Back to Languages

Nepali - Chapter 24 - An-Nur

Translation by Ahl Al Hadith Central Society Of Nepal — Permalink

Verse 31 — Surah An-Nur 24:31

र मोमिन स्त्रीहरूसित भनिदिनुस् कि उनीहरूले पनि आफ्ना दृष्टिहरू तल राख्ने गरुन् र आफ्नो पवित्रताको रक्षा गरुन् र आफ्नो श्रृंगार प्रकट नगरुन्, त्यसबाहेक जुन खुला रहन्छ र आफ्नो वक्षस्थललाई दुपट्टाहरूले छोपिराखुन् र आफ्नो श्रृंगार कसैलाई प्रकट नगरुन्, आफ्ना पतिहरू वा आफ्नो बुबा वा आफ्नो पतिको बुबा वा आफ्नो छोरा वा आफ्नो पतिको छोरा वा आफ्ना खासै भाइहरू वा भतिजाहरू वा आफ्ना भान्जिहरू वा आफ्नो मेलजोलका स्त्रीहरू वा जो लौंडीहरू र उनीहरूको अधीनस्थ यस्ता पुरुषहरू जसमा स्त्रीको आवश्यकता हुँदैन, वा ती बच्चाहरू जो कि स्त्रीहरूको कुरोसित परिचित हुँदैनन् तिनीहरू बाहेक । र आफ्ना खुट्टाहरू भूईंमा बजारेर नहिड्नु कि उनीहरूको लुकेको श्रृंगार थाहा भइहालोस् । र मोमिनहरू हो ! तिमी सबै अल्लाहको अगाडि प्रयश्चित गर ताकि तिमी मुक्ति पाउन सक ।