Back to Languages

Nepali - Chapter 44 - Ad-Dukhan

Translation by Ahl Al Hadith Central Society Of Nepal — Permalink

Verse 1 — Surah Ad-Dukhan 44:1

Verse 2 — Surah Ad-Dukhan 44:2

र स्पष्ट किताबको कसम

Verse 3 — Surah Ad-Dukhan 44:3

निःसन्देह हामीले यसलाई एउटा बरकतले भरिएको रातमा अवतरित गरेका छौं, हामी त मार्ग देखाउनेवाला हौं ।

Verse 4 — Surah Ad-Dukhan 44:4

त्यसै रातमा तमाम (समस्त) तत्वदर्शीयुक्त कुरा निर्णित एवं स्पष्ट गरिन्छ ।

Verse 5 — Surah Ad-Dukhan 44:5

हामीकहाँबाट आदेश भएर, निःसन्देह हामीले नै पैगम्बरलाई पठाउँछौं ।

Verse 6 — Surah Ad-Dukhan 44:6

तिम्रो पालकर्ताको दयालुता हो । निःसन्देह त्यो सबै कुरा सुन्नेवाला जान्नेवाला छ ।

Verse 7 — Surah Ad-Dukhan 44:7

आकाशहरू र धरती र जे–जति यी दुबैमा छन्, सबैको मालिक हो, यदि तिमी विश्वास गर्नेवाला हौ ।

Verse 8 — Surah Ad-Dukhan 44:8

उस बाहेक अन्य कोही सत्य पूज्य छैन, उसैले जीवित गर्दछ र मार्दछ, त्यही तिम्रो र तिम्रा बाबु बाजेको पालनकर्ता हो ।

Verse 9 — Surah Ad-Dukhan 44:9

तर यी मानिसहरू शंकामा परि खेलिराखेका छन् ।

Verse 10 — Surah Ad-Dukhan 44:10

तपाई त्यस दिनको प्रतीक्षा गर्नुस् जबकि आकाशबाट सफा धुवाँ निस्कनेछ ।

Verse 11 — Surah Ad-Dukhan 44:11

जसले मानिसहरूले ढाकिहाल्नेछ र यो कष्टदायक यातना हो ।

Verse 12 — Surah Ad-Dukhan 44:12

भन्नेछन् हे पालनकर्ता ! हामीबाट यस यातनालाई टाढा राख, हामीले विश्वास गर्दछौं ।

Verse 13 — Surah Ad-Dukhan 44:13

अब उनीहरूलाई उपदेश केही लाभदायक हुनेछैन जबकि उनीहरूको पासमा पैगम्बर आइसकेका थिए जसले स्पष्टरूपले कुरा वर्णन गर्दथे ।

Verse 14 — Surah Ad-Dukhan 44:14

अनि उनीहरूले उनीबाट विमुख भइहाले र भन्नथाले कि सिकाइएको दिवाना हो ।

Verse 15 — Surah Ad-Dukhan 44:15

हामीले यातना थोडै हटाइदिन्छौ त तिमी पुनः कुफ्र गर्नथाल्छौ ।

Verse 16 — Surah Ad-Dukhan 44:16

जुनदिन हामीले ठूलो गम्भीर पकडमा लिनेछौं, त निःसन्देह प्रतिशोध लिएर नै छाड्नेछौं ।

Verse 17 — Surah Ad-Dukhan 44:17

र उनीहरूभन्दा पहिला फिरऔनको कौमको पनि परीक्षा लियौं र उनको पासमा एउटा अत्यन्त सज्जन रसूल आए ।

Verse 18 — Surah Ad-Dukhan 44:18

यो (भने) कि अल्लाहका दासहरूलाई मेरो जिम्मा सुम्पिदेऊ । निश्चय नै म तिम्रो निम्ति एउटा विश्वासनीय रसूल हूँ ।

