Back to LanguagesPrevious ChapterNext Chapter
Nepali - Chapter 85 - Al-Buruj
Translation by Ahl Al Hadith Central Society Of Nepal — Permalink
Verse 1 — Surah Al-Buruj 85:1
आकाशको कसम, जसमा तारामण्डल छ ।
Verse 2 — Surah Al-Buruj 85:2
र त्यस दिनको कसम जसको वाचा छ ।
Verse 3 — Surah Al-Buruj 85:3
उपस्थित हुनेवाला र उपस्थित गराइएकाहरूको कसम ।
Verse 4 — Surah Al-Buruj 85:4
कि खाल्टो (खन्नेहरू) नष्ट गरिए ।
Verse 5 — Surah Al-Buruj 85:5
त्यो एउटा आगो थियो (खाल्टोहरू) जसमा इन्धन (हालिएको थियो) ।
Verse 6 — Surah Al-Buruj 85:6
जबकि उनीहरू त्यसका वरिपरि बसेका थिए ।
Verse 7 — Surah Al-Buruj 85:7
र मुस्लिमहरूसँग जे गर्नेगरेका थिए त्यो आफ्नो सामु देखिरहेका थिए ।
Verse 8 — Surah Al-Buruj 85:8
यिनीहरूले ती मोमिनहरूसँग (कुनै अन्य अपराधको) बदला लिइरहेका थिएनन्, मात्र यसको लागि कि उनीहरू अल्लाहमाथि ईमान राख्दथे जो अत्यन्त अधिपत्यशाली र प्रशंसनीय छ ।
Verse 9 — Surah Al-Buruj 85:9
जसको निम्ति आकाशहरू र पृथ्वीहरूको सत्ता छ र अल्लाहको सामु हरेक वस्तु छ ।
Verse 10 — Surah Al-Buruj 85:10
निःसंदेह ज–जसले ईमानवाला पुरुष र ईमानवाली स्त्रीहरूलाई दुःख दिए, अनि प्रायश्चित गरेनन्, त उनीहरूको निम्ति नर्कको यातना हुनेछ र पोलिने यातना छ ।
Verse 11 — Surah Al-Buruj 85:11
निःसन्देह जसले ईमान ल्याए र असल कर्म गरिरहे उनीहरूको निम्ति बगैंचाहरू छन् जसमुनि नहरहरू बगिराखेका छन्, यही नै ठूलो सफलता हो ।
Verse 12 — Surah Al-Buruj 85:12
निःसन्देह तिम्रो पालनकर्ताको पकड अत्यन्त कठोर छ ।
Verse 13 — Surah Al-Buruj 85:13
उसैले पहिलो पटक सृष्टि गर्दछ र उसैले दोस्रो पटक (जीवित) गर्नेछ ।
Verse 14 — Surah Al-Buruj 85:14
र त्यो ठूलो मुक्तिदाता र अत्यन्त प्रेम गर्नेवाला छ ।
Verse 15 — Surah Al-Buruj 85:15
सिंहासनको स्वामी, बडो गौरवशाली छ ।
Verse 16 — Surah Al-Buruj 85:16
जे चाहान्छ गरिहाल्छ ।
Verse 17 — Surah Al-Buruj 85:17
के तिमीलाई ती सेनाहरूको पनि समाचार पुगेको छ ।
Verse 18 — Surah Al-Buruj 85:18
(अर्थात्) फिरऔन र समूदको ।
Verse 19 — Surah Al-Buruj 85:19
केही होइन, काफिरहरू त (जानी जानी) असत्य कुरा ठह्राउनुमा लागि रहेकाछन् ।
Verse 20 — Surah Al-Buruj 85:20
र अल्लाहले पनि उनीहरूलाई सबैतिरबाट घेरामा हालिसकेको छ ।
Verse 21 — Surah Al-Buruj 85:21
बरु यो कुरआन धेरै गौरवशाली छ ।
Verse 22 — Surah Al-Buruj 85:22
लौहे महफूज (सुरक्षित फलाम पट्टीका) मा अंकित (छ) ।