निःसन्देह अल्लाहले मोमिनहरूबाट तिनीहरूको प्राण र माल तिनीहरूका लागि स्वर्गको सट्टामा किनिसकेको छ । यिनीहरू अल्लाहको मार्गमा युद्ध गर्दछन्, जसमा मार्दछन् र मारिन्छन् पनि । यो तौरात, इंजील र कुरआनमा भएको सत्य वचन हो, र अल्लाहभन्दा बढी आफ्नो वचन पूरा गर्नेवाला को छ ? तसर्थ जुन सौदा तिमीले उससँग गरेका छौ त्यसबाट प्रसन्न रह, र यही नै ठूलो सफलता हो ।