमी अल्लाहलाई कदापि हराउन सक्दैनौ र काफिरहरूलाई कष्टदायक सजायको समाचार सुनाइदिनुस् ।

    [4] तर ती मुश्रिकहरू बाहेक जोसित तिम्रो सन्धि भइसकेको छ, र उनीहरूले तिमीलाई अलिकति पनि कुनै प्रकारको नोक्सानी पुर्याएका छैनन्, न त कसैलाई तिम्रो विरोधमा मद्दत गरेका छन्, त तिमी पनि उनीहरूको सन्धिको अवधि उनीहरूको साथमा पुरा गर, अल्लाह आत्मसंयमीहरूलाई मित्र ठान्दछ ।

    [5] अनि पवित्र महीनाहरू बितिसकेपछि, मुश्रिकहरूलाई जहाँसुकै फेला परे मारिहाल, उनीहरूलाई समात र उनीहरूलाई घेरामा लिइहाल र उनको लागि प्रत्येक घाटीमा बसिराख । तर यदि तिनीहरू प्रायश्चित गर्छन् र नमाज कायम गर्छन् र जÞकात दिन्छन् भने उनीहरूको बाटो छाडिदेऊ । निश्चय नै अल्लाह बडो क्षमाशील, दयावान् छ ।

    [6] र यदि मुश्रिकहरूमध्ये कसैले तिमीसँग शरण माँग्दछ भने तिमीले उसलाई शरण दिइहाल, ताकि उसले अल्लाहको बाणी सुनिहालोस् । त्यस पश्चात उसलाई उसको सुरक्षित स्थानमा पुर्याइदेऊ, किनभने उनीहरू त्यस्ता मानिसहरू हुन् जो अज्ञानी छन् ।

    [7] मुश्रिकहरूको कुनै सन्धिको जिम्मेवारी अल्लाह र त्यसको रसूलमाथि कसरी बाँकी रहनसक्छ ? तर उनीहरूको कुरा यसबाट अलग्गै छ, जसले तिमीसित मस्जिदे हरामको (कअ्बाको) समीपमा गरेका थिए, जबसम्म उनीहरू तिमीसित सन्धिको निर्वाह गर्दछन्, तिमी पनि उनीहरूसित निर्वाह गर । निश्चय नै अल्लाह सत्यनिष्ठहरूलाई प्रेम गर्दछ ।

    [8] उनीहरूको वाचाको के विश्वास गर्न सकिन्छ ? यदि यिनीहरू तिमीमाथि प्रभावी हुन्छन् भने न त निकटताको मर्यादा गर्दछन् न सम्झौता र वचनको । आफ्नो मुखले त तिमीलाई खुशी पार्दछन् तर उनको हृदयले मान्दैनन्, उनीहरूमध्ये धेरैजसो अवज्ञाकारी छन् ।

    [9] उनीहरूले अल्लाहका आयतहरूलाई थोरै मूल्यमा बेचिदिएका छन् र उसको मार्गबाट रोकदैछन् । ती साह्रै नराम्रा छन् जसले यो गरिराखेका छन् ।

    [10] यिनीहरू त कुनै मोमिनको बारेमा नत नाता रिश्तालाई विचार गर्दछन् र न कुनै वचनलाई । र यी सीमा नाघ्नेहरू नै हुन् ।

    [11] अहिले पनि यिनीहरूले प्रायश्चित गर्छन् र नियमित नमाजÞ कायम गर्दछन् र जÞकात दिन्छन्, त धर्ममा तिम्रा दाजुभाइ हुन् । र हामी त जान्ने, बुझ्नेहरूको लागि आफ्ना आयत प्रष्टरूपमा बर्णन गरिराखेका छौं ।

    [12] र यदि यिनीहरू सन्धि–सम्झौता पश्चात पनि आफ्ना शपथहरू तोड्दछन् र तिम्रो धर्मको खिल्ली उडाउँछन् भने तिमी पनि यी (अधर्मका) नायकहरूसित युद्ध गर । उनीहरूका शपथ केही होइन, सम्भव छ कि यसप्रकार उनीहरूले आफ्नो क्रियाकलापको परित्याग गरुन् ।

    [13] तिमीहरू युद्ध गर्न किन तयार हुँदैनौ, जसले आफ्ना शपथलाई तोडे र पैगम्बरलाई घरबाट निकाल्ने प्रयासमा छन् । र स्वयं नै पहिलोपटक उनीहरूले तिमीहरू विरुद्ध (युद्धको) पहल गरे । के तिमी उनीसित डर मान्छौ ? यदि तिमी मोमिन् हौ भने यसको धेरै हकदार अल्लाह छ कि तिमी उनीसित डर मान ।

    [14] उनीहरूसित तिमी युद्ध गर । अल्लाहले तिम्रो हातबाट उनीहरूलाई यातना दिनेछ, र उनीहरूलाई निराश र अपमानित गर्नेछ । र उनीहरूको मुकाबिलामा उसले तिम्रो सहायता गर्नेछ, र ईमानवालारुको हृदयलाई शीतल गर्नेछ ।

    [15] र उनीहरूका हृदयको दुःख र क्रोध हटाउनेछ र अल्लाह जसलाई चाहन्छ त्यसमाथि दयादृष्टि राख्दछ । र अल्लाह सर्वज्ञाता, तत्वदर्शी छ ।

    [16] के तिमीले यो भन्नठान्दछौ कि तिमी छाडिदिइनेछौ ?, हुनत अल्लाहले अहिलेसम्म तिमीमध्ये तिनीहरूलाई प्रतिष्ठित बनाएको छैन, जो मुजाहिद (धर्मयुद्ध गर्ने व्यक्ति) छन् र जसले अल्लाह, उसको रसूल र मोमिन्हरू बाहेक कसैलाई घनिष्ट मित्र बनाएन । र अल्लाह तिम्रा सम्पूर्ण क्रियाकलापबारे जान्दछ ।

    [17] यो उचित छैन कि मुश्रिकहरूले अल्लाहका मस्जिदहरूलाई आबाद गरुन् किनभने उनीहरू स्वयं आफ्नै बिरुद्ध कुफ्रको साक्षी भइराखेका छन्, उनीहरूका सबै कर्म बर्बाद र निरर्थक छन् । र उनीहरू स्थाई रूपमा नर्कबासी हुन् ।

    [18] अल्लाहका मस्जिदहरूको शान र अबादीत उनीहरूको भागमा परेको छ जसले अल्लाह र अन्तिम दिनमाथि ईमान राख्दछन् नमाज कायम गर्दछन् र जकात दिन्छन् र अल्लाह बाहेक कसैसित डरेनन् । अतः आशा छ यिनै मानिसहरू निश्चय नै सोझो मार्ग पाउनेवाला हुनेछन् ।

    [19] के तिमीले हाजीहरूलाई पानी खुवाउनु र मस्जिदे हरामको सेवा गर्नुलाई अल्लाह र अन्तिम दिनमाथि ईमान र अल्लाहको मार्गमा युद्ध गर्नेहरूका समान ठानेको छौ यो अल्लाहको नजिक एक समान छैनन् र अल्लाह अत्याचारीहरूलाई मार्गदर्शन गर्दैन ।

    [20] जुन मानिसहरूले ईमान ल्याए, प्रवास गरे, र अल्लाहको मार्गमा आफ्नो माल र ज्यानले जिहाद गरे, अल्लाहकहाँ तिनीहरूको ओहदा धेरै ठूलो छ, ती नै सफलता प्राप्त गर्नेवाला हुन् ।

    [21] उनीहरूलाई उनीहरूको पालनकर्ताले आफ्नो दयालुता, प्रसन्नता र स्वर्गको शुभसमाचार दिन्छ, जसमा उनीहरूका निम्ति स्थायी सुख सामग्री छन् ।

    [22] त्यहाँ तिनीहरू सधैं रहनेछन् । निःसन्देह अल्लाहको पासमा ठूलो पारितोषिक छ ।

    [23] हे ईमानवालाहरू ! आफ्ना पिता र आफ्ना दाजुभाइहरूलाई मित्र नबनाऊ यदि उनीहरूले ईमानभन्दा कुफ्रलाई धेरै प्रिय ठान्दछन् । तिमीमध्ये जसले पनि उनीहरूलाई आफ्नो मित्र बनाउँछ, त्यस्तो मानिस पूरा अत्याचारी हुनेछ ।

    [24] तपाईंले भनिदिनुस्ः यदि तिम्रा पिता, तिम्रा छोराहरू, तिम्रा दाजुभाइहरू, तिम्रा पत्नीहरू र तिम्रा नातेदारहरू र सम्पत्ति, जुन तिमीले कमाएका छौ र कारोबार जसमा कमीबाट तिमीलाई भय हुन्छ र ती घरहरू, जसलाई तिमीले मन पराउँछौ, तिमीलाई अल्लाह र उसको रसूल र उसको मार्गमा जेहाद गर्नुबाट अधिक प्रिय छन् भने अल्लाहले सजाय ल्याउन्जेल प्रतीक्षा गर । अल्लाह अवज्ञाकारीहरूलाई मार्गदर्शन् गर्दैन ।

    [25] निःसन्देह अल्लाहले तिमीलाई धेरै युद्धक्षेत्रहरूमा विजय प्रदान गरेको छ र ‘‘हुनैनको’’ युद्धको दिन पनि जबकि तिमीलाई आफ्नो ठूलो संख्यामा गौरव थियो, तर त्यो तिम्रो कुनै काम आएन बरु पृथ्वी आफ्नो विशालताको बावजूद तिम्रो निम्ति संकुचित भइहाल्यो । अनि तिमी पिठ्युँ फर्काइ भाग्यौ ।

    [26] अनि अल्लाहले आफ्नो रसूल र मोमिनहरूमाथि आफ्नो प्रशान्ति उतार्यो र यस्तो सेनाहरू पठायो जसलाई तिमीले देखिराखेका थिएनौ । र इन्कार गर्नेहरूलाई पूरा यातना दियो, र यही इन्कार गर्नेहरूको लागि बदला थियो ।

    [27] अनि त्यस पश्चात पनि जसमाथि अल्लाहले चाहन्छ आफ्नो दया गर्छ । र अल्लाह अत्यन्त क्षमाशील र दयावान छ ।

    [28] हे ईमानवालाहरू ! निःसन्देह मुश्रिकहरू बिल्कुलै अपवित्र छन् । अतः यस वर्ष पश्चात उनीहरू मस्जिदे हरामको समीप पनि आउन नपाउँन् । र यदि तिमीलाई निर्धनताको भय छ भने चाहेको खण्डमा अल्लाहले तिमीलाई आफ्नो अनुग्रहले समृद्ध गरिदिनेछ । निश्चय नै अल्लाह सबै कुरा जान्नेवाला, अत्यन्त तत्वदर्शी छ ।

    [29] अहले किताबका मानिसहरूमध्ये उनीहरूसित युद्ध गर, जो अल्लाहमाथि र अन्तिम दिनमाथि आस्था राख्दैनन् । अनि अल्लाह र उसको रसूलले अवैध ठहराएका कुरालाई अवैध ठहराउँदैनन् र नत सत्य धर्मको अनुपालन गर्दछन्, जबसम्मकि पराजित भई तिनीहरूले जिजया (सुरक्षाकर) तिर्दैनन् ।

    [30] यहुदी भन्दछन्ः उजैर अल्लाहको छोरा हुन् । र ईसाई भन्दछन्ः मसीह अल्लाहको छोरा हुन् । यो वचन उनीहरूको आफ्नै मुखको कुरा हो । यिनीहरूले ती मानिसहरूको कुरा गरिराखेका छन् जसले यसभन्दा अघि इन्कार गरिसकेका छन् । अल्लाहले यिनीहरूलाई खतम पार्नेछ ! अतः यिनीहरू कता लाग्दैछन्

    [31] यिनीहरूले अल्लाहलाई छाडी आफ्ना पादरी र सन्तहरू र मरियमको छोरा मसीहलाई आफ्नो पालनहार बनाए, जबकि यिनीहरूलाई मात्र एक एकलै अल्लाहकै उपासनाको आदेश दिइएको थियो, जस बाहेक कोही सत्य पूजनीय छैन । ऊ उसको साझेदार ठहराउने कार्यबाट मुक्त छ ।

    [32] उनीहरू चाहन्छन् कि अल्लाहको प्रकाशलाई आफ्नो मुखले निभाइदिउन्, तर अल्लाह आफ्नो प्रकाशलाई पूर्ण नगरि छाड्नेछैन, चाहे इन्कार गर्नेहरूलाई जतिसुकै अप्रिय लागोस् ।

    [33] उसैले आफ्नो रसूललाई मार्गदर्शन र सत्य धर्मसहित पठाएको छ ताकि यसलाई अरु अन्य धर्महरूमाथि अधिपत्य प्रदान गरोस् । यद्यपि मुश्रिकहरूलाई नराम्रो लागोस् ।

    [34] हे ईमानवालाहरू ! निःसन्देह अनेक धर्मज्ञाता र उपासकहरू यस्ता छन्, जसले मानिसहरूको माल अनुचित रूपमा खान्छन्, र अल्लाहको मार्गबाट रोक्दछन्, र जसले सुन चाँदीका खजाना (एकत्र) गरिराख्दछन् । र अल्लाहको मार्गमा खर्च गर्दैनन्, त उनीहरूलाई कष्टदायक यातनाको समाचार पुर्याइदिनुस् ।

    [35] जुन दिन त्यस सम्पत्तिलाई नर्कको आगोमा तताईन्छ अनि त्यसले उनीहरूका निधार र कोखा र पिठ्युहरू डामिन्छन् (र भनिनेछ) ः ‘‘यहि हो जुन तिमीले आफ्नो निम्ति खजाना बनाएर राखेका थियौ त आप्mना खजानाहरूको स्वाद (मज्जा) चाख ।’’

    [36] अल्लाहनिर महिनाहरूको संख्या त्यस दिनदेखि जब उसले आकाशहरू र धर्तीको सृष्टि गर्यो बाह्र छन् । उनीहरूमध्ये चार आदर र सम्मानका हुन्, यही सोझो धर्म हो । अतः तिमी यी महिनाहरूमा आफूमाथि अत्याचार नगर र मुश्रिकहरूसित सबैमिलेर जिहाद गर, जुन प्रकारले उनीहरू सबै मिलेर तिमीसित लड्दछन् । र जानिराख कि अल्लाह आत्मसंयमीहरूको साथमा छ ।

    [37] महिनाहरूलाई अगाडि–पछाडि पार्नु कुफ्रमा एउटा बृद्धि हो, जसबाट तिनीहरू मार्गविचलनमा पर्छन् जुन् काफिर हुन् । कुनै वर्ष उनीहरूले त्यसलाई वैध ठहराउँछन् र कुनै वर्ष त्यसलाई अवैध ठहराउँदछन् ताकि अल्लाहका महिनाहरूको संख्या पूरा गरिहालुन्, र यसप्रकार अल्लाहले अवैध गरिएकोलाई वैध ठहराइहालुन् । उनीहरूका आफ्ना नराम्रा कर्म राम्रा लाग्दछन् र अल्लाह इन्कार गर्नेहरूलाई सोझो मार्ग देखाउँदैन ।

    [38] हे ईमानवालाहरू ! तिमीलाई के भएको छ ? कि जब तिमीसित भनिन्छ अल्लाहको मार्गमा निस्क तब तिमी धर्तीमै टाँसिन खोज्छौ ? के तिमीले आखिरतको अपेक्षा सांसारिक जीवनलाई नै बढी रुचायौ ? सांसारिक जीवनको सुख सामग्री त आखिरतको दाँजोमा नगन्य नै छ ।

    [39] यदि तिमीले प्रस्थान गरेनौ भने अल्लाहले तिमीलाई दुःखद यातना दिनेछ र तिम्रो ठाउँमा अर्को समूहलाई ल्याउनेछ र तिमीले अल्लाहलाई कुनै नोक्सानी पुर्याउन सक्दैनौ । र अल्लाह हरेक कुरामाथि सामथ्र्यवान छ ।

    [40] यदि तिमीले उनको (नबी मुहम्मदको) सहायता नगरे पनि अल्लाहले नै त्यसबेला पनि उनको सहायता गर्यो जबकि अनास्थावानहरूले उनलाई यस अवस्थामा (देशबाट) निकाले जबकि उनीमात्र दुईमध्येका दोस्रो थिए, र जबकि दुवै गुफामा थिए । जब उनी आफ्नो साथीसित भनिराखेका थिएः शोकाकुल नहोेऊ, अवश्य अल्लाह हाम्रो साथमा छ । अनि अल्लाहले उसमाथि आफ्नो तर्फबाट प्रशान्ति उतार्यो र यस्ता सेनाहरूद्धारा उनको मद्दत ग¥यो, जसलाई तिमीले देख्न सकेनौ र उसले काफिरहरूको कुरा तल पारिदियो र बोली त अल्लाहकै उच्च र प्रिय रहन्छ । र अल्लाह सर्वशक्तिशाली, तत्वदर्शी छ ।

    [41] हलुका र भारी दुवै अवस्थामा तिमीहरू निस्किहाल, र अल्लाहको मार्गमा आफ्नो माल, ज्यानका साथ जिहाद गर । यही नै तिम्रो निम्ति राम्रो छ, यदि तिमीमा ज्ञान छ ।

    [42] यदि छिटै नै केही धन–सम्पत्ति प्राप्त हुने भए र यात्रा पनि सजिलो भएको भए, उनीहरू अवश्य नै तपाइँको पछि हिंडिहाल्थे, किन्तु मार्गको दूरी उनीहरूलाई कठिन र लामो लाग्यो । अब उनीहरू अल्लाहका शपथ खानेछन् कि, ‘‘यदि हामीमा यसको सामथ्र्य भएको भए अवश्य नै तपाइँको साथमा निस्कन्थ्यौैं’’ । उनीहरूले स्वयं आफूलाई विनाशमा पारिराखेका छन् र अल्लाह राम्ररी जान्दछ कि निश्चय नै उनीहरू झूठा हुन् ।

    [43] अल्लाहले तिमीलाई माफ गरोस्, तिमीले उनीहरूलाई अनुमति किन दिइहाल्यौ, जबकि जो सच्चा छन्, उनीहरू तिम्रो अगाडि प्रकट भइहाल्थे र झूठालाई पनि तिमी जानिहाल्थ्यौ ।

    [44] अल्लाह र कियामतको दिनमाथि ईमान र विश्वास राख्नेहरूले त माल र ज्यानले जिहाद गर्नेबाट रोकनको लागी तिमीसित कहिल्यै पनि अनुमति चाहँदैनन्, र अल्लाह आत्मसंयमीहरूलाई राम्ररी जान्दछ ।

    [45] तिमीसित यो अनुमति त उनीहरूले नै चाहन्छन्, जसलाई न अल्लाहमाथि ईमान छ र न आखिरतको दिनमा विश्वास छ, जसको हृदयमा शंकाहरू परिसकेका छन् र उनीहरू आफ्नै शंकामा परेशान छन् ।

    [46] यदि उनीहरूको विचार जिहादको निम्ति निस्कने भएको भए, उनीहरू यस यात्राको निम्ति सामग्री तयार गरेर राख्थे, तर अल्लाहले उनीहरूको उठ्ने कामलाई रुचाएन । तसर्थ उसले उनीहरूलाई सक्रिय हुनाबट रोकिदियो । उनीहरूसित भनियो तिमीहरू बस्नेहरूको साथमा बसिराख ।

    [47] यदि तिनीहरू तिम्रो साथमा निस्केको भएपनि तिम्रो निम्ति उत्पात बाहेक अरु कुनै कुराको वृद्धि गर्ने थिएनन् । बरु उनीहरूले तिम्रो माझमा निकै उपद्रव मचाउनको लागि दौडधूप गर्दथे । तिमीहरूमा फूट पार्ने प्रयास गर्ने थिए। उनीहरूलाई मान्नेहरू स्वयं तिमीमा विद्यमान छन् । र अल्लाह अत्यचारीहरूलाई राम्रोसँग जान्दछ ।

    [48] यिनीहरू त यसभन्दा पहिला पनि उपद्रव मचाउँदै गरेका हुन् र तिम्रो विरुद्ध कार्य एवं कुराहरूलाई तलमाथि गरिराखेका थिए । यहाँसम्मकि हक (सच्चाई) आइपुग्यो र अल्लाहको आदेश प्रकट भयो, यद्यपि उनीहरूलाई अप्रिय नै लागिराख्यो ।

    [49] उनीहरूमध्ये कोही त भन्दछन्ः मलाई अनुमति दिनुस् र मलाई उपद्रवमा नअल्झाउनुस् । सावधान रहनु कि उनीहरू त विवादमा परिसकेका छन्, र निश्चय नै नर्कले पनि इन्कार गर्नेहरूलाई घेरामा हाल्नेछ ।

    [50] तपाईंलाई यदि राम्रो अवस्था आउँछ भने उनीहरूलाई नराम्रो लाग्छ र कुनै नराम्रो कुरा आइपुग्छ भने उनीहरू भन्छन्ः ‘‘हामीले त आफ्नो काम पहिले नै राम्रो पारिसकेका थियौं ।’’ र उनीहरू खुशी भएर फर्कन्छन् ।

    [51] तपाई भनिदिनुस् हामीलाई अल्लाहले हाम्रो निम्ति लेखिदिए बाहेक अरु कुनै कुरा पुग्न सक्दैन । उही हाम्रो स्वामी र योजनाकार हो । र ईमानवालाहरूलाई अल्लाहमाथि नै भरोसा गर्नुपर्छ ।

    [52] भनिदिनुस् तिमीहरू हाम्रो बारेमा जुन कुराको प्रतीक्षा गरिराखेका छौ, त्यो दुईटा भलाईहरूमध्ये एउटा हो र हामी तिम्रो हकमा प्रतीक्षा गर्दछौं कि या त अल्लाहले आफ्नो तर्फबाट कुनै यातना तिमीलाई देओस् वा हाम्रो हातबाट, तसर्थ एकातिर तिमी प्रतीक्षारत रह अर्कोतिर तिम्रो साथमा हामी पनि प्रतीक्षारत छौं ।

    [53] भनिदिनुस् तिमी चाहे स्वेच्छापूर्वक खर्च गर वा अनिच्छापूर्वक, तिमीबाट केही पनि स्वीकार गरिने छैन । निःसन्देह तिमी अवज्ञाकारी हौ ।

    [54] उनीहरूको खर्च स्वीकार्य हुनुमा यसबाहेक अरु कुनै कुरा बाधक छैन, कि उनीहरू अल्लाह र उसको रसूलको अवज्ञाकारी हुन् । र नमाजÞमा धेरै अल्छी भएर आउँछन् र खर्च गर्नुपर्दा पनि अनिच्छापूर्वक गर्दछन् ।

    [55] अतः उनीहरूका माल र सन्तान तपाईंलाई आश्चर्यमा नपारुन् । अल्लाहको इच्छा यही छ कि उसले उनीहरूलाई सांसारिक जीवनमा नै यातना देओस् र उनीहरूका प्राण कुफ्रकै अवस्थामा निस्कुन् ।

    [56] यिनीहरू अल्लाहको शपथ खाई–खाई भन्दछन् कि यिनीहरू तिम्रो समूहका मानिस हुन् । जबकि यिनीहरू वास्तवमा तिम्रा होइनन्, कुरो मात्र यति छ कि यिनीहरू डरछेरुवाहरू हुन् ।

    [57] यदि उनीहरूले कुनै शरण लिने ठाउँ वा कुनै गुफा वा कुनै टाउको लुकाउने ठाउँ, पाउँछन् भने त अवश्य नै त्यतातिर लगाम तोडी छिटोफर्कि भाग्नेछन् ।

    [58] उनीहरूमा केही त्यस्ता पनि छन् जसले खैरातको मालको वितरण सम्बन्धमा तपाईंमाथि लान्छना लगाउँछन्, यदि उनीहरूलाई यसबाट दिइयो भने खुशी हुन्छन् र यदि त्यसबाट दिइएन भने तुरुन्त क्रोधित हुन थाल्छन् ।

    [59] यदि यिनीहरू अल्लाह र रसूलले दिएको कुरामा खुशी रहन्थे र भन्थे कि अल्लाह हाम्रो निम्ति पर्याप्त छ, अल्लाहले हामीलाई आफ्नो अनुग्रहले दिनेछ र उसको रसूल पनि, हामी त अल्लाहबाटै आशा गर्नेवाला छौं ।

    [60] सद्का (विशेष किसिमको दान) मात्र गरिब, र निमुखाहरूको निम्ति हुन्, र जो यस कामका लागि नियुक्त गरिएका हुन् र उनीहरूको लागि जसका हृदयलाई आकृष्ट गर्नु र रिझाउन अभिष्ट हुन्छ र दासहरूलाई मुक्त गराउनुमा र ऋणिहरूको ऋण तिर्नलाई र अल्लाहको बाटोमा र यात्रीहरूको सहायताको निम्ति । यो अल्लाहको तर्फबाट पठाइएको अनिवार्य आदेश हो । अल्लाह सबैकुरा जान्नेवाला, अत्यन्त तत्वदर्शी छ ।

    [61] र उनीहरूमध्ये यस्ता पनि छन्, जो नबीलाई दुःख दिन्छन्, र भन्दछन्ः (त्यो त) कानको कमजोर हो । भनिदिनुस्ः ‘‘त्यो कान तिम्रो भलोको निम्ति हो । उसले अल्लाहमाथि ईमान राख्दछ र मुसलमानहरूको कुरामा विश्वास गर्दछ । र तिमीमध्ये जो ईमानवाला छन्, यो उनीहरूको निम्ति रहमत (पुरस्कार) हो, रसूलुल्लाहलाई जसले यातना दिन्छन्, उनीहरूको निम्ति दुःखद यातना छ ।

    [62] उनीहरूले तिमीलाई खुशी पार्नको निम्ति मात्र तिम्रो अगाडि अल्लाहको शपथ खान्छन् । जबकि यदि यिनी ईमानदार भएको भए अल्लाह र उसको रसूललाई खुशी पार्न धेरै हकदार हुन्थे ।

    [63] के यिनीहरू जान्दैनन् कि जो पनि अल्लाह र उसको रसूलको विरोध गर्नेछ, उसको निम्ति निश्चय नै नर्कको आगो छ जसमा तिनी सँधैं रहनेवाला छन् । यो ठूलो अपमानजनक कुरा हो ।

    [64] मुनाफिकहरू (कपटी)लाई सधैं यस कुराको भय रहन्छ कि मुसलमानहरूमाथि यस्तो सूराः अवतरित नहोस् जसले उनीहरूको हृदयका कुरा यिनीहरूलाई बताइदेओस् । भनिदिनुस् तिमी खिल्ली उडाइराख, निःसन्देह महान अल्लाह त्यसलाई प्रकट गर्नेवाला छ, जुन कुराको तिमीलाई भय छ ।

    [65] यदि तपाईंले उनीहरूसंग सोध्नुहुन्छ भने स्पष्ट भन्नेछन् कि हामी त यस्तै आपसमा हाँसो(खेल) गरिराखेका थियौं । भन्नुस्ः ‘‘के अल्लाह, उसको आयतहरू र उसको रसूलनै तिम्रो लागि हाँसोखेलका पात्र हुन्

    [66] तिमी बहाना नबनाऊ, निश्चय नै तिमीले ईमान ल्याएपछि काफिÞर भएका हौ । यदि हामीले तिमीमध्ये केहीलाई क्षमा गरिहालें पनि केहीलाई उनको कसूरको लागि यातना दिएर नै छाड्ने छौं किनभने उनीहरू अपराधी हुन् ।

    [67] सबै कप्टी पुरुष र स्त्री आपसमा एक समान छन् । यिनीहरूले नराम्रो कामगर्न लगाउँछन् र राम्रो कुराबाट रोक्छन् र कन्जूसी गर्दछन् । उनीहरूले अल्लाहलाई बिर्सिहालेछन् त अल्लाहले उनीहरूलाई पनि बिर्सिदियो । निश्चय नै मुनाफिकÞ, अवज्ञाकारी र चरित्रहीन छन् ।

    [68] महान अल्लाहले यी मुनाफिकÞ पुरुष, स्त्री र काफिरहरूसित नर्कको आगोको वाचा गरिसकेको छ । जहाँ यिनीहरू सधैं रहनेछन्, त्यही नै यिनीहरूको निम्ति पर्याप्त छ । उनीहरूमाथि अल्लाहको धिक्कार छ । र यिनीहरूकै निम्ति स्थायी यातना छ ।

    [69] उनीहरू जस्तै, जो तिमीभन्दा पहिला थिए, उनीहरू शक्तिमा तिमीभन्दा निकै शक्तिशाली र धनसम्पति र सन्तानहरूमा धेरै सम्पन्न थिए । अनि उनीहरूले आफ्नो भागको आनन्द लिन चाहे र तिमी पनि आफ्नो भागको स्वाद लिन चाहेको जुन प्रकारले तिमीभन्दा पहिलाका मानिसहरूले आफ्नो भागबाट लाभान्वित भएका थिए र जुन प्रकारले उनीहरू वादविवादमा परेका थिए, तिमी पनि उस्तै हाँसख्यालको वादविवादमा परिहाल्यौ । यी तिनै हुन् जसका कर्महरू दुनियाँ र आखिÞरतमा व्यर्थ भए, र तिनै घाटामा पर्नेवाला हुन् ।

    [70] के उनीहरूलाई ती मानिसहरूको बृत्तान्त पुगेन, जो उनीभन्दा पहिला गुज्रिसकेका छन्— नूह, आद र समूदका कौमहरू, र इब्राहीमको कौमका र मदियनवालाको र ती उल्टो बस्तीहरूका बासिन्दाको उनका रसूलहरू उनीहरूको पासमा खुल्ला निशानीहरू लिएर आएका थिए, अनि अल्लाह यस्तो थिएन कि उसले उनीहरूमाथि अत्याचार गरोस् परन्तु उनीहरू स्वयंले आफूमाथि अत्याचार गरिराखेका थिए ।

    [71] मोमिन पुरुष, स्त्रीहरू परस्पर एकअर्काका सहायक र मित्र हुन् उनीहरूले राम्रो कुरा गर्न भन्दछन् र नराम्रो कुराबाट रोक्दछन् । नियमित नमाजÞ पढदछन्, जकात दिन्छन्, अल्लाह र उसका रसूलको आज्ञापालन गर्दछन् । यी तिनै मानिस हुन्, जसमाथि शीघ्र नै अल्लाहले दया गर्नेछ । निःसन्देह अल्लाह सर्वशक्तिशाली, तत्वदर्शी छ ।

    [72] अल्लाहले यी मोमिन् (आस्थावान) पुरुषहरू र मोमिन् स्त्रीहरूसित स्वर्गको वचन दिएको छ जसमुनि नहरहरू बगिराखेका हुनेछन्, जसमा उनीहरू सधैं बास गर्नेछन् र पवित्र निवास गृहहरूको पनि (वादा) छ, जुन समाप्त नहुनेवाला जन्नतमा छन् र अल्लाहको प्रसन्नता सबभन्दा ठूलो कुरा हो, यही नै सबभन्दा ठूलो सफलता हो ।

    [73] हे नबी ! इन्कार गर्ने र मुनाफिकÞहरूसित धर्म युद्ध जारी राख । र उनीहरूसित कडाईकासाथ व्यवहार गर । अन्ततः उनीहरूको ठेगाना नर्क हो र त्यो साह्रै नराम्रो ठाउँ हो ।

    [74] उनीहरू अल्लाहको शपथ खाएर भन्दछन् कि उनीहरूले भनेनन्, जबकि उनीहरूले अवश्य नै कुफ्रको कुरा गरेका हुन् । र आफूले इस्लाम स्वीकार गरेपश्चात इन्कार गरे, र उनीहरूले त्यस कामको इच्छा पनि गरे, जुन पूरा हुनसकेन । र उनीहरूको प्रतिशोधको कारण त यो हो कि अल्लाह आफ्नो कृपाले र उसको रसूलले उनीहरूलाई समृद्ध गरिहाले । यदि उनीहरू अहिले पनि प्रायश्चित गरे भने उनीहरूकै लागि राम्रो हुनेछ र यदि उनीहरू विमुख भए भने अल्लाहले उनीहरूलाई दुनियाँ र आखिरतमा दुःखद यातना दिनेछ र धर्तीमा उनीहरूको नकोही मित्र हुनेछ र न त सहायक ।

    [75] उनीहरूमध्ये केही यस्ता व्यक्तिहरू पनि छन् जसले अल्लाहसंग वचन दिएका थिए कि यदि उसले हामीलाई आफ्नो कृपाले दियो भने हामी अवश्य नै दान गर्नेछौं र पक्कापक्की सदाचारीमध्येका हुनेछौं ।

    [76] तर जब अल्लाहले उनीहरूलाई आफ्नो अनुग्रहले दियो त उनीहरूले त्यसमा कन्जूस्याई गर्नथाले र आलटाल गरी विमुख भइहाले ।

    [77] अनि त्यसको सजायमा अल्लाहले उनीहरूका हृदयमा त्यस दिनसम्मको लागि कप्टाचार हालिदियो, जबकि उनीहरू उसित भेट्नेछन् किनभने उनीहरूले अल्लाहसित जुन प्रतिज्ञा गरेका थिए, त्यसलाई भङ्ग गरिदिए र यसकारण पनि कि उनीहरू झूठ बोल्दै गरे ।

    [78] के उनीहरूलाई थाहा छैन कि अल्लाह उनीहरूको मनको रहस्य र उनीहरूको कानेखुसीलाई राम्ररी जान्दछ र यो कि अल्लाह अदृश्यका सम्पूर्ण कुराहरू राम्ररी जान्दछ ।

    [79] जुन मानिसहरूले उदारतापूर्वक दान गर्ने मोमिनहरूमाथि उनीहरूको दानको विषयमा कटाक्ष गर्दछन् र उनीहरूको उपहास गर्दछन् जसको पासमा उनीहरूको परिश्रम बाहेक अरु केही छैन, त तिनीहरूको उपहास अल्लाहले गर्दछ र उनीहरूको निम्ति दुःखद यातना छ ।

    [80] तिमी उनीहरूको निम्ति क्षमाको प्रार्थना गर वा नगर । यदि तिमी उनीहरूको निम्ति सत्तरी पटक पनि क्षमाको प्रार्थना गर्छौं भने, अल्लाहले उनीहरूलाई क्षमा गर्नेछैन, किनभने उनीहरू अल्लाह र उसको रसूलसँग कुफ्र गरे र अल्लाह अवज्ञारीहरूलाई सोझो मार्ग देखाउँदैन ।

    [81] पछि परेकाहरू रसूलुल्लाह(सल्लल्लाहो अलैहे वसल्लम) गइसकेपश्चात आफू बसिराख्नुमा खुशी छन् । उनीहरूले अल्लाहको मार्गमा आफ्ना माल र आफ्नो ज्यानहरूसित जिहाद गर्न रुचाएनन् र उनीहरूले भने कि यस गर्मीमा ननिस्क । भनिदिनुस् कि नर्कको आगो साह्रै नै गरम छ । यिनीहरूले यो कुरा बुझेको भए कति राम्रो हुने थियो ।

    [82] तसर्थ यिनीहरूले आफ्ना क्रियाकलापहरूको बदलामा जो यिनीहरूले गर्दथे कम हाँसुन् र धेरै रोउन् ।

    [83] अब यदि अल्लाहले तपाईलाई उनीहरूको कुनै समूहतिर फर्काएर लगाएपछि अनि भविष्यमा तिनीहरूले तपाईंसित युद्ध मैदानमा निस्कन अनुमति चाहन्छन् भने त भनिदिनुस्ः ‘‘तिमीहरू मेरो साथमा कहिल्यै पनि निस्कन सक्दैनौ र न त मेरो साथमा कुनै शत्रुसँग लड्न सक्छौ । तिमीले पहिलोपटक नै बसिराख्न रुचायौ, तसर्थ अब पछि पर्नेहरूकै साथमा बसिराख ।

    [84] यिनीहरूमध्ये कोही मर्छ भने तपाईंले उसको जनाजाको नमाज कहिल्यै नपढ्नु र न उसको चिहान छेउ उभिनु । यिनीहरूले अल्लाह र उसका रसूलको अवज्ञा गरे, र मर्ने बेलासम्म पनि उल्लङ्घनकारी र तिरस्कृत नै रहे ।

    [85] तपाईंलाई तिनीहरूका धन–सम्पत्ति र सन्तान आकृष्ट नगरुन् । अल्लाह त यही नै चाहन्छ कि ती कुराहरूद्वारा उनीहरूलाई संसारमा सजाय देओस् र यिनीहरू आफ्नो प्राण ननिस्कुनजेलसम्म काफिर नै रहुन् ।

    [86] जब कुनै सूराः उतारिन्छ कि, ‘‘अल्लाहमाथि आस्था राख र उसका रसूलको साथ मिलेर जिहाद गर’’। त यिनीमध्ये सम्पन्नहरूको एउटा समूह तपाईंको पासमा आएर विदा माँग्दछन् र भन्छन् कि ‘‘हामीलाई त बसिराख्नेहरूसित नै छोडिदिनुस्’’।

    [87] उनीहरूले त पर्दाभित्रका स्त्रीहरूकै साथदिने कुरामा प्रसन्न भइहाले, र उनीहरूको हृदयमा छाप लगाइहालियो । अब उनीहरू केही बुझ्दैनन् ।

    [88] तर स्वयं रसूल (सन्देष्टा) र उनका साथमा ईमानवालाहरूले आफ्नो माल र ज्यानसित जिहाद गर्दछन् । यी व्यक्तिहरू नै भलाईवाला हुन् र यी मानिसहरू नै सफलता प्राप्त गर्नेवाला हुन् ।

    [89] यिनीहरूकै निम्ति अल्लाहले ती स्वर्गहरू तयार गरेको छ, जसमुनि नहरहरू बगिराखेका छन् जसमा यिनीहरू सधैं रहनेछन् । यही ठूलो सफलता हो ।

    [90] बहाना बनाउने केही अज्ञान पनि आए ताकि उनीहरूलाई विदा दिइयोस् र जो अल्लाह र उसका रसूलसँग झूठा कुरा गरे, उनीहरू पनि बसिराखे । उनीहरूमध्ये जसले इन्कार गरे तिनीहरूलाई शिघ्र नै एउटा दुःखद यातना पुगेर नै छाड्नेछ ।

    [91] कम्जोर र रोगीहरूमाथि र उनीहरूमाथि जसको पासमा खर्च गर्नको निम्ति केही पनि छैन, कुनै दोष छैन, यस शर्तमा कि उनीहरू अल्लाह र उसका रसूलप्रति निष्ठावान् छन् । यस्ता असल काम गर्नेहरूमाथि दोषको कुनै गुन्जाइस छैन । अल्लाह त बडो क्षमाशील, अत्यन्त दयावान छ ।

    [92] र न त उनीहरूमाथि कुनै दोष लाग्छ जो तपाईंको पासमा आउँछन् कि तपाईंले उनीहरूको निम्ति सवारीको प्रबन्ध गरिदिनुस् अनि तपाईंले जवाफ दिनुहुन्छ कि म तिमीहरूको सवारीको निम्ति केही पनि पाउन्न, त उनीहरू दुःखद अवस्थामा आँखाबाट आँसु बगाउँदै फर्कन्छन् कि उनीहरूसित खर्च गर्नको निम्ति केही पनि उपलब्ध छैन ।

    [93] निःसन्देह दोष त मात्रै उनीहरूमाथि छ जो सम्पन्न हुँदा–हुँदै पनि तपाईंसित विदा माँग्दछन् । यिनीहरू त पर्दाभित्र घरमा बसिराख्ने स्त्रीहरूको साथदिनुमा खुशी छन् र उनीहरूको हृदयमा अल्लाहले छाप लगाईसकेको छ, जसबाट तिनीहरू अज्ञान भइसकेका छन् ।

    [94] जब तिमी फर्केर उनीहरूको पासमा पुग्छौ त उनीहरूले तिमी समक्ष बहाना बनाउने छन् । तपाईं भनिदिनुस्ः यो बहाना नबनाऊः हामीले तिमीलाई कहिल्यै साँचो ठान्ने छैनौं । अल्लाहले हामीलाई तिम्रा बृतान्त भनिसकेको छ, । र पछि पनि अल्लाह र उसको रसूलले तिम्रा क्रियाकलाप देख्नेछन्, अनि यस्ताको पासमा फर्काइनेछौ जो अदृश्य र प्रकट सबैको ज्ञाता छ । अनि जे–जति क्रियाकलाप तिमीले गर्दैआएका छौ, उसले तिमीलाई भनिदिनेछ ।

    [95] यिनीहरू अब तपार्इं अगाडि किरिया खानेछन् जब तपार्इं उनीनिर फर्केर जानुहुन्छ ताकि तपाईंले उनीहरूलाई उनको अवस्थामा छाडिदिनुस् । तसर्थ तपाईंले उनीहरूलाई उनको हालतमा छाडिदिनुस् किनभने उनीहरू पूर्ण फोहरी छन्, उनको बासस्थान नर्क हो त्यस क्रियाकलापको साटो जुन तिनीहरूले गर्दथे ।

    [96] यिनीहरू यस कारण शपथ खानेछन्, कि तपाईं उनिहरूसंग खुशी भइहाल्नुस् । यदि तपार्इं उनीसँग खुशी भए पनि अल्लाह कदापि यस्ता ‘‘फासिक’’ अवज्ञाकारी मान्छेहरूसँग खुशी हुँदैन ।

    [97] अज्ञानीहरू (अरबका बद्दुहरू) साह्रै ठूला काफिर र पाखण्डी छन् र तिनीहरूका लागि यही नै मुनासिब छ कि जुन आदेशहरू अल्लाहले आफ्नो रसूललाई पठाउनु भएको छ, त्यसबाट तिनीहरू अनभिज्ञ रहुन् र अल्लाह सर्वज्ञाता र बुद्धिमत्ता सम्पन्न छ ।

    [98] र केही अज्ञानी यस्ता छन् कि जे जति खर्च गर्दछन् त्यसलाई जरिमाना ठान्दछन् र तिम्रो निम्ति विपत्तिको प्रतिक्षामा रहन्छन् । तिनीहरूमाथि नै ठूलो आपत्ति आओस् र अल्लाह सबै कुरा सुन्ने (र) जान्नेवाला छ ।

    [99] र केही अज्ञानीहरू यस्ता पनि छन् जो कि अल्लाह र आखिरतको दिनमाथि आस्था राख्दछन् र जे जति खर्च गर्दछन्, त्यसलाई अल्लाहको सामीप्य र पैगम्बरको आशिर्वाद प्राप्त गर्ने माध्यम ठान्दछन् । हेर, अवश्य नै त्यसले, तिनीहरूलाई त्यसको समीपमा लग्ने छ । अल्लाहले तिनीहरूलाई शीघ्र नै आफ्नो दयाको पात्र बनाउने छ । अल्लाह क्षमादाता र बडो कृपालु छ ।

    [100] र जो मुहाजिरहरू तथा अन्सारहरू (आप्रवासी तथा स्थानीय सहयोगी मानिस) सत्मार्गमा अग्रसरता देखाएका छन् र जसले साथमा रही तिनीहरूको अनुशरण गरे, अल्लाह तिनीहरूसित खुशी छ र तिनीहरू पनि अल्लाहसित प्रसन्न छन् तिनीहरूको निम्ति यस्ता बगैंचाहरू तयार छन् जसको तल नहरहरू बगिरहने छन् (तिनीहरू) सधैं त्यसमा बास गर्नेछन् । यही ठूलो सफलता हो ।

    [101] र केही तिम्रा छरछिमेकका र केही मदीनाका बासिन्दाहरू पनि पाखण्डमा परेका छन् । तपाईंले तिनीहरूलाई जान्नुहुँदैन, हामीले तिनीहरूलाई जान्दछौं, हामीले तिनीहरूलाई दोब्बर सजाय दिनेछौं, अनि तिनीहरू झन् ठूलो सजायतिर लगिने छन् ।

    [102] र केही अरु मानिसहरू छन् जसले कि आफ्ना त्रुटिहरू स्पष्टरूपले स्वीकार गर्दछन्, जसले असल र खराब दुवै किसिमका काम गरेका थिए । आशा छ कि अल्लाहले तिनीहरूको पश्चाताप स्वीकार गर्नेछ । निःसन्देह अल्लाह ठूलो क्षमादाता, दयावान् छ ।

    [103] तिनीहरूको सम्पत्तिबाट तपाईंले सदका (दान) लिनुस् जसबाट तिनीहरूलाई तपार्इंले शुद्ध र पवित्र गरिदिनुस् र तिनीहरूको लागि प्रार्थना गर्नुस्, निःसन्देह तपार्इंको प्रार्थना तिनीहरूको सन्तुष्टिको श्रोत हो र अल्लाह धेरै सुन्नेवाला र जान्नेवाला छ ।

    [104] के यिनीहरूलाई यो थाहा छैन कि अल्लाहले नै आफ्ना भक्तहरूबाट प्रायश्चित स्वीकार गर्दछ र उसैले दानहरू स्वीकार गर्दछ, र निःसन्देह अल्लाह नै प्रायश्चित स्वीकार गर्नेवाला र परम दयालु छ ।

    [105] भनिदिनुस् कि तिमी सत्कर्म गर्दै जाऊ, अल्लाह र उसका रसूल र मोमिनहरू सबैले तिम्रा क्रियाकलाप हेर्नेछन् । र तिमीले दृश्य–अदृश्यको ज्ञातातर्फ अवश्य फर्काइनेछौ । अनि उसले जे जति गर्दै आएका छौ, त्यो सबै तिमीलाई बताउने छ ।

    [106] र केही यस्ता छन् जसको मुद्दा अल्लाहको आदेश आउञ्जेलसम्म मुल्तवी छ, (उसले) चाहे तिनीहरूलाई सजाय देओस्, वा उनको प्रयाश्चित स्वीकार गरोस् र अल्लाह सर्वज्ञाता र तत्वदर्शी छ ।

    [107] र तिनीहरूमध्ये केही यस्ता पनि छन् जसले कि यस उद्देश्यले मस्जिदको निर्माण गरे ताकि हानि पुर्याऊन् र कुफ्रको कुरा गरुन्, र मोमिनहरूमा कलह सृजना गरुन् र तिनीहरूको लागि साधन जुटाऊन् जसले अघि अल्लाह र उसका रसूलको विरोध गरिसकेछन् र किरिया खान्छन् कि हाम्रो उद्देश्य त मात्र भलो गर्नु थियो, तर अल्लाह साक्षी छ कि तिनीहरू झूठा छन् ।

    [108] तपाईं त्यस (मस्जिद)मा कहिले पनि न उभिनु । त्यस बाहेक जुन मस्जिदको जग नै प्रारम्भदेखि अल्लाहको भक्तिमा आधारित छ, त्यो यस योग्य छ कि तपाईं त्यसमा गएर उभिनुस् । यसमा यस्ता मानिसहरू छन् जसले कि पवित्र रहन रुचाउँछन् ! र अल्लाहले पनि पवित्र रहनेहरूलाई प्रेम गर्दछ ।

    [109] के त्यो मानिस जसले आफ्नो भवनको जग अल्लाहको भय र उसको प्रसन्नतामा राखेको छ, ऊ राम्रो हो वा त्यो राम्रो छ, जसले आफ्नो भवनको जग भत्कन लागेको भीरको छेउमा हाल्यो, जुन उसलाई लिएर नर्कको आगोमा ढलिहाल्छ र अल्लाहले यस्ता अपराधीहरूलाई मार्गदर्शन गर्दैन ।

    [110] उनीहरूको यो भवन जुन तिनीहरूले निर्माण गरेका छन्, सधैं तिनीहरूको हृदयमा (काँडा बनेर) शंका र छटपटि उब्जाइराख्ने छ, जबसम्म तिनीहरूका मुटु छिया–छिया हुँदैनन् र अल्लाह सर्वज्ञ, तत्वदर्शी छ ।

    [111] निःसन्देह अल्लाहले मोमिनहरूबाट तिनीहरूको प्राण र माल तिनीहरूका लागि स्वर्गको सट्टामा किनिसकेको छ । यिनीहरू अल्लाहको मार्गमा युद्ध गर्दछन्, जसमा मार्दछन् र मारिन्छन् पनि । यो तौरात, इंजील र कुरआनमा भएको सत्य वचन हो, र अल्लाहभन्दा बढी आफ्नो वचन पूरा गर्नेवाला को छ ? तसर्थ जुन सौदा तिमीले उससँग गरेका छौ त्यसबाट प्रसन्न रह, र यही नै ठूलो सफलता हो ।

    [112] प्रायश्चित गर्नेहरू, उपासना गर्नेहरू, (अल्लाहको) प्रशंसा गर्नेहरू, उपवास बस्नेहरू, (अथवा सत्मार्गमा यात्रा गर्नेहरू) रुकूअ् गर्नेहरू, ढोगनेहरू सत्कर्मको उपदेश दिनेहरू र दुष्कर्मबाट रोक्नेहरू, अल्लाहका सीमाहरूको (अल्लाहले निर्धारित गरेको सीमा) रक्षा गर्नेहरू (मोमिन हुन्), र हे मुहम्मद मोमिनहरूलाई स्वर्गको शुभसन्देश सुनाइदिनुस् ।

    [113] सन्देष्टा र अन्य मुसलमानलाई उचित छैन कि मुश्रिकहरूको लागि क्षमा याचना गरुन्, जबकि यो प्रकट भइसकेको छ कि तिनीहरू नारकिय हुन् चाहे तिनीहरू नजिकका नातेदार नै किन नहोऊन् ।

    [114] र इब्राहीमले आफ्नो पिताको निम्ति क्षमायाचना गरेको कुरा त एउटा वाचाको कारणले थियो, जुन उनले ऊसँग गरिसकेका थिए, तर जब उनलाई थाहा भयो कि ऊ अल्लाहको शत्रु हो । त त्यसबाट अलग भइहाले । यसमा कुनै सन्देह छैन कि इब्राहीम(अलैहिस्सलाम) धेरै कोमल हृदयका र सहनशील थिए ।

    [115] र अल्लाह यस्तो छैन कि कुनै कौमलाई मार्गदर्शन गरे पछि, मार्ग विचलित गरोस् जबसम्म तिनीहरूलाई त्यो कुरा न भनिहालोस् जसबाट कि उनीहरू पंछिनु पर्छ । निःसन्देह अल्लाह सबै कुराको ज्ञाता छ ।

    [116] निःसंदेह अल्लाह नै हो जसलाई आकाशहरू र पृथ्वीमाथि अधिपत्य प्राप्त छ । उसैले जिन्दगी प्रदान गर्दछ र मृत्यु दिन्छ, अल्लाह बाहेक तिम्रो अरु कोही मित्र र सहायता दिनेवाला छैन ।

    [117] अल्लाहले पैगम्बरमाथि कृपा गरेको छ, र मुहाजिर तथा अन्सारहरूमाथि पनि, जसले संकटको अवस्थामा उहाँको साथ दिए यसको बावजूद कि तिनीहरूमध्ये केहीका हृदयहरू झण्डै विमुख हुने अवस्थामा थिए, फेरि अल्लाहले तिनीहरूमाथि दया गर्यो । निःसन्देह ऊ तिनीहरूलाई धेरै माया गर्नेवाला र दयावान छ ।

    [118] र ती तीन जनाको अवस्थामाथि पनि ध्यान दियो जसको कुरा (निर्णय) मुल्तवी (स्थगित) गरिएको थियो, यहाँसम्म कि पृथ्वी आफ्नो विस्तारको बावजूद तिनीहरूको निम्ति साँगुरो भइहाल्यो र तिनीहरूका आत्मा पनि व्याकुल भइहाले र तिनीहरूलाई थाहा भयो कि अल्लाहबाट बच्नको लागि कहीं शरण छैन, शरण छ भने त उसैको समीपमा छ । अनि (अल्लाहले) तिनीहरूमाथि दया गर्यो ताकि प्रायश्चित गर्न सकुन् । निःसन्देह अल्लाह नै प्रयाश्चित स्वीकार गर्नेवाला र दयावान छ ।

    [119] हे ईमानवालाहरू ! अल्लाहसँग डर मान्ने गर र सत्यवादीहरूको संगतमा रह ।

    [120] मदीनाका बासिन्दाहरू र उनीहरूको छरछिमेकमा बस्ने ग्रामिणहरूका निम्ति अल्लाहका पैगम्बरलाई छोडेर घरमा बसिरहनु उचित थिएन न त आफ्नो प्राणलाई उनको ज्यानभन्दा प्रिय ठान्नु, यो यस कारण कि अल्लाहको बाटोमा तिनलाई जुन तिर्खा लाग्यो, थकाई लाग्योे वा भोक लाग्यो वा यस्ता ठाउँमा हिंडे जहाँ काफिरहरूलाई रिस उठ्छ वा शत्रुहरूलाई ठीक पारे, यस्ता प्रत्येक कर्ममा तिनीहरूको नाममा एक–एक सत्कर्म लेखियो । निःसन्देह अल्लाहले सत्कर्म गर्नेहरूको प्रतिफल नष्ट पार्दैन ।

    [121] र (यसै प्रकार) तिनीहरूले जे खर्च गरे थोरै अथवा धेरै अथवा (साहसपूर्ण तरिकाले) जति मैदान पार गरे, यी सबै तिनीहरूको नाममा (सत्कर्महरू अन्तर्गत) लेखिन्छन् ताकि अल्लाहले तिनीहरूका कर्महरूको राम्रो प्रतिफल प्रदान गर्न सकोस् ।

    [122] र यो त हुनै सक्तैन कि मोमिनहरू सबै निस्किहालुन्, त यस्तो किन नगरियोस् कि प्रत्येक ठूलो समूहमध्येबाट एउटा सानो समूह जाने गरोस् ताकि धर्मको शिक्षा ग्रहण गरुन् र आफ्ना समूहतिर फर्केर आएपछि भयको कुरा सुनाउन् ताकि तिनीहरू डरुन् (र आफूलाई दृष्कर्मबाट टाढा राखुन्) ।

    [123] हे मोमिनहरू ! आफ्नो समीपका काफिरहरूसँग युद्ध गर र तिनीहरूले तिमीमा कठोरता पाउनु पर्छ र जानिराख कि अल्लाह परहेजगारहरूको साथमा छ ।

    [124] र जब कुनै सूरः अवतरित हुन्छ त केही कपटीहरूले भन्दछन्ः कि यस सूरःले तिमीहरूमध्ये कसको ईमानमा अभिवृद्धि गरेको छ ? हो, जो ईमानवाला छन् तिनीहरूको ईमानमा वृद्धि गरेको छ, र तिनीहरू प्रसन्न हुने गर्दछन् ।

    [125] र जुन मानिसहरूको हृदयमा रोग छ, तिनीहरूको निम्ति फोहरमाथि फोहरको वृद्धि गर्यो र तिनीहरू काफिर भएकै अवस्थामा नै मरे ।

    [126] र के यिनीहरूले देख्दैनन् कि यिनीहरू प्रत्येक वर्ष एक दुई पटक कुनै नकुनै संकटमा पर्ने गर्दछन्, तै पनि प्रायश्चित गर्दैनन् र न उपदेश नै ग्रहण गर्दछन् ।

    [127] र जब कुनै सूरः अवतरित हुन्छ त एकअर्कातिर हेर्न थाल्दछन् (र सोध्छन्) ‘‘के कसैले तिमीलाई देख्दछ? फेरि हिंडी हाल्छन् । अल्लाहले तिनीहरूको हृदयलाई मोडिदिएको छ, किनभने यिनीहरू यस्ता मानिस हुन् जसले बुद्धिले काम लिंदैनन् ।

    [128] (हे मानिसहरू हो !) तिमीहरूको माझमा तिमीहरूमध्येबाटै एउटा पैगम्बर आएका छन् । तिम्रो पीडाबाट उनी दुःखी हुन्छन् र तिम्रो भलोको निम्ति चिन्तित रहन्छन्, र ईमानवालाहरूलाई निकै मायाँ गर्ने र दयालु छन् ।

    [129] तर यदि तिनीहरू विमुख हुन्छन् भने, भनिदिनुस् कि अल्लाह मेरो निम्ति पर्याप्त छ । उस बाहेक अरु कोही पूजा योग्य छैन । उसैमाथि मेरो भरोसा छ, र ऊ ठूलो अर्श (सिंहासन) को स्वामी हो ।

    Surah 10
    यूनुस

    [1] अलिफ–लाम–रा, यो ठूलो बिवेचनाको किताबका आयतहरू हुन् ।

    [2] के मानिसहरूलाई आश्चर्य लाग्यो कि हामीले तिनीहरूमध्येबाट नै एउटा मानिसलाई आदेश पठायौं कि मानिसहरूलाई चेतावनी सुनाइदेऊ र ईमान भएकाहरूलाई शुभसन्देश दिइहाल कि उनीहरूको पालनकर्ताकहाँ उनीहरूलाई पूरा प्रतिफल र उच्च स्थान प्राप्त हुनेछ । काफिरहरूले भने कि यो मानिस स्पष्टरूपमा जादूगर हो ।

    [3] निःसन्देह तिम्रो पालनकर्ता त अल्लाह नै हो, जसले आकाश र पृथ्वीलाई छ (६) दिनमा सृष्टि गर्यो । अनि आफू सिंहासनमाथि उच्च भयो । उसैले प्रत्येक कुराको प्रबन्ध र सञ्चालन गर्दछ । कसैले (उसको समीपमा) उसको अनुमति प्राप्त नगरिकन सिफारिश गर्न सक्तैन । यही अल्लाह तिम्रो पालनकर्ता हो, तसर्थ उसैको पूजा गर । के तिमीहरू अझै उपदेश ग्रहण गर्दैनौ ।

    [4] तिमी सबैले फर्केर उसैको समीप जानु छ । अल्लाहको वाचा सत्य छ । निःसन्देह उसैले सृष्टिको प्रक्रिया प्रारम्भ गर्दछ र निरन्तरता प्रदान गर्दछ ताकि ईमानवाला र सत्कर्म गर्नेहरूलाई न्यायोचितरूपले पुरस्कार प्रदान गर्न सकोस् । र जो काफिर छन् तिनीहरूको निम्ति अत्यन्त उम्ली रहेको पिउने पानी र कष्टदायक सजाय हुनेछ त्यस इन्कारको बदलामा जुन उनीहरूले गरे ।

    [5] ऊ अल्लाह नै त हो जसले सूर्यलाई प्रकाशमान र चन्द्रलाई ज्योतिमय बनायो र यसको लागि विभिन्न स्थितिहरू स्थापित गर्यो, ताकि तिमीले वर्षहरूको गणना र हिसाब थाहा पाउने गर । यी सबै कुराहरू अल्लाहले सत्यको साथ सृष्टि गरेको छ । बुझ्नेहरूको लागि उसले आफ्ना आयतहरू स्पष्टरूपमा वर्णन गर्दैछ ।

    [6] निःसन्देह रात र दिनको एक अर्कापछि आगमन र जुन कुराहरू अल्लाहले आकाश र पृथ्वीमा सृष्टि गरेको छ सबैमा अल्लाहसँग डर मान्नेहरूको लागि निशानीहरू छन् ।

    [7] जसले हामीसँग साक्षात्कार हुने कुरामा आशा राखदैनन् र सांसारिक जीवनमा सन्तुष्ट छन् र हाम्रा निशानीहरूतिर ध्यान दिइराखेका छैनन् ।

    [8] तिनीहरूको बासस्थान, तिनीहरूको क्रियाकलापको कारण, नर्क (हुने) छ ।

    [9] निःसन्देह जुन मानिसहरूले ईमान ल्याए र सत्कर्म गरे तिनीहरूलाई पालनकर्ताले तिनीहरूको ईमानको कारण मार्ग दिखाउने छन् । वरदानका बगैंचाहरूमा जसमुनि नहरहरू बगिराखेका हुनेछन् ।

    [10] उनीहरूको मुखबाट (प्रार्थना) उच्चारित हुनेछ अल्लाह गौरवपूर्ण छ र आपसमा भेटको बेला दुआ ‘‘सलामुन् अलैकुम’’ हुनेछ र तिनीहरूको अंतिम भनाई यो हुनेछ कि सम्पूर्ण ब्रह्माण्डको स्वामी र पालनकर्तालाई सम्पूर्ण प्रशंसा छ ।

    [11] र यदि अल्लाहले मानिसहरूको नोक्सानी गर्न हतार गर्ने भए, जुन प्रकारले तिनीहरूले फाइदाको निम्ति हतार गर्दछन्, भने उनको वचन उहिले नै पूरा भइसक्ने थियो । तसर्थ जुन मानिसहरूलाई हामीसम्म आउने कुराको यकीन छैन, त्यस्तालाई हामीले त्यसै छाडी दिन्छौ, ताकि आफ्नो अटेरिपनामा भौतारि रहुन् ।

    [12] र मानिसलाई जब कुनै कष्ट पुग्छ त पल्टेको, बसेको र उभेको (अवस्थामा) हामीलाई पुकार्दछ । तर जब हामीले उसको कष्ट हटाइदिन्छौं त यस किसिमबाट आफ्नो बाटो लाग्छ मानौं त्यसले हामीलाई कहिल्यै पुकारेकै थिएन । यस प्रकार सीमा उल्लंघनकारीहरूलाई तिनीहरूका क्रियाकलापहरूलाई आकर्षक देखाइएको छ ।

    [13] र तिमीभन्दा अघि हामीले अनेक समूहहरूलाई नष्ट गरिसकेका छौं, जब तिनीहरूले अत्याचार गरे र तिनीहरूको समीपमा पैगÞम्बरले स्पष्ट प्रमाणहरू लिएर आए, तर तिनीहरूले ईमान ल्याउनेवाला थिएनन् । हामीले अपराधीहरूलाई यस्तै सजाय दिने गर्दछौं ।

    [14] अनि हामीले तिनीहरू पछि तिमीलाई धरतीको उत्तराधिकारी बनायौं ताकि हामीले हेर्न सकौं कि तिमीले कसरी काम गर्दछौ ।

    [15] र जब तिनीहरूलाई हाम्रा आयतहरू पढेर सुनाइन्छ, जुन बिल्कुल स्पष्ट छन् त जसलाई हामीसँग साक्षात्कारको विश्वास छैन, तिनीहरूले भन्दछन्ः कि यस बाहेक अरु कुनै कुरआन (बनाएर) ल्याउनुस् वा यसलाई परिवर्तित गरिहाल्नुस् । तपाई भनिदिनुस् कि मलाई आफ्नो तर्फबाट यसमा परिवर्तन गर्ने अधिकार छैन । म त, त्यही आदेशको पालना गर्दछु जुनकि मलाई उहाँ मार्फत पठाईन्छ । यदि मैले आफ्नो पालनकर्ताको आदेश उल्लंघन गर्ने भए मलाई ठूलो दिनको सजायको भय छ ।

    [16] तपाई यो पनि भनिदिनुस् कि यदि अल्लाहले चाहेको भए, नत म यो (किताब) तिमीलाई पढेर सुनाउँथे र न उसैले तिमीलाई यस सम्बन्धमा अवगत गराउने थियो । यसभन्दा अगाडि म तिमीहरूको माँझमा (सम्पूर्ण) जीवन अवधि बिताउँदै आइराखेको छु । र (कहिल्यै यस्तो भनेको छैन) के तिमी यो कुरा बुझ्दैनौ

    [17] तसर्थ त्योभन्दा ठूलो अत्याचारी को हुनसक्छ, जसले अल्लाहको बारेमा झूठो भन्छ वा उसको आयतहरूलाई असत्य ठान्दछ । निःसन्देह यस्ता अपराधीहरू सफलता पाउने छैनन् ।

    [18] र यी (मानिसहरू) अल्लाह बाहेक यस्ता कुराहरूको पूजा गर्दछन्, जसले तिनीहरूको न केही बिगार्न सक्तछन् र न सपार्न सक्तछन् र भन्दछन् कि यिनीहरूले अल्लाहको समीपमा हाम्रो सिफारिश गर्नेछन् । तपाई भनिदिनुस् कि के तिमीले अल्लाहलाई यस्तो कुराबारे भन्दछौ, जसको जानकारी उसलाई छैन र त्यसको अस्तित्व आकाशहरूमा र पृथ्वीमा छैन । ऊ पवित्र छ, र तिनीहरूको शिर्क (अल्लाहसँग अरुलाई दाँज्नु) भन्दा धेरै उच्च छ ।

    [19] र सबै मानिसहरू (अघि) एउटै समुदाय थिए । पछि विवादको सृजना भयो र यदि एउटा कुरो जुन तिम्रो पालनकर्ताबाट पहिला भइसकेको छ, नभएको भए, जुन कुरामा तिनीहरूले विवाद गरिराखेका छन्, त्यसमा तिनीहरूको निर्णय भइसक्ने थियो ।

    [20] र यिनीहरूले भन्दछन् कि उनीहरूमाथि उसको पालनहारबाट कुनै निशानी किन आएन । भनिदिनुस् कि गैब (अदृश्य)को ज्ञान त मात्र अल्लाहलाई नै छ, अतः तिमीले प्रतीक्षा गर । म पनि तिम्रो साथमा प्रतीक्षा गर्दछु ।

    [21] र जब हामीले मानिसहरूलाई दुःख पुगेपछि आफ्नो दयाले सुखको स्वाद चखाउँछौ, त्यतिखेर तिनीहरूले हाम्रा आयतहरूको बारेमा षड्यन्त्र गर्न थाल्छन् । तपाई भनिदिनुस् कि अल्लाहले छिट्टै आफ्नो योजना सम्पन्न गर्नेवाला छ र जुन षड्यन्त्रपूर्ण योजना तिमीले बनाइराखेका छौ, हाम्रा फरिश्ताहरू ती सबै लेखिराखेका छन् ।

    [22] उही अल्लाह हो, जसले तिमीलाई जंगल र समुन्द्रमा हिंडने योग्य बनाएको छ, यहाँसम्म कि जब तिमीहरू डुङ्गाहरूमा (सवार) हुन्छौ र ती डुङ्गाहरूले त्यसमा यात्रा गर्नेहरूलाई लिएर अनुकूल हावाको मद्दतले हिंड्न थाल्छन् र तिनीहरू त्यसबाट निकै आनन्दित हुन्छन्, अनि एउटा तूफानी हावा चल्न थाल्छ र चारैतिरबाट तरङ्गहरू उठ्न थाल्दछन् र तिनीहरूलाई लाग्दछ कि (अहिले त) तरङ्गहरूबाट नराम्रोसंग घेराइसकेका छन्, त्यतिखेर अल्लाहलाई नै शुद्ध नीयतले पुकार्दछन् कि यदि हामीलाई यसबाट मुक्त गराइदिन्छौ भने हामी धेरै आभारी हुनेछौं ।

    [23] तर जब अल्लाहले तिनीहरूलाई बचाइदिन्छ तब तिनीहरूले तुरुन्तै पृथ्वीमा त्यसै घृष्टतापूर्वक उपद्रव गर्न थाल्छन् । मानिसहरू हो ! तिम्रो यो उद्दण्डता तिम्रो लागि नै हानिकारक हुनेछ । सांसारिक जीवनका केही फाइदा छन् तर फेरि तिमीले हाम्रै समीपमा फर्केर आउनु पर्नेछ अनि हामीले तिमीलाई तिमीले गरेको सबै देखाउने छौं ।

    [24] संसारको जीवनको अवस्था यस्तो छ जस्तो कि हामीले आकाशबाट पानी बर्सायौं, अनि त्यसलाई पृथ्वीमा मिसाई त्यसबाट बनस्पति उब्जायौं, जसलाई मानिस र पशुहरूले खान्छन् । यहाँसम्म कि पृथ्वी बनस्पतिले मनोरम र विभूषित भइहाल्यौ र मानिसहरूले ठान्नथाले कि त्यसमाथि तिनीहरूको पूरा अधिकार भइसक्यो । अनि एक्कासि राति वा दिनमा हाम्रो आदेश आइपुग्यो, अनि हामीले त्यसलाई काटेर यस्तो गरिहाल्यौं जस्तो कि त्यहाँ हिजोसम्म केही छँदै थिएन । जो चिन्तन गर्ने मानिसहरू छन् तिनीहरूको निम्ति यसरी नै हामीले आफ्ना निशानीहरू खुलस्त रूपमा वर्णन गर्दछौं ।

    [25] र अल्लाह सलामती (भलाई)को घरतिर तिमीलाई बोलाउँछ र जसलाई चाहन्छ सोझो बाटो देखाउँछ ।

    [26] जसले असल काम गरे तिनीहरूको निम्ति राम्रो प्रतिफल छ र (केही) बढी पनि । र तिनीहरूको अनुहार न अध्यारो हुनेछ र न त अपमानित हुने छ । यिनीहरू स्वर्गबासी हुनेछन् र तिनीहरू सदाको लागि त्यहाँ बास गर्नेछन् ।

    [27] र जसले नराम्रा काम गरे, तिनीहरूको दुष्कर्मको प्रतिफल पनि त्यस्तै नै हुनेछ र अपमानले तिनीहरूको अनुहारलाई ढाक्नेछ, र कोही पनि तिनीहरूलाई अल्लाहको क्रोधबाट बचाउनेवाला हुनेछैन । तिनीहरूको अनुहारको कालोपनको अवस्था यस्तो हुनेछ जस्तो कालो रातिका अनेक परतहरूबाट छोपिएका छन् । यिनीहरू नर्कमा जाने हुन्, र सधैं त्यसैमा रहनेछन् ।

    [28] र त्यो दिन पनि वर्णन योग्य छ जुनदिन तिनीहरूलाई एकत्रित गर्नेछौं । अनि हामीले मुश्रिकहरूसित भन्ने छौः कि तिमी र तिमीले ठहर्याएका साझेदारहरू आ–आफ्ना ठाउँहरूमा उभिराख । अनि हामीले तिनीहरूमा मतभेद गराइदिन्छौं तिनीहरूका साझेदारहरूले भन्ने छन्ः कि तिमीले हामीलाई त पूज्ने गर्दैनथ्यौ ।

    [29] हाम्रो तिम्रो बीचमा अल्लाह नै साक्षीको रूपमा पर्याप्त छ । हामी तिम्रो पूजाबाट अनभिज्ञ थियौं ।

    [30] त्यहाँ प्रत्येक मानिसले आफ्नो पहिलाका कार्यहरूको निरीक्षण गर्नेछ र तिनीहरूले आफ्नो वास्तविक स्वामीतिर फर्कने छन्, र तिनीहरूले गढेका सबै झूठा कुराहरू हराउने छन् ।

    [31] (तिनीहरूसँग) तपाईले भन्नुस् कि तिमीलाई आकाश र जमिनबाट जीविका कसले प्रदान गर्दछ वा तिम्रो कान र आँखामाथि कसको अख्तियारी छ र मृतकबाट प्राणवाला कसले बनाउँछ र प्राणवानबाट प्राणहीन कसले गर्दछ ? र त्यो को हो जसले सबै कामको योजना बनाउँछ ? त तिनीहरूले अवश्य भन्ने छन् ‘‘अल्लाह’’, तसर्थ भन्नुस् कि त्यसो भए तिमी (अल्लाहसँग) किन डर मान्दैनौ

    [32] यही अल्लाह नै त तिम्रो वास्तविक पालनहार हो, र सत्य कुरा प्रकट भइसकेपछि पथभ्रष्टता बाहेक अरु बाँकी नै के रहन्छ र ? तसर्थ तिमी किन असल बाटोबाट टाढिदै गएका छौ

    [33] यस प्रकार अल्लाहका यी शब्दहरू उल्लंघनकारीहरूमाथी प्रमाणित भइसकेको छ, कि उनीहरू ईमान ल्याउने छैनन् ।

    [34] तपाईले भन्नुस् कि तिम्रा साझेदारहरूमध्ये यस्तो को छ ? जसले पहिलो पटक पनि सृष्टिको प्रारम्भ गरोस् र त्यसलाई दोस्रो पटक पनि दोहोरयाओस् । तपाईले भनिदिनुस् कि त्यो अल्लाह नै हो जसले सृष्टिको शुरूआत गर्दछ र त्यसको पुनरावृति पनि गर्दछ, तसर्थ तिमी कहाँ पथभ्रमित भइराखेका छौ

    [35] तपाई भन्नुस् कि तिम्रा साझेदारहरूमध्ये यस्तो कोही छ जसले सत्यको मार्ग देखाउन सक्तछ ? भनिदिनुस् कि अल्लाहले नै सत्यको मार्ग देखाउँछ । अनि के जसले सत्यको मार्ग देखाउँछ, त्यो यस योग्य छ कि त्यसको अनुशरण गरियोस् अथवा त्यो जसलाई जबसम्म मार्ग न देखाइयोस् तबसम्म आफै बाटो पाउँदैन ? तसर्थ तिमीलाई के भएको छ, तिमी कस्तो फैसला गर्दछौ

    [36] र तिनीहरूमध्ये धेरै जसोले मात्र अनुमानको भरमा हिड्दैछन् र सत्यको अगाडि अनुमानको कुनै उपादेयता छैन निःसन्देह अल्लाह तिम्रा कामहरूलाई जान्दछ ।

    [37] र यो कुरआन यस्तो छैन कि अल्लाह बाहेक अरु कसैले आफ्नो तर्फबाट रचेर ल्याउन सकोस् । अपितु यसले जुन ग्रन्थहरू यसभन्दा अगाडिका छन् तिनीहरूलाई प्रमाणित गर्दछ र आवश्यक निर्देशनहरूको यसमा विवरण छ । यसमा कुनै शंका छैन कि यो पालनकर्ताबाट प्रदान गरिएको हो ।

    [38] के यिनीहरूले यो भन्दछन्ः पैगम्बरले त्यसलाई आफ्नो तर्फबाट रचेका हुन् । भनिदिनुस् कि यदि साँचो हौ भने तिमीले पनि यस्तै प्रकारको एक सूरः बनाएर ल्याऊ र अल्लाह बाहेक जसलाई तिमी बोलाउन सक्छौ बोलाइहाल यदि तिमी साँचो छौ ।

    [39] वास्वविकता यो हो कि जुन कुराको ज्ञानमाथि नियन्त्रण प्राप्त गर्न सकेनन् त्यसलाई झूठा भनी आरोप लगाए, र यसैले यसको सत्यता उनीमाथि प्रकट नै भएको छैन । यसैगरी जो मानिसहरू यिनीहरूभन्दा पहिला थिए तिनीहरूले पनि झूठ भनेका थिए, तसर्थ हेर्नुस् अत्याचारीहरूको परिणाम कस्तो भयो

    [40] र यिनीहरूमध्ये केही त यस्ता छन् जसले कि यसमाथि ईमान ल्याउने छन् र केही यस्ता छन् जसले कि यसमाथि ईमान ल्याउने छैनन् । र तपाईको पालनकर्ताले उपद्रवीहरूलाई राम्ररी जान्दछ ।

    [41] र यदि यिनीहरूले तपाईलाई झूठा भन्दछन् भने भनिदिनुस् कि मलाई मेरो कर्म र तिमीलाई तिम्रो कर्म छ । तिमी मेरा कर्महरूको उत्तरदायी छैनौ र ममाथि तिम्रा कर्महरूको जवाफदेही छैन ।

    [42] र यिनीहरूमध्ये केही यस्ता छन्, जसले तपाईतिर कान थापि बसेका छन् । त के तपाईले बहिराहरूलाई सुनाउनु हुन्छ, यद्यपि तिनीहरू केही पनि बुझ्ने गर्दैनन् ।

    [43] र तिनीहरूमध्ये केही यस्ता छन् जसले तपाईतिर हेर्दैछन्, त के तपाईले अन्धाहरूलाई बाटो देखाउनु हुन्छ, यद्यपि उनी केही पनि देख्ने छैनन् ।

    [44] यो निश्चित कुरा हो कि अल्लाहले त मानिसहरूमाथि केही अत्याचार गर्दैन, तर मानिसहरू आफूले नै आफूमाथि अत्याचार गर्दछन् ।

    [45] र जुन दिन अल्लाहले तिनीहरूलाई (आफू समक्ष) एकत्रित गर्नेछ त्यसदिनको स्मरण गराउनुस् कि तिनीहरूलाई यस्तो महसूस हुनेछ जस्तो कि दिनको एक घण्टाभन्दा बढी त्यहाँ थिएनन् (र) आपसमा एक अर्कालाई चिन्न उभिएका छन् । जुन मानिसहरूले अल्लाहको अगाडि उपस्थित हुने कुरो झूठा भने, तिनीहरू घाटामा परिहाले र तिनीहरू सहि बाटो पाउन सकेनन् ।

    [46] र मैले जसको वाचा गरेको छु त्यसमध्येबाट केही यदि मैले तपाईलाई देखाऊँ अथवा तपाईलाई मृत्यु दिऊँ भनेपनि मेरो नजिक उनीहरूले आउनु नै पर्नेछ । फेरि अल्लाह उनीहरूको सबै कर्महरूको साक्षी छ ।

    [47] र प्रत्येक समुदायको लागि एउटा पैगम्बर पठाइयो, जब तिनीहरूको पैगम्बर आउँछ त उनीहरूमा न्यायपूर्ण तरिकाले फैसला गरिदिइनेछ र तिनीहरूमाथि कुनै अत्याचार गरिदैन ।

    [48] र यिनीहरूले भन्दछन् कि यदि तिमी साँचो हौ भने यो वाचा कहिले (पूरा) हुनेछ ।

    [49] भनिदिनुस् कि मलाई त आफ्नो व्यक्तिगत हानि र लाभबारे पनि कुनै अधिकार छैन, त्यस बाहेक जति अल्लाहले इच्छा गर्दछ । प्रत्येक समुदायको लागि (मृत्युको) समय निर्धारित छ । जब निर्धारित समय आइपुग्दछ त एकछिन पनि ढिलो गर्न सक्दैनन् र नत छिटो गर्न सक्तछन् ।

    [50] भनिदिनुस् कि हेर ! उसको दण्ड यदि तिमीमाथि एक्कासी राती वा दिनमा आइपुग्नेछ, त फेरि सजायमा यस्तो के लाभ छ जुन अपराधीहरूले छिटै माँगिरहेकाछन् ।

    [51] के त्यो आइसकेपछि मात्र विश्वास गर्नेछौ ? के अब विश्वास गरिहाल्यौ जबकि यसैको निम्ति त तिमीले हतार गर्ने गर्दथ्यौ ।

    [52] अनि अत्याचारीहरूसित भनिनेछः कि स्थायी दण्डको स्वाद चाख । तिमी त तिमीले गरेकै कर्महरूको प्रतिफल पाएका हौ ।

    [53] र तिनीहरूले तपाईसँग सोध्छन्ः कि के (यो) सजाय साँचो हो ? भनिदिनुस् हो ‘‘अल्लाहको शपथ छ, त्यो वास्तवमा साँचो हो । र तिमी अल्लाहलाई प्रास्त पार्न सक्ने छैनौ ।

    [54] र यदि हरेक उल्लंघनकारीसित धर्तीका सम्पूर्ण कुराहरू छन् भने ती सबै कुरा आफू बच्नको लागि दिन तयार हुनेछ । र जब तिनीहरूले सजाय देख्दछन् त लज्जालाई लुकाउनेछन्, र तिनीहरूमा न्यायपूर्ण रूपले फैसला गरिनेछ, र तिनीहरूमाथि कुनै प्रकारको अत्याचार गरिनेछैन ।

    [55] सुनिराखः कि जे जति आकाशहरू र पृथ्वीमा छन्, सबै अल्लाहकै साम्राज्य हुन् । र यो पनि सुनिराख कि अल्लाहको वचन साँचो छ, तर तिनीहरूमध्ये धेरैजसोले बुझ्दैनन् ।

    [56] उसैले जीवन दिन्छ, र उसैले प्राण निकाल्छ, र तिमीहरू सबै उसैतिर लगिनेछौ ।

    [57] हे मानिसहरू ! तिम्रो समीपमा पालनकर्ताको तर्फबाट उपदेश र हृदयका रोगहरूको निम्ति उपचार र मोमिनहरूको लागि मार्गदर्शन र वरदान आइपुगेको छ ।

    [58] भनिदिनुस्ः कि यो किताब अल्लाहको कृपा र उसैको दयालुताबाट प्रदान गरिएको छ तसर्थ यसबाट मानिसहरू प्रसन्न हुनुपर्छ । यो त्यसबाट धेरै राम्रो छ जुन तिनीहरूले सम्पत्तिको रूपमा थुपार्छन् ।

    [59] तपाई भन्नुस् कि हेर, अल्लाहले तिम्रो निम्ति जुन जीविका प्रदान गरेको थियो, तिमीले तीमध्ये केहीलाई त्याज्य ठहरायौ र केहीलाई ग्रहणीय, तिनीहरूसित सोध्नुस्, के अल्लाहले तिमीलाई यसको आदेश दिएको थियो वा तिमी अल्लाहमाथि झूठो दोष लगाइराखेका छौ

    [60] र जुन मानिसहरूले अल्लाहमाथि झूठा आरोप लगाउँछन्, तिनीहरूले कियामतको दिनको बारेमा के विचार गर्दछन् ? निःसन्देह अल्लाह मानिसहरूको निम्ति दयावान छ, तर धेरैजसो आभार प्रकट गर्दैनन् ।

    [61] र तिमी जुनसुकै अवस्थामा हुन्छौ वा कुरआनबाट केही पाठ गर्छौ वा तिमीहरूले कुनै अन्य कामगर्दा जब त्यसमा संलग्न हुन्छौ, हामी त्यसको जानकारी राख्दछौ र तिम्रो पालनकर्ताबाट कुनै कुरा लेस मात्र पनि लुकेको छैन । न जमिनमा, न आकाशमा र न कुनै कुरा त्यसभन्दा सानो छ वा ठूलो तर स्पष्ट किताबमा लेखिएको छ ।

    [62] सुनिराखः कि अल्लाहका मित्रहरूलाई न कुनै भय–त्रास हुनेछ र नत तिनीहरू दुःखी हुनेछन् ।

    [63] यी तिनीहरू हुन् जसले ईमान ल्याए र आत्मसंयमी रहे ।

    [64] तिनीहरूको निम्ति सांसारिक जीवनमा पनि शुभसन्देश छ, र परलोकमा पनि । अल्लाहको कुरामा परिवर्तन हुँदैन, यहि त ठूलो सफलता हो ।

    [65] र हे मुहम्मद (सल्लल्लाहो अलैहे वसल्लम) ! ती मानिसहरूका दुर्वचन तिमीलाई दुःखी नपारोस् किनभने सम्पूर्ण मर्यादा अल्लाहकै लागि हो । ऊ सबैकुरा सुन्दछ र जान्दछ ।

    [66] यादराख कि जे जति आकाशहरूमा छन् र जति पृथ्वीमा छन् सबै अल्लाहकै हुन् । र जसले अल्लाह बाहेक आफूले चाहेको साझेदारहरूलाई पुकार्दछन्, उनीहरू कसको पछि लागेका छन् ? ती मात्र अप्रमाणित कुराहरूको अनुशरण गर्दैछन् र अनुमान मात्र लगाउँदै छन् ।

    [67] ऊ नै हो जसले तिम्रो निम्ति राति बनायो ताकि यसमा आराम गर र उज्यालो दिन बनायो । निस्सन्देह त्यसमा ध्यानबाट सुन्नेहरूको लागि निशानीहरू छन् ।

    [68] तिनीहरू भन्दछन्ः कि अल्लाह आफनो लागि एउटा पुत्र ग्रहण गरेको छ । अल्लाहलाई कसैको आवश्यकता छैन, ऊ स्वयं परिपूर्ण र महान छ । जे जति आकाशहरूमा र जे जति जमिनमा छन् ती सबै उसैका हुन् ! तिमीसित यस झूठो कुराको कुनै प्रमाण छैन । तिमीले अल्लाहको बारेमा यस्तो कुरा भन्दछौ जुन जान्दैनौ

    [69] भनिदिनुस्ः कि जुन मानिसहरूले अल्लाहमाथि झूठा आरोप लगाउँछन्, तिनीहरू सफलता पाउने छैनन् ।

    [70] तिनीहरूलाई केही फाइदाहरू छन् संसारमै अन्ततः हामीतिरै फर्केर आउनु हुनेछ, त्यति बेला हामीले तिनीहरूलाई कुफ्र गरेको बदलामा कडा सजायको स्वाद चखाउने छौं ।

    [71] र तपाईले उनीलाई नूहको कथा पढेर सुनाइदिनुस्, जब उनले आफ्नो समुदायसित भने हे मेरा कौमका मानिसहरू ! यदि तिमीलाई तिमीहरूको माझमा मेरो बसाई र अल्लाहका आयतहरूबारे स्मरण गराउन नराम्रो लाग्दछ भने, म त अल्लाहमाथि नै भरोसा राख्दछु, तिमीले आफ्ना साझेदारहरूसँग मिलेर आफ्नो उपाय गरिहाल । तिम्रो उपाय तिम्रो कष्टको कारण नबनोस्, अनि त्यो काम मेरो सम्बन्धमा गरिहाल र मलाई समय नदेऊ ।

    [72] फेरि पनि यदि तिमीले विमुख नै हुन्छौ भने मैले तिमीबाट कुनै पारितोषिक त माँगेको छैन । मेरो मजदूरी त मात्र अल्लाहसंग छ, र मलाई आदेश दिइएको छ कि म मुसलमानहरूमध्येबाट रहूँ ।

    [73] तर उनीहरूले उनलाई झूठो मानिराखे, त हामीले उनलाई र जो मानिसहरू उनका साथ डुंगामा सवार थिए, सबैलाई बचाइहाल्यौं, र उनलाई (धर्तीको) उत्तराधिकारी बनायौं, र उनीहरूलाई डुबाई दियौं जसले हाम्रो निशानीलाई झूठो मानेका थिए, यो हेर्नु पर्नेछ कि जुन मानिसहरूलाई सावधान गरिएको थियो, तिनीहरूको कस्तो परिणाम भयो ।

    [74] अनि नूह(अलैहिस्सलाम) पछि हामीले अरु पैगम्बरहरूलाई तिनीहरूको कौमतर्फ पठायौं, त उनीहरूले तिनीहरूछेउ स्पष्ट निशानीहरू लिएर आए तर तिनीहरूले अघि अस्वीकार गरिसकेको कुरामा विश्वास गर्ने थिएनन् । यसै प्रकार हामीले उल्लंघनकारीहरूको हृदयको द्वार बन्द गरिदिन्छौं ।

    [75] अनि तिनीहरूपछि हामीले मूसा (अलैहिस्सलाम) र हारून (अलैहिस्सलाम)लाई आफ्ना निशानीहरू दिएर फिरऔन र त्यसका नायकहरूछेउ पठायौं तब तिनीहरूले घमण्ड गरे, र तिनीहरू अपराधी सम्प्रदायका नै थिए ।

    [76] तसर्थ जब उनीहरूछेउ हाम्रो तर्फबाट सत्य आयो, तब भन्न थाले कि यो निःसन्देह खुल्लमखुल्ला जादू हो ।

    [77] मूसाले भनेः के तिमीले सत्यको बारेमा जब त्यो तिमीछेउ आयो, यो भन्छौ कि यो जादू हो ? तर जादूगर सफल हुने छैनन् ।

    [78] तिनीहरूले भने कि के तिमी हाम्रो छेउ यसकारण आएका छौ कि जुन बाटोमा हामी आफ्ना पूर्वजहरूलाई हिंडेका पाएका छौं त्यसबाट हामीलाई विचलित पारीदेऊ, र यस देशमा तिमी दुवैको प्रशंसा स्थापित भइहालोस् । र हामी तिमी दुवैलाई कहिल्यै मान्नेवाला छैनौं ।

    [79] र फिरऔनले आदेश दियोः कि सबै अनुभवी जादूगरहरूलाई मेरो सामु ल्याऊ ।

    [80] अनि जब जादूगरहरू आए, तब मूसाले तिनीहरूसित भने कि तिमीहरूले जे जादू गर्न चाहन्छौ गर ।

    [81] जब तिनीहरूले आफ्ना जादूहरू देखाए तब मूसाले भनेः कि जुन कुरो तिमीले बनाएर ल्याएका छौ, जादू हो । अल्लाहले यसलाई (एकैछिनमा) प्रभावहीन पारिदिन्छ । अल्लाहले यस्ता उपद्रवीहरूको कामलाई सफल पार्दैन ।

    [82] र अल्लाह आफ्नो आदेशले सत्यलाई नै स्थापित गर्दछ, चाहे अपराधिहरूले त्यसलाई जति नराम्रो माने पनि ।

    [83] तर मूसालाई धेरैले विश्वास गरेनन् तर उनको कौमका केही मानिसहरू मात्र (त्यो पनि) फिरऔन र त्यसका दरबारीयाहरूसँग डराउँदैं कि त्यसले तिनीहरूलाई दुःख नदेओस् । र फिरऔन त्यस देशमा तागत राख्दथ्यो र निःसन्देह ऊ सिमाउल्लन्घन गर्नेमध्यका थियो ।

    [84] र मूसाले भनेः हे मेरो कौमका मानिसहरू ! यदि तिमीले अल्लाहमाथि ईमान राख्दछौ भने उसैमाथि भरोसा राख यदि तिमी आज्ञाकारी छौ ।

    [85] त तिनीहरूले भनेः कि हामी अल्लाहमाथि भरोसा राख्दछौ, हे हाम्रा पालनकर्ता ! हामीलाई अत्याचारीको परीक्षाको साधन नबनाऊ ।

    [86] र आफ्नो कृपाले काफिरहरूको सम्प्रदायबाट मुक्त गर ।

    [87] र हामीले मूसा र उनको भाइलाई वह्य पठायौं कि तिमी दुवैले आफ्नो मानिसहरूको निम्ति मिश्रमा केही घर बनाऊ, र आफ्ना घरहरूलाई किब्ला (मास्जिद) बनाऊ र नमाज पढ । र मोमिनहरूलाई शुभसन्देश सुनाइदेऊ ।

    [88] र मूसाले भनेः हे पालनकर्ता ! तिमीले फिरऔन र त्यसका नायकहरूलाई सांसारिक जीवनमा (प्रशस्त) शोभनीय सामग्री, धन सम्पत्ति दिएका छौ, हे पालनकर्ता ! यस्तो यसलागि कि तिम्रो सही बाटोबाट विचलित गरुन्, हे पालनकर्ता ! यिनीहरूका धन सम्पत्तिलाई नष्ट पारिदेऊ, र यिनीहरूको हृदयलाई कठोर बनाइदेऊ, जसबाट यिनीहरूले ईमान ल्याउन नपाउन् यहाँसम्म कि कष्टदायक सजाय देखुन् ।

    [89] अल्लाहले आदेश गर्नुभयोः कि तिमीहरूको प्रार्थना स्वीकार गरियो तसर्थ तिमीहरू दृढ रह र बुद्धिहीनहरूको बाटोमा नलाग ।

    [90] र हामीले बनी इस्राईलको सन्ततिलाई समुन्द्रपार गराइदियौं त फिरऔन र त्यसका सेनाले उनको पछि अत्याचार र अन्यायको इच्छाले हिंडे । यहाँसम्म कि जब ऊलाई डूबाउने संकट आइलाग्यो तब भन्न थाल्योः ‘‘मैले ईमान ल्याएँ जसमाथि बनी इस्राईलले ईमान ल्याएका छन् ऊ बाहेक कोही सत्य पूज्य छैन र म मुसलमानहरू मध्येबाट हूँ ।’’

    [91] (उत्तर आयो) अहिले विश्वास गर्दछौ हुनत तिमी पहिला आदेशको उल्लघंन गर्दथ्यौ र उपद्रवी थियौ ।

    [92] आज हामीले तिम्रो लाशको मात्र उद्धार गर्नेछौं, ताकि तिमी पछि आउनेको निम्ति पाठ होऊ । र वास्तविकता यो छ कि धेरैजसो मानिसहरू हाम्रा निशानीहरूबाट अनभिज्ञ छन् ।

    [93] र हामीले बनी इस्राईललाई बासको निम्ति राम्रो ठाउँको व्यवस्था गर्यौं, र खानाको निम्ति पवित्र कुराहरू प्रदान गर्यौं, तर तिनीहरूले ज्ञान आगमनको बावजूद विरोध गरे । निःसन्देह जुन कुरामा तिनीहरूले विवाद गरिराखेछन्, तिम्रो पालनहारले कियामतको दिन तिनीहरूमा ती कुराहरूको न्याय गर्नेछ ।

    [94] फेरि यदि तिमीलाई यस (किताबको) बारेमा, जुन हामीले तिमीलाई प्रदान गरेका छौं, केही सन्देह छ भने, जुन मानिसहरूले तिमीभन्दा पहिला (प्रदान गरिएका) किताबहरू पढ्छन्, तिनीहरूसित सोधिहाल, तिम्रो पालनहारको तर्फबाट तिमीलाई सत्य (किताब) आइसकेको छ, तसर्थ तिमी कहिले पनि शंका गर्नेहरूमध्यबाट नहुनु ।

    [95] र नत ती मानिसहरूमध्ये हुनु जसले अल्लाहका आयतहरूलाई झूठा भन्दछन् अन्यथा हानिमा पर्नेमध्ये हुनेछौ ।

    [96] निश्चयनै जुन मानिसहरूको बारेमा अल्लाहको आदेश निश्चित भइसकेछ, तिनीहरूले ईमान ल्याउने छैनन् ।

    [97] चाहे तिनीहरूको समीपमा प्रत्येक प्रकारको निशानी आइहालोस्, यहाँसम्म कि तिनीहरू कष्टदायक यातना देखुन ।

    [98] अनि यूनुसको समुदाय बाहेक कुनै बस्तीले ईमान ल्याएन, जबकि ईमान ल्याएबाट तिनलाई फाइदा हुन्थ्यो, हो (‘‘यूनुसको’’ कौमले) जब ईमान ल्यायो त हामीले दुनियाँको जिन्दगीमा तिनीहरूबाट तिरस्कारपूर्ण सजाय हटाइहाल्यांै, र एक अवधिसम्म सांसारिक लाभहरू उठाउने तिनीहरूलाई अवसर प्रदान गर्यौं ।

    [99] र यदि तपाईको पालनकर्ताले चाहेको भए, जति मानिसहरू पृथ्वीमा छन्, सबैले ईमान ल्याइसक्दथे । अतः के तपाई मानिसहरूमाथि जबरजस्ती गर्नुहुन्छ, तिनीहरू मोमिन नभएसम्म ।

    [100] हुनत कुनै व्यक्तिलाई सामथ्र्य छैन कि अल्लाहको आदेश बिना ईमान लाउन सकोस्, र बुद्धिहीन मानिसहरूलाई अल्लाहले (शिर्कको) फोहोरमा हालिदिन्छ ।

    [101] तपाई भनिदिनुस् कि आकाशहरू र पृथ्वीमा भएका सबै कुराहरू राम्रोसंग हेर । तर जुन मानिसहरू ईमान लाएका छैनन् निशानीहरू र चेतावनीबाट तिनीहरू लाभांवित हुने छैनन् ।

    [102] तसर्थ जुन प्रकारका घटनाहरू तिनीहरूभन्दा पहिलाका मानिसहरूमाथि बितिसकेका छन् त्यस्तै किसिमका घटनाहरूको प्रतीक्षामा यिनीहरू छन् । भनिदिनुस्ः कि ठीक छ तिमी पनि प्रतीक्षा गर, म पनि तिम्रो साथमा प्रतीक्षा गर्दछु ।

    [103] र हामीले आफ्ना पैगम्बरहरूलाई र ईमान ल्याएकाहरूलाई छुटकारा दिदै आइराखेका छौं । हाम्रो उत्तरदायित्व छ कि मुसलमानहरूलाई छुटकारा प्रदान गर्दैगरौं ।

    [104] तपाई भनिदिनुस्ः कि हे मानिसहरू ! यदि तिमीलाई मेरो धर्ममा कुनै प्रकारको शंका छ भने (सुनिराख कि) अल्लाह बाहेक जसको तिमीले पूजा गर्दछौ, म त्यसको पूजा गर्दिन, बरु म उस अल्लाहको पूजा गर्दछु जसले तिम्रो प्राण निकाल्नेछ, र मलाई यो आदेश भएको छ कि ईमान भएकामध्ये रहूँ ।

    [105] र यो कि आफ्नो मुख सँधै निष्ठापूर्वक इस्लाम धर्मतिर गरिराख्नु र मुश्रिकहरूमध्येको कहिले नहुनु ।

    [106] र अल्लाहलाई छाडि यस्तो कुनै कुराको उपासना नगर्नु जसले कि नत तिम्रो केही भलो गर्न सकोस् नत केही बिगार्न सकोस् । यदि त्यस्तो गर्छौ भने अत्याचारीहरूमध्येको हुनेछौ ।

    [107] र यदि अल्लाहले तिमीलाई कुनै कष्ट पुर्याउँछ भने उस बाहेक त्यसलाई कसैले हटाउन सक्दैन, र यदि उसले तिम्रो भलो गर्न चाहन्छ भने उसको कृपालाई कसैले रोक्न सक्दैन, उसले आफ्ना भक्तहरूमध्ये जसलाई चाहन्छ फाइदा पुर्याउँछ र ऊ बडो क्षमतादाता अत्यन्त दयालु छ ।

    [108] तपाई भनिदिनुस् कि हे मानिसहरू तिम्रो पालनकर्ताबाट तिम्रो छेउमा सत्य आइसकेको छ, तसर्थ जो मार्गदर्शन प्राप्त गर्न चाहन्छ, उसले पथप्रदर्शनबाट आफ्नै निम्ति भलो गर्दछ र जसले मार्गविचलनको बाटो अपनाउँछ उसले पथविचलनबाट आफ्नै नोक्सानी गर्दछ र म तिम्रो हाकिम होइन ।

    [109] र (हे पैगम्बर) तपाईलाई जुन आदेश पठाइन्छ त्यसको अनुशरण गर्दै जानुस् र (कष्टहरूमा) धैर्य गर्नुस्, यहाँसम्म कि अल्लाहले स्वयं फैसला गरिहालोस् । ऊ सबभन्दा राम्रो निर्णयकर्ता हो ।

    Surah 11
    हूद

    [1] अलिफ. लाम. रा. । यो यस्तो किताब हो जसका आयतहरू ठोस छन्, र बुद्धिमत्ता सम्पन्न सबै कुराको ज्ञाताको तर्फबाट स्पष्टरूपले व्याख्या गरिएको छ ।

    [2] यो कि अल्लाह बाहेक कसैको पूजा नगर । र म उसको तर्फबाट तिमीलाई सावधान गर्ने र शुभ सन्देश दिनेवाला हूँ ।

    [3] र यो कि आफ्नो पालनकर्तासित क्षमायाचना गर र उसैको सामु प्रायश्चित गर, उसले तिमीलाई एक निश्चित समयसम्म राम्रो जिन्दगी दिनेछ, र धेरै पुण्य गर्नेहरूलाई बढी प्रतिफल दिनेछ । र यदि तिमी विमुख हुन्छौ भने मलाई तिम्रो बारेमा किÞयामतको सजायको भय छ ।

    [4] तिमी (सबै) लाई अल्लाहतिरै (फर्केर) जानु छ र ऊ प्रत्येक कुरोमा सामथ्र्यवान छ ।

    [5] यादराख यिनीहरूले आफ्ना हृदयलाई आवरणले छोप्छन्, ताकि अल्लाहबाट त्यस भित्रको कुरा लुकाउन सकुन् । सुनिराख, जुन बेला यिनीहरू लुगामा बेरिएका हुन्छन् त्यतिबेला पनि तिनीहरूको लुकेको र प्रकट कुराहरू सबैको उसलाई ज्ञान हुन्छ, निःसन्देह ऊ हृदयभित्र भएका सबै कुराहरू जान्दछ ।

    [6] पृथ्वीमा हिलडुल गर्ने जे जति पनि प्राणीहरू छन् अल्लाहमाथि सबैको रोजी निर्भर छ । उही उनका बसोबास गर्ने ठाउँ जान्दछ । र तिनलाई सुम्पिने ठाउँ पनि । सबै थोक किताबमा स्पष्टरूपमा छन् ।

    [7] र उहि नै (अल्लाह) हो जसले आकाशहरू र पृथ्वीलाई ‘‘छ’’ ६ दिनमा बनायो र (त्यसबेला) उसको सिंहासन पानीमाथि थियो । (सृष्टिको उद्देश्य यो छ कि) उसले तिम्रो परीक्षा गरोस्, कि कर्मको दृष्टिले तिमीमध्ये को राम्रो छ । र यदि तपाई भन्नुहुन्छ कि मृत्यु पश्चात जीवित गरेपछि उठाइने छौ, भने काफिरहरूले जवाफ दिनेछन् कि यो त स्पष्टरूपले जादू हो ।

    [8] र यदि एक निश्चित अवधिसम्म हामीले तिनीहरूमाथिको सजाय रोक्थ्यौ त भन्ने छन्ः कि कुन कुराले सजायलाई रोकिराखेको छ । हेर, जुन दिन सजाय तिनीहरूमाथि आउनेछ त्यो सर्दैन र फेरि जुन कुराको उपहास गर्दै गरेका थिए त्यसले तिनलाई घेरिहाल्ने छ ।

    [9] र यदि हामीले मानिसलाई आफ्नो कुनै पुरस्कारको स्वाद चखाएर त्यसलाई वहाँबाट खोस्छौं भने त्यो (मानिस) धेरै निराश र कृतघ्न भइहाल्छ ।

    [10] तर यदि त्यसलाई दुःख पुगेपछि हामी आराम प्रदान गर्छौं भने प्रसन्न भई, भन्दछः कि सबै नराम्रा कुराहरू हामीबाट हटिसके । निःसन्देह त्यो खुशी हुने र धेरै आत्माप्रशंसक छ ।

    [11] हो, जसले धैर्य गरे र असल कर्म गरे । तिनै हुन् जसका लागि क्षमा र ठूलो प्रतिफल छ ।

    [12] संभवतः तिम्रो लागि उतारिएको अल्लाहका केही आदेश तिमीले छाडिदिन्छौ र यस कारणले तपाईको हृदय संकुचित हुन्छ कि काफिरहरूले भन्छन् कि उनीमाथि कुनै खजाना किन उतारिएन अथवा त्यसको साथमा कुनै फरिश्ता (स्वर्गदूत) किन आएन । (सुन्नुस्) तपाई त मात्र सावधान गर्नेवाला हौ र हरेक कुराको जिम्मेदारी अल्लाहमाथि छ ।

    [13] के यिनीहरूले भन्दछन् कि उसले ‘‘कुरआन’’ आफैले रचेको हो र भनिदिनुस्ः कि तिमीले पनि यस्तै दशवटा सूरहहरू रचेर ल्याऊ र अल्लाह बाहेक जसलाई चाहन्छौ आफ्नो साथमा बोलाएर ल्याऊ यदि तिमीहरू आफ्नो कुरामा साँचो छौ भने ।

    [14] फेरि यदि तिनीहरूले तपाईको कुरा स्वीकार गर्दैनन्, भने त जानिराख कि त्यो कुरआन अल्लाहको ज्ञानले प्रकट गरिएको हो, र यो कि त्यसबाहेक अरु कोही पूजनीय छैन, तसर्थ (हे मुश्रिकहरू) के तिमीले पनि इस्लाम स्वीकार गर्दछौ

    [15] जुन मानिसहरूले सांसारिक जीवन र यसका आकर्षक कुराहरूको लागि मरिमेटछन हामीले उनीहरूको सबै कर्महरूको प्रतिफल तिनीहरूलाई संसारमा नै दिन्छौ र यसमा हामीले कुनै कमी गर्दैनौं ।

    [16] यीनै ती मानिसहरू हुन् जसका निम्ति परलोकमा नर्कको आगो बाहेक अरु केही छैन, र जुन कर्म तिनीहरूले संसारमा गरे सबै बर्बाद भए, र जेजति तिनीहरूले गर्दैगरे सबै निरर्थक हुनेवाला छन् ।

    [17] के त्यो मानिस जसलाई आफ्नो पालनकर्ताको तर्फबाट स्पष्ट प्रमाण प्राप्तछ र उसपछि अल्लाहको तर्फबाट आएको साक्षी (जिबरील) पनि छ र त्योभन्दा पहिला मूसाको किताब मार्गदर्शक र वरदान आइसकेको होस्, (के यस्तो व्यक्ति पथभरष्ट हुन सक्दछ ?) यिनीहरू नै त्यसमाथि ईमान राख्दछन । र यिनी समुदायबाट जो यसको इन्कार गर्दछ, उसको अन्तिम बासस्थान (नर्कको) आगो हो । तसर्थ तिमीले यस (कुरआन) को सम्बन्धमा कुनै शंका नगर्नु, यो तिम्रो पालनकर्ताबाट आएको पूर्ण सत्य हो, तर अधिकांश मानिसहरूले ईमान ल्याउँदैनन् ।

    [18] यसभन्दा बढी अत्याचारीको होला जसले अल्लाहबारे असत्यकुरा गर्दछ । यस्ता मानिसहरू अल्लाहको सामु प्रस्तुत गरिनेछन् र सबै साक्षीहरूले भन्नेछन् कि यिनै मानिस हुन् जसले आफ्नो पालनकर्ताबारे झूठा कुरा भनेका थिए, खबरदार (सावधान) अत्याचारीहरूमाथि अल्लाहको धिक्कार छ ।

    [19] जुन मानिसहरू अल्लाहको मार्गबाट रोक्दछन् र त्यसमा वक्रता खोजिराखछन् तिनीहरू नै परलोक (आखिरत) को इन्कार गर्दछन् ।

    [20] यिनीहरूले न धर्तीमा अल्लाहलाई हराउन सकछन् र नत अल्लाह बाहेक कोही तिनीहरूको समर्थक हुनेछ । तिनीहरूलाई दोब्बर सजाय दिइनेछ, किनकि यिनीहरूले सुन्न सक्दैनथे र नत देख्न सक्दथे ।

    [21] यिनीहरू नै हुन् जसले कि आफूलाई हानिमा पारे, र यिनीहरूले मानी आएका सबै मनगढन्ते कुराहरू यिनीहरूबाट हरायो ।

    [22] निःसन्देह यिनीहरू नै परलोकमा सबैभन्दा धेरै हानि भोग्नेछन् ।

    [23] जुन मानिसहरूले ईमान ल्याए र सत्कर्म गरे र आफ्नो पालनकर्ताको अगाडि क्षमायाचना गरे, यिनै स्वर्गमा जानेहरू हुन्, र सधैं त्यसमा रहनेछन् ।

    [24] यी दुवै समुदाय (काफिर र मोमिन) को उदाहरण यस्तो छ, जस्तो एउटा अन्धा र बहिरा होस् र अर्को देख्ने सुन्ने, त के दुवैको अवस्था बराबर हुनसक्छ ? अनि तिमीले किन शिक्षा लिदैनौ ।

    [25] र हामीले ‘‘नूहलाई’’ उनको कौमतिर रसूल बनाएर पठायौं (उनले भने) कि मैले तिमीलाई खुल्लमखुल्ला सावधान गराउने आएको हूँ ।

    [26] कि तिमीहरू अल्लाह बाहेक कसैको पूजा नगर । मलाई तिम्रो बारेमा कष्टदायक सजाय हुने दिनको भय छ ।

    [27] अनि उनको समुदायका काफिरहरूको नायकहरूले भन्न थालेः कि हामीले तिमीलाई आफू जस्तै एउटा मानिसको रूपमा देख्छौं र यो पनि देख्छौं कि तिम्रा अनुयायीहरू तल्लो श्रेणीका मानिसहरू बाहेक कोही छैन जसले नजानी बुझीकन तिम्रो अनुयायी भएका छन् । हामीले त हामीहरूभन्दा तिमीमा केही बढी विशेषता देखेका छैनौं बरु तिमीलाई हामीले झूठा ठान्दछौं ।

    [28] नूहले भने कि हे मेरो सम्प्रदायका मानिसहरू, बताऊ यदि म आफ्नो पालनकर्ताबाट (स्पष्ट) प्रमाण राख्दछु र उसले मलाई आफ्नो तर्फबाट दया प्रदान गरेको छ, त्यो तिम्रो दृष्टिमा पर्दैन भने त के हामीले यसको निम्ति तिमीलाई बाध्य गरौं ? जबकि तिमी त्यसबाट अप्रसन्न छौ ।

    [29] र हे मेरो समुदायहरू ! म यस (सन्देश) बापत तिमीसित धनसम्पत्ति माँग्दिन, मेरो पुरस्कार त केवल अल्लाहको जिम्मामा छ, र ईमानवाला मानिसहरूलाई म लखेटन सक्दिनँ, तिनीहरू आफ्नो पालनकर्तासित साक्षातकार प्राप्त गर्नेवाला छन्, तर म तिमीहरूलाई अज्ञानतापूर्ण कार्य गरिराखेका देख्दछु ।

    [30] र हे मेरो कौमका मानिसहरू यदि मैले तिनीहरूलाई निकालिदिएँ भने अल्लाहबाट कसले मेरो मद्दत गर्न सक्दछ । के तिमी केही उपदेश ग्रहण गर्दैनौ ।

    [31] म तिमीसित यो भन्दिनँ कि मसित अल्लाहको खजाना छ र नत यो कि म अदृश्य कुरो जान्दछु र नत यो भन्छु कि म फरिश्ता हूँ र न तिनीहरूको बारेमा केही भन्दछु, जसलाई तिमीले हेलाको दृष्टिले हेर्दैछौ, कि अल्लाहले तिनीहरूलाई राम्रो प्रतिफल दिनेछैन । जुन उनका हृदयमा छन्, त्यसलाई अल्लाह जान्दछ । यदि म यस्तो भन्छु भने निःसन्देह अत्याचारीहरूमध्येको हुनेछु ।

    [32] सम्प्रदाय वालाले भनेः कि हे नूह ! तिमीले हामीसँग धेरै विवाद गर्यौ यदि तिमी साँचो हौ भने जुन कुरोबाट हामीलाई तर्साइराखेका छौ त्यो हाम्रो अगाडि लिएर आऊ ।

    [33] नूह (अलैस्सिलाम) ले भने कि यसलाई त अल्लाहले चाहे भने मात्र ल्याउन सक्छ र तिमीले उसलाई कुनै प्रकारले विवश गर्न सक्दैनौ ।

    [34] र यदि म चाहन्छु कि तिम्रो भलो गरूँ र अल्लाह यो चाहन्छ कि तिमीलाई मार्गविचलित गरोस् त मेरो शुभेक्षा तिमीलाई कुनै फाइदा पुर्याउन सक्दैन । उही नै तिम्रो पालनकर्ता हो र तिमीलाई उसैतिर फर्किजानु पर्नेछ ।

    [35] के यिनीहरूले भन्दछन्ः कि यसलाई पैगम्बर आफैले बनाइहालेको छ त भनिदिनुस्ः कि यदि मैले आफैले यसलाई बनाएको छु भने त्यसको अपराध ममाथि छ र जुन अपराध तिमीहरूले गर्दछौ त्यसको जिम्मेवारीबाट म मुक्त छु ।

    [36] नूहमाथी प्रकाशना (वह्य) गराइयो कि तिम्रो कौममा जसले ईमान ल्याएका छन्, तिनीहरू बाहेक अरु कोही ईमान ल्याउने छैन, तसर्थ जुन काम यिनीहरूले गरिराखेका छन त्यसको कारणले दुःखी नहुनु ।

    [37] र एउटा डुङ्गा हाम्रो आँखा अगाडी हाम्रो आदेशानुसार निर्माण गर र जुन मानिसहरू अत्याचारी छन्, तिनीहरूको बारेमा हामीसित केही नभन्नु किनभने तिनीहरू अवश्य नै डुबाइने छन् ।

    [38] तसर्थ नूहले डुङ्गा निर्माण गर्न शुरू गरिहाले । र जब उनको कौमका नाइकेहरू उनको छेउबाट जान्थे त उनको उपहास गर्दथे । उनी भन्थेः ‘‘कि यदि तिमीले हाम्रो उपहास गर्छौ भने, जुन रूपमा यो उपहास गर्दछौ त्यसतै कुनै समयमा हामीले पनि तिम्रो हाँसो गर्नेछौं ।’’

    [39] तिमीलाई शीघ्र थाहा हुनेछ, कि कसमाथि सजाय आउँछ जसले कि उसलाई अपमानित गर्नेछ, र उसमाथि सधैं सजाय भइराख्नेछ

    [40] यहाँसम्म कि जब हाम्रो आदेश आइपुग्यो र मूल फुट्नलाग्यो हामीले भन्यौं त्यस डुङ्गामा हर किसिमको जान्दारका एक जोडा (नर र नारी) बसालिहाल, र आफ्नो घरका मान्छेहरूलाई पनि तिनीहरू बाहेक जसमाथि अल्लाहको आदेश पूर्ण भइसकेको छ र सबै ईमानवालाहरूलाई पनि, र उनीसँग ईमान ल्याउनेहरू निकै कम थिए ।

    [41] नूहले भनेः ‘‘यस डुङ्गामा बसिहाल, अल्लाहको नामले यो हिंड्छ र रोकिन्छ । निःसन्देह मेरो पालनकर्ता ठूलो क्षमादाता, र दयालु छ ।’’

    [42] त्यस डुङ्गाले तिनीहरूलाई लिएर पहाड जस्ता अग्ला छाल वा तरुङ्गहरूमा हिंड्न थाल्यो । त्यसबेला नूहले आफ्नो छोरालाई, जो अलग एउटा छेउमा थियो, भनेः कि हे मेरो प्यारो छोरो ‘‘हाम्रो साथमा सवार भइहाल, र काफिरहरूमा शम्मिलित नहोऊ ।’’

    [43] उसले भन्योः ‘‘कि म कुनै पहाडमाथि चढीहाल्छु जसले मलाई पानीबाट बचाइहाल्छ !’’ उहाँले भनेकिः ‘‘आज अल्लाहको अजाबबाट कोही पनि बचाउनेवाला छैन, उसबाहेक जसमाथि अल्लाहको कृपा हुन्छ ।’’ यसैबीच दुवैको बीचमा त्यतिखेरै छाल आएर अवरोध बनिहाल्यो र त्यो पनि डुबिनेमध्येको भइहाल्यो ।

    [44] आदेश दिइयोः ‘‘हे पृथ्वी आफ्नो पानी सोसिहाल र हे आकाश रोकिहाल,’’ अनि त्यतिखेरै पानी रोकियो र सबै काम समाप्त गरियो र डुङ्गा जूदि पहाडमा गई अडिहाल्यो र भनियोः ‘‘कि अन्यायीहरूमाथि तिरस्कार (लानत) होस् ।’’

    [45] नूहले आफ्नो पालनकर्तालाई पुकारे र भनेः ‘‘कि हे पालनकर्ता मेरो छोरा पनि मेरै परिवारमध्येको हो । निःसन्देह तिम्रो वचन पूर्ण सत्य छ र तिमी सबैभन्दा राम्रो हाकिम हौ ।’’

    [46] अल्लाहले आदेश दियोः ‘‘कि हे नूह ! निःसन्देह ऊ तिम्रो परिवारबाट होइन, उसको काम पूर्णरूपले गलत छ, तिमीले कदापि त्यो वस्तु माँग्नु हुँदैन, जसको तिमीलाई पूर्ण ज्ञान छैन । म तिमीलाई उपदेश गर्दछु कि तिमी मूर्खहरूमध्येबाट नहोऊ ।’’

    [47] नूहले भनेः मेरो पालनकर्ता ! म तिमीसँग शरण माँग्दछु ती कुराहरूको सम्बन्धमा प्रश्न गर्नेबारेमा जसको कि मलाई ज्ञान छैन । यदि तिमीले मलाई क्षमा गर्दैनौ र ममाथि दया गर्दैनौ भने, म ठूलो हानिमा पर्नेछु ।’’

    [48] आदेश भयोः ‘‘कि नूह (डुङ्गाबाट) तल झरिहाल, हाम्रो तरफबाट शान्ति र तिमी र तिम्रो साथका अन्य साथीहरूमाथि अनुग्रह हुनेछ ! र अनेक यस्ता समुदाय हुनेछन् जसलाई हामीले (संसारका) आनन्दहरू प्रदान गर्नेछौं, तर तिनीहरूलाई हाम्रो तर्फबाट कष्टदायक सजाय पुग्नेछ ।

    [49] यी (समाचारहरू) अदृश्यका खबरहरू हुन् जुन कि हामीले तपाईतिर वह्यमार्फत पठाउँदछौ र तिनको जानकारी यसभन्दा अगाडि न तपाईलाई थियो नत तपाईको समुदायलाई । तसर्थ धैर्य गर्नु, किन भने अन्तिममा परिणाम अल्लाहसित डर्नेहरूको राम्रो हुन्छ ।

    [50] र हामीले आद समुदायतिर तिनीहरूकै भाइ हूदलाई पठायौं । उनले भनेः कि हे मेरो समुदायका मानिसहरू ! अल्लाहकै उपासना गर, उसबाहेक तिम्रो अरु कोही सत्य पूजनीय छैन । तिमीहरू (ऊ सित अरुलाई दाँजेर) मात्र जालझेल गर्दैछौ ।’’

    [51] हे मेरा कौमका मानिसहरू ! म यस (सन्देश) बापत तिमीसित कुनै पारिश्रमिक माँग्दिन । मेरो पुरस्कार त उसको जिम्मामा छ, जसले मलाई सृष्टि गरेको छ । अनि के तैपनि तिमीले यो कुरा बुझ्दैनौ ।

    [52] हे मेरो समुदायका मानिसहरू तिमी आफ्नो पालनकर्तासित आफ्नो पापको लागि क्षमायाचना गर, अनि उसको अगाडि प्रायश्चित गर । जसबाट उसले तिमीमाथि आकाशबाट मुसलधारे पानी वर्षाउँने बादल पठाई तिम्रो शक्तिमा अझै शक्तिको बृद्धि गर्नेछ । र तिमी पाप गर्दै विमुख नहोऊ ।

    [53] तिनीहरूले भनेः, ‘‘हे हूद ! तिमीले हाम्रो सामु कुनै स्पष्ट प्रमाण ल्याएनौ र हामीले (मात्र) तिम्रो भनाईको भरमा नत आफ्ना देवताहरूलाई छाड्ने छौं नत तिमीमाथि विश्वास गर्नेछौं ।’’

    [54] अपितु हामीले त यो ठान्दछौं कि हाम्रो कुनै देवताले तिमीलाई नराम्रो असर पारिदिएको छ । उनले भनेः ‘‘कि म अल्लाहलाई साक्षी राखेर भन्दछु र तिमी पनि साक्षी बन’’ कि जसलाई तिमीले अल्लाहको साझेदारी ठहर्याउँछौ, मेरो तिनीहरूसँग कुनै सम्बन्ध छैन ।

    [55] अर्थात (जसको अल्लाह बाहेक पूजा गर्दछौ,) तिमी सबै मिलेर मेरो विरुद्धमा जे षड्यन्त्र गर्न चाहन्छौ गरिहाल, र यसमा मलाई कुनै अवकाश नदेऊ ।

    [56] म अल्लाहमाथि, जो मेरो र तिम्रो सबैको पालनकर्ता हो, भरोसा गर्दछु । पृथ्वीमा रहेका सबै प्रणीहरूको टाउको उसैले थामेको छ । निःसन्देह मेरो पालनकर्ता सत्य बाटोमा छ ।

    [57] यदि तिमी विमुख हुन्छौ भने जुन सन्देश मेरो हातबाट तिमीतिर पठाइएको छ, त्यो मैले तिमीलाई पुर्याइसकेको छु, र मेरो पालनकर्ताले तिम्रो ठाउँमा अरु मानिसहरूलाई ल्याई स्थापित गर्नेछ, र तिमीले अल्लाहको केही नोक्सानी गर्न सक्दैनौ । मेरो पालनकर्ता त प्रत्येक कुरामाथि संरक्षक छ ।

    [58] र जब हाम्रो आदेश आइपुग्यो, त हामीले ‘‘हूदलाई’’ र उनको मोमिन साथीहरूलाई आफ्नो कृपाले बचाइहाल्यौं, र तिनीहरूलाई गम्भीर सजायबाट मुक्त गर्यौं ।

    [59] यो आदको समुदाय थियो, जसले अल्लाहका निशानीहरूलाई इन्कार गरे, र उसका रसूलहरूको आज्ञा उल्लंघन गरे, र प्रत्येक अहंकारी र अटेरीको भनाई माने ।

    [60] र यस संसारमा पनि उनीहरू तिरस्कृत रहे र कियामतको दिनमा पनि तिनीहरूको साथमा तिरस्कार हुनेछ । हेरः ‘‘आद समुदायले’’ आफ्नो पालनकर्तासित कुफ्र गरे । सुनिराख हूदको जाति आदमाथि धिक्कार छ ।

    [61] र ‘‘समूद’’ को समुदायतिर तिनीहरूको भाइ ‘‘सालेहलाई’’ (पठायौं) त उनले भनेः ‘‘हे मेरो कौमका मानिसहरू ! तिमी अल्लाहकै पूजा गर उस बाहेक तिम्रो अरु कोही सत्य पूजनीय छैन, उसैले धर्तीबाट तिम्रो उत्पात गर्यो र त्यसैमा स्थापित गर्यो, तसर्थ ऊसित क्षमायाचना गर र उसको अगाडि प्रायश्चित गर । निःसन्देह मेरो पालनकर्ता नजिक पनि छ र (प्रार्थनालाई) स्वीकार गर्नेवाला (पनि) छ ।’’

    [62] तिनीहरूले भनेः हे ‘‘सालेह’’ ! यसभन्दा अगाडि हामीले तिमीबाट धेरै आशा गर्दथ्यौं । के तिमीले हामीलाई ती कुराहरूको पूजाबाट मनाही गर्दछौ, जुन हाम्रा पूर्वजहरूले गर्दै आएका हुन् ? र जुन कुरातिर तिमीले हामीलाई आह्वान गर्दछौ, यसमा हामीलाई गम्भीर शंका छ ।’’

    [63] सालेहले भनेः ‘‘हे मेरो कौम ! यस कुरातिर विचार गर कि यदि मसँग आफ्नो पालनकर्ताको स्पष्ट प्रमाण छ र उसले मलाई आफ्नो तर्फबाट रहमत प्रदान गरेको छ, र फेरि मैले अल्लाहको आदेश उल्लंघन गरें भने उसको अगाडि कसले मेरो सहायता गर्नेछ ? तिमीले त मेरो हानिमा वृद्धि गरिरहेका छौ ।’’

    [64] र हे मेरो समुदायका मानिसहरू ! यो अल्लाहको ऊँटनी तिम्रो निम्ति पठाइएको एउटा चमत्कार हो तसर्थ यसलाई छाडिदेऊ, ताकि अल्लाहको पृथ्वीमा चरोस् र त्यसलाई कुनै प्रकारको दुःख नदिनु, अन्यथा तिमीलाई शीघ्र नै सजाय आइसमात्ने छ ।

    [65] तैपनि तिनीहरूले त्यसको घँुडाको नसा काटेर मारिहाले, अनि सालेहले भनेः ‘‘कि आफ्ना घरहरूमा तीन दिनसम्म आनन्द लिइहाल । (त्यसपछि तिम्रो अन्त हुनेछ) यो वचन असत्य होइन ।’’

    [66] फेरि जब हाम्रो आदेश आइहाल्यो तब हामीले सालेह र उनको साथमा ईमान ल्याएकाहरूलाई आफ्नो कृपाले बचाइहाल्यौं, र त्यस दिनको तिरस्कारबाट पनि । निःसन्देह तिम्रो पालनकर्ता एकदम बलियो र सर्वशक्तिमान छ ।

    [67] र अत्याचारीहरूलाई शक्तिशाली विस्फोटले समातिहाल्यो अनि तिनी आफ्नै घरहरूमा घोप्टो परिरहे ।

    [68] यसरी जस्तो कि तिनीहरू कहिल्यै त्यसमा बसेकै थिएनन् । सुनिराखः ‘‘कि समूद समुदायले आफ्नो पालनकर्तालाई इन्कार गरे ।’’ सुनिराखः कि समूदजाति तिरस्कृत भए ।’’

    [69] र हाम्रा फरिश्ताहरू इब्राहीमको सामु शुभसन्देश लिएर पुगे र ‘‘सलाम’’ भने उनले पनि जवाफमा ‘‘सलाम’’ भने । र एकछिन पनि बित्न नपाउँदै इब्राहीमले एउटा पोलिएको बाछो ल्याए ।

    [70] तर जब उनले देखे कि तिनीहरूका हात अगाडि बढिराखेका छैनन् त उनले तिनीहरूलाई अपरिचित ठानेर मनमा डरको अनुभव गर्न लागे । (स्वर्गदूतले) भने कि नडर्नुस्, हामी त ‘‘लूतको’’ कौमतिर पठाइएका हौं ।

    [71] र उनको (इब्राहीमकी) श्रीमती (नजिकै) उभेकी थिइन् हाँस्न थालिन्, त हामीले तिनलाई इस्हाकको र इस्हाकपछि यअ्कूबको (जन्महुने) शुभसमाचार दियौं ।

    [72] तिनले भनिन्ः मलाई अफसोचको कुरा छ ! के मैले बच्चा जन्म दिनेछु ? म त बृद्धा हूँ र यिनी मेरो पति पनि बृद्ध छन् । यो त साह्रै आश्चर्य लाग्दो कुरा हो ।

    [73] तिनीहरूले भनेः, ‘‘के तिमीलाई अल्लाहको इच्छामा आश्चर्य लाग्दछ ?’’ हे यस घरका मानिसहरू ! तिमीमाथि अल्लाहको कृपा र उसका वरदानहरू छन् । त्यो प्रशंसाको योग्य र गौरवपूर्ण छ ।

    [74] जब इब्राहीमको हृदयबाट डर समाप्त भयो र उनलाई शुभसन्देश पनि प्राप्त भइहाल्यो त ‘‘लूतको’’ कौमको बारेमा हामीसित कुराकानी गर्नथाले ।

    [75] निःसन्देह इब्राहीम निकै धैर्यधारी, दयावान र (अल्लाहतर्फ) अति झुक्नेवाला थिए ।

    [76] हे इब्राहीम यस कुरामा नलाग । तिम्रो पालनकर्ताको आदेश आइपुगेको छ । र निःसन्देह तिनीहरूमाथि नहट्ने दण्ड आउनेछ ।

    [77] जब हाम्रा फरिश्ताहरू (स्वर्गदूतहरू) ‘‘लूतको’’ छेउमा पुगे त उनी त्यसबाट धेरै दुःखी भए र मनैमनमा असजिलो मान्दै भन्न थाले कि आजको दिन बडो गाह्रो दिन छ ।

    [78] र लूतको कौमका मानिसहरू उनीतर्फ दौडेर आए । र यिनीहरू अघि देखिनै अश्लीलकर्म गर्ने गर्थे । लूतले भनेः ‘‘कि हे मेरो कौमका मानिसहरू यी मेरो छोरीहरू हुन् जो तिम्रा निम्ति पवित्र छिन्, तसर्थ अल्लाहसित डर र मेरा पाहुनाहरूको बारेमा मलाई अपमानित नगर । के तिमीहरूमध्ये कोही पनि भलो मान्छे छैन

    [79] तिनीहरूले भनेः, ‘‘तिमीलाई राम्ररी थाहा छ कि हामीलाई तिम्रो छोरीहरूको कुनै हक–अधिकार छैन, र जुन हाम्रो वास्तविक उद्देश्य छ त्यससित तिमी राम्ररी अवगत छौ ।’’

    [80] लूतले भनेः काश ! ममा तिमीसँग मुकाबिला गर्ने शक्ति भइदिए अथवा मैले कुनै बलियोको शरणमा भइदिएको भए (राम्रो हुने थियो) ।

    [81] अब फरिश्ताहरूले भनेः ‘‘हे लूत ! हामी तिम्रो पालनकर्ताले पठाएका फरिश्ताहरू हौं । यी मानिसहरू कहिल्यै पनि तिम्रो समीपमा पुग्न सक्ने छैनन्, तसर्थ रातको केही भाग बाँकी रहँदा तिम्रो स्वास्नी बाहेक, आफ्ना घरवालालाई लिएर बाहिर निस्किहाल, र तिमीमध्ये कुनै पनि व्यक्तिले, पछाडितिर नहेर्नु । किन भने यसलाई पनि त्यही आउनेवाला छ जो यी सबैसम्म पुग्ने छ । यिनको (अजाबको) निर्धारित समय प्रातः हो र के प्रातः नजिक छैन ?’’

    [82] तसर्थ जब हाम्रो आदेश आयो, त हामीले त्यस बस्तीलाई, माथिको भाग तल गरिदियौ, र तिनीहरूमाथि पत्र–पत्र गरी ढुङ्गा बर्सायौं ।

    [83] ती सबै ढुङ्गामाथि तिम्रो पालनकर्ताको तर्फबाट निशान लगाइएको थियो र त्यो (शहर मक्काको) अत्याचारीहरूबाट केही टाढा पनि छैन ।

    [84] र मदयनतिर उनको भाइ ‘‘शुऐबलाई’’ पठायौं, त उनले भनेः ‘‘हे मेरो समुदाय ! अल्लाहकै उपासना गर, उस बाहेक अरु कोही सत्य पूजनीय छैन । र नाप तौलमा पनि कमी नगर । मैले त तिमीलाई समृद्ध देख्दछु र मलाई तिम्रो बारेमा एउटा यस्तो दिनको सजायको भय छ जुन तिमीलाई आएर घेरिहाल्छ ।’’

    [85] र हे मेरो कौम ! नाप र तौल न्यायपूर्णरूपले गर्दैगर र मानिसहरूलाई तिनीहरूको कुराहरूमा कमी नगर र पृथ्वीमा उपद्रव र उत्पात नमचाऊ ।

    [86] अल्लाहद्धारा हलाल भनिएको जे छ तिम्रो लागि धेरै राम्रो छ, यदि तिमी ईमानवाला हौ । र म तिमीमाथि संरक्षक होइन ।

    [87] तिनीहरूले जवाफ दिए हे शुऐब ! ‘‘के तिम्रो नमाजले तिमीलाई यो आदेश दिन्छ कि जसलाई हाम्रा पूर्वजहरूले पूज्दै आएका छन्, हामीले तिनलाई छडिदिऔं, र आफ्नो सम्पत्तिबाट जुन काम हामी लिन चाहन्छौ त्यो गर्न पनि छडिदिऔं, । तिमी त साह्रै कोमल हृदयका र सत्यनिष्ठ मानिस हौ ।’’

    [88] उनले भनेः ‘‘कि हे मेरो कौम ! हेर, त यदि मसँग आफ्नो पालनकर्ताबाट स्पष्ट प्रमाण प्राप्त छ भने, र उसले मलाई आफ्नो तर्फबाट पवित्र जीविका दिएको छ । र म चाहन्न कि जुन कुरोबाट तिमीलाई मनाही गर्छु स्वयम् मैले नै त्यो गर्न थालूँ । मत जहाँसम्म हुनसक्छ (तिम्रो) सुधार चाहन्छु । र मेरो क्षमता अल्लाहकै कृपाले छ, म उसैमाथि भरोसा राख्दछु र उसैतिर प्रवृत्त हुन्छु ।’’

    [89] र हे मेरो कौमका मानिसहरू ! कतै मेरो विरोध तिमीलाई त्यस्तो सजायको हकदार नबनाओस् जुन नूहको कौम वा हूदको कौम वा सालेहको कौमलाई भएको थियो । र लूतको कौम त तिमीबाट केही टाढा छैन ।

    [90] तिमी आफ्नो पालनकर्तासित क्षमा माँग र उसको अगाडि प्रायश्चित गर । निश्चितरूपमा मेरो पालनकर्ता दयावान (र) माया गर्नेवाला छ ।

    [91] तिनीहरूले भनेः हे शुऐब ! तिम्रा धेरै जसो कुराहरू हामीले बुझ्दैनौं र हामीले देख्दछौ तिमी धेरै कमजोर पनि छौ, र यदि तिम्रो खानदानको ख्याल नभएको भए हामीले तिमीलाई ढुङ्गा हानेर नष्ट पारिदिन्थ्यौं, र तिमीलाई हामीविरुद्घ शक्ति पनि छैन ।

    [92] उनले भनेः कि ‘‘हे मेरो कौमका मानिसहरू ! के मेरो दाजुभाइहरूको सम्मान तिम्रो लागि अल्लाहभन्दा धेरै छ, र यसकारण तिमीले उसलाई आफ्नो पछाडि राखेका छौ । निःसन्देह मेरो पालनकर्ताले त तिम्रा सम्पूर्ण क्रियाकलापलाई घेरेको छ ।’’

    [93] र हे मेरो कौमका मानिसहरू तिमी आफ्नो ठाउँमा काम गर्दै जाऊ, म (आफ्नो ठाउँमा) गर्दै जान्छु । तिमीलाई छिट्टै थाहा भइहाल्नेछ कि तिरस्कारपूर्ण सजाय कसमाथि आउँछ र झूठा को छ ? तिमी प्रतीक्षा गर, म पनि तिम्रो साथमा प्रतीक्षा गर्छु ।

    [94] र जब हाम्रो सजाय आईपुग्यो, त हामीले ‘‘शुऐबलाई’’ र ती मानिसहरू जसले उनको साथमा ईमान लाएका थिए, आफ्नो कृपाले बचाइहाल्यौं र जो अत्याचारी थिए तिनलाई प्रचन्ड विस्फोटनले आफ्नो चपेटामा लिइहाल्यो, जसलेगर्दा तिनीहरू आफ्नो घरमा लम्पसार परिहाले ।

    [95] यस्तो कि त्यसमा कहिल्यै बसेकै थिएनन् । जानिराखः कि ‘‘मदयन’’ माथि त्यस्तै तिरस्कार छ, जुन प्रकारको तिरस्कार ‘‘समूद’’ माथि थियो ।

    [96] र निःसन्देह हामीले मूसालाई आफ्ना निशानीहरू र स्पष्ट प्रमाण दिएर पठाएका थियौं ।

    [97] फिरऔन र उसका नायकहरूतिर, तर तिनीहरूले फिरऔनकै आदेशलाई माने, र फिरऔनको कुनै आदेश ठीक थिएन ।

    [98] उसले कियामतको दिन आफ्नो कौमको अघि–अघि हिंडेर तिनीहरूलाई नर्कमा लग्नेछ, र जुन ठाउँमा तिनीहरू लगिनेछन् त्यो अत्यन्तै नराम्रो छ ।

    [99] यिनीहरूलाई त यस संसारमा पनि तिरस्कार छ, र कियामतको दिन पनि । उनलाई नराम्रो पुरस्कार प्राप्त हुनेछ ।

    [100] यी (पुराना) बस्तीहरूका संक्षिप्त वर्णनहरू हुन्, जुन हामीले तिमीसित वर्णन गर्दछौं यीमध्ये केही बाँकी छन् र केही तहस–नहस भइहाले ।

    [101] र हामीले तिनीहरूमाथि कुनै अत्याचार गरेका होइनौं बरु तिनीहरूले आफै आफूमाथि अत्याचार गरेका हुन्, जब तिम्रो पालनकर्ताको आदेश आइपुग्यो त जुन देवताहरूलाई तिनीहरूले अल्लाह बाहेक पुकार्दथे तिनीहरू उनीहरूको कुनै पनि काम आएनन् । अपितु उनीहरूको नोक्सानी नै बढाइदिए ।

    [102] तिम्रो पालनकर्ताले जब उल्लंघन गर्ने बस्तीहरूलाई समात्छ त उसको पकड यसै प्रकारको हुन्छ । निःसन्देह उसको पकड कष्टदायक (र) कठोर छ ।

    [103] निःसन्देह यसमा ती व्यक्तिहरूको निम्ति, जो कि आखिरतको दिन सजायसित डराउँछन् एउटा पाठ छ । यो त्यो दिन हुनेछ जसमा सबै मानिसहरू एकत्रित गरिनेछन् र यहि त्यो दिन हुनेछ जसमा सबै (हिसाब–किताबको लागि) उपस्थित गरिनेछन् ।

    [104] र हामीले त्यसलाई ल्याउनमा निर्धारित समयसम्म विलम्ब गरिराखेका छौ ।

    [105] जुन समय त्यो दिन आउनेछ, कुनै व्यक्ति अल्लाहको आदेशबिना बोल्न पनि सक्ने छैन । अनि तिनीहरूमा केही अभागी हुनेछन् र केही भाग्यवान ।

    [106] त जो अभागी हुनेछन् तिनीहरू नर्कमा हालिनेछन् त्यसमा उनीहरू विलाप गर्नेछन् र कराउन्छन् ।

    [107] (र) जबसम्म आकाश र पृथ्वी छन् तिनीहरू सधैं त्यसमा रहनेछन् तर जति तिम्रो पालनकर्ताले चाहन्छ त्यति बाहेक । निःसन्देह तिम्रो पालनकर्ताले जे चाहन्छ त्यो गरिहाल्छ ।

    [108] र जो वरदानप्राप्त हुनेछन्, तिनीहरू स्वर्गमा हुनेछन् जबसम्म आकाश र पृथ्वी छन् सधैं यसैमा रहनेछन्, तर जति तिम्रो पालनकर्ताको इच्छा हुन्छ । यो पुरस्कार हो जुनकि कहिल्यै समाप्त हुनेछैन ।

    [109] यसर्थ तपाई यस्ता कुराहरूबाट कुनै शंकामा नपर्नुस यी मानिसहरू जसको पूजा गर्दछन्, यिनीहरूले यसै प्रकारले पूजा गर्दछन्, जुन प्रकारले पहिला यिनका पूर्वजहरूले गर्दै आएका छन् । र हामी तिनीहरूलाई तिनीहरूको भाग पूर्णरूपले केही नघटाई नबढाई दिनेवाला छौं ।

    [110] र निःसन्देह हामीले मूसालाई किताब प्रदान गर्यौं, तब त्यसमा विवाद गरियो र यदि तिम्रो पालनकर्ताको तर्फबाट एउटा कुरा अघिनै नभइसकेको भए तिनीहरूको बीचमा नै निर्णय गरिहालिन्थ्यो र तिनीहरू त यसमा ठूलो शंकामा परेका छन् ।

    [111] निःसन्देह प्रत्येकले जब उनको सामु जानेछ तब तपाईको पालनकर्ताले सबैलाई तिनीहरूको क्रियाकलापको पूरा–पूरा प्रतिफल दिनेछ । निःसन्देह जुन क्रियाकलाप यिनले गर्दछन् ऊ त्यसलाई जान्दछ ।

    [112] तसर्थ (हे पैगम्बर !) तपाईलाई जस्तो आदेश दिइएकोछ तपाई र तपाईको साथ प्रायश्चित गरिसकेका मानिसहरूले दृढ रहनु, र सीमाभन्दा अगाडि नजाऊ, उसले तिम्रा सारा क्रियाकलाप देखिराखेको छ ।

    [113] हेर जो अत्याचारीहरू छन् उनीहरूतिर कदापि प्रवृत्त नहोऊ, नत्र नर्कको आगोले तिमीलाई पनि समातिहाल्छ, र अल्लाह बाहेक तिम्रो कोही संरक्षक छैन र कोहीबाट मद्दत प्राप्त हुनसक्ने छैन ।

    [114] दिनको दुवै भागमा (प्रातः र सन्ध्या) नमाज पढ्ने गर, र रातीको केही बेलामा पनि । निःसन्देह सत्कर्महरूले गुनाहहरूलाई खतम पारिदिन्छन् । यो तिनीहरूको निम्ति पाठ हो जो पाठ स्वीकार गर्नेवाला छन् ।

    [115] तपाईले धैर्यधारण गरिराख्नुस् निश्चय नै अल्लाह सत्कर्मीहरूको प्रतिफल खेर फाल्दैन ।

    [116] तसर्थ जुन कौम तिमीभन्दा अघि बितिसकेका छन्, तिनीहरूमा यस्ता बुद्धिमानी किन भएनन्, जसले कि मुलुकमा उपद्रव हुनबाट रोक्दथे, हो, केही (थिए), जसलाई हामीले तिनीहरूमध्येबाट बचायौं र जो अत्याचारी थिए, यिनै कुराको पछाडि लागिरहे, जसमा कि तिनीहरूलाई आनन्द र विलासिता दिइएको थियो, र तिनीहरू अपराधी थिए ।

    [117] र तिम्रो पालनकर्ता यस्तो छैन कि, कुनै बस्तीलाई अकारण नष्ट गरिहालोस्, जब कि त्यहाँका बासिन्दाहरू सुकर्ममा लागिरहुन् ।

    [118] यदि तिम्रो पालनकर्ताले चाहेको भए थुप्रै मानिसहरूलाई एउटै बाटोमा एउटै समूह बनाउने थियो तर तिनीहरूले सँधै विवाद गरिराख्ने नै छन् ।

    [119] तर ती बाहेक जसमाथि तपाईको पालनकर्ताले कृपा गरोस् र यसैले उसले यिनीहरूलाई सृष्टि गरेको छ, र तिम्रो पालनकर्ताको यो वचन पूरा भइसकेको छ, कि म नर्कलाई जिन्न र मानिसहरूबाट भरिदिनेछु ।

    [120] हे (मुहम्मद !) पैगम्बरहरूका ती सबै कुराहरू हामीले तपाई सामु तपाईको मनको शाँतिको लागि वर्णन गर्दछौं, तपाईसम्म यो सूरः (अंश) मा पनि सत्य पुगिसक्यो जुन मोमिनहरूको निम्ति उपदेश र पाठ हो ।

    [121] र जुन मानिसहरूले ईमान ल्याएका छैनन्, तिनीहरूलाई भनिदिनुस् कि तिमी आफ्नो ठाउँमा कर्म गर्दै जाऊ, हामी आफ्नो ठाउँमा गर्ने गर्दछौं ।

    [122] र तिमी पनि प्रतीक्षा गर, हामी पनि प्रतीक्षा गर्दछौं ।

    [123] आकाशहरू र पृथ्वीमा अदृश्य कुराहरूको ज्ञान अल्लाहलाई नै छ, र थुप्रै कुराहरू उसैतिर निर्णयको लागि फर्कन्छन् तसर्थ उसैको पूजा गर, र उसैमाथि भरोसा राख, र जे जति तिमीले गरिराखेका छौ तिम्रो पालनकर्ता त्यसबाट अनभिज्ञ छैन ।

    Surah 12
    यूसुफ

    [1] अलिफ–लाम–रा, यो स्पष्ट ग्रन्थका आयतहरू (श्लोकहरू) हुन् ।

    [2] निःसन्देह हामीले यस कुरआनलाई अरबीमा उतारेका छौं ताकि तिमीले बुझ्न सक ।

    [3] हामी तपाई सामु सर्वोत्कृष्ट बृतान्त प्रस्तुत गर्दछौं, यस कारण कि हामीले तपाईतिर यो कुरआन वह्यको माध्यमबाट उतारेकाछौं र निःसन्देह यसभन्दा अगाडि तपाई अज्ञानहरूमध्येका हुनुहुन्थ्यो ।

    [4] जब यूसुफले आफ्नो पितासँग भने कि बुबा ! मैले (सपनामा) एघारा ताराहरू, र सूर्य र चन्द्र देखेको छु कि तिनीहरूले मलाई ढोगिराखेका छन् ।

    [5] यअ्कूबले भने प्यारो छोरा ! आफ्नो यस सपनाको चर्चा आफ्ना दाजुभाइहरूसँग नगर्नु, नत्र तिनीहरू तिम्रो लागि षड्यन्त्रपूर्ण चाल चल्नेछन् । कुनै सन्देह छैन कि शैतान मानिसको स्पष्टरूपमा शत्रु हो ।

    [6] र यसै प्रकार अल्लाहले तिमीलाई विशेष रूपमा रोज्नेछ, र सपनाको अर्थको ज्ञान गराउनेछ, र जुन किसिमले उसले आफ्नो वरदान अघि तिम्रो बाजे–बराजु, इब्राहीम तथा ‘‘इस्हाक’’ लाई प्रदान गरेको थियो, त्यसै प्रकारले तिमीमाथि र यअ्कूबको सन्ततिलाई पनि प्रदान गर्नेछ । निःसन्देह तिम्रो पालनकर्ता (सर्व) ज्ञाता र तत्वदर्शी छ ।

    [7] हो, यूसुफ र तिनका दाजुभाइहरूमा सोध गर्ने मानिसहरूका निम्ति धेरै निशानीहरू छन् ।

    [8] जब तिनीहरूले (आपसमा) चर्चा गरेः कि यूसुफ र उनको भाइ पितालाई हामीभन्दा धेरै प्रिय छन् । हुन त हामीहरू शक्तिशाली जत्तथा छौं, निश्चय नै हाम्रा पिता ठूलो भ्रममा हुनुहुन्छ ।

    [9] तसर्थ यूसुफलाई त मारिहाल वा कुनै अज्ञात ठाउँमा फालिहाल, जसबाट तिम्रो पिताज्यूको ध्यान मात्र तिमीतिर हुनेछ, र यस पश्चात तिमी राम्रो अवस्थामा भइहाल ।

    [10] तिनीहरूमध्ये एउटाले भन्योः ‘‘कि यूसुफको ज्यान नमार, बरु गहिरो इनारमा फालिदेऊ यसरी कि कुनै बटुवाले निकालेर लैजाओस् । यदि तिमीले गर्नुछ भने यसरी नै गर ।’’

    [11] भन्न थालेकिः ‘‘पिताज्यू ! के कारण छ कि हजुरले यूसुफको बारेमा हामीलाई विश्वास गर्नुहुन्न, जबकि हामी उसका शुभचिन्तक हौं ।’’

    [12] भोलि उसलाई खूबै आनन्द गर्न, खेल्न र खानपीन गर्न हाम्रो साथमा पठाइदिनुस् । हामी उसको सुरक्षाको जिम्मेवार छौं ।

    [13] यअ्कूब (अलैहिस्सलाम)ले भनेः ‘‘कि यो कुरा मलाई दुःखी तुल्याइदिन्छ कि तिमीहरूले उसलाई लग, र मलाई यो पनि डर छ, कि तिम्रो असावधानीबाट उसलाई ब्वाँसोले खाइदिनेछ ।

    [14] तिनीहरूले भने कि हाम्रो शक्तिशाली उपस्थितिमा पनि यदि उसलाई ब्वाँसोले खायो भने त हामी पूर्ण बेकम्मा हुनेछौं ।

    [15] फेरि जब तिनीहरूले उनलाई लगे, र सबै एकमत भए कि उनलाई एउटा एकान्तको गहिरो इनारमा हालिदियौ, त हामीले यूसुफ (अलैस्सिलाम) तिर त्यही सन्देश पठायांै कि एक समय यस्तो आउँनेछ कि तिमीले तिनीहरूसित यसको बारेमा भन्नेछौ र तिनीहरूलाई तिम्रो बारेमा कुनै ज्ञान हुनेछैन ।

    [16] तिनीहरू रातिको समयमा पिताको समीपमा रुँदै आए ।

    [17] र भन्नथालेः ‘‘कि पिताज्यू ! हामी त परस्पर दगुर्नुमा एक अर्कासित अगाडि हुनुमा लागिहाल्यौं, र यूसुफलाई आफ्नो सामानको नजिकमा छाड्दियौं, अनि ब्वाँसोले उसलाई खाइहाल्यो हाम्रो कुरालाई तपाईले पत्याउनुहुन्न, जबकि हामीले सत्य भनिराखेका छौं ।

    [18] र यूसुफको कमिजमा झूठो रगतको दागपनि लगाएर ल्याएका थिए । पिताले भने यो होइन, बरु तिमीहरू आफैंले मनगढन्ते कुरा बनाएर ल्याएका छौ । त राम्रो धैर्य नै उचित छ र जे तिमीले भनिराखेका छौ त्यस सम्बन्धमा अल्लाहबाट नै मद्दत चाहिन्छ ।

    [19] एउटा यात्रुहरूको समूह आयो, र तिनीहरू पानी लिने मान्छे पठाए । त्यसले इनारमा बाल्टी हाल्यो र भन्यो आहा ! कति राम्रो भाग्य । यो त एउटा केटो रहेछ र त्यसलाई एउटा मूल्यवान सम्पत्ति ठानेर उनीहरूले लुकाइहाले र जेजति तिनीहरूले गर्दथे अल्लाहलाई सबै थाहा थियो ।

    [20] र उसलाई उनीहरूले सानो मूल्यमा केही दिरहमहरूमा बेचीहाले, तिनीहरूको त यूसुफको बारेमा केही चाहना थिएन ।

    [21] र मिस्रको जुन व्यक्तिले उनलाई किन्यो, त्यसले आफ्नो स्वास्नीसित, भन्यो कि यसलाई, आदर र सम्मानपूर्वक राख । धेरै संभव छ यसले हाम्रो भलो गरोस् अथवा हामीले यसलाई आफ्नो छोराको रूपमा स्वीकार गरिहालौं । यस प्रकार हामीले यूसुफलाई (मिस्रको) धर्तीमा स्थान प्रदान गर्यौं, र उद्देश्य यो थियो कि हामीले उनलाई सपनाका कुराहरूको अर्थ सिकाऔं । र अल्लाह आफ्नो काममा सर्वशक्ति सम्पन्न छ, तर धेरै मानिसहरू जान्दैनन् ।

    [22] र जब उनले आफ्नो वयस्क अवस्था प्राप्त गरे, तब हामीले उनलाई शक्ति र ज्ञान प्रदान गर्यौं, र असल कर्म गर्नेहरूलाई हामीले यस्तै किसिमले पुरस्कार प्रदान गर्ने गर्दछौं ।

    [23] तर जुन स्त्रीको घरमा यूसुफ बस्दथे, उसले आफूतिर आकृष्ट गर्न खोजी र ढोका थुनि भन्नथाली (यूसुफ !) छिटो आऊ । उनले भने कि अल्लाहले, शरण प्रदान गरोस्, उही मेरो पालनकर्ता हो, उसले मलाई राम्ररी राखेको छ निःसन्देह अत्याचारी मानिसहरू कहिल्यै सफलता प्राप्त गर्दैनन् ।

    [24] र त्यस स्त्रीले उत्सुकतापूर्वक उनको कामना गरी र उनले पनि त्यसको इच्छा गरिहाल्थे यदि उनले आफ्नो पालनकर्ताको निशानी नदेखेको भए । यस्तो यसकारणले कि हामीले उनलाई नराम्रो र लज्जाजनक कुरोबाट टाडा राख्न सकौं । निःसन्देह ऊ हाम्रो विशिष्ट सेवकहरूमध्येको थियो ।

    [25] दुवै ढोकातिर दगुरे र ती महिलाले उनको कमिज पछाडिबाट समाती च्यातिहाली, र दुवैको ढोकानिर ती स्त्रीको पतिसित भेट भइहाल्यो, अनि भन्नथाली कि जुन मानिसले तिम्रो स्वास्नीप्रति यस्तो नराम्रो भावना राख्दछ, उसको दण्ड यो छ कि उसलाई कैद गरियोस् अथवा अरु कुनै दुःखपूर्ण सजाय दिइयोस् ।

    [26] यूसुफले भनेः यस स्वास्नी मानिसले नै मलाई आफूतिर बहकाउन खोजेको थियो र सोही महिलाको आफन्तहरूमध्ये एकजना गवाहले यो भन्योः कि यदि उसको कमिज अगाडिबाट च्यातिएको छ भने यो साँचो छे र यूसुफ झूठ बोल्ने हो ।

    [27] र यदि कमिज पछाडिबाट च्यातिएको छ भने यो स्त्री झूठो (छे) र यूसुफ साँचो हो ।

    [28] तसर्थ जब उसले देख्योः कि कमिज पछाडिबाट च्यातिएको छ, तब उसले भन्योः कि यो तिम्रै षडयन्त्र हो र सन्देह छैन तिमी आईमाईहरूको चालबाजी ठूलो हुन्छ ।

    [29] यूसुफ ! यस कुराको तिमी वास्ता नगर र स्त्री ! तिमी आफ्नो दुष्कर्मको निम्ति क्षमायाचना गर, निःसन्देह दोष तिम्रो नै छ ।

    [30] र शहरमा आईमाईहरूले कुरा गर्न थालिन् कि ‘‘अजीजकी’’ स्वास्नी आफ्नो युवा दासलाई आफूतिर प्रवृत्त गर्न चाहन्छिन्, र यूसुफको माया उसको हृदयलाई गहिरो रूपमा प्रभावित गरिसकेको छ । हामीले देख्दछौ कि त्यो सरासर मार्गविचलित भइराखेकी छे ।

    [31] उसले (जुलेखाले) जब यी आईमाईहरूको मक्कारीको कुरा सुन्यो, तब उनलाई बोलाउन सन्देश पठायो, र उनको लागि बैठकको आयोजना गर्याे, र हरेकलाई एउटा एउटा छुरी दियो, र भन्यो कि हे यूसुफ उनको सामुन्ने आऊ, जब आईमाईहरूले देखिन् त आश्चर्यचकित भइन् र आफ्नो हात काटिहालिन् । र उनीहरूले भनिन् कि अल्लाह धन्य छ ! यो मनुष्य होइन, अवश्य कुनै मर्यादित स्वर्गदूत हो ।

    [32] अनि अजीजे मिस्रकी पत्नीले भनी, यो त्यही हो जसको बारेमा तिमीहरूले मलाई दोष लगाउँदैथ्यौ र निःसन्देह मैले उसलाई आफूतिर प्रवृत्त गर्न खोजेको हो, तर यो विचलित भएन र यदि यसले त्यो काम गर्दैन जुन मैले यसलाई भनें त यो बन्दी बनाइनेछ र अपमानित हुनेछ ।

    [33] यूसुफले प्रार्थना गरे कि हे मेरो पालनकर्ता ! जुन कामतिर यिनीहरूले मलाई बोलाइराखेछिन् त्यसको सट्टामा मलाई कैद स्वीकार छ, र एकदम यदि तिमीले मबाट उनीहरूको षड्यन्त्र हटाएनौ भने म तिनीहरूतिर प्रवृत्त भइहाल्नेछु र अज्ञानीहरूमध्येको भइहाल्नेछु ।

    [34] अनि अल्लाहले उनको प्रार्थना स्वीकार गरिहाल्यो, र उनीबाट आईमाईहरूको जाल समाप्त गरिहाल्यो । निःसन्देह ऊ सुन्ने (र) जान्नेवाला छ ।

    [35] तर यसको बावजूद कि तिनीहरूले धेरै निशानीहरू देखिसकेका थिए तैपनि उनीहरू यसै कुरामा सहमत भएकि केही दिनको लागि कैदमा नै राखियोस् ।

    [36] र उनको साथमा अरु दुई युवकहरू पनि जेलमा प्रवेश गरे । तिनीहरूमध्ये एउटाले भन्यो कि मैले सपना देखेको छुः कि म मदिराको निम्ति अंगूर निचोरिराखेको छु । अर्कोले भन्योः कि मैले पनि सपना देखेको छु मैले आफ्नो टाउकोमा रोटीहरू बोकेको छु र पंक्षीहरूले त्यसबाट खाइराखेका छन् । तसर्थ हामीलाई यसको अर्थ भनिदिनुस् किनभने हामीले तपाईलाई असल मानिसको रूपमा देखिराखेका छौं ।

    [37] यूसुफले भनेः कि जुन खाना तिमीलाई प्राप्त हुनेवाला छ, त्यो आउनुभन्दा अगाडि नै मैले तिमीलाई त्यसको अर्थ र वास्तविकता भनिदिनेछु । यी ती कुराहरूमध्येका हुन्, जुन मेरो पालनकर्ताले मलाई सिकाउनु भएको छ । जुन मानिसहरू अल्लाहमाथि विश्वास गर्दैनन् र परलोकको दिनलाई नकार्दछन्, मैले तिनीहरूको धर्म छोडिसकेको छु ।

    [38] र आफ्ना पुर्खाहरू, ‘‘ईब्राहीम’’ र ‘‘इस्हाक’’ र ‘‘यअ्कूबको’’ धर्मको अनुयायी हूँ । हामीलाई उचित छैन, कि कुनै कुरालाई अल्लाहको साथमा दाँजौं । यो अल्लाहको अनुकम्पा हो, हामीमाथि पनि र अरु मानिसहरू माथि पनि, तर धेरै मानिसहरूले आभार प्रकट गर्दैनन् ।

    [39] मेरो जेलमा बस्ने साथीहरू ! के कैयौं पूज्यहरू (हुनु) राम्रो हुन्छ वा एक अल्लाह जो महान् र सर्वशक्तिमान छ ।

    [40] जुन कुराहरूलाई तिमीले अल्लाह बाहेक पूजा गर्दछौ तिनीहरू मात्र नाम हुन्, जुन तिमीले र तिम्रा पुर्खाहरूले नामाकरण गरिहालेका छौ । किनभने अल्लाहले तिनीहरूको कुनै प्रमाण पठाएको छैन । सुनिराख कि अल्लाह बाहेक अरु कसैको सत्ता छैन । उसले आदेश गरेको छ, कि उस बाहेक कसैको पूजा नगर, यही सोझो धर्म हो तर धेरै मानिसहरू जान्दैनन् ।

    [41] मेरा जेलका साथीहरू हो ! तिमीमध्ये एउटा त आफ्नो मालिकलाई मदिरा खुवाउन नियुक्त हुनेछ र जुन दोस्रो छ त्यसलाई फाँसिमा झुण्ड्याइने छ र पंक्षीहरूले उसको टाउको लुछेर खानेछन् । जुन कुरा तिमीले मसित सोध्दैछौ त्यसको निर्णय भइसकेको छ ।

    [42] र दुवै मानिसहरूमध्येबाट जसको बारेमा (यूसुफले) ठानेका थिए कि त्यसले मुक्ति पाइहाल्नेछ, उससित उनले भने कि आफ्नो मालिकसँग मेरो चर्चा पनि गर्नु, तर शैतानले उसलाई आफ्नो राजासँग उनको चर्चा गर्न भुलाइदियो, र यूसुफ कैयौं वर्ष जेलमा नै रहीरहे ।

    [43] र राजाले भने कि मैले (सपना देखेको छु), कि सातवटा मोटी गाईहरू छन् जसलाई सातवटा दुब्ली गाईहरूले खाइराखेका छन्, र अन्नका सातवटा हरिया बाली छन् र (सात) सुकेका । हे दरवारीहरू ! यदि तिमीहरू सपनाहरूको अर्थ भन्न सक्छौ भने मलाई मेरो सपनाको अर्थ बताऊ ।

    [44] उनले भने, यी त अन्यौलमा पार्ने सपनाहरू हुन्, र हामीलाई यस्ता सपनाहरूको अर्थ आउँदैन ।

    [45] अहिले त्यो मानिस जुन दुई कैदिहरूमध्येबाट छुटकारा पाइसकेको थियो र जसलाई एउटा अन्तराल पश्चात त्यस कुराको स्मरण भयो, उसले भन्यो कि म, तपाईलाई यसको अर्थ बताउँछु । मलाई (कारागारमा) जाने अनुमति दिुनस् ।

    [46] (त्यो यूसुफको समीपमा आयो र भन्न थाल्यो) यूसुफ ! हे सत्यनिष्ठ हामीलाई (यस सपनाको अर्थ) भन्नुस् कि सातवटा मोटी गाइहरूलाई सातवटा दुब्ली गाईहरूले खाईराखेका छन् र सातवटा बालीहरू हरिया छन् र सातवटा सुकेका जसबाट म मानिसहरूको समीपमा गई अर्थ भनू, हुनसक्छ कि तिनीहरूले जानुन् ।

    [47] यूसुफले भनेः कि तिमीहरूले सात वर्षसम्म लगातार खेती गर्दै रह, अनि बाली काटेर बालीसमेत रहनदिनु केही अन्न बाहेक जुन तिमीले खान्छौ ।

