Back to Languages

Nepali - Chapter 83 - Al-Mutaffifin

Translation by Ahl Al Hadith Central Society Of Nepal — Permalink

Verse 1 — Surah Al-Mutaffifin 83:1

नाप र तौलमा कमी गर्नेहरूलाई ठूलो खराबी छ ।

Verse 2 — Surah Al-Mutaffifin 83:2

जब मानिसहरूसित नापेर लिन्छन्, त पूरा–पूरा लिन्छन् ।

Verse 3 — Surah Al-Mutaffifin 83:3

किन्तु जब उनीहरूलाई नापेर वा तौलेर दिन्छन् त घटाएर दिन्छन् ।

Verse 4 — Surah Al-Mutaffifin 83:4

के यिनीहरूलाई थाहा छैन कि उनीहरू मरेपछि पक्कै जीवित पारी उठाइनेछन् ।

Verse 5 — Surah Al-Mutaffifin 83:5

(अर्थात्) एउटा ठूलो दिनमा ।

Verse 6 — Surah Al-Mutaffifin 83:6

जुन दिन सबै मानिसहरू पालनकर्ताको सामुन्ने उभिनेछन्

Verse 7 — Surah Al-Mutaffifin 83:7

निःसन्देह दुराचारीहरूको किताब (कर्मपत्रहरू) ‘‘सिज्जीनमा’’ छ ।

Verse 8 — Surah Al-Mutaffifin 83:8

र तिमीलाई के थाहा कि सिज्जीन के हो

Verse 9 — Surah Al-Mutaffifin 83:9

यो त लेखिएको पंज्जिका हो ।

Verse 10 — Surah Al-Mutaffifin 83:10

त्यस दिन झूठा ठहराउनेहरूलाई ठूलो खराबी (धिक्कार) छ ।

Verse 11 — Surah Al-Mutaffifin 83:11

जसले निसाफको दिनलाई असत्य भन्दथे ।

Verse 12 — Surah Al-Mutaffifin 83:12

र त्यसलाई झूठो उनीहरूले मात्र ठहराउँछन्, जो सीमाअतिक्रमण गर्नेवाला अपराधी छन् ।

Verse 13 — Surah Al-Mutaffifin 83:13

जब उसलाई हाम्रा आयतहरू सुनाइन्छ त भन्दछ कि यो त पहिलाका मानिसहरूका कथाहरू हुन् ।

Verse 14 — Surah Al-Mutaffifin 83:14

यो होइन, अपितु जसले नराम्रो कर्महरू गर्दछन्, त्यसकारण उनका हृदयहरूमा खिया लागिसकेको हुन्छ ।

Verse 15 — Surah Al-Mutaffifin 83:15

निःसन्देह यिनीहरू त्यस दिन आफ्नो पालनकर्ताको दर्शनबाट वंचित हुन्छन् ।

Verse 16 — Surah Al-Mutaffifin 83:16

फेरि निःसन्देह यिनीहरू नर्कमा प्रवेश गर्नेछन् ।

Verse 17 — Surah Al-Mutaffifin 83:17

त्यसपछि (उनीसित) भनिनेछ कि यो त्यही कुरा हो, जसलाई तिमीहरूले असत्य ठहराउन्थ्यौ ।

Verse 18 — Surah Al-Mutaffifin 83:18

निःसन्देह सुनिराख कि सत्कर्मीहरूको कर्मपात्र ‘‘इल्लीयीनमा’’ छन् ।

Verse 19 — Surah Al-Mutaffifin 83:19

र तिमीलाई के थाहा कि इल्लीयीन के हो

Verse 20 — Surah Al-Mutaffifin 83:20

त्यो त लेखिएको किताब हो ।

Verse 21 — Surah Al-Mutaffifin 83:21

सामीप्यप्राप्त फरिश्ताहरू त्यसको निरीक्षण गर्दछन् ।

Verse 22 — Surah Al-Mutaffifin 83:22

निःसन्देह भलादमीहरू ठूलो अनुग्रहमा हुनेछन् ।

Verse 23 — Surah Al-Mutaffifin 83:23

पलंगहरूमाथि हेरिराखेका मसहरीहरूबाट हेर्नेछन् ।

Verse 24 — Surah Al-Mutaffifin 83:24

उनीहरूको अनुहारबाटै तिमीलाई ती अनुग्रहहरूको ताजगी र आभाको बोध भइरहनेछ ।

Verse 25 — Surah Al-Mutaffifin 83:25

उनीहरूलाई शीलबन्दी विशुद्ध पेय पिलाइनेछ ।

Verse 26 — Surah Al-Mutaffifin 83:26

जसको शील कस्तुरी को हुनेछ । तसर्थ अनुकम्पा चाहनेले उसैलाई प्राप्त गर्नुमा प्रतिस्पर्धा गर्नुपर्छ ।

Verse 27 — Surah Al-Mutaffifin 83:27

र यसमा तसनीम (स्वर्गको एउटा छहरा) को पनि मिलावट हुनेछ ।

Verse 28 — Surah Al-Mutaffifin 83:28

त्यो एउटा झरना हो जसको पानी खास खास मानिसहरूले पिउनेछन् ।

Verse 29 — Surah Al-Mutaffifin 83:29

काफिरहरूले संसारमा मोमिनहरूको हाँसो गर्ने गर्दथे ।

Verse 30 — Surah Al-Mutaffifin 83:30

र उनको पासबाट आवत जावतगर्दा त आँखाबाट संकेत गर्दथे ।

Verse 31 — Surah Al-Mutaffifin 83:31

र जब आफ्नो घरतिर फर्कन्थे त ठट्टा गर्ने गर्दथे ।

Verse 32 — Surah Al-Mutaffifin 83:32

र जब ती (मोमिनहरूलाई) देख्दथे त भन्दथे कि यिनीहरू पक्कै मार्गविचलित छन्

Verse 33 — Surah Al-Mutaffifin 83:33

जबकि उनीहरूलाई यिनीहरूमाथि निरीक्षक बनाएर पठाइएको थिएन ।

Verse 34 — Surah Al-Mutaffifin 83:34

तसर्थ आज मोमिनहरूले ती काफिरहरूमाथि हाँसो गर्नेछन् ।

Verse 35 — Surah Al-Mutaffifin 83:35

मसनदहरूमाथि (बसी उनीहरूको अवस्था) देखिराखेका हुनेछन् ।

Verse 36 — Surah Al-Mutaffifin 83:36

अतः काफिरहरूलाई उनीहरूका कर्महरूको (पूरा–पूरा) प्रतिफल प्राप्त भइहाल्यो ।