Back to Languages

Nepali - Chapter 74 - Al-Muddaththir

Translation by Ahl Al Hadith Central Society Of Nepal — Permalink

Verse 1 — Surah Al-Muddaththir 74:1

हे (मुहम्मद !) लुगा बेर्नेवाला

Verse 2 — Surah Al-Muddaththir 74:2

उठ र सावधान गरीदिनु ।

Verse 3 — Surah Al-Muddaththir 74:3

र आफ्नो पालनकर्ताको गरिमा वर्णन गर्नु ।

Verse 4 — Surah Al-Muddaththir 74:4

र आफ्ना कपडाहरूलाई पाक–पवित्र राख्नु ।

Verse 5 — Surah Al-Muddaththir 74:5

फोहोरपनालाई छाडिदिनु ।

Verse 6 — Surah Al-Muddaththir 74:6

र भलाई गरेर यसभन्दा बढीलिने इच्छा नगर्नु ।

Verse 7 — Surah Al-Muddaththir 74:7

र आफ्नो पालनकर्ताको निम्ति धैर्य गर्नु ।

Verse 8 — Surah Al-Muddaththir 74:8

जब सूरमा फूँक मारिनेछ ।

Verse 9 — Surah Al-Muddaththir 74:9

त्यो दिन बडो कठोर दिन हुनेछ ।

Verse 10 — Surah Al-Muddaththir 74:10

काफिरहरूको लागि सजिलो हुनेछैन ।

Verse 11 — Surah Al-Muddaththir 74:11

मलाई र त्यसलाई छाडिदेऊ जसलाई मैले एक्लो सृष्टि गरेको छु ।

Verse 12 — Surah Al-Muddaththir 74:12

र प्रशस्त माल–सम्पत्ति दियौं ।

Verse 13 — Surah Al-Muddaththir 74:13

हरेक समय उसको पासमा उपस्थित रहने सन्तानहरू पनि ।

Verse 14 — Surah Al-Muddaththir 74:14

मैले उसलाई हरेक प्रकारको सामग्रीमा प्रशस्तता प्रदान गरें ।

Verse 15 — Surah Al-Muddaththir 74:15

अझै उसले इच्छा गर्दछ कि मैले उसलाई अरु बढी प्रदान गरूँ ।

Verse 16 — Surah Al-Muddaththir 74:16

यस्तो कदापि हुनेछैन । यो हाम्रो आयतहरूको शत्रु रहदै आएको छ

Verse 17 — Surah Al-Muddaththir 74:17

शीघ्र नै मैले उसलाई कठिन उकालोमा उक्लन लगाउने छु ।

Verse 18 — Surah Al-Muddaththir 74:18

उसले सोच्यो र अड्कलले एउटा कुरा बनायो ।

Verse 19 — Surah Al-Muddaththir 74:19

नष्ट होस् उसले कस्तो अड्कल गर्यो

Verse 20 — Surah Al-Muddaththir 74:20

फेरि त्यो नष्ट होस्, उसले कस्तो अड्कल गर्यो

Verse 21 — Surah Al-Muddaththir 74:21

उसले फेरि देख्यो ।

Verse 22 — Surah Al-Muddaththir 74:22

फेरि निधार खुम्च्यायो र मुख बिगारिहाल्यो ।

Verse 23 — Surah Al-Muddaththir 74:23

अनि पिठ्युँ फर्काइ हिंड्यो र घमण्ड गर्यो ।

Verse 24 — Surah Al-Muddaththir 74:24

अनि भन्नथाल्यो कि यो त मात्र जादू हो, जुन नक्कल गरिएको छ ।

Verse 25 — Surah Al-Muddaththir 74:25

यो मात्र मानिसको वाणी नै हो ।

Verse 26 — Surah Al-Muddaththir 74:26

हामीले शीघ्र नै उसलाई नर्कमा हाल्नेछौं ।

Verse 27 — Surah Al-Muddaththir 74:27

र तिमीलाई के थाहा कि ‘‘नर्क’’ के हो

Verse 28 — Surah Al-Muddaththir 74:28

(आगो हो) जो न बाँकी राख्नेछ न त छोड्दछ ।

Verse 29 — Surah Al-Muddaththir 74:29

र शरीरको छालालाई पोलेर कालो बनाइदिनेछ ।

Verse 30 — Surah Al-Muddaththir 74:30

त्यसमा उन्नाइस (फरिश्ता) कार्यकर्ताहरू नियुक्त छन् ।

Verse 31 — Surah Al-Muddaththir 74:31