    [48] अनि यस पश्चात सात वर्षसम्म अत्यन्त गम्भीर अनिकाल आउनेछ यसमा जुन अनाज तिमीले जम्मा गरेर राखेका छौ, तिनीहरूले त्यो सबै खानेछन्, मात्र त्यही अलिकति बाँकी रहनेछ जुनकि तिमीले जतनले राखिरहने छौ ।

    [49] अनि यस पश्चात एक वर्ष यस्तो आउनेछ कि जसमा निकै बृष्टि हुनेछ र मानिसहरू त्यसबाट (अंगूर समेतको) धेरै रस निचोर्नेछन् ।

    [50] (यो अर्थ सुनेर) राजाले आदेश दियोः ‘‘कि यूसुफलाई मेरो पासमा ल्याऊ ।’’ जब सन्देशबाहक उनको पासमा गयो त उनले भनेकि आफ्नो मालिकको सामु फर्केर जाऊ र तिनीसित सोध कि ती आईमाईहरूको वास्तविक हाल के छ, जसले कि आफ्ना हात काटेका थिइन् । निःसन्देह मेरो पालनकर्ता तिनीहरूको षड्यन्त्रलाई राम्ररी जान्दछ ।

    [51] राजाले महिलाहरूसित सोध्योः कि त्यसबेलाको सत्य घटना के थियो, जब तिमीहरूले यूसुफलाई आफूतिर आकृष्ट गर्न चाह्यौ । सबैले भने कि ‘‘अल्लाहले हाम्रो संरक्षण गरुन्’’ हामीले यूसुफमा कुनै नराम्रो कुरो पाएनौं । अनि अजीजकी स्वास्नीले पनि भनिन् अब त साँचो कुरा प्रकट भइसकेको छ, मैले नै उसलाई आफूतिर प्रवृत्त गर्न चाहेको थिएँ र ऊ निःसन्देह साँचोहरूमध्येको हो ।

    [52] (यूसुफले भनेकि) यो यसकारण (सोधेको हो) की अजीजलाई विश्वास होस् कि मैले उसको अनुपस्थितिमा उसप्रति विश्वासघात गरेको छैन र यो पनि कि अल्लाह जाल रची दुष्टकर्म गर्नेहरूलाई सफल हुन दिंदैन ।

    [53] (यूसुफले भने) म आफ्नो पवित्रताको बखान गर्दिन, निःसंकोच यो भन्न सक्छु कि मनले त नराम्रो कुरालाई वढ़ावा दिने गर्दछ । तर मेरो पालनकर्ताले दया गरेमा कुरो बेग्लै हुन्छ । वस्तुतः मेरो पालनकर्ता धेरै दया गर्नेवाला र ज्यादै कृपा गर्नेवाला छ ।

    [54] राजाले आदेश दियो ‘‘उसलाई मेरो नजिक ल्याऊ’’ कि म उसलाई आफ्नो खास कार्यको लागि नियुक्त गरुँला । फेरि बादशाहले (राजाले) जब उनीसंग कुराकानी गरे, त्यसपछि बादशाहले भन्यो ‘‘तपाई म कहाँ आजैदेखि प्रतिष्ठित र सम्मानित हुनुहुन्छ’’ ।

    [55] यूसुफले भने, तपाईले मलाई राष्ट्रको ढुकुटीपाल नियुक्त गर्नुहोस् म त्यसलाई रक्षा गर्नेवाला तथा त्यसबाट चनाखो रहुँला ।

    [56] यसरी मैले यूसुफलाई राष्ट्रको अख्तियारी दिएँ उनी जहाँ पनि चाहे अनुसार रहन र गर्न सक्ने भए । म जसलाई चाहन्छु त्यसलाई आफ्नो दया पुर्याइदिन्छु । म राम्रो कार्य गर्नेवालाको राम्रोपनालाई त्यसै खेर जान दिन्न ।

    [57] निःसन्देह ईमानदार र डर मान्नेवालाहरूको अन्तिम पुण्य अत्यन्त वेश छ ।

    [58] यूसुफको दाजुभाइ आए र यूसुफनिर गए अनि उनले उनीहरूलाई चिने, तर तिनीहरूले चिन्न सकेनन् ।

    [59] जब उनले तिनीहरूलाई सामग्री प्रदान गर्नु भयो त भन्नु भयो ‘‘तिमी आफ्नो भाइलाई पनि ल्याऊ जुन तिम्रो पिताबाट छ । के तिमीले देखेनौ ? कि म पूरा नापजोख गरी दिन्छु र म राम्रो आतिथ्य सत्कार पनि गर्दछु ।

    [60] फेरि यदि तिमीहरूले उसलाई मेरो नजिक ल्याएनौं भने तब तिमीहरूलाई मेरो तर्फबाट केही खाद्यान्न मिल्दैन बरु तिमीहरू मेरो नजिक कदापि नआउनु ।

    [61] उनीहरूले भनेः कि ठीक छ हामी उसको पितालाई यसबापत राजी गर्नेछौं र पूरा प्रयत्न गरौंला’’ ।

    [62] र आफ्ना सेवकहरूलाई भन्नु भयो ‘‘कि यिनीहरूको रकम र सामान बोराहरूमा राखिदिनु, कि जब उनीहरू आफ्नो घरपरिवारमा पुगुन् र त्यसलाई चिनुन् तब धेरै सम्भव छ कि तिनीहरू फर्केर आउन् ।

    [63] जब उनीहरू फर्केर आफ्नो पितानिर पुगे, अनि भन्न थालेः, कि पिताजी हाम्रो लागि खाद्यान्न सामग्री रोकिदिइएको छ । त्यसकारण हाम्रो भाइलाई हाम्रो साथ जान दिनुस्, त्यसबाट हामीलाई खाद्यान्न सामग्री मिलोस् । र हामी उसको पूरा सुरक्षा गर्नेछौं ।

    [64] यअ्कूबले भनेः कि मलाई यसबापत तिम्रो बस त्यस्तै विश्वास छ जस्तो यसभन्दा अगाडि उसको दाजुको बारेमा थियो । तर अल्लाह नै सबैभन्दा राम्रो संरक्षक छ, र त्यो सबै दयावानभन्दा असीम दयालु छ ।

    [65] जब उनीहरूले आफ्नो सामान खोले, तब आफ्नो रकम त्यहीँ रहेको पाए, जुन उनीहरूलाई नै फर्काइदिइएको थियो । भन्न थाले हे पिता जी ! अब हामीलाई अरु के चाहिन्छ ? हेर्नुस हाम्रो आफ्नो रकम पनि फर्काइदिइएको छ । हामी आफ्नो घर परिवारको लागि खाद्यान्य ल्याउने छौं, र आफ्नो भाइको सुरक्षा गर्नेछौं । र एक ऊँटभरी खाद्यान्न बढ़ी ल्याउनेछौं । र यो ल्याउन धेरै सजिलो छ ।

    [66] यअ्कूबले भने ! मैले त कुनै पनि हालतमा उसलाई तिम्रो साथ पठाउँदिन, जबसम्म कि तिमी अल्लाहलाई बीचमा साक्षी राखी वाचा गर्दैनौं, कि तिमीले उसलाई मेरो पास (सुरक्षित) पुर्याईदिने छौं, यो अर्काे कुरो हो कि तिमीहरू सबै समातिने छौ । (अतः) जब उनीहरूले पक्का वाचा दिए, तब उनले भने कि म जुन कुरो भन्दछु त्यसमाथि अल्लाह नै संरक्षक छ ।

    [67] र (यअ्कूबले) भन्नु भयोः हे मेरा पुत्रहरू ! तिमी सबै एउटै ढोकाबाट नजानु बरु बेग्लाबेग्लै ढोकाबाट प्रवेश गर्नु । म अल्लाहको तर्फबाट आउने कुनै पनि चिजलाई तिमीहरूबाट हटाउन सक्तिन । हुकुम मात्र अल्लाहको चल्दछ । मेरो पूर्ण भरोसा उसै माथि छ, हरेक भरोसा गर्नेवालालाई उसैमाथि भरोसा गर्नुपर्दछ ।

    [68] जब तिनीहरूले त्यही बाटोबाट जसको आदेश उनको पिताले उनलाई दिएका थिए गए । केही पनि यस्तो थिएन कि अल्लाहले जुन कुरो निश्चित गरिदिएको छ त्यो उसबाट उसलाई अलिकति पनि बचाउन सकोस् । परन्तु यअ्कूबको मनमा यो बिचार आयो, जसलाई उसले पूरा गर्यो । निःसन्देह ऊ मैले सिकाएको ज्ञानको ज्ञाता थियो, परन्तु साधारणतया मानिसहरू जान्दैनन् ।

    [69] यिनीहरू सबै जब युसूफको नजिक पुगे तब उसले आफ्नो भाइलाई आफ्नो नजिक बसाल्यो, र भन्योः ‘‘कि म तिम्रो भाइ (यूसुफ) हूँ,’’ पुनः भने यिनीहरूले जे पनि गरेका छन् त्यसमाथि दुःख नगर ।

    [70] फेरि जब उनलाई उनको सामान तथा रकमहरू ठिक ठाक गरी दिनुभयो, तब आफ्नो भाइको झोलामा पानी खाने भाडो राखिदिनुभयो, फेरि एउटा बोलाउने मान्छेले कराएर भन्योः समूह वालाहरू हो ! तिमीहरू त चोर हौ ।

    [71] उनीहरूले उनीतर्फ मुख पल्टाएर भने कि तिम्रो कुन वस्तु हराएको छ

    [72] उत्तर दिइयो कि ‘‘शाही पैमाना हराइसकेको छ । जसले त्यसलाई ल्याइदिन्छ त्यस व्यक्तिलाई एउटा ऊँटको भार बराबर खाद्यान्न मिल्नेछ, यस प्रतिज्ञाको म जमानती हूँ ।

    [73] उनीहरूले भनेः अल्लाहको कसम ! तिमीलाई पूर्ण ज्ञात छ कि हामी यस राष्ट्रमा झैं झगडा फैलाउनको लागि आएका होइनौं, र न हामी चोर हौं ।

    [74] उनले भने अब बताऊ, ‘‘चोरको दण्ड के हुन्छ ?’’ यदि तिमी झूठो छौ ।

    [75] उत्तर दिए कि जसको थैलाबाट पैमाना (अङ्गखोरा) प्राप्त हुनेछ उही नै त्यसको भरपाई हुनेछ । हामी त यस्ता दुष्टहरूलाई यस्तै दण्ड दिन्छौं ।

    [76] तब यूसुफले उनीहरूको सामानको खानातलाशी प्रारम्भ गरे, आफ्नो भाइको सामान खानतलाशी गर्नुभन्दा पहिला, त्यसपछि त्यस पैमानालाई आफ्नो भाइको सामानबाट बरामद गरे । हामीले (अल्लाह) यूसुफको लागि यस्तै युक्ति निकालें । त्यस राजाको राजकीय कानून अनुसार उहाँ आफ्नो भाइलाई राख्न सक्तैनथे । परन्तु यदि यो अल्लाहलाई स्वीकार भयो भने, हामीले, (अल्लाह) जसलाई चाहान्छौं त्यसको मर्यादा बढाइदिन्छौं । प्रत्येक ज्ञातामाथि अर्को ज्ञानवान हुन्छ ।

    [77] उनीहरूले भने कि यदि उसले चोरी गर्यो भने (कुनै आश्चर्यको कुरा होइन) त्यसभन्दा अगावै उसको दाजुले पनि चोरी गरिसकेको छ यूसुफले यस कुरालाई आफ्नो मुटुमै राखिलिए र त्यस कुरालाई उनको अगाडि बिल्कुलै प्रकट गरेनन्, भनेः कि तिमी खराब ठाँउमा छौ, र जुन तिमी बयान गर्दछौ उसलाई अल्लाह नै सूक्ष्मरूपले बेस्सरी जान्दछ ।

    [78] उनीहरूले भनेः हे अजीजे मिश्र (यूसुफ !) उसको पिता लामो उमेरको निकै पाको वृद्ध व्यक्ति हुनुहुन्छ तपाई यसको सट्टा हामीमध्येबाट कसैलाई लिई लिनुहोस् हामी देख्दछौ कि तपाई धेरै पवित्रआत्मा हुनुहुन्छ ।

    [79] यूसुफले भने कि मैले जससँग आफ्नो वस्तु पाएको छुं उस वाहेक कसैलाई गिरफ्तारी गर्नाले अल्लाहको आज्ञा उल्लघंनबाट बच्न चाहन्छु । यदि यस्तै गरेको भए म निःसन्देह अन्यायकारी हुनेछु ।

    [80] जब यसबाट उनी निराश भए, तब एकान्तमा बसेर सल्लाह गर्न लागे त्यसमध्ये जो सबैमा जेष्ठ थियो त्यसले भन्यो’’ तिमीलाई थाहा छैन कि पिताले तिमीबाट अल्लाहको कसम लिएर पुनः प्रतिज्ञा गराएका छन्, र त्यसभन्दा अगाडि यूसुफको बारेमा तिमी भूल गरिसकेका छौ । फेरि म त्यस राष्ट्रबाट जाँदिन जब सम्मकि पिताजी आफै मलाई इजाजत नदिउन, वा अल्लाह नै मेरो बारेमा फैसला गरोस् । त्यो नै असल फैसला गर्नेवाला हो ।

    [81] तिमी सबै पिताजीको सेवामा फिर्ता वापस जाऊ र भनः ‘‘कि पिताजी ! तपाईको पुत्रले चोरी गर्यो र हामीले त्यही गवाही दिएका थियौ जुन हामीलाई थाहा थियो हामीलाई आन्तरीक कुरो ज्ञात थिएन’’ ।

    [82] तपाई त्यस नगरका नगरवासीहरूसित सोधपूछ गरीलिनुहोस् जहाँ हामी थियौं र त्यस समूहसित पनि सोधिलिनुहोस् जससँग हामी आएका छौं र वस्तुतः हामी बिल्कुलै सत्यनिष्ठि छौं ।

    [83] (यअ्कूबले) भने यो त होइन, कि तिमीहरूले आफ्नो तर्फबाट कुरो बनायौ । फेरि अब धैर्य नै वेश हुनेछ नजिक छ कि अल्लाह उनी सबैलाई मेरो नजिक नै पुर्याइदेओस् निःसन्देह त्यो अति ज्ञानी र कौशल सम्पन्न छ ।’’

    [84] फेरि उनीबाट आफ्नो मुख फर्काइलिए, र भनेः हाय यसुफ ! हार्दिक शोक र दुःखको कारण उनका आँखा एकदमै सेतो भइसकेका थिए र उनी शोकलाई थिचिराखेका थिए ।

    [85] छोराहरूले भनेः अल्लाहको शपथ ! तपाईं सदैंव यूसुफको सम्झनामै लागि रहनुहुनेछ । यहाँसम्म कि तपाई जीर्ण हुनुहुनेछ अथवा समाप्त भई जानु हुनेछ ।

    [86] उहाँले भन्नु भयोः कि, मैले त आफ्नो शोक र कठिनाईको अल्लाहसँग पुकार गरिरहेको छुँ, मलाई अल्लाहको तर्फबाट त्यो कुरो ज्ञात छ, जुन तिमीलाई थाहा छैन ।

    [87] मेरा प्यारा पुत्रहरू ! तिमी जाऊ र यूसुफलाई र उसको भाइलाई पूर्णरूपेण खोज गर । र अल्लाहको अनुकम्पाबाट निराश नबन, निश्चितरूपले पालनकर्ताको अनुकम्पाबाट उनै निराश हुन्छन् जो काफिर हुन्छन् ।

    [88] फेरि यिनीहरू जब यूसुफनिर पुगे, अनि भन्न थालेः ‘‘हे अजीज ! हामीलाई र हाम्रो परिवारलाई दुःख पुगेको छ, हामी सानो पूँजी लिएर आएका छौं, हामीलाई पूरै खाद्यान्न नापिदिनुस्, र हामीमाथि दान गर्नुहोस्, अल्लाह दान गर्नेवालाहरूलाई राम्रो फल दिन्छ ।

    [89] यसुफले भने जान्दछौ ? तिमीले यसुफ र उसको भाइको साथ आफ्नो अज्ञानताको अवस्थामा के गरेका छौ

    [90] उनीहरूले भनेः के तिमी नै यूसुफ हौ । उत्तर दियो कि हो म नै यूसुफ हूँ र यो मेरो भाइ हो, अल्लाहले हामीमाथि दया गरेको छ, कुरो यो छ कि जो पनि धैर्य धारण गर्छ र सहनशिलता ग्रहण गर्छ, त अल्लाह कुनै पुण्यकारकलाई पुरस्कारबाट वञ्चित गर्दैन ।

    [91] उनीहरूले भनेः अल्लाहको कसम, अल्लाहले तिमीलाई हामीभन्दा उच्चदर्जा प्रदान गरेको छ, र यो कि हामी नै अपराधी थियौं ।

    [92] उत्तर दिए ‘‘आज तिमीमाथि कुनै दोषारोपण छैन अल्लाह तिमीहरूलाई क्षमागरोस्, ऊ सबै दयालुभन्दा ठूलो दयावान छ ।’’

    [93] मेरो यो कमिज तिमी लैजाऊ र त्यसलाई मेरो पिताको मुखमाथि राखीदेऊः कि उनी हेर्न लागुन्, र आफ्नो सबै सन्ततिलाई मेरो नजिक लिएर आऊ ।

    [94] जब यो समह अलग भयो (प्रस्थान गर्यो) तब उनको पिताले भन्नु भयो मलाई त यसुफको सुगन्ध आइरहेको छ, यदि तिमीले मलाई कर्तब्य विमुढ़ नभन्ने हौ भने ।

    [95] उनीहरूले भन्न थालेः अल्लाह कसम तपाई आफ्नो उही पूरानो कल्पनामै मग्न हुनुहुन्छ ।

    [96] जब शुभसन्देश दिनेहरू पुगेर उनको मुखमाथि त्यो ‘‘कमिज’’ हालिदिए त्यसै बेला उनका आखाँ ज्योतिमय भए, उनले भने ! के म तिमीसित भन्दैन्थें कि म अल्लाहको तर्फबाट त्यो कुरो जान्दछु जुन तिमीलाई थाहा छैन ।

    [97] उनीहरूले भनेः ‘‘पिताजी ! हाम्रो अपराध क्षमाको लागि (अल्लाहसंग) प्रार्थना गर्नुस् निःसन्देह हामी कसूरवार छौं ।

    [98] भनेः ‘‘म छिटै तिम्रो लागि आफ्नो अल्लाहबाट क्षमादान माँगूला । ऊ ठूलो क्षमादान दिनेवाला र अत्यन्त दया गर्नेवाला छ ।’’

    [99] जब यो पूरा खानदान यूसुफनिर पुग्यो, तब यूसुफले आफ्नो आमा–बुबालाई आफ्नो नजिक ठाँउ दिए र भने ‘‘कि अल्लाहलाई स्वीकार छ भने तपाईहरू शान्तिको साथ मिश्रमा आउनुहोस्’’ ।

    [100] र आफ्ना बा, आमालाई उच्च आसनमा बसाले र सबै उनका अगाडि नत्मस्तक भइहाले, र भने पिता ज्यू ! ‘‘यो मेरो पहिलेको सपना साकार भएको हो । मेरो प्रतिपालकले उसलाई सत्य साबित गरी देखाइदियो । उसले मेरो साथमा ठूलो उपकार गर्यो, उसले कारागरबाट मलाई निकाल्यो, र तपाईहरूलाई गाँउबस्तीबाट ल्याइदियो, त्यस घटनापछि जो शैतानले ममा र मेरा भाइहरूमा फूट हालेको थियो, मेरो पालनकर्ताले जे चाहन्छ उसको लागि राम्रो उपाय गर्दछ । र ऊ ठूलो ज्ञानी र तत्वदर्शी छ ।

    [101] हे मेरो पलनकर्ता ! तिमीले मलाई राष्ट्र प्रदान गर्यौ, र तिमीले मलाई सपनालाई विश्लेषण गर्न सीप सिकाइदियौ, हे पृथ्वी र आकाशको निर्माता ! तिमी नै दुनियाँ र अन्त्यमा मेरो संरक्षक हौ । तिमी मलाई इस्लामको अवस्था मै मृत्यु देऊ, र सत्कर्मीहरूमा शम्मिलित गर ।

    [102] यो गोप्य सूचनाहरूमध्ये हो, जसलाई हामी तपाईतर्फ सन्देशित गरिरहेका छौं, र तपाई उनीहरू नजिक थिएनौ जबकि उनीहरूले आफ्नो सबै उपाय गरेपछि (यूसुफको खिलाफ) षडयंत्र गर्न लागेका थिए ।

    [103] तपाईले जति चाहे पनि सबै ईमान्दार हुन सक्दैनन् ।

    [104] तपाईंले यसको साटो कुनै पारितोषिक माँगीरहनु भएको छैन यो त सम्पूर्ण संसारको लागि खुल्लम खुल्ला निर्देशन हो ।

    [105] आकाश र पृथ्वीमा धेरै चिन्हहरू छन्, जसबाट यिनीहरू मुख फर्काएर अगाडि गइहाल्छन् ।

    [106] तिनीहरूमध्ये अधिकांश व्यक्ति अल्लाहमा ईमानवाला नभई मुश्रिक नै हुन् ।

    [107] के तिनीहरू यस कुराबाट निडर भइसकेका छन, कि उनीमाथि अल्लाहको सजायहरूमध्ये कुनै सजाय आइलागोस्, अथवा उनीमाथि एक्कासी कियामतको दिन आई परोस् र उनीहरू अन्जान नै बनिरहुन् ।

    [108] तपाई भनिदिनुस् ! मेरो बाटो यही हो, म र मेरो आदेशपालकहरू अल्लाहतिर बोलाइरहेका छौं, पूरै विश्वास र भरोसाको साथ, र अल्लाह पवित्र छन्, र म मुश्रिकहरूमध्येको होइन ।

    [109] तपाईंभन्दा पहिले मैले गाँउलेहरूमा जति पैगम्बर पठाएँ, सबै पुरुष नै थिए । उनीहरूतर्फ मैले सन्देश (वह्य) दिदैगएँ । के तिनीहरू पृथ्वीमा हिलडुल गरेर देखेनन् ? कि उनीभन्दा पहिलेका व्यक्तिहरूको के कस्तो परिणाम भयो । वास्तवमा अन्तिम घर सहनशीलहरूको लागि धेरै राम्रा छन् । तै पनि तिनी सम्झन सक्तैनन् ।

    [110] यहाँसम्म कि जब पैगम्बर निराश हुन लाग्नु भयो र त्यस कौमका मानिसहरू सोच्न लागे कि उनीलाई झूठो भनियोस्, तुरुन्त नै हाम्रो सहयोग उनीनिर आइपुग्यो । जसलाई मैले चाहें त्यसलाई मुक्ति दिएँ, कुरो यो छ कि हाम्रो सजाय अपराधीहरूवाट फिर्ता आउँदैन ।

    [111] निश्चय नै उनको वर्णनमा बुद्धिमानहरूको लागि शिक्षा र सुझाव छन् । यो कुरआन झूठो बनाएको कुरो होइन । बरु यो प्रमाणित गर्दछ , ती पुस्तकहरूको जुन यसभन्दा अगाडिका छन् । र खुल्लारूपमा बयान गर्नेवाला छ हरेक वस्तुको, र ईमानदार मान्छेहरूको लागि निर्देशन र रहमत छ ।

    Surah 13
    अर–रअ’द

    [1] अलिफ, लाम, मिम, रा, यी कुरआनका आयत हुन्, र जुनसुकै तपाईतर्फ तपाईको पालनहारबाट उतारिएकोछ, सबै सत्य हुन् । तापनि अधिकांश व्यक्तिहरू ईमान ल्याउदैनन् ।

    [2] अल्लाह त्यो नै हो जसले आकाशहरूलाई बिना खम्बा ठड्याइदिएको छ, जसलाई तिमी देखिरहेका छौ, फेरि ऊ अर्श (सिंहासन) माथि उच्च भयो । उसैले सूर्य र चन्द्रलाई आफ्नो अधीनमा राखी राखेको छ । हरेक निश्चित प्रक्रियामा गतिशील छन्, उसैले सबै कार्यको उपाय गर्छ । उसले आफ्ना प्रमाण–प्रतीकहरू स्पष्टरूपमा बयान गरिरहेको छ, कि तिमी आफ्नो पालनहारसँगको भेटलाई विश्वास गरिहाल ।

    [3] उसैले धर्ती फैलाएर ओछ्याई दिएको छ, र त्यसमा पहाड़ र खोलाहरू निर्माण गरिदिएको छ, र त्यसमा किसिम किसिमका फल–फूलहरूका जोडा–जोडा दोहोरो–दोहोरो उत्पन्न गरिदिएको छ । उसैले रातलाई दिनबाट छिपाइदिन्छ, निःसंन्देह सोच्ने, बुझ्नेहरूका लागि यसमा धेरै (प्रतीक) चिन्हहरू छन् ।

    [4] र पृथ्वीमा भिन्न–भिन्न प्रकारका टुक्रा एक अर्कासंग मिल्दाजुल्दा छन् । र अंगूरका बगैचाहरू छन्, र खेतहरू छन्, र खजूरका बोटहरू छन, हाङ्गा भएका र कुनै यस्ता छन् जसमा कुनै हाङ्गा छैनन्, सबैलाई एउटै पानी पिलाइन्छ, तैपनि म एउटालाई अर्को फलमाथि उच्चता प्रदान गर्दछु । यसमा वुद्धिमानहरूका लागि धेरै चिन्हहरू छन् ।

    [5] यदि तिमीलाई आश्चर्य लाग्छ भने वास्तवमा उनको यो भनाई अजीब छ कि जब हामी माटो भइहाल्छौं तब के हामी नयाँ जन्ममा हुनेछौं । यिनीहरू नै हुन् जसले आफ्नो पालनहारमाथि कुफ्र गरेका छन् , यही नै हुन जसका घाँटीहरूमा पापी पट्टा हुनेछन् र यही नै हुन् जो नर्क (जन्नहम) मा रहनेवाला हुन्, जो यसमा संधै संधैका लागि रहनेछन् ।

    [6] र जो तिमीबाट (दण्डको प्राप्तिमा) छिटो गरिरहेका छन् राहतभन्दा अगावै नै, जब कि उहाँभन्दा अगाडि धेरै शिक्षाप्रद उदाहरण आइसकेको छ । र तिम्रो पालनहार मुक्ति दिनेवाला छ, मान्छेहरूको नचांहिदो अपराधमा पनि र यो पनि निश्चित कुरो छ, कि तिम्रो पालनकर्ता भयंकर दण्ड दिनेवाला छ ।

    [7] र काफिरहरू भन्दछन्ः कि उनीमाथि उनको पालनकर्ताको तर्फबाट कुनै चमत्कार किन उतारिएना कुरो यो छः कि तपाई त मात्र सावधान गर्नेेवाला हुनुहुन्छ, र हरेक कौमको लागि (एउटा) मार्गदर्शक छ ।

    [8] अल्लाह राम्ररी जान्दछ जे स्त्रीको गर्भमा रहन्छ र भूडीको ठूलो सानो आकार पनि, र हर वस्तु उसनिर एउटा निश्चित रूपमा छ ।

    [9] त्यो प्रत्यक्ष तथा परोक्षको ज्ञाता हो । (सबै भन्दा) महान र (सबैभन्दा) उच्चतम छ ।

    [10] तिमीमध्ये कसैले आफ्नो कुरोलाई लुकाएर भनोस् अथवा ठूलो स्वरमा भनोस् र जुन रात्रीमा लुकेको छ र जुन दिउँसोमा भइरहेको छ, सबै अल्लाहको लागि एकैनास छन् ।

    [11] उसका चौकीदारहरू मान्छेको अगाडि–पाछाडि नियुक्त छन्, जो अल्लाहको हुकुम अनुसार त्यसको चौकसी गर्दछन् । कुनै समुदायको अवस्था अल्लाह बदल्दैन जबसम्म कि त्यसले स्वयं उसलाई न बदलोस् जो उसका हृदयमा छन्, र अल्लाह जब कुनै समुदायलाई दण्डित गर्ने योजना बनाउँछ, त त्यो परिवर्तन हुँदैन । र उसबाहेक कोही पनि उसको योजनाकार छैन ।

    [12] त्यो अल्लाह नै हो जसले तिमीलाई चट्याङ्गको चमक भयभीत गर्न र आशा दिलाउनको लागि देखाउँछ, र भारी बादलहरूलाई उठाउँछ ।

    [13] बिजुलीको गर्जना उसको पवित्रताको प्रशंसा गर्दछ, र फरिश्ताहरू पनि उसको भयबाट (त्यसै गर्दैछन्) । उही चट्याङ्ग पठाउँछ, र जसमाथि चाहन्छ त्यसमाथि खसाल्छ । जब कि तिनीहरू (बहुदेववादी) अल्लाह वापत झैं–झगडा गरिरहेका छन्, र अल्लाह कठोर शक्तिवाला छ ।

    [14] उसैलाई पुकार्नु वास्तविक सत्य छ । जुन मानिस अरुलाई उसको बदलामा पुकार्छन् तिनीहरू उनीलाई केही पनि उत्तर दिदैनन्, बरु यो उस्तै छ जस्तो कुनै व्यक्ति आफ्नो दुवै हात पानीतर्फ फैलाएको छ कि उसको मुखमा परिजाओस् जबकि त्यो पानी उसको मुखमा जाँदैन । र काफिरहरूको गुहार सबै खेर जान्छ ।

    [15] अल्लाहको लागि नै पृथ्वी र आकाशका सबै प्राणीहरू खुशी र बेखुशी नतमस्तक हुन्छन् र उनका छायाँहरूले पनि विहान वेलुका ।

    [16] तपाईं सोध्नुस्ः ‘‘कि आकाशहरू र पृथ्वीको पालनकर्ता को हो ?’’। भनिदिनुस् ! ‘‘अल्लाह’’ । सोध्नुस्ः ! ‘‘के तिमी फेरि पनि उसबाहेक अरुलाई सहयोगी बनाइरहेका छौ ? जो स्वयं आफ्नो जीव ज्यानको राम्रो नराम्रोबारे कुनै अख्तियारी राख्दैनन्’’ । सोधः ‘‘के अन्धो र आँखावाला बराबर हुन सक्छन् ? के अन्धकार र प्रकाश समान हुन सक्छन् ? के जसलाई उनी अल्लाहको साझेदार ठहर्याइरहेका छन, उनले पनि अल्लाह जस्तै प्राणीहरू निर्माण गरेका छन्, जसले उनको दृष्टिमा निर्माणको फर्क शंकाको घेरा भित्र आइसकेको छ’’, भनिदिनुस्ः ‘‘मात्र अल्लाह नै सबै प्राणीहरूको जन्मदाता हो त्यो एक मात्र एक्लो छ र विशाल शक्तिशाली छ ।’’

    [17] उसैले आकाशबाट पानी वर्सायो फेरि आफ्नो–आफ्नो क्षमता अनुसार खोलाहरू बग्न थाले, फेरि पानीको भेलले माथि चढेको कूडालाई बगाएर लग्यो । र यस्तै फींज त्यस धातुमा पनि उठीहाल्छ जुन आगोमा हालेर खारिए पछि आभूषण वा अर्काे (सजावटका) समान बन्दछन् । यस्तै किसिमले अल्लाह सत्य–असत्यको उदाहरण प्रस्तुत गर्दछ, । अब फीज त व्यर्थ भएर बगी हाल्छ, परन्तु जुन मान्छेलाई फाइदा पुर्याउने वस्तु छ, त्यो पृथ्वीमा अडी रहन्छ । अल्लाह यस्तै उदाहरणको वर्णन गर्दछ ।

    [18] जुन मान्छेहरूले आफ्ना पालनहारको आदेशलाई पालन गरे तिनीहरूका लागि भलो हुनेछ, र जुन मान्छेहरूले उनको आदेशलाई अवहेलना गरे, यदि उनीहरूका लागि पृथ्वीमा रहेको सबै थोक र त्यति नै अरुभए पनि त्यो सबै आफ्नो मुक्तिको सट्टामा दिन तैयार हुन्छन् । तिनीहरूका लागि नर्क ठेगाना छ, र जुन ज्यादै नराम्रो ठाउँ हो ।

    [19] के त्यो व्यक्ति जसले यो ज्ञान राख्दछ कि तपाईतिर तपाइको पालनकर्ताबाट जे उतारिएको छ त्यो सत्य छ, त्यस व्यक्ति जस्तो हुन सक्छ जुन अन्धो छ । उपदेश तिनैले स्वीकार गर्न सक्छन् जो ज्ञानी समझ्दार छन् ।

    [20] जो अल्लाहको वाचालाई पूरा गर्दछन् र प्रतिज्ञा भंग गर्दैनन् ।

    [21] र अल्लाहले जुन कुरोलाई जोड्ने आदेश दिएको छ उसलाई जोड्छन्, र उनी आफ्नो पालनहारबाट डराउँछन्, र कठिन हिसाबको भय राख्छन् ।

    [22] र उनी आफ्नो पालनहारको सहमतिको चाहनाको पूर्तिका लागि धैर्य गर्छन, र नमाजलाई सदैव कायम राख्छन्, र जुन कुरो मैले दिइराखेको छु, त्यसलाई देखाई वा लुकाई खर्च गर्छन, र कुभलोलाई भलाईबाट फाल्छन् उनकैलागि अन्तिमका घर छन् ।

    [23] सधैं रहनका लागि फूलबारी, जहाँ उनी स्वयं जान्छन, र उनका पुर्खा र पत्नीहरू र सन्तानहरूमध्येबाट जुन पुण्यआत्मा होलान्, र उनको नजिक फरिश्ताहरू प्रत्येक दैलोबाट आउनेछन् ।

    [24] भन्ने छनः कि तिमीमाथि सलामती होस्’’ जो तिमीहरूले धैर्य गर्नुभो र कति राम्रो प्रतिफल छ त्यो अन्तिम घर ।

    [25] र जसले अल्लाहको वाचा र आदेशलाई त्यसको बलियोपनापछि भंग गर्दछन् र जुन वस्तुलाई जोड्नको लागि अल्लाहले आदेश दिएको छ उसलाई तोड्छन् र पृथ्वीमा झैं झगडा फैलाउँछन्, उनका लागि तिरस्कारहरू छन् र उनका लागि खराब घर छ ।

    [26] अल्लाहले जसको रोजी चाहन्छ बढाउँछ र जसको चाहन्छ घटाइदिन्छ । यिनी त सांसरिक जीवनमा मस्त भइहाले । अतः दुनियाँ त अन्तिम प्रतिफलको तुलनामा अत्यन्तै तुच्छ छ ।

    [27] काफिर भन्दछन्ः कि उनिमाथि उनिको पालनकर्ताबाट कुनै चिन्ह किन उतारिएन ? जवाफ दिनुस्ः कि जसलाई अल्लाह बहकाउन चाहन्छ बहकाइदिन्छ, र जुन मानिस उसतर्फ झुके तिनलाई बाटो देखाइदिन्छ ।

    [28] जुन मानिसहरूले ईमान ल्याए उनको हृदयमा अल्लाहको चर्चाबाट शान्तिको अनुभूति हुन्छ । सम्झिराख अल्लाहको चर्चाबाटै आत्मालाई शान्ति प्राप्त हुन्छ ।

    [29] जुन मानिसहरूले ईमान ल्याए र जसले असल काम गरे उनको लागि सम्पन्नता छ र अति सुन्दर ठेगाना पनि ।

    [30] (हे मुहम्मद) यस्तै मैले तपाईलाई यस समुदायमा पठाएको छु, जसभन्दा अगाडि धेरै समुदायहरू गुज्रिसकेका छन् । तपाईले उनीहरूलाई हाम्रो तर्फबाट जो तपाईंमाथि वह्य उतारिएको छ पढेर सुनाउनुस् । यिनी रहमानका मुन्किर हुन् । तपाई भनिदिनुस् कि मेरो पालनकर्ता त उही हो र उसको सट्टा वास्तवमा कोही पनि उपासना योग्य छैन । उसैमाथि मेरो भरोसा छ, र उसैतर्फ मैले फर्किनु छ ।

    [31] र यदि कुरआनको माध्यमले पहाड़लाई चलाइदिए हुन्थ्यो, अथवा पृथ्वी टुक्रा–टुक्रा गरिदिएको भए वा मृतहरूसंग कुरो गराइदिएको भए । (तापनि ईमान ल्याउँदैन्थे) सबै कार्य अल्लाहको हातमा छ । तब के ईमानवालाहरूलाई यस कुरामा सन्तुष्ट छैनन् कि ? यदि अल्लाह चाहन्थ्यो भने समस्त मान्छेहरूलाई सही बाटो देखाउने थियो । कुफ्फारलाई त उनको दुष्टयाईको बदलामा सधै कुनै न कुनै कडा दण्ड पुगिरहनेछ अथवा उनका घरहरूको नजिक पुगिरहनेछ, यहाँसम्म कि अल्लाहको वाचा उनको नजिक आई नपुगोस् । निःसन्देह अल्लाह आफ्नो वाचाको विरुद्ध जाँदैन ।

    [32] निःसन्देह तपाईभन्दा पहिलेका पैगम्बरहरूको उपहास गरिएको थियो, र मैले पनि काफिरहरूलाई प्रश्रय दिएको थिएँ, अनि उनीहरूलाई समातिएको थियो । (हेर) दण्ड कस्तो रह्यो

    [33] के त्यो (अल्लाह) जसले प्रत्येक व्यक्तिमाथि उसले गरेको कार्यहरूको, निरीक्षण गर्नेवाला छ, तापनि उनीहरूले अल्लाहको साझेदार ठहराउँछन् । भनिदिनु होस्ः ‘‘उनीहरूको नाम त बताऊ । के तिमी अल्लाहलाई त्यो कुरो सुनाउँदछौ जो त्यो जमिनमा जानेकै छैन । अथवा मात्र सतही–सारहिन कुरो गर्दछौ ? । कुरो यो छः कि कुफ्र गर्नेहरूलाई उनको धोखाहरूलाई सुहाँउदो बनाइदिइएको छ, र उनी असल बाटोबाट रोकिदिइएका छन् । र जसलाई अल्लाहले मार्ग विचलित गर्दछ उसकोलागि मार्गदर्शक कोही पनि छैन ।

    [34] उनको लागि संसारिक जिन्दगीमा पनि सजाय छ, र आखिरतको सजाय त अत्यन्त कडा छ । उनीलाई अल्लाहको क्रोधबाट बचाउनेवाला कोही पनि छैन ।

    [35] त्यस जन्नत (स्वर्ग) जसको वाचा संयमीहरूलाई दिइएको छ । विशेषता यो हो कि त्यसको तलबाट नहरहरू बगीरहेका छन् । उसका मिष्ठान (फलहरू) सधै रहनेवाला छन् र त्यसको छायाँ पनि । यो नतिजा (परिणाम) छ, सहनशीलहरूको र काफिरहरूको नतीजा नर्क छ ।

    [36] जसलाई हामीले पुस्तक दिएका छौं, त्योमध्ये केही तपार्इंमाथि जे उतारिएको छ उसबाट प्रसन्न हुन्छन्, र अर्को समुदाय उसको केही कुराको विपरीत छन् । तपाई घोषणा गरिदिनुस् किः मलाई त यही नै हुकुम दिइएको छ, कि म अल्लाहको इबादत गरूँ र उसको साझेदार न बनाऊँ । मैले त उसैतर्फ बोलाइरहेको छु, र उसैतर्फ मलाई फर्किनुछ ।

    [37] यस्तै मैले यस ‘‘कुरआनलाई’’ अरबी भाषामा आदेश उत्तारेको छुँ । यदि तपाईले ज्ञान आइसकेपछि उनको इच्छाहरूको परीपूर्ति गर्नु भयो तब अल्लाहको (सजाय) बाट तपाईंलाई न कोही सहयोगी भेटिनेछ र नत कोही बचाउनेवाला ।

    [38] हामीले तपाईभन्दा पहिला पनि धेरै पैगम्बरहरू पठाइसकेका छौं । र हामीले उनीसबैलाई बाल बच्चावाला बनाएका थियौं । कुनै रसूलबाट हुन सक्दैन्थ्यो कि कुनै निशानी बिना अल्लाहको इजाजत लिएर आओस् । हरेक निश्चित वचनको एउटा लिखत छ ।

    [39] अल्लाहले जो चाहन्छ मेटाइदिन्छ र जो चाहन्छ ठीकठाक राख्दछ, र ‘‘लौहे महफूज’’ (मूल किताब) उसैको साथमा छ ।

    [40] उनीसंग गरीएका वाचाहरूमध्ये यदि तपाईंलाई हामीले कुनै देखाइदिएँ अथवा तपाईलाई मृत्यु नै दिएं, त तपाईंमाथि त मात्र पुर्याइदिनु नै छ, (सत्य–असत्य) छुट्याउने त हाम्रो जिम्मामै छ ।

    [41] के उनीहरूले देख्दैनन् ? ‘‘कि हामी पृथ्वीलाई उसको छेउबाट घटाउँदै आइरहेका छौं, अल्लाहले आदेश गर्दछ, कोही उसको आदेशहरूलाई पछाडि गर्नेवाला छैन, उसले छिटै हिसाब लिनेवाला छ ।

    [42] उनीभन्दा पहिलाका मन्छेहरूले पनि आफ्नो ढाट्ने कुकृत्यलाई कम गरेका थिएनन्, परन्तु समस्त उपायहरू अल्लाहकै हुन्, जुन व्यक्ति जे पनि गरिरहेको छ, अल्लाहको दृष्टिमा छ, काफिरहरूलाई अहिले थाहा भइहाल्छ कि परलोकको पारितोषिक कसको लागि छ ।

    [43] यी काफिरहरू भन्दछनः कि तपाई अल्लाहको रसूल होइन, तपाई जवाफ दिनुस् कि ममा र तिमीमा अल्लाह गवाही दिनेवाला पर्याप्त छ । र ऊ पनि जससंग पुस्तकको ज्ञान छ ।

    Surah 14
    इब्राहीम

    [1] अलिफ लाम रा ! यो उच्चस्तरीय किताब हामीले तपाईमाथि उतारेका छौं, कि तपाईंं मनुष्यहरूलाई अँध्यारोबाट उज्यालोतर्फ ल्याउनुस्, उनको पालनहारको आदेशबाट महान र सबै प्रशंसा भएको अल्लाहतर्फ ।

    [2] अल्लाहकै छ जे सुकै आकाश र पृथ्वीमा छ र काफिरहरूका लागि त कठोर सजाय छ ।

    [3] जो परलोकको तुलनामा सांसारिक जिन्दगीलाई रुचाउँछन् र अल्लाहको बाटोबाट रोक्छन् र त्यसमा बाङ्गा टिङ्गा गर्न चाहन्छन् उनीहरू नै ठूलो मार्गविचलनमा छन् ।

    [4] हामीले प्रत्येक नबीलाई उसको सामुदायिक भाषामा नै पठाएका छौं त्यसबाट उनको सामु सजिलो र स्पष्ट किसिमले बयान गरिदेउन् । अब अल्लाह जसलाई चाहे मार्गबाट विचलित गरिदिन्छ र जसलाई चाहे बाटो देखाइदिन्छ । ऊ सर्वशक्तिशाली र अति विवेकशील छ ।

    [5] (याद राख्नु) हामीले मूसालाई आफ्नो निशानी दिएर पठाएका थिएँ, जसबाट तिमी आफ्नो समुदायलाई अध्याँरोबाट उज्यालोमा निकाल र उनीहरूलाई अल्लाहको कृपाहरूको सम्झना दिलाऊ । निःसन्देह यसमा निशानीहरू छन् प्रत्येक धैर्यवान एवं कृतज्ञहरूका लागि ।

    [6] जुनबेला मूसाले आफ्नो समुदायसँग भनेः कि अल्लाहको त्यस कृपालाई सम्झ जुन उसले तिमीमाथि गरेको छ, जब उसले तिमीलाई फिरऔनका अनुयायीहरूबाट मुक्ति दिलायो, जो तिमीलाई साह्रै दुःख दिन्थे, र तिम्रा छोराहरूलाई हत्या गर्दथे र तिम्रा छोरीहरूलाई जीवितै छाड्दथे । र त्यसमा तिम्रो रबको तर्फबाट तिमीमाथि धेरै ठूलो परीक्षा थियो ।’’

    [7] र जब तिम्रो पालनकर्ताले तिमीलाई सतर्क गराइदियो, कि यदि तिमी कृतज्ञता प्रकट गर्दछौ तब निःसन्देह हामीले तिमीलाई धेरै दिन्छौं, र यदि तिमी कृतध्नता गर्छाै भने निःसन्देह मेरो दण्ड धेरै कठोर छ ।

    [8] मूसाले भन्नुभयोः कि यदि तिमी सबै र यस संसारका समग्र मानिस अल्लाहको कृतध्नता गरे, भने पनि अल्लाह निस्पृह तथा प्रशंसनीय छ ।

    [9] के तिमीसम्म तिमीभन्दा पहिलेका मान्छेहरू अर्थात ‘‘नूह’’ र ‘‘आद’’ र ‘‘समूदको’’ खबर आएन र उनका पछिवालाहरूको जसलाई मात्र अल्लाह बाहेक अरु कोही जान्दैन । उनको नजिक उनका रसूलले चमत्कार ल्याए तर उनीहरूले आफ्नो हात आफ्नो मुखमा थिचिलिए र स्पस्ट भनिदिएः कि जुन वस्तु तपाईलाई दिएर पठाइएको छ हामी त्यसलाई नकार्दछौं, र जुन कुरातर्फ तपाईले हामीलाई बोलाइरहनु भएको छ हामीलाई त्यसमा ठूलो शंका छ ।’’

    [10] उनको रसूलहरूले उनीलाई भनेः कि के अल्लाहको बारेमा तिमीलाई शंका छ, जसले आकाश र पृथ्वी बनाएको छ ? उसले त तिमीलाई यस कारण बोलाइरहेको छ कि तिम्रा समस्त पापहरूलाई माफ गरिदेओस् र एउटा निश्चित अवधिसम्म तिमीलाई छूट देओस्’’ । उनीहरूले भनेः कि तिमी त हामी जस्तै मान्छे हौ, तिमी चाहन्छौ, कि हामीलाई ती कुराहरूको पूजाबाट रोकी देऊ जसको पूजा हाम्रा पूर्वजहरूले गर्दै आइरहेका थिए, ठीक छ हाम्रो सामु कुनै प्रत्यक्ष प्रमाण पेश गर’’ ।

    [11] उनका पैगम्बरहरूले उनीसँग भनें कि यो त सत्य छ कि हामी तिमी जस्तै मानिस हौं परन्तु अल्लाह आफ्ना सेवकहरूबाट जसमाथि चाहन्छ आफ्नो पुरस्कार प्रदान गर्दछ, र अल्लाहको आज्ञा बिना हाम्रो तागत छैन कि हामी कुनै चमत्कार तिमीलाई देखाऔं । र ईमानवालाहरूले मात्र अल्लाहमाथि भरोसा राख्दैछन ।

    [12] आखिर के कारण छ कि हामी अल्लाहमाथि भरोसा नराखौं ? जब कि उसैले हामीलाई हाम्रा बाटोहरू देखाएको छ । जुन कष्टहरू तिमीले हामीलाई दिन्छौ त्यसमाथि हामीले धैर्य नै गर्छौं । र भरोसा गर्नेवालाहरूको लागि यहि उचित छ कि उनी अल्लाहमाथि नै भरोसा गरुन् ।

    [13] काफिरहरूले आफ्ना रसुलहरू (पैगम्बर) सँग भनेंः कि हामीले तिमीहरूलाई देश निकाला गरिदिन्छौं अथवा तिमी पुनः हाम्रो धर्ममा फर्की आउनुपर्छ’’ तब उनको पालनहारले उनीतर्फ वह्य (सन्देश) पठायो ‘‘कि हामीले ती अत्याचारीहरूलाई नै नष्ट गरिदिनेछौं’’ ।

    [14] र उनीपछि हामीले स्वयं तिमीलाई यस भूमिमा बसाउनेछौं, यो उनको लागि उपहार हो जो मेरो सामुन्ने उपस्थित हुन डर मान्दछन्, र मेरो त्रासबाट भयभीत रहन्छन् ।

    [15] र उनले फैसला माँगे र समस्त बदमाश र हठी मान्छेहरू विफल भइहाले ।

    [16] उनको सामुन्ने नर्क छ जहाँ तिनीहरूलाई पिपको पानी पिलाइने छ ।

    [17] जसलाई कठीनाईका साथ घुटघुटै गरी पिउनेछन्, तर त्यसलाई घाँटीबाट तल उतार्न सक्नेछैनन् र उनलाई प्रत्येक ठाँउबाट मृत्यु आइरहेको देखिनेछ, परन्तु तिनीहरू मर्न सक्नेवाला होइनन् । फेरि त्यसको पछाडि तिनीहरूको लागि ठूलो सजाय छ ।

    [18] उनीहरूको उदाहरण, जसले आफ्नो पालनकर्ताबाट कुफ्र गरे उनका कर्महरू त्यस खरानी जस्तो छ, जसमाथि तीव्र वायु हुरी आएको दिन चलोस, जे पनि उनीहरूले गरे त्यसमध्येबाट कुनै वस्तुमाथि आधिपत्य राख्न सक्दैनन्, र यो नै अति टाढाको भ्रम छ ।

    [19] के तिमीले देखेनौ कि अल्लाहले आकाशहरू र पृथ्वीलाई अत्यन्त कौशलको साथ बनाएको छ । यदि उसले चाह्यो भने तिमी सबैलाई नष्ट गरिदिन्छ र नयाँ प्राणीहरू ल्याइदिन्छ ।

    [20] अल्लाहको लागि यो कार्य केही पनि कठिन छैन ।

    [21] सबै अल्लाहको सामु प्रत्यक्षरूपले उभिने छन् त्यस बेला दुर्बल मान्छेहरू सवल मान्छेसँग भन्ने छन्ः कि हामी त तिम्रा अधीनस्थ थियौं । त के तिमी अल्लाहको सजायमध्येबाट केही सजाय घटाउन सक्छौ’’ ? उनी उत्तर दिनेछन् ‘‘कि यदि अल्लाहले हामीलाई मार्गदर्शन गरेको भए हामी पनि तिम्रो अवश्य नेतृत्व गथ्र्यौं’’ । अब त हामीमाथि बेचैनी र सन्तोष गर्नु दुवै एउटै छ, र हाम्रो लागि कुनै मुक्ति छैन ।

    [22] र जब हिसाबकिताबको फैसला गरिदिइनेछ, तब शैतानले भन्ने छः ‘‘कि वास्तवमा अल्लाहले त तिमीलाई सत्य वाचा गरेको थियो । तर मैले तिमीबाट जुन वाचाहरू गरेको थिएँ, त्यो मैले पूरा गरिनँ, मेरो तिमीमाथि कुनै दबाव त थिएन, हो मैले, तिमीलाई बोलाएँ र तिमीले मेरो कुरा मान्यौ । तिमीले ममाथि आरोप नलगाऊ बरु तिमीहरू आफूलाई नै धिक्कृत गर, म तिमीहरूलाई कुनै सहयोग गर्न सक्दिन, न तिमीहरू नै मलाई सहयोग गर्न सक्छौ । म त प्रारम्भदेखि मान्दिन कि तिमीले यस अघि मलाई अल्लाहको साझेदार ठहराइरहेका थियौ । निःसन्देह अपराधीहरूको लागि धेरै कष्टप्रद सजाय छ ।

    [23] जुन मानिसहरूले ईमान ल्याए र असल कार्य गरे, तिनीहरू जन्नतमा (स्वर्गमा) प्रवेश गर्नेछन्, जसको तल झरनाहरू फुटेका छन् । जहाँ उनीहरू आफ्नो पालनकर्ताको आज्ञाले सधैं रहनेछन् । जहाँ उनको स्वागत ‘‘सलाम’’बाट हुनेछ ।

    [24] के तपाईंले देख्नु भएन कि महान अल्लाहले पवित्र कुरोको उदाहरण कुन किसिमले वर्णन गरेको छ ? एउटा पवित्र वृक्षको जस्तै जसको जरो बलियो छ र जसका हाँगाहरू अकाशमा छन् ।

    [25] जो आफ्नो पालनहारको आदेशबाट आफ्ना फलहरू संधै ल्याउँछ, र अल्लाह मानिसहरू सामु उदाहरण प्रस्तुत गर्दछ जसबाट उनीहरू राम्रो ज्ञान प्राप्त गरुन् ।

    [26] र अपवित्र कुरोको उदाहरण अपवित्र वृक्ष जस्तै छ, जो भूमिको माथिल्लो सतहबाटै उखेलिएको छ त्यसमा केही पनि बलियोपना छदैछैन ।

    [27] ईमानवालाहरूलाई अल्लाह सत्य निष्ठाको साथमा सवल राख्दछ दुनियाँको जीवनमा पनि र मृत्युपछिको जिन्दगीमा पनि, होः अन्यायीहरूलाई अल्लाहले भ्रमित गरिदिन्छ र अल्लाह जो चाहन्छ, गरिहाल्छ ।

    [28] के तपाईंले तिनीहरूको स्थितिमाथि विचार गर्नु भएन जसले अल्लाहको उपहारको साटो कृतघ्नता गरे र आफ्नो समुदायलाई बर्बादीको घरसम्म पुर्याइदिए ।

    [29] अर्थात नर्कमा जसमा यी सबै जान्छन् जुन असाध्यै नराम्रो ठाउँ हो ।

    [30] उनीहरूले अल्लाहको बरोबरी (साझेदार) बनाइलिए जसबाट मान्छेहरूलाई अल्लाहको बाटोबाट विमुख गराउन् , तपाईं भनिदिनुहोस्ः ‘‘कि ठिकै छ, अलि मौज गरिलेऊ निःसन्देह तिम्रो ठेगाना त नर्कमै छ ।

    [31] मेरा ईमानदार सेवकहरूलाई भनिदिनुस् नमाजहरूलाई निरन्तरता दिदैं कायम गरुन्, र जुन कुरो मैले उनलाई दिइराखेको छु त्यसमध्येबाट केही नकेही खुल्ला र गोप्य रूपमा खर्च गर्दैगरुन्, यसभन्दा पहिलेः कि त्यो दिन आइपुगोस् जसमा न क्रय–बिक्रय हुनेछ नत मित्रता नप्रेम काम लाग्नेछ ।

    [32] अल्लाह त्यो हो, जसले पृथ्वी र आकाशलाई निर्माण गरेको छ । र आकाशबाट वर्षा बर्साएर तिम्रो जीविकाको लागि फलफूल निकालेको छ र, डुङ्गाहरूलाई तिम्रो अधीनमा गरिदिएको छ, कि समुद्रहरूमा उसको आदेशबाट हिलडुल गरुन् उसैले खोला र नहरहरू तिम्रो अधीनमा गरिदिएको छ ।

    [33] उसैले तिम्रो लागि चन्द्र र सूर्यलाई अधीनस्थ गरिदिएको छ, कि सधै नै गतिशील भइरहेका छन् र रात, दिनलाई पनि तिम्रो कार्यमा लगाइराखेको छ ।

    [34] उसैले तिमीलाई तिम्रो इच्छित सबै वस्तु दिइराखेको छ । यदि तिमीले अल्लाहको परोपकार गन्न चाहन्छौ भने तिमी पूरै गन्न पनि सक्तैनौ । निःसन्देह मानिस ज्यादै नै अन्यायकारी र कृतघ्न छन् ।

    [35] र जब इब्राहीम(अलैस्सिलाम)ले भन्नु भयो कि हे मेरो पालनहार यस नगर (मक्का)लाई शान्तिदायक बनाइदेऊ र मलाई र मेरा सन्तानहरूलाई मूर्तिपूजाबाट रक्षा गर ।

    [36] हे मेरो पूज्य पालनकर्ता ! यी मूर्तिहरूले थुप्रै मानिसहरूलाई बाटोबाट दिग्भ्रमित गरिदिएका छन्, अनि जसले मेरो अनुशरण गर्नेछ ऊ मेरो हुनेछ र जसले मेरो अवज्ञा गर्छ भने निश्चय नै तिमी असीम क्षमा गर्ने र दया दृष्टि गर्नेवाला छौ ।

    [37] हे हाम्रो पालनहार ! मैले आफ्ना केही सन्तान यस गैर अबादी भूमिमा तिम्रो असीम दयायुक्त घर (कअ्बा) नजिक बसालेको छु, हे हाम्रो पालनहार ! यो यसकारण, कि तिनीहरू नमाजलाई निरन्तरता देउन् । तसर्थ तिमीले केही मान्छेहरूका हृदयलाई उतातर्फ आकृष्ट गरिदेऊ, र उनीहरूलाई फलहरूको भोजन दिने कृपा गर, जसबाट तिनीहरू तिम्रो स्तुति गरुन् ।

    [38] हे हाम्रो पालनहार ! तिमीलाई राम्ररी ज्ञात छ, जुन हामी गोप्य र खुल्ला गर्छौं, र निश्चय नै पृथ्वी र आकाशको कुनै वस्तु अल्लाहबाट लुकेको छैन ।

    [39] हे मेरो पालनकर्ता ! मलाई सधै नमाज पढने बनाइराख र मेरा सन्तानहरूलाई पनि, हे हाम्रो पालनहार मेरो प्रार्थना स्वीकार गर ।

    [40] हे मेरो पालनकर्ता ! मलाई सधै नमाज पढने बनाइराख र मेरा सन्तानहरलाई पनि, हे हाम्रो पालनहार मेरो प्रार्थना स्वीकार गर ।

    [41] हे मेरो पालनकर्ता ! हिसाबकिताबको दिन मलाई मुक्ति प्रदान गर र मेरा आमा बुवालाई पनि मुक्ति देऊ, र अन्य मोमिनहरूलाई पनि मुक्ति देऊ ।

    [42] अन्यायकारीहरूकोे क्रियाकलापबाट अल्लाहलाई अन्जान नसम्झ, उसले त उनीहरूलाई त्यसदिनसम्म छूट दिएको छ जुन दिन आँखाहरू खुलेका खुलै हुनेछन् ।

    [43] तिनीहरूले आफ्नो टाउको उठाएर भागदौड गरिरहने छन् स्वयं आफ्नो तर्फपनि उनको दृष्टि पर्नेछै्रन र उनका मुटु खाली र शुन्य प्रायः हुनेछ ।

    [44] मान्छेहरूलाई त्यसदिनदेखि सावधान गरिदेऊ जबकि उनीनिर सजाय आइहाल्छ । र, अन्यायकारीहरूले भन्नेछन् कि हे हाम्रो पालनकर्ता ‘‘हामीलाई थोरै समयसम्मको छूट देऊ हामी तिम्रो उपदेशलाई स्वीकार गर्नेछौं र पैगम्बरहरू (सन्देशवाहकहरू) को अनुशरण गर्नेछौं’’ । के तिमी यसभन्दा पहिले पनि शपथ खाने गरेका थिएनौ कि तिमीहरूको पतन कहिले पनि हुने छैन

    [45] र के तिमी उनीहरूको घरहरूमा बसोबास गर्दैनथ्यौ, जसले आफ्नो ज्यानमाथि अन्याय गरे र के तिमीमाथि त्यो वारदात स्पष्ट भएन कि हामीले उनीसंग के गरेका थियौं । र हामीले धेरै उदाहरण तिमीलाई सम्झाउन प्रस्तुत गरिदिएका थियौं ।

    [46] यिनीहरूले आफ्ना–आफ्ना चालहरू चलिरहेका छन् र अल्लाहलाई उनीहरूको समस्त चालको ज्ञान छ र उनका चालहरू यस्तो थिएन कि त्यसबाट पहाड अस्थिर भइजाओस् ।

    [47] तपाईं कहिले पनि यो ख्याल नराख्नुहोस् कि अल्लाह आफ्नो नबी (सन्देष्टा) हरूसंग वाचा विरुद्ध गर्नेछ । अल्लाह सर्वशक्ति सम्पन्न र प्रतिशोधक छ ।

    [48] जुन दिन यस धरतीलाई अर्कै धरतीमा परिणत गरिनेछ र आकाश पनि र सबै अल्लाहको सामु मात्र हुनेछन् जो एक्लै छ र जसको सबैमाथि आधिपत्य छ ।

    [49] तपाईं त्यसदिन पापीहरूलाई देख्नु हुनेछ, कि जन्जीरमा कोचिएर एकै ठाउँमा जकडिएर हुनेछन् ।

    [50] उनका वस्त्रहरू गन्धकका हुनेछन् र आगोले उनीहरूको अनुहारलाई पनि छोपेको हुनेछ ।

    [51] यो यसकारण कि अल्लाह हरेक व्यक्तिलाई त्यसले गरेको कार्यको फल देओस्, निःसन्देह अल्लाहलाई हिसाब लिन केही बेर लाग्दैन ।

    [52] यो (कुरआन) समस्त मानिसहरूलाई जानकारी पत्र हो कि यसको माध्यमबाट उसले उनीहरूलाई सावधान गरोस् र राम्रोसंग जानिलेउन्, कि अल्लाह मात्र एउटै मअ्बूद (पूजनीय) छ र त्यसबाट ज्ञानीहरूले सोचसमझ गर्न सकुन् ।

    Surah 15
    अल–हिज्र

    [1] अलिफ. लाम. रा. यी अल्लाहको किताबका आयतहरू हुन् र खुल्ला र स्पष्ट कुरआनको ।

    [2] त्यो बेला पनि आउनेछ जब कि काफिर आफ्नो मुसलमान हुने इच्छा प्रकट गर्नेछन् ।

    [3] (हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम !) तपाईले तिनीहरूलाई तिनीकै अवस्थामा रहन दिनुस् ताकि तिनीहरूले उपभोग गरुन र आनन्द लिउन र (झूठो) आशाले उनीहरूलाई (संसारमा) अल्मलाई राखोस् । शीघ्रनै तिनीहरूलाई थाहा भइहाल्नेछ ।

    [4] कुनै बस्तीलाई हामीले नष्ट पारेनौं परन्तु त्यसको समय निर्धारित र निश्चित थिए ।

    [5] कुनै समूह आफ्नो निर्धारित समयभन्दा न आगडि बढ्न सक्छ न पछाडि रहन सक्छ ।

    [6] उनीहरूले ‘‘भनेः ‘‘कि हे त्यो मानिस ! जसमाथि कुरआन उतारिएको छ निःसन्देह तिमी त दिवाना हौ ।’’

    [7] यदि तिमी साँचो छौ भने ‘‘हाम्रो नजिक फरिश्ताहरूलाई किन ल्याउँदैनौ ?’’

    [8] (भनिदिनुस्) हामीले फरिश्ताहरूलाई सत्यको साथमै पठाउँदछौं र त्यतिखेर तिनीहरूलाई फुर्सद दिइएको हुँदैन ।

    [9] (निःसन्देह) हामीले नै कुरआनलाई उतारेका छौं र हामीनै यसको संरक्षक हौं ।

    [10] हामीले तपाईभन्दा पहिलाका विभिन्न सम्प्रदायहरूमा रसूलहरू पठाएका थियौं ।

    [11] र तिनीहरू समीप जुन रसूल पनि आउँथ्यो तिनीहरूले उसको उपहास गर्ने गर्दथे ।

    [12] यसैप्रकार हामीले त्यस (उपहास) लाई अपराधीहरूको हृदयहरूमा प्रवेश गराइदिन्छौं ।

    [13] (तसर्थ) तिनीहरूले यसमाथि ईमान ल्याउँदैनन्, र तिनीहरूभन्दा अघिका मानिसहरूको तरिका बितिसकेको (तरिका) हो ।

    [14] र यदि हामीले तिनीहरूका लागि आकशहरूको ढोका खोलिदेऔं र तिनीहरू त्यहाँ उक्लिन पनि थालुन् ।

    [15] तैपनि यही भन्नेछन्ः ‘‘कि हाम्रा आँखाहरूलाई मात लागेको छ, बरु हामीमाथि जादू गरिदिइएको छ ।’’

    [16] निःसन्देह हामीले नै आकाशहरूमा सौर्यमण्डल बनाएका छौं र दर्शकहरूको निम्ति सिंगारेका छौं ।

    [17] र यसलाई प्रत्येक तिरस्कृत शैतानबाट सुरक्षित गरेका छौं ।

    [18] तर हो यदि कुनै (शैतानले) लुकिछिपी सुन्न चाहन्छ भने उसको पछाडी प्रज्वलित लाग्दछ ।

    [19] र पृथ्वीलाई पनि हामीले नै विस्तारित गरेका हौं, र त्यसमाथि अटल पहाड़हरू अवस्थित गर्यौं, र त्यसमा विभिन्न प्रकारका चीजहरू सन्तुलित रूपमा उत्पन्न गर्यौं ।

    [20] र यसैमा हामीले तिम्रो निम्ति र तिनीहरूको लागि, जसलाई तिमीले जीविका दिदैंनौं, त्यसमा जीविकाका साधनहरू जुटायौं ।

    [21] र हामीकहाँ हरेक कुराका खजाना छन् र हामीले तिनलाई निर्धारित मात्रामा पठाउँछौं ।

    [22] र हामीले नै भारी हावाहरूमा गति उत्पन्न गराउँछौ र हामीले नै आकाशहरूबाट पानी बर्साउँछौ र हामीले नै तिमीहरूलाई त्यसको पानी पिलाउँछौं, र तिमी त त्यसको भण्डार गर्ने पनि होइनौं ।

    [23] र हामीले नै जीवन प्रदान गर्दछौं र हामीले नै मृत्यु दिन्छौं, र हामी नै सबैका संरक्षक हौं ।

    [24] जुन मानिसहरू तिमीभन्दा पहिले बितिसकेका छन् हामीलाई तिनीहरूको बारेमा थाहा छ, र जो पछि आउनेवाला छन् उनीहरूको बारेमा पनि हामीलाई थाहा छ ।

    [25] तपाईको पालनकर्ताले (कियामतको दिन) सबैलाई एकत्रित गर्नेछ । निःसन्देह ऊ त बडो बुद्धिमत्तापूर्ण र ठूलो ज्ञाता छ ।

    [26] निःसन्देह हामीले मानिसहरूलाई कट्कटिएर आवाज आउने सडेको कालो र ठोस माटोबाट बनाएका छौं ।

    [27] र जिन्नहरूलाई त्यसभन्दा पनि अघि धुँवा नभएको प्रज्वलित आगोबाट सृष्टि गरेका थियौं ।

    [28] र तिम्रो पालनकर्ताले फरिश्ताहरूसित भन्योः ‘‘कि म कट्कटिएर अवाज आउने सडेको माटोेबाट एउटा मानिसको सृष्टि गर्न गइराखेको छुँ ।’’

    [29] जब उसलाई पूरा बनाइसक्छु र त्यसमा आफ्नो रूह (आत्मा) फुँकिसक्छु तब उसको अगाडि सिज्दा गर्नु (ढोग्नु) ।

    [30] तसर्थ सबै फरिशताहरूले ढोग्न थाले ।

    [31] तर इब्लीसले ढोग गरेन । उसले ढोग्नेहरूमध्ये शामिल हुनबाट इन्कार गर्यो ।

    [32] (अल्लाहले) भन्नुभयोः कि इब्लीस तिमीलाई के भएको छ कि तिमी ढोग्नेहरूमा शम्मिलित भएनौ ।

    [33] उसले भन्योः म यस्तो छैन, कि तपाईले कट्कटिएर आवाज आउने सडेको माटोले बनाएको मानिस अगाडि झुकेर ढोगूँ ।

    [34] अल्लाहलको आदेश भयो, जन्नतबाट निस्किहाल, तँ तिरस्कृत र अभिशप्त भइस् ।

    [35] र तिमीमाथि कियामतको दिनसम्म धिक्कार छ ।

    [36] (त्यसले) भन्योः कि हे पालनकर्ता ! मलाई त्यस दिनसम्मको छूटदेऊ, जब मानिसहरू (मृत्यु पश्चात) जीवित गरिनेछन् ।

    [37] आदेश भयो कि तँलाई छूट दिइन्छ ।

    [38] निर्धारित समय (कियामत) को दिनसम्म ।

    [39] (शैतानले) भन्योः कि हे मेरो पालनकर्ता ! जस्तो कि तिमीले मलाई पथभ्रष्ट गरेका छौ, म पनि धर्तीमा मानिसहरूलाई पाप गर्न लगाउँछु, र सबैलाई सही बाटोबाट दिग्भ्रमित गराउँछु ।’’

    [40] तर, तिनीहरू बाहेक जो तिम्रो ईमानदार भक्त छन् ।

    [41] (अल्लाहले) आदेश गर्नुभयोः कि मसम्म पुग्न यही सोझो बाटो हो ।

    [42] जो मेरा (सच्चा) भक्त छन् तिनीहरूमाथि तिम्रो कुनै अधिकार हुनेछैन तर ती दिग्भ्रम व्यक्तिहरू बाहेक जो नराम्रो बाटोमा तिम्रो पछि पछि लाग्नेछन् ।

    [43] निःसन्देह ती सबैलाई वचन दिएको ठाउँ नर्क हो ।

    [44] त्यसका सातवटा ढोकाहरू छन् । प्रत्येक ढोकाको लागि तिनीहरूमध्येबाट समूहहरू विभाजित गरिएका छन् ।

    [45] जो आत्मसंयमी छन्, तिनीहरू बगैचाहरू र झरनाहरूको माझमा बस्नेछन् ।

    [46] (भनिनेछ कि) तिमीहरू शान्ति र सुरक्षासाथ प्रवेश गर ।

    [47] र तिनीहरूको हृदयमा जे जति रिस र डाह छ, त्यसलाई हामीले सफा गरिदिनेछौं, तिनीहरू भाइ–भाइको रूपमा आसनहरूमा एक अर्काको सामु बसेका हुनेछन् ।

    [48] तिनीहरूलाई त्यहाँ नकुनै कष्ट हुनेछ र नत तिनीहरू त्यहाँबाट कहिले निष्कासित गरिनेछन् ।

    [49] (हे पैगम्बर !) मेरा भक्तजनहरूलाई भनिदिनुस्ः कि म बडो क्षमादाता र दयावान छुँ ।

    [50] र साथै योः कि मेरो सजाय पनि धेरै कष्टदायक हुनेछ ।

    [51] र तिनीहरूलाई इब्राहीमका अतिथिहरूको बारेमा सुनाइदिनुस् ।

    [52] कि जब तिनीहरूले इब्राहीमको सामु आएर ‘‘सलाम’’ भने त उनले भने कि हामीलाई तिमीसित डर लाग्छ ।

    [53] (अतिथिहरूले) भनेः ‘‘कि, न तर्सनुस्, हामीले तपाईलाई एउटा ज्ञानी छोरोको शुभसन्देश दिन्छौं ।’’

    [54] (उनले) भनेः कि ‘‘मलाई बृद्ध अवस्थाले समातेपछि तिमीहरूले मलाई शुभसमाचार दिन्छौ ? कुन कुरोको आधारमा तिमीले यो शुभसमाचार दिन्छौ ?’’

    [55] तिनीहरूले भनेः कि हामी तपाईलाई एकदम साँचो शुभसमाचार दिएका छौं । तपाई निराश नहुनुहोस् ।

    [56] (इब्राहीमले) भनेः कि अल्लाहको कृपाबाट निराश हुनु त पथविचलित हुनेहरूको काम हो ।

    [57] अनि सोधे कि अल्लाहले पठाएको फरिश्ताहरू ! तिमीहरूलाई यस्तो के महत्वपूर्ण काम छ

    [58] तिनीहरूले भने कि हामी एउटा अपराधी समुदायतिर पठाइएका हौं ।

    [59] तर ‘‘लूतको’’ परिवार बाहेक कि उनीहरूलाई हामीले बचाइहाल्नेछौं ।

    [60] तर लूतकी स्वास्नी बाहेक जसको निम्ति निश्चित गरेकाछौं कि त्यो पछि रहनेछे ।

    [61] अनि जब पठाइएका फरिश्ताहरू ‘‘लूतको’’ घर नजिक आइपुगे ।

    [62] तब लूतले भनेः ‘‘तिमीहरू त अन्जान मानिस जस्तै छौ ।’’

    [63] तिनीहरूले भनेः कि होइन, बरु हामी तपाईको सामु त्यो कुरा लिएर आएका छौं जसमा मानिसहरूले शंका गर्दथे ।

    [64] र हामी तपाईको सामु वास्तविक कुरो लिएर अएका छौं र हामी सत्य भन्दछौं ।

    [65] तसर्थ तपाई रात्रीको केही अंश शेष रहँदा घरका मानिसहरूलाई लिएर निस्कनुस् र स्वयम् उनीहरूको पछाडि हिंड्नुस् र तपाईहरूमध्ये कुनै पनि व्यक्तिले पछि फर्केर नहेरोस् र जहाँ तपाईहरूलाई आदेश हुन्छ त्यहाँ गइहाल्नुस् ।

    [66] र हामीले लूततिर यो आदेश पठाएका छौं, कि यी अपराधिहरूको जरा विहान हुँदाहुँदै काटिनेछ ।

    [67] र शहरका मानिसहरूले खुशियाली मनाउँदै आइपुगे

    [68] लूतले भने कि यी मेरा अतिथिहरू हुन्, तिमीले मलाई अपमानित नगर्नु ।

    [69] अल्लाहसित डरमान र मलाई लज्जित नगर्नु ।

    [70] तिनीहरूले भनेः के हामीले तिमीलाई सम्पूर्ण संसारको सत्कारबाट मनाही गरेनौं

    [71] (उनले) भनेः कि यदि तिमीले गर्नु नै छ भने यी मेरो छोरीहरू हुन्, (विवाह गरिहाल) ।

    [72] (हे मुहम्मद !) तिम्रो प्राणको कसम ! तिनीहरू त नशामा उन्मक्त थिए ।

    [73] तसर्थ तिनीहरूलाई सूर्य उदाइराखेकै बेलामा ठूलो धामाकाले आई समात्यो ।

    [74] र हामीले त्यस शहरलाई उल्टाई विनाश गरिहाल्यौं र तिनीहरूमाथि ढुंङ्गा बर्षायौं ।

    [75] निःसन्देह यस घटनामा बुझ्नेहरूका निम्ति धेरै निशानी छन् ।

    [76] यो बस्ती (अहिलेसम्म) चालु बाटोमा (सार्वजनिक मार्गमा) अवस्थित छ ।

    [77] र त्यसमा ईमान भएका मानिसहरूका निम्ति ठूला निशानीहरू छन् ।

    [78] एैका (जंगल) बस्तीको बासिन्दाहरू पनि ठूलो अत्याचारी थिए ।

    [79] तसर्थ हामीले तिनीहरूसित पनि प्रतिशोध लियौं र यी दुवै शहरहरू प्रमुखमार्गमा (अवस्थित) छन् ।

    [80] र ‘‘हिज्र’’ (उपत्यका) का बासिन्दाहरूले पनि पैगम्बरहरूलाई झूठा भने ।

    [81] हामीले तिनीहरूलाई आफ्ना निशानीहरू पनि दियौं तर तिनीहरू त्यसबाट विमुख हुँदै गए ।

    [82] तिनीहरूले निडर भएर पहाडहरूलाई काटेर घर बनाउँदथे ।

    [83] तर शक्तिशाली बिस्फोटले तिनीहरूलाई पनि समातिहाल्यो ।

    [84] तिनीहरूको कुनै कार्य र उपाय तिनीहरूको काम लागेन ।

    [85] र हामीले आकाशहरू र धर्तीलाई र जुन तिनीहरूमा छन्, तिनलाई एउटा उद्देश्यले सृष्टि गरेका हौं र कियामत त अवश्य नै आउनेछ, तसर्थ तिमीले तिनीहरूलाई दयापूर्ण तरिकाले क्षमा गरिदेऊ ।

    [86] यसमा कुनै शंका छैन कि तिम्रो पालनकर्ता नै सृष्टि गर्नेवाला सर्वज्ञाता छ ।

    [87] र निःसन्देह हामीले तपाईलाई सात आयतहरू प्रदान गरेका छौं जुन कि (नमाजमा) दोहोर्याएर पढिन्छन् र गरिमापूर्ण कुरआन पनि प्रदान गरेका छौं ।

    [88] तपाईले त्यसतर्फ निश्चितरूपले आँखा न गाड्नुस् जुन हामीले काफिरहरूका कैयन् समूहलाई, (सांसरिक लाभहरू) प्रदान गरेका छौं, र नत उनीहरूको दशामाथि दुःखी हुनुस् र मोमिनहरूसित (विनम्रमा) आफ्नो हातहरू तल राखिराख्नुस् ।

    [89] र भनिदिनुस् म त खुल्लम खुल्ला चेतावनी दिनेवाला हूँ ।

    [90] जस्तो हामीले किताब टुक्रा–टुक्रा गर्नेहरूको लागि (सजाय) पठायौं ।

    [91] अर्थात जिनीहरूले ‘‘कुरआनलाई’’ (केही मान्नु र केही नमान्नुबाट) टुक्रा–टुक्रा गरिहाले ।

    [92] तिम्रो पालनकर्ताको शपथ छ ! हामीले तिनीहरूसित अवश्य नै सोधपूछ गर्नेछौं ।

    [93] ती कामहरूको बोरमा, जुन तिनीहरू गर्दै आएका छन् ।

    [94] तसर्थ जुन आदेश तपाईलाई प्राप्त भएको छ त्यो स्पष्टरूपमा सुनाइदिनुस् र मुश्रिकहरूसंग मुख फर्काइलिनुस् ।

    [95] जो तपाईसँग मजाक गर्छन् उनीहरूको सजायको लागि हामी पर्याप्त छौं ।

    [96] जसले अल्लाहको साथमा अरुलाई पूजनीय ठान्दछन्, तिनीहरूलाई छिटै थाहा भइहाल्ने छ ।

    [97] हामीलाई राम्ररी थाहा छ, कि तिनीहरूको कुराबाट तपाईको मन कति दिक्क हुन्छ

    [98] तपाईले आफ्नो पालनहारको गुणगान गर्दै गर्नुस् र सज्दा (ढोग) गर्नैहरूमा शम्मिलित रहनुस् ।

    [99] र आफ्नो पालनकर्ताको उपासना गर्दै जानुस्, जबसम्म तपाईको मृत्यु हुँदैन ।

    Surah 16
    अन–नहल

    [1] अल्लाहको आदेश (सजाय) आइपुग्यो, (काफिरहरू) यसको निम्ति हतार नगर, ऊ पवित्र छ र जसलाई अल्लाहको साझेदार ठहराउँदछन् तिनीभन्दा अल्लाह उच्च छ ।

    [2] उसैले फरिश्ताहरूलाई सन्देश दिई आफ्नो आदेशले आफ्ना भक्तहरूमध्येबाट, जसलाई चाहन्छ त्यसको नजिक पठाउँछ । मानिसहरूलाई सचेत गर्न ! कि म (अल्लाह) बाहेक कोही अर्को सत्य पूजनीय छैन, तसर्थ मसित डर ।

    [3] उसैले आकाशहरूलाई र पृथ्वीलाई बुद्धिमत्ताले सृष्टि गरेको छ । ऊ त्यसबाट मुक्त छ जुन मुश्रिकहरूले गर्दछन् ।

    [4] उसले मानिसलाई शुक्राणु (वीर्य) बाट सृष्टि गर्यो, तर तिनीले झगडालु बन्न थाले ।

    [5] चौपायाहरूलाई पनि उसैले सृष्टि गरेको छ, जसबाट तिमीहरूलाई गर्म पहिरन प्राप्त हुन्छ र अन्य धेरै फाइदाहरू छन् र यिनीहरूमध्ये केहीलाई तिमीले खान्छौ पनि ।

    [6] र यिनीहरूबाट घरको रौनक पनि हुन्छ, चराउन लैजाँदा र चराएर घर फर्काएर ल्याउँदा पनि ।

    [7] र तिनीहरूले तिम्रो भारी ती शहरहरूसम्म बोक्छन्, जहाँ तिमी ठूलो दुःख नगरी पुग्न सक्दैनौं । यसमा कुनै सन्देह छैन कि तिम्रो पालनकर्ता अत्यन्त कृपालु, धेरै दयावान छ ।

    [8] र उसैले घोडा र खच्चड तथा गधहाहरूको सृष्टि गर्यो ताकि तिमीहरू उनीहरूमाथि चढि सवारी गर्न सक, र तिनीहरू तिम्रा शोभा पनि हुन् र उसले अन्य कुराहरू पनि सृष्टि गर्दछ जसबारे तिमीलाई थाहा छैन ।

    [9] र सोझो बाटो त अल्लाहसम्म पुग्दछ र केही मार्गहरू बाङ्गो पनि छन् । र यदि उसले चाहेको भए तिमी सबैलाई सोझो बाटोमा हिंडाउन सक्थ्यो ।

    [10] उसैले आकाशहरूबाट तिम्रो फाइदाको लागि पानी बर्षायो जसलाई तिमीले पिउँछौं र त्यसबाट उब्जेका रुखहरूबाट तिमी आफ्ना चौपायाहरू चराउँछौं ।

    [11] त्यही पानीबाट उसले तिम्रो निम्ति बाली र जैतून, खजूर र अंगूर र प्रत्येक प्रकारको फल उमार्छ निःसन्देह सोच र बिचार गर्नेहरूको निमित्त यसमा ठूलो निशानी छ ।

    [12] उसैले राती र दिन तथा सूर्य र चन्द्रलाई तिम्रो अधीन गर्यो र उसैको आदेशको अधीनमा ताराहरू पनि (काममा लागेका) छन् निःसन्देह बुद्धिमानहरूको लागि यसमा धेरै निशानीहरू छन् ।

    [13] अरु पनि विभिन्न प्रकारका रङ्गीचङ्गी कुराहरू उसले धर्तीमा तिम्रो लागि सृष्टि गरेको छ । उपदेश ग्रहण गर्नेहरूको निम्ति यसमा धेरै निशानीहरू छन् ।

    [14] र उसले समुद्रलाई पनि तिम्रो अधीनमा गर्यो जसबाट ताजा मासु खान सक र त्यसबाट गहना (इत्यादि) निकाल जसलाई तिमीले लगाउँछौं र तिमीले देख्छौ कि डुङ्गाहरूले समुद्रमा पानी पन्छ्याउँदै अगाडि बढ्छन् र यस कारण पनि ताकि तिमीले अल्लाहको कृपाले जीविका खोज्न सक र जसबाट सम्भव छ तिमी उसप्रति आभार प्रकट गर ।

    [15] र उसैले धर्तीमा पहाडहरू उभ्याइदियो जसबाट तिमीलाई लिएर नहल्लीयोस् र नहरहरू र बाटोहरू बनायो ताकि एक ठाउँबाट अर्को ठाँउसम्म जान सक ।

    [16] अरु पनि (बाटोहरूमा) चिन्हहरू बनाइदियो र मानिसहरूले ताराहरूबाट पनि मार्गहरू पत्ता लगाउँछन् ।

    [17] तसर्थ जसले सृष्टि गर्यो, के त्यो यस्तो छ जसले केही पनि सृष्टि गर्न सक्दैन ? अनि तिमीले विचार किन गर्दैनौ

    [18] र यदि तिमी अल्लाहका कृपाहरू गन्न चाहन्छौ भने गन्न सक्दैनौ । निःसन्देह अल्लाह बड़ो क्षमाशील र परम दयालु छ ।

    [19] र जे जति तिमीले लुकाउँछौ र जे–जति प्रकट गर्दछौ अल्लाहलाई सबै थाहा छ ।

    [20] र जस, जसलाई यिनीहरू अल्लाह बाहेक पुकार्दछन्, तिनीहरूले कुनै पनि कुरा बनाउन सक्दैनन् बरु स्वयं उनीहरू अरुबाट बनाइएका छन् ।

    [21] (तिनीहरू) लाश हुन्, जिउँदा होइनन् तिनीहरूलाई यो पनि थाहा छैन कि कहिले उठाइनेछन् ।

    [22] तिमी सबैको पूजनीय एक मात्र अल्लाह हो, जो आखिरतमाथि ईमान राख्दैनन् तिनीहरूका हृदय अवज्ञाकारी छन् र तिनीहरू स्वयम् घमन्डी भइराखेका छन् ।

    [23] यिनीहरूले जे लुकाउँछन् र जे प्रकट गर्छन अल्लाहलाई अवश्य त्यसबारे थाहा हुन्छ । उसले घमण्डीहरूलाई कहिल्यै रुचाउँदैन ।

    [24] र जब यी (काफिरहरूलाई) भनिन्छः कि ‘‘तिम्रो पालनकर्ताले के उतारेको छ ? त भन्दछन्ः’’ कि त्यो त पहिलाका मानिसहरूका कथाहरू हुन् ।

    [25] यसैको परिणाम हुनेछ कि तिनीहरूले कियामतको दिन आफ्नो सम्पूर्ण बोझ आफै बोक्ने छन् र जसलाई यिनले ज्ञान नभइकन् मार्गविचलित गर्दछन्, तिनीहरूको पनि भारी बोक्ने छन् हेर त कस्तो नराम्रा वोझ उठाइराखेका छन् ।

    [26] यिनीभन्दा पहिलाका मानिसले पनि (यस्तै) षड्यन्त्रहरू गरेका थिए, अन्तमा अल्लाहले तिनीहरूको कल्पनाका महलहरूलाई जगबाटै उखेलिदियो र तिनीहरूमाथि घरका छतहरू खसे र यिनीहरूलाई त्यस्तो ठाउँबाट सजाय आयो जसबारे उनलाई अनुमान पनि थिएन ।

    [27] अनि उसले तिनीहरूलाई कियामतको दिन पनि अपमानित गर्नेछ र भन्ने छः ‘‘कि मेरा ती साझेदारहरू कहाँ छन् जसको बारेमा तिमीहरूले विवाद गर्दथ्यो ?’’ जुन मानिसहरूलाई ज्ञान प्रदान गरिएको थियो तिनीहरूले भन्नेछन् कि आज काफिरहरूलाई अपमान र लज्जाले छोपेको छ ।

    [28] तिनीहरू जो आफूमाथि अत्याचार गर्दछन् जब फरिशताहरूले तिनीहरूका ज्यान निकाल्न थाल्छन् त तिनीहरू नतमस्तक र आज्ञाकारी भइहाल्छन् (भन्दछन्ः) कि हामीले कुनै नराम्रो काम गर्दैनथ्यौं । तर जे–जति तिमीले गर्ने गर्दथ्यौ अल्लाहलाई राम्ररी थाहा छ ।

    [29] तसर्थ नर्कका ढोकाहरूमा तिमीहरू प्रवेश गरिहाल, सधैं त्यसमा रहनेछौ, घमण्ड गर्नेहरूको लागि कति नराम्रो बासस्थान हो ।

    [30] र (जब) सहनशीलसित सोधिन्छः कि तिम्रो पालनकर्ताले के उत्तारेको छ त भन्दछन् कि अत्यन्त राम्रा, जुन मानिसहरूले भलाई गरे तिनीहरूको निम्ति यस संसारमा पनि भलाई छ र आखिरतको घर त अवश्य धेरै राम्रो छ, र संयमीहरूको घर अत्यन्त राम्रो छ ।

    [31] स्थाई बगैंचाहरू छन् जसमा तिनीहरू प्रवेश गर्नेछन्, तिनीहरूतल नहरहरू बगिराखेका छन् त्यहाँ जे चाहन्छन् तिनीहरूको निम्ति उपलब्ध हुनेछन् । अल्लाहले संयमीहरूलाई यस्तै प्रतिफल दिनेछ ।

    [32] जब फरिश्ताहरूले तिनीहरूका आत्मा निकाल्न थाल्छन् र यिनीहरू (शीर्कबाट) पवित्र हुन्छन्, भन्दछन तिम्रो लागि कुशलता नै कुशलता छ र भन्दछन् कि जुन कार्य तिमीले गर्ने गर्दथ्यो, त्यसको फलस्वरूप स्वर्गमा प्रवेश गरिहाल ।

    [33] के यिनी यस कुराको प्रतीक्षमा छन् कि फरिश्ताहरू उनको समीप (प्राण निकाल्न) आउन् वा तिम्रो पालनकर्ताको आदेश आइपुगोस् । यस्तैे तिनीहरूले पनि गरेका थिए जो उनीभन्दा पहिला थिए र अल्लाहले उनीहरूमाथि कुनै अत्याचार गरेन, बरु तिनीहरू आफैले आफूहरूमाथि अत्याचार गर्दथे ।

    [34] तसर्थ तिनीहरूको नराम्रो कामको परिणाम तिनीहरूलाई प्राप्त भयो र जुन कुराको तिनीहरूले हाँसो गर्ने गर्दथे, त्यसले तिनीहरूलाई घेरिहाल्यो ।

    [35] मुश्रिकहरूले भने कि अल्लाहले चाहेको भए हामीले र हाम्रा बाबुबाजेले उसबाहेक अरु कसैको पूजा गर्ने थिएनन् र नत हामीले उसको आदेश बिना कुनै कुरालाई हराम (वर्जित) ठहराउँथ्यौं । (हे पैगम्बर !) यस्तै प्रकारले यिनीहरूभन्दा अगाडिका मानिसहरूले पनि गरेका थिए, तसर्थ पैगम्बरहरूको जिम्मामा मात्र स्पष्टरूपले सन्देश पुर्याइदिनु बाहेक अरु केही छ

    [36] हामीले हरेक समुदायमा पैगम्बर पठायौं कि मानिसहरू अल्लाहकै पूजा गरुन्, र उस बाहेक अन्य समस्त पुज्यहरूलाई त्यागिहालुन् अनि तिनीहरूमध्ये केही यस्ता छन्, जसलाई अल्लाहले मार्ग दर्शन गर्याे र केही यस्ता छन जो मार्गविचलनमा परे । तसर्थ तिमी स्वयम् पृथ्वीमा घुमफिर गरेर हेरिहाल कि (सत्यलाई) झूठो भन्नेहरूको परिणाम कस्तो भयो

    [37] यद्यपि तपाई यी काफिरहरूको पथप्रदर्शनको लागि इच्छुक भए पनि जसलाई अल्लाहले पथविचलित गर्छ, त्यसलाई मार्गदर्शन दिने गर्दैन, र यस्ता मानिसहरूको कोही सहायता गर्ने पनि हुँदैन ।

    [38] तिनीहरूले ठूल–ठूला शपथहरू खाएर भन्छन् कि मरेकाहरूलाई अल्लाहले जीवित गर्दैन । किन होइन ! अवश्य जिन्दा गर्नेछ । यो अल्लाहको एउटा सत्य वचन हो जसलाई उसले अवश्य पूरा गर्नेछ तर अधिकतर मानिसहरू जान्दैनन् ।

    [39] त्यसकारण पनि कि जुन कुरामा यिनीहरूले विवाद गर्दथे, त्यस कुरालाई स्पष्टसँग अल्लाहले वर्णन गरोस् र यस कारण पनि कि काफिरहरूले जानिहालुन् कि तिनीहरू झूठा थिए ।

    [40] जब हामीले कुनै कुराको इच्छा गर्दछौं त यति मात्र भनिदिन्छौं कि ‘‘भइहाल’’ अनि त्यो भइहाल्छ ।

    [41] र जुन मानिसहरूले अत्याचार सहेपछि अल्लाहको बाटोमा घरद्वार छाड़े, हामीले तिनीहरूलाई संसारमा राम्रोभन्दा राम्रो घर दिनेछौं, र आखिरतको पुरस्कार त निकै ठूलो छ तर काश ! तिनीहरूले बुझ्दथे ।

    [42] (अर्थात) ती मानिसहरू जसले धैर्य गरे र आफ्नो पालनकर्तामाथि नै भरोसा गर्दैरहे ।

    [43] र हामीले तपाईभन्दा पहिला पनि पुरुषहरूलाई नै पैगम्बर बनाएर पठाउने गरेका थियौं, जिनीहरूमाथि हामीले आफ्नो आदेश पठाउने गर्दथ्यौं । यदि तिमीहरूलाई थाहा छैन भने किताबका ज्ञाताहरूसित सोधिहाल ।

    [44] प्रमाणहरू र किताबहरू दिएर र अब हामीले तपाईलाई पनि यो किताब प्रदान गरेका छौं, जसबाट मानिसहरूलाई जे प्रदान गरेका छौं तपाईले स्पष्ट गरी वर्णन गर्नुस्, सम्भव छ तिनीहरूले विचार गरुन् ।

    [45] के तिनीहरू जसले कि अत्यन्त नराम्रा षडयन्त्र गर्दछन्, यसबाट आफूलाई सुरक्षित ठान्दछन् कि अल्लाहले पृथ्वीमा उनीहरूलाई धसाइहालोस् अथवा उनीतर्फ यस्तो ठाउँबाट सजाय आइपुगोस् जसबारे उनलाई अनुमान पनि नहोस् ।

    [46] वा उनीहरूलाई हिंडडुलगर्दा समातिहालोस्, तिनीहरूले अल्लाहलाई कुनै हालतमा पनि हैरान गर्न सक्तैनन् ।

    [47] वा तिनीहरूमा सजायको भय उत्पन्न गराएर समातिहालोस् । निःसन्देह तिम्रो पालनकर्ता अत्यन्त कृपालु (र) परम दयालु छ ।

    [48] के तिनीहरूले अल्लाहका प्राणीहरूमध्ये कसैलाई पनि देखेनन्, जसका छाँयाहरू दाँयाबाट र बाँयाबाट झुकेर अल्लाहको अगाडि ढोग्छन् र आफ्नो व्याकुलता प्रदर्शन गर्दछन् ।

    [49] निश्चितरूपले सबै प्राणीहरू जो आकाशहरू र पृथ्वीमा छन्, अल्लाहको अगाडि ढोग्छन् र फरिश्ताहरू पनि र यिनीहरू अलिकति पनि घमण्ड गर्दैनन् ।

    [50] र आफ्नो पालनकर्ताबाट जो तिनीहरूभन्दा माथि छ, तर्सन्छन् र जुन कुरोको तिनीहरूलाई आदेश हुन्छ त्यसको पालना गर्दछन् ।

    [51] अल्लाहको आदेश भइसकेको छ कि दुईवटा पूज्य नबनाऊ, पूजनीय उहि एउटा मात्र छ, तसर्थ मसित मात्र तिमीहरू डर भय मान ।

    [52] जेजति आकाशहरूमा र जेजति पृथ्वीमा छन्, सबै उसैको हो, र उसैको इबादत (उपासना) आवश्यक छ, अनि के तिमी अल्लाह बाहेक अरुहरूसित तर्सन्छौ

    [53] असल कुराहरू जे जति तिमीले पाएका छौ सबै अल्लाहबाटै प्रदान गरिएका हुन् । अहिले पनि जब तिमीलाई कुनै कष्ट पुग्दछ तब उसैको अगाडि प्रार्थना गर्दछौ ।

    [54] अनि जब उसले तिमीलाई कष्टबाट मुक्त गरिदिन्छ त तिमीहरूमध्ये केहीले अल्लाहको साझेदार ठहराउन थाल्छन् ।

    [55] कि जुन राम्रा कुराहरू हामीले उनलाई प्रदान गरेका छौं त्यसप्रति कृतघ्नता प्रकट गरुन्, हो केही सांसारिक फाइदाहरू लिइहाल, तर यादराख छिट्टै तिमीलाई थाहा भइहाल्नेछ ।

    [56] र हामीद्वारा प्रदान गरिएका कुराहरूमध्ये यस्ताको भाग निर्धारित गर्छन् जसबारे केही थाहा छैन । अल्लाहको सौगन्ध छ ! जुन असत्य कुराहरूको रचना गर्दछौंं त्यसबारे तिमीसित अवश्य नै सोधपूछ हुनेछ ।

    [57] ऊ यस कुराबाट मुक्त र महान छ जो उनीहरूले अल्लाहको लागि केटीहरू निर्धारित गर्दछन् र आफ्नो निम्ति (छोराहरू) जुनकि तिनीहरूलाई राम्रो लाग्छ, आफ्नो भाग लगाउँछन् ।

    [58] जब तिनीहरूमध्ये कसैलाई छोरी (जन्मेको) समाचार प्राप्त हुन्छ, त उसको अनुहार (दुःखले) कालो भइहाल्छ र उसको हृदय दुःखी भइहाल्छ

    [59] र यस नराम्रो समाचारबाट अन्य मानिसहरूबाट लुक्दै हिंड्छ र सोच्दछ कि अपमान सहेर यसलाई जीवित रहन देओस् वा जमिनमुनि गाडिदेओस् । हेर, यिनीहरूले कस्तो नराम्रो निर्णय गर्दछन् ।

    [60] जसले आखिरतमाथि आस्था राख्दैनन् तिनै नराम्रा उदाहरण हुन्, अल्लाहको लागि त उच्च विशेषता छ ऊ सर्वशक्तिमान, र बुद्धिमत्ता सम्पन्न छ ।

    [61] यदि मान्छेहरूका पापको कारण महान अल्लाह उनीलाई समात्थ्यो भने त पृथ्वीमा एउटा पनि सजीव प्राणी रहदैन्थ्यो । तर उसले त एक निश्चित समयसम्म छूट दिने गरेको छ जब त्यो समय आइपुग्छ त तिनी एकछिन अघि पछि हुन सक्दैनन् ।

    [62] र यिनीहरूले अल्लाहको निम्ति यस्ता कुरा साबित गर्छन, जुन तिनीहरूलाई राम्रो लाग्दैन, र उनले जिब्रोले झूठो बोल्दै जान्छन् कि उनलाई भलाई हुनेछ । सन्देह छैन कि तिनीहरूको निम्ति आगो (तैयार) छ र यिनीहरू नर्कमा सबभन्दा अगाडि पठाइनेछन् ।

    [63] अल्लाहको सौगन्ध छ ! हामीले तिमीभन्दा अगाडिका समुदायहरूतिर पनि आफ्ना पैगम्बरहरू पठायौं । तर शैतानले तिनीहरूका (नराम्रा) क्रियाकलाप सिंगारेर देखायो, तसर्थ आज पनि त्यही तिनीहरूको मित्र छ र तिनीहरूको निम्ति कष्टदायक सजाय छ ।

    [64] र हामीले तपाईमाथि यो किताब यसकारण उतारेका छौं कि जुन कुराहरूमा यिनीहरूको विवाद छ ती सबैलाई तपाईले स्पष्ट गरिदिनुस् र यो मोमिनहरूको लागि मार्गदर्शन र वरदान हो ।

    [65] र अल्लाहले आकाशहरूबाट पानी बर्षाएर धर्तीलाई त्यसको मृत्यु पश्चात जीवित गर्दछ । निःसन्देह यसमा सुन्नेहरूको लागि निशानी छ ।

    [66] तिम्रो निम्ति चौपायाहरूमा पनि ठूलो शिक्षा छ, किनकि तिनीहरूका पेटमा जुन गोबर र रगत छ, त्यसबाट हामीले तिमीलाई विशुद्ध दूध खुवाउँछौं, जुन पिउनेहरूको निम्ति सुपाच्य र रुचिकर छ ।

    [67] र खजूर र अंगूरका फलहरूबाट पनि तिनीहरूबाट कडा पेयपदार्थ बनाउँदछौं र राम्रो जीविका पनि, जसले बुझ्दछन् तिनीहरूका निम्ति यी कुराहरूमा धेरै ठूलो निशानी छ ।

    [68] तपाईको पालनकर्ताले माहुरीलाई आदेश गर्यो कि पहाड़हरूमा रुखहरूमा र मानिसले बनाएका अग्ला–अग्ला निवास स्थानहरूमा चाका बनाऊ ।

    [69] र हरेक किसिमको फलफूल खाऊ र आफ्नो पालनकर्ताको सरलमार्गमा हिड्ने गर । उनको पेटबाट रंग बिरंगी पिउने कुरा निस्कन्छ जसका विभिन्न रङ्गहरू हुन्छन् र त्यसमा मानिसहरूको कैयौं उपचार छ । निःसन्देह चिन्तन गर्नेहरूको निम्ति उसमा पनि ठूलो निशानी छ ।

    [70] अल्लाहले नै तिम्रो सृष्टि गरेको छ, अनि उसैले तिमीलाई मृत्यु दिनेछ, र तिमीहरूमध्ये केही यस्ता छन् कि निकै कमजोर बृद्ध अवस्थामा पुग्छन् र (धेरै कुराहरू) को ज्ञान हासिल गरेपछि पनि अनभिज्ञ भइहाल्छन् । निःसन्देह अल्लाह ज्ञाता र शक्तिसम्पन्न छ ।

    [71] अल्लाहले नै जीविकामा केहीलाई केहीमाथि प्रधानता प्रदान गरेको छ, त जुन मानिसहरूलाई प्रधानता प्राप्त छ, तिनीहरूले आफ्नो जीविका आफ्नो अधीनका मानिसहरूलाई दिँदैनन् कि सबै समान भइहालुन्, तसर्थ के यिनीहरू अल्लाहबाट प्रदान गरिएका उपहारहरूबाट इन्कार गर्नेछन्

    [72] अल्लाहले नै तिमीमध्येबाट तिम्रो निम्ति जोड़ीहरूको सृष्टि गर्यो र स्वास्नीबाट तिम्रा छोराहरू र नातीहरूको सृष्टि गर्यो र खानाको निम्ति तिमीलाई राम्रा राम्रा खानेकुरा दियो, त के यिनीहरूले तैपनि झूठ कुराहरूमा विश्वास राख्दछन् र अल्लाहबाट दिएका उपहारहरूप्रति कृतध्नता प्रकट गर्नेछन्

    [73] र तिनीहरूले अल्लाह बाहेक यस्ता कुराहरूको पूजा गर्दछन् जसले कि तिनीहरूलाई आकाशहरू र धर्तीमा जीविका प्रदान गर्न अलिकति पनि अधिकार राख्दैनन् र न क्षमता राख्दछन् ।

    [74] तसर्थ अल्लाहको बारेमा (गलत) उदाहरणहरू नबनाऊ । अल्लाहलाई मात्र थाहा छ र तिमीहरू जान्दैनौ ।

    [75] अल्लाहले एउटा अर्काे उदाहरण वर्णन गर्दछ कि एउटा दास छ, जो अर्काको अधीनमा छ र उसलाई कुनै कुरामाथि अधिकार प्राप्त छैन र एउटा यस्तो मानिस छ, जसलाई हामीले आफूकहाँबाट उचित धन–सम्पत्ति प्रदान गरेका छौं, र उसले त्यसबाट लुकिछिपि र खुल्ला रूपमा खर्च गर्दछ । त के दुवैजना एक समान छन् ? (कदापि होइन) सम्पूर्ण प्रशंसाहरू अल्लाहका लागि नै छन् तर यिनीहरूमध्ये अधिकतरले बुझ्दैनन् ।

    [76] अल्लाहले एउटा अर्काे उदाहरण पनि वर्णन गर्दछ, दुईजना मानिसहरूको । त्यसमध्ये एउटा लाटो छ कुनै कुरामाथि उसलाई अधिकार प्राप्त छैन अपितु ऊ आफ्नो मालिकमाथि एउटा अनावश्यक बोझ (भारी) छ । त्यसलाई जहाँ पठाए पनि उसले कुनै भलो कुरो ल्याउँदैन, के यस्तो (लाटो बहिरो) र त्यो मान्छे जो (सुन्दछ, बोल्दछ र) मानिसहरूलाई इन्साफ गर्न आदेश दिन्छ र स्वयं सोझो बाटोमो हिंडीराखेछ, दुवै समान हुन्छन् र

    [77] आकाश र पृथ्वीको गोप्यता मात्र अल्लाहलाई नै थाहा छ कियामतको आगमन यस्तै छ जस्तो आँखाको झिम्काई, बरु त्योभन्दा पनि छिटो, निःसन्देह हरेक कुरोमा अल्लाह शक्ति सम्पन्न सामथ्र्यवान छ ।

    [78] अल्लाहले नै तिमीलाई तिम्रा आमाहरूको पेटबाट निकाल्यो जबकि तिमीलाई केही पनि थाहा थिएन । र उसैले तिमीलाई श्रवणक्षमता र हेर्ने क्षमता र हृदय (र यिनीहरू बाहेक अन्य अङ्गहरू) प्रदान गर्यो कि तिमीले उसप्रति कृतज्ञता प्रकट गर्न सक ।

    [79] के तिनीहरूले चराहरूलाई देखेनन् जो आज्ञाकारी भएर आकाशको हावामा घेरिएर (उडिराख्दछन्) तिनीहरूलाई मात्र अल्लाहले नै थामिराखेको छ । निःसन्देह ईमान भएकाहरूको लागि यसमा ठूला निशानीहरू छन् ।

    [80] र अल्लाहले नै तिम्रो निम्ति तिम्रा घरहरूमा शान्तिस्थल बनायो र उसैले चौपायाको छालाहरूबाट तिम्रो निम्ति पाल (बासस्थान) बनायो, जसलाई तिमीले हल्का र सानो पाउँदछौं, जब तिमी यात्रा गर्दछौ र कुनै ठाउँमा बास बस्दा काममा ल्याउँछौ र उनीहरूको ऊन र नरम कपाल र रौंहरूबाट तिमीहरूले सुविधाजनक सामानहरू तयार गर्दछौ जुनकि एउटा निर्धारित समयसम्म काम लाग्छन् ।

    [81] अल्लाहले नै तिम्रो लागि आफूले सृष्टि गरेका कुराहरूबाट छायाँ बनायो र उसैले पहाडहरूमा तिम्रो लागि गुफाहरू बनायो र वस्त्रहरू (पनि) जसले तिमीलाई गरमीबाट बचाउँछन् र (यस्ता) वस्त्रहरू (पनि) जसले तिमीलाई युद्धको बेला काम लाग्छन्, र रक्षा गर्दछन् । यस्तै प्रकारले अल्लाह आफ्नो कृपा तिमीमाथि पूरा गर्दछ कि तिमी आज्ञाकारी बन्न सक ।

    [82] तैपनि यदि यिनीहरू विमुख भइरहन्छन् भने (हे पैगम्बर !) तपाईको काम मात्र स्पष्टरूपले सुनाइदिनु नै हो ।

    [83] यिनीहरू अल्लाहका अमूल्य उपहार जान्दछन्, तर (जानी जानी) तिनलाई नकार्दछन् अपितु यिनीहरूमध्ये अक्सर कृतध्न छन् ।

    [84] र जुन दिन हामीले प्रत्येक समुदायमध्येबाट साक्षी उभ्याउने छौं, त न काफिरहरूलाई (बोल्न) अनुमति दिइनेछ र नत उनीहरूको पश्चाताप स्वीकार गरिनेछ ।

    [85] र जब यी अत्याचारीहरूले सजाय देख्नेछन्, फेरि नत उनीहरूको सजायमा कुनै कमी गरिने छ, र नत उनीहरूलाई मोहलत दिइनेछ ।

    [86] र जब मुश्रिकहरूले आफूले साझेदार बनाएकाहरूलाई देख्नेछन्, त भन्नेछन्ः कि हे हाम्रो पालनकर्ता ! यी तिनै साझेदार हुन् जसलाई हामीले तिमी बाहेक पुकार्ने गर्दथ्यौ, त तिनीहरूले उनीहरूसित भन्नेछन्ः कि तिमी विल्कुलै झूठा हौ ।

    [87] त्यस दिन यिनीहरू सबै बेबसभई अल्लाहको सामु टाउको निहुराई दिनेछन् र जुन कुरा उनीहरूले झूठ रच्ने गर्दथे, सबै तिनीहरूबाट हराउनेछन् ।

    [88] जुन मानिसहरूले कुफ्र गरे र अल्लाहको बाटोबाट रोके, हामीले उनीहरूलाई सजायमाथि सजाय दिँदै जानेछौं, उनीहरूको उद्दण्डताको कारणले यो बदला हुनेछे ।

    [89] र जुन दिन हामीले प्रत्येक समुदायबाट स्वयं उनीमाथि साक्षी उभ्याउने छौं, र (हे पैगम्बर) तपाईलाई यिनीहरूमाथि साक्षी बनाएर ल्याउने छौं, र हामीले तपाईमाथि (यस्तो) किताब उतारेका छौं कि यसमा हरेक कुराको वर्णन बिस्तारपूर्वक छ । र मुसलमानहरूको लागि मार्गदर्शन र दया तथा शुभसन्देश

    [90] अल्लाहले तिमीलाई न्याय र भलाई गर्न र नजिकका मानिसहरूलाई सहायता दिने आदेश गर्दछ र अमर्यादित र अनुचित कर्महरूबाट र अन्याय र नराम्रा काम गर्नबाट मनाही गर्दछ उसले स्वयम् तिमीलाई निर्देशित गर्दछ कि तिमीले उपदेश ग्रहण गर ।

    [91] र अल्लाहको वचनलाई पालना गर जब तिमी एक–आपसमा करार गर्दछौ र जब पक्का कसमहरू खान्छौ त तिनलाई नतोड किनभने तिमीले अल्लाहलाई आफ्नो जमानतदार निर्धारित गरिसकेका छौ । जे–जति तिमीले गर्दछौ अल्लाह त्यसलाई राम्ररी जान्दछ ।

    [92] र त्यस आईमाई जस्तो नहुनु जसले परिश्रमले त धागो कात्यो, फेरि त्यसलाई चुँडालेर टुक्रा–टुक्रा गरिहाल्यो । तिमीले आफ्ना शपथहरूलाई आपसमा यस कुराको माध्यम बनाउन नथाल, कि एक समूह अर्को समूहभन्दा बढि शक्तिशाली हुन पुगोस् । कुरो मात्र यही छ कि अल्लाहले यस वाचाबाट तिम्रो परीक्षा लिइरहेको छ र जुन कुराहरूमा तिमीले विवाद गर्दछौ, कियामतको दिन अल्लाहले तिनीहरूको वास्तविकता तिमीहरूमाथि प्रकट गर्नेछ ।

    [93] यदि अल्लाहले चाहेको भए, तिमी (सबै) लाई एउटै समूहमा राखिहाल्दथ्यो तर त्यसले जसलाई चाहन्छ, पथविचलित गर्दछ र जसलाई चाहन्छ मार्गदर्शन गर्दछ । जुन क्रियाकलाप तिमीले गर्दछौ तिनीहरूको बारेमा तिमीसित अवश्य नै सोधिनेछ ।

    [94] र आफ्ना शपथहरूलाई तिमीहरूले परस्पर विश्वासघातको माध्यम नबनाऊ कि तिम्रा पाइलाहरू दृढ भएपछि पनि अस्थिर हुनथालुन् र तिमीमाथि अजाब आइजाओस् यस कारणले कि तिमीले मानिसहरूलाई अल्लाहको बाटोबाट रोक्यौ, तिमीलाई ठूलो गम्भिर सजाय हुनेछ ।

    [95] तिमीले अल्लाहसित गरेको वाचालाई थोरै मोलमा बेच्ने नगर । यादराख अल्लाहको नजिकको वस्तु नै तिम्रो लागि अति उत्तम छ, यदि तिमीमा ज्ञान छ भने ।

    [96] जे जति तिम्रो पासमा छ, त्यो खतम भइहाल्छ, र जे अल्लाहलको पासमा छ, त्यो बाँकी रहन्छ र धैर्यधारण गर्ने जुन मानिसहरू छन् तिनीहरूलाई हामीले उनीहरूका कर्महरूको राम्रो पुरस्कार अवश्य दिनेछौं ।

    [97] जुन व्यक्तिले सत्कर्म गर्दछ, पुरुष होस् वा स्त्री, र त्यो मोमिन पनि छ, त हामीले उसलाई (संसारमा) पवित्र (र) आरामको जीवन प्रदान गर्नेछौं र (आखिरतमा) तिनीहरूको राम्रो कार्यको अत्यन्त राम्रो बदला पनि अवश्य नै दिनेछौं ।

    [98] जब तिमी कुरआन पढ्न थाल्छौं त तिरस्कृत शैतानसित अल्लाहबाट रक्षा माँग्नेगर ।

    [99] ईमानवालाहरू र आफ्नो पालनकर्तामाथि भरोसा राख्नेहरूमाथि त्यसको (शैतानको) केही सामर्थ लाग्दैन ।

    [100] हो त्यसको अधिकार तिनीहरूमाथि मात्र लाग्छ, जसले उसलाई आफ्नो साथी बनाउँदछन् र उसको (प्रेरणाको) कारणले अल्लाहसँग अरुलाई साझेदार निर्धारित गर्दछन् ।

    [101] र जब हामीले कुनै आयतलाई कुनै अन्य आयतको ठाउँमा राख्छौं र अल्लाहले जे जति उतार्ने गर्दछ त्यसलाई उसले राम्ररी जान्दछ, अनि यिनीहरू भन्दछन्ः कि तिमीले त (त्यसै) आफ्नो तर्फबाट रचेर ल्याउँछौ । कुरो यो छ कि तिनीहरूमध्ये अधिकांश अनभिज्ञ छन् ।

    [102] भनिदिनुस्ः कि यसलाई रूहुल कुद्दुस् फरिश्ता (जिब्राइल) तिम्रो पालनकर्ताको तर्फबाट सत्यताको साथ लिएर आएका छन्, ताकि यसबाट अल्लाहले आज्ञापालन गर्नेहरूको ईमानलाई सृदृढ गरोस्, र (यसबाट) मुसलमानहरूको मार्गदर्शन र कल्याण भइजाओस् ।

    [103] हामीलाई राम्ररी थाहा छ कि यिनीहरूले भन्दछन्ः कि यस (पैगम्बर) लाई एउटा व्यक्तिले सिकाएर जान्छ तर जसको तर्फ यिनीहरूले दुष्टतापूर्वक संकेत गर्दछन् त्यसको भाषा त अजमी हो र यो कुरआन स्पष्ट अरबी भाषामा छ ।

    [104] जुन, मानिसहरूले अल्लाहका आयतहरूमाथि आस्था राख्दैनन्, तिनीहरूलाई अल्लाहले मार्गदर्शन गर्दैन, र तिनीहरूको निम्ति कष्टदायक सजाय छ ।

    [105] झूठ आक्षेप त तिनै मानिसहरूले लगाउने गर्दछन जसलाई अल्लाहका आयतहरूमाथि आस्था हुँदैन र तिनै झूठा हुन् ।

    [106] जुन मानिसले ईमान ल्याएपछि अल्लाहसँग कुफ्र गर्दछ, मात्र त्यो बाहेक जसलाई बाध्य गरिन्छ, र उसको हृदय ईमानकोसाथ दृढ हुन्छ, परन्तु त्यो जसले हृदय खोलेर कुफ्र गर्दछ, त यस्तामाथि अल्लाहको क्रोध छ, र तिनीहरूलाई अत्यन्त कडा सजाय हुनेछ ।

    [107] यो यस कारणले कि उनीहरूले सांसारिक जीवनलाई आखिरतको दाँजोमा प्रिय ठाने निःसन्देह अल्लाहले काफिरहरूलाई मार्गदर्शन गर्दैन ।

    [108] यिनै मानिसहरू हुन्, जसका हृदयहरूमा र कानहरूमा र आखाँहरूमा अल्लाहले छाप लगाइदिएको छ, र यिनै लापरवाहीमा परिरहेका छन् ।

    [109] यसमा कुनै सन्देह छैन, कि यिनीहरूले परलोकमा ठूलो हानि बेहोर्ने छन् ।

    [110] अनि जुन मानिसहरूले कष्टहरू भोगेर आफ्नो वतन छाडे, अनि जिहाद गरे र स्थिर रहे, तिम्रो पालनकर्ता तिनीहरूलाई निःसन्देह यी (परीक्षाहरू) पश्चात क्षमादिने र दया गर्नेवाला छ ।

    [111] जुन दिन हरेक प्राणी आफ्नो स्वार्थको लागि लडाइझगडा गर्दै आउँछ र प्रत्येक व्यक्तिलाई उसको क्रियाकलापको पूरा–पूरा प्रतिफल दिइनेछ, र कसैमाथि बिल्कुल अन्याय हुनेछैन ।

    [112] अल्लाहले एउटा बस्तीको उदाहरण वर्णन गर्दछ जुन पूर्णशान्ति र सुरक्षामा थियो, प्रत्येक दिशाबाट उसको जीविकाको परिपूर्ति हुन्थ्यो फेरि अल्लाहको वरदानहरूप्रति उसले कृतध्नता प्रकट गर्यो, अनि अल्लाहले तिनीहरूको क्रियाकलापको कारणले बदलामा तिनीहरूलाई भूख र डरको स्वाद चखाइहाल्यो ।

    [113] उनीहरूको पासमा उनीहरूमध्ये एउटा पैगम्बर आयो तैपनि तिनीहरूले उसलाई झूठा भने, तसर्थ उनीहरूलाई सजाय आइसमात्यो र तिनीहरू अत्याचारी नै थिए ।

    [114] अल्लाहले तिमीहरूलाई जुन पवित्र जीविका प्रदान गरेको छ, त्यसलाई खाऊ र अल्लाहबाट प्रदान गरिएका पुरस्कारहरूप्रति आभार प्रकट गर, यदि तिमी उसैको उपासना गर्दछौ भने ।

    [115] उसले तिम्रो लागि मुर्दा जनावर र रगत र सुंगुरको मासु हराम (वर्जित) गरेको छ र जुन कुरामा अल्लाह बाहेक कुनै अन्यको नाम पुकारिन्छ तर हो (त्यस अवस्था बाहेक) यदि कोही बाध्य हुन्छ तर यस शर्तमा मात्र कि ऊ स्वयम् त्यसको इच्छुक नहोस् र सीमाभन्दा अगाडि जान नखोजोस्, त निःसन्देह अल्लाह क्षमादाता र दयावान छ ।

    [116] आफ्नो मुखबाट कुनै झूठ कुरा नगर कि यो (हलाल) पवित्र छ र यो त्याज्य छ ताकि अल्लाहमाथि झूठो कुराको सम्बन्ध जोड्नथाल, सम्झी राख जुन मानिसहरू अल्लाहमाथि झूठो कुराको सम्बन्ध गाँस्दछन्, उनीहरू सफल हुनेछैनन् ।

    [117] तिमीलाई फाईदा त अलिकति मात्र प्राप्त हुन्छ, तर तिनीहरूलाई नै कष्ट दायक सजाय (धेरै) हुनेछ ।

    [118] र जुन कुराहरू हामीले यहूदिहरूमाथि हराम गरिदिएका थियौं त्यसलाई पहिले नै तपाईलाई सुनाइसकेका छौं । र हामीले उनीहरूमाथि कुनै अत्याचार गरेनौं, बरु तिनीहरूले नै आफूमाथि अन्याय गर्ने गर्दथे ।

    [119] जुन मानिसहरूले अज्ञानतावश नराम्रा काम गरे, अनि प्रायश्चित गर्दछन् र सुध्रन्छन् भने तपाईको पालनकर्ताले उनीहरूलाई क्षमा र कृपा गर्नेवाला छ ।

    [120] निःसन्देह इब्राहीम नेतृत्वकर्ता र आदर्श पुरुष अल्लाहप्रति आज्ञाकारी र एकतर्फी निःस्वार्थी थिए, उनी अल्लाहको साथ अरुलाई साझेदार ठह्राउनेमध्येबाट थिएनन् ।

    [121] अल्लाहले प्रदान गरेका नेअ्मतहरू (पुरस्कार) प्रति आभारी थिए । अल्लाहले उनलाई रोजेको थियो र सोझो बाटोमा हिँडाएको थियो ।

    [122] हामीले उनलाई संसारमा पनि असल कुरा प्रदान गर्यौं र उनी परलोकमा पनि सत्यनिष्ठहरूमा हुनेछन् ।

    [123] फेरि हामीले तपाईतिर सन्देश (वह्य) पठायौं, ताकि तपाईले इब्राहीमको धर्मको अनुशरण गर्नुस्, जुन मुश्रिकहरूमध्ये थिएनन् ।

    [124] हप्ताको (शनिवारको) दिनको महानता तिनीहरूको लागि मात्र अनिवार्य गरिएको थियो, जसले त्यसमा विवाद उठाएका थिए । कुरो यो छ कि तपाईको पालनकर्ताले नै कियामतको दिन ती विवादहरूको निरोपण गर्नेछ ।

    [125] (हे पैगम्बर !) मानिसहरूलाई बुद्धिमत्ता र असल उपदेशले आफ्नो पालनकर्ताको बाटोतिर बोलाउनुस् र सधै राम्रो तरिकाले तिनीहरूसित कुरा गर्नुस्, जो उसको बाटोबाट विचलित छन् तपाईको पालनकर्ताले तिनलाई पनि राम्ररी जान्दछ र जो सही मार्गमा हिड्नेहरू छन् उनीहरूलाई पनि राम्ररी जान्दछ ।

    [126] र यदि बदला लिन्छौ भने, त्यति मात्र, जति कष्ट तिमीलाई उनीहरूबाट पुगेको छ, र यदि धैर्य गर्छौ भने, त त्यो धैर्य गर्नेहरूको लागि धेरै राम्रो हो ।

    [127] तपाईले धैर्य नै गर्ने भए पनि अल्लाहको मद्दत बिना धैर्य गर्न सक्दैनौ, र उनीहरूको बारेमा दुःखी नहुनु र जुन नराम्रो चाल यिनीहरू चालिराखेछन् त्यसबाट हृदय सानो नगर्नु ।

    [128] निश्चित मान कि जो आत्मसंयमी र असल छन्, अल्लाह मात्र उनीसँग छ ।

    Surah 17
    अल–इस्रा

    [1] त्यो अल्लाह अत्यन्त पवित्र छ, जसले एकै रातमा आफ्नो भक्तलाई मस्जिदुल हराम (कअ्बा) बाट मस्जिदे अक्सा (बैतुल मुकद्दस) सम्म लिएर गयो, जसको चारैतिर मैले बरकत (कल्याण) दिइराखेको छु यसका लागि कि हामीले उसलाई आफ्नो केही निशानीहरू देखाउन सकौं । निःसन्देह अल्लाह नै धेरै सुन्नेवाला र देख्नेवाला हो ।

    [2] र हामीले मूसालाई किताब प्रदान गरेका थियौं र उसलाई बनी इस्राईलको निम्ति पथपदर्शक बनाएका थियौं, कि म बाहेक कसैलाई स्रष्टा नठहराउनु ।

    [3] हे ती मानिसहरूका सन्तति जसलाई हामीले नूहको साथ (डुङ्गामा) सवार गरेका थियौं, निःसन्देह नूह (हाम्रा) आभारी भक्त थिए ।

    [4] हामीले बनी इस्राईलको लागि उनको किताबमा स्पष्ट फैसला गरेका थियौं, कि तिमीले पृथ्वीमा दुई पटक उपद्रव मच्चाउने छौ र ठूलो उदण्डता गर्नेछौ ।

    [5] तसर्थ यी दुईमध्ये जब पहिलो (वचन) को समय आयो त हामीले आफ्ना भीषण युद्ध गर्ने दासहरू तिम्रो मुकाबिलामा पठायौं र तिनीहरू तिम्रा घरका भित्रि भागमा पनि फैलिहाले र अल्लाहको त्यो वचन पूरा हुने नै थियो ।

    [6] फेरि हामीले तिमीलाई तिनीहरूमाथि अधिपत्य प्रदान गरेर तिम्रो दिन फेर्यौं र छोराहरूमा र धन सम्पत्तिमा वृद्धि गरी मद्दत गर्यौं र तिमीलाई ठूलो जथ्थावाला बनाइदियौं ।

    [7] यदि तिमीले असल कर्म गर्छौ भने आफ्नै फाइदाको लागि र यदि दुष्कर्म गर्दछौ भने तिनको परिणाम पनि तिमीले नै भोग्नु पर्नेछ । अनि जब दोस्रो वचनको (समय) आयो, (त अर्का भक्त पठायौं) ताकि तिम्रा अनुहार बिगारिदेउन् र पहिलो चोटी जस्तै त्यस मस्जिद (बैतुल मुकद्दस) मा प्रवेश गरिहालुन् । र जुन–जुन कुरामाथि नियन्त्रण गरुन्, तोड फोड गरी त्यसलाई नष्ट गरिहालुन् ।

    [8] आशा छ, कि तिम्रो पालनकर्ताले तिमीमाथि दया गरोस्, र यदि तिमी पुनः गर्न थाल्छौ भने हामीले पनि त्यही (पहिला जस्तो व्यवहार) गर्नेछौं, र हामीले नर्कलाई इन्कार गर्नेहरूको निम्ति कारागारको रूपमा राखेका छौं ।

    [9] निःसन्देह यस कुरआनले त्यो बाटो देखाउँछ जो सबैभन्दा सोझो छ, र मोमिनहरूलाई जसले सत्कर्म गर्दछन्, शुभसन्देश दिन्छ कि तिनीहरूको निम्ति ठूलो पुरस्कार छ ।

    [10] र यो कि जो आखिरतमाथि ईमान राख्दैनन्, तिनीहरूको निम्ति हामीले कष्टदायक सजाय तयार गरिराखेका छौं ।

    [11] र मानिसले नराम्रो कुरोको लागि प्रार्थना गर्नथाल्छ एकदमै आफनो भलोको लागि गरेको प्रार्थना जस्तै । र मानिस छदैछ हतार गर्ने प्राणी ।

    [12] हामीले दिन, रातलाई निशानीहरू बनाएका छौं, रातको निशानीलाई त हामीले प्रकाशरहित बनाएका छौं र दिनको निशानीलाई उज्यालो, ताकि तिमीले आफ्नो पालनकर्ताको कृपा (जीविका) खोज र वर्षहरूका गिन्ती र हिसाब जान्न सक र हामीले प्रत्येक कुरालाई सविस्तार वर्णन गरेका छौं ।

    [13] हामीले प्रत्येक मानिसको राम्रो, नराम्रो कार्यलाई उसको घाँटीमा झुण्डाइदिएका छौं, र कियामतको दिन (त्यो) हिसाब उसलाई झिकेर देखाउने छौं, जसलाई उसले खुलारूपमा पाउने छ ।

    [14] (भनिने छः कि) ल आफ्नो किताब आफैं पढिहाल, तिमी आज आफ्नो हिसाब आफैं लिन पर्याप्त छौ ।

    [15] जसले सही बाटो अपनाउँछ ऊ आफ्नो निम्ति अपनाउँछ, र जो मार्गविचलित हुन्छ त पथभ्रष्टताको भारी पनि उसैलाई हुनेछ, र कसैले अर्काको भारी उठाउने छैन, र जबसम्म हामीले पैगम्बर पठाउँदैनौं, तबसम्म सजाय दिने गर्दैनौं ।

    [16] र जब हाम्रो इच्छा कुनै बस्तीलाई ध्वस्त पार्ने हुन्छ भने त्यहाँका सम्पन्न मानिसहरूलाई केही आदेश दिन्छौं र तिनीहरूले त्यस बस्तीमा उल्लंघनकारी काम गर्न थाल्छन् अनि तिनीहरूमाथि सजायको कुरा प्रमाणित भइहाल्छ फेरि हामीले उनीहरूलाई नष्ट गरिहाल्छौं ।

    [17] हामीले नूह पश्चात पनि धेरै पुस्ताहरूलाई खतम गरिहाल्यौं । र तिम्रो पालनकर्ता आफ्नो भक्तहरूका पापहरूहरूलाई जान्ने र देख्नेवाला पर्याप्त छ ।

    [18] जो मानिस सांसारिक फाइदाको इच्छुक हुन्छ, उसलाई हामीले जसलाई र जति चाहन्छौं छिट्टै दिन्छौं, अनि अन्तिममा उसको निम्ति हामीले नर्कको बास निर्धारित गर्दछौं जहाँ तिनीहरू त्यसमा अपमानित र तिरस्कृत भई प्रवेश गर्नेछन् ।

    [19] र जुन मानिसले आखिरतको इच्छा गर्दछ र त्यसमा यति प्रयास गर्दछ जति उसले गर्न सक्दछ र ऊ मोमिन पनि छ भने त्यस्ता मानिसहरूको प्रयास अल्लाहले पूरै स्वीकार गर्दछ ।

    [20] हरेकलाई हामीले (रोजी) पुर्याउँदै जान्छौं । यिनीहरूलाई र तिनीहरूलाई पनि, तिम्रो पालनकर्ताको उपहारबाट र तिम्रो स्वामीको वरदान बन्द भएको छैन ।

    [21] हेर ! हामीले कसरी केहीलाई केहीमाथि प्रधानता प्रदान गरेका छौं र आखिरत (अन्तिममा) त श्रेणीहरूमा धेरै उच्च छ र महत्वमा निकै बढि छ ।

    [22] अल्लाहको साथमा अन्य कसैलाई पूजनीय नठान, अन्यथा तिमी अन्तमा अपमानित र निःसहाय भएर बस्ने छौ ।

    [23] र तिम्रो पालनकर्ताले स्पष्ट आदेश गरेको छ कि ऊ बाहेक तिमी कसैको पूजा नगर र आमा–बाबुको साथमा नम्र व्यवहार गर्दैगर यदि तिनीहरूमध्ये एउटा वा दुवै तिम्रो अगाडि वृद्ध अवस्थामा पुग्छन् भने तिनीहरूलाई तिरस्कृत नगर्नु नहप्काउनु अपितु तिनीहरूसँग सम्मानपूर्वक मर्यादित ढंगले कुराकानी गर्नु ।

    [24] र विनम्रतापूर्वक प्यारको साथ तिनीहरूको अगाडि सुशील भइराख र तिनीहरूको निम्ति प्रार्थना गर्ने गरः कि हे पालकर्ता जुन प्रकार कि तिनीहरूले मलाई बाल्यावस्थामा (मायाँले) पालनपोषण गरेका छन्, तिमीले पनि तिनीहरूमाथि त्यस्तै दया गर ।

    [25] जे जति तिम्रो हृदयहरूमा छ, तिम्रो पालनकर्ताले त्यसलाई राम्ररी जान्दछ । यदि तिमी असल कर्म गर्दछौ भने उसले त्यसतिर प्रवृत्त हुनेहरूलाई क्षमा गरिदिनेछ ।

    [26] र नातेदारहरू र निमुखाहरू र बटुवाहरूलाई उनीहरूको हक प्रदान गर, र अपव्ययिताले धन खर्च नगर ।

    [27] किन भने फाल्तू खर्च गर्नेहरू त शैतानका दाजुभाइहरू हुन् र शैतान आफ्नो पालनहारप्रति ठूलो कृतध्न छ ।

    [28] र यदि तिमी आफ्नो पालनकर्ताको रहमत् (वरदान) को प्रतीक्षामा, जसको कि तिमीलाई आशा छ, तिनीहरू (हकदारहरू) तिर ध्यान दिन सक्दैनौं भने तिनीहरूसित विनम्रतापूर्वक राम्रोसँग कुरा भन्ने गर ।

    [29] आफ्नो हातलाई न आफ्नो गर्दनसित बाँधिएको जस्तो राख । र नत बिल्कुलै खुल्ला गर्नु (कि सबै दिइहाल) र परिणाम यो होस् कि पश्चातापमा दोषी र असहाय हुनुपरोस् ।

    [30] निःसन्देह तिम्रो पालनकर्ताले जसको जीविका चाहन्छ विस्तृत गरिदिन्छ, र जस्को चाहन्छ संकुचित पारिदिन्छ । निःसन्देह उसले आफ्ना भक्तहरूलाई बेस्सरी जान्दछ र राम्ररी हेरिराखेको हुन्छ ।

    [31] र आफ्ना सन्तानहरूलाई विपन्नताको डरले नमार (किनभने) उनीहरूलाई, र तिमीलाई हामीलेनै जीविका प्रदान गर्दछौं । यसमा कुनै सन्देह छैन कि यिनीहरूलाई मार्नु गम्भीर पाप हो ।

    [32] खबरदार व्यभिचारतिर कदापि नलाग, किनभने त्यो ठूलो निर्लज्जता र धेरै नराम्रो बाटो हो ।

    [33] र जुन प्राणीलाई मार्नु अल्लाहले निषेध गरेको छ, त्यसलाई न्यायोचित कारण बिना नमार । र जुन मानिस अत्याचारले मारिएको छ, हामीले त्यसको वारिसलाई (बराबरको बदला लिन) अख्तियार दिएका छौं तसर्थ उसलाई आवश्यक छ कि हत्या (बदला) मा सीमा उल्लंघन नगरोस्, किनभने त्यसो भएमा उसलाई सहायता प्राप्त हुनेछ ।

    [34] र अनाथको मालको नजिक पनि नजानु, तर यस्तो तरिकाले जुन उसको हकमा धेरै राम्रो होस् यहाँसम्म कि उसले उमेरको परिपक्कवता प्राप्त गरिसकोस्, र वचन पूरा गर, किनभने वाचाको बारेमा अवश्य सोधपूछ हुनेछ ।

    [35] र जब नापेर दिन्छौ त माप पूरा भरी देऊ र तराजु सीधा राखेर जोख्ने गर, यो अत्यन्तै राम्रो कुरा हो र परिणामको दृष्टिले पनि धेरै राम्रो छ ।

    [36] जुन कुरोको तिमीलाई ज्ञानै छैन त्यसको पछि नपर्नु, किनभने कान र आँखा र हृदय यी सबैसित अवश्य सोधपूछ हुनेछ ।

    [37] र धर्तीमा घमण्ड गरी नहिड्नु किनभने तिमीले धर्तीलाई च्यात्न सक्दैनौं र नत अग्लो भएर पर्वतहरूका चुुचुरासम्म पुग्न सक्नेछौ ।

    [38] यी सबै नराम्राकुराहरू तिम्रो पालनकर्तालाई धेरै अप्रिय छ ।

    [39] यो पनि ती समग्र मार्गदर्शनहरूमध्येका हुन् जुन अल्लाहले बुद्धिमत्ताका साथ वह्य मार्फत तिमीतिर उतारेको छ र तिमीले अल्लाहको साथमा अन्य कसैलाई पूजनीय नबनाउनु किनभने यस्तो गर्नाले धिक्कृत तिरस्कृत भई नर्कमा हालिनेछौ ।

    [40] (मुश्रिकहरू) के तिम्रो पालनकर्ताले तिमीलाई त छोराहरूको लागि छुट्याइदिएको छ ? र आफ्नो लागि फरिश्ताहरूमध्ये छोरीहरू बनाएको छ ?। यसमा कुनै सन्देह छैन कि तिमीहरू ठूलो अनर्गल कुरा गर्दैछौ ।

    [41] हामीले यस कुरआनमा थरी–थरीका कुराहरू वर्णन गरेका छौं, कि मानिसहरू शिक्षा प्राप्त गर्नसकुन्, तर यसबाट उनीहरूको उपेक्षा नै झन् बढ्दै जान्छ ।

    [42] भनिदिनुस् कि यदि अल्लाहको साथमा अरु पूज्यहरू भएको भए, जस्तो कि उनीहरूले भन्छन्, त तिनीहरूले अहिलेसम्म अवश्य नै सिंहासनको मालिकतिर आफ्नोबाटो बनाउने थिए ।

    [43] जे जति यिनीहरूले भन्दछन् त्यसभन्दा ऊ धेरै टाढा पवित्र र (उसको मर्यादा) धेरै उच्च छ ।

    [44] सातवटै आकाशहरू र पृथ्वी र जे जति यिनमा छन् सबैले उसको गुणगान गर्दछन् र कुनै यस्तो कुरो छैन जसले कि प्रशंसा र पवित्रताका साथ उसलाई स्मरण गर्दैन, हो यो ठिक हो कि तिमी उसको गुणगान बुझ्न सक्दैनौ ऊ धेरै सहनशील र क्षमादाता छ ।

    [45] जब तिमीले कुरआन पढ्दछौ, त हामीले तिमी र उनीहरूको बीचमा जसले आखिरतमाथि आस्था राख्दैनन् गोप्य आवरण हालिदिन्छौं ।

    [46] र उनीहरूको हृदयमाथि हामीले नै परदा हालिदिएका छौं, कि उनी यसलाई सम्झुन् र उनको कानमा (बहिरोपना) बोझ । र जब तिमी यस कुरआनमा एकेश्वरवादको साथ मात्र अल्लाहको स्तुति गर्दछौ, तब उनीहरूले बेवास्ता गर्दै पिठ्युँ फर्काई भागिहाल्छन् ।

    [47] जुन उद्देश्यले तिनीहरू यसलाई सुन्दछन्, उनको नीयतसँग हामी राम्ररी परिचित छौं । जब तिनीहरूले तपाईतर्फ कान थापिरहेका हुन्छन्, तब पनि र जब तिनीहरूले सर–सल्लाह गर्दछन् तब पनि जब यी अत्यचारीहरूले भन्दछन् कि तिमी उसको अनुकरण गरिरहेका छौ जसमाथि जादू गरिएको छ ।

    [48] हेरौ त, तपाईको लागि कस्ता–कस्ता उदाहरणहरू प्रस्तुत गर्दछन्, तिनीहरू बहकिरहेका छन् । अब त बाटो भेटाउनु उनीहरूको वशमा छैन ।

    [49] उनीहरू भन्दछन कि के हामी हाड र माटो टुक्रा–टुक्रा भएर बिलीन भइसक्ने छौं त के हामी फेरि पैदा भएर अर्को चोटी उठाएर उभ्याइने छौं ।

    [50] जवाफ दिनुस् कि तिमी ढुङ्गा बन अथवा फलाम बनिहाल ।

    [51] अथवा अन्य कुनै अरु वस्तु जो तिमीलाई अत्यन्त कठोर लाग्दछ । फेरि तिनीहरूले यो सोध्छन् कि को हो जसले पुनः हाम्रो जीवन फर्काउँछ ? तपाईले जवाफ दिनुस् कि उही अल्लाह हो जसले तिमीलाई पहिलो चोटी पैदा (सृष्टि) गरेको थियो । यसमा तिनीहरूले टाउको हल्लाई–हल्लाईकन् तपाईसँग सोध्नेछन् कि त्यसो भए यो कहिले हुनेछ ? अनि तपाईले जवाफ दिनुस् कि के थाह त्यो (घडी) चाँडै आउन लागेको छ ।

    [52] जुन दिन त्यसले तिमीलाई बोलाउनेछ, त तिमीले उसको प्रशंसा गर्दै उसको आज्ञापालन गर्नेछौ र तिमी अनुभव गर्नेछौ कि तिम्रो बसाई एकदम थोरै छ ।

    [53] र मेरा भक्तहरूलाई भनिदिनुस् कि तिनीहरूले धेरै राम्रो कुरा गर्ने गरुन् किनभने शैतानले तिनीहरूको बीचमा कलह सृजित गरिरहन्छ । निःसन्देह शैतान मानिसको खुल्ला शत्रु हो ।

    [54] तिम्रो पालनकर्ता तिमीभन्दा धेरै जान्दछ । उसले चाहेको खण्डमा तिमीमाथि दया गर्दछ वा यदि चाहन्छ भने तिमीलाई दण्ड दिन्छ, हामीले तपाईलाई तिनीहरूको जिम्मेदार ठहर्याएर पठाएका होइनौं ।

    [55] आकाशहरू र पृथ्वीमा जे जति छन्, तिनीहरूबारे तपाईको पालनहारलाई सबै राम्ररी थाहा छ हामीले केही संदेष्टाहरूलाई केहीमाथि प्रधानता प्रदान गर्यौं र दाऊदलाई हामीले ‘‘जबूर’’ दियौं ।

    [56] भनिदिनुस् कि अल्लाह बाहेक जसलाई तिमीहरू पूजनीय ठानेका छौ, तिनीहरूलाई पुकारेर हेर, तिनीहरूमा तिमीबाट कष्ट दूर गर्ने वा त्यसलाई परिवर्तन गरिदिने कुनै सामथ्र्य छैन ।

    [57] उनीहरू, जसलाई पुकार्दछन् तिनीहरू स्वयम् आफ्नो पालनकर्ताकहाँ पहुँचको माध्यम खोज्दछन्, कि तिनीहरूमध्ये कुन धेरै नजिक हुन सक्दछ । उनीहरू स्वयम् उसको दयाको आशामा रहन्छन्, र उसको दण्डसित भयभीत रहन्छन् ? निःसन्देह तिम्रो पालनकर्ताको सजाय डर्नु पर्ने कुरो नै हो ।

    [58] जे जति अबादीहरू छन् हामीले कियामतको दिनभन्दा अगावै त्यसलाई नष्ट गरिदिन्छौं अथवा गम्भीर सजाय दिनेछौं । यो कुरा त किताबमा लेखिसकिएको छ ।

    [59] हामीले निशानीहरू (वा चमत्कार) पठाउन यस कारणले बन्द गरिदियौं कि पहिलेका मानिसहरू तिनलाई झूठा भन्ने गर्थे । र हामीले समूदलाई चमत्कारको रूपमा ऊँटनी प्रदान गर्यौं तर तिनीहरूले त्यसमाथि अत्याचार गरे । र हामीले मानिसहरूलाई डराउनको लागि निशानीहरू पठाउने गर्दछौं ।

    [60] र (स्मरण गर्नुस्) जब हामीले तपाईसित भन्यौं कि तपाईको पालनकर्ता मानिसहरूलाई घेरामा लिइसकेको छ, र जुन दृश्य हामीले तपाईलाई देखायौं त्यो मानिसहरूको परीक्षाको लागि थियो र यस्तै त्यो रुखलाई पनि, जसमाथि कुरआनमा घृणा भनिएको छ । हामीले तिनीहरूलाई डराइराखेकाछौं । तर यसले तिनीहरूको गम्भीर उद्दण्डता झन् बढ़ाइरहेछ ।

    [61] जब हामीले फरिश्ताहरूलाई भन्यौं कि आदमलाई ढोग, त इब्लीस बाहेक सबले ढोगे । उसले भन्यो कि के म यस्तो व्यक्तिलाई ढोगूँ, जसलाई तिमीले माटोबाट सृष्टि गरेका छौ

    [62] (इब्लीस) भन्न थाल्योः कि हेर यहि हो जसलाई तिमीले ममाथि श्रेष्ठता प्रदान गरेका छौ, तर यदि तिमीले मलाई पनि कियामतको दिनसम्म मोहलत दिनेछौ भने म केही व्यक्तिहरू बाहेक उसको सन्ततिलाई आफ्नो अधीनमा गर्नेछु ।

    [63] अल्लाहबाट हुकुम भयो कि (यहाँबाट) गइहाल । यिनीहरूमध्ये जुन मानिसले तिम्रो अनुशरण गर्नेछन्, ती सबैको सजाय नर्क हो । जो पूरा–पूर बदला हो ।

    [64] तिनीहरूमध्ये जसलाई तिमीले आफ्नो आवाजबाट बहकाउन सक्छौ, बहकाउँदै गर, र उनीहरूमाथि आफ्ना घोडसवार र पैदल सिपाहीहरूबाट आक्रमण गर्दैगर, र तिनीहरूको माल र सन्तानहरूमा पनि आफू शम्मिलित हुँदैगर, र तिनीहरूसित झूठा वाचा गर्दैगर । र शैतानले जतिपनि वाचा तिनीहरूसँग गर्ने गर्दछ त्यो सबै धोका हो ।

    [65] मेरा सच्चा भक्तहरूहरूमाथि तिम्रो कुनै जोड लाग्दैन र तिम्रो पालनकर्ता सबै कुरा सम्पन्न गर्न पर्याप्त छ ।

    [66] तिम्रो पालनकर्ता त्यो नै हो, जसले तिम्रो निम्ति समुद्रमा डुँङ्गा सञ्चालित गर्दछ, जसबाट तिमीले उसको कृपाले जीविका खोज्न सक, ऊ तिमीमाथि धेरै दयावान छ ।

    [67] र जब तिमीलाई समुद्रमा बिपत्ति आइपुग्छ त जसलाई तिमीले पुकार्ने गर्दछौ उही अल्लाह बाहेक सबै हराई हाल्छन्, अनि हामीले जब तिमीलाई बचाएर स्थलतिर लैजान्छौं, त तिमी विमुख भइहाल्छौ र मानिस धेरै कृतघ्न छ ।

    [68] के तिमी आफूलाई सुरक्षित ठान्दछौ, कि अल्लाहले तिमीलाई स्थलतिर लगेर धर्तीमा धसाउन सक्दैन वा तिमीमाथि ढुङ्गाहरूको हुरीबतास चलाउन सक्दैन अनि तिमीले आफ्नो लागि कोही रक्षक पाउन नसक ।

    [69] के तिमी यस कुराबाट निर्भय छौ, कि तिमीलाई दोस्रो पटक अल्लाहले समुद्रमा लैजाने छैन र तिमीमाथि तीव्र हावा चलाउने र तिम्रो कुफ्रको कारणले तिमीलाई डुबाउन सक्दैन फेरि तिमी स्वयम्को लागि हामी विरुद्ध कोही सहयोगी पाउने छैनौ ।

    [70] निश्चितरूपले हामी आदमको सन्तानलाई धेरै मर्यादा प्रदान गर्यौं, र उनलाई जंगल र समुंद्रमा सवारी दियौं र पवित्र आधार प्रदान गर्यौं, र आफ्ना धेरै प्राणीहरूमाथि श्रेष्ठता प्रदान गर्यौं ।

    [71] जुनदिन हामी सबै समूहहरूलाई तिनीहरूका नाइकेसमेत बोलाउने छौं । अनि जसको (कर्महरू) किताब तिनीहरूका दाहिने हातमा दिइनेछ तिनीहरूले आफ्नो किताब खुशीको साथ पढ्नेछन् र तिनीहरूमाथि लेशमात्र पनि अत्याचार हुनेछैन ।

    [72] र जो यस संसारमा अन्धा छ, ऊ आखिरतमा पनि अन्धा हुनेछ र (मुक्तिको) बाटोबाट धेरै टाढा हुनेछ ।

    [73] (हे पैगम्बर) जुन वह्य (सन्देश) हामीले तपाईतिर पठाएका छौं, यी (काफिरहरू) त्यसबाट तपाईलाई विचलित गराउन चाहन्छन्, ताकि तपाईले यस बाहेक अरु कुराहरू नै हाम्रो बारेमा बनाइहाल, र त्यतिखेर तिनीहरूले तपाईलाई घनिष्ट मित्र बनाउने थिए ।

    [74] यदि हामीले तपाईको पाईला सुदृढ नराखेको भए, केही हदसम्म तपाई तिनीहरूतिर प्रवृत्त हुनसक्नु हुन्थ्यो ।

    [75] त्यसो भए हामीले तपाईलाई जिन्दगीमा पनि दुईगुणा सजाय र मृत्यु पश्चात पनि दुईगुणा सजायको स्वाद चखाउने थियौं, अनि तपाईले हामी विरुद्ध कसैलाई आफ्नो मद्दतगार पाउने थिएनौ ।

    [76] यिनीहरूले त तपाईको पाइला यस जमिन(मक्का) बाट झण्डै हटाइसकेका थिए, ताकि तपाईलाई देश निकाला गरुन् । त्यसो भए तपाईपछि यिनीहरू पनि त्यहाँ थोरै दिनसम्म रहन पाउनेछन् ।

    [77] जुन पैगम्बरहरूलाई हामीले तपाईभन्दा अघि पठाएका थियौं तिनीहरूको हालत पनि यस्तै थियो । र तपाईले हाम्रो तरिकाहरूमा कहिल्यै पनि परिवर्तन पाउनुहुन्न ।

    [78] अपरान्हदेखि रातीको अँध्यारोसम्म (जुहर, अस्र, मग्रिब, इशाका) नमाज पढनेगर । र विहान (फज्रको) कुरआन पढ्ने गर, किनभने विहान कुरआन पढ्न हाजिर गरिएको छ । (फरिश्ताहरू उपस्थितिको बेला हो यो)

    [79] रातका केही भागहरूमा तहज्जुदको नमाजमा कुरआनको पाठ गर्नेगर, यस अतिरिक्त प्रार्थना तपाईको निम्ति हो । छिट्टै तपाईको पालनहारले तपाईलाई मर्यादित स्थानमा पुर्याउने छ ।

    [80] र प्रार्थनागर्ने गर्नुस् कि हे पालनकर्ता मलाई जहाँ लिएर जाऊ राम्रोसँग लिएर जाऊ र जहाँबाट निकाल राम्रोसँग निकाल र मलाई आफ्नो तर्फबाट शक्ति र मद्दत प्रदान गर ।

    [81] र घोषणा गर्नुस् कि सत्य आइपुगेको छ, र असत्यताको विनाश भइसकेको छ । निःसन्देह असत्यता विनाश हुने नै कुरा हो ।

    [82] यो कुरआन जुन हामी उतार्दैछौं मोमिनहरूको लागि स्वस्थकर र दया हो, र अत्याचारीहरूको लागि त यसबाट हानिमा नै वृद्धि हुनेछ ।

    [83] र जब हामीले मानिसमाथि सुखद कृपा प्रदान गर्दछौं त उसले मुख फर्काई टाढा हुन पुग्छ, र जब उसलाई कुनै कष्ट पुग्दछ त निराश भइहाल्छ ।

    [84] भनिदिनुस् कि हरेक व्यक्ति आफ्नो तरिका अनुसार काममा लागेको छ । जो पूरै सही बाटोमा लागेका छन् उनलाई तपाईको पालनकर्ताले राम्ररी जान्दछ ।

    [85] र तिमीसँग आत्माको (रूहको) बारेमा यिनीहरू प्रश्न गर्दछन् । भनिदिनुस् कि त्यो मेरो पालनकर्ताको हुक्मबाट छ । तिमीहरूलाई निकै कम ज्ञान प्रदान गरिएको छ ।

    [86] र यदि हामीले चाहन्छौं भने जुन वह्य हामीले तपाइतिर पठाउँदछौं, त्यसलाई समाप्त गरिहालौं, अनि तपाईको लागि उसको निम्ति हाम्रो विरोधमा कोही मद्दतगार आउन सक्नेछैन ।

    [87] तपाईको पालनकर्ताको दया मात्र हो । निःसन्देह तपाईमाथि उसको ठूलो कृपा छ ।

    [88] भनिदिनुस् कि यदि सबै मानिसहरू र सबै जिन्नहरू मिलेर यस कुरआन जस्तो ल्याउन चाहे पनि यस कुरआन जस्तो बनाई ल्याउन असम्भव छ । यद्यपि तिनीहरू एक अर्काको मद्दतगार किन नबनुन् ।

    [89] हामीले त यस कुरआनमा मानिसहरूलाई बुझ्नुको लागि सबै कुराहरू विभिन्न तरिकाले वर्णन गरिदिएका छौं, तर अधिकांश मानिसहरूले इन्कार गर्न छाड्दैनन् ।

    [90] उनीहरूले भन्नथाले कि हामीले तपाईमाथि ईमान ल्याउने छैनौं जबसम्म कि हाम्रो निम्ति तपाईले धर्तीबाट पानीको मुहान खोलिदिनु हुन्न ।

    [91] अथवा तपाईको लागि खजूरहरू र अंगूहरूको कुनै बगैंचा होस् र त्यसको मध्यमा तपाईले नहरहरू निकालिदिनुस् ।

    [92] वा जस्तो कि तपाईले भन्ने गर्दछौ हामीमाथि स्वयम् आकाशका टुक्रा टुक्रा गरी खसालिदिनुस् वा अल्लाह र फरिश्ताहरूलाई तपाईले हाम्रो सामु ल्याएर उभ्याई दिनुस् ।

    [93] वा तपाईको लागि कुनै सुनको घर होस् वा तपाई आकशमाथि चढिहाल्नुस् र हामीले चढ्ने कुरोलाई पनि तबसम्म मान्ने छैनौं, जबसम्म कि तपाईले हाम्रो लागि कुनै किताब ल्याउँदैनौं जसलाई हामीले पढ्न सकौं । तपाई भनीदिनुस् कि मेरो पालनकर्ता पवित्र छ मत मात्र एउटा मानिस हूँ जसलाई रसूल बनाइएको छ ।

    [94] मानिसहरूको पासमा मार्गनिर्देशन आइपुगेपछि उनीहरूलाई ईमान ल्याउनुबाट यस बाहेक अरु कुनै कुराको रुकावट भएन कि तिनीहरूले भने कि के अल्लाहले एउटा मानिसलाई नै पैगम्बर बनाएर पठाएको छ

    [95] भनिदिनुस् कि यदि धर्तीमा फरिश्ताहरू बसोबास गरी घूम–फिर गरिराखेको भए हामीहरूले पनि तिनीहरूको पासमा एउटा फरिश्तालाई नै पैगम्बर बनाएर पठाउने थियौं ।

    [96] भनिदिनुस् कि मेरो र तिम्रो बीचमा अल्लाह साक्षी हुनु पर्याप्त छ ऊ आफ्ना सेवकहरूबारे राम्ररी जान्दछ र देख्नेवाला छ ।

    [97] जुन व्यक्तिलाई अल्लाहले पथप्रदर्शन गर्दछ उसले मार्गदर्शन प्राप्त गर्छ र जसलाई मार्गविचलित गर्दछ, तपाईले अल्लाह बाहेक अरु कोही उसको मित्र पाउने छैनौ र हामीले त्यस्ता मानिसहरूलाई कियामतका दिन घोप्टेको अवस्थामा अन्धो, लाटो र बहिरो बनाएर एकत्रित गर्नेछौं । र तिनीहरूको बासस्थल नर्क हुनेछ । जब त्यसको निभ्ने अवस्था हुन्छ त हामीले त्यसलाई अरु प्रज्वलित गरिदिने छौं ।

    [98] यो सबै तिनीहरूको सजाय हो । यस कारणले कि तिनीहरूले हाम्रो आयातहरूलाई नकार्दथे र भन्दथेः कि जब हामी (मरेर कुहेका) टुक्रा–टुक्रा हड्डीहरू भइहाल्छौं भने त के फेरि हामीलाई नयाँ जन्ममा उठाएर उभ्याइने छ

    [99] के तिनीहरूले देखेनन्, कि अल्लाह जसले आकाशहरू र धर्तीको सृष्टि गरेको छ, ऊ यस कुरामा सक्षम छ कि तिनीहरू जस्ता मानिसहरू सृष्टि गर्न सकोस् ? र उसैले तिनीहरूको निम्ति एक यस्तो समय निर्धारित गरिदिएको छ, जसमा कुनै पनि सन्देह छैन । तर अत्याचारीहरूले इन्कार नगरी रहन सक्तैनन् ।

    [100] भनिदिनुस् कि यदि मेरो पालनकर्ताको दयाका खजानाहरू तिम्रा हातमा भएको भए, त्यस बेला पनि तिमीले खर्च हुने डरले त्यसलाई रोकेर राख्थ्यौ र मानिसको हृदय हुन्छ नै ज्यादै संकुचित ।

    [101] हामीले मूसालाई नौवटा स्पष्ट चमत्कारहरू प्रदान गर्यौं, तिमी स्वयम् बनी इस्राईलसित सोध कि, जब उनी तिनीहरूको समक्ष आए त फिरऔनले उनीसित भन्यो कि हे मूसा मलाई लाग्छ कि, तिमीमाथि ठूलो जादू गरिएको छ ।

    [102] मूसाले भनेः कि यो त तिमीलाई थाहा भइसकेको छ कि आकाश र धर्तीको पालनकर्ताले नै तिमीहरूलाई देखाउन र सम्झाउनको निम्ति उतारेको छ र हे फिरऔन म ठान्दछु कि निःसन्देह तिमी नष्ट भइहाल्नेछौ ।

    [103] तब फिरऔनले पक्का पक्की नीयत गर्यो कि उनलाई (मिस्रको) भूमिबाट निष्कासित गरिदेओस्, त हामीले उसलाई र उसको सबै साथीलाई डुबाइदियौं ।

    [104] यसपछि हामीले बनी इस्राईलसँग भन्यौं कि तिमी यस मुलुकमा बसोबास गर अनि जब आखिरतको वचन आउँछ, तब हामीले तिमी सबैलाई समेटेर एकत्रित गरिहाल्नेछौं ।

    [105] र हामीले यस कुरआनलाई सत्यताको साथ उतारेका छौं र यो सत्यताको साथ अवतारित भयो । (हे मुहम्मद) हामीले तपाईलाई मात्र शुभसन्देश दिनेवाला र डर सुनाउनेवाला बनाएर पठाएका छौं ।

    [106] हामीले कुरआनलाई टुक्राटुक्रामा गरी यसकारण पठाएका छौं, ताकि तपाईले मानिसहरूलाई फुर्सदको साथ पढेर सुनाउनुस् र हामीले यसलाई चरणबद्ध रूपमा उतारेका छौं ।

    [107] भनिदिनुस् कि तिमीहरूले यसमाथि ईमान ल्याऊ वा नल्याऊ जुन मानिसहरूलाई यसभन्दा अगाडि जानकारी प्रदान गरिएको छ, उनी समक्ष जब यो पढेर सुनाइन्छ, तब तिनीहरू चिउडोको बलले घोप्टो परी सिज्दामा झुकिहाल्छन् ।

    [108] र भन्दछन्ः कि हाम्रो पालनकर्ता पवित्र छ । निःसन्देह हाम्रो पालनकर्ताको वाचा पूरा भएरै छाड्यो ।

    [109] तिनीहरू चिउडोको बलले घोप्टो परेर रुँदै सिज्दामा जान्छन् र यस कुरआनले उनीहरूको व्याकुलता नम्रता र शीलता बढाइदिन्छ ।

    [110] भनिदिनुस् कि तिमीले उसलाई अल्लाहको नामले पुकार वा रहमान भनेर । जुन नामले पुकारे पनि सबै राम्रा नामहरू उसैका लागि छन्, र नमाज न चर्को स्वरले पढ् र न धेरै मधुरो आवाजमा पढ बरु त्यसको बीचको तरीका अपनाऊ ।

    [111] र यो भनिदिनुस् कि सबै प्रशंसा अल्लाहकै लागि हुन्, जसको नकुनै सन्तान छ र नत उसको सत्तामा कोही साझेदार छ, र न ऊ कमजोर छ, कि कसैले उसलाई सहयोग गरोस्, र तिमीहरूले उसको पूरापूर महानताको वर्णन गर्नेगर ।

    Surah 18
    अल–कहफ

    [1] सबै प्रशंसाहरू अल्लाहका लागि नै छन्, जसले आफ्नो भक्त (मुहम्मद) माथि किताब उतार्यो र यसमा कुनै प्रकारको कमि बाँकी राखेको छैन ।

    [2] अपितु हर प्रकारले ठीक ठाक राख्यो जसबाट आफनो गम्भीर सजायबाट सावधान गरोस् र मोमिनहरूलाई जो असल काम गर्दछन्, शुभसन्देश सुनाओस्, कि तिनीहरूको निम्ति राम्रो पुरस्कार (बहिश्त) छ ।

    [3] जसमा तिनीहरू सँधै बास गर्नेछन् ।

    [4] र तिनीहरूलाई पनि डराओस् जसले भन्दछन् कि अल्लाहले सन्तान धारण गरेको छ ।

    [5] वास्तवमा तिनीहरूलाई यस कुराको नकेही ज्ञान छ र नत तिनका बाबुबाजेलाई नै थाहा थियो, यो साह्रै नराम्रो आरोप हो, जुन उनीहरूको मुखबाट निस्कन्छ र यिनीहरूले जे जति भन्दछन्, मात्र असत्य हो ।

    [6] (हे पैगम्बर !) यदि यिनीहरूले यस सन्देशमाथि विश्वास गर्दैनन् भने के तपाई उनीहरूको पछाडि दुःखी भई शायद (कदाचित) आफूलाई समाप्त गरिहाल्ने छौ

    [7] जुन कुरो धर्तीमा छ, हामीले त्यसलाई धर्तीको निम्ति शोभाको कुरो बनाएका छौं, ताकि मानिसहरूको परीक्षा गर्न सकौं, कि तिनीहरूमध्ये को राम्रो कर्म गर्नेवाला छ ।

    [8] र यसमाथि जो जति छ हामीले उनीलाई सफा गरी मैदान बनाउनेवाला छौं ।

    [9] के तिमीले ठान्दछौ कि गुफा र शिलालेखहरू हाम्रा ठूला निशानीहरूमध्ये कुनै धेरै अनोठो निशानी थियो ? ।

