Back to LanguagesPrevious ChapterNext Chapter
Nepali - Chapter 87 - Al-Ala
Translation by Ahl Al Hadith Central Society Of Nepal — Permalink
Verse 1 — Surah Al-Ala 87:1
(हे पैगम्बर !) आफ्नो सर्वोच्च पालनकर्ताको नामको गुणगान गर्नु ।
Verse 2 — Surah Al-Ala 87:2
जसले (मानिसलाई) सृष्टि गर्यो अनि (त्यसका अङ्गहरूलाई) ठीक (क्रम र समानुपातमा) मिलायो ।
Verse 3 — Surah Al-Ala 87:3
र जसले ठीक ठाक निर्धारित गर्यो, अनि मार्ग देखायो ।
Verse 4 — Surah Al-Ala 87:4
र जसले वनस्पति उमार्यो ।
Verse 5 — Surah Al-Ala 87:5
अनि त्यसलाई सुकाएर कालो रङ्गका ठुटाहरू बनाइदियो ।
Verse 6 — Surah Al-Ala 87:6
हामीले तिमीलाई पढाइदिनेछौं, अनि तिमीले बिर्सने छैनौ ।
Verse 7 — Surah Al-Ala 87:7
तर जुन अल्लाहले चाहन्छ, ऊ प्रत्यक्ष र परोक्षलाई जान्दछ ।
Verse 8 — Surah Al-Ala 87:8
हामीले तपाईको लागि सजिलो गरिदिनेछौं ।
Verse 9 — Surah Al-Ala 87:9
अतः तपाईले उपदेश गर्दै गर्नुस्, यदि उपदेश लाभप्रद छ ।
Verse 10 — Surah Al-Ala 87:10
त्यसले उपदेश प्राप्त गरिहाल्छ, जसलाई भय हुनेछ ।
Verse 11 — Surah Al-Ala 87:11
हो, दुर्भाग्यवाला त्यसबाट पन्छिनेछ ।
Verse 12 — Surah Al-Ala 87:12
जो ठूलो आगोमा पर्नेछ ।
Verse 13 — Surah Al-Ala 87:13
अनि त्यसमा न मर्नेछ र न बाँच्नेछ ।
Verse 14 — Surah Al-Ala 87:14
निःसन्देह त्यो सफल भइहाल्यो जसले आफूलाई शुद्ध पार्यो ।
Verse 15 — Surah Al-Ala 87:15
र आफ्नो पालनकर्ताको नामको स्मरण गर्यो र नमाज पढ्ने गर्यो।
Verse 16 — Surah Al-Ala 87:16
तर तिमीहरूले त सांसारिक भौतिक जीवनलाई प्राथमिकता दिन्छौ ।
Verse 17 — Surah Al-Ala 87:17
जब कि आखिरत धेरै उत्तम र शेष रहनेवाला छ ।
Verse 18 — Surah Al-Ala 87:18
निःसन्देह यही कुरा पहिलाका किताबहरूमा पनि छ ।
Verse 19 — Surah Al-Ala 87:19
अर्थात ‘‘इब्राहीम’’ र ‘‘मूसाका’’ किताबहरूमा ।