Back to Languages
Nepali - Chapter 97
Translation by Ahl Al Hadith Central Society Of Nepal
Verse 1
हामीले यस (कुरआन) लाई कद्र्रको रातमा अवतरित गर्यौं ।
Verse 2
र तिमीलाई के थाहा कि शबेकद्र (गौरवको रात्री) के हो
Verse 3
शबेकद्र एक हजार महीनाभन्दा राम्रो छ ।
Verse 4
यसमा रूहुल अमीन (जिब्राइल) र फरिश्ताहरू प्रत्येक काम सम्पन्न गर्नको लागि, आफ्नो पालनकर्ताको आदेशबाट अवतरित हुन्छन् ।
Verse 5
यो रात पूर्णतया शान्ति र भलाईको हो, उषाकालको उदय हुनेसम्म ।