र हामीले नर्कको द्वारपालहरू फरिश्ताहरूलाई बनाएका छौं र हामीले उनीहरूको संख्या काफिरहरूको परीक्षाको निम्ति निर्धारित गरेका छौं, यसकारण कि किताबवालाले विश्वास गरुन् र मोमिनहरूको ईमान अरु धेरै बढोस् र किताब मान्नेहरू र मोमिनले शंका नगरुन् र जुन मानिसहरूको हृदयमा रोग छ, उनी र काफिरहरूले भनुन् कि यस दृष्टान्तबाट अल्लाहको के उद्देश्य छ ? यस्तै प्रकारले अल्लाहले जसलाई चाहन्छ, मार्गविचलित गर्दछ र जसलाई चाहन्छ मार्गदर्शन गर्दछ । तिम्रो पालनकर्ताका लस्करहरूलाई उस बाहेक कोही जान्दैन र यो त आदमको सन्ततिको लागि उपदेश र शिक्षा सामग्री हो ।

Verse 32 — Surah Al-Muddaththir 74:32

साँचो भन्दछु (हामीलाई) चाँदको कसम ।

Verse 33 — Surah Al-Muddaththir 74:33

र रातको जब कि त्यसले पछाडि हट्दछ ।

Verse 34 — Surah Al-Muddaththir 74:34

र प्रातःकालको जब कि त्यो प्रकाशित भइहालोस् ।

Verse 35 — Surah Al-Muddaththir 74:35

निश्चय नै नर्क ठूलो कुराहरूमध्ये एक हो ।

Verse 36 — Surah Al-Muddaththir 74:36

मानिसहरूको निम्ति भयको कारण ।

Verse 37 — Surah Al-Muddaththir 74:37

तीमध्ये त्यस व्यक्तिको निम्ति जो अगाडि बढ्न चाहन्छ वा पछाडि हट्न चाहन्छ ।

Verse 38 — Surah Al-Muddaththir 74:38

हरेक व्यक्ति आफ्नो कर्मको बदलामा धितो राखिएको छ ।

Verse 39 — Surah Al-Muddaththir 74:39

तर दायाँ हात वालाहरू ।

Verse 40 — Surah Al-Muddaththir 74:40

उनीहरू स्वर्गहरूमा बसेका हुनेछन् र प्रश्न गर्नेछन् ।

Verse 41 — Surah Al-Muddaththir 74:41

अपराधीहरूसँग

Verse 42 — Surah Al-Muddaththir 74:42

(कि) तिमीलाई कुन कुरोले नर्कमा ल्यायो

Verse 43 — Surah Al-Muddaththir 74:43

उनीहरूले जवाफ दिनेछन् कि हामी नमाजी थिएनौं ।

Verse 44 — Surah Al-Muddaththir 74:44

र न निमुखाहरूलाई (मिस्कीनहरूलाई) खाना खुवाउँथ्यौ

Verse 45 — Surah Al-Muddaththir 74:45

र हामीले विवाद गर्ने असत्यवादीहरूको साथमा मिलेर व्यस्त हुने गर्दथ्यौं ।

Verse 46 — Surah Al-Muddaththir 74:46

र बदलाको दिन (कियामत) लाई असत्य ठहराउँथ्यौ ।

Verse 47 — Surah Al-Muddaththir 74:47

यहाँसम्म कि हामीलाई मुत्यु आइलाग्यो ।

Verse 48 — Surah Al-Muddaththir 74:48

अतः उनीहरूको हकमा सिफारिश गर्नेहरूको सिफारिशले कुनै फाइदा दिनेछैन ।

Verse 49 — Surah Al-Muddaththir 74:49

उनीहरूलाई के भएको छ कि उपदेशबाट मुख फर्काइराखेका छन् ।

Verse 50 — Surah Al-Muddaththir 74:50

जस्तो कि तर्सेको गधहा हुन् ।

Verse 51 — Surah Al-Muddaththir 74:51

जो बाघ देखेर भागेका छन् ।

Verse 52 — Surah Al-Muddaththir 74:52

बरु उनीहरूमध्ये प्रत्येक व्यक्ति चाहन्छ कि उसलाई खुल्ला किताबहरू दिइयोस् ।

Verse 53 — Surah Al-Muddaththir 74:53

यस्तो कहिल्यै हुनेछैन । (सत्यता यो छ कि) उनीहरू कयामतबाट निर्भीक छन् ।

Verse 54 — Surah Al-Muddaththir 74:54

साँचो कुरा त यो हो कि कुरआन एउटा उपदेश हो ।

Verse 55 — Surah Al-Muddaththir 74:55

अब जसले चाहन्छ त्यसबाट उपदेश हासिल गरोस् ।

Verse 56 — Surah Al-Muddaththir 74:56

र त्यतिखेर नै उपदेश हासिल गर्छन् जब अल्लाहले चाहन्छ, ऊ यस योग्य छ कि उसको भय गरियोस् र यस योग्य पनि कि क्षमा गरोस् ।