    [10] जब केही युवकहरूले गुफामा शरण लिए अनि प्रार्थना गर्नथालेः कि हे हाम्रो पालनकर्ता हामीमाथि आफ्नो तर्फबाट दया गर, र हाम्रो काममा हाम्रो लागि बाटो देखाइदेऊ ।

    [11] अनि हामीले गुफामा कैयौं वर्षसम्म तिनीहरूका कानमाथि आवरणहरूले (सुनाईबाट) बन्चित राख्यौं ।

    [12] अनि हामीले तिनीहरूलाई बिउँझायौं ताकि पत्ता लगाऔं जुन अवधिमा उनीहरू गुफामा रहे दुवै समूहहरूमध्ये त्यस अवधिबारे कसलाई राम्ररी थाहा छ

    [13] हामीले तिनीहरूको सत्य घटनाको वर्णन तिमीहरू समक्ष गर्दछौं । यी गिन्तीका केही युवकहरूले आफ्नो पालनकर्तामाथि ईमान ल्याएका थिए र हामीले तिनीहरूको ईमानलाई सुदृढ गरेका थियौं ।

    [14] हामीले तिनीहरूको हृदयलाई बलियो बनायौं जब तिनीहरू उभिए र भन्न थालेः कि हाम्रो पालनकर्ता तिमी उही हौ जो आकाशहरू र धर्तीको स्वामी हौ, हामीले उस बाहेक अन्य कसैलाई पुकार्नु असंभव छ । यदि यस्तो गर्यौं भने हामीले धेरै गलत कुरा गर्यौं ।

    [15] यो हो हाम्रो समुदाय जसले उस बाहेक अरुलाई पूजायोग्य बनाएका छन्, यिनीहरूले तिनीहरू पूजनीय भएको कुनै स्पष्ट प्रमाण किन पेश गर्दैनन्, त्यसभन्दा अत्याचारी को होला जो अल्लाहमाथि झूठो कुरा गर्दछ

    [16] जब तिमी यीनीहरूसँग र जसलाई यिनीहरूले अल्लाह बाहेक पूज्य मान्दछन्, तिनीहरूसँग कुनै सम्बन्ध राख्दैनौं भने आफू कुनै गुफामा गएर बस । तिम्रो पालनकर्ताले तिमीमाथि प्रशस्त दया गर्नेछ र तिम्रो लागि तिम्रो काममा सहुलियत उपलब्ध गर्नेछ ।

    [17] तपाईले हेर्नुहुनेछ कि सूर्य उदाउने बेला तिनीहरूको गुफादेखि दाहिनेतिर झुकिन्छ, र जब अस्ताउँछ तब तिनीहरूबाट देब्रेतिर झुकिन्छ, र तिनीहरू यस गुफाको विस्तृत ठाउँमा थिए । यो अल्लाहका निशानीहरू मध्येको हो, जसलाई अल्लाहले मार्गनिर्देशन गर्यो, ऊ सही मार्गमा लाग्यो र जसलाई उसले विचलित गर्यो त उसको निम्ति तपाईले न कोही पथ प्रदर्शक र न कोही मित्र पाउने छौ ।

    [18] तपाई ठान्नुहुन्छ कि तिनीहरू बिउँझिराखेका छन्, तर तिनीहरू निदाइराखेका हुन्थे स्वयम् हामीले तिनीहरूलाई दायाँ र बाँया कोल्टे फर्काउने गर्दथ्यौं र तिनीहरूको ‘‘कुकुर’’ पनि दैलोमा अगाडिको खुट्टा फैलाएर बसेको थियो यदि तपाईले तिनीहरूलाई चियाएर हेरेको भए पिठ्युँ फर्काएर भाग्नु पथ्र्यो र तिनीहरूको डरले तपाईमा भयको सृजना हुने थियो ।

    [19] र यस्तै प्रकारले हामीले तिनीहरूलाई ब्यूँझाएर उठायौं कि आपसमा एक अर्कासँग पूछताछ गरुन् । तिनीहरूमध्ये एउटाले भन्यो कि तिमी यहाँ कति बेरसम्म बस्यौ ? तिनीहरूले जवाफ दिए कि एकदिन वा यसभन्दा पनि कम, तिनीहरूले भने कि जुन अवधिसम्म तिमी यहाँ बस्यो त्यो तिम्रो पालनकर्तालाई नै राम्ररी थाहा छ । अब तिमीले आफूमध्ये कसैलाई यो चाँदीको रूपैयाँ दिएर शहर पठाऊ, उसले राम्रोसँग पत्ता लगाओस्, कि शहरमा पवित्र र राम्रो खाना कुन चाहिँ छ, अनि त्यसैमध्येबाट तिम्रो लागि खाना ल्याओस् र उसले धेरै सतर्क भएर आउने जाने गरोस् र तिम्रो खबर कसैलाई थाहा नहोस् ।

    [20] यदि यी काफिरहरू तिमीमाथि अधिपत्य पाउँछन् भने तिमीलाई ढुङ्गा हानि–हानि मारिहाल्नेछन् अथवा फेरि आफ्नो धर्ममा शम्मिलित गरिहाल्नेछन्, र त्यस अवस्थामा तिमी कहिल्यै पनि सफलता पाउनेछैनौ ।

    [21] यस्तै किसिमले हामीले मानिसहरूलाई तिनीहरूको हालबाट खबरदार गरेका छौं ताकि तिनीहरूले थाहा पाउन्, कि अल्लाहको वचन पूरै सत्य छ, र कियामतको दिनमा कुनै शंका छैन, त्यसबेला जब मानिसहरूले तिनको सम्बन्धमा आपसमा विवाद गरिरहेका थिए त केहीले भन्न थाले कि तिनीहरूको गुफामाथि एउटा भवन बनाइहाल । तिनीहरूको पालनकर्ता नै तिनीहरूको हाल राम्ररी जान्दछ । जुन मानिसहरूले तिनीहरूमाथि वर्चस्व पाए, भन्न थाले कि हामीले तिनीहरूको स्थानमाथि मस्जिदको निर्माण गर्नेछौं ।

    [22] केही मानिसहरूले अड्कलबाजि गर्नेछन् कि तिनीहरू तीन थिए र चौथो तिनीहरूको कुकुर थियो, र केहिले भन्नेछन् कि तिनीहरू पाँच थिए र छठाें उनको कुकुर थियो । गोप्य कुरामा यो अड्कलबाजी गर्दछन् । केहिले भन्ने छन् कि तिनीहरू सात थिए र आठौं उनको कुकुर थियो । तपाई भनिदिनुस् कि मेरो पालनकर्तालाई तिनीहरूको गन्ती राम्ररी थाहा छ । तिनीहरूलाई थोरैले मात्र जान्दछन्, तसर्थ तपाईले उनीहरूको सम्बन्धमा जुन स्पष्ट छ त्यो कुरोबाहेक अरु कुनैतर्क नगर्नुस् र तिनीहरूको सम्बन्धमा तिनीहरूमध्ये कसैसँग केही सोधपूछ नगर्नुस् ।

    [23] र कुनै कामको बारेमा यो कदापि नभन्नुः कि म यसलाई भोलि गरिदिनेछु ।

    [24] तर इन्शा अल्लाह भनेर मात्र, (यदि अल्लाहले चाह्यो भने गरिदिनेछु) । र जब अल्लाहको नाम लिन बिर्सन्छौ भने याद आएपछि नाम लिइहाल, र भन्दै गर कि आशा छ कि मेरो पालनकर्ताले मलाई यसभन्दा पनि बढी मार्गनिर्देशन गर्नेछ ।

    [25] तिनीहरूले आफ्नो गुफामा तीनसय वर्ष रहे र त्यसमा नौ वर्ष बृद्धि गरे ।

    [26] तपाई भनिदिनुस् कि जुन अवधिसम्म तिनीहरू बसे त्यसलाई अल्लाह राम्ररी जान्दछ । उसैलाई आकाशहरू र जमिनका अदृश्य कुराहरू थाहा छ । ऊ कति राम्रो देख्नेवाला र कति राम्रो सुन्नेवाला छ । अल्लाह बाहेक तिनीहरूको अन्य कोही मद्दत गर्नेवाला छैन, अल्लाह आफ्नो निर्देशनमा अन्य कसैलाई भागीदार बनाउँदैन ।

    [27] तिमीहरूतर्फ जुन तिम्रो पालनकर्ताको किताब पठाइएको छ त्यसलाई पढ्ने गर, त्यसको कुरालाई कसैले परिवर्तन गर्न सक्दैन, र त्यस बाहेक तिमीले कदापि अरु केही शरण लिने ठाउँ पाउनेछैनौ ।

    [28] र जुन मानिसहरूले विहान र साँझ आफ्नो पालनकर्तालाई पुकार्दछन् र उसैको प्रसन्नता चाहन्छन् तिनीहरूको साथमा आफूलाई राख्ने गर, खबरदार तिम्रा आँखाहरू तिनीहरूबाट अन्यत्र नजाउन्, ताकि संसारिक जीवनको वैभवको इच्छा गर्न थाल, र हेर जुन मानिसको हृदयलाई हामीले आफ्नो स्मरणबाट बेवास्ता गरिदिएका छौं, र त्यो आफ्नो इच्छाको पूर्तितिर लाग्छ, र त्यसको कामले सीमा नाघिसकेको छ, त्यसको भनाई नमान्नु ।

    [29] र घोषणा गर्नुस् कि यो कुरआन तिम्रो पालनकर्ताको तर्फबाट सम्पूर्ण सत्य छ, तसर्थ जसले चाहन्छ ईमान ल्याओस् र जो चाहन्छ काफिर रहोस् हामीले अत्याचारीहरूको निम्ति (नर्कको) त्यो आगो तयार गरेका छौं, जसको पर्खाल र ज्वालाहरूले त्यसलाई घेरिराख्ने छन् । र यदि तिनीहरूले मद्दतको याचना गर्नेछन् भने यस्तो पानीबाट मद्दत गरिनेछ जुन कि उम्लेको तेल जस्तै अति गरम हुनेछ, र जसले अनुहारलाई पोलिदिनेछ । त्यो अत्यन्त नराम्रो पानी र अत्यन्त नराम्रा बस्ने ठाउँ पनि हो ।

    [30] निश्चितरूपले जसले ईमान ल्याए र असल कर्म पनि गरे, भने हामीले सत्कर्म गर्नेहरूको पुरस्कार खेर जान दिंदैनौं ।

    [31] यस्ता मानिसहरूको निम्ति सधैंं बास गर्नको लागि स्वर्गका बगैंचा छन्, जसमा तिनीहरूमुनि नहरहरू बगिरहने छन् । तिनीहरूलाई त्यहाँ सुनका कंगन पहिराइनेछ । र तिनीहरूले राम्रो रेशमका बाक्लो हरिया लुगा लगाउनेछन् । त्यहाँ आसनहरूमाथि तकिया लगाएर बस्नेछन् । आहा कति राम्रो पुरस्कार छ र कति राम्रो बासस्थान पनि ।

    [32] र तिनीहरूलाई ती दुईजना मानिसहरूको कथा पनि सुनाइदिनुस्, जसमध्ये एउटालाई हामीले अंगूरका दुईटा बगैंचा प्रदान गरेका थियौं र तिनीहरूका चारैतिर हामीले खजूरका रुखहरूबाट घेरिराखेका थियौं, र दुवैको माझमा खेती लगाइराखेका थियौं ।

    [33] दुवै बगैंचाले (राम्रा) फल दिए र तिनको पैदावारमा कुनै प्रकारको कमी भएन, र दुवैको माझबाट हामीले एउटा नहर बगाएका थियौं ।

    [34] (भनाईको) तात्पर्य यो छ कि तिनीहरूको पासमा मेवाहरू थिए, अनि एकदिन जबकि उसले आफ्नो मित्रसँग कुरै कुरामा भन्न थाल्यो कि म तिमीभन्दा धेरै धनी छु, र मर्यादा र शक्तिको दृष्टिले पनि बढी छु ।

    [35] र (घमण्डले) ऊ आफ्नो बगैँचामा गयो र आफनो हकमा अत्याचार गर्दै भन्न थाल्यो कि मलाई लाग्दैन, कि यो बगैंचा कहिले पनि नष्ट हुनेछ ।

    [36] र न यो सम्झन्छुः कि कियामत हुनेछ, र यदि म आफ्नो पालनकर्तातिर फर्काइए पनि अवश्य राम्रो ठाउँ पाउनेछु ।

    [37] अनि उसको मित्रले उसँग कुराकानी गर्दै भन्यो कि के तिमीले उस अल्लाहसँग कुफ्र गर्दछौ, जसले तिमीलाई माटोले सृष्टि गर्यो अनि पानीको थोपाबाट, फेरि तिमीलाई पूरा मान्छे बनायो ।

    [38] तर मेरो त यो आस्था छः कि उही अल्लाह नै मेरो पालनकर्ता हो र म आफ्नो पालनकर्तासँग अरु कसैलाई साझेदार ठहराउने छैन ।

    [39] जब तिमी आफ्नो बगैंचामा प्रवेश गर्यौ, त तिमीले किन भनेनौ कि अल्लाहले चाहेको हुनेवाला छ (अरु) कुनै शक्ति होइन, बरु अल्लाहको मद्दतबाट, यदि तिमीले मलाई सम्पत्ति र सन्तानमा आफूभन्दा कम देखिरहेका छौ ।

    [40] सम्भव छ कि मेरो पालनकर्ताले मलाई तिम्रो बगैंचाभन्दा राम्रो प्रदान गरोस् र तिम्रो बगैंचामाथि आकाशबाट प्रकोप पठाइदेओस्, अनि यो एउटा गैरआबाद मैदानको रूपमा परिणत भइहालोस् ।

    [41] अथवा यसको पानी धेरै तल गइहालोस् र तिमीले त्यसलाई खोजेर ल्याउन नसक ।

    [42] र यसका सबै फलहरूलाई (विनाशले) घेरिहाल्यो, र त्यसले जुन खर्च आफ्नो सम्पत्तिमाथि गरेको थियो, त्यसमा दुःख र अफशोचले हात मल्न थाल्यो र त्यो बगैचा त उलटपलट भइसकेको थियो र उसले भन्न थाल्यो कि काश मैले आफ्नो पालनकर्तासँग अरु कसैलाई साझेदार नठहराएको भए ।

    [43] (तर) अल्लाह बाहेक कुनै समूह उसको सहायता गर्ने भएन र नउसले आफ्नो उद्धार आफै गर्न सक्यो ।

    [44] यहाँबाट प्रमाणित भयो, कि अख्तियारी सबै अल्लाहकै हो, पुरस्कार दिने सबभन्दा ठूलो उही छ र सफलता दिने सबभन्दा ठूलो पनि उही हो ।

    [45] यिनीहरू समक्ष संसारको जिन्दगीको उदाहरण पनि वर्णन गर्नुस् (त्यो यस्तो छ) जस्तै पानी जसलाई हामी आकाशबाट वर्षायौं त यसबाट पृथ्वीको वनस्पति उम्रयो फेरि टुटफुट भएर घना भई परस्पर गुथिहाले तर त्यसलाई हावाले उडाइदिन्छ अल्लाह नै हरेक कुरोमाथि सामथ्र्यवान छ ।

    [46] धन–सम्पति र सन्तान त सांसारिक जीवनको शोभा र मर्यादा हुन् र सत्कर्म जो बाँकी रहीरनेछन्, तिनीहरू पुण्यको दृष्टिले तिम्रो पालनकर्ताकहाँ धेरै राम्रो र आशाको दृष्टिले निकै उत्तम छन् ।

    [47] र जुन दिन हामीले पहाडहरूलाई चलाउनेछौं र तिमीले धर्तीलाई समथर फाँटको रूपमा देख्नेछौ, र ती सबै मानिसहरूलाई हामीले एकत्रित गर्नेछौं त तिनीहरूमध्ये एकजनालाई पनि बाँकी छाड्ने छैनौं ।

    [48] र सबै तिम्रो पालनकर्ताको अगाडि पंक्तिवद्ध रूपमा ल्याइनेछन्, निश्चितरूपले तिमीहरू हामी समक्ष उस्तै आयौ जुन प्रकारले हामीले तिमीलाई पहिलोपल्ट सृष्टि गरेका थियौं, तर तिमीले त भन्नठानेथ्यौ कि हामीले तिम्रो निम्ति (कियामतको) कुनै समय निर्धारित गर्नेछैनौं ।

    [49] र कर्मपत्र माझमा राखिनेछ, तब तिमीले त्यसबाट पापीहरूलाई भयभीत भएको देख्नेछौ र तिनीहरूले भन्नेछन् कस्तो अफशोच यो कस्तो किताब हो कि न सानो कुरोलाई छोडे्छ न ठूलोलाई, र जो कर्म गरेका हुन्छन् सबैलाई त्यसमा पाउनेछन्, र तिम्रो पालनकर्ताले कसैमाथि अन्याय वा अत्याचार गर्नेछैन ।

    [50] र जब हामीले फरिश्ताहरूलाई आदेश गर्यौं कि आदमलाई ढोग, त सबैले ढोगे तर इब्लीसले ढोगेन । त्यो जिन्नहरूमध्येको थियो, र त्यसले आफ्नो पालनकर्ताको आदेशको उल्लंघन गर्यो । के फेरि पनि तिमीले त्यसलाई र त्यसको सन्तानलाई म बाहेक मित्र बनाउँछौ, जबकि तिनीहरू तिम्रा शत्रु हुन् । यस्ता अत्याचारीहरूको निम्ति नराम्रो प्रतिफल छ ।

    [51] मैले उनीहरूलाई नत आकाशहरू र न पृथ्वीको सृष्टि गर्ने बेलामा बोलाएको थिएँ र न स्वयं तिनीहरूको सृष्टि गर्नेबेलामा, र म मार्गबाट विचलित गराउनेहरूलाई आफ्नो मद्दतगार बनाउँनेवाला पनि थिएन ।

    [52] र जुनदिन अल्लाहले आदेश गर्नेछ । कि (अब) तिम्रो विचारमा भएको मेरा साझेदारहरूलाई बोलाऊ, अनि तिनीहरूले उनलाई बोलाउने छन्, तर तिनीहरूमध्ये कसैले कुनै जवाफ दिनेछैन, र हामीले उनीहरूको बीचमा बर्बादीको माध्यम बनाइदिनेछौं ।

    [53] र पापीहरूले नर्कलाई देखेर बुझिहाल्नेछन् कि तिनीहरू त्यसमा हालिनेवाला छन् तर त्यसबाट मुक्त हुने कुनै बाटो पाउने छैनन् ।

    [54] हामीले यस ‘‘कुरआनमा’’ मानिसहरूको लागि विभिन्न प्रकारका उदाहरणहरू वर्णन गरेका छौं, तर मानिस सबभन्दा बढी झगडालु छ ।

    [55] मानिसहरूसम्म मार्गदर्शन आइसकेपछि तिनीहरूलाई ईमान ल्याउनुबाट र आफ्नो पालनकर्ताबाट क्षमायाचना गर्नुबाट यस कुराले मात्र रोकेको थियो कि अघिका मानिसहरूको जस्तो कुराहरू उनको सामु पनि आओस् वा उनको अगाडि खुल्लारूपमा सजाय आइहालोस् ।

    [56] हामीले त आफ्ना रसूलहरूलाई मात्र यसकारण पठाउँछौं, कि तिनीहरूले शुभसन्देश सुनाउन् र डराउन्, तर काफिरहरूले असत्यको सहारा लिई झगडा गर्दछन्, र चाहन्छन् कि त्यसबाट सत्यलाई डगमगाइदिउन्, तिनीहरूले मेरा आयतहरूलाई र जुन कुराले डराइन्छ त्यसलाई उपहास बनाइहालेका छन् ।

    [57] त्यसभन्दा ठूलो अत्याचारीको छ, जसलाई उसको पालनकर्ताका कलाम (शब्दहरू) बाट उपदेश गरिन्छ, तैपनि त्यो विमुख भइरहोस्, र जुन कर्महरू उसले अगाडि पठाइसकेको छ, त्यसलाई बिर्सिदेओस् । निःसन्देह हामीले तिनीहरूको हृदयमाथि आवरण हालिदिएका छौं, ताकि यसलाई बुझ्न नसकुन् र कानहरूमा बोझ (पैदा गरिदिएका छौं कि सुन्न नसकुन्) र यद्यपि तपाईले उनीहरूलाई राम्रो बाटोतिर बोलाउँछौ तैपनि तिनी कहिल्यै सही बाटोमा आउने छैनन् ।

    [58] र तिम्रो पालनकर्ता ठूलो क्षमादाता र दयावान छ । यदि उसले उनीहरूको क्रियाकलापको लागि सजायको निम्ति तिनीहरूलाई समात्न थाल्ने हो भने तिनीहरूमाथि तुरुन्तै सजाय पठाउन सक्छ तर तिनीहरूको निम्ति एउटा समय (निर्धारित) छ जसबाट तिनीहरू कहिल्यै फुत्कन पाउनेछैनन् ।

    [59] यी ती बस्तीहरू हुन्, जसलाई तिनीहरूको अत्याचारको कारण हामीले नष्ट गरिहाल्यौं, र तिनीहरूको विध्वसंको निम्ति पनि हामीले एउटा समय निश्चित गरेका थियौं ।

    [60] जब मूसाले आफ्नो युवकसित भने कि म त दुई समुद्रको दोभानमा नपुगुञ्जेल हिंडि नै राख्नेछु, चाहे कैयौ वर्षसम्म किन चल्न नपरोस् ।

    [61] जब उनी दुवै समुद्रको संगममा पुगे त त्यहाँ आफ्नो माछा बिर्सिहाले, जसले समुद्रमा सुरुँग जस्तो आफ्नो बाटो बनाइहाल्यो

    [62] जब यी दुवै त्यहाँबाट अगाडि बढे तब मूसाले आफ्नो युवकसित भने कि हाम्रो भोजन ल्याऊ, यस यात्राबाट हामीलाई बडो कष्ट उठाउनु परेको छ ।

    [63] उसले जवाफ दियो कि के तपाईले हेर्नुभएन ? जब हामी ढुङ्गामा अडेस लिई विश्राम गरिराखेका थियौं त्यहीं नै मैले माछा बिर्सिहालेको थिएँ । वास्तवमा मलाई (तपाईसित) त्यसको चर्चा गर्नुबाट शैतानले बिर्साइदियो । त्यसले अनौठो तरिकाले समुद्रमा आफ्नो बाटो बनाइहाल्यो ।

    [64] मूसाले भने यही थियो जसको तलाशमा हामी थियौं । यसर्थ त्यहींबाट आफ्नो खुट्टाका चिन्हहरू हेर्दै फर्किहाले ।

    [65] यसरी उनले हाम्रा भक्तहरूमध्ये एउटा भक्त भेट्टाए, जसलाई हामीले आफूकहाँबाट विशेष दया प्रदान गरेका थियौं र आफ्नो तर्फबाट उसलाई विशेष ज्ञान प्रदान गरेका थियौं ।

    [66] मूसाले उससित (खिज्रसित) भनेः कि जुन असल ज्ञान तपाईलाई सिकाइएको छ, यदि तपाईले त्यसबाट मलाई सिखाउनुहुन्छ भने म तपाईको सेवा गरिरहन्छु ।

    [67] उसले (खिज्रले) भने कि तिमी मेरो साथमा रहेर कदापि धैर्य गर्न सक्दैनौ ।

    [68] र जुन कुराको तिमीलाई ज्ञान नै छैन, त्यसको हकमा धैर्य पनि कसरी गर्न सक्दछौ ।

    [69] मूसाले भने अल्लाहले चाह्यो भने, तपाईले मलाई धैर्यवान पाउनुहुनेछ र कुनै कुरामा मैले तपाईको आज्ञा उल्लघंन गर्नेछैन ।

    [70] उसले (खिज्रले) भनेः यदि तिमी मेरो साथमा रहनै चाहन्छौ भने शर्त यो छ कि, मसित कुनै कुराको बारेमा प्रश्न नसोध्नु जबसम्म कि मैले स्वयं त्यसको चर्चा तिमीसित नगरूँ ।

    [71] अनि दुवै हिँडे, जब एउटा डुङ्गामा सवार भए, तब उसले (खिज्रले) डुङ्गाको पटरी तोडिदिए (प्वाल पारिदिए) । मूसाले भनेः के तपाईले त्यसलाई यसकारणले तोड्नुभएको छ कि सवारहरूलाई डुबाइहाल्नुहोस् । यो त तपाईले बडो खतरनाक कुरा गर्नुभो ।

    [72] उहाँले (खिज्रले) भने, के मैले पहिला नै तिमीलाई भनेको थिएन, कि तिमीले मेरो साथमा कदापि धैर्य धारण गर्न सक्दैनौ ।

    [73] मूसाले भने कि जुन त्रुटि मबाट भएको छ, त्यसबापत मलाई नसमात्नुहोस्, र मेरो कुरामा मलाई संकटमा नपार्नुहोस् ।

    [74] फेरि दुवै अगाडि बढे, अनि एउटा केटो भेट्टाए, तब (खिज्रले) उसलाई मारिदिनुभयो । मूसाले भने कि तपाईले एउटा निर्दोष मानिस किन मारिहाल्नुभो जब कि त्यसले कसैको ज्यान लिएको थिएन । तपाईले एकदमै नराम्रो काम गर्नुभयो ।

    [75] उनले भने के मैले तिमीलाई भनेको थिएन कि तिमी मेरो साथमा रहेर धैर्य राख्नसक्दैनौ

    [76] मूसाले भने कि यदि म यसपछि तपाईसित कुनै कुराबारे प्रश्न गरें भने तपाईले मलाई आफ्नो साथमा नराख्नुहोला, निश्चय नै तपाई मतिरबाट क्षमायाचनाको सीमासम्म पुगिसक्नुभो ।

    [77] फेरि दुवै अगाडि हिंडे, अनि एक गाउँका मानिसहरूछेउ पुगी तिनीहरूसित खाना माँग्नु भयो तर तिनीहरूले उनीहरूको अतिथि सत्कार गर्नुबाट स्पष्टरूपमा इन्कार गरिदिए, अनि उनीहरूले त्यहाँ एउटा भित्तालाई देखे जुन ढल्न लागेको थियो, तब उसले त्यसलाई ठीक पारिदिए । (मूसाले) भने कि यदि तपाईले चाहेको भए तिनीहरूसँग त्यसको मजदूरी लिनसक्नु हुन्थ्यो ।

    [78] उनले भने कि अब यो बिछोड हो तिम्रो र मेरो बीचमा, अब म तिमीलाई ती कुराहरूको वास्तविकता बताउँछु जसबारे तिमीले धैर्य गर्न सकेका थिएनौ ।

    [79] त्यो जुन डुङ्गा थियो, त्यो (केही) गरिबहरूको(दरिद्रहरूको) थियो, जसले समुद्रमा डुङ्गा सञ्चालन गरी परिश्रमले जीविका चलाउँदथे, मैले त्यसमा केही तोडफोड गरें किन भने तिनीहरूको अगाडि एउटा राजा थियो जसले प्रत्येक (राम्रो) डुङ्गालाई जबरजस्ती आफ्नो अधीनमा पार्दथ्यो ।

    [80] र त्यो जुन केटो थियो त्यसको आमा बाबु दुवै मोमिन थिए, हामीलाई डर लाग्यो कि त्यसले आफ्नो हठपूर्ण विद्रोह र कुफ्रबाट, उनीहरूलाई हैरान नपारोस् ।

    [81] तसर्थ हामीले चाह्यौं कि उनीहरूलाई त्यसको सट्टामा उनीहरूको पालनकर्ताले त्योभन्दा पवित्र आचरणको र त्यसभन्दा बढी मायागर्ने छोरा प्रदान गरोस् ।

    [82] भित्ताको भेद यो हो कि यस शहरमा दुईवटा अनाथ बालकहरू छन् जसका खजाना यस भित्तामुनि गाडिएका छन्, र तिनीहरूको बाबु बडो असल मानिस थियो । तसर्थ तिम्रो पालनकर्ताको इच्छा थियो कि दुवै अनाथहरूले आफ्नो तन्नेरी अवस्थामा आएर आफ्नो यो सम्पत्ति तिम्रो पालनकर्ताको कृपा र दयाले झिकुन् । मैले आफ्नो स्वेच्छाले त्यो काम गरेको होइन । यो थियो यी घटनाहरूको वास्तविक तथ्य जसबारे तपाईले धैर्य गर्न सक्नुभएन ।

    [83] तपाईसित यिनीहरूले ‘‘जुलकरनैनको’’ बारेमा सोधिराखेका छन् । तपाईले भनिदिनुस्ः कि मैले तिनको बारेमा अलिकति पढेर सुनाउँदछु ।

    [84] हामीले तिनलाई धरतीमा ठूलो शक्ति प्रदान गरेका थियौं र हामीले उनलाई हरेक सामग्रीको साधन दिएका थियौं ।

    [85] ऊ एउटा बाटोमा लाग्यो ।

    [86] यहाँसम्म कि सूर्य अस्ताउने ठाउँमा पुग्यो र त्यसलाई एउटा धमिलो पानीको झरनाको मुहानमा अस्ताइराखेको पायो र त्यस झरनाको समीपमा मानिसहरूको एउटा समूह पनि फेला पार्यो । हामीले भन्यौं कि हे जुलकरनैन तिमीले चाहे तिनीहरूलाई कष्ट पुर्याऊ अथवा तिनीहरूसित राम्रो व्यवहार गर । (यी दुवै कुराहरूमा तिमी अधिकार प्राप्त छौ) ।

    [87] उनले भने कि जसले अत्याचार गर्दछ त्यसलाई त हामीले पनि सजाय दिनेछौं, अनि आफ्नो पालनकर्तातिर फर्काइने छ र जसले उसलाई कठोर सजाय दिनेछ ।

    [88] हो जसले ईमान ल्याए र असल कर्म गरे, त्यसको लागि धेरै राम्रो पुरस्कार छ र हामीले आफ्नो मामिलामा त्यसमाथि कुनै प्रकारको कठोरता गर्ने छैनौं, र हामी आफ्नो आदेशमा सहुलियत प्रदान गर्नेछौं ।

    [89] अनि त्यो अर्कै बाटोतिर लाग्यो ।

    [90] अनि अन्ततः जब सूर्य उदाउने ठाउँमा पुग्यो, त देख्यो कि त्यो मानिसको यस्तो समूहमाथि उदाइराखेको छ, जसका लागि हामीले त्यसबाट अरु कुनै ओट बनाएका छैनौं ।

    [91] घटना यस्तै छ र जे जति उसको सम्बन्धमा छ, हामीलाई सबैको जानकारी छ ।

    [92] अनि ऊ अर्कै यात्रातिर लाग्यो ।

    [93] अनि दुईटा पर्खालहरूको बीचमा पुग्यो, त देख्यो कि त्यसको अर्कोपट्टि केही मानिसहरू छन् जसले केही कुरा बुझ्न सक्तैनन् ।

    [94] तिनीहरूले भने हे जुल्करनैन । याजूज र माजूज यस पृथ्वीमा निकै उपद्रव गरिराखेका छन् । के हामीले तपाईको लागि केही खर्चको व्यवस्था मिलाइदिऔं, कि तपाईले हाम्रो र तिनीहरूको बीचमा एउटा पर्खाल बनाइदिनु हुन्छ

    [95] (जुलकरनैनले) भने कि मेरो पालनकर्ताले मलाई सामथ्र्यको रूपमा जे प्रदान गरेको छ, त्यही नै प्रशस्त छ, तिमीले मात्र आफ्नो शक्ति सामग्रीबाट मेरो मद्दत गर ताकि म तिमीहरू र उनीहरूको बीचमा एउटा बलियो पर्खाल खड़ा गरूँ ।

    [96] तिमीले फलामको पाता ल्याइदेऊ । दुवै पहाडको बीचको ठाउँमा पर्खाल बनाइसकेपछि आदेश गरे कि आगोलाइ तीव्र पार, जसबाट ती फलामका पाताहरू पूर्णरूपले आगोको रूपमा परिणित भए, त्यसपछि भने कि मेरो पासमा ल्याऊ त्यसमाथि पग्लेको ताम्बा हालिदिऊँ ।

    [97] अनि त्यसपछि तिनीहरूमा न त्यस पर्खालमाथि चढ्ने क्षमता थियो नत त्यसमा कुनै प्रकारको प्वाल पार्न सक्दथे ।

    [98] भने कि यो मेरो पालनकर्ताको कृपा हो । जब मेरो पालनकर्ताको वचन आउँछ तब त्यसले यसलाई ध्वस्त पारिदिने छ । र मेरो पालनकर्ताको वचन सत्य र यथार्थ छ ।

    [99] त्यस दिन हामीले तिनीहरूलाई एकआपसमा आक्रमण गर्न छाडी दिनेछौं र सूर (तुरही) फूँकिनेछ, अनि हामीले सबैलाई एकत्रित गरी एक ठाउँमा जम्मा गरिहाल्ने छौं ।

    [100] त्यस दिन हामीले नर्कलाई काफिरहरूको अगाडि ल्याइदिने छौं ।

    [101] जसका आँखाहरू मेरो स्मरणबाट ओझलमा थिए, जो कि सुन्न पनि सक्तैनथे ।

    [102] के काफिरहरूले यो ठानिराखेका छन्? कि म बाहेक, तिनीहरूले मेरा भक्तहरूलाई आफ्नो समर्थक बनाइहाल्ने छन् ? (सुनिराख) हामीले त यी कुफ्फारहरूको आतिथ्यको निम्ति नर्कलाई तयार गरिसकेका छौं ।

    [103] भनिदिनुस् किः म तिमीलाई बताइदिन्छु कि कर्महरूको दृष्टिले सबैभन्दा बढी घाटामा को छन्

    [104] तिनीहरू हुन् जसका सांसारिक जीवनका सम्पूर्ण प्रयासहरू खेर गइहाले र तिनीहरूले यो ठानिराखेछन् कि तिनीहरूले धेरै असल काम गरिराखेका छन् ।

    [105] यी तिनै मानिसहरू हुन्, जसले कि आफ्नो पालनकर्ताका आयतहरू र उसको साक्षात्कारलाई इन्कार गरे, तसर्थ तिनीहरूका कर्महरू खेर गइहाले, अतः कियामतको दिन हामीले तिनीहरूलाई कुनै वजन दिने छैनौं ।

    [106] त्यही नर्क तिनीहरूको प्रतिफल हो किनभने तिनीहरूले कुफ्र गरे र हाम्रा आयत र पैगम्बरहरूको उपहास गरे ।

    [107] निःसन्देह जसले ईमान ल्याए र असल कर्महरू गरे निःसन्देह तिनीहरूको आतिथ्यसत्कार स्वर्गका बगैंचाहरूमा हुनेछ ।

    [108] तिनीहरू सधैं त्यसमा रहनेछन्, र उनीहरू त्यहाँबाट बासस्थान परिवर्तन गर्न कहिले पनि चाहने छैनन् ।

    [109] भनिदिनुस् कि यदि मेरो पालनकर्ताका कुराहरू लेख्नको निम्ति समुद्र मसी बनिहालोस् तै पनि मेरो पालनकर्ताका कुराहरू सिद्धिनुभन्दा अगाडि नै त्यो सुकिसक्ने छ, यद्यपि त्यो जस्तै अर्को समुद्र पनि हामीले त्यसको सहयोगमा किन नल्याऔं ।

    [110] तपाई भनिदिनुस् कि म त तिमीहरू जस्तै एउटा मानिस हूँ तर हो, मतिर ‘‘वह्य’’ अवतरित गरिन्छ कि सबैको पूजा योग्य त्यही एउटै पूजनीय छ । अनि जुन मानिसले आफ्नो आराध्यसँग साक्षात्कारको आशा राख्दछ त्यसलाई आवश्यक छ कि असल कर्म गरोस् र आफ्नो पालनकर्ताको पूजामा अरु कसैलाई साझेदार नबनोओस्

    Surah 19
    मरियम

    [1] काफ–हा–या–ऐन–स्वाद ।

    [2] यो हो तिम्रो पालनकर्ताको त्यस कृपाको चर्चा जुन उसले आफ्नो सेवक ‘‘जकरीया’’ माथि गरेको थियो ।

    [3] जब उनले आफ्नो पालनकर्तासँग गोप्यरूपले प्रार्थना गर्नुभएको थियो ।

    [4] कि हे मेरो पालनकर्ता मेरा हड्डीहरू कमजोर भइसकेका छन् र टाउकोका कपालहरू सेता भई टल्कन थालेका छन् तर म तिमीसँग याचना गरेपछि कहिल्यै वञ्चित भएको छैन ।

    [5] मलाई आफ्नो मृत्यु पश्चात मेरो आफन्त र नजिकका मानिसहरूको बारेमा भय छ र मेरी स्वास्नी पनि बाँझो छे, तसर्थ मलाई आफ्नो तर्फबाट एउटा उत्तराधिकारी प्रदान गर ।

    [6] जो मेरो पनि उत्तराधिकारी होस् र ‘‘यअ्कूबको’’ सन्ततिको पनि उत्तराधिकारी होस्, र हे मेरो पालनकर्ता तिमीले त्यसलाई आफ्नो प्रिय भक्त बनाऊ ।

    [7] हे जकरीया हामीले तिमीलाई एउटा पुत्र प्राप्तिको शुभसन्देश दिन्छौं, जसको नाम ‘‘यह्या’’ हो । यसभन्दा अगाडि हामीले यो नाम भएको कुनै व्यक्तिको सृष्टि गरेका छैनौं ।

    [8] उनले (जकरिया अलैहिस्सलामले) भने, पालनकर्ता मकहाँ कसरी पुत्र जन्मने छ, जब कि मेरी स्वास्नी बाँझो छे र म वृद्धावस्थाको अन्तिम चरणमा पुगिसकेको छु ।

    [9] आदेश भयो कि यस्तै (हुनेछ) तिम्रो पालनकर्ताको आदेश भएको छ, मेरो लागि यो कुरो एकदम सजिलो छ र मैले अघि तिम्रो पनि सृष्टि गरिसकेको छु जब तिमी केही पनि थिएनौं

    [10] भन्न थाले कि मेरो पालनकर्ता मेरो निम्ति कुनै प्रतीक निर्धारित गर । आदेश भयो कि तिम्रो लागि प्रतीक यो छ कि तिमी लाटो न भएपनि कुनै मानिससँग तीन दिनसम्म नबोल्नु ।

    [11] तसर्थ जकरीया आफ्नो कोठाबाट निस्की आफ्नो समुदायको पासमा आएर संकेतले भने कि प्रातः र साँझ अल्लाहको गुणगान गर ।

    [12] ‘‘हे यह्या मेरो किताबलाई बलियो तरिकाले समातिराख’’ र हामीले यसलाई बाल्यकालदेखि नै ज्ञान (बुद्धिमत्ता) प्रदान गर्यौं ।

    [13] र आफ्नो तर्फबाट सबै दया र पवित्रता पनि प्रदान गर्यौं, त्यो निष्ठावान मानिस थियो ।

    [14] र आफ्नो माता–पितासँग असल व्यवहार गर्ने मानिस थियो । ऊ अट्टेरी र अवज्ञाकारी थिएन ।

    [15] र जुन दिन उसले जन्म लियो र जुन दिन उसको मृत्यु हुनेछ र जुन दिन पुनर्जीवित गरी उठाइनेछ, उनीमाथि शान्ति (सलाम) होस् ।

    [16] यस किताबमा मरियमको कथा पनि वर्णन गर, जब कि तिनी आफ्नो परिवारबाट अलग्गिएर पूर्वतिर लागिन् ।

    [17] र तिनीहरूबाट अदृश्य हुन एउटा आवरण (पर्दा) हालिन्, त्यस बेला हामीले तिनको समीपमा आफ्नो रूह (जिब्राईल) लाई पठायौं अनि उनी तिनको अगाडि पूर्णरूपमा मानिस बनी प्रकट भए ।

    [18] (मरियमले) भनिन् कि यदि तिमी आत्मसंयमी हौ भने म तिमीबाट रहमानको शरण चाहन्छु ।

    [19] उनले भने कि म तिम्रो पालनकर्ताबाट पठाइएको (स्वर्गदूत) हूँ, तिमीलाई एउटा पवित्र पुत्र दिन आएको हूँ ।

    [20] भन्न थालिन् कि मबाट पुत्र कसरी जन्मन सक्छ ? मलाई त अहिलेसम्म कुनै मानिसले स्पर्श गरेको छैन र म चरित्रहीन पनि होइन ।

    [21] उनले भने कि कुरा त यही नै हो तर तिम्रो पालनकर्ताको आदेश छ कि यो मेरो लागि सजिलो छ । र हामीले त यसलाई मानिसहरूको निम्ति एउटा निशानी बनाउने छौं र आफ्नो विशेष वरदान, र यो त एउटा निश्चित कुरो हो ।

    [22] अनि तिनी गर्भवती भइहालिन् र यस कारण एउटा टाढा ठाउँतिर लागिन् ।

    [23] त्यसपछि प्रसवपीडाले तिनलाई एउटा खजूरको हाँगामुनि ल्यायो । भन्न थालिन् कि काश म यसभन्दा अगाडि नै मरिसकेको भए र मानिसको सम्झना र विस्मृत भइहालेको भए राम्रो हुने थियो ।

    [24] त्यतिखेर मुनिबाट फरिश्ताले (स्वर्गदूतले) तिनलाई आवाज दियो कि चिन्तित नहोऊ । तिम्रो पालनकर्ताले तिम्रो खुट्टा मुनिबाट एउटा पानीको मूल बगाइदिएको छ ।

    [25] र त्यस खजूरको हाँगोलाई आफूतिर हल्लाऊ, यसले तिम्रो अगाडि खजूरको ताजा फल खसालिदिन्छ ।

    [26] अब निश्चिन्त भई खाऊ पिऊ र आँखालाई शीतल पार (अर्थात नवजात शिशुलाई आफ्ना आँखाले हेरेर सन्तुष्टि प्राप्त गर) । यदि कुनै मानिस देखिन्छ भने, भनिदिनु कि मैले अल्लाह, अत्यन्त दयालुको नाममा व्रतको भाकल गरेको छु । तसर्थ म आज कोहीसित बोल्दिन ।

    [27] अब तिनी हजरत ‘‘ईसा’’ (अलैहिस्सलाम) लाई लिई आफ्नो समुदायतिर आइन् । तिनीहरूले भन्न थाले मरियम यो त तिमीले साह्रै नराम्रो काम गरिस् ।

    [28] हे हारूनकी बहिनी नत तिम्रो बाबु नराम्रो थियो नत तिम्री आमा नै चरित्रहीन थिइन् ।

    [29] त्यसपछि मरियमले आफ्नो बालकतिर संकेत गरिन् । तिनीहरूले भने कि लौ हामीले काँखको बच्चासँग कसरी कुरा गर्न सक्तछौं

    [30] बच्चाले तुरुन्त बोल्यो कि म अल्लाहको सेवक हूँ, उसले मलाई ग्रन्थ प्रदान गरेको छ र मलाई आफ्नो संदेष्टा बनाएको छ ।

    [31] र म जहाँ छु (र जुन अवस्थामा छु) उसले मलाई वरदानप्राप्त बनाएको छ र जबसम्म म जीवित छु मलाई नमाज र दान (जकात) को आदेश गरेको छ ।

    [32] र उसले मलाई आफ्नी आमाको सेवा गर्नेवाला बनाएको छ र मलाई अटेरी र अभागा बनाएको होइन ।

    [33] र जुन दिन मैले जन्म लिएँ र जुन दिन म मर्नेछु, र जुन दिन जीवित भई उठाइने छु, ममाथि शान्ति नै शान्ति छ ।

    [34] यो हो वास्तविक कथाघटना ईसा पुत्र मरियमको यही नै त्यो साँचो कुरो हो जसमाथि मानिसहरूले शंका उपशंका गर्दछन् ।

    [35] अल्लाहको गौरवलाई यो सुहाउँदैन कि उसको आफ्नो सन्तान होस् । ऊ त एकदम पवित्र छ । जब कुनै कुराको इच्छा गर्दछ, तब त्यसलाई यति मात्र भन्दछ कि भइहाल, अनि त्यो भइहाल्छ ।

    [36] अल्लाह नै मेरो र तिमी सबैको पालनकर्ता हो, तसर्थ तिमीहरू उसैको पूजा गर । यही नै सोझो मार्ग हो ।

    [37] अनि यी समुदायहरूले आपसमा मतभेदका कुरा गर्नथाले । तसर्थ काफिरहरूलाई एउटा ठूलो भयङ्कर दिन आउनाको कारणले खराबी, (धिक्कार) छ ।

    [38] तिनीहरू जुन दिन हाम्रो सामु आउँनेछन् । राम्ररी सुन्ने र देख्नेवाला हुनेछन्, तर अत्याचारीहरू आज खुल्लारूपले मार्गविचलित छन् ।

    [39] तपाईले तिनीहरूलाई त्यस दुःख र पश्चतापको भयबाट खबरदार गरिदिनुस् जब कुराको टुङ्गो लाग्ने छ र तिनीहरू लापरवाहीमा नै रहीरहने छन् र तिनीहरू ईमान ल्याउने छैनन् ।

    [40] हामी नै पृथ्वी र त्यसमा बस्नेहरू सबैको वारिस हुनेछौं र सबै मानिसहरू हामीतिर नै फर्काएर ल्याइने छन् ।

    [41] यस किताबमा इब्राहीम (अलैहिस्सलाम) को घटना बयान गर । निःसन्देह उनी एउटा सत्यनिष्ठ पैगम्बर थिए ।

    [42] जब उनले आफ्नो पितासित भने बुबा तपाईले यस्ता कुराहरूको पूजा किन गर्नुहुन्छ, जसले कि न सुन्दछन्, न देख्दछन् ? र न त तपाईको कुनै फाइदा पुर्याउन सक्तछन्

    [43] मेरो बुवा तपाई हेर्नुस् मलाई यस्तो ज्ञान प्राप्त भएको छ जुन तपाईलाई भएको छैन तसर्थ तपाईले मेरो कुरा मान्नुस्, मैले तपाईलाई एकदम सोझो मार्गमा हिंडाउने छु

    [44] पिताज्यू शैतानको पूजा नगर्नुस् । निःसन्देह शैतान त दयालु अल्लाहको आज्ञाको उल्लघंनकारी हो ।

    [45] पिताज्यू मलाई डर लाग्छ कि यस्तो नहोस् कि अल्लाहको सजाय तपाईमाथि आइलागोस् र त्यसपछि तपाई शैतानको साथी भइहाल्नुहोस् ।

    [46] उसले जवाफ दियो कि हे इब्राहीम के तिमी हाम्रा देवताहरूबाट विमुख भइराखेका छौ, यदि तिमीले आफ्नो बाटो त्यागेनौं भने मैले तिमीलाई ढुङ्गाले हानि मारिदिनेछु, गइहाल, मबाट एउटा लामो अवधिसम्म अलग्गै बस ।

    [47] (इब्राहीमले) भने ठीक छ ‘‘सलामुन् अलैकुम’’ तिमीमाथि शान्ति होस् म त आफ्नो पालनकर्तासँग तपाईको छुटकराको निम्ति प्रार्थना गरिरहने छु । ऊ ममाथि अत्यन्त दयावान छ ।

    [48] म त तपाईहरू र जस–जसलाई तपाईले अल्लाह बाहेक पुकार्नु हुन्छ, सबैलाई त्यागिराखेको छु र म मात्र आफ्नो पालनकर्तालाई पुकार्दछु । मलाई विश्वास छ म आफ्नो पालनकर्तासित प्रार्थना गरेपछि वञ्चित रहनेछैन ।

    [49] जब इब्राहीम उनीहरू र उनीहरूले पूजा गर्दै आएका अल्लाह बाहेकका अरुलाई छाँडेर अलग्ग भइहाले तब हामीले उनलाई ‘‘इस्हाक’’ र ‘‘यअ्कूब’’ प्रदान गर्यौं र दुवैलाई नबी (संदेष्टा) बनायौं ।

    [50] र उनीहरूलाई आफ्नो कृपाले धेरै कुराहरू प्रदान गर्यौं, र हामीले उनको सत्य वचनलाई उच्च सम्मान प्रदान गर्यौं ।

    [51] यस किताबमा मूसा (अलैहिस्सलाम) को पनि चर्चा गर्नुस् । जो छानिएर पठाइएका रसूल र नबी (संदेष्टा) थिए ।

    [52] हामीले उहाँलाई तूर पर्वतको दाहिनेतिरबाट पुकार्यौं र कुरा गर्नुको निम्ति उनलाई नजिक बोलायौं ।

    [53] र आफ्नो विशेष कृपाबाट उनलाई र उनको भाइ हारूनलाई संदेष्टा र पैगम्बरको (जिम्मेवारी) प्रदान गर्यौं ।

    [54] यस किताबमा इस्माईल (अलैहिस्सलाम)को पनि चर्चा गर्नुस् । उनी आफ्नो वचनको एकदम पक्का र हामीबाट पठाइएका रसूल र नबी (संदेष्टा) थिए ।

    [55] उनले आफ्नो घरका मानिसहरूलाई सधै नमाज र जकातको निर्देशन गर्दथे र आफ्नो पालनकर्ताको दृष्टिमा मनपराइएका र मर्यादित पनि थिए ।

    [56] र यस किताबमा ‘‘इदरिस (अलैहिस्सलाम) को’’ पनि चर्चा गर्नुस् । उनी पनि अत्यन्त असल आचरणको नबी थिए ।

    [57] हामीले उनलाई उच्च ठाउँमा उठायौं ।

    [58] यिनै ती नबीहरू हुन् जसलाई अल्लाहले आफ्नो कृपा र पुरस्कार प्रदान गर्यो जो आदमका सन्ततिमध्येबाट र ती मानिसहरूको जातिबाट हुन् जसलाई हामीले नूह (अलैहिस्सलाम) को साथमा डुङ्गामा सवार गरायौं र ‘‘इब्राहीम’’ र ‘‘यअ्कूबका’’ सन्ततिहरूमध्येबाट र ती मानिसहरूमध्येबाट हुन् जसलाई हामीले मार्गदर्शन गर्यौं, जब उनको अगाडि हाम्रा आयतहरू पढिन्थे त यिनीहरू ढोग्दथे र रोइरहन्थे र गिड्गिडाएर ढलिहाल्थे ।

    [59] अनि उनीहरूपछि उनका केही यस्ता सन्तान आए जसले नमाज छोडिहाले र कामवासनाको पूर्तिमा लागिहाले त्यसकारण छिट्टै तिनीहरूको क्षति तिनीहरूको सामुन्ने आउनेछ ।

    [60] तर हो, जसले प्रायश्चित गरे र ईमान ल्याए र सत्कर्म गरे, तिनीहरू बहिश्त (स्वर्ग) मा प्रवेश पाउनेछन् र तिनीहरूको केही पनि हानि नोक्सानी गरिने छैन ।

    [61] सधैंको स्वर्गमा जसको बारेमा अल्लाहले आफ्ना भक्तहरूलाई परोक्षमा वचन दिएको छ । निःसन्देह उसको वचन पूरा हुनेछ ।

    [62] तिनीहरूले त्यसमा कुनै अनर्गल कुरा सुन्ने छैनन्, मात्र शान्तिको कुरा सुन्नेछन् र तिनीहरूको निम्ति विहान–बेलुकी जीविका (खाना) तयार रहनेछ ।

    [63] यो हो त्यो जन्नत (स्वर्ग) जसको वारिस हामीले आफ्ना भक्तहरूमध्ये त्यस्तालाई बनाउँछौं, जो आत्मसंयमी हुन्छन् ।

    [64] हामी तिम्रो पालनकर्ताको आज्ञा नभई अवतरित हुन सक्दैनौं, जेजति हाम्रो अगाडि छ र जेजति हाम्रो पछाडि छ र जे जति त्यसको मध्यमा छ सबै उसैको हो र तिम्रो पालनकर्ता बिर्सनेवाला छैन ।

    [65] आकाश र धरती र जे दुईटैको माँझमा छ सबैको मालिक उही हो, तिमी उसैको पूजा गर र उसैको आराधनामा दृढ रह, के तिम्रो जानकारीमा उस जस्तो नाम (र क्षमता) वाला छ? (कदापि छैन ।)

    [66] मानिसले भन्दछ कि के जब म मरिहाल्छु, त फेरि जीवित गराई बाहिर निकालिने छु

    [67] के यो मानिस यति पनि स्मरण गर्दैन कि हामीले उसलाई पहिले पनि सृष्टि गरेका थियौं जबकि ऊ केही पनि थिएन ।

    [68] तिम्रो पालनकर्ताको शपथ हामीले तिनीहरूलाई र शैतानलाई एकत्रित पार्नेछौं र यी सबैलाई जहन्नमको छेउमा उपस्थित गराउने छौं (तिनीहरूले) घुँडा टेकिराखेका हुनेछन् ।

    [69] अनि प्रत्येक समूहबाट हामीले त्यस्तालाई निकालेर उभ्याउने छौं, जसले जाहिर हुन्छ कि उनीहरूमध्येको अल्लाहको आदेशको गम्भीर अवज्ञा गर्दथे ।

    [70] फेरि हामी तिनीहरूलाई राम्ररी जान्दछौं जो नर्कमा प्रवेशको सजाय भोग्नेवाला छन् ।

    [71] तिमीमध्ये हरेक अवश्य नै त्यहाँ पुग्नेवाला छ, यो तिम्रो पालनकर्ताको निश्चितरूपले पूरा हुने आदेश हो ।

    [72] अनि हामीले आत्मसंयमीहरूलाई बचाउने छौं र अवज्ञकारीहरूलाई त्यहीं घुँडाटेकेको अवस्थामा छाडिदिनेछौं ।

    [73] जब तिमीहरूको अगाडि हाम्रा स्पष्ट आयतहरूको पाठ गरिन्छ त काफिरहरूले मुसलमानहरूसित भन्दछन् कि भन हाम्रा र तिम्रा समूहहरूमध्ये कुन चाहिँ उच्च स्थानप्राप्त छ ? र कसको भेला शानदार छ

    [74] हामीले त तिनीहरू भन्दाअगाडिका कैयौं समूहहरूको नाश गरिसकेका छौं । जो साधन सम्पन्नतामा र नाममा उनीहरूभन्दा धेरै बढी थिए ।

    [75] भनिदिनुस्ः कि जुन मानिस मार्गविचलनमा छ, रहमान त्यसलाई बिस्तारै लामो छूट दिइराखेको हुन्छ, जबसम्म कि तिनीहरूले ती कुराहरू देख्दैनन्, जसको वचन दिइन्छ अर्थात सजाय वा प्रलय (कियामत) । त्यतिखेर उनीहरूलाई राम्ररी थाहा हुनेछ कि को निम्न श्रेणीको छ र कुन चाहिँ कमजोर समूहको छ ।

    [76] र जसले मार्ग पाइहालेका छन्, अल्लाहले तिनीहरूको मार्गदर्शनमा अभिवृद्धि गर्दछ र शेष रहने असल कर्महरू तिम्रो पालनकर्ताकहाँको पुरस्कार र अन्तिम परिणामको दृष्टिकोणले उत्तम छन् ।

    [77] के तिमीले त्यस व्यक्तिलाई पनि देखेका छौं जसले हाम्रा आयतहरूलाई इन्कार गर्यो र भन्न थाल्यो कि (यदि म पुनर्जीवित भएँ) त मलाई यही सम्पत्ति र सन्तान (त्यहाँ) अवश्य प्राप्त हुनेछन् ।

    [78] के उसले अदृश्यको समाचार पाइसकेको छ, वा अल्लाहकहाँबाट वाचा प्राप्त गरिसकेको छ

    [79] कदापि होइन यसले जे भन्दैछ हामीले त्यसलाई अवश्य लेख्दै जानेछौं र उसको लागि बिस्तारै सजायमा वृद्धि गर्दै जानेछौं ।

    [80] उसले जुन कुराहरूबारे भनिराखेको छ, ती सबै हामीले पछि लिइहाल्ने छौं र त्यो एक्लै हाम्रो सामु उपस्थित हुनेछ ।

    [81] उनीहरूले अल्लाह बाहेक आफ्ना केही अन्य पूज्य बनाइराखेका छन्, ताकि तिनीहरू उनीहरूको निम्ति सम्मानको कारण बनुन् ।

    [82] तर यस्तो कदापि हुनेछैन, ती झूठा पूज्यहरू उनीहरूको पूजाबाट इन्कार गर्नेछन्, र उल्टै उनका शत्रु भइहाल्ने छन् ।

    [83] के तिमीले देखेनौ कि हामीले काफिरहरूको पासमा शैतानहरूलाई पठाउँछौं, जसले तिनीहरूलाई निकै उचाल्ने गर्दछन् ।

    [84] तिमीले तिनीहरूको बारेमा हतार नगर । हामीले त स्वयं तिनीहरूको निम्ति दिनको गणना गरिराखेका छौं ।

    [85] (त्यस दिनलाई स्मरण गर) जब हामीले परहेजगराहरूलाई रहमानको समक्ष अतिथिको रूपमा एकत्रित गर्नेछौं ।

    [86] र अपराधिहरूलाई निकै तिर्खाएको अवस्थामा नर्कतिर धपाउँदै लग्नेछौं ।

    [87] कसैलाई उनीहरूको सिफारिशगर्ने अधिकार प्राप्त हुनेछैन । तर हो त्यो व्यक्ति यातनाबाट सुरक्षित रहनेछ जसले रहमानकहाँबाट अनुमोदन प्राप्त गरिसकेको छ ।

    [88] उनीहरूले भन्दछन्ः रहमानले (अल्लाहले) आफ्नो सन्तान बनाएको छ ।

    [89] निःसन्देह अत्यन्त गम्भीर कुरा हो जुन कि तिमीहरूले (मन गढन्तरूपमा) रचेर ल्याएका छौ ।

    [90] निकट छ यस कुराबाट आकाशमा विष्फोट भइहालोस् र धरती टुक्रा–टुक्रा भइहालोस् र पहाडहरू क्षतविक्षत भई खसिहालोस् ।

    [91] किनभने तिनीहरूले रहमानको (अल्लाहको) सन्तानको दावी गरे ।

    [92] यो कुरा अल्लाहको प्रतिष्ठाको प्रतिकूल छ कि उसले कसैलाई आफ्नो सन्तान बनाओस् ।

    [93] आकाशहरू र धरतीमा जो पनि छन् सबै अल्लाहका दासका रूपमा आउनेवाला छन् ।

    [94] त्यसले तिनीहरूको आँकलन गरिसकेको छ र तिनीहरूको राम्ररी गणना गरिसकेको छ ।

    [95] तिनीहरू सबका सब कियामतको दिन एक्लै त्यस (रहमान) को सामु उपस्थित हुनेछन् ।

    [96] निःसन्देह जसले ईमान ल्याएका छन् र असल कर्म गरे, शीघ्र नै अल्लाहले तिनीहरूको निम्ति प्रेम उत्पन्न गरिदिने छ ।

    [97] हामीले यस कुरआनलाई तपाईको भाषामा निकै सरल बनाइदिएका छौं, ताकि यसबाट तपाईले डर मान्नेहरूलाई शुभसूचना दिनुस् र झगडा गर्नेहरूलाई यसबाट डराउनुस् ।

    [98] हामीले उनीहरूभन्दा अघिका धेरै समुदायहरूलाई नष्ट गरिसकेका छौं । के तिनीहरूमध्ये कुनै एकको बारेमा तिमी चाल पाउँछौ अथवा तिनीहरूको आवाज तिम्रो कानहरूले सुन्दछन्

    Surah 20
    ता–हा

    [1] ताहा

    [2] (हे मुहम्मद !) हामीले कुरआन तपाईमाथि यस कारण अवतरित गरेका होइनौं कि तपाई दुःखमा पर्नुस् ।

    [3] अपितु उसको नसहितको (उपदेशको) निम्ति जो अल्लाहसँग डर्छ ।

    [4] यसको अवतरण उसको तर्फबाट भएको हो जसले धरती र उच्च आकाशहरूको सृष्टि गरेको छ ।

    [5] जो असीम दयालु हो, जो उच्चासन (अर्श) माथि उच्च छ ।

    [6] जे जति आकाशहरूमा छ र जे जति धरतीमा छ र जे जति यी दुवैको बीचमा छ, र जे जति धरतीको (माटो) मुनि छ, सबै उसैको हो ।

    [7] तिमी चाहे ठूलो स्वरमा पुकार अथवा (मसिनो स्वरमा) उसले त लुकेको कुरा र अत्यन्त गोप्य कुरा पनि जान्दछ ।

    [8] उही अल्लाह हो, जस बाहेक अरु कोही सत्य पूज्य छैन । उसका नामहरू धेरै राम्रा छन् ।

    [9] तपाईलाई मूसा (अलैहिस्सलाम) को घटना पनि थाहा छ

    [10] जबकि उनले आगो देखेर आफ्नो घरवालासित भने कि तिमी केही बेर पर्ख म आगो देखेको छु । धेरै सम्भव छ कि म त्यसबाट बलिराखेको एउटा अगुल्टो ल्याउन सकूँ वा आगोको ठाउँमा बाटो थाहा पाउन सकूँ ।

    [11] जब उनी त्यहाँ पुगे तब आवाज आयो हे मूसा

    [12] निःसन्देह म नै तेरो पालनकर्ता हूँ । आफ्नो जुत्ता फुकालिदेऊ, तिमी पवित्र घाटी ‘तुवा’ मा छौ ।

    [13] र मैले तिमीलाई रोजीसकेको छु । अब जे (वह्य) अल्लाहको सन्देश गरिन्छ, त्यसलाई राम्ररी सुन ।

    [14] निःसन्देह म नै अल्लाह हूँ, म बाहेक अरु कोही सत्य पूज्य छैन, तसर्थ, तिमीले मेरो उपासना गर्नेगर र मेरो स्मरणको निम्ति नमाज पढ्नेगर ।

    [15] निश्चय नै कियामत आउनेवाला छ, जसलाई म गोप्य राख्न चाहन्छु ताकि प्रत्येक मानिसलाई त्यो प्रतिफल प्रदान गरियोस् जसको उसले प्रयास गरेको छ ।

    [16] अतः अब त्यसको विश्वासबाट तिमीलाई कुनै यस्तो व्यक्तिले नरोकोस् जसले कि यसमा विश्वास गर्दैन र आफ्नो इच्छाको पूर्तिमा लागेको छ, अन्यथा तिमी नष्ट भइहाल्नेछौ ।

    [17] हे मूसा ‘‘तिम्रो यस दायाँ हातमा के छ’’

    [18] उसले जवाफ दियो कि ‘‘यो मेरो लठ्ठी हो । म यसमा अडेस लगाउछु र यसबाट आफ्नो बाख्राहरूको निम्ति पातहरू झार्छु र यसबाट मेरा अन्य आवश्यकताहरू पनि पूरा हुन्छन् ।’’

    [19] आदेश दियो, ‘‘हे मूसा त्यसलाई हातबाट तल खसालिदेऊ’’ ।

    [20] खसाल्ने बित्तिकै त्यो सर्प बनेर चल्न थाल्यो ।

    [21] आदेश भयो ‘‘निर्भीक भई त्यसलाई समातिहाल, हामीले यसलाई त्यही पहिलेकै अवस्थामा ल्याइदिनेछौं’’ ।

    [22] र आफ्नो हात आफ्नो छेउमा राख, अनि त्यो बिना कुनै अवगुण चम्किदै अर्को चमत्कारको रूपमा निस्कनेछ ।

    [23] यो यसकारण कि हामीले आफ्ना ठूला ठूला निशानीहरू तिमीलाई देखाउन चाहन्छौं ।

    [24] अब तिमी फिरऔनकहाँ जाऊ उसले ठूलो उत्पात मचाइरहेको छ ।

    [25] (मूसाले भने) मेरो पालनकर्ता मेरो छाती मेरो निम्ति खोलिदेऊ ।

    [26] र मेरो काम मेरो निम्ति सजिलो बनाइदेऊ ।

    [27] र मेरो भाषाको अप्ठ्यारोपना हटाइदेऊ ।

    [28] जसबाट मानिसहरू मेरो कुरा बुझ्न सकुन् ।

    [29] र मेरा घरवालाहरूमध्ये एउटालाई मेरो मन्त्री बनाइदेऊ ।

    [30] मेरो भाइ हारूनालाई ।

    [31] उसबाट मेरो शक्ति सुदृढ गर ।

    [32] र उसलाई मेरो काममा शामेल गराइदेऊ

    [33] जसबाट हामीले धेरैभन्दा धेरै तिम्रो गुणगान गरौं ।

    [34] र तिमीलाई हामीले धेरै याद गरौं ।

    [35] निश्चय नै तिमी हाम्रो राम्रोसँग देखभाल गर्नेवाला हौ ।

    [36] अल्लाहबाट आदेश भयो, ‘‘मूसा’’ तिम्रो सबै प्रार्थना स्वीकार गरियो ।

    [37] हामीले त तिमीमाथि एकपटक अरु पनि ठूलो उपकार गरिसकेका छौं ।

    [38] जबकि हामीले तिम्री आमाको हृदयमा त्यो प्रेरणा दियौं जसको चर्चा अब गरिदै छ ।

    [39] ‘‘कि उसलाई तिमीले सन्दुकमा राखेर समुद्रमा हालिदेऊ, त्यसपछि समुद्रले उसलाई किनारामा लगिदिन्छ ताकि उसलाई मेरो र उसको शत्रुले उठाइलिनेछ’’ । र मैले आफ्नो तर्फबाट तिमीलाई आफ्नो प्रेम प्रदान गर्यौं, ताकि मेरो आँखाको अगाडि तिम्रो पालनपोषण होस् ।

    [40] (स्मरण गर) जबकि तिम्री बहिनी गइराखेकी थिइन् र भनिरहेकी थिइन्ः कि यदि तिमी भन्छौ भने त्यसको बारेमा म उसलाई बताइदिन्छु जसले उसको पालनपोषण गर्नेछ । यस उपायबाट हामीले फेरि तिमीलाई तिम्री आमाको पासमा पुर्याइदियौं ताकि उसको आँखा शीतल होउन् र उनी शोकाकुल नहोऊन्, र (यादगर) तिमीले एउटा व्यक्तिको हत्या गरिदिएका थियौ । तैपनि हामीले तिमीलाई दुःखबाट छुट्कारा दिलायौं र हामीले तिमीलाई राम्ररी जाँच्यौ । अनि तिमी कैयौं वर्षसम्म मदयनका मानिसहरूसँग बसिराख्यौ, फेरि तिमी हे मूसा अल्लाहको अनुकम्पाले निर्धारित समयमा आइपुग्यौ ।

    [41] र मैले तिमीलाई विशेष आफ्नो लागि मनपराएको छु ।

    [42] अब तिमी आफ्नो भाइसहीत मेरा निशानीहरू साथमा लिएर जाऊ, र याद रहोस् मेरो स्मरणमा ढिलासुस्ती नगर्नु ।

    [43] तिमी दुवै फिरऔनको पासमा जाऊ । त्यसले गम्भीर अवज्ञा गरेको छ ।

    [44] त्यसलाई नम्रतापूर्वक सम्झाऊ, ताकि सम्भव छ त्यसले सम्झिहालोस् वा त्रसित भइहालोस् ।

    [45] दुवैले भने ‘‘हे हाम्रो पालनकर्ता ! हामीलाई यसको भय छ कि कतै त्यसले हामीमाथि कुनै अत्याचार नगरोस् अथवा उसको उदण्डता बढेर नजाओस् ।’’

    [46] (अल्लाहको) आदेश भयो तिमी अलिकति पनि नडराऊ, म तिम्रो साथमा छु र सुन्दछु र देख्दछु ।

    [47] तिमी उसको पासमा जाऊ र भनः ‘कि हामी तिम्रो पालनकर्ताका संदेष्टा हौं । तिमी हाम्रो साथमा इस्राईलका सन्तानलाई पठाइदेऊ र उनीहरूलाई यातना नदेऊ । हामी तिम्रो पासमा तिम्रो पालनहारका निशानीहरू लिएर आएका छौं । र जसले सही मार्गदर्शनको कुरा मान्दछ त्यसैलाई सलामती (प्रशान्ति) प्राप्त हुनेछ ।

    [48] हामीतिर यो ‘‘वह्य’’ (अल्लाहको प्रकाशना) आएको छ कि जसले त्यसलाई झुठो भन्छ र विमुख हुन्छ, त्यसको निम्ति यातना तयार छ ।

    [49] फिरऔनले सोध्यो कि, हे मूसा तिमी दुवैको पालनहार को हो

    [50] उसले(मूसाले) जवाफ दिए कि हाम्रो पालनहार त्यो हो जसले हरेकलाई एउटा विशेष रूप, आकार, प्रदान गर्यो र मार्गदर्शन गरायो ।

    [51] उसले भन्यो कि, ठीक छ यो त बताऊ कि पहिलो पिढीहरूको अवस्था कस्तो हुनेवाला छ ।

    [52] जवाफ दिए कि ‘‘त्यसको ज्ञान मेरो पालनहारको पासमा किताबमा सुरक्षित छ, मेरो पालनहारबाट न गलती हुन्छ र नत ऊ भूल गर्छ’’ ।

    [53] उसैले तिम्रो निम्ति धर्तीलाई ओछ्यान बनायो र त्यसमा तिम्रो निम्ति मार्गहरू निकालेको छ र आकाशबाट पानी पनि उसैले बर्साउँछ । फेरि हामीले त्यस पानीबाट विभिन्न प्रकारका बोट विरुवाहरू उमार्छौं ।

    [54] तिमी स्वयम् खाऊ र आफ्ना जनावरहरूलाई पनि चराऊ । निःसन्देह यसमा बुद्धिमानहरूको लागि (धेरै) निशानीहरू छन् ।

    [55] यसै धरतीबाट हामीले तिम्रो सृष्टि गर्यौं र यसैमा तिमीलाई फेरि फर्काउने छौं र यसैबाट अर्कोपल्ट तिमीहरू सबैलाइ निकाल्ने छौं ।

    [56] हामीले फिरऔनलाई आफ्ना सबै निशानीहरू देखायौं तर तैपनि उसले झूठो भन्यो र इन्कार गर्यो ।

    [57] भन्न थाल्यो कि हे मूसा के तिमी हाम्रो पासमा यसकारण आएका हौ ताकि आफ्नो जादूको शक्तिले हामीलाई हाम्रो देशबाट निकालिदेऊ ।

    [58] ठीक छ हामीले पनि तिम्रो दाँजोमा यस्तै जादू ल्याउने छौं तसर्थ हाम्रो र आफ्नो बीचमा एउटा समय निर्धारित गरिहाल, ताकि नत हामीले त्यसको विपरीत गरौं नत तिमी, र यो प्रतिस्पर्धा एउटा सफा फाँटमा (मैदान) हुनेछ ।

    [59] मूसाले भने उत्सवको दिनको वचन छ र यो कि मानिसहरू सूर्योदयपछि एकत्रित भइहालुन् ।’’

    [60] अनि फिरऔन फर्केर गयो र आफ्ना सर–सामान जम्मा पारी फेरि आयो ।

    [61] मूसाले ती (जादूगरहरू) सित भने कि अफशोच तिम्रो दुर्भाग्य छ, अल्लाहको बारेमा असत्य वा मनगढन्त कुरा नभन अन्यथा उसले तिमीलाई सजाय गरेर नष्ट पारिदिनेछ । यादराख जसले असत्य र मनगढन्ते कुरा गर्यो त्यो कहिले सफल हुनेछैन ।

    [62] तिनीहरू एक आपसमा सरसल्लाह गर्दै अलग–अलग रायमा विभाजित भएर बिस्तारै कानेखुसी गर्नथाले ।

    [63] भन्न थाले ‘‘यी दुवै मात्र जादूगर हुन्, र चाहन्छन् कि आफ्नो जादूको बलले तिमीलाई तिम्रो राज्यबाट बाहिर निकालिदेउन्, र तिम्रो उत्तम धर्मलाई तहस नहस पारिदेउन् ।

    [64] अतः तिमी पनि आफनो कुनै उपाय बाँकी नराख अनि पंक्तिवद्ध भएर आऊ । आज जो प्रभावी भयो, उसैले सफलता

    [65] तिनीहरूले भनेः ‘‘हे मूसा या त तिमीले पहिला चाल फ्याँक, वा हामीले पहिले फ्याँक्छौं ।’’

    [66] मूसाले उत्तर दिए किः ‘‘होइन बरु तिमीले नै पहिला फ्याँक ।’’ अब त मूसालाई यो भान हुन थाल्यो कि उनका डोरी र लठ्ठीहरू उनको जादूको जोडले यताउता दगुरिराखेका छन् ।

    [67] (त्यस वखत) मूसाले आफ्नो हृदयमा भय महसूस गरे ।

    [68] हामीले भन्यौं, केही भय नगर, निःसन्देह तिमी नै प्रभावी हुनेछौ ।

    [69] र जुन कुरो (लठ्ठी) तिम्रो दाहिने हातमा छ त्यसलाई फ्याँकिदेऊ, उनीहरूले जेजति बनाएका छन् त्यो सबैलाई निलीहाल्छ । जेजति तिनीहरूले बनाएका छन्, (यो त) जादूगरहरूको हत्कण्डा हो र जादूगरहरू जहाँबाट पनि आउनेछन् सफल हुनेछैनन् ।

    [70] अब त सबै जादूगरहरू नतमस्तक भई ढोगिहाले र ठूलो स्वरमा भने कि हामीले त हारून र मूसाको पालनकर्तामाथि ईमान ल्यायौं ।

    [71] फिरऔनले भन्न थाल्यो कि के मेरो अनुमति बिना नै तिमीहरूले उसमाथि ईमान ल्याइहाल्यौ ? निःसन्देह यही तिम्रो प्रमुख हो जसले तिमीलाई जादू सिकाएको छ, ठीक छ, अब म तिम्रा हात र खुट्टा उल्टा–सीधा कटाएर तिमीहरूलाई खजूरको रुखमा फाँसीमा झुण्ड्याइदिनेछु । र तिमीहरूलाई अवश्य थाहा भइहाल्ने छ कि हामीमध्ये कसको यातना धेरै कठोर र स्थायी छ ।’’

    [72] उनीहरूले भने कि जुन प्रमाणहरू हाम्रो सामु आइपुगेका छन्, तिनीहरूको मद्देनजर जसले हामीलाई सृष्टि गरेको छ, त्यस अल्लाह विरुद्ध हामीले तिमीलाई कहिल्यै प्राथमिकता दिने छैनौं, तसर्थ अब तिमीले जे गर्न चाहन्छौ गरिहाल । र तिमी जुन आदेश दिन सक्छौ, त्यो मात्र यसै सांसारिक जिन्दगीमा दिन सक्छौ ।

    [73] हामीले आफ्नो पालनकर्तामाथि यस आशामा ईमान ल्यायौं कि उसले हाम्रा पापहरूलाई माफ गरोस् र (त्यो पनि) जुन कि तिमीले हामीबाट जबरजस्ती जादू गरायौ । र अल्लाह नै उत्तम र सधैं रहीरहनेछ ।

    [74] कुरो यो छ कि जो कोही अल्लाहको सामु पापी भएर आउनेछ उसको निम्ति नर्क छ, जसमा न मर्नु नत बाँच्नु हुनेछ ।

    [75] र जो उसको सामु ईमानवाला भएर आउनेछ र उसले कर्म पनि असल गरेको छ त यस्ताको लागि उच्च दर्जाहरू छन् ।

    [76] सधैं बासको निम्ति स्वर्गका बगैंचा जसका मुनि धरातलमा नहरहरू बगिराखेका छन्, सधैं तिनीहरू त्यहाँ बास गर्नेछन् । र यो नै त्यस्तो प्रत्येक व्यक्तिको पुरस्कार हो जो पवित्र भयो ।

    [77] हामीले मूसातिर वह्य (सन्देश) पठायौं कि हाम्रा भक्तहरूलाई रातैरात लगिहाल, अनि तिनीहरूको निम्ति समुद्रमा लठ्ठी हानी बाटो बनाइहाल, त्यसपछि तिमीलाई नकसैले आइसमात्ने भय हुनेछ र नत (डुब्ने) डर ।

    [78] फिरऔनले आफ्नो लाव लश्करको साथ तिनीहरूलाई पछ्यायो तब समुद्रका तरङ्गहरू तिनीहरूलाई छोपिहाले (डुबाइहाले) ।

    [79] र फिरऔनले आफ्नो समुदायलाई पथभ्रष्ट गर्यो र सही बाटो देखाएन ।

    [80] हे बनी इस्राईल हेर, हामीले तिमीलाई तिम्रो शत्रुबाट छुटकारा दिलायौं र तिमीसित तूर पर्वतको दाहिनेतिरको वचन दियौं र तिमी माथि ‘‘मन्न र सलवा’’ उतार्यौं ।

    [81] तिमीले हामीबाट प्रदान गरिएको पवित्र कुराहरू खाऊ, र यसमा सीमा न नाघ, अन्यथा तिमीमाथि मेरो प्रकोप पर्नेछ, र जसमाथि मेरो प्रकोप पर्यो त्यो निःसन्देह बर्बाद भयो ।

    [82] र त्यो जसले प्रायश्चित गर्यो र ईमान ल्यायो र असल कर्म गर्यो अनि असल मार्गमा हिड्दै गर्यो, त्यसको लागि निश्चय नै म अत्यन्त क्षमाशील छु ।

    [83] हे मूसा तिमीलाई आफ्नो कौम छाडी शीघ्र आउनुमा कुन कुरोले उक्सायो ।

    [84] भने कि उनीहरू पनि मेरो पछि पछि आइराखेका छन् र हे मेरो पालनकर्ता मैले तिमीतिर आउनुमा शीघ्रता यसकारणले गरें ताकि तिमी प्रसन्न भइहाल ।

    [85] आदेश भयोः ‘‘हामीले तिमीपछि तिम्रो कौमलाई परीक्षामा पार्यौं । र सामरीले तिनीहरूलाई पथभ्रष्ट गरिहाल्यो ।’’

    [86] अनि मूसा क्रोध र दुःखको अवस्थामा आफ्नो समुदायतिर फर्केर आए र भन्न थाले कि हे मेरो समुदायका मानिसहरू के तिम्रो पालनकर्ताले तिमीलाई राम्रो वचन दिएको थिएन ? के उसको तर्फबाट आउने मद्दत तिमीलाई लामो प्रतीत भयो वा तिमीले चाह्यौ कि तिमीमाथि तिम्रो पालनकर्ताको तर्फबाट प्रकोप परोस ? र (यसैकारणले) तिमीले मसित जुन वाचा गरेका थियौ त्यसको उल्लंघन गर्यौ ।

    [87] तिनीहरूले जवाफ दिए कि ‘‘हामीले आफ्नो खुशीले तपाईंसित गरेको वाचाको उल्लंघन गरेका होइनौं, बरु समुदायका आभूषणहरूको जुन् बोझ उठाएका थियौं, हामीले त्यसलाई आगोमा फ्याँकिदियौं र यस्तै सामरीले पनि गर्यो ।’’

    [88] अनि त्यसले तिनीहरूको निम्ति एउटा बाछो निकालेर उभ्यायो अर्थात बाछोको आकृति जसको कि गाईको जस्तो आवाज पनि थियो अनि भन्न थाले कि यही तिम्रो पूजनीय हो ? र मूसाको पनि पूज्य तर मूसाले बिर्सिसकेको छ ।

    [89] के यी पथविचलित मानिसहरूले यो पनि देख्दैनन् कि त्यसले नकुनै उत्तर दिन्छ र नत उसलाई तिनीहरूको हानि र लाभको कुनै अधिकार प्राप्त छ ।

    [90] र हारून (अलैहिस्सलाम) ले उनीहरूसित पहिले नै भनिदिएका थिए कि हे मेरो समुदायका मानिसहरू यस बाछोबाट त मात्र तिमीहरूको परीक्षा गरिएको हो, र तिम्रो वास्तविक पालनकर्ता त अल्लाह रहमान नै हो, तसर्थ तिमी सबैले मेरो अनुशरण गर र मेरो कुरा मान्दैगर ।

    [91] तिनीहरूले जवाफ दिए कि जबसम्म मूसा हाम्रो पासमा आउँदैनन् हामी त त्यसैको पूजामा दृढ रहनेछौं ।

    [92] अनि मूसाले भने कि हे हारून जब तिमीले देख्यौ कि यिनीहरू पथभ्रष्ट भइरहेका छन् त कुन कुराले तिमीलाई रोकेको थियो ।

    [93] कुन कुरालेगर्दा तिमीले मेरो अनुशरण गरेनौ, के तिमीले पनि मेरो आदेशको उल्लंघन गर्यौ

    [94] हारून अलैहिस्सलामले भनेः कि हे ‘‘मेरो आमाबाटै जन्मेको भाइ मेरो दाढी र कपाल नसमात्नुस्, म त यो कुराबाट डराएँ कि तपाईंले यो नभन्नुहोस् कि मैले बनी इस्राईलमा झगडा गराइदिएँ र तपाईंको कुरालाई ध्यान दिएन ।’’

    [95] (अनि सामरीसित) मूसाले भन्न थाले कि ‘‘सामरी’’ तिम्रो हाल के छ

    [96] उसले भन्यो कि मैले यस्तो कुरा देखें जुन कि अरुले देखेनन्, अनि मैले फरिश्ताको पदचिन्हबाट एक मुठ्ठी माटो लिइहालें, र त्यसमा (बाछोमा) हालिदिए र मलाई मेरो मनले यस कामलाई राम्रो भन्यो ।

    [97] (मूसाले) भने, जाऊ तिमीलाई संसारको जिन्दगीमा यो सजाय छ कि तिमी भन्दैगर कि, ‘‘मलाई नछोऊ ।’’ र तिम्रो निम्ति अर्को वचन पनि छ जुन तिमीबाट टार्न सकिनेछैन र जुन मअ्बूद (को पूजा) मा तिमी (कायम) थियौ, त्यसलाई पनि अब हेर, हामीले त्यसलाई जलाएर त्यस (को खरानी) उडाएर समुद्रमा छरिदिनेछौं ।

    [98] वास्तविक कुरा यो छ कि तिम्रो सत्य मअ्बूद अल्लाह नै हो, जस बाहेक अरु कोही सत्य पूजनीय छैन, उसको ज्ञान सबै कुरामाथि हावी छ ।

    [99] यस प्रकार हामीले तिमीलाई विगतका वृतान्त सुनाउँदैछौं, र हामीले निश्चिय नै तिमीलाई आफ्नो तर्फबाट एक मार्गदर्शन प्रदान गरिसकेका छौं ।

    [100] जुन मानिस यसबाट विमुख हुन्छ, त्यसले कियामतको दिन आफ्नो गरुङ्गो बोझ उठाइरहेनेछ ।

    [101] सधैं सोहीमा रहनेछन् । र यो बोझ कियामतको दिन तिनीहरूको निम्ति नराम्रो हुनेछ ।

    [102] जुन दिन सूर (सिंगा) फूँकिनेछ र हामीले पापीहरूलाई एकत्रित गर्नेछौं र (डरले) तिनीहरूका आँखा निला र पहेलो हुनेछन् ।

    [103] तिनीहरू आपसमा एक अर्कासित बिस्तारै भन्नेछन् कि हामी त (संसारमा) मात्र दश दिन बसेका थियौं ।

    [104] जुन कुरा यिनीहरूले गर्नेछन्, त्यसको वास्तविकतासँग हामी राम्ररी परिचित छौं । त्यसबेला तिनीहरूमध्ये सबभन्दा राम्रो मार्गमा हिँड्नेवालाले भन्नेछ कि होइन, बरु एकदिन मात्र बसेका थियौं ।

    [105] तिनीहरू तपाईसित पहाडहरूको बारेमा सोध्छन्, भनीदिनुस् कि अल्लाहले तिनीहरूलाई साना–साना कणहरू पारी छरिदिनेछ ।

    [106] र धरतीलाई एउटा समतल मैदान बनाई छाडिदिनेछ ।

    [107] जसमा तिमीले न कहिँ मोड (बाङो टिङ्गो) देख्नेछौ नत ओरालो उकालो ।

    [108] जुन दिन मानिसहरू एउटा पुकार गर्नेवालाको पछि हिड्नेछन् र उसको अनुशरणबाट कोही कति पनि पन्छिन सक्नेछैन र अल्लाहको अगाडि सबै आवाजहरू दबिरहनेछन्, एउटा कानेखुसी बाहेक केही सुन्ने छैनौ ।

    [109] त्यसदिन सिफारिश केही फाइदा पुर्याउने छैन, तर त्यस व्यक्ति बाहेक जसलाई अल्लाहले इजाजत (अनुमति) प्रदान गर्दछ र उसको कुरा मनपराउनेछ ।

    [110] जे जति उनीहरूको अगाडि पछाडि छ, अल्लाह त्यो सबै जान्दछ कुनै प्रणीको ज्ञान उसमाथि हावी हुनसक्दैन ।

    [111] सबै अनुहारहरू त्यस अविनाशी सधैं कायम रहने वर्चस्वता सम्पन्न अल्लाहको अगाडि ब्याकुल भएर निहुरिएको हुनेछन् । निःसन्देह असफल त्यो भयो जसले अत्याचारको बोझ उठायो ।

    [112] र जसले असल काम गर्नेछ र मोमिन पनि हुनेछ, त त्यसलाई न अन्यायको डर हुनेछ र न नोक्सानीको ।

    [113] यसप्रकार हामीले तिमीलाई अरबी कुरआनको रूपमा अवतरित गरेका छौं र हामीले यसमा विभिन्न प्रकारले चेतावनीहरू दिएका छौं ताकि मानिसहरू आत्मसंयमी बनुन् वा अल्लाहले उनीहरूको लागि सोच्ने सम्झने क्षमता उत्पन्न गरोस् ।

    [114] अतः अल्लाह गोरवपूर्ण र सच्चा सम्राट हो । कुरआनको ‘‘वह्य’’ जुन तिमीतिर पठाइन्छ, त्यो पूरा हुनुभन्दा अगाडि कुरआनलाई पढ्नुको निम्ति हतार गर्ने नगर र भनः ‘‘मेरो पालनकर्ता, मलाई ज्ञानमा अभिवृद्धि प्रदान गरोस्’’ ।

    [115] हामीले यसभन्दा पहिला आदमलाई एउटा निश्चित आदेश दिएका थियौं तर उसले बिर्सिहाल्यो र हामीले त्यसमा कुनै संतोष र दृढता देखेनौं ।

    [116] र जब हामीले फरिश्ताहरूलाई भन्यौं कि आदमलाई ढोग, तब इब्लीस बाहेक सबैले सज्दा गरे तर इब्लीसले सो गर्नुबाट पूरै इन्कार गर्यो ।

    [117] अनि हामीले भन्यौं कि हे आदम निश्चय नै यो तिमी र तिम्रो पत्नीको शत्रु हो । ध्यान गर यस्तो नहोस् कि यसले तिमी दुवैलाई जन्नतबाट निष्कासित गराइदेओस् र तिमी कष्टमा परिहाल ।

    [118] यहाँ तिमीलाई यो आराम छ कि न तिमी भोको रहेनेछौ न नाङ्गो रहनेछौ ।

    [119] र यो पनि कि न तिमी यहाँ तिर्खाएको रहनेछौ नत गरमीको कष्ट भोग्नेछौ ।

    [120] त्यसपछि शैतानले उनलाई उक्सायो, भन्नथाल्योः (हे आदम)के मैले तिमीलाई शाश्वत जीवनको वृक्षको बारेमा भनूँ र यस्तो राज्यको सम्बन्धमा जो कहिल्यै पूरानो हुँदैन ?’’

    [121] अन्ततः ती दुवैले त्यस वृक्षबाट केही खाइहाले, जसको परिणामस्वरूप तिनीहरूका लुकाउने कुरा (गोप्य अंगहरू) तिनीहरूको अगाडि खुल्ला भइहाले र ती दुवैले आफना अंग जन्नतका (स्वर्गका) पातहरूले छोप्न थाले र आदमले आफ्नो पालनकर्ताको (आदेशको) उल्लघंन गरे अनि मार्गविचलित भइहाले ।

    [122] अनि उनको पालनकर्ताले उनलाई रोज्यो, र उनको प्रायश्चित स्वीकार गर्यो र उनको मार्गदर्शन, गर्यो ।

    [123] आदेश भयो तिमी दुवै यहाँबाट तल झर । तिमी आपसमा एक अर्काको शत्रु हौ । अब जहिले पनि मेरो तर्फबाट मार्गदर्शन जानेछ तब जसले मेरो मार्गदर्शनको अनुपालन गर्दछ, ऊ नत पथभ्रष्ट हुनेछ र न कष्टमा पर्नेछ ।

    [124] र जसले मेरो स्मृतिबाट विमुख हुनेछ त्यसको जीवन कष्टमय हुनेछ र कियामतको दिन त्यसलाई हामीले अन्धा बनाएर उठाउने छौं ।

    [125] उसले भन्नेछ किः मेरो पालनकर्ता तिमीले मलाई अन्धो पारेर किन उठायौ, जबकि म त आँखा देख्नेवाला थिएँ

    [126] (अल्लाहबाट जवाफ आउनेछ) यस्तै हुनुपथ्र्यो तिम्रो नजिकमा जब हाम्रा आयतहरू आए तब तिमीले बिर्सिदियौ, यस्तै किसिमले आज हामीले तिमीलाई बिर्सिदिने गर्छौ ।

    [127] यस्तै किसिमले हामीले त्यसलाई प्रतिफल दिन्छौं जसले मर्यादाको उल्लंघन गर्दछ र आफ्नो पालनकर्ताको आयतहरूमाथि ईमान ल्याउँदैन । र निःसंदेह आखिरतको यातना त अत्यन्त कठोर र निकै स्थायी हुनेछ ।

    [128] अनि के उनीहरूलाई यस कुराबाट पनि मार्ग प्राप्त भएन कि हामी उनीहरूभन्दा पहिला कैयन् पुस्ताहरूलाई नष्ट गरिसकेका छौं, जसका बस्तीहरूमा यिनीहरूले हिंड्डुल गरिराखेका छन् ? निश्चय नै बुद्धिमानहरूको निम्ति यसमा धेरै निशानीहरू छन् ।

    [129] यदि तिम्रो पालनकर्ताबाट पहिले नै एउटा कुरा निश्चित नभइसकेको भए र एउटा अवधि निश्चित नगरिसकिइएको भए, अवश्य नै तिमीहरूलाई यातनाले तुरुन्तै समातिहाल्ने थियो ।

    [130] अतः जे जति तिनीहरूले भन्छन त्यसमाथि धैर्य गर, र आफ्नो पालनकर्ताको गुणगान गर्दैगर, सूर्योदयभन्दा अगाडि, र त्यो अस्ताउनुभन्दा अगाडि र रातीको समयमा पनि तसबीह (गुणगान) गर, र दिनका अनेक भागहरूमा पनि सम्भव छ तिमी सहमत हुनसक ।

    [131] र ती कुराहरूतिर आफ्नो आँखा उठाएर पटक्कै नहेर, जुन हामीले तिनीहरूमध्ये विभिन्न मानिसहरूलाई संसारमा उपभोगको निम्ति दिएका छौं, ताकि हामीले त्यसबाट उनीहरूको परीक्षा लिन सकौं । त्यो त मात्र सांसारिक जीवनको शोभा हो । तर तिम्रो पालनकर्ताबाट तिमीलाई प्रदान गरिएको जीविका मात्र उत्तम र स्थायी छ ।

    [132] आफ्नो घरका मानिसहरूलाई नमाजको आदेश गर र स्वयम् पनि त्यसमा लागिराख । हामीले तिमीसँग जीविका माँग्दैनौं बरु हामीले स्वयम् तिमीलाई जीविका दिन्छौं, र राम्रो परिणाम त धर्म परायणताकै लागि निश्चित छ ।

    [133] तिनीहरूले भने किः यस नबीले आफ्नो पालनकर्ताको तर्फबाट हामीतर्फ कुनै निशानी किन ल्याएको छैन ? के तिनीहरूसम्म त्यसको स्पष्ट प्रमाण आइपुगेन, जुन पहिलेको पुस्तकहरूमा उल्लेखित छन् ?’’

    [134] र यदि हामीले त्यसभन्दा पहिला नै यिनीहरूलाई कुनै यातनाबाट नष्ट गरिदिएको भए, निःसन्देह यिनीहरूले भन्थे कि ‘‘हे हाम्रो पालनकर्ता, तिमीले हाम्रो पासमा कुनै रसूल किन पठाएनौ ? ताकि हामी अपमानित र निराश हुनुभन्दा अगाडि तिम्रा आयतहरूको अनुपालन गर्ने थियौं ?’’

    [135] भनिदिनुस्ः प्रत्येक परिणामको प्रतीक्षामा छ । अतः अब तिमी पनि प्रतीक्षा गर शीघ्र नै तिमीले थाहा पाइहाल्ने छौ कि को सीधा मार्गवाला छन् र कसलाई मार्गदर्शन प्राप्त छ ।’’

    Surah 21
    अल–अम्बिया

    [1] मानिसहरूको (कर्मको) लेखाजोखाको समय नजिक आइपुगको छ तैपनि उनीहरू असावधान भई पन्छिइराखेका छन् ।

    [2] उनीहरूको पासमा उनीहरूको पालनकर्ताको तर्फबाट जुन नयाँ–नयाँ उपदेश आउँछ त्यसलाई तिनीहरूले ख्याल ठट्टाका साथ नै सुन्दछन् ।

    [3] तिनीहरूका हृदय अत्यन्त लापरवाहीमा छन् र यी अत्याचारीहरूले गोप्यरूपले कानेखुसी गरे कि ऊ मात्र तिमी जस्तै मानिस हो, अनि के कारण छ कि तिमी आँखा देख्ने भएर पनि जादूको चक्करमा आउँछौ ।

    [4] पैगम्बरले भने कि जुन कुरा आकाश र जमिनमा छन् मेरो पालनकर्ताले त्यसलाई जान्दछ र त्यो सुन्नेवाला र जान्नेवाला छ ।

    [5] यति मात्र होइन, बरु तिनीहरूले त भन्छन्, कि यो ‘‘कुरआन’’ त संभ्रामित सपनाहरूको पोको हो, बरु उसले यसलाई आफै रचिहालेको छ, बरु यो एउटा कवि हो, अन्यथा उनले त हाम्रो सामु कुनै यस्तो निशानी लिएर आउने थिए, जस्तो कि पहिलाका रसूलहरूका लागि पठाइएका थिए ।’’

    [6] तिनीहरूभन्दा अघि जति बस्तीलाइै हामीले नष्ट पार्यौं ती सबै ईमान ल्याएका थिएनन् त के यिनीहरूले अब ईमान ल्याउनेछन्

    [7] तिमीभन्दा पहिला पनि जति पैगम्बर हामीले पठायौं सबै पुरुष थिए जसलाई हामीले ‘‘वह्य’’ पठाउने गर्दथ्यौं । तसर्थ तिमीलाई स्वयं ज्ञान छैन भने किताबवालासित सोधिहाल

    [8] र हामीले तिनीहरूका यस्ता शरीर बनाएनौं कि खाना नखाउन्, र नत तिनीहरू सधैं रहनेवाला थिए ।

    [9] अनि हामीले उनीहरूसित गरेका सबै वाचाहरू वास्तविकतामा परिणत गर्यौं र हामीले उनलाई र जसलाई हामीले चाहें त्यसलाई छुटकारा दियौं । र उल्लंघनकारीहरूलाई हामीले नष्ट गरिदियौं ।

    [10] निःसन्देह हामीले तिमीतिर यस्तो किताब अवतरित गरेका छौं जसमा तिम्रो लागि सदुपदेश छ, के तिमीले तैपनि बुझ्दैनौ

    [11] र धेरै बस्तीहरू हामीले नष्ट गरिदियौं जो अत्याचारी थिए र उनीहरूपछि हामीले अर्को समुदायको सृष्टि गरिदियौं ।

    [12] जब उनीहरूलाई हाम्रो यातनाको आभास भयो त त्यसबाट भाग्न थाले ।

    [13] भाग–दौड नगर फर्किहाल, त्यही भोग विलासतिर जुन तिमीलाई उपलब्ध थियो र आफ्नो घरतिर गइहाल जसबाट तिमीहरूसंग सोधपूछ त गरियोस् ।

    [14] भन्नथालेः ‘‘हाय अफशोच हाम्रो दुर्भाग्य ! निःसन्देह हामी अत्याचारी थियौं ।

    [15] अनि तिनीहरू सधैं यस्तै पुकार्दैगरे, यहाँसम्म कि हामीले तिनीहरूलाई जरैदेखि काटिएको खेती र निभेको आगो (जस्तै) गरिदियौं ।

    [16] हामीले आकाश र जमिन र जे जति यिनीहरूको मध्यमा छन्, त्यसलाई खेल तमाशाको निम्ति सृष्टि गरेका होइन ।

    [17] यदि हामीले कुनै खेल तमाशा गर्न चाहेको भए आफ्नै तर्फबाट गरिहाल्थ्यौं, यदि हामी यस्तो गर्नेवाला नै भएको भए ।

    [18] बरु हामीले सत्यबाट असत्यमाथि प्रहार गर्दछौं अनि सत्यले असत्यको टाउको कुल्चिदिन्छ र असत्य त्यसैबेला नष्ट भइहाल्छ र जुन कुरा तिमीले मनगढन्त रूपमा बनाउँछौ, त्यसबाट तिम्रै बर्बादी हुन्छ ।

    [19] आकाशहरू र जमिनमा जे छन्, सबै उसैको (अल्लाहको) हो । र जो उसको समीपमा छन् तिनीहरू उसको सेवा–भक्तिबाट न अट्टेरिपना गर्छन् र नत थाकछन् ।

    [20] तिनीहरू दिनरात उसैको गुणगान गर्छन् र अलिकति पनि ढिलासुस्ती गर्दैनन् ।

    [21] के तिनीहरूले धरती (का प्राणीहरूमध्ये) बाट जसलाई पूज्य बनाइराखेका छन्, तिनीहरूले (कसैलाई) जीवित गर्छन्

    [22] यदि आकाश र धरतीमा अल्लाह बाहेक अरु कोही पूज्य भएको भए यी दुवैको व्यवस्था अस्तब्यस्त हुने थियो, अतः महान् र उच्च छ अल्लाह, सत्तासनको स्वामी, ती कुराहरूबाट पवित्र छ जुन यी मुश्रिकहरूले वर्णन गर्दछन्

    [23] ऊ आफ्ना कामहरूको निम्ति (कसैको अगाडि) जवाफदेही छैन र सबै (उसको अगाडि) जवाफदेही छन् ।

    [24] के उनीहरूले अल्लाह बाहेक अरुलाई आफ्नो पूज्य बनाइराखेका छन् । उनीहरूसित भन कि आफ्नो प्रमाण प्रस्तुत गर, यो मेरो साथवालाको किताब हो र मभन्दा अगाडिकाहरूको प्रमाण । कुरो यो छ कि तिनीहरूमध्ये अधिकांश मानिसहरू सत्य कुरा जान्दैनन् र यसैले (उसबाट) विमुख भइहाल्छन् ।

    [25] र जुन पैगम्बरलाई पनि हामीले तिमीभन्दा अगाडि पठायौं, तिनीहरूतिर यही (वह्य) सन्देश पठायौं कि म बाहेक कोही सत्य पूज्य छैन, तसर्थ तिमी सबै मेरो उपासना गर ।

    [26] (मुश्रिकहरू) भन्छन् कि अल्लाहको सन्तान छ ऊ पवित्रछ । बरु तिनीहरू उसको प्रतिष्ठित भक्तहरू हुन् ।

    [27] उसभन्दा अगाडि बढेर कुनै कुरा गर्दैनन् र उसको आदेशको पालना गर्दछन् ।

    [28] उनीहरूको अगाडि–पछाडि जे कुराहरू भइसकेका छन् र जे पछि हुनेछन्, उसलाई सबै थाहा छ । र उनीहरूले उसको समीपमा कसैको सिफारिश गर्न सक्दैनन्, तर उस व्यक्ति बाहेक, जोसित अल्लाह प्रसन्न छ र उनीहरू स्वयम् उसको भयले भयभीत छन् ।

    [29] उनीहरूमध्ये यदि कुनै व्यक्तिले यो भन्दछ कि अल्लाह बाहेक म पूजाको योग्य छु भने त्यसलाई हामीले नर्कको दण्ड दिनेछौं र अत्याचारीहरूलाई हामीले यस्तै किसिमका सजाय दिने गर्दछौं ।

    [30] के ती मानिसहरूले जसले इन्कार गरे, यो देखेनन् कि यी आकाश र धरती एक आपसमा जोडिएका थिए । अनि हामीले तिनलाई अलग–अलग गर्यौं । र सम्पूर्ण जानदारहरूलाई हामीले पानीबाट सृष्टि गर्यौं । तैपनि यी मानिसहरूले ईमान किन ल्याउँदैनन्

    [31] र हामीले धरतीमा पहाडहरू उभ्याइदिऔं ताकि त्यसले प्राणीहरूलाई हल्लाउन नसकोस् र हामीले त्यसमा फराकिला बाटोहरू बनायौं ताकि तिनीहरूले मार्ग प्राप्त गर्न सकुन् ।

    [32] र हामीले आकाशलाई एउटा सुरक्षित छत बनायौं, तैपनि तिनीहरूले हाम्रा निशानीहरूबाट विमुख भइराखेका छन् ।

    [33] उही अल्लाह नै हो जसले दिन र राती बनायो र सूर्य र चन्द्र पनि, प्रत्येक आ–आफ्ना कक्षमा परिक्रमा गरिराखेका छन् ।

    [34] हामीले तपाईभन्दा पहिला पनि कसैलाई अमरता प्रदान गरेका छैनौं । अनि के तपाईको मृत्यु भयोे भने तिनीहरू सधैं बाँची रहनेछन्

    [35] प्रत्येक जीवले मृत्युको स्वाद चाख्नुपर्नेछ र हामीले राम्रो नराम्रो परिस्थितिहरूमा पारेर तिमी सबैको परीक्षा लिन्छौ । अन्ततः तिमी सबैले हामीतिरै फर्केर आउनु छ ।

    [36] यी अवज्ञाकारीहरूले जब तपाईलाई देख्दछन् तब तिम्रो उपहास नै गर्दछन् कि ‘‘के यही नै त्यो व्यक्ति हो जसले तिम्रा पूज्यहरूको नराम्रो शब्दमा चर्चा गर्दछ ।’’ र तिनीहरू स्वयम् रहमान (संसारको स्वामी) को स्मरण गर्नुबाट इन्कार गर्दछन् ।

    [37] मनुष्य हतारिने प्राणी हो । मैले तिमीलाई शीघ्र नै आफ्ना निशानीहरू देखाउनेछु । अतः तिमी मसित हतार नगर ।

    [38] (तिनीहरूले भन्छन्) कि यदि तिमी साँचो हौ भने बताऊ यो वाचा कहिले पूरा हुनेछ

    [39] काश ! यी काफिरहरूले बुझ्ने भए कि त्यस वखत नत यिनीहरूले आगोलाई आफ्नो अगाडिबाट हटाउन सक्नेछन् र नत आफ्नो पछाडिबाट र नत यिनको सहायता नै गरिनेछ ।

    [40] (हो) ! वाचाको समय उनको पासमा एक्कासी आउनेछ र तिनीहरूलाई अचम्म पारिदिनेछ, अनि नत यी मानिसहरूले त्यसलाई टार्नसक्छन् र न अलिकति पनि उनीहरूलाई मोहलत (समय) दिइनेछ ।

    [41] र तपाईभन्दा अघिका रसूलहरूसँग पनि हाँसो ठट्टा गरियो, अनि हाँसो गर्नेवालाहरूलाई नै त्यो कुराले घेरिहाल्यो जसको कि तिनीहरू हाँसो ठट्टा गर्दथे ।

    [42] यिनीहरूसित सोध्नुस् कि रात र दिनमा अल्लाहबाट कसले तिम्रो रक्षा गर्न सक्दछ ? कुरो यो छ कि यिनीहरू आफ्नो पालनकर्ताको स्मरणबाट विमुख भएका छन् ।

    [43] के हामी बाहेक यिनीहरूका अन्य पूज्य छन् जसले यिनीहरूलाई विपत्तिबाट बचाउन सक्छन् तिनीहरू त स्वयम् आफ्नो सहायता गर्न सक्दैनन् र नत हाम्रो तर्फबाट कसैले तिनीहरूको साथ दिनेछ ।

    [44] बरु (कुरो यो छ कि) हामीले उनीहरूलाई र उनीहरूका बाबु बाजेलाई जीवनका सुख सुविधाका सामाग्री प्रदान गर्यौं, यहाँसम्म कि उनीहरूको लामो उमेर बितिहाल्यो । त के तिनीहरूले देख्दैनन् कि हामीले धरतीलाई त्यसका किनाराहरूबाट घटाउँदै आइराखेका छौं, अनि के तिनीहरू अभिमानी रहनेछन्

    [45] भनिदिनुस् ! कि म त अल्लाहको सन्देशबाट तिमीहरूलाई नसीहत (सर्तक) गर्दछु तर बहिराहरूले कुरा सुन्दैनन् जब तिनीहरूलाई उपदेश गरिन्छ ।

    [46] यदि उनीहरूलाई तिम्रो पालनकर्ताको सजायको सानो झोको पनि लाग्छ त तिनीहरूले भन्नेछन् कि हाय अफशोच कस्तो दुर्भाग्य ! हामी निःसन्देह पापी थियौं ।

    [47] र हामीले कियामतको दिन निसाफको तराजू बीचमा राख्नेछौं अनि कुनै पनि व्यक्तिप्रति अन्याय हुनेछैन । र एउटा रायोको दाना बराबर पनि कर्म छ भने हामीले त्यसलाई उपस्थित गराउनेछौं, र हामी हिसाब गर्नको निमित्त पर्याप्त छौं ।

    [48] यो सत्य हो कि हामीले मूसा र ‘‘हारूनलाई’’ इन्साफ गर्ने प्रकाश र संयमीहरूको लागि उपदेश र नसीहतको लागि किताब प्रदान गर्यौं ।

    [49] तिनीहरू जो नदेखे पनि आफ्नो पालनकर्तासित तर्सन्छन् र कियामतको कल्पनाबाटै भयले काम्पने गर्दछन् ।

    [50] र यो उपदेश र वरदानयुक्त कुरआन हामीले अवतरित गरेका छौं । के तिमीले तैपनि यसलाई अस्वीकार गर्दछौ

    [51] निःसन्देह हामीले इब्राहीम (अलैहिस्सलाम) लाई यस अघि नै सदाचार र सोच समझ प्रदान गरेका थियौं र हामीलाई उनको अवस्थाबारे राम्ररी थाहा थियो ।

    [52] जब उनले आफ्नो पिता र आफ्नो समुदायसित भनेः ‘‘यी मूर्तिहरू को हुन्, जसको तिमीहरू एकाग्रभई पूजा गर्दछौ ?’’

    [53] तिनीहरू जवाफदिन थाले कि हामीले आफ्ना बाबु–बाजेहरूलाई यिनैको पूजा गरेको देखेका छौं ।

    [54] इब्राहीमले भने ! कि निःसन्देह तिमी र तिम्रा बाबु–बाजे पनि अज्ञानताबाट ग्रस्त रहयौ ।

    [55] तिनीहरूले भने कि के साँच्चै तपाईले हाम्रो पासमा सत्य कुरा ल्याउनुभएको छ वा त्यसै हाँसो ख्याल गरी रहनुभएको छ ।

    [56] (इब्राहीमले) भने, (होइन) बरु वास्तवमै तिमी सबैको पालनकर्ता त्यो हो जो आकाशहरू र धरतीको मालिक हो, जसले तिनीहरूलाई सृष्टि गरेका हो र म यस कुराको साक्षी छु र यसलाई स्वीकार गर्दछु ।

    [57] र अल्लाहको शपथ ! तिमीहरू विमुख भई फर्केर गएपछि म तिम्रा देवताहरूसित एउटा चाल चाल्नेछु ।

    [58] फेरि उहाँ (इब्राहीम) ले तिनीहरूलाई (फुटालेर) टुक्रा–टुक्रा पारिदिए, तर एउटा ठूलो मूर्तिलाई छाडिदिए यो पनि यसकारण कि उनीहरू त्यसतिर प्रवृत्त होउन् ।

    [59] उनीहरूले भन्न थाले कि हाम्रा देवताहरूसित यस्तो व्यवहार कसले गर्यो निश्चय नै त्यो कुनै अत्याचारी हुनुपर्छ ।

    [60] तिनीहरूले भनेः हामीले एउटा युवकलाई उनको बारेमा चर्चा गरेको सुनेका थियौं, जसलाई इब्राहीम भनिन्छ ।

    [61] तिनीहरूले भने कि ठीक छ उसलाई सभामा मानिसहरूको अगाडि ल्याऊ कि तिनलाई सबैले हेर्नसकुन् ।

    [62] (इब्राहीम आएपछि) उनीहरूले भनेः हे इब्राहीम ! के तिमीले नै हाम्रा देवताहरूसित यस्तो कर्म गरेको हो

    [63] (इब्राहीमले) जवाफ दिए बरु यो उनीहरूभन्दा ठूलोले गरेको छ, यदि यिनीहरू बोल्छन् भने आफ्ना यी पूज्यहरूसित नै सोध ।

    [64] अनि तिनीहरू आफ्ना टाउको टेकेर पल्टेर भन्न थालेः अत्याचारी त तिमी नै हौ ।

    [65] अनि तिनीहरू लज्जाले व्याकुल भए र (भन्न थाले) कि यो तिमीलाई पनि थाहा छ कि यिनीहरू (यी मूर्तिहरू) बोल्दैनन् ।

    [66] त्यसपछि (इब्राहीमले) भनेः कि ‘‘त्यसो भए तिमीहरूले अल्लाहलाई छाडी यस्ताकुराको पूजा किन गर्दछौ जसले (पूजा गरेमा) तिमीलाई नकुनै लाभ पुर्याउन सक्तछन् र पूजा नगरेमा नकुनै हानि ?’’

    [67] धिक्कार छ तिमीहरूलाई र उनीहरूलाई पनि, जसलाई तिमीहरूले अल्लाह बाहेक पूजा गर्दछौ, के तिमीहरूसँग यति पनि बुद्धि छैन

    [68] (तिनीहरूले) भन्न थाले कि यदि तिमीहरूले देवताहरूको प्रतिशोधको लागि केही गर्नुछ भने यस (इब्राहीम) लाई जलाइहाल र आफ्ना देवताहरूको सहायता गर ।

    [69] हामीले आदेश गर्यौं कि हे आगो ! तिमी (इब्राहीमको निम्ति) चिसो भइजा र आराम र सुरक्षाको साधन बनिहाल ।

    [70] तिनीहरूले उनको कुभलो गर्न चाहे, तर हामीले तिनीहरूलाई असफल गरिदियौं ।

    [71] र हामीले ‘‘इब्राहीम (अलैहिस्सलाम)’’ र ‘‘लूत (अलैस्सिलाम) लाई’’ बचाएर धरतीको त्यो भागतिर लग्यौं जसमा हामीले संसारका मानिसहरूको निम्ति वरदान राखेका थियौं ।

    [72] र हामीले ‘‘इब्राहीमलाई इस्हाक’’ र ‘‘यअ्कुब’’ प्रदान गर्यौं र यसको अतिरिक्त उपहारस्वरूप हरेकलाई असल मानिस बनायौं ।

    [73] र हामीले उनीहरूलाई नायक बनायौं कि हाम्रो आदेशले मार्गनिर्देशन गरुन् र तिनीहरूलाई असल कर्म गर्न र नमाज पढ्न र दान दिनुको निम्ति आदेश पठायौं र तिनीहरू सबै हाम्रो उपासना गर्ने सेवक थिए ।

    [74] हामीले ‘‘लूत (अलैहिस्सलाम) लाई’’ पनि आदेश र ज्ञान प्रदान गर्यौं र उनलाई त्यस बस्तीबाट छुटकारा दिलायौं जहाँका मानिसहरू नराम्रो कर्म गर्दथिए । वास्तवमा तिनीहरू साह्रै नै नराम्रो र उल्लघंनकारी थिए ।

    [75] र हामीले लूतलाई आफ्नो कृपापात्र बनायौं । निःसन्देह उनी असल मानिसहरूमध्येका थिए ।

    [76] र ‘‘नूहको’’ त्यस समयको पनि स्मरण गर्नुस्, जबकि उनले यसभन्दा अगाडि हामीलाई पुकारेका थिए, तब हामीले उनको प्रार्थना स्वीकार गर्यौं र हामीले उनलाई र उनका घरवालाहरूलाई ठूलो क्लेशबाट छुटकारा दिलायौं ।

    [77] र जुन मानिसहरूले हाम्रा आयतहरूलाई झुठ्ठा भनिराखेका थिए तिनीहरूको दाँजोमा हामीले उनको मद्दत गर्यौं, वास्तवमा तिनीहरू नराम्रा मानिसहरू थिए । अतः हामीले ती सबैलाई डुबाइदियौं ।

    [78] र ‘‘दाऊद’’(अलैहिस्सलाम) र ‘‘सुलैमान’’ (अलैहिस्सलाम)लाई सम्झनुस् जबकि उनीहरू खेत सम्बन्धी कुरामा निर्णय गरिराखेका थिए त्यतिखेर केही मानिसहरूका बाख्राहरू त्यसमा चरेका थिए, र तिनीहरूको निर्णयमा हामी उपस्थित थियौं ।

    [79] अनि हामीले त्यस विवादको सही निर्णय सुलैमानलाई सम्झाइदियौं । र हामीले दुवैलाई निर्णयशक्ति र ज्ञान प्रदान गरेका थियौं र हामीले पहाडहरूलाई र चराहरूलाई पनि दाऊदको अधीनमा गरिदिएका थियौं जसले कि उनीसँगै अल्लाहको स्तुति गर्दथे र यस्तो गर्नेवाला हामी नै थियौं ।

    [80] र हामीले उनलाई तिमीहरूको लागी परिधान (अर्थात कवचको शिल्पकला) पनि सिकाएका थियौं ताकि युद्धको क्षतिबाट तिम्रो रक्षा होस्, त के तिमी अनुग्रहित बन्ने छौ

    [81] सुलैमानको अधीनमा हामीले तीव्र वायुलाई वशीभूत गरिदिएका थियौं, जुन उनको आदेश अनुसार यस भू–भागतिर चल्थ्यो जहाँ हामीले बरकत प्रदान गरेका थियौं । र हामी त हरेक कुराको ज्ञाता हौं ।

    [82] यस्तै अनेक शैतानका समूहहरूलाई पनि उनको अधीनमा गरेका थियौं, जो उनको आदेशबाट डुबुल्की र यसका अतिरिक्त अरु काम पनि गर्दथे, र तिनीहरूलाई सम्हाल्नेवाला हामी नै थियौं ।

    [83] अय्यूब (अलैहिस्सलाम) को अवस्थालाई पनि सम्झ, जब उनले आफ्नो पालनकर्तासित प्रार्थना गरे कि मलाई यो रोग लागेको छ र तिमी सबैभन्दा ठूला दयावान हौ ।

    [84] अतः हामीले उनको प्रार्थना स्वीकार गर्यौं र उनलाई जुन कष्ट थियो त्यो हामीले समाप्त गरिहाल्यौं र उनलाई परिवार र सन्तान प्रदान गर्यौं, र तिनीहरू जस्तै अरु पनि आफ्नो विशेष कृपाले प्रदान गर्यौं, ताकि सच्चा सेवकहरूको लागि उपदेश होस् ।

    [85] र ‘‘इसमाईल’’ र ‘‘इदरीस’’ र ‘‘जुलकिफ्ल’’ (माथि पनि कृपादृष्टि गर्यौं) यी सबै धैर्यवान थिए ।

    [86] उनीहरूलाई हामीले आफ्नो दयालुतामा प्रवेश गरायौं यी सबै असल मानिसहरू थिए ।

    [87] र ‘‘जन्नून’’ (यूनूस) लाई सम्झ ! जब उनी क्रोधको अवस्थामा हिँडिहाले र ठानेकि हामीले उनलाई समात्न सक्ने छैनौ अन्ततः उनले अँध्यारोबाट पुकारिहाले कि हे अल्लाह ! तिमी बाहेक अरु कोही सत्य पूज्य छैन, तिमी पवित्र छौ निःसन्देह म नै अपराधी थिएँ ।

    [88] अनि हामीले उनको प्रार्थना स्वीकार गरिहालें र चिन्ताबाट उनलाई मुक्त गरें र ईमानवालाहरूलाई हामीले यस्तै प्रकारले छुटकारा दिलाउँछौं ।

    [89] र ‘‘जÞकरीया’’ (अलैहिस्सलाम) लाई सम्झ जब उनले आफ्नो पालनकर्तासित प्रार्थना गरे कि हे मेरो पालनकर्ता ! मलाई एक्लो नछाड, तिमी सबैभन्दा असल वारिस छौ ।

    [90] हामीले उनको पुकार प्रार्थना स्वीकार गरेर उनलाई ‘‘यह्या’’ प्रदान गर्यौं र उनकी श्रीमतीलाई सन्तानको योग्य बनाइहाल्यौं । यी भलो मानिसहरू असल कामतिर हतार गर्दथे र हामीलाई आशा र डरले पुकार्दथे र हाम्रो अगाडि याचना गर्दथे ।

    [91] र ती पवित्र आचारणवाली स्त्री (मरियम) जसले आफ्नो पवित्रताको रक्षा गरिन् (तब) हामीले उसभित्र आफ्नो रूह फूकिदियौं र उनलाई तथा उनको पुत्रलाई संसारका मानिसहरूको लागि निशानी बनाइदियौं ।

    [92] यो तिम्रो समुदाय हो जो वास्तवमा एउटै समुदाय हो, र म तिमीसबैको पालनकर्ता हूँ, तसर्थ तिमीहरू मेरो नै पूजा गर्नेगर ।

    [93] तर यी मानिसहरू आफ्ना कुराहरूमा आपसमा समूहहरूमा विभाजित भइहाले (तर) सबै हामीतिरै फर्कनेवाला हुन् ।

    [94] फेरि जसले असल कर्म गर्छ र ऊ ईमानवाला पनि छ भने उसको प्रयास खेर जानेछैन र हामीले उसको निम्ति (कर्मको फल) लेखिराखेका छौं ।

    [95] र जुन बस्तीलाई हामीले नष्ट पारिदियौं उसको लागि यो निश्चित छ कि त्यहाँका मानिसहरू फर्केर आउने छैनन् ।

    [96] यहाँसम्म कि ‘‘याजूज’’ र ‘‘माजूज’’ छाडिनेछन् र उनीहरू प्रत्येक उच्च पहाडबाट दुगुर्दै आउनेछन् ।

    [97] र सच्चा वादा (वाचा) नजिक आउनेछ, त्यसबेला काफिरहरूका आँखा आश्चर्यचकित हुनेछन्, कि ‘‘अफशोच, हाम्रो दुर्भाग्य हामी यसतिर असावधान रह्यौं, बरु हामी नै अपराधी थियौं ।’’

    [98] (काफिरहरू !) तिमी र अल्लाह बाहेक जस–जसको तिमी पूजा गर्दछौ सबै नर्कका इन्धन हुनेछौ । तिमी सबै त्यसमा प्रवेश गर्नेछौ ।

    [99] यदि यिनीहरू सच्चा पूज्य भएको भए नर्कमा प्रवेश गर्ने थिएनन्, सबै त्यसमा सधैं बसिराख्ने छन् ।

    [100] त्यहाँ तिनीहरू चिच्याइराखेका हुनेछन् र त्यहाँ केही पनि सुन्न सक्ने छैनन् ।

    [101] तर जसलाई हाम्रो तर्फबाट अघि नै पुरस्कारको वाचा भइसकेको छ, तिनीहरू त्यसबाट टाढा राखिनेछन् ।

    [102] उनीहरूले त नर्कको आहट पनि सुन्नेछैनन् र जुन कुराको तिनीहरूलाई इच्छा हुन्छ त्यसैमा रमाइरहनेछन् ।

    [103] उनीहरूलाई (यस दिनको) ठूलो त्रासले पनि चिन्तित गर्नेछैन र फरिश्ताहरूले तिनीहरूको स्वागत गर्नेछन् (र भन्नेछन) कि यही त्यो दिन हो जसको तिमीसित वाचा गर्ने गरिन्थ्यो ।

    [104] जुन दिन हामीले आकाशलाई यसरी बेर्नेछौं, जसरी पञ्जीकामा दस्तावेजका पानाहरू बेरिन्छन् । जसरी हामीले सृष्टिको प्रारम्भ गरेका थियौं त्यस्तै हामीले त्यसको पुनरावृत्ति गर्नेछौं । यो हाम्रो जिम्मामा भएको एउटा वाचा हो, निश्चय नै हामीलाई यो (पूरा) गर्नु नै छ ।

    [105] हामीले ‘‘जबूरमा’’ (दाऊदमाथि उत्रेको किताब) उपदेश पछि यो लेखिसकेका छौं कि धरतीको उत्तराधिकारी मेरा असल भक्तहरू हुनेछन् ।’’

    [106] उपासना गर्ने सेवकहरूको लागि यसमा एउटा ठूलो सन्देश छ ।

    [107] र (हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम !) हामीले तपाईलाई सम्पूर्ण जगतको निम्ति सर्वथा दयाको प्रतीक बनाएर पठाएका छौं ।

    [108] भनिदिनुस् ‘‘मेरो पासमा ‘‘वह्य’’ (अल्लाहको संदेश) आउँछ कि तिम्रो पूज्य एउटै छ त के तिमी उसको आज्ञापालन गर्नेवाला छौ

    [109] फेरि यदि यिनीहरू विमुख हुन्छन् भने भनिदिनुस् कि ‘‘मैले तिमी सबैलाई सामान्य रूपले सावधान गरिसकेको छु । मलाई यो कुरा थाहा छैन कि जुन कुराको तिमीसित वाचा गरिदैछ त्यो निकट छ वा टाढा’’।

    [110] तर अल्लाह प्रत्यक्ष र परोक्ष सबै कुरा जान्दछ र जुन तिमी लुकाएर गर्दछौ, त्यसलाई पनि जान्दछ ।

    [111] मलाई यो पनि थाहा छैन कि कदाचित यो तिम्रो निम्ति एउटा परीक्षा हो र एउटा निश्चित समयसम्मको लागि फाइदा (पुर्याउनु) हो

    [112] संदेष्टा (पैगम्बर) स्वयम्ले भने कि हे मेरो पालनकर्ता ! इन्साफको साथ निर्णय गरिदेऊ र हाम्रो पालनहार बडो दयावान छ, जसबाट मद्दतको लागि याचना गरिन्छ ती कुराहरूमा जुन तिमीले वर्णन गर्दछौ ।

    Surah 22
    अल–हज्ज

    [1] हे मानिसहरू ! आफ्नो पालनकर्तासित डर । निश्चय नै कियामतको भूकम्प साह्रै भयङ्कर कुरो हो ।

    [2] जुन दिन त्यसलाई तिमीले देख्नेछौ, (अवस्था यो हुन्छ कि) प्रत्येक दूध ख्वाउने (आमा) आफ्ना दूध खाने बच्चाहरूलाई बिर्सिदिने छिन् र प्रत्येक गर्भवतीको गर्भपात भइजाने छ । र तिमीले मानिसहरूलाई नशा लगेको अवस्थामा देख्नेछौ, जबकि तिनीहरू नशा लागेको हुने छैनन् । तर अल्लाहको सजाय बडो कठोर कुरो हो ।

    [3] केही मानिसहरूले अल्लाहको विषयमा ज्ञान नभए पनि कुरो बनाउँछन् र अवज्ञाकारी शैतानको अनुशरण गर्दछन् ।

    [4] त्यसको लागि अल्लाको फैसला लेखिसकिएको छ कि जसले ऊसँग (शैतानसँग) मित्रताको सम्बन्ध राख्नेछ त्यसलाई उसले पथभ्रष्ट गरेर नै छाड्नेछ र त्यसलाई उसले दन्किराखेको आगोको यातनातिर लैजानेछ ।

    [5] हे मानिसहरू ! यदि तिमीलाई (मृत्यु पश्चात) पुर्नजीवित हुने विषयमा कुनै सन्देह छ भने सोच, हामीले तिमीलाई माटोबाट सृष्टि गर्यौं, अनि वीर्यबाट, अनि रगतको डल्लोबाट (भ्रुणबाट) अनि मासुको डल्लोबाट जुन आकार दिइएको थियो जसको कुनै रूप थिएन ताकि हामीले तिमीलाई स्पष्ट पारिदिऊँ, र हामीले जसलाई चाहन्छौं एक निर्धारित समयसम्म आमाको पेटमा राखिरहन्छौं । अनि त्यसपछि तिमीलाई एउटा बच्चाको रूपमा दुनियाँमा ल्याउँछौं । अनि तिमीले आफ्नो युवावस्था प्राप्त गर र तिमीमध्ये कोही त पहिले नै मरिहाल्छन् र केही बुढेसको जीर्ण अवस्थातिर लगिन्छन् । जसलेगर्दा धेरै कुराको ज्ञान भएर पनि अज्ञान हुन्छन् । तिमीले देख्छौ कि जमिन सुखिसकेको बन्जर छ । फेरि जब हामीले त्यसमाथि पानीको वर्षा गराउँछौं तब त्यसमा हरियाली हुन्छ र त्यसमा सजीवता आउँछ र यो हरेक प्रकारको रुख बिरुवाबाट शोभायमान हुन्छ ।

    [6] यो यसकारण हो कि अल्लाह नै सत्य छ र उसैले मृतकहरूलाई जीवित गर्दछ र उसलाई प्रत्येक कुराको लागि सामथ्र्य छ ।

    [7] र यो कि कियामत निश्चितरूपले आउनेवाला छ, यसमा कुनै सन्देह छैन र यो कि अवश्य महान अल्लाह सबै मानिसहरूलाई, जुन कि कब्रमा(चिहानमा) छन्, पुनः जीवित पारी उठाउनेछ ।

    [8] केही मानिसहरू जो कुनै ज्ञान, मार्गदर्शन र किताब बिना अल्लाहको बारेमा झगडा गर्दछन् ।

    [9] केही यस्ता छन् कि घमण्डले तर्कन्छन् ताकि अल्लाहको बाटोबाट विचलित गरिदेओस्, उसको लागि संसारमा अपमान छ र कियामतको दिन पनि हामीले उसलाई नर्कमा आगोको यातनाको स्वाद चखाउनेछौं ।

    [10] ‘‘यो त्यस कर्मको कारणले हो जुन कि तिम्रा हातहरूले अगाडि पठाएका थिए र यसकारण कि अल्लाह भक्तहरूमाथि अलिकति पनि अत्याचार गर्नेछैन ।

    [11] केही मानिसहरू यस्ता पनि छन् जो कि एउटा छेउमा रहेर अल्लाहको उपासना गर्दछन् । यदि उसलाई लाभ पुग्यो भने त्यसबाट सन्तुष्ट हुने गर्दछन् र यदि कुनै विपत्ति आइपर्यो भने उसैबेला विमुख भइहाल्छन् । उनीहरूले संसार पनि गुमाए र आखिरत पनि, यही हो खुल्ला घाटा ।

    [12] (उनीहरूले) अल्लाहलाई छाडी त्यसलाई पुकार्दछन् जसले उनलाई न हानि पुर्याउन सक्छ र न त्यसलाई लाभ पुर्याउन सक्छ, यो नै ठूलो मार्गविचलन हो ।

    [13] त्यसलाई पुकार्दछन् जसबाट पुग्ने हानि त्यसबाट अपेक्षित लाभको अपेक्षा अधिक निकट छ । यी साह्रै नै नराम्रो संरक्षक हुन् र साह्रै नराम्रो साथी ।

    [14] आस्थावान र असल कर्म गर्ने मानिसहरूलाई अल्लाह यस्ता बगैंचाहरूमा प्रवेश गराउनेछ, जसमुनि नहरहरू बगिराखेका हुनेछन् निःसन्देह अल्लाहले जे चाहन्छ त्यो गर्दछ ।

    [15] जसले यो ठान्दछ कि अल्लाहले आफ्नो रसूलको मद्दत यस संसार र आखिरत दुवै ठाउँमा गर्नेछैन, त उसले अग्लो ठाउँमा आफ्नो घाँटीमा डोरी बाँधेर (आफ्नो) घाँटी काटोस्, अनि हेरोस् कि उसको चालले त्यो कुरा अलग भइहाल्छ जुन उसलाई छट्पटाइराखेको छ ।

    [16] यसैप्रकार हामीले यस कुरआनलाई स्पष्ट आयतहरूको रूपमा अवतरित गर्यौं र अल्लाहले जसलाई चाहन्छ मार्ग देखाउँछ ।

    [17] निःसन्देह जुन ईमानवाला मोमिनहरू र यहूदी र साबी र ईसाई र मजूसी र अल्लाहको साझेदार ठह्र्याउने (मुश्रिकहरू) छन्, यी सबैमा कियामतको दिन अल्लाहले निसाफ गरिदिनेछ । अल्लाह हरेक कुरोको साक्षी छ ।

    [18] के तिमीले देखेनौ कि आकाशहरूमा भएका र पृथ्वीमा भएकाहरू सूर्य र चन्द्र र ताराहरू र पहाडहरू र रुखहरू र चौपायाहरू र धेरै जसो मानिसहरू अल्लाहलाई ढोग्दैछन् र धेरै यस्ता छन् जसको सम्बन्धमा यातना प्रमाणित भइसकेको छ, र जुन मानिसलाई अल्लाहले अपमानित गर्दछ, त्यसलाई कसैले प्रतिष्ठा प्रदान गर्नसक्दैन । निःसन्देह अल्लाहले जे चाहन्छ, गर्दछ ।

    [19] यी दुई (समूह) आफ्नो पालनकर्ताको बारेमा विवाद गर्दछन्, अतः जुन मानिसहरूले कुफ्र गरे तिनीहरूको निमित्त आगोको वस्त्र काटिसकिएको छ । उनीहरूका टाउकोमाथी उम्लिराखेको पानी खन्याइने छ ।

    [20] यसबाट जे जति उनका पेटमा भएका कुराहरू र छालाहरू पनि पग्लिहाल्नेछ ।

    [21] र उनीहरूको दण्डको लागि फलामका हथौडाहरू हुनेछन् ।

    [22] जतिखेर पनि उनीहरू आत्तिएर त्यहाँको कष्टबाट भाग्न चाहन्छन् त उतिखेर फेरि फर्काइनेछन् र भनिनेछ ‘‘आगोमा जल्ने यातनाको स्वाद चाखिराख’’।

    [23] (निःसन्देह) अल्लाहले ईमानवालाहरूलाई र असल कर्म गर्नेवालाहरूलाई, यस्ता स्वर्गका बगैंचाहरूमा प्रवेश गराउनेछ जसको रुखमुनि नहरहरू बगिरहेका हुनेछन् । त्यहाँ उनीहरू सुन र मोतीबाट आभूषित गरिनेछन् र त्यहाँ उनीहरूको भेषभूषा असली रेशमी हुनेछ ।

    [24] उनीहरूलाई पवित्र कुराको मार्गदर्शन गरियो र उनीहरूलाई प्रशंसित अल्लाहको मार्ग देखाइसकिएको छ ।

    [25] जुन मानिसहरूले अविश्वास गरे र अल्लाहको मार्गबाट रोक्दछन् र त्यस प्रतिष्ठित मस्जिद कअ्बाबाट पनि, जसलाई हामीले मानिसहरूको निम्ति त्यहाँका बासिन्दा होस् वा बाहिरबाट आएका सबैका लागि समान गरिदिएका छौं, जुन व्यक्तिले त्यस (प्रतिष्ठित मस्जिद) मा अत्याचारको साथ विभेद गर्न चाहन्छ भने, त्यसलाई हामीले कष्टपूर्ण यातनाको स्वाद चखाउनेछौं ।

    [26] स्मरण गर जब हामीले इब्राहीमको निम्ति अल्लाहको घर (कअ्बा) ठेगाना बनायौं, यस आदेशको साथ कि मेरो दाँजोमा कसैलाई साझेदार नठहराउनु मेरो घरलाई तवाफ (परिक्रमा) गर्ने, उपासना गर्ने नमाज पढ्ने (रुकूअ् र सिज्दा गर्नेहरू) हरूको निम्ति पवित्र राख ।

    [27] र मानिसहरूमा हज्जको निम्ति उद्घोषणा गरिदिनु कि तिनीहरू तिम्रो पासमा टाढा–टाढाबाट, पैदल पनि आउनेछन् र दुबला पातला ऊँटहरूबाट सवार भई अनेक बाटो भएर आउँनेछन् ।

    [28] (तिनीहरूले) आफ्नो लाभ प्राप्त गर्न आउन् र ती निश्चित दिनहरूमा ती चौपायाहरूमाथि अल्लाहको नाम लिउँन्, जुन पाल्तू छन् । अनि त्यसबाट स्वयम् पनि खाऊ र गरीब निमुखाहरूलाई पनि खुवाऊ ।

    [29] फेरि उनीहरूलाई आवश्यक छ कि आफ्ना फोहोर–मैला खतम पारुन् (कपाल इत्यादि सफा गरुन्) र आफ्ना कबोल गरेका कुराहरू (मन्नतहरू) पूरा गरुन् र अल्लाहको यस पूरातन घरको तवाफ (परिक्रमा) गरुन् ।

    [30] यी कुराहरूको ध्यानराख र जो कोही अल्लाहद्वारा निर्धारित मर्यादाहरूको आदर गर्दछ, यो उसको पालनकर्ताकहाँ उसैको निम्ति राम्रो हुनेछ, र तिम्रो निम्ति चौपाया पशुहरू हलाल गरिएका छन्, ती बाहेक जुन कि तिमीलाई भनिसकिएको छ । तसर्थ तिमीहरूले मूर्तिहरूको अपवित्रताबाट बच्नुपर्छ र झूठो कुराहरूबाट पनि बच्नुपर्छ ।

    [31] अल्लाहको एकात्मकतालाई स्वीकार गर्दै उसको साथमा साझेदार नठहराउँदै र जुन अल्लाहको साथमा साझेदार ठहराउँन्छ त्यो मानिस यस्तो छ कि जस्तो आकाशबाट खसिसकेको छ, अब त्यसलाई चाहे कुनै पंक्षीले लगिदेओस् अथवा वायुले कुनै दूरस्त स्थानमा फ्याँकिदिनेछ ।

    [32] यो सुन्यौ अब यी कुराहरूलाई ध्यान देऊ, जुन व्यक्तिले अल्लाहका निशानीहरूको आदर र सम्मान गर्दछ, निःसन्देह ती कुराहरू उसको हृदयको धर्मपरायणतासित सम्बन्ध राख्दछन् ।

    [33] यसमा एक निश्चित समयसम्मको लागि तिम्रो निम्ति फाइदाहरू छन् । अनि उनीहरूलाई हलाल गर्ने ठाउँ (कुर्बानीको लागि) कअ्बा नै हो ।

    [34] र हामीले प्रत्येक समुदायको लागि कुर्बानीको तरिका निर्धारित गरेका छौं ताकि अल्लाहले जुन पशुहरू उनीहरूलाई दिएको छ त्यसमाथि (हलाल गर्ने बेला) अल्लाहको नाम लेउन् । अतः बुझिराख तिम्रो पूज्य एउटै छ । तसर्थ उसैको आज्ञाकारी बन र विनम्रता अपनाउनेहरूलाई शुभसूचना सुनाइदिनु ।

    [35] यी त्यस्ता मानिसहरू हुन् कि जब अल्लाहको स्मरण गरिन्छ तब तिनका मुटुहरू काम्छन् र जुन दुःख उनीहरूमाथि आउँछ त्यसमा धैर्यले काम गर्छन् र नमाजलाई कायम राख्दछन्, र जे जति हामीले दिएका छौं त्यसबाट पनि खर्च गर्दछन् ।

    [36] र कुर्बानीका उँटहरूलाई पनि हामीले तिम्रो निम्ति अल्लाहका निशानीमध्ये बनाएका छौं । तिनीहरूमा तिम्रो निम्ति फाइदाहरू छन् तसर्थ (कुर्बानी गर्ने बेलामा) पंक्तिमा बाँधेर उनीहरूमाथि अल्लाहको नाम पुकार । जब एकापट्टि ढलिहाल्छन् त त्यसबाट (आफू पनि) खाऊ र सन्तोष गरी बसिराख्ने गरिब र सवालीहरूलाई खुवाऊ यस्तै (ती पशुहरूलाई) हामीले तिम्रो अधीनस्थ गरिदिएका छौं ताकि तिमीले कृतज्ञता प्रकट गर ।

    [37] कुर्बानीको मासु अल्लाहछेउ पुग्दैन नत उनीहरूको रगत अपितु उसलाई त तिम्रो हृदयको धर्मपरायणता पुग्दछ । यसप्रकार उसले उनीहरूलाई तिम्रो अधीनमा गरेको छ, ताकि तिमीले उसको मार्गदर्शनको लागि अल्लाहको प्रशंसा गर । र असल कर्म गर्नेहरूलाई शुभसूचना सुनाइदिनु ।

    [38] (हे पैगम्बर !) सुनिराख सच्चा मोमिनहरूबाट शत्रुलाई स्वयम् अल्लाहले हटाइराख्दछ । अल्लाहले कदापि कुनै विश्वासघाती, कृतध्नलाई मनपराउँदैन ।

    [39] जुन (मुसलमानहरू) सित (काफिरहरू) युद्ध गरिराखेका छन्, उनीहरूलाई पनि सामना गर्न अनुमति छ । किनभने उनीहरू अत्याचार (बाट) पीडीत भइराखेका छन् र निश्चय नै अल्लाह उनीहरूको सहायताको निम्ति पूर्णरूपले सामथ्र्यवान छ ।

    [40] यी ती मानिसहरू हुन् जसलाई आफ्ना घरहरूबाट बिनाकारण निकालियो, मात्र यस कुराको लागि कि तिनीहरू भन्छन् कि ‘‘हाम्रो पालनकर्ता अल्लाह हो ।’’ यदि अल्लाहले मानिसहरूलाई एक अर्कोबाट नहटाइराखेको भए उपासना स्थलहरू गिर्जाघर र मस्जिद, यहूदी प्रार्थना भवन र ती मस्जिदहरू पनि ढालिने थिए जसमा अल्लाहको बेस्सरी नाम लिइन्छ । अल्लाहले अवश्य नै उसको सहायता गर्नेछ, जसले उसको सहायता गर्दछ निश्चय नै अल्लाह ठूलो बलशाली सर्वशक्ति सम्पन्न छ ।

    [41] यी ती मानिसहरू हुन् कि यदि धरतीमा हामीले उनीहरूलाई सत्ता प्रदान गर्दछौं भने उनीहरू नमाज कायम गर्नेछन् र जकात दिनेछन् र भलाईको आदेश गर्नेछन् र नराम्रो कामबाट रोक्नेछन्, र सबै कुराहरूको अन्तिम परिणाम अल्लाहको हातमा छ ।

    [42] र यदि यिनीहरूले तपाईलाई झूठ्ठो भन्दछन् भने (कुनै आश्चर्य छैन) उनीहरूभन्दा पहिला नूहको कौम र आद र समूद (ले पनि त्यस्तै गरे) ।

    [43] र इब्राहीमको समुदाय र लूतको समुदायले पनि (झूठ ठाने)

    [44] र मद्यनवालाहरूले पनि आ–आफ्ना पैगम्बरहरूलाई झूठ्ठा भनिसकेका छन्, मूसालाई पनि झूठ्ठा भनिसकिएको छ । किन्तु मैले इन्कार गर्नेहरूलाई अलिकति मोहलत दिएँ, अनि तिनीहरूलाई समातिहालें, त (हेरिहाल कि) फेरि मेरो सजाय कस्तो (कठोर) थियो

    [45] धेरै बस्तीहरू छन् जसलाई कि हामीले नष्ट गरिहालेका थियौं किनभने तिनीहरू अत्यचारी थिए, ती सबै आफ्नो छतमुनि घोप्टे परेका छन् । र (धेरै) इनारहरू बेकार छन् र (धेरै) पक्की र उच्च महलहरू सुनसान भएका छन् ।

    [46] के तिनीहरूले धरतीमा हिंडडुल गरेनन्, ताकि उनका हृदयले यी कुराहरू बुझ्न सक्थे, अथवा कान (यस्ता) हुन्थे कि जसबाट सुन्नसक्थे । कुरो यो छ कि आँखा मात्र अन्धो हुँदैन बरु ती हृदयहरू पनि, जुन छातीहरूमा छन् अन्धो बन्दछन् ।

    [47] र तिनीहरूले तपाईसित यातनाको निम्ति हतार गरिराखेका छन् ! अल्लाहले कदापि आफ्नो वचनलाई टार्नेछैन , किन्तु तपाईको पालनकर्ता नजिक एकदिन, तिम्रो गणना अनुसार, एकहजार वर्षको हुनेछ ।

    [48] कति यस्ता बस्तीहरू थिए जसलाई मैले मोहलत दिएँ र तिनीहरू उल्लघंनकारी थिए । अनि मैले उनीहरूलाई समातिहालें र मतिर नै फर्किआउनु पर्नेछ ।

    [49] (हे पैगम्बर !) भनिदिनुस् कि मानिसहरू ! म तिमीहरूलाई खुल्लारूपले चेतावानी दिनेवाला नै हूँ ।

    [50] तसर्थ जसले ईमान ल्याएका छन् र असल काम गरे, उनीहरूको निम्ति क्षमादान छ र सम्मानपूर्ण जीविका छ ।

    [51] र जुन मानिसहरूले हाम्रा निशानीहरूलाई तल्लोस्तरमा झार्ने प्रयास गरे, तिनीहरू नर्कवाला हुन् ।

    [52] तपाईभन्दा अगाडि जुन रसूल र नबीलाई हामीले पठायौं, त उनीहरूसित यस्तो भयो कि जतिखेर पनि उनले कुनै इच्छा गरे शैतानले उनको कामनामा केही मिसाइदियो । यसप्रकार जेजति पनि शैतानले मिसाउँछ अल्लाहले त्यसलाई हटाइदिन्छ । अनि अल्लाहले आफ्ना आयतहरूलाई सुदृढ गरिदिन्छ । अल्लाह सर्वज्ञ, बडो तत्वदर्शी छ ।

    [53] यो यसकारण हो कि जुन (बाधा) शैतानले पुर्याउँछ, त्यसलाई उनीहरूको निम्ति, जसका हृदयहरूमा रोगहरू छन् र जसका हृदय कठोर छन्, अल्लाहले परीक्षाको माध्यम बनाउँछ । निःसन्देह अत्याचारीहरू नितान्त विरोधमा व्यस्त छन् ।

    [54] र यसकारण पनि कि जसलाई ज्ञान प्रदान गरिएको छ, तिनीहरू विश्वास गरुन् कि यो तपाईको पालनकर्ताको तर्फबाटै नै सत्य छ, । अतः उनीहरू यसमाथि ईमान ल्याउन् र उनीहरूका हृदय अल्लाहको अगाडि नतमस्तक होउन् र जुन मानिसहरूले ईमान ल्याएका छन्, अल्लाहले उनीहरूलाई सोझो बाटोतिर मार्गनिर्देशित गर्दछ ।

    [55] काफिरहरू सदैंव यस अल्लाहको सन्देशतर्फबाट सन्देहमा परिरहनेछन्, यहाँसम्म कि कियामतको समय एक्कासी उनीमाथि आइपर्छ अथवा एउटा अशुभ दिनको यातना उनीमाथि आइपर्छ ।

    [56] त्यस दिन अल्लाहकै शासन हुनेछ । उसैले तिनीहरूबीच इन्साफ गर्नेछ । त जुन मानिसहरूले ईमान ल्याए र असल कर्म गरे, उनीहरू पुरस्कारले भरिएको बहिश्तहरू (स्वर्गमा) मा हुनेछन् ।

    [57] र जुन मानिसहरूले ईमान ल्याउन इन्कार गरे र हाम्रा आयतहरूलाई झूठा भने तिनीहरूको निम्ति अपमानजनक यातना हुनेछ ।

    [58] र जुन मानिसहरूले अल्लाहको मार्गमा हिजरत गरे अर्थात् घरबार छोडे, अनि मारिए वा मरिहाले, त अल्लाहले अवश्य नै उनीहरूलाई राम्रो आजीविका प्रदान गर्नेछ । र निःसन्देह अल्लाह नै उत्तम आजीविका प्रदान गर्नेवाला छ ।

    [59] उसले उनीहरूलाई यस्तो ठाउँमा पुर्याउनेछ जसबाट उनीहरू प्रसन्न भइहाल्नेछन् । निश्चय नै अल्लाह सर्वज्ञ, अत्यन्त सहनशील छ ।

    [60] कुरो यही हो, जसले प्रतिशोध लियो, त्यस्तै जस्तो कि उसको साथमा गरिएको थियो र पुनः त्यसमाथि ज्यादती गरियो भने अल्लाहले अवश्य नै उसको सहायता गर्नेछ , निश्चय नै अल्लाह माफ गरिदिनेवाला अत्यन्त क्षमाशील छ ।

    [61] यो यसकारणले कि अल्लाह रातलाई दिनमा प्रवेश गराउँदछ र दिनलाई रातमा प्रवेश गराउँदछ । र निःसन्देह अल्लाह सुन्दछ, देख्दछ ।

    [62] यी सबै यसकारणले कि अल्लाह नै सत्य छ र उस बाहेक जसलाई पनि यिनीहरूले पुकार्दछन् त्यो असत्य छ, र यो कि अल्लाह नै सर्वोच्च र महान छ ।

    [63] के तिमीले देखेनौ कि अल्लाह आकाशबाट पानी वर्षाउँछ तब धरती हराभरा भइहाल्छ निःसन्देह अल्लाह दयालु र सबै कुराको ज्ञाता छ ।

    [64] उसैको हो जे आकाशहरूमा र जेजति धरतीमा छन् । निःसन्देह अल्लाह नै निष्पृह र प्रशंसनीय छ ।

    [65] के तपाईले देख्नुभएन कि धरतीमा जेजति छ त्यसलाई अल्लाहले नै तिम्रो निम्ति बशीभूत गरिहालेको छ र डुङ्गा पनि उसको आदेशबाट समुद्रमा चल्छन् र उसैले आकाशलाई उसको आदेश बिना धरतीमा खस्नुबाट रोकेको छ । निःसन्देह अल्लाह मानिसहरूको लागि बडो करुणाशील र दयावान छ ।

    [66] उसैले तिमीलाई जीवन प्रदान गर्यो । अनि उसैले तिमीलाई मृत्यु दिन्छ र फेरि उसैले तिमीलाई जीवित पार्नेछ । निःसन्देह मानव अकृतज्ञ छ ।

    [67] प्रत्येक समुदायको निम्ति हामीले उपासनाको एउटा रीति (पद्धति) निर्धारित गरिसकेका छौं जसको पालना उनीहरूले गर्दछन् । तसर्थ यिनीहरूले तपाईसित यस कुरामा झगडा नगरुन् र तपाईले (मानिसहरूलाई) आफ्नो पालनकर्तातिर बोलाउँदै गर्नु , निःसन्देह तिमी सोझो मार्गमा छौ ।

    [68] फेरि पनि यदि यिनीहरूले तपाईसित झगडा गर्दछन् भने, तपाई भनिदिनुस् कि तिमीहरूको कर्म अल्लाह राम्ररी जान्दछ ।

    [69] निःसन्देह तिमीहरूको विवादहरूको निर्णय अल्लाहले कियामतको दिन गरिदिनेछ ।

    [70] के तपाईलाई थाहा भएन कि जे जति आकाश र धरतीमा छ अल्लाह सबै जान्दछ । निश्चय नै त्यो (कर्मपत्र) एउटा किताबमा अंकित छ, निःसन्देह त्यो (निर्णय) अल्लाहको निम्ति अत्यन्त सरल छ ।

    [71] र तिनीहरूले अल्लाह बाहेक उनीहरूको उपासना गर्दछन्, जसको निम्ति नत कुनै अल्लाहद्वारा प्रमाण उतरेको छ नत उनीहरूलाई नै त्यसको विषयमा कुनै ज्ञान छ र यी अत्याचारीहरूको कोही मद्दत गर्नेछैन ।

    [72] जब उनीहरू सामु हाम्रा स्पष्ट आयातहरू पढेर सुनाइन्छन् तब तपाईले तिनीहरूको अनुहारहरूमा स्पष्टरूपले अप्रसन्नताका चिन्हहरू देख्नुहुनेछ । यस्तो लाग्छ कि जसले उनीहरूलाई हाम्रो आयातहरू पढेर सुनाउँछन्, उनीहरूमाथि जाइलाग्नेछन् । भनिदिनुस् कि के म तिनीहरूलाई यसभन्दा पनि बढी नराम्रो समाचार देऊँ । त्यो नर्कको आगो हो जसको वचन अल्लाहले काफिरहरूसित गरिसकेको छ, र त्यो अत्यन्त नराम्रो ठाउँ हो ।

    [73] हे मानिसहरू ! एउटा दृष्टान्त वर्णन गरिन्छ, त्यसलाई ध्यानपूर्वक सुन, कि तिमीले अल्लाह बाहेक जस जसलाई पुकार्दछौ, तिनीहरूले एउटा झिंगा पनि बनाउन सक्दैनन् । यद्यपि त्यसको निम्ति सबै एकत्रित भइहालुन् र यदि झिङ्गाले उनीहरूसित कुनै कुरा खोसेर लिएर जान्छ भने त्यसबाट तिनीहरूले त्यसलाई छोडाउन पनि सक्दैनन् । जो याचक छ ऊ पनि असमर्थ छ र जसबाट (तिनीहरूले) याचना गर्दछन् ऊ पनि असहाय छ ।

    [74] उनीहरूले अल्लाहको हैसियत अनुसार उसको सम्मान गर्न जानेनन् । अल्लाह निश्चय नै ठूलो बलवान् र अधिपत्यशाली छ ।

    [75] अल्लाहले फरिश्ताहरूमध्येबाट र मानिसहरूमध्येबाट सन्देशबाहक रोज्दछ । निश्चय नै अल्लाह सबै कुरा सुन्दछ, देख्दछ ।

    [76] जुन उनको अगाडि छ र जुन उनको पछाडि छ अल्लाह सबै जान्दछ । र सबै कामहरू अल्लाहतिर नै फर्कन्छन् ।

    [77] हे मोमिनहरू नतमस्तक हुने र ढोग्ने गर र आफ्नो पालनकर्ताको उपासनामा लागी रहनेगर र भलो कार्य गर्नेगर ताकि तिमीलाई सफलता प्राप्त होस् ।

    [78] र अल्लाहको मार्गमा त्यस्तै जिहाद गर, जस्तो कि जिहाद गर्नुपर्दछ । उसैले तिमीलाई रोजेको छ र धर्मको कुरामा तिमीमाथि कुनै कुरा संकुचित पारेको छैन र तिम्रो निम्ति तिम्रो बाबु इब्राहीमको धर्मलाई रुचायो । उसले यसभन्दा अगाडि नै र यस कुरआनमा पनि तिम्रो नाम मुस्लिम (आज्ञाकारी) राखेको छ । यस उद्देश्यले ताकि रसूल तिम्रो निम्ति साक्षी होउन् । र तिमी अरु मानिसहरूको साक्षी होऊ । अतः तिमीले नमाजको आयोजना गर र जकात देऊ, र अल्लाहसँग आफ्नो सम्बन्धलाई बलियो रूपले समातिराख उही नै तिम्रो सबभन्दा राम्रो संरक्षक र मालिक हो । आहा कति राम्रो मालिक र कती उत्तम मद्दत गर्नेवाला छ ।

    Surah 23
    अल–मोमिनून

    [1] निःसन्देह ईमानवालाहरू सफल भइहाले ।

    [2] जसले आफ्नो नमाजमा विनम्रता अपनाउँछन् ।

    [3] र जो अनर्गल कुराहरूबाट पन्छिन्छन् ।

    [4] र जो जकात दिन्छन् ।

    [5] र जो आफ्ना गुप्ताङ्गहरूको रक्षा गर्दछन् ।

    [6] तर आपल्नो पत्नीहरू र आफ्नो अधीनस्थ दासी स्वास्नीहरूसँग सम्बन्ध राख्दा उनीहरू निन्दनीय छैनन् ।

    [7] जो कोही यस बाहेक अरु केही चाहन्छन् त्यस्ता मानिसहरू सीमाको उल्लघंन गर्नेवाला हुनेछन् ।

    [8] र जसले आफ्ना अमानतहरू (नासो) र आफ्नो प्रतिज्ञाको रक्षा गर्दछन् ।

    [9] र जसले आफ्नो नमाजहरूको रक्षा गर्दछन् ।

    [10] यीनै (मानिसहरू) वारिस हुनेछन् ।

    [11] जसले स्वर्गको (फिर्दौसको) वारिस हुनेछन् । र त्यसमा सधैं रहनेछन् ।

    [12] र निःसन्देह हामीले मानवलाई माटोको तत्वबाट सृष्टि गरेका हौं ।

    [13] अनि उसलाई एउटा बलियो सुरक्षित ठाउँमा शुक्र बनाएर राख्यौं ।

    [14] फेरि शुक्रको एउटा डल्लो बनायौं, फेरि डल्लोबाट भ्रुण बनायौं, अनि भ्रुणबाट हाडहरू बनायौं, अनि हाडहरूमाथि मासुको पत्र राख्यौं, अनि त्यसलाई नयाँ आकारमा बनाइदियौं तसर्थ अल्लाह साह्रै नै बर्कतवाला,(कल्याणकारी) सबभन्दा उत्तम स्रष्टा हो ।

    [15] अनि यस पश्चात निश्चितरूपले तिमी सबै मर्छौ ।

    [16] अनि कियामतको दिन तिमी निश्चय नै उठाइने छौ ।

    [17] हामीले तिमीमाथि सात आकाशहरू सृष्टि गरेका छौं र हामी प्राणीहरूबाट असावधान छैनौं ।

    [18] र हामीले आकाशबाट एउटा ठीक अन्दाजले पानी बर्षाउँछौं, अनि हामीले त्यसलाई धर्तीमा रोक्छौं, र त्यसलाई विलुप्त गर्ने सामथ्र्य पनि हामीमा छ ।

    [19] अनि हामीले त्यसै पानीबाट तिम्रो निम्ति खजूर र अङ्गूरका बगैंचाहरू उत्पन्न गर्यौं । तिम्रो निम्ति त्यसमा धेरै फल–फूल छन् र तिनैबाट तिमीले खान्छौ ।

    [20] र त्यो रुख (पनि हामीले नै सृष्टि गरेका छौं ।) जुन ‘‘तूरे सीना’’ पहाडबाट उत्पन्न हुन्छ जुन खानेहरूको लागि तेल र सालन लिएर उम्रन्छ ।

    [21] र निश्चय नै तिम्रा निम्ति चौपायहरूमा पनि धेरै शिक्षा छ, तिनीहरूको पेटबाट हामीले तिमीलाई दूध खुवाउँछौं । र तिम्रो निम्ति तिनीहरूमा धेरै फाइदाहरू छन् र तिनीहरूमध्ये केहीलाई तिमी खान्छौ पनि ।

    [22] र तिनीहरूमाथि र डुङ्गाहरूमा तिमी सवार हुन्छौ ।

    [23] निःसन्देह हामीले नूहलाई उनको समुदायतिर रसूल बनाएर पठायौं, र उनले तिनीहरूसित भनेकि हे समुदायका मानिसहरू ! अल्लाहकै पूजा गर, उस बाहेक तिम्रो अरु कोही पूज्य छैन, के तिमी डर्दैनौ ।

    [24] तब उनको समुदायको नायकले जो काफिर थिए, स्पष्टसंग भन्नथालेः कि यो त तिमी जस्तै मानिस हो, तिमीमाथि श्रेष्ठता प्राप्त गर्न चाहन्छ र यदि अल्लाहले चाहेको भए कुनै फरिश्ताहरूलाई (स्वर्गदूतहरूलाई) पठाउने थियो । हामीले त आफ्नो पूर्वजहरूबाट यो कुरा कहिल्यै पनि सुनेनौं ।

    [25] यो त पक्कै उन्मादग्रस्त व्यक्ति हो अतः एक निश्चित अवधिसम्म तिमीले यसलाई छूट देऊ ।

    [26] (नूहले) प्रार्थना गरे कि हे पालनकर्ता ! उनीहरूले मलाई झूठा भनेका छन्, तिमीले मेरो मद्दत गर ।

    [27] तब हामीले उनीतिर ‘‘वह्य’’ पठायौं कि हाम्रो आँखाको अगाडि र हाम्रो ‘‘वह्य’’ अनुसार एउटा डुङ्गा बनाऊ, अनि जब हाम्रो आदेश आउँछ र जब पानीको बाढी आउँछ तब प्रत्येक प्रजातिहरूमध्येबाट एक–एक जोडी त्यसमा राखिहाल, र आफन्तहरूलाई पनि, तर उनी बाहेक जसको विरुद्ध हामीले निर्णय दिइसकेका छौं र अत्याचारीहरूको विषयमा मसित कुरा नगर्नु । तिनीहरू त डुबाइने नै छन् ।

    [28] र जब तिमी र तिम्रा साथीहरू डुङ्गामा राम्रोसंग बसिहाल्छौ तब (अल्लाहप्रति आभार प्रकट गर्नु र) भन्नु कि प्रशंसा अल्लाहकै लागि हो, जसले कि हामीलाई अत्याचारीहरूबाट छुटकारा प्रदान गर्यो ।

    [29] र त्यो पनि प्रार्थना गर्नु कि हे पालनकर्ता ! हामीलाई कल्याणकारी ठाउँमा उर्तानु र तिमी नै सबैभन्दा राम्रो उतार्नेवाला हौ ।

    [30] निःसन्देह यस (घटना) मा निशानीहरू छन् र हामीले त परीक्षा गर्नुछ ।

    [31] फेरि उनीहरू पश्चात हामीले अरु समुदायहरू पनि सृष्टि गर्यौं ।

    [32] फेरि उनीहरूमध्येबाटै पैगम्बर सन्देष्टा पठायौं, कि तिमीहरू सबै अल्लाहको पूजा गर, उस बाहेक तिम्रो कोही पूज्य छैन । अनि के तिमी डर्दैनौ

    [33] अनि उनको समुदायका सरदारहरूले जो काफिर थिए र आखिरतको आगमनलाई झूठा ठान्दथे र जसलाई हामीले सांसारिक जीवनमा सुख प्रदान गरेका थियौं, तिनीहरूले जवाफ दिन थालेः कि यो त तिमी जस्तै एउटा मानिस हो । जुन किसिमले खाना तिमीले खान्छौ, त्यस्तै प्रकारको खाना यसले पनि खान्छ, र जुन पानी तिमी पिउँदछौ, त्यस्तै यसले पनि पिउँछ ।

    [34] यदि तिमीले आफू जस्तै एउटा मानिसले भनेको मान्यौ भने तिमी धेरै घाटामा परिहाल्छौ ।

    [35] के यसले तिमीसित यस कुराको वचन गर्दछ कि जब तिमी मरेर हाँड र माटो भइहाल्छौ तब तिमी फेरि जिन्दा (जीवित) गरिने छौ

    [36] होइन–होइन जुन कुराको तिमीलाई वचन दिइन्छ, त्यो धेरै धेरै टाढा छ ।

    [37] जिन्दगी भनेको यही हाम्रो संसारिक जीवन नै हो, हामी मर्दै र बाँच्दै रहनेछौं र हामी फेरि उठाइने छैनौं ।

    [38] यो त यस्तो मान्छे हो जसले कि अल्लाहको बारेमा मनगढन्ते कुरा गर्दछ र यसको कुरामाथि हामीले ईमान ल्याउने छैनौं ।

