Back to Languages
Nepali - Chapter 38
Translation by Ahl Al Hadith Central Society Of Nepal
Verse 1
साद, कसम छ, त्यस कुरआनको, जुन उपदेश दिनेवाला छ ।
Verse 2
तर जो काफिर छन्, उनीहरू घमण्ड र विरोधमा छन् ।
Verse 3
हामीले उनीहरूभन्दा पहिला धेरै समूहलाई नष्ट गर्यौं, तब उनीहरूले धेरै कराए तर त्यो छुटकाराको समय थिएन ।
Verse 4
र उनीहरूले आश्चर्य गरे कि उनीहरूको पासमा उनीहरूमध्येबाट एउटा सचेतकर्ता आयो र (इन्कार गर्नेहरूले) भन्न थालेः कि ‘‘यो त जादूगर र झूठा हो ।’’
Verse 5
के उसले यति धेरै पूज्य उपास्यहरूलाई एक्लो एउटै उपास्य बनाइदियो ? यो त ठूलै आश्चर्यजनक कुरा हो ।
Verse 6
उनका नायकहरूले यो भन्दै हिंडिहाले कि ‘‘हिंड र आफ्ना उपास्यहरू (को पूजा) मा डटी रह । निःसन्देह यस कुरामा कुनै स्वार्थ (नीहित) छ ।
Verse 7
यो कुरा त अघिका धर्ममा पनि हामीले कहिल्यै सुनेनौं । यो बिलकुलै मनगढन्ते कुरा हो ।
Verse 8
के हामी सबैमध्येबाट यसैमाथि अल्लाहको आदेश अवतरित भएको हो ? वास्तवमा उनीहरू मेरो वह्यको विषयमा सन्देहमा छन् ?’’ बरु (सत्य यो हो कि) उनीहरूले अझैसम्म मेरो यातनाको स्वाद चाखेका छैनन् ?’’
Verse 9
वा के उनीहरूको पासमा तिम्रो दिनेवाला महान् पालनकर्ताको दयाका खजानाहरू छन
Verse 10
वा के आकाशहरू र जमिन र जेजति उनीहरूको बीचमा छन् ती, (सबै) माथि उनैको आधिपत्य छ, त्यस्तो हो भने यिनीहरू डोरी तानेर चढिहालुन् ।
Verse 11
पराजित समूहहरूमध्ये यो पनि एउटा (समूहको) सेना हो ।
Verse 12
यिनीभन्दा अगाडि पनि ‘‘नूहको’’ कौम र ‘‘आद’’ र मेखवाला (किल्लावाला) फिरऔनले झूठा भनिसकेका थिए ।
Verse 13
र समूद र ‘‘लूतका’’ कौम (जातिबन्धु) र बनका बासिन्दा पनि, यी नै ती समूह हुन् ।
Verse 14
तिनीहरू प्रत्येकले रसूलहरूलाई आरोप लगाए तसर्थ मेरो सजाय उनीमाथि निश्चित भयो ।
Verse 15
यिनीहरू त मात्र एउटा चित्कारको प्रतीक्षामा छन् जसबाट अलिकति पनि अवकाश हुनेछैन ।
Verse 16
र उनी भन्छन्ः कि ‘‘हे हाम्रो पालनकर्ता ! हामीलाई हाम्रो भाग हिसाबको दिनभन्दा अगावै दिइहाल ।
Verse 17
(हे पैगम्बर !) यिनीहरू जे भन्दछन्, त्यसमाथि धैर्य गर्नुस् र हाम्रो सेवक ‘‘दाऊदलाई’’ स्मरण गर्नुस् जो शक्तिशाली थिए । (र) निश्चय नै उनी (अल्लाहतिर) प्रवृत्त थिए ।
Verse 18
हामीले पर्वतहरूलाई उनको आदेशको अधीन गरिदिएका थियौं कि प्रातःकाल र सन्ध्याको समय उनको साथमा गुणगान गरिराखुन् ।
