Back to Languages

Nepali - Chapter 52 - At-Tur

Translation by Ahl Al Hadith Central Society Of Nepal — Permalink

Verse 1 — Surah At-Tur 52:1

तूर (पहाड़) को कसम ।

Verse 2 — Surah At-Tur 52:2

र किताबको पनि जो लेखिएको छ ।

Verse 3 — Surah At-Tur 52:3

खुल्ला पानाहरूमा

Verse 4 — Surah At-Tur 52:4

र आबाद घरको कसम ।

Verse 5 — Surah At-Tur 52:5

र उच्च छानाको (कसम) ।

Verse 6 — Surah At-Tur 52:6

र भड्काइएको समुन्द्रको (कसम) ।

Verse 7 — Surah At-Tur 52:7

निश्चय नै तपाईको पालनकर्ताको यातना भएरै रहनेछ ।

Verse 8 — Surah At-Tur 52:8

उसलाई कसैले रोक्न सक्नेछैन ।

Verse 9 — Surah At-Tur 52:9

जुन दिन आकाश कम्पित हुनेछ ।

Verse 10 — Surah At-Tur 52:10

र पहाडहरू चलायमान हुनेछन् ।

Verse 11 — Surah At-Tur 52:11

त्यसदिन इन्कार गर्नेहरूको निम्ति पूरै तिरस्कार हुनेछ ।

Verse 12 — Surah At-Tur 52:12

जो सतही झूठा कुरामा रमाइरहेका छन् ।

Verse 13 — Surah At-Tur 52:13

जुन दिन उनीहरू नर्कको आगोतिर धकेली लगिनेछन् ।

Verse 14 — Surah At-Tur 52:14

यही त्यो नर्कको आगो हो, जसलाई तिमीले असत्य ठान्दथ्यौ ।

Verse 15 — Surah At-Tur 52:15

त के यो जादू हो अथवा तिमीले देख्दैनौ

Verse 16 — Surah At-Tur 52:16

यसमा प्रवेश गरिहाल र धैर्य गर वा नगर, तिम्रो निम्ति समान छ, जुन काम तिमीले गर्ने गर्दथ्यौ, त्यसैको तिमीलाई प्रतिफल दिइनेछ ।

Verse 17 — Surah At-Tur 52:17

जो संयमी छन्, उनीहरू स्वर्गमा र अनुकम्पाहरूमा रहनेछन् ।

Verse 18 — Surah At-Tur 52:18

जेजति उनीहरूको पालनकर्ताले उनीहरूलाई प्रदान गरेको छ त्यसबाट आनन्दित भइरहनेछन्, र उनको पालनकर्ताले उनीहरूलाई नर्कको सजायबाट बचाइहाल्यो ।

Verse 19 — Surah At-Tur 52:19

तिमी आफ्ना कर्महरूको प्रतिफल स्वरूप, जुन तिमी गर्दथ्यौ आनन्दसित खाऊ र पिऊ ।

Verse 20 — Surah At-Tur 52:20

पंक्तिबद्ध बिछाइएका शानदार तख्ताहरूमा तकिया लगाएर, र हामीले ठूला–ठूला आँखा भएकी सुन्दरी (अप्सरा)हरूसंग उनीहरूको विवाह गरिदिएका छौं ।

Verse 21 — Surah At-Tur 52:21

र जसले ईमान ल्याए र उनका सन्तानहरूले पनि ईमानमा उनको अनुशरण गरे, हामीले उनको सन्तानहरूलाई पनि उनीहरूसम्म पुर्याइदिनेछौं र उनका कर्महरूबाट केही कम गर्ने छैनौं । प्रत्येक व्यक्ति आफ्नो कर्मजालमा फँसेको छ ।

Verse 22 — Surah At-Tur 52:22

र हामीले उनीहरूको लागि स्वादिलो फलहरू र मनपराएका मासु पर्याप्त प्रदान गर्नेछौं ।

Verse 23 — Surah At-Tur 52:23

त्यहाँ उनीहरू एक–अर्कासित पान–पत्र (मदिरा) आदानप्रदान गर्नेछन्, जसमा न कुनै फजूलपना हुनेछ न कुनै पाप ।

Verse 24 — Surah At-Tur 52:24

उनीहरूको आसपासमा नवयुवक सेवकहरू हिंडिराख्नेछन् जो सुरक्षित मोतीहरू जस्तो हुनेछन् ।

Verse 25 — Surah At-Tur 52:25

र एक अर्कातिर ध्यान दिएर आपसमा कुराकानी गर्नेछन् ।

Verse 26 — Surah At-Tur 52:26

भन्नेछन्ः कि यसभन्दा पहिला हामी आफ्ना घरहरूमा (अल्लाहसित) धेरै डराउने तर्सने गर्दथ्यौं ।

Verse 27 — Surah At-Tur 52:27

अनि अल्लाहले हामीमाथि ठूलो अनुकम्पा गर्यो र हामीलाई बिषालु लूको यातनाबाट बचाइहाल्यो ।