    [39] (पैगम्बरले) भनेः कि पालनकर्ता ! उनीहरूले मलाई झूठा ठान्दछन्, तिमीले मेरो सहायता गर ।

    [40] जवाफ आयो यिनीहरूले शीघ्र नै लज्जित हुनेछन् ।

    [41] अन्ततः गत्वा न्यायको माँग अनुसार तिनीहरूलाई एउटा प्रचण्ड चित्कारले समातिहाल्यो र तिनीहरूलाई कूडा–करकट बनाइहाल्यौ । अतः धिक्कार छ यस्ता अत्याचारीहरूलाई ।

    [42] अनि हामीले तिनीहरू पश्चात अन्य धेरै समुदायहरू (नस्ल)लाई सृष्टि गर्यौं ।

    [43] न कुनै पनि समुदाय आफ्नो निर्धारित समयभन्दा अगाडि जान सक्तछ न पछाडि रहन सक्तछ ।

    [44] अनि हामीले (एकपछि अर्को) निरन्तर आफ्नो रसूलहरू पठायौं । जहिले पनि कुनै समुदायमा उसको रसूल आयो त्यसका मानिसहरूले त्यसलाई असत्य भने । अतः हामीले एकलाई अर्काको पछाडि (विनाशको लागि) लगाउँदै गर्यौं र हामीले उनीहरूलाई यस्तो गरिहाल्यौं, कि उनीहरू कथाहरूको रूपमा मात्र बाँकी रहे । तसर्थ धिक्कार छ तिनीहरूमाथि जसले ईमान ल्याउँदैनन् ।

    [45] अनि हामीले ‘‘मूसा’’ र उनको भाइ ‘‘हारून’’ लाई आफ्ना निशानीहरू र स्पष्ट प्रमाणहरू दिएर पठायौं ।

    [46] फिरऔन र त्यसका सरदारहरूतिर तब उनीहरूले घमण्ड गरे, र उनीहरू अट्टेरी नै थिए ।

    [47] (अनि तिनीहरू) भन्न थालेः कि के हामीले आफू जस्तै दुईजना मानिसहरूमाथि ईमान ल्याउँछौं, जबकि उनको समुदाय पनि हाम्रो अधीनमा छ ।

    [48] अतः उनीहरूले ती दुईटैलाई झूठा भने र अन्तमा तिनीहरू पनि नष्ट हुनेहरूमा शम्मिलित भइहाले ।

    [49] र हामीले त मूसालाई किताब प्रदान गर्यौं ताकि उनीहरू सही मार्गदर्शन प्राप्त गर्न सकुन् ।

    [50] हामीले ‘‘मरियम’’ र उनको छोरा (ईसा) लाई एउटा निशानी बनाएका थियौं र उनीहरूलाई एउटा उच्च ठाउँमा जुन बस्न लायक थियो र जहाँ स्वच्छ पानी बगिराखेको थियो, त्यहाँ शरण प्रदान गर्यौं ।

    [51] हे पैगम्बरहरू ! पवित्र कुरा खाऊ र असल कर्म गर । जुन क्रियाकलाप तिमीले गर्दछौ, त्यो मलाई थाहा छ ।

    [52] तिम्रो यो धर्म निश्चितरूपले वास्तवमा एउटै धर्म हो । र म तिम्रो पालनकर्ता हूँ, तसर्थ मसित डर ।

    [53] किन्तु उनीहरूले स्वयम् आफ्नो काम (धर्म) लाई परस्पर टुक्रा–टुक्रा गरिहाले । प्रत्येक समूह त्यसैमा मग्न छ जुन उसको पासमा छ ।

    [54] तसर्थ तपाईले उनीहरूलाई एउटा निश्चित समयसम्म उनीहरूकै अज्ञानतामा रहनदिनुस् ।

    [55] के यिनीहरूले यो सम्झनछन् कि, हामीले जुन तिनीहरूको सन्तान र धन बढाइरहेका छौं ।

    [56] त यो उनीहरूको हितको निम्ति शीघ्रता गरिराखेका छौं । होइन, बरु उनीहरूलाई यसको अनुभूति छैन ।

    [57] निःसन्देह जुन मानिसहरू आफ्नो पालनकर्तासित तर्सन्छन् ।

    [58] र जसले आफ्नो पालनकर्ताका प्रतीकहरूमाथि आस्था राख्दछन् ।

    [59] र जसले आफ्नो पालनकर्तासित अरु कसैको साझेदारी ठहराउँदैनन् ।

    [60] र जे दिन सक्दछन् दिन्छन् र उनीहरूको हृदय यस कुराबाट काम्ने गर्दछन् कि उनीहरूलाई आफ्नो पालनकर्तातिर फर्केर जानुछ ।

    [61] यी नै ती मानिसहरू हुन्, जसले भलोको काममा शीघ्रता गर्दछन् र यही त्यसमा अग्रसर रहनेवाला छन् ।

    [62] हामीले कुनैपनि व्यक्तिलाई उसको क्षमताभन्दा बढी कष्ट दिदैनौं । र हाम्रो साथमा यस्तो किताब छ जुन सत्य बोल्दछ र ती (मानिसहरू) माथि केही अत्याचार गरिनेछैन ।

    [63] तर उनीहरका हृदय यी (कुराहर) तिर अज्ञानतामा परिराखेका छन्, र यस बाहेक अरु कर्महर छन् जुन् कि यिनीहर गर्दै गर्नेछन् ।

    [64] तर उनीहरूका हृदय यी (कुराहरू) तिर अज्ञानतामा परिराखेका छन्, र यस बाहेक अरु कर्महरू छन् जुन् कि यिनीहरू गर्दै गर्नेछन् ।

    [65] आज विलाप नगर, निश्चय नै तिमीले हाम्रो विरुद्ध कुनै सहायता पाउने छैनौ’’ ।

    [66] मेरा आयतहरू तिम्रो सामु पढेर सुनाइन्थे, तैपनि तिमीले उल्टै फर्किहाल्थ्यौ ।

    [67] अकडका साथ र बकवास गर्दै त्यसलाई छाडि दिन्थ्यौ ।

    [68] के उनीहरूले यस कुरामाथि ध्यानै दिएनन् ? वा उनीहरू नजिक त्यो आयो जुन उनको बाबु बाजे नजिक आएको थिएन

    [69] वा यिनीहरूले आफ्नो पैगम्बरलाई चिनेनन् यसकारण उसलाई मान्दैनन् ।

    [70] वा यो भन्छन् कि यो उन्मादी हो । जबकि उसले उनीहरूको सामु सत्य कुरा लिएर आएको छ । हो, उनीहरूमध्ये अधिकांशलाई सत्य अप्रिय छ ।

    [71] यदि सत्य, उनीहरूको इच्छाको पछि– पछि हिँड्ने भएको भए समस्त आकाश र धर्ती र जे जति उनीहरूको बीचमा छ, सबैमा विगार उत्पन्न भइहाल्ने थियो । होइन, बरु सत्य यो हो कि हामीले उनीहरूको सामु उनीहरूको (भागको) उपदेश पुर्याइदिएका छौं । तर उनीहरू आफ्नो उपदेशबाट मुख फर्काइरहेका छन् ।

    [72] के तपाईले उनीहरूसित केही पारिश्रमिक माँगी रहनुभएको छ ? यादराख्नुस् तपाईको स्वामीबाट प्रदान गरिएको कुरा नै उत्तम छ र त्यो सबभन्दा राम्रो जीविका प्रदान गर्नेवाला हो ।

    [73] र वास्तवमा तपाईले उनीहरूलाई सोझो मार्गमा बोलाइरहनु भएको छ ।

    [74] निश्चितरूपले जुन मानिसहरू आखिरतमाथि आस्था राख्दैनन् उनीहरू यस मार्गबाट विचलित भई हिड्नेवाला छन् ।

    [75] र यदि हामीले उनीहरमाथि दया गथ्र्यौ र उनीहरको कष्ट हटायांै भने उनीहर आफ्नो अट्टेरीपनामा अरु बहकी रहनेछन् ।

    [76] यद्यपि हामीले उनीहरूलाई यातनामा समात्यौं तैपनि उनीहरू न आफ्नो पालनकर्ताको अगाडि नतमस्तक भए नत उनीहरू याचना नै गरे ।

    [77] यहाँसम्म कि हामीले जब उनीहरूमाथि तीव्र सजायको ढोका खोलिदियौं तब त्यसबेला उनीहरू निराश भइहाले ।

    [78] र त्यही अल्लाह हो जसले तिम्रो लागि कान र आँखाहरू तथा हृदयहरू बनायो । तर तिमीले थोरै कृतज्ञता प्रकट गर्दछौ ।

    [79] र उही त हो जसले तिमीलाई सृष्टि गरेर पृथ्वीमा फैलाइदियो र उसैतिर तिमी एकत्रित गरिने छौ ।

    [80] र उही हो जसले जीवन प्रदान गर्दछ, र मृत्यु दिन्छ र एकपछि अर्को आउने रात र दिन उसैको अधिकारमा छ, के तिमीले बुझ्दैनौ

    [81] कुरा यो छ कि जुन कुरा अघिकाले भन्दथे, उस्तै प्रकारको कुरा यिनीहरूले पनि भन्दछन् ।

    [82] (भन्दछन्ः) कि जब हामी मरेर माटो र हड्डीहरू भइहाल्नेछौं तै पनि के हामी फेरि उठाइने छौं र

    [83] यो वाचा हामीसित र हामीभन्दा पहिला हाम्रा बाबु बाजेहरूसित पनि हुँदै आएको छ, यो त मात्र अघिका मानिसहरूका कथाहरू हुन् ।

    [84] सोध्नुस् त जमिन, र जेजति जमिनमा छन् (सबै) कसका सम्पत्ति हुन् बताऊ यदि थाह छ

    [85] तुरुन्त जवाफ दिनेछन्ः कि अल्लाहको । भन्नुस् त्यसो भए तिमी किन उपदेश मान्दैनौ

    [86] सोध्नुस् किः सात आकाशहरूको स्वामी को हो र महान सत्तासनको मालिक को हो

    [87] उनीहरूले जवाफ दिनेछन्ः कि अल्लाह नै हो, भन्नुस् कि त्यसो भए किन डर मान्दैनौ

    [88] सोध्नुस् कि यदि तिमी जान्दछौ भने भनकि त्यो कोहो जसको हातमा हरेक कुराको आधिपत्य छ र उसले शरण दिन्छ र उसको दाँजोमा कसैले कसैलाई शरण दिन सक्दैन ।

    [89] यही जवाफ दिनेछन्ः कि अल्लाह नै हो । भन्नुस् किः त्यसो भए तिमीमाथि जादू कहाँबाट चल्छ

    [90] सत्य यो छ कि हामीले उनीहरूको सामु सत्य कुरा पुर्याइदिएका छौं र यिनीहरू निःसन्देह झूठा छन् ।

    [91] अल्लाहले नत कसैलाई छोरा बनाएको छ र नत उसको साथमा अरु कोही पूज्य छ, अन्यथा प्रत्येक पूज्यले आफ्नो सृष्टिलाई लिएर अलग अलग हिड्ने थियो, र प्रत्येक एक अर्कामाथि आक्रमण गरिहाल्थ्यो । महान र उच्च छ अल्लाह ती कुराहरूबाट जुन उनीहरूले वर्णन गर्छन ।

    [92] ऊ लुकेको र प्रकट कुरा जान्दछ र जो उसको साथमा अन्यलाई साझेदार ठहराउँदछन् त्यसभन्दा ऊ उच्च छ ।

    [93] (हे मुहम्मद !) तपाईले प्रार्थना गर्नुस् कि हे पालनकर्ता ! जुन (सजाय) को वचन यिनीहरूसित भएको छ, यदि तिमीले मेरो जिन्दगीमा नै उनीहरूमाथि उतारेर देखाउँछौ ।

    [94] भने हे पालनकर्ता ! मलाई यी अत्याचारीहरूको समूहमा शम्मिलित नगर्नु ।

    [95] निश्चय नै हामी यस कुराको सामथ्र्य राख्दछौं कि हामीले उनीहरूसित जुन वचन गरिराखेका छौं त्यो तपाईलाई देखाइहालौं ।

    [96] र नराम्रो कुराको उत्तरमा यस्तो कुरा भन जुनकि धेरै राम्रो होस् यिनीहरूले जेजति वर्णन गर्छन हामीलाई सबै थाहा छ ।

    [97] र भन्नुस् हे पालनकर्ता म शैतानहरूको उकसाहटबाट तिम्रो शरण चाहन्छु ।

    [98] हे पालनकर्ता ! यसकारण पनि तिम्रो शरण माँग्दछु ताकि तिनीहरू मेरो सामु उपस्थित नहोउन् ।

    [99] यहाँसम्म कि जब उनीबाट कसैको मृत्यु नजिक हुन्छ त भन्छन्ः मेरो पालनकर्ता मलाई फर्काइदेऊ ।

    [100] ताकि जुन (संसार)लाई म छोडेर आएको छु त्यसमा म राम्रो काम गरूँ, कदापि यस्तो हुनेछैन । यो त खाली एउटा कुरा हो जुन उसले भन्नेछ (त्यो पूरा हुनेछैन) र उनीहरूको पछाडि एक प्रकारको पर्दा छ, त्यो दिनसम्म जबकि पुनः उठाइनेछन् ।

    [101] अनि जब सूर फूँकिन्छ, तब त्यहाँ तिनीहरूमा नत रिश्ता, नातेदारी रहनेछ नत एक अर्काबीच सोधपूछ ।

    [102] जसको कर्मको भार गर्हुङ्गो हुनेछ, उनीहरू सफलता प्राप्त गर्नेछन् ।

    [103] र जसको भार हर्लुङ्गो हुनेछ, उनीहरू त्यस्ता मानिस हुन् जसले आफूलाई हानिमा पारे, सधैंको लागि नर्कमा रहनेछन् ।

    [104] आगोले उनीहरूको अनुहारलाई पोलिरहने छ, र त्यसमा उनीहरूको अनुहार विकृत भइराखेका हुन्छन् ।

    [105] के तिम्रो अगाडी मेरा आयतहरू पढेर सुनाइन्नथे ? र तैपनि तिमीले तिनलाई झूठो मान्थ्यो ।

    [106] (तिनीहरू) भन्नेछन, हे हाम्रो पालनकर्ता । हाम्रो दुर्भाग्य हामीमाथि प्रभावित भयो र हामी पथविचलित मानिस थियौं ।

    [107] हे हाम्रो पालनकर्ता ! हामीलाई यहाँबाट मुक्ति देऊ अनि यदि तैपनि हामीले पुनः यस्तो गर्छौं भने निश्चय नै हामी अत्याचारी हुनेछौं ।

    [108] अल्लाहबाट आदेश हुनेछ, कि यसैमा तिरस्कृत भई बसिराख र मसित कुरा नगर ।

    [109] मेरा भक्तहरूमा केही यस्ता मानिसहरू थिए जसले भन्दैथिएः कि हे हाम्रो पालनकर्ता हामीहरूले ईमान ल्याइसकेका छौं तिमीले हामीलाई क्षमा गरिदेऊ, र हामीमाथि दया गर र तिमी सबैभन्दा राम्रो दया गर्नेवाला हौ ।

    [110] तर तिमीले उनको उपहास गर्यौ, यहाँसम्म कि उनको कारण तिमीले मेरो सम्झना पनि बिर्सिहाल्यौ र तिमीेले उनीमाथि हाँस्दै गर्यौ ।

    [111] आज मैले उनीहरूको धैर्यको प्रतिफल प्रदान गरेकोछु । उनीहरू आफ्नो लक्ष्य प्राप्त गरेका छन् ।

    [112] अल्लाह सोध्नेछः कि तिमी धर्तीमा कति वर्ष बस्यौ

    [113] उनीहरूले भन्नेछन् कि हामी एक दिन वा एकदिनभन्दा पनि कम बस्यौं । गणना गर्नेवालाहरूसित सोधिहाल्नुस् ।

    [114] अल्लाहले भन्नेछः कि (त्यहाँ) तिमी साह्रै नै कम बस्यौं । कति राम्रो हुनेथियो यदि तिमीले जानेको भए ।

    [115] के तिमीले यो ठानेका छौ, कि हामीले तिमीलाई व्यर्थमा सृष्टि गरेका छौं र यो कि तिमीलाई हामीतिर फर्काइनेछैन

    [116] अल्लाह, सच्चा सम्राट हो ऊ धेरै उच्च छ । उसबाहेक कोही अन्य सत्य पूज्य छैन, उही स्वामी हो, महिमाशाली सिंहासनको ।

    [117] जोसुकै व्यक्तिले अल्लाहको साथमा कुनै अर्को पूज्यलाई पुकार्दछ, जसको बारेमा उसको साथमा कुनै प्रमाण छैन, त उसको हिसाब उसको पालनकर्तासित छ । निश्चय नै अवज्ञाकारीहरू कहिल्यै सफल हुने छैनन् ।

    [118] र भन्नुस् कि हे मेरो पालनकर्ता ! मलाई क्षमा गरिदिनुस् र दया गर्नुस् तिमी सबैभन्दा राम्रो दया गर्नेवाला हौ ।

    Surah 24
    अन–नूर

    [1] यो एउटा सूरः हो जसलाई हामीले अवतरित गरेका छौं र यसलाई हामीले अनिवार्य गरेका छौं, र यसमा हामीले स्पष्ट आयतहरू अवतरित गरेका छौं, ताकि तिमीले शिक्षा ग्रहण गर ।

    [2] व्यभिचारिणी र व्यभिचारी, स्त्री, पुरुष यी दुवैलाई सय–सय कोर्रा हान र अल्लाहको धर्मको विषयमा तिमीलाई दया नआओस्, यदि तिमी अल्लाह र अन्तिम दिनलाई मान्दछौ, र उनीहरूलाई दण्ड दिने बेलामा मुस्लिमहरूको एक समूह त्यहाँ उपस्थित हुनुपर्छ ।

    [3] व्यभिचारी मानिस कुनै व्यभिचारिणी वा बहुदेववादी (मुश्रिक) स्त्रीसित नै विवाहको सम्बन्ध जोड्दछ, र यसैप्रकार व्यभिचारिणी स्त्री कुनै व्यभिचारी वा बहुदेववादी पुरुषसंग मात्र आफ्नो विवाहको सम्बन्ध जोड्दछे, र मोमिनहरूको लागि यी दुबै हराम गरिदिइएका छन् ।

    [4] र जुन मानिसहरूले सच्चरित्र र पवित्र स्त्रीहरूमाथि व्यभिचारको दोषारोपण गर्दछन् अनि चारजना साक्षीहरू जुटाउन सक्दैनन् भने उनीहरूलाई अस्सी कोर्रा हान, र उनीहरूलाई साक्षीको रूपमा कहिल्यै स्वीकार नगर, तिनै हुन् जो अवज्ञाकारी छन् ।

    [5] तर ती मानिसहरू जसले यस पश्चात तौबा (प्रायश्चित) गर्दछन् र सुधार गर्छन । त अल्लाह धेरै क्षमाशील अत्यन्त दयावान छ ।

    [6] र जुन मानिसहरू आफ्नो श्रीमतीमाथि व्यभिचारको दोषारोपण गर्दछन् र उनीहरूको सामु स्वयम् उनीहरू बाहेक साक्षीहरू छैनन् भने, उनीहरूमध्येबाट एउटाले (पति) चार पटक अल्लाहको शपथ खाएर यो गवाही देओस् कि त्यो बिल्कुलै सत्य छ ।

    [7] र पाँचौं पटक गवाही देओस् कि यदि त्यो असत्य भए त्यसमाथि अल्लाहको तिरस्कार होस् ।

    [8] र पत्नीबाट पनि यो कुराले सजाय हटाउन सकिन्छ, कि त्यसले चार पटक अल्लाहको शपथ खाएर गवाही देओस् कि उसको पति झूठ बोल्दछ ।

    [9] र पाँचौं पटक यो भनोस्ः कि उसमाथि (स्त्रीमाथि) अल्लाहको प्रकोप होस् यदि उसको (पति) सत्य छ भने ।

    [10] यदि तिमीमाथि अल्लाहको कृपा र दया नभएको भए (तिमी संकटमा परिहाल्थ्यौ) र अल्लाह तौबा (प्रयश्चित) स्वीकार गर्नेवाला अत्यन्त सूक्ष्मदर्शी छ ।

    [11] जुन मानिसहरूले यो ठूलो लान्छना रचेका छन् उनीहरू पनि तिमीमध्येको एउटा समूह हुन् । तिमीले त्यसलाई आफ्नो निम्ति नराम्रो नठान, बरु त्यो त तिम्रो निम्ति राम्रै छ, तर तिनीहरूमध्ये प्रत्येकको निम्ति त्यति नै पापको भाग छ जति पाप उसले गरेको छ, र उनीहरूमध्येबाट जुन व्यक्तिले उसको ठूलो भाग आफूले सम्पन्न गरेको छ उसको निम्ति ठूलो सजाय पनि छ ।

    [12] यो सुन्ने वित्तिकै मोमिन पुरुष र महिलाले किन आफ्नो हृदयमा राम्रो ठानेनन् र किन भनेनन् कि यो त स्पष्टरूपले आक्षेप हो

    [13] यो असत्य कुरा (रच्ने) मानिसहरू आफ्नो कुराको (वास्तविकताको) निम्ति चारजना साक्षी किन ल्याएनन्, र जब यिनले साक्षी ल्याउन सकेनन् त यी दोषारोपण गर्नेहरू अल्लाहको नजिक झूठा हुन् ।

    [14] यदि दुनियाँ र आखिरतमा तिमीमाथि अल्लाहको कृपा र दया नभएको भए, निःसन्देह, जुन काममा तिमीहरू लागेका थियौं, त्यसको कारणले तिमीमाथि ठूलो सजाय अवतरित हुने थियो ।

    [15] जब तिमी एक अर्कासित त्यस (झूठ) लाई आफ्नो मुखले चर्चा परिचर्चा गरिराखेका थियौ र तिमी आफ्नो मुखबाट त्यो सबै कुरा भन्दै गइराखेका थियौ, जसको विषयमा तिमीलाई कुनै ज्ञान थिएन र यद्यपि तिमीले त्यसलाई एउटा साधारण कुरा ठानिराखेका थियौ, तर अल्लाहको निकट, त्यो एउटा गम्भीर कुरो थियो ।

    [16] तिमीले त्यस्तो कुरा सुन्ने वित्तिकै किन भनेनौ कि हामीलाई उचित छैनकि हामी यस्ता कुरा मुखबाट निकालौं । महान र उच्च हौ, तिमी हे अल्लाह ! यो त एउटा ठूलो दोषारोपण हो

    [17] अल्लाहले तिमीलाई उपदेश गर्दछ कि पुनः कहिल्यै त्यसो नगर्नु यदि तिमी मोमिन हौ भने ।

    [18] अल्लाहले आफ्नो आयतहरूलाई तिम्रो सामु स्पष्टरूपले वर्णन गर्दैछ । र अल्लाह त सर्वज्ञ सूक्ष्मदर्शी छ ।

    [19] जुन मानिसहरूले मुस्लिमहरूमा अश्लीलता (निर्लज्जता) फैलाउन चाहन्छन् उनीहरूको निम्ति दुनियाँ र आखिरतमा (लोक–परलोकमा) दुखद् यातना छ । र अल्लाह सबै जान्दछ र तिमी केही जान्दैनौ ।

    [20] यदि तिमीमाथि अल्लाहको अनुग्रह र उसको दया नभएको भए र यो कि अल्लाह बडो करुणामय अत्यन्त दयावान छ । (त तिमीमाथि यातना अवतरित हुने थियो) ।

    [21] मोमिनहरू ! शैतानका पाइलाहरूमा (बाटोमा) नहिड्नु र जुन व्यक्ति शैतानको पाइलाको अनुशरण गर्दछ भने उसले त निर्लज्जताका कुराहरू र नराम्रा कामहरू नै बताउनेछ । र यदि तिमीमाथि अल्लाहको अनुग्रह र उसको दया नभएको भए तिमीमध्ये कसैले पनि पवित्रतालाई प्राप्त गर्न सक्दैनथ्यो, तर अल्लाह जसलाई पवित्र गर्न चाहन्छ गरिदिन्छ र अल्लाह सुन्नेवाला र जान्नेवाला छ ।

    [22] तिमीमध्ये जो गुणी र समाथ्र्यवान छन् उनीहरूलाई आफ्नो नातेदार, निमुखा, गरिब र अल्लाहको मार्गमा घरबार छाड्नेहरूलाई सहयोग दिनुबाट पन्छिने काम गर्नुहुँदैन, बरु उनीहरूलाई आवश्यक छ कि क्षमा गरिदेउन् र उनीहरूको त्रुटिको वास्ता नगरुन । के तिमी यो चाहदैनौं कि अल्लाहले तिमीलाई क्षमा गरोस् ? अल्लाह गल्तीहरूलाई माफी दिने अत्यन्त दयावान छ

    [23] जुन मानिसहरूले सच्चरित्रवान पवित्र, सोझी, निर्दोष र ईमानवाली स्त्रीहरूमाथि लान्छना लगाउँछन्, उनीहरूमाथि दुनियाँ र आखिरतमा तिरस्कार छ । र उनीहरूको निम्ति एउटा ठूलो यातना छ ।

    [24] (कियामतको दिन) उनीहरूका जिब्रो, हात र खुट्टा सबै उनीहरूका कर्महरूको गवाही दिनेछन् ।

    [25] त्यस दिन अल्लाहले उनीहरूलाई (कर्मको) पूरा पूरा न्यायपूर्ण प्रतिफल दिनेछ र उनीहरूलाई थाहा भइहाल्ने छ कि अल्लाह नै सत्य हो र (सत्यलाई) उही प्रकट गर्नेवाला हो ।

    [26] अपवित्र स्वास्नी मानिसहरू अपवित्र लोग्ने मानिसहरूका लागि हुन्, र अपवित्र लोग्ने मानिसहरू अपवित्र स्वास्नी मानिसहरूको निम्ति छन् र पवित्र स्वास्नी मान्छेहरू पवित्र लोग्ने मानिसहरूका लागि हुन् र पवित्र लोग्ने मानिसहरू पवित्र स्वास्नी मानिसहरूको निम्ति हुन् । यस्ता पवित्र मानिसहरूको सम्बन्धमा जुन बकवासहरू (मिथ्या दोषारोपण) गर्दैछन्, उनी यसबाट बिल्कुलै मुक्त छन् । उनको लागि क्षमा र सम्मानित आजीविका छ ।

    [27] हे मोमिनहरू ! आफ्ना घरहरू बाहेक अरुको घरमा प्रवेश नगर जबसम्म कि अनुमति प्राप्त गर्दैनौ, र त्यसमा बस्नेहरूलाई सलाम गर्नेगर । यही नै तिम्रो निम्ति उत्तम छ, यसकारण कि तिमीले ध्यानराख ।

    [28] यदि तिमीले घरमा कसैलाई उपस्थित पाउदैनौ भने जबसम्म तिमीलाई अनुमति दिइन्न, त्यसमा प्रवेश नगर, र यदि यो भनिन्छ कि फर्किहाल भने तिमी फर्किहाल, यही तिम्रो निम्ति राम्रो कुरा हो । जुन काम तिमीले गर्दछौ अल्लाह त्यो सबै जान्दछ ।

    [29] (हो) यदि तिमी कुनै यस्तो घरमा जान्छौ जसमा कोही पनि बस्दैन र त्यसमा तिम्रो सामान राखिएको वा तिमीलाई फाइदा हुन्छ भने तिमीलाई (त्यहाँ जानुमा) कुनै पाप छैन । जेजति तिमीले प्रकट गर्दछौ र जे लुकाउँछौ, अल्लाहलाई सबै थाहा छ ।

    [30] मोमिन पुरुषहरूसित भनिदिनुस् कि आफ्नो दृष्टि तल राख्ने गरुन् र गोप्याङ्गहरूको रक्षा गरुन्, यो उनीहरूको निम्ति बडो पवित्रताको कुरो हो । मानिसहरू जुन काम गर्छन, अल्लाहलाई त्यो सबै थाहा छ ।

    [31] र मोमिन स्त्रीहरूसित भनिदिनुस् कि उनीहरूले पनि आफ्ना दृष्टिहरू तल राख्ने गरुन् र आफ्नो पवित्रताको रक्षा गरुन् र आफ्नो श्रृंगार प्रकट नगरुन्, त्यसबाहेक जुन खुला रहन्छ र आफ्नो वक्षस्थललाई दुपट्टाहरूले छोपिराखुन् र आफ्नो श्रृंगार कसैलाई प्रकट नगरुन्, आफ्ना पतिहरू वा आफ्नो बुबा वा आफ्नो पतिको बुबा वा आफ्नो छोरा वा आफ्नो पतिको छोरा वा आफ्ना खासै भाइहरू वा भतिजाहरू वा आफ्ना भान्जिहरू वा आफ्नो मेलजोलका स्त्रीहरू वा जो लौंडीहरू र उनीहरूको अधीनस्थ यस्ता पुरुषहरू जसमा स्त्रीको आवश्यकता हुँदैन, वा ती बच्चाहरू जो कि स्त्रीहरूको कुरोसित परिचित हुँदैनन् तिनीहरू बाहेक । र आफ्ना खुट्टाहरू भूईंमा बजारेर नहिड्नु कि उनीहरूको लुकेको श्रृंगार थाहा भइहालोस् । र मोमिनहरू हो ! तिमी सबै अल्लाहको अगाडि प्रयश्चित गर ताकि तिमी मुक्ति पाउन सक ।

    [32] र तिमीहरूमध्ये जो स्त्री, पुरुष अविवाहित छन् उनको विवाह गरिदिने गर, र आफ्ना गुलाम र दासीहरूको पनि जो नेक छन् (निकाह गरिदेने गर) र उनीहरू यदि गरिब छन् भने अल्लाहले उनीहरूलाई आफ्नो अनुग्रहले समृद्ध गरिदिनेछ, र अल्लाह धेरै सुविधादाता सर्वज्ञ छ ।

    [33] र जसले विवाहको अवसर पाइराखेका छैनन् उनीहरूले सच्चरित्र रहनु आवश्यक छ । यहाँसम्म कि अल्लाहले आफ्नो अनुग्रहबाट उनीहरूलाई समृद्ध गरिहालोस् । र तिम्रो दासहरूमध्ये जसले तिमीलाई केही दिएर स्वतन्त्र भएको लिखत गराउन चाहन्छ, भने तिमी उनीहरूलाई भद्र र नेक पाउँछौ भने उनीहरूसित मुकातबत् (मालिक र दासबीच स्वतन्त्रता सम्बन्धी सम्झौता) गरिहाल र अल्लाहले जुन सम्पति तिमीलाई प्रदान गरेको छ त्यसमध्येबाट उनीहरूलाई पनि देऊ र आफ्नो दासीहरूलाई यदि उनीहरू पवित्र रहन चाहन्छिन्, भने सांसारिक जीवनको फाइदा प्राप्त गर्नुको निम्ति उनीहरूलाई व्यभिचारको लागि बाध्य नगर्नु । र जसले उनलाई बाध्य गर्नेछ । त निश्चय नै उनीहरूलाई बाध्य गरिए पश्चात अल्लाहले उनीहरूको यस गल्तीको लागि क्षमा प्रदान गर्नेवाला छ ।

    [34] हामीले तिमीतिर स्पष्ट आयतहरू उतारेका छौं, र जुन मानिसहरू तिमीभन्दा अगाडि गुज्रिसकेका छन्, उनीहरूका दृष्टान्त र संयमीहरूको निम्ति नसिहत (चेतावनी) ।

    [35] अल्लाह आकाशहरू, र धरतीहरूको प्रकाश हो । उसको प्रकाशको उदाहरण यस्तो छ कि एउटा खोपा छ, जसमा टुक्की छ र टुक्की एउटा शीशाको बट्टामा छ, र शीशा यस्तो सफा सुग्घर छ कि चम्किराखेको तारा जस्तै होस् । त्यो दियो जो पवित्र जैतूनको रुखको तेलबाट बालिन्छ, जुन रुख न पूर्वतिर छ न पश्चिमतिर छ । (यस्तो प्रतीत हुन्छ कि) त्यसको तेल चाहे आगोले त्यसलाई नछोएपनि, बल्नलाई तयार छ । प्रकाशमाथि प्रकाश छ । अल्लाहले आफ्नो प्रकाशतर्फ जसलाई चाहन्छ सोझो बाटो देखाउँछ । र अल्लाह मानिसहरूको लागि उदाहरणहरू वर्णन गर्दछ । र अल्लाह प्रत्येक कुरोको अवस्था जान्दछ ।

    [36] ती घरहरूमा जसलाई उच्च बनाउन र (त्यहाँ) आफ्नो स्तुति गर्न अल्लाहको हुकुम भएको छ त्यहाँ बिहान र साँझ उसको गुणगान (सुब्हानल्लाह) गरिरहन्छन् ।

    [37] यस्ता मानिसहरू जसलाई अल्लाहको स्मरणबाट, नमाज पढ्न र जकात दिनुबाट नत व्यापारले अल्छी बनाउँछ र नत क्रय–विक्रयले, उनीहरू त्यस दिनसित डर्छन्, जुन दिन अनेक हृदय र आँखाहरू उलट–पलट भइहाल्नेछन् ।

    [38] यस इच्छाले कि अल्लाहले उनीहरूलाई उनीहरूको कर्महरूको धेरै राम्रो फल देओस् र आफ्नो कृपाले केही बढी पनि प्रदान गरोस् र अल्लाहले जसलाई चाहन्छ त्यसलाई असीमित जीविका प्रदान गर्दछ ।

    [39] र जुन मानिसहरूले कुफ्र गरे, उनीहरूका कर्महरूको उदाहरण यस्तो छ जस्तै निर्जन मैदानमा बालुवाको कण, कि तिर्खाएकोले पानी सम्झोस् । यहाँसम्म कि जब उसको सामु आउँछ, त त्यसले केही पनि पाउँदैन र अल्लाहलाई नै आफ्नो निकट देख्दछ जसले उसलाई उसको हिसाब पूरापूर चुक्ता गरिदिन्छ । र अल्लाह शीघ्र हिसाब गर्नेवाला छ ।

    [40] वा ती गहिरो समुन्द्री अँध्यारो जस्तो छ जसमाथि तरङ्गहरूले छोपिराखेका छन् उसमाथि बादलले ढाकी राखेको छ, अर्थात अँध्यारो नै अँध्यारो छ एउटामाथि अर्को । जब आफ्नो हात निकालोस् त केही देख्न नसकोस् । र (कुरो यो छ कि) जसलाई अल्लाहले नै प्रकाश दिंदैन उसलाई कतैबाट पनि प्रकाश प्राप्त हुनसक्दैन ।

    [41] के तिमीले देखेनौ, कि आकाश र पृथ्वीका सबै प्राणी र पखेटा फिंजाएर उड्ने सबै पंछी पनि अल्लाहको स्तुतिमा व्यस्त छन् सबैको नमाज र स्तुति उसलाई थाहा छ । र मानिसहरू जे गर्दछन् सबै अल्लाहलाई थाहा छ ।

    [42] र आकाश र पृथ्वीको सत्ता अल्लाहकै हो र अल्लाहतिरै फर्केर जानुपर्नेछ ।

    [43] के तपाईले देख्नु भएन कि अल्लाह बादलहरूलाई चलाउँछ । फेरि उनीहरूलाई परस्पर मिलाउँछ र फेरि त्यसलाई पत्रपत्रमा पारिदन्छ, फेरि तपाई देख्नुहुन्छ कि बादलबाट पानी निस्कि वृष्टि भइराखेको छ, र आकाशतिरबाट असिनाका पहाडबाट उसैले असिनाहरू खसाल्छ, अनि जसमाथि चाहन्छ, त्यसमाथि खसाल्छ र जसबाट चाहन्छ त्यसलाई हटाइदिन्छ । बादलबाटै निस्कने चट्याङ्गको चमक यस्तो हुन्छ कि आँखाको ज्योति नै खोसिदिनेछ ।

    [44] अल्लाहले नै राती र दिनलाई फेर्दछ । निश्चय नै देख्ने आँखाहरूका निम्ति यसमा ठूलो शिक्षा छ ।

    [45] अल्लाहले हरेक जीवधारीलाई पानीबाट सृष्टि गरेको छ, तिनीहरूमध्ये कुनै यस्ता छन् जुनकि घिस्रिएर हिंड्छन् र कुनै दुईखुट्टा टेकि हिड्छन्, कुनै उनीहरूमध्ये चारखुट्टा टेकि हिड्छन्, अल्लाहले जे चाहन्छ सृष्टि गर्दछ । निःसन्देह अल्लाह हरेक चीजमाथि सामथ्र्यवान छ ।

    [46] कुनै संदेह र शंका बेगैर हामीले नै स्पष्ट आयतहरू अवतरित गरेका हौं र अल्लाहले जसलाई चाहन्छ सोझो बाटोतिर मार्गदर्शन गर्दछ ।

    [47] र (केही) भन्छन् कि हामीले अल्लाह र रसूलमाथि ईमान ल्यायौं र आज्ञाकारी भयौं फेरि त्यस पश्चात उनीहरूमध्ये एउटा समूह विमुख भइहाल्छ । यी मानिसहरू ईमानवाला हुँदैहैनन् ।

    [48] र जब उनीहरूलाई यस विषयको लागि बोलाइन्छ, कि अल्लाहका रसूलले उनीहरूको बीचको विवादमा फैसला गरिदेउन् तब उनीहरूमध्ये एउटा समूह विमुख भइहाल्छ ।

    [49] किन्तु यदि उनीहरूलाई कुनै लाभ प्राप्त हुनेवाला छ भने त्यसतर्फ बड़ो आज्ञाकारी भएर आइहाल्छन् ।

    [50] के उनीहरूको हृदयमा रोग छ ? वा यिनीहरू शंका र सन्देहमा छन् ? वा उनलाई यस कुराको भय छ कि उनीहरूमाथि अल्लाह र उसको रसूलले अन्याय गर्नेछन् ? (होइन), बरु यिनीहरू स्वयम् ठूलो अत्याचारी हुन् ।

    [51] मोमिनको कुरा त यो हुन्छ कि जब तिनलाई अल्लाह र उसको रसुलतिर बोलाइन्छ, कि अल्लाह र उसको रसूलले उनीहरूको बीचमा फैसला गरिदिउन् त भन्छन्ः कि हामीले (आदेश) सुनिहाल्यौं र मानिहाल्यौं, र यिनै मानिसहरू सफलता प्राप्त गर्नेवाला हुन् ।

    [52] र जुन व्यक्तिले अल्लाह र उसको रसुलको आज्ञापालन गर्नेछ र अल्लाहसित डर मान्नेछ तिनैले मुक्ति प्राप्त गर्नेवाला हुन् ।

    [53] बडो दृढतापूर्वक अल्लाहको शपथ लिएर भन्दछन् कि तपाईको आदेश हुने वित्तिकै (सबै घरहरूबाट) निस्किहाल्छन्, भनिदिनुस् कि शपथ नखाऊ । तिम्रो आज्ञापालनको (वास्तविकता) थाहा छ । जे तिमी गर्दछौ अल्लाह तिम्रा सबै कुराहरूबाट अवगत छ ।

    [54] भनिदिनुस् कीः अल्लाहको आज्ञापालना गर र रसूलको आदेशको अनुशरण गर । यदि तिमी विमुख हुन्छौ भने रसूलको जिम्मामा त्यति मात्र छ जति उहाँलाई भनिएको छ । र तिमीमाथि त्यसको जवाफदेही छ जुन तिम्रो जिम्मा छ । र यदि रसूलको आदेश अनुसार हिंड्ने छौ भने सिधा मार्ग प्राप्त हुनेछ । र रसूलको जिम्मामा त स्पष्टरूपले (आदेशलाई) पुर्याइदिने सम्म मात्र हो ।

    [55] अल्लाहले तिमीहरूमध्ये ती मानिसहरूसित, जसले ईमान ल्याए र असल कर्म गरे, वचन दिएको छः कि उसले उनीहरूलाई धर्तीमा अवश्य नै सत्ताधिकार प्रदान गर्नेछ, जसरी उसले उनीहरूभन्दा अगाडिका मानिसहरूलाई सत्ताधिकार प्रदान गरेको थियो र उनीहरूको धर्मलाई जुन उनीहरूको निम्ति रुचाएको छ त्यसलाई दृढ र बलियो बनाउनेछ, र निश्चय नै उनीहरूको वर्तमान भयको बदलामा उसले उनीहरूलाई शान्ति प्रदान गराउने छ । उनीहरूले मेरो अराधना गर्नेछन्, (र) मेरो साथमा कसैको साझेदारी ठहराउँने छैनन् र जसले यस पश्चात पनि कृतध्नता र कुफ्र गर्दछन् तिनी निश्चितरूपले अवज्ञाकारी हुन् ।

    [56] र नमाज पढिराख र जकात दिइराख र अल्लाहको पैगÞम्बरको आदेश अनुसार हिंड्ने गर ताकि तिमीमाथि कृपा गरियोस् ।

    [57] काफिरहरू यस्तो कहिले नठानुन् कि उनीहरू हामीलाई जमिनमा हराउने छन् (नियन्त्रित गर्नेछन्), यिनीहरूको बासस्थान त नर्क नै हो र त्यो साह्रै नराम्रो बासस्थान हो ।

    [58] हे मोमिनहरू ! तिमीमध्येका तिम्रा दास, दासीहरू र नाबालकहरूको लागि आवश्यक छ कि तीन समयहरूमा तिमीसित अनुमति लिइहालुन् प्रभातकालिन नमाजे फज्रभन्दा अगाडि, र जब दिउँसो तिमीले आरामको निम्ति आफ्ना लुगाहरू फुकाइदिन्छौ, र (तेस्रो) इशाको नमाज पश्चात । (यी) तीन समय तिम्रो एकान्त र पर्दाका हुन् । यी समय बाहेक (अन्य समयहरूमा) न तिमीमाथि कुनै दोष छ र न उनीहरू माथि । जुन कि (कामको लागि) एक अर्काको पासमा आइरहन्छौ । यसप्रकार अल्लाहले आफ्नो आयतहरूलाई स्पष्टरूपले वर्णन गर्दछ र अल्लाह राम्ररी जान्नेवाला, सूक्ष्मदर्शी छ ।

    [59] र जब तिम्रो बच्चाहरू युवावस्था प्राप्त गर्दछन् तब उनीहरूलाई आवश्यक छ कि अनुमति लिएर (तिम्रो कोठामा) प्रवेश गर्ने गरुन् जुनप्रकारले उनीहरूभन्दा अगाडिका मानिसहरूले अनुमति लिंदै गरेका थिए । यसप्रकार अल्लाहले तिम्रो निम्ति आफ्ना आयतहरू स्पष्ट पार्दछ । अल्लाह राम्ररी जान्नेवाला, सूक्ष्मदर्शी छ ।

    [60] र ठूलो उमेरकी स्त्रीहरू जसलाई विवाहको आशा र इच्छा छैन, र उनीहरूले लुगा फुकाएर टाउको खुला गर्ने गर्दछिन् भने उनीहरूमाथि कुनै दोष छैन, तर यस शर्तमा कि उनीहरूले आफ्नो श्रृंगारको प्रदर्शन गर्ने होइनन् । तैपनि यदि यसबाट पनि सावधानी राख्छिन भने (यो) उनीहरूको निम्ति राम्रो हुन्छ र अल्लाह राम्ररी सुन्दछ, जान्दछ ।

    [61] अन्धाको लागि, लङ्गडोको लागि र रोगीको लागि र तिम्रो आफैको निम्ति कुनै दोष छैन कि आफ्ना घरहरूबाट खान्छौ वा आफ्नो पिताहरूका घरहरूबाट वा आफ्नो आमाको घरबाट वा आफनो दाइभाइहरूका घरहरूबाट वा आफ्नो दिदी बहिनीहरूका घरहरूबाट वा आफ्नो काकाहरूका घरहरूबाट वा आफ्नो फुपूmहरूका घरबाट वा आफ्नो मामाहरूका घरहरूबाट वा आफ्नो (खालाहरू) आमाको दिदी बहिनीहरूका घरहरूबाट वा जसको साँचोहरूको तिमी स्वामी भएका छौ वा आफ्नो मित्रहरूकहाँ, यस कुरामा तिमीलाई कुनै दोष छैन, कि तिमी मिलीजुली खान्छौ, अथवा अलग–अलग । र जब तिमी घरहरूमा प्रवेश गर्दछौ, तब आफ्ना घरवालाहरूलाई सलाम गर्नेगर । (यो) अल्लाहको तर्फबाट प्रदान अत्यन्त फाइदावाला पवित्र उपहार हो । यसप्रकार स्पष्टरूपले आफ्नो पवित्र वाणीलाई अल्लाहले वर्णन गर्दछ ताकि तिमी बुद्धिले काम लेऊ ।

    [62] मोमिन त ती नै हुन् जसले अल्लाह र उसको रसूलमा पूर्ण विश्वास गर्दछन् । र जब कुनै सामूहिक विषयको लागि एकत्रित हुन्छन्, तब उनीसित अनुमति न लिइकन कहिंपनि गइहाल्दैनन् । हे पैगम्बर ! जुन मानिसहरू तिमीसित अनुमति प्राप्त गर्दछन् ती नै अल्लाह र त्यसको रसूलमा विश्वास गर्नेहरू हुन्छन् । तसर्थ जब यिनीहरू तिमीसित कुनै कामको लागि अनुमति चाहन्छन्, त्यस वखत तिनीहरूमध्ये जसलाई चाहन्छौ, अनुमति दिने गर र उनीहरूको लागि अल्लाहसँग क्षमाको प्रार्थना गर्नेगर । निःसन्देह अल्लाह बडो क्षमाशील, अत्यन्त दयावान छ ।

    [63] मोमिनहरू ! तिमीहरूले अल्लाहको रसूलले बोलाएकोलाई तिमी आपसमा एक अर्कालाई बोलाए जस्तो नठान । निःसन्देह अल्लाहलाई ती मानिसहरूबारे थाहा छ, जो तिमीहरूमध्ये आँखा छलेर बेवास्ता गरी गोप्यरूपले हिंडिहाल्छन्, हेर जसले उनको आदेशको अवहेलना गर्दछन्, उनीहरूलाई तर्सनुपर्छ कि कहीं यस्तो नहोस्, कि उनीहरूमाथि कुनै ठूलो विपत्ति आइपरोस् अथवा उनीहरूमाथि कुनै दुःखद् यातना आइलागोस् ।

    [64] (हेर) ! सावधान रहनु जे जति आकाशहरू र पृथ्वीमा छ, सबै अल्लाह कै हो । जुन (अवस्थामा) तिमी छौ, त्यो उसलाई राम्ररी थाहा छ र जुन दिन मानिसहरू उसतिर फर्काइनेछन्, त उनीहरूले जेजति गर्दछन् त्यसबारे उसले उनीहरूलाई अवगत गराउने छ र अल्लाह प्रत्येक कुरा जान्दछ ।

    Surah 25
    अल–फुरकान

    [1] बडो बरकतवाला छ त्यो अल्लाह जसले यो ‘‘फुर्कान’’ आफ्नो भक्तमाथि अवतरित गर्यो, ताकि संसारका मानिसहरूलाई डराउन सकोस् ।

    [2] उही अल्लाहको सत्ता छ आकाशहरू र धर्तीमा र उसको नकुनै सन्तान छ र नत सत्तामा उसको कोही साझेदार छ । त्यसले प्रत्येक वस्तुलाई सृष्टि गर्यो, र त्यसलाई ठीक क्रममा व्यवस्थित गर्यो ।

    [3] तिनीहरूले अल्लाह बाहेक अरुलाई पूज्य बनाएका छन्, जसले कुनै कुराको सृष्टि गर्दैनन्, बरु तिनीहरू स्वयम् सृष्टि गरिएका छन् ! उनीहरूलाई नत आफ्नो हानिको अधिकार प्राप्त छ नत लाभको । र उनीहरूलाई नत मृत्युको अधिकार प्राप्त छ नत जीवनको । र नत पुनः जीवित भई उठ्ने कुराको ।

    [4] र काफिरहरूले भन्दछन्ः कि यो (कुरआन) त उनैले बनाएको मनगढन्त कुरा हो, र अन्य मानिसहरूले यस काममा उसको सहायता गरेका हुन् । यी मानिसहरू वास्तवमा ठूलो अत्याचार र झूठको धरातलमा झरी सकेका छन् ।

    [5] र यो पनि भन्दछन्ः कि यो त अघिका मानिसहरूका कथाहरू हुन, जसलाई उसले लेखाइराखेको छ बस उही बिहान साँझ उनीहरू अगाडि पढेर सुनाइन्छ ।

    [6] भनिदिनुस् त्यसलाई त उसले अवतरित गरेको छ, जो आकाशहरू र धर्तीमा लुकेका सबै कुरा जान्दछ । निःसन्देह ऊ बडो, क्षमाशिल, अत्यन्त दयावान छ ।

    [7] र उनीहरू भन्दछन्ः कि यो कस्तो पैगम्बर हो जसले कि खाना खान्छ र बजारहरूमा हिड्डुल गर्दछ । यसको नजिक (हिदायतको निम्ति) कुनै स्वर्गदूत किन पठाइदैन कि ऊ पनि यसको साथ लागेर डराउनेवाला बन्थ्यो ।

    [8] वा यसतिर कुनै खजाना पठाइन्थ्यो वा यसको कुनै बगैचा हुन्थ्यो जसबाट खान्थ्यो, र ती अत्याचारिहरूले भन्दछन्ः कि तिमी त यस्तो व्यक्तिको पछाडि हिँडिराखेका छौ जो जादूबाट प्रभावित छ ।

    [9] हेर्नुस् त ! यिनीहरूले तपाईको बारेमा कस्ता कस्ता कुरा गर्दछन् । तसर्थ त्यसबाट यिनीहरू आफै पथविचलित भइरहेका छन् र कुनै हालतमा सही मार्ग प्राप्त गर्न सक्तैनन् ।

    [10] अल्लाह धेरै बरकतावाला छ, जसले यदि चाहेको भए तपाईलाई यिनीहरूले भनेको भन्दा राम्रा बगैचाहरू प्रदान गर्दथ्यो जसमुनि नहरहरू बगिराखेका हुन्छन् र तपाईको निम्ति महल पनि बनाइदिने थियो ।

    [11] कुरो यो छ कि यिनीहरूले त कियामतलाई नै झूठो भनिराखेका छन् । र हामीले कियामतलाई झूठो भन्नेहरूको निम्ति नर्कमा आगो तयार राखेका छौं ।

    [12] जब त्यसले (नर्कले) उनीहरूलाई टाढाबाट देख्नेछ, तब यिनीहरूले उसको भयङ्कर रिसको चित्कार सुन्नेछन् ।

    [13] र जब यिनीहरू नर्कको कुनै साङ्गुरो ठाउँमा जंजीरमा हात पछाडि बाँधिएर फालिनेछन् तब (यिनीहरूले) त्यहाँ आफ्नो लागि मृत्युलाई पुकारने छन् ।

    [14] (उनी सित भनिनेछ) आज एउटा मृत्युलाई मात्र न पुकार, धेरै मृत्युहरूलाई पुकार ।

    [15] तपाई भनिदिनुस् ! कि के यो उत्तम हो वा त्योे सधैंको जन्नत (स्वर्ग), जसको आत्मसंयमिहरूसित वाचा गरिएको छ । जो उनीहरूको (कर्मको) प्रतिफल हो र उनीहरूले बस्ने स्थान हुनेछ ।

    [16] (त्यहाँ) तिनीहरू जे चाहन्छन्, उनीहरूको निम्ति त्यो उपलब्ध हुनेछ, सधैं त्यसमा बास गर्नेछन् । यो तिम्रो पालनकर्ताको जिम्मा यस्तो वचन हो जुन प्रार्थनीय छ ।

    [17] र जुन दिन अल्लाहले यिनीहरूलाई र अल्लाह बाहेक यिनीहरूले जसको पूजा गर्दछन्, एकत्रित गरेर सोध्नेछ, कि के तिमीले मेरा यी सृष्टिहरूलाई विचलित गरेका थियौ वा यिनीहरू स्वयम् मार्गविचलित भएका थिए

    [18] उनीहरूले जवाफ दिनेछन्ः कि पवित्र छौ तिमी, हामीलाई यो कुरा उचित थिएन कि तिमीलाई छाडी अरु कसैलाई पक्षधर (स्रष्टा) बनाऔं, कुरो यो छ कि तिमीले नै उनीहरूलाई र उनीहरूका बाबु बाजेलाई अत्यधिक सुख सामग्री प्रदान गर्यौ यहाँसम्म कि उनीहरूले तिम्रो उपदेशलाई बिर्सिदिए र यिनीहरू नष्ट हुनेहरू नै थिए ।

    [19] (काफिरहरू !) उनीहरूले त तिमीलाई तिम्रो सबै कुरामा झुठ्लाएका थिए । अब न तिमीमा यातनामा परिवर्तन गर्ने शक्ति छ र नकुनै सहायता नै पाउन सक्तछौ । र तिमीहरूमध्ये जस–जसले पनि अत्याचार गरेका छन् तिनलाई हामीले ठूलो यातनाको स्वाद चखाउँनेछौं ।

    [20] हामीले तपाईभन्दा पहिला जति पैगम्बरहरू पठाएका छौं, सबै खाना खानथे र बजारहरूमा हिंड्डुल गर्दथे र हामीले तिमीहरूमध्ये हरेकलाई एक अर्काको निम्ति परीक्षाको माध्यम बनायौं । के तिमीले धैर्य गर्दछौ ? तिम्रो पालनकर्ताले सबै (कुरा) देख्दछ ।

    [21] र जुन मानिसहरूले हामीसित भेट्ने आशा राख्दैनन्, भन्दछन् कि हाम्रो निम्ति फरिश्ताहरू (स्वर्गदूत) किन उतारिएनन्? वा हामी आफ्नो पालनकर्तालाई (किन) आफ्नो आँखाले दैख्दैनौं ? यिनीहरूले आफैलाई ठूलो अहंकारी सम्झेका छन् र ठूलो विद्रोह गरिराखेका छन् ।

    [22] जुन दिन तिनीहरू फरिश्ताहरूलाई देख्नेछन् त्यो दिन अपराधीहरूको निम्ति कुनै खुशीको कुरा हुनेछैन र उनीहरू पुकार्ने छन् हामी बंचित नै वंचित भएका छौं ।

    [23] र उनीहरूले जे–जे कर्म गरेका थिए त्यसतर्फ ध्यानाकर्षण भएमा हामीले तिनलाई व्यर्थ बनाइदिनेछौं ।

    [24] हो त्यस दिन जन्नतमा बस्नेहरूको बासस्थान राम्रो हुनेछ र आराम गर्ने ठाउँ पनि राम्रो हुनेछ ।

    [25] र जुन दिन आकाश बादलको साथ फाट्ने (च्यात्ने) छ र फरिश्ताहरू निरन्तर अवतरित गराइनेछन् ।

    [26] त्यस दिन वास्तविक राज्य अल्लाहको हुनेछ । र इन्कार गर्नेहरूलाई त्यो दिन धेरै कठिन हुनेछ ।

    [27] त्यस दिन अत्याचारीले आफ्नो हात टोक्नेछ र भन्नेछः कि म रसूलको मार्गमा हिंडेको भए कति राम्रो हुने थियो ।

    [28] अफशोच ! मैले अमुक व्यक्तिलाई मित्र नबनाएको भए राम्रो हुने थियो ।

    [29] त्यसले त मलाई त्यसपछि विचलित पारिदियो जबकि निर्देशन मेरो पासमा आइसकेको थियो । र शैतानले त समय आएपछि मनुष्यलाई धोखा दिने नै हो ।

    [30] र पैगम्बरले भन्ने छन् कि हे मेरो पालनकर्ता निःसन्देह मेरो जातिबन्धुले यस कुरआनलाई त्यागिराखेका थिए ।

    [31] र यसैप्रकार हामीले प्रत्येक नबी (संदेष्टा) को निम्ति अपराधीहरूमध्येबाट शत्रु बनायौं । र मार्गदर्शन तथा सहायताको निम्ति त तिम्रो पालनहार नै पर्याप्त छ ।

    [32] र जुन मानिसहरूले इन्कार गरे, उनीहरूको भनाई छ, कि उसमाथि सम्पूर्ण कुरआन एकैपटक किन अवतरित गरिएन ? यसकारण हामीले (अलि–अलि उतार्यौं) ताकि यसद्वारा तिम्रो हृदयलाई दृढ राखौं र हामीले यसलाई रुकी–रुकी नै पढेर सुनाएका हौं ।

    [33] र यिनीहरूले तपाई सामु जुन उदाहरण ल्याउँने छन्, हामीले त्यसको सही र धेरै राम्रो जवाफ तपाईलाई बताइदिनेछौं ।

    [34] जुन मानिसहरू घोप्टो पारी नर्कतिर एकत्रित गरिनेछन्, उनीहरू नराम्रो बासस्थानवाला र पूरै विचलित बाटोवाला हुनेछन् ।

    [35] र निःसन्देह हामीले मूसालाई किताब प्रदान गर्यौं र उनका सहयात्री भाइ हारूनलाई (मन्त्री) सहायक बनायौं ।

    [36] र भन्यौं कि तिमी दुवै ती मानिसहरूतिर जाऊ, जसले हाम्रो आयतहरूलाई असत्य भनिरहेका छन् । फेरि हामीले उनीहरूलाई पूरै नष्ट गरिहाल्यौं ।

    [37] र ‘‘नूहको’’ जातिबन्धुले पनि जब पैगम्बरहरूलाई झूठा भने, तब हामीले उनलाई डुबाइदियौं र उनीहरूलाइ मानिसहरूको निम्ति शिक्षा लिने निशानी बनाइदियौं र अत्याचारीहरूको निम्ति हामीले दुःखद् यातना तयार गरिसकेका छौं ।

    [38] र ‘‘आद’’ र ‘‘समूद’’ का जातिबन्धुहरू र इनारवालाहरू र उनीहरूको बीचमा भएका धेरै समूहहरूलाई पनि नष्ट गरिहाल्यौं ।

    [39] र सबैलाई (सम्झाउनको) निम्ति हामीले उदाहरण बयान गर्यौं र फेरिः प्रत्येकलाई हामीले नष्ट गरिदियौं ।

    [40] यिनीहरूले त्यस बस्तीको नजिकबाट पनि अवागमन गरिराखेका छन्, जसमाथि नराम्रो वृष्टि गराइएको थियो, तत्पश्चात पनि के उनीहरूले त्यसलाई देखिराखेका छैनन्,? (होइन) बरु वास्तविकता यो हो कि उनीहरू दोस्रो पटक जीवित भई उठ्ने आशा नै गरिराखेका छैनन्

    [41] र यिनीहरूले जब तपाईलाई देख्छन्, (त्यतिखेर) तपाईको उपहास गर्दछन्, कि के यही त्यो मानिस हो, जसलाई अल्लाहले पैगम्बर (संदेष्टा) बनाएर पठाएको छ

    [42] यसले त हामीलाई हाम्रा पूज्यहरूबाट विमुख नै पारिदिने थियो, यदि हामी उनीहरूमा दृढ नभएको भए र तिनीहरूले जब यातना देख्नेछन् तब शीघ्र नै उनीहरूलाई थाहा भइहाल्ने छ, कि मार्गबाट को पूरै विचलित भएको थियो ।

    [43] के तपाईले त्यस व्यक्तिलाई पनि देख्नुभयो, जसले आफ्नो इच्छापूर्तिलाई नै आफ्नो पूज्य बनाइरहेको छ, त के तपाई त्यसको जिम्मेदार बन्नु हुनेछ

    [44] के तपाईले यही सोच्नु्हुन्छ कि उनीहरूमध्ये धेरैले सुन्दछन्, र बुझ्दछन् ? उनीहरू त एकदम चौपायाहरू जस्तै छन्, बरु तिनीहरूभन्दा पनि धेरै पथभ्रष्ट ।

    [45] के तपाईले देख्नु भएन कि तपाईको पालनहारले छाँयालाई कसरी लम्ब्याएर फिजाइदिनु भएकोछ र यदि त्यसले चाहेको भए (छाँयालाई) स्थिर राख्न सक्दथ्यो । अनि सूर्यलाई त्यसमाथि प्रमाण बनाइदियौं ।

    [46] अनि हामीले त्यसलाई बिस्तारै–बिस्तारै आफ्नोतर्फ तानिहाल्यौं ।

    [47] र उही त हो, जसले रातलाई तिम्रो निम्ति पर्दा (वस्त्र) र निद्रालाई सर्वथा विश्राम बनायो र दिनलाई व्युंझि उठ्ने समय बनायो ।

    [48] र उहि त हो, जसले आफ्नो दयालुताको वर्षा अगाडि हावाहरूलाई खुशीयालीको सूचना दिन पठाउँछ र हामीले आकाशबाट पवित्र पानीको वृष्टि गर्दछौं ।

    [49] ताकि यसबाट मृत शहरलाई जीवित गरौं, र त्यसलाई धेरै जसो चौपायाहरू र मानिसहरूलाई जसलाई हामीले सृष्टि गरेकाछौं पिलाऔं ।

    [50] र निःसंदेह हामीले यस (कुरआन) लाई विभिन्न तरिकाले मानिसहरूमा वर्णन गर्यौं ताकि उनीहरू ध्यान दिउन् । तर धेरै जसो मानिसहरूले कृतध्न भएर त्यसलाई मानेनन् ।

    [51] र यदि हामीले चाहेको भए हरेक बस्तीमा एक–एक डराउनेवाला पठाइदिन्थ्यौं ।

    [52] तसर्थ तपाई इन्कार गर्नेहरूको भनाई नमान्नुस् र यस (कुरआन) द्वारा उनीहरूसित पूरै शक्तिको साथ ठूलो जिहाद गर्नुस् ।

    [53] र उहि त हो, जसले दुई सागरलाई मिलाइराखेको छ, एउटा मीठो छ, तिर्खा मेटाउनेवाला र अर्को नुनिलो छ छाति पोल्नेवाला, र दुवैको बीचमा एउटा पर्दा र बलियो अवरोध बनाइदियो ।

    [54] र उही त हो, जसले पानीबाट मनुष्यको सृष्टि गर्यो । अनि उसलाई वंशानुगत सम्बन्धहरू र ससुराली नातावाला बनायो । र निःसन्देह तिम्रो पालनहार बडो सामथ्र्यवान छ ।

    [55] यिनीहरू अल्लाहलाई छाडि यस्तोको पूजा गर्दछन्, कि जसले उनलाई नत फाइदा पुर्याउन सक्छ नत नोक्सान, र काफिरहरू त छदैछन् आफ्नो पालनकर्ताको विरोधी र अरुको (शैतानको) मदद गर्नेवाला ।

    [56] र हामीले त तपाईलाई एउटा शुभसूचना दिनेवाला र सचेतकर्ता बनाएर पठाएका छौं ।

    [57] भनिदिनुस् कि म यस कुरआन पुर्याउने कामको निम्ति तिमीसित कुनै पारिश्रमिक माग्दिन । (यस बाहेक कि) जसले चाहन्छ आफ्नो पालनकर्तातिर जाने मार्ग अपनाइहालोस् ।

    [58] त्यस (अल्लाह)माथि भरोसा गर जो अमर छ र उसको पवित्रताको गुणगान गर र ऊ आफ्ना दासहरूका पापहरूको पूर्ण जानकारी राख्दछ ।

    [59] उसैले आकाशहरू र धरतीलाई र जे जति उनीहरूको बीचमा छ ६ दिनमा सृष्टि गर्यो, अनि सिंहासन (अर्श) माथि उच्च भयो, ऊ बडो दयावान छ, तसर्थ उसको बारेमा कुनै जानकारसँग सोध ।

    [60] जब यिनीसित भनिन्छः कि अल्लाह–रहमानलाई ढोग तब उनीहरू भन्छन्ः कि रहमान भनेको के हो ? के जसको बारेमा तपाई भन्नुहुन्छ, उसैलाई हामीले ढोगौं ? र यस आमन्त्रणले उनको घृणालाई अझ बृद्धि गरिदिन्छ ।

    [61] त्यो बडो कल्याणकारी छ, जसले आकाशमा बुर्ज (नक्षत्र) बनायो र त्यसमा एउटा सूर्य र एउटा टल्किराखेको चन्द्र बनायो ।

    [62] र उसैले रात र दिनलाई एक अर्काको पछि लागिरहनेवाला बनायो, त्यस व्यक्तिको उपदेशको लागि जो चेतना चाहन्छ वा कृतज्ञ हुन चाहन्छ ।

    [63] अल्लाहका प्रिय दासहरू ती हुन् जो धरतीमा नम्रतापूर्वक हिंड्छन् र जब अज्ञानीहरू उनीहरूको सम्मुख अज्ञानतापूर्ण कुरा गर्दछन् त उनीहरूले सलाम होस् भन्दछन् ।

    [64] र जो आफ्नो पालनकर्ताको अगाडि ढोग्दै र उभिनेगरी रातहरू व्यतीत गर्दछन् ।

    [65] र जसले यो प्रार्थना गर्दछन्ः कि हे हाम्रो पालनकर्ता ! नर्कको यातनालाई हामीबाट टाढा गरिदेऊ । निश्चय नै उसको यातना धेरै दुःखदायी छ ।

    [66] र निश्चय नै त्यो बस्ने दृष्टिकोणले नराम्रो छ र स्थानको दृष्टिकोणले पनि ।

    [67] र जसले खर्चगर्दा न अपव्यय गर्दछन् र नत कन्जूस्याई बरु उनीहरू यी दुवैको बीचमा रही संतुलित खर्च गर्दछन् ।

    [68] र जसले अल्लाहको साथमा कुनै अर्को पूज्यलाई पुकार्दैनन् र नाहक कुनै जीवलाई जसको हत्यालाई अल्लाहले वर्जित गरेको छ, मार्दैनन् । र न उनीहरू व्यभिचार गर्दछन् । र जसले यो काम गर्नेछ, गम्भीर पापको दण्डमा पर्नेछ ।

    [69] कियामतको दिन उसलाई दुईगुणा यातना हुनेछ र ऊ अपमानित भई सधैं त्यसमा रहनेछ ।

    [70] तर ती मानिसहरू बाहेक जसले तौबा (प्रायश्चित) गरे र विश्वास गरे र असल कर्म गरे, त यस्ता मानिसहरूको पापहरूलाई अल्लाह सत्कर्महरूमा परिणत गरिदिनेछ र अल्लाह त अत्यन्त क्षमाशिल दयावान छ ।

    [71] र जसले तौबा गर्यो र असल कर्म गर्यो त निःसन्देह त्यो अल्लाहतिर नै प्रवृत हुन्छ ।

    [72] र जो झूठो साक्षी दिदैनन् र जब कुनै व्यर्थका कुराहरूको समीप आउँछन्, त सज्जनता पूर्वक गइहाल्छन् ।

    [73] र जब उनीहरूलाई पालनकर्ताका आयतहरू सुनाइन्छ त ती (आयतहरू) माथि उनीहरूले अन्धा र बहिरा जस्तो हुँदैनन् ।

    [74] र विन्ति गर्दछन् कि हे पालनकर्ता ! हामीलाई हाम्रा आफ्ना पत्नीहरूबाट र सन्तानहरूबाट आँखाको शीतलता प्रदान गर र हामीलाई आत्मसंयमीहरूको नायक बनाइदेऊ ।

    [75] यिनीहरू नै हुन कि जसलाई उनीहरूको धैर्यको प्रति दानस्वरूप (स्वर्गमा) अग्ला–अग्ला महल प्रदान गरिनेछ र त्यहाँ (स्वर्गदूत) उनीहरूलाई दुआ र सलामको साथ स्वागत गर्नेछन् ।

    [76] त्यसमा तिनीहरू सधैं रहनेछन् र त्यो बासको निम्ति साह्रै राम्रो र उत्तम ठाउँ हो ।

    [77] भनिदिनुस् कि यदि तिम्रो प्रार्थना (पुकार) नभएको भए मेरो पालनकर्ताले तिम्रो कुनै वास्ता गर्ने थिएन । तिमीले त झूठो भनिसकेका छौ तसर्थ त्यसको यातना अवश्य नै तिमीसँग (आई) टाँसिनेछ ।

    Surah 26
    अश–शुअरा

    [1] ता–सीन्–मीम् ।

    [2] यी स्पष्ट किताबका आयतहरू (श्लोकहरू) हुन् ।

    [3] (हे पैगम्बर !) शायद तपाईले (यस दुःखबाट कि) यी मानिसहरूले ईमान ल्याउँदैनन् आफ्नो प्राण नै त्यागिदिनु हुनेछ ।

    [4] यदि हामीले चाहेको भए उनीहरूमाथि अकाशबाट एउटा यस्तो निशानी उतार्न सक्थ्यौं । कि जसको अगाडि उनीहरूका टाउको दीनताले झुकिरहुन् ।

    [5] र उनीहरूको पासमा रहमानको तर्फबाट जुन नवीन नसिहत पनि आउँछ, उनीहरू त्यसबाट विमुख हुने भइहाले ।

    [6] अब जबकि उनीहरूले झूठो भनिसकेका छन् त शीघ्र नै उनीहरूले गरेको उपहासको वास्तविकता जानी हाल्नेछन् ।

    [7] के उनीहरूले धरतीलाई देखेनन् कि त्यसमा कसरी हामीले सबै प्रकारका उत्तम जोडाहरू उमारेका छौं ।

    [8] निश्चय नै यसमा ठूलो निशानी छ, (यसपछि पनि) उनीहरूमध्ये अधिकांश मान्नेवाला छैनन् ।

    [9] र निश्चय नै तिम्रो पालनकर्ता नै हो, जो अधिपत्यशाली, अत्यन्त दयावान छ ।

    [10] र जब तपाईको पालनकर्ताले ‘‘मूसालाई’’ भन्यो कि अत्याचारी मानिसहरूको पासमा जाऊ ।

    [11] ‘‘फिरऔनको’’ जातिबन्धुको पासमा, के यिनीहरू आत्मसंयम् अपनाउँदैनन्

    [12] मूसाले भनेः कि मेरो पालनकर्ता मलाई त भय छ कि कतै यिनीहरूले मलाई झूठा नठानुन् ।

    [13] र मेरो छाति उकुसमुकुस हुन्छ र मेरो बोली रोकिन्छ, तसर्थ तिमी हारूनतिर पनि सन्देश (वह्य) पठाइदेऊ ।

    [14] र उनीहरूको ममाथि मेरो एउटा कसूरको दावी पनि छ, तसर्थ मलाई यो पनि भय छ कि मलाई मारिहाल्नेछन् ।

    [15] अल्लाहबाट आदेश भयो कदापि यस्तो हुनेछैन तिमी दुवैजना हाम्रा निशानीहरू लिएर जाऊ, हामी तिम्रो साथमा सुन्नेवाला छौं ।

    [16] (अतः) तिमी दुवै फिरऔनको पासमा जाऊ र भनः कि निश्चितरूपले हामी संसारको पालनकर्ताको तर्फबाट पठाइएका हौं ।

    [17] र (यसकारण आएका हौं) कि तिमीहरू बनी इस्राईललाई हाम्रो साथमा जाने अनुमति देऊ ।

    [18] फिरऔनले (मूसासित) भन्यो कि के हामीले तिमीलाई तिम्रो बाल्यकालमा आफूकहाँ पालेका थिएनौं ? र तिमीले तिम्रो जीवनका धेरै वर्ष हामीकहाँ बिताएका थिएनौ

    [19] फेरि तिमीले आफ्नो त्यो काम गर्यौ जुन तिमीलाई थाहा छ । तिमी साह्रै नै कृतघ्न छौ ।

    [20] (मूसाले) भनेः कि (हो) त्यो काम मैले त्यस बेला गरेको थिएँ जब म बाटो बिर्सिएकाहरूमध्येका थिएँ ।

    [21] अनि जब मलाई तिम्रो भय लाग्यो त म तिमीकहाँबाट भागिहालें, अनि मेरो पालनकर्ताले मलाई आदेश र ज्ञान प्रदान गर्यो र मलाई आफ्ना सन्देशवाहकमध्येको बनायो ।

    [22] के ममाथि तिम्रो यही भलाई हो जुन तिमीले देखाइरहेका छौ कि तिमीले बनि इस्राईललाई दास बनाएर राखेका छौ ।

    [23] फिरऔनले भन्योः कि सारा संसारको मालिक भनेको के हो

    [24] उनले भनेः कि ऊ आकाशहरू र पृथ्वी र जे जति त्यसको बीचमा छन् सबैको पालनकर्ता हो । यदि तिमी ईमानवाला छौ भने

    [25] फिरऔैनले आफ्नो वरिपरिका मानिसहरूलाई भन्यो कि तिमीहरू सुनिरहेका छैनौ ।

    [26] मूसाले भने कि ऊ तिम्रो र तिम्रा बाबुबाजेको पालनकर्ता हो ।

    [27] फिरऔनले भन्योः कि मानिसहरू हो यो संदेष्टा (पैगम्बर) जुन तिमीहरूतिर पठाइएको छ, बिलकुल्लै पागल छ ।

    [28] मूसाले भनेः कि पूर्व र पश्चिम र जे–जति यी दुवैको बीचमा छन् सबैको रब (पालनकर्ता) पनि उही हो, यदि तिमीमा बुझ्ने बुद्धि छ भने ।

    [29] फिरऔनले भन्योः कि सुन यदि तिमीले म बाहेक अरु कसैलाई पूज्य बनायौ भने म तिमीलाई बन्दी बनाएर राख्छु ।

    [30] मूसाले भने कि यदि म तिम्रो पासमा कुनै स्पष्ट कुरा ल्याऊँ तैपनि

    [31] फिरऔनले भन्यो, यदि तिमी साँचो हौ भने त्यसलाई (ल्याएर) पेश गर ।

    [32] अनि उनले (मूसाले) आफ्नो लठ्ठी त्यतिबेला (जमिनमा) फ्याँके जुन त्यतिखेरै एउटा प्रत्यक्ष अजिङ्गर बनिहाल्यो ।

    [33] र आफ्नो हात जब बाहिर निकाले तब त्यतिखेरै त्यो हेर्नेहरूको अगाडि सेतो टल्कने देखिनथाल्यो ।

    [34] फिरऔनले आफ्नो वरिपरिका नायकहरूसित भन्योः कि निश्चय नै यो त ठूलो जादूगर हो ।

    [35] यसले चाहन्छ, कि आफ्नो जादूको शक्तिले तिमीलाई तिम्रो भूमिबाट निकालिदेओस् तसर्थ तिम्रो के विचार छ

    [36] उनीहरूले भनेः कि तपाईले यसलाई र यसको भाइलाई समय दिनुस् र सबै शहरहरूमा अग्रदूतहरूलाई पठाइदिनुहोस् ।

    [37] ताकि सबै प्रविण जादूगरलाई तपाईको पासमा ल्याउन् ।

    [38] अनि एक निश्चित दिनको समयमा सबै जादूगरहरू एकत्रित गरिए ।

    [39] र सर्वसाधारण मानिसहरूसित भनियोः कि तिमी (सबै) भेला हुनुपर्दछ ।

    [40] ताकि यदि जादूगरहरू विजयी हुन्छन् भने हामी उनकै अनुयायी भइहाल्छौं ।

    [41] जादुगरहरू आएर फिरऔनसित भन्न थालेः कि यदि हामी विजयी भयौं भने के हामीलाई पुरस्कार पनि प्राप्त हुनेछ

    [42] पिरऔनले भन्योः, हो र निश्चय नै तिमी त्यसबेला मेरो दरबारिया मानिसहरूमध्येबाट भइहाल्नेछौ ।

    [43] मूसाले उनीहरूसित (जादूगरहरूसित) भनेः कि जे कुरा फ्याँक्नु छ फ्याँक ।

    [44] तब उनीहरूले आफ्नो डोरी र लठ्ठीहरू फ्याँके र भन्न थालेः कि फिरऔनको प्रतापले हामी विजयी हुनेछौं ।

    [45] अनि मूसाले पनि आफ्नो लठ्ठी (भूईंमा) फ्याँके जसले ती कुराहरूलाई, जुनकि जादुगरहरूले बनाएका थिए, निल्न थाल्यो ।

    [46] यो हेरेर स्वस्फूर्ति ढंगले सिज्दा (ढोग) गरे ।

    [47] (र) भन्न थाले कि हामीले सारा संसारको पालनहारमाथि ईमान ल्यायौं ।

    [48] अर्थात् मूसा र हारूनको पालनलहारमाथि ।

    [49] फिरऔनले भन्योः, कि मेरो आज्ञा बेगैर तिमीहरूले उसमाथि ईमान ल्यायौ ? निश्चय नै यही तिमी सबैको प्रमुख नायक हो, जसले तिमीलाई जादू सिकाएको छ । तसर्थ शीघ्र नै तिमीहरूले थाहा पाइहाल्ने छौ । म शपथ लिन्छु कि म तिम्रा हात र खुट्टाहरू विपरित दिशाहरूबाट कटाइदिनेछु र तिमी सबैलाई फाँसीमा झुन्ड्याइदिनेछु ।

    [50] उनीहरूले भनेः केही डर छैन । निःसंदेह हामी त आफ्नो पालनकर्तातिर नै फर्केर जानेवाला छौं ।

    [51] हामीलाई मात्र यो नै आशा छः कि हाम्रो पालनकर्ता हाम्रो त्रुटिहरूलाई क्षमा गरिदिनेछ, किनभने हामीले सबभन्दा पहिला ईमान ल्यायौं ।

    [52] र हामीले ‘‘मूसातिर’’ ‘‘वह्य’’ (अल्लाहको वाणी) पठायौं कि मेरा भक्तहरूलाई लिएर रातै–रात निस्किहाल, निश्चय नै तिमीलाई पछ्याइनेछ ।

    [53] यसपछि फिरऔनले शहरहरूमा दूतहरू पठायो ।

    [54] किन ‘‘कि यिनीहरू एकदम सानो संख्यामा छन् ।’’

    [55] र यिनीहरूले हामीलाई क्रोधित पारिराखेका छन् ।

    [56] र निश्चयनै हामी संख्यामा धेरै र सबै सर–सामानसहित सजग छौं ।

    [57] अन्ततः हामीले उनीहरूलाई बगैंचा र पानीका श्रोतहरूबाट निष्कासित गरिदियौं ।

    [58] र खजाना र राम्रा ठाउँहरूबाट पनि ।

    [59] (उनीहरूको साथमा हामीले) यस्तो गर्यौं र यी सबै कुराहरूको उत्तराधिकारी हामीले बनी इस्राईलको सन्ततिलाई बनाइदियौं ।

    [60] तसर्थ फिरऔनीहरूले सूर्योदय हुनासाथ तिनीहरूलाई खोज्न हिंडे ।

    [61] जब दुवै समूहले एक अर्कालाई देखिहाल्यो, तब मूसाका साथीहरूले भन्नथाले कि हामी त निश्चय नै समातियौं ।

    [62] मूसाले भने, कदापि होइन मेरो पालनकर्ता मेरो साथमा छ, उसले पक्कै मलाई बाटो देखाउनेछ ।

    [63] त्यसबखत हामीले मूसातिर ‘‘वह्य’’ पठायौं कि आफ्नो लठ्ठीले समुद्रमाथि प्रहार गर अनि त्यसै बेला समुद्र फाटिहाल्यो र पानीको हरेक टुक्रा ठूलो पहाड जस्तो भइहाल्यो ।

    [64] र हामीले अर्को समूहलाई पनि त्यहीं निकट ल्याएर उभ्याइदियौं ।

    [65] र हामीले ‘‘मूसा’’ र उनको साथमा भएका सबैलाई बचाइहाल्यौं ।

    [66] अनि अर्को समूहलाई डुबाइदियौं ।

    [67] निःसन्देह यसमा ठूलो निशानी छ, तापनि उनीहरूमध्ये अधिकतर ईमानवाला छैनन् ।

    [68] र निश्चय नै तपाईको पालनकर्ता अधिपत्यशाली, अत्यन्त दयावान छ ।

    [69] र उनीहरूलाई इब्राहीम (अलैहिस्सलाम) को वृतान्त पनि सुनाइदिनुस् ।

    [70] जब उनले आफ्नो पिता र आफ्नो जातिबन्धुका मानिसहरूसित भनेः कि तिमी कुन कुराको पूजा गर्दछौ

    [71] उनीहरूले जवाफ दिए कि हामी मूर्तिहरूको पूजा गर्दछौं र उनीहरूको सेवामा लागिरहने छौं ।

    [72] (इब्राहीमले) भनेः कि, जब तिमी उनीहरूलाई पुकार्दछौ, त के उनीहरूले तिम्रो सुन्दछन्

    [73] वा तिमीलाई फाइदा दिन वा नोक्सानी पुर्याउन सक्दछन्

    [74] उनीहरूले भने, (यो हामी केही जान्दैनौं) बरु हामीले आफ्ना बाबु बाजेलाई यस्तै गरेको देखेका छौं ।

    [75] (इब्राहीमले) भने, के तिमीले देख्यौ कि जसलाई तिमी पूजिराखेका छौ ।

    [76] तिमी पनि र तिम्रा अघिका बाबुबाजे पनि ।

    [77] उनीहरू मेरा शत्रु हुन्, अल्लाह बाहेक जो ब्रह्माण्डको स्वामी हो ।

    [78] जसले मलाई सृष्टि गर्यो र उसैले मलाई मार्गदर्शन गर्दछ ।

    [79] उही नै हो जसले मलाई खुवाउँछ र पिलाउँछ ।

    [80] र जब म विरामी पर्दछु त उसैले मलाई निको पार्छ ।

    [81] र उसैले मलाई मार्नेछ (र) पुनः जीवित गर्नेछ ।

    [82] र (उही नै हो) जोसित म आशा राख्दछु, कि कियामतको दिन मेरा पापहरूलाई क्षमा गर्नेछ ।

    [83] हे ब्रह्माण्डको पालक ! मलाई निर्णय गर्ने शक्ति प्रदान गर र असल मानिसहरूमा शम्मिलित गर ।

    [84] र पछि आउनेहरूमा पनि मेरो राम्रो चर्चा बाँकी राख ।

    [85] र मलाई उपकारहरूले भरिएको जन्नत (स्वर्ग) का उत्तराधिकारीहरूमा शम्मिलित गर ।

    [86] र मेरो बाबुलाई क्षमा गरिदेऊ । निश्चय नै ऊ पथभ्रष्ट मानिसहरूमध्येको थियो ।

    [87] र जुन दिन मानिसहरू पुनः जीवित भई उठाइनेछन् मलाई अपमानित नगर्नु ।

    [88] जुन दिन धन सम्पत्ति र सन्तानहरू कुनै काम लाग्ने छैनन् ।

    [89] तर फाइदावाला उही हुनेछ जो मानिस अल्लाहको पासमा पवित्र हृदय लिई जानेछ ।

    [90] र जन्नत संयमीहरूको एकदम समीपमा ल्याइनेछ ।

    [91] र मार्ग विचलितहरूको लागि नर्क अगाडि ल्याइनेछ ।

    [92] र उनीहरूसित सोधिनेछः कि जसलाई तिमी पूज्दथ्यो, उनीहरू कहाँ छन्

    [93] अल्लाह बाहेक जो पूज्य थिए, के उनीहरू तिम्रो केही सहायता गर्नसक्दछन् ? वा कुनै बदला लिन सक्दछन्

    [94] अनि तिनीहरू र सबै मार्गविचलितहरू टाउको निहुर्याई नर्कमा हालिनेछन् ।

    [95] र शैतानका सेनाहरू सबै (नर्कमा जानेछन्) ।

    [96] (त्यहाँ) उनीहरू एकआपसमा झगाडा गर्दै भन्नेछन् ।

    [97] किः ‘‘अल्लाहको शपथ ! हामी त खुल्लारूपमा मार्गविचिलित थियौं ।’’

    [98] जबकि हामीले तिमीलाई ब्रह्माण्डको पालनकर्ता अल्लाह बराबर ठान्दथ्यौं ।

    [99] र हामीलाई यी अपराधीहरू बाहेक अरुले पथभ्रष्ट गरेनन् ।

    [100] अब हाम्रो सिफारिश गर्नेवाला कोही छैन ।

    [101] र न कोही घनिष्ट मित्र छ ।

    [102] कति राम्रो हुने थियो, यदि हामीलाई (संसारमा) पुनः एक पटक जानमिल्ने भए, त हामी पक्का र सच्चा मोमिनहरूमध्येका भैहाल्थ्यौं ।

    [103] यस घटनामा निश्चय नै एउटा ठूलो निशानी छ तैपनि उनीहरूमध्ये धेरैजसोले ईमान ल्याउने छैनन् ।

    [104] र निःसन्देह तपाईको पालनकर्ता नै अधिपत्यशाली अत्यन्त दयावान छ ।

    [105] नूहको जातिबन्धुले पनि रसूलहरूलाई झूठा भने ।

    [106] जब कि उनीहरूसित उनका भाइ नूहले भनेः कि के तिमीलाई अल्लाहको डर छैन

    [107] सुन म तिम्रो लागि अल्लाहको विश्वासनिय संदेष्टा हूँ ।

    [108] तसर्थ तिमीहरूले अल्लाहसित डर मान्नु र मेरो भनाई मान्नु ।

    [109] म यस कामको निम्ति तिमीबाट कुनै पारिश्रमिक माग्दिन । मेरो पारिश्रमिक त सम्पूर्ण संसारको पालनकर्ताको जिम्मामा छ ।

    [110] अनि अल्लाहको भयराख र मेरा आदेश पालनगर ।

    [111] उनीहरूले भनेः कि के हामी तिम्रो भनाई मानौं जबकि तिमीलाई मान्नेहरू अत्यन्तै नीच हुन् ।

    [112] (नूहले) भनेः कि मलाई के थाहा कि उनीहरू पहिला के गर्दै आएका थिए

    [113] उनीहरूको हिसाब त मेरो पालनकर्ताको जिम्मामा छ यदि तिमीमा चेतना आइदिए कति राम्रो हुने थियो ।

    [114] र म मोमिनहरूलाई धपाउनेवाला होइन ।

    [115] म त स्पष्टरूपले सचेत गर्नेवाला मात्र हूँ ।

    [116] उनीहरूले भने कि हे ‘‘नूह’’ यदि तिमीले (आफ्नो यस कुराबाट) पछि हटेनौ भने तिमी ढुंगा हानी मारिनेमध्येका हुनेछौ ।

    [117] (नूहले) भनेः कि हे मेरो पालनकर्ता ! मेरो जातिबन्धुले त मलाई असत्य भनिदियो ।

    [118] तसर्थ तिमीले मेरो र उनीहरूको बीचमा कुनै स्पष्ट निर्णय गरिदेऊ र मलाई र जुन मोमिन मेरो साथमा छन्, उनीहरूलाई बचाइहाल ।

    [119] अतः हामीले उनलाई र उनका साथीहरूलाई भरेको डुङ्गामा सवार गराएर बचाइहाल्यौं ।

    [120] तत्पश्चात शेष सबै मानिसहरूलाई हामीले डुबाइदियौं ।

    [121] निःसन्देह यसमा ठूलो निशानी छ । तापनि यिनीहरूमध्ये अधिकतर ईमान ल्याउनेवाला थिएनन् ।

    [122] र निःसन्देह तिम्रो रब सर्वशक्ति सम्पन्न (र) अत्यन्त दयावान छ ।

    [123] आदको समुदायले पनि संदेष्टाहरूलाई झूठा भने ।

    [124] जबकि उनीसित उनको भाइ ‘‘हूदले’’ भनेः, के तिमी (अल्लाहबाट) डराउँदैनौ

    [125] म त तिम्रो ईमानदार संदेष्टा (पैगम्बर) हूँ ।

    [126] तसर्थ अल्लाहसित भयगर र मेरो भनाई मान ।

    [127] र म यसको तिमीबाट कुनै पारिश्रमिक माँग्दिन । मेरो बदला त विश्वको पालनकर्ताको जिम्मामा छ ।

    [128] के तिमीले प्रत्येक उच्च स्थानमा खेल तमाशाको लागि व्यर्थ एउटा स्मारकको निर्माण गर्दैछौ

    [129] र ठूलो कारीगरीवाला भव्य महल बनाइरहन्छौ, लाग्दछ तिमीले सधैं यहीं बसिरहनुछ ।

    [130] र जब कसैलाई समात्छौ त पूर्ण अत्याचारी तरिकाले समात्छौ ।

    [131] त्यसर्थ अल्लाहसित डर र मेरो आज्ञापालन गर ।

    [132] र उससित, तर्स जसले तिमीलाई ती कुराहरूद्वारा सहायता गर्यो, जसलाई तिमी जान्दछौ ।

    [133] उसले तिमीलाई पशु र सन्तानहरूबाट मद्दत गर्यो ।

    [134] र बगैंचाहरूबाट र श्रोतहरूबाट ।

    [135] मलाई तिम्रो बारेमा एउटा ठूलो दिनको यातनाको भय छ ।

    [136] उनीहरूले भन्न थालेः कि हामीलाई उपदेश गर वा नगर, बराबर छ ।

    [137] यो त मात्र पहिलाका मानिसहरूको चल्दै आएको रीति हो ।

    [138] र हामीलाई कहिले पनि यातना दिइनेछैन ।

    [139] उनीहरूले ‘‘हूदलाई’’ असत्य भने, त हामीले उनीहरूलाई नष्ट गरिहाल्यौं । निःसन्देह यसमा निशानी छ र यिनीहरूमध्ये अधिकांश ईमानवाला थिएनन् ।

    [140] निःसंदेह तपाईको पालनकर्ता उही हो सर्वशक्ति सम्पन्न अत्यन्त दयावान ।

    [141] समूदको समुदायले पनि रसूलहरूलाई असत्य भने ।

    [142] (जबकि) उनीसित उनको भाइ ‘‘सालेहले’’ भने कि तिमीहरू अल्लाहसँग डराउँदैनौ

    [143] निःसंदेह म त तिम्रोलागि अल्लाहको विश्वसनीय पैगम्बर (दूत) हूँ ।

    [144] अतः तिमी अल्लाहसित डर र मेरो कुरा मान ।

    [145] (र) म यस कामको लागि तिमीसित कुनै प्रतिफल माँग्दैन । मेरो प्रतिफल त सम्पूर्ण जगतको स्वामीको जिम्मामा छ ।

    [146] के जुन कुराहरू यहाँ उपलब्ध छन्, त्यसमा तिमी निश्चिंत छोडिदिइनेछौ

    [147] (अर्थात) बगैंचा र श्रोतहरूमा ।

    [148] र खेती र यी खजूरका बगैचाहरू जसको झुप्पाहरू ताजा र कोमल हुन्छन् ।

    [149] र तिमीले पहाडहरूलाई काटी सुन्दर घर बनाउँदैछौ ।

    [150] तसर्थ अल्लाहसित डर र मैले भनेको मान ।

    [151] र सीमाउल्लघंन गर्नेहरूको कुरा नमान ।

    [152] जो देशमा दंगा फसाद मचाउँछन् र सुधार गर्दैनन् ।

    [153] उनीहरूले भने कि तिमी त जादूले मोहित पारिएकामध्येबाट हौ ।

    [154] तिमी त हामी जस्तै मानिस हौ । यदि तिमी साँचो हौ भने कुनै चमत्कार प्रस्तुत गर ।

    [155] (सालेहले) भने (हेर) यो ऊँटनी हो, एक दिन यसको पानी पिउने पालो हो, र एक निश्चित दिन पानी लिने पालो तिम्रो हो ।

    [156] खबरदार यसलाई कुनै कष्ट नपुर्याउनु, अन्यथा तिमीलाई एकबडो दिनको यातनाले समात्ने छ ।

    [157] तैपनि उनीहरूले त्यसको घुँडा काटिदिए, अनि पछि लज्जित भए ।

    [158] तसर्थ उनलाई यातनाले समातिहाल्यो । निःसन्देह यसमा निशानी छ र यिनीहरूमध्ये अधिकांश ईमानवाला थिएनन् ।

    [159] र निःसंदेह तपाईको पालनकर्ता सर्वशक्ति सम्पन्न र अत्यन्त दयावान छ ।

    [160] ‘‘लूतको’’ जातिबन्धुले पनि रसूलहरूलाई असत्य भने ।

    [161] (जब) उनीहरूसित उनका भाइ ‘‘लूतले’’ भने कि तिमी अल्लाहसित किन डराउँदैनौ

    [162] निःसंदेह म तिम्रो लागि विश्वसनीय रसूल हूँ ।

    [163] तसर्थ तिमी अल्लाहसित डर र मेरो भनाई मान ।

    [164] र म तिमीसित यसको प्रतिफल माँग्दिन । मेरो प्रतिफल त विश्वको पालनकर्ताको जिम्मामा छ ।

    [165] के संसारमा तिमी यस्ता हौ जो पुरुषसंग व्यभिचार (गुदामैथुन) गर्दछौ

    [166] र तिम्रो पालनकर्ताले तिम्रो निम्ति जुन महिलाहरूलाई तिम्रो पत्नीहरू बनाएको छ, उनीहरूलाई परित्याग गरिदिन्छौ । सत्य कुरा त यो हो कि तिमी सीमाउल्लघंन गर्नेवालाहरू नै हौ ।

    [167] उनीहरूले जवाफ दिए कि हे ‘‘लूत’’! यदि तिमी मान्ने छैनौ भने देश निकाला गरिनेछौ ।

    [168] उनले भने कि म तिमीहरूको कामबाट अत्यन्त अप्रसन्न छु ।

    [169] हे मेरो पालनकर्ता ! मलाई र मेरो परिवारलाई (मान्नेवालाहरूलाई) जुन काम यिनीहरूले गर्दछन्, त्यसको परिणामबाट बचाऊ ।

    [170] तसर्थ हामीले उनलाई र उनका साथदिने सबैलाई बचायौं ।

    [171] तर एउटी बृद्धा (बाहेक) जुन पछि रहनेहरूमध्येकी थिई ।

    [172] त्यस उपरान्त हामीले अरु सबैलाई नष्ट गरिहाल्यौं ।

    [173] र हामीले उनीहरूमाथि एउटा विशेष प्रकारको वर्षा गरायौं, जुन वर्षा अत्यन्त नराम्रो थियो र ती चेताइएका मानिसहरूमाथि पर्यो ।

    [174] यो घटना पनि पूरै निशानी छ र उनीहरूमध्ये पनि अधिकांश ईमान ल्याउनेवाला थिएनन् ।

    [175] र निःसंन्देह तिम्रो पालनकर्ता उही हो अधिपत्यशाली र अत्यन्त दयावान

    [176] ‘‘एैकाः’’ वालाले (वनमा बस्नेहरूले) पनि रसूलहरूलाई झूठा भने ।

    [177] जब कि उनीसित ‘‘शुऐबले’’ भनेः कि तिमी किन डराउँदैनौ ।

    [178] निःसंन्देह म त तिम्रो लागि विश्वसनीय पैगम्बर हूँ ।

    [179] तसर्थ अल्लाहसित डर र मेरो भनाई मान ।

    [180] र म यस (काम) को तिमीसित कुनै प्रतिफल माँग्दिन । मेरो प्रतिफल त संसारको पालनकर्ताको जिम्मामा छ ।

    [181] (हेर) नापतौल पूरा गर्नेगर र कम दिनेहरूमा शम्मिलित नहोऊ ।

    [182] र तराजु सिधा पारेर ठीक ढंगले तौल्नेगर ।

    [183] र मानिसहरूलाई उनका चीजहरू कम पारेर नदेऊ र धरतीमा उत्पात मच्चाउँदै नहिंड ।

    [184] उस अल्लाहसित डराऊ जसले तिमीलाई र अघिका पुस्ताहरूलाई सृष्टि गरेको हो ।

    [185] उनीहरूले भनेः कि तिमी त जादू गरिएकाहरूमध्येका हौ ।

    [186] र तिमी त हामी जस्तै एउटा मानिस हौ र हाम्रो विचारमा तिमी झूठो हौ ।

    [187] यदि तिमी साँचो हौ भने हामीमाथि आकाशको (एउटा) टुक्रा खसाल ।

    [188] (शुऐबले) भने कि, जुन काम तिमीले गर्दछौ, मेरो पालनकर्ता त्यसलाई राम्ररी जान्दछ ।

    [189] किन भने उनीहरू उनलाई झूठा भनिहाले । त्यसकारण छायाँवाला दिनको यातनाले उनीहरूलाई समातिहाल्यो । निश्चय नै त्यो ठूलो (दिनको) यातना थियो ।

    [190] निःसन्देह यसमा ठूलो निशानी छ तर यिनीहरूमध्ये धेरै ईमानवाला थिएनन् ।

    [191] र निश्चय नै तिम्रो पालनकर्ता त उही हो अधिपत्यशाली र अत्यन्त दयावाला ।

    [192] र कुनै शंका र संदेह बिना यो (कुरआन) संसारको पालनहारद्वारा उतारिएको हो ।

    [193] यसलाई विश्वसनीय फरिश्ताले लिएर आएको हो ।

    [194] तपाईको हृदयमा उतारियो ताकि तपाई (मानिसहरूलाई) सावधान गर्नेहरूमध्येको भइहाल्नुस् ।

    [195] (र) स्पष्ट अरबी भाषामा छ ।

    [196] र यस किताबको चर्चा अगाडिका संदेष्टाहरूको किताबमा पनि गरिएको छ ।

    [197] के उनीहरूको लागि यो निशानी पर्याप्त छैन, कि कुरआनको सच्चाईलाई इज्राईलका विद्वानहरू पनि जान्दछन् ।

    [198] र यदि हामीले यसलाई अरबी भाषा बाहेक अरु कुनै भाषाभाषीमाथि अवतरण गरेको भए ।

    [199] र उसले यिनीहरूलाई त्यो पढेर सुनाउँदा यिनीहरूले यसलाई मान्दैनथे ।

    [200] यसै प्रकार हामीले अपराधीहरूका हृदयमा त्यस इन्कारीलाई बसालिदियौं ।

    [201] र उनीहरूले जबसम्म कष्टदायी यातना देख्दैनन् ईमान ल्याउने छैनन् ।

    [202] त्यो कष्ट उनीहरूमाथि एक्कासी आइपर्नेछ र उनीहरूलाई थाहा पनि हुनेछैन ।

    [203] त्यो बेला भन्नेछन्ः के हामीले केही मोहलत पाउनेछौं

    [204] त के उनीहरूले हाम्रो यातनालाई शीघ्र चाहिराखेका छन्

    [205] अच्छा, यो पनि बताऊ कि यदि हामीले उनीहरूलाई वर्षौसम्म फाइदा उठाउन दियौं ।

    [206] तै पनि उनीमाथि त्यो यातना आइपुग्यो, जसको बारेमा उनीहरूलाई वाचा गरिन्थ्यो ।

    [207] तसर्थ जुन फाइदा यिनीहरूले लिइराखेका थिए, उनीहरूलाई केही काम आउनेछैन

    [208] र हामी कुनै बस्ती नष्ट गरेनौ तर त्यसको निम्ति सावधान गर्नेवालाहरू पठाउने गरेका थियौं ।

    [209] सावधान गराइदिनुको लागि, र हामी अत्याचारी होइनौं ।

    [210] यस कुरआनलाई शैतानहरूले लिएर अवतरित भएका होइनन् ।

    [211] उनीहरू न यसकामको लागि योग्य छन् र न उनीहरू यसको क्षमता राख्दछन् ।

    [212] बरु उनीहरू त यसलाई सुन्नेबाट पनि बञ्चित गरिएका छन् ।

    [213] तसर्थ तिमीले अल्लाह बाहेक कुनै अरु पूज्यलाई नपुर्कानु, अन्यथा तिमी पनि यातना पाउनेमध्येका हुनेछौ ।

    [214] र आफ्ना नजिकका आफन्तहरूलाई सावधान गरिदिनु ।

    [215] ईमान ल्याएर तपाईको अनुयायी भइसकेकाहरूसित नम्रतापुर्वक व्यवहार गर्नु ।

    [216] यदि यी मानिसहरूले तपाईको अवज्ञा गर्दछन् भने भनिदिनुस् कि मेरो तिम्रो कर्महरूसित कुनै सरोकार छैन ।

    [217] आफ्नो सम्पर्ण भरोसा सर्वशक्ति सम्पन्न (र) दयावान अल्लाहमाथि गर ।

    [218] जसले तिमीलाई देखिरहन्छ (तहज्जुदको बेला) जब तिमी उठ्दछौ ।

    [219] र सिज्दा गर्नेहरूमा तिम्रो आवत जावतलाई पनि ।

    [220] ऊ सबै सुन्नेवाला जान्नेवाला छ ।

    [221] के मैले तिमीलाई भनू“ कि शैतानहरू कसमाथि ओर्लन्छन्

    [222] तिनीहरू प्रत्येक झूठा अपराधीमाथि ओर्लन्छन् ।

    [223] जसले सुनेको कुरा भन्छन् र उनीहरूमध्ये अधिकांश झूठा छन् ।

    [224] कविहरूको अनुशरण त मार्गविचलित मानिसहरूले नै गर्ने गर्दछन् ।

    [225] के तपाईले देख्नु भएन कि उनीहरू हरेक क्षेत्रमा बहकिरहन्छन् ।

    [226] र उनीहरू भन्दछन् त्यो कुरा, जुन गर्दैनन् ।

    [227] ती मानिसहरू बाहेक जसले ईमान ल्याए र असल काम गरे र अल्लाहलाई धेरै स्मरण गरे । र आफूमाथि अत्याचार भएपछि प्रतिकार गरे, अत्याचारीहरूले शीघ्र नै थाहा पाउनेछन् कि कतातिर फर्कनु पर्नेछ ।

    Surah 27
    अन–नम्ल

    [1] ता—सीन, यी आयत हुन् ‘‘कुरआन’’का र स्पष्ट किताबका ।

    [2] मोमिनहरूको निम्ति मार्गदर्शन र शुभसूचना ।

    [3] जो नमाज पढ्दछन् र जकात (धर्मदाय) दिदाछन् र आखिरतमा विश्वास गर्दछन् ।

    [4] जुन मानिसहरू आखिरतमाथि आस्था राख्दैनन् हामीले उनीहरूको कर्म उनीहरूको लागि शोभायमान बनाइदिएका छौं । अतः तिनीहरू भौतारिदै छन् ।

    [5] यिनै मानिसहरू हुन्, जसको निम्ति ठूलो यातना छ र उनीहरू नै आखिरतमा पनि ठूलो नोक्सानी भोग्नेछन् ।

    [6] निश्चय नै तपाईलाई एउटा ठूलो तत्वदर्शी ज्ञानवानको तर्फबाट कुरआन सिकाइदैछ ।

    [7] स्मरण गर जब ‘‘मूसाले’’ आफ्नो घरवालासित भनेः कि मैले आगो देखेको छु । मैले त्यहाँबाट कुनै सूचना वा सल्किराखेको आगोको डल्लो तिम्रो पासमा लिएर आउँछु, ताकि तिमीले आफूलाई न्यानो पार ।

    [8] जब ‘‘मूसा’’ त्यसको नजिक आए तब आवाज दिइयो कि त्यो जुन कि यस आगोमा छ, ऊ धन्य छ र जो यसको आसपासमा छ उसलाई बरकत (उपहार) दिइएको छ ! र अल्लाह उच्च र महान छ, जो सम्पूर्ण जगतको पालनकर्ता हो ।

    [9] हे मूसा सुन ! म नै हूँ अल्लाह, अधिपत्यशाली र तत्वदर्शी सम्पन्न ।

    [10] तिमीले आफ्नो लठ्ठी फ्यांक । जब मूसा ले त्यसलाई हल्लिराखेको सर्प जस्तो देख्नु भयो त पिठ्युँ पर्काई भागे र पछाडि फर्केर पनि हेरेनन् । (आवाज आयो) हे मूसा ! नडराऊ, निःसंदेह रसूलहरू मेरो पास डराउने गर्दैनन् ।

    [11] तर जसले अपराध गरे अनि त्यस नराम्रो कुरा पश्चात असल कर्म गर्दछन् भने त्यस नराम्रो कामपछि त म पनि क्षमादाता, दयावान छु ।

    [12] र आफ्नो हात आफ्नो काँखामा राख । त्यो बिना कुनै खराबीको उज्जवल भएर निस्किनेछ । यी नौ ‘‘९’’ निशानीहरू लिएर फिरऔन र त्यसको जाति समुदायतिर जाऊ । निश्चय नै उनीहरू अवज्ञाकारी मानिसहरू हुन् ।

    [13] जब उनको पासमा आँखा खुल्ला गर्ने हाम्रा स्पष्ट निशानीहरू पुगे, त भन्न थालेः कि यो त स्पष्टरूपमा जादू हो ।

    [14] उनीहरूले अत्याचार र घमण्डको कारण इनकार गरे जबकि उनीका हृदयले विश्वास गरिसकेका थिए । तसर्थ हेर्नुस् कि ती उप्रदव गर्नेहरूको परिणाम के भयो

    [15] र हामीले निश्चय नै ‘‘दाऊद’’ र ‘‘सुलैमानलाई’’ ज्ञान प्रदान गरेका थियौं । र उनी दुवैले भने कि सम्पूर्ण प्रशंसा अल्लाहको लगि छ जसले हामीलाई आफ्नो धेरैजसो ईमानवाला दासहरूको दाँजोमा श्रेष्ठता प्रदान गर्यो ।

    [16] र ‘‘दाऊदको’’ उत्तराधिकारी सुलैमान (अलहिस्सलामै) भए र उनले भनेः कि हे मानिसहरू ! हामीलाई पंक्षीहरूको बोली सिकाइएको छ र हामीलाई हरेक (जरुरी) कुरामध्येबाट प्रदान गरिएकोछ । निःसन्देह यो स्पष्टरूपले अल्लाहको कृपा हो ।

    [17] ‘‘सुलैमानको’’ सामु उनका सबै फौज जिन्न र मनुष्य र पंक्षीहरूबाट एकत्र गरिए र उनीहरूको किसिम अनुसार दर्जा निर्धरित गरिएको थियो ।

    [18] जब उनी कमिलाहरूको बैंसीमा पुगे त एउटा कमिलाले भन्योः कि हे कमिलाहरू आ–आफ्नो दूलोहरूमा प्रवेश गरिहाल, यस्तो नहोस् कि ‘‘सुलैमान’’ र उसको फौजले तिमीहरूलाई कुल्चिहालुन् र उनीलाई थाहा पनि नहोस् ।

    [19] उनको यस कुरामा उनी(सुलैमान) हाँसिहाले र भन्न थालेः कि हे पालनकर्ता ! मलाई शक्ति देऊ जुन कृपा तिमी ममाथि र मेरा आमा बाबुमाथि गरेका छौ, त्यसप्रति कृतज्ञाता ज्ञापन गरूँ र यस्ता असल काम गरूँ कि त्यसबाट तिमी प्रसन्न भइहाल र मलाई आफ्नो कृपाले आफ्नो असल दासहरूमा प्रवेश गराइहाल ।

    [20] उनले पंक्षीहरूको जाँचपडताल गरे, तब भन्नाथाले के कारण छ कि म ‘‘हुदहुद’’ चरालाई देख्दिन, के वास्तवमा त्यो यहाँ छैन

    [21] निश्चितरूपले म उसलाई कठोर दण्ड दिनेछु वा त्यसलाई जब्ह गरिहाल्नेछु वा मेरो अगाडि (अनुपस्थितिको) कुनै स्पष्ट कारण प्रस्तुत गरोस् ।

    [22] केही समय मात्र बितेको थियो, कि ‘‘हुदहुद’’ आइपुग्यो र भन्न थाल्योः कि मलाई एउटा यस्तो कुरो थाहा भएछ, जुन तपाईलाई थाहा छैन । म ‘‘सबा’’ (शहरबाट) तपाईको पासमा एउटा विश्वासनीय सूचना लिएर आएको छु ।

    [23] मैले एउटी यस्ती स्त्रीलाई देखें जो मानिसहरूमाथि शासन गर्छे । र उसलाई हरेक कुराबाट केही नकेही प्राप्त छ र उसको सिंहासन पनि बडो गरिमामय छ ।

    [24] मैले देखेको छु, कि उसले र उसको जातिबन्धुहरूले अल्लाहलाई छाडि सूर्यलाई ढोग्ने गर्दछन्, र शैतानले उनीहरूका कर्महरूलाई उनीहरूको लागि राम्रो बनाइदिएको छ र उनीहरूलाई सत्य मार्गबाट विचलित गरिराखेको छ । अतः उनीहरू सीधा मार्ग पाइराखेका छैनन् ।

    [25] कि अल्लाहलाई नै ढोग्ने गरुन् जो अकाशहरू र धरतीमा लुकेको कुराहरूलाई प्रकट गर्दछ र तिम्रो अदृश्य र प्रकट कर्महरू जान्दछ ।

    [26] अल्लाह बाहेक कोही पूजाको योग्य छैन, उही नै सर्वाेच्च सत्तासन (अर्श) को स्वामी हो ।

    [27] सुलैमानले भनेः अब हामी हेर्नेछौं कि तिमीले साँचो भनेका छौ वा तिमी झूठा हौ ।

    [28] मेरो यो पत्र लिएर जाऊ र यसलाई उनीहरूको अगाडि प्रस्तुत गरिदेऊ अनि उनीहरूबाट अलग भएर हेर, कि उनीहरूले के जवाफ (प्रतिक्रिया) दिन्छन् ।

    [29] उसले (रानीले) भनिन् कि हे दरबारबारीहरू ! मलाई एउटा प्रतिष्ठित पत्र पठाइएको छ ।

    [30] त्यो सुलैमानको तर्फबाट आएको छ र त्यो क्षमा दिने अल्लाहको नामबाट शुरु हुन्छ जो बडो कृपाशील तथा अत्यन्त दयावान छ ।

    [31] कि मसित अट्टेरिपना नगर र आज्ञाकारी बनी मेरो पासमा आऊ ।

    [32] उसले भनी कि हे सरदारहरू ! मेरो कुराहरूमा मलाई परामर्श देऊ । म कुनै कुराको निर्णय गर्दिन जबसम्म तिमीहरूको सल्लाह र उपस्थिति हुँदैन ।

    [33] उनीहरू सबैले भनेः कि हामी सक्षम र शक्तिशाली छौं र हामीलाई ठूलो युद्धक्षमता प्राप्त छ । आदेश दिनु तपाईको अधिकारमा छ, अतः तपाईले विचार गर्नुस् कि तपाईले के आदेश दिनुहुनेछ ।

    [34] उसले भनी कि सम्राट जब कुनै बस्तीमा प्रवेश गर्दछन् तब त्यसलाई नष्ट गरिदिन्छन् र त्यहाँका प्रभावशाली व्यक्तिहरूलाई अपमानित गरेर छाड्छन् । र यिनीहरूले पनि यस्तै नै गर्नेछन् ।

    [35] मैले उनीहरूतिर एउटा उपहार पठाउँदैछु, अनि हेर्नेछु कि दूतले के उत्तर लिएर फर्कन्छ ।

    [36] जब पत्रबाहक सुलैमानकहाँ पुग्यो, तब (सुलैमानले) भनेः के तिमीले मलाई धनबाट मद्दत गर्न चाहन्छौ, जे–जति अल्लाहले मलाई प्रदान गरेको छ, त्यो ऊ सबभन्दा राम्रो छ, जुन कि तिमीलाई दिएको छ । त्यसकारण तिमी पनि आफ्नो उपहारबाट खुशी भइराख ।

    [37] तिनीहरूको पासमा फर्केर जाऊ, हामीले उनीहरूको विरोधमा यस्तो सेना लिएर आउने छौं, जसको उनीहरूले सामना गर्नसक्ने छैनन् र हामीले उनीहरूलाई अपमानित गरेर निकालिदिनेछौं र तिनीहरू तिरस्कृत हुनेछन् ।

    [38] (सुलैमानले) भनेः कि हे दरबारवालाहरू ! तिमीहरूमध्ये कसले उसको सिंहासन लिएर मेरो पासमा आउँन सक्छ, यसभन्दा अगाडि कि तिनीहरू आज्ञाकारी भई मेरो पासमा आउन् ।

    [39] जिन्नहरूमध्ये एउटा बलिष्टले भन्योः कि तपाईले यस बैठकबाट उठ्नुभन्दा पहिला नै म तपाईको अगाडि ल्याइदिनेछु । मलाई यसको शक्ति प्राप्त छ, र म विश्वसनीय पनि हूँ ।

    [40] एउटा व्यक्तिले जसलाई किताबको ज्ञान थियो, भन्न थाल्यो कि म तपाईले आँखा चिम गर्नुभन्दा पहिले तपाईको पासमा पुर्याउन सक्दछु । जब उहाँले सिंहासन आफ्नो पासमा राखिएको देख्नु भयो त भने कि यो मेरो पालनकर्ताको उदार अनुग्रह हो, ताकि उसले मेरो परीक्षा लेओस् कि म कृतज्ञता व्यक्त गर्छु वा कृतघ्न बन्दछु । जसले कृतज्ञता देखाउँछ उसले आफ्नै लागि कृतज्ञता देखाउँछ र जसले कृतघ्नता देखायो, त मेरो पालनकर्ता निश्चय नै निस्पृह (र) उदारकर्ता छ ।

    [41] (सुलैमानले) भनेः कि यस सिंहासनमा केही परिवर्तन गर जसबाट यो थाहा होस् कि उसले बाटो (सही बाटो) पाउँछे वा सही बाटो नपाउनेहरूको समूहमध्येको हुनेछे ।

    [42] अनि जब त्यो आइपुगीे त ऊसित भनियोः कि के तिम्रो सिंहासन पनि यस्तै छ ? उसले जवाफ दिई कि यो त त्यहि जस्तो लाग्छ र मलाई त यसभन्दा अगाडि नै ज्ञान प्राप्त भइसकेको थियो र म आज्ञाकारी भइसकेको थिएँ ।

    [43] र अल्लाह बाहेक जसलाई पूजा गर्दथी तिनले उनलाई रोकिराखेका थिए । निःसन्देह त्यो एउटा इन्कार गर्नेवाला समूहमध्येकी थिई ।

    [44] अनि उसित भनियोः कि महलमा प्रवेश गर । जब उसले त्यसको (फर्श) लाई देख्यो, तब उसले त्यसलाई पानीको हौज ठान्यों र आफ्नो पिडौला देखाइहाल्यो । सुलैमानले भने यो त शिशाबाट निर्मित महल हो । त्यसले भनी कि हे मेरो पालनकर्ता ! निश्चय नै मैले आफूमाथि अत्याचार गरें । अब मैले सुलैमानको साथमा आफूलाई अल्लाहमा समर्पित गरिदिएं, जो सम्पूर्ण जगतको पालनकर्ता हो ।

    [45] र हामीले ‘‘समूदतिर’’ उसको भाइ ‘‘सालेहलाई’’ पठायौं, कि तिमी सबै अल्लाहको पूजा गर तर तिनीहरू दुई समूहमा विभाजित भई आपसमा झगडा गर्नथाले ।

    [46] (सालेहले) भनेः कि हे मेरो जातिबन्धुका मानिसहरू ! तिमी भलाईभन्दा अगाडि नराम्रोतिर किन शीघ्रता देखाइराखेका छौ ? र तिमी अल्लाहसित क्षमा किन माग्दैनौं, ताकि तिमीमाथि दया गरियोस् ।

    [47] उनीहरूले भन्नथालेः कि हामी त तिमी र तिम्रा साथीहरूलाई हाम्रो लागि अपशगुन देखिराखेका छौं । (सालेहले) भनेः कि तिम्रो अपशगुन अल्लाहको नजिक छ, बरु तिमीहरू त सजायमा परिसकेका मानिसहरू हौ ।

    [48] र यस शहरमा नौं जना जथ्थेदार मानिस थिए, जसले देशमा उपद्रव गर्नेगर्दथे र सुधार गर्दैनथे ।

    [49] उनीहरूले आपसमा शपथ खाइखाइकन् प्रतीज्ञा गरे, कि रातीमा नै हामी सालेह र उसको घरवालाहरूमाथि छापा मार्नेछौं, अनि उसको उत्तराधिकारीहरूसित भन्ने छौं कि हामी त उसको घरवालाहरूको विनाश हुने ठाउँमा जाँदैगएनौ, र हामी सत्य कुरा भन्दछौं ।

    [50] र उनीहरूले एउटा गुप्त चाल चले र हामीले पनि एउटा चाल चल्यौं तर उनीहरूलाई थाहै भएन ।

    [51] तसर्थ अब हेरिहालः उनीहरूको धोकाको परिणाम कस्तो भयो । हामीले उनीहरूलाई र उनको जाति समुदाय सबैलाई नष्ट पारिहाल्यौ ।

    [52] यी उनका घरहरू हुन् जो उनीहरूको अत्याचारको कारणले रिक्त भएका छन् । जुन मानिसहरू ज्ञानी छन्, उनीहरूको निम्ति यसमा ठूलो निशानी छ ।

    [53] र हामीले उनीहरूलाई जसले ईमान ल्याएका थिए र संयमी थिए बचाइहाल्यौं ।

    [54] र ‘‘लूतलाई’’ पनि पठायौं, जब उनले आफ्नो समुदायसित भनेः कि तिमीहरू जानिबुझी किन व्यभिचार गर्दछौ ।

    [55] यो के कुरा छ के तिमी स्त्रीहरूलाई छाडी आफ्नो वासना प्राप्तिको निम्ति पुरुषहरूको पासमा जान्छौ ? बरु साँचो यो छ कि तिमीहरू साह्रै अज्ञानी काम गर्दैछौ ।

    [56] अनि उनको जातिका मानिसहरूको उत्तर यस बाहेक अरु केही थिएन कि उनीहरूले भनेः लूतका घरवालाहरूलाई आफ्नो बस्तीबाट बाहिर निकालिदेऊ, यिनीहरू त धेरै पवित्र बन्न चाहन्छन् ।

    [57] अन्ततः हामीले उनलाई र उनका घरवालाहरूलाई, बचाइहाल्यौ उनकी स्त्री बाहेक, जसको लागि हामीले नीयत गरिदिएका थियौ कि, ऊ पछि पर्नेहरूमध्ये हुनेछे ।

    [58] र हामीले उनीमाथि एउटा (विशेष खालको) वर्षा वर्षायौ र त्यो सचेत गरिसकिएको लागि साह्रै नराम्रो वर्षा थियो ।

    [59] तपाई भनिदिनुस् कि सबै प्रशंसा अल्लाहको लागि छ र उसका विशिष्ट भक्तहरूमाथि सलाम र शान्ति छ, जसलाई उसले रोजिहाल्यौ । के अल्लाह राम्रो छ, वा उनीहरू जसलाई तिनीहरूले साझेदार ठहराइराखेका छन्

    [60] भन त आकाशहरू र धरतीलाई कसले सृष्टि गर्यो, र कसले आकाशबाट पानी वर्षायो, फेरि त्यसबाट हराभरा बगैचाको सृष्टि गर्यो, यो बगैचाका वृक्षहरू उमार्नु तिम्रो लागि सम्भव थिएन । के अल्लाहको साथमा कोही अरु पूज्य छ ? होइन, बरु तिनीहरू नै सत्यमार्गबाट टाढिंदैछन् ।

    [61] कसले धरतीलाई स्थिर गरेर बस्ने ठाउँ बनायो, र उसको बीचमा नहरहरू बगायो, र उसको लागि पहाडहरूको सृष्टि गर्यो र (जसले) दुई समुन्द्रहरूको बीचमा तगारो बनायो ? त के अल्लाहको साथमा अरु कोही पूज्य पनि छ ? बरु तिनीहरूमध्ये धेरैले केही बुझ्दैनन् ।

    [62] कसले व्यग्रको गुहार सुन्दछ, जब त्यसले उसलाई गुहार्दछ र व्यथा हटाइदिन्छ र तिमीलाई धरतीमा शासक बनाउँदछ ? के अल्लाहको साथमा अरु कोही पूजनीय छ ? (होइन) तिमीहरूले धेरै कम उपदेश र शिक्षा प्राप्त गर्दछौ ।

    [63] कसले तिमीलाई जङ्गल र समुद्रको अँध्यारोमा बाटो देखाउँछ र हावाहरूलाई आफ्नो दया गर्नुभन्दा अगाडि़ शुभसन्देश दिन चलाउँछ ? अनि के अल्लाहको साथमा अरु कोही पूजनीय पनि छ जसलाई यिनीहरूले साझेदार बनाउँछन् ? अल्लाह उच्च र महान छ ।

    [64] को हो जसले पहिलो प्राणीहरूको सृष्टि गर्दछ, अनि उसको पुनरावृत्ति गर्नेछ र को हो जसले तिमीलाई आकाश र धरतीबाट जीविका प्रदान गर्दैछ, त के अल्लाहको साथमा अरु कोही पूज्य छ ? (होइन) भनिदिनुस् कि यदि तिमी साँचो हौ भने प्रमाण पेश गर ।

    [65] भनिदिनुस् कि जो आकाशहरू र धरतीमा छन्, अल्लाह बाहेक कोही अन्तरयामी छैन उनीहरू त यो पनि जान्दैनन् कि कहिले उठाइनेछन् ।

    [66] बरु आखिरतको विषयमा उनको ज्ञानको अन्त्य भइसकेको छ । बरु यिनीहरू यसबाट सन्देहमा छन्, बरु उनीहरू यसबाट अन्धा छन् ।

    [67] काफिरहरूले भनेः कि के जब हामी, र हाम्रो बाबुबाजे माटो भइहाल्छौं, तब के फेरि हामी (चिहानबाट) निकालिने छौं

    [68] यो वाचा हामीसित र हाम्रा बाबु बाजेसित त धेरै पहिलादेखि नै भइराखेको छ । यी त पूर्वजहरूका कथा मात्र हुन् ।

    [69] भनिदिनुस्ः कि धरतीमा घुमफिर त गरेर हेर कि अपराधीहरूको परिणाम कस्तो भयो

    [70] तपाई उनीहरूको लागि दुःखी नहुनुस् र उनीहरूको दाउघातहरूबाट पनि दुःखी नहुनुस् ।

    [71] र भन्दछन्ः कि यदि सत्य हौ भने, त यो वाचा कहिले पूरा हुनेछ बताइदिनुस्

    [72] जवाफ दिनुस् ! कि जुन कुराहरू (यातना) को निम्ति तिमीले शीघ्रता गरिराखेका छौ, शायद त्यसमध्येबाट केही तिम्रो नजिकमा आइसकेका छन् ।

    [73] निःसन्देह तपाईको पालनकर्ता त मानिसहरूमाथि ठूलो दया गर्नेवाला छ, तर यिनीहरूमध्ये धेरैले कृतज्ञता व्यक्त गर्दैनन् ।

    [74] र निःसन्देह जुन कुराहरू उनको छातीमा लुकेको हुन्छ र जुन काम उनीहरूले प्रकट गर्दछन्, तपाईको पालनकर्ता ती (सबै) जान्दछ ।

    [75] आकाशहरू र धरतीमा लुकेको कुनै पनि यस्तो कुरा छैन जुन स्पष्ट र खुल्ला किताबमा मौजूद नहोस् ।

    [76] निःसन्देह यो कुरआनले बनी इस्राईलको अगाडि ती धेरै कुराहरू, जसमा उनीहरूले विवाद गर्दछन्, स्पष्टरूपमा बयान गर्दछ ।

    [77] र निःसन्देह यो कुरआन ईमानवालाहरूको निम्ति मार्गदर्शन र कृपा हो ।

    [78] तपाईको पालनकर्ताले उनीहरूबीच आफ्नो आदेशले सबै फैसला गरिदिनेछ । ऊ सर्वशक्ति सम्पन्न र सर्वज्ञ छ ।

    [79] तसर्थ तपाईले अल्लाहमा भरोसा राख्नुस् । निश्चितरूपले तपाई त स्पष्ट (सत्यता) धर्ममा हुनुहुन्छ ।

    [80] निःसन्देह तपाईले न मुर्दाहरूलाई सुनाउन सक्नुहुन्छ र न बहिराहरूलाई आफ्नो आवाज सुनाउन सक्नुहुन्छ, जब कि उनीहरू पिठ्युँ फर्काई विमुख भएर गइरहेका छन् ।

    [81] र नत तपाईले अन्धालाई उनको मार्गविचलनबाट हटाएर सही बाटो देखाउन सक्नुहुन्छ । तपाईले त उनीहरूलाई मात्र सुनाउन सक्नु हुन्छ जसले हाम्रो आयतहरूमाथि आस्था राख्दछन् र आज्ञाकारी छन् ।

    [82] जब उनीहरूको लागि यातनाको वाचा पूरा हुनेछ, तब हामीले उनीहरूको लागि धरतीबाट एउटा जनावर निकाल्नेछौं, जसले उनीहरूसित कुरा गर्नेछ, कि मानिसहरू हाम्रो आयतहरूमा विश्वास गर्दैनथे ।

    [83] र जुन दिन हामी प्रत्येक समूहमध्येबाट त्यस समूहलाई एकत्रित गर्नेछौं, जसले हाम्रा आयतहरूलाई असत्य भन्दथे, अनि उनीहरूलाई विभिन्न श्रेणीहरूमा विभाजित गरिनेछ ।

    [84] यहाँसम्म कि जब सबै आइपुग्नेछन् तब अल्लाहले आदेश गर्नेछः कि तिमीलाई पूरा ज्ञान नभएर पनि तिमीले मेरा आयतहरूलाई किन असत्य भनेका थियौ ? र यो पनि बताऊ कि तिमीले के गर्दै थियौ

    [85] र उनीहरूको अपराधको कारणले उनीहरूको हकमा यातनाको वाचा पूरा भएर नै छाड्नेछ, अनि उनीहरू केही बोल्न सक्नेछैनन् ।

    [86] के उनीहरूले देखेनन् कि हामीले रातलाई बनाएका छौं ताकि यसमा तिनीहरूले आराम गरुन्, र दिनलाई उज्यालो बनाएका छौं । र निःसन्देह यसमा त्यस समुदायहरूको लागि जो ईमान र विश्वास राख्दछन् निशानीहरू छन् ।

    [87] र जुन दिन सूर फूँकिनेछ तब जो आकाशहरू र जो जमिनमा छन्, सबै आत्तिनेछन्, तिनी बाहेक जसलाई अल्लाह चाहन्छ । र सबै उसको समक्ष विवश र बाध्य भई उपस्थित हुनेछन् ।

    [88] र जब तिमीले पहाडहरूलाई हेरेर तिनीहरूलाई आफ्नो ठाउँमा स्थिर देख्दछौ, तर तिनीहरू पनि यसप्रकार हिंड्नेछन्, जस्तो कि बादल । यो अल्लाहको कारीगरी हो, जसले प्रत्येक कुरालाई बलियो बनायो । निःसन्देह उसले तिम्रो कर्महरूको बारेमा जानकारी राख्दछ ।

    [89] जुन व्यक्तिले असल कर्म लिएर आउनेछ, उसको निम्ति उसलाई त्यसभन्दा राम्रो प्रतिफल मिल्नेछ, र यस्ता मानिसहरू त्यस दिनको घबराहटबाट निश्चिन्त हुनेछन् ।

    [90] र जसले नराम्रो कर्म लिएर आउनेछन् तिनीहरूलाई घोक्राएर नर्कमा धकेलिनेछ । तिमीलाई त तिनै कर्महरूको प्रतिफल प्राप्त हुनेछ, जुन तिमीले गर्दै आइरहेका छौ ।

    [91] (भनिदिनुस्) मलाई यही नै आदेश भएको छः कि म यस ‘‘मक्का’’ शहरको स्वामीको उपासना गरूँ, जसले यसलाई सम्मानित र मर्यादित बनाएको छ र यी सबै कुरा उसैको अधीनमा छन् र यो पनि आदेश भएको छ कि म उसको आज्ञाकारीको रूपमा रहूँ ।

    [92] र यो पनि कि म ‘‘कुरआन’’ पढ्ने गरूँ, त जुन मानिसले सोझो बाटो अपनाउँछ, उसले आफ्नै फाइदाको निम्ति अपनाउँछ, र जो मार्गविचलित हुन्छ त भनिदिनुस् कि म त मात्र सचेत गर्नेवाला हूँ ।

    [93] भनिदिनुस् कि सम्पूर्ण प्रशंसा अल्लाहकै लागि हुन् । उसले तिमीलाई शीघ्र नै आफ्ना निशानीहरू देखाउनेछ, जसलाई तिमी आफैले चिन्हिहाल्नेछौ र जुन कर्म तिमीले गर्दैछौ, त्यसबाट तिम्रो पालनकर्ता अनभिज्ञ छैन ।

    Surah 28
    अल–कसस

    [1] ता–सीन–मीम ।

    [2] यी स्पष्ट किताबका आयतहरू हुन् ।

    [3] (हे मुहम्मद !) हामीले तपाई समक्ष मूसा र फिरऔनका सत्य घटनाहरू मोमिनहरूको लागि वर्णन गर्दछौं ।

    [4] निःसन्देह फिरऔनले धरतीमा अट्टेरिपना गर्दै आएको थियो र त्यहाँका मानिसहरूलाई अनेक समूहमा विभाजन गरी एउटा समूहलाई कमजोर पारिसकेको थियो । त्यसले उनीहरूका छोराहरूलाई मारिदिन्थ्यो र उनीहरूका छोरीहरूलाई जीवित रहन दिन्थ्यो निश्चय नै त्यो उपद्रव गर्नेहरूमध्येको थियो ।

    [5] र हामीले चाहयौं कि तिनीहरूमाथि उपकार गरौं, जसलाई धरतीमा अति कमजोर गरिएको थियो र उनीहरूलाई नै (धरतीको) नायक र उत्तराधिकारी बनाऔं ।

    [6] र यो पनि कि हामीले धरतीमा उनीहरूलाई सत्ताधिकार प्रदान गरौं र उनीहरूबाट फिरऔन र हामान र उनीहरूको सेनाहरूलाई ती कुरा देखाऔं, जसबाट उनीहरू डराइरहेका छन् ।

    [7] हामीले ‘‘मूसा’’ (अलैहिस्सलाम) की आमालाई संकेत गर्यौं कि उसलाई दूध खुवाउँदै गर अनि यदि तिमीलाई उसको विषयमा कुनै भय हुन्छ भने उसलाई नदीमा हालिदिनु र तिमीले कुनै भय नमान्नु न त चिन्ता गर्नु । हामीले उसलाई तिम्रो पासमा फर्काइदिनेछौं र उसलाई पैैगम्बर बनाउनेवाला छौं ।

    [8] अन्ततः फिरऔनका मानिसहरूले त्यस बच्चालाई उठाइहाले, र परिणाम स्वरूप त्यो उनीहरूको शत्रु र उनीहरूको निम्ति दुःखको कारण बन्यो । निश्चय फिरऔन र हामान र उनीहरूका सेना गम्भीर अपराधी नै थिए ।

    [9] र फिरऔनकी श्रीमतीले भनीः कि यो मेरो र तिम्रो दुवैको आँखाको शीतलता हो, यसको हत्या नगर्नु, धेरै सम्भव छ कि यसले हामीलाई फाइदा पुर्याउँछ, अथवा हामीले यसलाई आफ्नो छोरा बनाइहालौं, र उनीहरू अनभिज्ञ नै थिए ।

    [10] र मूसाकी आमाको हृदय बेचैन भइहाल्यो । यदि हामीले उसको हृदयलाई शान्त्वना प्रदान नगरिदिएको भए तिनले सम्भवतः यस घटनालाई प्रकट गरिदिन्थिइन् । उद्देश्य यो थियो कि उनी मोमिन्हरूमध्येबाट रहुन् ।

    [11] मूसाको आमाले उसकी (मूसाकी) बहिनीसित भनिन् कि तिमी उसको पछि–पछि लाग । अतः तिनले उनलाई टाढैबाट हेरिराखिन् र फिरऔनको मानिसहरूलाई यसको जानकारी नै भएन ।

    [12] हामीले उनीहरू पुग्नुभन्दा अघि नै उसको निम्ति धाइआमाको दूध हराम (वर्जित) गरिदिएका थियौं अतः तिनले भनिन् कि के तिमीलाई यस्तो घरको ठेगाना बताउँ जसले कि तिम्रो निम्ति यस बालकको पालनपोषण गर्न सकोस् र यसको शुभचिन्तक पनि होस् ।

    [13] यसप्रकार हामीले उसलाई उसकी आमातिर फर्काएर ल्यायौं, ताकि तिनका आँखाहरू शीतल होउन् र तिनी शोकाकुल नहोउन् र ताकि तिनले जानिहालुन् कि अल्लाहको वाचा सत्य छ, तर उनीहरूमध्ये अधिकांशले बुझ्दैनन् ।

    [14] र जब मूसा तन्नेरी भए र पूर्णरूपले व्यस्कता प्राप्त गरिसके, तब हामीले उनलाई निर्णयशक्ति र ज्ञान प्रदान गर्यौं । सुकर्म गर्नेहरूलाई हामीले यस्तै प्रकारले पुरस्कृत गर्दछौं ।

    [15] र मूसा नगरमा यस्तो बेला प्रवेश गरे जबकि त्यहाँका मानसिहरू सचेत थिएनन् । त्यहाँ उनले देखे कि दुईजना मानिसहरू झगडा गरिरहेका थिए । एउटा त मूसाको जतिमध्येको थियो र अर्काे उनको दुश्मनमध्येको थियो । जुन व्यक्ति उनको जातिको थियो, त्यसले अर्काे व्यक्तिको मुकाबिलामा, जो मूसाको शत्रुमध्ये थियो, सहायता माँग्यो, तब उनले (मूसाले) उसलाई मुड्कीले प्रहार गरे र उसलाई मारिहाले । ‘‘मुसा’’ भन्नथालेः कि यो शैतानको कारवाही हो । निश्चय नै शैतान त स्पष्ट शत्रु र पथभ्रष्ट गर्नेवाला छ ।

    [16] उनले प्रार्थना गरे कि हे पालनकर्ता ! मैले स्वयं आफूमाथि अत्याचार गरें, अतः तिमीले मलाई क्षमा गरिदेऊ । तसर्थ अल्लाहले क्षमा गरिदियो । निश्चय नै अल्लाह बडो क्षमाशील, अत्यन्त दयावान छ ।

    [17] उनले भन्न थालेः कि हे मेरो स्वामी जसरी तिमीले ममाथि अनुकम्पा गरेका छौ, म कहिल्यै पनि कुनै अपराधीको सहायता गर्नेछैन ।

    [18] अनि भोलिपल्ट बिहानै शहरमा डराउँदै खबर लिन प्रवेश गरे, एक्कासी हेर्नु भयो कि त्यही व्यक्ति जसले उनीसित सहायता चाहेको थियो, उनलाई पुकारिराखेको छ । मूसाले ऊसित भने कि तिमी त प्रत्यक्षरूपले मार्गविचलित छौ ।

    [19] फेरि जब मूसाले इच्छा गरे, कि त्यो व्यक्तिलाई, जुन कि उनी दुवैको शत्रु थियो, समातिहालुन्, तब त्यसले भन्न थाल्यो कि जुनप्रकारले हिजो तिमीले एउटा व्यक्तिलाई मारिहालेका थियौ, त्यसैप्रकार मलाई पनि मार्न चाहन्छौ । धरतीमा क्रूर अत्याचारी हुन चाहन्छौ र तिमी यो चाहँदैनौ कि सुधार गर्नेवाला बन ।

    [20] (त्यसपश्चात) एउटा मानिस नगरको पल्लो छेउबाट दगुर्दै आयो र भन्यो कि हे मूसा नगरका प्रमुखहरू तिम्रो हत्याको विषयमा परामर्श गरिराखेका छन् । अतः तिमी छिटै भागिहाल, म तिम्रो हितैषी हूँ ।

    [21] अनि मूसा त्यहाँबाट डराइ–डराइ निस्किहाले र प्रार्थना गर्नथालेः कि हे मेरो पालनहार ! मलाई अत्याचारीहरूबाट छुटकरा प्रदान गर ।

    [22] र जब ‘‘मदयनतिर’’ ध्यान दिए तब भन्नथालेः कि आशा छ कि मेरो पालनकर्ताले मलाई सोझो बाटो देखाउनेछ ।

    [23] जब ‘‘मदयनको’’ पानी भएको ठाउँमा पुगे त देखे, कि त्यहाँ मानिसहरू एकत्रित भएका छन् र (चौपायाहरूलाई) पानी खुवाइराखेका छन् ? र उनीहरूबाट पर एकातिर दुईवटा स्त्रीहरू आफ्ना चौपायाहरूलाई रोकेर उभेका छिन् । ‘‘मूसाले’’ सोधे तिम्रो के समस्या छ ? उनीहरूले भनिन् कि, हामी त्यसबेलासम्म पानी खुवाउन सक्दैनौं, जबसम्म यी गोठालाहरू आफ्ना जनावरहरू लग्दैनन् र हाम्रो बाबु धेरै उमेरको निकै वृद्ध छन् ।

    [24] तब ‘‘मूसाले’’ स्वयम् उनीहरूको लागि पानी खुवाइदिए, अनि छायाँतिर गइहाले र भन्नथालेः कि हे पालनकर्ता ! तिमीले मेरो लागि जे जति कृपा प्रदान गर्दछौ मलाई त्यसको आवश्यकता छ ।

    [25] यतिकैमा ती दुवैमध्ये एउटी स्त्री लाज मान्दै ‘‘मूसाको’’ पासमा आई (र) भन्नथाली कि तपाईलाई मेरो पिताले बोलाउनुहुन्छ ताकि तपाईले जुन हाम्रो चौपायाहरूलाई पानी खुवाउनु भएको छ, त्यसको पारिश्रमिक देउन् । जब उनी उनको पासमा आए र उनीसित (आफ्नो) बृतान्त बर्णन गरे, त उनले भने, कि कुनै भय नमान । तिमीले अत्याचारीहरूबाट छुटकारा पाइसकेका छौ ।

    [26] यी दुवैमध्ये एउटी स्त्रीले भनीः कि बुबा ! यिनलाई नोकरको रूपमा राखिहाल्नुस् । किन भने जसलाई तपाईं नोकरको रूपमा राख्नुहुुन्छ, राम्रो त्यही हो जो बलवान् र विश्वसनीय होस् ।

    [27] बृद्ध पुरुषले (मूसासित) भन्योः कि म चाहन्छु आफ्ना यी दुई छोरीहरूमध्ये एउटीसित तपाईको विहे गरिदेऊँ, यस शर्तमा कि तपाई आठ बर्षसम्म मेरो यहाँ कामकाज गर्नुस् र यदि दशसालसम्म काम पूरा गर्नुहुन्छ भने त्यो तपाईको तर्फबाट मलाई हो, म तपाईलाई धेरै कष्टमा पार्न चाहन्न, अल्लाहको इच्छा भए मलाई तपाई असल मानिसहरूमध्येको पाउनुहुनेछ ।

    [28] मूसाले भने कि त्यसो भए यो कुरा मेरो र तपाईंको बीचमा निश्चित भइहाल्यो । मैले जुन पनि अवधि पूरा गरेमा, ममाथि कुनै अन्याय नहोस् । र हामीले जुन सम्झौता गर्दैछौं, अल्लाह त्यसको साक्षी छ र उही सबैको योजनाकार हो ।

    [29] अनि जब ‘‘मूसाले’’ आफ्नो अवधि पूरा गरे र आफ्नो घरवालालाई लिएर हिंडे त तूर पर्वततिरबाट आगो देखियो, अनि आफ्नो स्त्रीसित भने कि तिमी पर्ख मैले आगो देखेको छु, शायद म त्यहाँबाट केही खबर लिएर आऊँ वा आगोको डल्लो लिएर आऊँ ताकि तिमी आगो ताप ।

    [30] अनि जब त्यहाँ पुगे, त यस शुभ मैदानको दायाँ किनारको एउटा वृक्षबाट आवाज आयोः कि हे मूसा ! म नै अल्लाह हूँ, सम्पूर्ण जगतको पालनकर्ता ।

    [31] र (यो पनि अवाज आयो कि) आफ्नो लट्ठी फ्याँकिहाल जब देखेकि त्यो चलिराखेको छ, मानौं सर्प होस् तब पिठ्युँ फर्काई हिंडिदिए र पछि फर्केर पनि हेरेनन् । (हामीले भन्यौं कि) हे ‘‘मूसा’’ अगाडि़ आऊ र भय नगर निःसन्देह तिमी अमनमा छौ ।

    [32] र (यी पनि कि) आफ्नो हात बगलमा लग अनि बिना कुनै रोग चम्किलो रूपमा निस्कन्छ । र भयको बेला आफ्नो हातलाई आफूतिर खुम्च्याउनु । यी दुई निशानीहरू तिम्रो पालनकर्ताको तर्फबाट तिम्रो लागि हुन् । ‘‘फिरऔन’’ र उसका दरबारियाहरूको पासमा जाऊ । निश्चय नै उनीहरू धेरै अवज्ञाकारी मानिसहरू हुन् ।

    [33] मूसाले भनेः हे पालनकर्ता ! उनीहरूको एउटा व्यक्तिको मैले हत्या गरिदिएको थिएँ, तसर्थ मलाई डर लाग्दछ कि उनीहरूले पनि मलाई मारिदिने छन् ।

    [34] र ‘‘हारून’’ मेरो भाइको भाषा मभन्दा धेरै स्पष्ट छ । तसर्थ उसलाई पनि मेरो साथमा मेरो मद्दत गर्न पठाइदेऊ ताकि त्यसले मलाई सच्चा मानोस् । मलाई भय छ कि उनीहरूले मलाई असत्य भन्नेछन् ।

    [35] (अल्लाहले) भन्योः हामीले तिम्रो भाइको साथै तिम्रो हातलाई बलियो पार्नेछौं र तिमी दुवैलाई शक्ति प्रदान गर्नेछौं, हाम्रो निशनीहरूको कारणले उनीहरू तिमीसम्म पुग्न सक्ने छैनन् । तिमी र तिम्रा अनुयायीहरू नै अधिपत्य पाउनेछौ ।

    [36] यसरी जब ‘‘मूसा’’ उनको पासमा हाम्रा स्पष्ट निशानीहरू लिएर गए, तब उनीहरू भन्नथाले कि यो त बनावटी जादू हो, र यी (कुराहरू) हामीले आफ्नो बाबुबाजेको समयमा पनि कहिल्यै सुनेनौं ।

    [37] मूसाले भने कि मेरो पालनहारले त्यस व्यक्तिलाई राम्ररी जान्दछ जसले उसकहाँबाट मार्गदर्शन लिएर आएको छ र जसको लागि अन्तिम दिन राम्रो परिणाम हुनेछ । निश्चय नै अत्याचारीहरूको भलो हुनेछैन ।

    [38] फिरऔनले भन्यो हे दरबारीयाहरू ! म त तिम्रो लागि आफू बाहेक कसैलाई रब (पालनकर्ता) जान्दिन, तसर्थ हे हामान ! मेरो निम्ति माटोलाई आगोबाट पोलेर त्यसबाट एउटा महल बनाऊ, ताकि म (त्यसबाट) मूसाको पालनकर्तातिर हेर्न सकूँ र म त यसलाई असत्य नै ठान्दैछु ।

    [39] उसले र उसको सेनाहरूले धरतीमा अनावश्यक घमण्ड गरे, र ठाने कि उनीहरूलाई हामीतिर फर्कनु छैन ।

    [40] अन्ततः हामीले उसलाई र उसको सेनाहरूलाई समातिहाल्यौं र उनीहरूलाई गहिरो पानीमा फ्याँकिदियौं । अब हेरिहाल कि अत्याचारीहरूको कस्तो परिणाम भयो ।

    [41] र हामीले उनीहरूलाई आगोतिर आह्वान गर्ने अगुवा बनाइदियौं र कियामतको दिन उनीहरूलाई कुनै सहायता प्राप्त हुनेछैन ।

    [42] र हामीले यस संसारमा पनि उनको पछाडि़ एउटा अभिशाप लगाइदियौँ र कियामतको दिन पनि उनी तिरस्कृत हुनेछन् ।

    [43] र पहिलाका जातिहरूलाई नष्ट गरिसकेपछि हामीले ‘‘मूसालाई’’ यस्तो किताब (तौरेत) प्रदान गर्यौं, जुन मानिसहरूको निम्ति मार्गदर्शन र दयास्वरूप भएर आएको थियो । ताकि तिनीहरूले शिक्षा प्राप्त गरुन् ।

    [44] र जब हामीले ‘‘मूसातिर’’ (धर्मका) आदेश पठायौँ, तब तिमी (हे मुहम्मद) पश्चिमतिर थिएनौँ र नत तिमी देख्नेहरूमध्येको थियौ ।

    [45] तर हामीले (मूसापछि) कैयन् समूदायहरूको सृष्टि गर्यौं र उनीमाथि धेरै समय बित्यो । र न तिमी ‘‘मदयनवालाहरू’’ मध्येबाट थियौ कि तिनीहरूको समक्ष हाम्रो आयतहरू पढेर सुनाऔ । अपितु हामीले नै त पैगम्बरहरू पठाउनेवाला हौं ।

    [46] र नत तिमी तूरपर्वतको पासमा उपस्थित थियौ, जब हामीले आवाज दियौं । किन्तु यो तिम्रो पालनहारको तर्फबाट एउटा दयालुता हो, ताकि तिमीले त्यस्ता मानिसहरूलाई सचेत गरिहाल, जसको पासमा तिमीभन्दा अगाडि़को कोही सचेत गर्नेवाला आएन, आश्चर्य छैन कि उनीहरूले उपदेश हासिल गरुन् ।

    [47] यदि उनीहरूले आफ्नै हातबाट आफ्नो अगाडीका कर्मलाई पठाएको कारण कुनै विपत्तिमा पर्ने कुरा नभएको भए उनीहरूले भन्ने थिए कि, हे पालनकर्ता ! तिमीले हामीतिर कुनै पैगम्बर किन पठाएनौ ? ताकि हामी तिम्रा आयतहरूको अनुशरण गथ्र्यौं र ईमानवालामध्ये हुन्थ्यौँ ।

    [48] अनि जब उनीहरूको पासमा हामीकहाँबाट सत्य आइपुग्यो त उनीहरू भन्न थालेः कि जुन कुरो मूसालाई प्राप्त भएको थियो, त्यस्तो किन प्राप्त भएन ? त के जुन अघि मूसालाई दिइएको थियो, उनीहरूले त्यसमा कुफ्र गरेनन् ? स्पष्ट भनेका थिए कि यी दुवै जादूगर हुन् जुन एक अर्काको सहायता गर्दछन् र हामी त यिनीलाई इन्कार गर्दछौँ ।

    [49] भनिदिनुस्ः कि यदि तिमी साँचो हौ भने तिमीले पनि अल्लाहको तर्फबाट कुनै यस्तो किताब ल्याऊ, जुन यी दुवैभन्दा बढी मार्गदर्शन गर्नेवाला होस्, ताकि म पनि उसैको अनुयायी बनूँ ।

    [50] अनि यदि यिनीहरूले तिम्रो कुरा स्वीकार गर्दैनन् भने तिमीले यो विश्वास गर कि यिनीहरू मात्र आफ्ना इच्छाहरूको अनुशरण गर्दैछन् र उसभन्दा धेरै मार्गविचलित को हुन्सक्छ ? जसले अल्लाहको मार्गदर्शन छोडेर आफ्नो इच्छाकोपछि हिंडेको छ । निःसन्देह अल्लाहले अत्याचारीहरूलाई मार्गदर्शन गर्दैन ।

    [51] र हामीले एकपछि अर्काे निरन्तररूपले उनीहरूको मार्गदर्शनको लागि आफ्ना कुराहरू (वाणी) पठाउँदै गरेका हौं, ताकि शिक्षा हासिल गरुन् ।

    [52] जुन मानिसहरूलाई हामीले यसभन्दा अगाडि़ किताब प्रदान गरेका थियौं, उनीहरूले त यसमाथि पनि विश्वास गर्दछन् ।

    [53] र जब यसका आयतहरू उनीहरूलाई पढेर सुनाइन्छ तब भन्दछन्ः कि हामीले यसमा आस्था राख्दछौं । निश्चय नै यो सत्य छ, हाम्रो पालनकर्ताको तर्फबाट हो । हामी त यसभन्दा अगाडि़देखि नै आज्ञाकारी हौं ।

    [54] यी मानिसलाई यिनीहरूले गरेको संयमको दुईगुणा प्रतिफल दिइनेछ । किनभने यिनीहरूले असल कर्मबाट नराम्रो कुरालाई हटाउँदै गर्दछन् र जुन हामीले उनीहरूलाई दिएका छौं, त्यसबाट दान गर्ने गर्दछन् ।

    [55] र जब उनीहरूले व्यर्थको कुरा सुन्दछन् तब त्यसबाट अलग भइहाल्छन् र भन्दछन् कि हाम्रो निम्ति हाम्रा कर्महरू छन् र तिम्रा निम्ति तिम्रा कर्महरू छन् । तिमीलाई सलाम (शान्ति) होस्, हामीले अज्ञानहरूसंग विवाद गर्न चाहँदैनौं ।

    [56] (हे मुहम्मद !) तपाई आफूले चाहेको व्यक्तिलाई मार्गदर्शन गर्न सक्दैनौ तर अल्लाहले जसलाई चाहन्छ, मार्गदर्शन गर्दछ, र उसले मार्गदर्शन पाउनेहरूलाई राम्ररी जान्दछ ।

    [57] उनीहरूले भन्दछन्ः कि यदि हामी तपाईको साथमा यस मार्गदर्शनको अनुशरण गर्दछौं भने आफ्नो भू–भागबाट अपहरित गरिहालिनेछौं । के खतराहरूबाट सुरक्षित शन्तिपूर्ण हरम (मक्का) मा हामीले उनीहरूलाई शरण दिएनौं, जहाँ हरेक प्रकारको जीविका पुर्याइन्छ र यो जीविका हाम्रो तर्फबाट हो, तर उनीहरूमध्ये धेरैले बुझ्दैनन् ।

    [58] र हामीले धेरै त्यस्ता बस्तीहरूलाई नष्ट गरिहाल्यौं, जसले आफ्नो मौज मस्तीमा घमण्ड गर्न लागेका थिए । यी तिनीहरूका बस्ने घर हुन् जो उनी पश्चात् अति थोरै आबाद हुनसके र अन्ततः हामी नै हौं सबैको स्वामी ।

    [59] र तपाईको पालनकर्ताले कुनै बस्तीलाई नष्ट गर्दैन जबसम्मकि उनको कुनै ठूलो बस्तीमा कुनै संदेष्टा नपठाइहालोस्, जसले उनीहरूलाई हाम्रा आयतहरू पढेर सुनाओस् र हामीले बस्तीहरूलाई त्यसै बेला नष्ट गर्दछौं, जबकि त्यहाँका बासिन्दाहरू अत्याचारी नै भइहालुन् ।

    [60] र तिमीलाई जे जति प्रदान गरिएको छ त्यो त सांसारिक जीवनको सामग्री र त्यसको शोभा मात्र हो । र जे जति अल्लाहको पासमा छ त्यो उत्तम र दीर्घकालसम्म रहनेवाला छ । के तिमीले बुझ्दैनौ

    [61] के त्यो व्यक्ति जोसँग हामीले राम्रो वाचा गरेका छौं र त्यसलाई उसले प्राप्त पनि गर्नेवाला छ, त्यस मानिस सरह हुनसक्छ जसलाई हामीले मात्र सांसारिक जीवनका सामग्री प्रदान गरेका छौं ? अनि त्यो कियामतको दिन (समातिएर) पेश गरिनेछ ।

    [62] र जुन दिन अल्लाहले उनीहरूलाई बोलाएर सोध्नेछ, कि तिमीहरू आफूले ठानेको मेरा साझेदारहरू कहाँ छन्

    [63] जुन मानिसहरूमाथि आदेश प्रमाणित भइसकेको हुनेछ, उनीहरूले जवाफ दिने छन्ः कि हे हाम्रो पालनकर्ता ! यी तीनै हुन्, जसलाई हामीले मार्गविचलित गरेका थियौं । हामी त्यस्तै उनीहरूलाई पथविचलित गरेका थिएँ जसरी हामी आफै पथभ्रष्ट थियौं । हामीले तिम्रो सम्मुख आफ्नो कुरा स्पष्ट गरिदियौं, कि यिनीहरूसित हाम्रो कुनै सम्बन्ध छैन र यिनीहरूले हामीलाई पूजा गर्दैनथे ।

    [64] र भनिनेछः कि आफ्ना साझेदारहरूलाई बोलाऊ, उनीहरूले तिनीहरूलाई बोलाउनेछन् तर तिनीहरूले उनीहरूको कुनै उत्तर दिने छैनन् र सबै सजाय देख्नेछन्, यिनीहरूले मार्गदर्शन प्राप्त भएको भए कति राम्रो हुने थियो ।

    [65] र जुन दिन उनीहरूलाई बोलाएर सोध्नेछः कि तिमीहरूले पैगम्बरहरूलाई के जवाफ दियौ

    [66] त्यस दिन उनीहरूले कुनैतर्क गर्नसक्ने छैनन्, अनि उनीहरू आपसमा पनि सोधपूछ गर्ने छैनन् ।

    [67] हो, जसले तौबा गरिहाल्यो र ईमान ल्यायो र असल कर्म गर्यो त निश्चित छ कि त्यो मुक्ति पाउनेहरूमध्येको हुनेछ ।

    [68] र तपाईको पालनकर्ताले जे चाहन्छ, सृष्टि गर्दछ र जसलाई चाहन्छ रोज्दछ । उनीहरूमध्ये कसैलाई कुनै अधिकार प्राप्त छैन । अल्लाहकै लागि पवित्रता छ, ऊ ती सबैभन्दा महान र उच्च छ, जसलाई उनीहरूले साझेदार मान्दछन् ।

    [69] तपाईको पालनकर्ताले त्यो सबै जान्दछ, जुन उनीहरूका मनमा लुकेका हुन्छन् र जे जति उनीहरूले बाहिर व्यक्त गर्दछन्

    [70] उही अल्लाह हो, उसबाहेक कोही पूजाको योग्य छैन । यस संसार र परलोकमा सम्पूर्ण प्रशंसा उसैको लागि छ । र उही सर्वाधिपति हो र उसैतिर तिमीहरू फर्केर जानेछौ ।

    [71] भन्नुस्ः कि तिमीले विचार त गर कि यदि अल्लाहले कियामतको दिनसम्म सधैंको लागि तिमीलाई अँध्यारो गरिदियो भने अल्लाह बाहेक अर्को कोही पूजनीय छ, जसले तिमीलाई दिनको प्रकाश ल्याइदिनेछ, के तिमी सुन्दैनौ

    [72] भन्नुस्ः कि के तिमीले विचार गर्यौ ? यदि अल्लाहले कियामतको दिनसम्म सधैंको निम्ति तिम्रो लागि दिन गरिदिएको भए के अल्लाह बाहेक अर्को कोही पूजनीय छ जसले तिम्रो निम्ति रात ल्याइदेओस्, जसमा तिमीले विश्राम प्राप्त गर्दछौ ? के तिमी देख्दैनौं

    [73] उसैले त आफ्नो दयालुताले तिम्रो निम्ति रात र दिन बनायो, ताकि तिमीले रातमा विश्राम प्राप्त गर र दिनमा उसले दिएको रोजी (जीविका) खोज, ताकि तिमीले कृतज्ञता व्यक्त गर ।

    [74] र जुन दिन उसले तिनीहरूलाई बोलाएर सोध्नेछः कि मेरो ती साझेदारहरू, जसको बारेमा तिमीले दावी गथ्र्यौ, कहाँ छन्

    [75] र हामीले प्रत्येक समुदायहरूबाट एउटा साक्षी निकाल्नेछौं र भन्नेछौं कि आफ्नो प्रमाण प्रस्तुत गर त्यतिखेर उनीहरूले थाहा पाइहाल्नेछन् कि सत्य कुरा अल्लाहकै लागि हो र जे जति उनीहरूले झूठो कुरा रच्दथे, ती सबै उनीहरूबाट हराइहाल्नेछ ।’’

    [76] निश्चय नै ‘‘कारून’’ मुसाको कौममध्येको थियो, तर उसले उनको विरुद्ध अत्याचार गर्न थालेको थियो । र हामीले उसलाई यति खजाना दिएका थियौं कि त्यसको साँचोहरू अनेक वलशालीहरूका लागि पनि उचाल्न गाह्रो थियो । एकचोटी जब उससित उसको समूहका मानिसले भने कि उन्मत नहोऊ किनभने अल्लाहले उन्मादीहरूलाई रुचाउँदैनन् ।

    [77] र जुन (सम्पत्ति) तिमीलाई अल्लाहले प्रदान गरेको छ, त्यसबाट आखिरतको घरको निर्माण गर र संसारिक भाग पनि नबिर्स, र जस्तो कि अल्लाहले तिमीलाई भलो गरेको छ तिमी पनि राम्रो व्यवहार गर र धरतीमा उपद्रव नचाह किनभने अल्लाह उपद्रवीहरूलाई मनपराउँदैन ।

    [78] उसले भन्योः मलाई त यी सबै मेरो आफ्नो व्यक्तिगत ज्ञानको कारण प्राप्त भएको छ । के उसलाई थाहा छैन, कि अल्लाहले उसभन्दा अगाडि कैयन् बस्तीहरूलाई नष्ट गरिसकेको छ, जो शक्तिमा उसभन्दा बढी र उसभन्दा अधिक धन सम्पतिवाला थिए ? र अपराधीहरूसित त उनको अपराधहरूको बारेमा यस्तो बेला सोधपूछ गरिदैन ।

    [79] अनि कारून आफ्नो कौमको अगाडि पूरै सजधजको साथ निस्क्यो, त सांसारिक जीवन रुचाउनेहरूले भन्नथालेः कि ‘‘कारूनले’’ पाएको जस्तो हामीले पनि पाएको भए राम्रो हुने थियो, यो त बडो भाग्यमानी रहेछ ।

    [80] तर ज्ञानीहरूले तिनीहरूलाई सम्झाउनथाले कि असल मानिसहरूको निम्ति, जसले ईमान ल्याए र असल कर्म गरे अल्लाहकहाँ जुन प्रतिफल छ, त्यो नै राम्रो छ । यो कुरा धैर्यवान्हरूको हृदयमा मात्र स्थापित हुने गर्दछ ।

    [81] अन्ततः हामीले उसको महलसंगै उसलाई धरतीमा धँसाइदियौं अनि अल्लाह बाहेक कुनै समुदाय उसको मद्दतको लागि तयार हुन सकेन र नत उसले आफ्नो रक्षा आफै गर्न सक्यो ।

    [82] र जुन मानिसहरूले, हिजो उसको स्थान पाउने कामना गरिराखेका थिए, आज भन्न थाले कि के तिमीलाई थाहा छैन, कि अल्लाहले नै आफ्नो भक्तहरूमध्ये जसलाई जीविका प्रशस्त दिन चाहन्छ दिन्छ र जसलाई चाहन्छ सीमित गरिदिन्छ । यदि अल्लाहले हामीमाथि उपकार नगरेको भए त हामीलाई पनि धँसाइदिने थियो । के तिमीलाई थाहा छैन, कि कृतध्नहरू कहिल्यै सफल हुँदैनन् ।

    [83] त्यो आखिरतको राम्रो घर हामीले ती मानिसहरूको निम्ति तयार गरेका छौं, जसले धरतीमा आफूलाई ठूलो देखाउने काम तथा उपद्रव र घमण्ड गर्दैनन् संयमीहरूको लागि अत्यन्त राम्रो परिणाम छ ।

    [84] जुन मानिसले सत्कर्म लिएर आउँनेछ त्यसले त्यसभन्दा उत्तम प्राप्त गर्नेछ र जसले कुकर्म लिएर आउँनेछ त दुष्कर्म गर्नेहरूलाई त त्यसैको बदला प्राप्त हुनेछ, जुन तिनीहरूले गर्नेगर्दथे ।