Verse 19
र पंक्षीहरूलाई पनि जो एकत्र हुन्थे । सबै उनका आज्ञाकारी थिए ।
Verse 20
र हामीले उनको राज्यलाई सुदृढ गरिदिएका थियौं र उनलाई तत्वदर्शीता प्रदान गरेका थियौं र निर्णायक कुरा भन्ने क्षमता प्रदान गरेका थियौं ।
Verse 21
र के तिमीलाई विवाद गर्नेहरूको समाचार पनि पुगेको छ ? जब उनीहरू पर्खाल चढी एकान्त कक्षमा आइपुगे ।
Verse 22
जुन बेला उनीहरू ‘‘दाऊदको’’ पासमा आए, त्यतिखेर उनी उनीहरूसित तर्सिहाले । उनीहरूले भने कि भय नगर, हामी दुवैको एउटा मुद्दा छ कि, हामीमध्ये एउटाले अर्कोसित अन्याय गरेको छ, तसर्थ तपाईंले हाम्रोबीचमा ठीक–ठीक निर्णय गरिदिनुस् । र अन्याय नगर्नुहोला र हामीलाई सोझो बाटो देखाइदिनुस् ।
Verse 23
(कुरा यो छ कि) यो मेरो भाइ हो । यसका उनान्सय भेंडीहरू छिन् र मेरो पासमा एउटा दुम्बी मात्र छे । यसले भन्छ कि, यसलाई पनि मलाई सुम्पिदे, र कुरामा ममाथि जबरजस्ती गर्दछ ।
Verse 24
उनले भनेः के ‘‘यसले तिम्रो दुम्बीलाई आफ्नो दुम्बीहरूमा मिसाइने कुरा गरेर, निःसन्देह तिमीमाथि अन्याय गर्दछ । अधिकतर साझेदारहरू एक अर्कामाथि ज्यादति नै गर्ने गर्दछन् । हो, जसले ईमान ल्याए र असल कर्म गरे, तिनीहरू बाहेक, र यस्ता निकै कम छन् ।’’ र ‘‘दाऊदले’’ ठाने कि (यस घटनाबाट) हामीले उनको परीक्षा गरेका हौं तब उनले आफ्नो पालनकर्तासित क्षमायाचना गरे र पश्चाताप गर्दै सजदा गरे र अल्लाहतिर प्रवृत्त भए ।
Verse 25
तब हामीले पनि उनलाई क्षमा गर्यौं र निश्चय नै उनी हाम्रो नजिकका र उत्तम स्थानवाला हुन् ।
Verse 26
हे दाऊद ! ‘‘हामीले धरतीमा तिमीलाई उत्तराधिकारी बनाएका छौं । अतः तिमीले मानिसहरूको बीचमा सत्यताको साथ फैसला गर्नु र आफ्नो व्यक्तिगत इच्छाको अनुपालन नगर्नु कि त्यसले तिमीलाई अल्लाहको मार्गबाट विचलित गराइदिनेछ, जुन मानिसहरू अल्लाहको मार्गबाट विचलित हुन्छन्, निश्चय नै उनीहरूको निम्ति कठोर यातना छ, किनभने उनीहरूले हिसाबको दिनलाई बिर्सिदिए ।
Verse 27
र हामीले आकाश र धरतीलाई र जे–जति उनीहरूको बीचमा छ, व्यर्थमा सृष्टि गरेका होइनौं । यो उनीहरूको सोचाई हो जो काफिर छन् । तसर्थ काफिरहरूको लागि नर्कको यातना छ ।
Verse 28
जुन मानिसहरूले ईमान ल्याए र असल कर्म गरिराखे, के उनीहरूलाई हामीले तिनीहरू सरह गरिदिन्छौं जसले धरतीमा उपद्रव गर्दछन्, वा फेरि संयमीहरूलाई दुराचारीहरू जस्तो गरिदियौं
