Back to Languages

Nepali - Chapter 69 - Al-Haqqah

Translation by Ahl Al Hadith Central Society Of Nepal — Permalink

Verse 1 — Surah Al-Haqqah 69:1

वास्तवमा भएर नै छाड्नेवाला

Verse 2 — Surah Al-Haqqah 69:2

प्रमाणित हुनेवाला के हो

Verse 3 — Surah Al-Haqqah 69:3

र तिमीलाई के थाहा छ कि त्यो वास्तविक प्रमाणित हुनेवाला के हो

Verse 4 — Surah Al-Haqqah 69:4

त्यस ठूलो स्वरको कराउने गड्गडाहट वालालाई ‘‘समूद’’ र ‘‘आद’’ (दुवै) ले असत्य मानेका थिए ।

Verse 5 — Surah Al-Haqqah 69:5

जसको परिणाममा ‘‘समूद’’लाई भयंकर चटयाङ्गबाट नष्ट गरियो ।

Verse 6 — Surah Al-Haqqah 69:6

र ‘‘आद’’ ठूलो तीव्र हुरीबाट समाप्त गरिए ।

Verse 7 — Surah Al-Haqqah 69:7

जसलाई अल्लाहले सात रात र आठ दिनसम्म निरन्तर उनीहरूमाथि लगाएको थियो तब तिमीले उनीहरूलाई भूइँमा यसरी लडेको अवस्थामा देख्यौ जस्तो कि खजूरका खोक्रा बोटहरू ।

Verse 8 — Surah Al-Haqqah 69:8

के तिमी उनीहरूमध्ये कोहीलाई पनि शेष देखिरहेका छौ

Verse 9 — Surah Al-Haqqah 69:9

‘‘फिरऔन’’ उसभन्दा पहिलाका मानिसहरू र जसको गाउँ बस्तीहरू उलटपलट भए, उनीहरूले पनि अपराध गर्दथे ।

Verse 10 — Surah Al-Haqqah 69:10

र उनीहरूले आफ्नो पालनकर्ताको पैगम्बरको अवज्ञा गरे, तब अल्लाहले उनलाई पनि कठोर पकडमा लिइहाल्यो ।

Verse 11 — Surah Al-Haqqah 69:11

जब पानीमा हलचल आयो तब त्यस बेला हामीले तिमीलाई नौकामा सवार गरायौं ।

Verse 12 — Surah Al-Haqqah 69:12

ताकि त्यसलाई तिम्रो निम्ति शिक्षा बनाइदिऔं र यादगर्ने कानले सुरक्षित राखुन् ।

Verse 13 — Surah Al-Haqqah 69:13

तसर्थ जब सूरमा एकफूँक फूँकिनेछ

Verse 14 — Surah Al-Haqqah 69:14

र धरती र पहाड दुवै उठाइनेछन्, र एकैचोटी क्षतविक्षत गरिनेछन् ।

Verse 15 — Surah Al-Haqqah 69:15

त त्यसदिन घटित हुनेवाला कयामत भइहाल्ने छ ।

Verse 16 — Surah Al-Haqqah 69:16

र आकाश फाटिने छ अनि त्यो त्यसदिन एकदम कमजोर भइहाल्नेछ ।

Verse 17 — Surah Al-Haqqah 69:17

र फरिश्ताहरू उसको किनारमा हुनेछन् र त्यसदिन तिम्रो पालनकर्ताको सिंहासनलाई आठ फरिश्ताहरूले आफूमाथि उचालेका हुनेछन् ।

Verse 18 — Surah Al-Haqqah 69:18

त्यसदिन तिमी सबै सामुन्ने प्रस्तुत गरिनेछौ, (र) तिम्रो कुनै भेद लुकिरहने छैन ।

Verse 19 — Surah Al-Haqqah 69:19

अनि जोसुकैलाई उसको कर्मपत्र उसको दाहिने हातमा दिइनेछ, त्यसले (अरुसित) भन्नेछः कि लिनुस् मेरो कर्मपत्र पढ्नुस् ।

Verse 20 — Surah Al-Haqqah 69:20

मलाई पूरा यकिन थियो कि मेरो हिसाब मलाई अवश्य प्राप्त हुनेछ ।

Verse 21 — Surah Al-Haqqah 69:21

अतः त्यो (व्यक्ति) आनन्दित जीवनमा हुनेछ ।

Verse 22 — Surah Al-Haqqah 69:22

उच्चा, भव्य स्वर्गमा

Verse 23 — Surah Al-Haqqah 69:23

जसका फलहरूका गुच्छाहरू झुण्डिएका हुनेछन् ।

Verse 24 — Surah Al-Haqqah 69:24

(उनीहरूसित भनिनेछ) जुन कर्म तिमीहरूले अघिका दिनहरूमा अगाडि पठाइसकेका छौ, त्यसको प्रतिफलस्वरूप मजासित खाऊ र पिऊ ।

