Back to Languages

Nepali - Chapter 76 - Al-Insan

Translation by Ahl Al Hadith Central Society Of Nepal — Permalink

Verse 1 — Surah Al-Insan 76:1

निःसन्देह मानवमाथि कालखण्डको एउटा यस्तो समय पनि बितेको छ जब कि ऊ कुनै उल्लेख्य कुरा थिएन ।

Verse 2 — Surah Al-Insan 76:2

हामीले मनुष्यलाई एउटा मिश्रित वीर्यबाट परीक्षाको लागि सृष्टि गर्यौं, अनि हामीले उसलाई सुन्ने र देख्नेवाला बनाइदियौं ।

Verse 3 — Surah Al-Insan 76:3

हामीले उसलाई मार्ग देखायौं, अब चाहे ऊ कृतज्ञ बनोस् वा कृतध्न ।

Verse 4 — Surah Al-Insan 76:4

निश्चितरूपले हामीले इन्कार गर्नेहरूको निम्ति हतकडी र तौक र प्रज्वलित आगो तयार गरेका छौं ।

Verse 5 — Surah Al-Insan 76:5

निश्चय नै सदाचारी मानसिहरूले यस्तो पेय पदार्थ पिउनेछन् जसमा काफूरको मिश्रण हुनेछ ।

Verse 6 — Surah Al-Insan 76:6

यो एउटा मूल हो जसबाट अल्लाहका सेवकहरूले पिउनेछन् र त्यसबाट नहरहरू निकाल्नेछन् ।

Verse 7 — Surah Al-Insan 76:7

यिनीहरूले नजर (मन्नत) पूर्ण गर्दछन् र त्यस दिनबाट तर्सन्छन् जसको आपदा चारैतिर व्यापक हुनेछ ।

Verse 8 — Surah Al-Insan 76:8

र अल्लाहसँगको प्रेममा (स्वयं खानको इच्छा भएपनि) निमुखा, अनाथहरू र कैदीरुलाई खाना खुवाउँछन् ।

Verse 9 — Surah Al-Insan 76:9

हामी त केवल अल्लाहको प्रसन्नताको निम्ति तिमीलाई खुवाउँछौ, तिमीसित न कुनै पुरस्कार चाहन्छौं र न कृतज्ञता ज्ञापन ।

Verse 10 — Surah Al-Insan 76:10

हामीलाई आफ्नो पालनकर्तासित त्यस दिनको डर लाग्छ, जो उदासी र अत्यन्त कठोरतावाला हुनेछ ।

Verse 11 — Surah Al-Insan 76:11

अतः अल्लाहले उनीहरूलाई त्यस दिनको नराम्रो कुराबाट बचाइहाल्यौं र उनीहरूलाई उज्जवलता र खुशी प्रदान गर्यो ।

Verse 12 — Surah Al-Insan 76:12

र उनीहरूको संतोषको बदलामा उनीहरूलाई जन्नत र रेश्मी वस्त्र प्रदान गर्यो ।

Verse 13 — Surah Al-Insan 76:13

यिनीहरूले त्यहाँ पलङ्गमाथि तकिया लगाएर बसेका हुनेछन् त्यहाँ न सूर्यको गर्मी देख्नेछन् न जाडोको तीव्रता ।

Verse 14 — Surah Al-Insan 76:14

र ती स्वर्गका छायाँहरू उनीमाथि झूलेका हुनेछन् र त्यसका फलका गुच्छाहरू तल झुण्डिएका हुनेछन् ।

Verse 15 — Surah Al-Insan 76:15

(सेवकहरू) चाँदीका भाडाहरू र शीशाका बर्तन लिएर उनीहरूको चारैतिर घुम्नेछन् ।

Verse 16 — Surah Al-Insan 76:16

शिशा पनि चाँदीको हुनेछन् । जसलाई ठीक–ठीक मात्रानुसार बनाएको हुनेछ ।

Verse 17 — Surah Al-Insan 76:17

र त्यहाँ उनीहरूलाई यस्तो पेय पिलाइनेछ जसमा सुठोको (जन्जबीलको) मिसावट हुनेछ ।

Verse 18 — Surah Al-Insan 76:18

यो स्वर्गको एउटा नहरबाट हुन्छ जसको नाम ‘‘सलसबील” छ ।

Verse 19 — Surah Al-Insan 76:19

र उनीहरूको आसपासमा स–साना केटाहरूले ओहोरदोहोर गर्नेछन् जो सदैव किशोर अवस्थामा रहनेछन् । जब तिमीहरूले उनीहरूलाई देख्दछौ तब ठान्नेछौ कि तिनीहरू छरिएका सच्चा मोती हुन् ।

Verse 20 — Surah Al-Insan 76:20

स्वर्गमा तिमी जहाँ देख्नेछौ, ठूलो अनुकम्पा र विशाल साम्राज्य देख्नेछौ ।

Verse 21 — Surah Al-Insan 76:21

उनीहरूको शरीरमा मसिनो हरियो रेश्मी वस्त्र र बाक्लो बुट्टेदार रेश्मी वस्त्र हुनेछ, र उनीहरूलाई चाँदीको कंगन पहिरइनेछ र उनको पालनकर्ताले उनीलाई पवित्र पेय पिलाउनेछ ।

Verse 22 — Surah Al-Insan 76:22

यो तिम्रै कर्मको पुरस्कार हो र तिम्रो प्रयासको सम्मान गरियो ।

Verse 23 — Surah Al-Insan 76:23

निश्चय नै हामीले अत्यन्त व्यवस्थितरूपले तपाईमाथि कुरआन अवतरित गरेका छौं ।

Verse 24 — Surah Al-Insan 76:24

अतः आफ्नो पालनकर्ताको आदेश र निर्णय अनुसार धैर्यले काम गर्नु र उनीहरूमध्ये कुनै गुनाहगार वा कृतघ्नको आज्ञापालन नगर्नु ।

Verse 25 — Surah Al-Insan 76:25

र प्रातःकाल र सन्ध्याकालको समयमा आफ्नो पालनकर्ताको नामको स्मरण गर्नु ।

Verse 26 — Surah Al-Insan 76:26

र रातीको समयमा उसलाई सज्दा (ढोग्ने) गर, र अबेर रातीसम्म उसको गुणगान गर्नेगर ।

Verse 27 — Surah Al-Insan 76:27

निःसन्देह यिनीहरूले छिटै प्राप्त हुने संसार चाहन्छन् र (कयामतको) ठूलो दिनलाई पछाडि छोडिदिन्छन् ।

Verse 28 — Surah Al-Insan 76:28

हामीले उनीहरूलाई सृष्टि गर्यौं र हामीले नै उनका जोर्नी र गाँठोहरूलाई बलियो बनायौं र हामीले जतिखेर चाहन्छौं उनी जस्तालाई पूर्णतः परिवर्तन गरिदिन्छौं ।

Verse 29 — Surah Al-Insan 76:29

निश्चय नै यो एउटा उपदेश हो, अब जसले चाहन्छ आफ्नो पालनकर्ताको मार्ग ग्रहण गर्नसक्छ ।

Verse 30 — Surah Al-Insan 76:30

र तिमीले चाहन सक्दैनौ, तर जुन अल्लाहले चाहन्छ निसन्देह अल्लाह सर्वज्ञ र तत्वदर्शी छ

Verse 31 — Surah Al-Insan 76:31

जसलाई चाहन्छ आफ्नो दयालुतामा प्रवेश गराउँछ र अत्याचारीहरूको निम्ति उसले दुःखद यातना तयार गरेको छ ।