    [85] (हे पैगम्बर सल्लल्लाहो अलैहे वसल्लम !) जुन अल्लाहले तपाईमाथि ‘‘कुरआन’’ अवतरित गरेको छ, उसले तपाईलाई पुनः पहिलेको स्थानतिर फर्काउनेवाला छ । भनिदिनुस् कि मेरो पालनकर्ताले त्यसलाई पनि राम्ररी जान्दछ, जसले मार्गदर्शन प्राप्त गरेको छ र उसलाई पनि जो स्पष्टरूपले मार्गविचलित छ ।

    [86] तपाईले त कहिले सोच्नु भएको थिएन, कि तपाईतिर किताब अवतरित गरिनेछ । तर यो तपाईको पालनकर्ताको दयालुताको कारण अवतरित भयो, अतः तपाईले कहिले पनि इन्कार गर्नेहरूको पृष्ठपोषक नबन्नु ।

    [87] हेरिराख्नुस् यी काफिरले अल्लाहको आयतबाट तपाईलाई रोकी नदेऊन्, यस पश्चात जबकि यो तपाईमाथि अवतरित भइसकेको छ । र आफ्नो पालनकर्तातिर बोलाउदै गर्नुस् र बहुदेववादीहरूमा कहिल्यै शम्मिलित नहुनु ।

    [88] र अल्लाहसँग कुनै अरु पुज्यलाई नपुकार्नु, उसबाहेक कोही सत्य पुज्य छैन । उसको अनुहार बाहेक हरेक कुरा नाशवान् छ । आदेशको अधिकार उसैलाई छ र उसैतिर तिमी सबैलाई फर्केर जानुछ ।

    Surah 29
    अल–अन्कबूत

    [1] अलिफ–लाम–मीम् ।

    [2] के मानिसहरूले यो ठानेका छन्, कि (मात्र) यो भन्नाले कि हामीले ईमान ल्यायौं, तिनीहरूको परीक्षा गरिने छैन

    [3] यिनीभन्दा पहिला गुज्रिसकेकाहरूको पनि हामीले परीक्षा लियौं । निश्चितरूपले अल्लाहले त उनीहरूको बारेमा पनि थाहा पाउनेछ, जो सत्य छन् र उनीहरूको पनि जानकारी राख्नेछ जो झूठा छन् ।

    [4] के उनीहरू, जसले नराम्रो कर्म गर्दछन् यो ठान्दछन् कि यिनीहरू हाम्रा नियन्त्रणबाट बाहिर गइहाल्नेछन् । यिनीहरूले कस्तो नराम्रो ठानिराखेका छन् ।

    [5] जुन व्यक्तिहरूले अल्लाहसँगको भेटको आशा गर्दछन्, त अल्लाहको निर्धारित समय (कियामत) त आउने नै छ । र ऊ सबै कुरा सुन्दछ, जान्दछ ।

    [6] र प्रयत्न गर्ने प्रत्येक व्यक्तिले आफ्नै भलोको निम्ति प्रयत्न गर्दछ । निश्चय नै अल्लाह सम्पूर्ण संसारबाट निस्पृह छ ।

    [7] र जुन मानिसहरूले विश्वास गरे र उनीहरूले (सुन्नत अनुरूप) उत्तम कर्म गरे, हामीले उनीहरूबाट सबै पापहरू हटाइदिने छौं र उनीहरूलाई अवश्य नै उनका सत्कर्मको राम्रो पुरस्कार प्रदान गर्नेछौं ।

    [8] र हामीले हरेक मानिसलाई आफ्ना आमा बाबुसँग राम्रो व्यवहार गर्न आदेश दिएका छौं । हो यदि तिनीहरूले यो चाहन्छन कि तपाईले मसँग अरुलाई मेरो साझेदार ठहराऊ, जसबारे तपाईलाई ज्ञान छैन, त उनीहरूको कुरा नमान । मतिर नै तिमी सबैलाई फर्केर आउनुछ । अनि मैले तिमीलाई त्यो सबै बताउने छु जुन तिमीले गर्ने गर्दथ्यौ ।

    [9] र जुन मानिसहरूले ईमान ल्याए र असल कर्म गरिरहे, उनीहरूलाई हामी आफ्ना असल सेवकहरूमा शम्मिलित गर्नेछौं ।

    [10] र केही मानिसहरू यस्ता पनि छन् जसले मुखले भन्दछन्, कि हामीले अल्लाहमाथि आस्था राख्यौं । तर जब उनीहरूलाई अल्लाहको बाटोमा कुनै कष्ट पुग्दछ त मानिसहरूको कष्टलाई यस्तो ठान्दछन् जस्तो अल्लाहको सजाय होस् र यदि पालनकर्ताको तर्फबाट कुनै सहायता पुग्दछ त भन्दछन्, कि हामी त तिम्रा साथमा थियौं । के जुन कुरो संसारवालाहरूको छातीमा छ, अल्लाह त्यसलाई जान्दैन

    [11] अल्लाहले उनीहरूलाई अवश्य जानिराख्छ जो सच्चा मोमिन छन् र कप्टीहरूलाई पनि जानिराख्छ ।

    [12] काफिरहरू ईमानवालाहरूसित भन्दछन्ः कि तिमीहरू हाम्रा मार्गहरूमा हिंड, हामीले तिम्रा पापको भारी बोकिहाल्नेछौं । जबकि उनीहरू उनका पापहरूमध्ये केही पनि बोझ बोक्नेवाला छैनन् । यिनीहरू त मात्र झूठा हुन् ।

    [13] हो यिनीहरूले आफ्नो भारी बोक्नेछन् र आफ्नो बोझहरूको साथमा अन्य भारी पनि र जुन मनगढन्ते कुराहरू यिनीहरू रचिराखेका छन् कियामतको दिन त्यसको बारेमा उनीहरूसित अवश्य नै सोधपूछ हुनेछ ।

    [14] र हामीले ‘‘नूह(अलैहिस्सलाम)लाई’’ उनको कौमतिर पठायौं, र उनी नौ सय पचासवर्ष उनीहरूबीच बसे ! अनि उनीहरूलाई हुरीले समात्यो र उनीहरू अत्याचारी नै थिए ।

    [15] अनि हामीले ‘‘नूहलाई’’ र डुँगामा बस्नेवालाहरूलाई बचाइहाल्यौं र त्यस घटनालाई सम्पूर्ण संसारको निम्ति निशानी बनाइदियौं ।

    [16] र इब्रहीम(अलैहिस्सलाम)ले पनि आफ्नो कौंमसित भने कि अल्लाहको उपासना गर र ऊसित डर । यो तिम्रो निम्ति राम्रो छ यदि तिमी बुद्धिमान छौ ।

    [17] तिमी त अल्लाहलाई छाडी मूर्तिहरूको पूजा गर्दछौ, र झूठा कुरा रच्दछौ र तिमीले अल्लाह बाहेक जसलाई पूज्दछौ, उनीहरूमा तिमीलाई जीविका दिने अधिकार छैन । अतः तिमीले अल्लाह कहाँबाट नै जीविका खोज र उसैको उपासना गर, र उसैको आभारी बन, र तिमीलाई उसैतिर फर्केर जानुछ ।

    [18] र यदि तिमीले मलाई झूठा ठान्दछौ, त तिमीभन्दा अघिका कैयन् समुदायले पनि झूठा भनिसकेका छन् । रसुलहरूमाथि मात्र स्पष्टरूपले (अल्लाहको संदेश) पुर्याइदिने जिम्मेवारी छ ।

    [19] के उनीहरूले देखेनन्, कि अल्लाह कुन प्रकारले सृष्टिको आरम्भ गर्दछ ? फेरि उसको पुनरावृत्ति गर्नेछ ? निःसन्देह यो अल्लाहको निम्ति अत्यन्त सरल छ ।

    [20] भन्नुस् कि धरतीमा हिंडडुल गरेर हेर कि अल्लाहले कुन प्रकारले सृष्टिको आरम्भ गरेको छ । अनि अल्लाहले नै पछिको सृष्टि रच्नेछ र निश्चय नै अल्लाह हरेक कुरामाथि सामथ्र्यवान् छ ।

    [21] जसलाई चाहन्छ सजाय दिन्छ, र जसमाथि चाहन्छ कृपा गर्दछ । र उसैतिर सबैले फर्केर जानुछ ।

    [22] र तिमी न त धरतीमा अल्लाहलाई हैरान गर्न सक्छौ र न त आकाशमा, र अल्लाह बाहेक तिम्रो न कोही मित्र छ न कोही सहायक ।

    [23] र जुन मानिसहरूले अल्लाहका आयतहरू र उसँग हुने साक्षातकारलाई बिर्सन्छन्, उनी मेरो दयाबाट निराश भइहालुन् । र तिनै हुन्, जसको निम्ति दुःखद यातना छ ।

    [24] अनि उसको कौमको भनाई मात्र यो थियो कि यसलाई कत्ल (हत्या) गरिदेऔ वा जलाइहालौ, अन्ततः अल्लाहले उनीलाई आगोबाट बचाइहाल्यो यसमा ईमानवालहरूको लागि धेरै निशानीहरू छन् ।

    [25] इब्राहीमले भने कि ‘‘अल्लाहबाट टाढिएर तिमीहरूले जुन मूर्तिहरूलाई मात्र सांसारिक जीवनको कारण पूजा गर्दछौ । कियामतको दिन तिमीहरू एकअर्काबाट इन्कार गर्नेछौ, र एकअर्कालाई धिक्कार्नेछौ, र तिमिहरू सबैको बासस्थान नर्क हुनेछ र तिम्रो कोही सहायता गर्नेवाला हुनेछैन ।

    [26] अनि ‘‘लूतले’’ उनको (इब्राहीमको) कुरामा ईमान ल्याए, र भन्नथालेः कि म आफ्नो पालनकर्तातिर हिजरत गर्दछु । निःसन्देह ऊ अधिपत्यशाली, तत्वदर्शी छ ।

    [27] र हामीले उनलाई (इब्राहीमलाई) ‘‘इस्हाक’’ र ‘‘यअ्कूब’’ प्रदान गर्यौं र हामीले उसको सन्ततिमै पैगम्बरी र किताबहरू प्रदान गर्यौं । र हामीले उनलाई संसारमा पनि राम्रो प्रतिफल प्रदान गर्यौं र उनी आखिÞरतमा पनि सत्कर्मीहरूमध्येका हुनेछन् ।

    [28] र ‘‘लूत’’ (अलैहिस्सलाम) को पनि वर्णन गर जब उनले आफ्नो कौमसित भनेः कि तिमीले त्यस्तो व्यभिचार गर्दछौ, जुन तिमीभन्दा पहिला सम्पूर्ण संसारमा कसैले पनि गरेको थिएन ।

    [29] के तिमी (आनन्द प्राप्तिको लागि) पुरुषहरूसँग व्यभिचार गर्दछौ र बाटोहरूलाई बन्द गर्दछौ, र आफ्नो आम सभाहरूमा दुष्कर्म गर्दछौ ? अनि उनको कौमका मानिसहरूको उत्तर यही थियो कि उनीहरूले भनेः कि यदि तिमी साँचो हौ भने हामीमाथि अल्लाहको यातना ल्याऊ ।

    [30] (लूतले) प्रार्थना गरे कि हे मेरो पालनकर्ता ! यी उपद्रवीहरूको मुकाबिलामा मेरो सहायता गर ।

    [31] र जब हाम्रा फरिश्ताहरू इब्राहीमको पासमा शुभसूचना लिएर आए, त उनीहरूले भन्नथालेः कि हामीले यस बस्तीका मानिसहरूलाई नष्ट गर्नेवाला छौं । निःसन्देह यहाँ बस्ने मानिसहरू अत्याचारी हुन् ।

    [32] इब्राहीमले भने कि यसमा त लूत पनि छन् । उनीहरू भन्नथालेः ‘‘कि जुन मानिसहरू यहाँ बस्दछन्, हामीलाई सबै थाहा छ । हामीले उनलाई र उनका घरवालाहरूलाई बचाइराख्नेछौं, तर उनकी स्वास्नी बाहेक, किनभने त्यो स्त्रीपछि पर्नेहरूमध्येकी छे ।’’

    [33] र जब हाम्रा फरिश्ताहरू ‘‘लूतको’’ नजिक आए, त, उनीहरूको कारणले उनी दुःखी भए र मनैमनमा चिन्तित भए । फरिश्ताहरूले भनेः तपाई ‘‘डर नमान्नुहोस् र दुःख पनि नमान्नुहोस् । हामी तपाईलाई र तपाईको घरवालाहरूलाई बचाइहाल्ने छौं, तर तपाईकी स्त्री सजायको लागि पछि पर्नेहरूमध्येकी हुनेछे ।’’

    [34] हामीले यस बस्तिका मानिसहरूमाथि आकाशबाट यातना अवतरित गर्नेछौं, यसकारण कि उनीहरू अनियन्त्रित भइरहेका छन् ।

    [35] र हामीले त्यस बस्तीलाई एउटा खुल्ला निशानी ती मानिसहरूको निम्ति बनाइदिएका छौं, जो बुद्धिले काम लिन चाहन्छन् ।

    [36] र ‘‘मदयनतिर’’ उनको भाइ ‘‘शुऐबलाई’’ हामीले पठायौं उनले भने, ‘‘कि हे मेरो कौमका मानिस ! अल्लाहको उपासना गर र अन्तिम दिनको आशा राख र धरतीमा उत्पातको सिर्जना नगर्नेगर ।

    [37] तैपनि उनीहरूले उनलाई झूठा ठाने, अन्ततः उनलाई भूकम्पले आइसमात्यो र उनीहरू आ–आफ्नो घरहरूमा बस्दाबस्दै घोप्टो भइहाले ।

    [38] र हामीले ‘‘आद’’ र ‘‘समूदका मानिसहरूलाई’’ पनि नष्ट गरिहाल्यौं र उनीहरूको घरका अवशेषहरू तिम्रो आँखाका अगाडि़ छन् । शैतानले उनीहरूको कर्मलाई उनको निम्ति आकर्षक बनाएर देखाइदियो, र उनीहरूलाई सही बाटोबाट रोकिदियो, जबकि उनीहरू दृष्टिवाला र बुद्धिमान थिए ।

    [39] र ‘‘कारून’’ एवं पिÞmरऔन’’ र ‘‘हामानलाई’’ पनि (नष्ट गरिदियौं) र उनको पासमा ‘‘मूसाले’’ स्पष्ट चमत्कारहरू लिएर आएका थिए, तैपनि उनीहरू धरतीमा घमण्ड गर्नथाले, र उनीहरू (हाम्रो) नियन्त्रणबाट निस्कन सक्नेवाला थिएनन् ।

    [40] अन्ततः हामीले सबैलाई उनीहरूको अपराधको अधिकताको कारण समातिहाल्यौं, अनि उनीहरूमध्ये केही (कौमेआद) माथि हामीले ढुङ्गा बर्साउने वायु पठायौं, र केही यस्ता थिए (समूद) जसलाई भयङ्कर आवाजले आइसमात्यो र तीमध्ये केही (कारून) लाई हामीले धरतीमा पुरिदियौं र केही यस्ता थिए (फिरऔन) जसलाई हामीले डुबाइदियौं । अल्लाह यस्तो होइन कि उनीहरूमाथि अत्याचार गरोस्, किन्तु उनीहरूले आफू स्वयंमाथि नै अत्याचार गर्दथे ।

    [41] जुन मानिसहरूले अल्लाह बाहेक अरुलाई संरक्षक बनाएका छन्, उनको उदाहरण माकुराको जस्तो छ कि उसले पनि एउटा घर बनाउँछे र कुनै सन्देह छैन कि तमाम घरहरूमा कमजोर माकुराको घर हुन्छ । यिनीहरूले यो कुरा बुझ्ने भए कति राम्रो हुने थियो ।

    [42] अल्लाहले ती सबैलाई जान्दछ जसलाई यिनीहरूले अल्लाह बाहेक पुकार्दछन् र ऊ अधिपत्यशाली, तत्वदर्शी छ ।

    [43] यी दृष्टान्तहरू हामीले मानिसहरूलाई बुझ्नको निम्ति वर्णन गर्दछौं र यसलाई त मात्र ज्ञानवानले नै बुझ्दछन् ।

    [44] अल्लाहले आकाशहरू र धरतीलाई सत्यताको साथ सृष्टि गरेको छ । निश्चय नै यसमा ईमानवालाहरूको निम्ति ठुलो निशानी छ ।

    [45] (हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम) त्यस किताबलाई पढ्ने गर्नुस्, जुन तपाईंलाई ‘‘वह्य’’ द्वारा पठाइएको छ, र नमाज कायम गर्नुस् । निःसन्देह नमाजले अश्लीलता र नराम्रो कुराबाट रोक्दछ । र अवश्य अल्लाहको स्मरण गर्नु त अत्यन्त ठूलो कुरो हो । तिमी जे गर्दैछौ अल्लाह जान्दछ ।

    [46] र किताबवालाहरूसित उत्तम तरिका बाहेकले शास्त्रार्थ नगर, तर उनीहरूमध्ये जो अत्याचारी छन्, उनको कुरा अर्कै छ र स्पष्ट भनः ‘‘कि हामीले यस किताबमाथि ईमान ल्यायौं जुन हामीतिर अवतरित भयो र त्यसमाथि पनि जुन तिमीतिर अवतरित भयो । र हाम्रो तिम्रो पूज्य एउटै हो, र हामी सबै उसैको आज्ञाकारी हौं ।’’

    [47] र यसै प्रकार हामीले तपार्इंतिर किताब अवतरित गरेका छौं, त जसलाई हामीले किताब प्रदान गरेका छौं, उनीहरूले त्यसमाथि ईमान ल्याउँछन् र यिनीहरू (मुश्रिकहरू) मध्ये केहीले त्यसमाथि ईमान ल्याउँछन् र हाम्रा आयतहरूको इन्कार त काफिरहरूले मात्र गर्दछन् ।

    [48] यसभन्दा पहिला तपाईंले कुनै किताब पढ्नु भएको थिएन र नकुनै किताबलाई आफ्नो हातले लेख्नुहुन्थ्यो, जसबाट यी मिथ्यावादीहरू सन्देहमा पर्न सक्दथे ।

    [49] बरु यो कुरआन त ती मानिसहरूको छातीमा विद्यमान स्पष्ट आयतहरू हुन् जसलाई ज्ञान प्रदान भएको छ । र हाम्रा आयतहरूको इन्कार त अत्याचारीहरूले मात्र गर्दछन् ।

    [50] उनीहरूको भनाई छः कि उसमाथि उसको पालनकर्ताको तर्फबाट निशानीहरू किन अवतरित भएनन् ?’’ तपार्इं भनिदिनुस् कि ‘‘निशानीहरू त सबै अल्लाहकै पासमा छन् । र म त केवल स्पष्टरूपले सचेत गर्नेवाला हूँ ।’’

    [51] के उनीहरूको निम्ति यो पर्याप्त छैन ? कि हामीले तपाईंमाथि किताब अवतरित गर्यौं, जुन कि उनीहरूलाई पढेर सुनाइन्छ । यसमा ईमान ल्याएकाहरूको निम्ति दयालुता (पनि) छ र उपदेश (पनि) ।

    [52] भनिदिनुस् ! कि मेरो र तिम्रो बीचमा अल्लाह साक्षी हुनु पर्याप्त छ । जे जति आकाश र धरतीमा छ उसले सबै जान्दछ । जसले असत्यमा विश्वास गरे र अल्लाहलाई इन्कार गरे, तिनीहरूले ठूलो नोक्सानी भोग्नेछन् ।

    [53] यिनीहरूले तपार्इंसित यातना (अल्लाहबाट दिइने अजाब) को लागि हतार गरिराखेका छन् । यदि मेरो तर्फबाट एउटा निश्चित समय निर्धारित नभइसकेको भए उनीहरूमाथि यातना पनि आइसक्ने थियो र त्यो कुनै समयमा एक्कासी उनीहरूमाथि अवश्य आएर नै छाड्नेछ ।

    [54] यिनीहरूले सजायको लागि हतार गर्दैछन्, (धैर्यराखुन्) नर्कले त काफिरहरूलाई घेरिहाल्नेछ ।

    [55] त्यस दिन यातनाले उनीहरूलाई माथिदेखि तलसम्म छोपिराख्नेछ र अल्लाहको आदेश हुनेछ कि जुन (गलत) काम तिमीले गर्ने गर्दथ्यौ अब त्यसको स्वाद चाख ।

    [56] ‘‘हे मेरा ईमानवाला सेवकहरू, मेरो धरती धेरै विस्तृत छ, अतः मेरै उपासना गर ।

    [57] प्रत्येक जीवले मृत्युको स्वाद चाख्नेवाला छ, अनि तिमी सबै हामीतिरै फर्काइनेछौ ।

    [58] र जसले ईमानल्याए र असल कर्म गरिरहे, उनीहरूलाई निश्चय नै हामीले बहिश्त (स्वर्ग) का अग्ला–अग्ला महलहरूमा ठाउँ प्रदान गर्नेछौं, जसमुनि नहरहरू बगिराखेका छन्, जहाँ सधैं तिनीहरू बस्नेछन् । असल कर्म गर्नेहरूलाई यो कति राम्रो बदला (प्रतिफल) हो ।

    [59] ती जसले धैर्य गरेर आफ्नो पालनकर्तामाथि भरोसा गर्दछन् ।

    [60] र धेरै जनावर यस्ता छन् जसले आफ्नो जीविका बोकी हिंडिराखेका हुदैनन् । अल्लाहले नै उनीहरूलाई जीविका प्रदान गर्दछ र तिमीलाई पनि । र ऊ सबैकुरा सुन्दछ, जान्दछ ।

    [61] र यदि तपाईले उनीहरूसँग सोध्नुहुन्छ कि आकाशहरू र धरतीलाई कसले सृष्टि गर्यो र सूर्य र चन्द्रलाई कसले काममा लगायो ? त उनीहरूले भनिहाल्नेछन् ‘‘कि अल्लाहले !’’ अनि उनीहरू कता विमुख भई जाँदैछन्

    [62] अल्लाहले आफ्ना भक्तहरूमध्ये जसको निम्ति चाहन्छ जीविका विस्तृत गरिदिन्छ र जसको लागि चाहन्छ संकुचित गरिदिन्छ । निःसन्देह अल्लाह प्रत्येक कुरा जान्दछ ।

    [63] र यदि तपार्इंले उनीहरूसित सोध्नुहुन्छ कि आकाशबाट पानी कसले बर्सायो, अनि त्यसबाट धरतीलाई मृत्यु पश्चात जीवित कसले गर्यो,? त निश्चय नै उनीहरूको जवाफ हुनेछ कि ‘‘अल्लाहले !’’ तपार्इं भन्नुस् कि सम्पूर्ण प्रशंसा अल्लाहकै लागि छ । किन्तु उनीहरूमध्ये अधिकतरले बुद्धिले काम लिदैनन् ।

    [64] र यो सांसारिक जीवन त मात्र खेल तमाशा हो । निःसन्देह आखिरतको घरको जीवन नै वास्तविक जीवन हो । उनीहरूले यो बुझ्ने भए कति राम्रो हुने थियो ।

    [65] अनि जब यिनीहरू डुङ्गामा सवार हुन्छन् त अल्लाहलाई नै पुकार्दछन् विशुद्धरूपमा उसैको निम्ति पूजालाई खास गरी, र जब उसले तिनीहरूलाई बचाएर शुष्क भूमिमा पुर्याइदिन्छ तब तुरुन्तै (अल्लाहको) साझेदार ठहराउन थाल्छन् ।

    [66] ताकि हामीले उनीहरूलाई जे प्रदान गरेका छौं, त्यसप्रति कृतघ्नता देखाउदै फाइदा पनि लिदैगरुन् । अतः शीघ्र नै उनीहरूले जानिहाल्नेछन् ।

    [67] के उनीहरू देखेनन्, कि हामीले हरम (मक्का)लाई शान्तिको ठाउँ बनाएका छौं, र मानिसहरू त्यसका वरिपरिबाट समातिहालिनेछन् । के यी मानिसहरूले असत्यमाथि त विश्वास गर्दछन् र अल्लाहको अनुकम्पाप्रति कृतघ्नता देखाउँछन्

    [68] त्यो व्यक्तिभन्दा बढी अत्याचारी को होला ? जसले अल्लाहको बारेमा मनगढन्ते कुरा रच्दछ वा सत्यलाई झूठो भन्दछ, जबकि त्यो (सत्य) उसको पासमा आइसकेको हुन्छ ? के यस्ता काफिरहरूको बस्ने ठाउँ नर्क हुनेछैन

    [69] र जुन मानिसहरूले हाम्रो बाटोमा कष्ट सहन्छन्, हामीले, उनीहरूलाई अवश्य आफ्ना मार्गहरू देखाउनेछौं र निश्चय नै अल्लाह त सुकर्मीहरूको साथी हो ।

    Surah 30
    अर–रूम

    [1] अलिफ् : लाम्. – मीम. ।

    [2] रूमीहरू परास्त भइसकेका छन्

    [3] निकटवर्ती क्षेत्रहरूमा र उनीहरू परास्त भएपछि छिटै प्रभावी भइहाल्नेछन् ।

    [4] केही वर्षमै । यसभन्दा पहिला र यसपछि पनि अख्तियार अल्लाहकै छ, र त्यस दिन मोमीनहरू खुशी हुनेछन् ।

    [5] अल्लाहले जसलाई चाहन्छ सहायता दिन्छ । त्यो सर्वशक्ति सम्पन्न, दयावान् छ ।

    [6] यो अल्लाहको वाचा हो । अल्लाहले आफ्नो वाचाको उल्लङ्घन गर्दैन ! किन्तु अधिकांश मानिसहरूले बुझ्दैनन् ।

    [7] उनीहरूले त सांसारिक जीवनको केवल वाह्यरूप जान्दछन् । र आखिरत (अन्तिमदिन) बाट बिल्कुलै असावधान छन् ।

    [8] के उनीहरूले आफ्नो मनमा सोचविचार गर्दैनन् ? कि अल्लाहले आकाशहरू र धरतीलाई र जे–जति उनीहरूको बीचमा छ, सत्यका साथ एउटा निश्चित अवधिसम्मको लागि मात्र सृष्टि गरेको छ । किन्तु धेरैजसो मानिसहरू त आफ्नो पालनहारको मिलनको कुराबाट इन्कार गर्दछन् ।

    [9] के उनीहरूले धरतीमा हिड्डुल गरेर यो देखेनन् कि उनीहरूभन्दा पहिलाका मानिसहरूको कस्तो (नराम्रो) परिणाम भयो ? उनीहरू शक्तिमा यिनीहरूभन्दा बढी बलवान थिए, र उनीहरूले धरतीमा खेतीपाती गरे र यिनीभन्दा अधिक त्यसलाई आबाद गरेका थिए, र उनीहरूको पासमा उनीहरूका रसूलले प्रत्यक्ष प्रमाण लिएर आएका थिए । अल्लाहले उनीहरूमाथि अत्याचार गर्नु त असम्भव थियो । किन्तु उनीहरू स्वयं आफूमाथि अत्याचार गर्दथे ।

    [10] अन्ततः नराम्रो गर्नेहरूको परिणाम नराम्रो भयो, किनभने उनीहरूले अल्लाहका आयतहरूलाई झूठो भनेर उनीहरूको उपहास गर्दथे ।

    [11] अल्लाहले नै सृष्टिको आरम्भ गर्दछ । अनि त्यसैले उसको पुनराबृत्ति गर्नेछ । अनि उसैतिर तिमी फर्कनेछौ ।

    [12] र जुन दिन कयामत (अन्तिम दिन) आइपुग्नेछ, त्यस दिन अपराधीहरू आश्चर्यचकित भइहाल्नेछन् ।

    [13] र उनीहरूले ठहराएका समस्त साझेदारहरूमध्ये कोही पनि सिफारिश गर्नेवाला हुनेछैन र उनीहरू आफै पनि आफ्ना साझेदारहरूलाई अस्वीकार गर्नेछन् ।

    [14] र जुन दिन प्रलय (कयामत) हुनेछ, त्यसदिन उनीहरू (विभिन्न समूह) अलग–अलग भइहाल्नेछन् ।

    [15] र जसले ईमान ल्याए र असल कर्म गरे, उनीहरू स्वर्गमा प्रसन्नतापूर्वक राखिनेछन् ।

    [16] तर जुन मानिसहरूले इन्कार गरेका थिए र हाम्रा आयतहरू र आखिरतको साक्षात्कारलाई झूठो भनेका थिए उनीहरू सबै यातनामा पर्नेछन् ।

    [17] यसर्थ जब साँझ पर्छ र जुन बेला बिहान हुन्छ, तिमीहरू अल्लाहको सतुति (तस्बीह) पढ्नेगर ।

    [18] र आकाशहरू र धरतीमा सबै प्रशंसा योग्य उही मात्र छ । अप्रान्हमा पनि र मध्यान्हपछि पनि (उसको पवित्रताको वर्णन गर) ।

    [19] उसैले जीवितलाई मृतबाट निकाल्दछ र मृतलाई जीवितबाट र धरतीलाई उसको मृत्युपश्चात उसैले जीवन प्रदान गर्दछ । यसै प्रकार तिमी पनि पुनः धरतीबाट निकालिने छौ ।

    [20] (र यो) उसको निशानीहरूमध्ये हो कि उसले तिमीलाई माटोबाट सृष्टि गर्यो । अनि अब तिमी मानिस भई ठाउँ ठाउँमा फैलिराखेका छौ ।

    [21] र (यो पनि) उसको निशानीहरूमध्ये हो कि उसले तिम्रै सहजातिबाट तिम्रो लागि जोडी (स्वास्नीहरू) सृष्टि गर्यो, ताकि तिमी उनीबाट आराम (सन्तुष्टि) प्राप्त गर र उसले तिम्रोबीचमा प्रेम र सहानुभूति सृष्टि गर्यो, निश्चयनै यसमा धेरै निशानीहरू छन्, उनको लागि जो सोचविचार गर्दछन् ।

    [22] उसको क्षमताका निशानीहरूमध्ये आकाशहरू र धरतीको सृजना र तिम्रो भाषा र तिम्रा रंगहरूको विविधता पनि हो । निःसन्देह यसमा ज्ञानी र चिन्तनशीलहरूको निम्ति धेरै निशानीहरू छन् ।

    [23] र उसको शक्तिको निशानीहरूमध्ये राती र दिनको निद्रा पनि हो र उसको अनुग्रह (जीविका) लाई तिमीले तलाश गर्नु (खोज्नु) पनि हो । निश्चय नै यसमा निशानीहरू छन्, ती मानिसहरूको निम्ति जो सुन्दछन् ।

    [24] र उसकै निशानीहरूमध्ये एक यो पनि हो कि उसले तिमीलाई बिजुलीको चमक, भय र आशा उत्पन्न गर्नको निम्ति देखाउँछ र आकाशबाट पानी वर्षाउछ । त्यसबाट निर्जीव धरतीलाई जीवन प्रदान गर्दछ । यसमा पनि बुद्धिमानहरूको निम्ति धेरै निशानीहरू छन् ।

    [25] र अर्को निशानी यो पनि छ कि आकाश र धरती उसैको आदेशले कायम छन् । अनि जब उसले तिमीलाई आवाज दिनेछ, तब एउटै आवाजबाट तिमी तुरुन्तै धरतीबाट निस्किहाल्ने छौ ।

    [26] र आकाश र जमिनका सबै कुराहरू उसैको सम्पत्ति हुन र सबै उसैको आदेशको अधीन छन् ।

    [27] र उही त हो जसले सर्वप्रथम सृष्टिको आरम्भ गर्दछ, अनि उसैले उसको पुनराबृत्ति गर्नेछ । यो उसको निम्ति धेरै सजिलो छ, आकाशहरू र जमिनमा उसको शान (गुण) सर्वोच्च छ र ऊ अधिपत्यशाली, तत्वदर्शी छ ।

    [28] अल्लाहले तिम्रो लागि स्वयम् तिम्रो एउटा उदाहरणको वर्णन गरेको छ । जे जति मैले तिमीलाई दिइराखेको छु के तिम्रो दासहरूमध्येको पनि कोही त्यसमा हकदार छ ? कि तिमी र तिनी त्यसमा बराबर भागीदार छौ ? र तिमीले उनीसित यस्तो डराउँछौ जस्तो तिमी आफ्नै (भाइ–अंशियारहरू) सित डराउँछौ हामीले बुद्धिमानहरूको लागि यस्तै स्पष्ट गरी–गरी आयतहरू वर्णन गर्दछौं ।

    [29] अपितु कुरो यो हो कि यी अन्यायीहरू बिना ज्ञान त्यस्तै स्वार्थपूर्तिमा लागेका छन् । त्यसलाई कसले बाटो (सही बाटो) देखाउन सक्दछ जसलाई अल्लाहले मार्गविचलित गरिदिन्छन् । यिनीहरूको एउटा पनि मद्दत गर्नेवाला हुँदैन ।

    [30] तसर्थ तपार्इं दत्तचित्त भएर आफूलाई दीन (इस्लाम) तर्फ लगाउँदै गर्नुस्, अल्लाहको त्यो विशेषता जसमाथि उसले मानिसहरूको सृष्टि गरेको छ । अल्लाहले बनाएको (लाई) नबदल्नु, यही सोझो धर्म हो । तर धेरैले बुझ्दैनन् ।

    [31] (मानिसहरू हो !) अल्लाहतर्फ लागेर ऊसित डर मान्ने गर र नमाज पढ्ने गर र मुश्रिकहरूमध्येबाट नबन्नु ।

    [32] उनीहरूमध्येबाट जसले आफ्नो धर्मलाई टुक्रा–टुक्रा गरिदिए र स्वयम् पनि समूह–समूहमा विभाजित भए, प्रत्येक समूह आफूसंग भएको चीज–वस्तुमा प्रसन्न छ ।

    [33] जब मानिसहरूलाई कुनै कष्ट पुगदछ, त आफ्नो पालनकर्तातर्फ प्रवृत्त भएर प्रार्थना गर्दछन् । अनि जब उसले उनीहरूलाई आफ्नो दयालुताको रसास्वादन गराइदिन्छ तब उनीहरूमध्ये केही मानिसहरूले (एउटा समूहले) आफ्नो पालनकर्ताको साझेदार ठहराउन थाल्दछन् ।

    [34] ताकि उनीहरूले त्यसप्रति अकृतज्ञता देखाऊन् जुन हामीले उनीहरूलाई प्रदान गरेका छौं, ठीकै छ तिमी फाइदा उठाइहाल । अति शीघ्र नै तिमीलाई (परिणाम) थाहा भइहाल्नेछ ।

    [35] के हामीले उनीहरूलाई कुनै यस्तो प्रमाण उतारेका छौं जसले उनलाई स्पष्ट गरी अल्लाहको साथ शिर्क गर्न सिकाउँछ ।

    [36] र जब हामीले मानिसहरूलाई आफ्नो दयालुताको रसास्वादन गराउँदछौं त अत्यन्त खुशी भइहाल्छन् र यदि उनकै हातले गरेको उनीहरूका कर्महरूको कारणले कुनै कष्ट पुग्दछ भने निराश भइहाल्दछन् ।

    [37] के उनीहरूले यो देखेनन् कि अल्लाहले नै जसको निम्ति चाहन्छ जीविका विस्तृत गरिदिन्छ र जसको निम्ति चाहन्छ संकुचित गरिदिन्छ । निःसन्देह यसमा पनि ईमानवालाहरूको निम्ति निशानीहरू छन् ।

    [38] तसर्थ नातेदारहरू र निमुखाहरू र बटुवाहरूलाई उनीहरूको हक दिनेगर, जुन मानिसहरू अल्लाहको प्रसन्नताको इच्छुक छन, यो उनीहरूको हकमा राम्रो छ, र यिनै मानिसहरू सफलता प्राप्त गर्नेवाला हुन् ।

    [39] तिमीले जुन व्याजमा दिन्छौ, ताकि त्यो मानिसको मालमा शम्मिलित भई बढ्ने गरोस्, त त्यो अल्लाहकहाँ बढ्दैन, तर जुन जकात तिमीले अल्लाहको प्रसन्नता प्राप्त गर्नको निम्ति दियौ, त यस्ता मानिसहरूले नै (अल्लाहकहाँ) आफ्नो मालमा वृद्धि गर्छन् ।

    [40] अल्लाह नै त हो जसले तिमीलाई सृष्टि गर्यो, अनि तिमीलाई जीविका दियो, अनि तिमीलाई उसले मृत्यु दिनेछ अनि तिमीलाई जीवित गर्नेछ । के तिमीले साझेदार ठहराकाहरूमध्ये पनि कोही यस्तो छ, जसले यी कामहरूमध्ये केही गर्न सकोस् । अल्लाहको लागि पवित्रता र श्रेष्ठता छ उनीहरूका साझेदारहरूबाट ।

    [41] थल, र जलमा मानिसहरूका गलत क्रियाकलापलेगर्दा दंगा फैलिसक्यो ताकि अल्लाहले उनीहरूलाई उनीहरूको करतूतहरूको केहि स्वाद चखाओस् । कदाचित तिनीहरू नराम्रो कामबाट रुकुन् ।

    [42] धरतीमा हिंडडुल गरेर हेर कि जुन मानिसहरू तिमीभन्दा पहिला थिए, उनीहरूको परिणाम कस्तो भयो ? उनीहरूमा धेरै जसो मुश्रिक नै थिए ।

    [43] अतः तपार्इं आफ्नो अनुहार यस सत्य धर्मतिर नै राख्नु होस् यसभन्दा अगाडि कि अल्लाहको तर्फबाट त्यो दिन आइहालोस्, जुन टर्नेवाला छैन । (मानिसहरू) त्यस दिन सबै यताउता (तितर–बित्तर) भइदिन्छन् ।

    [44] जसले इन्कार गर्यो त उसको इन्कार उसैको लागि घातक सिद्ध हुनेछ र जसले राम्रो कर्म गरे, उनीहरूले आफ्नै आरामको साधन जुटाइराखेका छन् ।

    [45] ताकि जसले ईमान ल्याए र असल कर्म गरिरहे, उनीहरूलाई अल्लाहले आफ्नो दयालुताले पुरस्कार देओस् । निःसन्देह त्यसले काफिरहरूलाई प्रेम गर्दैन ।

    [46] र उसको निशानीहरूमध्ये शुभ समाचार दिन हावा चलाउनु पनि हो । जसबाट उसले तिमीलाई आफ्नो दयालुताको स्वाद चखाओस् र ताकि उसको आदेशबाट डुंगाहरू चलुन्, र ताकि तिमीले उसको अनुग्रह (जीविका) खोज, र त्यसहेतु तिमीले कृतज्ञता प्रकट गर ।

    [47] र हामीले तपाईंभन्दा पहिला पनि रसूलहरूलाई (संदेशवाहकहरूलाई) उनीहरूको जातिबन्धुतिर पठायौं, र उनीहरूले तिनीहरूको पासमा खुल्ला प्रमाणहरू लिएर आए अनि अपराधीहरूबाट हामीले प्रतिशोध लियौं। (तसर्थ) जुन मानिसहरूले ईमान ल्याए तिनीहरूको सहायता गर्नु हामीलाई जरुरी थियो ।

    [48] अल्लाहले नै वायुहरूलाई चलाउँछ उनीहरूले बादललाई उठाउँछन्, अनि जुन प्रकारले चाहन्छ उनीहरूलाई आकाशमा फिंजाइदिन्छ र तिनीहरूलाई विभिन्न पत्रहरू र टुक्राहरूको रूप दिन्छ । अनि तपाईंले देख्नु हुन्छ कि तिनीहरूको बीचबाट वर्षाका बूँदहरू झर्छन् । अनि जसलाई चाहन्छ त्यस सेवकमाथि पानी वर्षाउँछ, तब उनीहरू प्रसन्न भइहाल्छन् ।

    [49] निश्चित मान्नुस् कि वर्षा हुनुभन्दा अगाडि उनीहरू निराश भइराखेका थिए ।

    [50] अतः तपाईंले अल्लाहको दयालुताका लक्षणहरू हेर्नुस् कि त्यसले कुन प्रकारले पृथ्वीलाई उसको मृत्यु पश्चात जीवित गर्दछ, निश्चय नै उसैले मृतहरूलाई जीवित पार्नेवाला हो र ऊ प्रत्येक कुरामाथि सामथ्र्यवान छ ।

    [51] र, यदि हामीले एउटा आँधीवेरी पठाउँछौं (जसको प्रभावबाट) त्यस खेतीलाई पहेलो भएको देख्छन्, तब यस पश्चात उनीहरूले कृतध्नता प्रकट गर्न थाल्छन् ।

    [52] निःसन्देह तपाईले मृतकहरूलाई (कुरा) सुनाउन सक्नुहुन्न र न बहिराहरूलाई आफ्नो आवाज सुनाउन सक्नुहुन्छ, जब कि उनीहरू पिठ्युँ फर्काएर मुडिसकेका छन् ।

    [53] र नत तपार्इं अन्धाहरूलाई उनीहरूको मार्ग विचलनबाट (निकालेर) सोझो बाटोमा ल्याउन सक्नुहुन्छ । तपाईंले मात्र उनीहरूलाई सुनाउन सक्नुहुन्छ, जसले हाम्रा आयतहरूमाथि ईमान राख्दछन्, तसर्थ तिनीहरू नै आज्ञाकारी हुन् ।

    [54] अल्लाह नै हो, जसले तिमीलाई निर्वल सृष्टि गर्यो, अनि निर्वलता पश्चात् शक्ति प्रदान गर्यो, अनि शक्ति पश्चात निर्वलता र बृद्धावस्था दियो । (त्यसले) जे चाहन्छ सृष्टि गर्दछ, ऊ सबै जान्नेवाला र सबैमाथि सामथ्र्यवान छ ।

    [55] र जुन दिन कियामत (प्रलयको अन्तिम दिन) आइपुग्नेछ, त्यतिखेर अपराधीहरूले शपथ खानेछन् कि उनीहरू यस दुनियाँमा एक घडीभन्दा (क्षणभन्दा) बढी रहेनन्, यसै प्रकारले उनीहरू भ्रमित नै रहे ।

    [56] तर जुन मानिसहरूलाई ज्ञान र ईमान प्रदान गरिएको थियो, उनीहरूले भन्नेछन् कि अल्लाहको किताब अनुसार तिमी कियामतसम्म रहेका छौ र यो कियामतको दिन नै हो, तर तिमीलाई त यसको विश्वासै थिएन ।

    [57] अतः त्यस दिन अत्याचारीहरूलाई उनीहरूको बहाना–सफाई कुनै काम आउने छैन, र उनीहरूबाट तौबा (प्रायश्चित) र कर्म पनि स्वीकार गरिने छैन ।

    [58] निःसंदेह हामीले मानिसहरू समक्ष यस कुरआनमा हर प्रकारका उदाहरणहरू वर्णन गरिदिएका छौं, तपार्इंले उनीहरूको अगाडि कुनै पनि निशानी प्रस्तुत गर्नुस्, यी काफिरहरूले भनिहाल्नेछन् कि तिमी झूठा हौ ।

    [59] यसै प्रकार अल्लाहले ती मानिसहरूको हृदयमा जो बुझ्दैनन् छाप लगाइदिन्छ ।

    [60] अतः तपाईं धैर्य गर्नुस् निःसन्देह अल्लाहको वाचा सत्य छ र तपार्इंलाई उनीहरूले जसले ईमान राख्दैनन्, असंतोषी नबनाइदेउन् ।

    Surah 31
    लुकमान

    [1] अलिफ–लाम–मीम् ।

    [2] यो तत्वज्ञानले परिपूर्ण किताबका आयतहरू हुन् ।

    [3] जो राम्रो काम गर्नेहरूको (उपकारीहरूको) निम्ति मार्गदर्शन र कृपा हो ।

    [4] जसले नमाजको आयोजन गर्छन् र जकात दिन्छन् र आखिरत (अन्तिमदिन) माथि आस्था राख्दछन् ।

    [5] यिनै हुन् जो आफ्नो पालनकर्ताको तर्फबाट सत्यमार्गमा छन् र तिनै सफल हुनेछन् ।

    [6] र कोही यस्ता पनि छन्, जसले कपोलकल्पित कुराहरू किन्दछन्, ताकि मानिसहरूलाई अज्ञानताको साथ अल्लाहको मार्गबाट विचलित गरुन् र त्यसको उपहास गरुन । यी नै हुन् जसका निम्ति अपमानजनक यातना छ ।

    [7] जब उसको सामु हाम्रा आयतहरूलाई सुनाइन्छ तब घमण्डले यसरी मुख फर्काइहाल्छ, जस्तोकि सुनेकै छैन, मानौ उनका कानहरूमा बिर्काे लागेका छन्, तसर्थ उसलाई तपाईंले दुःखद यातनाको सूचना सुनाइदिनुस् ।

    [8] निःसन्देह जसले ईमान ल्याए र असल कामहरू गरिरहे, उनीहरूको निम्ति उपहारयुक्त स्वर्गहरू छन् ।

    [9] तिनीहरू सधैं त्यसमा बास गर्नेछन् । अल्लाहको यो सत्य वचन हो, जो अत्यन्त सम्मानित र अधिपत्यशाली र तत्वदर्शी छ ।

    [10] उसैले आकाशहरूलाई स्तम्भ बिना सृष्टि गर्यो जस्तो तिमीले देख्दछौ, र उसले धरतीमा पहाड स्थापित गरिदियो, ताकि यसले तिमीलाई नहल्लाइदेओस्, र त्यसमा हरेक प्रकारका जनावरहरू फैलाइदियो, र हामीले आकाशबाट पानी बर्षाएर पृथ्वीमा हरेक किसिमका सुन्दर जोडाहरू उत्पादन गर्यौं ।

    [11] यो हो अल्लाहको सृष्टि । अब तिमीहरूले मलाई अल्लाह बाहेक अरु (पूज्यहरू) को कुनै सृष्टि देखाऊ । (त्यस्तो केही छैन) सत्य त यो छ कि यी अत्याचारीहरू स्पष्टरूपले मार्गविचलित छन् ।

    [12] र निश्चय नै हामीले लुकमान (अलैहिस्सलाम) लाई कौशल प्रदान गरेका थियौं, कि तिमीले अल्लाहप्रति कृतज्ञता दर्शाऊ, र जसले कृतज्ञता प्रकट गर्दछ, त्यो आफ्नो भलोको लागि नै गर्दछ । र जसले कृतज्ञता देखाउँदैन ऊ जानिराखोस् कि अल्लाह वास्तवमा निस्पृह र प्रशंसनीय छ ।

    [13] र (स्मरण गर) जब लुकमानले आफ्नो छोरालाई उपदेश गर्दै भनेः कि मेरो प्यारो छोरा ! अल्लाहको साथमा कसैलाई साझेदार नठहराउनु, निश्चय नै शिर्क (बहुदेववाद) ठूलो अत्याचार हो ।

    [14] र हामीले मानिसलाई उसको आमा–बाबुको सम्बन्धमा सचेत गरेकाछौं, कि यसको आमाले कष्टमाथि कष्ट सहेर उसलाई गर्भमा बोकी राख्छे र दुई वर्षमा उसको दूध छोडाउनु पर्नेहुन्छ ! जसबाट तिमीले मेरो र आफ्नो आमा बाबुको कृतज्ञता प्रकट गर । (किनकि) मतिरै फर्कि आउनु पर्नेछ ।

    [15] र यदि ती दुवैले तिमीहरूमाथि यसकुराको दबाव दिन्छन्, कि तिमीले कसैलाई मेरो साथमा साझीदार ठहराऊ जसको तिमीलाई ज्ञान छैन, त उनीहरूको कुरा नमान्नु र सांसारिक कामहरूमा उनीहरूको राम्रो साथ दिनु, र जुन व्यक्ति मतिर प्रवृत्त हुन्छ, उसको मार्गमा हिंड्नु । र तिमी सबैलाई मतिर फर्कि आउनु छ । अनि जुन काम तिमी गरिराखेका हुन्छौ, म तिमीलाई सबै बताउनेछु ।

    [16] (लुकमानले भने कि) प्यारो छोरा ! यदि कुनै कुरा रायोको दाना (गेडा) बराबर होस् र त्यो कुनै चट्टानको बीचमा होस् वा आकाशहरूमा वा धरतीमा होस्, अल्लाहले त्यसलाई उपस्थित गर्नेछ । निःसन्देह अल्लाह अत्यन्त सूक्ष्मदर्शी (र) जानकार पनि छ ।

    [17] हे मेरो प्यारो छोरो ! तिमी नमाजको आयोजन गर, भलाईको आदेश दिनेगर नराम्रो कर्मबाट रोक र जुनसुकै दुःख पनि तिमीमाथि आइपरे त्यसमा धैर्य राख, निःसन्देह यी अनिवार्य र दृढ संकल्पका काम हुन् ।

    [18] मानिसहरू सम्मुख मुख नफुलाऊ र धरतीमा अहंकार गरी नहिंडनु । निश्चयनै अल्लाहले कुनै अहंकारी र घमण्डीलाई रुचाउँदैन ।

    [19] आफ्नो चालमा सहजता र सन्तुलन कायम राख र आफ्नो आवाज नरम राख ! निःसन्देह आवाजहरूमध्ये सबैभन्दा नराम्रो स्वर, गधहाहरूको स्वर हुन्छ ।

    [20] के तिमीले देखेनौं, कि अल्लाहले, जे जति आकाशहरू र धरतीमा छन्, सबैलाई तिम्रो काममा लगाइराखेको छ र उसले तिमीमाथि आफ्नो प्रत्यक्ष र परोक्ष अनुकम्पाहरू पूरै दिइराखेको छ ? केही मानिसहरूले अल्लाहको विषयमा बिना कुनै ज्ञान, बिना कुनै मार्गदर्शन र बिना कुनै प्रकाशमान किताबको आधारमा, झगडा गर्दछन् ।

    [21] र जब उनीहरूसित भनिन्छ, ‘‘कि त्यस कुराको अनुशरण गर जुन कि अल्लाहले वह्य मार्फत अवतरित गरेको छ’’, तब भन्छन् कि ‘‘(होइन) बरु हामीले त त्यस कुराको अनुशरण गर्नेछौं, जसमा हामीले आफ्नो बाउ–बाजेलाई पाएका छौैं ।’’ यद्यपि शैतानले उनीहरूलाई नर्कको यातनातिर बोलाउँदछ, (तैपनि)

    [22] र जसले आज्ञाकारिताको साथ आफूलाई अल्लाहको अधीन गर्दछ र ऊ असल काम गर्ने पनि होओस् त उसले बलियो सहारा समातिहाल्यो । सम्पूर्ण कुराहरूको परिणति अल्लाहतिर नै छ ।

    [23] काफिरहरूको इन्कारबाट तपार्इं दुःखी नहुनुस्, अन्ततः हाम्रैतर्फ उनीहरूले फर्केर आउनु छ । अनि जे जति उनीहरूले गरिराखेका छन्, हामीहरूले उनीहरूलाई अवगत गराउनेछौं । निःसन्देह अल्लाह (हृदय) छातीभित्र (लुके)को कुरार्लाइ पनि जान्दछ ।

    [24] हामीले उनीहरूलाई त्यसै केही फाइदा गराइदिन्छौं । तर (अन्तमा) हामीले उनीहरूलाई विवश पारी एउटा कठोर यातनातिर तानेर लैजानेछौं ।

    [25] यदि तपार्इं उनीहरूसँग सोध्नुहुन्छ कि आकाशहरू र धरतीको सृष्टिकर्ता को हो? त उनीहरूले अवश्य भनिहाल्नेछन्ः कि ‘‘अल्लाह हो’’ अनि भनिदिनुस्ः कि सबै प्रशंसा पनि अल्लाहकै निम्ति हो ! तर उनीहरूमध्ये धेरै अज्ञानी छन् ।

    [26] जे जति आकाश र धरतीमा छ सबै अल्लाहकै हो निःसन्देह अल्लाह ठूलो निस्पृह, र प्रशंसित छ ।

    [27] धरतीमा जति रुखहरू छन्, यदि ती सबै कलम भइहालुन् र समस्त समुद्र(का पानी) त्यसका मसी भइहालोस् त्यसपछि सात अन्य समुंद्र होउन् तै पनि अल्लाहका कुराहरू समाप्त हुनसक्ने छैनन् निःसन्देह अल्लाह अत्यन्त अधिपत्यशाली र तत्वदर्शी छ ।

    [28] तिमी सबैको सृष्टि गर्नु र तिमी सबैलाई मृत्युपछि पुनः जीवित गर्नु त यस्तो छ, जस्तो कि एउटा जीउलाई सृष्टि गर्नु । निःसन्देह अल्लाह सबै कुरा सुन्दछ, देख्दछ ।

    [29] के तपाईं देख्नुहुन्न कि अल्लाहले रातलाई दिनमा प्रविष्ट गर्दछ र दिनलाई रातमा प्रविष्ट गर्दछ ! र उसले सूर्य र चन्द्रलाई आज्ञाकारी बनाइराखेको छ कि प्रत्येक एक निर्धारित समयसम्म चलिराखेको छ । र तिमीले जेजति गर्दछौ, अल्लाह त्यसको पूर्ण जानकारी राख्दछ ।

    [30] यी सबै (प्रबन्धहरू) यस कारण छन्, कि अल्लाह नै सत्य हो र उसलाई छाडेर जस जसलाई यिनीहरू पुकार्दछन्, उनीहरू असत्य छन् । र निश्चय नै अल्लाह सर्वोच्च र शानवाला छ ।

    [31] के तिमी यसमा विचार गर्दैनौ कि समुद्रमा अल्लाहकै अनुग्रहबाट डुङ्गाहरू चल्छन्, ताकि उसले तिमीहरूलाई आफ्ना केही निशानीहरू देखाओस् । निःसन्देह यसमा प्रत्येक धैर्यवान, र कृतज्ञको निम्ति धेरै निशानीहरू छन् ।

    [32] र जब (समुंद्रका) तरङ्गहरूले तिनीहरूलाई छायाछत्र (पाल) जस्तै छोपिहाल्छन् तब उनले विश्वासको साथ अल्लाहलाई नै पुकार्छन्, अनि जब अल्लाहले उनीहरूलाई बचाएर स्थलसम्म पुर्याइदिन्छ, तब उनीहरूमध्ये केही मानिसहरू मात्र सन्तुलित मार्गमा हिंडछन्, र हाम्रा आयतहरूको इन्कार ती व्यक्तिहरूले मात्र गर्दछन् जो विश्वासघाती, र कृतघ्न हुन्छन् ।

    [33] हे मानिसहरू ! आफ्नो पालनकर्तासित डर मान र त्यस दिनसित पनि तर्स जब कि नत बाबु आफ्नो छोराको कुनै काम आउनेछ, नत छोरा बाबुको कुनै काम आउने छ । निश्चय नै अल्लाहको वचन सत्य छ । (हेर) सांसारिक जीवनले कदापि तिमीलाई धोकामा नपारोस्, र नत अल्लाहको विषयमा धोकेबाज (शैतान)ले तिमीलाई भ्रममा पारोस् ।

    [34] निःसन्देह कियामत (अन्तिमदिन) को ज्ञान अल्लाहलाई नै छ । र उसैले जल बृष्टि गराउँछ र उसैले गर्भाशयहरूमा भएको कुरा जान्दछ (अर्थात नर छ कि मादा) । र कुनै व्यक्तिलाई थाहा छैन कि भोली उसले के गर्नेछ । र कुनै मानिसलाई थाहा छैन कि कुन भू–भागमा उसको मृत्यु हुने छ । (यादराख)अल्लाह नै सबै जान्नेवाला, र प्रत्येक कुरोसित अवगत छ ।

    Surah 32
    अस–सजदह

    [1] अलिफ–लाम्–मीम् ।

    [2] यसमा कुनै सन्देह छैन कि यस किताबको अवतरण सम्पूर्ण संसारको पालनकर्ताको तर्फबाट हो ।

    [3] के यिनीहरूले भन्छन् कि उसले ‘‘(पैगम्बरले) यसलाई स्वयं रचेका हुन् ?’’ (होइन) बरु त्यो तिम्रो पालनकर्ताको तर्फबाट सत्य हो, ताकि तपार्इंले तिनीहरूलाई सावधान गर्नुस्, जसको पासमा तपाईंभन्दा पहिला कोही सावधान गर्नेवाला आएन । ताकि यिनीहरूले सही मार्ग प्राप्त गर्न सकुन् ।

    [4] अल्लाह नै त हो जसले आकाशहरू र धरतीलाई र जे जति तिनीहरूको बीचमा छ, सबैलाई छ (६) दिनमा सृष्टि गर्यो । अनि सत्तासन(अर्श) माथि उच्च भयो । उस बाहेक तिम्रो लागि कोही मद्दत गर्ने र सिफारिश गर्नेवाला छैन, के तैपनि तिमी उपदेश ग्रहण गर्दैनौ

    [5] उसैले आकाशदेखि धरतीसम्म प्रत्येक कार्यको व्यवस्था गर्दछ । अनि (सबैकाम) एक यस्तो दिनमा उसतर्फ प्रवृत हुन्छ, जसको गन्ती तिम्रो गणना अनुसार एक हजार वर्ष बराबर हुनेछ ।

    [6] उही त परोक्ष र प्रत्यक्षको ज्ञाता हो सर्वशक्ति सम्पन्न ठूलो दयावान् (अल्लाह) हो ।

    [7] जसले सृष्टि गरेको प्रत्येक कुरोलाई राम्रो बनायो र उसले मानिसको रचना माटोबाट शुरू गर्यो ।

    [8] अनि उसको वंश एक तुच्छ पानीको थोपाले चलायो ।

    [9] अनि त्यसलाई ठीक–ठीक गरेर त्यसमा आफ्नो आत्मा संचारित गर्यो । उसैले तिम्रो कान आँखा र हृदय बनायो, तापनि तिमीले साह्रै कम कृतज्ञता प्रकट गर्दछौ ।

    [10] र उनीहरूले भन्न थालेः कि ‘‘जब हामी धरतीमा मिसिइसक्नेछौं त के फेरि नयाँ रूपमा जीवित हुनेछौं ? बरु साँचो कुरो त यो हो कि, यी मानिसहरू आफ्नो पालनकर्तासितको साक्षात्कारलाई नकारिराखेका छन् ।

    [11] भनिदिनुस् ! ‘‘कि तिमीलाई मृत्युको स्वर्गदूत (इज्राईल) ले जुन कि तिमीमाथि नियुक्त छ, त्यसले मार्नेछ । अनि तिमी सबै आफ्नो पालनकर्तातिर फर्काइने छौ ।’’

    [12] कति राम्रो हुन्थ्यो तपार्इंले देख्ने भए जब कि अपराधीहरू आफ्नो पालनकर्ताको अगाडि टाउको निहुराइराखेका हुनेछन् र भन्ने छन् कि ‘‘हे हाम्रो पालनकर्ता ! हामीले देखिहाल्यौं र सुनीहाल्यौं । अब तिमीले हामीलाई (संसारमा) फिर्ता पठाइदेऊ, ताकि असल कर्म गरौं, हामी आस्था राख्नेवाला हौं ।’’

    [13] यदि हामीले चाहेको भए प्रत्येक व्यक्तिलाई उपदेश ग्रहण गराइदिन्थ्यौं, तर मेरो तर्फबाट यो कुरो बिल्कुल सत्य प्रमाणित भइसकेको छ कि म नर्कलाई जिन्न र मानिसहरूबाट भरिदिनेछु ।

    [14] (तसर्थ) अब तिमीले त्यस दिनको साक्षात्कारलाई बिर्सेको नतीजा (परिणाम) भोग, (आज) हामीले पनि तिमीलाई विर्सिदियौं । र जुन काम तिमीले गर्दथ्यौ त्यसको सजायमा सधैंको यातनाको स्वाद चाखिराख ।

    [15] हाम्रा आयतहरूमा उनैले ईमान ल्याउने गर्दछन् जसलाई जब उपदेश गरिन्छ तब सज्दामा (ढोगमा) जान्छन् र आफ्नो पालनकर्ताको प्रशंसाका साथ उसको गुणगान गर्दछन् र घमण्ड गर्दैनन् ।

    [16] उनीहरूको लेटाई आफ्ना ओछ्यानहरूबाट अलग हुन्छन्, उनीहरू आफ्नो पालनकर्तालाई भय र आशाले पुकार्दछन् र जुन (सम्पत्ति) हामीले उनलाई दिएका छौं, त्यसबाट खर्च गर्दछन् ।

    [17] (अनि अल्लाह बाहेक) कसैलाई थाहा छैन कि उनीहरूको निम्ति उनको आँखाका शितलता लुकाएर राखिदिएका छौं यो उनीहरूका कर्महरूको पुरस्कार हो, जुन उनीहरूले गर्नेगर्दथे ।

    [18] के जो मोमिन छ, ऊ त्यस व्यक्ति सरह हुन सक्छ जो अवज्ञाकारी छ ? दुवै समान हुन सक्दैनन् ।

    [19] जसले ईमान ल्याए र असल कर्म गरिरहे, उनीहरूलाई सँधैं बस्नको निम्ति (जन्नत) स्वर्गका बागबगैंचाहरू छन्, ती कामहरूको प्रतिफलमा आतिथ्यता छ , जुन कि उनीहरूले गर्दथे ।

    [20] तर जसले आज्ञा उल्लंघन गरे उनीहरूको ठेगाना नर्क हो । जब कुनै बेला उनले त्यसबाट बाहिर निस्किन चाहनेछन् त त्यसैमा फर्काइनेछन् र (उनीहरूसित) भनिनेछ कि (जुन दोजखको यातनालाई) तिमीले झूठो ठान्दथ्यौ त्यसको बदलामा आगोको सजाय चाख ।’’

    [21] र निःसन्देह हामीले उनीहरूलाई (कयामतको) ठूलो सजाय बाहेक (संसारका) सानो यातनाको स्वाद चखाउने छौं, ताकि कदाचित तिनीहरू (हाम्रो तर्फ) फर्किआउन् ।

    [22] र त्यस व्यक्तिभन्दा बढी अत्याचारी को छ? जसलाई उसको पालनकर्ताका आयातहरूबाट सावधान गरिएको थियो । तैपनि उसले मुख फर्कायो ? निश्चित जान कि हामीले पनि अपराधीहरूसित बदला लिनेवाला छौं ।

    [23] निःसन्देह हामीले ‘‘मूसा (अलैहिस्सलाम)लाई’’ किताब प्रदान गर्यौं । अतः तपाईंले कदापि ऊसँगको साक्षात्कारमा सन्देह नगर्नु, र हामीले उसलाई इस्राईलका सन्तानको पथप्रदर्शनको माध्यम बनाएका थियौं ।

    [24] र जब उनीहरूले धैर्य गरे तब हामीले उनीहरूमध्ये यस्ता नायक बनायौं, जसले हाम्रो आदेशबाट मानिसहरूलाई सही मार्ग देखाउँथे, र हाम्रा आयतहरूमाथि आस्था राख्दथे ।

    [25] निश्चय नै तिम्रो पालनकर्ताले कियामतको दिन उनीहरूको बीचका ती कुराहरूको निर्णय गर्नेछ, जसमा उनीहरूले विवाद गर्दै आएका छन् ।

    [26] के यस कुराले पनि तिनीहरूलाई उपदेश दिएन कि उनीहरूभन्दा पहिला कैयन् नस्लहरूलाई (समूहहरूलाई) हामीले नष्ट गरिसकेका छौं, जसका सहनका ठाउँहरूमा उनीहरू हिंडडुल गर्दैछन् ? यसमा त धेरै निशानीहरू छन् । अनि के उनीहरू सुन्दैनन्

    [27] के उनीहरूले देख्दैनन् कि हामीले यस बाँझो भूमितिर पानी बगाएर लैजान्छौं, अनि त्यसबाट हामीले खेती उमार्छौं, जसबाट उनीहरूका चौपायाहरू खान्छन् र उनीहरू स्वयम् पनि खान्छन्, अनि के यिनीहरूले तैपनि देख्दैनन्

    [28] र भन्दछन्ः कि ‘‘यदि तिमी साँचो हौ भने बताऊ यो फैसला कहिले हुनेछ

    [29] (हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम) भनिदिनुस् ! कि ‘‘फैसलाको दिन ईमान ल्याउनुले काफिरहरूलाई कुनै पनि फाइदा पुर्याउने छैन र न उनीहरूलाई कुनै मोहलत दिइनेछ ।’’

    [30] (तसर्थ) अब तपाईले उनीहरूलाई उनीहरूकै अवस्थामा छाडिदिनुस्, र प्रतीक्षा गर्नुस् ! उनीहरू पनि प्रतीक्षक छन् ।

    Surah 33
    अल–अहजाब

    [1] हे पैगम्बर । अल्लाहसित डराइराख्नुस् र काफिर र मुनाफिकहरूको (कपटीहरूको) भनाईमा नलाग्नुस् । निःसंदेह अल्लाह ठूलो सर्वज्ञाता र तत्वदर्शी छ ।

    [2] र त्यस कुराको अनुशरण गर्नु जुन तपार्इंको पालनकर्ताको तर्फबाट तपाईंलाई वह्य गरिन्छ । निःसन्देह अल्लाह तपार्इंको सबै कर्महरूसित अवगत छ ।

    [3] र तपाईंले अल्लाहमाथि नै भरोसा गर्नुस् । ऊ भरोसाको निम्ति पर्याप्त छ ।

    [4] अल्लाहले कुनै व्यक्तिको छातीभित्र दुई मुटु बनाएको छैन र न उसले तिम्रा पत्नीहरूलाई जसलाई तिमीले आमा भनिहाल्छौ, तिम्रो साँच्चैआमा बनायो, र उसले तिमीले मुखले भनेको छोराहरूलाई वास्तविक छोराहरू बनाएन । यी तिम्रा मुखका कुराहरू हुन्, किन्तु अल्लाहले साँचो कुरा भन्दछ र उसैले सोझो मार्ग देखाउँछ ।

    [5] उनीहरूलाई (धर्मपुत्रलाई) उनीहरूका वास्तविक पिताहरूको नामबाट जोडेर पुकार । अल्लाहकहाँ यही पूरा न्यायसँगत कुरा हो । र यदि तिमीलाई उनीहरूको वास्तविक पिताको ज्ञान छैन भने धर्ममा उनीहरू तिम्रा धर्मभाइ र मित्र पनि हुन् । यस प्रसंगमा तिमीबाट कुनै भूल वा गल्ती भएको हुन्छ भने त्यसमा तिमीमाथि कुनै पाप छैन, किन्तु जसको संकल्प तिम्रो हृदयले गरिहाल्यो, त्यसको पाप लाग्दछ । र अल्लाह अत्यन्त क्षमाशील दयावान छ ।

    [6] नबीको हक मोमिनमाथि स्वयं उनीहरूको आफ्नो (प्राणहरू) भन्दा बढी छ र नबीका पत्नीहरू उनीहरूकी (मोमिनहरूकी) आमा हुन् ! र अल्लाहको विधान अनुसार, सामान्य मोमिन् र मोहाजिरहरूको अपेक्षा (नबीका) नातेदारहरू आपसमा एक–अर्कासित धेरै हकदार छन् । यो अर्कै कुरा हो कि तिमीलाई आफ्ना साथीहरूसँग राम्रो व्यवहार गर्नुको अनुमति प्राप्त छ । यो आदेश अल्लाहको किताबमा लेखिएको छ ।

    [7] (र यादगर) जब हामीले नबीहरूसित वचन लियौं, र विशेषगरी तपाईंसित र ‘‘नूह’’ र ‘‘इब्राहीम’’ र ‘‘मूसा’’ र मरियमको छोरा ‘‘ईसासित’’ पनि ! यी सबैसित हामीले दृढ वचन लिऔं ।

    [8] ताकि अल्लाहले सत्य मानिसहरूसित उनीहरूको सत्यताबारे सोधोस् । र इन्कार गर्नेवालाहरूको निम्ति त उसले दुःखद यातना तयार गरेर राखेकै छ ।

    [9] हे मोमिनहरू (आस्थावानहरू) ! अल्लाहले जुन भलाई तिमीमाथि गर्यो, त्यसलाई स्मरण गर जबकि सेनाहरू तिमीमाथि आक्रमणको निम्ति (अहजाब युद्धमा) आए, तब हामीले उनीहरूमाथि एक तीव्र हावा पठाइदियौं र यस्ता सेनाहरू पनि, जसलाई तिमीले देख्न सक्दैनथियौ ! र जुन काम तिमीले गर्दछौ, अल्लाहले सबैथोक देखिराखेको छ ।

    [10] (स्मरण गर) जब शत्रुहरू तिम्रोमाथितिरबाट र तिम्रो तलतिरबाट पनि तिमीमाथि आइलागे, र जब आँखाहरू एकटक भइहाले र हृदय कण्ठमा आइपुग्यो ! र तिमीले अल्लाहको बारेमा विभिन्न प्रकारका कल्पनाहरू गर्न थालेका थियौ ।

    [11] यहाँ ईमानवालाहरू परीक्षणमा परे र तिनीहरू पूरै हल्लाइए ।

    [12] र त्यसबखत जब कपटी र ती मानिसहरू जसका हृदयमा रोग छन् भन्न थाले कि ‘‘अल्लाह र उसको रसूलले हामीसित जुन वचन गरेका थिए त्यो त धोका मात्र थियो ।’’

    [13] र उनीहरूमध्येबाटै एउटा समूहले भन्योः कि हे मदीनावालाहरू ! यहाँ तिम्रो निम्ति ठाउँ छैन, तसर्थ फर्किहाल, र उनको एउटा अर्को समूहले पैगम्बरसित यो भनेर जाने अनुमति माँग्न थाल्यो कि ‘‘हाम्रा घर असुरक्षित छन्’’ । यद्यपि तिनीहरू खुल्ला र असुरक्षित थिएनन्, तर उनीहरू त केवल भाग्न चाहन्थे ।

    [14] र यदि मदीनाको चारैतिरबाट उनीहरूमाथि आक्रमण हुन्थ्यो, अनि त्यसबेला उनीहरूसित उपद्रवको निम्ति भनिएको भए उनीहरूले त्यस्तो गरिहाल्थे र केही बेर बाहेक लड्ने थिएनन् ।

    [15] यद्यपि यसभन्दा पहिला उनीहरूले अल्लाहलाई वचन दिइसकेका थिए कि उनीहरूले पिठ्युँ फर्काउने छैनन्, र अल्लाहसित, जुन वचन गरिन्छ, त्यसको अवश्य सोधपूछ हुनेछ ।

    [16] भनिदिनुस् ! कि ‘‘यदि तिमी मर्न वा मारिनुबाट भाग्दछौ त यो भाग्नुबाट तिमीले कदापि लाभ पाउने छैनौ ! र त्यस अवस्थामा पनि तिमीले बहुतै कम फाइदा पाउने छौ ।

    [17] सोध्नुस् ! ‘‘कि यदि अल्लाहले तिमीमाथि कुनै नराम्रो कुराको विचार गर्दछ वा तिमीमाथि कुनै कृपा गर्न चाहन्छ त को छ जसले तिमीलाई त्यसबाट बचाउन सक्दछ, वा तिमीबाट कृपा रोक्न सक्छ ? यिनीहरूले अल्लाह बाहेक कसैलाई न आफ्नो मित्र पाउनेछन् न सहायक ।

    [18] अल्लाहले तिमीहरूमध्ये ती मानिसहरूलाई (राम्ररी) जान्दछ, जसले (युद्धबाट) अरुलाई रोक्दछन् र आफ्ना भाइहरूसित भन्दछन्ः कि हाम्रो साथमा आइहाल । र लडाईमा कहिलेकांही मात्र आउँछन् ।

    [19] (यी) तिम्रो सहायतामा पूरै कन्जूस्याई गर्दछन् । अनि जब भय र डरको समय आउँछ त तपार्इंले उनलाई हेर्नुहुनेछ कि तपार्इंतिर हेरिराखेका हुन्छन्, र उनका आँखाहरू यसरी घुम्छन् जस्तो कि कसैलाई मृत्युको मुर्छा भइराखेको छ । किन्तु जब भय समाप्त हुन्छ तब उनीहरूले आफ्ना तिखो जिब्रोले ठूल ठूला कुरा गर्न थाल्छन् । यिनीहरू धनका धेरै लोभी हुन्छन्, यिनीहरूले ईमान ल्याएकै छैनन् । तसर्थ अल्लाहले उनीहरूको सबै कर्मलाई नाश पारिदिएको छ र यो अल्लाहको लागि धेरै सजिलो छ ।

    [20] उनीहरूले ठानिराखेका छन् कि (शत्रुका) सैन्यदल अझै गएका छैनन्, र यदि ती सेनाहरू फेरि आउँछन् भने तिनीहरूले चाहन्छन् कि कुनै प्रकार बाहिर (मरुस्थलमा) बद्दूहरूको साथमा भएको भए र त्यहींबाट तिम्रो बारेमा समाचार सोधिराख्ने थिए । र यदि उनीहरू तिम्रो साथमा उपस्थित भएपनि लडाईमा नाममात्रको नै भाग लिन्थे ।

    [21] निःसन्देह तिम्रो निम्ति अल्लाहको रसूलमा एउटा उत्तम आदर्श छ, प्रत्येक त्यस व्यक्तिको लागि जसले अल्लाह र अन्तिम दिनको आशा राख्दछ, र अल्लाहलाई अधिक स्मरण गर्दछ ।

    [22] र जब ईमानवालाहरूले (कुफ्फारका) सैन्य दलहरूलाई देखे त भन्न थालेः कि ‘‘यसै कुराको वाचा त अल्लाह र उसको रसूलले हामीलाई दिएका थिए । अल्लाह र उसको रसूलले सत्य भनेका थिए । यस कुराले उनीहरूको ईमान र आज्ञाकारीतालाई झनै बढाइदियो ।

    [23] ईमानवालाहरूमा यस्ता मानिसहरू पनि छन् कि जुन प्रतिज्ञा उनीहरूले अल्लाहसित गरेका थिए त्यसलाई पूरा गरी देखाए । उनीहरूमध्ये केहीले त आफ्नो (प्रतिज्ञा) पूरा गरिसके र उनीहरूमा केही प्रतीक्षामा छन् । र उनीहरूले (आफ्नो कुरो) अलिकति पनि परिवर्तन गरेनन् ।

    [24] ताकि (यसको परिणाम स्वरूप) अल्लाहले सत्यनिष्ठहरूलाई उनीहरूको सत्यताको पुरस्कार देओस् र कप्टाचारीलाई चाहन्छ भने यातना देओस् वा उनीहरूको तौबा (प्रायश्चित) स्वीकार गरोस् । अल्लाह बडो क्षमाशील र अति दयावान् छ ।

    [25] र काफीरहरूलाई अल्लाहले रिसाएकै अवस्थामा त्यसै फर्काइदियो तिनीहरूले कुनै भलाई प्राप्त गर्न सकेनन् । अल्लाहले स्वयम् मोमिनहरूको लागि यस युद्धमा पर्याप्त भयो । अल्लाह त बडो शक्तिमान् र अधिपत्यशाली छ ।

    [26] र जुन किताबवालाहरूले उनीहरूको सहायता गरेका थिए, तिनीहरूलाई उनको गढहरूबाट अल्लाहले तल ल्यायो र उनीहरूको हृदयमा भय हालिदियो कि तिमीले उनको एउटा समूहलाई हत्या गर्दैछौ र एउटा समूहलाई बन्दी बनाउँदैछौ ।

    [27] र उसले तिमीलाई उनीहरूको जमिन र उनीहरूको घर र उनीहरूको मालसम्पत्तिको उत्तराधिकारी बनाइदियो र त्यस भूभागको पनि जसलाई तिमीले जीतेका थिएनौ । र अल्लाहलाई हरेक कुराको सामथ्र्य छ ।

    [28] हे नबी ! आफ्नो पत्नीहरूसित भनिदिनुस् कि ‘‘यदि तिमी सांसरिक जीवन र यसको शोभा लिन चाहन्छौ भने आऊ, म तिमीलाई केही दिएर राम्ररी विदा गरिदेऊँ ।

    [29] किन्तु यदि तिमीले अल्लाह र उसका रसूल र आखिरतको घर चाहन्छौ भने निश्चय नै अल्लाहले तिमीहरूमध्ये राम्रो काम गर्ने स्त्रहिरूको निम्ति ठूलो प्रतिफल राखिछाडेको छ ।’’

    [30] हे पैगम्बरका स्त्रीहरू ! तिमीमध्ये जसले पनि कुनै प्रत्यक्ष निर्लज्जताको कर्म गर्नेछ त त्यसको लागि उसलाई दोहोरो यातना हुनेछ र यो अल्लाहको लागि धेरै सरल छ ।

    [31] (तर) तिमीमध्ये जो अल्लाह र उसको रसूलप्रति निष्ठापूर्वक आज्ञाकारीताको नीति अपनाउँनेछिन् र असलकर्म गर्दछिन, त्यसलाई हामीले दुईगुणा प्रतिफल प्रदान गर्नेछौं र त्यसको निम्ति हामीले सम्मानपूर्ण आजीविका तयार गरेका छौं ।

    [32] हे नबीका स्त्रीहरू ! तिमीहरू साधारण स्त्रीहरू जस्तो होइनौ, यदि तिमी परहेजगार (संयमी) रहन चाहन्छौ भने, (व्यक्तिहरूसित) लोचपूर्ण कुरा नगर, कि त्यो व्यक्ति जसको हृदयमा कुनै प्रकारको रोग छ, कुनै नराम्रो विचार गरोस् ! र उनीहरूसित सामान्यरूपमा कुरा गर्नेगर ।

    [33] र आफ्नो घरमा राम्रोसंग बसिराख र विगत अज्ञानकाल जस्तो सज–धज गरी नदेखाऊ । नमाजको आयोजन गर्दैगर जकात दिनेगर । र अल्लाह र उसको रसूलको आज्ञा पालनगर । हे पैगम्बरका घरवालीहरू अल्लाह चाहन्छ कि तिमीबाट (सबै प्रकारको) फोहोरलाई टाढा राखोस्, र तिमीलाई पूर्णरूपले पवित्र राखोस् ।

    [34] र तिम्रा घरहरूमा जुन अल्लाहका आयतहरू र रसूलका हदीसहरू पढिन्छन् तिनको चर्चा गर्नेगर । निश्चय नै अल्लाह अत्यन्त सूक्ष्मदर्शी, जानकार छ ।

    [35] बिना सन्देह मुस्लिम पुरुष र मुस्लिम स्त्रीहरू, ईमानवाला पुरुष र ईमानवाली स्त्रीहरू, निष्ठापूर्वक, आज्ञापालन गर्ने पुरुष र निष्ठावान स्त्रीहरू, र सत्यवादी पुरुषहरू र सत्यवादी स्त्रीहरू, धैर्यवान् पुरुषहरू र धैर्य गर्ने स्त्रीहरू, विनम्रता देखाउने पुरुषहरू र विनम्रता देखाउने स्त्रीहरू, सद्का (दान) दिने पुरुष, र दान दिने स्त्रीहरू, रोजा (व्रत) बस्ने पुरुष र रोजा बस्ने स्त्रीहरू, आफ्ना गुप्ताङ्गहरूको रक्षा गर्ने पुरुष र रक्षा गर्ने स्त्रीहरू र अल्लाहलाई धेरै स्मरण गर्ने पुरुष र स्मरण गर्ने स्त्रीहरू यिनीहरूका निम्ति अल्लाहले क्षमा र ठूलो प्रतिफल तयार गरेको छ ।

    [36] र हेर कुनै मोमिन् पुरुष र मोमिन स्त्रीलाई जब अल्लाहले र उसको रसूलले कुनै कुराको फैसला निर्धारित गरिदिन्छन्, त उनीहरूको यस काममा अन्यथा केही हक बाँकी रहँदैन । जोसुकैले अल्लाह र उसको रसूलको अवज्ञा गर्नेेछ, त्यो स्पष्टरूपले मार्गविचलित भइहाल्यो ।

    [37] (हे नबी) स्मरण गर्नुस् जबकि तपाईंले त्यस व्यक्तिसँग भनिराख्नु भएको थियो जसमाथि अल्लाहले अनुकम्पा गर्यो, र जसमाथि तपाईंले पनि अनुकम्पा गर्नु भयो कि ‘‘आफ्नो पत्नीलाई आफूसँग राख र अल्लाहसित डर र तपाईं आफ्नो मनमा त्यस कुरालाई लुकाइराख्नु भएको थियो, जसलाई अल्लाह प्रकट गर्नेवाला थियो । तपाईं मानिसहरूसँग भय खानु हुन्थ्यौ, जबकि अल्लाह त्यस कुराको अधिक हकदार थियो कि तिमी ऊसित डर’’ । अतः जब जैदले ऊसित (स्त्रीसित) आफ्नो आवश्यकता पूरा गरिसक्यो त हामीले तिमीसित उसको विवाह गरिदियौं, ताकि ईमानवालाहरूलाई आफ्ना धर्मपुत्रहरूको पत्नीहरूको सम्बन्धमा कुनै प्रकारको अपठ्यारो नरहोस् जबकि उनीहरूले तिनीहरूसित आफ्नो आवश्यकता पूरा गरिसकेका हुन्छन् । अल्लाहको आदेश त पूरा भएर रहनेछ ।

    [38] जुन कुराहरू अल्लाहले आफ्नो नबीको लागि निर्धारित गरेको छ, तिनीहरूमा नबीको लागि कुनै हर्ज छैन । अल्लाहको यही स्वीकृत मान्यता ती मानिसहरूको सम्बन्धमा पनि रहेको छ, जुन पहिला गुज्रिसकेका छन् र अल्लाहको आदेश निश्चित भएको हुन्छ ।

    [39] उनीहरूले अल्लाहको सन्देश पुर्याउँदथे र उसैसित डर मान्दथे र अल्लाह बाहेक कसैसित डराउन्नथे । र हिसाब लिनुको निम्ति अल्लाह नै पर्याप्त छ ।

    [40] (मानिसहरू हो ! ) मुहम्मद तिम्रा पुरुषहरूमध्ये कसैको पिता होइनन्, बरु उनी अल्लाहका रसूल र नबीहरूका समापक (अन्तिम नबी) हुन् । र अल्लाहलाई प्रत्येक कुराको पूर्ण ज्ञान छ ।

    [41] हे आस्थावानहरू ! अल्लाहलाई धेरै स्मरण गर्नेगर ।

    [42] र बिहान र बेलुका उसको गुणगान गर्नेगर ।

    [43] उही त हो, जसले तिमीमाथि रहमत (कृपा) पठाउँछ र उसका स्वर्गदूतहरूले पनि (तिम्रो लागि शान्ति र अनुकम्पाको प्रार्थना गर्दछन्) ताकि उसले तिमीलाई अँध्यारोबाट निकालेर उज्यालोतिर लगोस् र अल्लाह मोमिनहरूमाथि धेरै कृपालु छ ।

    [44] जुन दिन उनीहरू अल्लाहसँग भेट्नेछन्, उनको उपहार (अभिवादन) सलाम हुनेछ र उनीहरूको निम्ति प्रतिष्ठापूर्ण प्रतिफल तयार गरिसकेको छ ।

    [45] हे पैगम्बर ! निश्चय नै हामीले नै तपार्इंलाई रसूल बनाएर साक्षी, र शुभसूचना दिनेवाला र सचेत गर्नेवाला बनाएर पठाएका छौं ।

    [46] र अल्लाहको हुकुमबाट अल्लाहतिर बोलाउनेवाला र प्रकाशमान्, ज्योति बनाएर ।

    [47] र तपाईंले मोमिनहरूलाई शुभसूचना सुनाइदिनुस् कि अल्लाहको तर्फबाट तिनीहरूका लागि ठूलो पुरस्कार (फजल) छ ।

    [48] र इन्कार गर्नेहरू र कपटीहरूको भनाई नमान्नु । र उनीहरूले दिएको दुःखलाई वास्ता नगर्नु । र अल्लाहमा भरोसा गर्नु ! र अल्लाह कुनै कामलाई पनि परिणाममुखी बनाउन पर्याप्त छ ।

    [49] हे ईमानवालाहरू ! जब तिमी ईमानवाली स्त्रीहरूसँग विवाह गर्दछौ फेरि उनीहरूलाई स्पर्श गर्नुभन्दा अगाडि नै तलाक (पारपाचुके) दिन्छौ भने तिम्रो निम्ति उनीहरूमाथि कुनै इद्दतको अधिकार छैन जसको तिमी गन्ती गर । उनीहरूलाई केही फाइदा (खर्च) दिएर राम्रो तरिकाले बिदा गर ।

    [50] हे नबी ! हामीले तपाईको निम्ति ती पत्नीहरू ग्राह्य गरिदिएका छौं जसका महर तपाईंले दिइसक्नु भएको छ, र ती दासीहरूलाई पनि जुन अल्लाहले तपाईंको अधीनमा (धर्मयुद्धबाट) गनिमतको मालको रूपमा दियो र तपार्इंको काकाका छोरीहरू र फुफूहरूका छोरीहरू र मामाका छोरीहरू र तपाईंको आमाका दिदी बहिनीका छोरीहरू जसले तपाईको साथमा प्रवास (हिजरत) गरेका छिन् र त्यो ईमानवाली स्त्री जसले आफूलाई नबीको निम्ति अर्पित गर्दछे, यदि नबीले उसित बिहे गर्न चाहनुहुन्छ । त (हे मुहम्मद !) यो खासगरी तपाईंको लागि हो, सबै मुसलमानहरूको लागि होइन, हामीले उनीहरूका स्त्रीहरू र दासीहरूको बारेमा जुन नियमहरू निर्धारित गरेका छौं, हामीलाई थाहा छ । यो यसकारण कि तपार्इंलाई कुनै अप्ठ्यारो नहोस् । र अल्लाह धेरै क्षमाशील, दयावान् छ ।

    [51] यीमध्ये जुन स्त्रीलाई चाहन्छौ अलग्गै राख र जसलाई चाहन्छौ आफ्नो साथमा राख । र कसैलाई तपाईंले अलग्गै राख्नु भएपछि यदि उसलाई फेरि आफ्नो पासमा बोलाउँनु हुन्छ भने तपाईंलाई कुनै पाप (गुनाह) छैन । यो यसकारण कि ती स्त्रीहरूका आँखाहरू शीतल रहुन्, र उनीहरू दुःखी नरहुन् र जे–जति तपाईंले उनलाई दिनुहुन्छ उसलाई लिएर सब सहमत रहुन् र जे–जति तिम्रा हृदयमा छन् अल्लाहलाई त्यसको बारेमा थाहा छ अल्लाह त सर्वज्ञ र धेरै सहनशील छ ।

    [52] (हे पैगम्बर !) यी बाहेक अन्य स्त्रीहरू तपाईंका लागि वैध छैनन् र न यो ठीक छ कि तपार्इंले यिनको बदलामा अन्य पत्नीहरू ल्यानुस्, उनको सौन्दर्य राम्रा लागे पनि । उनीहरूको कुरा अर्कै छ जो तिम्रा सम्पत्ति (दासी) हुन् । वास्तवमा अल्लाहको दृष्टि हरेक कुरोमाथि छ ।

    [53] हे ईमानवालाहरू नबीको घरमा अनुमति प्राप्त नगरेसम्म खानको लागि नजानु कि पाक्ने बेलासम्म प्रतीक्षा गर्नुपरोस् तर जब निमन्त्रण हुन्छ तब जाऊ र खाना खाइसकेपछि हिँडिहाल र त्यहीं कुराहरूमा अल्झेर नबस । तिम्रो यो कुराले पैगम्बरलाई कष्ट दिन्छ र उनी तिम्रो लिहाज मान्छन्, तर अल्लाह साँचो कुरा गर्न कसैको लिहाज गर्दैन । र जब तिमी नबीका पत्नीहरूसँग केही माँग्दछौ भने उनीहरूसित पर्दाको पछाडिबाट माँग । यो धेरै शुद्धताको कुरा हो, तिम्रा हृदयहरूको लागि र उनीहरूका हृदयको लागि पनि । तिम्रो निम्ति यो कुरा वैध छैन कि, तिमी अल्लाहका रसूललाई दुःख पुर्याऊ र न यो वैध छ कि उहाँ (नबी) पश्चात कहिल्यै उनका पत्नीहरूसित विवाह गर । यादराख निश्चय नै अल्लाहको दृष्टिमा यो गम्भीर अपराध हो ।

    [54] तिमीले चाहे कुनै कुरालाई व्यक्त गर वा त्यसलाई लुकाऊ, अल्लाहलाई त हरेक कुराको ज्ञान छ ।

    [55] ती स्त्रीहरूलाई आफ्ना बुबाहरूसित आफ्ना छोराहरूसित, र आफ्ना भाइहरूसित, र आफ्ना भतिजाहरूसित, र आफ्ना भान्जिहरूसित, र आफ्ना मेलका स्त्रीहरूसित र न उनीहरूसित जसलाई उनीहरूमाथि स्वामित्वको अधिकार प्राप्त छ पर्दा नगर्नुमा कुनै पाप छैन । स्त्रीहरू ! अल्लाहसित डर, निश्चय नै अल्लाह हरेक कुराको साक्षी छ ।

    [56] अल्लाह र उसका फरिश्ताहरू यस नबीमाथि रहमत (सलाम–शान्ति) पठाउँदछन् । हे ईमानवालाहरू तिमी पनि उनीमाथि धेरै सलाम र दरूद पठाउने गर ।

    [57] जुन मानिसहरूले अल्लाह र उसको रसूललाई दुःख पुर्याउँछन्, अल्लाहले उनलाई दुनियाँ र आखिरतमा तिरस्कृत गरेको छ र उनीहरूको निम्ति अपमानजनक यातना तयार गरेको छ ।

    [58] र जुन मासिनहरूले ईमानवाला पुरुषहरू र ईमानवाली स्त्रीहरूलाई, बिना कुनै कारण यस्तो कुराको आरोप लगाएर दुःख पुर्याएका छन्, जुनकि उनीहरूले गरेका छैनन्, भने उनीहरूले त ठूलो मित्थ्यारोपण र प्रत्यक्ष पापको बोझ आफूमाथि उठाएका छन् ।

    [59] हे पैगम्बर ! आफ्ना पत्नीहरू र आफ्ना छोरीहरू र ईमानवाली स्त्रीहरूसँग भनिदिनुस् कि तिनीहरू आफुमाथि ‘‘आफ्ना च्यादर हाल्ने गरुन्’’ । यसबाट छिटै उनीहरूको (भद्रताको) पहिचान भइहाल्छ र उनले दुःख भोग्नु पर्दैन र अल्लाह बडो क्षमाशील, दयावान छ ।

    [60] यदि अहिले पनि मुनाफिक र ती मानिसहरू, जसको हृदयमा रोग छन् र जसले मदीना (शहरमा) मिथ्या अफवाह फैलाइराखेका छन्, त्यसो गर्न छाडेनन् भने हामीले तपाईलाई उनीहरूको बर्बादीको लागि लगाइदिने छौं, । अनि तिनीहरू केही दिनको लागि मात्र तपाईसंग यहाँ रहनसक्ने छन् ।

    [61] यिनीहरू तिरस्कृत रहनेछन् । जहाँ कहीं भेटिनेछन्, समातिनेछन् र नराम्रो तरिकाले मारिनेछन् ।

    [62] अल्लाहको यहि रीति ती मानिसहरूको विषयमा पनि रहेको छ जो पहिला गुज्रिसकेका छन् ! र तपाईंले अल्लाहको रीतिमा कहिल्यै परिवर्तन पाउने छैनौ ।

    [63] मानिसहरूले तपाईंसँग कियामतको (समयको) बारेमा सोध्छन् । भनिदिनुस् ‘‘यसको ज्ञान त अल्लाहलाई मात्र छ र तपाईलाई के थाहा ? शायद कियामत नजिकै आइपुगेको छ’’ ।

    [64] अल्लाहले इन्कार गर्नेहरूलाई अभिशप्त गरेको छ र उनीहरूको निम्ति (जहन्नमको) आगो तयार गरिराखेको छ ।

    [65] जसमा उनीहरू सधैं सधैं रहनेछन् । उनीहरूले त्यहाँ कुनै समर्थक र सहायक पाउने छैनन् ।

    [66] त्यस दिन उनीहरूका अनुहार आगोमा उल्टाइने, पल्टाइनेछ त उनीहरूले भन्नेछन्ः ‘‘कति राम्रो हुनथ्यो यदि हामीले अल्लाहको आज्ञापालन गरेको भए र रसूलको आज्ञापालन गरेको भए’’ ।

    [67] र उनीहरूले भन्नेछन् ‘‘हे हाम्रो पालनकर्ता ! वास्तवमा हामीले आफ्ना नाइकेहरू र आफ्ना ठूला बडाको आज्ञापालन गर्यौं र उनीहरूले हामीलाई सही मार्गबाट विचलित गरिदिए ।’’

    [68] हे हाम्रो स्वामी ! ‘‘उनीहरूलाई तिमी दोहोरो यातना देऊ र उनीहरूलाई ठूलो तिरस्कृत गर’’ ।

    [69] हे मोमिनहरू ! ‘‘तिमीहरू ती मानिसहरू जस्तो नहुनु, जसले मूसालाई (दोष लगाएर) दुःख पुर्याए, तर अल्लाहले उनलाई दोषरहित प्रमाणित गर्यो । उनी अल्लाहकहाँ सम्मानित भएका थिए’’ ।

    [70] हे मोमिनहरू ! अल्लाहसित डर मान्नेगर र सोझो सोझो साँचो कुरा भन्नेगर ।

    [71] ताकि अल्लाह तिम्रा कर्महरूलाई राम्रो पारोस् र तिम्रा पापहरूलाई क्षमा गरिदेओस् । र जसले पनि अल्लाह र उसको रसूलको आज्ञापालन गर्यो, त्यसले ठूलो सफलता प्राप्त गरिसक्ने छ ।

    [72] हामीले आफ्नो नासोलाई आकाशहरू र धरती र पर्वतहरूमाथि प्रस्तुत गर्यौं, तर उनीहरूले त्यसलाई उठाउन इन्कार गरिदिए र त्यससित तर्सिहाले । (तर) मानिसले त्यसलाई उठाइहाल्यो । (निश्चय नै ऊ) ठूलो अत्याचारी र अज्ञानी छ ।

    [73] यो यस कारण कि अल्लाहले कपटी पुरुष र स्त्रीहरू र बहुदेववादी पुरुषहरू र बहुदेववादी स्त्रीहरूलाई सजाय देओस्, र ईमानवाला पुरुषहरू र ईमानवाली स्त्रीहरूको प्रायश्चित स्वीकार गरोस् । अल्लाह बडो क्षमाशील र दयालु छ ।

    Surah 34
    सबा

    [1] सम्पूर्ण प्रशंसा अल्लाहकै लागि हुन् । जो कि ती सबै कुराको स्वामी हो, जुन आकाशहरूमा छन् र जे धरतीमा छ । र आखिरतमा पनि उसैको लागि प्रशंसा छ । र ऊ ठूलो तत्वदर्शी र सर्वज्ञ छ ।

    [2] जो धरतीमुनि जान्छ र जो त्यसबाट बाहिर निस्कन्छ र जेजति आकाशबाट तल झर्छ, र जो जति त्यसमाथि चढ्छ (उक्लन्छ) ऊ सबै जान्दछ, र ऊ अत्यन्त दयालु क्षमाशील छ ।

    [3] काफिरहरूले भन्दछन्ः कि कियामतको समय ‘‘हामीमाथि आउँदैन’’ । तपाई भनिदिनुस् मलाई मेरो पालनकर्ताको कसम , त्यो तिमीहरूमाथि अवश्य आउनेछ । अल्लाहलाई जो अन्र्तयामी छ अदृश्यको ज्ञान छ, कण बराबरको सानो तिनो कुरा पनि उसबाट लुकेको छैन, आकाशहरूमा र नत धरतीमा नत त्योभंदा सानो कुनै कुरा र न ठूलो । सबै कुराहरू स्पष्ट किताबमा अंकित छन् ।

    [4] ताकि उसले उनीहरूलाई राम्रो पुरस्कार देओस्, जसले ईमान ल्याए र असल कर्म गर्दैरहे । यिनै हुन् जसको निम्ति क्षमा र सम्मानित जीविका छ ।

    [5] र जसले हाम्रा आयातहरूलाई मात गर्न प्रयास गरे, तिनै हुन् जसको निम्ति साह्रै नै नराम्रो प्रकारको दुःखद् यातना छ ।

    [6] र जसलाई ज्ञान छ, उनीहरूले स्वयम् देख्नेछन् कि जे जति तपाईंको पालनहारको तर्फबाट तपाईतिर अवतरित भएको छ, त्यही नै सत्य हो, र अल्लाह जो सर्वशक्ति सम्पन्न, र विशेषतावाला छ तिनलाई सोझो मार्ग देखाउँछ ।

    [7] र काफिरहरूले भने (आऊ) ‘‘हामीले तिमीलाई एउटा यस्तो मानिसको बारेमा भनौं, जसले तिमीलाई यो खबर दिइरहेछ कि जब तिमी बिल्कुलै नष्ट भइसक्नेछौ तब फेरि तिमी पुनः जीवित हुनेछौ’’

    [8] (हामी भन्दैनौं कि) के उसले अल्लाहमाथि झूठो दोषारोपण गरेको छ, वा त्यसलाई केही उन्माद छ ? वास्तविकता यो छ जुन मानिसहरूले आखिरतमा विश्वास गर्दैनन्, उनीहरू सजाय पाउनेवाला र मार्गविचलनमा छन् ।

    [9] के उनीहरूले आफ्नो अगाडि पछाडि आकाश र धरतीलाई देखेनन् ? हामीले चाहेको अवस्थामा उनीहरूलाई धरतीमा (धंसाउन) गाड्न सक्छौं वा उनीमाथि आकाशबाट केही टुक्राहरू खसाल्न सक्छौं । निश्चय नै यसमा एउटा प्रमाण छ, प्रत्येक त्यस मानिसको लागि जो हृदयबाट प्रवृत्त हुन्छ ।

    [10] र हामीले दाऊद (अलैहिस्सलाम) माथि आफ्नो तर्फबाट कृपा गरेका छौं ‘‘हे पर्वतहरू उसको साथमा गुणगानलाई प्रतिध्वनित गर, र पंक्षीहरू तिमीहरूले पनि’’ । र हामीले उसको निम्ति फलामलाई नरम बनाइदियौं ।

    [11] ताकि तिमी ‘‘पूरा कवचहरू बनाइहाल र कडीहरूलाई सही अनुमानले जोड ।’’ र तिमी सबै राम्रो कर्म गर । निश्चित मान कि जे–जति तिमीले गर्दैछौ, त्यसलाई म देख्दैछु ।

    [12] र ‘‘सुलैमानको’’ निम्ति हामीले वायुलाई बशीभूत गरिदिएका थियौं । यसको बिहानको अभिष्ट एक महिनाको बाटो हुन्थ्यो र साँझको अभिष्ट पनि (एक महिनाको थियो) र हामीले उसको निम्ति पग्लेको ताँबाको स्रोत बगाइदियौं र जिन्नहरूमध्येबाट पनि केहीलाई (उसको बशीभूत गरिदिएका थियौं) । जसले आफ्नो पालनकर्ताको अनुज्ञाले उसको अगाडि काम गर्दथे । (आदेश थियोः) ‘‘कि उनीहरूमध्ये जसले हाम्रो आदेशको उल्लंघन गर्दछ उसलाई हामीले प्रज्वलित आगोको स्वाद चखाउनेछौं’’ ।

    [13] सुलैमानले चाहेको कुरा जिन्नातहरूले तयार गर्दथे । उदाहरणको लागि किलाहरू र प्रतिमाहरू र ठूलो डेक्चीजस्ता तलाब र चूल्होमा अडी रहने डेक्ची । हे दाऊदका सन्तति मेरो कृतज्ञता ज्ञापन गर्न असल कर्म गर ! र मेरा सेवकहरूमा कृतज्ञता ज्ञापन गर्नेहरू थोरै हुन्छन्’’ ।

    [14] अनि जब हामीले उनको मृत्युको निम्ति आदेश दियौं त ती जिन्नहरूलाई उसको मृत्युको समाचार कसैले दिएन घुनकीरा बाहेक जसले उसको लठ्ठीलाई खाइराखेको थियो । अनि जब उनी खसिहाले, तब जिन्नहरूले थाहा पाए कि यदि उनी परोक्षका कुरा जान्नेवाला भएको भए यस अपमानजनक यातनामा परिराख्ने थिएनन् ।

    [15] सबाका जातिबन्धुको लागि उनीहरूको निवासस्थानमा नै अल्लाहको शक्तिको एउटा निशानी थियो । उनको बायाँ र दायाँ दुईवटा बगैचा थिए हामीले उनलाई आदेश दिएका थियौं कि ‘‘आफ्नो पालनकर्ताले दिएको जीविका खाऊ, र उसप्रति आभार प्रकट गर । यो शहर पनि राम्रो र पालनकर्ता पनि क्षमाशील’’ छ ।

    [16] किन्तु तिनीहरूले ध्यान दिएनन् अनि हामीले उनीहरूमाथि ठूलो बाढी पठाइदियौं र उनीहरूको दुईटै बगैंचाको सट्टामा उनीहरूलाई दुइटा अर्कै बगैंचाहरू दियौं, जसका फलहरू बेस्वाद थिए र जसमा केही झ्याउ थिए र केही झरबयरहरू थिए ।

    [17] यो प्रतिफल हामीले उनीहरूलाई उनीहरूको अवज्ञाको कारणले दियौं । यस्तो प्रतिफल त हामीले ठूला ठूला कृतघ्न मानिसलाई नै दिन्छौं ।

    [18] र हामीले उनीहरूको र ती बस्तीहरूको बीचमा जसलाई हामीले बरकत (पुरस्कार) दिएका थियौं केही अरु बस्तीहरू अबाद गरायौं जुन सार्वजनिक रूपले प्रकट थिए र तिनीहरूमा उनमा यात्राका अभिष्टहरू ठीक अनुमानमा राख्यौं ‘‘उनीहरूमा रातदिन निश्चिन्त भई हिंडडुल गर ।’’

    [19] किन्तु उनीहरूले भनेः ‘‘हे हाम्रो पालनकर्ता हाम्रा यात्राहरूलाई दूरस्थ बनाइदेऊ । उनीहरूले स्वयम् आफूमाथि नै आफ्नो कुभलो गरे । त्यसकारण हामीले (उनीहरूलाई नष्ट गरेर) उनीहरूलाई कथा बनाइदियौं, र उनीहरूलाई बिल्कुल छिन्न भिन्न गरिदियौं । निश्चय नै यसमा प्रत्येक ठूलो धैर्यवान्, कृतज्ञको निम्ति धेरै शिक्षाहरू छन् ।

    [20] र इबलीसले (शैताको नायकले) उनको विषयमा आफ्नो अनुमान सत्य साबित गरेर देखाइदियो र ईमानवालाहरूको एउटा समूह बाहेक उनीहरू सबै उसैको अनुयायी बने ।

    [21] यद्यपि शैतानको उनीहरूमाथि कुनै जोड र दबाव थिएन, किन्तु यो यसकारण कि हामीले प्रकट गरौं उनीहरूलाई जो आखिरतमाथि ईमान राख्दछन् उनीहरूबाट जो उसको बारेमा कुनै सन्देहमा परिराखेका छन् । र तपाईंको पालनहार प्रत्येक कुराको संरक्षक छ ।

    [22] भनिदिनुस् ‘‘कि अल्लाहबाहेक जस–जसलाई तिमीले (पूज्य) ठान्दछौ, तिनीहरू सबलाई पुकारेर हेर । तिनीहरूमध्ये कसैलाई आकाशहरूमा र पृथ्वीमा एउटा कणभरी पनि कुनै कुराको अधिकार छैन र न ती दुवैमा उनको कुनै साझेदारी छ र न उनीहरूमध्ये कुनै उसको सहायक छ’’ ।

    [23] उसकहाँ कसैको सिफारिश लाग्दैन, किन्तु उसको मात्र जसलाई उसले अनुमति दिएको छ । यहाँसम्म कि जब उनका हृदयहरूबाट घबराहट समाप्त गरिन्छ, त तिनीहरूले सोध्छन्ः कि ‘‘तिम्रो पालनकर्ताले के भन्यो’’ ? (फरिश्ताहरूले) जवाफ दिन्छन् कि ‘‘सत्य भनेको छ ! र त्यो अत्यन्त उच्च र महान् छ’’ ।

    [24] सोध्नुस् कि ‘‘तिमीलाई आकाशहरूबाट र धरतीबाट कसले जीविका प्रदान गर्दछ’’ ? स्वयम् जवाफ दिनुस् ‘‘कि अल्लाह’’ । हेर हामी वा तिमी या त सोझो बाटोमा छौं, वा खुल्लमखुल्ला मार्गविचलनमा ।

    [25] भन्नुस् कि ‘‘जुन अपराध हामीले गरेका छौं, त्यसबापत सोधपूछ तिमीसित हुनेछैन र न त त्यस कुराको सोधपूछ हामीसित हुनेछ जुन तिमीले गरिराखेका छौ ।’’

    [26] तिनलाई खबर गरिदिनुस् कि ‘‘हाम्रो पालनकर्ताले हामी सबैलाई एकत्रित गर्नेछ अनि ‘‘हाम्रोबीच ठीक–ठीक फैसला गरिदिनेछ । उही नै राम्रो फैसला गर्नेवाला र अत्यन्त ज्ञानवान् छ’’ ।

    [27] भन्नुस् ‘‘मलाई पनि उनीहरूलाई देखाऊ, जसलाई तिमीले साझेदार बनाई अल्लाहसँग संलग्न गरेका छौ ।’’ कोही होइन, बरु उही (एक्लो) अल्लाह अत्यन्त अधिपत्यशाली, तत्वदर्शी छ ।

    [28] (हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम) हामीले तपाईंलाई सबै मानिसहरूको लागि शुभसूचना दिनेवाला र सावधान गर्नेवाला बनाएर पठाएका हौं, किन्तु यो सत्य हो कि धेरै मानिसहरूले बुझ्दैनन् ।

    [29] सोध्छन् कि यदि तिमी साँचो हौ भने यो (कयामतको) वचन कहिले पूरा हुनेछ’’

    [30] जवाफ दिनुस् कि त्यसको निम्ति एक विशेष दिनको अवधि निर्धारित छ, जसबाट न एकछिन तिमी पछि हट्ने छौ न अगाडि बढ्नेछौ’’ ।

    [31] जुन मानिसहरूले इन्कार गरे उनीहरूले भन्छन्ः ‘‘हामीले यस कुरआनलाई कदापि मान्ने छैनौं र ती (किताबहरू) जुन यसभन्दा अगाडिका छन् । हे आँखावालाहरू क्या राम्रो हुने थियो तिमी त्यसबेला देख्ने भए जब अत्याचारीहरू आफ्नो पालनकर्ताको अगाडि उभ्याइनेछन् र आपसमा एक अर्कामाथि दोषारोपण गरिराख्नेछन् । कमजोर मानिसहरूले ठूला मानिसहरूसँग भन्नेछन्ः ‘‘यदि तिमीहरू नभएको भए हामी अवश्य नै ईमानवाला हुने थियौं ।’’

    [32] ती ठूला मानिसहरूले कमजोर मानिसहरूलाई जवाफ दिने छन् कि ‘‘के हामीले तिमीहरूलाई नसीहत (उपदेश) आइसकेपछि पनि त्यस मार्गबाट रोकेका थियौं, (होइन) बरु तिमी आफै नै अपराधी थियौ ।’’

    [33] कमजोरहरूले यसको प्रतिउत्तरमा ठूलासित भन्नेछन्ः ‘‘(होइन) बरु (तिम्रो)’’ रातदिनको षडयन्त्रहरूले अल्लाहसित हामीले कुफ्र गर्नु र तिम्रो आदेशले उसको साझेदार बनाउनु नै हाम्रो अनास्थाको कारण बन्यो । र जब तिनीहरूले सजाय देख्नेछन् त आफ्नो मनमा लज्जित हुनेछन् । र हामीले काफिरहरूको घाँटीमा (तौक) पट्टा हालिदिनेछौं । जुन कर्म तिनीहरूले गर्दथे, मात्र त्यसैको प्रतिफल पाउनेछन् ।

    [34] र हामीले जुन बस्तीमा पनि कुनै सचेतकर्ता पठायौं त त्यहाँका सम्पन्न मानिसहरूले यही नै भने कि, जे जति तिमीलाई दिएर पठाइयो, हामीले त्यसलाई मान्नेवाला छैनौं ।

    [35] र (यो पनि) भने कि ‘‘हामीसित धेरै मालसम्पत्ति र सन्तानहरू छन् र हामीलाई सजाय हुनेछैन’’ ।

    [36] भनिदिनुस् कि ‘‘निःसन्देह मेरो पालनकर्ताले जसको निम्ति चाहन्छ, जीविकालाई प्रचूर गरिदिन्छ र (जसको निम्ति चाहन्छ) संकुचित गरिदिन्छ । तर धेरै मानिसहरूले बुझ्दैनन्’’ ।

    [37] र न तिम्रा धनसम्पत्ति र नत तिम्रा सन्तानहरू यस्ता छन् जसले तिमीलाई हामीसित दर्जामा निकट गरिदिउन्। हो, जोसुकैले ईमान ल्याए र राम्रो कर्म गरे त यस्ता मानिसहरूको निम्ति त्यसले गरेको कर्मको दुईगुणा बदला छ, र उनीहरू माथिल्लो तहका कक्षहरूमा निश्चिन्ततापूर्वक रहनेछन् ।

    [38] र जुन मानिसहरू हाम्रा आयतहरूको समकक्षता निम्ति प्रयासरत रहन्छन्, उनीहरू ल्याइएर यातनाग्रस्त गरिनेछन् ।

    [39] भनिदिनुस् कि ‘‘मेरो पालनकर्ता आफ्ना सेवकहरूमध्ये जसको निम्ति चाहन्छ, जीविका फराकिलो गर्दछ र जसको लागि चाहन्छ संकुचित गरिदिन्छ । र जेजति तिमीले अल्लाहको बाटोमा खर्च गर्यौ, त्यसको सट्टा तिमीलाई पूरा पूरा प्रतिफल दिनेछ । र ऊ सबैभन्दा राम्रो जीविका दिनेवाला हो’’ ।

    [40] र जुन दिन उसले यी सबैलाई एकत्रित गर्नेछ, अनि फरिश्ताहरूसित भन्नेछः कि ‘‘के यी मानिसहरूले तिमीलाई पूजा गर्दथे’’

    [41] उनीहरूले भन्नेछन्ः ‘‘पवित्र छौ तिमी, हाम्रो निकटताको मधुर सम्बन्ध त तिमीसितै छ, उनीहरूसित होइन, बरु कुरा यो छ कि उनीहरूले जिन्नहरूको पूजा गर्नेगर्दथे, उनीहरूमध्ये धेरैले तिनीहरूमाथि नै विश्वास गर्दथे’’ ।

    [42] ‘‘अतः आज नत तिमी परस्पर एक अर्कालाई लाभ पुर्याउने अधिकार राख्दछौ र नत हानिको’’ । र हामीले ती अत्याचारीहरूसित भन्ने छौं किः ‘‘अब त्यस आगोको यातनाको स्वाद चाख, जसलाई तिमीले असत्य भन्दै आएका छौ ।’’

    [43] उनीहरूलाई जब हाम्रा स्पष्ट आयतहरू पढेर सुनाइन्छ । त उनीहरू भन्दछन्ः कि यो त मात्र यस्तो व्यक्ति हो जसले तिमीलाई तिम्रो पुर्खाका पूज्यहरूबाट रोक्न चाहन्छ । भन्दछन्ः ‘‘यो त एउटा मनगढन्त असत्य हो ।’’ र उनको पासमा सत्य आइसकेपछि पनि उनीहरू, भनिहालेः ‘‘यो त एउटा प्रत्यक्ष जादू हो ।’’

    [44] र यी मक्काबासीहरूलाई हामीले नत किताबहरू दियौं, जसलाई यिनीहरूले पढुन् र न तपाईंभन्दा पहिला उनीहरूतिर कुनै सचेतक पठाएका थियौं ।

    [45] र उनीहरूभन्दा पहिलाका मानिसहरूले पनि हाम्रो कुरालाई झूठा ठहराएका थिए र जेजति हामीले उनीहरूलाई दिएका थियौं यिनीहरू त्यसको दशौं भागसम्म पनि पुगेनन् । अनि उनीहरूले मेरा रसूलहरूलाई झूठा भने, त (हेर) मेरो सजाय कति कडा रह्यो

    [46] भनिदिनुस्ः ‘‘म तिमीलाई एउटै कुराको उपदेश गर्दछु कि अल्लाहको निम्ति दुई–दुई र एक–एक गरी उभिहाल, अनि विचार गर । तिम्रो यस साथीलाई कुनै उन्माद छैन । ऊ त एउटा कठोर यातना हुनुभन्दा अगाडि तिमीलाई सचेत गर्नेवाला नै हो’’ ।

    [47] भन्नुस्ः मैले तिमीसँग कुनै बद्ला माँगेको छु भने त्यो तिम्रै लागि नै हो । मेरो पुरस्कार त मात्र अल्लाहको जिम्मामा छ र ऊ प्रत्येक कुराको साक्षी र जानकार छ’’ ।

    [48] भनिदिनुस् कि ‘‘मेरो पालनकर्ताले माथिबाट सत्य वह्य पठाउँछ उसले परोक्ष कुरा जान्दछ’’ ।

    [49] भनिदिनुस् ‘‘सत्य आइसकेको छ असत्यले नत अगाडि केही गर्न सक्यो र नगर्न सक्नेछ’’ ।

    [50] भनिदिनुस्ः ‘‘यदि म विचलित हुन्छु भने मेरो विचलनको दोष ममाथि नै हुनेछ । र यदि म सोझो मार्गमा छु, भने यसको कारण त्यो वह्य हो जुन कि मेरो पालनहारले मतिर पठाउँछ । ऊ सबै कुरा सुन्दछ र धेरै नजिक छ ।

    [51] र यदि तपाईंले त्यो समय देख्नुहुन्छ जब काफिरहरू आत्तिएका हुनेछन्, अनि बाँचेर भाग्न सक्ने कुनै तरिका हुनेछैन र नजिकबाट समातिनेछन् ।

    [52] यसबेला भन्नेछन्ः कि ‘‘हामीले यस कुरआनमाथि ईमान ल्यायौं ।’’ तर उनीहरूको निम्ति कहाँ सम्भव छ कि यति टाढा उसलाई पाउनसकुन् ।

    [53] यसभन्दा पहिला त उनीहरूले यसको इन्कार गरे र टाढाबाट नदेखिकन्, अड्कलबाजी गरिरहे ।

    [54] उनीहरू र उनीहरूका इच्छाहरूको बीचमा रोक लगाइनेछ, जुन प्रकारले यसभन्दा अगाडि पनि उनका सहमार्गीहरूसँग गरियो । उनी पनि निश्चय नै (उनीहरू जस्तै) सन्देह र असमंजसमा थिए ।

    Surah 35
    फातिर

    [1] सम्पूर्ण प्रशंसाहरू अल्लाहकै लागि छन्, जो आकाशहरू र धरतीको स्रष्टा हो । (र) दुई–दुई, तीन–तीन, चार–चार पखेटा भएको फरिश्ताहरूलाई सन्देशवाहक बनाउनेवाला हो । उसले (आफ्नो) सृष्टिमा जस्तो चाहन्छ, अभिवृद्धि गर्दछ । निश्चय नै अल्लाहलाई हरेक कुराको सामथ्र्य छ ।

    [2] अल्लाहले आफ्नो दया मानिसहरूको लागि खोलिदिन्छ भने त्यसलाई बन्द गर्नेवाला कोही छैन् र यदि बन्द गरिदिन्छ भने ऊ पश्चात त्यसलाई कोही खोल्नेवाला छैन । ऊ अधिपत्यशाली, तत्वदर्शी छ ।

    [3] हे मानिसहरू ! तिमीमाथि जुन अनुकम्पा अल्लाहले गरेको छ, त्यसलाई स्मरण गर । के अल्लाह बाहेक कोही अरु स्रष्टा छ, जसले तिमीलाई आकाश र धरतीबाट जीविका प्रदान गर्दछ ? उस बाहेक कोही पूज्य छैन । त्यसो भए तिमी कता मार्गविचलित भइराखेका छौ

    [4] र यदि उनीहरूले तपाईंलाई झूठो भन्छन् भने तपाईंभन्दा अगाडि पनि कैयन् रसूलहरूलाई झूठा भनिएको थियो । र (सबै) काम अल्लाहतिर नै फर्काइनेछ ।

    [5] हे मानिसहरू ! अल्लाहको वचन सत्य छ । अतः सांसारिक जीवनले तिमीलाई धोकामा नपारोस् र न त्यस धोकेबाज शैतानले अल्लाहको विषयमा तिमीलाई धोकामा पारोस् ।

    [6] यादराख शैतान तिम्रो शत्रु हो । तिमीले उसलाई शत्रु नै ठान । त्यसले त आफ्नो गिरोहलाई केवल यसकारणले बोलाइराखेको छ कि उनीहरू नर्कको आगोमा शम्मिलित हुनेछन् ।

    [7] ती मानिसहरू जसले कि इन्कार गरे उनीहरूको निम्ति कठोर सजाय छ । किन्तु जसले ईमान ल्याए र असल कर्म गरे उनीहरूको निम्ति क्षमा र ठूलो प्रतिफल छ ।

    [8] अनि के त्यो व्यक्ति जसको लागि उसको नराम्रो कर्म आकर्षक बनाइएको छ र जसलाई उसले राम्रो देखदैछ ? निश्चय नै अल्लाह जसलाई चाहन्छ, मार्गबाट वञ्चित राख्दछ र जसलाई चाहन्छ सोझो बाटो देखाउँछ ! तसर्थ उनीहरूको निम्ति अफसोच गर्दा–गर्दै तपाईं प्राण जोखिममा नपार्नुस् । अल्लाहले राम्रोसँग जान्दछ, जे उनीहरूले गरिराखेका छन् ।

    [9] र अल्लाहले नै हावाहरू चलाउँछ र तिनले बादलहरूलाई उचाल्छन्, अनि हामीले त्यसलाई कुनै शुष्क भू–भागतिर लग्छौं, र त्यसबाट हामीले मृत धरतीलाई जीवित गरिदिन्छौं । यसै प्रकार मानिसहरूलाई पनि दोहर्याएर जीवित भई उठ्नु पर्नेछ ।

    [10] यदि कसैले सम्मान चाहन्छ भने सम्पूर्ण सम्मान अल्लाहकै लागि हो । उसैतिर सबै राम्रा पवित्र वचनहरू पुग्दछन् र असल कर्मले उनलाई माथि उठाउँछ । र जुन मानिसहरूले नराम्रा षडयन्त्र रच्दछन्, उनीहरूको निम्ति कठोर यातना छ र उनीहरूको यो षडयन्त्र मेटिएर जानेछ ।

    [11] मानिसहरू हो ! अल्लाहले तिमीलाई माटोबाट अनि वीर्यबाट सृष्टि गर्यो, अनि तिमीलाई जोडा–जोडा (लोग्ने–स्वास्नी) बनायो । स्त्री गर्भवती हुनु र बच्चा जन्मनु सबै उसको जानकारीमा हुन्छ । र जुन बढी आयु कसैले प्राप्त गर्दछ र जे–जति कसैको आयुमा कमी हुन्छ, यो सबै किताबमा लेखिएको हुन्छ । यो सबै अल्लाहको निम्ति सरल छ ।

    [12] र दुई सागर एकै जस्तो हुँदैनन्, एउटा (को पानी) मिठो स्वादिलो छ, तिर्खा मिटाउँछ पिउनमा रुचिकर छ र अर्का (को पानी) नुनिलो छ, बेस्वाद र तिमीले प्रत्येकबाट ताजा मासु खान्छौ र आभूषण निकाल्दछौ, जुन तिमीले पहिरन्छौ । र तिमीले हेर्दछौ कि ठूल–ठूला डुङ्गाहरूले पानीलाई चिर्दै गइराखेका छन्, ताकि (यसबाट) तिमीले उसको उदार अनुग्रह खोज, र तिमी उसप्रति आभरी बन ।

    [13] उसले रातलाई दिनमा प्रविष्ट गराउँदछ र दिनलाई रातमा प्रविष्ट गराउँदछ । र उसले सूर्य र चन्द्रलाई काममा लगाइराखेको छ । प्रत्येक कुरो एक निर्धारित समयमा चलिराखेको छ । यही अल्लाह तिम्रो सबैको पालनकर्ता हो । उसैको सत्ता छ, उसबाहेक तिमीले जसलाई पुकार्दछौ, उनीहरू त खजूरको गेडोको बोक्रा बराबर पनि (कुनै कुराको) मालिक छैनन् ।

    [14] यदि तिमी उनीहरूलाई पुकार्दछौ भने उनीहरू तिम्रो पुकार सुन्ने छैनन् । र यदि (मानिलिउँ) सुनि पनि हालेछन् भने तिम्रो कुरालाई स्वीकार गर्न सक्ने छैनन् र कियामतको दिन उनीहरूले तिम्रो यस शिर्क ठहराउने कुरोबाट इन्कार गर्नेछन्, र तपाईंलाई कसैले अल्लाह झैं खबरहरू दिनेछैन ।

    [15] हे मानिसहरू! तिमी अल्लाहको मुखापेक्षी (भिखारी) हौ र अल्लाह त निष्पृह, र सर्वगुणवान छ ।

    [16] यदि उसले चाहने हो भने तिमीलाई मेटाउन सक्छ र एउटा नयाँ सृष्टि बनाउन सक्छ ।

    [17] र यो कुरा अल्लाहको निम्ति केही कठिन छैन ।

    [18] कुनै भारी बोक्नेले अर्काको भारी बोक्ने छैन । र यदि कोही भारीले थिचिएको व्यक्तिले आफ्नो भारी बोक्न अरुलाई बोलाउने छ भने त्यसबाट उसले केही पनि उठाउने छैन, यद्यपि त्यो निकटकै सम्बन्धि नै किन नहोस् । तपाईंले त ती मानिसहरूलाई मात्र सावधान गर्न सक्नु हुन्छ, जो नदेखिकन् पनि आफ्नो पालनकर्तासित डराउँछन् र नियमित नमाज पढ्दै गर्छन् र जो व्यक्ति पवित्र बन्दछ त्यो आफ्नो निम्ति नै पवित्र हुनेछ । र अल्लाहतिर नै फर्केर जानुपर्ने छ ।

    [19] र अन्धो र आँखा देखने (मानिस) समान छैनन् ।

    [20] र नत अँध्यारो र उज्यालो

    [21] र न छायाँ र घाम

    [22] र जीवित र मृत बराबर हुनसक्दैनन् । अल्लाहले जसलाई चाहन्छ, सुनाइदिन्छ र तपाईंले उनीहरूलाई जो चिहानहरूमा छन्, सुनाउन सक्नुहुन्न ।

    [23] तपाईं त मात्र सचेतकर्ता हौ ।

    [24] हामीले नै तपाईंलाई सत्यको साथ शुभसूचना सुनाउनेवाला र डर देखाउनेवाला बनाएर पठाएका छौं, र कुनै समुदाय यस्तो भएन जसमा कुनै डराउनेवाला भएको नहोस् ।

    [25] र यदि उनीहरूले तपाईंलाई झूठा भन्छन् भने जो उनीभन्दा पहिला थिए उनीहरूले पनि झूठा भनिसकेका छन् । उनीहरूको रसूलले पनि उनको पासमा स्पष्ट प्रमाण, चमत्कार र अल्लाहको किताब लिएर आएका थिए ।

    [26] अनि मैले इन्कारीहरूलाई समातिहालें, तसर्थ मेरो सजाय कस्तो रह्यो ।

    [27] के तपाईंले यसलाई देख्नु भएन कि अल्लाहले आकाशबाट पानी बर्सायो अनि त्यसबाट हामीले अनेक रङ्गका फलहरू उत्पन्न गर्यौं र पहाडहरूको पनि अनेक भाग छन् सेता र राता विभिन्न रङ्गका धर्काहरू पाइन्छन् र (कोही) धेरै कालो पनि ।

    [28] र यस्तै मानिसहरू, जनावरहरू र चौपायाहरूमा पनि कैयन् प्रकारका रङ्गहरू छन् । र अल्लाहसित उसका तिनै सेवकहरू डर मान्छन् जो ज्ञानी छन् । निश्चय नै अल्लाह अधिपत्यशाली, क्षमाशील छ ।

    [29] जुन मानिसहरूले अल्लाहको किताब पढ्दछन् र नमाज नटुटाइकन पढ्छन् र जेजति हामीले उनीहरूलाई प्रदान गरेका छौं, त्यसबाट प्रत्यक्ष र परोक्षरूपले खर्च गर्दछन्, तिनीहरू त्यस्तो व्यापारको उम्मेदवार छन् जुन कि कहिल्यै घाटामा हुनेछैन ।

    [30] किनभने (अल्लाह) उनीहरूलाई पूरा–पूर प्रतिफल दिनेछ र आफ्नो उदार अनुग्रहले केही बढी पनि दिनेछ । निःसन्देह ऊ धेरै क्षमाशील र गुणग्राही छ ।

    [31] र यो किताब जुन हामीले तपार्इंतिर वह्यको रूपमा पठाएका छौं, यो बिल्कुल सत्य छ जसले यसभन्दा पहिलाका किताबहरूको पनि पुष्टि गर्दछ, अल्लाह आफ्ना सेवकहरूको सबै कुरासित अवगत र सबै देख्नेवाला छ ।

    [32] अनि हामीले ती मानिसहरूलाई यस किताबको उत्तराधिकारी बनायौं, जसलाई आफ्ना सेवकहरूमध्ये रोज्यौं । उनीहरूमध्ये केही त आफैंले आफूमाथि अत्याचार गर्दछन् र उनीहरूमध्ये केही मध्यम श्रेणीका छन् र अल्लाहको आदेशले तिनीहरूमध्ये केही असल कर्ममा वृद्धि गर्दै गइरहन्छन् । यही नै ठूलो उपकार हो ।

    [33] (ती मानिसहरूको निम्ति) सधैं रहने बगैंचाहरू (छन्), जसमा उनीहरू प्रवेश गर्नेछन् । त्यहाँ उनीहरूलाई सुनका कङ्गनहरू र मोतीको आभूषण पहिराइनेछ । र त्यहाँ उनीहरूको बस्त्र रेशमको हुनेछ ।

    [34] र उनीहरूले भन्नेछन्ः ‘‘अल्लाहको धेरै–धेरै कृपा छ जसले हामीबाट दुःख (चिन्ता) हटाइदियो । निश्चय नै हाम्रो पालनकर्ता अत्यन्तै क्षमाशील, बडो गुणग्राही छ ।

    [35] जसले हामीलाई आफ्नो कृपाले सधैं बस्ने घरमा उतारेको छ । यहाँ नत हामीलाई कुनै कष्ट हुनेछ र न हामीलाई थकाइ नै लाग्नेछ ।’’

    [36] र जुन मानिसहरूले कुफ्र गरे, उनीहरूको लागि नर्कको आगो छ, नत उनीहरूलाई मृत्यु आउनेछ कि मरिहालुन् र न उनको सजाय नै उनीहरूबाट हल्का गरिनेछ । हामीले हरेक काफिरलाई यस्तै सजाय दिने गर्दछौं ।

    [37] र उनीहरू त्यसमा कराउनेछन् कि ‘‘हे हाम्रो पालनकर्ता ! हामीहरूलाई (यहाँबाट) निकालिहाल ! (अब) हामीले असल कर्म गर्नेछौं, नकि त्यो जुन अघि गर्ने गर्दथ्यौं’’ । (अल्लाहले भन्नेछ) के ‘‘हामीले तिमीलाई यति उमेर दिएका थिएनौं कि त्यसमा जे सोच्न चाहन्थ्यौ सोचिहाल्थ्यौ, र तिम्रो पासमा सचेतकर्ता पनि आयो । तसर्थ अब स्वाद चाखिराख यस्ता अत्याचारीहरूको कोही मद्दतगार (सहायक) छैन ।’’

    [38] निःसन्देह अल्लाह आकाशहरू र धरतीमा लुकेका अदृश्य कुरा जान्नेवाला छ । उसले त हृदयभित्रको कुरासम्म पनि जान्दछ ।

    [39] उही हो जसले तिमीलाई धरतीमा आबाद गर्यो । अब जोसुकैले इन्कार गर्नेछ, उसको इन्कारको नोक्सानी उसैलाई नै हुनेछ । इन्कार गर्नेवालाहरूको इन्कार उनीहरूको पालनकर्ताको प्रकोप नै बढाउँदछ, र इन्कार गर्नेवालाहरूको लागि इन्कार घाटामा नै अझै वृद्धिको कारण बन्दछ ।

    [40] तपाईंले भन्नुस् कि तिमीले आफूले ठहराएका साझेदारहरूको अवस्था बताऊ, जसलाई तिमीले अल्लाहलाई छोडेर पूज्ने गर्दथ्यौ ?’’ मलाई देखाऊ कि उनीहरूले धरतीको कुनचाहिँ भाग सृष्टि गरेका छन् वा आकाशहरूमा उनीहरूको कुनै भागिदारी छ ?’’ वा हामीले उनीहरूलाई कुनै किताब प्रदान गर्यौं कि, उसको स्पष्ट प्रमाण उनीहरूको पक्षमा होस् ? (होइन) बरु ती अत्याचारीहरू आपसमा एक अर्कासित मात्र धोकाको कुराहरूका वाचा गरिराखेका छन् ।

    [41] यो निश्चित छ कि अल्लाहले नै आकाशहरू र धरतीलाई थामिराखेको छ कि उनीहरू नहटुन्, यदि (आफ्नो ठाउँबाट) उनीहरू हटे भने अल्लाह बाहेक कोही पनि उनीहरूलाई थाम्न सक्दैन । ऊ बडो सहनशील क्षमा गर्नेवाला छ ।

    [42] र यिनीहरूले (काफिरहरूले) अल्लाहसमक्ष ठूलो–ठूलो शपथ खान्छन् कि यदि उनको पासमा कोही सचेतकर्ता आउँछ भने यिनीहरू हरेक समुदायभन्दा बढी सोझो मार्गमा हुनेछन्, तर जब उनको पासमा सचेतकर्ता आयो तब उससित उनीहरूको घृणा नै बढ्यो ।

    [43] संसारमा आफूलाई ठूलो ठान्नुको कारण र उनको खराब कार्यबाट ती नराम्रो कर्मको हानि ती काम गर्नेहरूमाथि नै पर्छ । त के यिनीहरू त्यसैको प्रतीक्षा गरिराखेका छन् ? जुन पहिलाका मानिसहरूसँग हुने गरेको थियो । तसर्थ तिमीले अल्लाहको कानूनमा कदापि कुनै परिवर्तन पाउने छैनौ र न तिमी अल्लाहको कानूनलाई कहिल्यै परिवर्तित भइराखेको पाउनेछौ ।

    [44] के उनीहरूले धरतीमा घुमफिर गर्दैनन् । जसबाट देखुन् कि उनीहरूको परिणाम के भयो ? जो यिनीभन्दा पहिला थिए र यिनीहरूभन्दा शक्तिमा धेरै बढी थिए । र अल्लाह यस्तो छैन कि आकाशहरूमा र धरतीमा कुनै कुराले उसलाई हराइदेओस् । ऊ ठूलो सर्वज्ञ, सामथ्र्यवान छ ।

    [45] र यदि अल्लाहले मानिसहरूलाई उनीहरूको आचरणको कारण समात्न थालेको भए धरतीको कुनै जीवधारीलाई पनि छोडने थिएन । तर अल्लाहले उनीहरूलाई एक निश्चित समयसम्म अवसर दिएको छ । अनि जब उनीहरूको निर्धारित समय आइपुग्नेछ त निश्चय नै अल्लाह आफ्ना सेवकहरूलाई हेरिसक्ने छ ।

    Surah 36
    या–सीन

    [1] यासीन

    [2] कसम छ हिक्मतवाला (तत्वदर्शी) कुरआनको

    [3] (हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम !) निःसन्देह तपार्इं पैगम्बरहरूमध्येकै हुनुहुन्छ

    [4] सोझो मार्गमा हुनुहुन्छ ।

    [5] (यो कुरआन) अल्लाह अत्यन्त शक्तिमान दयावान्ले अवतरित गरेको छ ।

    [6] ताकि तपाईंले यस्ता मानिसहरूलाई डर देखाउनुस्, जसका बाउ–बाजेलाई डर देखाइएको थिएन, (यसकारण) उनीहरू लापरवाहीमा परिराखेका छन् ।

    [7] उनीहरूमध्ये धेरै मानिसहरूमाथि कुरो प्रमाणित भइसकेको छ । अतः उनीहरूले ईमान ल्याउने छैनन् ।

    [8] हामीले उनीहरूको घाँटीमा तौक (पट्टा) हालीदिएका छौं जुन चिउँडोसम्म छन् । तसर्थ उनीहरू टाउको निहुर्याउन सक्दैनन् ।

    [9] र हामीले उनीहरूको अगाडि एउटा परदा हालिदिएका छौं र उनको पछाडि पनि । जसबाट उनीहरूलाई ढाँपिदिएका छौं, तसर्थ यिनीहरूले देख्न सक्दैनन् ।

    [10] र तपाईंले उनीहरूलाई डराउनुस् वा नडराउनुस्, उनीहरूको लागि दुवै बराबर छ, उनीहरूले ईमान ल्याउने छैनन् ।

    [11] तपाईंले त मात्र त्यस्तो व्यक्तिलाई डराउन सक्नुहुन्छ जसले उपदेशको अनुशरण गर्दछ र अल्लाहसित अदृश्य(अवस्था) मै डर्छ । अतः तपाईंले उसलाई क्षमा र सम्मानजनक प्रतिफलको शुभसूचना सुनाइदिनुस् ।

    [12] निःसन्देह हामीले मूर्दाहरूलाई जीवित गर्नेछौं र जेजति उनीहरूले अगाडि (आफनो कर्म) पठाइसकेका छन् र उनका ती कार्यहरू जुन पछाडि छोडेका छन्, हामीले उनलाई लेखिदिन्छौं । र हरेक कुरालाई हामीले एक स्पष्ट किताबमा लेखिसकेका छौं ।

    [13] र उनीहरूसित तपाईंले गाउँवालाहरूको घटनाको वर्णन गर्नुस्, जब उनको पासमा (अनेकौ) पैगम्बर आए ।

    [14] जब हामीले उनीहरूकहाँ दुई (पैगम्बर) पठायौं, तब उनीहरूले झूठा भने तब हामीले एउटा तेस्रोद्वारा पुष्टि गरायौं, तब उनी तीनै जनाले भनेः ‘‘कि हामी तिमीतिर (संदेष्टा) पठाइएका हौं ।’’

    [15] उनीहरूले भने कि ‘‘तिमी त हामी जस्तै साधारण मनुष्य हौ । र अल्लाहले कुनै कुरा पनि अवतरित गरेको छैन । तिमीमात्र झूठ बोल्दछौ ।’’

    [16] ती रसूलहरूले भने ‘‘हाम्रो पालनकर्तालाई थाहा छ कि हामी निश्चय नै तिमीतिर पठाइएका हौं ।

    [17] र हाम्रो जिम्मेवारी त मात्र स्पष्टरूपले सन्देश पुर्याइदिनु नै हो ।

    [18] उनीहरूले भनेः कि ‘‘हामीले त तिमीलाई अपशकुन मान्यौं अतः तिमी मानेनौ भने हामीले तिमीलाई ढुङ्गा हानेर मारिदिनेछौं र तिमीलाई हाम्रो तर्फबाट धेरै कष्ट पुग्नेछ ।

    [19] ती रसूलहरूले भनेः कि तिम्रो अपशकुन त तिम्रो आफ्नै साथमा छ । के तिमी नसिहत गरिने कुरालाई अपशकुन सम्झन्छौ बरु तिमीहरू सीमा बाहिर जाने मानिसहरू हौ ।

    [20] (यसैबीच) नगरको दुरवर्ती छेउबाट एउटा व्यक्ति दगुर्दै आइपुग्यो । उसले भन्योः ‘‘हे मेरो कौम (जातिबन्धु) का मानिसहरू ! यी रसूलहरूको मार्गमा हिँड्नेगर ।’’

    [21] यस्ताको मार्गमा हिड्नेगर जसले तिमीसित कुनै पारिश्रमिक माँग्दैनन् र उनीहरू सोझो मार्गमा छन् ।

    [22] ‘‘र मलाई के भएको छ कि म उसको बन्दगी (उपासना) नगरूँ ? जसले मलाई सृष्टि गर्यो र उसैतिर तिमी सबैले फर्केर जानुपर्नेछ ?’’

    [23] के मैले उसलाई छाडेर अरुलाई उपास्य बनाऊँ ? यदि अल्लाहले मलाई कुनै कष्ट पुर्याउन चाहन्छ भने उनीहरूको सिफारिश मेरो कुनै काम आउन सक्दैन र नत उनीहरूले मलाई बचाउन सक्दछन् ।

    [24] अनि त म अवश्य नै स्पष्ट मार्गविचलनमा परिहाल्नेछु ।

    [25] म त तिम्रो पालनकर्तामाथि सच्चा मनले ईमान ल्याइहालें, अतः मेरो कुरा सुन ।’’

    [26] आदेश भयोः ‘‘कि स्वर्गमा प्रवेश गरिहाल ।’’ भन्यो, काश ! मेरो जातिबन्धुलाई पनि खबर भइदिएको भए

    [27] कि अल्लाहले मलाई क्षमा प्रदान गर्यो र प्रतिष्ठित मानिसहरूमा शम्मिलित गर्यो ।’’

    [28] त्यस पश्चात उसको समुदायमाथि हामीले आकाशबाट कुनै सेना उतारेनौं र हामीले यसप्रकार उतार्ने पनि गर्दैनौं ।

    [29] त्यो त मात्र एउटा प्रचण्ड चित्कार थियो । सो उनीहरू सबै एक्कासी निभिहाले ।

    [30] अफसोच छ (यस्ता) सेवकहरूमाथि ! कि जो रसूल पनि उनीहरूको पासमा आयो, उनीहरूले उसको उपहास गरे ।

    [31] के उनीहरूले देखेनन् कि उनीहरूभन्दा पहिला कति नस्लहरूलाई हामीले नष्ट गर्यौं, अब तिनीहरू उनीतिर फर्केर आउनेछैनन् ।

    [32] जति पनि समूह छन् सबै हाम्रै, सम्मुख उपस्थित गराइनेछन् ।

    [33] र एउटा निशानी उनीहरूको लागि सुख्खाभूमि हो । हामीले त्यसलाई जीवित पार्यौं र त्यसबाट अन्न उब्जायौं, जसबाट यिनीहरू खान्छन् ।

    [34] र हामीले त्यसमा खजूर र अँगूरहरूको बगैंचाहरू पैदा गर्यौं र त्यसमा हामीले झरना जारी गरिदिएका छौं ।

    [35] ताकि मानिसहरूले त्यसका फल खाउन् र उनका हातहरूले त्यसलाई बनाएको होइन अनि फेरि किन उनीहरूले आभार प्रकट गर्दैनन्

    [36] अति पवित्र छ अल्लाह जसले सबैको जोडी सृष्टि गर्यो, चाहे त्यो माटोमा उमारिएका कुराहरू होउन्, र स्वयम् तिनीहरूका (अस्तित्वका) चिन्हहरू होउन् चाहे ती वस्तुहरू होउन् जसबारे तिनीहरू जान्दैनन् ।

    [37] र उनीहरूको लागि एउटा निशानी रात हो । जसबाट हामीले दिनलाई तानिहाल्छौं, अनि त्यसबेला उनीहरू एक्कासी अँध्यारोमा पर्न जान्छन् ।

    [38] र सूर्य आफ्नो निर्धारित मार्गमा हिँडिराख्छ । यो निर्धारित गरिएको हो, अधिपत्यशाली, सर्वज्ञानी अल्लाहको तर्फबाट ।

    [39] र चन्द्रको हामीले ठाउँहरू निर्धारित गरेका छौं, यहाँसम्म कि फर्केर (घट्दा–घट्दै) पूरानो हाँगाको जस्तै भइहाल्छ ।

    [40] न सूर्यबाट नै यो हुनसक्छ कि उसले चाँदलाई गएर समातिहालोस् र न रात नै दिनभन्दा पहिला आउन सक्छ । र सबै आफ्ना परिधिमा आकाशमा घुमिराखेका छन् ।

    [41] र एउटा निशानी उनीहरूको लागि यो छ कि हामीले उनीहरूका संततिलाई भरिएको डुङ्गामा सवार गर्यौं ।

    [42] र उनीहरूको निम्ति उसैको सदृश्य अरु पनि यस्ता कुराहरू सृष्टि गर्यौं, जसमाथि उनीहरू सवार हुन्छन् ।

    [43] र यदि हामीले चाहेको भए उनीहरूलाई डुबाई दिन्थ्यौं, अनि नत उनीहरूको कोही याचना सुन्नेवाला हुनेछ र न उनलाई बचाइन्थ्यो ।

    [44] तर हामी आफ्नो तर्फबाट दया गर्दछौं र एक निश्चित समयसम्म तिनीहरूलाई फाइदा दिइरहन्छौं ।

    [45] र जब उनीहरूसित भनिन्छ कि पहिलाका र पछि हुने पापहरूबाट बाँच, ताकि तिमीमाथि दया गरियोस् ।

    [46] र उनीहरूको पासमा उनीहरूको पालनकर्ताका निशानीहरूमध्ये कुनै पनि निशानी यस्तो आएन जसबाट उनीहरू बेवास्ता नगरे ।

    [47] र जब उनीसित भनिन्छ कि, ‘‘जुन जीविका तिमीलाई अल्लाहले दिएकोछ, त्यसमध्येबाट केही (दान) खर्च गर ।’’ त यी काफिरहरू मोमिनहरूसित भन्दछन्ः कि ‘‘हामीले ती मानिसहरूलाई किन खुवाउने, जसलाई यदि अल्लाहले चाहेको भए स्वयम् खुवाइदिन्थ्यो ? तिमी त स्पष्ट भूलमा छौ ।’’

    [48] तिनीहरू भन्दछन्ः ‘‘कि यदि तिमी साँचो हौ भने बताऊ त्यो वचन कहिले पूरा हुनेछ ?’’

    [49] यिनीहरूले त एउटा ठूलो चित्कारको प्रतीक्षामा छन्, जसले उनीहरूलाई (त्यस अवस्थामा) आई समात्नेछ जब कि यिनीहरू एकआपसमा झगडा गरिराखेका हुनेछन् ।

    [50] फेरि त्यस बेला यिनीहरूले नत इच्छापत्र गर्न सक्नेछन् र नत आफ्ना घरवालाहरूतिर फर्कन सक्नेछन् ।

    [51] र सूर (सिंगा) फूँकिने बित्तिकै यिनीहरू सबै आफ्ना चिहानहरूबाट (निस्केर) आफ्नो पालनकर्तातिर दगुर्नेछन् ।

    [52] भन्नेछन्ः ‘‘हाय–हाय कसले हामीलाई निद्राबाट जगाइदियो ? यही हो जसको रहमानले वचन दिएको थियो । र रसूलहरूले साँचो कुरा भनेका थिए’’ ।

    [53] अनि एउटा ठूलो चित्कार हुनेछ । त उनीहरू सबै एक्कासी हाम्रो सामु उपस्थित गराइहालिने छन् ।

    [54] यस दिन कुनै व्यक्तिमाथि कुनै पनि अन्याय हुनेछैन र तिमीलाई प्रतिफलको रूपमा त्यही प्राप्त हुनेछ जुन तिमीले गर्दै आइरहेका थियौ ।

    [55] स्वर्गवालाहरू आजको दिन कुनै नकुनै काममा व्यस्त भई आनन्द लिइराख्नेछन् ।

    [56] उनीहरू र उनका पत्नीहरू पनि छाँयामा पलंगहरूमा तकिया लगाएर बसेका हुनेछन् ।

    [57] त्यहाँ उनीहरूको निम्ति हरप्रकारका फलहरू हुनेछन् । र उनीहरू जे चाहन्छन् उपलब्ध हुनेछ ।

    [58] दयावान् पालनकर्ताको तर्फबाट उनीहरूमाथि सलाम भनिनेछ ।

    [59] र हे अपराधीहरूः आज तिमी अलग भइहाल ।

    [60] हे आदमका सन्तति! के हामीले तिमीसित वचन लिएका थिएनौं ? कि तिमी शैतानको पूजा नगर्नु । निश्चय नै त्यो तिम्रो स्पष्ट शत्रु हो ।

    [61] र मेरो नै उपासना गर्नु, यही नै सोझो बाटो हो ।

    [62] र शैतानले त तिमीहरूमध्ये धेरै प्राणीलाई पथभ्रष्ट गरिदियो के तिमीसँग बुद्धि थिएन

    [63] यो त्यही नर्क हो जसको तिमीलाई वचन दिइएको थियो ।

    [64] (तसर्थ) ‘‘तिमीले गरेको कुफ्रको बदला प्राप्त गर्न आज यसमा (नर्कमा) प्रवेश गरिहाल ।’’

    [65] आज हामीले उनका मुखहरूमा छाप लगाइदिनेछौं र जेजति यिनीहरूले गर्दै आएका थिए, उनीहरूका हातले हामीसित वर्णन गर्नेछन्, र उनका खुट्टाहरू साक्षी बन्नेछन् ।

    [66] यदि हामीले चाहेको भए उनका आँखाहरू नष्ट (गरेर अन्धा) गरिदिने थियौं । फेरि उनीहरू बाटोतिर दौडिरहन्थे तर उनीहरूले कसरी देख्न सक्दथे

    [67] र यदि हामीले चाहेको भए उनीहरूको ठाउँमै उनीहरूको रूप बिगार्न सक्थ्यौं, अनि त्यहाँबाट उनीहरू न अगाडि जान सक्छन् न पछाडि फर्कन सक्नेछन् ।

    [68] र जसलाई हामीले दीर्घायु दिन्छौं, उसलाई उसको जन्मको अवस्थामा फर्काइदिन्छौं । के तिनीहरूले तैपनि बुझ्दैनन्

    [69] न हामीले यस नबीलाई कविता सिकाएका छौं र न यो उसको लागि सुहाउँछ । यो त मात्र नसीहत (उपदेश) र स्पष्ट कुरआन हो ।

    [70] ताकि उसले त्यस्ता सबैलाई सचेत गरिदेओस् जो जीवित छन् । र काफिरहरूमाथि दुष्कर्म प्रमाणित भइजाओस् ।

    [71] के उनीहरूले देखदैनन् ? कि हामीले उनीहरूको निम्ति आफ्नो हातबाट बनाइएका कुराहरूमध्ये चौपाया बनायौं र जसको अब उनीहरू स्वामी भएका छन् ।

    [72] र ती पशुहरूलाई हामीले उनीहरूको आज्ञापालक बनाइदियौं, जसमध्ये केही त उनीहरूको लागि सवारीको रूपमा छन् र तिनीहरूमध्ये केहीका मासु उनीहरूले खान्छन् ।

    [73] र उनीहरूको निम्ति तिनीहरूमा अरु कैयन् लाभ छन् र पेय पदार्थ पनि । त के तिनीहरूले कृतज्ञता प्रकट गर्दैनन्

    [74] र उनीहरूले अल्लाहलाई छाडि अरुलाई पूज्य बनाउँछन् ताकि त्यसबाट उनीहरूलाई मद्दत पुगोस् ।

    [75] यद्यपि तिनीहरूले उनीहरूको मद्दतको क्षमता राख्दैनन्, तापनि मुश्रिकहरू उनीहरूको (बहुदेबवादीको) फौजको रूपमा उपस्थित छन् ।

    [76] अतः उनीहरूको कुराले तपाईंलाई शोकाकूल नगरुन् । यिनीहरूले जेजति लुकाउँछन् र जेजति प्रकट गर्दछन्, हामीलाई राम्रोसँग प्रत्यक्ष, परोक्ष सबै थाहा छ ।

    [77] के मानिसलाई यति पनि ज्ञान छैन कि हामीले उसलाई पानीको थोपाबाट सृष्टि गर्यौं ? अनि त्यो प्रत्यक्ष झगडालु बनिहाल्यो ।

    [78] र उसले हाम्रो बारेमा तुलना गर्नथाल्यो र आफ्नो पैदाइश (सृष्टि) लाई बिर्सिहाल्यो । भन्नथाल्यो किः (जब) ‘‘हाडहरू सडिगलि सक्नेछन् तब यिनलाई कसले जीवित गरिसक्नेछ ?’’

    [79] तपाईं जवाफ दिनुस् किः ‘‘उनीहरूलाई उसले जीवित पार्नेछ, जसले उनीहरूलाई पहिलो पटक सृष्टि गरेको छ, जो प्रत्येक सृष्टिलाई राम्ररी जान्दछ ।

    [80] उही हो जसले तिम्रो निम्ति हरियो वृक्षबाट आगो पैदा गरिदियो । त तिमीले त्यसद्वारा आगो सल्काउँछौ ।’’

    [81] जसले आकाशहरू र जमिनलाई सृष्टि गरेको छ, उसलाई सामथ्र्य छैन कि उनीहरू जस्तै फेरि सृष्टि गरिदेओस् ? किन होइन, जब कि त्यो महान् स्रष्टा अत्यन्त ज्ञानवान छ ।

    [82] उसको गरिमा यो हो कि जब उसले कुनै कुराको (सृष्टि गर्ने) इच्छा गर्दछ तब उसले यति भन्नु पर्याप्त हुन्छ कि, ‘‘भइहाल’’ ! अनि त्यो भइहाल्छ ।

    [83] अतः पवित्र छ त्यो अल्लाह, जसको हातमा प्रत्येक कुराको पूरा अधिकार छ । र उसैतिर तिमी फर्केर आउनेछौ ।

    Surah 37
    अस–साफ्फात

    [1] कसम छ पंक्ति बाँध्नेवालाहरूको ।

    [2] फेरि बलियोरूपले हप्काउनेवालाहरूको ।

    [3] अनि कुरआन पढ्नेवालाहरूको ।

    [4] निःसन्देह तिमीहरू सबैको पूज्य एउटै छ ।

    [5] आकाशहरू र धरती र जे–जति कुराहरू यिनमा छन्, सबैको र सम्पुर्ण पूर्वी दिशाहरूको मालिक पनि उही हो ।

    [6] हामीले संसारीय आकाशलाई ताराहरूबाट सुसज्जित गर्यौं ।

    [7] अट्टेरी शैतानबाट सुरक्षित राख्नको निम्ति ।

    [8] माथिका फरिश्ताहरूको कुरा सुन्नको लागि तिनीहरूले कान लगाउन सक्तैनन् । अपितु सबैतिरबाट तिनीहरू मारिन्छन् ।

    [9] र (त्यहाँबाट) धपाइनुलाई । उनीहरूको निम्ति स्थाई यातना छ ।

    [10] हो, कसैले (स्वर्गदूतको कुरालाई) यदि केही सुनिहाल्छ भने तुरुन्तै प्रज्वलित आगोको डल्लोले उसलाई पछ्याउँछ ।

    [11] यी काफिरहरूसँग सोध कि के उनीहरूको सृष्टि गर्ने काम अधिक कठिन छ, वा ती अन्य कुराहरूको, जसलाई हामीले सृष्टि गरेका छौं । हामीले उनीहरूको सृष्टि (मानिसको) लेसिलो माटोले गर्यौं ।

    [12] बरु तिमी त आश्चर्यमा छौ र उनीहरू उपहास गरिराखेका छन् ।

    [13] र जब उनीहरूलाई उपदेश गरिन्छ त उनीहरूले मान्दैनन् ।

    [14] र जब कुनै निशानी (चमत्कार) देख्दछन् त खिल्ली उडाउँछन् ।

    [15] र भन्दछन् : ‘‘यो त मात्र एउटा प्रत्यक्ष जादू हो ।’’

    [16] के जब हामीहरू मरिसकेका हुनेछौं र माटो र हड्डीको रूपमा परिणत हुनेछौं त के फेरि साँच्चै हामी उठाइनेछौं

    [17] ‘‘के हामीभन्दा पहिलाका हाम्रा बाबु बाजे पनि ?’’

    [18] तपार्इं भनिदिनुस् कि ‘‘हो ! र तिमी अपमानित पनि हुनेछौ ।’’

    [19] त्यो त एउटा ठूलो आवाज हुनेछ । कि यिनीहरू त्यसबेला एक्कासी देख्न थाल्नेछन् ।

    [20] र भन्नेछन्ः ‘‘अफसोच छ हामीलाई । यही नै प्रतिफलको दिन हो ।’’

    [21] यो नै निर्णयको दिन हो, जसलाई तिमीले झूठा ठान्दथ्यौ ।

    [22] अत्याचार गर्नेहरूलाई र उनका साथीहरूलाई र अल्लाह बाहेक जसका उनीहरूले पूजा गर्दथे ।

    [23] उनीहरू सबैलाई जम्मा गरेर नर्कको बाटो देखाइदेऊ ।

    [24] र उनीहरूलाई रोकिराख, किनभने उनीहरूसित केही जरूरी प्रश्नहरू सोध्नुछ ।

    [25] ‘‘तिमीहरूलाई के भएको छ कि यस बेला एक अर्काको सहायता गर्दैनौ ?’’

    [26] बरु आज त उनीहरू सबै आज्ञाकारी बनेका छन् ।

    [27] तिनीहरू एक–अर्कातिर फर्केर सवाल र जवाफ गर्नेछन् ।

    [28] भन्नेछन्ः ‘‘तिमी त हाम्रो पासमा हाम्रो दायाँ तिरबाट आउँदथ्यौ ।’’

    [29] उनीहरूले भन्नेछन्ः होइन ‘‘बरु, तिमी नै ईमानवाला थिएनौ ।

    [30] र हाम्रो तिमीमाथि कुनै अधिकार त थिएन, बरु तिमीहरू अट्टेरी थियौ ।

    [31] अब त हाम्रो सम्बन्धमा हाम्रो पालनकर्ताको यो कुरा पूरा भइहाल्यो कि अब हामी सजायको स्वाद चाख्नेछौं ।

    [32] अतः हामीले तिमीलाई पनि पथभ्रष्ट गर्यौं । हामी त स्वयं पनि मार्गविचलित नै थियौं ।’’

    [33] अतः उनी सबै त्यसदिन सजायमा एक अर्काको सहभागी हुनेछन् ।

    [34] हामीले अपराधीहरूसित यस्तै गर्ने गर्दछौं ।

    [35] उनीहरूको यो अवस्था थियो कि जब उनीहरूसित भनिन्थ्योः ‘‘कि अल्लाह बाहेक कोही सत्य उपास्य छैन’’ तब तिनीहरू अवज्ञा गर्दथे ।

    [36] र भन्दथेः ‘‘के हामीले एउटा उन्मादी कविले भन्दैमा आफ्ना उपास्यहरूलाई छाडिदेऔं ?’’

    [37] ‘‘होइन, बरु नबीले सत्य (धर्म) लिएर आएका छन् र (अघिका) रसूलहरूलाई सच्चा भन्दछन् ।

    [38] निश्चय नै तिमी दुःखद यातनाको स्वाद चाख्नेछौ ।

    [39] तिमीलाई त्यसैको प्रतिफल दिइनेछ जुन तिमीले गर्ने गर्दथ्यौ ।’’

    [40] तर जो अल्लाहका विशेष बन्दाहरू (भक्तहरू) छन् ।

    [41] उनीहरूको लागि अल्लाहद्वारा जीविका निर्धारित छ ।

    [42] हर प्रकारका फलफूल र गौरव र मर्यादाले उनको आदर गरिनेछ ।

    [43] अनुकम्पाले भरिएका जन्नतहरूमा

    [44] पलंगहरूमा आमुन्ने–सामुन्ने विराजमान हुनेछन्

    [45] उनीहरूको माझमा विशुद्ध पेयको पात्र घुमाइनेछ

    [46] जुन कि सफा र पिउनेहरूको लागि सर्वथा सुस्वादक हुनेछ ।

    [47] न त्यसबाट टाउको दुख्नेछ र न त्यसबाट मानिस नशामा बहकनेछन्

    [48] र उनीहरूको पासमा अप्सराहरू हुनेछिन् जसको आँखा तल झुकेको र ठूला–ठूला हुनेछन् ।

    [49] मानौं उनीहरू सुरक्षित अण्डाहरू हुन् ।

    [50] अनि उनीहरूले एक–अर्कातिर मुख फर्काएर प्रश्न गर्नेछन् ।

    [51] उनीहरूमध्येबाट एउटाले भन्नेछः कि ‘‘मेरो एउटा साथी थियो ।

    [52] जसले भन्दथ्यो, कि के तिमी पनि (कयामतलाई) मानिलिनेवालामध्येका हौ

    [53] के जब हामी मरेर माटो र हड्डीमा परिणत भइसक्ने छौं तब के हामीलाई प्रतिफल प्राप्त हुनेछ ?’’

    [54] (अनि) भन्नेछः ‘‘कि के तिमी उसलाई चियाएर हेर्न चाहन्छौ ?’’

    [55] (यसैबीच) त्यसले (स्वयम्) चियाउने छ, त उसलाई नर्कको माझमा (जलीरहेको) देख्नेछ ।

    [56] भन्नेछः कि, ‘‘अल्लाहको कसम ! तिमीले त मलाई बरबादै पार्ने थियौ ।

    [57] यदि मेरो पालनकर्ताको कृपा नभएको भए त म पनि उनीहरूमध्येकै हुन्थें जो नर्कमा उपस्थित गराइएका छन् ।

    [58] के (यो साँचो हो कि) हामी अब मर्नेछैनौं

    [59] पहिलो पटक मर्नु बाहेक । र हामीलाई यातना पनि हुनेवाला छैन’’

    [60] अनि त स्पष्ट छ कि निःसन्देह यो ठूलो सफलता हो ।

    [61] यस्तो (सफलताहरू) को लागि कर्म गर्नेहरूले कर्म गर्नुपर्दछ ।

    [62] के यो आतिथ्य राम्रो छ वा थूहर (सिउँडी) को वृक्ष

    [63] हामीले त्यस बृक्षलाई अत्याचारीहरूको निम्ति कष्टदायक परीक्षा बनाएका छौं ।

    [64] निःसंदेह त्यो एउटा रुख हो जो जहन्नमको (नर्कको) तल्लो भाग (जरा) बाट उम्रने छ ।

    [65] त्यसका हाँगाहरू शैतानका टाउकोहरू जस्ता हुन्छन् ।

    [66] नर्कवालाहरू उसैबाट खान्छन् र उसैबाट पेट भर्नेछन् ।

    [67] अनि त्यस (खाना) को साथमा उनलाई तातो पानी मिसाएर दिइनेछ ।

    [68] अनि उनीहरूलाई नर्क (आगोको ढिस्को) तिर फर्काइनेछ ।

    [69] निश्चित मान्नुस् उनीहरूले आफ्ना बाबु–बाजेहरूलाई मार्गविचलित नै पाए ।

    [70] रः उनीहरू तिनीहरूकै पदचिन्हमा दगुरिराखेका छन् ।

    [71] उनीहरूभन्दा पहिला पनि धेरै मानिसहरू मार्गविचलित भइसकेका छन् ।

    [72] जसमा हामीले उनीहरूको माझमा सचेत गर्नेवाला (रसूल) पठाएका थियौं ।

    [73] तसर्थ हेरिहाल कि जसलाई सचेत गरिएको थियो, उनीहरूको परिणाम कस्तो भयो

    [74] हो, अल्लाहका विशिष्ट दासहरू बाहेक (उनको परिणाम धेरै राम्रो भयो)।

    [75] र हामीलाई ‘‘नूहले’’ पुकारे, त हेर हामी कस्तो राम्ररी याचना स्वीकार गर्नेवाला हौं ।

    [76] हामीले उनलाई र उनका घरवालालाई ठूलो (महान् जलप्रल्य) विपत्तिबाट बचायौं ।

    [77] र हामीले उनको सन्ततिलाई बाँकी रहनेवाला बनायौं ।

    [78] र हामीले उनको सुचर्चा पछि आउनेवालाहरूमा बाँकी राख्यौं ।

    [79] सम्पूर्ण संसारहरूमा नूहमाथि ‘‘सलाम’’ होस् ।

    [80] निःसन्देह हामीले भलाईको कार्य गर्नेहरूलाई यस्तै पुरस्कार दिन्छौं ।

    [81] उनी हाम्रा ईमानवाला सेवकहरूमध्येका थिए ।

    [82] अनि हामीले अरुहरूलाई डुबाइदिऔं ।

    [83] र ‘‘इब्राहीम’’ पनि उनैका सहधर्मीहरूमध्येका थिए ।

    [84] जब उनी आफ्नो पालनकर्ताको समक्ष विकाररहित हृदय लिएर आए ।

    [85] जब उनले आफ्नो पिता र आफ्नो जातिबन्धुका मानिसहरूसित भनेः ‘‘तिमीले कुन कुराको पूजा गर्दछौ ?’’