Verse 25 — Surah Al-Haqqah 69:25

तर जसको कर्मपत्र उसको बायाँ हातमा दिइनेछ, त्यसले भन्नेछ, काश कति राम्रो हुन्थ्यो कि मेरो कर्मपत्र मलाई नदिएको भए ।

Verse 26 — Surah Al-Haqqah 69:26

र मलाई थाहा नभएको भए कि मेरो हिसाब के छ ।

Verse 27 — Surah Al-Haqqah 69:27

ऐ काश, मृत्युले मेरो काम नै समाप्त गरिसक्ने थियो ।

Verse 28 — Surah Al-Haqqah 69:28

(आज) मेरो सम्पत्ति पनि मेरो केही काम लागेन ।

Verse 29 — Surah Al-Haqqah 69:29

(आह) मेरो वर्चस्व मबाट गइहाल्यो ।

Verse 30 — Surah Al-Haqqah 69:30

(आदेश हुनेछ कि) यसलाई समात र यसलाई बाँधिहाल छल्ला पहिराइदिनु ।

Verse 31 — Surah Al-Haqqah 69:31

अनि यसलाई नर्कमा हालिदेऊ ।

Verse 32 — Surah Al-Haqqah 69:32

अनि जंजीरले जसको नाप सत्तरी हाथ छ, जकडिदेऊ ।

Verse 33 — Surah Al-Haqqah 69:33

निश्चितरूपले यसले महिमावान अल्लाहमाथि ईमान राख्दैनथ्यो

Verse 34 — Surah Al-Haqqah 69:34

र न गरिबलाई खाना खुवाउन प्रोत्साहित गर्दथ्यो

Verse 35 — Surah Al-Haqqah 69:35

अतः आज यसको यहाँ न कोही मित्र छ ।

Verse 36 — Surah Al-Haqqah 69:36

र न पीप बाहेक उसको निम्ति आज कुनै खाना छ ।

Verse 37 — Surah Al-Haqqah 69:37

जसलाई अपराधीहरू बाहेक कसैले खाने छैन ।

Verse 38 — Surah Al-Haqqah 69:38

अतः हामीलाई ती कुराहरूको कसम छ जुन तिमीले देख्दछौ

Verse 39 — Surah Al-Haqqah 69:39

र (कसम छ) ती कुराको जुन तिमीले देख्दैनौ ।

Verse 40 — Surah Al-Haqqah 69:40

कि यो कुरआन एक प्रतिष्ठित रसूलबाट ल्याइएको वाणी हो ।

Verse 41 — Surah Al-Haqqah 69:41

र यो कुनै कविको वाणी होइन । परन्तु तिमीहरूले बहुत कम विश्वास गर्दैछौ

Verse 42 — Surah Al-Haqqah 69:42

र न यो कुनै ज्योतिषीको वाणी हो, तर तिमीहरूले थोरै शिक्षा प्राप्त गर्दछौ ।

Verse 43 — Surah Al-Haqqah 69:43

(यो त) सम्पूर्ण संसारको पालनकर्ताबाट अवतरित गरिएको हो ।

Verse 44 — Surah Al-Haqqah 69:44

र यदि यस पैगम्बरले हाम्रो बारेमा कुनै झूठा कुरा बनाएर ल्याएको भए

Verse 45 — Surah Al-Haqqah 69:45

त हामीले उनलाई दाहिने हातबाट समातिहाल्थ्यौं ।

Verse 46 — Surah Al-Haqqah 69:46

अनि उनको हृदयको धमनी काटिदिंथ्यौं ।

Verse 47 — Surah Al-Haqqah 69:47

अनि तिमीमध्ये कोही पनि हामीलाई यसबाट रोक्नेवाला हुँदैनथ्यो ।

Verse 48 — Surah Al-Haqqah 69:48

र निःसन्देह यो (कुरआन) परहेजगारहरूको (अमात्मसयंमीहरूको) निम्ति एउटा उपदेश हो ।

Verse 49 — Surah Al-Haqqah 69:49

र हामीलाई थाहा छ कि तिमीमध्ये केही यसलाई असत्य भन्नेवाला छन् ।

Verse 50 — Surah Al-Haqqah 69:50

साथै (यो झूठा मान्नु) अपसोच छ काफिरहरूको लागि ।

Verse 51 — Surah Al-Haqqah 69:51

यो निःसंदेह बिल्कुल विश्वासनीय सत्य हो ।

Verse 52 — Surah Al-Haqqah 69:52

अतः तिमीले आफ्नो महिमावान् पालनकर्ताको नामको गुणगान गर ।