Verse 19 — Surah Ad-Dukhan 44:19

र अल्लाहको सामु अटेरीपना नगर । म तिम्रो पासमा स्पष्ट प्रमाण लिएर आउनेछु ।

Verse 20 — Surah Ad-Dukhan 44:20

र यस (कुरा) बाट कि तिमीले मलाई ढुंगा हानी–हानी मारिहाल, आफ्नो र तिम्रो पालनकर्ताको शरण माँग्दछु ।

Verse 21 — Surah Ad-Dukhan 44:21

र यदि ममा विश्वास गर्दैनौ भने मबाट अलग भइहाल ।

Verse 22 — Surah Ad-Dukhan 44:22

तब आफ्नो पालनकर्तासंग प्रार्थना गरे कि यिनीहरू अवज्ञाकारी हुन् ।

Verse 23 — Surah Ad-Dukhan 44:23

(आदेश भयो कि) मेरा बन्दाहरूलाई रातोरात लिएर गइहाल, अवश्य तिमीलाई पछ्याउनेछन् ।

Verse 24 — Surah Ad-Dukhan 44:24

र समुन्द्रलाई रोकिएको अवस्थामा नै छोडेर गइहाल । निश्चय यो सेनाहरूलाई डुबाइदिनेछ ।

Verse 25 — Surah Ad-Dukhan 44:25

उनीहरूले धेरै बगैचा र श्रोतहरू छोडेर गइहाले ।

Verse 26 — Surah Ad-Dukhan 44:26

र खेतीहरू र राम्रा घरहरू

Verse 27 — Surah Ad-Dukhan 44:27

र सुखसयलका साधनहरू, जसमा उनीहरूले आनन्द लिने गर्दथे ।

Verse 28 — Surah Ad-Dukhan 44:28

यस्तै भयो (परिणाम) र हामीले अरु मानिसहरूलाई उनीहरूका उत्तराधिकारी बनाइदियौं ।

Verse 29 — Surah Ad-Dukhan 44:29

अनि न त आकाश र धरतीले उनीहरूको निम्ति विलाप गरे र न त उनीहरूलाई छुटकारा नै प्राप्त भयो ।

Verse 30 — Surah Ad-Dukhan 44:30

र हामीले इस्राईलको सन्तानलाई अपमानजनक यातनाबाट छुटकारा दिलायौं ।

Verse 31 — Surah Ad-Dukhan 44:31

जो फिरऔनबाट थियो । निःसन्देह त्यो अटेरी (र) सीमाभन्दा अगाडि गइसकेको थियो ।

Verse 32 — Surah Ad-Dukhan 44:32

र हामीले जानीजानी बनी इस्राईललाई संसारवालाहरूमध्येबाट रोजेका थियौं ।

Verse 33 — Surah Ad-Dukhan 44:33

र उनलाई यस्ता निशानीहरू प्रदान गरेका थियौं, जसमा स्पष्ट परीक्षा थियो ।

Verse 34 — Surah Ad-Dukhan 44:34

यिनीहरूले यो नै भन्छन्

Verse 35 — Surah Ad-Dukhan 44:35

कि हामीलाई मात्र पहिलो पटक मर्नुछ र फेरि उठनु छैन ।

Verse 36 — Surah Ad-Dukhan 44:36

यदि तिमी साँचो हौ भने हाम्रा बाबुबाजेलाई ल्याऊ ।

Verse 37 — Surah Ad-Dukhan 44:37

के यिनीहरू राम्रा छन् वा ‘‘तुब्बाको’’ कौम वा ती मानिसहरू जो उनीभन्दा पहिला थिए । उनी सबैलाई विनष्ट गरिहालें, किनकि तिनीहरू अपराधी थिए ।

Verse 38 — Surah Ad-Dukhan 44:38

हामीले आकाशहरू र धरतीलाई र जे–जाति उनीहरूको बीचमा छ, तिनलाई खेलमा बनाएको होइनौं ।