Verse 29
(यो) धेरै अनुग्रहयुक्त किताब हो, जुन हामीले तपाईंमाथि अवतरित गरेका छौं । ताकि मानिसहरूले यसका आयतहरूमा सोचविचार गरुन् र बुद्धिवालाहरूले यसबाट शिक्षा ग्रहण गरुन् ।
Verse 30
र हामीले ‘‘दाऊदलाई’’ ‘‘सुलैमान’’ नामको छोरा प्रदान गर्यौं । उनी धेरै राम्रो बन्दा (भक्त) थिए, निश्चय नै उनी अल्लाहतिर प्रवृत्त हुनेवाला थिए ।
Verse 31
(स्मरण गर) जब सन्ध्याको समयमा उनका अगाडि राम्रा द्रुतगामी घोडाहरू उपस्थित गराइए ।
Verse 32
तब भन्न थाले किः ‘‘मैले पालनकर्ताको स्मरणबाट (बेवास्ता भई) यी घोडाहरूसँगको मायालाई राम्रो ठानें ।’’ यहाँसम्म कि सूर्य अस्त भइसक्यो ।
Verse 33
(भने कि) ‘‘उनीहरूलाई मेरो नजिकमा ल्याऊ ।’’ अनि उनीहरूको गोडा र गर्दनमा हातले मुसार्न थाले ।
Verse 34
र हामीले सुलैमान (अलैहिस्सलाम)को परीक्षा गर्यौं, र उनको सिंहासनमा एउटा शरीर राखिदियौं, अनि उनी अल्लाहतिर प्रवृत्त भए ।
Verse 35
उनले भनेः ‘‘हे मेरो पालनकर्ता ! मलाई क्षमा गरिदेऊ, र मलाई त्यो राज्य प्रदान गर, जुन म बाहेक कसैको लागि उपयुक्त नहोस् । निश्चय नै तिमी ठूलो दाता हौ ।’’
Verse 36
तब हामीले वायुलाई उनको अधीनमा गरिदियौं जुन उनको आदेशानुसार, जहाँ उनी पुग्न चाहन्थे, सरलतापूर्वक पुर्याइदिन्थ्यो ।
Verse 37
र शक्तिशाली जिन्नहरूलाई पनि उनको अधीन गरिदियौं, सबै भवन बनाउनेवाला र गोताखोर (डुबक्की लगाउनेवाला) लाई ।
Verse 38
र अरु जिन्नहरूलाई पनि जो जंजीरमा जकडिएका थिए ।
Verse 39
(हामीले भन्यौं) ‘‘यो हाम्रो बक्सीश हो, अब तिमी भलाई गर वा रोकी राख (तिमीसित) कुनै हिसाब हुनेछैन ।’’
Verse 40
र उनको निम्ति हामीकहाँ धेरै सामीप्यता र उत्तम स्थान छ ।
Verse 41
र हाम्रा भक्त ‘‘अय्यूब (अलैहिस्सलाम) लाई’’ पनि स्मरण गर, जब उसले आफ्नो पालनकर्तालाई पुकार्यो कि ‘‘शैतानले मलाई दुःख र पीडा पुर्याएको छ ।’’
Verse 42
(हामीले भन्यौं कि धरतीमाथि) आफ्नो लातले हान, (हेर), यो (मूल), नुहाउनको निम्ति चिसो र पिउनको निम्ति (मिठो) पानी हो ।’’
Verse 43
र हामीले उनका पूरै जहान परिवार र उनको साथ अरुलाई पनि उनलाई प्रदान गर्यौं । (यो) हाम्रो तर्फबाट दयालुता र बुद्धिवालाहरूको निम्ति शिक्षाको रूपमा थियो ।
Verse 44