    [86] के तिमी अल्लाह बाहेक मनगढन्ते उपास्यहरू चाहिरहेका छौ

    [87] यो बताऊ कि तिमीले आखिर सम्पूर्ण संसारको पालनकर्तालाई के सम्झेका छौ

    [88] अब उनले ताराहरूमाथि दृष्टिपात गरे ।

    [89] र भनेः म त बिरामी छु ।’’

    [90] यसपछि उनीहरूले पिठ्युँ फर्काई उनलाई छाडेर फर्किहाले ।

    [91] अनि (इब्राहीम) उनीहरूका उपास्यहरूतिर तत्काल गए र भन्नथाले किः तिमीले खाना किन खाँदैनौ

    [92] तिमीलाई के भएको छ ? कि तिमी बोल्दैनौ ?’’

    [93] अनि पूरै शक्तिका साथ उनीहरूलाई दाहिनेहातले पिटन शुरू गरे ।

    [94] तब उनीहरू उनको पासमा दगुर्दै आए ।

    [95] उनले भनेः ‘‘तिमीहरूले यस्तो कुराको किन पूजा गर्छौ ? जसलाई तिमीले स्वयम् कुँदेर बनाउँछौ ।

    [96] जब कि तिमीलाई र तिमीले बनाएका कुराहरूलाई अल्लाहले नै सृष्टि गरेको छ ?’’

    [97] उनीहरूले भनेः ‘‘उसको निम्ति एउटा भवन (अग्निकुण्ड) तयार पारी त्यसलाई प्रज्वलित आगोमा हालिदेऊ’’ ।

    [98] उनीहरूले त इब्राहीमसँग एउटा षडयन्त्र गर्न चाहे तर हामीले उनीहरूलाई नै अपमानित गर्यौं ।

    [99] र इब्राहीमले भनेः म त प्रवास गरेर आफ्नो पालनकर्तातिर गइराखेको छु, उसले अवश्य मेरो मार्गदर्शन गर्नेछ ।

    [100] हे मेरो पालनकर्ता ! मलाई असल सन्तान प्रदान गर ।’’

    [101] तब हामीले उनलाई एउटा सहनशील पुत्रको शुभसूचना दियौं ।

    [102] अनि जब त्यो बच्चा उनको साथमा दौडधूप गर्ने अवस्थामा पुग्यो तब उनले भनेः ‘‘हे मेरो प्रिय छोरा ! मैले सपनामा देखेको छु कि तिमीलाई कुर्बान (बलि) गरिराखेको छु । त अब हेर, तिम्रो के विचार छ ? ‘‘छोराले भन्यो किः हे बुबा ! जुन आदेश तपाईलाईं दिइराखिएको छ त्यसको पालना गरिहाल्नुस् । अल्लाहले चाह्यो भने तपार्इंले मलाई धैर्यवान् पाउनुहुनेछ ।

    [103] अर्थात जब दुवैले आदेश मानिहाले, र बाबुले छोरालाई कन्चटतिर पारेर पल्टाए ।

    [104] तब हामीले उनलाई पुकार्यौं कि, ‘‘हे इब्राहीम

    [105] निश्चय नै तिमीले सपनालाई साँचो गरेर देखायौ । निःसन्देह हामीले उत्तम कार्य गर्नेहरूलाई यस्तै प्रकारले प्रतिफल दिन्छौं ।’’

    [106] वास्तवमा यो त एउटा स्पष्ट परीक्षा थियो ।

    [107] र हामीले उसको (इस्माईलको) सट्टामा कुर्बानीको लागि एउटा ठूलो (पशु) दियौं ।

    [108] र हामीले पछि आउने नस्लहरूमा (इब्राहीमको राम्रो) चर्चा बाँकी राख्यौं

    [109] ‘‘इब्राहीममाथि सलाम होस् ।’’

    [110] असल कार्य गर्नेहरूलाई हामीले यस्तै प्रतिफल दिने गर्छौं ।

    [111] निश्चय नै उनी हाम्रा ईमानवाला सेवकहरूमध्येका थिए ।

    [112] र हामीले उनलाई ‘‘इस्हाकको’’ नबी हुने शुभसूचना पनि दियौं, जो असल मानिसहरूमध्ये हुनेछन् ।

    [113] र हामीले उनलाई र ‘‘इस्हाकलाई’’ बरकत (कल्याण) दियौं र ती दुवैका सन्तानहरूमा कतिपय त असल काम गर्नेहरू पनि छन्, र कतिपय आफूमाथि खुल्लारूपले अत्याचार गर्नेवालाहरू पनि छन् ।

    [114] निःसंदेह हामीले मूसा र हारूनमाथि पनि ठूलो उपकार गरेका छौं ।

    [115] र हामीले उनीहरूलाई र उनका जातिबन्धुहरूलाई ठूलो कष्टबाट मुक्त गरायौं ।

    [116] र हामीले उनीहरूलाई सहायता गर्यौं, त उनीहरू प्रभावी रहे ।

    [117] र हामीले उनीहरूलाई अत्यन्त स्पष्ट किताब प्रदान गर्यौं ।

    [118] र हामीले उनीहरूलाई सोझो मार्गमा कायम राख्यौं ।

    [119] र हामीले उनी दुवैको लागि पछि आउनेवाला नस्लहरूमा राम्रो चर्चा बाँकी राख्यौं ।

    [120] ‘‘मूसा (अलैहिस्सलाम)’’ र हारून (अलैहिस्सलाम) माथि सलाम होस् ।

    [121] निःसन्देह हामीले असल काम गर्नेहरूलाई यस्तै प्रतिफल दिने गर्छौं ।

    [122] निश्चय नै ती दुवै हाम्रा ईमानवाला सेवकहरूमध्येका थिए ।

    [123] र ‘‘इलियास’’ पनि पैगम्बरहरूमध्येका थिए ।

    [124] जब उहाँले आफ्ना जातिबन्धुसित भनेः तिमी अल्लाहसित किन डर मान्दैनौ

    [125] के तिमी बअ्ल (एउटा ठूलो मूर्ति)लाई पुकार्दछौ, र सर्वोत्तम स्रष्टालाई छाडिदिन्छौ

    [126] अल्लाह जो तिम्रो र तिम्रो बाबु–बाजेको पालनहार हो ।

    [127] तर उनीहरूले उनलाई झूठा भने अतः उनीहरू अवश्य नर्कमा उपस्थित गराइनेछन् ।

    [128] हो, अल्लाहका असल सेवकहरू (सजायमा) पारिने छैनन् ।

    [129] हामीले ‘‘इलियास’’ (अलैहिस्सलाम) को राम्रो चर्चा पछि आउनेहरूमा (शेष) छाडेका छौं ।

    [130] कि ‘‘इलियास (अलैहिस्सलाम)’’ माथि ‘‘सलाम’’ होस् ।

    [131] हामीले भलाई गर्नेहरूलाई यस्तै प्रतिफल दिन्छौं ।

    [132] निःसन्देह उनी हाम्रा मोमिन सेवकहरूमध्येबाट थिए ।

    [133] र निःसंदेह ‘‘लूत (अलैहिस्सलाम)’’ पनि पैगम्बरहरूमध्येबाट थिए ।

    [134] हामीले उनलाई र उनका घरवालाहरू सबैलाई मुक्ति प्रदान गर्यौं ।

    [135] तर एउटा वृद्धा बाहेक जो पछि पर्नेवालामध्येकी थिई ।

    [136] अनि हामीले अरुहरूलाई नष्ट पारिदियौं ।

    [137] र तिमी त बिहान भएपछि उनीहरूका बस्तीहरूको नजिकबाट हिड्छौ ।

    [138] र रातीमा पनि, त के तिमी (मक्कावाला) तैपनि बुझ्दैनौ

    [139] र निःसंदेह ‘‘यूनुस (अलैहिस्सलाम))’’ पनि पैगम्बरमध्येका थिए ।

    [140] जब भागेर भरिएको डुङ्गामा आइपुगे ।

    [141] अनि त्यसबेला गोला हाल्दा उनको नाम पर्यो ।

    [142] अनि माछाले उनलाई निलिहाल्यो र उनी आफूलाई धिक्कार्न थालेका थिए ।

    [143] अतः यदि उनले (अल्लाहको) पवित्रताको गुणगान् नगरेको भए ।

    [144] त त्यस दिनसम्म जबकि मानिसहरू पुनः जीवित गरिनेछन्, उसैको पेटमा रहन्थे ।

    [145] अन्ततः हामीले उनलाई जब कि उनी बिरामी थिए, खुल्ला मैदानमा हालिदियौं ।

    [146] र उनीमाथि हामीले छायाँ गर्ने एउटा बोट उमार्यौं ।

    [147] र हामीले उनलाई एक लाख वा त्यसभन्दा पनि धेरै मानिसहरूतिर (पैगम्बर बनाएर) पठायौं ।

    [148] अनि उनीहरूले ईमान ल्याए र हामीले उनीहरूलाई एक अवधिसम्म सुख भोग्ने अवसर प्रदान गर्यौं ।

    [149] उनीहरूसित सोधः ‘‘के तिम्रो पालनकर्ताका छोरीहरू र यिनीहरूका छोराहरू छन्

    [150] वा हामीले फरिश्ताहरूलाई स्त्री बनाउँदा उनीहरू (त्यसबेला) उपस्थित थिए ?’’

    [151] सावधान रह, यिनीहरू आफूले झूठा रचेको (कुरा) मात्र भन्दछन् ।

    [152] कि ‘‘अल्लाहका सन्तान छन् ।’’ निःसन्देह यिनीहरू एकदम झूठा हुन् ।

    [153] के अल्लाहले आफ्नो लागि छोराहरूको दाँजोमा छोरीहरूलाई रुचाएको छ

    [154] तिमीलाई के भएको छ । कस्तो न्याय गर्दछौ

    [155] के तिमीले यति पनि बुझ्दैनौ

    [156] वा तिम्रो पासमा उसको कुनै प्रमाण छ

    [157] यदि तिमी साँचो हौ भने, त आफ्नो किताब प्रस्तुत गर ।

    [158] र उनीहरूले त अल्लाह र जिन्नहरूको बीचमा पनि नाता स्थापित गरेका छन्, हुन त जिन्नहरूलाई राम्ररी थाहा छ कि यस्तो कुरामा विश्वास गर्नेहरू अवश्य समातिएर (यातनामा) उपस्थित गराइनेछन् ।

    [159] उनीहरूले जेजति अल्लाहको बारेमा वर्णन गर्छन, अल्लाह त्यसबाट पूर्णरूपले पवित्र र उच्च छ ।

    [160] तर अल्लाहले विशिष्ट सेवकहरूलाई (यातनामा पार्नेछैन) ।

    [161] विश्वास गर तिमी र जसलाई तिमी पूज्दछौ ।

    [162] (अल्लाहको विरोधमा) कसैलाई विचलित गराउन सक्दैनन् ।

    [163] तिनीहरू बाहेक जो नर्कमा जानेवाला (नर्कीय) छन् ।

    [164] र (फरिश्ताहरू भन्दछन् कि) हामीमध्ये प्रत्येकको एक स्थान निश्चित छ ।

    [165] र हामी त (स्वर्गदूत) अल्लाहको भक्तिमा आफ्नो स्थानमा पंक्तिवद्ध छौं ।

    [166] र अल्लाहको महानता र श्रेष्ठता बयान (वर्णन) गर्दछौं ।

    [167] काफिरहरूले भन्ने गर्दथे

    [168] कि ‘‘यदि हाम्रो समक्ष पहिलेका मानिसहरूको वर्णन भएको भए ।

    [169] त हामी पनि अल्लाहका विशिष्ट सेवक हुनेथ्यौं ।’’

    [170] तर फेरि यस कुरआनसँग कुफ्र गर्न पुगे, तसर्थ अब शीघ्र नै उनीहरूलाई (परिणाम) थाहा भइहाल्नेछ ।

    [171] र हाम्रो (सन्देश पुर्याउने) रसूलहरूसित हाम्रो वायदा (वचन) पहिला नै भइसकेको छ ।

    [172] कि निश्चय नै उनीहरूको सहायता गरिनेछ ।

    [173] र निश्चय नै हाम्रो सेना नै प्रभावि रहनेछन्

    [174] अतः एक अवधिसम्म तपाई उनीहरूसित विमुख रहनु

    [175] र उनीहरूलाई हेरिराख्नुस् । र यिनीहरूले पनि शीघ्र नै (कुफ्रको परिणाम) देखिहाल्नेछन् ।

    [176] के उनीहरू हाम्रो यातनाको निम्ति हतार गरिराखेका छन् ।

    [177] तर जब हाम्रो यातना उनीहरूको आँगनमा उत्रन्छ तब जसलाई भय सुनाइएको थियो, उनीहरूको निम्ति नराम्रो दिन हुनेछ ।

    [178] एक अवधिसम्म तपाईले उनीहरूको विचार छोडिदिनुस् ।

    [179] र हेर्दै गर्नुस्, यिनीहरूले पनि शीघ्र नै (परिणाम) देखिहाल्नेछन् ।

    [180] पवित्र छ तपाईको पालनकर्ता जो धेरै सम्मानित र मुक्त छ ती कुराहरूबाट जुन यिनीहरूले वर्णन गर्दछन् ।

    [181] पैगम्बरहरू माथि सलाम छ ।

    [182] र सम्पूर्ण प्रशंसा अल्लाहको लागि छ जो सम्पूर्ण जगतको पालनकर्ता हो ।

    Surah 38
    साद

    [1] साद, कसम छ, त्यस कुरआनको, जुन उपदेश दिनेवाला छ ।

    [2] तर जो काफिर छन्, उनीहरू घमण्ड र विरोधमा छन् ।

    [3] हामीले उनीहरूभन्दा पहिला धेरै समूहलाई नष्ट गर्यौं, तब उनीहरूले धेरै कराए तर त्यो छुटकाराको समय थिएन ।

    [4] र उनीहरूले आश्चर्य गरे कि उनीहरूको पासमा उनीहरूमध्येबाट एउटा सचेतकर्ता आयो र (इन्कार गर्नेहरूले) भन्न थालेः कि ‘‘यो त जादूगर र झूठा हो ।’’

    [5] के उसले यति धेरै पूज्य उपास्यहरूलाई एक्लो एउटै उपास्य बनाइदियो ? यो त ठूलै आश्चर्यजनक कुरा हो ।

    [6] उनका नायकहरूले यो भन्दै हिंडिहाले कि ‘‘हिंड र आफ्ना उपास्यहरू (को पूजा) मा डटी रह । निःसन्देह यस कुरामा कुनै स्वार्थ (नीहित) छ ।

    [7] यो कुरा त अघिका धर्ममा पनि हामीले कहिल्यै सुनेनौं । यो बिलकुलै मनगढन्ते कुरा हो ।

    [8] के हामी सबैमध्येबाट यसैमाथि अल्लाहको आदेश अवतरित भएको हो ? वास्तवमा उनीहरू मेरो वह्यको विषयमा सन्देहमा छन् ?’’ बरु (सत्य यो हो कि) उनीहरूले अझैसम्म मेरो यातनाको स्वाद चाखेका छैनन् ?’’

    [9] वा के उनीहरूको पासमा तिम्रो दिनेवाला महान् पालनकर्ताको दयाका खजानाहरू छन

    [10] वा के आकाशहरू र जमिन र जेजति उनीहरूको बीचमा छन् ती, (सबै) माथि उनैको आधिपत्य छ, त्यस्तो हो भने यिनीहरू डोरी तानेर चढिहालुन् ।

    [11] पराजित समूहहरूमध्ये यो पनि एउटा (समूहको) सेना हो ।

    [12] यिनीभन्दा अगाडि पनि ‘‘नूहको’’ कौम र ‘‘आद’’ र मेखवाला (किल्लावाला) फिरऔनले झूठा भनिसकेका थिए ।

    [13] र समूद र ‘‘लूतका’’ कौम (जातिबन्धु) र बनका बासिन्दा पनि, यी नै ती समूह हुन् ।

    [14] तिनीहरू प्रत्येकले रसूलहरूलाई आरोप लगाए तसर्थ मेरो सजाय उनीमाथि निश्चित भयो ।

    [15] यिनीहरू त मात्र एउटा चित्कारको प्रतीक्षामा छन् जसबाट अलिकति पनि अवकाश हुनेछैन ।

    [16] र उनी भन्छन्ः कि ‘‘हे हाम्रो पालनकर्ता ! हामीलाई हाम्रो भाग हिसाबको दिनभन्दा अगावै दिइहाल ।

    [17] (हे पैगम्बर !) यिनीहरू जे भन्दछन्, त्यसमाथि धैर्य गर्नुस् र हाम्रो सेवक ‘‘दाऊदलाई’’ स्मरण गर्नुस् जो शक्तिशाली थिए । (र) निश्चय नै उनी (अल्लाहतिर) प्रवृत्त थिए ।

    [18] हामीले पर्वतहरूलाई उनको आदेशको अधीन गरिदिएका थियौं कि प्रातःकाल र सन्ध्याको समय उनको साथमा गुणगान गरिराखुन् ।

    [19] र पंक्षीहरूलाई पनि जो एकत्र हुन्थे । सबै उनका आज्ञाकारी थिए ।

    [20] र हामीले उनको राज्यलाई सुदृढ गरिदिएका थियौं र उनलाई तत्वदर्शीता प्रदान गरेका थियौं र निर्णायक कुरा भन्ने क्षमता प्रदान गरेका थियौं ।

    [21] र के तिमीलाई विवाद गर्नेहरूको समाचार पनि पुगेको छ ? जब उनीहरू पर्खाल चढी एकान्त कक्षमा आइपुगे ।

    [22] जुन बेला उनीहरू ‘‘दाऊदको’’ पासमा आए, त्यतिखेर उनी उनीहरूसित तर्सिहाले । उनीहरूले भने कि भय नगर, हामी दुवैको एउटा मुद्दा छ कि, हामीमध्ये एउटाले अर्कोसित अन्याय गरेको छ, तसर्थ तपाईंले हाम्रोबीचमा ठीक–ठीक निर्णय गरिदिनुस् । र अन्याय नगर्नुहोला र हामीलाई सोझो बाटो देखाइदिनुस् ।

    [23] (कुरा यो छ कि) यो मेरो भाइ हो । यसका उनान्सय भेंडीहरू छिन् र मेरो पासमा एउटा दुम्बी मात्र छे । यसले भन्छ कि, यसलाई पनि मलाई सुम्पिदे, र कुरामा ममाथि जबरजस्ती गर्दछ ।

    [24] उनले भनेः के ‘‘यसले तिम्रो दुम्बीलाई आफ्नो दुम्बीहरूमा मिसाइने कुरा गरेर, निःसन्देह तिमीमाथि अन्याय गर्दछ । अधिकतर साझेदारहरू एक अर्कामाथि ज्यादति नै गर्ने गर्दछन् । हो, जसले ईमान ल्याए र असल कर्म गरे, तिनीहरू बाहेक, र यस्ता निकै कम छन् ।’’ र ‘‘दाऊदले’’ ठाने कि (यस घटनाबाट) हामीले उनको परीक्षा गरेका हौं तब उनले आफ्नो पालनकर्तासित क्षमायाचना गरे र पश्चाताप गर्दै सजदा गरे र अल्लाहतिर प्रवृत्त भए ।

    [25] तब हामीले पनि उनलाई क्षमा गर्यौं र निश्चय नै उनी हाम्रो नजिकका र उत्तम स्थानवाला हुन् ।

    [26] हे दाऊद ! ‘‘हामीले धरतीमा तिमीलाई उत्तराधिकारी बनाएका छौं । अतः तिमीले मानिसहरूको बीचमा सत्यताको साथ फैसला गर्नु र आफ्नो व्यक्तिगत इच्छाको अनुपालन नगर्नु कि त्यसले तिमीलाई अल्लाहको मार्गबाट विचलित गराइदिनेछ, जुन मानिसहरू अल्लाहको मार्गबाट विचलित हुन्छन्, निश्चय नै उनीहरूको निम्ति कठोर यातना छ, किनभने उनीहरूले हिसाबको दिनलाई बिर्सिदिए ।

    [27] र हामीले आकाश र धरतीलाई र जे–जति उनीहरूको बीचमा छ, व्यर्थमा सृष्टि गरेका होइनौं । यो उनीहरूको सोचाई हो जो काफिर छन् । तसर्थ काफिरहरूको लागि नर्कको यातना छ ।

    [28] जुन मानिसहरूले ईमान ल्याए र असल कर्म गरिराखे, के उनीहरूलाई हामीले तिनीहरू सरह गरिदिन्छौं जसले धरतीमा उपद्रव गर्दछन्, वा फेरि संयमीहरूलाई दुराचारीहरू जस्तो गरिदियौं

    [29] (यो) धेरै अनुग्रहयुक्त किताब हो, जुन हामीले तपाईंमाथि अवतरित गरेका छौं । ताकि मानिसहरूले यसका आयतहरूमा सोचविचार गरुन् र बुद्धिवालाहरूले यसबाट शिक्षा ग्रहण गरुन् ।

    [30] र हामीले ‘‘दाऊदलाई’’ ‘‘सुलैमान’’ नामको छोरा प्रदान गर्यौं । उनी धेरै राम्रो बन्दा (भक्त) थिए, निश्चय नै उनी अल्लाहतिर प्रवृत्त हुनेवाला थिए ।

    [31] (स्मरण गर) जब सन्ध्याको समयमा उनका अगाडि राम्रा द्रुतगामी घोडाहरू उपस्थित गराइए ।

    [32] तब भन्न थाले किः ‘‘मैले पालनकर्ताको स्मरणबाट (बेवास्ता भई) यी घोडाहरूसँगको मायालाई राम्रो ठानें ।’’ यहाँसम्म कि सूर्य अस्त भइसक्यो ।

    [33] (भने कि) ‘‘उनीहरूलाई मेरो नजिकमा ल्याऊ ।’’ अनि उनीहरूको गोडा र गर्दनमा हातले मुसार्न थाले ।

    [34] र हामीले सुलैमान (अलैहिस्सलाम)को परीक्षा गर्यौं, र उनको सिंहासनमा एउटा शरीर राखिदियौं, अनि उनी अल्लाहतिर प्रवृत्त भए ।

    [35] उनले भनेः ‘‘हे मेरो पालनकर्ता ! मलाई क्षमा गरिदेऊ, र मलाई त्यो राज्य प्रदान गर, जुन म बाहेक कसैको लागि उपयुक्त नहोस् । निश्चय नै तिमी ठूलो दाता हौ ।’’

    [36] तब हामीले वायुलाई उनको अधीनमा गरिदियौं जुन उनको आदेशानुसार, जहाँ उनी पुग्न चाहन्थे, सरलतापूर्वक पुर्याइदिन्थ्यो ।

    [37] र शक्तिशाली जिन्नहरूलाई पनि उनको अधीन गरिदियौं, सबै भवन बनाउनेवाला र गोताखोर (डुबक्की लगाउनेवाला) लाई ।

    [38] र अरु जिन्नहरूलाई पनि जो जंजीरमा जकडिएका थिए ।

    [39] (हामीले भन्यौं) ‘‘यो हाम्रो बक्सीश हो, अब तिमी भलाई गर वा रोकी राख (तिमीसित) कुनै हिसाब हुनेछैन ।’’

    [40] र उनको निम्ति हामीकहाँ धेरै सामीप्यता र उत्तम स्थान छ ।

    [41] र हाम्रा भक्त ‘‘अय्यूब (अलैहिस्सलाम) लाई’’ पनि स्मरण गर, जब उसले आफ्नो पालनकर्तालाई पुकार्यो कि ‘‘शैतानले मलाई दुःख र पीडा पुर्याएको छ ।’’

    [42] (हामीले भन्यौं कि धरतीमाथि) आफ्नो लातले हान, (हेर), यो (मूल), नुहाउनको निम्ति चिसो र पिउनको निम्ति (मिठो) पानी हो ।’’

    [43] र हामीले उनका पूरै जहान परिवार र उनको साथ अरुलाई पनि उनलाई प्रदान गर्यौं । (यो) हाम्रो तर्फबाट दयालुता र बुद्धिवालाहरूको निम्ति शिक्षाको रूपमा थियो ।

    [44] र आफ्नो हातमा झाडू (केही झारपात) लिएर त्यसबाट हिर्काऊ र शपथ नतोड ।’’ साँचो यो हो कि हामीले उनलाई ठूलो धैर्यवान् भक्त पायौं, उनी धेरै राम्रो उपासक थिए । र उनी धेरै ध्यान राख्नेवाला थिए ।

    [45] हाम्रा उपासकहरू ‘‘इब्राहीम’’, ‘‘इस्हाक’’ र ‘‘यअ्कूबलाई’’ स्मरण गर जो शक्तिवाला र दृष्टिवाला थिए ।

    [46] उनीहरूलाई हामीले आखिरतको विशिष्ट कुराको साथ सम्बन्धित गरिदिएका थियौं ।

    [47] यी सबै हाम्रा नजिक रोजिएका र असल मानिसहरूमध्येका थिए ।

    [48] इस्माईल र ‘‘यसअ’’ र ‘‘जुलकिफ्ललाई’’ पनि स्मरण गर । उनीहरू सबै असल मानिसहरूमध्येका थिए ।

    [49] यो उपदेश हो र विश्वास गर कि संयमीहरूको निम्ति राम्रो ठाउँ छ।

    [50] अर्थात (सधैं बासको निम्ति) जन्नतहरू छन्, जसका द्वार उनीहरूको निम्ति खुल्ला रहनेछन् ।

    [51] त्यसमा उनीहरू आरामको साथ तकियामा टेक लगाएर बसेका हुन्छन् र थुप्रै फलफूल र थरी–थरीका पेयपदार्थको आदेश गरिरहनेछन् ।

    [52] र उनीहरूको पासमा दृष्टि तल झुकाइराख्ने समान उमेरवाली स्त्रीहरू हुनेछिन् ।

    [53] यी ती कुराहरू हुन् जसको वचन हिसाबको दिनको निम्ति, तिमीसित गरिएको थियो ।

    [54] यो हामीले प्रदान गरेको जीविका हो जुन कहिल्यै समाप्त हुनेछैन ।

    [55] यी (उपहारहरू त आज्ञाकारीहरूको निम्ति) प्रतिफल हुन् र उल्लंघनकारीहरूको निम्ति नराम्रो स्थान छ ।

    [56] (अर्थात) नर्कछ, जसमा उनीहरू प्रवेश गर्नेछन् र त्यो एकदम नराम्रो विश्राम स्थल हो ।

    [57] यो उम्लिराखेको तातो पानी र पीप (हो), अब त्यसको स्वाद चाखुन् ।

    [58] र यस्तै प्रकारका अन्य धेरै यातना (हुनेछन्) ।

    [59] ‘‘यो एउटा समूह हो जुन तिम्रो साथ(आगो)मा प्रवेश गर्नेछ । उनीहरूको निम्ति कुनै आवभगत हुनेछैन, उनीहरू त नर्कमा जानेवाला हुन्

    [60] उनीहरूले भन्ने छन्ः ‘‘होइन, बरु तिमीलाई नै कुनै स्वागत हुनेछैन् । तिमीले नै त यो (विपना) हाम्रो सामु ल्याएका थियौ । यो बस्नको लागि नराम्रो ठाउँ हो ।’’

    [61] उनीहरूले भन्नेछन्ः हे ‘‘हाम्रो पालनकर्ता ! जसले (कुफ्रको कुरा) पहिलादेखि हाम्रो लागि ल्याएको छ, उसलाई नर्कमा दोब्बर यातना दिनु ।’’

    [62] र नर्कवालाहरू भन्नेछन्ः ‘‘के कारण छ कि हामीले ती व्यक्तिहरूलाई देख्दैनौं, जसलाई हामीले नराम्रामध्ये गन्थ्यौं ?’’

    [63] के हामीले नै उनको उपहास गरेका थियौं, वा हाम्रा आँखाहरू उनीहरूतिरबाट हटेका छन् ?’’

    [64] निश्चित जान नर्कीहरूको यो आपसमा झगडा त अवश्य हुनेछ ।

    [65] भनिदिनुस्ः कि ‘‘म त मात्र सचेत गर्नेवाला हूँ । र एक अल्लाह सर्वशक्तिमान बाहेक अरु कोही सत्य पूज्य छैन् ।

    [66] जो पालनकर्ता हो आकाशहरू र धरतीको, र जे ती दुईटैको बीचमा छन्, सबैको मालिक हो, सर्वशक्तिमान र ठूलो क्षमादाता ।’’

    [67] भनिदिनुस् कि ‘‘यो एउटा ठूलो खबर हो

    [68] जसबाट तिमीले लापरवाह भइराखेका छौ ।

    [69] मलाई, ती अग्ला फरिश्ताहरूको कुनै ज्ञान थिएन जब उनीहरू विवाद गरिराखेका थिए ।

    [70] मतिर त त्यो वह्य मात्र गरिन्छ कि म स्पष्टरूपले सचेत गर्नेवाला हूँ ।’’

    [71] जब कि तपार्इंको पालनकर्ताले फरिश्ताहरूसित भन्यो कि ‘‘म माटोले मानिसको सृष्टि गर्नेवाला छु ।

    [72] त जब मैले त्यसलाई ठिकठाक गरिहालूँ र त्यसमा आफ्नो रूह (आत्मा)फूँकिहालूँ तब तिमीहरू उसको अगाडि ढोगिहाल्नु ।’’

    [73] तब सबै फरिश्ताहरूले ढोगे(सिज्दा गरे) ।

    [74] तर शैतान (इबलीस)ले गरेन । उसले घमण्ड गर्यो र काफिरहरूमध्येको भइहाल्यो ।

    [75] अल्लाहले भन्योः कि ‘‘हे इब्लीस ! जुन व्यक्तिलाई मैले आफ्ना हातहरूले सृष्टि गरें, त्यसको अगाडि ढोग्नबाट तिमीलाई कुन कुराले मनाही गर्यो, के तिमीले घमण्ड गर्यौ, वा तिमी उच्च पदवालाहरूमध्येका हौ ?’’

    [76] उसले जवाफ दियो कि ‘‘म यसभन्दा उत्तम छु (किनकि) तिमीले मलाई आगोबाट बनायौ र यसलाई माटोबाट सृष्टि गर्यौ ।’’

    [77] आदेश भयो तँ ‘‘यहाँबाट गइहाल, तँ तिरस्कृत छस् ।

    [78] र तँमाथि कयामत (कियामत)को दिनसम्म मेरो धिक्कार र तिरस्कार रहनेछ ।’’

    [79] उसले भन्यो, ‘‘हे मेरो पालनकर्ता ! मलाई त्यस दिनसम्मको लागि समय प्रदान गर जब कि मानिसहरू उठाइनेछन् ।’’

    [80] अल्लाहबाट आदेश भयोः ‘‘तिमीलाई मोहलत दिइयो ।

    [81] त्यसदिनसम्म जसको समय निर्धारित छ ।’’

    [82] भन्न थाल्यो कि त्यसो भए ‘‘मलाई तिम्रो प्रतापको सौगन्ध म उनीहरू सबैलाई विचलित गरिदिनेछु ?’’

    [83] (तर) ती बाहेक जो कि तिम्रा मनपराइएका र विशिष्ट भक्त छन् ।’’

    [84] आदेश भयो सत्य (छ) र म सत्य नै भन्ने गर्दछु ।

    [85] कि ‘‘तिमी र तिम्रो अनुशरण गर्नेहरू सबैबाट मैले पनि नर्कलाई भरिदिनेछु ।’’

    [86] हे पैगम्बर ! भनिदिनुस् कि ‘‘म तिमीसित यसको कुनै बदलाको इच्छुक छैन र नत म कुनै दिखावा (आडम्बर) गर्नेमध्येको’’ हूँ ।

    [87] यो (कुरआन) त समस्त संसारवालाहरूको निम्ति उपदेश र शिक्षा हो ।

    [88] निश्चित छ तिमी यसको वास्तविकता केही समयपछि जानी सक्नेछौ ।

    Surah 39
    अज–जुमर

    [1] यस किताबको अवतरण अल्लाह अत्यन्त अधिपत्यशाली, तत्वदर्शीको तर्फबाट हो ।

    [2] हामीले यो किताब तिमीतिर सत्यताको साथ अवतरित गरेका हौं, तसर्थ तिमी अल्लाहको उपासना गर, धर्मलाई खास उसैको निम्ति विशेष गरेर ।

    [3] खबरदार ! उपासना खास अल्लाहकै लागि हो । र जसले उस बाहेक अरु मित्र बनाएका छन् र भन्दछन् किः ‘‘हामीले यिनीहरूलाई यसकारण पूज्दछौं कि हामीलाई अल्लाहको सामीप्यता प्राप्त गराइदिउन् ।’’ निश्चय नै अल्लाहले उनीहरूको बीचमा त्यस कुराको फैसला गरिदिनेछ जसमा उनीहरूले विवाद गरिराखेका छन् । अल्लाहले उसलाई मार्ग देखाउँदैन जो झूठो र अकृतज्ञ छ ।

    [4] यदि अल्लाहले आफ्नो सन्तान चाहेको भए, उसले आफ्नो सृष्टिहरूमध्येबाट, जसलाई चाहन्थ्यो, रोजिहाल्थ्यो । तर ऊ त उच्च छ ! उही अल्लाह एक्लै र सबैमाथि शक्तिमान् छ ।

    [5] उसैले आकाशहरू र धरतीलाई अत्यन्त राम्रो ढंगले सृष्टि गरेको छ । उसले रातीलाई दिनमाथि र दिनलाई रातीमाथि लपेटिदिन्छ र उसैले सूर्य र चन्द्रलाई (नियन्त्रणमा राखेर) काममा लगाएको छ । सबै एक निर्धारित समयसम्म संचालित छन् । निश्चित मान ऊ अधिपत्यशाली र क्षमाशील छ ।

    [6] उसले तिमी सबैलाई एक ज्यानबाट सृष्टि गर्यो, अनि उसैबाट जोडी बनायो र उसैले तिम्रो निम्ति चौपायामध्ये आठ जोडीहरू (भाले–पोथी) बनायो । उसैले तिम्रा आमाहरूको पेटमा एउटा आकारपछि अर्को आकारमा सृजना गर्दछ तीन–तीन अँध्याराहरूमा । उही अल्लाह तिम्रो पालनकर्ता हो । सत्ता उसैको हो, उसबाहेक कोही सत्य पूज्य छैन । अनि तिमी कहाँ बहकिरहेका छौ

    [7] यदि तिमी अकृतज्ञता प्रकट गर्दछौ भने सम्झिराख अल्लाह तिमी सबैसित निस्पृह छ । र उसले आफ्ना भक्तहरूको कृतघ्नता रुचाउँदैन, र यदि तिमी कृतज्ञता प्रकट गर्दछौ भने, उसले यसलाई तिम्रो निम्ति रुचाउनेछ । कसैले अर्काको लागि कुनै बोझ उठाउँदैन । अनि तिमीहरू सबैलाई आफ्नो पालनकर्तातिर फर्किजानु पर्नेछ । र उसले तिमीलाई बताइदिनेछ, जे तिमीले गरिराखेका हुनेछौ । निश्चय नै उसले छातीभित्रको कुरा पनि जान्दछ ।

    [8] र जब मानिसलाई कुनै कष्ट पुग्दछ तब राम्रो एकाग्र भएर आफ्नो पालनकर्तालाई पुकार्दछ अनि जब अल्लाहले उसमाथि आफ्नो अनुकम्पा गर्दछ, तब त्यसले त्यस कुरालाई बिर्सिहाल्दछ जसको निम्ति पहिला पुकारिराखेको थियो, र अल्लाहको समकक्षी ठहराउन थाल्दछ, ताकि यसको परिणामस्वरूप त्यसले उसको मार्गबाट अरुलाई पनि विचलित गराइदेओस् । तपार्इं भनिदिनुस् कि आफ्नो इन्कारको फाइदा केही दिनसम्म लिइहाल । अन्ततः तिमी नरकीहरूमध्येका हुनेछौ ।

    [9] त्यो व्यक्ति जसले रातको समयमा सजदा (उपासना) गर्दछ र उपासनामा उभिरहन्छ, आखिरतसित डर्छ र आफ्नो पालनकर्ताको दयाको आशा राख्दछ त्यो र यसको विपरीत गर्नेवाला के बराबर हुन सक्दछन् ? भन कि ‘‘के उनीहरू जो ज्ञानी छन् र उनीहरू जो अज्ञानी छन् दुवै समान हुनेछन् ? निश्चितरूपले शिक्षा त तिनैले ग्रहण गर्छन् जो बुद्धिवाला (सक्षम) छन् ।’’

    [10] भनिदिनुस् कि ‘‘हे ईमानवाला सेवकहरू आफ्नो पालनकर्तासित डर । जसले संसारमा असल कर्म गरेर देखाए, उनीहरूको निम्ति राम्रो प्रतिफल छ, र अल्लाहको धरती फराकिलो छ । धैर्यवानहरूकै निम्ति पूरा पूरा अनगिन्त पुरस्कार दिइन्छ ।

    [11] तपार्इं भनिदिनुस् कि ‘‘मलाई आदेश भएको छ कि अल्लाहको उपासना यस्तो गरूँ कि उपासना उसैको निम्ति समर्पित गरिसकूं ।

    [12] र यो पनि मलाई आदेश भएको छ कि सबभन्दा बढी म स्वयम् आज्ञाकारी बनूँ ।’’

    [13] भनिदिनुस् कि ‘‘मलाई त आफ्नो पालनकर्ताको अवज्ञागर्दा ठूलो दिनको यातनाको भय लाग्दछ ।’’

    [14] भनिदिनुस् कि म त पूर्णरूपले मात्र आफ्नो अल्लाहको उपासना गर्दछु ।

    [15] (अब) तिमी उसबाहेक जसलाई चाहन्छौ उपासना गर ।’’ (घाटामा हुनेछौ) भनिदिनुस् ‘‘वास्तवमा नोक्सानीवाला तिनै हुन् जसले स्वयम् आफूलाई र आफ्ना परिवारहरूलाई कियामतको दिन घाटामा पारिहाले’’ । जानिराख, यही स्पष्ट घाटा हो ।

    [16] उनीहरूलाई उनीहरूको माथिबाट र उनीहरूको तलबाट पनि अग्निको ज्वालाका पात्रहरूले ढाँक्नेछन् । यी नै (ती कुराहरू) हुन्, जसबाट अल्लाहले आफ्नो सेवकहरूलाई डराउँछ, अतः हे मेरा सेवकहरू ! मसित डर मान्नेगर ।’’

    [17] र जसले मूर्तिहरूको पूजालाई परित्याग गरेर अल्लाहतिर प्रवृत्त भए, उनीहरूको निम्ति शुभसन्देश छ, (तसर्थ) मेरा सेवकहरूलाई खुशीको सन्देश सुनाइदिनुस् ।

    [18] जसले कुरा ध्यानपूर्वक सुन्दछन् र राम्रो कुराको अनुपालन गर्दछन् यिनै ती मानिसहरू हुन् जसलाई अल्लाहले मार्गदर्शन प्रदान गर्यो र यिनै बुद्धि र विवेकवाला पनि हुन् ।

    [19] त के त्यो व्यक्ति जसको लागि सजायको कुरो प्रमाणित भइसकेको छ तपाईंले (उसलाई) नर्कबाट मुक्त गराउन सक्नुहुन्छ

    [20] हो, जुन मानिसहरू आफ्नो पालनकर्तासित डर मान्छन्, तिनीहरूको निम्ति उच्च महलहरू छन् जसको माथि पनि उच्च कक्षहरू हुनेछन् (र)उनीहरूका मुनि नहरहरू बगिराखेका छन् । (यो) अल्लाहको वाचा हो । अल्लाहले आफ्नो वाचाको उल्लंघन गर्दैन ।

    [21] के तपाईले देख्नुभएन कि अल्लाहले आकाशबाट पानी झार्छ, अनि त्यसलाई धरतीको सतहमा पुर्याउँछ । अनि त्यसैबाट अनेक प्रकारका खेतीहरू उब्जाउँछ, फेरि तिनीहरू सुक्छन् र तपाईंले तिनलाई पहेलो रङ्गमा देख्नुहुन्छ । अनि उसले तिनलाई चूरचूर गरिदिन्छ । यसमा बुद्धिमानहरूको निम्ति धेरै शिक्षा छ ।

    [22] के जुन मानिसको हृदय अल्लाहले इस्लामको लागि खोलिदिएको छ, र त्यसले आफ्नो पालनकर्ताबाट प्रकाश प्राप्त गरेको छ, अतः उनीहरूमाथि अफसोच छ, जसका हृदय अल्लाहको यादबाट खाली भई कठोर भइसकेका छन् यी मानिसहरू नै खुल्लमखुल्ला मार्गविचलनमा (ग्रस्त) छन् ।

    [23] अल्लाहले सर्वोत्तम वाणी अवतरित गरेको छ जुन यस्तो किताब हो जसका आयतहरू आपसमा मिल्दछन्, र दोहोर्याइन्छन्, जुन मानिसहरू आफ्नो पालनकर्तासित डर मान्छन्, त्यसबाट उनीहरूको शरीरका रौंहरू डरले ठाडो हुन्छन्, अन्तमा उनको शरीर र हृदय अल्लाहको वर्णनको लागि नरम र त्यस तर्फ प्रवृत्त हुन्छन् । यो अल्लाहको मार्गदर्शन हो, त्यसबाट उसले जसलाई चाहन्छ सोझो मार्गमा हिंडाउँछ, र जसलाई अल्लाहले पथविचलित गरिदिन्छ, उसको निम्ति कोही मार्गदर्शक हुँदैन ।

    [24] अब जसले कियामतको दिन यातनाबाट बच्न आफ्नो अनुहारलाई ढाल बनाउँदछ, त्यस्तो अत्याचारीहरूसित भनिनेछः कि ‘‘आफ्नो कर्मको स्वाद चाख ।’’

    [25] उनीभन्दा पहिलाका मानिसहरूले पनि झूठा भने । अन्ततः उनीहरूमाथि त्यस ठाउँबाट यातना आइपुग्यो, जसको बारेमा तिनीहरूलाई कल्पना पनि थिएन ।

    [26] अनि अल्लाहले उनीहरूलाई सांसारिक जीवनमा पनि अपमानको स्वाद चखायो र अहिले आखिरतको यातना त यसभन्दा पनि ठूलो छ । काश ! उनीहरूले बुझुन् ।

    [27] र निश्चितरूपले हामीले यस कुरआनमा मानिसहरूको निम्ति हरेक प्रकारका उदाहरणहरू प्रस्तुत गरिदिएका छौं, ताकि उनीहरूले उपदेश ग्रहण गरुन् ।

    [28] यो कुरआन अरबीमा छ, जसमा कुनै त्रुटि (र विवाद) छैन, हुनसक्दछ उनीहरू संयमी बन्न सकुन् ।

    [29] अल्लाहले (एउटा) उदाहरण प्रस्तुत गर्दछ कि एउटा व्यक्ति छ, जसको अनेक जिद्दी साझेदारहरू छन् । र एउटा अर्को व्यक्ति, त्यो हो जुन सम्पूर्ण रूपले एउटै व्यक्तिको दास हो । के विशेषताको दृष्टिकोणले दुवैको अवस्था एकसमान हुनेछ ? सम्पूर्ण प्रशंसा अल्लाहकै लागि हो, किन्तु कुरा यो छ कि उनीहरूमध्ये अधिकांशले बुझ्दैनन् ।

    [30] (हे पैगम्बर !) निश्चित छ तपाईलाई पनि मृत्यु आउनेछ र यिनीहरू पनि मर्नेछन् ।

    [31] अनि तिमी सबै कयामतको दिन आफ्नो पालनकर्ताको सामु झगडा गर्नेछौ ।

    [32] अनि त्यस व्यक्तिभन्दा बढी अत्याचारी को होला, जसले अल्लाहको बारेमा झूठ कुरा गर्यो, र जब सत्य कुरा उसको नजिक आयो तब त्यसलाई झूठो बतायो । के जहन्नममा (नर्कमा) इन्कार गर्नेहरूको लागि बासस्थान छैन

    [33] र जुन व्यक्तिले सत्य कुरा लिएर आयो र जसले त्यसको पुष्टि गर्यो, ती मानिसहरू नै संयमी (असल) हुन् ।

    [34] तिनीहरूले जे चाहनेछन्, उनीहरूको निम्ति प्रत्येक चीज उनीहरूको पालनकर्तासँग छ, असल मानिसहरूको यही नै पुरस्कार हो ।

    [35] ताकि अल्लाहले उनीहरूका नराम्रा कार्यहरूलाई उनीहरूबाट टाढा हटाइदेओस् । र जुन उत्तम कर्म उनीहरूले गर्दथे, त्यसको उनीहरूलाई राम्रो प्रतिफल प्रदान गरोस् ।

    [36] के अल्लाह आफ्नो भक्तहरूको निम्ति पर्याप्त छैन ? यिनीहरूले तपार्इंलाई अल्लाहबाहेक अरुबाट डराइरहेका छन् र जसलाई अल्लाहले मार्गविचलित गरिदेओस्, त्यसलाई कसैले मार्गदर्शन गर्न सक्दैन ।

    [37] र जसलाई अल्लाहले मार्गदर्शन गरिदेओस्, त्यसलाई कसैले मार्गविचलित गर्न सक्दैन । के अल्लाह सर्वशक्ति सम्पन्न र बदला लिनेवाल छैन

    [38] यदि तपार्इं उनीहरूसित सोध्नुहुन्छ कि, ‘‘आकाशहरू र धरतीलाई कसले सृष्टि गर्यो ?’’ त उनीहरूले अवश्य भन्नेछन्ः कि ‘‘अल्लाहले ।’’ तपार्इं भन्नुस् यदि अल्लाहले मलाई कुनै कष्ट पुर्याउन चाहन्छ भने के अल्लाह बाहेक जसलाई तिमीहरूले पुकार्द्छौ उनीहरूले त्यस कष्टलाई हटाउन सक्दछन् ? वा यदि अल्लाहले ममाथि कुनै कृपा गर्न चाहन्छ भने के उनीहरूले उसको कृपालाई रोक्न सक्दछन् ?’’ तपार्इं भनिदिनुस्ः ! कि मलाई अल्लाह नै पर्याप्त छ, भरोसा गर्नेहरू उसैमाथि भरोसा गर्दछन् ।

    [39] भनिदिनुस् कि ‘‘हे मेरो जातिबन्धुका मानिसहरू ! तिमी आफ्नो ठाउँमा कर्म गर्दै जाऊ । म पनि कर्म गर्दै जान्छु । शीघ्र नै तिमीलाई थाहा भइहाल्नेछ ।

    [40] कि कसमाथि अपमानपूर्ण यातना र सधैँको लागि सजाय आउँछ

    [41] हामीले त तपार्इंमाथि यो किताब मानिसहरूको लागि सत्यका साथ अवतरित गरेका छौं । अतः जसले सिधा मार्ग ग्रहण गर्यो त उसको आफ्नै लागि नाफा छ र जो विचलित भयो, त त्यो विचलित भई आफूलाई नै हानि पुर्याउँदछ । र तपार्इं उनीहरूको जिम्मेवार होइन ।

    [42] अल्लाहले नै प्राणहरूलाई उनीहरूको मृत्युको समय र जसको मृत्यु आएन त्यसलाई उसको निद्राको अवस्थामा ग्रस्त गरिहाल्दछ । अनि जसको मृत्युको निर्णय गरिसकेको छ, त्यसलाई रोकिराख्दछ । र अरु प्राणहरूलाई एक निर्धारित समयसम्मको लागि छोडिदिन्छ । निश्चय नै यसमा सोचविचार गर्नेहरूको निम्ति कैयन् निशानीहरू छन् ।

    [43] के उनीहरूले अल्लाह बाहेक अरुलाई सिफारिश गर्नेहरू बनाएका छन् ? तपार्इं भनिदिनुस् कि ‘‘चाहे उनीहरू कुनै कुराको पनि अधिकार राख्दैनन् र न केही बुझ्छन्, तैपनि ?’’

    [44] भनिदिनुस् ! कि ‘‘सबै सिफारिशको मालिक त अल्लाह नै हो । सबै आकाशहरू र जमिनको सत्ता उसैको लागि छ । अनि तिमी सबै उसैतिर फर्केर जानेछौ ।’’

    [45] र जब एक्लो अल्लाहको चर्चा गरिन्छ तब जुन मानिसहरू आखिरतमा विश्वास गर्दैनन् उनीहरूको हृदय घृणाले भरिन्छ, तर जब उस बाहेक अरुहरूको चर्चा आउँदछ तब उनीहरू आनन्दले प्रफुल्ल भइहाल्दछन् ।

    [46] तपार्इं भन्नुस् कि ‘‘हे अल्लाह ! आकाशहरू र धरतीको स्रष्टा (र) अदृश्य र प्रकट कुराको ज्ञाता ! तिमीले नै आफ्ना भक्तहरूमा ती कुराहरूको, निर्णय गर्नेछौ जसमा उनीहरूले विवाद गरिराखेका छन् ।’’

    [47] यदि अत्याचारीहरूसँग धरतीमा उपलब्ध सबै कुरा र त्यसको साथै त्यति नै अरु पनि हुनेछ भने, त उनीहरूले कयामतको दिन नराम्रो यातनाबाट बच्नको निम्ति ती सबै कुरा दिहाल्नेछन् । र उनको सामु अल्लाहतिरबाट त्यो प्रकट हुनेछ जसको उनीहरूले कल्पना पनि गर्दैन्थे ।

    [48] र उनीहरूले जे गरेका थिए त्यसको नराम्रो प्रभाव प्रकट भइहाल्नेछ र जसको (यातनाको) उनीहरूले हाँसो गर्दथे, त्यसले उनीहरूलाई आई घेर्नेछ ।

    [49] जब मानिसहरूलाई कुनै कष्ट पुग्छ तब उसले हामीलाई पुर्कादछ अनि जब हाम्रो तर्फबाट उसमाथि कुनै कृपा प्रदान भइसक्छ तब भन्दछः ‘‘कि यो त मलाई मेरो ज्ञानको कारणले प्राप्त भएको छ ।’’ (होइन) बरु यो त एउटा परीक्षा हो, तर उनीहरूमध्ये धेरै अज्ञानी छन् ।

    [50] जुन मानिसहरू यिनीहरूभन्दा अगाडि थिए, उनीहरूले पनि यही भन्ने गर्दथे, तर उनीहरूको कामकुरा उनीहरूलाई केही काम लागेन ।

    [51] अनि जेजति उनीहरूले कमाए, त्यसका नराम्रा कुराहरूको प्रभाव उनीहरूमाथि आइपर्यो र यिनीहरूमध्ये पनि जुन मानिसहरूले अत्याचार गरे, यिनीहरूमाथि पनि जे–जति उनीहरूले कमाए त्यसको नराम्रो परिणाम छिट्टै आइहाल्नेछ । र, यिनीहरूले (हामीलाई) हराउन सक्ने छैनन् ।

    [52] के उनीहरूलाई यो थाहा छैन कि अल्लाहले नै जसको निम्ति चाहन्छ जीविका प्रशस्त गरिदिन्छ र जसको निम्ति चाहन्छ सीमित गरिदिन्छ ? यसमा ईमान ल्याउनेहरूको निम्ति ठूला निशानीहरू छन् ।

    [53] मेरो तर्फबाट भन्नुस् कि ‘‘हे मेरा भक्तहरू ! जसले आफूमाथि नै अतिक्रमण गरेका छन्, तिमी अल्लाहको दयाबाट निराश नहोऊ । निःसन्देह अल्लाहले सारा पापहरूलाई क्षमा गरिदिन्छ । निश्चय नै ऊ बडो क्षमाशील र अत्यन्त दयावान् छ ।

    [54] यसभन्दा पहिला कि तिमीलाई यातना आओस्, आफ्नो पालनकर्तातिर प्रवृत्त होऊ र उसको आज्ञाकारी भइहाल । त्यो यातना आएपछि तिम्रो सहायता गरिने छैन ।

    [55] र यसभन्दा पहिला कि तिमीमाथि एक्कासी यातना आओस् र तिमीलाई थाहा पनि नहोस्, त्यस सर्वोत्तम कुराको अनुशरण गर जुन कि तिम्रो पालनकर्ताको तर्फबाट तिम्रो लागि अवतरित भएको छ ।

    [56] कहीं यस्तो नहोस्, कि कुनै व्यक्तिले भन्न थालोस्ः ‘‘हाय अफसोच ! त्यसमाथि जुन बेवास्ता मैले अल्लाहप्रति गरें र म त उपहास गर्नेहरूमा नै शम्मिलित रहेँ ।

    [57] वा यो भन्न थालोस् कि, ‘‘यदि अल्लाहले मलाई मार्गदर्शन गरेको भए म पनि डर मान्नेहरूमध्येको हुने थिएँ ।’’

    [58] वा यातना देखेर यो भन्न थालोस्ः कि ‘‘यदि फेरि एकपटक संसारमा मैले जान पाएको भने म असल मानिसहरूमध्येको हुने थिएँ’’ ।

    [59] (अल्लाहको आदेश हुनेछ), निःसंदेह मेरा आयतहरू तिम्रो सामु आइपुगेका थिए, जसलाई तिमीले झूठा भन्यौ र घमण्ड गर्यौ र इन्कार गर्नेहरूमा शम्मिलित भयौ ।

    [60] जसले अल्लाहको बारेमा झूठा कुरा गरेका छन् तपार्इंले देख्नुहुनेछ कि कयामतको दिन उनका अनुहारहरू काला भइसकेका हुनेछन् । के अहंकारीहरूको बासस्थान नरकमा होइन

    [61] र जसले संयम गरेका छन्, उनीहरूलाई अल्लाहले उनीहरूको सफलताको साथ मुक्ति प्रदान गर्नेछ । उनीहरूलाई न कुनै अनिष्टले छुन सक्नेछ र नत उनीहरू कुनै प्रकारले शोकाकुल हुनेछन् ।

    [62] अल्लाह हरेक कुराको स्रष्टा हो र उही नै हरेक कुराको संरक्षक हो ।

    [63] उसैको पासमा आकाशहरू र धरतीका साँचोहरू छन् । जस जसले अल्लाहका आयतहरूलाई इन्कार गरे, तिनैहरू नै घाटामा छन् ।

    [64] तपार्इं भन्नुस् किः हे अज्ञानीहरू ‘‘के तिमीले मसँग अल्लाह बाहेक अरु कसैको उपासना गर्न भन्दछौ’’

    [65] (र हे मुहम्मद !) निश्चितरूपले तपार्इंमाथि र तपार्इंभन्दा पहिला गुज्रिसकेका (नबीहरू) माथि वह्य पठाइएको थियो कि ‘‘यदि तिमीले शिर्क गर्यौ भने तिमीले गरेका सबैकुरा अनिवार्यरूपले व्यर्थ भइहाल्नेछन् र तिमी अवश्य नै घाटामा पर्नेवालाहरूमध्येका हुनेछौ ।’’

    [66] (होइन) बरु तिमी अल्लाहकै उपासना गर र कृतज्ञता प्रकट गर्नेवालाहरूमध्येको भइहाल ।

    [67] र उनीहरूले अल्लाहलाई जस्तो सम्मान गर्नु पर्छ गर्न सकेनन्, जबकि कियामतको दिन सम्पूर्ण धरती उसको मुठ्ठीमा हुनेछ र आकाशहरू उसको दाहिने हातमा बेरिएका हुनेछन्, ऊ महान् र उच्च छ त्यस्तो प्रत्येक कुराभन्दा जसलाई उनीहरूले उसको साझेदार ठहराउँछन् ।

    [68] र जब सूर फूँकिनेछ तब, जो आकाशमा छन् र जो धरतीमा छन्, सबै मूर्छित भई ढल्नेछन् (तर) जसलाई अल्लाहले चाहन्छ, फेरि दोस्रो पटक सूर फूँकिनेछ, तब तुरुन्तै सबै उभेर हेर्न थाल्नेछन् ।

    [69] र धरती आफ्नो पालनकर्ताको प्रकाशले जगमग हुनेछ र कर्मको खाता खोलेर राखिदिइनेछ, पैगम्बर र (अन्य) साक्षीहरू उपस्थित गराइनेछन् र उनीहरूमा इन्साफको साथ निर्णय गरिनेछ र कसैमाथि अन्याय गरिने छैन ।

    [70] र जसले जुन कर्म गरेको हुन्छ त्यसलाई त्यसको पूरा–पूर प्रतिफल दिइने छ र जे–जति यिनीहरूले गर्दछन् उसलाई सबै राम्ररी थाहा छ ।

    [71] र काफिरहरू समूह–समूहमा नर्कतिर लगिनेछन्, यहाँसम्म कि जब उनीहरू त्यहाँ पुग्नेछन् त त्यसका द्वारहरू तिनीहरूको लागि खोलिदिइनेछन् र त्यसका द्वारपाल उनीहरूसित भन्नेछन्ः ‘‘के तिम्रो पासमा तिमीहरूमध्येबाटै रसूल आएका थिएनन् ? जसले तिमीलाई तिम्रो पालनकर्ताका आयतहरू सुनाइराखेका थिए र तिमीलाई तिम्रो यस दिनको आगमनबाट सचेत गरिराखेका थिए ?’’ उनीहरूले जबाफ दिनेछन्ः ‘‘हो ठीक हो (उनीहरू त आएका थिए)’’ तर इन्कार गर्नेहरूमाथि यातनाको आदेश भएर नै रह्यो ।

    [72] भनिनेछः अब नर्कका द्वारहरूमा प्रवेश गर, त्यसमा सधैं रहनको निम्ति । घमण्ड (अट्टेरी) गर्नेहरूको निम्ति साह्रै नराम्रो बासस्थान हो ।

    [73] र जुन मानिसहरू आफ्नो पालनकर्तासित डर मान्दथे, उनीहरू समूह–समूह गरी स्वर्गतिर लगिनेछन्, यहाँसम्म कि जब उनीहरू त्यसको नजिक पुग्नेछन्, त त्यसका द्वारहरू खोलिदिइनेछन् र त्यसका द्वारपालले उनीहरूसित भन्नेछन्ः कि ‘‘तिमीमाथि सलाम । तिमी प्रफुल्लित भइहाल । अब यसमा सधैंको निम्ति प्रवेश गरिहाल ।

    [74] यिनीहरूले भन्नेछन् किः ‘‘अल्लाहको कृपा छ जसले आफ्नो वाचा हामीसित पूरा गरेर देखायो, र हामीलाई यस स्थानको उत्तराधिकारी बनाइदियो, कि हामी स्वर्गमा जुन ठाउँमा चाहन्छौं, बस्न सक्छौं । अतः (असल) कर्म गर्नेहरूको निम्ति कति राम्रो प्रतिफल छ ।

    [75] तिमीले फरिश्ताहरूलाई देख्नेछौ कि उनीहरू सिंहासनको चारैतिर पंक्तिबद्ध भई आफ्नो पालनकर्ताको गुणगान गरिराखेका हुन्छन् । र यिनीहरूबीच राम्रो फैसला (न्याय) गरिनेछ र भनिनेछः ‘‘सम्पूर्ण प्रशंसा अल्लाहकै लागि हो, जो सम्पूर्ण जगतको पालनकर्ता हो” ।

    Surah 40
    गाफिर

    [1] हामीम

    [2] यस किताबको अवतरण उस सर्वशक्तिशाली र सर्वज्ञ अल्लाहको तर्फबाट हो ।

    [3] जो गुनाह(पाप) क्षमा गर्नेवाला र तौबा (प्रायश्चित) स्वीकार गर्नेवाला, कठोर दण्ड दिनेवाला र शक्तिवाला छ । उस बाहेक कोही सत्य पूज्य छैन । उसैतिर फर्किजानु पर्नेछ ।

    [4] अल्लाहका आयतहरूमा ती मानिसहरूले नै विवाद गर्दछन्, जो काफिर छन्, तसर्थ उनीहरूको शहरहरूमा हिंड्डुल (आवागमन) ले तपार्इंलाई भ्रममा नपारोस् ।

    [5] नूहको जातिबन्धुले र उहाँ पश्चातका समूहहरूले पनि झूठा भने र हर उम्मतले (कौमले) आफ्ना पैगम्बरहरूको बारेमा इच्छा गरे कि तिनलाई समातिहालुन् र उनीहरूले असत्यको सहारा लिएर झगडा गरे, ताकि तिनबाट सत्यलाई बिगारिदेउन् । अतः उनीहरूलाई मैले समातिहालें, तसर्थ मेरो यातना कस्तो भयो

    [6] र यस्तै प्रकारले काफिरहरूको बारेमा तपार्इंको पालनकर्ताको आदेश पूरा भइसकेको छ कि उनीहरू नर्कबासी छन् ।

    [7] जसले (स्वर्गदूत) अल्लाहको आसन उचालेका छन् र उसको वरिपरिका फरिश्ताहरू आफ्नो पालनकर्ताको गुणगान् गर्दछन् र उसमाथि ईमान राख्दछन् र ईमानवाला मानिसहरूको निम्ति क्षमाको प्रार्थना गर्दछन्, भन्दछन्, किः ‘‘हे हाम्रो पालनकर्ता ! तिमीले आफ्नो दयालुता र आफ्नो ज्ञानले प्रत्येक कुरामा व्याप्क छौ । अतः जुन मानिसहरूले प्रायश्चित गरे र तिम्रो मार्गको अनुशरण गरे, उनीहरूलाई क्षमा गरिदेऊ र प्रज्वलित नर्कको आगोको यातनाबाट उनीहरूलाई बचाइहाल ।

    [8] हे हाम्रो पालनकर्ता ! तिमीले उनीहरूलाई सधैं बासको निम्ति स्वर्गहरूमा प्रवेश गराऊ, जसको तिमीले उनीहरूसित वाचा गरेका छौ, र उनीहरूका बाउबाजे र उनीहरूका पत्नीहरू र उनका सन्ततिहरूमध्ये जो असल आचरणवाला छन् उनीहरूलाई पनि । निःसन्देह तिमी अधिपत्यशाली अत्यन्त तत्वदर्शी हौ ।

    [9] र उनीहरूलाई खराबीबाट पनि बचाइराख, सत्य त यो हो कि जसलाई तिमीले त्यस दिनको यातनाबाट बचायौ, त निःसन्देह उसमाथि तिम्रो दया भयो र यही नै ठूलो सफलता हो ।’’

    [10] निश्चय नै जुन मानिसहरूले इन्कार गरे उनीहरूलाई पुकारेर भनिनेछः कि ‘‘तिमीहरू स्वयम् आफूसित जुन विद्वेष एवम् क्रोध गर्दथ्यौ, तिमीप्रति अल्लाहको क्रोध त्योभन्दा पनि बढी छ, किनभने जब तिमीलाई ईमानतिर बोलाइन्थ्यो तब तिमीले इन्कार गर्दथ्यौ ।

    [11] उनीहरूले भन्नेछन्ः कि ‘‘हे हाम्रो पालनकर्ता ! तिमीले हामीलाई दुईपटक मृत बनायौ र दुईपटक जीवित गर्यौ । अब हामीले आफ्ना गुनाह (अपराधहरू) स्वीकार गर्यौं, त के अब कुनै निस्कने मार्ग पनि छ ?’’

    [12] यो सजाय (अजाब) तिमीलाई यसकारण छ कि जब एक्लो अल्लाहलाई पुकारिन्थ्यो तब तिमीले इन्कार गर्दथ्यौ । तर यदि ऊसँग अरु साझेदार ठहराइन्थ्यो भने तिमीले मानिहाल्थ्यौ । तसर्थ अब फैसला (निर्णय) अल्लाहकै हो, जो सर्वोच्च र महान् छ ।

    [13] उही हो जसले तिमीलाई आफ्नो निशानी देखाउँदछ । र तिम्रो निम्ति आकाशबाट जीविका अवतरित गर्दछ, उपदेश त त्यसैले प्राप्त गर्दछ जो (अल्लाहतिर) प्रवृत्त हुन्छ ।

    [14] तिमीले अल्लाहलाई पुकार्दै गर, धर्मलाई उसको निम्ति समर्पित गरेर यदि काफिरहरूले नराम्रो नै मान्दछन् भने पनि ।

    [15] सर्वोच्च दर्जावाला‘‘अर्श’’ को मालिक उसले आफ्ना भक्तहरूमध्ये, जसलाई चाहन्छ, आफ्नो आदेशले वह्य पठाउँदछ, ताकि साक्षात्कारको दिनबाट डराओस् ।

    [16] जुनदिन उनीहरू खुल्लारूपले अगाडि उपस्थित हुनेछन् उनीहरूको कुनै कुरा अल्लाहसित लुकेको हुनेछैन, ‘‘आज कसको राज्य छ ?’’ ‘‘अल्लाहको मात्र जो एकलै सबैमाथि शक्ति सम्पन्न छ ।

    [17] आज प्रत्येक व्यक्तिलाई उसको कमाइको प्रतिफल दिइनेछ । आज कुनै अन्याय हुनेछैन । निःसन्देह अल्लाह शीघ्र हिसाब लिनेवाला छ ।

    [18] र उनीहरूलाई शीघ्र आउने कयामतको दिनबाट सावधान गरिदिनुस्, जबकि चिन्ताले हृदय कण्ठमा आइहाल्नेछ र सबै चुपचाप हुनेछन् । अपराधीहरूको न कोही घनिष्ट मित्र हुनेछ र न सिफारिश गर्ने मानिस, जसको कुरा मानियोस् ।

    [19] उसले आँखामा लुकेको धोकेबाजी जान्दछ र जुन (कुराहरू) छातीभित्र लुकेका हुन्छन् (उनलाई पनि) ।

    [20] र अल्लाहले ठीक–ठीक फैसला गर्नेछ । र उसबाहेक जसलाई यिनीहरूले पुकार्दछन्, उनीहरूले कुनै कुराको पनि फैसला गर्न सक्दैनन् । निःसन्देह अल्लाह सबै सुन्नेवाला (र) देख्नेवाला छ ।

    [21] के यिनीहरू धरतीमा घुमफिर गरेनन् ताकि देख्दथे कि ती मानिसहरूको परिणाम कस्तो भयो, जो उनीहरूभन्दा पहिला गुज्रिसकेका छन् ? उनीहरू शक्ति र धरतीमा आफ्ना चिन्हहरूको दृष्टिले यिनीहरूभन्दा बढी थिए, अनि उनीहरूको पापको कारण अल्लाहले उनीहरूलाई समातिहाल्यो । र अल्लाहको सजायबाट उनीहरूलाई बचाउनेवाला कोही थिएन ।

    [22] यो यसकारण कि उनीहरूको पासमा पैगम्बरहरू चमत्कार लिएर आउँदथे त तिनीहरूले कुफ्र गरे, तसर्थ अल्लाहले उनीहरूलाई समतिहाल्यो । निःसन्देह त्यो सर्वशक्तिमान् (र) भयंकर सजाय दिनेवाला छ ।

    [23] र हामीले ‘‘मूसालाई’’ आफ्ना निशानीहरू र स्पष्ट प्रमाण दिएर पठायौं ।

    [24] (अर्थात्) ‘‘फिरऔन’’ र ‘‘हामान’’ र ‘‘कारूनतिर’’, तब उनीहरूले भने कि ‘‘यो त जादूगर र झूठो हो ।’’

    [25] अनि जब (मूसा अलैहिस्सलाम) उनीहरूको सामु हाम्रो तर्फबाट सत्य धर्म लिएर आए तब उनीहरूले भनेः कि यसको साथमा ईमानवालाहरू जति छन्, उनीहरूका छोराहरूलाई मारिहाल र उनीहरूका छोरीहरूलाई जीवित छाडिदेऊ । र इन्कार गर्नेहरूको षडयन्त्र त विचलित हुनलाई मात्र हुन्छ ।

    [26] र फिरऔनले भन्यो कि मलाई छाडिदेऊ ताकि ‘‘मूसालाई’’ मारिहालूँ र उसले आफ्नो पालनहारलाई (सहायताको निम्ति) पुकारोस् । मलाई भय छ कि उसले तिमीहरूको धर्मलाई परिवर्तित नगरिहालोस् वा उसले देशमा ठूलो दंगा नभड्काइदेओस् ।

    [27] त्यसपछि ‘‘मूसाले भनेः कि ‘‘मैले हरेक अहंकारीको खराबीबाट, जसले हिसाबको दिनमाथि ईमान राख्दैन आफ्नो र तिम्रो पालनकर्ताको शरण लिइसकेको छु ।

    [28] र फिरऔनका नातेदारमध्ये एउटा मोमिन् व्यक्ति जसले आफ्नो ईमान लुकाएर राख्थ्यो भन्नथाल्यो ‘‘के तिमीले एउटा मानिसलाई यस कारण मार्न चाहन्छौ, कि उसले भन्छ कि मेरो पालनकर्ता अल्लाह हो, र उसले तिम्रो पासमा तिम्रो पालनकर्ताको तर्फबाट प्रमाणहरू पनि लिएर आएको छ ? र यदि त्यो झूठा छ भने उसको झूठको नोक्सान उसैलाई हुनेछ । र यदि सत्य छ भने जुन सजायको उसले तिमीलाई धम्की दिइराखेको छ, त्यसबाट केही न केही त तिमीमाथि आइपर्नेछ । निश्चय नै अल्लाहले त्यस्तालाई मार्ग देखाउँदैन जो अतिक्रमणकारी र बडो झूठा छन् ।

    [29] हे मेरा जातिबन्धुका मानिसहरू ! आज त तिम्रो सत्ता छ, तिमी यस धरतीमा प्रभावी छौ तर यदि हामीमाथि अल्लाहको यातना आयो भने हाम्रो सहायता कसले गर्नेछ ?’’ फिरऔनले भन्योः कि ‘‘मैले तिमीलाई त्यही सल्लाह दिइराखेछु जुन म स्वयम् देखिराखेको छु र मैले तिमीलाई ठीक बाटो नै देखाइराखेको छु“ ।

    [30] तब त्यस मोमिनले भन्नथाल्यो कि हे मेरा जातिबन्धुका मानिसहरू ! मलाई तिम्रो बारेमा भय छ कि तिमीमाथि (विनाशको) त्यस्तो दिन नआइहालोस् जस्तो कि अन्य विगत समुदायहरूमाथि आइपरेको थियो ।

    [31] जस्तो नूहको कौम र ‘‘आद’’ र ‘‘समूद’’ र उनीहरूपछिका समुदायहरूको अवस्था भयो र अल्लाहले त आफ्ना भक्तहरूमाथि अत्याचार गर्न चाहदैन ।

    [32] र हे मेरा जातिबन्धुका मानिसहरू मलाई तिम्रो बारेमा हाँक–पुकारको दिन (कियामत) को पनि भय छ ।

    [33] जुन दिन तिमी पिठ्युँ फर्काएर भाग्नेछौ, तिमीलाई कसैले पनि अल्लाहको (अजाब) बाट बचाउनेवाला हुनेछैन र जसलाई अल्लाहले मार्गविचलित गर्दछ, त्यसलाई कसैले पनि मार्गदर्शन गर्नेवाला हुनेछैन ।

    [34] (र यस अघि ‘‘यूसुफअलैहिस्सलाम)’’ पनि तिम्रो पासमा प्रमाणहरू लिएर आएका थिए, त्यसमा तिमी सधैं शंका नै गर्दथ्यौ । यहाँसम्म कि जब उनको मृत्यु भइहाल्यो, त तिमीले भन्न लाग्यौ कि अल्लाह उनी पछाडि कुनै (पैगम्बर) संदेष्टा पठाउने छैन । यस्तै प्रकारले अल्लाहले प्रत्येक त्यस व्यक्तिलाई मार्गविचलित गराइदिन्छ जो सीमा उल्लंघन गर्नेवाला (र) शंका गर्नेवाला छ ।

    [35] जुन मानिसहरूले उनीहरूको पासमा कुनै प्रमाण नआइकन, अल्लाहका आयतहरूमा विवाद गर्दछन्, अल्लाहको नजिक र मोमिनहरूको नजिक त्यो निक्कै अप्रिय कुरो हो । यस्तै प्रकार अल्लाहले हर घमण्डी–अट्टेरीको हृदयमा छाप लगाइदिन्छ ।

    [36] फिरऔनले भन्योः कि हे ‘‘हामान मेरो निम्ति एउटा महल बनाऊ ताकि म त्यसमा चढेर ती ढोकाहरूसम्म पुग्न सकूँ ।

    [37] जुन ढोकाहरू आकाशमा छन् अनि मूसाको अल्लाहलाई देखिहालू“ र म त उसलाई झूठा नै सम्झन्छु । र यस्तै प्रकारले फिरऔनका नराम्रा कर्महरू उसलाई राम्रा लाग्दथे र उसलाई मार्गबाट रोकिइहालिएको थियो र फिरऔनको चालवाजी व्यर्थमा गयो ।

    [38] र त्यस ईमानदार व्यक्तिले भन्योः कि हे मेरा जातिबन्धुका मानिसहरू ! तिमीहरू मेरो अनुशरण गर । म तिम्रो भलाईको ठीक बाटो देखाउनेछु ।

    [39] हे मेरा कौमका मानिसहरू ! यो संसारिक जीवन त मात्र अस्थायी हो । संतुष्टिको साथ स्थायी रूपले बस्ने घर त आखिरत नै हो ।

    [40] जसले नराम्रो कर्म (गुनाह) गर्नेछ, त्यसको प्रतिफल पनि उसले त्यस्तै पाउनेछ र जसले असल काम गरेको छ, ऊ चाहे पुरुष होस् वा स्त्री र त्यो ईमानवाला छ, त यस्ता मानिसहरू बहिश्त(स्वर्ग) मा प्रवेश पाउने छन्, र त्यहाँ उनीहरूलाई असीमित जीविका प्राप्त हुनेछ ।

    [41] हे मेरो समुदाय ! यो कस्तो कुरा छ कि मैले तिमीलाई मुक्तितिर बोलाइरहेछु, र तिमीले मलाई नर्कतिर बोलाइरहेका छौ ।

    [42] तिमीले मलाई यो आमन्त्रण गर्दैछौ कि म अल्लाहसित कुफ्र गरूँ, र उसको साझेदार ठहराऊँ, जसको बारेमा मलाई केही पनि ज्ञान छैन, र मैले तिमीलाई (अल्लाह) सर्वशक्तिशाली क्षमादातातिर बोलाइराखेको छु ।

    [43] सत्य त यो हो कि जुन कुरातिर तिमीले मलाई बोलाउँछौ, त्यो न संसारमा आमन्त्रण (पुकार्ने) योग्य छ र न आखिरतमा, र यो कि हामीलाई फर्कनु पनि अल्लाहतिरै छ र यो कि जो अतिक्रमणकारी छन्, तीनै नर्कबासी हुन् ।

    [44] अतः जे–जति मैले तिमीलाई भनिराखेको छु, शीघ्र नै तिमीले याद गर्नेछौ । म त आफ्नो कुरो अल्लाहलाई सुम्पन्छु । निःसन्देह अल्लाह आफ्ना भक्तहरूलाई देखनेवाला हो ।

    [45] यसर्थ अल्लाहले (मूसालाई) उनीहरूका षडयन्त्रहरूको दोषबाट बचाइहाल्यो र फिरऔनीहरूलाई नराम्रो यातनाले घेरिहाल्यो ।

    [46] अर्थात् (नर्क) आगो छ, जसको अगाडि उनीहरू साँझ बिहान, प्रस्तुत गराउदैंछन् र जुन दिन कयामतको समय आउनेछ त्यतिखेर भनिनेछः ‘‘फिरऔनका मानिसहरूलाई निकृष्टतम यातनामा प्रविष्ट गराऊ ।’’

    [47] र जबकि उनीहरू नर्कमा एक अर्कासित झगडा गरिराखेका हुनेछन् त कमजोरहरूले उनीहरूसित जो ठूला बन्दथे, भन्नेछन् कि ‘‘हामी त तिम्रो पछि–पछि हिंड्नेवाला थियौं । अब के तिमीले हामीमाथिबाट यस आगोको केही भाग हटाउन सक्दछौ ?’’

    [48] उनीहरू जो ठूला बन्दथे, भन्नेछन्ः ‘‘हामी त सबै यसैमा छौं । अल्लाहले आफ्ना भक्तहरूमा फैसला गरिसकेको छ’’ ।

    [49] र सबै नर्कीहरू मिलेर नर्कको सिपाहीसित भन्नेछन् किः तिमीले नै आफ्नो पालनकर्तासित प्रार्थना गर कि उसले हामी माथिबाट कुनै दिन त यातना केही कम गरिदेओस् ।

    [50] उनीहरूले भन्नेछन् के तिम्रो पासमा तिम्रा रसूलले खुल्ला प्रमाण लिएर आउनु भएको थिएन ? तिनीहरूले भन्नेछन्, ‘‘किन होइन !’’ उनीहरूले भन्नेछन् ‘‘अनि तिमीहरूले नै पुकार’’ तर इन्कार गर्नेवालाहरूको प्रार्थना प्रभावहीन र बेअसर हुनेछ ।

    [51] निश्चय नै हामीले आफ्ना रसूलहरू र ती मानिसहरू जसले ईमान ल्याए, उनीहरूको सहायता सांसारिक जीवनमा गर्नेछौं र त्यस दिन पनि, जबकि साक्षीहरू उभिनेछन् ।

    [52] जुन दिन अत्याचारीहरूलाई उनीहरूको बहानाले केही पनि लाभ पुर्याउने छैन । बरु उनीहरूको लागि त तिरस्कार हुनेछ र उनीहरूको निम्ति नराम्रो घर हुनेछ ।

    [53] हामीले मूसालाई मार्गदर्शनवाला किताब (तौरात) दियौं र बनी इस्राईललाई त्यस किताबको उत्तराधिकारी बनायौं ।

    [54] बुद्धिमानहरूको निम्ति त्यसमा मार्गदर्शन र शिक्षा थियो ।

    [55] अतः हे नबी धैर्य गर, निःसन्देह अल्लाहको वाचा सत्य छ र आफ्नो गुनाहको माफि माँग र साँझ–बिहान आफ्नो पालनकर्ताको प्रशंसाका साथ गुणगान गर्नेगर ।

    [56] जुन मानिसहरू आफूसँग आएको अल्लाहका आयतहरूको बारेमा बिना कुनै प्रमाण झगडा गर्दछन्, उनीहरूका छातीहरूमा विकार बाहेक केही छैन् । उनीहरू त्यहाँसम्म पुग्नेवाला छैनन् । अतः तिमी अल्लाहको शरणमा जाऊ । निश्चय नै ऊ सबै सुन्दछ र देख्दछ ।

    [57] निःसन्देह आकाशहरू र धरतीहरूको सृष्टि गर्नु, मानिसहरूको सृष्टि गर्नुभन्दा धेरै ठूलो काम हो । तर धेरै मानिसले जान्दैनन् ।

    [58] अन्धा र आँखा देख्नेहरू बराबर हुँदैनन् र उनीहरू जसले ईमान ल्याए र असल कर्म गरे र जो नराम्रा काम गरे दुवै परस्परमा बराबर हुन सक्दैनन् । तिमीले धेरै विचार गर्दैनौ ।

    [59] कयामत त आउनेवाल नै छ, यसमा कुनै शंका छैन । तर अधिकांश मानिसहरूले ईमान ल्याएका छैनन् ।

    [60] र तिम्रो पालनकर्ताको आदेश छ कि ‘‘तिमी मसित प्रार्थना गर, म तिम्रो प्रार्थना स्वीकार गर्नेछु । जुन मानिसहरू मेरो उपासनाबाट घमण्डले अहंकार गर्छन्, अति शीघ्र नर्कमा तिरस्कृत भई प्रवेश गर्नेछन् ।

    [61] अल्लाहले नै तिम्रो निम्ति रात बनायो ताकि यसमा विश्राम गर र दिनलाई प्रकाशमान् बनायो । निःसन्देह अल्लाह मानिसहरूको निम्ति बडो उदार अनुग्रहवाला छ, तर धेरै मानिसहरूले कृतज्ञता प्रकट गर्दैनन् ।

    [62] यही अल्लाह तिमी सबैको पालनकर्ता हो, प्रत्येक कुराको स्रष्टा हो । उस बाहेक अरु कोही सत्य पूज्य छैन । अनि तिमी कहाँ भौंतारिरहेका छौ

    [63] यस्तै प्रकारले ती मानिसहरू भौंतारिरहेका थिए जसले अल्लाहका आयतहरूलाई नकार्दथे ।

    [64] अल्लाह नै हो, जसले धरतीहरूलाई तिम्रो निम्ति बासको ठाउँ र आकाशलाई छाना बनायो र तिमीलाई रूप दियो र रूपहरू पनि कति राम्रो बनायो र तिमीलाई पाक (पवित्र) कुराहरू खानको निम्ति दियो । यही अल्लाह तिम्रो पालनकर्ता हो । तसर्थ बडा कल्याणकारी छ अल्लाह, सम्पूर्ण जगतको पालनकर्ता ।

    [65] त्यो जीवन्त छ, उसबाहेक अरु कोही सत्य पूज्य छैन । अतः तिमीले उसैको उपासना गर्दै उसैलाई पुकार, सम्पूर्ण विशेषता अल्लाहकै लागि छ, जो सम्पूर्ण जगतको पालनकर्ता हो ।

    [66] (हे मुहम्मद !) यिनीहरूसित तपार्इं भनिदिनुस् ! कि ‘‘मलाई तिनीहरूको उपासनाबाट मनाही गरिएको छ, जसलाई तिमीले अल्लाहबाहेक पुकार्दछौ, यस कारण कि मसँग मेरो पालनकर्ताको तर्फबाट प्रमाण पुगिसकेको छ । मलाई यो आदेश दिइएको छ कि म सम्पूर्ण संसारको पालनकर्तालाई नतमस्तक भइहालूँ ।’’

    [67] ऊ त्यही हो जसले तिमीलाई माटोबाट फेरि वीर्य (नुत्फा) बाट फेरि रक्तपिण्डबाट सृष्टि गर्यो, अनि उसले तिमीलाई एउटा बच्चाको रूपमा निकाल्दछ, अनि (तिमीलाई बढाउँछ) ताकि तिमी आफ्नो परिपक्वतालाई प्राप्त गर, फेरि वृद्धावस्थामा पुग । यद्यपि तिमीहरूमध्ये कोही यसभन्दा पहिला पनि मरीहाल्छन्, (उसले तिमीलाई छोडी दिन्छ) ताकि तिमी निर्धारित आयुसम्म पुग र यो यसकारण गर्दछ कि तिमीले बुझिहाल ।

    [68] त्यही हो जसले जीवन र मृत्यु दिन्छ र जब उसले कुनै कामको निर्णय गर्दछ तब त्यसको निम्ति यति भनिदिन्छ कि, ‘‘भइहाल’’, तब त्यो भइहाल्दछ ।

    [69] के तिमीले उनीहरूलाई देख्यौ, जसले अल्लाहको आयतहरूमा विवाद गर्दछन् ? यिनीहरू कहाँ भौंतारिराखेका छन्

    [70] जुन मानिसहरूले किताबलाई झूठा भने र त्यसलाई पनि जुन कि हामीले रसूलहरूलाई दिएर पठाएका थियौं । त शीघ्र नै उनीहरूलाई वास्तविकता थाहा भइहाल्नेछ ।

    [71] जबकि तौक (पट्टा) उनीहरूको घाँटीमा हुनेछ र जंजीरहरूमा घिसारिनेछन् ।

    [72] उम्लिराखेको पानीमा, अनि नर्कको आगोमा जलाइने छन् ।

    [73] त्यसपछि उनीसित भनिनेछः कि ‘‘उनीहरू कहाँ छन्, जसलाई तिमीले साझेदार ठहराउँथ्यौ ?’’

    [74] अल्लाह बाहेक उनीहरूले भन्नेछन्ः ‘‘उनीहरू त हामीबाट बहकिहाले, बरु यसभन्दा अगाडि हामीले कसैलाई पुकार्दैन्थ्यौ ।’’ यसैप्रकार अल्लाहले इन्कार गर्नेहरूलाई मार्गविचलित गर्दछ ।

    [75] ‘‘यो बदला हो यस कुराको जसको कारण तिमी धरतीमा नाहक खुशी थियौ र यस कारण कि तिमी घमण्ड गरिराखेका थियौ ।

    [76] अब नर्कका (जहन्नमका) ढोकाहरूमा प्रवेश गरिहाल, सधैं उसैमा रहनेछौ ।’’ घमण्ड गर्नेहरूको लागि कस्तो नराम्रो बासस्थान हो ।

    [77] तसर्थ (हे पैगम्बर !) धैर्य गर्नुस्, अल्लाहको वचन एकदम सत्य छ । जुन कुराको हामीले उनीहरूलाई वचन दिइराखेका छौं त्यसबाट यदि केही हामीले तपार्इंलाई देखाइहाल्यौं वा तपार्इंलाई उठाइहाल्यौं, (हर अवस्थामा) उनीहरूलाई फर्कनु त हामीतिरै छ ।

    [78] हामीले तपार्इंभन्दा अगाडि पनि धेरै संदेष्टाहरू (पैगम्बरहरू) पठायौं । उनीहरूमध्ये त केहीका वृत्तान्त हामीले तपार्इंलाई वर्णन गरिदिएका छौं र केही यस्ता छन् जसका वृत्तान्त त हामीले तपार्इंलाई वर्णन गरेका छैनौं र कुनै रसूलको पनि यो सामथ्र्य थिएन कि अल्लाहको आदेश बिना कुनै निशानी ल्याओस् । अनि जब अल्लाहको आदेश आइपुग्नेछ त न्यायपूर्ण निर्णय गरिहालिने छ । यहाँ झूठाहरू घाटामा परिहाल्ने छन् ।’’

    [79] अल्लाह नै हो जसले तिम्रो निम्ति चौपायाहरू बनायो ताकि उनीहरूमध्ये केहीमाथि तिमीले सवारी गर र उनीहरूमध्ये केहीलाई तिमी खान्छौ पनि ।

    [80] र उनीहरूमा तिम्रो निम्ति अरु पनि फाइदाहरू छन् र यसकारण पनि कि तिम्रा हृदयहरूमा लुकेको आवश्यकताहरू, तिनीहरूमाथि सवारी गरेर हासिल गर (चढेर त्यहाँ पुगिहाल) र उनीमाथि तथा डुङ्गाहरूमा तिमी सवार हुन्छौ ।

    [81] अल्लाहले तिमीलाई आफ्नो निशानीहरू देखाउँदै गएछ । त तिमी अल्लाहका कुन–कुन निशानीहरूलाई मान्ने छैनौ

    [82] के यी मानिसहरूले धरतीमा भ्रमण गरेर आफूभन्दा पहिलाका मानिसहरूको परिणाम देखेनन् । जो यिनीहरूभन्दा संख्यामा धेरै र बढी शक्तिवान् थिए र धरतीमा छोडिएको निशानीहरूको दृष्टिले पनि बढी थिए । त जे–जति उनीहरूले गर्दथे उनको काम लागेनन् ।

    [83] यसर्थ जब उनीहरूको पैगम्बर उनीहरूको पासमा स्पष्ट निशानीहरू लिएर आए त उनीहरूले आफ्नो ज्ञानमाथि घमण्ड गर्न लागे । र आखिर जुन कुराको उनीहरूले उपहास गरेका थिए त्यही कुराले आइघेर्यो ।

    [84] अनि उनीहरूले हाम्रो यातना देख्ने बित्तिकै भन्न लागेः ‘‘हामीले एक्लै अल्लाहमाथि ईमान ल्यायौं र तिनीहरूको इन्कार गर्यौं जसलाई हामीले उसको साझेदार ठहराउँथ्यौं ।

    [85] तर हाम्रो सजाय देखी सकेपछि उनीहरूको ईमानले उनीहरूलाई कुनै पनि लाभ पुर्याउन सकेन । यही अल्लाहको रीति हो, जुन उसका भक्तहरूमा पहिलेदेखि नै चलिआइरहेको छ र यसबेला इन्कार गर्नेहरू घाटामा परिहाले ।

    Surah 41
    फुस्सिलत

    [1] हामीम्

    [2] यो अवतरण गरिएको हो बडो कृपालु, अत्यन्त दयावान्को तर्फबाट ।

    [3] (यस्तो) किताब हो जसका आयातहरू स्पष्टरूपले वर्णन भएका छन् । अर्थात अरबी भाषामा कुरआन हो, ती मानिसहरूको निम्ति जो जान्दछन् ।

    [4] जसले खुशीको सन्देश सुनाउँदछ र सचेत पनि गर्दछ । तापनि उनीहरूमध्ये अधिकांश विमुख भए, र उनीहरू सुन्दैनन् ।

    [5] र उनीहरूले भन्न थाले कि जुन कुरातिर तिमीले हामीलाई आह्वान् गर्दछौ, त्यसको निम्ति त हाम्रा हृदयमा आवरणहरू छन् र हाम्रा कानहरूमा बोझ (भारी) छन् (अर्थात् बहिरापन) र हाम्रो र तिम्रोबीचमा आवरण छ, अतः तिमीले आफ्नो काम गर, हामीले आफ्नो काम गर्दछौं ।

    [6] भनिदिनुस् ‘‘म तिमी जस्तै एउटा मानिस हूँ । मतिर वह्य अवतरण गरिन्छ कि तिमी सबैको पूज्य एउटै अल्लाह हो, तसर्थ तिमी सोझै उसैतिर प्रवृत्त होऊ, र उसैसित पापको क्षमायाचना गर र यी मुश्रिकहरूको लागि ठूलो विनाश छ ।

    [7] जसले जकात दिदैनन् र आखिरतबाट पनि इन्कार गर्दछन् ।

    [8] बिना शंका जसले ईमान ल्याए र राम्रा कर्म गरे, उनीहरूको निम्ति यस्तो पुरस्कार छ जसको क्रम टुट्दैन ।’’

    [9] भनिदिनुस् किः के ‘‘तिमीले उसलाई नकारिराखेका छौ र उसको साझेदार ठहराउँछौ जसले धरतीलाई दुई दिनमा सृष्टि गर्यो ऊ त सम्पूर्ण जगतको पालनकर्ता हो ।

    [10] र उसले धरतीमा त्यसमाथि पहाड़ बनायो र धरतीमा बरकत (खानेकुरा) राख्यो र त्यसमा बस्नेहरूको लागि जीविकाको सामग्री निश्चित गर्यो । यो सबै चार दिनमा सम्पन्न भयो, प्रश्न गर्नेहरूको निम्ति समानरूपले ।

    [11] अनि ऊ आकाशतिर उच्च भयो, त्यो धुवाँ थियो त उसले त्यसलाई र धरतीलाई आदेश दियो, कि दुवै आऊ (चाहे) खुशीले चाहे नाखुशीले । त उनीहरूले भने, कि हामी प्रसन्नतापूर्वक उपस्थित छौं ।

    [12] त्यस पश्चात दुई दिनमा सातवटा आकाशहरू बनायो र प्रत्येक आकाशमा त्यसको (काम) को आदेश पठायो, र हामीले संसारीय आकाशलाई दीपहरूले (ताराहरू) सिँगार्यौं, तथा सुरक्षाको उद्देश्यले पनि, यो सर्वशक्ति सम्पन्न (र) सर्वज्ञले निर्धारित गरेका उपाय हुन् ।

    [13] अब पनि यदि उनीहरूले ध्यान दिदैंनन् भने भनिदिनुस् ! कि म तिमीलाई त्यस्तै प्रकारको चट्याङ्गबाट (आकाशेय यातनाबाट) डराउँछु जस्तो चट्याङ्ग ‘‘आद’’ र ‘‘समूद’’ माथि आएको थियो ।’’

    [14] जब उनीतिर अघि र पछिबाट संदेष्टाहरू आए कि तिमीले अल्लाह बाहेक कसैको पूजा नगर, तब उनीहरूले भन्न थाले कि यदि हाम्रो पालनकर्ताले चाहेको भए, फरिश्ताहरूलाई (स्वर्गदूतहरूलाई) अवतरित गर्दथ्यो, तसर्थ जुन कुरा तिमीलाई दिइएर पठाइयो, हामीले त्यसलाई मान्दैनौं ।

    [15] जो आद थिए, उनीहरू व्यर्थमा धरतीमा घमण्ड गर्न थाले र भने हामीभन्दा बढी शक्तिमा को छ ?’’ के उनीहरूले यो देखेनन् कि अल्लाह, जसले उनीहरूलाई सृष्टि गर्यो, ऊ उनीहरूभन्दा शक्तिमा बहुत धेरै छ र उनीहरूले हाम्रा आयतहरूलाई नकारिराखे ।

    [16] तब हामीले अशुभ दिनहरूमा उनीहरूमाथि शक्तिशाली हावा (हुरी) चलायौं, ताकि उनीहरूलाई सांसारिक जीवनमा अपमानपूर्ण यातनाको स्वाद चखाइदियौं । आखिरतको यातना त यसभन्दा धेरै अपमान गर्नेवाला छ । (त्यसदिन) उनीहरूले सहायता पाउने छैनन् ।

    [17] अब समूद थिए कि उनीहरूलाई पनि हामीले सोझो मार्ग देखाएका थियौं, तर उनीहरूले मार्गदर्शनको सट्टा अन्धा रह्नु नै रुचाए । परिणामस्वरूप उनीहरूले गरेका कामको बदलामा अपमानजनक यातनाको बज्रपातले उनीहरूलाई आइसमात्यो ।

    [18] तर जसले ईमान ल्याए र संयम गरे उनीहरूलाई हामीले बचाइहाल्यौं ।

    [19] र जुनदिन अल्लाहका शत्रुहरूलाई नर्कतिर लगिनेछ र उनीहरूलाई एकत्रित गरिहालिनेछ ।

    [20] यहाँसम्म कि जब एकदम नर्कको नजिक पुग्नेछन्, तब उनीहरूका कान र उनीहरूका आँखा र उनीहरूका छालाहरू उनीहरू विरुद्ध ती कुराका साक्षी हुनेछन्, जुन उनीहरूले गरिराखेका थिए ।

    [21] उनीहरूले आफ्ना छालाहरू (अङ्ग) सित भन्नेछन्ः कि तिमिले हाम्रो विरोधमा गवाही किन दियौ ! त तिनीहरूले जवाफ दिनेछन् कि ‘‘जुन अल्लाहले प्रत्येक कुरालाई वाक्यशक्ति प्रदान गरेको छ उसैले हामीलाई पनि बोल्ने शक्ति प्रदान गरेको छ ।’’ र उसैले तिमीलाई पहिलोपटक सृष्टि गरेको थियो र उसैतर्फ तिमीलाई फर्किजानु पर्नेछ ।

    [22] र तिमीले यस भयले (आफ्ना नराम्रो कामहरू) लुकाउँदैन्थ्यो कि तिम्रा कान र छालाहरू तिम्रो विरुद्ध गवाही दिनेछन्, बरु तिमीले यो भन्न ठान्थ्यौ कि अल्लाहलाई तिम्रा धेरै जसो क्रियाकलापबारे थाहा छैन ।

    [23] र यसै अनुमानले, जुन तिमीले आफ्नो पालनकर्ताको बारेमा गर्दथ्यौ, तिमीलाई नष्ट गरिदियो, र अन्ततः तिमी घाटामा पर्नेहरूमध्येका भइहाल्यौ ।

    [24] अब यदि यिनीहरूले संतोष गर्दछन् तैपनि उनीहरूको बास नर्क नै छ र यदि प्रायश्चित गर्नेछन् भने पनि (उनको) प्रायश्चित स्वीकार गरिने छैन ।

    [25] र हामीले (शैतानहरूलाई) उनीहरूका सहभागी नियुक्त गरिदिएका थियौं । अनि उनीहरूले उनीहरूको अगाडि र उनीहरूको पछाडि जे–जति थियो, त्यसलाई आकर्षक बनाइदिएका थिए । अन्ततः उनीहरूमाथि पनि उनीहरूभन्दा पहिला जिन्न र मनुष्यहरूका ती समूहको साथ भए जस्तै अल्लाहको वचन सत्य प्रमाणित भयो । निश्चय नै उनीहरू घाटा बिहोर्नेवाला भए ।

    [26] र काफिरहरूले भने कि यस कुरआनलाई सुन्दै नसुन्नु र (यो पढिने समय) होहल्ला गरिहाल, शायद (त्यसबाट तिमी) प्रभावी रहौ ।

    [27] तसर्थ निश्चितरूपले हामीले पनि काफिरहरूलाई ठूलो यातनाको स्वाद चखाउनेछौं र तिनीहरूका नराम्रा कर्मको उनीहरूलाई अवश्य सजाय दिनेछौं ।

    [28] अल्लाहका शत्रुहरूको लागि सजाय यही नर्कको आगो हो । जसमा उनीहरूको निम्ति सधैंको घर छ, यो हाम्रा आयतहरू इन्कार गर्नुको बदला हो ।

    [29] र काफिरहरूले भन्नेछन्ः हे हाम्रो पालनकर्ता ! हामीलाई ती जिन्न र मानिसहरूलाई देखाऊ जसले हामीलाई मार्गविचलित गरेका थिए, (ताकि) हामीले उनीहरूलाई आफ्ना खुट्टामुनि हालौं ताकि उनीहरू नर्कमा सबभन्दा तल घोर यातनामा रहुन् ।’’

    [30] वास्तवमा जुन मानिसहरूले भनेः कि ‘‘हाम्रो पालनकर्ता अल्लाह हो’’, अनि उनीहरू (त्यसमा) दृढ रहे, त उनीहरूको निम्ति फरिश्ताहरू (यो भन्दै) अवतरित हुन्छन् कि तिमी निराश र शोकाकुल नहोऊ, अपितु त्यस स्वर्गको शुभसूचना सुनिहाल जसको तिमीलाई वाचा दिइएकोछ ।

    [31] हामी सांसारिक जीवनमा पनि तिम्रो मित्र थियौं र आखिरतमा पनि (तिम्रो साथमा) रहनेछौं । त्यहाँ जुन कुराको तिमीले इच्छा गर्नेछौ, र जुन कुरा माँग्नेछौं, तिम्रो लागि उपस्थित हुनेछ ।

    [32] (त्यो) क्षमाशील, र दयावान् अल्लाहको तर्फबाट तिम्रो लागि आतिथ्यको रूपमा हुनेछ ।’’

    [33] र यसभन्दा राम्रो कुरावाला को हुनसक्छ जसले अल्लाहतिर डाँक्छ र असल कर्म गर्दछ र भन्दछः कि ‘‘निःसन्देह म मुस्लिम हूँ ?’’

    [34] पाप र पुण्य (नेकी र बदी) समान हुन सक्दैन । खराबीलाई भलाईबाट हटाऊ । फेरि तिमीले देख्नेछौ कि जसको साथ तिम्रो शत्रुता थियो, त्यो घनिष्ट मित्र भइहाल्नेछ ।

    [35] र यी कुरा उनीहरूलाई मात्र प्राप्त हुन्छ, जो धैर्य गर्नेवाला छन् र उनीहरूलाई मात्र प्राप्त हुन्छ जो बढो भाग्यमानी छन् ।

    [36] र जब तिमीलाई शैतानको तर्फबाट कुनै नराम्रो विचार आउँछ तब अल्लाहको शरण माँग्नेगर । निःसन्देह ऊ धेरै सुन्ने र जान्नेवाला छ ।

    [37] र रात र दिन, सूर्य र चन्द्र उसको निशानीहरूमध्येका हुन् । तिमीहरूले न सूर्यको पूजा गर नत चन्द्रको, बरु अल्लाहलाई नै ढोग, जसले यी कुराहरूलाई सृष्टि गरेको छ, यदि तिमी उसैको उपासना गर्नेवाला हौ ।

    [38] यदि तैपनि यिनीहरूले घमण्ड गर्दछन् त जो फरिश्ताहरू तिम्रो पालनकर्ताको पासमा छन् उनीहरूले त रात र दिन उसको गुणगान गरिराखेकै छन्, र उनीहरूलाई कहिले दिक्क लाग्दैन ।

    [39] र यो कुरा पनि उसका निशानीहरूमध्ये हो कि तिमीले देख्छौ कि धरती थिचिएको छ, अनि जब हामी त्यसमा पानी वर्षाउँछौं तब त्यो हराभरा भएर उठ्नथाल्छ । निश्चय नै जसले उसलाई जीवित गर्यो मुर्दाहरूलाई जीवित गर्नेवाला छ । निःसन्देह उसलाई हरेक कुराहरूमाथि सामथ्र्य प्राप्त छ ।

    [40] निःसन्देह जुन मानिसहरूले हाम्रा आयतहरूको बारेमा छलकपटको नीति अपनाउँछन् उनीहरू हामीबाट लुकेका छैनन् । तसर्थ भन त के त्यो व्यक्ति राम्रो छ जुन आगोमा हालिनेछ वा त्यो जो कयामतको दिन निश्चिन्त भएर आउनेछ ? तिमी जे चाहन्छौ गर्दै जाऊ, जे जति तिमीले गरिराखेका छौ उसले सबै देखिराखेकै छ ।

    [41] जुन मानिसहरूले आफूकहाँ कुरआन पुगिसकेपछि पनि यसलाई नकारे, (त्यो पनि हामीबाट लुकेको छैन ।) यो एउटा अधिपत्यशाली किताब हो ।

    [42] जसको नजिकसम्म असत्य पुग्नै सक्दैन न उसको अगाडि़बाट आउनसक्छ र न उसको पछाडिबाट, (यो) अवतरण हो, उसको तर्फबाट जो अत्यन्त तत्वदर्शी र प्रशंसनीय छ

    [43] तपार्इंलाई त्यही मात्र भनिदैछ जुन ती रसूलहरूलाई भनिसकिएको छ, जो तपार्इंभन्दा अगाडि गुज्रिसकेका छन् । निःसन्देह तपार्इंको पालनकर्ता बडो क्षमाशील छ र दुःखद सजाय दिनेवाला पनि छ ।

    [44] र यदि हामीले यस कुरआनलाई गैर अरबी भाषामा अवतरित गरेको भए त उनीहरूले भन्थे कि ‘‘उसका आयातहरू (हाम्रो भाषामा) स्पष्टरूपले किन वर्णन गरिएन ? यो अनौठो कुरा हो कि गैर अरबी किताब छ र रसूल(संदेष्टा) अरबी ?’’ तपार्इं भनिदिनुस् कि यो त ‘‘ती मानिसहरूको निम्ति जसले ईमान ल्याए, मार्गदर्शन र आरोग्य छ, तर जसले ईमान ल्याएका छैनन् उनका कानहरूमा बहिरोपन र बोझ छ (सुन्दैनन्) र त्यो (कुरआन) उनीहरूका निम्ति अन्धोपन (प्रमाणित भइराखेको) छ, उनीहरू यस्ता छन् जसलाई मानौं कुनै टाढा ठाउँबाट पुकारिदैछ ।’’

    [45] हामीले ‘‘मूसा(अलैहिस्सलाम)लाई’’ किताब दियौं, अनि त्यसमा पनि विवाद गरियो । यदि तपार्इंको पालनकर्ताको तर्फबाट अघिदेखि नै निश्चित भइसकेको कुरा नभएको भए उनीहरूको बीचमा अघि नै फैसला गरिहालिन्थ्यो । यिनीहरू त यस (कुरआन) बारे बेचैनीवाला सन्देहमा अल्झिराखेका छन् ।

    [46] जसले असल कर्म गर्नेछ उसले आफ्नो फाइदाको लागि र जसले नराम्रो काम गर्नेछ त त्यसको हानि पनि उसैलाई हुनेछ । तपार्इंको पालनकर्ताले भक्तहरूमाथि अत्याचार गर्दैन ।

    [47] कयामतको ज्ञान उसैतिर फेरिन्छ ! र जुन फल आफ्ना कोषबाट निस्कन्छन् र जुन महिला गर्भवती हुन्छिन् र जुन बच्चा जन्माउँछिन्, उसलाई यी सबैको ज्ञान हुन्छ । र जुनदिन उसले यी मुश्रिकहरूलाई बोलाएर सोध्ने छ, ‘‘कहाँ छन् मेरा साझेदारहरू ?’’ उनीहरूले भन्नेछन् कि ‘‘हामीले त तिमीलाई स्पष्टरूपले भनिसकेका छौं कि हामीमध्ये कोही पनि यसको साक्षी छैन ।’’

    [48] र ज–जसलाई उनीहरूले पूज्ने गर्थे, उनीहरू तिनीहरूको दृष्टिबाट हराइसकेका हुनेछन् । र उनीहरूले बुझिहाल्नेछन् कि उनीहरूको निम्ति कुनै पनि भाग्ने ठाउँ छैन ।

    [49] मानिस भलाई माँग्नुबाट थाक्दैन, तर यदि उसलाई कुनै कष्ट पुग्दछ भने ऊ निराश र उदास भइदिन्छ ।

    [50] र जुन दुःख उसले भोगिसकेको छ, त्यस पश्चात उसलाई यदि हामीले आफ्नो दयालुताको रसास्वादन गराउँछौं भने उसले निश्चय नै भन्दछ कि ‘‘यो त मेरो हक नै हो । म त यो ठान्दिन कि त्यो, कयामत हुनेछ र यदि म आफ्नो रबतिर फर्के तै पनि अवश्य नै उसको पासमा मेरो निम्ति राम्रो पारितोषिक हुनेछ ।’’ निश्चय नै हामीले उनीहरूलाई जसले इन्कार गरे अवश्य बताएर नै छाड्छौं, जे–जति उनीहरूले गरेका छन । र हामीले उनीहरूलाई अवश्य नै कठोर यातनाको स्वाद चखाउने छौं ।

    [51] जब हामीले मानिसमाथि अनुकम्पा गर्छौं, तब उसले मुख फेरिदिन्छ र टाढिँदै जान्छ । तर जब उसलाई कष्ट पुग्दछ, तब उसले लामो–लामो प्रार्थना गर्नथाल्छ ।

    [52] भनिदिनुस् कि तिमीले यो बताऊ, कि यदि यो कुरआन अल्लाहको तर्फबाट आएको छ र तिमीले उसको इन्कार गर्यौ भने त्यसभन्दा बढि बहकिएको अरु को हुनेछ, जो विरोधमा धेरै टाढा गइसकेको होस् ?’’

    [53] शीघ्र नै हामीले उनीहरूलाई आफ्ना निशानीहरू दुनियामा देखाउने छौं र स्वयम् उनीहरूको आफैभित्र पनि, यहाँसम्म कि उनीहरूलाई स्पष्ट भइहाल्नेछ कि त्यो (कुरआन) सत्य छ । के तपाईको पालनाकर्ता यस दृष्टिले पर्याप्त छैन कि त्यो हरेक कुराको जानकार छ ।

    [54] यकीन जान कि यिनीहरू आफ्नो पालनकर्तासँगको साक्षातकारको बारेमा सन्देहमा परेका छन् । जानिराख, कि अल्लाह हरेक कुरालाई आफ्नो घेरामा लिएको छ ।

    Surah 42
    अश–शूरा

    [1] हा.मीम

    [2] ऐन. सीन्. काफ

    [3] अधिपत्यशाली र तत्वदर्शी अल्लाह तिमीतिर र तिमीभन्दा पहिलाका मानिसहरूतिर यसै प्रकार वह्य अवतरण गर्दै गरेको छ ।

    [4] आकाशहरू र धरतीमा जे–जति छ उसैको हो र ऊ सर्वोच्च, महिमावान छ ।

    [5] लाग्छ कि आकाश स्वयं माथिबाट च्यातिहाल्छ । सबै फरिश्ताहरू आफ्नो पालनकर्ताको पवित्रताको प्रंशसामा उसको गुणगान गरिरहन्छन्, र जुन मानिसहरू धरतीमा छन्, उनीहरूका निम्ति क्षमायाचना गरिरहन्छन् । बुझिराख ! कि अल्लाह नै ठूलो क्षमाशील र अत्यन्त दयावान छ ।

    [6] र जुन मानिसहरूले उसको अतिरिक्त अरुलाई आफ्नो अर्को संरक्षक बनाएका छन्, अल्लाहलाई थाहा छ । तपाई माथि तिनीहरूको कुनै जिम्मेवारी छैन ।

    [7] त्यस्तै प्रकारले हामीले तपाईतिर अरबी कुरआन पठाएका छौं, ताकी तपाईले मक्काका बासिन्दाहरूलाई र यसको वरिपरि बस्नेहरूलाई खबरदार गर्नुस् र उनीहरूलाई कियामतको दिनको बारेमा पनि भय देखाउनुस्, जसमा कुनै शंका छैन । त्यसदिन एउटा समूह स्वर्गमा हुनेछ र एक समूह नर्कमा हुनेछ ।

    [8] यदि अल्लाहले चाहेको भए त उनीहरू सबैलाई एउटै समुदायको बनाउँथ्यो, तर उसले जसलाई चाहन्छ आफ्नो दयालुताभित्र प्रवेश गराउँछ । अत्याचारीहरूको, नत कोही मित्र छ न सहायक ।

    [9] के उनीहरूले अल्लाह बाहेक अरुलाई आफ्नो संरक्षक बनाएका छन् । संरक्षक त अल्लाह नै हो । र उसैले मृतहरूलाई जीवित गर्नेछ र उसलाई प्रत्येक कुराको सामथ्र्य छ ।

    [10] र जुन कुरामा तिमीले विवाद गरेका छौ त्यसको फैसला अल्लाहको जिम्मामा छ । उही अल्लाह मेरो पालनाकर्ता हो, उसैमाथि मैले भरोसा गरेको छु र उसैतिर म झुक्दछु ।

    [11] ऊ आकाशहरू र धरतीको स्रष्टा हो । उसले तिम्रो निम्ति तिम्रै सहजातिबाट जोडी बनायो र चौपायाहरूको जोडी पनि । यस्तै तरिकाले तिमीलाई यहाँ फैलाइरहेको छ । ऊ जस्तो कुनै कुरा छैन, र ऊ सुन्दछ र जान्दछ ।

    [12] आकाशहरू र धरतीका साँचोहरू उसैको हातमा छन् । उसले जसको निम्ति चाहन्छ, जीविका फराकिलो पार्दछ र संकुचित गरिदिन्छ । निःसन्देह उसले हरेक कुरो जान्दछ ।

    [13] अल्लाहले तिम्रो निम्ति त्यही दीन (धर्म) निश्चित गर्यो, जसलाई अपनाउन नूह (अलैहिस्सलाम) लाई आदेश गरेको थियो ।’’ र जसलाई (हे मुहम्मद !) हामीले तपाईतिर वह्यको माध्यमले पठाएका छौं र जसको बारेमा ‘‘इब्राहीम(अलैहिस्सलाम)’’ र ‘‘मूसा(अलैहिस्सलाम) र’’, ‘‘ईसा (अलैहिस्सलाम) लाई’’ पनि आदेश दिएका थियौं, ‘‘कि यस दीनलाई कायम राख्नु र उसको विषयमा विभाजित नहुनु ।’’ जुन कुरोतिर तपाईले बहुदेववादीहरूलाई बोलाउँनु हुन्छ, त्यो त उनीहरूलाई अप्रिय छ । अल्लाहले जसलाई चाहन्छ आफूतिर रोजेर लिन्छ र आफूतिरको मार्ग उसैलाई देखाउँछ जो ऊतिर प्रवृत्त हुन्छ ।

    [14] उनीहरूले त परस्पर एक–एर्कामाथि बढ्ता हुने उद्देश्यले विवाद गरे जबकि उनको पासमा ज्ञान आइसकेको थियो । र यदि तपाईको पालनकर्ताको तर्फबाट एउटा निश्चित अवधिसम्मको निम्ति समय पहिला निर्धारित नभइसकेको भए, उनीहरूको बीचमा निर्णय गरिदिइनेथियो । तर जुन मानिसहरू उनीहरू पश्चात किताबको उत्तराधिकारी भए, उनीहरू उसको बारेमा शंकमा अल्झिएका छन् ।

    [15] तसर्थ (हे मुहम्मद !) उसैतर्फ मानिसहरूलाई बोलाइरहनुस् र जे तपाईलाई आदेश भएको छ, त्यसैमा दृढताको साथ स्थिर रहनुस्, र उनीहरूको इच्छा अनुरूप नहिड्नुस् र भनिदिनुस् कि ‘‘जति किताब अल्लाहले अवतरित गर्यो, मेरो तिनमाथि ईमान छ र मलाई आदेश छ कि तिमीमा इन्साफ गरूँ । अल्लाह नै हाम्रो र तिम्रो, पालनकर्ता हो । हामीलाई हाम्रा, र तिम्रा कर्महरू तिम्रालागि नै हुन्! हामी र तिमीमा कुनै झै–झगडा छैन । अल्लाहले हामी सबैलाई एकत्रित गर्नेछ, र उसैतिर फर्केर जानुपर्नेछ ।’’

    [16] र जुन मानिसहरूले अल्लाहको कुरामा विवाद उठाउँछन् यस पश्चात जबकि उसलाई (मोमिनहरूले) मानिहालेका छन्, उनीहरूको पालनकर्ताछेउ उनीहरूको झगडा तुच्छ छ, र उनीमाथि प्रकोप छ, र उनीहरूको निम्ति भयङ्कर यातना छ ।

    [17] अल्लाहले नै सत्यको साथ किताब अवतरित गर्यो र तराजू पनि, र तपाईलाई के थाहा कदाचित् कयामतको समय नजिक आइपुगेको होस् ।

    [18] जुन मानिसहरूले यसमा विश्वास गर्दैनन्, उनीहरूले यसको निम्ति हतार गरिरहेका छन्, र जो मोमिन छन्, उनीहरू यसबाट डर मान्छन् र जान्दछन् कि त्यो सत्य छ । हेर जुन मानिसहरूले कयामतको बारेमा विवाद गर्दैछन्, उनीहरू साह्रै नै मार्गविचलनमा छन् ।

    [19] अल्लाह आफ्नो भक्तहरूमाथि धेरै दयावान छ, त्यसले जसलाई चाहन्छ धेरै जीविका प्रदान गर्दछ । र त्यो धेरै शक्तिमान (र) अधिपत्यशाली छ ।

    [20] जसको नीयत परलोकको खेतीको छ, हामीले उसको लागि त्यसको खेतीमा वृद्धि प्रदान गर्नेछौं र जसले दुनियाँको खेती चाहन्छ, हामीले त्यसमध्येबाटै उसलाई केही दिइहाल्छौं तर आखिरतमा उसको कुनै भाग हुँदैन ।

    [21] के उनीहरूले यस्तो अल्लाहको साझेदार बनाएका छन् । जसले उनीहरूको लागि यस्तो धर्म निर्धारित गरिदिएका छन्, जसबारे अल्लाहले आदेश दिएन ? यदि फैसला (को दिन) को वचन नभएको भए, उनीहरूमा फैसला गरिदिइन्थ्यो । निश्चय नै अपराधीहरूको निम्ति दुःखद यातना छ ।

    [22] तपाईले हेर्नुहुनेछ कि यी अत्याचारीहरूले आफ्नो कर्मबाट तर्सिराखेका हुनेछन्, जसको दुष्परिणाम उनीहरूमाथि आइपर्नेछ । तर जसले ईमान ल्याए र असल कर्म गरे, उनीहरू स्वर्गका वाटिकाहरूमा हुनेछन्, उनीहरूको निम्ति उनीहरूको पालनकर्ताको पासमा, ती सबै कुरा छन्, जसको कि उनीहहरूले इच्छा गर्नेछन् । यही त बडो उदार अनुग्रह हो ।

    [23] त्यही शुभसूचना अल्लाहले आफ्ना सेवकहरूलाई दिन्छ । जसले ईमान ल्याए र असल कर्म गरे । भनिदिनुस् कि ‘‘म उसको तिमीसित कुनै पारिश्रमिक माग्दिन, मात्र निकटताको प्रेमभाव चाहन्छु । जसले कुनै नेकी गदर्छ, हामीले उसको निम्ति उसको नेकीमा वृद्धि गर्नेछौं । निश्चय नै अल्लाह अत्यन्त क्षमाशील र ठूलो गुणग्राहक हो ।’’

    [24] के यिनीहरूले भन्दछन्ः (कि पैगम्बरले) अल्लाहबारे मित्थ्यारोपण गरेको छ ?’’ यदि अल्लाहले चाहन्छ भने (हे मुहम्मद) तपाईको हृदयमा छाप लगाइदिन्छ । र अल्लाहले आफ्नो वाणीबाट असत्यलाई मिटाइराखेको छ, र आफ्नो कुराबाट सत्यलाई प्रमाणित गरेकोछ । निःसन्देह उसले छातीभित्रको कुराहरू पनि जान्दछ ।

    [25] उही हो जसले आफ्ना सेवकहरूको प्रायश्चित स्वीकार गर्दछ र उनीहरूको पापहरू क्षमा गर्दछ, र तिमीले जे गर्दछौ सबै जान्दछ ।

    [26] ईमानवालाहरू र असल कर्म गर्नेहरूको प्रार्थना सुन्दछ र तिनीहरूलाई आफ्नो उदार अनुग्रहबाट अधिक प्रदान गर्दछ । र जो काफिर छन्, उनीहरूको लागि कडा यातना छ ।

    [27] यदि अल्लाहले आफ्ना सबै सेवकहरूको निम्ति जीविका फराकिलो गरिदिएको भए, उनीहरू धरतीमा उपद्रव गर्न थाल्थे । तर उसले एउटा अनुमानको साथ जे चाहन्छ अवतरित गर्दछ । ऊ आफ्ना सेवकहरूलाई पूर्णरूपले जान्दछ र देख्दछ ।

    [28] र उही हो जसले मानिसहरू निराश भएपछि, पानी वर्षाउँछ, र आफ्नो दयालुतालाई व्यापक पार्दछ । र उही हो संरक्षक मित्र, प्रंशसनीय ।

    [29] र उसका निशानीहरूमध्ये आकाशहरू र धरतीको सृष्टि गर्नु, र ती जीवधारी पनि जुन कि उसले ती दुवैमा फिजाइराखेको छ । र उसले जतिखेर चाहोस् उनीहरूलाई एकत्रित गर्ने सामथ्र्य पनि राख्दछ ।

    [30] र जुन कष्ट पनि तिमीलाई पुग्दछ, त्यो तिम्रो आफ्नै हातको कमाइ नै हो र उसले धेरै (पापहरू) माफ गरिदिन्छ ।

    [31] र तिमीले धरतीमा नियन्त्रणबाट उम्कन सक्तैनौ, र अल्लाह बाहेक तिम्रो न कोही मित्र छ न सहायक ।

    [32] र उसको निशानीहरूमध्ये पहाड जस्तै पानीजहाजहरू पनि हुन् जुन कि समुन्द्रमा चलिराखेका हुन्छन् ।

    [33] यदि उसको इच्छा हुन्छ भने उसले हावालाई गतिहीन बनाइदिन्छ । अनि ति जहाजहरू समुन्द्रको पानीमा स्थिर भइहाल्छन् । सबै धैर्यवान र कृतज्ञहरूको लागि यसमा अनेकौं निशानीहरू छन् ।

    [34] वा उनीहरूलाई उनीहरूको कर्मको कारण नष्ट गरिदेओस् र धेरै जसोलाई क्षमा पनि गरिदेओस् ।

    [35] र परिणामतः उनीहरूले जानिराखुन्, जसले हाम्रो आयतहरूमा विवाद गर्दछन् कि उनीहरूको निम्ति कुनै भाग्ने ठाउँ छैन ।

    [36] तिमीलाई जे कुरा दिइएको छ त्यो सांसरिक जीवनको अस्थायी सुख सामग्री हो । तर जे–जति अल्लाहको पासमा छ त्यो धेरै उत्तम छ र स्थाई रहनेवाला पनि, (त्यो) उनीहरूको लागि हो जसले ईमान ल्याए र आफ्नो पालनकर्तामाथि मात्र भरोसा गर्दछन् ।

    [37] जो ठूला–ठूला गुनाहहरू र निर्लज्जताबाट पन्छिन्छन् र जब उनीहरूलाई रिस उठ्दछ त्यस बेला पनि माफ गरिहाल्छन् ।

    [38] र जसले आफ्नो पालनकर्ताको आदेश मान्दछन् र नमाज पढ्दछन् ? र उनीहरूको प्रत्येक काम आपसी सल्लाहबाट हुन्छन् ? र जे–जति हामीले उनीहरूलाई दिएका छौं त्यसबाट खर्च गर्दछन्

    [39] र जब उनीहरूमाथि अन्याय हुन्छ तब उनीहरूले बदला मात्र लिन्छन् ।

    [40] र नराम्रोको बदला उसजस्तो नराम्रो हो, तर जसले क्षमा गरिदिन्छ र सुधार गर्दछ त त्यसको पुरस्कार अल्लाहको जिम्मामा छ । निश्चय नै अल्लाहले अत्याचारीहरूलाई रुचाउँदैन ।

    [41] र यदि कसैले आफूमाथि भएको अत्याचारपछि बराबरको बदला लिन्छ भने त्यस्ता मानिसहरूमाथि कुनै दोष हुँदैन ।

    [42] दोषारोपण त मात्र उनीहरूमाथि हुन्छ जो अरु मानिसहरूमाथि अत्याचार गर्दछन् र धरतीमा नाहक फसाद गर्दछन् । यस्ता मानिसहरूको निम्ति दुःखद यातना छ ।

    [43] र जसले संतोष गर्दछ र क्षमा गरिदिन्छ भने यो निश्चितरूपले ठूलो साहसको कामहरूमध्ये हो ।

    [44] र जुन व्यक्तिलाई अल्लाहले मार्गविचलित गर्दछ यस पश्चात उसको कोही सहयोगी हुँदैन । र तिमीले अत्याचारीहरूलाई देख्नेछौ कि जब उनीहरूले यातना देख्नेछन् त भन्नेछन् कि ‘‘के फिर्ता जाने कुनै मार्ग छ ?’’

    [45] र तिमीले उनीहरूलाई देख्नेछौ कि तिनीहरू (नर्कको) सामु ल्याइनेछन्, अपमानका कारण थिचिएका हुनेछन् । र छड्के आँखाले हेरिराखेका हुनेछन् । ईमानवालाहरूले त्यसबेला भन्नेछन् कि निश्चय नै वास्तविक हानिमा पर्नेवाला तिनै हुन् जसले कयामतको दिन स्वयं आफूलाई र आफ्ना मानिसहरूलाई घाटामा पारिदिए ।’’ विश्वास गर ! निश्चय नै अत्याचारीहरू स्थिर रहनेवाला यातनामा छन् ।

    [46] र अल्लाह बाहेक उनीहरूको कोही मित्र हुनेछैन, जसले अल्लाहबाट अलग उनीहरूको सहायता गर्न सकुन् । र जसलाई अल्लाहले पथविचलित गरिदिन्छ, उसको लागि कुनै मार्ग हुँदैन ।

    [47] आफ्नो पालानकर्ताको आदेश मानिहाल यसभन्दा पहिले कि अल्लाहको तर्फबाट त्यो दिन आओस् जो फर्कदैन । त्यसदिन तिम्रो निम्ति न कुनै शरणस्थल हुनेछ र न तिमीले लुकेर इन्कार गर्न सक्नेछौ ।

    [48] यदि उनीहरू विमुख हुन्छन् भने हामीले तपाईलाई उनीहरूको निम्ति कुनै संरक्षक बनाएर पठाएका छैनौं । तपाईमाथि त मात्र (सन्देश)पुर्याइदिने जिम्मेवारी छ । र जब हामीले मानिसलाई आफ्नो दयालुताको रसास्वादन गराउँछौ त त्यसबाट ऊ मग्न भइहाल्दछ, र यदि उनीहरूलाई उनीहरूकै कर्महरूको कारणले कुनै कष्ट पुग्दछ त निश्चय नै त्यही मानिस बडो कृतघ्न बनिहाल्छन् ।

    [49] सम्पूर्ण आकाश र पृथ्वीको सत्ता अल्लाहकै लागि हो । उसले जे चाहन्छ सृष्टि गर्दछ, जसलाई चाहन्छ, पुत्रीहरू प्रदान गर्दछ र जसलाई चाहन्छ, छोराहरू प्रदान गर्दछ ।

    [50] वा उनीलाई दुबै छोरा र छोरी प्रदान गर्दछ र जसलाई चाहन्छ, निःसन्तान गरिदिन्छ । निश्चय नै ऊ सर्वज्ञ ठूलो सामथ्र्यवान छ ।

    [51] कुनै मानिसलाई सम्भव छैन कि ऊ अल्लाहसित कुरा गरोस्, परन्तु वह्य मार्फत वा पर्दा पछाडि़बाट, वा उसको लागि कुनै फरिश्ता पठाओस्, अनि फरिश्ताले अल्लाहको अज्ञाबाट जे चाहन्छ प्रकाशना गर्दछ । निश्चय नै ऊ सर्वोच्च अत्यन्त तत्वदर्शी छ ।

    [52] र यसै प्रकार हामीले आफ्नो आदेशले तपाईतिर रूह (कुरआन) उतारेका छौं । (जबकि) तपाईलाई यस अघि थाहा थिएन कि ‘‘किताब’’ र ईमान के हुन्? तर हामीले त्यस (कुरआन) लाई एउटा प्रकाश बनायौं, जसद्वारा हामीले आफ्ना सेवकहरूमध्ये जसलाई चाहन्छौं मार्ग देखाउँछौं । निश्चय नै तपाईले एउटा सोझो मार्गतिर पथप्रदर्शन गरिराख्नु भएको छ ।

    [53] उस अल्लाहको मार्गको जो आकाशहरू र धरतीमा सबै कुराको स्वामी हो । सावधान रहनु सबै काम अल्लाहतिरै प्रवृत्त हुनेछन् ।

    Surah 43
    अज–जुखरूफ

    [1] हा. मीम

    [2] र स्पष्ट किताबको कसम ।

    [3] हामीले यसलाई अरबी भाषाको कुरआन बनायौं ताकि तिमीहरू बुझ्नसक ।

    [4] र निश्चय नै यो लौहे महफूजमा अङ्कित छ, र हाम्रो पासमा धेरै उच्चकोटिको, तत्वदर्शीताले परिपूर्ण छ ।

    [5] के यस कारणले कि तिमी उल्लंघनकारी हौ, हामीले तिमीलाई उपदेश गर्न छाडिदिन्छौं ।

    [6] हामीले पहिलाका मानसिहरूमा पनि कैयन् पैगम्बरहरू पठाएका थियौं ।

    [7] जो रसूल उनीहरूको पासमा आए, उनीहरूले उसको उपहास नै गर्दथे ।

    [8] अन्ततः हामीले तिनीहरूलाई समातेर नष्ट गरिदियौं जुन उनीहरूभन्दा धेरै शक्तिशाली थिए र पहिलाका मानिसहरूको उदाहरण गुज्रिसकेको छ ।

    [9] यदि तपाईले उनीहरूसित सोध्नुहुन्छ कि ‘‘आकाशहरू र धरतीलाई कसले सृष्टि गर्यो ?’’ त उनीहरूले अवश्य नै भन्नेछन्ः कि ‘‘तिनीहरूलाई अत्यन्त अधिपत्यशाली, सर्वज्ञाता (अल्लाह)ले सृष्टि गरेको छ ।’’

    [10] उही हो जसले तिम्रो निम्ति धरतीलाई ओछ्यान बनायो र त्यसमा तिम्रो निम्ति मार्गहरू बनायो ताकि तिमीले बाटो पाउन सक ।

    [11] उसैले आकाशबाट एउटा अनुमान अनुसार पानी झार्यो, र हामीले उसद्वारा मृत शहरलाई जीवित पार्यौं । यसै प्रकार तिमीहरू पनि निकालिने छौ ।

    [12] जसले विभिन्न कुराहरूका जोडाहरू बनायो र तिम्रो निम्ति ती डुङ्गाहरू र जनावर बनायो जसमाथि तिमी सवारी गर्दछौ ।

    [13] ताकि तिमी उनीहरूको पिठ्युँमा दृढ भई बस्न सक, अनि यादगर आफ्नो पालनकर्ताको अनुकम्पालाई, जब तिमी उनीहरूमाथि राम्रो सँग बसिहाल्छौ र सतुति गरः ‘‘महिमावान छ त्यो जसले यसलाई हाम्रो वशमा गरिदियो, अन्यथा हामीले त यसलाई नियन्त्रणमा गर्नसक्ने थिएनौं ।’’

    [14] र निश्चित छ हामी आफ्नो पालनकर्तातिर फर्केर जानेवाला छौं ।’’

    [15] र उनीहरूले उसका दासहरूमध्येबाट केहीलाई उसको अंश (सन्तान) निर्धारित गरे । निश्चय नै मनुष्य खुलारूपमा कृतध्न छ ।

    [16] के उसले आफ्नो सृष्टिमध्येबाट आफ्नो निम्ति छोरीहरू रोज्यो, र तिमीलाई छोराहरू प्रदान गर्यो ।

    [17] जब उनीहरूमध्ये कसैलाई त्यस कुराको सूचना दिइन्छ, जसको उदाहरण उसले अल्लाहको निम्ति वर्णन गरेको छ, तब उसको अनुहार कालो भइहाल्छ र शोकशोकालु भइहाल्छ ।

    [18] के (अल्लाहका सन्तान छोरीहरू छन्) जो आभूषणमा पालिन्छ र जसले वादविवाद र झगडामा आफ्ना कुरा स्पष्ट गर्न सक्दैन

    [19] र उनीहरूले फरिश्ताहरूलाई, जो कि अल्लाहका भक्त हुन्, स्त्री ठानिहाले । के उनीहरूको जन्मेको समयमा यिनी उपस्थित थिए ? उनीहरूको यो गवाही लेखिनेछ र यस कुराबारे उनीहरूसित सोधपूछ गरिनेछ ।

    [20] र भन्दछन्ः कि ‘‘यदि अल्लाहले चाहेको भए, हामीहरूले उनीहरूलाई पूज्दैनथ्यौं ।’’ उनीहरूलाई यसको केही ज्ञान छैन, उनीहरू त मात्र अटकलबाजी गरिराखेका छन् ।

    [21] ‘‘के हामीले उनीहरूलाई यसभन्दा अगाडि कुनै किताब दिएका थियौं, जसलाई यिनीहरूले दृढतापूर्वक समातेका छन् ।

    [22] होइन बरु यिनीहरू त भन्दछन् कि ‘‘हामीले आफ्ना बबुबाजेलाई एउटा धर्मको मार्गमा पाएका छौं । र हामी उनैका पदचिन्हमा हिंडिराखेका छौं ।’’

    [23] र यसै प्रकार हामी जुनसुकै बस्तीमा यसभन्दा पहिला कुनै सावधान गर्नेवाला पठायौं त त्यहाँका सम्पन्न मानिसहरूले मात्र यहि भनेः कि ‘‘हामीले आफ्ना बाबुबाजेलाई एउटा धार्मिक मार्गमा पाएका छौं र हामीले उनैका पदचिन्हमा उनीहरूको अनुशरण गर्नेछौं ।’’

    [24] (पैगम्बरले) भने पनि कि ‘‘के यदि म त्यसभन्दा उत्तम (लक्ष्यसम्म पुग्ने) मार्गदर्शन लिएर आएको छु, जसमा तिमीले आफ्नो बाबुबाजेलाई पाएका छौं तैपनि ? उनीहरूले भन्न थालेः कि ‘‘जुन तिमीलाई दिएर पठाइएको छ हामीले त्यसको इन्कारी छौं ।’’

    [25] अनि हामीले उनीसित बदला लियौं । त हेरिहाल कि झूठा भन्नेहरूको परिणाम कस्तो भयो

    [26] जब इब्राहीम(अलैहिस्सलाम)ले आफ्नो पिता र आफ्नो जातिबन्धुसित भनेः कि ‘‘तिमीले जसलाई पूज्दछौ, उनीहरूसित मेरो कुनै सरोकार छैन

    [27] हो, जसले मलाई सृष्टि गरेको छ, त्यसले मलाई सोझो बाटो पनि देखाउनेछ ।’’

    [28] र (इब्राहीम) यही कुरा आफ्ना सन्ततिमा छोडेर गए, ताकि उनीहरू शिर्क नगरुन् ।

    [29] बरु मैले यिनीहरू र यिनीहरूको पूर्वजलाई साँसारिक जीवनको सुख प्रदान गरिराखें, यहाँसम्म कि उनीहरूको पासमा सत्य र स्पष्टरूपले व्याख्या गर्ने रसूल (सन्देष्टा) आइपुग्यो ।

    [30] र जब उनीहरूको पासमा सत्य आयो त भन्नथालेः कि ‘‘यो त जादू हो । र हामीले यसलाई मान्दैनौं ।’’

    [31] र भन्न थालेः कि ‘‘यो कुरआन यी दुवै बस्तीहरूमध्ये कुनै ठूलो मानिसमाथि किन अवतरित गरिएन ?’’

    [32] के उनीहरूले तपाईको पालनकर्ताको दयालुतालाई विभाजित गर्दछन् ? सांसारिक जीवनमा उनीहरूको जीवनयापनको साधन हामीले नै उनीहरूको बीचमा बाँडेका छौं, र हामीले उनीहरूमध्ये केही मानिसहरूलाई केही अन्य मानिसहरूभन्दा श्रेणीहरूको दृष्टिले उच्च राखेका छौं, ताकि उनीहरूले एक–अर्काको मातहतमा रहुन् । र तपाईको पालनकर्ताको दयालुता त्यसभन्दा धेरै उत्तम छ जसलाई उनीहरूले समेटिराखेका छन् ।

    [33] र यदि यस कुराको सम्भावना नभएको भए कि सबै मानिसहरू एउटै समुदाय भइहाल्नेछन्, त जुन मानिसहरूले अल्लाहको इन्कार गर्दछन् हामीले उनीहरूको घरका छतहरू चाँदीको बनाइदिन्थ्यौं र सीढ़ीहरूलाई पनि जसबाट उनीहरू चढ्छन् ।

    [34] र उनीहरूको घरका ढोकाहरू र ती तख्ताहरू पनि जसमाथि उनीहरू ताकिया लगाएर बस्दछन् ।

    [35] र सुनद्वारा पनि, यो सब मात्र सांसारिक जीवनको अस्थायी सुख सामग्री हुन् र परलोक त तपाईको पालनकर्ताकहाँ संयमीहरूको निम्ति हो ।

    [36] र जुन मानिस अल्लाहको स्मरणबाट आँखा चिम्लन्छ, हामीले उसको निम्ति एउटा शैतान नियुक्त गरिदिन्छौं, अनि उही उसको साथी हुन्छ ।

    [37] र यिनिहरूले उनलाई मार्गबाट रोक्छन् र उनीहरूले ठान्दछन् कि सही मार्गमा छन् ।

    [38] यहाँसम्म कि जब ऊ हाम्रो पासमा आउनेछ तब भन्नेछ कि ‘‘काश ! तिम्रो र मेरोबीच पूर्व र पश्चिमको दूरी भएको भए ! तिमी धेरै नराम्रो साथी हौ ।’’

    [39] र जब तिमी अत्याचारी ठह्रियौ त आज यो कुराले तिमीलाई कुनै लाभ पुर्याउन सक्नेछैन कि यातनामा तिमी एक–अर्काको साझेदार हौ ।

    [40] के तिमीले बहिरालाई सुनाउन सक्दछौ वा अन्धालाई र जो स्पष्ट मार्गविचलनमा छ, उनलाई बाटो देखाउन सक्दछौ

    [41] अनि यदि हामीले तिमीलाई यहाँबाट उठाई पनि हाल्यौं तैपनि हामीले उनीसित बदला लिएर नै छाड्नेछौं ।

    [42] वा हामीले तिमीलाई त्यो चीज देखाउनेछौं । जसको हामीले उनीसित वाचा गरेका छौं । हामीलाई उनीहरूमाथि पूरा सामथ्र्य छ ।

    [43] जुन वह्य तपाईतिर पठाइएको छ त्यसलाई बलियो गरी समातिराख्नुस् । निश्चय नै तपाई सोझो मार्गमा हुनुहुन्छ ।

    [44] निश्चय नै त्यो आफैमा तपाईको निम्ति र तिम्रो कौमको लागि उपदेश हो । र शीघ्र नै तिमी सबैसित सोधिनेछ ।

    [45] र (हे मुहम्मद !) जुन संदेष्टाहरू हामीले तपाईभन्दा पहिला पठाएका थियौं उनको बारेमा सोध्नुस् कि के हामीले अल्लाह बाहेक पनि कोही पूजनीय निर्धारित गरेका थियौं, जसको उपासना गरियोस्

    [46] र हामीले ‘‘मूसा (अलैहिस्सलाम) लाई’’ आफ्ना निशानीहरू दिएर ‘‘फिरऔन’’ र उसका दरबारीयाहरूतिर पठायौं, ‘‘त (मूसा गएर) भने म समस्त दुनियाँको पालनकर्ताको रसूल हूँ ।’’

    [47] जब उनी तिनीहरूको पासमा हाम्रा निशानीहरू लिएर आए त उनीहरू निशानीहरूको उपहास गर्न थाले ।

    [48] र हामीले उनीहरूलाई जुन निशानी पनि देखाउन्थ्यौं, त्यो पहिलो निशानीभन्दा ठूलो हुन्थ्यो, र हामीले उनलाई यातनामा समातिहाल्यौं ताकि तिनीहरू (इन्कारबाट) फर्कुन् ।

    [49] र उनीहरूले भन्न थाले कि ‘‘हे जादूगर ! त्यो वचन जुन उसले हाम्रो निम्ति तिमीसित गरेको छ, त्यसको लागि आफ्नो पालनकर्तासित प्रार्थना गर । विश्वास गर हामी सोझो मार्गमा लाग्नेछौं ।’’

    [50] अनि जब हामीले उनीहरूबाट त्यो यातना हटाइदियौं त उनीहरूले त्यसै बखत आफ्नो प्रतिज्ञा तोडिदिए ।

    [51] र फिरऔनले आफ्नो कौमको माझमा झ्याली पिटायो र भन्योः कि ‘‘हे मेरा कौमका मानिसहरू ! के मिश्रको राज्य मेरो होइन ? र यी नहरहरू जो मेरो महलहरूमुनि बगिराखेका छन् ? के तिमीले देख्दैनौ

    [52] बरु म त्यो व्यक्ति जसको कुनै इज्जत छैन र स्पष्ट बोल्न पनि सक्दैन उसभन्दा राम्रो छु ।’’

    [53] अच्छा उसमाथि सुनका कङ्गन किन आएनन् वा फरिश्ताहरू नै एकत्रित भएर उसको साथमा आउँथे

    [54] उसले आफ्नो कौमका मानिसहरूलाई मूर्ख बनायो, र उनीहरूले उसकै कुरा मानिहाले । निश्चय नै उनीहरू अवज्ञाकारी मानिसहरू थिए ।

    [55] फेरि जब उनीहरूले हामीलाई क्रोध दिलाए त हामीले उनीहरूसित बदला लियौं र हामीले ती सबैलाई डुबाइदियौं ।

    [56] अतः हामीले उनीहरूलाई बितिसकेका गरिदियौं र पछि आउनेहरूको निम्ति शिक्षाप्रद उदाहरण बनाइदियौं ।

    [57] र जब मरियमको छोराको उदाहरण दिइयो, त हेर, त्यसबाट तिम्रो कौमका मानिसहरू (खुशीबाट) चिच्याउन थाले ।

    [58] र उनीहरूले भन्नथालेः कि हाम्रा उपास्यहरू राम्रा छन् वा उनी (मसीह) ? उनीहरूले यो कुरा तिमीसित झगडाको निम्ति भने, बरु उनीहरू त झगडा गर्ने खालकै मानिसहरू हुन् ।

    [59] उनी (ईसा, मसीह) त यस्ता मानिस नै थिए, जसमाथि हामीले अनुकम्पा गर्यौं र उनलाई हामीले इस्राईलको सन्ततिको निम्ति एउटा आदर्श बनायौं ।

    [60] यदि हामीले चाहेको भए तिमीहरूको सट्टा फरिश्ताहरू सृष्टि गरिदिन्थ्यौं, जो धरतीमा उत्तराधिकारी हुन्थे ।

    [61] निःसन्देह उनी (ईसा मसीह) कियामतका निशानी हुन् । तसर्थ तिमीहरू कियामतमाथि शंका नगर र मेरो कुरा मान । यही सोझो बाटो हो ।

    [62] र शैतानले तिमीलाई रोकी नदेओस् त्यो त तिम्रो खुल्लारूपमा शत्रु हो ।

    [63] र जब ‘‘ईसा(अलैहिस्सलाम)ले’’ चमत्कारहरू लिएर आए तब उनले भनेः ‘‘म तिम्रो पासमा तत्वदर्शिता लिएर आएको छु र केही यस्ता कुराहरू तिमीहरूलाई स्पष्ट गरिदिऊँ जसमा तिमीले मतभेद गर्दछौ यसर्थ तिमी अल्लाहसंग डर र मेरो कुरा मान ।

    [64] अतः अल्लाह नै मेरो र तिम्रो पालनकर्ता हो, तसर्थ तिमीसबै उसैको उपसना गर । यही सोझो बाटो हो ।’’

    [65] फेरि इस्राईलका सन्ततिहरूमध्येका धेरै समूहरूले आपसमा विवाद गरे । तसर्थ बर्बादी छ, एउटा दुःखद दिनको यातनाबाट, ती मानिसहरूको निम्ति जसले अत्याचार गरे ।

    [66] यिनीहरू मात्र यस कुराको प्रतीक्षामा छन् कि कियामत उनीहरूमाथि अचानक (एक्कासी) आइपरोस् र उनीहरूलाई थाहासम्म नहोस् ।

    [67] त्यस दिन घनिष्ट मित्रहरू पनि एक अर्काको शत्रु बन्न पुग्नेछन्, मात्र संयमीहरू बाहेक ।

    [68] ‘‘हे मेरो भक्तहरू ! आज न तिमीलाई कुनै भय वा हैरानी छ र न तिमी शोकाकुल हुनछौ ।’’

    [69] जुन मानिसहरूले हाम्रा आयतहरूमाथि ईमान ल्याए र उनी (आज्ञाकारी) मुस्लिम थिए ।

    [70] ‘‘तिमी र तिम्रा पत्नीहरू हर्षितरूपले स्वर्गमा प्रवेश गरिहाल ।’’

    [71] उनीहरूको चारैतिर सुनका तश्तरीहरू र प्यालाहरू गुज्रनेछन् र त्यहाँ ती सबै कुरा हुनेछन् जो मन र आँखालाई रुच्छन् र आनन्दित गर्दछन् । ‘‘तिमी त्यसमा सदैव रहनेछौ ।’’

    [72] र यो उही स्वर्ग हो, जसको तिमी उत्तराधिकारी बनाइएका छौ, तिम्रा कर्महरूको बदलामा ।

    [73] यहाँ तिम्रो लागि धेरै प्रकारका स्वादिष्ट फलहरू छन् जुन तिमीले खाइरहने छौ ।’’

    [74] निःसंदेह पापीहरू सधैं नर्कको यातनामा रहनेछन् ।

    [75] त्यो यातना उनीहरूमाथि कहिल्यै पनि हल्का हुनेछैन्, र उनीहरू त्यसैमा निराश परिरहनेछन् ।

    [76] र हामीले उनीमाथि अत्याचार गरेनौं, उनीहरू त स्वयं अत्याचारी थिए ।

    [77] उनीहरूले चिच्याई–चिच्याई भन्ने छन्ः कि ‘‘हे मालिक ! तिम्रो पालनकर्ता हामीलाई मृत्यु देओस् ।’’ उसले भन्नेछ ‘‘तिमी सधैं यसैमा रहनेछौ ।’’

    [78] हामीले त तिम्रो पासमा सत्य लिएर आयौं, किन्तु तिमीमध्ये धेरै मानिसहरूले सत्यसँग घृणा गर्दथे

    [79] के उनीहरूले कुनै कुराको दृढ प्रतिज्ञा गरिसकेका छन् ? त हामीले पनि निश्चय गरिनेवाला छौं ।

    [80] के उनीहरूले ठान्दछन् कि हामीले उनीहरूका गोप्य कुरा र उनीहरूका कानेखुसीलाई सुन्दैनौं ? निश्चितरूपले हो, यो सबै हामी सुन्दछौं र हामीले पठाएको फरिश्ताहरू उनीहरूको पासमा सबै कुराहरू लेख्दैछन् ।’’

    [81] तपाई भनिदिनुस् कि ‘‘यदि अल्लाहको कोही सन्तान भएको भए त सबैभन्दा पहिले म पूज्दथें ।

    [82] यिनीहरूले जे–जति वर्णन गर्दछन्, आकाशहरू र धरती र अर्शको स्वामी त्यसभन्दा धेरै उच्च र पवित्र छ ।’’

    [83] अब तपाईले उनीहरूलाई यिनै बहस र छलफल र खेलहरूमा छोडिदिनुस् । यहाँसम्म कि जुन दिनको उनीसित वाचा गरिन्छ, त्यसलाई देखिहालुन् ।

    [84] उही आकाशहरूमा पूज्य छ र धरतीमा पनि उही पूजनीय छ र ऊ ठूलो तत्वदर्शी र सर्वज्ञ छ ।

    [85] ऊ ठूलो बरकतवाला (कल्याणकारी) हो, जसको अधिकारमा आकाशहरू र धरती र जे–जति ती दुवैको बीचमा छन् सबै छन् । र उसैको पासमा कयामतको समयको ज्ञान छ र उसैतिर तिमी फर्कने छौ ।

    [86] अल्लाह बाहेक जसलाई उनीहरूले पुकार्दछन् उनीहरूलाई सिफारिशको कुनै पनि अधिकार छैन, मात्र उसैलाई यो अधिकार प्राप्त छ जो सत्यलाई स्वीकार गर्दछन्, र उनीहरूलाई ज्ञान पनि छ ।

    [87] यदि तपाईले उनीहरूसित सोध्नु हुन्छ कि ‘‘उनीहरूलाई कसले सृष्टि गर्यो ?’’ त उनीहरूले अवश्य भन्नेछन् कि ‘‘अल्लाहले’’ । त यिनीहरू कहाँ (विमुख भई) भौतारिराखेका छन्

    [88] र उस (पैगम्बर)को यो भनाई कि ‘‘हे पालनकर्ता ! यिनीहरू यस्ता मानिस हुन् जसले ईमान ल्याउँदैनन् ।’’

    [89] त उनीहरूबाट तपाई विमुख भइहाल्नुस् र भन्नुस् ‘‘सलाम छ तिमीहरूलाई !’’ अन्ततः शीघ्र नै उनीहरूले थाहा पाइहाल्नेछन् ।

    Surah 44
    अद–दुखान

    [1] हा. मीम

    [2] र स्पष्ट किताबको कसम

    [3] निःसन्देह हामीले यसलाई एउटा बरकतले भरिएको रातमा अवतरित गरेका छौं, हामी त मार्ग देखाउनेवाला हौं ।

    [4] त्यसै रातमा तमाम (समस्त) तत्वदर्शीयुक्त कुरा निर्णित एवं स्पष्ट गरिन्छ ।

    [5] हामीकहाँबाट आदेश भएर, निःसन्देह हामीले नै पैगम्बरलाई पठाउँछौं ।

    [6] तिम्रो पालकर्ताको दयालुता हो । निःसन्देह त्यो सबै कुरा सुन्नेवाला जान्नेवाला छ ।

    [7] आकाशहरू र धरती र जे–जति यी दुबैमा छन्, सबैको मालिक हो, यदि तिमी विश्वास गर्नेवाला हौ ।

    [8] उस बाहेक अन्य कोही सत्य पूज्य छैन, उसैले जीवित गर्दछ र मार्दछ, त्यही तिम्रो र तिम्रा बाबु बाजेको पालनकर्ता हो ।

    [9] तर यी मानिसहरू शंकामा परि खेलिराखेका छन् ।

    [10] तपाई त्यस दिनको प्रतीक्षा गर्नुस् जबकि आकाशबाट सफा धुवाँ निस्कनेछ ।

    [11] जसले मानिसहरूले ढाकिहाल्नेछ र यो कष्टदायक यातना हो ।

    [12] भन्नेछन् हे पालनकर्ता ! हामीबाट यस यातनालाई टाढा राख, हामीले विश्वास गर्दछौं ।

    [13] अब उनीहरूलाई उपदेश केही लाभदायक हुनेछैन जबकि उनीहरूको पासमा पैगम्बर आइसकेका थिए जसले स्पष्टरूपले कुरा वर्णन गर्दथे ।

    [14] अनि उनीहरूले उनीबाट विमुख भइहाले र भन्नथाले कि सिकाइएको दिवाना हो ।

    [15] हामीले यातना थोडै हटाइदिन्छौ त तिमी पुनः कुफ्र गर्नथाल्छौ ।

    [16] जुनदिन हामीले ठूलो गम्भीर पकडमा लिनेछौं, त निःसन्देह प्रतिशोध लिएर नै छाड्नेछौं ।

    [17] र उनीहरूभन्दा पहिला फिरऔनको कौमको पनि परीक्षा लियौं र उनको पासमा एउटा अत्यन्त सज्जन रसूल आए ।

    [18] यो (भने) कि अल्लाहका दासहरूलाई मेरो जिम्मा सुम्पिदेऊ । निश्चय नै म तिम्रो निम्ति एउटा विश्वासनीय रसूल हूँ ।

    [19] र अल्लाहको सामु अटेरीपना नगर । म तिम्रो पासमा स्पष्ट प्रमाण लिएर आउनेछु ।

    [20] र यस (कुरा) बाट कि तिमीले मलाई ढुंगा हानी–हानी मारिहाल, आफ्नो र तिम्रो पालनकर्ताको शरण माँग्दछु ।

    [21] र यदि ममा विश्वास गर्दैनौ भने मबाट अलग भइहाल ।

    [22] तब आफ्नो पालनकर्तासंग प्रार्थना गरे कि यिनीहरू अवज्ञाकारी हुन् ।

    [23] (आदेश भयो कि) मेरा बन्दाहरूलाई रातोरात लिएर गइहाल, अवश्य तिमीलाई पछ्याउनेछन् ।

    [24] र समुन्द्रलाई रोकिएको अवस्थामा नै छोडेर गइहाल । निश्चय यो सेनाहरूलाई डुबाइदिनेछ ।

    [25] उनीहरूले धेरै बगैचा र श्रोतहरू छोडेर गइहाले ।

    [26] र खेतीहरू र राम्रा घरहरू

    [27] र सुखसयलका साधनहरू, जसमा उनीहरूले आनन्द लिने गर्दथे ।

    [28] यस्तै भयो (परिणाम) र हामीले अरु मानिसहरूलाई उनीहरूका उत्तराधिकारी बनाइदियौं ।

    [29] अनि न त आकाश र धरतीले उनीहरूको निम्ति विलाप गरे र न त उनीहरूलाई छुटकारा नै प्राप्त भयो ।

    [30] र हामीले इस्राईलको सन्तानलाई अपमानजनक यातनाबाट छुटकारा दिलायौं ।

    [31] जो फिरऔनबाट थियो । निःसन्देह त्यो अटेरी (र) सीमाभन्दा अगाडि गइसकेको थियो ।

    [32] र हामीले जानीजानी बनी इस्राईललाई संसारवालाहरूमध्येबाट रोजेका थियौं ।

    [33] र उनलाई यस्ता निशानीहरू प्रदान गरेका थियौं, जसमा स्पष्ट परीक्षा थियो ।

    [34] यिनीहरूले यो नै भन्छन्

    [35] कि हामीलाई मात्र पहिलो पटक मर्नुछ र फेरि उठनु छैन ।

    [36] यदि तिमी साँचो हौ भने हाम्रा बाबुबाजेलाई ल्याऊ ।

    [37] के यिनीहरू राम्रा छन् वा ‘‘तुब्बाको’’ कौम वा ती मानिसहरू जो उनीभन्दा पहिला थिए । उनी सबैलाई विनष्ट गरिहालें, किनकि तिनीहरू अपराधी थिए ।

    [38] हामीले आकाशहरू र धरतीलाई र जे–जाति उनीहरूको बीचमा छ, तिनलाई खेलमा बनाएको होइनौं ।

    [39] बरु हामीले उनीहरूलाई सत्यताको साथ सृष्टि गर्यौं किन्तु उनीहरूमा अधिकतरले जान्दैनन् ।

    [40] निश्चय नै फैसलाको दिन उनीहरू सबैको निर्धारित समय हो ।

    [41] जुनदिन कुनै मित्र, मित्रको कुनै काम आउनेछैन, र न उनीहरूलाई सहायता प्राप्त हुनेछ ।

    [42] किन्तु जसमाथि अल्लाहले दया गर्दछ । निश्चय नै त्यो सर्वशक्ति सम्पन्न अत्यन्त दयावान छ ।

    [43] निःसन्देह जक्कूमको (सिउँडीको) वृक्ष

    [44] गुनेहगारहरूको भोजन हुनेछ

    [45] पग्लेको तामा जस्तोछ, पेटहरूमा उम्लनेछ ।

    [46] जस्तो कि पानी उम्लिन्छ ।

    [47] यसलाई समातिहाल र घिसार्दै नर्कको बीचमा लैजाऊ ।

    [48] अनि उसको टाउकोमा उम्लिराखेको पानी खन्याइदेऊ ।

    [49] स्वाद चाख, तिमी त ठूलो बलशाली सज्जन थियौ ।

    [50] यो त्यहि हो जसमा तिमीहरूले शंका गर्ने गर्दथ्यौ ।

    [51] निःसन्देह भय गर्नेहरू निश्चिन्तताको ठाउँमा हुनेछन् ।

    [52] बगैचाहरू र श्रोतहरूमा

    [53] रेशमको बस्त्र लगाई एक–अर्काको आमने सामने (आमुन्ने सामुन्ने) बसेका हुनेछन् ।

    [54] यसप्रकार हामीले गोरी वर्ण ठूला नेत्र भएकी स्त्रीहरूसित उनीहरूको विवाह गरिदिनेछौं ।

    [55] त्यहाँ उनीहरूले निश्चिन्तताका साथ प्रत्येक किसिमका स्वादिष्ट फल माँगाइरहेका हुन्छन् ।

    [56] त्यहाँ उनीहरूले मृत्युको स्वाद कहिले पनि चाख्नेछैनन् । मात्र पहिलो मृत्युको जे भयो सो भयो, र अल्लाहले उनीहरूलाई नर्कको यातनाबाट बचाइहाल्यो ।

    [57] यो सबै तिम्रो पालनकर्ताको विशेष उदार अनुग्रह हो । त्यही ठूलो सफलता हो ।

    [58] हामीले यस कुरआनलाई तिम्रो भाषामा सहज एवं सुसाध्य बनाइदिएका छौं ताकि उनीहरूले शिक्षा प्राप्त गरुन् ।

    [59] अतः तिमीले पनि प्रतीक्षा गर, यिनीहरूले पनि प्रतीक्षा गर्दछन् ।

    Surah 45
    अल–जासिया

    [1] हा. मीम

    [2] यस किताबको अवतरण अल्लाहको तर्फबाट भएको हो, जो अत्यन्त अधिपत्यशाली, तत्वदर्शी छ ।

    [3] निःसन्देह आकाशहरू र धरतीमा ईमानवालाहरूका निम्ति धेरै निशानीहरू छन् ।

    [4] र तिम्रो संरचनामा पनि र जनावरहरूमा पनि, जसलाई त्यसैले फैलाउँछ, विश्वास गर्नेहरूको निम्ति धेरै निशानीहरू छन् ।

    [5] र रात र दिनको फेरबदलमा पनि, र त्यस रोजी (जीविका)मा पनि जसलाई अल्लाहले आकाशबाट अवतरित गरेर उसद्वारा धरतीलाई त्यसको मृत्यु भइसके पश्चात जीवित पार्दछ र वायुहरूको परिवर्तनकालमा पनि ती मानिसहरूका निम्ति धेरै निशानीहरू छन् जो बुद्धिमान छन् ।

    [6] यी अल्लाहका आयतहरू हुनु, हामीले उनीहरूलाई सत्यताको साथ सुनाइराखे छौं । अब अल्लाह र त्यसका आयतहरू पश्चात अन्य कुन कुरो छ जसमा उनीहरूले विश्वास गर्नेछन् ।

    [7] प्रत्येक झूठा गुनहगारलाई ‘‘वैल’’ सत्यानाश छ

    [8] जुन अल्लाहका आयतहरूलाई सुन्दछ जुन पढेर सुनाइन्छ तर घमण्ड गरी यस्तो जिद गर्छ, मानौं तिनलाई सुनेकै छैन, त यस्ता व्यक्तिहरूलाई दुःखदिने यातनाको शुभसमाचार सुनाइदेऊ ।

    [9] र जब हाम्रा केही आयतहरूबारे उनीहरूलाई थाहा हुन्छ, तब तिनका उपहास गर्दछन्, यस्ता व्यक्तिहरूको निम्ति अपमानजनक यातना छ ।

    [10] उनीहरूको पछाडि नर्क छ, र जुन काम उनीहरूले गरिरहे, उनीहरूको कुनै पनि काम आउँनेछैन, र न ती नै जसलाई उनीहरूले अल्लाह बाहेक पूज्य बनाएका थिए । र उनीहरूको निम्ति ठूलो यातना छ ।

    [11] यो (कुरआन) सर्वथा मार्गदर्शन हो । र जुन मानिसले आफ्नो पालनकर्ताका आयतहरूलाई इन्कार गरे, उनीहरूको निम्ति अत्यन्त कष्टदायक यातना छ ।

    [12] त्यो अल्लाह नै हो जसले समुन्द्रलाई तिम्रो वशीभूत गरिदिएको छ, ताकि उसको आदेशले त्यसमा डुङ्गाहरू चलुन्, र ताकि तिमीले उसको उदार अनुग्रह खोजः र यसकारण कि तिमी कृतज्ञता देखाऊ ।

    [13] जे–जाति कुरा आकाशहरूमा छन् र जे–जाति धरतीमा छन्, त्यसले ती सबैलाई आफ्नो तर्फबाट तिम्रो अधिकारमा लगाइराखेको छ । निश्चय नै यसमा ती मानिसहरूको निम्ति निशानीहरू छन्, जसले बुद्धिले काम लिन्छन् ।

    [14] मोमिनहरूलाई भनिदेऊः कि ‘‘जुन मानिसहरूले अल्लाहको (नराम्रो) दिनको आशा गर्दैनन् उनीहरूलाई क्षमा गरिदेऊन् ताकि महान अल्लाहले उनीहरूलाई उनीहरूको आफ्नो कमाईको प्रतिफल देओस् ।’’

    [15] जसले राम्रो कर्म गर्दछ, त्यसले आफ्नो निम्ति गर्नेछ र जसले नराम्रो कर्म गर्दछ त त्यसको हानि त्यसैले बेहोर्नु पर्नेछ, अनि तिमी आफ्नो पालनकर्तातिर फर्कनेछौ ।