Verse 39 — Surah Ad-Dukhan 44:39

बरु हामीले उनीहरूलाई सत्यताको साथ सृष्टि गर्यौं किन्तु उनीहरूमा अधिकतरले जान्दैनन् ।

Verse 40 — Surah Ad-Dukhan 44:40

निश्चय नै फैसलाको दिन उनीहरू सबैको निर्धारित समय हो ।

Verse 41 — Surah Ad-Dukhan 44:41

जुनदिन कुनै मित्र, मित्रको कुनै काम आउनेछैन, र न उनीहरूलाई सहायता प्राप्त हुनेछ ।

Verse 42 — Surah Ad-Dukhan 44:42

किन्तु जसमाथि अल्लाहले दया गर्दछ । निश्चय नै त्यो सर्वशक्ति सम्पन्न अत्यन्त दयावान छ ।

Verse 43 — Surah Ad-Dukhan 44:43

निःसन्देह जक्कूमको (सिउँडीको) वृक्ष

Verse 44 — Surah Ad-Dukhan 44:44

गुनेहगारहरूको भोजन हुनेछ

Verse 45 — Surah Ad-Dukhan 44:45

पग्लेको तामा जस्तोछ, पेटहरूमा उम्लनेछ ।

Verse 46 — Surah Ad-Dukhan 44:46

जस्तो कि पानी उम्लिन्छ ।

Verse 47 — Surah Ad-Dukhan 44:47

यसलाई समातिहाल र घिसार्दै नर्कको बीचमा लैजाऊ ।

Verse 48 — Surah Ad-Dukhan 44:48

अनि उसको टाउकोमा उम्लिराखेको पानी खन्याइदेऊ ।

Verse 49 — Surah Ad-Dukhan 44:49

स्वाद चाख, तिमी त ठूलो बलशाली सज्जन थियौ ।

Verse 50 — Surah Ad-Dukhan 44:50

यो त्यहि हो जसमा तिमीहरूले शंका गर्ने गर्दथ्यौ ।

Verse 51 — Surah Ad-Dukhan 44:51

निःसन्देह भय गर्नेहरू निश्चिन्तताको ठाउँमा हुनेछन् ।

Verse 52 — Surah Ad-Dukhan 44:52

बगैचाहरू र श्रोतहरूमा

Verse 53 — Surah Ad-Dukhan 44:53

रेशमको बस्त्र लगाई एक–अर्काको आमने सामने (आमुन्ने सामुन्ने) बसेका हुनेछन् ।

Verse 54 — Surah Ad-Dukhan 44:54

यसप्रकार हामीले गोरी वर्ण ठूला नेत्र भएकी स्त्रीहरूसित उनीहरूको विवाह गरिदिनेछौं ।

Verse 55 — Surah Ad-Dukhan 44:55

त्यहाँ उनीहरूले निश्चिन्तताका साथ प्रत्येक किसिमका स्वादिष्ट फल माँगाइरहेका हुन्छन् ।

Verse 56 — Surah Ad-Dukhan 44:56

त्यहाँ उनीहरूले मृत्युको स्वाद कहिले पनि चाख्नेछैनन् । मात्र पहिलो मृत्युको जे भयो सो भयो, र अल्लाहले उनीहरूलाई नर्कको यातनाबाट बचाइहाल्यो ।

Verse 57 — Surah Ad-Dukhan 44:57

यो सबै तिम्रो पालनकर्ताको विशेष उदार अनुग्रह हो । त्यही ठूलो सफलता हो ।

Verse 58 — Surah Ad-Dukhan 44:58

हामीले यस कुरआनलाई तिम्रो भाषामा सहज एवं सुसाध्य बनाइदिएका छौं ताकि उनीहरूले शिक्षा प्राप्त गरुन् ।

Verse 59 — Surah Ad-Dukhan 44:59

अतः तिमीले पनि प्रतीक्षा गर, यिनीहरूले पनि प्रतीक्षा गर्दछन् ।