र आफ्नो हातमा झाडू (केही झारपात) लिएर त्यसबाट हिर्काऊ र शपथ नतोड ।’’ साँचो यो हो कि हामीले उनलाई ठूलो धैर्यवान् भक्त पायौं, उनी धेरै राम्रो उपासक थिए । र उनी धेरै ध्यान राख्नेवाला थिए ।
Verse 45
हाम्रा उपासकहरू ‘‘इब्राहीम’’, ‘‘इस्हाक’’ र ‘‘यअ्कूबलाई’’ स्मरण गर जो शक्तिवाला र दृष्टिवाला थिए ।
Verse 46
उनीहरूलाई हामीले आखिरतको विशिष्ट कुराको साथ सम्बन्धित गरिदिएका थियौं ।
Verse 47
यी सबै हाम्रा नजिक रोजिएका र असल मानिसहरूमध्येका थिए ।
Verse 48
इस्माईल र ‘‘यसअ’’ र ‘‘जुलकिफ्ललाई’’ पनि स्मरण गर । उनीहरू सबै असल मानिसहरूमध्येका थिए ।
Verse 49
यो उपदेश हो र विश्वास गर कि संयमीहरूको निम्ति राम्रो ठाउँ छ।
Verse 50
अर्थात (सधैं बासको निम्ति) जन्नतहरू छन्, जसका द्वार उनीहरूको निम्ति खुल्ला रहनेछन् ।
Verse 51
त्यसमा उनीहरू आरामको साथ तकियामा टेक लगाएर बसेका हुन्छन् र थुप्रै फलफूल र थरी–थरीका पेयपदार्थको आदेश गरिरहनेछन् ।
Verse 52
र उनीहरूको पासमा दृष्टि तल झुकाइराख्ने समान उमेरवाली स्त्रीहरू हुनेछिन् ।
Verse 53
यी ती कुराहरू हुन् जसको वचन हिसाबको दिनको निम्ति, तिमीसित गरिएको थियो ।
Verse 54
यो हामीले प्रदान गरेको जीविका हो जुन कहिल्यै समाप्त हुनेछैन ।
Verse 55
यी (उपहारहरू त आज्ञाकारीहरूको निम्ति) प्रतिफल हुन् र उल्लंघनकारीहरूको निम्ति नराम्रो स्थान छ ।
Verse 56
(अर्थात) नर्कछ, जसमा उनीहरू प्रवेश गर्नेछन् र त्यो एकदम नराम्रो विश्राम स्थल हो ।
Verse 57
यो उम्लिराखेको तातो पानी र पीप (हो), अब त्यसको स्वाद चाखुन् ।
Verse 58
र यस्तै प्रकारका अन्य धेरै यातना (हुनेछन्) ।
Verse 59
‘‘यो एउटा समूह हो जुन तिम्रो साथ(आगो)मा प्रवेश गर्नेछ । उनीहरूको निम्ति कुनै आवभगत हुनेछैन, उनीहरू त नर्कमा जानेवाला हुन्
Verse 60
उनीहरूले भन्ने छन्ः ‘‘होइन, बरु तिमीलाई नै कुनै स्वागत हुनेछैन् । तिमीले नै त यो (विपना) हाम्रो सामु ल्याएका थियौ । यो बस्नको लागि नराम्रो ठाउँ हो ।’’
Verse 61
उनीहरूले भन्नेछन्ः हे ‘‘हाम्रो पालनकर्ता ! जसले (कुफ्रको कुरा) पहिलादेखि हाम्रो लागि ल्याएको छ, उसलाई नर्कमा दोब्बर यातना दिनु ।’’
Verse 62
र नर्कवालाहरू भन्नेछन्ः ‘‘के कारण छ कि हामीले ती व्यक्तिहरूलाई देख्दैनौं, जसलाई हामीले नराम्रामध्ये गन्थ्यौं ?’’
Verse 63
के हामीले नै उनको उपहास गरेका थियौं, वा हाम्रा आँखाहरू उनीहरूतिरबाट हटेका छन् ?’’
