Back to Languages

Nepali - Chapter 64 - At-Taghabun

Translation by Ahl Al Hadith Central Society Of Nepal — Permalink

Verse 1 — Surah At-Taghabun 64:1

(त्यो प्रत्येक कुरो) जुन आकाशमा छन् र धरतीमा छन्, अल्लाहकै पवित्रताको वर्णन गर्दछन् । उसैको सत्ता छ र प्रशंसा पनि, र ऊ हरेक कुरामाथि सामर्थवान छ

Verse 2 — Surah At-Taghabun 64:2

उसैले तिमीलाई सृष्टि गर्यो, अनि तिमीमध्ये केही इन्कार गर्नेवाला छन् र केही ईमानवाला छन् र तिमीले जे गर्दछौ अल्लाह त्यसलाई राम्ररी जान्दछ ।

Verse 3 — Surah At-Taghabun 64:3

उसैले आकाशहरू र धरतीलाई इन्साफ र कारीगरीको साथ सृष्टि गकेही र तिम्रो रूप बनायो, र राम्रो बनायो र उसैतिर अन्ततः जानुछ ।

Verse 4 — Surah At-Taghabun 64:4

जे–जति आकाशहरूमा र जमिनमा छन् उसले सबै जान्दछ । र जे–जति तिमीले लुकाउँछौ र खुल्ला गर्दछौ, सबै जान्दछ । र अल्लाह त छातीभित्रको कुरा पनि जान्दछ ।

Verse 5 — Surah At-Taghabun 64:5

के तिमीलाई यसभन्दा पहिलाका काफिरहरूको समाचार पुगेन ? जो आफ्ना कर्महरूको स्वाद चाखिसके र जसको लागि कठोर यातना छ ।

Verse 6 — Surah At-Taghabun 64:6

यो यसकारण कि उनीहरूको नजिकमा संदेष्टाहरूले खुल्ला निशानीहरू लिएर आए, तब तिनीहरूले भन्दथे कि के मनुष्य हाम्रो पथप्रदर्शन गर्नेछ ? तसर्थ मानेनन् र विमुख भइहाले, तब अल्लाहले पनि उनीहरूबाट बेपर्वाह भइहाल्यो र अल्लाह निस्पृह (र) सर्वगुण सम्पन्न छ ।

Verse 7 — Surah At-Taghabun 64:7

ती काफिरहरूले सोचे कि उनीहरू पुनः जीवित गरिने छैनन् । तपाई भनिदिनुस् कि हो, मेरो पालनकर्ताको कसम ! तिमी अवश्य नै उठाइने छौ, अनि जुन काम तिमीले गर्दै आएका छौ, तिमीलाई बताइने छ र यो अल्लाहको लागि अत्यन्त सरल छ ।

Verse 8 — Surah At-Taghabun 64:8

तसर्थ तिमीले अल्लाह र उसको रसूलमाथि र त्यस प्रकाशमाथि जुन हामीले अवतरित गरेका छौं ईमान ल्याऊ, र अल्लाह तिम्रो सम्पूर्ण क्रियाकलापबाट अवगत छ ।

Verse 9 — Surah At-Taghabun 64:9

जुन दिन उसले तिमी सबैलाई एकत्रित हुने दिन एकत्रित गर्नेछ, त्यो हार र जीतको दिन हुनेछ र जसले अल्लाहमाथि ईमान ल्याए र असल कर्म गरे, उसले उनीबाट उनका नराम्रा कुराहरू हटाइदिनेछ र उनलाई स्वर्गको बागहरूमा जसमुनि नहरहरू बगिराखेका छन्, प्रविष्ट गराउनेछ, तिनीहरू सधैं त्यसमा रहनेछन् । यो ठूलो सफलता हो ।

Verse 10 — Surah At-Taghabun 64:10

र जसले कुफ्र गरे र हाम्रा आयतहरूलाई झूठा भने, ती नै नर्कवाला हुन् सधैं त्यसैमा रहनेछन् र त्यो नराम्रो ठाउँ हो ।

Verse 11 — Surah At-Taghabun 64:11

अल्लाहको आज्ञा बिना कुनै पनि संकट आउँदैन । जसले अल्लाहमाथि ईमान ल्याए अल्लाहले उनको हृदयलाई सही मार्ग देखाउँछ र अल्लाह प्रत्येक कुरा राम्ररी जान्दछ ।

Verse 12 — Surah At-Taghabun 64:12

(मानिसहरू हो !) अल्लाहको आज्ञाको पालन गर र रसूलको आज्ञापालन गर । यदि तिमीले मुख फर्कायौ भने हाम्रो पैगम्बरको जिम्मामा त मात्र सन्देशलाई स्पष्टरूपमा पुर्याइदिनु हो ।

Verse 13 — Surah At-Taghabun 64:13

अल्लाह बाहेक कोही वास्तविक पूजनीय छैन र मोमिनहरूले अल्लाहमै भरोसा राख्नुपर्दछ ।

Verse 14 — Surah At-Taghabun 64:14

हे मोमिनहरू ! तिम्रा स्त्रीहरू र सन्तानहरूमध्ये केही तिम्रा शत्रु पनि छन्, उनीहरूबाट सावधान रहनु र यदि तिमीले माफ गरिदिन्छौ र पन्छिहाल्छौ र क्षमा गरिदिन्छौ भने निश्चय नै अल्लाह बडो क्षमाशील अत्यन्त दयावान छ ।

Verse 15 — Surah At-Taghabun 64:15

तिम्रा माल सम्पत्ति र सन्तान त तिम्रो लागि परीक्षा हुन् र अल्लाहकहाँ ठूलो प्रतिफल छ ।

Verse 16 — Surah At-Taghabun 64:16

तसर्थ जहाँसम्म तिमीबाट हुनसक्छ, अल्लाहसित डर मान्ने गर र उसका आदेशहरूलाई सुन्दै र पालना गर्दै जाऊ । र उसको मार्गमा खर्च गर्नेगर, (यो) तिम्रो हकमा राम्रो छ । र जो आफ्नो मनको लोभ र कञ्जूसीबाट सुरक्षित रह्यो त उही नै सफल भयो ।

Verse 17 — Surah At-Taghabun 64:17

यदि तिमीले अल्लाहलाई राम्रो ऋण दिन्छौ भने उसले त्यसलाई तिम्रो निम्ति कैयौं गुणा वृद्धि गरिदिनेछ । र तिम्रो पाप पनि क्षमा गरिदिनेछ । अल्लाह बडो गुणग्राहक र सहनशील छ ।

Verse 18 — Surah At-Taghabun 64:18

ऊ परोक्ष र प्रत्यक्षलाई जान्दछ, अधिपत्यशाली तत्वदर्शी छ ।