    [16] निश्चय नै हामीले बनी इस्राईलको सन्तानलाई किताब र हुकूमत र पैगम्बरी प्रदान गरेका थियौं । उनीहरूलाई पवित्र जीविका पनि प्रदान गर्यौं र संसारमाथि उनलाई श्रेष्ठता प्रदान गर्यौं ।

    [17] र उनीहरूलाई धर्मको बारेमा स्पष्ट प्रमाणहरू प्रदान गर्यौं, अनि उनीहरूले जुन विवाद गरे, (त्यो) ज्ञान आइसके पश्चात आपसी ज्यादतीको कारणले गरे । निश्चय नै तिम्रो पालनकर्ता कियामतको दिन उनीहरूबीच ती कुराको बारेमा फैसला गरिदिनेछ, जसमा उनीहरू आपसमा विवाद गरिराखेका छन् ।

    [18] अनि हामीले तिमीलाई धर्मको खुला मार्गमा स्थापित गर्यौं, तसर्थ त्यसैको अनुशरण गर र अज्ञानीहरूको इच्छाहरूको पछि पछि नलाग्नु ।

    [19] यिनीहरू अल्लाहको सामु तिम्रो कुनै काम आउने छैनन्, अत्याचारीहरू एक अर्काका मित्र हुन्छन् र अल्लाह परहेजगारहरूको मित्र हो ।

    [20] यो (कुरआन) मानिसहरूको निम्ति हिक्मतको कुरा हो, जसले विश्वास गर्दछन् उनीहरूको निम्ति मार्गदर्शन र दयालुता हो ।

    [21] जसले नराम्रो कर्म गर्दछन्, के उनीहरूले यो ठान्दछन्, कि हामीले उनीलाई ती मानिसहरू जस्तो बनाइदिन्छौं, जसले विश्वास गरे, र असल कर्म गरिरहे (र) उनीहरूको जीवन र मृत्यु एकनास हुनेछ ? यिनीहरूले जो निर्णय गर्दछन् ती सबै नराम्रा छन् ।

    [22] र अल्लाहले आकाशहरू र धरतीलाई संतुलनको साथ सृष्टि गर्यौ र यसकारण, कि प्रत्येक व्यक्तिलाई उसको कमाईको प्रतिफल दिइयोस्, र उनीमाथि अत्याचार गरिने छैन ।

    [23] के तिमीले त्यस व्यक्तिलाई पनि देख्यौ ? जसले आफ्नो हवसलाई उपास्य बनाइहाल्यो ? अल्लाहले ज्ञानको बावजूद उसलाई मार्गबिचलनमा पारिदियो, र उसका कान र हृदयमाथि ठप्पा लगाइदियो र उनीको आँखाहरूमाथि आवरण हालिदियो । अब अल्लाह पश्चात कसले उसलाई मार्गमा ल्याउन सक्छ ? के तिमीले शिक्षा ग्रहण गर्दैनौ

    [24] र उनीहरूले भन्दछन्ः कि ‘‘हाम्रो जीवन त मात्र सांसारिक जीवन नै हो । हामी मर्दछौं, जिउँदछौ र बाँच्दछौं । र हामीलाई त मात्र जमाना नै विनष्ट गर्दछ ।’’ उनीहरूको पासमा यसको कुनै ज्ञान छैन, उनीहरूले त मात्र अटकलबाजी गर्दछन् ।

    [25] र जब उनीहरूको सामु हाम्रा स्पष्ट आयतहरू पढिन्छन, त उनीहरूको यही हुज्जत (प्रमाण) हुन्छ कि यदि साँचो हौ भने हाम्रा बाबु बाजेलाई ल्याऊ ।

    [26] भनिदेऊः कि ‘‘अल्लाहले नै तिमीलाई जीवन प्रदान गर्दछ, अनि तिमीलाई मृत्यु दिन्छ, अनि तिमीलाई कियामतको दिन, जसको आउनुमा सन्देह छैन, एकत्रित गर्नेछ, तर धेरैले जान्दैनन् ।’’

    [27] र आकाशहरू र धरतीको बादशाही अल्लाहकै हो । र जुन दिन कयामतको घटना घटित हुनेछ त्यसदिन असत्यवादीहरू नोक्सानीमा हुनेछन् ।

    [28] तपाई हेर्नुहुनेछ कि प्रत्येक समूह घुँडा टेकिनिहुरी राखेछन् । प्रत्येक समूह आफ्नो किताबतिर बोलाइनेछन् । ‘‘आज तिमीलाई त्यसैको प्रतिफल दिइनेछ जो तिमीहरू गर्दथियौ ।’’

    [29] यो हाम्रो किताबले तिम्रो बारेमा सत्यलाई वर्णन गरिदिनेछ । निश्चय नै हामीले लेखाउँदै आइरहेका छौं, जुन कि तिमीले गर्ने गर्दथ्यौ ।

    [30] अतः जुन मानिसहरूले विश्वास गरे र उनीहरूले असल कर्म गरे उनीहरूलाई उनीहरूको पालनकर्ताले आफ्नो दयालुतामा प्रवेश गराउनेछ, यही नै स्पष्ट सफलता हो ।

    [31] र जसले कुफ्र गरे, (उनीहरूसित भनिनेछ कि) के हाम्रा आयतहरू तिमीलाई पढेर सुनाइन्नथे ? तर तिमीले घमण्ड गर्यौ र तिमीहरू अपराधी मानिसहरू नै थियौ ।

    [32] र जब भनिन्थ्यो कि अल्लाहको वचन बिल्कुल्लै सत्य हो र कियामतमा कुनै सन्देह छैन, त तिमी भन्दथ्यौ कि हामीलाई थाहा छैन कि कियामत के हो ? हामीलाई त मात्र कल्पना जस्तो प्रतीत हुन्छ र हामी विश्वासै गर्दैनौं ।

    [33] (त्यस बेला) उनीहरूको कर्महरूको अवैधता जाहेर भइहाल्यो र उनीहरूले जुन कुरो गर्दथे ती कुराले उनीहरूलाई घेरिहाल्यो ।

    [34] र भनिनेछ कि जुन प्रकार तिमीले यस दिनको अउने कुरालाई बिर्सिराखेका थियौ, त्यसै प्रकार आज हामीले पनि तिमीलाई बिर्सिदिने छौं, र तिम्रो बास्स्थान नर्क हो र कोही तिम्रो सहायक छैन् ।

    [35] यो यस कारण हो कि तिमीले अल्लाहको आयतहरूलाई मजाक ठानेका थियौ र संसारिक जीवनले तिमीलाई भ्रममा पारेको थियो । आज यी मानिसहरू न त नर्कबाट निकालिनेछन् र न उनीहरूको प्रायश्चित स्वीकारिनेछ ।

    [36] अतः सम्पूर्ण प्रशंसा अल्लाहको लागि छ जो आकाशहरूको पालनकर्ता र धरतीको पालनकर्ता र सम्पूर्ण ब्रह्माण्डको पालनकर्ता हो ।

    [37] आकाशहरू र धरतीमा उनकै सर्वोच्चता र महानता छ । र ऊ अधिपत्यशाली अत्यन्त तत्वदर्शी छ ।

    Surah 46
    अल–अहकाफ

    [1] हा. मीम

    [2] यस किताबको अवतरण अल्लाहको तर्फबाट हो, जो अधिपत्यशाली, अत्यन्त तत्वदर्शी छ ।

    [3] हामीले आकाशहरू र धरतीलाई र जे जति यी दुवैको बीचमा छन्, उच्चतम कुशलताको साथ र एउटा निश्चित अवधिसम्मको लागि सृष्टि गरेका छौं, तर जुन मानिसहरूले इन्कार गरेका छन्, तिनीहरूले त्यो कुरामा ध्यान दिंदैनन् जसबाट उनीहरूलाई सावधान गरिएको छ ।

    [4] तपाई भन्नुस्, हेर जसलाई तिमीले अल्लाह बाहेक पुकार्दछौ, ? मलाई पनि देखाऊ कि उनीहरूले धरतीको कुन भागको सृष्टि गरेका छन् वा आकाशहरूमा उनीहरूको कुन भाग छ । यदि तिमी साँचो हौ भने यसभन्दा पहिलाको कुनै किताब मेरो पासमा ल्याऊ वा ज्ञानको कुनै अवशेष ।

    [5] त्यस व्यक्तिभन्दा बढी पथभ्रष्ट को होला ? जसले अल्लाहलाई छाडि यस्तोलाई पुकार्दछन् जसले कयामतको दिनसम्म उनीहरूको प्रार्थनालाई स्वीकार गर्न सक्दैनन्, बरु उनीहरूको पुकारबाट एकदम अज्ञान छन् ।

    [6] र जब मानिसहरूलाई एकत्रित गरिने छ तब यिनीहरू उनीहरूको शत्रु हुनेछन्ः र तिनीहरूको उपासनाबाट स्पष्ट इन्कार गर्नेछन् ।

    [7] र जब हाम्रा स्पष्ट आयतहरू उनीहरूलाई पढेर सुनाइन्छन्, तब सत्य आइसकेपछि त्यसलाई इन्कार गर्ने व्यक्तिहरूले भन्दछन् कि यो त खुल्ला जादू हो ।

    [8] के उनीहरूले भन्दछन्ः कि यसलाई उनले स्वयं नै रचिहालेका छन् ? तपाई भनिदिनुस् यदि ‘‘मैले नै यसलाई स्वयं रचेको छु भने अल्लाहको विरुद्ध मेरो निम्ति तिमीलाई कुनै पनि अधिकार छैन । यस (कुरआन) को विषयमा तिमीले जुन कुरा भन्न सुन्न लागिराखेका छौ, त्यसले उसलाई राम्ररी जान्दछ, उही नै मेरो र तिम्रोबीचमा साक्षीको लागि पर्याप्त छ । र ऊ बडो क्षमाशील अत्यन्त दयावान छ ।

    [9] (हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम) भनिदिनुस् ! कि ‘‘म कुनै एकदम अनौठो रसूल आएको होइन । र मलाई थाहा छैन कि मसँग र तिमीसंग के गरिनेछ म त उसको मात्र पैरवी गर्दछु, जुन मतिर वह्य पठाइन्छ र म त खुल्लम खुल्ला सावधान गर्नेवाला हूँ ।’’

    [10] तपाई भनिदिनुस्ः कि (तिमीले सोचेको पनि छौ कि यसको के परिणाम हुनेछ)? ‘‘यदि यो कुरआन अल्लाहकहाँबाट आएको छ र तिमीले त्यसलाई इन्कार गरिहाल्यौ, र इस्राईलका सन्तानहरूमध्येबाट एउटाले त्यसैको एउटा भागको गवाही पनि दिइसकेको छ र उसले ईमान पनि ल्याइसकेको छ र तिमी घमण्डमा नै परिरह्यौ । अनि निःसंदेह अल्लाहले त अपराधीहरूलाई मार्गदर्शन गर्दैन ।

    [11] जुन मानिसहरूले इन्कार गरे, उनीहरूले ईमानवालाहरूको बारेमा भन्दछन्ः ‘‘यदि यो राम्रो भएको भए, उनीहरू हामीभन्दा त्यसतर्फ अग्रसर हुँदैनथे ।’’ र जब उनीहरूले उसबाट नसीहत ग्रहण गरेनन् तब अवश्य भन्नेछन्ः ‘‘यो त पुरानो असत्य हो ।’’

    [12] र यसभन्दा पहिला ‘‘मूसा (अलैहिस्सलाम)को’’ किताब पथप्रदर्शक र दयाको रूपमा थियो र यो किताब, हो समर्थन गर्नेवाला अरबी भाषामा ताकि ती मानिसहरूलाई सचेत गरोस् जसले अत्याचार गर्दछन् र उत्तम कार्यगर्नेहरूलाई शुभसूचना देओस् ।

    [13] निःसंदेह जुन मानिसहरूले भने कि ‘‘हाम्रो पालनकर्ता अल्लाह हो, अनि उनीहरू त्यसमा दृढ रहे, त उनीहरूलाई नकुनै भय हुनेछ र नत दुःखी हुनेछन् ।’’

    [14] यही जन्नतवाला हुन् जो सधैं यसमा रहनेछन् । त्यसको प्रतिफल हो, जुन कि उनीहरूले गर्नेगर्दथे ।

    [15] र हामीले मानिसलाई आफ्नो आमा बाबुसँग राम्रो व्यवहार गर्न आदेश दिएका छौं । उसकी आमाले उसलाई पेटमा दुःखको साथ राखिन् र उसलाई दुःखको साथ जन्म पनि दिइन् । र उसको गर्भको अवस्थामा रहने र दूध छोडाउने अवधि ३० महिना छ । यहाँसम्म कि जब ऊ खुब तन्नेरी भयो र ४० वर्षको उमेर भयो । तब उसले भन्योः ‘‘हे मेरो पालनकर्ता ! मलाई अवसर देऊ ताकि म तिम्रो त्यस अनुकम्पाप्रति कृतज्ञता देखाऊँ जुन कि तिमीले ममाथि र मेरा मातापितामाथि गरेका छौ । र यो कि यस्तो राम्रो कार्य गरूँ जुनकि तिमीलाई प्रिय छ, र मेरो लागि मेरो सन्ततिलाई पनि असल बनाइदेऊ । म तिमीतिर प्रवृत्त हुन्छु र म आज्ञाकारीमध्ये छु ।

    [16] यिनै ती मानिसहरू हुन् जसका राम्रा कार्यहरू हामीले स्वीकार गर्दछौं र जसका पापहरूलाई क्षमा गरिदिने छौं, र यिनै जन्नतवालाहरूमा हुनेछन् । त्यस सत्य वचनको कारण जुन उनीहरूसित गरिएको थियो ।

    [17] र त्यो व्यक्ति जसले आफ्नो माता– पितासित भन्योः ‘‘तिमीसित म आजिज (हैरान) भइसकेको छु । तिमीले मलाई यही भनिरहन्छौ कि म मरेपछि फेरि जीवित गरिनेछु, जबकि मभन्दा पहिला पनि धेरै मानिसहरू गुज्रिसकेका छन्’’ र ती दुवैले अल्लाहसित विन्ति गर्दै भन्दछन्ः ‘‘अफशोच छ तिम्रो लागि मानिहाल ! निःसन्देह अल्लाहको वाचा सत्य छ ।’’ किन्तु त्यसले भन्दछ ‘‘यी त मात्र पहिलाका मानिसहरूका कथा हुन्” ।

    [18] तिनीहरू हुन जसको बारेमा (अल्लाहको सजाय) को वचन पूरा हुने भएको छ । यी जिन्न र मानिसको समूहहरूका साथ जो यिनीभन्दा पहिला गुज्रिसकेका छन् । निश्चय नै उनीहरू घाटामा रहे ।

    [19] र मानिसहरूले जस्ता कर्म गरेका हुन्छन् सोही अनुरूप प्रत्येकलाई स्थान मिल्नेछ ताकि उनको कार्यको पूरा प्रतिफल मिलोस् र उनीमाथि अत्याचार गरिने छैन ।

    [20] र जुन दिन काफिरहरू नर्कको सामु प्रस्तुत गरिनेछन् ! (भनिनेछ) तिमीले आफ्नो असल कार्य संसारिक जीवनमा नै बर्बाद गरिसक्यौ, र त्यसबाट फाइदा पनि उठाइसक्यौ, तसर्थ आज तिमीलाई अपमानजनक सजाय दिइनेछ यो यसको दण्ड हो कि तिमी धरतीमा अनाहक घमण्ड गर्ने गर्दथ्यौ र यसकारण कि तिमीले आज्ञाको उल्लंघन गर्दथ्यौ ।

    [21] र आदको भाइ (हूद)लाई यादगर, जबकि उनले आफ्नो कौमलाई अहकाफबाट सावधान गरे, उनीभन्दा पहिला र पछि उनीलाई सावधान गर्नेहरू गुज्रिसकेका छन् कि ‘‘तिमी अल्लाह बाहेक अरु कसैको पूजा नगर । मलाई तिम्रो बारेमा एउटा ठूलो दिनको यातनाको भय छ ।’’

    [22] (उनको समूहले) भन्न थालेः कि ‘‘के तिमी हाम्रो पासमा यसकारण आएका हौ कि हामीलाई हाम्रा पूज्यहरूबाट विमुख गरिदेऊ ? यदि साँचो हौ भने जुन कुरोबाट हामीलाई तर्साउँछौ त्यो हामीमाथि ल्याइदेऊ ।’’

    [23] उनले भनेः कि ‘‘यसको ज्ञान त मात्र अल्लाहलाई नै छ र म त जुन संदेश दिइएर पठाइएको हूँ त्यो तिमीलाई पुर्याइराखेको छु । तर म देख्छु कि तिमीहरू अज्ञानतामा फसिराखेका छौ ।’’

    [24] अनि जब उनीहरूले सजायलाई बादलको रूपमा उनीहरूका ठाउँतिर आइरहेको देखे, तब भन्नथालेः कि ‘‘यो त बादल हो जसले हामीमाथि वर्षा गर्छ,’’ (होइन) ‘‘बरु यो त्यो (सजाय) अजाब हो जसको निम्ति तिमीले हतार गथ्र्यौ हवा हो जसमा कष्टदायक यातना छ ।

    [25] जसले हरेक वस्तुालाई आफ्नो पालनकर्ताको आदेशले नष्ट गरिदिनेछ ।’’ अतः उनीहरू यस्ता भइहाले कि उनीहरूका घरहरू बाहेक अरु केही देखिन्नथ्यो । पापीहरूलाई हामीले यस्तै प्रकारको प्रतिफल दिन्छौं ।

    [26] निःसन्देह हामीले (कौमेआदलाई) त्यो सामथ्र्य प्रदान गरेका थियौं, जुन तिमीहरूलाई प्रदान गरेका छैनौं । र हामीले उनीहरूलाई कान, आँखा र हृदय पनि प्रदान गरेका थियौं । तर उनका कान आँखाहरू र उनका हृदयहरूले उनीहरूको कुनै काम आएनन् । जब उनीहरूले अल्लाहका आयतहरूलाई नकार्न थाले र जुन कुराको उनीहरूले हाँसो उडाउँथे त्यसैले उनीहरूलाई आइघेर्यो ।

    [27] निःसन्देह हामीले तिम्रो छरछिमेकका बस्तीहरूलाई नष्ट गर्यौं र किसिम–किसिमका निशानीहरू वर्णन गर्यौं, ताकि उनीहरू प्रवृत्त होउन् ।

    [28] अनि अल्लाहको सामीप्य हासिल गर्न जस–जसलाई उनीहरूले अल्लाह बाहेक आफ्ना पूज्य बनाएका थिए । तिनीहरूले उनीहरूको मद्दत किन गरेनन् ? बरु उनीहरू तिनीहरूका अगाडिबाट हराइहाले । र (वास्तवमा) यो उनीहरूको मात्र मिथ्यारोपण थियो र झूठो आरोप थियो ।

    [29] र यादगर जब हामीले जिन्नहरूको एक समूहलाई तिमीतिर प्रवृत्त गर्यौं ताकि उनीहरूले कुरआन सुनुन्, तब जब उनीहरू नबीको पासमा आए त (आपसमा) भन्न थाले कि ‘‘चुप लाग’’, अनि जब त्यो (कुरआनको पाठ) पूरा भयो त उनीहरू आफ्ना जातिबन्धुलाई सावधान गर्न त्यतातिर फर्के ।

    [30] भन्न थाले कि ‘‘हे मेरो सम्प्रदाय । हामीले निःसन्देह त्यो पुस्तक सुनेका छौं जुन मूसापछि अवतरित गरिएको छ, जुन आफूभन्दा अघिका पुस्तकहरूको प्रमाणिकरण गर्दछ, (जुन) सत्य धर्मको र सोझो मार्गको निर्देशन दिन्छ ।

    [31] हे मेरो कौम ! अल्लाहतिर आह्वान गर्नेवालाको कुरा मान, र उसमाथि ईमान ल्याऊ । अनि अल्लाहले तिमीहरूको त्रुटिहरू क्षमा गरिदिने छ र तिमीलाई कष्टदायक दण्डबाट मुक्ति दिनेछ ।

    [32] र जसले अल्लाहको आमन्त्रणकर्ताको आमन्त्रण स्वीकार गर्नेछैन त उसले धरतीमा (नियन्त्रणबाट) कतै भागेर उम्कन सक्ने छैन र अल्लाह बाहेक उसको कोही संरक्षक हुनेछैन । यस्ता मानिसहरूले खुल्लमखुल्ला मार्गविचलनमा छन् ।’’

    [33] के उनीहरूले देखेनन् कि जुन अल्लाहले आकाशहरू र धरतीलाई सृष्टि गर्यो र उनीहरूको सृष्टि गर्नबाट थाकेन, त्यो निःसन्देह मृतकहरूलाई पनि जीवित पार्न सामथ्र्यवान छ ? किन नहोस ऊ निःसन्देह हरेक वस्तुमाथि सामथ्र्यवान छ ।

    [34] र जुनदिन ती मानिसहरू, जसले इन्कार गरे, नर्कको अगाडि प्रस्तुत गरिनेछन्, (भनिनेछ) ‘‘के यो सत्य होइन ?’’ उनीहरूले भन्नेछन्ः कि हाम्रो पालनकर्ताको कसम !’’ (यो सत्य हो) उसले भन्नेछ– ‘‘त अब यातनाको स्वाद चाख, त्यस इन्कारको परिणामस्वरूप जो तिमीहरूले गर्ने गर्दथ्यौ ।’’

    [35] अतः (हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम !) धैर्यधारण गर, जुन किसिमले संकल्पवान रसूलहरूले धैर्य गरे । र उनीहरूको लागि यातनाको निम्ति हतार नगर । जुनदिन यिनीहरूले त्यस कुरालाई देख्नेछन्, जसको उनीहरूसित वाचा गरिन्छ , (तब महसूस गर्नेछन्) कि मानौं संसारमा दिनको एकछिनको लागि मात्र बसेका थिए । यो कुरआन सन्देश हो, तसर्थ (अब) तिनीहरू नै नष्ट हुनेछन् जो अवज्ञाकारी थिए ।

    Surah 47
    मुहम्मद

    [1] जसले इन्कार गरे र (अरु व्यक्तिलाई) अल्लाहको मार्गबाट रोके, अल्लाहले उनीहरूका कर्महरूलाई नष्ट पारिदियो ।

    [2] र जसले विश्वास गरे र असल कर्म गरिरहे र जुन (किताब) मुहम्मदमाथि अवतरित भएको छ, त्यसलाई मानिराखे, र त्यो नै उनको पालनकर्ताबाट सत्य धर्म हो । त अल्लाहले उनीहरूका गुनाहलाई (पापलाई) हटाइदियो र उनीहरूको अवस्था सुधारिदियो ।

    [3] यो यस कारण हो कि जुन मानिसहरूले इन्कार गरे उनीहरूले असत्यको अनुशरण गरे, र ईमान ल्याउनेहरूले सत्यमा हिंडे, जो उनको पालकर्ताको तर्फबाट छ । यसै प्रकार अल्लाहले मानिसहरूको निम्ति उनीहरूको उदाहरण वर्णन गर्दछ ।

    [4] अतः जब इन्कार गर्नेहरूसित तिम्रो भिडन्त हुन्छ त (उनीहरूको) गर्दन छिनालिदेऊ यहाँसम्म कि जब उनीहरूलाई राम्ररी थिचिसकेपछि (बाँच्नेहरूलाई) मजबूतसँग बाँधेर पक्राउ गर, अनि पछि या त उपकार गरी छाडिदेऊ अथवा दण्ड दिएर, यहाँसम्म कि शत्रुले लडाईको हतियार आफ्नो हातबाट राखिदिओस् । यो (हुकुम यादराख) यदि अल्लाहले चाहेको भए (अन्य प्रकारले) उनीहरूसित स्वयम् प्रतिशोध लिइहाल्थ्यो । तर उसले चाह्यो कि तिम्रो एउटाको अर्कोसित परीक्षा लेओस् । जुन मानिसहरू अल्लाहको बाटोमा मारिए उनका कर्महरूलाई कहिल्यै खेर फालिनेछैन ।

    [5] उनीहरूलाई (सोझो) बाटो देखाउने छ र उनको अवस्था ठीक पार्नेछ ।

    [6] र उनीहरूलाई त्यस स्वर्गमा जससित उनीहरूलाई परिचित गराइसकेको छ, प्रवेश गर्नेछ ।

    [7] हे ईमानवालाहरू ! यदि तिमिले अल्लाहको धर्मको मद्दत गर्नेछौ भने उसले पनि तिम्रो मद्दत गर्नेछ र तिम्रो पाइलालाई सुदृढ बनाउने छ ।

    [8] र जो काफिर भए । उनीहरूकै निम्ति विनाश छ र अल्लाह उनीहरूका कर्महरूलाई नष्ट पारिदिनेछ ।

    [9] यो यसकारण कि अल्लाहले जुन कुरो अवतरित गर्यो, उनीहरूले त्यसलाई अप्रिय ठाने, तब अल्लाहले उनीहरूको कर्महरूलाई व्यर्थ पारिदियो ।

    [10] के उनीहरूले धरतीमा हिंड्डुल गर्दै यो देखेनन् कि जुन मानिसहरू उनीहरूभन्दा पहिला थिए उनीहरूको परिणाम कस्तो भयो ? अल्लाहले उनीहरूलाई नष्ट पारिदियो इन्कार गर्नेहरूलाई यस्तै सजाय हुनेछ ।

    [11] यो यसकारण कि जो मोमिन छन् उनीहरूको संरक्षक स्वयम् अल्लाह हो र काफिरहरूको कोही संरक्षक छैन ।

    [12] जसले ईमान ल्याए, र असल कर्म गरे उनीहरूलाई अल्लाहले निःसन्देह यस्तो बगैंचाहरूमा प्रवेश गराउने छ जसमुनि नहरहरू बगिरहेछन् । र ती मानिसहरू जसले इन्कार गरे उनीहरूले दुनियाको नै फाइदा उठाइरहेछन् । र पशु जस्तै खाइरहन्छन् र उनीहरूको असली बासस्थान नर्क हो ।

    [13] हामीले कति बस्तीलाई जुन बलमा तिम्रो गाउँ बस्तीभन्दा बढी थिए जसबाट तिमीलाई निकालेको हो उनीहरूको विनाश गरिदिएका छौं, जसको सहायक कोही पनि भएन ।

    [14] तसर्थ त्यो व्यक्ति जो आफ्नो पालनकर्ताको तर्फबाट प्रमाणमा होस्, त्यस व्यक्ति जस्तो हुन सक्छ जसको लागि उसको नराम्रा कार्यहरू सुसज्जित गरिदिइएको छ, र ऊ आफ्नो जैविक इच्छाको अधीनस्थ होस्

    [15] यस स्वर्गको विशेषता जसको परहेजगारहरूलाई वचन दिइएको छ यो हो कि यसमा पानीका नहरहरू छन् जुनकि प्रदुषित हुँदैनन् । र यस्ता दूधका नहरहरू हुनेछन् जसको स्वादमा अलिकति पनि अन्तर परेको हुँदैन र यस्ता पेयपदार्थका नहरहरू हुनेछन् जसले पिउनेहरूलाई अत्यन्त आनन्द प्रदान गर्नेछन् । र शुद्ध मधुको नहरहरू छन् र उनीहरूका निम्ति त्यहाँ हरेक प्रकारका फल हुनेछन्, र उनको पालनकर्ताबाट क्षमा छ । (के यी संयमीहरू) उनीहरू सरह हुन सक्दछन् जो सधैं नर्कमा रहनेछन् ? र जसलाई उम्लिराखेको पानी खुवाइने छ जसले उनको आन्द्राहरूलाई छिया–छिया पारिदिनेछ ।

    [16] र उनीहरूमध्ये (केही यस्ता पनि छन्) जसले तिमीतिर कान थापेको हुन्छन् यहाँसम्म कि (सबै कुरा सुन्दछन् तर) जब तिम्रो पासबाट निस्केर जान्छन् तब जुन मानिसहरूलाई ज्ञान छ उनीसित सोध्छन्, उनले अहिले के भनेका छन् ? यी नै मानिसहरू हुन् जसका हृदयहरूमा अल्लाहले मोहर (छाप) लगाइदिएको छ र उनीहरूले आफ्ना इच्छाहरूको पछि हिंडिराखेका छन् ।

    [17] र जुन मानिसहरू मार्गदर्शन प्राप्त छन् । अल्लाह उनीहरूलाई झन् बढी मार्गदर्शन प्रदान गर्दछ र उनीहरूलाई बढी संयम प्रदान गर्दछ ।

    [18] अब के उनीहरूले कयामतको प्रतीक्षा गरिराखेका छन् कि कयामत उनीहरूमाथि एक्कासी आइहालोस्, निःसन्देह उसको लक्षणहरू त आइसकेका छन्, फेरि जब कयामत आइपुग्छ उनीहरूलाई उपदेश प्राप्त गर्न मिल्दैन ।

    [19] अतः (हे नबी) तपाई विश्वास गर्नुस् कि अल्लाह बाहेक कोही सत्य पुज्य छैन, र आफ्ना त्रुटिहरूको क्षमाको लागि याचना गर्नुस्, र मोमिन पुरुषहरू र मोमिन स्त्रीहरूको निम्ति पनि । र अल्लाहले तपाईहरूको हिंड्डुल गर्ने र बासस्थानहरूलाई राम्ररी जान्दछ ।

    [20] र मोमिनहरूले भन्दछन्ः कि ‘‘कुनै सूरः (सूरत) किन अवतरित गरिएन ? तर जब कुनै प्रष्ट अर्थ भएको सूरः अवतरित हुन्छ र त्यसमा जिहादको वर्णन हुन्छ, त तपाइले देखनुहुन्छ कि जुन मानिसहरूको हृदयमा (कपटको) रोग छ तिनिहरू तपाईतिर यसरी देख्दछन्, जस्तो त्यस मानिसको दृष्टि हुन्छ जसमाथि मृत्युको मुर्छा छाएको छ । उनीहरूको निम्ति बहुतै राम्रो थियो

    [21] आज्ञापालन र राम्रो कुरा भन्नु । अनि जब कुरा निश्चित भइहाल्यो तब अल्लाहसँग सत्यका साथरहेमा उनीहरूकै निम्ति राम्रो हुनेथियो ।

    [22] (हे मुनाफिकहरू !) तिम्रो बारेमा आश्चर्य छैन कि यदि तिमीलाई सत्ता प्राप्त भइहाल्छ भने तिमीहरूले धरतीमा दंगाको सृजना गर्न थाल्दछौ, र रिश्ता नाता सबै तोडिदिन्छौ ।

    [23] यिनै ती मानिसहरू हुन् जसलाई अल्लाहले तिरस्कृत गरेको छ, र उनका कानहरूलाई बहिरो र (उनका) आँखाहरूबाट देख्ने क्षमता खोसिदिएको छ ।

    [24] त के उनीहरूले कुरआनमा सोचविचार गर्दैनन्, वा उनीहरूको हृदयमा ताल्चा लागेका छन् ।

    [25] निःसन्देह जुन मानिसहरू मार्गदर्शन भएपछि पनि पिठ्युँ फर्काई गइहाले, शैतानले उनको लागि उनको कामलाई अत्यन्त राम्रो गरेर देखायो र उनीहरूलाई अवसर दिराखेको छ ।

    [26] यो यसकारण कि उनीहरूले ती मानिसहरूसित, जसले अल्लाहबाट अवतरित कुरालाई अरुचिकर ठान्थे भने कि हामीले केही मामिलामा तिम्रो कुरा मानिहाल्नेछौ । र अल्लाहले उनीहरूका गोप्य कुरा राम्ररी जान्दछ ।

    [27] अनि त्यस बेला (उनीहरूको) कस्तो (अवस्था) हुनेछ जसबेला फरिश्ताहरूले उनीहरूको प्राण निकाल्दै उनीहरूको अनुहार र पिठ्युँमा प्रहार गर्नेछन् ।

    [28] यो यसकारण कि उनीहरूले त्यस कुराको अनुशरण गरे जुनकि अल्लाहलाई अप्रसन्न गरोस् र उनीहरूले उसको प्रसन्नतालाई रुचाएनन् अनि उसले पनि उनीहरूको कर्महरूलाई नष्ट गरिदियो ।

    [29] के जुन मानिसहरूको हृदयमा रोग छ यो ठानेका छन् कि अल्लाहले उनीहरूको दोषलाई प्रकट नै गर्नेछैन

    [30] र यदि हामीले चाहेको भए उनीहरू सबैलाई तिमीलाई देखाइदिन्थ्यौ । अनि तिमीले उनीहरूलाई उनीहरूको अनुहारबाट चिनीहाल्थ्यौ, निश्चितरूपले तिमीले उनीहरूलाई उनको कुराकानी गर्ने तौरतरिकाबाट अवश्य नै चिनीहाल्ने छौ । अल्लाहले तिम्रा (समस्त) कर्महरूलाई जान्दछ ।

    [31] र निःसन्देह हामीले तिमीहरूको परीक्षा लिनेछौं ताकि तिमीमध्ये धर्मयुद्ध गर्नेवाला र संतोष गर्नेवालाहरूलाई प्रकट गरौं र हामीले तिम्रो अवस्थाहरूको पनि जाँच गर्न सकौं ।

    [32] निःसन्देह जुन मान्छेहरूले कुफ्र गरे र अल्लाहको मार्गबाट मान्छेहरूलाई रोके र रसूलहरूको विरोध गरे, जबकि उनीहरूमाथि सत्य स्पष्ट भइसकेको थियो उनी कहिल्यै पनि अल्लाहको केही बिगार गर्नसक्ने छैनन् । र शीघ्र उनीहरूका कर्मलाई नष्ट गरिदिनेछ ।

    [33] हे ईमानवालाहरू ! अल्लाहको आज्ञापालन गर, र रसूलले भनेको मान र आफ्ना कर्महरूलाई नष्ट नपार ।

    [34] निश्चय नै जसले इन्कार गरे र अल्लाहको मार्गबाट अरुलाई रोके र फेरि कुफ्र गरेको अवस्थामा मरिहाले, विश्वास गर उनीहरूलाई अल्लाहले कहिल्यै क्षमा गर्नेछैन ।

    [35] अतः यस्तो नहोस् कि तिमीले हिम्मत हारेर सम्झौताको निमन्त्रणा गर्न थाल, जबकि तिमी नै उच्च र प्रभावी छौ । र अल्लाह तिम्रो साथमा छ, र यो असम्भव छ कि उसले तिम्रो कर्मलाई व्यर्थ गरोस् ।

    [36] वास्तवमा यो सांसारिक जीवन त मात्र खेल तमाशा हो । र यदि तिमी ईमान ल्याउँछौ र संयम अपनाउँछौ भने अल्लाहले तिमीलाई प्रतिफल दिनेछ । र उसले तिमीसँग तिम्रो धन माँग्दैन ।

    [37] यदि उसले तिमीसँग तिम्रो धन माँग्छ र बलपूर्वक माँग्छ भने तिमी ऊसँग कञ्जूसी गर्नेछौ, र त्यो तिम्रो छलछाम प्रकट गरिदिनेछ ।

    [38] सावधान ! तिमी ती मान्छे हौ कि अल्लाहको मार्गमा खर्च गर्नका लागि बोलाइन्छौ त तिमीहरूमध्येबाट केही कञ्जूसी गर्न थाल्छन् र जसले कञ्जूस्याइँ गर्दछ उसले त वास्तवमा आफ्नो ज्यानसँग कञ्जूस्याइँ गर्दछ । अल्लाह त दाता छ तिमी भिखारी, र यदि तिमी मुख फर्काइहाल त त्यो तिम्रो सट्टा अर्को कौमलाई ल्याइदिनेछ । जो फेरि तिमी जस्ता हुँदैनन् ।

    Surah 48
    अल–फतह

    [1] (हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम !) निःसन्देह हामीले तपाईलाई एउटा स्पष्ट विजय प्रदान गरेका छौं ।

    [2] ताकि अल्लाहले तपाईका अघिल्ला र पछिल्ला गलतीहरू क्षमा गरिदेओस् र तपाईमाथि आफ्नो अनुकम्पा पूर्ण गरिदेओस्, र तपाईलाई सोझो मार्गमा हिंडाओस् ।

    [3] र तपाईलाई एउटा प्रभावकारी सहायता गरोस् ।

    [4] उही हो जसले ईमानवालाहरूको हृदयमा संतोष र शान्ति प्रदान गर्यो ताकि आफ्नो ईमानको साथै उनीहरूले अरु ईमानको अभिवृद्धि गरुन, र आकाशहरू र धरतीका सबै फौज अल्लाहकै हो र अल्लाह सर्वज्ञ, तत्वदर्शी छ ।

    [5] ताकि उसले मोमिन पुरुषहरू र मोमिन स्त्रीहरूलाई यस्ता बागहरूमा प्रवेश गराओस् जसमुनि नहरहरू बगिराखेका छन् । जहाँ उनीहरू सधैं रहनेछन् र उनीहरूबाट उनका पापहरू हटाइदेओस्, र यो अल्लाहकहाँ ठूलो सफलता हो ।

    [6] र ताकि कप्टाचारी पुरुषहरू र कप्टाचारी स्त्रीहरू र मुश्रिक पुरुषहरू र मुश्रिक (बहुदेववादी) स्त्रीहरूलाई सजाय देओस् जसले अल्लाहको बारेमा गलत धारणा राख्दछन् । उनीमाथि नराम्रो घेरा छ । अल्लाह उनीसँग रिसायो र उनलाई तिरस्कृत गर्यो र उनीहरूको निम्ति दोजख (नर्क) तयार गर्यो र त्यो बहुतै नराम्रो ठाउँ हो ।

    [7] र आकाशहरू र धरतीका सम्पूर्ण लावालस्करहरू अल्लाहकै लागि हुन् र अल्लाह अधिपत्यशाली, अत्यन्त तत्वदर्शी छ ।

    [8] र हामीले (हे मुहम्मद !) निःसन्देह तपाईलाई गवाही दिनेवाला र शुभसूचना दिनेवाला र सचेतकर्ता बनाएर पठाएका छौं ।

    [9] ताकि (मुसलमानहरू !) तिमीहरूले अल्लाहमाथि र उसको रसूलमाथि ईमान ल्याऊ, उसको मद्दत गर, र उसको आदर गर र अल्लाहको पवित्रताको गुणगान गर, बिहान र बेलुका ।

    [10] जो–जो तपाईसित ‘बैअत’ (आज्ञापालनको प्रतिज्ञा) गर्दछन् उनीहरू निःसन्देह अल्लाहसित ‘बैअत’ गर्दछन् । अल्लाहको हात उनीहरूको हातमाथि छ । अनि जसले वचन भङ्ग गर्यो त वचन भङ्गको नोक्सानी उसैलाई नै छ र जसले त्यस प्रतिज्ञालाई पूरा गर्यो, जुन उसले अल्लाहसित गरेको छ त उसलाई अल्लाहले शीघ्र ठूलो प्रतिफल प्रदान गर्नेछ ।

    [11] (देहाती) गाउँलेहरूमध्ये जो पछि परिसकेका थिए उनीहरू अब तपाईसित भन्नेछनः कि ‘‘हाम्रा धन सम्पत्ति र हाम्रा बालबच्चामा हामी व्यस्त थियौं, तसर्थ तपाईले हाम्रो निम्ति क्षमाको प्रार्थना गरिदिनुहोस् !’’ उनीहरू आफ्नो जिब्रोले ती कुराहरू भन्दछन् जुन उनका हृदयमा छैनन् । भनिदिनुस् कि यदि अल्लाहले तिमीलाई नोक्सानी पुर्योउन चाहन्छ वा तिमीलाई फाइदा पुर्योउने इच्छा राख्दछ भने कसले उसको सामु तिम्रो निम्ति कुनै कुराको कुनै अख्तियारी राख्दछ ? (कोही छैन), बरु जे जति तिमीले गर्दछौ अल्लाहले त्यसलाई जान्दछ ।

    [12] कुरो यो छ कि तिमीहरूले यो ठान्थ्यौ कि पैगम्बर र मोमिनहरूले आफ्नो वतनमा कहिल्यै फर्किआउने छैनन् र यही कुरा तिम्रो हृदयलाई राम्रो प्रतीत भयो र तिमीले गलत अनुमान गर्यौ । वास्तवमा तिमीहरू सखाप हुनेवालाहरू हौ ।

    [13] र जसले अल्लाहमाथि र उसको रसूलमाथि ईमान ल्याउँदैन, त हामीले पनि यस्ता काफिरहरूको निम्ति आगो तयार गरिराखेका छौं ।

    [14] र आकाशहरू र धरतीको सत्ता अल्लाहकै हो । जसलाई चाहन्छ माफी दिन्छ र जसलाई चाहन्छ दण्ड दिन्छ र अल्लाह बडो क्षमाशील अत्यन्त दयावान छ ।

    [15] जब तिमी धर्मयुद्धमा प्राप्तहुने माललाई प्राप्त गर्नको निम्ति उनीहरूतिर हिंड्नेछौ त यी पछि पर्नेहरूले तत्काल भन्नेछन् कि ‘‘हामीलाई पनि आफ्नो साथ जान अनुमति दिनुस्’’ उनीहरूले चाहन्छन् कि अल्लाहको कथनलाई परिवर्तित गरिदिउन् । भनिदिनुस् कि तिमी कहिल्यै पनि हाम्रो साथमा हिंड्न सक्दैनौ । अल्लाहले अघिनै यस्तो भनिदिएको छ । अनि भन्नेछन् (होइन) तिमी त हामीसित ईष्र्या गर्दछौं । कुरो यो छ कि तिनीहरूले बहुतै कम बुझ्छन् ।

    [16] तपाईले पछाडि छोडिएका बद्दूहरूसित भनिदिनुस् कि तिमीहरू शीघ्र नै एउटा बडो लडाकू कौम(समुदाय) सित युद्धको निम्ति बोलाइनेछौ । उनीहरूसित तिमी युद्ध गरिरहने छौ वा उनीहरूले इस्लाम स्वीकार गरिहाल्नेछन्, र यदि तिमीले आदेशपालन गर्दछौ भने अल्लाहले तिमीलाई राम्रो प्रतिफल प्रदान गर्नेछ र यदि मुख फर्काउँछौ जस्तो कि यसभन्दा पहिला तिमी मुख फर्काएका थियौ त उसले तिमीलाई कष्टदायक यातना दिनेछ ।

    [17] अन्धालाई कुनै गुनाह छ न लङ्गडालाई गुनाह छ र न विरामीलाई गुनाह छ । र जुन मानिस अल्लाह र उसको पैगम्बरको आदेशको पालना गर्नेछ अल्लाहले उसलाई यस्तो स्वर्गमा प्रवेश गराउनेछ जसमुनि नहरहरू बगिराखेका छन् र जो विमुख हुन्छ उसलाई दुःखद यातना दिनेछ ।

    [18] निश्चय नै अल्लाह मोमिनहरूसित प्रसन्न भयो, जब उनीहरू वृक्षमुनि तपाईसित ‘‘बैअत’’ गरिराखेका थिए । उसले त्यस कुरालाई थाहा पाइहाल्यो जुन उनीहरूका हृदयमा थिए । अतः उनीहरूलाई उसले शान्ति प्रदान गर्यो र उनीहरूलाई शीघ्र नै विजय प्रदान गरिदियो ।

    [19] र धेरै माल सामान जसलाई तिनीहरूले प्राप्त गर्नेछन्, र अल्लाह अधिपत्यशाली र तत्वदर्शी छ ।

    [20] अल्लाहले तिमीसँग धेरै माल सामानबारे वाचा गरेको छ जसलाई तिमी प्राप्त गर्नेछौ । अर्थात यो तिमीलाई छिटै प्रदान गरिदियो । र मान्छेहरूको हात तिम्रो लागि रोकिदिएको छ । ताकि मोमिनहरूको लागि यो एउटा निशानी भइहालोस् र उसले तिमीलाई सोझो मार्गमा चलाओस् ।

    [21] र तिमीलाई अरु माल सामान पनि देओस् जसमाथि अहिलेसम्म तिमीले विजय पाएका छैनौ । तर अल्लाहले तिनलाई आफ्नो संरक्षणमा राखेको छ । र अल्लाह हरेक वस्तुमाथि अधिपत्य राख्दछ ।

    [22] र यदि इन्कार गर्नेहरू तिमीसित युद्ध गरेको भए अवश्य नै पिठ्युँ फर्काई भाग्ने थिए । अनि उनीहरूले न कोही संरक्षक पाउनेछन् न त कोही सहायक ।

    [23] यो अल्लाहको त्यस रीति अनुकूल छ जुन पहिलेदेखि नै चलिआइरहेको छ र तिमीले अल्लाहको रीतिमा कहिल्यै कुनै परिवर्तन पाउने छैनौ ।

    [24] उही हो जसले खास ‘‘मक्कामा’’ काफिरहरूको हात तिमीबाट र तिम्रो हातलाई उनीबाट रोकिदियो । यसपछि कि उसले तिमीलाई उनीमाथि विजयी बनाएको थियो । र तिमी जे गरिरहेका छौ अल्लाह त्यसलाई देखिरहेको छ ।

    [25] यी ती मानिसहरू नै हुन् जसले इन्कार गरे र तिमीलाई ‘‘मस्जिदे हराम’’ (कअ्बा) बाट रोकिदिए र कुर्बानीको निम्ति बाँधिएका जनावरहरूलाई पनि कुर्बानी स्थलसम्म पुग्नबाट रोकिदिए । र यदि यस्ता अनेक मुसलमान पुरुष र अनेक मुसलमान स्त्रीहरू नभएको भए जसलाई तिमी जान्दैनथियौ । कि उनीहरूलाई कुल्चिदिएको भए, उनीहरूको सिलसिलामा अज्ञानतामा तिमीमाथि पनि नोक्सान पुगिहाल्थ्यो, त तिमीलाई युद्धको अनुमति दिइने थियो । तर अनुमति यसकारण दिइएन ताकि अल्लाह जसलाई चाहन्छ आफ्नो दयालुतामा प्रवेश गराइहालोस् । यदि ती ईमानवालाहरू अलग हुन्थे भने उनीहरूमध्ये जसले इन्कार गर्नेथिए उनीहरूलाई हामीले अवश्य दुःखद यातना दिनेथियौं ।

    [26] (यादगर) जब इन्कार गर्नेहरूले आफ्नो हृदयमा हठलाई प्रश्रय दिए, र अज्ञानपूर्वक हठ गरे । तसर्थ अल्लाहले आफ्नो रसूलमाथि र ईमानवालाहरूमाथि संतोष अवतरति गर्यो । र अल्लाहले मुसलमानहरूलाई संयमको कुरामा दृढ, राख्यो, र उनीहरू यसको धेरै हकदार र योग्य पनि थिए, र अल्लाह त प्रत्येक कुरा जान्दछ ।

    [27] निश्चय नै अल्लाहले आफ्नो रसूललाई सत्यकासाथ साँचो सपना देखायो । ‘‘कि यदि अल्लाहले चाह्यो भने तिमी अवश्य मस्जिदे हराम (कअ्बामा) निर्भीक भएर प्रवेश गर्नेछौ, आफ्नो टाउकोको कपाल खौराएको वा केश सानो पार्दै तिमीलाई कुनै त्रास हुनेछैन ।’’ अनि उसले ती कुराहरू जान्दछ जुन तिमी जान्दैनथ्यौ । अतः यसभन्दा पहिला उसले तिमीलाई शीघ्र प्राप्त हुनेवाला विजय प्रदान गरिदियो ।

    [28] उही हो जसले आफ्नो रसूललाई मार्गदर्शन र सत्यधर्मको साथ पठायो, ताकि उसलाई समस्त धर्महरूमाथि अधिपत्य प्रदान गरोस् र साक्षीको हैसियतले अल्लाह प्रयाप्त छ ।

    [29] मुहम्मद (सल्लल्लाहो अलैहे वसल्लम) अल्लाहका रसूल हुन् र जुन मानिसहरू उनको साथमा छन् काफिरहरूको लागि कठोर छन् र आपसमा दयालु । तिमीले उनीहरूलाई रुकूअ्मा, सजदामा, अल्लाहको उदार अनुग्रह र उसको प्रसन्नता चाहिराखेको देख्नेछौं । उनीहरूको अनुहारमाथि सिज्दाको चिन्ह छ । तिनीहरूको यही विशेषताहरू तौरैतमा छ र इन्जीलमा पनि त्यस खेती जस्तै उल्लेखित छ, जसले आफ्नो अंकुर निकाल्यो, अनि उसलाई शक्ति पुर्यायो र त्यो मोटो भयो र त्यो आफ्नो तनमाथि (डाँठमा) सीधा खडा भयो र किसानलाई प्रसन्न पारेको छ, ताकि उनीहरूलेगर्दा इन्कार गर्नेहरूको हृदयमा ईष्र्या उत्पन्न गराओस् । यी ईमानवालाहरू र असल कर्म गर्नेहरूसित अल्लाहले क्षमा र ठूलो प्रतिफलको वाचा गरेको छ ।

    Surah 49
    अल–हुजुरात

    [1] हे मोमिनहरू (आस्थावानहरू) ! (धर्मको बारेमा) अल्लाह र उसका रसूलभन्दा अगाडि नबढ्नु र अल्लाहसित डर मानिराख । निश्चय नै अल्लाह सुन्दछन्, जान्दछन् ।

    [2] हे ईमानवालाहरू ! आफ्ना आवाजहरू पैगम्बरको आवाजभन्दा उच्च नपार न उनीसित ठूलो स्वरमा कुरा गर जुन प्रकारले तिमीहरू आपसमा एक अर्कासित कराएर बोल्दछौ । यस्तो नहोस् कि तिम्रो कर्महरू खेर गइहालुन् र तिमीलाई खबर पनि नहोस् ।

    [3] जुन मानिसहरू रसूलको हजुरमा आफ्नो आवाज मन्द राख्दछन् यिनै ती मानिसहरू हुन् जसका हृदयहरूलाई अल्लाहले संयमको निम्ति जाँचिलिएको छ । उनको लागि मुक्ति छ र ठूलो प्रतिफल छ ।

    [4] (हे नबी) जुन मानिसहरूले तपाईलाई कोठाको पछाडिबाट बोलाउँछन् । उनीहरूमध्ये धेरै मूर्ख छन् ।

    [5] र यदि उनीहरूले तपाई स्वयम् निस्केर उनी समक्ष नआएसम्म धैर्य गरिराखेको भए यो उनीहरूको निम्ति राम्रो हुने थियो । अल्लाह त बडो क्षमाशील, अत्यन्त दयावान छ ।

    [6] हे मोमिनहरू यदि कुनै अवज्ञाकारीले तिमीलाई कुनै खबर लिएर आउँछ भने उसको राम्रोसँग छानबिन गर्नेगर । कहीँ यस्तो नहोस् कि तिमीले कुनै गिरोहलाई अज्ञानतामा कष्ट र नोक्सानी पुर्याइहाल, अनि आफूले गरेको कुरामाथि पश्चातप गर ।

    [7] र जानिराख कि तिम्रोबीचमा अल्लाहका पैगम्बर(संदेष्टा) छन् । यदि धेरै जसो कुराहरूमा उनले तिम्रो कुरा मान्ने गर्दछन् भने तिमी कठिनाईमा पर्नेछौ । तर अल्लाहले तिम्रो निम्ति ईमानलाई प्रिय बनाइदियो र त्यसलाई तिम्रो हृदयमा सुन्दरता प्रदान गरेको छ र इन्कार, उल्लंघन र अवज्ञालाई तिम्रो दृष्टिमा अप्रिय बनाइदिएको छ । यही मान्छेहरू सोझो मार्गवालाहरू हन् ।

    [8] अल्लाहको कृपा र पुरस्कारबाट, र अल्लाह जान्नेवाला र तत्वदर्शी छ ।

    [9] र यदि मोमिनीहरूका कुनै दुई समूह आपसमा लडिहाल्छन् भने, यिनीहरूमा मेलमिलाप गराइदेऊ, र यदि एउटा समूहले अर्को समूहमाथि ज्यादति गर्दछ भने ज्यादति गर्नेवालासित लड, यहाँसम्म कि त्यो अल्लाहको आदेशतिर प्रवृत्तहोस्, अनि जब प्रवृत्त हुन्छ भने दुवै समूहमा इन्साफको साथ आपसमा मेलमिलाप गराइदेऊ र न्याय गर्नु । किनकि अल्लाह न्याय गर्नेहरूलाई रुचाउँदछ ।

    [10] सबै मोमिनहरू एक आपसमा भाइ–भाइ हुन्, तसर्थ आफ्ना दुई भाइहरूमा मेलमिलाप गराउने गर । र अल्लाहसित डर मानिराख ताकि तिमीमाथि दया गरियोस् ।

    [11] हे मोमिनहरू ! पुरुषहरूले अर्को पुरुषको उपहास नगरुन् । सम्भव छ कि उनीहरू तिनीहरूभन्दा राम्रा होउन् र स्त्रीहरूले अर्को स्त्रीको (हाँसो) नगरुन्, सम्भव छ कि उनीहरू तिनीहरूभन्दा राम्री होउन् र आपसमा एक अर्कालाई आक्षेप नगर न नराम्रो उपाधिले नै सम्बोधन गर ईमान ल्याइसकेपछि नराम्रो नामाकरण गर्नु पाप हो । (यसबाट) जसले प्रायश्चित गर्दैन, उनीहरू अत्याचारी हुन् ।

    [12] हे ईमानवालाहरू ! धेरै शंकाउपशंका गर्नुबाट बच । किन भने केही शंका पाप हुन्छन् र एक अर्काको जासूसी नगर, र नत कसैको अनुपस्थितिमा निन्दा गर्नु । के तिमीहरूमध्ये कसैले आफ्नो मृतक भाइको मासु खान चाहन्छ ? यसलाई तिमीले अवश्य नै घृणा गर्नेछौ । (तसर्थ) अल्लाहसित डर मान्ने गर । निश्चय नै अल्लाह प्रायश्चित स्वीकार गर्नेवाला, अत्यन्त दयावान छ ।

    [13] हे मानिसहरू ! हामीले तिमीहरू सबैलाई एउटै पुरुष र एउटी स्त्रीबाट सृष्टि गर्यौं र तिमीलाई जातविरादरी र कबिलाहरू (गोत्रहरू) को रूप दियौं, ताकि तिमीले एक अर्कालाई चिन्न सक । (वास्तवमा) अल्लाहकहाँ तिमीमध्ये सर्वाधिक प्रतिष्ठित त्यो हो जो कि तिमीहरूमध्ये (अनुचित कर्मबाट) बढी भय गर्नेवाला हुन्छ । निश्चय नै अल्लाह सबै कुरा जान्दछ, ऊ सर्वज्ञ छ ।

    [14] देहातीहरूले भने किः हामीले ईमान ल्यायौं भनिदिनुस् कि तिमीले ईमान ल्याएनौ । किन्तु तिमीहरूले यस्तो भन कि हामी आज्ञाकारी भयौं ‘‘यद्यपि ईमानले तिम्रो हृदयमा अहिले सम्म प्रवेश नै गरेको छैन र यदि तिमीले अल्लाह र उसको रसूलको आज्ञाकारीता गर्ने गर्दछौ भने अल्लाहले तिम्रो कर्मबाट केही कम गर्नेछैन । निःसन्देह अल्लाह बडो क्षमाशील, अत्यन्त दयावान छ ।

    [15] मोमिनहरू त ती नै हुन् जसले अल्लाह र उसको रसूलमाथि ईमान ल्याउँछन् अनि उनीहरूले कुनै शंका सन्देह गर्दैनन् र आफ्ना धनसम्पत्ति र आफ्ना ज्यानले अल्लाहको मार्गमा जेहाद (धर्म युद्ध) गर्दछन् । यीनै मानिसहरू असल सत्यवान हुन् ।

    [16] (उनीहरूसित) भन्नुस् कि ‘‘के तिमीले अल्लाहलाई आफ्नो धार्मिक आस्थाको सूचना दिइरहेकाछौ ? अल्लाह त आकाशहरू र धरतीका सम्पूर्ण कुरालाई जान्दछ । र अल्लाह हरेक कुराको जान्नेवाला हो ।

    [17] उनीहरू तपाईमाथि आफ्नो मुसलमान हुने कुराको उपकार दर्शाउँदैछन्, तपाईं भनिदिनुस् कि आफ्नो मुसलमान हुने कुरोको उपकार ममाथि नलगाऊ । वास्तवमा अल्लाहको तिमीमाथि ठूलो उपकार छ कि तिमीलाई ईमानवाला बनायो यदि तिमी सही बाटोमा छौ भने ।

    [18] विश्वास गर अल्लाह आकाशहरू र धरतीमा लुकेका कुराहरू जान्दछ र जे जति तिमीले गर्दछौ, त्यसलाई देख्दैछ ।

    Surah 50
    काफ

    [1] काफ, र ठूलो गरिमामय यस कुरआनको कसम ।

    [2] बरु यी मानिसहरूले आश्चार्य प्रकट गरे कि उनीहरूमध्येबाटै एउटा सचेत गर्नेवाला उनीहरूको पासमा आयो, तब काफिरहरूले भन्न थाले कि यो कुरा त अनौठो हो ।

    [3] के जब हामी मरेर माटो भइहाल्छौं तब फेरि जीवित हुने कुरो ? यो त बुझ्ने कुरा होइन ।

    [4] उनीहरूबाट (शरीरलाई) धरतीले जेजति कम गर्दै जान्छ, हामीलाई थाहा छ र हाम्रो पासमा सुरक्षित राख्ने किताब छ ।

    [5] बरु जब उनीहरूको पासमा सत्यधर्म आइपुग्यो तब उनीहरूले उसलाई झूठा भने तसर्थ यिनीहरू एउटा जटिल कुरामा परिरहेका छन् ।

    [6] के उनीहरूले आफूमाथि आकाशतिर हेरेनन् ? कि हामीले त्यसलाई कसरी बनाएका छौं र कसरी सुसज्जित गरेका छौं र त्यसमा कहीँ पनि चिरा (प्वाल) छैन

    [7] र धरतीलाई हामीले बिछाइदिएका छौं र त्यसमा हामीले पहाडहरू स्थापित गर्यौं र त्यसमा हामीले किसिम–किसिमका राम्रा कुराहरू उमारेका छौं ।

    [8] ताकि प्रवृत्त हुनेवाला भक्तहरूको लागि मार्गदर्शन र उपदेशको माध्यम बनोस् ।

    [9] र हामीले आकाशबाट बरकतवाला पानीको वृष्टि गरायौं र त्यसबाट बाग–बगैचाहरू उमार्यौं र खेतीको अन्न उमार्यौं ।

    [10] र अग्ला–अग्ला खजूरका रुखहरू, जसका (फलका) झुप्पाहरू पत्रमाथि पत्र परेका हुन्छन् ।

    [11] भक्तहरूको जीविकाको लागि, र हामीले पानीबाट बाँझो भूमिलाई जीवित पार्यौं, यसै प्रकार (चिहानबाट) निष्कासन हुनेछ ।

    [12] यसभन्दा पहिला ‘‘नूहको’’ कौम र ‘‘रस्स स्थानका बसिन्दाहरू’’ र ‘‘समूदले’’ झूठा भननिसकेका छन् ।

    [13] र आद र फिरऔन र लूतका भाइबन्धुले पनि ।

    [14] र ‘‘ऐकावालाहरूले’’ र तुब्बाको समूहले पनि सबैले मिथ्यारोपण गरी रसूलहरूलाई झूठा भनेका थिए । त्यसकारण यिनीमाथि मेरो सजायको वाचा सत्य भइहाल्यो ।

    [15] के हामी पहिलो पटक सृष्टि गरेबाट थाकिसकेका छौं ? (होइन,) बरु यिनीहरू पुनः सृष्टि हुनेबारे सन्देहमा छन् ।

    [16] र हामीले नै मानिसलाई सृष्टि गरेका हौं र जुन विचारहरू उसको मनमा आउँछन्, हामीले तिनलाई जान्दछौं । र हामी उसको रक्तबाहिनी नलीभन्दा पनि नजिक छौं ।

    [17] जब दुई लिनेवाला (फरिश्ता) लिइरहेका हुन्छन्, एउटा दाँया र अर्को देब्रेतर्फ बसेको हुन्छ ।

    [18] मानिसले कुनै कुरा भन्दैन तर उसको पासमा एउटा निरीक्षक तयार रहन्छ ।

    [19] र मृत्युको बेहोशीले सत्य कुरा ल्यायो । यही कुरा हो जसबाट तिमी पन्छिराखेका थियौ ।

    [20] र सूर (नरसिन्घा) फूँकिनेछ । सजायको वाचाको दिन यही हो ।

    [21] र हरेक व्यक्ति यस दिशामा यसरी आउनेछ, कि उसको साथमा एउटा ल्याउनेवाला हुनेछ र एउटा गवाही दिनेवाला ।

    [22] निःसन्देह तिमी यस कुरातिरबाट उदासीन थियौ । तर हामीले तिम्रो अगाडिबाट परदा हटाइदियौं त आज तिम्रो दृष्टि बडो तीब्र छ ।

    [23] र उसको साथी (फरिश्ता) ले भन्नेछ यो हो (कर्मपत्र) जुन मसँग थियो ।

    [24] प्रत्येक अटेरी काफिरलाई नर्कमा हालिदेऊ ।

    [25] जो धर्मकामलाई रोक्नेवाला, सीमा उल्लंघन गर्नेवाला र शंकाको कुरा गर्नेवाला थियो ।

    [26] जसले अल्लाहको साथमा अरुलाई पूज्य बनाएको थियो । तसर्थ उसलाई दुःखद यातनामा हालिदेऊ ।

    [27] उसको साथी (शैतान) ले भन्नेछ कि, हाम्रो पालनकर्ता । मैले उसलाई मार्गविचलित गरेको थिएन, बरु यो आफै मार्गबाट टाढा भई भौतारिदै थियो ।

    [28] अल्लाहको आदेश हुनेछ कि मेरो सामु, झगडाको कुरा नगर । हामीले तिम्रो पासमा पहिला नै यातनाको वाचा पठाइसकेका थियौं ।

    [29] हामीकहाँ कुरा परिवर्तित हुदैन र हामीले आफ्ना भक्तहरूमाथि अलिकति पनि अत्याचार गर्दैनौं ।

    [30] जुन दिन हामीले नर्कसित सोध्नेछौं कि के तिमी भरिहाल्यौ ? र त्यसले भन्नेछ कि केही अरु पनि छन्

    [31] र जन्नत संयमीहरूको निकट गरिनेछ, त्यो टाढा रहनेछैन ।

    [32] यो हो जसको तिमीलाई वचन दिइन्थ्यो हरेक प्रवृत्त हुनेवाला, र नियमबद्ध रहनेवालाहरूसित ।

    [33] जसले अल्लाहसित अदृश्यमा डर मान्थे र जो प्रवृत्त हुनेवाला हृदय लिएर आयो ।

    [34] तिमी यस स्वर्गमा कुशलताको साथ प्रवेश गर, यो सधैं रहने दिन हो ।

    [35] त्यहाँ उनीहरूले जे चाहनेछन्, उनीहरूलाई प्राप्त हुनेछ । बरु हामीकहाँ अरु पनि धेरै कुरा छन् ।

    [36] र हामीले उनीहरूभन्दा पहिला पनि कैयन् समुदायलाई नष्ट गरिसकेका छौं, जो उनीहरूभन्दा शक्तिमा धेरै बढी थिए, उनीहरू शहरमा घुम्दैरहे कि कतै भाग्ने ठाउँ छ

    [37] यसमा प्रत्येक त्यस व्यक्तिको निम्ति शिक्षा छ जसको पासमा हृदय छ र उसको निम्ति जो हाजिर भई ध्यान लगाएर कानले सुन्दछ ।

    [38] हामीले आकाशहरूलाई र धरतीलाई र जे जति तिनीहरूको बीचमा छ, ६ दिनमा सृष्टि गरिदियौं र हामीलाई कुनै थकाइले छुनसकेन ।

    [39] यसर्थ जे जति यिनीहरू (कुफ्फार) भन्दछन् त्यसमा धैर्य धारण गर्नुस् र सूर्य उदयभन्दा अगाडि र त्यो अस्त हुनुभन्दा पहिला आफ्नो पालनकर्ताको प्रशंसाको साथ गुणगान गर्दैगर्नु ।

    [40] र रातको कुनै बेला पनि उसको महिमागान गर्नु र नमाजपछि पनि ।

    [41] र ध्यानपूर्वक सुनः जुन दिन पुकार्नेवालाले नजिकको ठाउँबाट पुकार्नेछ ।

    [42] जुन दिन मानिसहरूले त्यो ठूलो चित्कार निश्चिततौरले सुनिहाल्नेछन् । त्यही (चिहानबाट) निस्किने दिन हुनेछ ।

    [43] हामीले नै जीवित गर्दछौं र हामीले नै मार्दछौं र हाम्रै पासमा फर्केर आउनुछ ।

    [44] जुन दिन जमिन (धरती) फाट्नेछ र उनीहरू झट्ट निस्किहाल्नेछन् । यो एकत्रित गर्नु हामीलाई बिल्कुल सरल छ ।

    [45] यी मानिसहरूले जे जति भन्दछन्, हामीलाई राम्ररी थाहा छ र तपाई उनीहरूमाथि जबरजस्ती गर्नेवाला होइनौ । तसर्थ जो हाम्रो (सजायको) धम्कीबाट डर मान्छन्, कुरआनको माध्यमबाट उनीहरूलाई सम्झाउँदै गर्नुस् ।

    Surah 51
    अज–जारियात

    [1] कसम छ उडाएर छरिदिने (वायु) को ।

    [2] अनि भारी उचाल्नेहरूको ।

    [3] फेरि विस्तारै चल्नेहरूको ।

    [4] अनि कामहरूलाई वितरित गर्नेहरूको ।

    [5] विश्वास गर जसको कि तिमीलाई वचन दिइन्छ, त्यो साँचो छ ।

    [6] र अवश्य न्याय इन्साफ हुनेछ ।

    [7] त्यस आकाशको शपथ जसमा विभिन्न मार्गहरू छन् ।

    [8] (हे मक्कावालाहरू !) तिमी निश्चितरूपले एउटा विवादको कुरामा परेका छौ ।

    [9] यसबाट त्यही विमुख हुन्छ, जो अल्लाहको तर्फबाट विमुख हुन्छ ।

    [10] अट्कलबाजी गर्नेहरू नष्ट गरिए ।

    [11] जो भ्रममा छन् र बिर्सेका छन् ।

    [12] सोध्छन् कि प्रतिफलको दिन कहिल्ये आउनेछ

    [13] हो, यो त्यो दिन हो (जब) उनलाई आगोमा तताइनेछ ।

    [14] अब आफ्नो उपद्रवको स्वाद चाख । यो त्यही हो, जसको निम्ति तिमीले हतार गर्ने गर्दथ्यौ ।

    [15] निश्चय नै संयमीहरू स्वर्गका बगैंचाहरूमा हुनेछन् ।

    [16] र जुन जुन कुराहरू उनको पालनकर्ताले दिइराखेको हुन्छ उनीले लिइराखेका हुनेछन् । निश्चय नै उनीहरू त यसभन्दा पहिला नै असल कार्य गर्नेहरू थिए ।

    [17] उनीहरू रातको थोरै भागमा सुत्ने गर्दथे ।

    [18] र रातको अन्तिम पहर (भोर)मा क्षमा प्रार्थना गर्नेगर्दथे ।

    [19] र उनको सम्पत्तिमा माँग्नेवाला र निर्धनहरूको हक थियो ।

    [20] र ईमान राख्नेवालाहरूको निम्ति धरतीमा धेरै निशानीहरू छन् ।

    [21] र स्वयं तिम्रो व्यक्तित्वमा पनि, त के तिमीले देख्दैनौ

    [22] र तिम्रो रोजी र जुन कुराको तिमीलाई वचन दिइएको छ सबै आकाशमा छ ।

    [23] तसर्थ आकाशहरू र धरतीको स्वामीको कसम त्यो विश्वास योग्य छ त्यसतै जुन प्रकारले तिमी कुरा गर्दछौ ।

    [24] के इब्राहीमका प्रतिष्ठित अतिथिहरूको वृत्तान्त पनि तिमीछेउ पुगेको छ ।

    [25] जब उनीहरू उनको पासमा आए तब भनेः ‘‘सलाम छ तिमीमाथि’’ उनले पनि भने ‘‘सलाम छ तपाईहरूलाई पनि’’ । (देखेपछि) मनमा भने (यी त) अपरिचित मानिसहरू हुन् ।

    [26] तब आफ्नो घर गई एउटा (पोलिएको) मोटो बाछो(को मासु) ल्याए ।

    [27] र (खानाको निम्ति) उनीहरूको अगाडि राखिदिए । र भन्न थाले कि तपाईहरू किन खानुहुन्न

    [28] अनि उनले मनैमनमा उनीहरूसित डर महसूस गरे । उनीहरूले भने कि डर नमान्नुस् र उनलाई (इब्राहीमलाई) एउटा ज्ञानवान केटोको मंगलसूचना दिए ।

    [29] अनि उनकी स्वास्नी आश्चार्यचकित भई अगाडि बढिन् र आफ्नो निधारमा पिट्दै भनिन् कि म त एक बूढी र बाँझ हूँ

    [30] उनीहरूले भने हो यस्तै नै तिम्रो पालनकर्ताको आदेश छ । निःसंदेह ऊ बडो तत्वदर्शी र ज्ञानवान छ ।

    [31] (इब्राहीमले) भनेः कि ‘‘हे अल्लाहका दूत तिम्रो अभिप्राय के हो ?’’

    [32] उनीहरूले भनेः कि ‘‘हामीहरू अपराधी समूहतर्फ पठाइएका हौं ।

    [33] ताकि उनीहरूमाथि कंकडी बर्साऔं ।

    [34] जो तपाईको पालनकर्ताको तर्फबाट निशान लगाइएका छन् ती सीमाको अतिक्रमणकारीको लागि ।’’

    [35] अनि त्यहाँ जति ईमानवालाहरू थिए उनीहरूलाई, हामीले निकालिहाल्यौं ।

    [36] र हामीले त्यहाँ मुसलमानको एउटा घर मात्र भेट्टायौं ।

    [37] र जुन मानिसहरू दुःखद् यातनासित डराउँदछन्, उनीहरूको निम्ति त्यहाँ निशानी छोडिदियौं ।

    [38] र ‘‘मूसा(अलैहिस्सलाम)’’ (को वृतान्त) मा पनि (निशानी छ) जब कि हामीले उनलाई फिरऔनतिर स्पष्ट प्रमाणकासाथ पठायौं ।

    [39] तब त्यसले आफ्नो शक्ति (घमण्ड) ले विमुख भइहाल्यो र भन्न थाल्यो, यो त जादूगर हो वा दिवाना

    [40] तब हामीले उसलाई र उसका लावालस्करलाई समातिहाल्यौं र उनीहरूलाई समुन्द्रमा फ्याकिहाल्यौं र त्यसको काम नै निन्दनीय थियो ।

    [41] यस्तै ‘‘आद’’ (को वृतान्त) मा पनि (निशानी छ), जब हामीले उनीहरूमाथि अशुभ वायु चलायौं ।

    [42] त्यो जुन जुन कुरामाथि चल्यो, त्यसलाई जिर्णशिर्ण हाड जस्तो चूरा–चूरा गरेर छाडिदियो ।

    [43] र ‘‘समूद’’ (को वृतान्त) मा पनि (निशानी छ) जब उनीसित भनियो कि एक समयसम्म फाइदा उठाइहाल ।

    [44] तर उनीहरूले आफ्नो पालनकर्ताको आदेशको उल्लंघन गरे, अनि हेर्दाहेर्दै उनीहरूलाई कडक चट्याङ्गले समाप्त गरिदियो ।

    [45] अनि उनीहरू नउठ्न सके र नत बदला लिन सके ।

    [46] र यसभन्दा पहिला (हामीले) ‘‘नूह(अलैहिस्सलाम)को’’ जातिबन्धुलाई पनि (समाप्त गरिसकेका थियौं) निश्चय नै उनीहरू ठूलो अवज्ञाकारी थिए ।

    [47] र आकाशलाई हामीले आफ्नो शक्तिद्वारा बनायौं र निश्चितरूपले हामीमा ठूलो सामथ्र्य छ ।

    [48] र धरतीलाई हामीले भूईं बनायौं तसर्थ (हेर) हामीले कति राम्ररी बनायौं ।

    [49] र हामीले प्रत्येक कुराको जोडा बनायौं ताकि तिमीले उपदेश ग्रहण गर ।

    [50] अतः तिमी अल्लाहतिर छिटै लाग । निश्चयनै म उसको तर्फबाट तिम्रो निम्ति एउटा प्रत्यक्ष सावधान गर्नेवाला हूँ ।

    [51] र अल्लाहको साथ अन्य कसैलाई पूज्य नबनाऊ । म उसको तर्फबाट तिम्रो निम्ति एउटा प्रत्यक्ष डर देखाउनेवाला हूँ ।

    [52] यस्तै यिनीहरूभन्दा पहिलेका मानिसहरूको पासमा जुन पैगम्बर आउँथ्यो उनीहरूले उनलाई जादूगर वा दीवाना भन्दथे ।

    [53] के यिनीहरूले एकअर्कालाई यस कुराको निम्ति इच्छाउँदै (उपदेश दिदै) गएका छन् ? (होइन) बरु यिनीहरू सबै अवज्ञाकारी हुन् ।

    [54] तपाईले यिनीहरूबाट पन्छिनुस् । तपाईलाई दोषारोपण हुनेछैन ।

    [55] र उपदेश गर्दैगर्नुस् किनकि उपदेशले मोमिनहरूलाई लाभ पुर्याउँछ ।

    [56] मैले जिन्न र मानिसहरूलाई यसकारण मात्र सृष्टि गरेको छु ताकि मेरो उपासना गरुन् ।

    [57] म उनीहरूबाट जीविका चाहन्न र न यो चाहन्छु कि मलाई खुवाउन् ।

    [58] अल्लाह आफै जीविका प्रदान गर्नेवाला शक्तिशाली, दृढ छ ।

    [59] अतः जसले अत्याचार गरेका छन् उनीहरूको निम्ति पनि सजायको भाग निर्धारित छ, जुन प्रकार उनीहरूका साथीहरूको निम्ति निर्धारित थियो । अतः उनीहरू मसित हतार नगरुन् ।

    [60] जुन दिनको यी काफिरहरूसित वाचा गरिन्छ, त्यसबाट उनको निम्ति खराबी छ ।

    Surah 52
    अत–तूर

    [1] तूर (पहाड़) को कसम ।

    [2] र किताबको पनि जो लेखिएको छ ।

    [3] खुल्ला पानाहरूमा

    [4] र आबाद घरको कसम ।

    [5] र उच्च छानाको (कसम) ।

    [6] र भड्काइएको समुन्द्रको (कसम) ।

    [7] निश्चय नै तपाईको पालनकर्ताको यातना भएरै रहनेछ ।

    [8] उसलाई कसैले रोक्न सक्नेछैन ।

    [9] जुन दिन आकाश कम्पित हुनेछ ।

    [10] र पहाडहरू चलायमान हुनेछन् ।

    [11] त्यसदिन इन्कार गर्नेहरूको निम्ति पूरै तिरस्कार हुनेछ ।

    [12] जो सतही झूठा कुरामा रमाइरहेका छन् ।

    [13] जुन दिन उनीहरू नर्कको आगोतिर धकेली लगिनेछन् ।

    [14] यही त्यो नर्कको आगो हो, जसलाई तिमीले असत्य ठान्दथ्यौ ।

    [15] त के यो जादू हो अथवा तिमीले देख्दैनौ

    [16] यसमा प्रवेश गरिहाल र धैर्य गर वा नगर, तिम्रो निम्ति समान छ, जुन काम तिमीले गर्ने गर्दथ्यौ, त्यसैको तिमीलाई प्रतिफल दिइनेछ ।

    [17] जो संयमी छन्, उनीहरू स्वर्गमा र अनुकम्पाहरूमा रहनेछन् ।

    [18] जेजति उनीहरूको पालनकर्ताले उनीहरूलाई प्रदान गरेको छ त्यसबाट आनन्दित भइरहनेछन्, र उनको पालनकर्ताले उनीहरूलाई नर्कको सजायबाट बचाइहाल्यो ।

    [19] तिमी आफ्ना कर्महरूको प्रतिफल स्वरूप, जुन तिमी गर्दथ्यौ आनन्दसित खाऊ र पिऊ ।

    [20] पंक्तिबद्ध बिछाइएका शानदार तख्ताहरूमा तकिया लगाएर, र हामीले ठूला–ठूला आँखा भएकी सुन्दरी (अप्सरा)हरूसंग उनीहरूको विवाह गरिदिएका छौं ।

    [21] र जसले ईमान ल्याए र उनका सन्तानहरूले पनि ईमानमा उनको अनुशरण गरे, हामीले उनको सन्तानहरूलाई पनि उनीहरूसम्म पुर्याइदिनेछौं र उनका कर्महरूबाट केही कम गर्ने छैनौं । प्रत्येक व्यक्ति आफ्नो कर्मजालमा फँसेको छ ।

    [22] र हामीले उनीहरूको लागि स्वादिलो फलहरू र मनपराएका मासु पर्याप्त प्रदान गर्नेछौं ।

    [23] त्यहाँ उनीहरू एक–अर्कासित पान–पत्र (मदिरा) आदानप्रदान गर्नेछन्, जसमा न कुनै फजूलपना हुनेछ न कुनै पाप ।

    [24] उनीहरूको आसपासमा नवयुवक सेवकहरू हिंडिराख्नेछन् जो सुरक्षित मोतीहरू जस्तो हुनेछन् ।

    [25] र एक अर्कातिर ध्यान दिएर आपसमा कुराकानी गर्नेछन् ।

    [26] भन्नेछन्ः कि यसभन्दा पहिला हामी आफ्ना घरहरूमा (अल्लाहसित) धेरै डराउने तर्सने गर्दथ्यौं ।

    [27] अनि अल्लाहले हामीमाथि ठूलो अनुकम्पा गर्यो र हामीलाई बिषालु लूको यातनाबाट बचाइहाल्यो ।

    [28] यसभन्दा पहिला नै हामीले उसको (अल्लाहको) प्रार्थना गर्ने गर्दथ्यौं । निःसन्देह ऊ अनुकम्पा गर्नेवाला दयावान् छ ।

    [29] अतः (हे पैगम्बर) तपाई सम्झाउँदै गर्नुस् किनभने तपाई आफ्नो पालनकर्ताको कृपाले न शकुनविचार गर्नेवाला र नत पागल हुनुहुन्छ ।

    [30] के इन्कार गर्नेहरूले भन्दछन्ः कि त्यो कवि हो जसको निम्ति हामी कालचक्र अर्थात मृत्युको प्रतीक्षा गरिराखेका छौं ।

    [31] भनिदिनुस् कि तिमी प्रतीक्षा गर्दैजाऊ । म पनि तिम्रो साथमा प्रतीक्षा गर्दैछु ।

    [32] के उनीहरूको बुद्धिले उनीहरूलाई यही सिकाउँदछ वा उनीहरू अट्टेरी नै हुन् ।

    [33] के इन्कारीहरू भन्दछन् कि यस पैगम्बरले (कुरआनलाई) स्वयं रचिहालेको छ ? (होइन) साँचो कुरा यो छ कि तिनीहरूमा ईमान छैन ।

    [34] यदि यिनीहरू साँचो छन् भने यस्तो एउटै वाक्य यिनीहरूले पनि ल्याउन् ।

    [35] के यिनीहरूले कसैले सृष्टि नगरी आफै जन्मिहालेका हुन् वा स्वयं स्रष्टा हुन्

    [36] के उनीहरूले नै आकाशहरू र धरतीको सृष्टि गरेका छन् ? (होइन) बरु यिनीहरू ईमान नल्याउने मानिस हुन् ।

    [37] वा के उनीहरूको पासमा तिम्रो पालनकर्ताको खजाना छ ? वा उनीहरू नै त्यसको (खाजानाको) रक्षक हुन्

    [38] वा के उनको पासमा कुनै सिंढी छ जसमाथि चढेर उनीहरू सुन्दछन् ? (यदि यस्तो छ) भने उनीहरूमध्ये जसले सुनिराखेको छ उसले त्यसबारेमा स्पष्ट प्रमाण ल्याओस् ।

    [39] वा के अल्लाहको लागि सबै छोरीहरू छन्, र तिम्रा निम्ति छोराहरू

    [40] वा तपाईले उनीहरूसित कुनै पारिश्रमिक माँग्नु हुन्छ जसको बोझले यिनीहरू थिचिदै गएका छन्

    [41] के उनीहरूसंग अदृश्यको ज्ञान छ कि उनीहरू त्यसलाई लेखिहाल्छन्

    [42] के उनीहरू कुनै चाल चल्न चाहन्छन् ? (तर) विश्वास गर्नु काफिर त स्वयम् दाउको चपेटमा पर्नेवाला छन् ।

    [43] के अल्लाह बाहेक उनीहरूको अर्को कोही पूज्य छ ? (होइन) अल्लाह उनीहरूको शिर्कबाट पवित्र छ ।

    [44] यदि उनीहरू आकाशको कुनै टुक्रा खसिराखेको देख्छन् भने, भन्नेछन् कि यो त पत्रमाथि पत्र परेको बादल हो ।

    [45] तसर्थ उनीहरूलाई छाडिदेऊ, यहाँसम्म कि त्यो दिनको सामना होस् जसमा उनीहरू बेहोश पारिनेछन् ।

    [46] जुन दिन उनको कुनै दाउपेच उनको काम आउँदैन र नत कहींबाट सहायता प्राप्त गर्नेछन् ।

    [47] निःसन्देह अत्याचारीहरूको निम्ति यस बाहेक अरु यातना पनि छ, तर उनीहरूमध्ये अधिकांशले बुझ्दैनन् ।

    [48] तपाईले आफ्नो पालनकर्ताको आदेशको प्रतीक्षामा धैर्य गर्नुस्, तपाई त हाम्रो आँखा अगाडि हुनुहुन्छ । बिहान उठ्ने बेला आफ्नो पालनकर्ताको प्रशंसाको वर्णन गर्नुस् ।

    [49] र राती पनि उसको गुणगान गर्ने गर्नुस् र ताराहरू अस्ताउँदा पनि ।

    Surah 53
    अन–नज्म

    [1] ताराको कसम, जब त्यो तल खस्छ ।

    [2] तिम्रो साथी (मुहम्मद ) न त बाटो बिर्सेका छन् न भ्रमित छन् ।

    [3] र उनी आफ्नो इच्छाले केही भन्दैनन् ।

    [4] त्यो त मात्र वह्य हो जुन (उनीमाथि) पठाइँदै छ ।

    [5] उनलाई ठूलो शक्तिवाला अल्लाहको दूत (जिब्रील) ले सिकाएको छ ।

    [6] त्यो शक्तिशाली छ अनि उनी सिधा ठाडो भइहाले

    [7] र उनी आकाशको उच्चतम भागमा थिए ।

    [8] अनि उनी निकट भए र उतरी आए ।

    [9] अब कमानको बीचको दूरी बाँकी रह्यो वा त्योभन्दा पनि कम ।

    [10] अनि अल्लाहले आफ्नो दासतिर जुन ‘‘वह्य’ पठाउनु थियो पठायो ।

    [11] जे जति उनले देखे, उनको हृदयले त्यसलाई झूठ ठानेन ।

    [12] के जेजति उनी देख्छन् तिमी त्यसमा उनीसित विवाद गर्छौ

    [13] र (उनले) उसलाई एकपटक पहिले पनि देखेका थिए ।

    [14] अन्तिम सीमाको बैरको रुख नजिक (अर्थात् सिदरतुल् मुन्तहा नजिक) ।

    [15] त्यसैको निकटमा बासस्थानवाली जन्नत (जन्नतुल् मावा) छ ।

    [16] त्यस बैरको रुखलाई ढाकेको थियो जे उसमाथि छाइरहेको थियो ।

    [17] उनको दृष्टि नत अरुतिर गयो र न (सीमाभन्दा) अगाडि बढ्यो ।

    [18] उनले निश्चय नै आफ्नो पालनकर्ताका ठूला–ठूला निशानीहरूमध्ये केही देखे ।

    [19] के तिमीहरू लात र उज्जालाई देख्यौ

    [20] र तेस्रो अन्तिम मनात (देवीको मूर्ति) लाई

    [21] के तिम्रो निम्ति छोराहरू छन् र अल्लाहको निम्ति छोरीहरू

    [22] यो विभाजन त बेढंग र अन्यायपूर्ण छ ।

    [23] उनीहरू त मात्र केही नामहरू हुन् जुन तिमीले र तिम्रो बाउबाजेले राखेका छन्, अल्लाहले त उनीहरूको निम्ति कुनै प्रमाण पठाएको छैन । उनीहरू त मात्र अड्कल र आफ्नो इच्छापूर्तिको पछाडि हिंडिराखेका छन् र निश्चय नै उनको पालनकर्ताको तर्फबाट मार्गदर्शन आइसकेको छ ।

    [24] के प्रत्येक मानिसले जुन कुराको कामना गर्दछ, त्यो सबै उसलाई प्राप्त छ

    [25] आखिर यस संसारको र परलोकको स्वामी त अल्लाह नै हो ।

    [26] र आकाशहरूमा यसो धेरै फरिश्ताहरू छन्, कि उनीहरूको सिफारिश कुनै काम लाग्नेछैन, यो अर्कै कुरा छ कि अल्लाह आफ्नो इच्छाले आफू खुशी जसलाई चाहन्छ अनुमति दिन्छ ।

    [27] निःसन्देह जुन मानिसहरू आखिरतमाथि ईमान राख्दैनन्, उनीहरूले फरिश्ताहरूलाई स्त्रिीहरूको नाम दिन्छन् ।

    [28] जब कि उनीहरूलाई यस विषयमा केही थाहा छैन । उनीहरू त मात्र आफ्नो अड्कलवाजीको पछाडि हिंड्छन् र अनुमानले वास्तविकताको दाँजोमा केही काम गर्दैन ।

    [29] तसर्थ जो हाम्रो स्मरणबाट विमुख छन् र संसारिक जीवन बाहेक अरु केही चाहदैनन् । त्यसबाट तपाई पनि विमुख भइहाल्नुस् ।

    [30] यस्ता मानिसहरूको ज्ञानको पहुँच यहीँसम्म छ । निश्चय नै तपाईको पालनकर्ता त्यसलाई राम्रोसंग जान्दछ, जो उसको मार्गबाट विचलित भएको छ, र उही नै उसलाई पनि राम्ररी जान्दछ जसले (सोझो) मार्ग अपनायो ।

    [31] र जे–जति आकाशहरूमा छ र जे–जति धरतीमा छ सबै अल्लाहकै हो, ताकि जसले नराम्रो कर्म गर्यो, उनीहरूलाई त्यसको प्रतिफल देओस् । र जुन मानिसहरूले असल कर्म गरे, उनीहरूलाई राम्रो प्रतिफल प्रदान गरोस् ।

    [32] जुन मानिसहरू ठूला–ठूला पाप र अश्लील कर्महरूबाट पन्छिन्छन्, केही साना–तिना पाप बाहेक । निश्चय नै तिम्रो पालनकर्ता क्षमाशीलतामा बडो व्यापक छ । उसले तिमीलाई राम्ररी जान्दछ, जब उसले तिमीलाई माटोबाट सृष्टि गर्यो र जब तिमी आफ्ना आमाहरूको पेटमा भ्रुण अवस्थामा थियौ । तसर्थ आफ्नो मनको पवित्रताको दावी आफै नगर । उसले संयमीहरूलाई राम्ररी जान्दछ ।

    [33] के तपाईले त्यस व्यक्तिलाई देखनु भयो जो विमुख भयो ।

    [34] र अलिकति दियो, र कठोर भइहाल्यो (हात रोक्यो) ।

    [35] के उसलाई परोक्षको ज्ञान छ कि उसले सबथोक देखिराखेको छ

    [36] वा जुन कुरो ‘‘मूसाको’’ किताबमा छन्, उनीहरूलाई त्यसको बारेमा थाहा भएन

    [37] र जुन वफादार इब्राहीमको किताबमा थियो

    [38] कि कुनै पनि व्यक्तिले अरु व्यक्ति (को पाप) को भारी बोक्नेछैन ।

    [39] र यो कि प्रत्येक मानिसको लागी त्यही नै हो जसको निम्ति उसले प्रयास गर्यो ।

    [40] र यो कि उसको प्रयास शीघ्र नै देखिनेछ ।

    [41] अनि उसलाई पूरा प्रतिफल प्रदान गरिनेछ ।

    [42] र यो कि तपाईको पालनकर्ताकै पासमा पुग्नु छ ।

    [43] र यो कि उसैले हसाउँछ र रुलाउँछ ।

    [44] र यो कि उसैले मार्दछ र जीवित राख्दछ ।

    [45] र यो कि उसैले स्त्री र पुरुष (भाले र पोथी) जोडीको सृष्टि गर्यो ।

    [46] (वीर्यको) थोपाबाट जबकि त्यो गर्भमा टपकाइन्छ ।

    [47] र यो कि (कयामतको दिन) उसैको जिम्मा पुनः उठाउनु छ ।

    [48] र यो कि उही हो जसले कि धनी र सन्तुष्ट बनाउँछ ।

    [49] र यो कि उही शेअरा (अरबहरूका पहिलाको पुज्य तारा)को स्वामी हो ।

    [50] र यो कि उसैले प्राचीन आदलाई नष्ट गर्यो ।

    [51] र समूदलाई पनि, अर्थात कसैलाई बाँकी छाडेन ।

    [52] र यिनीभन्दा पहिला ‘‘नूहको’’ कौमलाई पनि । कुनै सन्देह छैन कि उनीहरू बडो अत्याचारी र बडो अट्टेरी थिए ।

    [53] र पल्टिजाने बस्तीलाई उसैले नष्ट गरिदियो ।

    [54] अनि त्यसलाई छोपिहाल्यो, जसलाई जुन कुराले छोप्नु थियो ।

    [55] अनि (हे मानिस) तिमीले आफ्नो पालनकर्ताका कुन–कुन अनुकम्पाको विषयमा विवाद गर्नेछौ

    [56] यी (मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम) पनि पहिलेका सावधानकर्ताहरू जस्तै एउटा सावधान गर्नेवाला हुन् ।

    [57] आउनेवाला (कयामत) नजिक आइपुग्यो ।

    [58] त्यस दिनको लुकेका कुरालाई अल्लाह बाहेक कसैले प्रकट गर्नसक्ने छैन ।

    [59] अब के तिमीले यस कुरामा आश्चार्य गर्दछौ

    [60] र हाँस्दछौ? र रुँदैनौ

    [61] अपितु तिमी खेलीराखेका छौ ।

    [62] तसर्थ अल्लाहको अगाडि़ ढोग र उसैको उपासना गर ।

    Surah 54
    अल–कमर

    [1] कयामत नजिक आइपुग्यो र चन्द्र च्यातीयो ।

    [2] र यदि काफिरहरूले कुनै चमत्कार देख्दछन् भने मुख फर्काइहाल्छन् र भन्छन् कि यो पहिलादेखि चलिआइरहेको एउटा जादू हो ।

    [3] उनीहरूले असत्य ठहराए, र आफ्ना इच्छाहरू अनुसार गरे । र प्रत्येक कामको समय निर्धारित छ ।

    [4] र निश्चितरूपले उनीहरूछेउ (अतीतका) यस्ता सूचनाहरू पुगिसकेका छन्, जसमा हप्कीदप्की र नसीहतको कुरा छ ।

    [5] अतः पूर्ण बुद्धिमत्ताको कुरा पनि छ, किन्तु चेतावनीहरू उनीहरूको कुनै काम आइरहेको छैन ।

    [6] अतः हे नबी तपाई उनीहरूबाट विमुख भइहाल्नुस्, जुन दिन पुकार्नेवाला एक अत्यन्त अप्रिय कुरातिर बोलाउने छ ।

    [7] तब उनीहरू झुकेका आफ्ना आँखाहरूका साथ, चिहानबाट यसरी निस्किरहेका हुन्छन्, जस्तोकि उनीहरू छरिएका सलहहरू हुन् ।

    [8] त्यस बोलाउनेवालातिर दगुर्दै गइराखेका हुनेछन् । इन्कार गर्नेहरू भन्ने छन् कि यो दिन बडो कठिन छ ।

    [9] यिनीहरूभन्दा पहिला ‘’नूहको’’ जातिबन्धुले पनि हाम्रो भक्तलाई असत्य ठहराएका थिए । र बौलाहा भनेर हप्काएका थिए ।

    [10] तब उनले आफ्नो पालनकर्तासँग प्रार्थना गरे कि म विवश छु, तसर्थ मेरो मद्दत गर ।

    [11] तब हामीले मुसलधारे पानीको वर्षाबाट आकाशको मुहान खोलिदियौं ।

    [12] र धरतीमा पानीका मूलहरू प्रवाहित गरिदियौं र सारा पानी त्यस कामको निम्ति एकत्रित भइहाल्यो जुन निर्धारित भैसकेको थियो ।

    [13] र हामीले ‘‘नूहलाई’’ एउटा डुङ्गामा जो तख्ता र किल्लाहरूबाट तयार गरिएको थियो, सवार गराइहाल्यौं ।

    [14] त्यो हाम्रो आँखाको अगाडि चलिरहेको थियो, यो बदला उसको तर्फबाट थियो, जसलाई इन्कार गरिएको थियो ।

    [15] र हामीले यस घटनालाई एउटा निशानी बनाएर बाँकी राख्यौं, त कोही छ जसले उपदेश हासिल (प्राप्त) गरोस् ।

    [16] भन मेरो सजाय र डराउने कुरा कस्तो रह्यो

    [17] र हामीले कुरआनलाई बुझ्नको निम्ति सरल गरिदियौं, त कोही छ जसले उपदेश हासिल गरोस्

    [18] ‘‘आदको समुदायले’’ पनि झूठा ठहराए तर मेरो यातना र मेरो डरको कुरा कस्तो रह्यो

    [19] हामीले उनीहरूतिर एउटा अशुभ दिनमा निरन्तर तेज बग्ने प्रचण्ड आँधी (हूरी) चलायौं ।

    [20] त्यसले मानिसहरूलाई उखेलिएको खजूरको बोट जस्तै उठाउँदै फ्याँक्दै गरेको थियो ।

    [21] त मेरो यातना र तर्साइ कस्तो रह्यो

    [22] निश्चितरूपले हामीले कुरआनलाई उपदेशको लागि सजिलो पारिदिएका छौँ, त कोही छ जसले उपदेश लिइहालोस्

    [23] ‘‘समूदको समुदायले’’ पनि चेतावनी दिनेवालाहरूलाई असत्य ठहराए ।

    [24] र भने कि के हामीले हामीहरूमध्येकै एउटा मान्छेको अनुशरण गरौँ ? त्यस्तो भएत हामी निश्चितरूपले मार्गविचलन र बौलाहापनमा परिहाल्ने छौं ।

    [25] के हामी सबैमध्ये उसैमाथि वह्य (अल्लाहको वाणी) अवतरित भएको हो ? होइन बरु त्यो अत्यन्त झूठा, आत्मप्रशंसक हो ।

    [26] उनी सबैलाई अब चाडै थाहा भैहाल्नेछ कि को झूठा र आत्मप्रशंसक थियो ।

    [27] निःसन्देह हामीले उनको परीक्षाको निम्ति उँटनी पठाउने छौं, तसर्थ (हे सालेह) तिमी उनको प्रतीक्षा र धैर्य गर ।

    [28] हो उनीहरूलाई सूचित गरिदेऊ कि पानी उनीहरूबीच बाँडी सकिएको छ । प्रत्येक व्यक्ति आफ्नो पालोमा आउनु पर्नेछ ।

    [29] उनीहरूले आफ्नो साथीलाई डाँके, जसले (उँटनीमाथि) प्रहार गर्यो र उसको घुँडाको पछाडिको नसा काटिदियो ।

    [30] तसर्थ मेरो यातना र तर्साइ कस्तो रह्यो

    [31] हामी उनीहरूमाथि एउटा चित्कार (विष्फोट) पठायौँ, अनि उनीहरू यस्तो भैहाले जस्तो खेतीको आली बनाउँदा मडारिएको घाँसहरू ।

    [32] र हामीले कुरआनलाई उपदेशको निम्ति सरल गरिदियौं, त कोही छ जसले उपदेश लिइहालोस्

    [33] ‘‘लूतको’’ कौम (जातिबन्धु) ले पनि डराउनेहरूलाई झूठा भने ।

    [34] तब हामीले उनीहरूमाथि गिट्टीले भरिएको हावा चलायौं, तर ‘‘लूतका’’ परिवार बाहेक तिनीहरूलाई हामीले प्रातःकाल नै बचाइहाल्यौं ।

    [35] हामी यस्तै प्रकारले त्यस व्यक्तिलाई आफ्नो अनुकम्पाबाट प्रतिफल दिन्छौं जसले कृतज्ञता देखाउँछ ।

    [36] र (लूतले) उनीहरूलाई हाम्रो पकडबाट डराएका पनि थिए तर तिनीहरूले त्यसमा शंका गर्दैरहे ।

    [37] उनीहरूले लूत (अलैहिस्सलाम)लाई फकाएर उसको पासबाट उसको अतिथिहरूलाई बोलाउन चाहे, तब हामीले उनको आँखालाई अन्धा बनाइदियौं, तसर्थ (अब) मेरो यातना र मेरो डरको स्वाद चाख ।

    [38] र सत्य कुरो छ उनीलाई बिहानै एउटा अटल निर्धारित यातनाले नष्ट गरिदियो ।

    [39] त अब मेरो सजाय र मेरो डरको स्वाद चाख ।

    [40] र हामीले कुरआनलाई उपदेशको निम्ति सरल बनाइदिएका छौं त कोही छ जसले शिक्षा प्राप्त गरोस् ।

    [41] र फिरऔनका मानिसहरूको पास पनि डराउनेवाला आए ।

    [42] उनीहरूले हाम्रा सबै निशानीहरूलाई असत्य ठहराए । अन्ततः हामीले उनीहरूलाई समातिहाल्यौं, जुन प्रकारले एउटा जबरजस्त अधिपत्यशालीले समात्छ ।

    [43] (हे कुरैशीहरू) के तिम्रा काफिरहरू ती काफिरहरूभन्दा राम्रा छन् ? वा पहिलाका ग्रन्थहरूमा (तिम्रो निम्ति कुनै) छुट्कारा लेखिएको छ

    [44] के यिनीहरू भन्छन्ः कि हाम्रो जत्था विजय हुनेवाला बडो बलियो छ

    [45] शीघ्र नै यो जत्था पराजित हुनेछ र यिनीहरू पिठ्युँ फर्काई भागिहाल्नेछन् ।

    [46] उनीहरूसंगको वचन अनुसार कयामतको समय (आउने) छ र कयामत (प्रलय) बडो गाह्रो र बहुत कठोर कुरा हो ।

    [47] निःसन्देह पापीहरू मार्गबिचलन र यातनामा परेका छन् ।

    [48] जुनदिन उनीहरूलाई मुख तल पारेर नर्कको आगोमा घिसारिनेछ । (र उनीहरूसंग भनिनेछ) अब, आगोको स्वाद चाख ।

    [49] निश्चय नै हामीले हरेक कुरालाई निर्धारित नाप र अनुमानमा सृष्टि गरेका छौं ।

    [50] र हाम्रो आदेश एक पटक मात्र (एकछिनको लागि हुन्छ) जस्तो कि आँखाको झिम्काई ।

    [51] र हामीले तिमी जस्ता मानिसलाई विनष्ट गरिसकेका छौं, त कोही छ जो उपदेश प्राप्त गरिहालोस् ।

    [52] र जे–जति उनीहरूले गरेका छन्, त्यो कर्मपत्रमा अंकित छ ।

    [53] (अर्थात्) प्रत्येक सानो र ठूलो कुरा लेखिएको छ ।

    [54] निश्चय नै जो संयमी परहेजगार छन्, उनीहरू बाग र नहरहरूको माझमा हुनेछन् ।

    [55] (अर्थात्) पवित्र स्थानमा अधिपत्यशाली सम्राटको निकट राम्रोसँग सम्मानका साथ ।

    Surah 55
    अर–रहमान

    [1] रहमान (अल्लाह) ले

    [2] कुरआन सिकायो ।

    [3] उसैले मानिसहरूलाई सृष्टि गर्यो

    [4] र उसलाई बोल्न सिकायो ।

    [5] सूर्य र चन्द्र एक निर्धारित हिसाबले चलिराखेका छन्

    [6] र तारा र वृक्ष दुबैले ढोगी राखेका छन् ।

    [7] र उसैले आकाशलाई माथि उठायो र तुला (तराजु) स्थापित गर्यो ।

    [8] ताकि तिमी तौल्दा सीमाको उल्लंघन (घटीबढी) नगर ।

    [9] न्यायोचितरूपले ठीक तौल गर र तौलमा कम नदेऊ ।

    [10] र उसैले प्राणीहरूको निम्ती धरती बिछाइदियो ।

    [11] त्यसमा स्वादिष्ट फल र गुच्छावाला खजूरका रुखहरू छन् ।

    [12] र भुसवाला अन्नका दाना छन् र सुगन्धित फलहरू पनि छन् ।

    [13] तसर्थ (हे मानिस र जिन्न) तिमीले आफ्नो पालनकर्ताको कुन–कनु अनुकम्पालाई असत्य ठहराउँनेछौ

    [14] उसले मनुष्यलाई कङक्रिट जस्ता खनखनाउँदो माटोबाट सृष्टि गर्यो ।

    [15] र जिन्नलाई उसले आगोको रापबाट सृष्टि गर्यो ।

    [16] तसर्थ तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य साबित गर्नेछौ ।

    [17] ऊ दुई पूर्वको स्वामी हो र दुई पश्चिमको पनि ।

    [18] अनि (हे जिन्न र मानव) तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पाहरूलाई असत्य ठहाराउनेछौ

    [19] उसैले दुई समुन्द्र प्रवाहित गरिदियो जो आपसमा मिल्छन् ।

    [20] ती दुवैको बीचमा एउटा पर्दा छ । जसको तिनीहरू अतिक्रमण गर्दैनन् ।

    [21] त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ

    [22] ती दुवै समुन्द्रबाट मोती र मुँगा निस्कन्छ ।

    [23] अतः तिमीले आफ्नो पालनकर्ताका कुन–कुन पुरस्कारहरूलाई झूठ भन्नेछौं

    [24] र ती जहाजहरू पनि उसैका हुन् जो समुन्द्रमा पर्वतहरू झै अग्लो भई चलीराखेका छन् ।

    [25] तसर्थ तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ

    [26] प्रत्येक प्राणी जो यस धरतीमा छ, नाशवान छ ।

    [27] तर तिम्रो पालनकर्ताको अनुहार (व्यक्तित्व) जो प्रतिष्ठित र सम्मानित छ शेष रहनेवाला छ ।

    [28] त तिमीले आफ्नो पालनकर्ताको कुन– कुन अनुकम्पालाई असत्य ठहराउने छौ

    [29] आकाशहरू र धरतीमा जो कोही पनि छन् सबै उसैसित माँग्दछन्, प्रत्येक दिन ऊ नौलो शानमा छ ।

    [30] अनि तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ

    [31] हे दुवै समुदायहरू (जिन्न र मनुष्य) हामी शीघ्र तिम्रो निम्ति पूर्णरूपले ध्यान दिनेछौं ।

    [32] अनि तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ

    [33] हे जिन्न र मनुष्यका समुदायहरू यदि तिमीहरूमा आकाशहरू र धरतीका सीमाहरूलाई पार गर्ने शक्ति छ त निस्केर हेर तर बिना वर्चस्वता र शक्तिको तिमीले कहिल्यै पार गर्न सक्दैनौं ।

    [34] अनि तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ

    [35] तिमीमाथि आगोको ज्वाला र धुवाँ छोडिने छ, अनि तिमीले मुकाबिला गर्न सक्दैनौ ।

    [36] अनि तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पलाई असत्य ठहराउने छौ

    [37] अनि जब आकाश च्यातिएर रातो छाला जस्तो भइहाल्नेछ ।

    [38] अनि तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ

    [39] अनि त्यसदिन न कुनै मानिससित उसको पापको बारेमा सोधिनेछ र न कुनै जिन्नसित ।

    [40] अनि तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ

    [41] गुनहगारहरू आफ्नो अनुहारबाट नै चिनिनेछन्, र उनका टाउकोको कपालहरू र खुट्टाद्वारा उनीहरूलाई समातिने छ ।

    [42] अतः तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ

    [43] यही त्यो जहन्नम हो, जसलाई गुनाहगारहरूले असत्य भन्दथे ।

    [44] उनीहरू यसको र उम्लिराखकेको तातो पानीको बीचमा चक्कर लगाइरहनेछन् ।

    [45] तसर्थ तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउनेछौ ।

    [46] र जुन मानिस आफ्नो पालनकर्ताको सामु उभिनुबाट डर मान्यो, उसको निम्ति दुईवटा स्वर्गहरू छन् ।

    [47] त तिमीले आफ्नो पालनकर्ताको कुन– कुन अनुकम्पालाई असत्य ठहराउनेछौ

    [48] ती दुवै स्वर्गहरूमा धेरै हाँगाहरू हुनेछन् ।

    [49] त तिमीले आफ्नो पालनकर्ताको कुन– कुन अनुकम्पालाई असत्य ठहराउनेछौ

    [50] यी दुवै बगैंचाहरूमा दुईटा प्रवाहित झरनाहरू छन् ।

    [51] त तिमीले आफ्नो पालनकर्ताको कुन– कुन अनुकम्पालाई असत्य ठहराउनेछौ

    [52] ती दुवै बगैंचाहरूमा प्रत्येक स्वादिष्ट फलका दुई–दुई किसिम हुनेछन् ।

    [53] अतः तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ

    [54] स्वर्गमा रहनेहरू यस्ता ओछ्यानमा तकिया लगाएर बसेका हुनेछन्, जसको अस्तर बाक्लो रेशमका हुनेछन्, र दुवै बगैंचाका फलहरू नजिकै हुनेछन् ।

    [55] त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पलाई असत्य ठहराउने छौ

    [56] त्यहाँ आँखा झुकाएका लज्जालु स्त्रीहरू (अप्सरा) हुनेछिन्, जसलाई जन्नतवालाभन्दा पहिला न कुनै मानिसले स्पर्श गरेको हुन्छ र न कुनै जिन्नले ।

    [57] त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ

    [58] ती (अप्सरा) स्त्रीहरू याकूत र मूँगा जस्ती हुनेछिन् ।

    [59] त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ

    [60] भलाईको बदला भलाई बाहेक अरु के हुनेछ

    [61] त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पलाई असत्य ठहराउने छौ

    [62] र यी बगैंचाहरू बाहेक दुईवटा अरु बगैंचाहरू छन् ।

    [63] त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पलाई असत्य ठहराउने छौ

    [64] दुवै निकै गाढा हरिया छन् ।

    [65] त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पलाई असत्य ठहराउने छौ

    [66] ती दुवै बगैंचाहरूमा दुईवटा बग्ने झरनाहरू प्रवाहित भइराखेका छन् ।

    [67] त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ

    [68] यिनीहरूमा स्वादिष्ट फल, मेवाहरू खजूर र अनारहरू हुनेछन् ।

    [69] अतः तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ

    [70] यिनीहरूमा चरित्रवान र सुन्दर स्त्रीहरू छिन् ।

    [71] त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ

    [72] गोरो रंग भएकी ती स्त्रीहरू स्वर्गका खीमाहरूमा रहनेवाली हुन् ।

    [73] त तिमीले (हे मानव र जिन्न) आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ

    [74] जसलाई पहिला न कुनै मनुष्यले छोएको हुन्छ र न कुनै जिन्नले ।

    [75] त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ

    [76] उनीहरू हरिया रेशमी डसना र उत्कृष्ट र असाधारण गलैंचाहरूमा तकिया लगाएर बसेका हुनेछन् ।

    [77] त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ

    [78] ठूलै बरकतवाला नाम हो तिम्रो गरिमामय र उदार पालनकर्ताको ।

    Surah 56
    अल–वाकिआ

    [1] जब कयामत घटित भइहाल्ने छ ।

    [2] त्यसको घटित हुने कुरामा केही असत्य छैन ।

    [3] कसैलाई तल झार्ने, कसैलाई माथि उचाल्ने हुनेछ ।

    [4] जब धरती भूकम्पको साथ कम्पित गराइनेछ ।

    [5] र पहाडहरू फुटालेर साना–साना कणमा परिणत गराइनेछन् ।

    [6] अनि तिनीहरू धुलो जस्तो भई उड्न थाल्नेछन् ।

    [7] र तिमीहरू तीन समूहमा परिणत हुनेछौ ।

    [8] त दाहिना हातवाला, दाहिना हातवाला कस्तो सौभाग्यशाली छन् ।

    [9] र बाँया हातवाला अफशोच बाँया हातवालाको कस्तो हालत छ ।

    [10] र जो अगाडिवाला छन् उनीहरू त अगाडिवाला नै हुन् ।

    [11] तिनीहरू बिल्कुल (अल्लाहको) सामिप्यता प्राप्त हुन् ।

    [12] अनुकम्पाले भरिएको जन्नतमा छन् ।

    [13] धेरै ठूलो समूह त अघिका मानिसहरूको हुनेछ ।

    [14] र थोरै पछिकाहरूमध्येबाट ।

    [15] यिनीहरू सुनका तारहरूले बनेका पलंगहरूमाथि ।

    [16] एक अर्काको सामुन्ने तकिया लगाएर बसेका हुनेछन् ।

    [17] उनको पासमा किशोरहरू जो सधैं (बालक नै रहनेछन्) आउंदैजांदै गर्नेछन् ।

    [18] अर्थात् प्याला र जगमा स्वादिलो पेयले भरिएको पात्र लिएर हिंडिरहने छन् ।

    [19] जसबाट न त टाउकोमा दर्द हुनेछ र न उनको बुद्धिमा विकार आउनेछ ।

    [20] र त्यस्ता फलहरूको साथ जुन कि उनले रुचाउँछन् ।

    [21] र पंक्षीका मासु जुन तिनीहरूले रुचाउँछन् ।

    [22] र ठूला–ठूला आँखा भएकी (अप्सरा) हरू

    [23] जो लुकेको मोती जस्ती हुनेछिन् ।

    [24] यो उनीहरूको कर्मको प्रतिफल हो ।

    [25] त्यहाँ न व्यर्थका कुरा सुन्नेछन् र न गुनाहका ।

    [26] उनीहरूको आपसमा सलामको आदान–प्रदान मात्र हुनेछ ।

    [27] र दाहिना हातवालाहरू निकै (भाग्यशाली) हुनेछन् ।

    [28] उनी काँडा नभएका बयरहरू

    [29] र गुच्छेदार केराहरू

    [30] र परसम्म फैलिएका छाँयाहरू

    [31] र पानीका झरनाहरू

    [32] र प्रशस्त फलहरूमा (हुनेछन्)

    [33] जुन कहिल्यै समाप्त हुने छैनन् र उनीबाट कसैले रोक्नेछैन ।

    [34] र अग्ला, अग्ला ओछ्यानमा हुनेछन् ।

    [35] हामीले उनीहरूका स्वास्नीहरूलाई विशेष प्रकारले सृष्टि गरेका छौं ।

    [36] अनि उनीहरूलाई हामीले कुमारी (पवित्र) बनायौं ।

    [37] समान उमेरकी र मायालु ।

    [38] दाहिने हातवालाहरूको निम्ति हुन् ।

    [39] यिनीहरूमा अघिल्लामध्येका पनि धेरै हुनेछन् ।

    [40] र पछिल्लामध्येका पनि धेरै हुनेछन्

    [41] र बाँया हातवालाहरू, (अफशोच) बाँया हातवाला कस्ता छन् ।

    [42] गर्म (तातो) हवा र उम्लिराखेको पानीमा हुनेछन् ।

    [43] र कालो धुवाँको छाँयामा

    [44] जुन न चिसो छ न रुचाउने योग्य ।

    [45] निःसंदेह उनीहरू यसभन्दा पहिला धेरै सुख सुविधामा थिए ।

    [46] र ठूला–ठूला पापहरू गर्दै बसेका थिए

    [47] र भन्ने गर्दथे कि के जब हामी मृत भइहाल्ने छौं र माटो र हाड भइहाल्ने छौं, हामी फेरि उठाइने छौं

    [48] र के हाम्रा बाबु बाजे पनि

    [49] तपाई भनिदिनुस् कि निःसन्देह पहिला र पछिका

    [50] सबै एउटा निर्धारित दिनको समयमा अवश्य एकत्रित गरिनेछन् ।

    [51] अनि तिमी हे असत्य ठहराउनेवाला पथ विचलितहरू

    [52] थूहर (क्याक्टस) को वृक्ष खानेछौ ।

    [53] र यसैले पेट भर्ने छौ

    [54] र यसमाथि उम्लिराखेको पानी पिउनेछौ

    [55] र पिउँदा पनि (यसप्रकार पिउनेछौं जस्तो कि) तिर्खाएको ऊँट जस्तो

    [56] कयामतको दिन उनीहरूको सत्कार हो यो

    [57] हामीले तिमी सबैलाई सृष्टि गरेका हौं, तसर्थ तिमीले किन (सत्य) मान्दैनौ

    [58] हेर जुन तिमीले वीर्य (स्वास्नीमा) छाड्छौ

    [59] के तिमीले त्यसबाट मानिसको सृष्टि गर्दछौ वा हामीले नै सृष्टि गर्दछौं

    [60] हामीले नै तिमीमा मृत्यु निर्धारित गरिदिएका छौं र हामी त्यसबाट हारेका होइनौं ।

    [61] कि हामीले तिम्रो ठाउँमा अरु तिमीहरू जस्तालाई पैदा गर्न सक्छौ र तिमीलाई नयाँ रूपमा त्यस संसारमा पैदा गरिदिन्छौं जसको बारेमा तिमलिाई थाहा छैन ।

    [62] तिमीलाई पहिलो पटकको जन्म थाहा छ, अनि तिमीले किन शिक्षा ग्रहण गर्दैनौ

    [63] अनि यो पनि बताऊ जुन तिमीले उब्जाउँछौ

    [64] के तिमीले नै त्यसलाई उब्जाउछौं वा हामी उब्जाउनेवाला हौं

    [65] यदि हामीले चाह्यौं भने त्यसलाई भुसा गरिदिन्छौं र तिमी कुरा गर्दै रहनेछौ ।

    [66] (कि अफशोच) हामी त सित्तैमा दण्डमा परिहाल्यौं

    [67] बरु हामी बिल्कुलै वञ्चित रहयौं ।

    [68] अनि यो बताऊ तिमीले जुन पानीलाई पिउँछौ ।

    [69] उसलाई बादलबाट पनि तिमीले नै बर्साएका हौ वा हामीले बर्साउँछौं

    [70] यदि हामीले चाह्यौं भने त्यस पानीलाई खारा बनाइदिन्छौं ? अनि तिमीले कृतज्ञता किन प्रकट गर्दैनौ

    [71] हेर यो पनि बताऊ कि जुन आगो तिमीले सल्काउँछौ

    [72] (के तिमीले) त्यस रुखलाई सृष्टि गर्दछौ वा हामीले त्यसको सृष्टि गरेका छौं

    [73] हामीले उसलाई एउटा उपदेशको माध्यम र यात्रीहरू (र आवश्यक पर्नेहरूका) लागि लाभप्रद बनाएका छौं ।

    [74] अतः तिमीले आफ्नो महान् पालनकर्ताको गुणगान गर ।

    [75] म खस्ने ताराहरूको कसम खान्छु ।

    [76] र यदि तिमीले बुझ्छौ भने यो ठूलो कसम हो

    [77] निश्चय नै यो धेरै प्रतिष्ठित कुरआन हो

    [78] जो एउटा सुरक्षित किताबमा अंकित छ ।

    [79] त्यसलाई पवित्र (फरिश्ताहरू) मात्र हात लगाउँछन् ।

    [80] सम्पूर्ण संसारको स्वामीको तर्फबाट अवतरित गरिएको छ ।

    [81] के तिमीले त्यस वाणीलाई साधारण ठान्छौ

    [82] र आफ्नो भागमा यो लिन्छौ कि यसलाई झूठो ठहराउँदै गर

    [83] अनि जब प्राण कण्ठमा आइपुग्दछ

    [84] र तिमीले त्यस समय आखाँले हेरिराखेको हुन्छौ

    [85] र हामी त्यस बेला तिमीभन्दा धेरै नजिक हुन्छौं तर तिमीले देख्दैनौ ।

    [86] अतः यदि तिमी कसैको अधीनमा छैनौ ।

    [87] र यस कुरामा यदि साँचो हौ, त यस प्राणलाई किन फर्काउँदैनौ

    [88] अनि यदि कोही (अल्लाहको) दरबारको नजीक गरिएको हुनेछ ।

    [89] भने उसको निम्ति आराम, सुखसामग्री र आरामदायक स्वर्गहरू छन् ।

    [90] र जो दाहिने हातावालामध्येको छ

    [91] तिमीलाई सलाम छ कि तिमी भाग्यशालीमध्येका छौ ।

    [92] तर यदि कोही त्यो झूठा ठहराउने र मार्गबिचलितहरूमध्येको छ

    [93] त उसको लागि उम्लिराखेको पानीको आतिथ्य छ

    [94] र (फेरि) नर्कमा जानु छ ।

    [95] निःसन्देह यो (खबर) पूरै सत्य हो ।

    [96] अतः तिमीले आफ्नो महान् पालनकर्ताको गुणगान गरिराख ।

    Surah 57
    अल–हदीद

    [1] आकाशहरू र धरतीमा जे छ सबैले अल्लाहकै गुणगान गर्दैछन् र ऊ अधिपत्यशाली ठूलो तत्वदर्शी छ ।

    [2] आकाशहरू र धरतीको सत्ता उसैको हो, उसैले जीवन दिन्छ र मृत्यु पनि र ऊ प्रत्येक कुरामा सामथ्र्य सम्पन्न छ ।

    [3] उही पहिला हो र अन्तिम पनि । व्यक्त हो र अव्यक्त पनि । र ऊ हरेक कुरा राम्ररी जान्दछ ।

    [4] उही हो जसले आकाशहरू र पृथ्वीलाई छः (६) दिनमा सृष्टि गर्यो अनि सिंहासनमाथि उच्च भयो । ऊ जान्दछ जे जति धरतीमा प्रवेश गर्दछ र जे–जति उसबाट निस्कन्छ, र जे–जति आकाशबाट अवतरित हुन्छ र जे–जति उसमा चढ्दछ । र तिमी जहाँसुकै भए पनि ऊ तिम्रो साथमा छ र अल्लाह देख्दछ, जे–जति तिमीले गर्दछौ ।

    [5] आकाशहरू र धरतीको सत्ता उसैको हो र अल्लाहतिर नै सबै कुरा फर्काइन्छन् ।

    [6] उसैले रातलाई दिनमा प्रविष्ट गराउँदछ र दिनलाई रातमा प्रविष्ट गराउँदछ । ऊ छातीमा लुकेका कुराहरू पनि जान्दछ ।

    [7] (तसर्थ) अल्लाह र उसको रसूलमाथि ईमान ल्याऊ र जुन मालसामानमा उसले तिमीलाई अरुहरूको उत्तराधिकारी बनाएको छ त्यसमध्येबाट खर्च गर । त तिमीहरूमध्ये जसले ईमान ल्याए र खर्च (दान) गरिरहे उनीहरूको निम्ति ठूलो प्रतिफल छ ।

    [8] तिमीहरू अल्लाहमाथि ईमान किन ल्याउँदैनौ, जब कि पैगम्बरहरूले तिमीलाई तिम्रो रब (प्रतिपालक) माथि ईमान ल्याउन आमन्त्रण गरिराखेका छन् । र यदि तिमी ईमानवाला हौ भने उसले तिमीसित दृढ वचन पनि लिइसकेको छ ।

    [9] उही अल्लाह हो जसले आफ्नो भक्तहरूमाथि स्पष्ट आयतहरू उतारिराखेको छ ताकि उसले तिमीलाई अन्धकारहरूबाट प्रकाशतिर ल्याओस् । वास्तविकता यो छ कि अल्लाह तिमीमाथि अत्यन्त करुणामय र दयावान छ ।

    [10] तिमीलाई के भएको छ कि अल्लाहको बाटोमा खर्च गर्दैनौ ? जब कि आकाशहरू र जमिनको स्वामित्व अल्लाहकै निम्ति छ, तिमीहरूमध्ये जुन व्यक्तिले (मक्काको) विजयभन्दा पहिला खर्च गर्यो र लडाई गर्यो उनीहरू अरुको समान हुन सक्दैनन् । उनीहरूको दर्जा ती मानिसहरूभन्दा बढी छ, जसले पछि खर्च गरे र धर्म युद्ध गरे । हो अल्लाहले सबैलाई भलाईको वचन त दिएको छ र जुन काम तिमीले गर्दछौ अल्लाह त्यसलाई जान्दछ ।

    [11] को छ जसले अल्लाहलाई राम्रो ऋण देओस्, कि उसले त्यसलाई उसको निम्ति धेरै गुणा बढाउँदै गरुन् । र उसको निम्ति सम्मानित प्रतिफल छ ।

    [12] कयामतको दिन तिमीले मोमिन पुरुषहरूलाई र मोमिन स्त्रीहरूलाई उनको प्रकाश उनीहरूको अगाडि अगाडि र दायाँतिर हिंडिराखेको देख्नेछौ । (उनीसित भनिने छ कि) तिमीलाई शुभसमाचार छ आज तिम्रो निम्ति यस्ता बगैंचाहरूको, जसका धरातलमा नहरहरू बगिराखेका छन्, तिनीहरूमा सदैंव रहनेछौं यही ठूलो सफलता हो ।

    [13] त्यसदिन कपटी पुरुष र स्त्रीहरू मोमिनहरूसित भन्नेछन् कि हाम्रो प्रतीक्षा त गर कि हामीले पनि तिम्रो प्रकाशबाट केही प्रकाश हासिल गरौं त उनीहरूसित भनिने छ कि तिमी पछाडि फर्केर जाऊ, (त्यहाँ) अरु प्रकाश खोज, अनि उनीहरूको बीचमा एउटा पर्खाल उभ्याइने छ, जसमा ढोका पनि हुनेछ उसको भित्री भागमा (अल्लाहको) कृपा हुनेछ र बाहिर सजाय हुनेछ ।

    [14] यिनीहरूले (कपटाचारीहरूले मोमिनहरूसित) कराएर भन्नेछन् कि के हामी तिम्रो साथमा थिएनौं, उनीहरूले भन्नेछन् किन थिएनौ, तर तिमीले स्वयं आफूले नै आफूलाई विचलनमा पार्यौ र प्रतीक्षा गरिराख्यौ र सन्देहमा परिरह्यौ र तिम्रा व्यर्थका कामनाहरूले तिमीलाई धोकामा राखे, यहाँसम्म कि अल्लाहको फैसला आइहाल्यो र तिमीलाई अल्लाहको बारेमा धोका दिनेले धोकामै राखिराख्यो ।

    [15] तसर्थ आज नत तिमीबाट कुनै फिदिया (बदला) स्वीकार गरिनेछ र न काफिरहरूबाट । तिमी सबैको ठेगाना नर्क हो त्यो नै तिमीहरूको साथी हो र त्यो नराम्रो ठेगाना हो ।

    [16] के मोमिनहरूको निम्ति अहिले पनि यस्तो समय अएको छैन कि उनीहरूका हृदय अल्लाहको लागि र जुन सत्य अवतरित भयो त्यसको लागि नर्म (कोमल) होस् ? र उनीहरू जस्ता नभइहालोस् जसलाई उनीभन्दा अगाडि किताब प्रदान गरेको थियो । अनि त्यस पश्चात लामो कालखण्ड बीत्यो । अनी उनीहरूका हृदय कठोर भइहाले र उनीहरूमध्ये अधिकांश अवज्ञाकारी छन् ।

    [17] जानिराख कि अल्लाह नै धरतीलाई उसको मृत्यु पश्चात जीवन प्रदान गर्दछ । हामीले तिम्रो निम्ति हाम्रा आयतहरूलाई स्पष्टरूपले वर्णन गरिदिएका छौं, ताकि तिमी बुझ ।

    [18] निःसंदेह खैरात (दान) गर्नेवाला, पुरुषहरू र स्त्रीहरू र जसले अल्लाहलाई राम्रो ऋण दिन्छन्, त्यसलाई उनको निम्ति कैयौं गुणा प्रदान गरिनेछ र उनीहरूको निम्ति सम्मानित प्रतिफल छ ।

    [19] र जुन मानिसहरू अल्लाह र उसका पैगम्बरहरूमाथि ईमान ल्याए उनीहरू आफ्नो पालनकर्ताको समीपमा साँचो र शहीद छन् । उनीहरूको निम्ति उनीहरूको प्रतिफल र प्रकाश छ र जसले कुफ्र गरे र हाम्रा आयतहरूलाई असत्य ठहराए तिनीहरू नर्कीय हुन् ।

    [20] जानिराख कि संसारको जीवन एउटा खेल र तमाशा र सजावट हो र तिम्रो आपसमा एक अर्कामाथि घमण्ड दर्शाउने र मात्र धन र सन्तानको कुरामा परस्पर एक अर्काभन्दा बढी भएको प्रदर्शित गर्नु हो । जस्तो वर्षा र त्यसद्वारा उब्जनी किसानलाई राम्रो लाग्दछ । अनि त्यो जब पाकिहाल्छ, अनि तिमीले देख्छौ कि पहेंलो भइहाल्यो । अनि त्यसपछि त्यो चूर–चूर भइहाल्छ । र कयामतमा कठोर यातना पनि छ र अल्लाहको क्षमा र प्रसन्नता पनि छ । र सांसारिक जीवन त मात्र धोकाको सुखसामग्री बाहेक केही होइन ।

    [21] (आऊ) आफ्नो पालनकर्ताको क्षमा र त्यस स्वर्गतिर अग्रसर होऊ जसको आकार आकाश र धरती बराबर छ, जुन ती मानिसहरूको निम्ति तयार गरिएको छ जसले अल्लाह र उसका रसुलहरूमाथि ईमान राख्दछन् । यो अल्लाहको उदार अनुग्रह हो, जसलाई चाहन्छ प्रदान गर्छ । र अल्लाह धेरै उदार ठूलो अनुग्रहको स्वामी हो ।

    [22] जुनसुकै मुसीबत (दुःख संकट) धरतीमा आउँछ या तिमीमाथि त्यसलाई मैले पठाउनुभन्दा पहिला एउटा किताबमा अंकित हुन्छ । यो काम अल्लाहको निम्ति सजिलो छ ।

    [23] ताकि तिमीले त्यसकुराबाट अफशोच नगर जुन कि तिमीबाट गुज्रिसकेको छ, र न त्यस कुरामाथि अभिमान गर जुन उसले तिमीलाई प्रदान गरेको छ । अल्लाहलाई कुनै घमण्डी र आत्मप्रशंशकहरू मन पराउँदैनन् ।

    [24] जो स्वयं कञ्जूसी गर्दछन् र अरुहरूलाई पनि कञ्जूसी गर्न प्रेरित गर्दछन् र (सुनिराख) जो कोही पनि विमुख होस्, अल्लाह त निस्पृह प्रशंसनीय छ ।

    [25] निश्चय नै हामीले आफ्ना पैगम्बरहरूलाई स्पष्ट निशानीहरू दिएर पठायौं र उनीहरूमाथि किताब र तुला अवतरित गर्यौं ताकि मानिसहरू न्यायमा दृढ रहुन् र फलाम पनि उतार्यौं । त्यसमा ठूलो खतरा छ र निकै बलियो छ र मानिसहरूका लागि अरु पनि फाइदाहरू छन्, र यस कारण पनि कि अल्लाह थाहा पाइहालोस् कि को परोक्षमा रहँदै उसको र उसका रसूलहरूको सहायता गर्दछ । निश्चय नै अल्लाह शक्तिशाली र अधिपत्यशाली छ ।

    [26] र हामीले ‘‘नूह’’ र ‘‘इब्राहीमलाई’’ संदेष्टा बनाएर पठायौं र उनीहरूको सन्ततिमा पैगम्बरी र किताबलाई (अल्लाह बाट अवतरित हुने) जारी राख्यौं अनि उनीहरूमध्ये केही त सत्मार्ग अपनाए, किन्तु उनीहरूमध्ये धेरै त अवज्ञाकारी नै रहे ।

    [27] अनि उनीहरूपछि पनि हामीले एकपछि अर्को रसूल पठाउँदै गर्यौं र उनीपछि ‘‘मरियमको’’ छोरा ‘‘ईसालाई’’ पठायौं र उनलाई ‘‘इन्जील’’ प्रदान गर्यौं र उनको अनुशरण गर्नेहरूको हृदयमा हामीले करुणा र दया सृजना गर्यौं । रह्यो सन्यासको कुरा त उनीहरूले स्वयं बनाएका थिए हामीले त्यसलाई उनीहरूको निम्ति अनिवार्य गरेका थिएनौं यदि अनिवार्य गरेका थियौं त केवल अल्लाहको प्रसन्नताको चाहना । अनि उनीहरूले त्यसको निर्वाह गर्न सकेनन् । अतः ती मानिसहरूलाई जो तिनीहरूमध्ये ईमान ल्याएका थिए, उनीहरूलाई उनको प्रतिफल हामीले प्रदान गर्यौं । तर उनीहरूमध्ये धेरै अवज्ञाकारी नै छन् ।

    [28] हे मोमिनहरू ! अल्लाहसित डर र उसको रसुलहरूमाथि ईमान ल्याऊ । अल्लाहले तिमीलाई आफ्नो दयाको दुईगुणा भाग प्रदान गर्नेछ र तिम्रो निम्ति एउटा प्रकाश दिनेछ, जसको प्रकाशमा तिमी हिंड्नेछौ र तिम्रो पाप पनि क्षमा गरिदिनेछ । अल्लाह बडो क्षमाशील र अत्यन्त दयावान छ ।

    [29] यो यसकारण कि किताब मान्नेहरूले जानिहालुन् कि उनीहरूलाई अल्लाहको अनुग्रहको कुनै भागमाथि केही पनि अधिकार प्राप्त छैन र यो कि सम्पूर्ण अनुग्रह अल्लाहकै हातमा छ, जसलाई चाहन्छ, प्रदान गर्दछ र अल्लाह ठूलो अनुग्रहको स्वामी छ ।

    Surah 58
    अल–मुजादिला

    [1] (हे पैगम्बर !) अल्लाहले त्यस स्त्रीको कुरा सुनिहाल्यो, जसले आफ्नो पतिको विषयमा तपाईसित विवाद गरिराखेकी थिई र अल्लाहसित गुनासो गरिाखेकी थिई । अल्लाहले तिमी दुवैको प्रश्नोत्तर सुनिराखेको थियो । निश्चय नै अल्लाह सबै कुरा सुन्नेवाला, देख्नेवाला छ ।

    [2] तिमीहरूमध्ये जसले आफ्ना स्त्रीहरूसंग जिहार गरिहाल्छन् (अर्थात उनीहरूलाई आमा भनिहाल्छन्) तिनीहरू उनीहरूका वास्तविक आमा भइहाल्दैनन् । उनीहरूका आमा त ती नै हुन् जसको पेटबाट उनीहरू जन्मेका छन् । निश्चय नै उनीहरू एउटा अनुचित र असत्य कुरा भन्दछन् (र) अल्लाह बडो दया गर्नेवाला र क्षमाशील छ ।

    [3] जसले आफ्नो स्त्रीहरूलाई आमा भनिहाल्दछन्, अनि आफ्नो भनाईतिर पश्चाताप गर्छन् भने उनीहरू पुनः सहवास गर्नुभन्दा पहिला एउटा दास मुक्त गर्नु अनिवार्य छ । यसबाट तिमीलाई उपदेश गरिन्छ र तिमीले जे गर्दछौ, अल्लाहलाई सबै थाहा छ ।

    [4] हो, जसलाई दास प्राप्त हुँदैन, त्यसले सहवासभन्दा पहिला निरन्तर दुई महिनासम्म व्रत बसोस् र जसलाई यसको पनि सामथ्र्य छैन त, त्यसले साठी (गरिब) पराश्रितहरूलाई भोजन गराओस् । यो यसकारण हो ताकि तिमी अल्लाह र उसको रसूलको आज्ञाकारी बन । यी अल्लाहद्धारा निर्धारित सीमाहरू हुन् र नमान्नेहरूको निम्ति कष्टदायक यातना छ ।

    [5] निःसंदेह जुन मानिसहरूले अल्लाह र उसको रसूलको विरोध गर्दछन्, उनीहरू अपमानित गरिनेछन्, जुन तरिकाले कि उनीभन्दा पहिला अपमानित गरिएका थिए, र हामीले स्पष्ट र खुल्ला आयतहरू अवतरित गरिदिएका छौं । र जसले मान्दैनन् उनीहरूलाई अपमानजनक यातना छ ।

    [6] जुन दिन अल्लाहले उनीहरूलाई उठाउनेछ फेरि जुन काम उनीहरूले गर्दथे त्यसबाट उनीहरूलाई अवगत गराउनेछ । अल्लाहले ती सबैलाई गिनिराखको छ जुन यिनीहरूले बिर्सिसकेछन् र अल्लाह प्रत्येक कुरा जान्दछ ।

    [7] के तिमीलाई थाहा छैन कि जे–जति आकाशहरूमा छ र जे–जति धरतीमा छ, अल्लाहलाई सबै थाहा छ । कुनै पनि तीनजना मानिसहरूको गुप्त वार्ता यस्तो हुँदैन जसमा चौथो अल्लाह नहोस् र न पाँचजना मानिसहरूको हुन्छ, जसमा छैठौं त्यो नहोस् । न यसभन्दा कमको न यसभन्दा बढिको किन्तु त्यो उनीहरूको साथमा हुन्छ, तिनीहरू जहाँ भएपनि, अनि जे–जति पनि उनीहरूले गरेका होलान्, कयामतको दिन उसले उनीहरूलाई उनको कार्यबाट अवगत गराइहाल्नेछ । निश्चय नै अल्लाहलाई हरेक कुराको ज्ञान छ ।

    [8] के तिमीले उनीहरूलाई देखेनौ ? जसलाई कानेखुसी गर्नबाट मनाही गरिएको थियो । उनी फेरि पनि त्यो मनाही गरिएको काम गर्न थाले र परस्परमा पापको, अत्याचारको र रसूलको अवज्ञाको कानेखुसी गर्दछन् र जब तिम्रो नजिकमा आउँदछन्, त तिमीलाई ती शब्दमा सलाम गर्दछन् । जुन शब्द अल्लाहले तिम्रो अभिवादनको लागि भनेन, र आफ्नो मनमा भन्दछन् कि जे–जति हामीले भन्दछौं, त्यसमा अल्लाहले हामीलाई सजाय किन दिंदैन ? उनीहरूको निम्ति नर्क नै पर्याप्त सजाय हो, जसमा उनीहरू प्रविष्ट हुनेछन् । त्यो त साह्रै नराम्रो ठाउँ हो ।

    [9] हे मोमिनहरू ! जब तिमी आपसमा कानेखुसी गर्दछौ त यी कानेखुसीहरू गुनाह र अतिक्रमण र रसूलको अवज्ञाको लागी नहोउन् । बरु नेकी र सहनशीलताको विषयमा आपसमा एकान्तवार्ता गर र त्यस अल्लाहसित डर मानिराख जसको नजिक तिमी एकत्रित हुनेछौ ।

    [10] नराम्रा कानेखुसीहरू त शैतानको काम हो । ताकि यसबाट मोमिनहरू दुःखी होउन्, यद्यपि अल्लाहको आदेश बिना उसले उनीहरूलाई केही हानि पुर्याउन सक्दैन । र मोमिनहरूले अल्लाहमाथि नै भरोसा गर्नु उचित हो ।

    [11] मोमिनहरू ! जब तिमीहरूलाई भनिन्छ कि सभामा ठाउँ फराकिलो पार त फराकिलो गरी बस । अल्लाहले तिमीलाई फराकिलोपना प्रदान गर्नेछ र जब भनिन्छ कि उभिहाल्नु त उभिहाल । तिमीहरूमध्ये जसले ईमान ल्याएका छन् र जसलाई ज्ञान प्रदान गरिएको छ, अल्लाहले उनीहरूको दर्जा उच्च गर्नेछ, र अल्लाह तिम्रो सम्पूर्ण कामहरूलाई जान्दछ ।

    [12] हे मोमिनहरू ! जब तिमीले पैगम्बरको कानमा कुनै कुरा भन्न चाहन्छौ त त्यस कुरालाई भन्नुभन्दा पहिला केही दान गर्नेगर । यो तिम्रो निम्ति धेरै राम्रो र पवित्रताको कुरा हो र यदि दानको सामथ्र्य छैन भने त अल्लाह क्षमाशील र कृपालु छ ।

    [13] के तिमी आफ्नो गुप्तवार्ताभन्दा पहिला दान दिनुबाट तर्सिहाल्यौ ? अनि जब तिमीले यस्तो गरेनौ र अल्लाहले तिमीलाई क्षमा गरिदियो त नमाज पढ्ने गर र जकात (धर्मदाय) दिंदै गर र अल्लाह र उसको रसूलको आज्ञापालन गर्नेगर । र जे–जति तिमीले गर्दछौ, अल्लाहलाई त्यो सबै थाहा छ ।

    [14] के तिमीले ती मानिसहरूलाई देखेनौ ? जसले यस्ता मानिसहरूसित मित्रता गरे जसमाथि अल्लाहको प्रकोप भएको छ ? ती कपटीहरू न तिमीमध्येका हुन र न उनीहरूमध्येका, र उनीहरू जानी–जानी झूठो कुराको कसम खान्छन् ।

    [15] अल्लाहले उनीहरूको निम्ति कठोर यातना तयार गरिसकेको छ । निश्चय नै उनीहरूले जे गरिराखेका छन् त्यो नराम्रो हो ।

    [16] उनीहरूले आफ्ना कसमहरूलाई सुरक्षा कवच बनाइराखेका छन् । अतः उनीहरू अल्लाहको मार्गबाट मानिसहरूलाई रोक्दछन् । तसर्थ उनीहरूका निमित्त तिरस्कारपूर्ण यातना छ ।

    [17] अल्लाह को यातनाबाट बचाउनको निम्ति न उनीहरूको धन सम्पत्ति उनीहरूको काम आउनेछ र न उनीहरूका सन्तान । उनीहरू नर्कबासी हुन् । त्यसैमा उनीहरू सधै रहनेछन् ।

    [18] जुन दिन अल्लाहले ती सबैलाई जीवित पारी उठाउनेछ त उनीहरूले उसको सामु पनि यस्तै प्रकारले कसम खानेछन्, जुन प्रकारले तिम्रो अगाडि कसम खान्छन् र ठान्छन् कि उनीहरू पनि कुनै आधारमा छन् । हेर, निश्चय नै तिनीहरू नै झूठा हुन् ।

    [19] शैतानले उनीहरूलाई नियन्त्रणमा लिइसकेको छ । अतः उसले अल्लाहको स्मरणलाई उनीहरूबाट बिर्साइसकेको छ । यिनीहरू शैतानको समूह हुन् यसमा शंका छैन कि शैतानको समूह नै घाटामा पर्नेवाला छ ।

    [20] निःसंदेह जसले अल्लाह र उसको रसूलको विरोध गर्दछन्, उनीहरू सबभन्दा बढी अपमानितहरूमध्येका हुन् ।

    [21] अल्लाहले लेखिसकेको छ कि निःसंदेह म र मेरा रसूल नै विजयी रहनेछौं । निःसन्देह अल्लाह शक्तिमान र अधिपत्यशाली छ ।

    [22] जसले अल्लाह र कयामतको दिनमाथि आस्था राख्दछन्, उनीहरूलाई अल्लाह र उसको रसूलका दुश्मनहरूसित मित्रता गरेको तपाईले पाउनु हुन्न । चाहे उनीहरू तिनीहरूका बाबु वा छोरा वा भाइ वा उनको खलककै मानिसहरू किन नहोउन् । यिनै ती मानिसहरू हुन्, जसको हृदयमा अल्लाहले ईमान लेखिदिएको छ र अदृश्य अनुकम्पाले उनीहरूको सहायता गरेको छ र उसले उनीहरूलाई त्यस्ता स्वर्गहरूमा जसमुनि नहरहरू बगिराखेका छन्, प्रवेश गराउने छ, यिनी सधैं त्यसमा रहनेछन् । अल्लाह उनीहरूसित, र उनीहरू अल्लाहसित खुशी छन् । यही समूह अल्लाहको जमाअत (समूह) हो । र सुनिराख कि अल्लाहकै जमाअत नै सफल समूह हुनेछ ।

    Surah 59
    अल–हश्र

    [1] जे जति आकाशहरूमा छन् र जेजति धरतीमा छन्, सबैले अल्लाहको पवित्रताको वर्णन गर्दछन् र ऊ अधिपत्यशाली तत्वदर्शी छ ।

    [2] उही हो, जसले किताबवालाहरूमध्येबाट ती मानिसहरूलाई जसले इन्कार गरे उनीहरूको घरबाट पहिलो भेलाद्वार नै बाहिर निकालिदियो । तिमीलाई अनुमान पनि थिएन कि उनीहरू निस्कने छन् र उनीहरूले ठान्थे कि उनका गढीहरू अल्लाहबाट उनीहरूलाई बचाइहाल्ने छन् तर अल्लाहको क्रोध उनीहरूलाई यस्तो ठाउँबाट आइलाग्यो जसको उनीहरूलाई कल्पना पनि थिएन र उसले उनीहरूको हृदयमा अल्लाहको आतंक फैलाइदियो कि उनीहरू आफ्ना घरहरूलाई स्वयम् आफ्नै हातले र मोमिनहरूको हातबाट उजार्न थाले । अतः हे आँखाले देख्नेवालाहरू ! शिक्षा ग्रहण गर ।

    [3] र यदि अल्लाहले उनीहरूको निम्ति देशनिकाला नलेखिदिएको भए संसारमै पनि उसले उनीहरूलाई अवश्य यातना दिन्थ्यो र परलोकमा त उनीहरूको निम्ति आगोको यातना छँदैछ ।

    [4] यो यसकारण कि उनीहरूले अल्लाह र उसको रसूलको बिरोध गरे । र जो कोहिले पनि अल्लाहको विरोध गर्नेछ त निश्चय नै अल्लाहको यातना साह्रै कठोर छ ।

    [5] (मोमिनहरू !) खजूरको वृक्ष जुन तिमीले काटिहाल्यौ वा जतिलाई आफ्नो जराहरूमा उभिरहन दियौ, यो सबै अल्लाहको आदेशबाट थियो र उद्देश्य यो थियो कि उसले अवज्ञाकारीहरूलाई अपमानित गरोस् ।

    [6] र उनको जुन (माल) अल्लाहले आफ्नो पैगम्बरलाई उनीहरूसित युद्ध बिना दिलाएको छ, (त्यसमा तिम्रो कुनै हक छैन,) किनभने यसको निम्ति तिमीले न घोडाहरू दगुरायौ न ऊँट । तर अल्लाहले आफ्नो रसूलहरूलाई जसमाथि चाहन्छ, अधिपत्य प्रदान गरिदिन्छ । अल्लाहलाई त प्रत्येक कुराको सामथ्र्य छ ।

    [7] जुन माल सम्पत्ति अल्लाहले आफ्नो पैगम्बरलाई कुनै लडाई वा युद्ध बेगर नगरबासीहरूबाट दिलाएको छ । त्यो अल्लाह र पैगम्बर र पैगम्बरका नजिकका नातावालाहरू र अनाथहरू र निमुखाहरू र बटुवाहरूको निम्ति हो, ताकि तिमीहरूमध्ये जो धनवान छन्, उनीहरूकै हातमा घुम्दै नरहीरहोस्, जे–जति कुरा तिमीलाई पैगम्बरले दिन्छन्, त्यो लिइहाल र जुन कुरोबाट मनाही गर्छन्, त्यसबाट पन्छिनु र अल्लाहसित डर्नेगर, निःसन्देह अल्लाह कष्टप्रद सजाय दिनेवाला छ ।

    [8] र ती गरिब आफ्नो घरबार छोड्ने वालाहरूका (मुहाजिर) निम्ति पनि जसलाई आफ्ना घरहरू र सम्पत्तिहरूबाट निकाला गरिदिइएको छ । तिनीहरू अल्लाहको अनुकम्पा र उसको प्रसन्नताको इच्छुक छन् र अल्लाह तथा उसको रसूलको मद्दत गर्छन् । यी मानिसहरू नै साँचै ईमानवाला छन् ।

    [9] र उनीहरूको लागि जसले ‘‘मुहाजिरहरू’’ (प्रवासीहरु) भन्दा पहिला मदीनामा बसिराखे र ईमानमा उनीहरूभन्दा पहिला स्थान बनाएका छन् । र जो हिजरत (प्रवास) गरेर आउँनेहरूसित प्रेम गर्दछन् र जे जति आप्रवासीहरूलाई दिइन्छ, त्यसबाट आफ्नो हृदयमा केही छट्पटी पाउँदैनन्, बरु उनलाई आफूहरूभन्दा बढि प्राथमिकता दिन्छन्, चाहे उनीहरूलाई स्वयं त्यसको आवश्यकता किन नहोस् र जो व्यक्ति आफ्नो मनको लोभ र कञ्जूसीबाट बचाइयो यस्ता मानिसहरू नै सफल छन् ।

    [10] र यस सम्पत्तिमा उनको पनि (भाग छ) जो उनका पछि आएछन् । उनीहरूले भन्नेछन् कि हे हाम्रो पालनकर्ता ! हामीलाई क्षमा गरिदेऊ र हाम्रा ती दाजुभाइहरूलाई पनि जो हामीभन्दा पहिला ईमान ल्याए, र हाम्रा हृदयमा ईमानवालाहरूको निम्ति कुनै विद्धेश र शत्रुता नराख । हे हाम्रो पालनकर्ता ! तिमी निश्चय नै बडो करुणामय अत्यन्त दयावान छौ ।

    [11] के तिमीले ती मुनाफिकहरू (कपटी) लाई देखेनौ, जसले आफ्ना काफिर भाइहरूसित जो किताबवाला छन् भन्ने गर्दछन्, कि यदि तिमीलाई देशनिकाला गरियो भने, निश्चय नै हामी पनि तिम्रो साथमा निस्केर जानेछौं, र तिम्रो बारेमा कहिल्यै कसैको भनाई मान्ने छैनौं, र यदि तिमीसँग लडाई भयो भने तिम्रो सहायता गर्नेछौं, तर अल्लाह साक्षी छ, कि यिनीहरू झूठा छन् ।

    [12] यदि उनीहरू निकालिए भने यिनीहरू उनको साथमा निस्कने छैनन् र यदि उनीहरूसँग युद्ध भयो भने त उनको सहायता गर्ने छैनन् र यदि सहायता गर्न आउँछन् भने पिठ्यू फर्काइ भागिहाल्ने छन्, अनि उनीहरूलाई कतैबाट पनि सहायता प्राप्त हुनेछैन ।

    [13] (मुसलमानहरू !) तिम्रो भय ती मानिसहरूको हृदयमा अल्लाहभन्दा पनि बढी छ, यो यस कारण छ कि यिनीहरूले बुझ्दैनन् ।

    [14] यी सबै मिलेर पनि तिमीसित आमुन्ने–सामुन्ने लड्न सक्दैनन् । तर बस्तीहरूका गढहरूमा शरण लिएर वा पर्खालहरूको पछाडि (लुकेर) रहुन् । उनको आपसमा नै ठूलो लडाई छ । यद्यपि तिमीले यिनीहरूलाई संगठित ठान्दछौ तर उनका हृदय फाटेका (विभाजित) छन् । यो यसकारण कि उनीहरू बुद्धिहीन छन् ।

    [15] उनीहरूको अवस्था ती मानिसहरूको जस्तो छ, जुन उनीभन्दा केही पहिला आफ्ना कर्महरूको यातनाको स्वाद चाखिसकेका छन् र अहिले उनीहरूको निम्ति कष्टदायक यातना तयार छ ।

    [16] (मुनाफिकहरूको) उदाहरण शैतानको जस्तो छ, उसले मानिससँग भन्यो कुफ्र गर । त जब त्यो काफिर भइहाल्यो तब भन्न थाल्यो कि मलाई तिमीसित कुनै सरोकार छैन । मलाई त सारा संसारको पालनकर्तासित डर लाग्छ ।

    [17] तसर्थ दुवैको परिणाम यो भयो कि दुवै नर्कमा गए । सधैं त्यसमा रहनेछन् र अन्यायीहरूको यही दण्ड हो ।

    [18] हे ईमानवालाहरू ! अल्लाहसित डर र प्रत्येक व्यक्तिले हेर्नुपर्छ कि उसले भोलि कयामतको दिनको निम्ति के कस्तो कर्म पठाएको छ र सधैं अल्लाहसित डर मानिराख निःसन्देह अल्लाह तिम्रा सम्पूर्ण क्रियाकलापबाट अवगत छ ।

    [19] र तिमी ती मानिसहरू जस्तो नहुनु, जसले अल्लाहलाई बिर्सिदिए, तब अल्लाहले उनीहरूलाई यस्तो गरिदियो कि स्वयं आफूलाई नै बिर्सिहाले । यिनीहरू अवज्ञाकारी हुन् ।

    [20] नर्कवाला र स्वर्गवालाहरू समान छैनन् । स्वर्गवाला त सफलता प्राप्त गर्नेवाला हुन् (र नर्कवालाहरू असफल हुन) ।

    [21] यदि हामीले यस कुरआनलाई कुनै पहाडमाथि अवतरित गरेको भए, तिमीले त्यसलाई अल्लाहको भयले चूरा–चूरा भइराखेको देख्नेथ्यौ र यी उदाहरणहरू हामीले मानिसहरूको निम्ति वर्णन गर्दछौं ताकि उनीहरूले गम्भीरतापूर्वक विचार गरुन् ।

    [22] उही अल्लाह हो, जस बाहेक अरु कोही सत्य पूज्य छैन, अदृश्य र प्रकटको ज्ञाता, बडो कृपाशील, अत्यन्त दयावान छ ।

    [23] त्यही अल्लाह हो, जस बाहेक कोही सत्य पूजाको योग्य छैन । त्यो सम्राट हो, अत्यन्त पवित्र सबै दुर्गुणबाट मुक्त, शान्तिदाता, संरक्षक, अधिपत्यवाला र शक्तिशाली र महानतायुक्त पवित्र छ अल्लाह त्यस शीर्कबाट जुन उनीहरूले गर्दछन् ।

    [24] उही अल्लाह हो, जो सृष्टिकर्ता र अस्तित्व दाता हो, रूप दिनेवाला हो उसैका सबै राम्रा नामहरू हुन् । जुनसुकै कुरा चाहे त्यो आकाशहरू वा धरतीमा छ, उसैको गुणगान गरिराखेको छ । र ऊ अधिपत्यशाली, तत्वदर्शी छ ।

    Surah 60
    अल–मुम्तहिना

    [1] हे मोमिनहरू ! मेरो र आफ्नो शत्रुहरूलाई आफ्नो मित्र नबनाऊ, तिमी त मित्रताबाट उनीहरूकहाँ सन्देश पठाउँछौ र तिनीहरू त्यस सत्यलाई जुन तिम्रो नजिक आइसकेको छ इन्कार गर्दछन्, पैगम्बर र तिमीलाई यसकारण मात्र निर्वासन गर्दछन् कि तिमी आफ्नो पालनकर्तामाथि ईमान राख्दछौ । यदि तिमी मेरो मार्गमा धर्मयुद्धको लागि र मेरो प्रसन्नताको खोजीमा निस्कन्छौ त तिमी उनीनिर मित्रताको सन्देश गोप्यरूपले पठाउँछौ र मलाई पूर्ण ज्ञात छ । जो तिमीले मबाट लुकाएका छौ र त्यो पनि जसलाई तिमी खुल्लारूपले गरेका हौ । तिमीहरूमध्ये जोकोही पनि यस्तो काम गर्नेछ । त्यो निःसन्देह सोझो मार्गबाट विचलित भइहाल्छ ।

    [2] यदि यी नास्तिक (काफिरहरू), तिमीमाथि नियन्त्रण पाउँछन् भने तिम्रा शत्रु भइहाल्छन् र दुःख पुर्याउनका निम्ति तिमीमाथि हातपात गर्नेछन, र अपशब्द पनि भन्ने गर्छन्, र चाहन्छन् कि तिमी कुनै तरीकाले काफिर भइहाल ।

    [3] कयामतको दिन न तिम्रा सम्बन्धीहरू, र न सन्तानहरू कुनै काम आउने छन् । त्यस दिन अल्लाहले तिमीहरूबीच न्याय गर्नेछ र जे–जति तिमीले गर्दछौ, अल्लाहले त्यसलाई देख्दछ ।

    [4] तिमीहरूको निम्ति ‘‘इब्राहीम (अलैहिस्सलाम)मा’’ र उनको साथीहरूमा उच्चतम नमूना छ । जबकि उनले, आफ्नो समुदायका मानिसहरूसित स्पष्टरूपले भने कि हामी तिमीसित र अल्लाहबाट हटेर जसलाई तिमीहरू पूजा गर्दछौ, उनीहरूबाट विरक्त छौं । हामीले तिम्रो इन्कार गर्दछौं र हाम्रो हाम्रोबीच सधैंको लागि शत्रुता र विद्धेष प्रकट भइसक्यो, जबसम्म तिमी एउटै अल्लाहमाथि ईमान ल्याउँदैनौ । तर इब्राहीमको आफ्नो पितासित यो भन्नु अपवाद हो कि म तपाईको लागि क्षमाको प्रार्थना अवश्य गर्नेछु र अल्लाहको सामु तपाईको सम्बन्धमा मलाई कुनै कुराको अधिकार प्राप्त छैन । हे हाम्रो पालनकर्ता, तिमीमाथि नै हाम्रो भरोसा छ र तिमीतिर नै हामी प्रवृत्त हुन्छौं, र तिम्रैतिर फर्केर आउनु पर्नेछ ।

    [5] हे, हाम्रो पालनकर्ता ! तिमीले हामीलाई काफिरहरूको परीक्षामा नहाल । र हे हाम्रो पालनकर्ता ! हामीलाई क्षमा गरिदेऊ । निश्चय नै तिमी अधिपत्यशाली, तत्वदर्शी छौ ।

    [6] निश्चय नै तिम्रो निम्ति यिनीहरूमा राम्रो आदर्श छ र त्यस व्यक्तिको निम्ति जसले अल्लाह र अन्तिम दिनको भेटको आशा राख्दछ । र जो कोही विमुख हुन्छ त अल्लाह त निस्पृह, सजाय दिनेवाला र आफू स्वयंमा प्रशंसित छ ।

    [7] हुनसक्छ कि अल्लाहले चाँडै तिमी र तिम्रा शत्रुहरूबीच, मित्रताको सृजना गरिदिओस् । अल्लाह बडो सामथ्र्यवान छ र अल्लाह अतयन्त क्षमाशील दयावान छ ।

    [8] जुन मानिसहरूले तिमीसित धर्मको बारेमा युद्ध गरेनन् र न तिमीलाई तिम्रा घरहरूबाट निष्कासित गरे, उनीहरूसँग राम्रो र न्यायपूर्ण व्यवहार गर्नुबाट अल्लाहले तिमीलाई मनाहि गर्दैन । अपितु अल्लाहले त न्याय गर्नेहरूसँग प्रेम गर्दछ ।

    [9] अल्लाहले ती मानिसहरूसँग मात्र तिमीलाई मित्रता गर्नुबाट मनाही गर्दछ, जसले तिमीसित धर्मको बारेमा लडाई गरे, र तिमीलाई तिम्रा घरहरूबाट निष्कासित गरे र तिम्रो निष्काशनमा अरुको सहायता गरे । तसर्थ जुन मानिसहरूले यस्ता मानिसहरूसँग मित्रता गर्छन्, तिनै अत्याचारी हुन् ।

    [10] मोमिनहरू ! जब तिम्रो पासमा मोमिन स्त्रीहरू आप्रवासी भएर आउँछिन् भने उनीहरूलाई तिमीले जाँचीहाल । वास्तवमा उनीहरूको ईमानलाई राम्ररी परीक्षा गर्ने त अल्लाह हो तर यदि उनीहरू तिमीलाई ईमानवाली लाग्दछिन् भने, उनीहरूलाई तिमीले अब कुफ्फारको पासमा फिर्ता नपठाऊ । ती स्त्रीहरू उनीहरूको लागि वैध छैनन्, र न उनीहरू ती स्त्रीहरूको लागि वैध छन् । र जे–जति ती काफिरहरूले खर्च गरेका छन्, त्यो उनीहरूलाई फिर्ता दिइहाल । र ती स्त्रीहरूलाई महर दिएर उनीसित निकाह गर्नुमा तिमीलाई कुनै पाप छैन । र काफिर स्त्रीहरूको सतित्व आफ्नो बैवाहिक अधिकारमा नराख जे–जति तिमीले उनीहरूमाथि खर्च गरेका छौ, तिमीले उनीहरूसित माँगिहाल र जे–जति काफिरहरूले खर्च गरेका छन्, त्यो काफिरहरू माँगिहालुन्, यो अल्लाहको निर्णय हो, जसले तिमीहरूबीच फैसला गर्दछ । अल्लाह सर्वज्ञानी र तत्वदर्शी छ ।

    [11] र यदि तिम्रो कुनै स्त्री(स्वास्नी) तिम्रो हातबाट फुत्केर काफिरहरूकहाँ गइहाल्छी र तिमीलाई उनीहरूसित बदलाको औसर प्राप्त हुन्छ भने जसका स्त्रीहरू गइहालेका छिन्, उनीहरूलाई त्यति दिइहाल जति उनीहरूले खर्च गरेका थिए, र अल्लाहसित डर जसमाथि तिमी ईमान राख्दछौ ।

    [12] हे पैगम्बर जब तिम्रो पासमा मोमिना स्त्रीहरू यस कुरामा बैअत (बाचा) गर्न आउँछिन् कि उनीहरूले अल्लाहसित अरु कसैलाई साझेदार बनाउने छैनिन् न चोरी गर्नेछिन्, न व्यभिचार गर्नेछिन्, न आफ्ना सन्तानहरूको हत्या गर्नेछिन् र न आफ्ना हात र खुट्टाहरूबीच कुनै आरोप रच्नेछिन्, र कुनै राम्रो काममा न तिम्रो अवज्ञा गर्नेछिन्, तब उनीहरूसित वाचा लिइहाल्नुस् र उनीहरूको निम्ति अल्लाहसित क्षमाको प्रार्थना गर्नुस् । निश्चय नै अल्लाह बडो क्षमाशील र अत्यन्त दयावान छ ।

    [13] हे ईमानवालाहरू! तिमी यस्ता मानिसहरूसित मित्रता नगर जसमाथि अल्लाहको प्रकोप भइसकेको छ । जो परलोकबाट यसरी निराश भइसकेका छन्, जुन प्रकारले इन्कार गर्नेवालाहरू चिहान वालाहरूसित निराश भइसकेकाछन् ।

    Surah 61
    अस–सफ

    [1] आकाश र धरतीमा भएका सबैले अल्लाहको गुणगान गर्छन् र ऊ अधिपत्यशाली, तत्वदर्शी छ ।