Verse 64
निश्चित जान नर्कीहरूको यो आपसमा झगडा त अवश्य हुनेछ ।
Verse 65
भनिदिनुस्ः कि ‘‘म त मात्र सचेत गर्नेवाला हूँ । र एक अल्लाह सर्वशक्तिमान बाहेक अरु कोही सत्य पूज्य छैन् ।
Verse 66
जो पालनकर्ता हो आकाशहरू र धरतीको, र जे ती दुईटैको बीचमा छन्, सबैको मालिक हो, सर्वशक्तिमान र ठूलो क्षमादाता ।’’
Verse 67
भनिदिनुस् कि ‘‘यो एउटा ठूलो खबर हो
Verse 68
जसबाट तिमीले लापरवाह भइराखेका छौ ।
Verse 69
मलाई, ती अग्ला फरिश्ताहरूको कुनै ज्ञान थिएन जब उनीहरू विवाद गरिराखेका थिए ।
Verse 70
मतिर त त्यो वह्य मात्र गरिन्छ कि म स्पष्टरूपले सचेत गर्नेवाला हूँ ।’’
Verse 71
जब कि तपार्इंको पालनकर्ताले फरिश्ताहरूसित भन्यो कि ‘‘म माटोले मानिसको सृष्टि गर्नेवाला छु ।
Verse 72
त जब मैले त्यसलाई ठिकठाक गरिहालूँ र त्यसमा आफ्नो रूह (आत्मा)फूँकिहालूँ तब तिमीहरू उसको अगाडि ढोगिहाल्नु ।’’
Verse 73
तब सबै फरिश्ताहरूले ढोगे(सिज्दा गरे) ।
Verse 74
तर शैतान (इबलीस)ले गरेन । उसले घमण्ड गर्यो र काफिरहरूमध्येको भइहाल्यो ।
Verse 75
अल्लाहले भन्योः कि ‘‘हे इब्लीस ! जुन व्यक्तिलाई मैले आफ्ना हातहरूले सृष्टि गरें, त्यसको अगाडि ढोग्नबाट तिमीलाई कुन कुराले मनाही गर्यो, के तिमीले घमण्ड गर्यौ, वा तिमी उच्च पदवालाहरूमध्येका हौ ?’’
Verse 76
उसले जवाफ दियो कि ‘‘म यसभन्दा उत्तम छु (किनकि) तिमीले मलाई आगोबाट बनायौ र यसलाई माटोबाट सृष्टि गर्यौ ।’’
Verse 77
आदेश भयो तँ ‘‘यहाँबाट गइहाल, तँ तिरस्कृत छस् ।
Verse 78
र तँमाथि कयामत (कियामत)को दिनसम्म मेरो धिक्कार र तिरस्कार रहनेछ ।’’
Verse 79
उसले भन्यो, ‘‘हे मेरो पालनकर्ता ! मलाई त्यस दिनसम्मको लागि समय प्रदान गर जब कि मानिसहरू उठाइनेछन् ।’’
Verse 80
अल्लाहबाट आदेश भयोः ‘‘तिमीलाई मोहलत दिइयो ।
Verse 81
त्यसदिनसम्म जसको समय निर्धारित छ ।’’
Verse 82
भन्न थाल्यो कि त्यसो भए ‘‘मलाई तिम्रो प्रतापको सौगन्ध म उनीहरू सबैलाई विचलित गरिदिनेछु ?’’
Verse 83
(तर) ती बाहेक जो कि तिम्रा मनपराइएका र विशिष्ट भक्त छन् ।’’
Verse 84
आदेश भयो सत्य (छ) र म सत्य नै भन्ने गर्दछु ।
Verse 85
कि ‘‘तिमी र तिम्रो अनुशरण गर्नेहरू सबैबाट मैले पनि नर्कलाई भरिदिनेछु ।’’
Verse 86
हे पैगम्बर ! भनिदिनुस् कि ‘‘म तिमीसित यसको कुनै बदलाको इच्छुक छैन र नत म कुनै दिखावा (आडम्बर) गर्नेमध्येको’’ हूँ ।
Verse 87
यो (कुरआन) त समस्त संसारवालाहरूको निम्ति उपदेश र शिक्षा हो ।
Verse 88
निश्चित छ तिमी यसको वास्तविकता केही समयपछि जानी सक्नेछौ ।