Verse 28 — Surah At-Tur 52:28

यसभन्दा पहिला नै हामीले उसको (अल्लाहको) प्रार्थना गर्ने गर्दथ्यौं । निःसन्देह ऊ अनुकम्पा गर्नेवाला दयावान् छ ।

Verse 29 — Surah At-Tur 52:29

अतः (हे पैगम्बर) तपाई सम्झाउँदै गर्नुस् किनभने तपाई आफ्नो पालनकर्ताको कृपाले न शकुनविचार गर्नेवाला र नत पागल हुनुहुन्छ ।

Verse 30 — Surah At-Tur 52:30

के इन्कार गर्नेहरूले भन्दछन्ः कि त्यो कवि हो जसको निम्ति हामी कालचक्र अर्थात मृत्युको प्रतीक्षा गरिराखेका छौं ।

Verse 31 — Surah At-Tur 52:31

भनिदिनुस् कि तिमी प्रतीक्षा गर्दैजाऊ । म पनि तिम्रो साथमा प्रतीक्षा गर्दैछु ।

Verse 32 — Surah At-Tur 52:32

के उनीहरूको बुद्धिले उनीहरूलाई यही सिकाउँदछ वा उनीहरू अट्टेरी नै हुन् ।

Verse 33 — Surah At-Tur 52:33

के इन्कारीहरू भन्दछन् कि यस पैगम्बरले (कुरआनलाई) स्वयं रचिहालेको छ ? (होइन) साँचो कुरा यो छ कि तिनीहरूमा ईमान छैन ।

Verse 34 — Surah At-Tur 52:34

यदि यिनीहरू साँचो छन् भने यस्तो एउटै वाक्य यिनीहरूले पनि ल्याउन् ।

Verse 35 — Surah At-Tur 52:35

के यिनीहरूले कसैले सृष्टि नगरी आफै जन्मिहालेका हुन् वा स्वयं स्रष्टा हुन्

Verse 36 — Surah At-Tur 52:36

के उनीहरूले नै आकाशहरू र धरतीको सृष्टि गरेका छन् ? (होइन) बरु यिनीहरू ईमान नल्याउने मानिस हुन् ।

Verse 37 — Surah At-Tur 52:37

वा के उनीहरूको पासमा तिम्रो पालनकर्ताको खजाना छ ? वा उनीहरू नै त्यसको (खाजानाको) रक्षक हुन्

Verse 38 — Surah At-Tur 52:38

वा के उनको पासमा कुनै सिंढी छ जसमाथि चढेर उनीहरू सुन्दछन् ? (यदि यस्तो छ) भने उनीहरूमध्ये जसले सुनिराखेको छ उसले त्यसबारेमा स्पष्ट प्रमाण ल्याओस् ।

Verse 39 — Surah At-Tur 52:39

वा के अल्लाहको लागि सबै छोरीहरू छन्, र तिम्रा निम्ति छोराहरू

Verse 40 — Surah At-Tur 52:40

वा तपाईले उनीहरूसित कुनै पारिश्रमिक माँग्नु हुन्छ जसको बोझले यिनीहरू थिचिदै गएका छन्

Verse 41 — Surah At-Tur 52:41

के उनीहरूसंग अदृश्यको ज्ञान छ कि उनीहरू त्यसलाई लेखिहाल्छन्

Verse 42 — Surah At-Tur 52:42

के उनीहरू कुनै चाल चल्न चाहन्छन् ? (तर) विश्वास गर्नु काफिर त स्वयम् दाउको चपेटमा पर्नेवाला छन् ।

Verse 43 — Surah At-Tur 52:43

के अल्लाह बाहेक उनीहरूको अर्को कोही पूज्य छ ? (होइन) अल्लाह उनीहरूको शिर्कबाट पवित्र छ ।

Verse 44 — Surah At-Tur 52:44

यदि उनीहरू आकाशको कुनै टुक्रा खसिराखेको देख्छन् भने, भन्नेछन् कि यो त पत्रमाथि पत्र परेको बादल हो ।

Verse 45 — Surah At-Tur 52:45

तसर्थ उनीहरूलाई छाडिदेऊ, यहाँसम्म कि त्यो दिनको सामना होस् जसमा उनीहरू बेहोश पारिनेछन् ।

Verse 46 — Surah At-Tur 52:46

जुन दिन उनको कुनै दाउपेच उनको काम आउँदैन र नत कहींबाट सहायता प्राप्त गर्नेछन् ।

Verse 47 — Surah At-Tur 52:47

निःसन्देह अत्याचारीहरूको निम्ति यस बाहेक अरु यातना पनि छ, तर उनीहरूमध्ये अधिकांशले बुझ्दैनन् ।

Verse 48 — Surah At-Tur 52:48

तपाईले आफ्नो पालनकर्ताको आदेशको प्रतीक्षामा धैर्य गर्नुस्, तपाई त हाम्रो आँखा अगाडि हुनुहुन्छ । बिहान उठ्ने बेला आफ्नो पालनकर्ताको प्रशंसाको वर्णन गर्नुस् ।

Verse 49 — Surah At-Tur 52:49

र राती पनि उसको गुणगान गर्ने गर्नुस् र ताराहरू अस्ताउँदा पनि ।