    [2] हे मोमिनहरू ! तिमीले यस्ता कुरा किन भन्ने गर्दछौ जो गर्दैनौ

    [3] तिमी जुन गर्दैनौ त्यो भन्नु अल्लाहलाई धेरै अप्रिय छ ।

    [4] निःसन्देह अल्लाहले तिनीहरूसंग प्रेम गर्नुहुन्छ जुन मानिसहरूले अल्लाहको मार्गमा स्थिर भई लड्छन् कि मानौं सीसा भरिएको बलियो ठोस पर्खाल हुन् ।

    [5] र स्मरण गर जब ‘‘मूसा(अलैहिस्सलाम)ले’’ आफ्नो कौमसित भने कि हे मेरो समुदायका मानिसहरू तिमीले मलाई किन दुःख दिन्छौ, जब कि तिमी जान्दछौ कि म तिम्रो लागि अल्लाहले पठाएको रसूल हूँ, अनि जब उनीहरूले बाङ्गोपना अपनाए त अल्लाहले पनि उनको हृदयलाई बढी बाङ्गो बनाइदियो । र अल्लाहले अवज्ञाकारीहरूलाई सोझो मार्ग देखाउँदैन ।

    [6] र जब मरियमको छोरा ईसा(अलैहिस्सलाम)ले भनेः कि हे मेरो कौम बनी इस्राईल ! म तिमी सबैको लागि अल्लाहबाट पठाइएको रसूल हूँ । मभन्दा पहिलेको किताब तौरातको म प्रमाणित गर्नेवाला छु र मपछि आउने एउटा संदेष्टा जसको नाम अहमद हुनेछ, उनको शुभागमनको शुभसन्देश सुनाउँछु । अनि जब उनी तिनीहरूको पासमा स्पष्ट निशानीहरू लिएर आए, तब तिनीहरूले भन्न थाले कि यो त स्पष्ट जादू हो ।

    [7] अब त्यस व्यक्तिभन्दा बढी अत्याचारी को होला जसले अल्लाहमाथि मनगढन्ते दोषारोपण गर्दछ, जबकि उसलाई इस्लामतिर बोलाइदै छ ? अल्लाहले अत्याचारीहरूलाई सिधा मार्ग देखाउँदैन ।

    [8] उनीहरूले चाहन्छन्ः कि अल्लाहको प्रकाशलाई आफ्नो मूखले निभाइदेउन् । किन्तु अल्लाहले आफ्नो प्रकाशलाई पूर्ण गर्नेवाला छ, यद्यपि इन्कार गर्नेहरूलाई अप्रिय नै किन नलागोस् ।

    [9] उही त हो, जसले आफ्नो रसूललाई मार्गदर्शन र सत्यधर्मको साथ पठायो ताकि त्यसलाई अरु धर्महरूमाथि अधिपत्य प्रदान गरोस्, चाहे मुश्रिकहरूलाई अप्रिय नै किन नलागोस् ।

    [10] हे ईमानवालाहरू ! के मैले तिमीहरूलाई यस्तो व्यापार बताऊँ जसले तिमीलाई दुःखद यातनाबाट बचाइहालोस् ।

    [11] अल्लाहमाथि र उसको रसूलमाथि आस्था राख र अल्लाहको बाटोमा आफ्नो सम्पत्ति र ज्यानले जेहाद (धर्मयुद्ध) गर, यो तिम्रो हकमा राम्रो छ यदि तिमीमा ज्ञान छ ।

    [12] अल्लाहले तिम्रा पापहरूलाई माफ गरिदिनेछ र तिमीलाई स्वर्गका बगैंचाहरू जसमुनि नहरहरू बगिराखेका छन्, र सफा घरमा जुन सधैंका स्वर्गमा छन्, प्रविष्ट गराउनेछ । यो ठूलो सफलता हो ।

    [13] र एउटा अर्को पुरस्कार पनि दिनेछ जसलाई तिमीले रुचाउँछौ त्यो अल्लाहको तर्फबाट सहायता र शीघ्र विजयप्राप्ति हुनेछ मोमिनहरूलाई (यसको) शुभसन्देश सुनाइदेऊ ।

    [14] हे मोमिनहरू ! तिमी अल्लाहको मद्दत गर्ने भइहाल जस्तो कि ईसा बिन मरियमले हवारीहरूसित भनेका थिएः कि को छ जसले अल्लाहको बाटोमा मेरो सहायता गर्नेछ ? हवारीहरूले भनेः कि हामी अल्लाहको बाटोमा मद्दतदिने हौं त बनी इस्राईलमध्ये एउटा समूहले त ईमान ल्यायो र एउटा समूह काफिर रह्यो । अन्ततः हामीले ईमानवालाहरूलाई उनीहरूको शत्रुहरूको मुकाबिलामा मद्दत गर्यौं त उनीहरूलाई वर्चस्व प्राप्त भइहाल्यो ।

    Surah 62
    अल–जुमुआ

    [1] आकाशहरू र धरतीमा भएका सबै कुराले अल्लाहको पवित्रताको गुणगान गर्छन् जो पवित्र सम्राट अधिपत्यशाली र तत्वदर्शी छ ।

    [2] (ू२) उही हो जसले उम्मिहरूमा (अनपढहरूमा) तिनीहरूमध्येबाट एउटा रसूल पठायो । जसले उनको सामु उसका आयतहरू पढेर सुनाउँछ र उनीलाई पवित्र गर्दछ र उनीहरूलाई किताब र तत्वदर्शीता सिकाउँदछ, र निःसन्देह यसभन्दा पहिला यी मानिसहरू खुल्ला मार्गविचलनमा थिए ।

    [3] र ती अन्य मानिसहरूको लागि पनि जो अझै उनीसित भेटेका छैनन्, उनीहरूमध्यकै हुनेछन् । र ऊ अधिपत्यशाली, तत्वदर्शी छ ।

    [4] यो अल्लाहको उदार अनुग्रह हो, जसलाई चाहन्छ, त्यसलाई प्रदान गर्दछ । र अल्लाह अपार अनुग्रहको स्वामी छ ।

    [5] जुन मानिसहरूलाई तौरेत अनुरूप आचरण कार्यान्वयन गर्न आदेश दिइयो अनि उनीहरूले त्यसको पालना गरेनन् । त उनको दृष्टान्त त्यस गदहाको जस्तो छ । जसले धेरै किताब बोकेको छ । साह्रै नै नराम्रो उदाहरण छ ती मानिसहरूको जसले अल्लाहका आयतहरूलाई झुठलाए । अल्लाहले यस्ता अत्याचारीहरूलाई सोझो मार्ग देखाउँदैनन् ।

    [6] भनीदिनुस् कि हे यहूदीहरू ! यदि तिमीले यो दाबी गर्छौ कि अरु मानिसहरूभन्दा तिमी नै अल्लाहको प्रेमपात्र हौ भने मृत्युको कामना गर, यदि तिमी साँचो हौ ।

    [7] यिनीहरूले आफ्नाकर्महरूको कारणले, जुन गरिसकेछन्, कहिल्यै यसको कामना गर्ने छैनन् र अल्लाह अत्याचारीहरूलाई राम्ररी जान्दछ ।

    [8] भनिदिनुस् ! कि जुन मृत्युसित तिमी भाग्दछौ, त्यो त तिम्रो सामु आएर नै छाड्छ, अनि तिमी अदृश्य र प्रकटको जान्नेवाला (अल्लाह) तिर फर्काइनेछौ, अनि जे–जति तिमीले गरिराखेका छौ उसले तिमीलाई सबै बताउनेछ ।

    [9] हे मोमिन्हरू ! जब शुक्रबारको दिन जुम्आको नमाजको निम्ति अजान दिइन्छ, तब तिमी अल्लाहको स्मरणको निम्ति दगुरिहाल र किन्न वा बेच्न छाडिदेऊ । यो तिम्रो निम्ति राम्रो छ यदि तिमीले बुझ्छौ ।

    [10] अनि जब नमाज पूरा भइहालोस् तब आ–आफ्नो बाटो लाग र अल्लाहको उदार अनुग्रह खोज, र अल्लाहलाई धेरै स्मरण गर्नेगर ताकि तिमी सफल होऊ ।

    [11] तर जब उनीहरूले व्यापार र खेल तमाशा देख्दछन् तब उसैतिर दगुरिहाल्छन् र तपाईलाई उभेको अवस्थामा छाडिदिन्छन् । भनिदिनुस् कि जे–जति अल्लाहको पासमा छ त्यो तमाशा र व्यापारभन्दा कैयौं गुणा राम्रो छ । र अल्लाह सबभन्दा राम्रो आजीविका प्रदान गर्नेवाला छ ।

    Surah 63
    अल–मुनाफिकून

    [1] हे मुहम्मद (सल्लल्लाहो अलैहे वसल्लम) ! जब मुनाफिकहरू तपाई सामु आउँदछन् तब भन्दछन् कि हामी साक्षी छौं कि निश्चय नै तपाई अल्लाहको रसूल हुनुहुन्छ । अल्लाह जान्दछ कि निश्चय नै तपाई उसको रसूल हुनुहुन्छ तर अल्लाह गवाही दिन्छ कि यी मुनाफिकहरू एकदमै झूठा छन् ।

    [2] उनीहरूले आफ्नो शपथहरूलाई कवच बनाइसकेका छन् । यसप्रकार उनीहरूले अल्लाहको मार्गबाट रोकिए । निश्चय नै त्यो नराम्रो काम छ जुन यिनीहरूले गरिराखेका छन् ।

    [3] यो यसकारण कि यिनीहरूले ईमान ल्याएपछि फेरि काफिर भइहाले, तसर्थ उनीहरूको हृदयमा छाप लगाइदिइयो अब यिनीहरूले बुझ्दैनन् ।

    [4] तपाईले उनीहरूलाई जब देख्नुहुन्छ त उनका शरीर तपाईलाई राम्रो लाग्दछन् र यदि तिनीहरूले कुरा गर्दछन् त उनका कुरा तपाई सुनी राख्नुहुन्छ । यसरी जस्तो कि उनीहरू काठहरू (थाम) हुन् जसलाई भित्ताको सहारामा उभ्याइएको छ । प्रत्येक ठूलो स्वरलाई उनीहरूले आफ्नै विरुद्धमा ठान्दछन् । तिनै वास्तविक शत्रु हुन् । अतः उनीहरूबाट पन्छिएर बस, अल्लाह उनीहरूलाई समाप्त गरोस् । उनीहरू विमुख भई कहाँ गइराखेका छन् ।

    [5] जब उनीसित भनिन्छ कि आऊ अल्लाहका रसूल तिम्रो निम्ति क्षमा माँगुन्, त टाउको हल्लाइदिन्छन् र तपाईले देख्नुहुनेछ कि घमण्ड गर्दै मुख फर्काइहाल्दछन् ।

    [6] तपाईले उनको निम्ति क्षमा माँग्नु वा नमाँग्नु, दुवै समान छ । अल्लाहले उनलाई कहिल्यै क्षमा गर्दैन । निःसन्देह अल्लाहले यस्ता अवज्ञाकारीहरूलाई मार्गदर्शन प्रदान गर्दैन ।

    [7] यिनै मानिस हुन् जसले भन्दछन्ः कि जो अल्लाहको रसूलको साथमा रहन्छन्, उनीमाथि खर्च नगर, ताकि उनीहरू स्वयं यताउता छरिउन् । जबकि आकाशहरू र धरतीका सबै खजाना अल्लाहकै हुन् तर मुनाफिकहरू बुझ्दैनन् ।

    [8] उनीहरू भन्दछन्ः कि यदि हामीले फर्केर मदिना जान्छौं भने अधिक मर्यादावालाहरूले अपमानितलाई त्यहाँबाट निकालिदिनेछन् हेर इज्जत र प्रतिष्ठा त अल्लाह र उसको रसूल र मोमिनहरूको निम्ति छ, तर ती मुनाफिकहरूले जान्दैनन् ।

    [9] हे मोमिनहरू ! तिम्रा माल, सम्पत्ति र सन्तानले तिमीलाई अल्लाहको स्मरणबाट गाफिल (अचेत) नबनाइदेओस् र जसले यस्तो गर्नेछ त्यसले घाटा बेहोर्ने छ ।

    [10] र जे हामीले तिमीलाई प्रदान गरेका छौं, त्यसबाट खर्चगर यसभन्दा अगाडि कि तिमीमध्ये कसैको मृत्यु आइहालोस् र (त्यसबेला) भन्न थालोस् कि हे मेरो पालनकर्ता अरु समय किन दिएनौ ? म दान गर्दथें र असल मानिसहरूमा शम्मिलित भइहाल्थें ।

    [11] तर अल्लाहले कुनै व्यक्तिलाई जब उसको निर्धारित समय आइपुग्दछ तब कदापि मोहलत दिंदैन । र जे तिमीले गर्दछौ अल्लाह त्यो सबैबाट अवगत छ ।

    Surah 64
    अत–तगाबुन

    [1] (त्यो प्रत्येक कुरो) जुन आकाशमा छन् र धरतीमा छन्, अल्लाहकै पवित्रताको वर्णन गर्दछन् । उसैको सत्ता छ र प्रशंसा पनि, र ऊ हरेक कुरामाथि सामर्थवान छ

    [2] उसैले तिमीलाई सृष्टि गर्यो, अनि तिमीमध्ये केही इन्कार गर्नेवाला छन् र केही ईमानवाला छन् र तिमीले जे गर्दछौ अल्लाह त्यसलाई राम्ररी जान्दछ ।

    [3] उसैले आकाशहरू र धरतीलाई इन्साफ र कारीगरीको साथ सृष्टि गकेही र तिम्रो रूप बनायो, र राम्रो बनायो र उसैतिर अन्ततः जानुछ ।

    [4] जे–जति आकाशहरूमा र जमिनमा छन् उसले सबै जान्दछ । र जे–जति तिमीले लुकाउँछौ र खुल्ला गर्दछौ, सबै जान्दछ । र अल्लाह त छातीभित्रको कुरा पनि जान्दछ ।

    [5] के तिमीलाई यसभन्दा पहिलाका काफिरहरूको समाचार पुगेन ? जो आफ्ना कर्महरूको स्वाद चाखिसके र जसको लागि कठोर यातना छ ।

    [6] यो यसकारण कि उनीहरूको नजिकमा संदेष्टाहरूले खुल्ला निशानीहरू लिएर आए, तब तिनीहरूले भन्दथे कि के मनुष्य हाम्रो पथप्रदर्शन गर्नेछ ? तसर्थ मानेनन् र विमुख भइहाले, तब अल्लाहले पनि उनीहरूबाट बेपर्वाह भइहाल्यो र अल्लाह निस्पृह (र) सर्वगुण सम्पन्न छ ।

    [7] ती काफिरहरूले सोचे कि उनीहरू पुनः जीवित गरिने छैनन् । तपाई भनिदिनुस् कि हो, मेरो पालनकर्ताको कसम ! तिमी अवश्य नै उठाइने छौ, अनि जुन काम तिमीले गर्दै आएका छौ, तिमीलाई बताइने छ र यो अल्लाहको लागि अत्यन्त सरल छ ।

    [8] तसर्थ तिमीले अल्लाह र उसको रसूलमाथि र त्यस प्रकाशमाथि जुन हामीले अवतरित गरेका छौं ईमान ल्याऊ, र अल्लाह तिम्रो सम्पूर्ण क्रियाकलापबाट अवगत छ ।

    [9] जुन दिन उसले तिमी सबैलाई एकत्रित हुने दिन एकत्रित गर्नेछ, त्यो हार र जीतको दिन हुनेछ र जसले अल्लाहमाथि ईमान ल्याए र असल कर्म गरे, उसले उनीबाट उनका नराम्रा कुराहरू हटाइदिनेछ र उनलाई स्वर्गको बागहरूमा जसमुनि नहरहरू बगिराखेका छन्, प्रविष्ट गराउनेछ, तिनीहरू सधैं त्यसमा रहनेछन् । यो ठूलो सफलता हो ।

    [10] र जसले कुफ्र गरे र हाम्रा आयतहरूलाई झूठा भने, ती नै नर्कवाला हुन् सधैं त्यसैमा रहनेछन् र त्यो नराम्रो ठाउँ हो ।

    [11] अल्लाहको आज्ञा बिना कुनै पनि संकट आउँदैन । जसले अल्लाहमाथि ईमान ल्याए अल्लाहले उनको हृदयलाई सही मार्ग देखाउँछ र अल्लाह प्रत्येक कुरा राम्ररी जान्दछ ।

    [12] (मानिसहरू हो !) अल्लाहको आज्ञाको पालन गर र रसूलको आज्ञापालन गर । यदि तिमीले मुख फर्कायौ भने हाम्रो पैगम्बरको जिम्मामा त मात्र सन्देशलाई स्पष्टरूपमा पुर्याइदिनु हो ।

    [13] अल्लाह बाहेक कोही वास्तविक पूजनीय छैन र मोमिनहरूले अल्लाहमै भरोसा राख्नुपर्दछ ।

    [14] हे मोमिनहरू ! तिम्रा स्त्रीहरू र सन्तानहरूमध्ये केही तिम्रा शत्रु पनि छन्, उनीहरूबाट सावधान रहनु र यदि तिमीले माफ गरिदिन्छौ र पन्छिहाल्छौ र क्षमा गरिदिन्छौ भने निश्चय नै अल्लाह बडो क्षमाशील अत्यन्त दयावान छ ।

    [15] तिम्रा माल सम्पत्ति र सन्तान त तिम्रो लागि परीक्षा हुन् र अल्लाहकहाँ ठूलो प्रतिफल छ ।

    [16] तसर्थ जहाँसम्म तिमीबाट हुनसक्छ, अल्लाहसित डर मान्ने गर र उसका आदेशहरूलाई सुन्दै र पालना गर्दै जाऊ । र उसको मार्गमा खर्च गर्नेगर, (यो) तिम्रो हकमा राम्रो छ । र जो आफ्नो मनको लोभ र कञ्जूसीबाट सुरक्षित रह्यो त उही नै सफल भयो ।

    [17] यदि तिमीले अल्लाहलाई राम्रो ऋण दिन्छौ भने उसले त्यसलाई तिम्रो निम्ति कैयौं गुणा वृद्धि गरिदिनेछ । र तिम्रो पाप पनि क्षमा गरिदिनेछ । अल्लाह बडो गुणग्राहक र सहनशील छ ।

    [18] ऊ परोक्ष र प्रत्यक्षलाई जान्दछ, अधिपत्यशाली तत्वदर्शी छ ।

    Surah 65
    अत–तलाक

    [1] हे पैगम्बर ! (आफ्नो अनुयायीहरूलाई भनिदिनुस्) जब तिमीले आफ्नो स्वास्नीहरूलाई तलाक दिन चाहन्छौ त उनीहरूको इद्दतको प्रारम्भमा तलाक देऊ, र इद्दतलाई गन्ने गर, र अल्लाहसित, जो तिम्रो पालनकर्ता हो, डर । उनीहरूलाई उनीहरूको घरहरूबाट ननिकाल र न उनीहरू स्वयं निस्कुन् । हो, यदि तिनीहरूले खुल्ला व्यभिचार गरिन् त कुरा बेग्लै छ । र यी अल्लाहद्धारा निर्धारित सीमाहरू हुन् । र जो अल्लाहका सीमाहरूभन्दा अगाडि बढ्नेछ, त्यसले आफूमाथि नै अत्याचार गर्नेछ । तिमीलाई थाहा छैन, कदाचित यस पश्चात अल्लाहले कुनै नयाँ अवस्थाको सृजना गरिदेओस् ।

    [2] अनि जब उनीहरू(स्त्रीहरू) आफ्ना निर्धारित इद्दतको नजिक पुग्छिन् भने उनीहरूलाई नियमानुसार आफ्नो निकाहमा रहन देऊ वा दस्तूरको मुताबिक अलग गरिदेऊ, र आफूमध्येबाट दुईजना न्यायप्रिय मानिसहरूलाई साक्षी बनाइहाल र अल्लाहको प्रसन्नता निम्ति ठीक–ठीक गवाही देऊ । यी कुराहरूबाट त्यस व्यक्तिलाई उपदेश गरिन्छ, जसले अल्लाह र परलोकको (आखिरतको) दिनमाथि ईमान राख्दछ । र जो अल्लाहसित डर मान्दछ, अल्लाह उसको लागि उम्कने बाटो सृजना गरिदिनेछ ।

    [3] र उसलाई यस्तो ठाउँबाट जीविका दिन्छ, जसको उसलाई कल्पना पनि छैन, र जसले अल्लाहमाथि भरोसा गर्दछ, त्यो उसको निम्ति पर्याप्त छ, निश्चय नै अल्लाहले आफ्नो काम पूरा गरेर नै छाड्नेछ । अल्लाहले हरेक कुराको एउटा अनुमान गरिराखेको छ ।

    [4] तिम्रो (तलाक दिइएका) स्त्रीहरू जो मासिकधर्मबाट निराश भइसकेका छिन्, यदि तिमीलाई शंका छ भने उनीहरूको इदद्त तीन महिना छ, र जसलाई अझै मासिकधर्म आउन थालेको छैन उनीहरूको पनि यहि नै इद्दत हो र गर्भवती महिलाहरूको इद्दत उनीहरूको शिशु–प्रसवसम्म छ । जो कोही पनि अल्लाहसित डर मान्ने छ, अल्लाह उसको सबैकाम सजिलो गरिदिनेछ ।

    [5] यो अल्लाहको आदेश हो, जुनकि उसले तिमीतिर अवतरित गरेको छ । जो कोही अल्लाहसित डर्नेछ, उसबाट अल्लाहले उसका पापहरू हटाइदिनेछ र उसलाई ठूलो प्रतिफल प्रदान गर्नेछ ।

    [6] तिनीहरूलाई (इद्दतको अवस्थामा) तिमीले आफ्नो हैसियत अनुसार त्यसै ठाउँमा राख, जहाँ तिमी बस्छौ, उनीहरूलाई कष्ट दिनुको निम्ति उनीहरूलाई हानि नपुर्याऊ । यदि उनीहरू गर्भवती छिन् भने उनीहरूमाथि खर्च गरिराख, जबसम्म कि उनीहरूको शिशुप्रसव नभइहालोस् । अनि यदि तिम्रो भनाई मानेर उनले नै दूध खुवाउँछिन् भने उनीहरूलाई उनको पारिश्रमिक देऊ, र आपसमा राम्रो तरिकाले परस्पर कुराकानीद्वारा कुनै कुरा निश्चित गरिहाल । र यदि तिमीलाई यसमा कुनै कठिनाई हुन्छ भने कुनै अर्कोले उसको निम्ति दूध खुवाइदिनेछे ।

    [7] सामथ्र्यवानले आफ्नो क्षमता अनुसार खर्च गर्नुपर्छ र जसको जीविकामा कमी छ, उसलाई चाहिन्छ कि जति अल्लाहले उसलाई प्रदान गरेको छ, त्यस अनुसार खर्च गरोस् । जे–जति प्रदान गरेको छ, त्यसभन्दा बढी अल्लाहले कुनै व्यक्तिमाथि जिम्मेवारीको बोझ राख्दैन । शीघ्र नै अल्लाहले कठिनाई पश्चात सुगमताको सृष्टि गरिदिनेछ ।

    [8] र कैयन् यस्ता बस्तीहरू छन् जसका बासिन्दाहरूले आफ्नो पालनकर्ता र उसको रसूलहरूको आदेशबाट अटेरिपना गरे, तब हामीले पनि उनीहरूसँग गम्भीर हिसाब गर्यौं र उनीहरूलाई अदृश्य निकृष्ट सजाय दियौं ।

    [9] अतः उनीहरूले आफ्ना कर्महरूको लागि दण्डको स्वाद चाखिहाले र उनीहरूको लागि परिणाम घाटा नै रह्यो ।

    [10] अल्लाहले उनीहरूको निम्ति कठोर यातना तयार गरेको छ, तसर्थ हे बुद्धिवाला ईमानवालाहरू अल्लाहसित डर । अल्लाहले तिमीतिर उपदेश पठाइसकेको छ ।

    [11] अर्थात पैगम्बर जसले तिम्रो सामु अल्लाहका स्पष्ट आयतहरू पढेर सुनाउँछन्, ताकि जसले ईमान ल्याउँछन् र असल कर्म गर्दछन् उनीहरूलाई अँध्यारोबाट निकाली उज्यालोतिर ल्याओस् र जुन व्यक्तिले अल्लाहमाथि ईमान ल्याउँछ र असल कर्म गर्नेछ उनीहरूलाई अल्लाहले स्वर्गका यस्ता बागहरूमा प्रविष्ट गर्नेछ, जसमुनि नहरहरू बगिराखेका छन्, सधैं त्यसमा रहनेछन् । निःसंदेह अल्लाहले उनीहरूको निम्ति उत्तम जीविका प्रदान गरिराखेको छ ।

    [12] अल्लाह नै त हो जसले सात आकाशहरू सृष्टि गर्यो र उनीहरूकै सादृश्य धरती पनि, उसको आदेश उनको बीचमा अवतरित हुन्छन्, ताकि तिमीहरूले जानिहाल कि अल्लाह हरेक कुरामा सामथ्र्य सम्पन्न छ, र यो कि अल्लाहले सबै कुरालाई आफ्नो ज्ञानको घेरामा लिइराखेको छ ।

    Surah 66
    अत–तहरीम

    [1] हे नबी ! जुन कुरोलाई तपाईको निम्ति अल्लाहले बैध ठहराएको छ, त्यसलाई तपाईले किन अवैध गर्नु हुन्छ ? के तपाईले आफ्नो पत्नीहरूको सहमति लिन चाहनुहुन्छ ? र अल्लाह बडो क्षमाशील, अत्यन्त दयावान छ ।

    [2] अल्लाहले तिमीहरूलाई तिम्रा शपथहरूको उम्कने उपाय निर्धारित गरिदिएको छ र अल्लाह नै संरक्षक छ र ऊ सर्वज्ञ र अत्यन्त तत्वदर्शी छ ।

    [3] र स्मरण गर जब पैगम्बरले आफ्नो एउटी पत्नीसित एउटा रहस्यको कुरा गरे तर जब उसले उसलाई प्रचार गरिदियो, र अल्लाहले यसबाट नबीलाई सावधान गराइदियो तब नबीले यस पत्नीलाई त्यो कुरा आँशिक भने र केही भनेनन्, अनि जब उनले तिनलाई बताए त सोध्न थालिन् कि तपाईलाई यो कसले भन्यो । उनले भने कि ‘‘मलाई उसले खबर गरेको छ, जो सबै जान्नेवाला र खबर राख्नेवाला छ ।’’

    [4] (हे नबीका दुवै पत्नीहरू) यदि तिमी दुवै अल्लाह सामु तौबा गर्दछौ, भने राम्रो छ किनकि निःसन्देह तिम्रा हृदयहरू झुकिसकेछन् र यदि पैगम्बर बिरुद्ध तिमीहरू एक आपसमा सहयोग गर्नेछौ भने अल्लाह उसको संरक्षक छ, र जिब्रील र नेक ईमानवालाहरू पनि, र फरिश्ताहरू पनि उसको सहायता गर्नेछन् ।

    [5] र यदि पैगम्बरले तिमीलाई तलाक दिइहालुन् भने यस कुराको धेरै सम्भावना छ कि उनको पालनकर्ताले तिम्रो सट्टामा उनलाई तिमीभन्दा राम्री पत्नीहरू प्रदान गर्नेछ जो मुस्लिम ईमानवाली, आज्ञाकारीणी, तौबा गर्ने, इबादत (स्तुति) गर्नेवाली, व्रत बस्नेवाली, विधवा र कुमारीहरू पनि हुनेछिन् ।

    [6] हे मोमिनहरू ! स्वयं आफूलाई र आफ्ना घरवालाहरूलाई त्यस आगोबाट बचाऊ, जसको ईन्धन मुनष्य र पत्थर हुनेछन्, जसको लागि कठोर स्वभावका, यस्ता बलशाली फरिश्ताहरू नियुक्त हुनेछन् जसले त्यसमा अल्लाहको अवज्ञा गर्दैनन् बरु जे आदेश पनि दिइन्छ, त्यसलाई कार्यान्वित गर्दछन् ।

    [7] काफिरहरू हो ! आज तिमीहरू बहानाहरू नबनाऊ । मात्र तिमीले गर्दै आएका कार्यहरूको प्रतिफल तिमीहरूलाई दिइँदैछ ।

    [8] हे मोमिनहरू ! अल्लाहको अगाडि तिमीहरूले सत्य पवित्र हृदयले क्षमा याचना गर, आशा छ कि उसले तिम्रा पापहरू तिमीबाट हटाइदिनेछ र तिमीलाई स्वर्गका बागहरूमा, जसमुनि नहरहरू बगरिराखेका छन्, प्रविष्ट गराउनेछ । त्यसदिन अल्लाहले पैगम्बरलाई र ती मानिसहरूलाई, जसले उनको साथ दिएका छन्, निराश गर्नेछैन, (बरु) उनको चमक उनको अगाडि र दायाँतिर (प्रकाश पार्दै) हिंडिरहेको हुनेछ र उनीहरू अल्लाहसित विन्ती गर्नेछन् कि हे पालनकर्ता ! हाम्रो प्रकाश हाम्रो निम्ति पूरा गर र हामीलाई क्षमा गर । निःसन्देह तिमी, प्रत्येक कुरामाथि सामथ्र्यवान छौ ।

    [9] हे पैगम्बर ! काफिरहरू र मुनाफिकहरूसित लड र उनीहरूमाथि कडाई गर । उनीहरूको बास्स्थान नर्क हो र त्यो साह्रै नराम्रो ठाउँ हो ।

    [10] अल्लाहले काफिरहरूको निम्ति ‘‘नूहकी’’ पत्नी र ‘‘लूतकी’’ पत्नीको उदाहरण वर्णन गरेको छ । दुवै हाम्रा असल भक्तहरूमध्ये दुईवटा भक्तहरूको घरमा थिइन्, र दुवैले उनीप्रति विश्वासघात गरिन्, तब ती असल भक्तहरूले उनीहरूलाई अल्लाहको सजायबाट बचाउन सकेनन्, र भनियो कि (हे स्त्रीहरू) प्रवेश गर्नेवालाको साथमा तिमी दुवै पनि नर्कमा प्रविष्ट भइहाल ।

    [11] र मोमिनहरूको निम्ति अल्लाहले ‘‘फिरऔनकी’’ पत्नीको उदाहरण वर्णन गरेको छ, जब कि उनले अल्लाहसित प्रार्थना गरिन् कि हे मेरो पालनकर्ता ! मेरो निम्ति स्वर्गमा आफ्नो नजिक एउटा घर बनाऊ र मलाई फिरऔन र उसको कर्मबाट छुटकारा देऊ, र अत्याचारीहरूबाट मलाई मुक्त गर ।

    [12] र (अर्को) इम्रानकि छोरी ‘‘मरियमको’’ दृष्टान्त बयान गर्यो जसले आफ्नो सतित्वको रक्षा गरिन्, फेरि हामीले त्यस स्त्रीभित्र आफ्नो तरफबाट रूह फूँकिदियौ, र त्यसले आफ्नो पालनकर्ताको कलाम(वाणी) र उसको किताबहरूलाई सत्य ठान्दथिइन्, र उनी उपासकहरूमध्येकी थिइन् ।

    Surah 67
    अल–मुल्क

    [1] त्यो जसको हातमा राज्यसत्ता छ, बडो कल्याणकारी छ, र जो हरेक कुरामा सामथ्र्यवान छ ।

    [2] जसले मृत्यु र जीवनलाई यसकारण सृष्टि गरेको छ, कि तिम्रो परीक्षा गरोस्, कि तिमीमध्ये राम्रो काम को गर्दछ ? र ऊ अधिपत्यशाली र क्षमाशील छ ।

    [3] जसले माथि सातवटा आकाशहरू बनायो त हेर्नेवाला अल्लाह–रहमानको रचनामा कुनै विसंगति देख्ने छैन । दोस्रो पटक दृष्टि उठाएर हेर के कुनै चिरा दृष्टिगोचर हुन्छ

    [4] फेरि दोहोर्याएर दुई–दुई पटक देखिलेऊ, तिम्रो दृष्टि तिम्रो तर्फ अपमानित र कमजोर भएर फर्की आउनेछ ।

    [5] निःसन्देह हामीले आकाशलाई संसारको प्रकाशका लागि भव्य दीपबाट सजायौं, र उनीहरूलाई शैतानलाई हान्ने माध्यम बनायौं, र शैतानहरूको लागि हामीले नर्कको सजाय तयार गरिराखेका छौं ।

    [6] र जसले आफ्नो पालनकर्तासित कुफ्र गरे, उनीहरूको निम्ति नर्कको यातना छ, र त्यो धेरै नराम्रो ठाउँ हो ।

    [7] जब त्यसमा यिनीहरू हालिनेछन्, तब त्यसको चित्कारको आवाज सुन्नेछन् र त्यसले भडकिरहेको हुनेछ ।

    [8] यस्तो लाग्छ कि क्रोधले च्यातिजान्छ जब यसमा कुनै समूह हालिनेछ ऊसित नर्कका द्धारपालेहरूले सोध्नेछन्, ‘‘के तिम्रो पासमा कोही सावधान गर्नेवाला आएन ?’’

    [9] उनीहरूले भन्नेछन्ः (किन होइन), अवश्य सावधान गर्नेवाला आएको थियो । तर हामीले उसलाई असत्य ठहरायौं र भन्यौं कि अल्लाहले त कुनै कुरा अवतरित गरेकै छैन । तिमी त ठूलो भ्रममा परिराखेका छौ ।

    [10] र भन्नेछन्ः यदि हामीले सुन्ने र बुझ्ने भएको भए नारकीहरूमध्येका हुने थिएनौं ।

    [11] यसप्रकार उनीहरूले आफ्ना अपराधहरूलाई स्वीकार गर्नेछन् । तसर्थ अब यी नारकीहरू टाढा रहुन् ।

    [12] निःसंदेह जुन मानिसहरू परोक्षमा आफ्नो पालनकर्तासित डरने गर्दछन् । उनीहरूको निम्ति क्षमा र ठूलो प्रतिफल छ ।

    [13] तिमीहरूले कुरा लुकाएर भन वा प्रकटरूपले, उसले हृदयका रहस्यहरूसमेत जान्दछ ।

    [14] के उसले जान्ने छैन जसले सृष्टि गरेको छ ? जबकि ऊ सूक्ष्मदर्शी र हरेक कुराबाट अवगत पनि छ ।

    [15] उही त हो जसले तिम्रो निम्ति धरतीलाई नरम र अधीनस्थ गर्यो । ताकि तिमीले उसका बाटोहरूमा हिंड्डुल गर्नेगर र अल्लाहद्धारा प्रदान गरिएको जीविका उपभोग गर, र तिमीले उसैको पासमा दोस्रोपटक जीवित भएर जानुपर्नेछ ।

    [16] के तिमी यस कुराबाट निश्चिन्त छौ कि आकाशवालाले तिमीलाई धरतीमा गाडिदेओस् अनि त्यसबेला पृथ्वीमा कम्पन हुनथालोस् ।

    [17] वा के तिमी यस कुराबाट निश्चिन्त छौ कि आकाशवालाले तिमीमाथि पथरको वर्षा गरिदेओस् ? अनि तिमीलाई थाहा भइहाल्नेछ कि मेरो चेतावनी कस्तो थियो ।

    [18] र यिनीभन्दा पहिलाका मानिसहरूले पनि झूठा ठहराएका थिए, अतः हेरिहाल कि उनीमाथि मेरो यातना कस्तो भयो

    [19] के यिनीहरूले आफ्ना टाउकाहरूमाथि पखेटा फैलाएर वा खुम्च्याएर उडिराखेका पंक्षिहरूलाई देखेनन् ? अल्लाहले नै उनीहरूलाई हावामा थामी राखेको हुन्छ । निःसन्देह त्यसले हरेक कुरालाई देखिराखेको छ ।

    [20] अल्लाह बाहेक तिम्रो कुन चाहिं सेना छ, जसले तिम्रो सहायता गर्न सकोस् । काफिरहरू त भ्रममा छन् ।

    [21] यदि अल्लाहले आफ्नो जीविका बन्द गरिदिन्छ भने भन त्यो को हो जसले तिमीलाई जीविका दिन्छ ? तर यिनीहरू अटेरीपना र घृणामा अल्झेका छन् ।

    [22] त्यो व्यक्ति बढी मार्गदर्शन प्राप्त गरेको छ जो टाउको टेकेर हिँडछ वा त्यो व्यक्ति जसले सोझो (खुट्टा टेकेर) बाटोमा हिंड्छ

    [23] भनिदिनुस् त्यो अल्लाह नै हो, जसले तिमीलाई पैदा गर्यो र तिम्रा कान, आँखा र हृदयको रचना गर्यो तर तिमीले कम कृतज्ञता देखाउँछौ ।

    [24] भनिदिनुस् कि उही हो, जसले तिमीलाई धरतीमा फैलायो र उसैको सामु तिमीहरू एकत्रित गरिनेछौ ।

    [25] काफिरहरूले भन्दछन्ः कि यदि तिमी साँचो हौ भने त्यो वाचा कहिले हुनेछ बताऊ

    [26] तपाई भनिदिनुस् कि यसको ज्ञान त मात्र अल्लाहलाई नै छ र म स्पष्टरूपले डर सुनाउनेवाला हूँ ।

    [27] जब उनीहरूले त्यस वचालाई नजिकबाट हेर्नेछन् त काफिहरूको अनुहार त्यसबेला बिग्रीहल्नेछ र उनीहरूसित भनिनेछ कि यो त्यही हो जसको तिमीले मांग गर्ने गर्दथ्यौ ।

    [28] तपाई भनिदिनुस् कि हेर यदि अल्लाहले मलाई र मेरा साथीहरूलाई नष्ट गरिदेओस् वा हामीमाथि दया गरोस्, त को छ जसले काफिरहरूलाई दुःखद यातनाबाट बचाउन सक्दछ

    [29] तपाई भनिदिनुस् कि उही अल्लाह–रहमान हो, हामीले उसैमाथि ईमान ल्याएका छौं र उसैमाथि भरोसा गर्दछौं । तिमीलाई छिट्टै थाहा भइहाल्ने छ कि खुल्ला मार्ग विचलिनमा को छ

    [30] तपाई भनिदिनुस् कि यो त बताऊ कि यदि तिम्रो (पिउने) पानी सुखिहाल्छ भने को छ जसले तिमीलाई निर्मल जल प्रवाहित गरिदिनेछ

    Surah 68
    अल–कलम

    [1] नून, कसम छ कलमको र त्यसको जुन कुरो तिनीहरू (फरिश्ताहरू) लेख्दछन् ।

    [2] कि (हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम) तपाई आफ्नो पालनकर्ताको अनुकम्पाबाट बउलाहा होइन ।

    [3] र निःसन्देह तपाईको लागि अन्त न हुनेवाला बडो अनुकम्पा छ ।

    [4] निःसन्देह तपाई उच्च आचरणवाला हुनुहुन्छ ।

    [5] अब तिमीले देख्नेछौ र यिनीहरूले पनि देखिहाल्नेछन्

    [6] कि तिमीमध्येबाट को भ्रमित भएको छ ।

    [7] निःसंदेह तिम्रो पालनकर्ताले उसलाई राम्ररी जान्दछ, जो आफ्नो बाटोबाट विचलित भएका छन् र उनीहरूलाई पनि राम्ररी जान्दछ, जो सोझो मार्गमा हिडीराखेका छन् ।

    [8] तसर्थ तिमीले असत्य ठहराउनेहरूको भनाई नमान्नु ।

    [9] तिनीहरूले चाहन्छन् कि तिमी अली नरम भइहाल । अनि यिनीहरू नरम भइहाल्नेछन् ।

    [10] र तिमीले कुनै यस्तो व्यक्तिको भनाई नमान्नु जसले धेरै कसम खाइरहन्छ ।

    [11] बदनाम अर्काको दुर्गण वर्णन गर्नेवाला र चुक्ली गर्दै हिड्दछ ।

    [12] (र जो)राम्रो कुराबाट रोक्नेवाला, सीमाको उल्लंघन गर्नेवाला, ठूलो अपराधी, (हो) ।

    [13] घमण्डी र त्यो पनि जारज ।

    [14] उसको अटेरीपना मात्र यसकारण छ कि त्यो धनवान र छोराहरूवाला छ

    [15] जब उसका सामु हाम्रा आयतहरू पढेर सुनाइन्छन्, तब भन्छ कि यी त पहिलाका मानिसहरूका कथा हुन् ।

    [16] हामीले पनि (शीघ्र नै) उसको नाकमा दाग लगाउनेछौं ।

    [17] निःसंदेह हामीले उनीहरूको यस्तै प्रकारले परीक्षा लिएकाछौं जुन प्रकारले बागवालाहरूको परीक्षा लिएका थियौं, जबकि उनीहरूले कसम खाए कि प्रातःकाल हुनासाथ अवश्य त्यस बगैचाका फल टिप्नेछौं ।

    [18] र ‘‘इन्शाअल्लाह’’(यदि अल्लहले चाह्यो) भनेनन्

    [19] तसर्थ उनीहरूमाथि उनीहरू सुतिराखेकै बेलामा तिम्रो पालनकर्ताको तर्फबाट एउटा विपदाले चक्कर लगाइहाल्यो ।

    [20] तब त्यो बगैचा यस्तो भइहाल्यो जस्तो कि काटिएको खेती

    [21] जब बिहान भयो तब उनीहरूले एक अर्कालाई पुकार्न थाले

    [22] कि यदि तिमीले फल टिप्नु छ भने आफ्नो खेतीमा बिहानै आइपुग ।

    [23] फेरि तिनीहरू विस्तारै–विस्तारै यो कुरा गर्दै हिंडे ।

    [24] कि आज यहाँ तिम्रो पासमा कोही गरिब आउन नपाओस्

    [25] र उनीहरू लम्कदै बिहानै पुगे, कि हामी सामथ्र्यवान हुनेछौं ।

    [26] जब उनीहरूले बागलाई देखे त भन्नथाले कि हामी निश्चयनै बाटो बिर्सिसकेका छौं

    [27] होइन, होइन बरु हाम्रो भाग्य नै फेरीसक्यो ।

    [28] एउटा जुन उनीहरूमध्ये बुद्धिमान थियो उसले भन्यो, के मैले तिमीसित भनेको थिएन कि तिमीले अल्लाहको पवित्रताको वर्णन किन गर्दैनौ

    [29] तब उनीहरू सबैले भन्नथाले कि हाम्रो पालनकर्ता पवित्र छ, निश्चय नै हामी नै अत्याचारी थियौं

    [30] अनि उनीहरू एक अर्कातिर मुख फर्काइ परस्पर धिक्कार्न थाले

    [31] भन्न थाले, हाय अफशोच हामी नै हदभन्दा अगाडि गइसकेका थियौं ।

    [32] आशा छ कि हाम्रो पालनकर्ताले यसको सट्टा हामीहरूलाई यसभन्दा राम्रो बदला प्रदान गरोस्, हामी त अब आफ्नो पालनकर्ताबाटै आशन्वित हुन्छौं ।

    [33] (हेर) विपदा यस्तै आउँछ र परलोकको विपदा धेरै ठूलो छ, यदि यो कुरा उनीहरूले बुझ्नसक्ने भए ।

    [34] निश्चय नै संयमीहरूको निम्ति उनीहरूको पालनकर्ताकहाँ उपहारवाला स्वर्गहरू छन् ।

    [35] के हामी आज्ञाकारीहरूलाई अपराधीहरू जस्तो गरिदिनेछौं

    [36] तिमीलाई के भएको छ, कस्तो निर्णय गर्दैछौ

    [37] के तिम्रो पासमा कुनै किताब छ जसबाट तिमी (यो) पढ्छौ

    [38] कि तिमीले रुचाउने कुराहरू त्यसमा होउन्

    [39] वा तिमीहरूले हामीसित कुनै शपथ लिएकाछौ ? जुन कयामतको दिनसम्म बाँकी रहनेछ, कि तिम्रो निम्ति त्यो सबै छ जुन तिमीले आफ्नो तर्फबाट फैसला गर्दछौ ।

    [40] उनीहरूसित सोध कि उनीहरूमध्ये यसको जिम्मावाला को हो

    [41] के (यस भनाईमा) उनका अरु पनि साझेदार छन् ? यदि उनी साँचो छन् भने आफ्नो साझेदारहरूलाई ल्याई अगाडि उभ्याउन् ।

    [42] जुन दिन घुँडा खोलिदिइनेछ र उनीहरू सजदाको निम्ति बोलाइने छन्, तब तिनीहरूले सिज्दा गर्नसक्ने छैनन् ।

    [43] आँखाहरू तल झुकेका हुनेछन्, र उनीमाथि अपमान छाइराखेको हुनेछ । उनीहरूलाई त्यस बेला पनि ढोगको निम्ति बोलाइन्थ्यो जबकि उनीहरू ठीकठाक थिए ।

    [44] अतः तिमीले मलाई र मेरा वाणीलाई झूठा भन्नेहरूलाई छाडिदेऊ । हामीले उनीहरूलाई विस्तारै यस्तो तरीकाले समात्ने छौं कि उनलाई थाहा पनि हुनेछैन ।

    [45] मैले उनलाई मोहलत दिइराख्नेछु, निःसंदेह मेरो योजना धेरै बलियो छ ।

    [46] के तिमी उनीहरूसित केही बदला माँगिराखेका छौ कि उनीहरू त्यसको बोझबाट थिचिंदै गइराखेका छन् ।

    [47] वा के उनीहरूको पासमा परोक्षको ज्ञान छ जसलाई उनी लेख्दै गएका छन्

    [48] अतः आफ्नो पालनकर्ताको आदेशलाई तपाईले धैर्यसित प्रतीक्षा गर्नुस् र माछावाला जस्तै नहुनु, कि उनले गहिरो दुःखको अवस्थामा प्रार्थना गरेका थिए ।

    [49] यदि उनको साथमा उनको पालनकर्ताको अनुकम्पा नभएको भए उनी खुल्ला मैदानमा फ्याँकिने थिए, र उनको अवस्था नराम्रो हुने थियो ।

    [50] अन्ततः उनको पालनकर्ताले फेरि उनलाई रोजिहाल्यो र उनलाई राम्रा मानिसहरूमा शम्मिलित गरिदियो ।

    [51] र नजिक छ कि काफिरहरूले आफ्नो तीव्र दृष्टिबाट तपाईलाई चिप्ल्याई दिनेछन्, जब उनी ‘‘कुरआन’’ सुन्दछन् र भनिदिन्छन् कि यिनी त अवश्य दिवाना छन् ।

    [52] वास्तवमा यो (कुरआन) त सबै संसारवालाहरूको निम्ति पूरै उपदेश हो ।

    Surah 69
    अल–हाक्का

    [1] वास्तवमा भएर नै छाड्नेवाला

    [2] प्रमाणित हुनेवाला के हो

    [3] र तिमीलाई के थाहा छ कि त्यो वास्तविक प्रमाणित हुनेवाला के हो

    [4] त्यस ठूलो स्वरको कराउने गड्गडाहट वालालाई ‘‘समूद’’ र ‘‘आद’’ (दुवै) ले असत्य मानेका थिए ।

    [5] जसको परिणाममा ‘‘समूद’’लाई भयंकर चटयाङ्गबाट नष्ट गरियो ।

    [6] र ‘‘आद’’ ठूलो तीव्र हुरीबाट समाप्त गरिए ।

    [7] जसलाई अल्लाहले सात रात र आठ दिनसम्म निरन्तर उनीहरूमाथि लगाएको थियो तब तिमीले उनीहरूलाई भूइँमा यसरी लडेको अवस्थामा देख्यौ जस्तो कि खजूरका खोक्रा बोटहरू ।

    [8] के तिमी उनीहरूमध्ये कोहीलाई पनि शेष देखिरहेका छौ

    [9] ‘‘फिरऔन’’ उसभन्दा पहिलाका मानिसहरू र जसको गाउँ बस्तीहरू उलटपलट भए, उनीहरूले पनि अपराध गर्दथे ।

    [10] र उनीहरूले आफ्नो पालनकर्ताको पैगम्बरको अवज्ञा गरे, तब अल्लाहले उनलाई पनि कठोर पकडमा लिइहाल्यो ।

    [11] जब पानीमा हलचल आयो तब त्यस बेला हामीले तिमीलाई नौकामा सवार गरायौं ।

    [12] ताकि त्यसलाई तिम्रो निम्ति शिक्षा बनाइदिऔं र यादगर्ने कानले सुरक्षित राखुन् ।

    [13] तसर्थ जब सूरमा एकफूँक फूँकिनेछ

    [14] र धरती र पहाड दुवै उठाइनेछन्, र एकैचोटी क्षतविक्षत गरिनेछन् ।

    [15] त त्यसदिन घटित हुनेवाला कयामत भइहाल्ने छ ।

    [16] र आकाश फाटिने छ अनि त्यो त्यसदिन एकदम कमजोर भइहाल्नेछ ।

    [17] र फरिश्ताहरू उसको किनारमा हुनेछन् र त्यसदिन तिम्रो पालनकर्ताको सिंहासनलाई आठ फरिश्ताहरूले आफूमाथि उचालेका हुनेछन् ।

    [18] त्यसदिन तिमी सबै सामुन्ने प्रस्तुत गरिनेछौ, (र) तिम्रो कुनै भेद लुकिरहने छैन ।

    [19] अनि जोसुकैलाई उसको कर्मपत्र उसको दाहिने हातमा दिइनेछ, त्यसले (अरुसित) भन्नेछः कि लिनुस् मेरो कर्मपत्र पढ्नुस् ।

    [20] मलाई पूरा यकिन थियो कि मेरो हिसाब मलाई अवश्य प्राप्त हुनेछ ।

    [21] अतः त्यो (व्यक्ति) आनन्दित जीवनमा हुनेछ ।

    [22] उच्चा, भव्य स्वर्गमा

    [23] जसका फलहरूका गुच्छाहरू झुण्डिएका हुनेछन् ।

    [24] (उनीहरूसित भनिनेछ) जुन कर्म तिमीहरूले अघिका दिनहरूमा अगाडि पठाइसकेका छौ, त्यसको प्रतिफलस्वरूप मजासित खाऊ र पिऊ ।

    [25] तर जसको कर्मपत्र उसको बायाँ हातमा दिइनेछ, त्यसले भन्नेछ, काश कति राम्रो हुन्थ्यो कि मेरो कर्मपत्र मलाई नदिएको भए ।

    [26] र मलाई थाहा नभएको भए कि मेरो हिसाब के छ ।

    [27] ऐ काश, मृत्युले मेरो काम नै समाप्त गरिसक्ने थियो ।

    [28] (आज) मेरो सम्पत्ति पनि मेरो केही काम लागेन ।

    [29] (आह) मेरो वर्चस्व मबाट गइहाल्यो ।

    [30] (आदेश हुनेछ कि) यसलाई समात र यसलाई बाँधिहाल छल्ला पहिराइदिनु ।

    [31] अनि यसलाई नर्कमा हालिदेऊ ।

    [32] अनि जंजीरले जसको नाप सत्तरी हाथ छ, जकडिदेऊ ।

    [33] निश्चितरूपले यसले महिमावान अल्लाहमाथि ईमान राख्दैनथ्यो

    [34] र न गरिबलाई खाना खुवाउन प्रोत्साहित गर्दथ्यो

    [35] अतः आज यसको यहाँ न कोही मित्र छ ।

    [36] र न पीप बाहेक उसको निम्ति आज कुनै खाना छ ।

    [37] जसलाई अपराधीहरू बाहेक कसैले खाने छैन ।

    [38] अतः हामीलाई ती कुराहरूको कसम छ जुन तिमीले देख्दछौ

    [39] र (कसम छ) ती कुराको जुन तिमीले देख्दैनौ ।

    [40] कि यो कुरआन एक प्रतिष्ठित रसूलबाट ल्याइएको वाणी हो ।

    [41] र यो कुनै कविको वाणी होइन । परन्तु तिमीहरूले बहुत कम विश्वास गर्दैछौ

    [42] र न यो कुनै ज्योतिषीको वाणी हो, तर तिमीहरूले थोरै शिक्षा प्राप्त गर्दछौ ।

    [43] (यो त) सम्पूर्ण संसारको पालनकर्ताबाट अवतरित गरिएको हो ।

    [44] र यदि यस पैगम्बरले हाम्रो बारेमा कुनै झूठा कुरा बनाएर ल्याएको भए

    [45] त हामीले उनलाई दाहिने हातबाट समातिहाल्थ्यौं ।

    [46] अनि उनको हृदयको धमनी काटिदिंथ्यौं ।

    [47] अनि तिमीमध्ये कोही पनि हामीलाई यसबाट रोक्नेवाला हुँदैनथ्यो ।

    [48] र निःसन्देह यो (कुरआन) परहेजगारहरूको (अमात्मसयंमीहरूको) निम्ति एउटा उपदेश हो ।

    [49] र हामीलाई थाहा छ कि तिमीमध्ये केही यसलाई असत्य भन्नेवाला छन् ।

    [50] साथै (यो झूठा मान्नु) अपसोच छ काफिरहरूको लागि ।

    [51] यो निःसंदेह बिल्कुल विश्वासनीय सत्य हो ।

    [52] अतः तिमीले आफ्नो महिमावान् पालनकर्ताको नामको गुणगान गर ।

    Surah 70
    अल–मआरिज

    [1] एउटा माँग्नेवालाले (रसूलसित) त्यो यातना माँग्यो, जुन घटित हुनेवाला छ ।

    [2] काफिरहरूबाट कसैले त्यसलाई टाल्न सक्नेछैन ।

    [3] अल्लाहको तर्फबाट हुनेछ, जुन (चढ्नको लागि) सोपानवाला छ ।

    [4] जसतिर फरिश्ताहरू र ‘‘रूह’’ चढ्छन् एक दिनमा त्यसको अनुमानित अवधि ५० हजार वर्षको हुनेछ ।

    [5] अर्थात् तिमी राम्रो सँग धैर्य गर ।

    [6] निःसन्देह उनीहरूको दृष्टिमा त्यो अजाब टाढा छ ।

    [7] र हाम्रो दृष्टिमा नजीक छ ।

    [8] जुन दिन आकाश जलेको तेल जस्तो भइहाल्नेछ ।

    [9] र पहाडहरू रंगीन ऊनको जस्ता हुनेछन्

    [10] र कुनै मित्रले कुनै मित्रलाई सोध्नेछैन ।

    [11] (जबकि) एक अर्कालाई अगाडि देखिराखेका हुनेछन् । (त्यस दिन) अपराधीले इच्छा गर्नेछ कि (यातनाको सट्टामा) आफ्ना छोराहरू (देओस्) ।

    [12] र आफ्नो पत्नी र आफ्नो भाइ

    [13] र आफ्नो परिवार जसले उसलाई शरण दिन्थ्यो ।

    [14] र जति मानिसहरू धरतीमा छन् सबै कुरा दिन चाहनेछ जसले उसलाई यातनाबाट मुक्त गराइहालोस् ।

    [15] (तर) यस्तो कहिल्यै हुनेछैन, निःसंदेह त्यो प्रज्वलित आगो हो

    [16] जसले अनुहार र टाउकोको छाला उप्काइदिनेछ

    [17] उसले त्यस्तो प्रत्येक मानिसलाई आफूतिर बोलाउनेछ (जसले सत्य धर्मबाट) पिठ्युँ फर्काएर विमुख भए

    [18] र धन एकत्रित गरेर थुपारेर राखे

    [19] निःसन्देह मानिस काँचो मुटुवाला बनाइएको छ ।

    [20] जब उसलाई कष्ट पुग्छ त आत्तिन्छ ।

    [21] तर जब उसलाई राहत (सम्पन्नता) प्राप्त हुन्छ त उसले कन्जूसी देखाउँछ ।

    [22] तर नमाज पढ्नेहरूको कुरा अर्कै छ ।

    [23] जसले नमाज नियमित्ताकासाथ पढ्दछन्

    [24] र जसको सम्पत्तिमा(अरुको) हक निश्चित छ

    [25] (अर्थात्) माँग्नेवालाको र नमाँग्नेवालाको पनि

    [26] जसले न्यायको दिन(कयामत) माथि ईमान राख्दछ ।

    [27] र जो आफ्नो पालनकर्ताको यातनाबाट डराउछन्

    [28] निःसन्देह उनीहरूको पालनकर्ताको यातना यस्तो छैन जसबाट निश्चिन्त रहन सकियोस् ।

    [29] र जो आफ्नो गुप्ताङ्गहरूको रक्षा गर्दछन्

    [30] तर आफ्ना पत्नीहरू वा दासीहरू बाहेक जुन उनको अधीनस्थ छन् त उनको लागि कुनै अफशोच छैन

    [31] जसले यो बाहेक अरु चाहन्छन् उनीहरू सीमा उल्लंघन गर्नेवाला हुन् ।

    [32] र जसले आफूमाथि गरिएका विश्वासहरू र आफूले गरेको वचन र करारको पालना गर्दछन्

    [33] र जो आफ्नो गवाहीमा दृढ रहन्छन्

    [34] र जो आफ्नो नमाजको रक्षा गर्दछन्

    [35] यिनै मानिसहरू स्वर्गहरूमा सम्मानपूर्वक रहनेछन्

    [36] फेरि इन्कार गर्नेवालालाई के भएको छ कि दौड्दै आइरहेका छन्

    [37] दायाँ र बायाँबाट समुहको रूपमा ।

    [38] के उनीहरूमध्ये प्रत्येक व्यक्ति, यो लालसा राख्दैछ कि उनी अनुकम्पाबाट परिपूर्ण स्वर्गमा प्रवेश गर्नेछन्

    [39] त्यस्तो कदापि हुनेछैन । बरु हामीले उनीहरूलाई जुन चिजबाट सृष्टि गरेका छौं, त्यसलाई उनीहरू जान्दछन् ।

    [40] अतः केही छैन, म पूर्व र पश्चिमको पलनकर्ताको शपथ लिन्छु कि हामीलाई सामथ्र्य प्राप्त छ ।

    [41] कि उनीहरूको ठाउँमा उनीहरूभन्दा राम्रो मानिसहरू ल्याऊँ र हामी परास्त हुनेवाला छैनौं ।

    [42] अतः उनीहरूलाई लडाई–भिडाई गरेको अवस्थामा छाडिदिनुस् । यहाँसम्म कि आफ्नो त्यस दिनसम्म पुगी जाउन् । जसको वाचा उनीहरूसित गरिएको छ ।

    [43] जुनदिन उनीहरू चिहानबाट तीव्रताको साथ दौड्दै निस्कनेछन् । मानौं कि, कुनै (विशेष) ठाउँतिर दौड्दै गइरहेका छन् ।

    [44] उनीहरूको आँखा लज्जाले झुकिरहने छन् र अपमान उनीहरूमाथि घेरिराख्नेछ । यो नै त्यो दिन हो, जसको उनीरुसँग वाचा गरिदै थियो ।

    Surah 71
    नूह

    [1] हामीले ‘‘नूह (अलैहिस्सलाम) लाई’’ निश्चितरूपले उनको कौमतिर पठायौं कि आफ्नो कौमका मानिसहरूलाई डराऊ र सावधान गरिदेऊ, यसभन्दा पहिला कि उनीहरूमाथि कुनै दुःखद यातना आओस् ।

    [2] उनले भने ‘‘हे मेरो कौमका मानिसहरू ! म तिम्रो निम्ति एउटा स्पष्ट सचेतकर्ता हूँ

    [3] कि ! अल्लाहको उपासना गर र उसित डर र मेरो भनाई मान ।

    [4] तब उसले तिम्रो पाप क्षमा गरिदिनेछ र निश्चित समयसम्म तिमीलाई मोहलत प्रदान गर्नेछ । निःसंदेह जब अल्लाहले निर्धारण गरेको समय आइपुग्छ तब विलम्ब हुँदैन, काश तिमीले जान्नेभएको भए ।

    [5] नूहले भने कि, हे मेरो पालनकर्ता ! मैले आफ्नो जातिबन्धुलाई रातदिन तिम्रोतर्फ बोलाउने गरे

    [6] तर मेरो पुकारबाट उनीहरू झन् टाढिदै गए ।

    [7] जहिलेपनि मैले उनीहरूलाई तिम्रो क्षमातर्फ बोलाएँ, उनीहरूले आफ्ना कानलाई औलाले थुने र कपडाले आफूलाई छोपिहाले र अटेरी भएर घमण्ड गरे ।

    [8] अनि मैले उनलाई ठूलो स्वरले बोलाएँ ।

    [9] अनि निःसंदेह मैले उनीहरूसित खुल्ला तौरले पनि कुरो गरें र उनीहरूसित गोप्यरूपले पनि कुरा गरें ।

    [10] र मैले भने किः आफ्नो पालनकर्तासित आफ्ना पापबाट मुक्ति गराऊ र क्षमा माँग । निश्चय नै ऊ ठूलो क्षमादाता हो ।

    [11] उसले तिमीमाथि निकै वर्षाउनेवाला बादल पठाउने छ ।

    [12] र उसले सम्पत्ति र सन्तानमा तिमीलाई बढोत्तरी प्रदान गर्नेछ, र तिम्रो निम्ति बगैंचाहरू पैदा गर्नेछ र तिम्रो निम्ति नहरहरू प्रवाहित गर्नेछ ।

    [13] तिमीलाई के भएको छ कि तिमीले अल्लाहको सर्वश्रेष्ठतामाथि ईमान राख्दैनौ

    [14] जबकि उसले तिमीलाई विभिन्न अवस्थाहरूबाट गुजार्दै सृष्टि गरेको छ ।

    [15] के तिमीले देखेनौ कि अल्लाहले कसरी एउटामाथि अर्को गरी सातवटा आकाशहरू बनाएको छ

    [16] र उनीहरूमा चन्द्रलाई जगमगाउँदो बनाएको छ, र सूर्यलाई प्रकाशयुक्त दीप बनाएको छ

    [17] र अल्लाहले नै तिमीलाई धरतीबाट सृष्टि गरेको छ

    [18] अनि त्यसैमा तिमीलाई फर्काउनेछ र तिमीलाई निकालि उभ्याउनेछ ।

    [19] र अल्लाहले नै धरतीलाई तिम्रो निम्ती फर्श (ओछ्यान) बनायो ।

    [20] ताकि उसका ठूला–ठूला विस्तृत मार्गमा हिंड ।

    [21] नूहले भनेः कि ‘मेरो पालनकर्ता उनीहरूले मेरो अवज्ञा गरे, र उसको अनुशरण गरे जसको धन र जसको सन्तानले उनको घाटामै नै वृद्धि गर्यो ।

    [22] र उनीहरूले धेरै ठूलो षड्यन्त्र गरे

    [23] र उनीहरूले भन्नथाले कि आफ्ना पूज्यहरूलाई कदापि नछाड्नु र खासगरी ‘‘वद्द’’ र ‘‘सुवाअ्’’ र ‘‘यगूस’’ र यअूक र नस्रलाई कदापि परित्याग नगर्नु ।

    [24] र उनीहरूले धेरै मानिसहरूलाई पथविचलित गरिदिएका छन्, (हे पालनकर्ता) तिमीले उनीहरूलाई अझै बढी पथभ्रष्ट गरिदेऊ ।

    [25] अन्ततः उनीहरू आफ्ना पापहरूको कारणले (जलप्रलयमा) डुबाइए, अनि नर्कमा हालिए, र उनीहरूले अल्लाह बाहेक कसैलाई आफ्नो मद्दतगर्ने पाएनन् ।

    [26] र नूहले प्रार्थना गरे कि हे मेरो पालनकर्ता धरतीमा बसिरहेको कुनै काफिरलाई राम्रो अवस्थामा नछाड ।

    [27] यदि तिमीले उनीहरूलाई छाडदिनेछौ भने निश्चय नै तिम्रा अरु दासहरूलाई पनि पथभ्रष्ट गरिदिनेछन्, र उनीहरूले दुराचारी र ठूलो काफिरहरूलाई नै जन्म दिनेछन् ।

    [28] हे मेरो पालनकर्ताः मलाई र मेरो आमा बाबुलाई र जो पनि ईमानवाला भएर मेरो घरमा आए र तमाम ईमानवाला पुरुषहरू र ईमान भएकी स्त्रीहरूलाई क्षमा गरिदेऊ र अत्याचारीहरूको निम्ति अझै विनाशमा वृद्धि गर ।

    Surah 72
    अल–जिन्न

    [1] (हे पैगम्बर सल्लल्लाहो अलैहे वसल्लम) भनिदिनुस् कि मेरो पासमा वह्य आएको छ कि जिन्नहरूको एउटा समूहले (किताबलाई) सुनेर भन्न थाले कि हामीले एउटा आश्चर्य लाग्दो ‘‘कुरआन’’ सुन्यौं ।

    [2] जसले भलाईको बाटो देखाउँछ, तसर्थ हामीले त्यसमाथि ईमान ल्यायौं । (अब) हामीले आफ्नो पालनकर्तासँग कसैलाई कदापि साझेदार बनाउने छैनौं ।

    [3] र निश्चितरूपले हाम्रो पालनकर्ताको गौरव अत्यन्त उच्च छ उसले आफ्नो निम्ति कसैलाई न पत्नी बनायो न कुनै सन्तान

    [4] र यो कि हामीमध्ये केही मूर्खले अल्लाहको बारेमा असत्य कुरा रच्दछन्

    [5] र हामीले यो ठानेका थियौं कि मानिस र जिन्नहरू अल्लाहको बारेमा झूठ बोल्दैनन् ।

    [6] कुरो यो हो कि केही मानिसहरूले केही जिन्नहरूको शरण माँग्दथे, जसबाट उनको अटेरीपना झन् बढीहालेको थियो ।

    [7] र मानिसहरूले पनि तिमी जिन्नहरू जस्तै अनुमान गरेका थिए कि अल्लाहले कसैलाई पठाउने छैन, (वा पुर्नजीवित गर्नेछैन) ।

    [8] र यो कि हामीहरूले आकाशमा चियायौं, त त्यसलाई बलिया पहरेदार र प्रज्वलित आगोले भरिएको पायौं

    [9] र यो कि पहिला हामी आकाशमा कैयन् ठाउँहरूमा कुरा सुन्नको निम्ति बस्ने गर्दथ्यौं । त अहिले जो पनि कान लगाउँछ एक आगोको झिल्का आफ्नोतिर पाउँछ ।

    [10] र यो हामी जान्दैनौं कि तिनीहरूको साथ जो धरतीमा छन् नराम्रो कुराको इरादा गरिएको छ वा उनीहरूको पालनकर्ताले उनीहरूको लागि भलो गर्ने विचार गरेको छ ।

    [11] र यो कि हामीमध्ये कोही नेक छन् र कोही विपरित प्रकारको पनि छन् । हामी विभिन्न किसिमले बाँडिएका छौं

    [12] र (यो कि) हामीले विश्वास गरिसकेछौं कि हामी धरतीमा अल्लाहलाई पराजित गर्न सक्दैनौ र नभागेर उसलाई थकाउन सक्छौं

    [13] र हामीले त मार्गदर्शन (को किताब) सुन्यौं, त त्यसमाथि ईमान ल्याइहाल्यौं र जसले आफ्नो पालनकर्तामाथि ईमान ल्याउँछ उसलाई न कुनै हानिको डर हुन्छ, न अत्याचारको

    [14] र यो कि हामीमध्ये केही आज्ञाकारी छन् र केही अवज्ञाकारी छन्, तसर्थ जो आज्ञाकारी भए, उनीहरू त सोझो मार्गमा हिंडे

    [15] र जो पापी(अपराधी) भए उनीहरू नर्कको इन्धन भए

    [16] र (हे पैगम्बर ! यो पनि उनीहरूसित भनिदिनुस्) कि यदि यिनीहरू सोझो मार्गमा रहेको भए हामीले उनीहरूको निम्ति पिउनको लागि प्रशस्त पानी दिन्थ्यौं

    [17] ताकि यसबाट उनको परीक्षा गरौं र जुन मानिसले आफ्नो पालनकर्ताको स्मरणबाट मुख फर्काउनेछ, अल्लाहले उसलाई दुःखद यातनामा प्रविष्ट गर्नेछ

    [18] र यो कि मस्जिदहरू अल्लाहकै लागि मात्र हुन्, तसर्थ अल्लाहसँग कुनै अरुको पूजा नगर

    [19] र जब अल्लाहका भक्त (मुहम्मद), उसको पूजाको निम्ति उभे त काफिरहरूले उनलाई चारैतर्फबाट घेरी उनीमाथि आक्रमण गर्नेवाला थिए ।

    [20] भनिदिनुस् कि म त आफ्नो पालनकर्तालाई मात्र पूजा गर्दछु । र उसको साथ कसैलाई शम्मिलित गर्दिन ।

    [21] यो पनि भनिदेऊः कि मलाई तिम्रो हकमा नाफा नोक्सानको कुनै अधिकार छैन

    [22] यो पनि भनिदिनुस् कि अल्लाह (को यातना) बाट मलाई कसैले बचाउन सक्दैन र म उस बाहेक अन्य कतै शरणको ठाउँ देख्दिन

    [23] हो, अल्लाहको तर्फबाट आदेशहरू र उसको सन्देशहरू पुर्याउने काम (नै मेरो जिम्मामा छ) र जुन मानिसले अल्लाह र उसको पैगम्बरको अवज्ञा गर्नेछ त यस्ताको लागि जहन्नमको आगो छ, सधैं त्यसमा रहनेछन्

    [24] यहाँसम्म कि अब यिनीहरूले त्यो (दिन) देखिहाल्नेछन्, जसको उनीसित वाचा गरिएको थियो, तब उनलाई थाहा भइहाल्ने छ कि कसका सहायकहरू कमजोर र कसको संख्या थोरै छ

    [25] भनिदिनुस् कि जुन तिमीसित वाचा गरिन्छ, मलाई थाहा छैन कि त्यो नजिक छ वा मेरो पालनकर्ताले त्यसको अवधि लामो गरिदिएको छ

    [26] ऊ अदृश्य जान्नेवाला छ र कसैलाई आफ्नो परोक्षको कुरा प्रकट गर्दैन

    [27] हो, जुन पैगम्बरलाई रुचाउँछ, उस बाहेक, तर उनको अगाडि र पछाडि पनि रक्षकहरू खटाइदिन्छ

    [28] ताकि जानकारी लियोस् कि उनीहरूले आफ्नो पालनकर्ताको सन्देश पुर्याइदिएका छन् र उसले उनीहरूका सबै कुराहरूलाई नियन्त्रित गरेको छ र हरेक कुरालाई गनिसकेको छ ।

    Surah 73
    अल–मुज्जम्मिल

    [1] हे (मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम) लुगामा बेरिएका

    [2] राती उठेर (नमाजको निम्ति) उभिने गर्नु तर थोरै ।

    [3] आधारात वा त्यसभन्दा केही कम गर्नुस् ।

    [4] वा केही बढि, र विस्तारै रोकि–रोकि कुरआन पढ्ने गर्नु ।

    [5] निश्चितरूपले हामीले शीघ्र नै तपाईमाथि एउटा ठूलो कुरो अवतरित गर्नेछौं ।

    [6] निःसन्देह राति उठ्नुमा अनुकूलता हुन्छ र कुरालाई पनि राम्रोसँग स्पष्ट गरिदिन्छ ।

    [7] दिनको समयमा त तपाईलाई अन्य धेरै व्यस्तता हुन्छन् ।

    [8] तपाईले आफ्नो पालनकर्ताको नामको स्मरण गर्नु र अरु समस्त कुरालाई पन्छ्याई सम्पूर्ण हृदयले उसैतिर लाग्नु ।

    [9] पूर्व र पश्चिमको स्वामी उसबाहेक कोही सत्य पूज्य छैन, अतः तिमीले उसैलाई नै आफ्नो कार्यसाधक बनाइहाल ।

    [10] र जे जति कुरा यिनी भन्दछन त्यसलाई सहँदै गर्नु र उनीहरूबाट राम्रोसित पन्छिदै गर्नु ।

    [11] र मलाई झूठा ठहराउने सुख–सम्पन्न मानिसहरूलाई छोडिदिनु र उनीहरूलाई अलिकति मोहलत देऊ ।

    [12] निःसन्देह हामीसँग कडा नेलहरू (हतकडी) छन् र प्रज्वलित आगोको नर्क छ

    [13] र घाँटीमा अडकिने खाना छ र कष्टदायक यातना छ

    [14] जुनदिन धरती र पहाड कम्पित हुनेछन् र पहाड बालुवाको ढिस्को झैं हुनेछन्

    [15] (हे मक्कावालाहरू र) जुन प्रकारले हामीले फिरऔनको पासमा पैगम्बर पठाएका थियौं । तिम्रो पासमा पनि (मुहम्मद) रसूल पठाएका छौं, जो तिम्रो सम्बन्धमा साक्षी हुनेछन् ।

    [16] फिरऔनले त्यस रसूलको अवज्ञा गर्यो त हामीले उसलाई कठोर यातनामा समातिहाल्यौं ।

    [17] यदि तिमीले पनि मान्ने छैनौ भने त्यसदिनबाट कसरी बाँच्छौ, जुन दिन बच्चाहरूलाई वृद्ध बनाइदिनेछ ।

    [18] जुन दिन आकाश फाटिहाल्नेछ । यो अल्लाहको वाचा पूरा भएर नै रहनेछ ।

    [19] यो कुरआन त निश्चय नै एउटा उपदेश हो । अब जसले चाहन्छ, आफ्नो पालनकर्तातिर मार्ग ग्रहण गरोस् ।

    [20] निःसन्देह तपाईको पालनकर्ताले जान्दछ कि तपाई र तपाईको, साथीहरूको एक समूह लगभग दुई–तिहाई रात, आधी रात र एक–तिहाई रातीसम्म (नमाजको निम्ति) उभिने गर्दछ । रात र दिनको पूरा अनुमान अल्लाहले गर्दछ । उसलाई राम्ररी थाहा छ कि तिमीहरू त्यसलाई सधैं निर्वाह गर्न सक्दैनौ, त उसले तिमीहरूमाथि कृपा गर्यो अतः तिमीहरूको लागि जति कुरआन पढ्नु सजिलो छ उत्तिकै पढ्ने गर । उसलाई थाहा छ कि तिमीमध्ये केही विरामी पनि होलान्, र केही अन्य मानिसहरू अल्लाहको आदर अनुग्रहलाई खोज्दै धरतीमा जीविकाको खोजी गर्नेछन्, र केही अन्य अल्लाहको मार्गमा युद्ध गर्नेछन् । अतः सजिलोसँग त्यस कुरआनबाट जति पढ्न सक्दछौ पढ र नमाज पढ र जकात दिंदै गर, र अल्लाहलाई राम्रो ऋण देऊ, र तिमीले जुन भलाई आफ्नो निम्ति अगाडि बढाउनेछौ त्यसलाई अल्लाहकहाँ अति उत्तम र प्रतिफलको दृष्टिले धेरै बढी पाउनेछौ । अल्लाहसित क्षमायाचना गरिराख । निःसन्देह अल्लाह, अत्यन्त क्षमादाता र अत्यन्त दयावान छ ।

    Surah 74
    अल–मुद्दस्सिर

    [1] हे (मुहम्मद !) लुगा बेर्नेवाला

    [2] उठ र सावधान गरीदिनु ।

    [3] र आफ्नो पालनकर्ताको गरिमा वर्णन गर्नु ।

    [4] र आफ्ना कपडाहरूलाई पाक–पवित्र राख्नु ।

    [5] फोहोरपनालाई छाडिदिनु ।

    [6] र भलाई गरेर यसभन्दा बढीलिने इच्छा नगर्नु ।

    [7] र आफ्नो पालनकर्ताको निम्ति धैर्य गर्नु ।

    [8] जब सूरमा फूँक मारिनेछ ।

    [9] त्यो दिन बडो कठोर दिन हुनेछ ।

    [10] काफिरहरूको लागि सजिलो हुनेछैन ।

    [11] मलाई र त्यसलाई छाडिदेऊ जसलाई मैले एक्लो सृष्टि गरेको छु ।

    [12] र प्रशस्त माल–सम्पत्ति दियौं ।

    [13] हरेक समय उसको पासमा उपस्थित रहने सन्तानहरू पनि ।

    [14] मैले उसलाई हरेक प्रकारको सामग्रीमा प्रशस्तता प्रदान गरें ।

    [15] अझै उसले इच्छा गर्दछ कि मैले उसलाई अरु बढी प्रदान गरूँ ।

    [16] यस्तो कदापि हुनेछैन । यो हाम्रो आयतहरूको शत्रु रहदै आएको छ

    [17] शीघ्र नै मैले उसलाई कठिन उकालोमा उक्लन लगाउने छु ।

    [18] उसले सोच्यो र अड्कलले एउटा कुरा बनायो ।

    [19] नष्ट होस् उसले कस्तो अड्कल गर्यो

    [20] फेरि त्यो नष्ट होस्, उसले कस्तो अड्कल गर्यो

    [21] उसले फेरि देख्यो ।

    [22] फेरि निधार खुम्च्यायो र मुख बिगारिहाल्यो ।

    [23] अनि पिठ्युँ फर्काइ हिंड्यो र घमण्ड गर्यो ।

    [24] अनि भन्नथाल्यो कि यो त मात्र जादू हो, जुन नक्कल गरिएको छ ।

    [25] यो मात्र मानिसको वाणी नै हो ।

    [26] हामीले शीघ्र नै उसलाई नर्कमा हाल्नेछौं ।

    [27] र तिमीलाई के थाहा कि ‘‘नर्क’’ के हो

    [28] (आगो हो) जो न बाँकी राख्नेछ न त छोड्दछ ।

    [29] र शरीरको छालालाई पोलेर कालो बनाइदिनेछ ।

    [30] त्यसमा उन्नाइस (फरिश्ता) कार्यकर्ताहरू नियुक्त छन् ।

    [31] र हामीले नर्कको द्वारपालहरू फरिश्ताहरूलाई बनाएका छौं र हामीले उनीहरूको संख्या काफिरहरूको परीक्षाको निम्ति निर्धारित गरेका छौं, यसकारण कि किताबवालाले विश्वास गरुन् र मोमिनहरूको ईमान अरु धेरै बढोस् र किताब मान्नेहरू र मोमिनले शंका नगरुन् र जुन मानिसहरूको हृदयमा रोग छ, उनी र काफिरहरूले भनुन् कि यस दृष्टान्तबाट अल्लाहको के उद्देश्य छ ? यस्तै प्रकारले अल्लाहले जसलाई चाहन्छ, मार्गविचलित गर्दछ र जसलाई चाहन्छ मार्गदर्शन गर्दछ । तिम्रो पालनकर्ताका लस्करहरूलाई उस बाहेक कोही जान्दैन र यो त आदमको सन्ततिको लागि उपदेश र शिक्षा सामग्री हो ।

    [32] साँचो भन्दछु (हामीलाई) चाँदको कसम ।

    [33] र रातको जब कि त्यसले पछाडि हट्दछ ।

    [34] र प्रातःकालको जब कि त्यो प्रकाशित भइहालोस् ।

    [35] निश्चय नै नर्क ठूलो कुराहरूमध्ये एक हो ।

    [36] मानिसहरूको निम्ति भयको कारण ।

    [37] तीमध्ये त्यस व्यक्तिको निम्ति जो अगाडि बढ्न चाहन्छ वा पछाडि हट्न चाहन्छ ।

    [38] हरेक व्यक्ति आफ्नो कर्मको बदलामा धितो राखिएको छ ।

    [39] तर दायाँ हात वालाहरू ।

    [40] उनीहरू स्वर्गहरूमा बसेका हुनेछन् र प्रश्न गर्नेछन् ।

    [41] अपराधीहरूसँग

    [42] (कि) तिमीलाई कुन कुरोले नर्कमा ल्यायो

    [43] उनीहरूले जवाफ दिनेछन् कि हामी नमाजी थिएनौं ।

    [44] र न निमुखाहरूलाई (मिस्कीनहरूलाई) खाना खुवाउँथ्यौ

    [45] र हामीले विवाद गर्ने असत्यवादीहरूको साथमा मिलेर व्यस्त हुने गर्दथ्यौं ।

    [46] र बदलाको दिन (कियामत) लाई असत्य ठहराउँथ्यौ ।

    [47] यहाँसम्म कि हामीलाई मुत्यु आइलाग्यो ।

    [48] अतः उनीहरूको हकमा सिफारिश गर्नेहरूको सिफारिशले कुनै फाइदा दिनेछैन ।

    [49] उनीहरूलाई के भएको छ कि उपदेशबाट मुख फर्काइराखेका छन् ।

    [50] जस्तो कि तर्सेको गधहा हुन् ।

    [51] जो बाघ देखेर भागेका छन् ।

    [52] बरु उनीहरूमध्ये प्रत्येक व्यक्ति चाहन्छ कि उसलाई खुल्ला किताबहरू दिइयोस् ।

    [53] यस्तो कहिल्यै हुनेछैन । (सत्यता यो छ कि) उनीहरू कयामतबाट निर्भीक छन् ।

    [54] साँचो कुरा त यो हो कि कुरआन एउटा उपदेश हो ।

    [55] अब जसले चाहन्छ त्यसबाट उपदेश हासिल गरोस् ।

    [56] र त्यतिखेर नै उपदेश हासिल गर्छन् जब अल्लाहले चाहन्छ, ऊ यस योग्य छ कि उसको भय गरियोस् र यस योग्य पनि कि क्षमा गरोस् ।

    Surah 75
    अल–कियामह

    [1] म कियामतको दिनको कसम खान्छु

    [2] र म कसम खान्छु त्यस नफ्सको (आत्मा) जो निन्दा गर्नेवाला हो ।

    [3] के मानिसले यो ठान्दछ कि हामीले कदापि उसका हाडहरूलाई एकत्र गर्नेछैनौं

    [4] अवश्य गर्नेछौं (र) हामी यस कुरामा सामथ्र्यवान छौं कि उसका औंलाका टुप्पाहरू दुरुस्त गरिदेऔं।

    [5] (होइन) बरु मानिसले चाहन्छ कि आफ्नो अगाडि–अगाडि अवज्ञा गर्दै जाओस् ।

    [6] सोध्छ कि कियामतको दिन कहिले आउँछ

    [7] जब आँखाहरू तिर्मीराइहाल्नेछन् ।

    [8] र चन्द्र प्रकाशहीन भइहाल्नेछ ।

    [9] र सूर्य र चन्द्र एकत्रित गरिनेछन् ।

    [10] त्यस दिन मानिसले भन्नेछ कि आज भागेर जाने ठाउँ कहाँ छ

    [11] निःसन्देह कुनै शरणस्थल छैन ।

    [12] आज त तिम्रो पालनकर्तातिरै चैन पाइने ठाउँ छ ।

    [13] मानिसहरूलाई आज त्यसले अगाडि बढाएको र पछाडि छाडेको कुराहरूसित अवगत गराइनेछ ।

    [14] बरु मानिस स्वयं आफ्नो साक्षी छ ।

    [15] यद्यपि उसले जति क्षमायाचना गर्न खोजोस् ।

    [16] र (हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम !) कुरआनलाई छिटै कण्ठस्थ गर्न आफ्नो जिब्रो नचलाउनुस् ।

    [17] त्यसलाई एकत्रित गर्नु र उसलाई पठनीय बनाउनु हाम्रो जिम्मा छ ।

    [18] अतः जब हामीले त्यसलाई पढ्छौ तब तपाईले त्यस पढाईको अनुशरण गर्नुस् ।

    [19] अनि हाम्रो जिम्मामा छ उसको स्पष्टिकरण गर्नु ।

    [20] होइन, होइन तिमी शीघ्र प्राप्त हुने कुरासित प्रेम गर्दछौ ।

    [21] र आखिरतलाई (परलोकलाई) छोडिराखेका छौ

    [22] त्यस दिन धेरै अनुहारहरू प्रफुल्लित र गौरवान्वित हुनेछन्

    [23] आफ्नो पालनकर्तातिर (साक्षत्कार प्राप्त गर्न) देखिराखेका हुनेछन् ।

    [24] र कैयन् अनुहारहरू त्यस दिन उदास हुनेछन् ।

    [25] बुझ्नेछन् कि उनीहरूमाथि ठूलो विपदा आउनेवाला छ ।

    [26] होइन–होइन जब प्राण कण्ठसम्म आइपुग्ने छ ।

    [27] र भनिनेछः कि कोही झाडफूँक गर्नेवाला छ

    [28] र त्यसले जान्दछ कि अब सबैबाट विदाईको समय छ ।

    [29] र एउटा खुट्टा अर्को खुट्टासित जोडिनेछ ।

    [30] आज तिमीले आफ्नो पालनकर्तातिर प्रस्थान गर्नुछ ।

    [31] तर उसले नत सत्य मान्यो न नमाज पढ्यो ।

    [32] बरु झूठो ठहरायो र विमुख भयो ।

    [33] अनि आफ्ना घरवालाहरूको पासमा घमण्ड गर्दै हिंडिहाल्यो ।

    [34] अफशोच छ तिमीमाथि, झन् धिक्कार छ ।

    [35] धिक्कार छ र खराबी छ तिमीमाथि ।

    [36] के मानिसले यो ठान्दछ कि उसलाई यस्तै छाडिदिइनेछ

    [37] के ऊ एउटा बाक्लो पानीको (वीर्यको) एक थोपा थिएन? जसलाई टपकाइएको थियो

    [38] फेरि ऊ रगतको डल्लो भयो, अनि अल्लाहले उसलाई पैदा गरी ठिकठाक गर्यो ।

    [39] अनि उसका जोडाहरू बनायो, पुरुष र स्त्री ।

    [40] त के उसलाई यस कुरामा सामथ्र्य छैन कि मृतकहरूलाई जीवित पारिहलोस् ।

    Surah 76
    अद–दहर

    [1] निःसन्देह मानवमाथि कालखण्डको एउटा यस्तो समय पनि बितेको छ जब कि ऊ कुनै उल्लेख्य कुरा थिएन ।

    [2] हामीले मनुष्यलाई एउटा मिश्रित वीर्यबाट परीक्षाको लागि सृष्टि गर्यौं, अनि हामीले उसलाई सुन्ने र देख्नेवाला बनाइदियौं ।

    [3] हामीले उसलाई मार्ग देखायौं, अब चाहे ऊ कृतज्ञ बनोस् वा कृतध्न ।

    [4] निश्चितरूपले हामीले इन्कार गर्नेहरूको निम्ति हतकडी र तौक र प्रज्वलित आगो तयार गरेका छौं ।

    [5] निश्चय नै सदाचारी मानसिहरूले यस्तो पेय पदार्थ पिउनेछन् जसमा काफूरको मिश्रण हुनेछ ।

    [6] यो एउटा मूल हो जसबाट अल्लाहका सेवकहरूले पिउनेछन् र त्यसबाट नहरहरू निकाल्नेछन् ।

    [7] यिनीहरूले नजर (मन्नत) पूर्ण गर्दछन् र त्यस दिनबाट तर्सन्छन् जसको आपदा चारैतिर व्यापक हुनेछ ।

    [8] र अल्लाहसँगको प्रेममा (स्वयं खानको इच्छा भएपनि) निमुखा, अनाथहरू र कैदीरुलाई खाना खुवाउँछन् ।

    [9] हामी त केवल अल्लाहको प्रसन्नताको निम्ति तिमीलाई खुवाउँछौ, तिमीसित न कुनै पुरस्कार चाहन्छौं र न कृतज्ञता ज्ञापन ।

    [10] हामीलाई आफ्नो पालनकर्तासित त्यस दिनको डर लाग्छ, जो उदासी र अत्यन्त कठोरतावाला हुनेछ ।

    [11] अतः अल्लाहले उनीहरूलाई त्यस दिनको नराम्रो कुराबाट बचाइहाल्यौं र उनीहरूलाई उज्जवलता र खुशी प्रदान गर्यो ।

    [12] र उनीहरूको संतोषको बदलामा उनीहरूलाई जन्नत र रेश्मी वस्त्र प्रदान गर्यो ।

    [13] यिनीहरूले त्यहाँ पलङ्गमाथि तकिया लगाएर बसेका हुनेछन् त्यहाँ न सूर्यको गर्मी देख्नेछन् न जाडोको तीव्रता ।

    [14] र ती स्वर्गका छायाँहरू उनीमाथि झूलेका हुनेछन् र त्यसका फलका गुच्छाहरू तल झुण्डिएका हुनेछन् ।

    [15] (सेवकहरू) चाँदीका भाडाहरू र शीशाका बर्तन लिएर उनीहरूको चारैतिर घुम्नेछन् ।

    [16] शिशा पनि चाँदीको हुनेछन् । जसलाई ठीक–ठीक मात्रानुसार बनाएको हुनेछ ।

    [17] र त्यहाँ उनीहरूलाई यस्तो पेय पिलाइनेछ जसमा सुठोको (जन्जबीलको) मिसावट हुनेछ ।

    [18] यो स्वर्गको एउटा नहरबाट हुन्छ जसको नाम ‘‘सलसबील” छ ।

    [19] र उनीहरूको आसपासमा स–साना केटाहरूले ओहोरदोहोर गर्नेछन् जो सदैव किशोर अवस्थामा रहनेछन् । जब तिमीहरूले उनीहरूलाई देख्दछौ तब ठान्नेछौ कि तिनीहरू छरिएका सच्चा मोती हुन् ।

    [20] स्वर्गमा तिमी जहाँ देख्नेछौ, ठूलो अनुकम्पा र विशाल साम्राज्य देख्नेछौ ।

    [21] उनीहरूको शरीरमा मसिनो हरियो रेश्मी वस्त्र र बाक्लो बुट्टेदार रेश्मी वस्त्र हुनेछ, र उनीहरूलाई चाँदीको कंगन पहिरइनेछ र उनको पालनकर्ताले उनीलाई पवित्र पेय पिलाउनेछ ।

    [22] यो तिम्रै कर्मको पुरस्कार हो र तिम्रो प्रयासको सम्मान गरियो ।

    [23] निश्चय नै हामीले अत्यन्त व्यवस्थितरूपले तपाईमाथि कुरआन अवतरित गरेका छौं ।

    [24] अतः आफ्नो पालनकर्ताको आदेश र निर्णय अनुसार धैर्यले काम गर्नु र उनीहरूमध्ये कुनै गुनाहगार वा कृतघ्नको आज्ञापालन नगर्नु ।

    [25] र प्रातःकाल र सन्ध्याकालको समयमा आफ्नो पालनकर्ताको नामको स्मरण गर्नु ।

    [26] र रातीको समयमा उसलाई सज्दा (ढोग्ने) गर, र अबेर रातीसम्म उसको गुणगान गर्नेगर ।

    [27] निःसन्देह यिनीहरूले छिटै प्राप्त हुने संसार चाहन्छन् र (कयामतको) ठूलो दिनलाई पछाडि छोडिदिन्छन् ।

    [28] हामीले उनीहरूलाई सृष्टि गर्यौं र हामीले नै उनका जोर्नी र गाँठोहरूलाई बलियो बनायौं र हामीले जतिखेर चाहन्छौं उनी जस्तालाई पूर्णतः परिवर्तन गरिदिन्छौं ।

    [29] निश्चय नै यो एउटा उपदेश हो, अब जसले चाहन्छ आफ्नो पालनकर्ताको मार्ग ग्रहण गर्नसक्छ ।

    [30] र तिमीले चाहन सक्दैनौ, तर जुन अल्लाहले चाहन्छ निसन्देह अल्लाह सर्वज्ञ र तत्वदर्शी छ

    [31] जसलाई चाहन्छ आफ्नो दयालुतामा प्रवेश गराउँछ र अत्याचारीहरूको निम्ति उसले दुःखद यातना तयार गरेको छ ।

    Surah 77
    अल–मुर्सलात

    [1] हृदय प्रसन्न गर्दै बग्ने वायुको कसम ।

    [2] अनि अत्यन्त प्रचण्ड भइहाल्ने (हवा)को कसम ।

    [3] र (बादलहरूलाई) उचालेर फिजाउँछन् त्यसको सौगन्ध ।

    [4] फेरि सत्य र असत्यलाई अलग–अलग टुक्रा–टुक्रा गरिदिने

    [5] र वह्य ल्याउने फरिश्ताहरूको कसम ।

    [6] जुन वहय दोष उतार्ने वा सावधान गर्नको निम्ति हुन्छ ।

    [7] जुन कुराको तिमीलाई वचन दिइन्छ त्यो निश्चय नै पूरा हुनेवाला छ ।

    [8] अतः जब ताराहरूलाई प्रकाशहीन गरिदिइनेछ ।

    [9] र जब आकाश क्षतविक्षत गरिदिइनेछ ।

    [10] र जब पर्वतहरू टुक्रा–टुक्रा गरी उडाइदिइने छन् ।

    [11] र जब रसूलहरूलाई निर्धारित समयमा ल्याइनेछ ।

    [12] कुन दिनको निम्ति (यी सबैलाई) स्थगित गरिएको छ

    [13] फैसलाको दिनको निम्ति ।

    [14] र तिमीलाई के थाहा कि फैसलाको दिन के हो

    [15] बर्बादी हुन्छ त्यस दिन असत्य ठहराउनेहरूको निम्ति ।

    [16] के हामीले पहिलाका मानिसहरूलाई नष्ट गरेनौं

    [17] अनि हामीले उनीहरूकोपछि पछिकालाई ल्यायौं ।

    [18] हामीले अपराधीहरूसित यस्तै गर्दैछौं ।

    [19] त्यो दिन असत्य ठहराउनेहरूको निम्ति अफशोच छ ।

    [20] के हामीले तिमीलाई तुच्छ जल(वीर्य) बाट सृष्टि गरेनौं

    [21] अनि हामीले त्यसलाई बलियो र सुरक्षित ठाउँमा राख्यौं ।

    [22] एउटा निश्चित समयसम्म ।

    [23] फेरि हामीले अनुमान गर्यौं र हामी सर्वोत्तम अनुमान गर्नेवाला हौं ।

    [24] विनाश छ त्यस दिन असत्य ठहरउनेहरूको निम्ति ।

    [25] के हामीले धरतीलाई समेटनेवाला बनाएनौं

    [26] जीवितलाई र मृतहरूलाई पनि ।

    [27] र त्यसमाथि हामीले अग्ला–अग्ला पर्वतहरू स्थापित गर्यौं । र तिमीहरूलाई संतुष्ट गर्ने मीठो पानी पिलायौं

    [28] त्यस दिन असत्य ठहर्याउनेहरूको निम्ति खराबी (विनाश) छ ।

    [29] जुन कुरोलाई तिमीले असत्य ठहर्याउँथ्यौ सोही नर्कतिर हिंड

    [30] त्यस छायाँतिर हिंड जसका तीनवटा हाँगाहरू छन्

    [31] जो वास्तवमा न छायाँ दिन्छ, न त रापबाट सुरक्षा ।

    [32] निःसन्देह नर्क आगोको झिल्का फ्याक्दछ जुन(ठूलो) किल्ला जस्ता हुन्छन् ।

    [33] त्यो पहेलो रंगका ऊँटहरू जस्तो लाग्छ ।

    [34] आज असत्य ठहर्याउनेहरूको निम्ति दुर्गति छ ।

    [35] आजको दिन त्यो दिन हो कि यिनीहरू बोल्न पनि सक्दैनन् ।

    [36] नत उनलाई गलती स्वीकार गरी क्षमायाचना गर्न अनुमति दिइनेछ ।

    [37] त्यस दिन असत्य ठहर्याउनेहरूको निम्ति खराबी छ ।

    [38] यो फैसलाको दिन हो, (जसमा) हामीले तिमीलाई र पहिलाका मानिसहरूलाई एकत्रित गरेका छौं ।

    [39] तसर्थ यदि तिमी मसँग कुनै चाल चल्न सक्छौ भने चलिहाल ।

    [40] त्यस दिन असत्य ठहर्याउनेहरूको निम्ति अफशोच छ ।

    [41] निश्चय नै संयमीहरू छायाँ र झरनाहरूमा हुनेछन् ।

    [42] र ती फलहरूको बीचमा जुन उनीहरूले रुचाउँछन् ।

    [43] (हे स्वर्गबासीहरू) जुन कर्म तिमीले गर्दै थियौ, त्यसको प्रतिफलस्वरूप आनन्दसित खाऊ र पिऊ ।

    [44] हामीले भलाई गर्नेवालाहरूको निम्ति यस्तै प्रतिफल दिने गर्दछौं ।

    [45] यो दिन असत्यवादीहरूको निम्ति विनाश छ ।

    [46] (हे नास्तिकहरू) तिमी अलि खाइहाल र आनन्द गरिहाल, वास्तवमा तिमी अपराधी हौ ।

    [47] त्यस दिन असत्य ठहराउनेहरूको निम्ति ठूलो विनाश छ ।

    [48] जब उनीसित भनिन्छ कि (अल्लाहको अगाडि) नतमस्तक होऊ, त हुँदैनन् ।

    [49] त्यस दिन असत्यवादीहरूको निम्ति बर्बादी छ ।

    [50] अब यस कुरआन पश्चात उनीहरूले कुन कुरोमा ईमान ल्याउनेछन्

    Surah 78
    अन–नबा

    [1] (यी) मानिसहरूले कुन कुराको बारेमा सोधपूछ गरिराखेका छन्

    [2] (के) त्यस ठूलो समाचारको बारेमा

    [3] जसमा यिनीहरूले मतभेद गरिराखेका छन्

    [4] हेर, यिनीहरूले शीघ्र नै थाहा पाउनेछन् ।

    [5] अनि यकिनको साथ यिनीहरूले शीघ्र नै थाहा पाउनेछन् ।

    [6] के हामीले धरतीलाई ओछ्यान बनाएनौं

    [7] र पहाडहरूलाई मेख खम्बा

    [8] र हामीले तिमीलाई जोडी–जोडी सृष्टि गर्यौं ।

    [9] र हामीले तिम्रा निद्रालाई आरामको माध्यम बनायौं ।

    [10] र रातलाई पर्दा बनायौं ।

    [11] र दिनलाई जीविकोपार्जनको समय बनायौं ।

    [12] र तिमीमाथि हामीले सातवटा सुदृढ आकाश निर्मित गर्यौं

    [13] र एक चम्किलो प्रकाशमान सूर्य बनायौं ।

    [14] र बादलहरूबाट हामीले पानीको बृष्टि गरायौं ।

    [15] ताकि त्यसबाट अन्न र सब्जी उत्पन्न गरौं

    [16] र बाक्ला घना बगैंचाहरू

    [17] निःसन्देह फैसलाको दिन निश्चित छ

    [18] जुन दिन सूरमा फूँकिनेछ, अनि तिमीहरू समूह–समूहमा आई उपस्थित हुनेछौ ।

    [19] र आकाश खोलिनेछ, (त्यसमा) ढोकैढोका हुनेछ ।

    [20] र पहाड चलाइनेछन्, तब तिनीहरू रेत (बालुवा) भइहाल्नेछन् ।

    [21] निःसंदेह जहन्नम घातमा छ ।

    [22] अर्थात् उल्लंघनकारीहरूको बासस्थान हो ।

    [23] त्यसमा तिनीहरू वर्षौंवर्षसम्म रहनेछन् ।

    [24] उनीहरू न त्यसमा शीतलताको स्वाद चाख्नेछन् र न कुनै पेयको ।

    [25] उम्लिराखेको पानी र बगिराखेको पीप मात्र हुनेछ ।

    [26] उनीहरूले पूरा–पूर प्रतिफल पाउनेछन् ।

    [27] उनीहरूलाई त हिसाबको आशा नै थिएन ।

    [28] र निडर भएर उनीहरूले हाम्रा आयतहरूको उपहास गर्दथे ।

    [29] हामीले प्रत्येक कुरालाई लेखेर गन्तीमा राखेका छौं ।

    [30] तसर्थ (अब) तिमीले आफ्नो कर्मको स्वाद चाख । हामीले तिमीमाथि यातनाको वृद्धि गर्दै जानेछौं ।

    [31] निःसन्देह संयमीहरूको निम्ति ठूलो सफलता छ ।

    [32] बगैचाहरू छन्, र अँगूरहरू छन् ।

    [33] नौयवना कुमारी युवतीहरू छिन् ।

    [34] र शराबका (मदिराका) टनाटन्न भरिएका गिलासहरू ।

    [35] उनीहरूले त्यहाँ न त कुनै व्यर्थका कुरा सुन्नेछन्, नत झूठ कुरो सुन्ने छन् ।

    [36] तिम्रो पालनकर्ताको तर्फबाट (उनीहरूको राम्रो) कर्मको प्रतिफल हुनेछ

    [37] उसको तर्फबाट जो आकाशहरू र पृथ्वीको र तिनको बीचमा जे छ त्यसको पालनकर्ता हो । र धेरै कृपाशील छ । कसैलाई उनीसित कुराकानी गर्ने अधिकार छैन ।

    [38] जुन दिन आत्मा र फरिश्ताहरू पंक्तिबद्ध भएर उभिनेछन् तर कोही कुरो गर्न सक्दैन परन्तु जसलाई अललाहले आज्ञा दिन्छ र उसले ठीक कुरो मुखबाट निकाल्नेछ ।

    [39] त्यो दिन सत्य (सुनिश्चित) छ । अब जसले चाहन्छ (सत्कर्म गरेर) आफ्नो पालनकर्ताकहाँ राम्रो ठेगाना बनाओस् ।

    [40] हामीले तिमीसित छिटै आउनेवाला सजायबाट डरायौं । जुनदिन मान्छे आफूले गरेको कमाई देख्नेछ र काफिर भन्ने छन् कि काश हामी माटो भइहालेको भए ।

    Surah 79
    अन–नाजिआत

    [1] डुबेर शक्तिले तान्नेहरूको कसम ।

    [2] गाँठोलाई खोलेर छुटाइदिनेवालाहरूको कसम ।

    [3] र तैर्ने फिर्ने वालाहरूको सौगन्ध ।

    [4] फेरि दगुरेर अगाडि हिड्ने वालाहरूको सौगन्ध ।

    [5] फेरि काम सम्पन्न गर्न उपाय गर्नेवालाहरूको सौगन्ध ।

    [6] जुन दिन काम्नेवाली कम्ने छिन ।

    [7] त्यसको पछि–पछि पछाडि आउनेवाली आउनेछिन् ।

    [8] धेरै मुटुहरू त्यस दिन ढुकुढुक गर्नेछन् ।

    [9] जसको दृष्टि तल हुनेछन् ।

    [10] भन्छन् कि के हामी पहिलेको अवस्थामा फर्काइने छौं

    [11] के त्यसबेला जब हामी हड्डीमा परिणत भइसक्ने छौं ।

    [12] भन्दछन कि फेरि यो फर्किनु त नोक्सानी दिनेवाला छ ।

    [13] थाहा हुनु पर्छ त्यो त मात्र एउटा डरलाग्दो डाँट हो ।

    [14] कि जसको प्रकट हुनासाथै तिनीहरू एकदमै मैदानमा एकत्रित हुनेछन् ।

    [15] के ‘‘मूसा(अलैहिस्सलाम)को’’ सूचना तिमीलाई प्राप्त भएको छ

    [16] जबकि उनीलाई उनको पालनकर्ताले पवित्र मैदान ‘‘तोआ’’ मा बोलायो ।

    [17] कि तिमी फिरऔनको समक्ष जाऊ, त्यसले आत्याचार गरिराखेकोछ ।

    [18] उसलाई भनकि के तिमी सुर्धन चाहन्छौ

    [19] र यो कि म तेरो पालनकर्ताको बाटो देखाऊँ कि तिमी डरनेगर ।

    [20] त्यसपछि उनले उसलाई ठूलो निशानी देखाए ।

    [21] तर उसले झूठो भन्यो र अवज्ञा गर्यो ।

    [22] अनि दगुर्दै फर्किहाल्यो ।

    [23] फेरि सबलाई एकत्रित गर्यो र पुकार्यो ।

    [24] अनि भन्यो तिमी सबैको पालनकर्ता म नै हूँ ।

    [25] तब(सबभन्दा उच्च) अल्लाहले पनि परलोक र दुनियाँको सजायमा उसलाई समातिहाल्यो ।

    [26] जो अल्लाहसित डर मान्छ, उसको निम्ति यसमा पाठ छ ।

    [27] तिमीलाई सृष्टि गर्नु धेरै कठिन काम हो कि आकाशलाई ? अल्लाहले(त) उसलाई बनायो ।

    [28] त्यसको छतलाई उच्च बनायो, अनि उसलाई बराबर (ठीक–ठीक) गरिदियो ।

    [29] र त्यसको रातीलाई अन्धकारमय बनायो र दिनमा प्रकट गर्यो ।

    [30] र यस पश्चात धरतीलाई समथर गरी विस्तारित गरिदियो ।

    [31] यसबाट पानी र चारा उमार्यो ।

    [32] र त्यसमाथि पहाडहरूलाई मजबूतीका साथ स्थापित गरिदियो ।

    [33] यी सबै तिम्रो र तिम्रा चौपायाहरूको फाइदाको निम्ति (छन) ।

    [34] अनि जब त्यो ठूलो विपदा (कयामत) आउनेछ ।

    [35] जुनदिन मानिस आफूले गरेको कामलाई सम्झनेछ ।

    [36] र सबै देख्नेवालाहरूको सामु नर्क खोलिदिइनेछ ।

    [37] त जसले अटेरी गर्यो ।

    [38] र सांसारिक जीवनलाइ प्राथमिकता दियो ।

    [39] त उसको ठेगाना नर्क हुनेछ ।

    [40] र जो आफ्नो पालनकर्ताको सामु उभिनुबाट डरमान्थ्यो र आफ्नो मनलाई नराम्रो इच्छाबाट रोकेको थियो ।

    [41] त त्यसको बासस्थान जन्नत (स्वर्ग) नै हो ।

    [42] मानिसहरूले तिमीसित कयामतको बारेमा सोध्छन् कि त्यो कहिले आउँछ ।

    [43] त्यसको वर्णनसँग तपाईको के सम्बन्ध

    [44] त्यो घटित हुने समयको जानकारी त तपाईको पालनकर्तालाई नै छ ।

    [45] जो व्यक्ति उसित डर मान्छ तपाई त उसैलाई सावधान गर्नेवालासम्म हौ ।

    [46] जब उनीहरूले उसलाई देख्नेछन्, तब यस्तो ठान्नेछन् कि मानौं संसारमा एक साँझ वा एक बिहानसम्म मात्र बसेका थिए ।

    Surah 80
    अबस

    [1] उसले रूखापनागरेर मुख फर्कायो ।

    [2] किनकि उसको पासमा एउटा अन्धो आयो ।

    [3] तिमीलाई के थाह शायद उसको भलो हुने थियो ।

    [4] अथवा उपदेश हासिल गर्दथ्यो र उपदेशबाट उसलाई फाइदा हुन्थ्यो ।

    [5] तर जो लापरवाही गर्दछ ।

    [6] उसैको तर्फ तिमी पूरै ध्यान दिन्छौ ।

    [7] हुनत यदि उसले पवित्रता प्राप्त गरेन भने तिमीलाई कुनै दोष आउँदैन ।

    [8] र जो तिम्रो पासमा दगुर्दै आयो ।

    [9] र ऊ (अल्लाहसित) डर्छ पनि ।

    [10] उसलाई तिमीले बेवास्ता गर्दछौ ।

    [11] हेर यो ठीक होइन कुरआन उपदेशको चीज हो ।

    [12] तसर्थ जसले चाहोस् त्यसबाट उपदेश प्राप्त गरोस् ।

    [13] यो त पवित्र उच्च पंक्तिहरूमा अंकित छ ।

    [14] जो उच्च ठाउँमा राखिएको र पवित्र छ ।

    [15] यस्ता लेख्नेवालाहरूको हातमा (रहेको) छ ।

    [16] जो प्रतिष्ठित र पवित्र छन् ।

    [17] अल्लाहको सजाय, मानिस पनि कति अकृतज्ञ छ ।

    [18] अल्लाहले उसलाई कुन कुराबाट सृष्टि गर्यो

    [19] वीर्यको एउटा थोपाबाट सृष्टि गर्यो, अनि त्यसलाई राम्रो अन्दाजमा राख्यो ।

    [20] र उसको निम्ति मार्ग सरल बनाइदियो ।

    [21] अनि उसलाई मृत्यु प्रदान गर्यो अनि कब्रमा (चिहानमा) पुराइदियो ।

    [22] फेरि जब चाहन्छ (चिहानबाट) उभ्याइदिनेछ

    [23] केही सन्देह छैन कि अल्लाहले त्यसलाई जुन आदेश दियो, त्यसले उसलाई पूर्ण गरेन ।

    [24] अनि मानिसले आफ्नो भोजनलाई हेर्नुपर्छ ।

    [25] हामीले नै धेरै पानी वर्षायौं ।

    [26] फेरि हामीले नै धरतीलाई (चिरेर) टुक्रा–टुक्रा पार्यौं ।

    [27] त्यस पश्चात हामीले नै त्यसमा अन्न उब्जायौं ।

    [28] र अंगूर र तरकारी ।

    [29] र जैतून र खजूरहरू ।

    [30] र बाक्ला घना बगैंचाहरू ।

    [31] र फल र चाराहरू ।

    [32] (यी सबै कुरा) तिम्रा प्रयोग र फाइदाको लागि र तिम्रा चौपायाहरूको निम्ति बनायौं ।

    [33] तसर्थ जब कानै च्यातिने (कियामतको) प्रचण्ड आवाज आउनेछ ।

    [34] त्यसदिन मानिस आफ्ना दाजुभाइहरूबाट ।

    [35] र आफ्नो आमा र बाबुबाट ।

    [36] र आफ्नो श्रीमती र छोराहरूबाट भाग्नेछ ।

    [37] यीमध्ये प्रत्येक व्यक्तिलाई त्यसदिन यस्तो चिन्ता हुनेछ जो उसैको लागि पर्याप्त हुनेछ ।

    [38] कैयन् अनुहारहरू त्यसदिन टल्किरहेका हुनेछन् ।

    [39] हाँस्दै खुशी र आनन्दित हुनेछन् ।

    [40] र कैयन् अनुहारहरू त्यस दिन धूलधूसरित हुनेछन् ।

    [41] जसमाथि कालोपना छाएको हुनेछ

    [42] यी तिनै काफिरचरित्र दुराचारी मानिसहरू हुनेछन् ।

    Surah 81
    अत–तकवीर

    [1] जब सूर्यलाई बेरिहालिनेछ

    [2] र ताराहरूले आफ्नो चमक गुमाउनेछन् ।

    [3] र जब पहाडहरू चलाइनेछन् ।

    [4] र जब १० महिने गर्भवती ऊँटनीहरू भगाई हालिनेछिन् ।

    [5] र जब जंगली जनावरहरू एकत्रित गरिनेछन ।

    [6] र जब समुन्द्रहरू उत्तेजित गरिनेछन् ।

    [7] जब आत्माहरू (शरीरसँग) मिलाइनेछन् ।

    [8] र जब जिउँदै गाडिएको केटीसंग सोधिनेछ, ।

    [9] कि कुन पापको कारण उसलाई मारिएको थियो ।

    [10] र जब कर्मपत्र खोलिनेछन् ।

    [11] र जब आकाशको छाला उघारिनेछ ।

    [12] र जब नर्कको आगो प्रज्जवलित गरिनेछ ।

    [13] र जब बहिश्त (स्वर्ग) नजिक ल्याइनेछ ।

    [14] तब त्यसदिन हरेक व्यक्तिले थाहा पाइहाल्नेछ कि उसले के लिएर आएको छ ।

    [15] म शपथ लिन्छु ती ताराहरूको जो पछि हटिहाल्छन् ।

    [16] र जो घुम्ने र हराइहाल्ने छन् ।

    [17] र रातको कसम, जब समाप्त हुनथाल्छ ।

    [18] र प्रातःको कसम जब उदय हुनथाल्छ ।

    [19] निश्चय नै यो एक आदरणीय सन्देशवाहकले ल्याएको वाणी हो ।

    [20] जो शक्तिवाला छ, सिंहासनको मालिककहाँ जसको उच्च दर्जा छ ।

    [21] जसको आदेश आकाशहरूमा मान्य हुन्छ र जो त्यहाँ विश्वसनीय छ ।

    [22] र (मक्काबासीहरू !) तिम्रो साथी दिवाना होइनन् ।

    [23] उनले यस (फरिश्ता) लाई (आकाशको) खुल्ला (पूर्वी) क्षितिजमा देखेका पनि छन् ।

    [24] उनी परोक्षको कुरा बताउन कञ्जूस्याइँ पनि गर्दैनन् ।

    [25] र यो कुरआन दुष्ट शैतानको कुरो होइन ।

    [26] फेरि तिमी कता गइरहेका छौ

    [27] यो त सम्पूर्ण संसारको लागि मार्गदर्शन हो ।

    [28] खासगरी उसको लागि जो तिमीहरूमध्ये सोझो बाटोमा हिंड्न चाहोस् ।

    [29] र तिमीले विश्वको पालनकर्ताले नचाहिकन केही पनि चाहन सक्दैनौ ।

    Surah 82
    अल–इन्फितार

    [1] जब आकाश क्षतविक्षत भइहाल्नेछ

    [2] र जब ताराहरू झरिहाल्नेछन् ।

    [3] र जब समुन्द्र बगेर जानेछन् ।

    [4] र जब चिहानहरू उत्खनित हुनेछन् ।

    [5] तब हर व्यक्तिले थाहा पाउनेछ कि उसले अगाडि के पठाएको थियो र पछाडि के छोडेको थियो

    [6] हे मानव ! कुन कुराले तिमीलाई आफ्नो उदार पालनकर्ताको विषयमा भ्रममा पारेको छ

    [7] (त्यही नहो) जसले तिमीलाई सृष्टि गर्यो र फेरि (तिम्रा अङ्ग–प्रत्यङ्गहरूलाई) ठीक–ठीक पारी तिमीलाई सन्तुलित बनायो ।

    [8] र जुन रूपमा चाह्यो, तिमीलाई जोडेर तयार गर्यो ।

    [9] केही होइन, बरु तिमीले प्रतिफल दिइने दिनलाई झुठ्लाउँछौ ।

    [10] जबकि तिमीमाथि निगरानी गर्नेहरू नियुक्त छन् ।

    [11] प्रतिष्ठित लेख्नेहरू नियुक्त छन् ।

    [12] तिमीले जे गर्दछौ, (त्यसलाई) उनीहरू जान्दछन् ।

    [13] निःसन्देह सत्कर्मी मानिसहरू स्वर्गका ऐशो आराम र अनुग्रहमा हुनेछन् ।

    [14] र निःसंदेह दूराचारीहरू नर्कमा हुनेछन् ।

    [15] (अर्थात्) प्रतिफलको दिन त्यसमा प्रवेश गर्नेछन् ।

    [16] र त्यसबाट उम्केर जान सक्ने छैनन् ।

    [17] र तिमीहरूलाई के थाहा कि प्रतिफलको दिन कस्तो छ

    [18] म फेरि भन्छु तिमीलाई के थाहा कि प्रतिफलको दिन कस्तो छ ।

    [19] जुन दिन कुनै व्यक्ति कसैको निम्ति कुनै कुराको अधिकारी हुनेछैन, र सबै आदेश त्यस दिन अल्लाहकै हुनेछन् ।

    Surah 83
    अल–मुतफ्फिफीन

    [1] नाप र तौलमा कमी गर्नेहरूलाई ठूलो खराबी छ ।

    [2] जब मानिसहरूसित नापेर लिन्छन्, त पूरा–पूरा लिन्छन् ।

    [3] किन्तु जब उनीहरूलाई नापेर वा तौलेर दिन्छन् त घटाएर दिन्छन् ।

    [4] के यिनीहरूलाई थाहा छैन कि उनीहरू मरेपछि पक्कै जीवित पारी उठाइनेछन् ।

    [5] (अर्थात्) एउटा ठूलो दिनमा ।

    [6] जुन दिन सबै मानिसहरू पालनकर्ताको सामुन्ने उभिनेछन्

    [7] निःसन्देह दुराचारीहरूको किताब (कर्मपत्रहरू) ‘‘सिज्जीनमा’’ छ ।

    [8] र तिमीलाई के थाहा कि सिज्जीन के हो

    [9] यो त लेखिएको पंज्जिका हो ।

    [10] त्यस दिन झूठा ठहराउनेहरूलाई ठूलो खराबी (धिक्कार) छ ।

    [11] जसले निसाफको दिनलाई असत्य भन्दथे ।

    [12] र त्यसलाई झूठो उनीहरूले मात्र ठहराउँछन्, जो सीमाअतिक्रमण गर्नेवाला अपराधी छन् ।

    [13] जब उसलाई हाम्रा आयतहरू सुनाइन्छ त भन्दछ कि यो त पहिलाका मानिसहरूका कथाहरू हुन् ।

    [14] यो होइन, अपितु जसले नराम्रो कर्महरू गर्दछन्, त्यसकारण उनका हृदयहरूमा खिया लागिसकेको हुन्छ ।

    [15] निःसन्देह यिनीहरू त्यस दिन आफ्नो पालनकर्ताको दर्शनबाट वंचित हुन्छन् ।

    [16] फेरि निःसन्देह यिनीहरू नर्कमा प्रवेश गर्नेछन् ।

    [17] त्यसपछि (उनीसित) भनिनेछ कि यो त्यही कुरा हो, जसलाई तिमीहरूले असत्य ठहराउन्थ्यौ ।

    [18] निःसन्देह सुनिराख कि सत्कर्मीहरूको कर्मपात्र ‘‘इल्लीयीनमा’’ छन् ।

    [19] र तिमीलाई के थाहा कि इल्लीयीन के हो

    [20] त्यो त लेखिएको किताब हो ।

    [21] सामीप्यप्राप्त फरिश्ताहरू त्यसको निरीक्षण गर्दछन् ।

    [22] निःसन्देह भलादमीहरू ठूलो अनुग्रहमा हुनेछन् ।

    [23] पलंगहरूमाथि हेरिराखेका मसहरीहरूबाट हेर्नेछन् ।

    [24] उनीहरूको अनुहारबाटै तिमीलाई ती अनुग्रहहरूको ताजगी र आभाको बोध भइरहनेछ ।

    [25] उनीहरूलाई शीलबन्दी विशुद्ध पेय पिलाइनेछ ।

    [26] जसको शील कस्तुरी को हुनेछ । तसर्थ अनुकम्पा चाहनेले उसैलाई प्राप्त गर्नुमा प्रतिस्पर्धा गर्नुपर्छ ।

    [27] र यसमा तसनीम (स्वर्गको एउटा छहरा) को पनि मिलावट हुनेछ ।

    [28] त्यो एउटा झरना हो जसको पानी खास खास मानिसहरूले पिउनेछन् ।

    [29] काफिरहरूले संसारमा मोमिनहरूको हाँसो गर्ने गर्दथे ।

    [30] र उनको पासबाट आवत जावतगर्दा त आँखाबाट संकेत गर्दथे ।

    [31] र जब आफ्नो घरतिर फर्कन्थे त ठट्टा गर्ने गर्दथे ।

    [32] र जब ती (मोमिनहरूलाई) देख्दथे त भन्दथे कि यिनीहरू पक्कै मार्गविचलित छन्

    [33] जबकि उनीहरूलाई यिनीहरूमाथि निरीक्षक बनाएर पठाइएको थिएन ।

    [34] तसर्थ आज मोमिनहरूले ती काफिरहरूमाथि हाँसो गर्नेछन् ।

    [35] मसनदहरूमाथि (बसी उनीहरूको अवस्था) देखिराखेका हुनेछन् ।

    [36] अतः काफिरहरूलाई उनीहरूका कर्महरूको (पूरा–पूरा) प्रतिफल प्राप्त भइहाल्यो ।

    Surah 84
    अल–इन्शिकाक

    [1] जब आकाश छिया–छिया परिहाल्नेछ ।

    [2] र आफ्नो पालनकर्ताको आदेशको पालना गर्नेछ र उसलाई पनि यही चाहियो ।

    [3] र जब धरतीलाई समतल पारिदिइनेछ ।

    [4] र जे–जति त्यसमा छ, त्यसलाई बाहिर फ्याँकिदिनेछ र (बिल्कुलै) रित्तो भइहाल्नेछ ।

    [5] र आफ्नो पालकर्ताको आदेश पालना गर्नेछ । र उसलाई उचित पनि यही छ ।

    [6] हे मानिस ! तिमी आफ्नो पालनकर्तासित भेट्दासम्म प्रयास र अनेक काम गरेर उसित भेट गर्नेवाला छौ ।

    [7] अनि जुन सुकैलाई उसको कर्मपत्र उसको दाहिने हातमा दिइनेछ ।

    [8] त ऊसित सरलताको साथ हिसाब लिइनेछ ।

    [9] र त्यो आफ्नो आफन्तहरूतिर खुशी भएर फर्कनेछ ।

    [10] र त्यो व्यक्ति जसको कर्मपत्र उसको पिठ्युँको पछाडिबाट दिइनेछ ।

    [11] त त्यसले मृत्युलाई पुकार्ने छ ।

    [12] र प्रज्वलित नर्कमा (दोजखमा) प्रवेश गर्नेछ ।

    [13] त्यो मानिस आफ्नो आफन्तका मानिसहरूमा मग्न रहन्थ्यो ।

    [14] र ठानी राख्थ्यो कि अल्लाहतिर फर्केर जानेछैन ।

    [15] हो, किन होइन ? यद्यपि उसको पालनकर्ताले उसलाई हेरिराखेको थियो ।

    [16] मलाई कसम छ डुब्ने बेलाको प्रकाशको ।

    [17] र रात्रीको कसम र उसद्वारा एकत्रित गरिएका वस्तुहरूको कसम ।

    [18] र चन्द्रको, जबकि त्यो पूर्ण भइहाल्छ ।

    [19] कि तिमीले निश्चय नै एक अवस्थाबाट अर्को अवस्थासम्म पुग्नेछौ ।

    [20] त उनीहरूलाई के भएको छ कि ईमान ल्याउँदैनन् ।

    [21] र जब उनीहरूको अगाडि कुरआन पढिन्छ त ढोग (सिज्दा) गर्दैनन् ।

    [22] बरु काफिरहरूले झुठ्लाउँछन् ।

    [23] यिनीहरूले आफ्नो हृदयमा जुन कुरा लुकाउँछन्, त्यसलाई अल्लाह राम्ररी जान्दछ ।

    [24] तसर्थ उनीहरूलाई कष्टदायक यातनाको समाचार सुनाइदिनु ।

    [25] हो, ईमानवालाहरू र असल कर्म गर्नेहरूको निम्ति असीमित र नसकिने पुरस्कार छ ।

    Surah 85
    अल–बुरूज

    [1] आकाशको कसम, जसमा तारामण्डल छ ।

    [2] र त्यस दिनको कसम जसको वाचा छ ।

    [3] उपस्थित हुनेवाला र उपस्थित गराइएकाहरूको कसम ।

    [4] कि खाल्टो (खन्नेहरू) नष्ट गरिए ।

    [5] त्यो एउटा आगो थियो (खाल्टोहरू) जसमा इन्धन (हालिएको थियो) ।

    [6] जबकि उनीहरू त्यसका वरिपरि बसेका थिए ।

    [7] र मुस्लिमहरूसँग जे गर्नेगरेका थिए त्यो आफ्नो सामु देखिरहेका थिए ।

    [8] यिनीहरूले ती मोमिनहरूसँग (कुनै अन्य अपराधको) बदला लिइरहेका थिएनन्, मात्र यसको लागि कि उनीहरू अल्लाहमाथि ईमान राख्दथे जो अत्यन्त अधिपत्यशाली र प्रशंसनीय छ ।

    [9] जसको निम्ति आकाशहरू र पृथ्वीहरूको सत्ता छ र अल्लाहको सामु हरेक वस्तु छ ।

    [10] निःसंदेह ज–जसले ईमानवाला पुरुष र ईमानवाली स्त्रीहरूलाई दुःख दिए, अनि प्रायश्चित गरेनन्, त उनीहरूको निम्ति नर्कको यातना हुनेछ र पोलिने यातना छ ।

    [11] निःसन्देह जसले ईमान ल्याए र असल कर्म गरिरहे उनीहरूको निम्ति बगैंचाहरू छन् जसमुनि नहरहरू बगिराखेका छन्, यही नै ठूलो सफलता हो ।

    [12] निःसन्देह तिम्रो पालनकर्ताको पकड अत्यन्त कठोर छ ।

    [13] उसैले पहिलो पटक सृष्टि गर्दछ र उसैले दोस्रो पटक (जीवित) गर्नेछ ।

    [14] र त्यो ठूलो मुक्तिदाता र अत्यन्त प्रेम गर्नेवाला छ ।

    [15] सिंहासनको स्वामी, बडो गौरवशाली छ ।

    [16] जे चाहान्छ गरिहाल्छ ।

    [17] के तिमीलाई ती सेनाहरूको पनि समाचार पुगेको छ ।

    [18] (अर्थात्) फिरऔन र समूदको ।

    [19] केही होइन, काफिरहरू त (जानी जानी) असत्य कुरा ठह्राउनुमा लागि रहेकाछन् ।

    [20] र अल्लाहले पनि उनीहरूलाई सबैतिरबाट घेरामा हालिसकेको छ ।

    [21] बरु यो कुरआन धेरै गौरवशाली छ ।

    [22] लौहे महफूज (सुरक्षित फलाम पट्टीका) मा अंकित (छ) ।

    Surah 86
    अत–तारिक

    [1] कसम छ आकाश र रातिमा प्रकाशित हुनेवालाको ।

    [2] र तिमीलाई के थाहा कि रातिमा प्रकट हुनेवाला के हो

    [3] त्यो तारा हो, चम्किलो ।

    [4] कुनै व्यक्ति यस्तो छैन जसमाथि एउटा फरिश्ता निरीक्षक नियुक्त नहोस् ।

    [5] मनुष्यलाई आवश्यक छ कि देखोस् कि ऊ कुन कुरोबाट सृष्टि गरिएको छ ।

    [6] त्यो एउटा उचालिएको पानीबाट जन्मेको छ ।

    [7] जो पिठ्युँ र छातीको बीचबाट निस्कन्छ ।

    [8] निश्चय नै ऊ उसलाई फर्काइदिने (अर्थात् पुनः जीवित पारिदिने) कुरोमा सामथ्र्यवान छ ।

    [9] जुन दिन (मनमा) लुकाइएका कुराहरू जाँचिनेछन् ।

    [10] त त्यसबेला मानिसको साथमा न त त्यसको शक्ति हुनेछ र न कोही सहायक ।

    [11] आकाशको कसम जसले वृष्टि गर्दछ ।

    [12] र धरतीको कसम जुन च्यातिनेवाला छ ।

    [13] कि यो वाणी ‘‘कुरआन’’ सटीक फैसला गर्नेवाला वाणी हो ।

    [14] त्यो कुनै ठट्टा होइन ।

    [15] उनीहरू एउटा षड्यन्त्र गरिराखेका छन् ।

    [16] र मैले पनि एउटा चालचली राखेको छु ।

    [17] अतः तिमीले काफिरहरूलाई मोहलत दिइहाल, केही दिन उनलाई छाडिदिनु ।

    Surah 87
    अल–अला

    [1] (हे पैगम्बर !) आफ्नो सर्वोच्च पालनकर्ताको नामको गुणगान गर्नु ।

    [2] जसले (मानिसलाई) सृष्टि गर्यो अनि (त्यसका अङ्गहरूलाई) ठीक (क्रम र समानुपातमा) मिलायो ।

    [3] र जसले ठीक ठाक निर्धारित गर्यो, अनि मार्ग देखायो ।

    [4] र जसले वनस्पति उमार्यो ।

    [5] अनि त्यसलाई सुकाएर कालो रङ्गका ठुटाहरू बनाइदियो ।

    [6] हामीले तिमीलाई पढाइदिनेछौं, अनि तिमीले बिर्सने छैनौ ।

    [7] तर जुन अल्लाहले चाहन्छ, ऊ प्रत्यक्ष र परोक्षलाई जान्दछ ।

    [8] हामीले तपाईको लागि सजिलो गरिदिनेछौं ।

    [9] अतः तपाईले उपदेश गर्दै गर्नुस्, यदि उपदेश लाभप्रद छ ।

    [10] त्यसले उपदेश प्राप्त गरिहाल्छ, जसलाई भय हुनेछ ।

    [11] हो, दुर्भाग्यवाला त्यसबाट पन्छिनेछ ।

    [12] जो ठूलो आगोमा पर्नेछ ।

    [13] अनि त्यसमा न मर्नेछ र न बाँच्नेछ ।

    [14] निःसन्देह त्यो सफल भइहाल्यो जसले आफूलाई शुद्ध पार्यो ।

    [15] र आफ्नो पालनकर्ताको नामको स्मरण गर्यो र नमाज पढ्ने गर्यो।

    [16] तर तिमीहरूले त सांसारिक भौतिक जीवनलाई प्राथमिकता दिन्छौ ।

    [17] जब कि आखिरत धेरै उत्तम र शेष रहनेवाला छ ।

    [18] निःसन्देह यही कुरा पहिलाका किताबहरूमा पनि छ ।

    [19] अर्थात ‘‘इब्राहीम’’ र ‘‘मूसाका’’ किताबहरूमा ।

    Surah 88
    अल–गाशिया

    [1] के तिमीलाई पनि त्यस घेरीहाल्ने कियामतको समाचार पुगेको छ

    [2] त्यस दिन धेरै अनुहारहरू अपमानित हुनेछन् ।

    [3] कठिन परिश्रममा परेका, थाकिएका हुनेछन् ।

    [4] उनी धपधपी बलेको आगोमा प्रवेश गर्नेछन् ।

    [5] उनीहरूलाई उम्लिराखेको स्रोतको तातो पानी पिलाइनेछ ।

    [6] उनीहरूको लागि काँडावाला रुख बाहेक अरु केही खानेकुरा हुनेछैन ।

    [7] जसले न मोटो गर्नेछ न भोक मेटाउनेछ ।

    [8] त्यसदिन कैयन् अनुहारहरू प्रफुल्लित र संतुष्ट हुनेछन् ।

    [9] आफ्नो प्रयासमा प्रसन्न ।

    [10] उच्च र शानदार स्वर्गमा हुनेछन् ।

    [11] जसमा कुनै व्यर्थकुरा सुन्ने छैनन् ।

    [12] त्यसमा झरनाहरू प्रवाहित हुनेछन् ।

    [13] र अग्ला–अग्ला पलंगहरू हुनेछन् ।

    [14] (प्यालाहरू राम्ररी सजाइएर राखिएका हुनेछन्) ।

    [15] र क्रमैसित मसनदहरू सजाइएका हुनेछन् ।

    [16] र मखमली ओच्छ्यानहरू ओछ्याइएका हुनेछन् ।

    [17] के उनीहरूले ऊँटतिर देख्दैनन् कि तिनीहरू कुन तरिकाले पैदा गरिएका छन् ।

    [18] र आकाशतिर के कस्तो उच्च गरिएकोछ

    [19] र पहाडतिर के कुन प्रकारले खडा गरिएकोछ

    [20] र धरतीतिर कि कसरी बिछाइएको छ

    [21] तसर्थ तपाईले उपदेश गर्ने गर्नुस् किनकि तपाई मात्र उपदेश गर्नेवाला हौ ।

    [22] तपाई उनीहरूमाथि संरक्षक होइनौ ।

    [23] हो, जो विमुख हुन्छ र कुफ्र गर्छ ।

    [24] त अल्लाहले त्यसलाई ठूलो सजाय दिने छ

    [25] निःसन्देह उनीहरूलाई हाम्रो पासमा फर्केर आउनुपर्नेछ ।

    [26] अनि हामीले नै उनको हिसाब लिनेछौं ।

    Surah 89
    अल–फज्र

    [1] फज्र (उषाकाल) को कसम ।

    [2] र दश रातहरूको कसम ।

    [3] र जोड र बिजोड (सम–विसम) को कसम ।

    [4] र रातको कसम, जब यो जान थाल्छ ।

    [5] के यी कुराहरूको कसम बुद्धिमानीहरूको लागि पर्याप्त छन्

    [6] के तपाईले देख्नु भएन कि तपाईको पालनकर्ताले आदहरूसँग के गर्यो

    [7] स्तम्भजस्ता ‘‘इरम’’ लामो कदवालाको साथ ।

    [8] यी सम्पूर्ण सृष्टिमा यिनीहरूको सदृश कुनै समुदाय पैदा गरिएको थिएन् ।

    [9] र समूदहरूसँग (के गर्यो) जो बेसीमा ठूल ठूला ढुङ्गा काट्दथे ।

    [10] र फिरऔनसँग जसले मेखहरू राख्दथ्यो

    [11] यिनीहरू सबैले देशहरूमा अटेरीपना गरिराखेका थिए ।

    [12] र यहां धेरै उत्पातहरू मचाइराखेका थिए ।

    [13] अन्ततः तिम्रो पालनकर्ताले उनीहरूमाथि यातनाको कोर्रा बर्सायो ।

    [14] निःसन्देह तिम्रो पालनकर्ता हेरी घातमाछ ।

    [15] तर मानिसको अवस्था यो छ कि जब उसको रबले (पालनकर्ताले) उसको परीक्षा गर्दछ र उसलाई प्रतिष्ठा र अनुग्रह प्रदान गर्दछ तब त्यसले भन्दछ कि मेरो पालनकर्ताले मलाई प्रतिष्ठित गर्यो ।

    [16] र जब उसले उसको परीक्षा यसप्रकार गर्दछ कि उसको जीविका संकुचित गरिदिन्छ । तब उसले भन्दछ कि मेरो रबले मलाई अपमानित गर्यो ।

    [17] यस्तो कदापि होइन, बरु तिमीहरूले नै अनाथको सम्मान गर्दैनौ ।

    [18] र न गरिबलाई खुवाउनको लागि एक–अर्कालाई प्रोत्साहन गर्दछौ ।

    [19] र मृतकको सारा माल समेटी खाइदिन्छौ ।

    [20] र धनसित अत्यन्त प्रेम गर्दछौ ।

    [21] तसर्थ धरतीलाई जब फुटालेर चुर्ण चुर्ण गरी एक समान गरिनेछ ।

    [22] र तेरो पालनकर्ता स्वयं आउने छ र फरिश्ताहरू एक–एक गरी पंक्तिबद्ध भई आउनेछन् ।

    [23] र नर्कलाई त्यसदिन उपस्थित गराइनेछ, त्यसदिन मानिसले चेत्नेछ, तर त्यस दिन चेतेबाट केही फाइदा हुनेछैन ।

    [24] उसले भन्नेछ, काश मैले आफ्नो (यस) जिन्दगीको निम्ति केही अगाडि पठाएको भए ।

    [25] अनि त्यसदिन अल्लाहको सजाय जस्तो यातना कसैको हुनेछैन ।

    [26] र कोही छैन जसले उसको जस्तो जकडिएर बाँध्न सकोस् ।

    [27] र हे सन्तुष्ट आत्मा ।

    [28] आफ्नो पालनकर्तातिर तिमी यस किसिमले फर्क कि तिमी ऊसित प्रसन्न र ऊ तिमीसित प्रसन्न ।

    [29] अतः मेरा खास दासहरूमा शम्मिलित भइहाल ।

    [30] र प्रवेश गर मेरो स्वर्गमा ।

    Surah 90
    अल–बलद

    [1] हामीलाई यस नगर (मक्का) को कसम ।

    [2] र तपाई यसै नगरमा त बस्नु हुन्छ ।

    [3] र मानवीय बाबु र उसको सन्ततिको कसम ।

    [4] निःसन्देह हामीले मानिसलाई धेरै दुःखमा पैदा गरेका छौं ।

    [5] के उसले यो ठान्दछ कि उसमाथि कसैको नियन्त्रण छैन ।

    [6] भन्दछ कि मैले धेरै माल सम्पत्ति खर्च गरिदिएँ ।

    [7] के उसलाई यो लाग्दछ कि कसैले उसलाई देखेन ।

    [8] के हामीले उसलाई दुईटा आँखा दिएनौं ।

    [9] र जिब्रो र दुईटा ओठ (दिएनौं)

    [10] र उसलाई दुवै मार्ग पनि देखायौं ।

    [11] त उसले त्यो घाटीमा पस्न सकेन

    [12] र तिमीलाई के थाहा कि त्यो घाटी के हो

    [13] (कसैको) गरदनलाई (दासत्वबाट) मुक्ति दिलाउनु ।

    [14] वा भोकको दिन खाना खुवाउनु ।

    [15] कुनै नातेदार अनाथलाई

    [16] वा धूलधूसरित (फकिर) भिक्षुलाई ।

    [17] अनि ती मानिसहरूमा शम्मिलित हुन सक्थ्यौ जसले ईमान ल्याउँछन् र एक अर्कालाई धैर्य राख्न र दया गर्नुको निम्ति शिक्षा दिन्छन् ।

    [18] यी मानिसहरू नै दायाँ हातवाला हुन् ।

    [19] र जसले हाम्रा आयतहरूलाई मानेनन् उनीहरू बायाँ हातवाला हुन् ।

    [20] यिनीहरूमाथि नै आगो हुनेछ जो चारैतिरबाट घेरेको हुनेछ ।

    Surah 91
    अश–शम्स

    [1] सूर्यको कसम र त्यसको तापको ।

    [2] र चन्द्रको कसम, जब त्यसको पछाडि उदाउँछ ।

    [3] र दिनको कसम जब सूर्यलाई प्रकट गरिदिन्छ ।

    [4] र रातीको कसम जब उसलाई लुकाउँछ ।

    [5] आकाश र त्यसलाई बनाउनेको कसम ।

    [6] कसम छ धरतीको, र त्यसलाई समथर बनाउनेको ।

    [7] कसम छ इन्द्रियहरूको र तिनलाई दुरुस्त बनाउने (काम) को ।

    [8] फेरि समझ दियो उसलाई व्यभिचार र त्यसबाट बाँचेर अलग रहनुको ।

    [9] जसले (त्यस) इन्द्रियलाई शुद्ध राख्यो, त्यो सफल भयो ।

    [10] र जसले त्यसलाई माटोमा मिलायो, त्यो असफल भयो ।

    [11] समूदले आफ्नो अटेरीपनको कारणले (संदेष्टालाई) झुठ्लायो ।

    [12] जब उनीहरूमध्येबाट सबैभन्दा दुर्भाग्यशाली उभियो ।

    [13] (तब) अल्लाहको रसूलले उसलाई भने, ‘‘सावधान अल्लाहको ऊँटनी र उसले पिउने पालोको रक्षा गर’’ ।

    [14] तर उनीहरूले आफ्ना पैगम्बरलाई असत्य सम्झेर त्यस ऊँट्नीको कुर्कुच्चाको नसा काटिदिए्, तब अल्लाहले उनीहरूका पापको कारणले उनीहरूमाथि बर्बादी पठायो र फेरि सबैलाई नष्ट गरी त्यस बस्तीलाई बराबर गरिदियो ।

    [15] उसलाई त्यसको विनाशकारी परिणामको कुनै भय छैन ।

    Surah 92
    अल–लैल

    [1] रात्रीको कसम, जब ढाक्छ ।

    [2] र दिनको कसम, जब कि चम्किन्छ ।

    [3] र त्यस हस्तीको कसम, जसले पुरुष र स्त्रीको सृष्टि गर्यो ।

    [4] निःसंदेह तिम्रो प्रयास भिन्न–भिन्न छ ।

    [5] तसर्थ जसले (अल्लाहको मार्गमा धनमाल) दियो र डर मान्यो (आफ्नो पालनकर्ताको) ।

    [6] र राम्रो कुराको पुष्टि गर्दैगर्यो ।

    [7] त हामीले पनि उसलाई सजिलो बाटोको सुविधा प्रदान गर्नेछौं ।

    [8] तर जसले कञ्जूसी गर्यो र जो लापरवाही देखायो ।

    [9] र असल कुराको उपहास गर्यो ।

    [10] त हामीले पनि उसलाई अभाव र कठिनाईका सामग्री प्रदान गर्नेछौं ।

    [11] त्यसको धनमाल, ऊ खाल्डोमा लड्दा उसको कुनै पनि काम आउने छैन ।

    [12] निश्चय नै हाम्रो जिम्मा त मार्ग देखाउनु छ ।

    [13] र वास्तवमा हाम्रै अधिकारमा छ परलोक र संसार ।

    [14] मैले त तिमीलाई प्रज्वलित आगोबाट सावधान गराइदिएँ ।

    [15] जसमा मात्र त्यही पर्नेछ जो साह्रै नै अभागा हुनेछ ।

    [16] जसले झुठ्लायो र (उसको अनुशरणबाट) मुख फर्कायो ।

    [17] र जो बडो संयमी हुनेछ, त्यसलाई त्यसबाट टाडा राखिनेछ ।

    [18] जसले आफ्नो सम्पत्ति दिएर आफूलाई शुद्ध बनाउँदछ ।

    [19] र (यसकारण) दिंदैन कि उसमाथि कसैको उपकार छ । जसको सट्टामा कुनै किसिमको बदलाको आशा गरिएको हुन्छ ।

    [20] बरु मात्र उसको आफ्नो महान पालनकर्ताको अनुहारको (दर्शनको) लागि (अर्थात रबको प्रसन्नता पाउनको लागि) ।

    [21] निःसंदेह त्यो (अल्लाह) शीघ्र नै राजी भैहाल्नेछ ।

    Surah 93
    अद–दुहा

    [1] सूर्यको माथि भइहालने समय (चाश्त) को सौगन्ध ।

    [2] र कसम छ, रात्री को जब छाउँछ ।

    [3] तिम्रो पालनकर्ताले न त तिमीलाई छाडेको छ र न उदासीन भएको छ ।

    [4] निश्चितरूपले तिम्रो निम्ति पहिलोभन्दा परिणाम राम्रो हुनेछ ।

    [5] तिम्रो पालनकर्ताले शीघ्र नै तिमीलाई (पुरस्कार) प्रदान गर्नेछ त तिमी प्रसन्न भइहाल्नेछौ ।

    [6] के उसले तिमीलाई अनाथ पाएर शरण दिएन

    [7] र तिमीलाई मार्गविचलित देखेर सही बाटो देखाएन ।

    [8] र तिमीलाई कमजोर पाएर बलियो बनाएन ।

    [9] तसर्थ तिमीले पनि अनाथमाथि अत्याचार नगर्नु ।

    [10] र माँग्नेवालालाई हप्काउने नगर्नु ।

    [11] र आफ्नो पालनकर्ताको अनुकम्पालाई वर्णन गर्दैगर्नु ।

    Surah 94
    अल–इन्शिराह

    [1] के हामीले तिम्रो छाती खोलिदिएनौं

    [2] र तिमीमाथिबाट तिम्रो बोझ पनि हामीले उतारिदियौं ।

    [3] जसले तिम्रो कम्मर भाँचिराखेको थियो ।

    [4] र हामीले तिम्रो मर्यादा उच्च पार्यौं ।

    [5] निःसन्देह कठिनाइको साथमा सरलता पनि छ ।

    [6] निःसन्देह कष्टको साथ सजिलो (सरलता) छ ।

    [7] जब तिमीलाई फुर्सद हुन्छ, तब इबादत (पूजा)मा परिश्रम गर

    [8] र आफ्नो पालनकर्तातिरै प्रवृत्त भइहाल्ने गर ।

    Surah 95
    अत–तीन

    [1] इंजीरको कसम र जैतूनको ।

    [2] र तूरे सीनीनको ।

    [3] र यस शान्तिपूर्ण शहरको (मक्काको) कसम ।

    [4] हामीले निःसन्देह मनुष्यलाई सर्वोत्तम आकारमा बनायौं ।

    [5] फेरि निकृष्टतम दशातिर फर्कायौं ।

    [6] तर ती मानिसहरू जसले ईमान ल्याए र जसले असल कर्म गरे, उनीहरूको लागि कहिल्यै समाप्त नहुने प्रतिफल छ ।

    [7] अनि (हे आदमको सन्तति !) तिमीले प्रतिफलको दिनलाई असत्य ठहराउँन कुन कुराले उत्प्रेरित गर्दछ ।

    [8] के अल्लाह सबै हाकिमहरूभन्दा ठूलो हाकिम होइन

    Surah 96
    अल–अलक

    [1] आफ्नो पालनकर्ताको नाम लिएर पढ, जसले सृष्टि गर्यो ।

    [2] जसले मानिसलाई रगतको थोपाबाट बनायो ।

    [3] तिमी पढ्दै गर तिम्रो पालनकर्ता बडो दयावान छ ।

    [4] जसले कलमको माध्यमबाट शिक्षा प्रदान गर्यो ।

    [5] जसले मानिसलाई त्यो ज्ञान प्रदान गर्यो, जुन उसले जान्दैनथ्यो ।

    [6] तर मानिस उल्लंघनकारी भइहाल्दछ ।

    [7] यसकारण कि उसले आफूलाई आत्मनिर्भर देख्दछ ।

    [8] यसमा कुनै सन्देह छैन कि तिम्रो पालनकर्तातिर नै फर्किजानु पर्नेछ ।

    [9] के तिमीले त्यस व्यक्तिलाई देख्यौ ? जसले (अल्लाहको) सेवकलाई मनाही गर्दछ ।

    [10] (अर्थात्) एक अल्लाहको भक्तलाई जबकि उसले नमाज पढ्नथाल्छ ।

    [11] तिम्रो के विचार छ ? यदि त्यो सोझो मार्गमा छ भने ।

    [12] वा संयमित रहनुको आदेश दिन्छ भने ।

    [13] अच्छा हेर त यदि त्यस (रोक्नेवाला)ले झूठ ठान्यो र मुख फर्काएको भए

    [14] त के उसले जानेन, कि अल्लाहले राम्ररी उसलाई देखिरहेकोछ ।

    [15] निःसंदेह यदि त्यसले मानेन भने हामीले उसलाई उसको टाउकोको (निधारको) कपाल समातेर घिसार्ने छौं ।

    [16] यस्तो टाउको जो झूठो अपराधी छ ।

    [17] यिनीहरू आफ्ना साथीहरूको परिषद्लाई बोलाऊन् ।

    [18] हामीले पनि आफ्नो सजायका दूतहरूलाई बोलाउनेछौं ।

    [19] खबरदार ! उसको भनाई कदापि नमान्नु र सजदा गर्नु र (अल्लाहको) निकटता प्राप्त गर्दैरहुन् ।

    Surah 97
    अल–कद्र

    [1] हामीले यस (कुरआन) लाई कद्र्रको रातमा अवतरित गर्यौं ।

    [2] र तिमीलाई के थाहा कि शबेकद्र (गौरवको रात्री) के हो

    [3] शबेकद्र एक हजार महीनाभन्दा राम्रो छ ।

    [4] यसमा रूहुल अमीन (जिब्राइल) र फरिश्ताहरू प्रत्येक काम सम्पन्न गर्नको लागि, आफ्नो पालनकर्ताको आदेशबाट अवतरित हुन्छन् ।

    [5] यो रात पूर्णतया शान्ति र भलाईको हो, उषाकालको उदय हुनेसम्म ।

    Surah 98
    अल–बय्यिनह

    [1] अहले किताब र मुश्रिकहरू कुफ्रबाट अलग हुनेवाला छैनन् जबसम्म कि उनको पासमा स्पष्ट प्रमाण आउँदैन ।

    [2] अल्लाहको तर्फबाट एउटा रसूल जो पवित्र पृष्ठहरूलाई पढोस ।

    [3] जसमा असल र ठीक आदेशहरू अंकित छन् ।

    [4] र किताबवालाहरू आफु समक्ष स्पष्ट प्रमाण आइसकेपछि विभाजित भएका छन् ।

    [5] उनीहरूलाई यही मात्र आदेश दिइएको थियो कि निष्ठापूर्वक अल्लाहको उपासना गरुन् र एकाग्र भएर उसैको लागि धर्मलाई शुद्ध राखुन । र निष्ठाको साथ नमाज पढुन् र जकात देउन् र यही नै सबैको साँचो धर्म हो ।

    [6] किताबवालाहरूमध्येबाट जो काफिर छन् र मुश्रिकहरू सबै नर्कको आगोमा (पर्नेछन् र) तिनीहरू सधैं त्यसमा रहनेछन् । यी मानिसहरू सबै प्राणीभन्दा नराम्रा हुन् ।

    [7] र जसले ईमान ल्याए र असल कर्म गरिरहे, तिनीहरू सम्पूर्ण प्राणीहरूमा राम्रा हुन् ।

    [8] उनीहरूको बदला उनीहरूको पालनकर्ताकहाँ सधैं बास गर्ने बगैंचाहरू हुन्, जसमुनि नहरहरू बगिराखेका हुनेछन् । सधैं सधैं तिनीहरूमा रहनेछन् । अल्लाह उनीहरूसित खुशी भयो र उनीहरू उससित खुशी भए, यो प्रतिफल उसको निम्ति हो, जो आफ्नो पालनकर्तासित डर मान्छ ।

    Surah 99
    अज–जलजलह

    [1] जब धरती पूर्णरूपले (भूकम्पबाट) प्रकम्पित गराइहालिनेछ ।

    [2] र पृथ्वीले आफ्नो (भित्रको) बोझ बाहिर निकालिदिनेछ ।

    [3] मानिसले भन्न थाल्छ कि यसलाई के भएको छ

    [4] त्यसदिन पृथ्वीले आफ्नो सबै कुराहरू वर्णन गर्नेछ ।

    [5] यसकारण कि तिम्रो पालनकर्ताले उसलाई आदेश पठाएको हुनेछ ।

    [6] त्यसदिन मानिसहरू समूह–समूह गरी फिर्ता आउनेछन् ताकि उनीलाई उनको कर्मपत्री देखाइदिइयोस् ।

    [7] अतः जसले अलिकति पनि नेकी(पुण्य) गरेको हुनेछ, उसले त्यसलाई देखिहाल्नेछ ।

    [8] र जसले अलिकति पनि नराम्रो काम गरेको हुनेछ, उसले त्यसलाई देखिहाल्नेछ ।

    Surah 100
    अल–आदियात

    [1] ती घोडाहरूको कसम जो तीव्र गतिले हाफ्दै दगुर्छन् ।

    [2] अनि ढुङ्गामा नालको ठक्करबाट झिल्काहरू निकाल्नेवालाहरूको कसम ।

    [3] अनि प्रातःको समय धावा बोल्नेहरूको कसम ।

    [4] अनि जो त्यस समयमा धूलकणहरू उडाउँदछन् ।

    [5] अनि त्यसबखत सेनाहरूभित्र पसी दिन्छन् ।

    [6] निःसन्देह मानिस आफ्नो पालनकर्ताको बडो अकृतज्ञ छ ।

    [7] र निश्चय नै ऊ स्वयम् पनि यस ऊपर साक्षी छ ।

    [8] त्यो धनको मोहमा बडो दृढ छ ।

    [9] के त्यसले त्यस समयलाई जान्दैन जब चिहानमा जे छन्, उनीहरू बाहिर निकालिनेछन् ।

    [10] र जुन (रहस्य) हृदयहरूमा छन्, ती प्रकट गरिनेछन् ।

    [11] निःसन्देह उनको पालनकर्ताले त्यसदिन उनको अवस्थासँग राम्ररी परिचित हुनेछ ।

    Surah 101
    अल–कारिआ

    [1] (त्यो) खडखडाउने चर्को स्वर गर्नेवाला ।

    [2] खडखडाउने के हो

    [3] र तिमीलाई के थाहा कि त्यो खडखडाई दिने के हो

    [4] जुन दिन मानिसहरू यस्ता हुन्छन् जस्तो कि छरिएका भुसुनाहरू ।

    [5] र पहाडहरू धुनिएका रुङ्ग विरङ्गका ऊन, जस्ता हुनेछन् ।

    [6] फेरि जसका (कर्महरूको) वजन गरुङ्गो हुनेछ

    [7] ऊ त इच्छित आरामको जिन्दगीमा हुनेछन् ।

    [8] र जसको वजन हलका हुनेछन्

    [9] उनीहरूको फर्केर जाने ठाउँ ‘‘हाविया’’ (गहिरो खाल्डो) हो ।

    [10] र तिमीलाई के थाहा कि ‘‘हाविया’’ के हो

    [11] (त्यो) प्रज्वलित आगो हो ।

    Surah 102
    अत–तकासुर

    [1] तिमीलाई धेरैको (सम्पत्तिको) इच्छाले असावधान गरिदिएको छ ।

    [2] यहाँसम्मकि तिमी कब्रस्तान पुगिहाल्यौ ।

    [3] होइन, तिमीलाई अत्यन्त छिटै थाहा भइहाल्नेछ ।

    [4] फेरि केही छैन, तिमीलाई शीघ्र नै थाहा भइहाल्छ ।

    [5] होइन तिमी यकिनको साथ थाहा पाउँछौ ।

    [6] त तिमीले अवश्य नै नर्क देख्नेछौ ।

    [7] अनि तिमीले यसलाई विश्वासको आँखाले देख्नेछौ ।

    [8] अनि निश्चय नै त्यस दिन तिमीसित (अल्लाहका) अनुकम्पहरूको बारेमा सोधपूछ हुनेछ ।

    Surah 103
    अल–अस्र

    [1] समय (युग) को कसम ।

    [2] वास्तवमा मानिसहरू पूरै घाटामा छन् ।

    [3] ती मानिसहरू बाहेक, जसले ईमान ल्याए र असल कर्म गरिरहे र (जसले) आपसमा सत्य कुराको आग्रह र एक अर्कालाई धैर्यको ताकेदा गरिरहे ।

    Surah 104
    अल–हुमजह

    [1] बर्बादी छ, त्यस्तो प्रत्येक मानिसको जो अर्काको अवगुण खोज्ने गर्दछ र चुकुली गरिरहन्छ ।

    [2] जसले मालसम्पत्ति थुपार्दै जान्छ र त्यसलाई गन्दै राख्छ ।

    [3] उसले ठान्छ कि उसको सम्पत्ति उससँग सधैं रहनेछ ।

    [4] कदापि होइन, यो त अवश्य टुक्रा–टुक्रा पारिदिने आगोमा फ्याँकिनेछ ।

    [5] र तिमीलाई के थाह कि यस्तो (आगो) हुत्मा के हो

    [6] त्यो अल्लाहद्वारा प्रज्वलित आगो हो ।

    [7] जो छातीमाथि चढ्दै जानेछ ।

    [8] र (त्यो आगो) उनीमाथि,सबै दिशाबाट बन्द हुन्छ ।

    [9] ठूलाठूला स्तम्भहरूमा ।

    Surah 105
    अल–फील

    [1] के तिमीले देखेनौ कि तिम्रो पालनकर्ताले हातीवालाहरूसँग के गर्यो

    [2] के उसले उनीहरूको दुष्चक्रलाई व्यर्थ बनाइदिएन

    [3] र उनीहरूमाथि समूहका समूह पंक्षीहरू पठाइदियो ।

    [4] जो उनीहरूलाई माटो र पत्थरको डल्लाले हानिरहेका थिए ।

    [5] जसले उनीहरूलाई चपाइको भुस जस्तो बनाइदिए ।

    Surah 106
    कुरैश

    [1] कुरैशलाई परिचित गर्नुको लागि ।

    [2] उनीहरूलाई जाडो र गर्मीको समयमा यात्रासँग परिचित गराउनको लागि ।

    [3] अतः उनीहरूलाई आवश्यक छ कि यसै घरको रबको पूजा गरुन् ।

    [4] अतः जसले उनीहरूलाई भोकमा खाना खुवायो र डर र भयबाट अमन चैन प्रदान गर्यो ।

    Surah 107
    अल–माऊन

    [1] तिमीले त्यसलाई देख्यौ, जसले प्रतिफल (को दिनलाई) झूठा ठहराउँदछ ।

    [2] उही त हो जसले अनाथहरूलाई धक्का दिन्छ ।

    [3] र निमुखाहरूलाई ख्वाउने कुरामा प्रोत्साहित गर्दैन ।

    [4] अतः अफशोच छ ती नमाजीहरूलाई (र वैल नामक नर्कको ठाउँ) छ ।

    [5] जो आफ्नो नमाजप्रति असावधान छन् ।

    [6] जसले आडम्बरका काम गर्दछन् ।

    [7] र गर्नुपर्ने कुराहरूबाट रोक्छन् ।

    Surah 108
    अल–कौसर

    [1] निःसन्देह हामीले तिमीलाई ‘‘हौजे कौसर’’ (अनुकम्पाहरू) प्रदान गरेका छौं ।

    [2] अतः आफ्नो पालनकर्ताको लागि नमाज पढ्ने गर र उसको निम्ति कुर्बानी गर ।

    [3] निःसन्देह तिम्रो शत्रु नै लावारिस नाम–निशान बेगरको हुनेछ ।

    Surah 109
    अल–काफिरून

    [1] (हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम !) भनिदिनुस् कि हे काफिरहरू

    [2] जुनलाई तिमीले पूज्दछौ, उनीहरूको म पूजा गर्दिनं ।

    [3] र जसको उपासना म गर्दछु, उसको तिमीले उपासना गर्दैनौ ।

    [4] र जसलाई तिमीले पूज्दछौ, तिनीहरुको म पूजा गर्नेवाला छैन।

    [5] र न तिमी उसको उपासना गर्नेवाला छौ, जसको कि म उपासना गर्दछु ।

    [6] तिम्रो निम्ति तिम्रो धर्म छ र मेरो निम्ति मेरो धर्म ।

    Surah 110
    अन–नस्र

    [1] जब अल्लाहको सहायता र विजय प्राप्त भइहालोस् ।

    [2] र तिमीले मानिसहरुको समूहमाथि समूह अल्लाहको दीन (धर्म) मा प्रवेश गरिराखेको देखिहाल्छौ ।

    [3] तब आफ्नो पालनकर्ताको प्रशंसाका साथ गुणगान गर र ऊसित क्षमायाचना गर । निश्चय नै ऊ क्षमायाचना स्वीकार गर्नेवाला छ ।

    Surah 111
    अल–लहब

    [1] अबू लहबका दुवैहात भाँचिए र त्यो स्वयम् पनि नष्ट भइहाल्यो ।

    [2] नत उसको सम्पत्ति उसको काम आयो र न उसको कमाई ।

    [3] ऊ शीघ्र नै प्रज्वलित आगोमा पर्नेछ ।

    [4] र उसकी स्त्री पनि जानेछे जुन दाउरा बोक्नेवाली छे ।

    [5] उसको घाँटीमा खजूरबाट बनाइएको डोरी हुनेछ ।

    Surah 112
    अल–इख्लास

    [1] तपाई भनिदिनुस् कि त्यो अल्लाह एक छ ।

    [2] अल्लाह निरपेक्ष छ ।

    [3] नत उसबाट कोही जन्मेको छ, न ऊ कसैबाट जन्मेको छ ।

    [4] र न कोही उसको समकक्ष छ ।

    Surah 113
    अल–फलक

    [1] तपाई भन्नुस् कि म प्रातःको स्वामीको शरण माग्दछु ।

    [2] हरेक कुरोको नराम्रो कार्यबाट, जुन उसले सृष्टि गरेको छ ।

    [3] र अँध्यारो रातिको अन्धकारबाट, जबकि त्यसको अँध्यारोले ढाँकिहाल्छ ।

    [4] र गाँठोमा फूँक मार्नेहरू (जादू) को नराम्रो कार्यबाट ।

    [5] र ईष्र्यालुको नराम्रो कार्यबाट पनि जबकि त्यसले ईष्र्या गर्दछ ।

    Surah 114
    अन–नास

    [1] तपाई भनिदिनुस् कि म मानिसहरूको पालनकर्ताको शरण माँग्दछु ।

    [2] मानिसहरूको स्वामीको ।

    [3] र मानिसहरूको उपास्यको (शरण) ।

    [4] खराब विचार हाल्ने र (उक्साएर) पछि हटी जानेबाट ।

    [5] जसले मानिसहरूको हृदयमा नराम्रो कर्मको संच्कार हाल्दछ ।

    [6] त्यो चाहे जिन्नहरूमध्येबाट होस् वा मानिसहरूमध्येबाट ।