Back to LanguagesPrevious ChapterNext Chapter
Nepali - Chapter 79 - An-Naziat
Translation by Ahl Al Hadith Central Society Of Nepal — Permalink
Verse 1 — Surah An-Naziat 79:1
डुबेर शक्तिले तान्नेहरूको कसम ।
Verse 2 — Surah An-Naziat 79:2
गाँठोलाई खोलेर छुटाइदिनेवालाहरूको कसम ।
Verse 3 — Surah An-Naziat 79:3
र तैर्ने फिर्ने वालाहरूको सौगन्ध ।
Verse 4 — Surah An-Naziat 79:4
फेरि दगुरेर अगाडि हिड्ने वालाहरूको सौगन्ध ।
Verse 5 — Surah An-Naziat 79:5
फेरि काम सम्पन्न गर्न उपाय गर्नेवालाहरूको सौगन्ध ।
Verse 6 — Surah An-Naziat 79:6
जुन दिन काम्नेवाली कम्ने छिन ।
Verse 7 — Surah An-Naziat 79:7
त्यसको पछि–पछि पछाडि आउनेवाली आउनेछिन् ।
Verse 8 — Surah An-Naziat 79:8
धेरै मुटुहरू त्यस दिन ढुकुढुक गर्नेछन् ।
Verse 9 — Surah An-Naziat 79:9
जसको दृष्टि तल हुनेछन् ।
Verse 10 — Surah An-Naziat 79:10
भन्छन् कि के हामी पहिलेको अवस्थामा फर्काइने छौं
Verse 11 — Surah An-Naziat 79:11
के त्यसबेला जब हामी हड्डीमा परिणत भइसक्ने छौं ।
Verse 12 — Surah An-Naziat 79:12
भन्दछन कि फेरि यो फर्किनु त नोक्सानी दिनेवाला छ ।
Verse 13 — Surah An-Naziat 79:13
थाहा हुनु पर्छ त्यो त मात्र एउटा डरलाग्दो डाँट हो ।
Verse 14 — Surah An-Naziat 79:14
कि जसको प्रकट हुनासाथै तिनीहरू एकदमै मैदानमा एकत्रित हुनेछन् ।
Verse 15 — Surah An-Naziat 79:15
के ‘‘मूसा(अलैहिस्सलाम)को’’ सूचना तिमीलाई प्राप्त भएको छ
Verse 16 — Surah An-Naziat 79:16
जबकि उनीलाई उनको पालनकर्ताले पवित्र मैदान ‘‘तोआ’’ मा बोलायो ।
Verse 17 — Surah An-Naziat 79:17
कि तिमी फिरऔनको समक्ष जाऊ, त्यसले आत्याचार गरिराखेकोछ ।
Verse 18 — Surah An-Naziat 79:18
उसलाई भनकि के तिमी सुर्धन चाहन्छौ
Verse 19 — Surah An-Naziat 79:19
र यो कि म तेरो पालनकर्ताको बाटो देखाऊँ कि तिमी डरनेगर ।
Verse 20 — Surah An-Naziat 79:20
त्यसपछि उनले उसलाई ठूलो निशानी देखाए ।
Verse 21 — Surah An-Naziat 79:21
तर उसले झूठो भन्यो र अवज्ञा गर्यो ।
Verse 22 — Surah An-Naziat 79:22
अनि दगुर्दै फर्किहाल्यो ।
Verse 23 — Surah An-Naziat 79:23
फेरि सबलाई एकत्रित गर्यो र पुकार्यो ।
Verse 24 — Surah An-Naziat 79:24
अनि भन्यो तिमी सबैको पालनकर्ता म नै हूँ ।
Verse 25 — Surah An-Naziat 79:25
तब(सबभन्दा उच्च) अल्लाहले पनि परलोक र दुनियाँको सजायमा उसलाई समातिहाल्यो ।
Verse 26 — Surah An-Naziat 79:26
जो अल्लाहसित डर मान्छ, उसको निम्ति यसमा पाठ छ ।
Verse 27 — Surah An-Naziat 79:27
तिमीलाई सृष्टि गर्नु धेरै कठिन काम हो कि आकाशलाई ? अल्लाहले(त) उसलाई बनायो ।
Verse 28 — Surah An-Naziat 79:28
त्यसको छतलाई उच्च बनायो, अनि उसलाई बराबर (ठीक–ठीक) गरिदियो ।
Verse 29 — Surah An-Naziat 79:29
र त्यसको रातीलाई अन्धकारमय बनायो र दिनमा प्रकट गर्यो ।
Verse 30 — Surah An-Naziat 79:30
र यस पश्चात धरतीलाई समथर गरी विस्तारित गरिदियो ।
Verse 31 — Surah An-Naziat 79:31
यसबाट पानी र चारा उमार्यो ।
Verse 32 — Surah An-Naziat 79:32
र त्यसमाथि पहाडहरूलाई मजबूतीका साथ स्थापित गरिदियो ।
Verse 33 — Surah An-Naziat 79:33
यी सबै तिम्रो र तिम्रा चौपायाहरूको फाइदाको निम्ति (छन) ।
Verse 34 — Surah An-Naziat 79:34
अनि जब त्यो ठूलो विपदा (कयामत) आउनेछ ।
Verse 35 — Surah An-Naziat 79:35
जुनदिन मानिस आफूले गरेको कामलाई सम्झनेछ ।
Verse 36 — Surah An-Naziat 79:36
र सबै देख्नेवालाहरूको सामु नर्क खोलिदिइनेछ ।
Verse 37 — Surah An-Naziat 79:37
त जसले अटेरी गर्यो ।
Verse 38 — Surah An-Naziat 79:38
र सांसारिक जीवनलाइ प्राथमिकता दियो ।
Verse 39 — Surah An-Naziat 79:39
त उसको ठेगाना नर्क हुनेछ ।
Verse 40 — Surah An-Naziat 79:40
र जो आफ्नो पालनकर्ताको सामु उभिनुबाट डरमान्थ्यो र आफ्नो मनलाई नराम्रो इच्छाबाट रोकेको थियो ।
Verse 41 — Surah An-Naziat 79:41
त त्यसको बासस्थान जन्नत (स्वर्ग) नै हो ।
Verse 42 — Surah An-Naziat 79:42
मानिसहरूले तिमीसित कयामतको बारेमा सोध्छन् कि त्यो कहिले आउँछ ।
Verse 43 — Surah An-Naziat 79:43
त्यसको वर्णनसँग तपाईको के सम्बन्ध
Verse 44 — Surah An-Naziat 79:44
त्यो घटित हुने समयको जानकारी त तपाईको पालनकर्तालाई नै छ ।
Verse 45 — Surah An-Naziat 79:45
जो व्यक्ति उसित डर मान्छ तपाई त उसैलाई सावधान गर्नेवालासम्म हौ ।
Verse 46 — Surah An-Naziat 79:46
जब उनीहरूले उसलाई देख्नेछन्, तब यस्तो ठान्नेछन् कि मानौं संसारमा एक साँझ वा एक बिहानसम्म मात्र बसेका थिए ।