Back to Languages

Nepali - Chapter 89 - Al-Fajr

Translation by Ahl Al Hadith Central Society Of Nepal — Permalink

Verse 1 — Surah Al-Fajr 89:1

फज्र (उषाकाल) को कसम ।

Verse 2 — Surah Al-Fajr 89:2

र दश रातहरूको कसम ।

Verse 3 — Surah Al-Fajr 89:3

र जोड र बिजोड (सम–विसम) को कसम ।

Verse 4 — Surah Al-Fajr 89:4

र रातको कसम, जब यो जान थाल्छ ।

Verse 5 — Surah Al-Fajr 89:5

के यी कुराहरूको कसम बुद्धिमानीहरूको लागि पर्याप्त छन्

Verse 6 — Surah Al-Fajr 89:6

के तपाईले देख्नु भएन कि तपाईको पालनकर्ताले आदहरूसँग के गर्यो

Verse 7 — Surah Al-Fajr 89:7

स्तम्भजस्ता ‘‘इरम’’ लामो कदवालाको साथ ।

Verse 8 — Surah Al-Fajr 89:8

यी सम्पूर्ण सृष्टिमा यिनीहरूको सदृश कुनै समुदाय पैदा गरिएको थिएन् ।

Verse 9 — Surah Al-Fajr 89:9

र समूदहरूसँग (के गर्यो) जो बेसीमा ठूल ठूला ढुङ्गा काट्दथे ।

Verse 10 — Surah Al-Fajr 89:10

र फिरऔनसँग जसले मेखहरू राख्दथ्यो

Verse 11 — Surah Al-Fajr 89:11

यिनीहरू सबैले देशहरूमा अटेरीपना गरिराखेका थिए ।

Verse 12 — Surah Al-Fajr 89:12

र यहां धेरै उत्पातहरू मचाइराखेका थिए ।

Verse 13 — Surah Al-Fajr 89:13

अन्ततः तिम्रो पालनकर्ताले उनीहरूमाथि यातनाको कोर्रा बर्सायो ।

Verse 14 — Surah Al-Fajr 89:14

निःसन्देह तिम्रो पालनकर्ता हेरी घातमाछ ।

Verse 15 — Surah Al-Fajr 89:15

तर मानिसको अवस्था यो छ कि जब उसको रबले (पालनकर्ताले) उसको परीक्षा गर्दछ र उसलाई प्रतिष्ठा र अनुग्रह प्रदान गर्दछ तब त्यसले भन्दछ कि मेरो पालनकर्ताले मलाई प्रतिष्ठित गर्यो ।

Verse 16 — Surah Al-Fajr 89:16

र जब उसले उसको परीक्षा यसप्रकार गर्दछ कि उसको जीविका संकुचित गरिदिन्छ । तब उसले भन्दछ कि मेरो रबले मलाई अपमानित गर्यो ।

Verse 17 — Surah Al-Fajr 89:17

यस्तो कदापि होइन, बरु तिमीहरूले नै अनाथको सम्मान गर्दैनौ ।

Verse 18 — Surah Al-Fajr 89:18

र न गरिबलाई खुवाउनको लागि एक–अर्कालाई प्रोत्साहन गर्दछौ ।

Verse 19 — Surah Al-Fajr 89:19

र मृतकको सारा माल समेटी खाइदिन्छौ ।

Verse 20 — Surah Al-Fajr 89:20

र धनसित अत्यन्त प्रेम गर्दछौ ।

Verse 21 — Surah Al-Fajr 89:21

तसर्थ धरतीलाई जब फुटालेर चुर्ण चुर्ण गरी एक समान गरिनेछ ।

Verse 22 — Surah Al-Fajr 89:22

र तेरो पालनकर्ता स्वयं आउने छ र फरिश्ताहरू एक–एक गरी पंक्तिबद्ध भई आउनेछन् ।

Verse 23 — Surah Al-Fajr 89:23

र नर्कलाई त्यसदिन उपस्थित गराइनेछ, त्यसदिन मानिसले चेत्नेछ, तर त्यस दिन चेतेबाट केही फाइदा हुनेछैन ।

Verse 24 — Surah Al-Fajr 89:24

उसले भन्नेछ, काश मैले आफ्नो (यस) जिन्दगीको निम्ति केही अगाडि पठाएको भए ।

Verse 25 — Surah Al-Fajr 89:25

अनि त्यसदिन अल्लाहको सजाय जस्तो यातना कसैको हुनेछैन ।

Verse 26 — Surah Al-Fajr 89:26

र कोही छैन जसले उसको जस्तो जकडिएर बाँध्न सकोस् ।

Verse 27 — Surah Al-Fajr 89:27

र हे सन्तुष्ट आत्मा ।

Verse 28 — Surah Al-Fajr 89:28

आफ्नो पालनकर्तातिर तिमी यस किसिमले फर्क कि तिमी ऊसित प्रसन्न र ऊ तिमीसित प्रसन्न ।

Verse 29 — Surah Al-Fajr 89:29

अतः मेरा खास दासहरूमा शम्मिलित भइहाल ।

Verse 30 — Surah Al-Fajr 89:30

र प्रवेश गर मेरो स्वर्गमा ।